नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल दुई साताको युरोप भ्रमणमा
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
लण्डन – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल युरोप भ्रमणमा निस्केका छन्। पौडेलले शनिवार देखी करिब दुई साता लामो युरोप भ्रमण गर्न लागेको युवा जागरण अभियान नेपालका संयोजक चिन्तन पौडेलले जानकारी दिए। पौडेल युरोप स्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिहरुद्धारा आयोजित बिभिन्न अन्तरकृया कार्यक्रममा सहभागी हुने भएका छन्।नेता पौडेल बेल्जियम, लग्जेम्वर्ग, फ्रान्स, पोर्चुगल, स्पेन, स्विजरल्यान्ड, जर्मनी र नेदरल्यान्ड लगायतका देशमा जनसम्पर्क समितिले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्। पौडेलले बेल्जियम स्थित युरोपियन युनियनका उच्चअधिकारी र स्विजरल्यान्ड स्थित सरकारी पदाधिकारीसंग पनि भेटघाट गर्ने कार्यक्रम तय गर्न लागिएको बुझिएको छ। नेता पौडेल २६ सेप्टेम्वरमा नेपाल फर्कने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NdS5As via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
