ओमनको एयरलाईन्स कम्पनी सलाम एयरले ओमन–नेपाल उडान सुरु
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
काठमाडौं– ओमनको एयरलाईन्स कम्पनी सलाम एयरले मंगलबारदेखि ओमन–नेपाल उडान सुरु गरेको छ। सलामको एयरबस ३२० विमान १३७ यात्रुसहित आज विहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। उक्त विमानले मंगलबारबाट मस्कट–काठमाडौँ उडान सुरू गरेको हो। सलाम एयरको नेपालका लागि जीएसए (जनरल सेल्स एजेन्ट) आईएमई ग्रुपले लिएको छ। कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले विमान क्याप्टेन, को क्याप्टेनलाई स्वागत गरेका थिए। ओमनको सलाम एयरले काठमाडौँमा उडान थालेसँगै नेपालमा उडान गर्ने अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरुको संख्या ३२ पुगेको छ।सातामा ७ उडानको अनुमति पाए पनि आजदेखि यो एयरले सातामा ४ वटा उडान सुरु गरेको हो।नेपाली समयअनुसार जहाज विहान ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2x1fjjg via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
