लहान । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले छिट्टै पार्टी एकता हुने बताउनुभएको छ ।सिरहाको मिर्चैयामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले फुटका कारण पार्टी कमजोर भएको भन्दै सबैलाई एकजुट बनाएर छिट्टै बलियो एकीकृत पार्टी निर्माण हुने बताउनुभयो । कतिपय नेताहरुको हठका कारण पार्टी अलग–अलग भएको भन्दै उहाँले राष्ट्रलाई विखण्डन र सर्वसत्तावादबाट जोगाउन पार्टी एकता अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
केही दलका नेताहरुले व्यक्तिगत स्वार्थसिद्ध गर्न देशलाई धर्मनिरपेक्ष बनाएको आरोपसमेत अध्यक्ष थापाले लगाउनुभयो । देशमा सङ्घीयता आए पनि जनताले महसुस गर्न नसकेको भन्दै उहाँले सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2yI5N5D via IFTTT
काठमाडौँ । सर्लाहीको रामनगरमा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको ज्यान गएको छ। कांग्रेस र नेकपाको झडपमा गोली चल्दा एक कांग्रेस कार्यकर्ताको ज्यान गएको हो। अरु पाँचजना घाइते भएका छन्।
हिजो राती नै नेपाली कांग्रेसका जनप्रतिनिधि रामनगर वडा ४ का वडाध्यक्ष राम नरेश महतोमाथि विपक्षी समूहले कुटपिट गरी, घरसमेत तोडफोड गरेको भन्दै महतो पक्षका कार्यकर्ता विरोधमा उत्रिएपछि झडप भएको थियो । सोही झडपका क्रममा गोली लागेर वडाध्यक्षका काका राम विलाश महतोको ज्यान गएको हो।
घटनापछि अहिले सो क्षेत्रमा २०० भन्दा बढि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Q7jP7z via IFTTT
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै अस्पतालबाट फर्किने बताएका छन्।
मंगलबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्— चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाईं हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु।
प्रधानमन्त्रीले खास घटना उल्लेख नगरी त्यस्ता घटनाप्रति म सवेदनशील छु। ‘धर्म, संस्कृतिको नाममा होस् वा दलीय बहसको नाममा, आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि दुष्कर्म मान्य हुनै सक्दैनन’, सन्देशमा भनिएको छ, ‘यस्ता प्रकृतिका कार्यमा संलग्न जोसुकैलाई पनि राज्यको प्रशासन र सुरक्षा निकायले कानुन बमोजिम कारबाही गर्छ।’
उनले शान्ति सुव्यवस्था भंग गर्ने आपराधिका कार्यबाट समृद्धिको महाअभियानमा विथोलिने र विकासको मार्ग भत्किने बताएका छन्।
प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा भएका आधारहीन प्रचारप्रति पनि आफूलाई जानकारी भएको बताएका छन्। ‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाको बारेमा आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजी मलाई जानकारी छ’, अगाडि भनिएको छ, ‘यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ACl2yq via IFTTT
काठमाडौं । काठमाडौंमा आज बिहान भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
काठमाडौंको बसुन्धारामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नुवाकोट बालकुमारी घर भएका २५ बर्षीय नवराज रिजालको मृत्यु भएको हो । गम्भिर घाइते भएका उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान ४ बजे मृत्यु भएको हो ।
रिजालले चलाएको बा६८प ७४७८ नम्बरको मोटरसाइकल आज बिहान साढे ३ बजे अनियन्त्रित भई सडक छेउमा रहेको बिजुलीको पोलमा ठोकिएको थियो ।
त्यस्तै, आजै बिहान काठमाडौंको लैनचौरमा माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु र अर्का एकजना घाइते भएका छन् । मोटरसाइकल चालक २७ बर्षीय प्रकाश तामाङको मृत्यु भएको हो । पछाडी सवार सजु थापा घाइते रहेको प्रहरीले जनाएको छ ।
माइक्रो बसको ठक्करबाट गम्भिर घाइते उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
बिहान ६ बजे बा२ख ३०६८ नम्बरको माइक्रोले बा६४प ९२८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । माइक्रोसहित चालकलाई महानगरीय प्रहरी वृत्त दरवारमार्गले नियन्त्रणमा लिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2AzU76o via IFTTT
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।
उहाँको उपचारमा संलग्न प्रा डा. अरुण सायमीले प्रधानमन्त्री ओलीले आज बिहान सजिलैसँग खाजा खानुभएको र स्वास्थ्यमा उल्लेख्य सुधार रहेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली सोमबार बिहान छातीमा संक्रमण भई श्वासप्रश्वासमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको थियो । उपचारका क्रममा रगत परीक्षणको रिर्पोटअनुसार स्वास्थ्यमा निकै सुधार आएको सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले स्वास्थ्य अवस्थाबारे जानकारी लिन आएका शुभेच्छुकसँग सजिलैसँग दोहोरो कुराकानी गर्नुभएको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ETZBgh via IFTTT
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकहरुले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिएका छन्।प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरको आइसियूमा राखेर उपचार गरिएको छ।
सेन्टरले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री ओलीको छातिमा संक्रमण देखिएको छ र शरिरमा चिनीको मात्रा असन्तुलित देखिएको छ। यसैबीच, प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिन प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री ओलीलाई भेटेर उनको स्वास्थ्यस्थितिबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
यसैगरी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि प्रधानमन्त्रीलाई आजै भेटेर स्वास्थ्यस्थितिबारे जानकारी लिए । उनलाई छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टर’ को ‘मोबाइल कोरोनेरी केयर युनिट’ (एमसिसियु) मा सोमबार बिहान ०४ः३० बजे भर्ना गरिएको थियो ।
प्रा. डा अरुण सायमीको संयोजकत्वमा प्रा. डा दिव्यासिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित चिकित्सक टोलीले प्रधानमन्त्रीको उपचार गरिरहेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Jqv5Jm via IFTTT
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मौसमी रुघाखोकी र हल्का ज्वरोबाट सामान्य अस्वस्थ हुनुभएका कारण चिकित्सकको सल्लाहबमोजिम दुई दिनदेखि नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आराम गरिरहनुभएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जारी गरेको प्रेस नोटअनुसार हाल ज्वरो नियन्त्रणमा आई प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।
प्रधानमन्त्रीको स्वास्थ्यमा पूर्ण सुधार आएपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने प्रेस नोटमा उल्लेख गरिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2JpVKGw via IFTTT
काठमाडौं । बलात्कार र अन्य प्रकारका यौजन हिंसा बढिरहेको समयमा नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी अभियान’को आइतबार बिहानबाट सञ्चालन गरेको छ। शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि भन्दै सञ्चालित कार्यक्रमको भृकुटिमण्डपमा आयोजित एक समारोहकाबीच गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरे।
कार्यक्रममा गृह सचिव प्रेम कुमार राई, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र उच्च पदस्थ प्रहरी अधिकारीहरुको उपस्थिति रहेको थियो।
प्रहरीका अनुसार यो अभियान निजी क्षेत्र, विद्यालयहरु र सामुदायिक संस्थाहरुसँगको समन्वयमा संघ, प्रदेश र स्थानीय तहमा सञ्चालन हुनेछ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2D8ys7M via IFTTT
काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विभागका कामकारवाही थप व्यवस्थित र सुधार गर्न निर्देशन दिएका छन्।
शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलथित अध्यागमन विभाग लगायतका कार्यालयको अनुगमनपछि कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले विदेशी नेपाल प्रवेश गर्दा पहिलोपटक अध्यागमनसँग ठोक्किने भएकोले यो क्षेत्रमा सुधार अनिवार्य रहेको टिप्पणी गरे।
उनले भने, ‘विदेशीले नेपाल टेक्ने बित्तिकै हुने उसको फस्ट एक्सपिरियन्स महत्वपूर्ण हुन्छ। पहिलो अनुभव नै नराम्रो भयो भने उ फर्केर फेरि नेपाल आउँदैन। साथीहरुलाई पनि नजान सुझाव दिन्छ। तर अनुभव राम्रो भयो भने उ पनि दोहोरिएर आउँछ र अरुलाई पनि नेपाल जान सुझाव दिन्छ भन्ने कुरालाई मनन् गरेर तपाईहरुले काम गर्नुस।’
विमानस्थल र सीमा नाकाका कर्मचारीलाई राज्यले संवेदनशील जिम्मेवारी दिएकोले त्यसलाई गम्भीर रुपमा लिएर निष्ठापूर्वक काम गर्नुपर्नेमा गृहमन्त्री थापाले जोड दिए।
उनले भने, ‘यहाँ काम गर्ने कर्मचारीको मुख्य तीन जिम्मेवारी रहेको छ। पहिलो राष्ट्रिय सुरक्षाको जिम्मेवारी, दोस्रो देशको अर्थतन्त्रको विकासको जिम्मेवारी र तेस्रो मुलुकको सभ्यता, सस्कृतिलाई स्थापित गर्ने जिम्मेवारी रहेको छ।’
आगामी वर्षलाई अध्यागमन वर्षको रुपमा मनाउने प्रस्ताव आएको भन्दै त्यसबारे सकारात्मक निर्णय लिन मन्त्रालय तयार रहेको गृहमन्त्री थापाले स्पष्ट पारे।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2qdnt4t via IFTTT
काठमाडाैं। संघीय अवधारणा विपरित नेपाल प्रहरी केन्द्रीय कार्यालयबाट सातहजार भन्दा बढी प्रहरीको भर्ना गर्न लागेको दावी सहित परेको रिट निवेदनमा सर्वाेच्च अदालतले सरकार र प्रहरी प्रधान कार्यालयलाई झिकाएको छ।
न्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले विपक्षी निकायलाई कात्तिक १३ मा छलफलमा उपस्थित हुन आदेश भएको हो। अन्तरिम आदेशको समेत माग भएकोमा दुवै पक्ष राखी छलफल गर्नु उपयुक्त हुने भन्दै सर्वाेच्च अदालतले सो दिन अन्तरिम आदेशको लागि छलफल निक्र्याैल गरेको हो।
अधिवक्ताद्धय सुनिल कुमार पटेल र मनोज कुमार शाहले संविधानको धारा २६८ (३) बमोजिम संघीय प्रहरी ऐन नै नबनाई नियुक्ति गर्न खोज्नु गैर संवैधानिक भएको दावी सहित कात्तिक ५ मा सर्वाेच्च अदालतमा रिट दायर भएको थियो।
“नेपालको संविधान जारी भएको तीन बर्ष भन्दा बढी भईसक्दा पनि धारा २६८९३० अनुसार संघिय प्रहरी ऐन नबनाईएकोले धारा २६८९२० अनुसार कुनै पनि प्रदेशमा प्रदेश प्रहरी गठन नभएको र अन्तर प्रदेश परिषदको बैठक समेत हालसम्म नबसेको अवस्थामा नेपाल प्रहरीले भर्ना गर्न खोज्ने कार्य गैर संवैधानिक छ,” रिटमा दावी गरिएको छ।
असोज १५ मा मागिएको उक्त भर्ना सम्बन्धि प्रक्रिया सुरु गरेर संविधानको मर्म संघियता तथा धारा ५६९१०, ५७९२०, ५७९३०, २६८९२० र २६८९३० समेत प्रावधानहरुको समग्र रुपमा गम्भिर अवज्ञा समेत गरेको समेत दावी गरिएको छ।
रिटमा प्रहरी प्रधान कार्यालय, लोक सेवा आयोग, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाइएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2CHEBqk via IFTTT
राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार कतार प्रस्थान गर्नुहुने भएको छ ।
कतारका अमिर(राष्ट्राध्यक्ष) शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नुभएको हो । भ्रमणका क्रममा यही कात्तिक १३ गते राष्ट्रपति भण्डारी र कतारका अमिरबीच औपचारिक वार्ता हुनेछ । त्यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा अमिरले रात्रीभोजको आयोजना गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीसँग कतार फाउन्डेशनका सहसंस्थापक तथा अध्यक्ष शेख मोजा बिन नासेरले शिष्टाचार भेट गर्नुहुनेछ । राष्ट्रपति भण्डारीले व्यापारिक समुदायसँग संयुक्त अन्तरक्रियात्मक बैठकमा ‘व्यापार तथा नेपालमा लगानीको अवसर’का विषयमा सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
त्यहाँस्थित नेपाली दूतावासमा पुगी नेपाली समुदायसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । त्यस दिन नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुने छ ।
भ्रमणमा राष्ट्रपति भण्डारीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्य र व्यवसायी सहभागी हुनुहुने छ । उहाँ यही कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2qgf7J3 via IFTTT
काठमाडौं । चिल्लो र फराकिलो सडक । सडक जाम नहोस् भनेर बनाइएको अण्डरपास । व्यवस्थित ढल र नाला । सडकको दायाँबायाँ फुटपाथ र पब्लिक बस स्टप ।
यो कुनै विदेशको सडकको बयान होइन । काठमाडौंको कलंकीदेखि कोटेश्वरसम्मको यात्रा गर्दा अब तपाईले यस्तै सडक देख्न पाउनु हुनेछ ।
चक्रपथको कलंकी–कोटेश्वर ८ लेनको सडकखण्ड निर्माण कार्य अबको दुई महिना भित्रै सम्पन्न हुँदैछ । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको यो सडक खण्डमा अब ‘डबल लेयर’को पीच गर्ने काम मात्रै बाँकी रहेको छ ।
कलंकीदेखि बल्खु, सातदोबाटो हुँदै कोटेश्वर चोकसम्मको १० दशमलब ३९ किलोमिटर सडक ८ लेनमा विस्तार गरिएको हो । सडकमा बनाउनुपर्ने पुल तथा कलंकीको अण्डरपास सबैको काम सकिएको र सडक डबल पीच गर्ने काम भइरहेको काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर निरन्जन शर्मा अर्यालले बताउनुभयो ।
समय थप गरेर डिसेम्बरसम्ममा सबै काम सक्ने गरी काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । थप गरिएको समयभित्रै सम्पन्न गर्ने लक्ष्यअनुसार बाँकी निर्माणको काम तीब्र रुपमा अघि बढाइएको चक्रपथ सडक सुधार आयोजनाले जनाएको छ ।
एक लेयरको पीच गर्ने काम कलंकीदेखि कोटेश्वरसम्मै सकिएको र डबल लेयरको पीच गर्ने काम पनि कलंकीदेखि नख्खु दोबाटोसम्म ५ किलोमिटरमा सकिएको इन्जिनियर अर्यालले जानकारी दिनुभयो ।
अब एकान्तकुनादेखि कोटेश्वरसम्मको सडक डबल पीच गर्ने काम बाँकी छ । कंलकीदेखि डबल पीच गर्दै अहिले नख्खुदोबाटोसम्म पुगेको र त्यहाँबाट कोटेश्वरसम्मको काम पनि अबको २ महिनाभित्रै सकिने आयोजनाले जनाएको छ । ढल तथा सडक पेटी ब्यवस्थापन लगायतका काम पनि सकिएको र त्यसलाई अन्तिम रुप दिने काम भइरहेको छ ।
यो सडकखण्डमा चार लेनको प्रमुख सडकसहित दुईतर्फ दुई–दुई लेनका सर्भिस सडक बनाइएको छ । यस्तै, सडकको दायाँबायाँ फुटपाथ र पब्लिक बस स्टप पनि निर्माण गरिँदै छ । विस्तार भएर अब यो सडकखण्ड ३८ दशमलव पाँच मिटर फराकिलो बनेको छ ।
पहिलो अण्डरपास : चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले निर्माणको सबै काम गरिरहेको छ । यो सडक अन्तर्गत पर्ने कलंकीमा अन्डरपास निर्माण सम्पन्न भएर संचालनमा आइसकेको छ । यो अण्डरपास नेपालको पहिलो अण्डरपास हो ।
कुल ८ सय मिटर लामो अन्डरपास भदौदेखि नै सञ्चालनमा आएको हो । अण्डरपास सञ्चालनमा आएसँगै अहिले कलंकी क्षेत्रमा हुँदै आएको सवारी जाममा समेत कमी आएको छ ।
आकाशे पुल थपिने : यो सडक खण्डमा अहिलेसम्म विभिन्न तीन ठाउँमा आकाशे पुल निर्माण गरिएको छ । पैदल यात्रुलाई सडक वारपार गर्न सहज होस भनेर अझै आयोजनाले नै थप दुई ठाउँमा आकाशे पुल बनाउने कामलाई पनि अगाडि बढाएको छ ।
कोटेश्वर, ग्वार्को र बागडोलमा आयोजनाले नै आकासे पुल बनाइसकेको छ । अब कुसुन्ती र बल्खुमा पनि पुल बनाउन काम अगाडि बढेको छ ।
अझ छोटो दुरीबाटै बाटो काट्न सहज होस भनेर अरु ठाउँमा पनि आकाशे पुल बनाउने योजना सडक विभागको छ । विभागले महालक्ष्मीस्थान, एकान्तकुना र खसीबजारमा आकोशपुल बनाउनका लागि आवश्यक अध्ययन गरिरहेको चक्रपथ सडक सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिनुभयो ।
डेढ वर्ष लम्बिएर सकिँदै : २०७० साल भदौदेखि विस्तार कार्य थालिएको यो सडकखण्ड ०७४ सम्ममा सक्ने गरी चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले निर्माणको जिम्मेवारी लिएको थियो । तर भूकम्प र नाकाबन्दीका कारण यो सडक विस्तारको काम एक वर्ष लम्बिन पुगेको हो । सुरुवातको सम्झौतामा २०१७ जनवरीसम्म काम सम्पन्न गर्ने भनिए पनि अबको २ महिनापछि अर्थात डिसेम्बरसम्ममा सक्ने गरि काम भइरहेको हो ।
२७ किलोमिटर चक्रपथमध्ये १० दशमलव ३९ किलोमिटर अन्तर्गतको यो सडकखण्ड विस्तारपछि ८ लेनको हुनेछ । असारमै सडक निर्माण सकिने गरि म्याद थपिएको भए पनि त्यो अवधिमा समेत निर्माण सम्पन्न नहुँदा फेरि डिसेम्बरसम्मको समय थप गरिएको हो ।
चिनियाँ निर्माण कम्पनीले अबको दुई महिनाभित्र आफूहरुलाई ह्याण्डओभर गर्ने गरी काम गरिरहेको आयोजनाले जनाएको छ । यो सडकखण्ड निर्माण गर्न चीन सरकारले झण्डै ५ अर्ब रुपैयाँ खर्च गरेको छ भने नेपाल सरकारको १ अर्ब रुपैयाँ खर्च भएको छ ।
हस्तान्तरणपछि सडकको फेरि अध्ययन हुने : अबको दुई महिनाभित्र सडक सम्पन्न गरेर चिनियाँ कम्पनीले हस्तान्तरण गरिसकेपछि फेरि सडकको अध्ययन हुने इन्जिनियर अर्यालले बताउनुभयो ।
सडक हस्तान्तरण भइसकेपछि जेब्रा क्रसिङ, सडकमा रेखांकन तथा ट्राफिक लाइट राख्ने काम सुरु गरिने उहाँले बताउनुभयो । ‘चिनियाँ कम्पनीको जिम्मेवारी सडक र पुल मात्रै निर्माण गर्ने हो,’ उहाँले भन्नुभयो, ‘त्यसपछिको काम भने हामी आफैंले गर्छौँ ।’
‘सडकमा साइकल लेन नभएको, बीचमा डिभाइडर नहुँदा सडक असुरक्षित रहेको भन्ने कुरा हामीलाई पनि जानकारीमा आएको छ,’ उहाँले भन्नुभयो, ‘यसबारेमा हामीलाई सडक हस्तान्तरण गरेपछि फेरि सडकको सुरक्षाका बारेमा आवश्यक अध्ययन गर्नेछौँ ।’
(नवराज फुयाँलले उज्यालो अनलाइनमा लेखेको यो समाचार हामीले साभार गरेका हौ )
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ql2SLH via IFTTT
काठमाडौँ । राष्ट्रिय पुनस् र्निर्माण प्राधिकरणले बालुवाटारमा रहेको राष्ट्र बैंकको भवन बनाउन पप्पुलाई दिने कि नदिने भन्ने विषयमा निर्णय गर्ने जिम्मा प्रधानमन्त्री केपी ओलीलाई दिएको छ।
नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणको ठेक्का नियमअनुसार पप्पु कन्स्ट्रक्सनले ठेक्का पाउने भए पनि विवादित भएकाले आफूले निर्णय गर्न नसकेको प्राधिकरणले जनाएको छ।
प्रधानमन्त्री कार्यालयले यसबारे निर्णय गरेको छैन। ‘पप्पु कन्स्ट्रक्सनका बारेमा नराम्रा कुरा आइरहेकाले उसलाई ठेक्का दिइहाल्न सक्ने अवस्था रहेन। के गर्ने भनेर निकै छलफल गर्यौं, कतैबाटो नदेखेपछि पत्र पठाएका हौं,’ मानन्धरले भने, ‘प्रधानमन्त्री कार्यालयबाट निर्णय हुँदा यो क्यान्सिल पनि हुन सक्छ।’
मानन्धरले धरहराको ठेक्कामा ‘नियमअनुसार गर्नू’ भनेपछि त्यसैअनुसार ठेक्का दिएको बताए। ‘यसमा पनि त्यस्तै निर्देशन आयो भने ठेक्का पप्पुले नै पाउँछ,’ उनले भने।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2AsHXfa via IFTTT
निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ ।
गृहमन्त्रालयले बिहीबार विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो । प्रहरी प्रधान कार्यालयको सिफारिसमा दुबैलाई बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ ।
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणको छानबिनमा लापर्वाही गरेको भन्दै विष्ट र भट्टलाई प्रहरी सेवाबाटै बर्खास्त गरिएको हो । उनीहरुलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा बिहीबार गृह मन्त्रालयले बर्खास्त गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयले विष्ट र भट्टसँग दुई पटक स्पष्टिकरण सोधे पनि उनीहरुबाट चित्तबुझ्दो जवाफ नआएकाले सेवाबाटै बर्खास्त गरिएको गृह मन्त्रालयले जनाएको छ ।
छानबिनका क्रममा उनीहरुले गैरजिम्मेवारपूर्ण व्यवहार गरेको पनि गृहमन्त्रालयको ठहर छ । प्रहरी महानिरीक्षकसमेतको टोलीले स्थलगत अध्ययन गर्दा घटनामा सम्बद्ध प्रहरी कर्मचारीले नै अनुसन्धानका क्रममा सामान्य कानुनी व्यवस्थासमेत पालना नगरेको तथ्य फेला परेको थियो ।
तत्कालबाट प्रहरीबाट अनुसन्धान र खोजतलास हुनुपर्नेमा प्रहरीबाट नै लापर्वाही भएपछि अनुसन्धान प्रक्रिया नै प्रभावित भएको थियो । घटनासँग सम्बन्धित प्रमाण हुन सक्ने वस्तु भित्री वस्त्रहरु पानीमा चोपलेको, गुप्ताङ्ग र तिघ्रा पखालेको र वस्त्र नै गायब गर्ने कामसमेत प्रहरीले नै गरेको आरोप लागेको थियो ।
त्यस्तै नेपालमै नरहेका मृतकका बाबुको दस्तखत गराइको र मृतकको अन्त्येष्टिका लागि दबाब दिएको प्रहरीमाथि गम्भीर आरोप छ । विष्ट र भट्टलाई भविष्यमा सरकारी जागिर खानका लागि अयाेग्य नठहरिने गरी प्रहरी सेवाबाट बर्खास्त गरिएकाे गृह मन्त्रालयले जनाएकाे छ ।
गएको साउन १० गते कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।
गृह मन्त्रालयकाे विज्ञप्ति
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PlaQCs via IFTTT
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भ्रष्टाचार मुद्दामा दोषी ठहर भाई फरार रहेको एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पुनरावेदन अदालतले २०५७ साल पुस २१ गते अख्तियार दुरुपयोग गरी भ्रष्टाचार गरेको मुद्दामा ललितपुर जिल्ला धापाखेल गाविस–९ का रामकुमार खड्कालाई रु एक करोड तेइस लाख त्रिपन्न हजार आठ सय असी जरिवाना र एक वर्ष कैद हुने ठहर गरेकोमा खड्का फरार रहँदै आएका थिए ।
ब्यूरोले खड्कालाई ललितपुरको धापाखेलबाट पक्राउ गरेको ब्यूरोका प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिनुभयो । खड्कालाई फैसला कार्यान्वयनका लागि काठमाडौँँ जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Jgrlu5 via IFTTT
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पर्सि (शनिबार) आयोजना गर्न लागेको चियापान कार्यक्रममा नेत्रविक्रम चन्ददेखि सीके राउतसम्मलाई निम्तो दिएको छ ।
पार्टी एकतापछि पहिलोपटक दशैं, दीपावली, नेपाल संवत् र छठ पर्वलगायतका अवसरमा आयोजना गर्न लागेको शुभकामना एवं चियापान कार्यक्रममा ५० हजारभन्दा बढीलाई निम्तो गरिएको छ । ।
नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवदेखि छुट्टै मधेस देश निर्माणको आन्दोलन गरिरहेका स्वतन्त्र मधेस गठबन्धनका नेता सीके राउतलाई निम्तो गरिएको बताए ।
तर, पार्टीले आयोजना गरेको चियापानमा नागरिकको हैसियतमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई निम्ता दिईएको छैन । यद्यपि, शाही कालका मन्त्री एवं नेताहरुलाई भने निम्ता दिइएको छ ।
काठमाडौंको भृकुटीमण्डपस्थित बगैंचामा हुने सो कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नेकपा केन्द्रीय सदस्य सुधीर साहले बताए । अत्यधिक अतिथि आउने भएकाले खुला ठाउँमा भव्य रूपमा चियापान गर्न लागिएको उनले बताए ।
पार्टी एकता हुनुअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै चियापान कार्यक्रम गर्दै आएका थिए । गत वर्ष संघ, प्रदेश तथा स्थानीय तहको निर्वाचनका कारण चियापान आयोजना गर्न नसकिएको नेताहरु बताउँछन् ।
चियापानको तयारीबारे बुधबार नेकपाका महासचिव तथा चियापान समारोह समितिका संयोजक विष्णु पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराईलगायतका नेताहरुले कार्यक्रम स्थलको निरीक्षण गरेका छन् ।
चियापानका लागि नेकपाले हालसम्म करिब ५० हजार अतिथिहरुलाई निम्ता दिइसकेको छ । चियापानमा करिब ३५ हजारभन्दा बढी अतिथि सहभागी हुनेछन् ।
चियापान कार्यक्रम दिउँसो १२ बजेदेखि ५ बजेसम्म तय गरिएको छ । दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका कार्यकर्ता र सर्वसाधारण तथा दिउँसो ३ बजेदेखि ५ बजेसम्म विशिष्ट अतिथिका लागि समय छुट्ट्याइएको छ ।
दिउँसो ३ बजेदेखि नेपालस्थित विदेशी कूटनीतिज्ञ, राजनीतिक दलका नेता, संवैधानिक अंगका पदाधिकारी सहभागी हुनेछन् । चियापान कार्यक्रमलाई व्यवस्थित बनाउन पार्टीले ३ सय स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ । राजधानी डेलीमा खबर छ
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2JdMncV via IFTTT
काठमाडौँ । ललितपुरको कुपण्डोलका एक व्यवसायीलाई आफैले चुम्बन गरेको भिडियो रेकर्ड गरेर एक करोड रकम माग गर्ने एक युवती सहित दुईजना पक्राउ परेका छन् ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिका घर भई हाल काठमाडौँको सामाखुसी बस्ने २५ वर्षकी इन्दिरा उप्रेती र गोरखाको पालुङटार नगरपालिका ८ बस्ने वद्रीनाथ लामिछानेलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकी इन्दिराले फेसबुकमा नक्कली आईडी खोलेर ति व्यवसायीलाई आफ्नो जालमा पारेकी थिइन् । उनले सुरुमा फेसबुकमार्फत परिचय गरेर व्यवसायीसँग घनिष्ठ हुने प्रयास गरेको र पछि मोवाईलमा समेत लामो कुराकानी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घट्ना यस्तो थियो स् ललितपुरको कुपन्डोलस्थित एक व्यवसायीको कार्यालयमा २०७५ असार १ गते एक युवती पुग्छिन्। वर्षायाम भएकाले हल्का वर्षा भइरहेको हुन्छ।
यी तिनै युवती हुन्छिन् जोसँग ती व्यवसायीको फेसबुक म्यासेन्जरमा सामान्य कुराकानी मात्र भएको हुन्छ। आफ्नो नाम निशा अधिकारी बताउने ती युवतीले व्यवसायीलाई फेसबुकमा एड गरेर साथी बनाएकी हुन्छिन्।
‘तपाइँसँग कुराकानी गर्नुछ एक पटक भेटौं न’, युवतीको प्रस्ताव हुन्छ। उनको प्रस्तावमा व्यवसायी सहमत भएपछि उनी कुपन्डोलस्थित कार्यालय पुगेकी हुन्छिन्।
कालो चश्मा, फूलबुट्टे सर्ट र जिन्स लगाएकी युवती कार्यालयमा प्रवेश गरेसँगै माहोल अर्कै बन्छ। कुराकानीका सिलसिलामा त्यहाँ आफ्नो नाम फरक भएको उनले खुलाउँछिन्। ‘मेरो घर झापा बुधबारे हो वास्तविक नाम चाहिँ ईन्दु’, उनी भन्छिन्।
कुराकानीकै सिलसिलामा उनले मोबाइलमा भिडियो अन गर्छिन्। सोफामा बसेका व्यवसायीको नजिक पुग्छिन्। त्यसपछि अँगालो मार्छिन्। चुम्बन गर्छिन्। दुवैबीचका अन्तरंग क्रियाकलाप भिडियोमा कैद हुन्छन्।
यहाँसम्म ठिकै हुन्छ। तर जब ईन्दु उर्फ निशा त्यहाँबाट बाहिरिन्छिन् त्यस लगत्तै ती व्यापारीको मोबाइलको फोनमा घन्टी बज्छ। ‘तेरो र निशाबीच भएको अन्तरंग क्रियाकलापको भिडियो रेकर्ड मसँग छ। एक करोड रुपैयाँ नदिए युट्युब, फेसबुकमा अपलोड गरेर चरित्र हत्या गर्दिन्छु’, गणेश लामा नाम बताउने व्यक्तिले अडियो कलिङ साइट इमोबाट फोन गर्दै भन्छन्।
आफूसँग ब्ल्याकमेलिङ गरेर पैसा असुल्न खोजेको थाहा पाएपछि व्यवसायी प्रहरीको शरणमा पुग्छन्। महानगरीय प्रहरी अपराध महाशाखाले यो घटनाको अनुसन्धान थाल्छ।
अनुसन्धानले गोरखा जिल्ला पालुङ्टार–८ घर भएका बद्रीनाथ लामिछाने र पाँचथर हिलिहाङ गाउँपालिका–४ स्थायी घर भएकी ईन्दिरा उप्रेती संलग्न भएको पुष्टि हुन्छ।
प्रहरी खोजी सूचीमा रहेका उनीहरुलाई महाशाखाको टोलीले कार्तिक ६ गते गौशालाबाट पक्राउ गरेको छ। दुवैलाई अपराधिक लाभको कसूरमा अनुसन्धान कारवाहीका लागि महानगरीय प्रहरी परिसर पठाएको महाशाखाले उल्लेख गरेको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PksKFv via IFTTT
काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप फलदायी र प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभएको छ ।
बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन त्यहाँ पुग्नुभएका रक्षामन्त्री पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष तथा चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको संस्मरणस्थल तियानमेन स्क्वायर क्षेत्रमा उहाँप्रति पुष्पगुच्छासहित श्रद्धाञ्जलि अर्पणपछि नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध तथा सहयोग विस्तार गर्न अध्यक्ष माओत्सेतुङले पु¥याउनुभएको योगदानको स्मरण गर्नुभएको उपप्रधानमन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिनुभयो ।
भ्रमणकै क्रममा नेपाली सेनाका लागि विपद् व्यवस्थापन परिचालनका लागि १५० मिलियय चिनियाँ युआन चीनले सहयोग गर्नेसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुनेछ । सम्मेलनका क्रममा उपप्रधानमन्त्री पोखरेलले विभिन्न मुलुकका रक्षामन्त्री तथा उच्चपदस्थ सैनिक पदाधिकारीसँग नेपालको शान्ति सेनाको अनुभव बाँड्नाका साथै नेपाली सेनाको आधुनिकीकरण र सशक्तीकरणका विषयमा छलफल तथा परामर्श गर्नेसमेत कार्यक्रम छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2q8Cpkj via IFTTT
घोराही । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो बीचमा कुनै प्रकारको मतभिन्नता नरहेको बताउनुभएको छ । नेकपा दाङले दशैँका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले ओलीको सरकार गिराउने विषय अफवाह मात्रै भएको स्पष्ट पार्नुभयो ।
“हाम्रोबीचमा केही समस्या छैन, मिडियाले हल्ला फैलाएको मात्रै हो”, नेता नेपालले भन्नुभयो, “वामदेव निर्वाचन लड्ने कुरा पनि धेरै हल्ला भयो, त्यो सबै झुट हो ।” नेता नेपालले नेपालको कम्युनिष्ट सरकार विश्वकै लागि प्रेरणाको विषय बनेको उल्लेख गर्दै नेपाली काङ्ग्रेसबाट सरकारले रचनात्मक प्रतिपक्षको अपेक्षा गरेको बताउनुभयो ।
नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले नेपालको कम्युनिष्टले प्राप्त गरेको जनताको मत विश्व इतिहासमा चर्चा र प्रशंसा हुने गरेको धारणा व्यक्त गर्नुभयो ।
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले जनप्रतिनिधिले लिएको सुविधालाई ठूलो विषय नबनाउन आग्रह गर्नुभयो । “हिजोको विकास समितिसँग अहिलेको सरकारको तुलना हुन सक्दैन”, उहाँले भन्नुभयो, “हिजोको गाविस सचिवभन्दा अहिले वडाअध्यक्षको कामको दायरा फराकिलो छ ।”
नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादीको एकीकरणपछि औपचारिकरुपमा पहिलो पटक आयोजना गरिएको कार्यक्रममा जिल्लादेखि वडास्तरका जनप्रतिनिधिको सहभागिता थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2RbXLJ8 via IFTTT
काठमाडौं। विश्वका १० घुम्नलायक सहरमाको सूचीमा काठमाडौं पनि परेको छ। लोन्ली प्लानेटले १० सहरको सूची निकाल्दै काठमाडौंलाई पाँचौं नम्बरमा समेटेको हो।
तीन वर्ष अघि भूकम्पले क्षति पुगेको सहरले पर्यटकलाई स्वागत गर्न तयार रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ। हर्न निधषेध गरिएको, पुरातात्विक सहर र हिमाली क्षेत्र प्रवेशको ढोकाको रुपमा समेत सहरको परिचय दिइएको छ।
उनसले आफ्नो वेभसाइटमा सार्वजनिक गरेको सूचीको पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन रहेको छ। यस्तै दोस्रोमा चीनको सेनचेन, तेस्रोमा सर्भियाको नोभिसाद, चौंथोमा अमेरिकाको मायामी र पाँचौमा काठमाडौं रहेका छन्। यस्तै क्रमस मेक्सिकोको मेक्सिकोको सिटी, सेनेगलको डाकार, अमेरिकाको सेट्ली, क्रोएसियाको जदार र मोरक्कोको मेकिन्सलाई समेटिएको छ।
काठमाडौंका १० स्थानमा हनुमान ढोका, इटुम बहाल, गार्डेन अफ ड्रिम्स, असन, केसर क्याफे, दरबार स्क्वायर, नासल चोक, सेतो मछिन्द्रनाथ मन्दिर, कुमारी बहाल, तलेजु भवानी लगायतका स्थानलाई समेटिएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2OMPcI1 via IFTTT
काठमाडौँ । लोकसेवा आयोगको एक सय बढी प्राविधिक पदमा दरखास्त नै पर्न सकेको छैन । गत वर्ष कूल विज्ञापनमध्ये १०१ विज्ञापनमा दरखास्त नपरेको लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार दरखास्त नपरेका विज्ञापनमध्ये ६५ आन्तरिक प्रतियोगिताअन्तर्गतको छ । एउटा खुला प्रतियोगिता र ३५ समावेशी प्रतियोगिताका विज्ञापन छन् ।
अधिकांश प्राविधिक तहका विज्ञापनमा दरखास्त नपरेको आयोगले जनाएको छ । त्यसमा पनि धेरै स्वास्थ्य सेवा क्षेत्रका विज्ञापनमा दरखास्त परेका छैनन् । “एक त जनशक्ति नभएर नै नपरेका हुन्, अर्को स्वास्थ्य शिक्षा विषय नेपालमै पढाइ नहुँदा दरखास्त नआएका हुन सक्छन्”, आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले भन्नुभयो ।
उहाँका अनुसार शिक्षाशास्त्र पढेकाबाट आएको दरखास्तले भने मान्यता नपाउँदा खाली हुन गएको हो । उक्त विषय भारतमा पढाइ हुन्छ । नेपालमा शिक्षा सङ्कायतर्फ स्वास्थ्यको पढाइ हुने गरे पनि मन्त्रालयको स्वास्थ्य सेवा ऐनले मान्यता दिँदैन । दरखास्त नपरेकामध्ये ५८ विज्ञापन स्वास्थ्य क्षेत्रका छन् । अधिकांश माथिल्लो तहमा खाली छ ।
केही इञ्जिनीयर, टाइपिष्ट, अमिन, अपरेटर, पशु स्वास्थ्यलगायत पदका विज्ञापन खाली रहे । चिकित्सक क्षेत्रका नवौंँ र एघारौंँ तहका बढी छन् । आयोगको केन्द्रीय कार्यालयअन्तर्गतका ६८ विज्ञापन र धनकुटा, हेटौँडा, पोखरा र जुम्ला कार्यालयका तीन तीन विज्ञापनमा दरखास्त परेन ।
इलाम, बागलुङ, दाङ, सुर्खेत, दिपायल र भीमदत्तनगर कार्यालयका दुई दुई तथा खोटाङ र काठमाडौैँ कार्यालयका चार चार एवं जलेश्वरको एक विज्ञापन खाली रहेको सुवेदीले जानकारी दिनुभयो ।
एउटा मात्रै खुला प्रतियोगिता रहेको नवौंँ तहको कन्सल्टेण्ट सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजिष्ट पदमा दरखास्त परेन । समावेशीतर्फ अपाङ्गतातर्फ तीन, महिलातर्फ ११, दलितर्फ ११, मधेसी र आदिवासी जनजाति तीन तीन विज्ञापनमा दरखास्त परेन । अन्य भने आन्तरिक प्रतियोगिताका विज्ञापन छन् ।
आयोगका प्रवक्ता किरणराज शर्माले गत आर्थिक वर्ष कूल पाँच हजार ९७० पदका लागि एक हजार २०४ र समावेशी प्रतियोगितातर्फ एक हजार ८०७ विज्ञापन खुलाइएको जानकारी दिनुभयो । त्यसमा कूल पाँच लाख ६७ हजार ८५३ दरखास्त परेको थियो ।
अघिल्लो आवभन्दा गत वर्ष दरखास्तमा ३३ प्रतिशतले कमी आएको छ । सबैभन्दा बढी दरखास्त खरिदार पदमा एक लाख ४६ हजार ४७६ छ । सबैभन्दा बढी प्रदेश नं २ बाट कूल दरखास्तको २५ प्रतिशत छ जसमा २१–२५ वर्ष उमेर समूहका ३८ प्रतिशतले दरखास्त दिएका थिए ।
दरखास्त परेकामध्येबाट कूल सात हजार ७१८ जनालाई स्थायी नियुक्तिका लागि सिफारिश गरिएको छ जसमा दुई हजार ४६५ ९३२ प्रतिशत० महिला छन् । प्रदेश नं २ बाट सबैभन्दा बढी २० प्रतिशत स्थायीका लागि सिफारिश भएका छन् । समावेशीतर्फ तीन हजार २४४ सिफारिश भए ।
गत आठ वर्षमा ४१ हजार ६८ स्थायी नियुक्तिमा सिफारिश भएका छन् । सुरक्षा निकाय तथा सङ्गठित संस्थातर्फ तीन लाख ६९ हजार ८५७ मध्ये लिखित परीक्षामा एक लाख ५९ हजार ४२६ सहभाग थिए । आयोगका प्रवक्ता शर्माका अनुसार आयोगले त्रिवर्षीय रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PPWI15 via IFTTT
काठमाडौँ । साझा यातायातले आज मंगलबारबाट विद्युतीय बस सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले साझाले ल्याएको विद्युतीय बसको मंगलबार बिहान उद्घाटन गरेका छन्। उक्त विद्युतिय बसमा चढेर प्रधानमन्त्री ओली साझा यातायातको पुल्चोक कार्यालयबाट प्रधानमन्त्री कार्यालय सिंहदरवारसम्म पुगेका थिए।
सो विद्युतिय बसहरु लुम्बिनी क्षेत्रमा सञ्चालन गरिने भएपनि भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नबनेसम्म राजधानीकै खाल्डाखुल्डीरहित सडकमा सञ्चालन गरिने साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले बताए।
१९ सीट क्षमता रहेको सो बसमा उभिएर समेत यात्रा गर्दा ३५ जना अट्ने बताइएको छ। चिनियाँ कम्पनीबाट प्रतिगोटा २ करोड रुपैयाँमा खरिद गरेको मध्ये २ वटा बस काठमाडौं आइसकेका छन् भने भने अन्य तीन वटा आउने क्रममा रहेका छन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NZB3ll via IFTTT
बारा । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारबाट नै संघीयतालाई खतरा भएको आरोप लगाएका छन्।
बिभिन्न कार्यक्रममा सहभागी हुने सोमबार कलैया आएका मुख्यमन्त्री राउतले पत्रकारहरुसँग कुरा गर्दै संघीय सरकारले प्रदेश सरकारलाई बिफल पार्नको लागि नियम अनुसार गर्नुपर्ने कार्य समेत गर्न नदिएर संघीयतालाई नै समाप्त गर्न खेल गरेको बताए।
कानुन निर्माण गरी विकास निर्माण सँगै अन्य कार्यहरु गर्न प्रदेश सरकारको सोच रहे पनि संघीय सरकारको असहयोगले प्रदेश सरकारले गर्न खोजेका कार्यहरु गर्न नसकेको मुख्यमन्त्री राउतले गुनासो गरे।
समाज रुपान्तरका लागि प्रदेश सरकार अघि बढिरहेको भन्दै शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, सडक बिस्तारका काममा लागि परेको उनले बताए।
संविधान संशोधन मधेसी जनताको लागि मात्र नभई सिमान्तकृत बर्ग, समुदाय, दलित, जनजाती र मुस्लिमका लागि अपरिहार्य रहेकोले संबिधान संशोधन गर्नमा संघीय सरकारले आलटाल गर्न नहुने उनले बताए।
जनताको जनआन्दोलबाट आएका उपलब्धिहरुलाई केपी ओली नेतृत्वको सरकारले संस्थागत गर्न नसकेको उनले आरोप लगाए।
बर्तमान सरकार भ्रष्टचार निर्मुल गर्न नसकेको, शान्ति सुव्यवस्था कायम गर्न नसकेको, हत्या, हिंसा, बल्तकार जस्ता घटनाहरुलाई निस्तेज गर्न नसकेकोले नेपाली जनताहरु दिक्क भएको उनको टिप्पणी छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2yRBwAu via IFTTT
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र वामदेव गौतमको सांसद बन्ने इच्छाका कारण उत्पन्न विवाद अन्त्य हुने अवस्थामा पुगेको छ । तर, गौतमले यो विवादलाई अन्त्य गर्न चाहेका छैनन् ।
स्रोतका अनुसार गौतमले आफूलाई पार्टीभित्र असहयोग भएका कारण समस्या आएको बताउन थालेका छन् । ललितपुरको भैँसेपाटीस्थित निवासामा आफूलाई भेट्न आउने नेता तथा कार्यकर्तासँग गौतमले पूर्वएमालेभित्रका नेताहरूले काठमाडौं ७ मा उम्मेदवार बन्न रोकेको बताउने गरेका छन् ।
‘वामदेव गौतमज्यू पूर्वएमालेका नेताहरूसँग आक्रोशित हुनुहुन्छ’, गौतमलाई निवासमा भेट्न पुगेका एकजना युवा नेताले भने, ‘सामाजिक सञ्जाल र पत्रपत्रिका तथा अनलाइनहरूमा मेराविरुद्ध क्यापेनिङ नै भयो ।’
पूर्वएमालेप्रति आक्रामक देखिएका नेता गौतम पूर्वमाओवादी केन्द्रका नेताहरूसँग भने लचक देखिएका छन् । माओवादी नेताहरूले आफूलाई सहयोग गरेको उनको बुझाइ छ ।
आफूलाई सांसद बन्नबाट रोकेको बताउने गरेका गौतमले यो कुरालाई दीर्घकालसम्म उठाएर सरकार र पार्टीभित्र समस्या उत्पन्न गर्ने हुन् कि भन्ने धेरैको आशंका छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PJ5bD5 via IFTTT
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयले पदाधिकारी र केन्द्रीय सदस्यहरूको सम्पत्ति विवरण मागेपछि ठूलो विवाद उत्पन्न भएको छ ।
नेकपाको अनुशासन आयोग गठन नहुँदै सम्पत्ति विवरण मागिएको भन्दै नेताहरूले आपत्ति जनाएका हुन् ।
भदौ मसान्तभित्र सम्पत्ति विवरण बुझाउन केन्द्रीय कार्यालयले दस दिनअघि पत्राचार गरेको थियो ।
सम्पत्ति विवरण फारममा नगद, घर जग्गा, सुन, चाँदी, बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा गरेको रकम, ऋण, धितोपत्र, सेयर लगायत सबै उल्लेख गर्न निर्देशन दिइएको थियो ।
आयोग नेतृत्वलाई नसोधेर पत्राचार गरेको नेताहरूको आरोप छ । सम्पत्ति विवरण माग्ने कार्य पार्टीको विधान विपरित भएको नेकपाका एक नेताले बताए ।
पूर्वएमाले र पूर्वमाओवादी केन्द्र मिलेर बनेको ‘नेकपा’मा ४ सय ४० सदस्यीय केन्द्रीय समिति बनेको छ । जेठ ३ गते पार्टी एकता भए पनि अनुशासन आयोग बन्न सकेको छैन ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2CX2vza via IFTTT
काठमाडौँ । असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड बडा दशैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्न र जीवन्त पारिवारिक जमघट एवम् पुनर्मिलन गराई खुशीयाली र हार्दिकता साटासाट गर्न प्रभावकारी भूमिका निर्वाह गरिरहेको हाम्रो सांस्कृतिक वैभवको रुपमा रहेको बडादशैँले सामाजिक एकता, आपसी सद्भाव र आत्मीय भ्रातृत्व अभिवृद्धिमा ठूलो मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभएको छ ।
घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म मनाइने बडादशैँको अवसरमा विविध धार्मिक सांस्कृतिक क्रियाकलाप एवं उत्सव हुने महापर्वको यस महत्वपूर्ण अवधिमा विभिन्न प्रजातिका बीउबिजनबाट जमरा उमारी त्यसलाई प्रसाद र आशीर्वादका रुपमा ग्रहण गरिने परम्पराले प्रत्यक्ष तथा परोक्षरुपमा अन्न र स्वच्छ वातावरणको महत्व स्थापित गर्न सहयोग पु¥याएको बताउँदै राष्ट्रपति भण्डारीले दशैँघरमा कृषि औजार र विभिन्न बनस्पतिकोपूजा गरिने चलनलेमानव जीवनसँग घनिष्ट सम्बन्ध रहेको बोटबिरुवा र कृषि प्रणालीको संरक्षण गर्नुपर्ने चेतना फैलाएको तथा सांस्कृतिक मूल्य मान्यता र मानव जीवनलाई सुखी र समृद्ध तुल्याउने सन्देश समेत प्रवाह गर्दै आएको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
समाजमा अनादिकालदेखि हर्ष्लासपूर्वक परम्परागत मनाउने गरिएका विभिन्न चाडपर्वहरुले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिक सृदृढ सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न हाम्रो धरोहरका रूपमा रहेका बताउँदै उहाँले सन्देशमा यी बहुमूल्य सांस्कृतिक सम्पदाको संरक्षण एवं सम्बद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यसै अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सङ्घीय प्रतिनिधिसभाका सभामुख, विभिन्न राजनीतिक दलका नेतालगायत नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रका व्यक्तित्वले पनि बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरी हार्दिक शुभकामना प्रकट गर्नुभएको छ ।
शरद ऋतुको महान् चाड दशैंले सकारात्मक सोचसहित पारस्पारिक सद्भाव, सहयोग र स्नेह बढाउने बताउँदै उपराष्ट्रपति पुनले हाम्रा चाडपर्वले धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई सम्मान गर्दै सामाजिक, सद्भाव, एकता र साझा पहिचानसहित सहिष्णुता कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले प्रकृतिको सुन्दर छटामुनि रहेका नेपाली धर्म, संस्कार, संस्कृतिले अत्यन्तै धनी रहेको उल्लेख गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधायुक्त धर्मनिरपेक्ष हाम्रो राष्ट्रमा मनाइने यस्ता चाडपर्वले आपसी सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभएको छ ।
सभामुख कृष्णबहादुर महराले चाडपर्वल विभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवं संस्कृतिक पहिचान रहेका सबै नेपालीका लागि समान अवसर प्राप्त हुने विश्वास व्यक्त गर्दै सामाजिक सद्भावसहित समृद्धिको गर्नुभएको छ । उहाँले शारदीय पर्वको सुखद् अवसरमा सम्पूर्ण नेपालीको जीवनमा सुस्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्नुभएको छ
यसै उपलक्ष्यमा नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो र पार्र्टीका तर्पmबाट स्वदेश तथा विदेश जहाँ रहनु भएको भए पनि सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभ–कामना व्यक्त गर्नुभएको छ ।
एकता, मेलमिलाप र सद्भावका रुपमा मनाइने विजया दशमी पर्वले हामी बीचमा केही मतभेदहरु छन्भने तिनीहरुलाई बिर्सेर, देशको सर्वाङ्गिण हितमा संलग्न हुने पर्वको रुपमा ग्रहण गर्न सके यसको महत्व अझ बढ्ने सभापति दउवाले बताउनुभएको छ ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिन्दू धर्मावलम्बीको महान् चाड विजयादशमीका अवसरमा शुभकामना व्यक्त गर्दै नेपालीको उत्तरोत्तर प्रगति तथा समृद्ध जीवनका लागि मेरो व्यक्तिगत तथा परिवार एवं पार्टीका तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विविध विशेषतायुक्त नेपाली समाजमा विशेष चाडको रूपमा वहुसंख्यक नेपालीले मनाउँदै आएको महान् पर्व विजयादशमीको सुखद् अवसरमा समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । रासस
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Ozm9Y8 via IFTTT
काठमाडौँ । भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनः निर्माण हुने विषय फेरि अन्योलमा परेको छ । भूकम्प गइसकेपछि दोस्रो पटक पुनः निर्माण गर्नका लागि काठमाडौँ महानगरपालिकाले बोलपत्र आह्वान गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको थियो ।
कामपाको मागअनुरुपको बोलपत्र र आशयपत्र पेश गरेका दुवै निर्माण कम्पनीको मागअनुरुपको आशयपत्र नभएकाले पोखरी पुनः निर्माणको काम अन्योल भएको हो । नगरप्रमुख विद्यासुन्दर शाक्यले रासससँग कुरा गर्दै भने, “निर्माणको इच्छा राख्ने दुवै कम्पनीले पेश गरेका कागजात अपुग छ, त्यसैले निर्माणको जिम्मा दिनका लागि मापदण्ड पूरा गरेको हुनुपर्छ, आवश्यकताअनुरुपको हुनका लागि अर्को बोलपत्र माग गर्नुपर्छ त्यसको लागि समय लाग्छ ।”
यसअघि काठमाडौँ महानगरपालिकाले मन्दिरसहित रानीपोखरीको पुनःनिर्माण गर्दा पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा निर्माण गरेको र निर्माणका क्रममा सिमेन्ट प्रयोग गरेको भन्दै विवाद सिर्जना भएपछि निर्माणको सम्पूर्ण काममा रोक लगाइएको थियो ।
कामपाले व्यापारिक दृष्टिकोणले सोहीअनुरुप पोखरी क्षेत्रको निर्माण कार्य शुरु गरे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरेको भन्दै चौतर्फी विरोध आएपछि शुरु गरिएको निर्माण कार्य रोकिएको हो ।
पुनःनिर्माणको काम अन्योल भएसँगै यस वर्ष पनि तिहारमा बालगोपालेश्वर मन्दिरको प्रयोग गर्न नपाइने भएको छ । उक्त मन्दिर हरेक वर्ष तिहारमा भाइटीकाको दिनमात्र सर्वसाधारणको लागि खुला गरिने गरिन्छ । यस मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले भाइटीका लगाउने गर्दछन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Ac9Ms6 via IFTTT
काठमाडौँ, २८ असोज । लामो बाटोमा जाने यात्रुले साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उद्देश्यले अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था शुरु भएको छ।अनलाइनबाट टिकट लिन साझा यातायात र बस सेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको साझा यातायातले जनाएको छ । यात्रुहरूले अबदेखि साझा यातायात डटकम डट एनपी, बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै टिकट काट्न सक्नेछन् । ई –सेवा ‘एकाउन्ट’ भएका यात्रुले सहजै आफ्नो मोबाइल तथा इन्टरनेटबाट टिकट काट्न सक्नेछन् भने नभएका ग्राहकले नजिकैका ई –सेवा अङ्कित साइबर कम्यूनिकेशनबाट टिकट लिन सक्नेछन्।
यसैगरी यात्रुले अधिकांश बैंकका मोबाइल बैंकिङ तथा इन्टरनेट बैकिङ तथा अन्य विभिन्न तरिकाबाट रकम भुक्तानी गरेर पनि बस टिकट काट्न सक्नेछन् । अनलाइन टिकटिङ सम्बन्धी सम्झौतापत्रमा साझा यातायातका तर्फबाट कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजी प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पिआर खनालले हस्ताक्षर गर्नुभएको छ । साझा यातायातले दियालो टेक्नोलोजिजले प्रवद्र्धन गरेको बस सेवा डटकमसँगको सहकार्यमा काठमाडौँ उपत्यका बाहिर सञ्चालन हुने आफ्ना सुविधा सम्पन्न डिलक्स् बसमा अनलाइनबाट टिकट काट्न सकिने छ । साझा यातायातका बस काठमाडौँदेखि रूपन्देहीको भैरहवा र बागलुङका लागि सञ्चालनमा छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QNBRLS via IFTTT
काठमाडौँ । बडादसैँको टीकाको शुभ साइत आउँदो कात्तिक २ गते विहान ९ बजेर ५१ मिनेटमा रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवी विसर्जन सोही दिन विहान ९ बजेर ३९ मिनेटमा, तुलजाभवानी यात्रा विहान ८ बजेर ३५ मिनेटमा र स्थिरासन खड्गजात्रा विहान ९ बजेर ४४ मिनेटमा साइत रहेको छ । समितिका अनुसार असोज ३० गते फूलपातीका दिनमा विहान ९ बजेर २१ मिनेटमा तुलनाभवानी यात्रा र विहान १० बजेर २ मिनेटमा स्थिरासनको साइत रहेको छ । कात्तिक ६ गते अखिलबलिपूर्ति र बुधबार कोजाग्रत ब्रत रहेको जनाइएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2CJe7Wg via IFTTT
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको बाटोमार्फत देशलाई समृद्ध पार्न सकिने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालको जीवनीमा आधारित ‘इमानको इन्द्रेनी’ कृतिको विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
सरकारको तीनखम्बे अर्थनीतिअन्तर्गत सार्वजनिक, निजी तथा सहकारीको अवधारणा अघि सारेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सानो पूँजीलाई एकत्रित गरी आर्थिक समृद्धिका लागि सहकारीको भूमिका अतुलनीय रहेको औँल्याउनुभयो ।
कृषिलाई आधुनिकीकरणका लागि समेत सहकारीको माध्यामबाटै जानुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले जमीन खण्डित भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
“बडाल सहकारीका पण्डित हुनुहुन्छ, सहकारी आन्दोलनमा उहाँले पु-याएको योगदान महत्वपूर्ण छ, उहाँसँग थुप्रै अनुभव छ, त्यसलाई राष्ट्रियकरण गर्नुपर्छ”, प्रधानमन्त्रीले भन्नुभयो ।
उहाँले पार्टीको छलफलमा समेत बडालले सहकारीका एजेण्डा ल्याउने गरेको स्मरण गर्दै प्रकाशित पुस्तक बडालको सम्मान र स्विकारोक्ति हो भन्नुभयो ।
केशव बडाल सहकारी पत्रकारिता सम्मान
यसैबीच यस वर्षबाट केशव बडाल सहकारी पत्रकारिता सम्मान वितरण शुरु गरिएको छ । अन्तर्राष्ट्रिय सहकारी महासङ्घकी सञ्चालक ओमदेवी मल्लद्वारा स्थापित रु एक लाख एक हजार राशिको कोषमार्फत यस वर्षबाट पत्रकारिता सम्मान प्रदान गर्न थालिएको हो ।
सहकारीको क्षेत्रमा पत्रकारितामार्फत गरेको योगदानको कदर गर्दै हरेक वर्ष उक्त सम्मान वितरण गरिने जनाइएको छ ।
यस पटक पहिलो सम्मान नेपाल सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाईंलाई प्रदान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई सम्मान प्रदान गर्नुभएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QMh6A8 via IFTTT
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले यस बर्ष सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । गत बर्ष सर्वसाधारणलाई टीका नलगाइदिएका ज्ञानेन्द्रले यो बर्ष विजयादशमीको दिन दिउँसो ३ बजेदेखि टीका लगाइदिने भएका हुन् । निर्मलनिवासमा ११ बजेर ३७ मिनेटमा टीकाको साइत जुराइएको छ । पूर्वराजा ज्ञानेन्द्रले आमा रत्नको हातबाट टीका ग्रहण गरेपछि निर्मल निवासमा आफन्तसँग टीका लागाउने कार्यक्रम तय भएको छ ।त्यसपछि दिउँसो ३ बजेदेखि निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने कार्यक्रम तय भएको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2A5Dsaj via IFTTT
गाईघाट । बडादशैँ नजिकिएसँगै सदरमुकाम गाईघाटदेखि पहाडी क्षेत्रमा सञ्चालन हुने ठूला तथा साना यातायातका साधनले क्षमताभन्दा बढी यात्रु बोक्न थालेका छन् । सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण ज्यान जोखिमको डर रहेको छ ।
गाईघाटदेखि साउने, खाँबु, रौता, मुर्कुची, नेपालटार, गाईघाट सल्ले तथा फोक्सिङटारसम्म सञ्चालित अधिकांश सवारीसाधनले जबर्जस्ती क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका खाबुका हेमप्रसाद भट्टराईले बताउनुभयो । गाईघाटदेखि पूर्वी क्षेत्रको बेल्टार, रामपुर ठोक्सिलातर्फ सञ्चालन हुने सवारीसाधनले पनि छतमा समेत यात्रु बोक्ने गरेको पाइएको छ । “कोचीकोची यात्रु हाल्ने गरेका छन्, छतमा समेत यात्रु चढाउँदा दुर्घटनाको खतरा बढेको छ,” रौता भुटारका कृष्ण ठकुरीले भन्नुभयो ।
जिल्लाका अधिकांश सडक कच्ची रहेका छन् । वर्षाका कारण भत्किएका सडक मर्मत नहुँदा दुर्घटनाको खतरा छ । सवारीसाधनभित्र र छतमासमेत क्षमताभन्दा बढी यात्रु राख्दा ज्यान जोखिमको डर छ । “छतभरी समेत यात्रु राख्ने गरिएको छ,” ठकुरीले भन्नुभयो । चालक देवेन्द्र मगर चाडपर्वको समयमा यात्रुको चाप बढी हुँदा समस्या हुने गरेको बताउनुहुन्छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2A3QZ2g via IFTTT
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एकाध घटनालाई दिएर सिंगो प्रहरी संगठनको मानमर्दन नगर्न आग्रह गरेका छन् । प्रहरी संगठनको मूल्यांकन गुण र दोषका आधारमा हुनुपर्ने उनले बताए । ६६ औं प्रहरी दिवसको अवसरमा बिहीबार प्रधान कार्यालय नक्शालमा आयोजित कार्यक्रममा आईजीपी खनालले गत वर्ष ९० प्रतिशत अभियुक्त पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउन सफल भएको बताए । उनले भने, ‘यो तथ्यांकले प्रहरीको सक्रियतालाई प्रतिविम्बित गर्छ ।’
बाल यौनदुराचारमा संलग्न प्रभावशाली विदेशी नागरिकलाई पक्राउ गर्नु, नक्कली नेपाली नोटका कारोबारी, लागू औषध तस्करीमा संलग्न अन्तर्राष्ट्रिय गिरोह, सिरियल किलर पक्राउ लगायतका घटनामा प्रहरीले सफलता हात पारेको उनले बताए । ‘भूमिगत संगठनको आवरणमा हुने अपराध र राजनीतिक दलको आवरणमा हुने चन्दा आतंक रोक्न प्रहरी सफल भएको छ,’ उनले भनेका छन् । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणलाई लिएर प्रहरीको आलोचना भइरहेकोतर्फ संकेत गर्दै खनालले प्रहरी संगठनमै पनि शुद्धीकरणको अभियानलाई सशक्त बनाएको बताए । ‘प्रहरी संगठनको मूल्यांकन गुण र दोषका आधारमा हुनुपर्छ,’ खनालले भने, ‘दुई जना प्रहरीको दोष र केही घटनामा आशातित सफलता पाउन नसकेको विषयलाई समग्र संगठनसँग जोड्ने र प्रहरीको असफलताका रुपमा ब्याख्या गरिँदा हजारौं इमान्दार र कर्यव्यनिष्ट प्रहरीको मानमर्दन हुन पुग्छ ।’
अनुसन्धान जनधारणा भन्दा विज्ञको रायमा भर पर्ने र यसमा समयसीमा तोक्न नसकिने उनले बताए । प्रहरीले हरेक अपराधको अनुसन्धानलाई सही निष्कर्षमा पुर्याइछाड्ने भन्दै उनले भने, ‘धर्यता अपराध अनुसन्धानको बलियो धरातल हो भन्ने भुल्नु हुँदैन ।’अपराधको शैली परिवर्तन भएको र खुला सीमाका कारण सहजै उम्कन सक्ने गरेको अवस्था रहेको तर्फ पनि उनले ध्यानाकर्षण गराएका छन् । आईजीपी खनालले सुरक्षामा हुने खर्च अनुत्पादक लगानी हो भन्ने सोच त्यागेर आधुनिक, व्यवसायीक र दक्ष प्रहरी संगठन बनाउनुपर्नेमा जोड दिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2IPUwUq via IFTTT
काठमाडौं । नवरात्रको दोस्रो दिन आज नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गर्ने दिन हो । साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा लगाउँछन् । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ । ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ ।माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दू शास्त्रहरुमा छ । यस दिन विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन छ । कन्याहरुलाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले खाने प्रचलन छ ।
नवरात्रको पहिलो दिन घर–घरमा घटस्थापना गरी जमरा राखेपछि बडादशैं शुरु भइसकेको छ । नवरात्रको पहिलो दिन अर्थात् प्रतिपदामा नवदुर्गा भवानीको शैलपुत्री स्वरुपको पूजा आरधना गरिन्छ । शैल भन्नाले हिमाल हो । हिमालयकी पुत्री पार्वतीको स्वरुपमा देवीले अवतार लिएको मानिन्छ । दुर्गा भवानीका नौवटा स्वरुपमध्ये शैलपुत्रीको स्वरुप एक हो । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ydqDtb via IFTTT
प्राचीन बुद्धनगरी कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागी भएका छन् । उनी कांग्रेसको तर्फबाट कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद साह विशिष्ट अतिथिका रुपमा उपस्थित भए ।
कार्यक्रममा बुद्ध सिद्धार्थनगरमा जन्मिएका दाबीसहित प्रचार गरिएको थियो । उत्तर प्रदेश सरकारले बुद्ध भारतमा जन्मेको आक्रामक प्रचार गरिरहँदा नेपालकै सांसद उपस्थित भएर समर्थन जनाउँदा गलत सन्देश गएको छ । कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यानाथ प्रमुख अतिथि र भाजपा केन्द्रीय सांसद गदम्बिका पाल तथा सांसद सहा विशिष्ट अतिथि थिए ।कार्यक्रममा सहभागी भएको तस्बिर शाहले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2yyO935 via IFTTT
काठमाडौँ । दशैंका लागि अाजदेखि सार्वजनिक सवारी साधनलार्इ इजाजतपत्र (रुट परमिट) खुला भएकाे छ । यातायात व्यवस्था विभागले जुनसुकै रूटका सार्वजनिक सवारी साधनलार्इ निर्वाध रूपमा देशभरी सञ्चालन गर्न दिन रूट परमिट खुला गरेकाे हाे । दशैंमा यात्रुकाे सहज अावतजावतका लागि अाजदेखि ३१ असाेजसम्म रूट परमिट खुला गरिएकाे यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य कुमार ढकालले अनलाइनखबरलार्इ जानकारी दिए ।
इजाजतपत्र खुला भएसँगै सवारी चालकले यात्रुलाई सहजरुपले गन्तव्यमा पुर्याउन र ल्याउनका लागि पालो पर्खनु नपर्ने उनले बताए । दशैंका लागि काठमाडाैंबाट बाहिरिने यात्रुकाे संख्या उच्च हुने तथा रूट परमिटका कारण सवारी साधनकै अभाव हुने हुँदा यात्रा सहज पार्न पनि खुला गरिएकाे उनी बताउँछन् । विभागले सो समयमा सामान बोकेर काठमाडौं भित्रिने ठूला सवारी साधन (मालवाहक टेलर मात्र) लाई सञ्चालनमा रोक लगाएको छ । ठूला सवारी साधन बाटोमा गुड्दा अरु सवारी साधनलाई आवागमनमा समस्या हुने भएकाले अाजदेखि ३१ गतेसम्म नारायणघाटबाट काठमाडौं आउने सवारी साधनलाई रोक लगाइएकाे महानिर्देशक ढकालले जानकारी दिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2RF0DPG via IFTTT
पोखरा, असोज २४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार निवारणमा सबैको एकताबद्ध प्रयास आवश्यक हुने बताउनुभएको छ । आयोगको पोखरा कार्यालय भवनको आज यहाँ शिलान्यास गर्दै उहाँले जनताले राज्यबाट पाउने सेवालाई प्रभावकारी बनाउन सुशासन अपरिहार्य हुने धारणा राख्नुभयो ।
स्थानीय तहमा आर्थिक अनियमिततालगायतका विषयमा धेरै उजुरी पर्ने गरेको बताउँदै उहाँले सङ्क्रमणकालीन समयका नाममा कसैलाई भ्रष्टाचार गर्ने छुट नभएको स्पष्ट पार्नुभयो ।
भ्रष्टाचार नियन्त्रण कार्यलाई नियन्त्रण गर्न आयोग सक्रियताका साथ लागेको बताउँदै उहाँले कुनै पनि विकास निर्माणका काम गुणस्तरीय र पारदर्शी भए÷नभएको, कानूनको पालना भए-नभएको जस्ता विषयमा अध्ययन अनुसन्धान भइरहेको उल्लेख गर्नुभयो ।
पोखरामा निर्माणाधीन कार्यालय भवनले यहाँबाट हुने आयोगको कामलाई प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पु¥याउने उहाँको भनाइ छ । आयोगका सचिव महेश्वर न्यौपानेले सङ्घीय संरचनाअनुरुप आयोगको केन्द्रसहित सबै प्रदेशमा भौतिक पूर्वाधारका साथै जनशक्ति व्यवस्थापन गरिएको बताउनुभयो ।
मुलुकको उन्नतिमा भ्रष्टाचार प्रमुख बाधक भएको उल्लेख गर्दै आयोगको कामको प्रभावकारिताका लागि जनशक्तिलाई तालीम प्रदान गरिएको बताउनुभयो ।
गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले तीन तहका सरकार गठन भई काम थालिसकेको वर्तमान अवस्थामा सुशासनका लागि आयोगको निगरानी आवश्यक हुने बताउनुभयो ।
आयोगको पोखरा कार्यालयका प्रमुख काशीराज दाहालले नवनिर्मित भवन कूल रु १४ करोड ७२ लाख ३६ हजार ५७३ लागतमा ठेक्का सम्झौता भई काम अघि बढेको जानकारी दिनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PmQhm0 via IFTTT
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ ।यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ ९यव० रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । कुल परम्परा र स्थान विशेषअनुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ ।घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ । आज घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आवाहन गरी पूजा हुन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकको रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा नेपाली समाजमा छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसहरुलाई वध गर्न लिएका नौ वटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना हुन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ ।
नवरात्रमा नवदुर्गाको पूजा – यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिन्छ । दुर्गादेवीले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजा आराधना गर्ने शास्त्रीय नियम छ । “दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण छैन, यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाइन्छ”–धर्मशास्त्रविद् एवं समितिका अध्यक्ष गौतमले भन्नुभयो ।
दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन फरक फरक गरी नौवटी कन्याको पूजा गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठहरुमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । नवरात्र भनेर समेत चिनिने विजया दशमीसम्मको १० दिनमा यस वर्ष तिथिको घटवढ नरहेकाले नौ रात्रीकै छ । तिथिको घटबढ भएका वर्ष नवरात्र र १० दिनको समयमा फरक पर्छ ।
टीकाको साइत कात्तिक २ गते बिहान ९ ः ५१ मा – आज विधिपूर्वक घर घरमा आवाहन गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक २ गते शुक्रबार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गरिन्छ । कात्तिक २ गते देवी विसर्जनको साइत बिहान ९ बजेर ३९ मिनेटमा रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने कात्तिक २ गते ९ बजेर ५१ मिनेटको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताउनुभयो । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ ।
आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना शुरु हुन्छ । रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दशैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर चाड मनाउने भएकाले यस पर्वलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ । आजैदेखि धेरैजसो शैक्षिक संस्थाले दशैँका अवसरमा सार्वजनिक बिदा दिने गर्दछन् । घटस्थापनाका अवसरमा दिने बिदा भने यस वर्ष कटौती गरिएको छ । यस वर्ष दशैँको बिदा पनि असोज ३० गते फूलपातीदेखि कात्तिक ३ गते एकादशीसम्म दिइएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2A0Odea via IFTTT
हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को प्रदेश नं ३ संसदीय दलको बैठकमा प्रदेशको राजधानीको विषयले प्रवेश पाएको छ ।
उक्त दलको मुख्यमन्त्री निवासमा आज बसेको बैठकमा सो प्रस्तावबारे छलफल भएको दिँदै संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले स्थायी राजधानीको विषयले अब सांसदमा पनि प्राथमिकता पाउने बताउनुभयो ।
उहाँले यो विषयमा अहिले सबैको चासो भएकाले छिटै प्राथमिकतामा राखिने धारणा व्यक्त गर्नुभयोे । उहाँले भन्नुभयो, “सबै सांसदहरु तथा प्रदेश नं ३ का जनता स्थायी राजधानीको विषय चाँडो टुङ्गोमा पुगोस् भन्नेमा छन्, यो विषयले आज या भोलि सांसदमा प्रवेश पाउनेछ ।”
बैठकमा नेकपा ३ नं प्रदेश संसदीय दलको विधानको स्वीकृति, संसदीय दलका सभापतिको प्रतिवेदन, मन्त्रीद्वारा मन्त्रालयको प्रगति प्रतिवेदन पेश गर्ने तथा पार्टीको लेबी विषयमा समेत छलफल हुने कार्यक्रमसमेत रहेको सांसद मुनु सिग्देलले जानकारी दिनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2C3Mxlq via IFTTT
बाँके । नेपाल एयरलाइन्सले कर्णालीका जिल्लामा आजबाट नियमित उडान शुरु गरेको छ । हुम्लाको सिमीकोट, जुम्लाको खलङ्गा र रुकुमको सल्ले विमानस्थलमा उडान गरेसँगै नेपाल एयरलाइन्सले नियमित उडान शुरु गरेको हो । नेपाल एयरलाइन्सको एउटा जहाज नेपालगञ्ज विमानस्थलमै राखेर कर्णालीवासीलाई नियमित हवाई सुविधा दिने व्यवस्था गरिएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।
ट्ीनटर जहाजमा खराबी र पाइलट नभएको समस्या देखाउँदै नेपाल एयरलाइन्सले एक महीनादेखि कर्णालीमा नियमित उडान गर्न सकेको थिएन । आज नेपाल एयरलाइन्सले डोल्पाको जुफाल, मुगुको ताल्चा, रुकुमको सल्ले र बाजुरा उडान गरेको विमानस्थल प्रमुख ठाकुरले जानकारी दिनुभयो ।कर्णालीवासीका लागि जिल्लाबाहिर आवतजावत गर्ने भरपर्दो माध्यम जहाज नै भएकाले नेपाल एयरलाइन्सको नियमित उडानसँगै कर्णालीवासीलाई राहत मिलेको बताइएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Nx303y via IFTTT
काठमाडौं । राजा वीरेन्द्र शाहको सम्पत्तिको लेखाजोखा गर्ने कुनै एक सरकारी अड्डाले वीरेन्द्रको सम्पत्ति ८७ अर्बभन्दा बढीको रहेको भेटिएको भन्ने समाचार बाहिरिएको छ । राजा वीरेन्द्रका बारेमा पचास वर्ष अगाडि जान्ने बुझ्नेहरूले ‘युवराज वीरेन्द्रको विवाहको लागि भारतको कुनै राजघरानाकी कन्याबारे कुरा चल्दा नेपालका राजा गरीव छन्’ भनेर उक्त सम्वन्धको सम्भावनालाई पञ्छाइएको थियो । त्यसपछि वीरेन्द्रसँग विवाह गर्ने भनिएकी कन्याको विवाह नेपालको राजपरिवारसँगै सम्वन्धित अर्का सम्भ्रान्त र अत्यन्त समृद्ध परिवारका युवासँग भएको थियो । राजा वीरेन्द्रलाई भारतीय नागरिकहरूले समेत गरिवको सूचीमा राखेका थिए । नेपालका राणा परिवारलाई भारतीयहरूले धनी मान्थे ।
त्यसैताका राजा महेन्द्र शाहले आर्थिक अभावको कारण देखाउँदै नारायणहिटी राजदरवार तत्कालीन श्री ५ को सरकारलाई बेचेका थिए । राजा महेन्द्र शाहले नौं करोडमा (९ देखि १२ करोड ठ्याक्कै थाहा हुन नसकेको) बिक्री गरेको र सरकारले उक्त दरवार राजाको निवासको रूपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।त्यसको एकरदुई वर्षपछि राजा महेन्द्र शाहको निधन भयो । युवराज वीरेन्द्र शाह राजा भए । सिद्धान्ततः राजा वीरेन्द्र शाहले प्रत्क्ष शासन गरेको ७र८ वर्ष मात्रै हो । त्यसपछि पञ्चायतले पनि निर्वाचित प्रधानमन्त्रीको व्यवस्था ग¥यो । प्रधानमन्त्री संसदप्रति उत्तरदायी थिए ।सम्बन्धित् समाचार डीएसपी राईको अर्को रहस्य, टिभीको बिलमा पनि घुस लिएका थिए ! त्यस अवधिमा तीन जना प्रधानमन्त्री भए । सूर्यबहादुर थापा, मरिचमान सिंह र लोकेन्द्रबहादुर चन्द । लोकेन्द्रबहादुर चन्द अहिले पनि जीवित नै छन् ।
राजा वीरेन्द्र शाहको ८७ अर्बको सम्पत्ति कसरी आयो रु त्यसबारे मुलुकले जान्न पाउनु पर्दछ । राजा वीरेन्द्र शाहको सम्पत्तिको लेखाजोखा गर्ने सरकारी अड्डाले आफ्नो काम देखाउन सम्पत्तिको आंकडा एकदम बढाईरचढाई प्रस्तुत गरेको हो कि ? भनेर सामाजिक सञ्जालमा प्रश्न उठेको छ ।स्वर्गीय राजाको जनतामा रहेको प्रतिष्ठा र लोकप्रियता समाप्त पर्ने कुनै षड्यन्त्र हो कि ? भन्ने प्रश्न पनि गरिएको छ । राजा वीरेन्द्र शाहले भ्रष्टाचार गरेकै हुन् रु कसैले बताइदिनु प¥यो नी । भन्दै समाजिक सञ्जाल यतिबेला तातेको छ त्यो ८७ अर्बको सम्पत्ति सरकारमा आएपछि महालेखा परीक्षाको दृष्टिमा त्यो सम्पत्ति आयो होला । संसदलाई त्यसको जानकारी हुनुपर्ने हो । त्यो ८७ अर्बको विवरण मुलुकलाई दिन मिल्दैन रु भन्ने प्रश्न पनि उठ्न थालेको छ ।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले र अन्य त्यो बेलाका मन्त्री र उच्च पदस्थ त्यसबारे केही जानकारी दिन सक्ने हैसियतमा छन् ? भनेर प्रश्न समेत गरिएको छ ।सम्बन्धित् समाचार डीएसपी राईको अर्को रहस्य, टिभीको बिलमा पनि घुस लिएका थिए ! साथै वर्तमान दुई तिहाईको कम्युनिस्ट सरकारले राजा वीरेन्द्र शाहप्रतिको लोकप्रियतालाई कमजोर बनाउने गरेर गतिविधि गरेको हो कि भनेर सामाजिक सञ्जालमा प्रश्नहरू उठेका छन् ।नेपाली कांग्रेस निकटका प्रा।केशवप्रसाद भट्टराईले पनि राजा वीरेन्द्रको सम्पत्तिका बारेमा आएको आँकडाप्रति आशंका जनाएका छन् । उनले सो विषयमा यथार्थ कुरा ल्याउनुपर्ने माग गरेका छन् । नेपाल समाचारपत्रमा यो समाचार प्रकाशित छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QxmMOr via IFTTT
काठमाडौं ।कहालिलाग्दो लोडसेडिङको अन्त्य गरेपछि चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘बेस्ट पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मानित भएका छन् ।मेज ग्रुप अफ कम्पनीजले शनिबार राजधानीमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक घिसिङलाई ‘बेष्ट पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरेको हो ।
घिसिङकै नेतृत्वमा गएको आर्थिक वर्षमा प्राधिकरणको इतिहासमा सबैभन्दा कम विद्युत चुहावट भएको थियो । उनको नेतृत्वमा गएको आर्थिक वर्षमा विद्युत चुहावट २०।४५ प्रतिशतमा सीमित भएको छ । दुई वर्ष अघि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको लोडसेडिङको अन्त्य गरेपछि चर्चामा आएका थिए ।जसमध्ये प्रसारण र वितरण प्रणालीमा भएको चुहावट क्रमशः करिब ५।५ प्रतिशत र करिब १४।५ प्रतिशत रहेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2E1km9m via IFTTT
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षण, संवद्र्धन र व्यवस्थापनमा सिङ्गो समाज नै अग्रसर हुनुपर्ने बताउनुभएको छ । एकीृकृत पर्वतीय विकास लागि अन्तर्राष्ट्रिय केन्द्रको सहयोगमा वन तथा वातावरण मन्त्रालय, वातारण विभागद्वारा यहाँ आज आयोजित ‘वातावरण सम्मेलन–२०७५’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले बढ्दो जनसङ्ख्या र शहरीकरणका कारण फोहरमैला व्यवस्थापनमा कठिनाइ आइपर्दा वातावरण संरक्षणमा गम्भीर चुनौती थपिएकाले सम्बद्ध पक्षले सो विषयमा यथोचित ध्यान पु-याउनुपर्ने औँल्याउनुभयो । जलवायु परिवर्तनले सुख्खा डढेलो तथा बाढीपहिरोजस्ता समस्यालाई अझ जटिल बनाएको र नेपालका सुन्दर हिमशृङ्खला र हिमताल पग्लेर उत्पन्न हुने बाढीपहिराले जनधनको ठूलो क्षति हुँदै आएको तथा यसबाट वातारण विनाश र पर्यटनको आकर्षणको केन्द्रका रुपमा रहेका नेपालको मौलिक पहिचान गुम्ने अवस्थामा पुगेकामा राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गर्नुभयो ।
“पेरिस सम्झौतालगायत ओजन तहको क्षयीकरण रोकथाम गर्ने विषयमा भएको सम्मेलन तथा मरुभूमीकरणविरुद्ध बेइजिङ सम्मेलनले तय गरेका विभिन्न अन्तर्राष्ट्रिय महासन्धि तथा सन्धिको अनुमोदन तथा सम्मेलनको भावनाअनुसारका राष्ट्रिय नीति, कानून तथा संस्थागत संरचनाको विकास गर्दै जान नेपाल सरकार प्रतिबद्ध रहेको मैले महसुस गरेकी छु”, राष्ट्रपतिले भन्नुभयो । उहाँले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार पार्न सरकारले नागरिक समाज र सरोकारवाला समूहको सहभागितामा वातावरण र जलवायु परिवर्तनजस्ता विषयमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन, रणनीति तथा कार्ययोजना बनाई कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्मेलनले वर्तमान र भावी पुस्ताको स्वस्थ्य वातावरणमा स्वस्थ्य भएर बाँच्न पाउने मौलिक हक संरक्षणको विषयमा दूरगामी दृष्टिकोण र व्यावहारिक कार्यदिशा तय गर्ने विश्वस गर्नुभयो ।
सो अवसरमा वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तन, वातावरण र बढ्दो शरहीकरणसँग जोडिएका समस्यालाई एकीकृत ढङ्गले सम्बोधन गर्न सरकारले निरन्तर प्रयत्न गर्दै आएको बताउनुभयो । मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले विकासका कार्यबाट आर्थिक वृद्धिदर तथा जीवनयापनमा सहजता भए तापनि प्राकृतिक स्रोतको दोहन तथा प्रदूषणमा व्यापकता आई मानव जीवन कष्टपूर्ण हुन थालेपछि वातावरण संरक्षणको आवश्यकताको महसुस हुँदै गएको छ भन्नुभयो । सम्मेलनमा ‘वायु प्रदूषण तथा न्यूनीकरण’, ‘शहरी वातारण तथा फोहर व्यवस्थापन’ र ‘वातारणीय प्रभाव मूल्याङ्कन’लगायत विषयमा छलफल गरिनेछ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NrkM8s via IFTTT
जनकपुरधाम । प्रदेशको राजधानी, नामकरण र भाषालाई लिएर विपक्षी दल नेकपा र कांग्रेस एक भएका छन् । दुवै दलले शुक्रबारको संसद् बैठक संयुक्त रूपमा अवरोध गरे । प्रदेशको राजधानी, नामकरण तथा भाषामा नेकपा र कांग्रेसको समान धारणा छ । नेकपा र कांग्रेसका सांसदले शुक्रबारको प्रदेश सभामा सरकारको भनाइ र व्यवहार फरक देखिएको भन्दै बैठक अवरुद्ध गरेका थिए । प्रदेश सरकार गठन भएको झन्डै नौ महिना भइसक्दा पनि राजधानी, नाम र भाषाको विषयमा औपचारिक छलफल नगरेको दुवै दलको आरोप छ ।नेकपाले प्रदेशको नाम मिथिला–भोजपुरा र राजधानी जनकपुर हुनुपर्ने अडान राखेको छ । त्यस्तै मैथिली, भोजपुरीलगायतलाई प्रदेशको भाषा बडाउनुपर्ने उसको भनाइ छ ।
यता कांग्रेस संसदीय दलको नेता रामसरोज यादवले प्रदेशको नाम, राजधानी र भाषाको विषयमा नेकपासँग आफूहरू सहमत हुन सक्ने बताए । ‘अन्य विषयमा नेकपा र हाम्रो धारणा बिल्कुल फरक छ,’ नेता यादव भने, ‘तर, प्रदेशको राजधानी, नामकरण र भाषामा नेकपासँग सहमत हुन सकिन्छ ।’नेकपाका प्रदेश सांसद तथा प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलले प्रदेशको राजधानी जनकपुर, भाषा मैथिली र नामकरण मिथिला–भोजपुरालगायत विषयमा पार्टीभित्र छलफल भइरहेको बताए । उनले भने, ‘प्रदेशको नामकरण, राजधानी र भाषाको विषयमा सरकारले औपचारिक प्रस्ताव वा छलफल नै गरेको छैन, सरकार यी विषयमा विधेयक ल्याउन डराइरहेको छ ।यसअघि बजेट ल्याउने क्रममा पनि नेकपा र कांग्रेसले संयुक्त रूपमा प्रदेश सभामा सरकारको विरोध गरेका थिए । त्यतिवेला प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एकदेखि डेढ करोडको आयोजना ल्याउन गरेको भद्र सहमति पूरा नगरेको विपक्षीको आरोप छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ytW0PN via IFTTT
काठमाडौं । महानगरीय प्रहरी वत्त, बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामकुमार राई घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार उनलाई पक्राउ गरेको हो । सेवाग्राहीसँग घुस लिँदालिँदै उनलाई पक्राउ गरिएको हो।
उनीले बौद्ध क्षेत्रमा व्यापारीहरूबाट रकम असुली गरेर आतंक मच्चाएको भन्दै प्रहरी प्रधान कार्यालयमा समेत उजुरी परेको थियो । तर, शक्ति केन्द्रको संरक्षणको आडमा रार्इलार्इ कुनै कारबाही हुन सकेको थिएन ।
गएराति पनि मुलपानीमा उनको संरक्षणमा चल्दै आएको जुवा अखडामा काठमाडौं प्रहरी परिसरको टोलीले छापा मारेको थियो । त्यसक्रममा भागदौड मच्चिँदा दुई जनाको मृत्यु समेत भएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2pGb0WK via IFTTT
काठमाडौं । नेपाल प्रहरीको ११ एसएसपीको प्रहरी नायव महानिरीक्षक ९डीआईजी० मा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले शनिबार ११ जनाको नाम सिफारिस गरेको हो ।
सूचीको पहिलो नम्बरमा विनोद शर्मा घिमिरे आएका छन् भने दोस्रो नम्बरमा विकास श्रेष्ठ र तेस्रो नम्बरमा ठाकुरप्रसाद ज्ञवाली छन् । चौथाने नम्बरमा पूर्णचन्द्र जोशी रहेका छन् ।
तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापती र सूर्यप्रसाद उपाध्याय पनि बढुवा सिफारिसमा परेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2IHRKAD via IFTTT
पोखरा। मुस्ताङबाट च्याङ्ग्रा खरीद गरी पोखरामा बिक्रीका लागि जाँदै गरेका विमल विश्वकर्मा यतिखेर हेम्जातिर हुनुहुन्छ ।
विश्वकर्माजस्ता धेरै व्यापारीले दशैँलाई लक्षित गरी ल्याएका च्याङ्ग्राका बथान म्याग्दी, पर्वतका विभिन्न स्थानमा झरिसकेका छन् । यही असोज २४र२५ गतेसम्म अधिकांशले पोखरा च्याङ्ग्रा ल्याइसक्ने उहाँले जानकारी दिनुभयो ।
पोखराबाट मुस्ताङमा अघिल्लो वर्षका तुलनामा कम व्यापारी च्याङ्ग्रा खरीदका लागि पुगेकाले यसवर्ष पोखरामा च्याङ्ग्राको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घट्नसक्ने उहाँले बताउनुभयो । “मुस्ताङमा नै खरीद महङ्गो पर्ने भएकाले पोखरासम्म ल्याइपु(याउँदा त्यसको लागत बढी पर्नु स्वभाविकै हो,” उहाँले भन्नुभयो, “अघिल्लो वर्ष फाइदा कम भएका कारण केही व्यापारी अहिले च्याङ्ग्रा खरीदका लागि आएका छैनन् ।”
उपल्लो मुस्ताङसहित तिब्बत, डोल्पा, मुगुलगायतका स्थानका च्याङ्ग्राको पहिलो व्यापारिक केन्द्र भने त्यसपछि जोमसोम नै हो । मुगुबाट च्याङ्ग्राको व्यापार गर्न आएका कमतोसी तामाङ यतिखेर मुस्ताङ आइपुग्नु भएको छ । च्याङ्ग्राको २०० सङ्ख्याको बथान च्याङ्ग्रा व्यापारका लागि ल्याएको बताउँदै उहाँले मुगुदेखि जोमसोम आइपुग्न झण्डै दुई महिना लागेको अनुभव सुनाउनुभयो ।
अघिल्लो वर्ष लोमाङ्थाङका व्यापारी वाङ्दी गुरुङको समूहले तिब्बतबाट जोमसोममा आठ हजारको सङ्ख्यामा च्याङ्ग्रा बिक्रीका लागि ल्याएको थियो । यसवर्ष भने मुगुलगायतका स्थानबाट सस्तोमा च्याङ्ग्रा आएका कारण सो समूहले तिब्बतबाट जम्मा एक हजार च्याङ्ग्रा ल्याएको छ । “तिब्बतबाट ल्याएका च्याङ्ग्रा लोमाङ्थाङमा नै न्यूनतम् रु १९ हजार रुपैयाँ पर्ने भयो, लोमन्थाङमा नै यत्रो मूल्य परेपछि यसवर्ष बिक्री मूल्य बढ्नु स्वभाविकै हो,” उहाँले भन्नुभयो।
तिब्बतबाट आउने च्याङ्ग्रा कोरलाको २४ नं सीमास्तम्भ हुँदै आउँछन् । कतिपय व्यापारीले भने अन्य वैकल्पिक मार्ग समेतको प्रयोग गर्छन् । अघिल्लो वर्ष प्रतिच्याङ्ग्राको भन्सार कर रु १०० थियो । यस वर्षका लागि सीमा क्षेत्रबाट भित्रिने च्याङ्ग्राको भन्सार कर रु ५०० निर्धारण गरिएको नेचुङ भन्सार कार्यालय मुस्ताङका निमित्त कार्यालय प्रमुख राजकुमार विसीले जानकारी दिनुभयो।
यसवर्ष च्याङ्ग्राको भन्सार शुल्क बढी भएकामा व्यापारीले विरोध गरेका छन् । भन्सार शुल्क बढी भएको भन्दै वैकल्पिक चोर बाटो प्रयोग गरी च्याङ्ग्रा ल्याउने समस्या पनि थपिएको छ । करको दर बढ्नु तथा खुल्ला सिमाना हुनु पनि यतिखेर समस्याका रुपमा देखिएको छ ।
उपल्लो मुस्ताङका ग्रामीण बस्तीबाट भेँडा, च्याङ्ग्रा जोमसोम आउने क्रम पनि उत्तिकै बढिरहेको बताउने जोमसोमका स्थानीयवासी हालसम्म जोमसोममा लगभग २० हजारको सङ्ख्यामा भेडा, च्याङ्ग्रा आइसकेको अनुमान गर्दछन् ।
पशु चिकित्सालय तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय मुस्ताङका प्रमुख सुबल शाहका अनुसार कागबेनी, छुसाङ, छोसेर, घमी, चराङ, मराङ, सुर्खाङलगायतका स्थानका कृषकले दशैंँको अवसरमा जोमसोम ल्याएर च्याङ्ग्रा बिक्री गर्ने गर्दछन् । च्याङ्ग्रा खरीद गर्न काठमाडौँ, पोखरा, बुटवल, बागलुङ, पर्वत, स्याङ्जालगायतका स्थानबाट व्यापारी जोमसोम आइसकेका कारण यतिखेर यहाँ निकै चहलपहल बढेको देखिन्छ ।
अघिल्लो वर्ष मुस्ताङबाट २२ हजारको सङ्ख्यामा च्याङ्ग्रा बिक्रीका लागि पोखरा गएको पशु चिकित्सक शिवलाल भुसालले जानकारी दिनुभयो । नेपाल खाद्य संस्थानले यस वर्षको दशैँका लागि काठमाडौँमा एक हजार च्याङ्ग्रा पठाउने तयारी गरेको छ ।
संस्थानको मुस्ताङ कार्यालय प्रमुख गङ्गाप्रसाद शाहका अनुसार कार्यालयले जोमसोममा च्याङ्ग्रा जिउँदो प्रतिकेजी ५३० मा खरीद गरी काठमाडौँ पठाउन लागेको हो । यस वर्ष स्थानीय व्यापारीले जोमसोममा न्यूनतम् रु २१ हजारदेखि अधिकतम् रु २३ हजारसम्म च्याङ्ग्राको विक्री मूल्य निर्धारण गरेका छन् । हिमाली भेगमा पालिएका च्याङ्ग्राले त्यहाँका बहुमुल्य जडीबुटी खाने भएका कारण यस तर्फ आकर्षण बढेको पाइन्छ । रासस
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2C0gUsU via IFTTT
काठमाडौं । शाहकाल आरम्भ भएसँगै २५० वर्षदेखि बन्द रहेको हनुमानढोका दरवारस्थित आँगम छेँभित्र एउटा खड्ग मात्र पाइएको छ। बज्रमा कोरिएका ठाउँठाउँका कार्भिङ् कला उप्काइएको छ, आसन जस्ताको तस्तै छ तर देवताको मूर्ति भने छैन।भोटे ताल्चा सहज रूपमा खुल्न सके पनि भित्री चुकुल खसेको अवस्थामा पाइएको छ। आगम छेँको पुनः निर्माण गर्ने क्रममा ढोका उघार्दा भित्र धुलाम्य रहेको पाइएको छ। आगम छेँमा जानेले यसो भनेपनि यसको पूरा जानकारी भने हनुमानढोका दरवार हेरचाह अड्डा तथा गुठी संस्थानलाइ मात्रै छ।
अड्डा प्रमुख एवं पुरातत्व अधिकृत अरुणा नकर्मीले छेँ खुलेपछि आफूले हेरेको तर त्यसमा के थियो के थिएन भन्ने कुरा थाहा नभएको बताए। गुठी संस्थान काठमाडौँ प्रमुख बैकुण्ठ रेग्मीले आगम छेँ खोल्दा के थियो के थिएन रु भन्ने बारे शाखालाई कसैले जानकारी नदिएको बताए।आफ्नो परिचय नखुलाइ दिन आग्रह गर्दै छेँ मा प्रवेश गरेका एक पुजारीले धुलाम्य अवस्थामा खड्ग, देवताको आसन रहेको, भित्री चुकुल खुला रहेको र भोटे ताल्चा काटिएको र कार्भिङ् कला उप्काइएको अवस्था रहेको जानकारी दिएकाे खबर गाेरखापत्र दैनिकमा छ।
पृथ्वीनारायण शाहले विसं १८२५ मा काठमाडौँमा आक्रमण गरे लगत्तै काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल काठमाडौँ छाडेर भाग्ने क्रममा आगम छेँ बन्द गरिएको थियो। भुकम्पमा भत्किएपछि हालै मात्र पुनः निर्माणका लागि क्षमापूजा गर्ने क्रममा आगम छेँ खुला गरिएको थियो।प्रमुख नकर्मीले पनि मल्ल राजा भागेदेखि आगम छेँ बन्द नै रहेको बताउँछन्। वीचमा यो क्षेत्र नारायणहिटी दरवारको अधिनमा रहे पनि राजसंस्था हटेपछि मात्र यो सरकारको अधिनमा आएको थियो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2y0a04a via IFTTT
‘काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले एक साताभित्र कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कारवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पन्त हत्यामा संलग्न दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् । उनीहरुले पन्तको बलात्कार र हत्याका मूल कारक, बम दिदीबहिनी, कञ्चनपुरका प्रहरी उपरीक्षक र हत्यामा संलग्न अन्य प्रहरी अधिकारी (दसी प्रमाण मेट्ने) व्यक्तिमाथि पनि अनुसन्धान केन्द्रित गर्न माग गरेका छन् ।
ज्ञापनपत्रमा जनताको जीउधनको सुरक्षामा सिङ्गो संरचनालाई प्रभावकारी बनाउन असक्षम प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गर्न पनि माग गरिएको छ । बलात्कार, तेजाब प्रहार र जघन्य अपराधमा आजीवन कारवाही गरिनुपर्नेमा उनीहरुले जोड दिएका छन् । त्यस्तै हालै बढाइएको यातायात भाडा फिर्ता गर्नुपर्ने, कालोबजारी, महँगी र बेथितिको नियन्त्रण तथा जनजीविकाका पक्षमा परिणाममुखी कदमका लागि जनतालक्षित राहत कार्यक्रम घोषणा गर्न पनि विद्यार्थी सङ्गठनले माग गरेका छन् ।
विद्यार्थी सङ्गठनले दैनिकजसो बलात्कारका घटना, तेजाब प्रहारका शृङ्खला र हत्याको घटना नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् । ज्ञापनपत्र बुझाउन अनेरास्ववियुका अध्यक्ष नवीना लामा र अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जीत तामाङलगायत विद्यार्थी सङ्गठनका पदाधिकारी गृह मन्त्रालय पुगेका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PgLXVq via IFTTT
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zQH7IV via IFTTT
बागमतीमा नयाँ मोटसाईकलको दर्ता रोकिएको छ । बाग्मतीमा ९९ लटको अन्तिम नम्बरसम्म दर्ता भइसकेकाले नयाँ मोटरसाइकल दर्ता रोकिएको जानकारी यातायात व्यवस्था विभाग स्रोतले दिएको छ ।
यातायात व्यवस्था नियमावलीमा २ डिजिटसम्ममात्रै लट नम्बर राखेर मोटरसाइकलसहितका गाडी दर्ता गर्न मिल्ने प्रावधान छ ।अब तीन डिजिट अर्थात १०० को लटमा जानुपर्ने भएकाले नयाँ मोटरसाइकल दर्ता गर्न कानुनी अड्चन उत्पन्न भएको हो ।
९९ लटको सबै नम्बर सकिएपछि बुधबारदेखि नयाँ मोटरसाइकल दर्ता रोकिएको जानकारी स्रोतले दिएको छ । काठमाडौंमा ‘बा ९९ प’ मा ९९९९ वटा मोटरसाइकल दर्ता भइसकेका छन् ।
९९ लट पूरा भएपछि बाग्मतीमा दर्ता भइसकेका मोटरसाइकलको संख्या १० लाख पुगेको छ ।विभागले नयाँ मोटरसाइकलको दर्ता खुलाउन नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइसकेको र केही दिनमा नै समस्या समाधान हुने जानकारी विभाग स्रोतले दिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2O4PYzG via IFTTT
काठमाडौँ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी एकजुट भएर सङ्गठन विस्तार र आफ्नो नीतिको प्रचारमा लाग्न आवश्यक रहेको बताउनुभएको छ ।
दशैँ, तिहारलगायत चाडपर्वको पूर्वसन्ध्यामा गण्डक टोखा प्रजातान्त्रिक समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधानको कार्यान्वयन, सङ्घीयताको सफल व्यवस्थापन र विकासका लागि अन्ततःकाङ्ग्रेसले नै भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । काङ्ग्रेसको विधान परिमार्जनका क्रममा सभापतिलाई अधिकार केन्द्रीत गर्ने सुझाव आएको जानकारी दिँदै उहाँले यो गलत हो भन्नुभयो । “पार्टी अधिकारले भन्दा पनि समन्वय, परामर्श र सबै कार्यकर्तालाई समेटेर चल्छ, चलाइनुपर्छ” ।
जसले समन्वय वा समझदारी कायम गर्न सक्दैन र अधिकारले मात्रै पार्टी चलाउने मनसाय राख्छ उसले सभापति हुने आकांक्षा नराखे पनि हुन्छ भन्ने सुझाव नेता कोइरालाले दिनुभयो । सांसद भीमसेनदास प्रधानले काङ्गे्रसको प्रजातान्त्रिक सिद्धान्त र ऐतिहासिक योगदानलाई जनता समक्ष पु¥याएर अहिलेको अन्यौलको अवस्था अन्त्य गर्न जुट्नुपर्ने बताउनुभयो ।
प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष तथा राससका पूर्व अध्यक्ष कुलचन्द्र वाग्लेले नेपाली धर्म, संस्कृतिलाई महत्व दिने विषयमा कहि कतैबाट पनि कञ्जुस्याइँ गर्न नहुने टिप्पणी गर्नुभयो । समाजका अध्यक्ष कृष्णविलास अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा पूर्वराज्यमन्त्री रामबहादुर गुरुड, पूर्व सहायकमन्त्री रामचन्द्र अधिकारी, काङ्ग्रेस क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, नेका टोखा नगरपालिका सभापति वसन्त श्रेष्ठ, हरिहर अधिकारी र रजनी थापालगायतले सो अवसरमा समसामयिक विषयमा मन्तव्य राख्नुभएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xXQPYS via IFTTT
काठमाडौँ । दशैँको अग्रिम बुकिङको टिकट कालाबजारी गर्ने, बढी भाडा लिने, सहुलियत नदिनेलगायत नियम विपरीत काम गर्नेलाई यातायात व्यवस्था विभागले कारवाही गर्ने भएको छ ।
विभागको नेतृत्वमा नयाँ बसपार्कबाट थानकोटसम्म अनुगमन भएको छ । नयाँ बसपार्कलगायतका स्थानमा समितिका सवारीले टिकट सकियो भन्ने गरेका छन् । दशैँमा लामो दूरीमा यात्रा गर्ने यात्रुले पहिल्यै टिकट लिने गरेका छन् । असोज ९ गतेदेखि मात्र यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ शुरु गरेका थिए ।
बुकिङ शुरु गरेको भोलिपल्टदेखि नै टिकट सकिसक्यो भन्दै कालाबजारीमा बढी भाडा लिएको यातायातमा गुनासो आएको थियो । नयाँ बसपार्कलगायत टिकट काट्ने काउन्टरमा समायोजन गरेको भाडा सूची नहुँदा यात्रुसँग मनपरी भाडा असुली भइरहेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ydhfoM via IFTTT
काठमाडौँ । ट्राफिक प्रहरीले चाडबाडको समयमा सुरक्षित रुपमा गन्तव्यस्थलसम्म पुग्ने वातावरण बनाउन सातै प्रदेशमा यात्रु सहायता कक्ष स्थापना गर्न लागेको छ ।नेपालीको महान् पर्व दशैँ नजिकिएसँगै ट्राफिक प्रहरीले सातै प्रदेशका सवारीसाधन धेरै आवतजावत गर्ने विभिन्न जिल्लाका स्थानमा यात्रु त्यस्तो सहायता कक्ष राख्न लागेको हो । प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक जनक भट्टराई चाडबाडमा यात्रुलाई सहज, सुरक्षित र व्यस्थित तवरले गन्तव्यसम्म पु¥याउन विशेष अभियान सञ्चालन गर्न लागेको बताउनुहुन्छ ।
त्यस्तै मादकपदार्थ सेवनबाट दुर्घटना धेरै हुने गरेको भन्दै ट्राफिक प्रहरीले देशभर दिउँसोको समयमासमेत मादक पदार्थ सेवन गरेको नगरेकोबारे परीक्षण गर्न लागेको छ । निर्देशनालयले देशभरका १४ सडकखण्डमा टाइम कार्डसमेत लागू गरिसकेको छ । टाइम कार्ड लागू हुँदा निश्चित समयमा गन्तव्यस्थलसम्म पुग्नुपर्ने भएकोले दुर्घटना न्यूनीकरण हुनेछ । नागढुङ्गा–चितवन, बल्खु–हेटौँडा, काठमाडौँ–सिन्धुलीलगायतका क्षेत्रमा आउँदै गरेका पर्वलाई लक्षित गरेर थप जनशक्ति खटाइएको निर्देशनालयले जनाएको छ । लामो दूरीका सवारीसाधनलाई भने अनिवार्यरुपमा रिफ्रेस सेन्टरमा सवारीसाधन लैजानुपर्ने व्यवस्था गरिएको छ ।
काठमाडौँमा भने १३ स्थानमा यात्रु सहायता कक्ष यसअघि नै स्थापना गरेर सेवा प्रदान गरिएको छ । कलङ्की, स्वयम्भू, नयाँ बसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुङ्गा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिसकिएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् त्यीमध्ये काठमाडौँ उपत्यकामा मात्र झण्डै १२ लाख सवारीसाधन रहेका छन् । महाशाखाले थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, बालाजुलगायतका नाकामा उपत्यका बाहिरिने सवारीसाधनलाई मापसे जाँच गर्ने, तीव्र गतिका सवारी चालकलाई कारवाही गर्ने र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कारवाही गर्ने जनाएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2P6FhZQ via IFTTT
काठमाडौँ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाका नागढुङ्गा सडक केही दिनका लागि रातिको समयमा अवरुद्ध भएको छ ।नागढुङ्गादेखि पिपलाबोटसम्मको सडक कालोपत्रे गर्नुपर्ने भएकाले साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म सडक अवरुद्ध भएको जानकारी सडक विभागले दिएको छ । विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठका अनुसार, यातायात सेवा सञ्चालनमा समस्या नहोस् भन्नका लागि रातिको समयमा सडक कालोपत्रे गर्ने कार्य भइरहेको छ । कालोपत्रे गर्ने कार्य सोमवार रातिबाट नै शुरु भएको छ । विभाग अन्तर्गतको सडक डिभिजन कार्यालयले सात दिनभित्रमा नागढुङ्गा सडक कालोपत्रे गरिसक्ने दावी गरेको छ तर महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने दशैँको मुखमा सवारी जामको समस्या बढ्ने भएकाले तीन÷चार दिनभित्र सम्पन्न गर्न आग्रह गरेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2DQAtGP via IFTTT
प्रदेशको स्थायी राजधानीका बारेमा आफुहरुको भन्दा फरक बिचार आएको भन्र्दै सुदुरपश्चिममा विभिन्न प्रत्रपत्रिका जलाइएको छ । काठमाण्डौंमा प्रमुख प्रकाशन गृह रहेका राष्ट्रिय स्तरका पत्रिकाहरु जलाइएको हो । कैलालीको अत्तरियामा कान्तिपुर, अन्नपूर्ण पोस्ट् लगायतका दैनिक पत्रिका जलाइएको हो । नेपालगन्जवाट सुदूरपश्चिम प्रदेशका लागि पठाइएको पत्रिका अत्तरियामा ९÷१० जनाको समूहका युवाहरुले आगो लगाएर जलाएका हुन् । अत्तरिया र सात पहाडी जिल्लाका लागि जाने सबै पत्रिका जलाएको अत्तरियाका विक्रेताहरुले बताएका छन् । उनको अत्तरियास्थित निलम पुस्तक पसल अगाडी राखिएका पहाडी सात जिल्ला र अत्तरियाको सबै पत्रिका जलाइएको हो ।
गोदावरी नगरपालिकाको गोदावरी वनमा स्थायी राजधानी तोकेको विरोधमा धनगढीमा आन्दोलन भइरहेको छ । ति पत्रिकामा आन्दोलन सम्बन्धि समाचार प्रकाशन भएको थियो । स्थायी राजधानीको विरोधमा समाचार आएको भन्दै ति समुहले पत्रिका जलाएका हुन् । पत्रपत्रिकाले अत्तरिया राजधानीको विरोधमा समाचार छापेको आरोप लगाउदै अत्तरियाका केही युवाले समूहले अन्नपूर्ण पोष्टका साथै कान्तिपुर, नागरिक दैनिक लगायतका पत्रिका जलाएका हुन् । अत्तरियाबाट महेन्द्रनगरतर्फ गाडी गइरहेका बेला गाडीबाटै थुतेर पत्रपत्रिका जलाएको विक्रेताहरुले बताएका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2P1N7no via IFTTT
काठमाडौं । प्रहरी प्रधान कार्यालयले झण्डै आठ हजार प्रहरीका लागि दरखास्ता आव्हान गरेको छ। प्रहरी प्रधानकार्यालय मानश्रोत विभाग भर्ना छनोट महाशाखाले प्रहरी निरीक्षक १०८ जना सहायक निरीक्षक ५२४ जना र जवानमा ६ हजार २ सय ४४ जनाका लागि दरखास्त आव्हान गरेको छ। त्यस्तै भान्सेका लागि ३२० जनाको दरखास्त आव्हान गरिएको छ। १५ जना हजाम, सिलाई बुनाई सम्बन्धी १२ जना, कुचिकार १४ जना, मोचि ९ जना र खेलाडी ३० जनाको दरखास्त आव्हान गरिएको छ।
प्रहरी निरीक्षक र सहायक निरीक्षकका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका साथै सातै प्रदेशका प्रहरी प्रमुख कार्यालयबाट दरखास्त दिन सकिने छ। त्यस्तै जवानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरका साथै सातै प्रदेशका प्रदेश प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालबाट पनि दरखास्त दिन सकिने छ। दरखास्त दिन असोज अठार गतेदेखि कार्तिक २९ गते सम्मको समय तोकिएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xWM5me via IFTTT
काठमाडौँ । सन् २०२० का लागि डाइभर्सिटी भिसा (डिभी)का लागि आवेदन खुला गरेको छ।नेपालस्थित अमेरिकी दूताबासका अनुसार आज असोज १७ देखि आवेदन खुल्ने भएकोले नेपाली समयअनुसार राति ९:४५ बजेबाट भर्न सकिने छ । भने कात्तिकको २० गते राति १०ः४५ बजे बन्द हुनेछ। यसपटक भरिने डीभी चिट्ठाको छनोटको नतिजा ७ मे २०१९ देखि हेर्न पाइने बुझिएको छ। डीभी चिट्ठामा सहभागी हन शुल्क लाग्दैन ।डीभी चिट्ठामा सहभागी चाहनेहरुले http://bit.ly/2dpO4Dj मा गई इलेक्ट्रोनिक डाइभर्सिटी डाइभर्सिटी भिसा (ई.डि.भी) आवेदन फारम भर्ना सक्नेछन्।डिभी भरिसकेपछि आवेदकले आफ्नो कम्फर्मेसन नम्बर सुरक्षित राख्नुपर्नेछ। कम्फर्मेसन नम्बरकै आधारमा डिभी चिट्ठाको फैसला हुने गर्छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2RmeASv via IFTTT
युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पु¥याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको छ ।
यहाँ आज आयोजित समारोहमा उक्त उपाधि स्वीकार गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दिइएको उपाधि नेपालको शान्ति प्रक्रियाको सफलता तथा शान्ति चाहने नेपाली जनताको सम्मान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ यो उपाधि शान्तिका दूत बुद्ध जन्मेको मुलुकका जनतालाई दिइएको हो, विश्वभर समझदारी, सहिष्णुता तथा शान्तिका लागि यस विश्वविद्यालयले गरेको कामको प्रशंसनीय छ ।”
प्रधानमन्त्री ओलीले विश्वका नेताहरू जुनसुकै मुलुकबाट आए पनि संयुक्त राष्ट्र सङ्घमा शान्तिपूर्ण पृथ्वी, साझेदारीयुक्त प्रगति तथा मानवताको प्रगतिका लागि एकबद्ध भएको बताउनुभयो । राष्ट्र सङ्घको महासभाको ७३ औँ महाधिवेशनमा आतङ्कवादको बढ्दो घटना, बढ्दो तापक्रम र समुद्रको बढ्दो सतह, निरन्तर गृहयुद्ध तथा क्षेत्रीयताका घटना र निरन्तर खाद्य असुरक्षाका विषय उठाइएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले सो विश्वविद्यालयसँग मानवले भोगेका द्विविधा समाधान गर्ने उपाय हुने भएकाले त्यसको समाधान खोज्नुपर्नेमा जोड दिँदै शान्ति र सहिष्णुताको संस्कृति सिर्जना गर्ने, त्यसको खोजलाई अभिप्रेरित गर्ने र त्यसबाट विश्वले हाल भोगेका द्विविधाको समाधान दिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले वर्तमान विश्व सफलता र असफलता, प्रगति र दुर्गति एवं आशा तथा निराशा सबैको समायोजन भएको बताउँदै विश्वले आकर्षक आर्थिक प्रगति र असाधारण प्राविधिक प्रगति हासिल गरे पनि ती फाइदा न्यायोचित रूपमा सबैले प्राप्त नगरेको, अमानवीयता तथा गरीबी अझै विद्यमान भएको र समाज तथा मुलुकबीच असमानता अझै बढ्दो रहेको उदाहरण दिनुभयो । उहाँले हजारौँ जनताको ज्यान गृहयुद्धका कारण गुमेको र आतङ्कले विश्वको सबै भागमा अझै चुनौती दिएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले अहिले धेरै समस्याले मानव मस्तिष्कमा जरो गाडेको र मस्तिष्कमा रहेको हिंसा भावनाले युद्धमा लैजाने गरेको बताउँदै व्यक्तिमा उब्जिएको लालचले द्वन्द्व तथा भ्रष्टाचार बढाउने र व्यक्तिको मगजमा रहेको अज्ञानले असहिष्णुताको संस्कार जन्माउने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “ पहिले मानिसको दिमागमा नै शान्ति जगाउनुपर्छ, त्यो नै शान्तिका लागि नभई नहुने कुरा हो ।”
प्रधानमन्त्री ओलीले मानव मस्तिष्कको उपयोग पूर्ण रूपमा भइनसकेको र लाखौँ व्यक्ति पछाडि परेको उल्लेख गर्दै उनीहरूलाई शिक्षा दिलाएर प्रगति गराउन सकिने भएकाले त्यसैमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले सम्झना शक्ति, सिर्जनशीलता तथा कल्पनाशीलता मानव मस्तिष्कका दुई ठूला पक्ष भएको बताउँदै पछि परेका मानव समुदायले पूर्णता प्राप्त नगरेसम्म कुनै एक पक्षको प्रगति र समृद्धि दिगो नहुने विचार व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले शिक्षाले सकारात्मक दृष्टिकोण दिनुपर्ने, नयाँ क्षितिज खोल्नुपर्ने तथा समाज र मुलुकको विकासमा सघाउनुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘‘ शिक्षाले समृद्धि दिन्छ, समृद्ध व्यक्तिले परिवारलाई समृद्ध बनाउँछ, समृद्ध परिवारले समाज विकास गर्न सघाउँछ । समृद्ध समाजले नै मुलुक बनाउँछ र त्यसले मानवताको विश्वव्यापीस्तरमा समझदारी राख्न सिकाउँछ ।’’ उहाँले व्यक्तिगतस्तरमा समाजको सर्वोपरि भलाइसँगै स्वतन्त्रता नै शान्तिको जग भएको बताउँदै राजनीतिक प्रक्रियामा अर्थपूर्ण सहभागिता तथा तर्कपूर्ण शक्ति बाँडफाँटले दिगो शान्तिमा सहयोग गर्ने विचार व्यक्त गर्नुभयो । “आर्थिक जगत्मा हुने र नहुनेबीचको भिन्नता तथा शोषणयुक्त आर्थिक अवस्था अन्त्य हुनुपर्छ । रोजगारीविहीनता अन्त्य हुनुपर्छ । आधारभूत तथा न्यायोचित मानवीय जैविक आवश्यकता पूर्ति हुनुपर्छ’’, उहाँले भन्नुभयो ।
शान्ति विश्वविद्यालय बडापत्र (युपिस चार्टर) शान्ति विश्वविद्यालय स्थापना गर्न तयार भएको अन्तर्राष्ट्रिय सन्धि हो । नेपाल यस विश्वविद्यालयको बडापत्रमा हस्ताक्षर गर्ने ४१ औँ मुलुक बनेको छ । उक्त विश्वविद्यालय राष्ट्र सङ्घको महासभाको सन् १९८० को डिसेम्बर ५ को निर्णय ३५÷५५ बाट स्थापना भएको हो । सो विश्वविद्यालयलाई ‘शान्तिसम्बन्धी सबै विषयको अन्तरविषयगत अध्ययनमार्फत मानव तथा समाजको विकासका लागि शिक्षण, अनुसन्धान, स्नातकोत्तर तालीममा संलग्न हुने र आधारभूत ज्ञान प्रवाह गर्ने’ कार्यादेश तोकिएको छ । सो विश्वविद्यालयमा अध्ययनका लागि निवेदन दिने हस्ताक्षरकर्ता मुलुकका विद्यार्थीले शिक्षण खर्चमा स्वतः ३० प्रतिशत छुट पाउने व्यवस्था छ ।
प्रधानमन्त्री ओली आज सेन्ट्रल भ्यालीस्थित विश्वविद्यालयको राद्रिगो काराजो क्याम्पसमा आइपुग्दा उहाँलाई रेक्टर फ्रान्सिस्को रोजास आराभेनाले स्वागत गर्नुभएको थियो । रेक्टर आराभेनाले नेपाल र कोस्टारिकाबीच रहेका भिन्नता र समानताबारे बताउँदै शान्ति विश्वविद्यालयका क्रियाकलापका विषयमा जानकारी दिनुभयो ।
विश्वविद्यालयका शैक्षिक निर्देशक तथा अन्तर्राष्ट्रिय कानून विभागका प्रमुख डा मिहिर कनाडेले प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्नाको कारणबारे जानकारी दिनुभएको थियो ।
यसैगरी कोस्टारिकाका विदेश मामिला उपमन्त्री लोरेना अगुइलरले नेपालमा शान्ति र प्रजातन्त्र स्थापनाका लागि प्रधानमन्त्री ओलीले निर्वाह गर्नुुभएको भूमिकाबारे चर्चा गर्नुभएको थियो । कोस्टारिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको चार दशकपछि जनताबीच सम्बन्ध स्थापना हुन थालेको बताउनुभयो ।
समारोहपछि रेक्टर आराभेनाले प्रधानमन्त्री ओलीको सम्मानमा विश्वविद्यालयको ‘रिक्रियटिभ पार्क’ मा दिवाभोजको आयोजना गर्नुभयो । समारोहमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीको पनि उपस्थिति थियो । रासस /विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NZKA0A via IFTTT
काठमाडाै : दसैँका गाडीले पालो कुर्नु नपर्ने भएको छ । यात्रुको चाप व्यवस्थापन गर्न दसैँ अवधिभर पालो नियम हटाइएको हो ।यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र प्रहरीबीच सोमबार भएको छलफलले दसैँको यात्रा सहज बनाउन सबै गाडीलाई यात्रु भरेपछि छुट्न दिने सहमति निकालेको हो । विगतजस्तो यसपटक व्यवसायीले नयाँ बस नहालेपछि दसैँको चापलाई लक्षित गरी पालो नबस्नुपर्ने व्यवस्था गरिएको हो ।हरेक वर्ष दसैँमा व्यवसायीले पाँच सयभन्दा बढी बस थप्दै आएका थिए । तर, यसपटक सरकारले सिन्डिकेट अन्त्यको घोषणा गरेपछि यातायात क्षेत्रमा अन्योल थपिएकाले नयाँ बस नथपेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । साझाको टिकट बुकिङ २१ असोजदेखि – साझा यातायातले २१ असोजदेखि फूलपातीसम्म टिकट बुकिङ खोल्ने जनाएको छ । साझा यातायातले १८ गतेबाट बाग्लुङ र भैरहवामा नाइटबस पनि सञ्चालन गर्न लागेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NhoeCn via IFTTT
काठमाडौं । राजधानी आउजाउ गर्ने प्रमुख नाका थानकोट–पीपलामोड सडक खण्डमा सात दिनका लागि राति यातायात सेवा बन्द हुने छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत धादिङको खानीखोलादेखि नागढुंगासम्मको बाटो मर्मतका लागि पूर्ण रुपमा बन्द गरिएको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले सो सडक खण्डमा मर्मत सम्भार को काम शुरु भएकाले राति ८ बजेदेखि बिहान ५ बजेसम्म यात्रु र मालबाहक गाडी बन्द गरिएको जनाएको छ । करीब १५ किलोमिटरको सो सडकखण्डमा खाल्डाखुल्डी पुर्ने तथा सो सडक खण्डमा असोज २२ सम्म राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द रहने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xR4kt0 via IFTTT
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xQWQWZ via IFTTT