भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
काठमाडौँ । गृह मन्त्रालयले रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० बढुवाका लागि तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) को नाम सिफारिस गरेको छ।
मंगलबार राति बसेको बढुवा समितिको बैठकले प्रहरी नायब महानिरीक्षकत्रय पुष्कर कार्की, ठूले राई र धीरु बस्नेतलाई सिफारिस गरेको हो। पाँच महिनासम्म रोकिएको एआइजी बढुवाको गाँठो गृहले बल्ल फुकाएको हो।
बढुवाको रोलक्रमअनुसार डिआइजी कार्की पहिलो नम्बरमा सिफारिस भएका छन्। कार्की राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए। तेस्रो नम्बरका डिआइजी राई दोस्रो नम्बरमा सिफारिस भएका छन्। उनी लागुऔषध नियन्त्रण ब्युरोमा थिए।
बढुवामा परेका सबै वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका ब्याची हुन्। खनाल गत चैतमा महानिरीक्षक नियुक्त भएका थिए। खनाल नियुक्त भएपछि दोस्रो वरियताका रमेश खरेलले राजीनामा दिएका थिए।
प्रहरी नियमावली २०७१ को नियम २७ को १ (क) अनुसार एआइजी बढुवा समितिम गृहसचिव अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2p1FBgM via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
