Loading...
Loading...
भेरी नदी पार गर्ने क्रममा २१ वर्षमा १४ जनाले ज्यान गुमाए
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

सुर्खेत – भेरीगंगा नगरपालिका १ का स्थानीयहरु सदरमुकाम वीरेन्द्रनगर आउँदा भेरी नदीमा जोखिमपूर्ण यात्रा गर्छन्। वर्खाको भेलमा पनि ट्यूव मार्फत भेरी वारपार गर्नुपर्ने बाध्यता यहाँका नागरिकसँग छ। भेरी नदी पार गर्ने क्रममा २०५४ सालयता १४ जनाले ज्यान गुमाइसकेका छन्।भेरीगंगा नगरपालिका अन्तर्गतका आदी, बसेरा, सालघारी, बारुले, घुमाउने, सिसौ, ढाप, सुनकाउली, मनिरामकाँडा लगायत गाउँका २२ सय भन्दा बढी घरधूरीका स्थानीयहरु पुलको अभावमा ट्यूव मार्फत भेरीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। यहाँका स्थानीयहरुलाई सदरमुकाम आउन छोटो मार्ग नै ट्यूव हो।नजिकमा झोलुङ्गे पुल नहुँदा ट्यूवमार्फत भेरी वारपार गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। अघिल्लो वर्ष ट्यूव मार्फत भेरीको उर्लदो भेल पार गर्ने क्रममा बसेरीका कल्पना राना र नरबहादुर बुढामगरले ज्यान गुमाए। स्थानीय २२ सय घरधूरीका अगुवाहरु झोलुङ्गे पुल माग्दै स्थानीय तहदेखि संघीय सरकारसम्म पुगे तर उनीहरुको माग अहिलेसम्म पूरा हुन सकेको छैन्। भेरीगंगा नगरपालिका १ र वीरेन्द्रनगर नगरपालिका ९ जोड्ने पुल नहुँदा ट्यूवको सहारा लिनुपर्ने बाध्यता छ। २१ वर्षको अवधिमा १४ जनाले भेरी तर्ने क्रममै ज्यान गुमाइसकेका छन्  । २०५४ सालमा ट्यूव पल्टिएर उर्मिला शर्माले ज्यान गुमाइन् भने २०५५ सालमा ललिराम जैशीको ज्यान गयो। २०५६ सालमा नरेन्द्र शर्मा, अमृता घर्ती, २०५७ सालमा कृपाराम जैशी, २०५८ मा दिनेश रावत, २०५९ मा रामबहादुर थापा, २०६९ मा भोजबहादुर राना, हरिबहादुर कार्की, २०७२ मा बलबहादुर रामजाली, २०७३ मा हरिबहादुर थापा, बैकुण्ठ थापा र २०७४ मा कल्पना रानाका साथै नरबहादुर बुढामगरले ज्यान गुमाएका छन्। पुल नहुँदा हरेक वर्ष भेरीमा ज्यान गुमाउनु पर्ने बाध्यता त छँदैछ, त्यसमाथि यहाँका उत्पादनको समेत बजारिकण हुन सकेको छैन्।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Nzw7aO via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.