भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको आज संसदीय सुनुवाइ गर्दैछ।प्रधानन्यायाधीशमा सिफारिस भएको दुई सातापछि मिश्रको सुनुवाइ हुन लागेको हो।यसअघि प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई समितिले अस्वीकृत गरेपछि संवैधानिक परिषदले मिश्रलाई पुनः प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।संसदीय सुनुवाइ समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले मिश्रविरूद्ध उजुरी दिनेहरूसँग आइतबार छलफल गरेर सोमबार उनको सुनुवाइ हुने मिति तोकेका थिए।मिश्रविरूद्ध समितिमा चार उजुरी परेका थिए। एकजना उजुरीकर्ताले आफ्नो उजुरी फिर्ता लिएका छन्।
सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको, एनसेलको मुद्दामा अन्तरिम आदेशमार्फत् कर छलीमा सहयोग गरेकोजस्ता उजुरी मिश्रविरूद्ध परेका हुन्।भदौ ७ गते संवैधानिक परिषदले मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। यसअघि प्रधानन्यायाधीश सिफारिस भएका दीपकराज जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि परिषदले मिश्रलाई सिफारिस गरेको हो।मिश्रको सुनुवाइपछि समितिले अनुमोदन सम्बन्धी निर्णय गर्नेछ। समितिको दुई तिहाइ बहुमतले अस्वीकृत नगरेमा मिश्रको नाम स्वीकृत हुने सुनुवाइको कार्यविधि छ।दुई तिहाइ बहुमतले मिश्रलाई अस्वीकृत गर्न सक्ने प्रावधान संयुक्त बैठक सञ्चालन नियमावलीमा छ।सुनुवाइबाट अनुमोदन भएमा मिश्रलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Qlg6nt via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
