Loading...
Loading...
दोषी ठहर भएका अभियुक्तहरू पक्राउ नपर्दा अदालतले फैसला गरेका मुद्दा कार्यान्वयन गर्न समस्या
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

रोल्पा – सामान्यतया अदालतमा मुद्दा फैसला हुनुअघि नै अभियुक्त पक्राउ पर्नुपर्ने हो। तर दोषी ठहर भएका अभियुक्तहरू पनि पक्राउ नपर्दा अदालतले फैसला गरेका मुद्दा कार्यान्वयन गर्न रोल्पामा समस्या भएको छ।अदालतले कैद भुक्तान गराउन आदेश गरेतापनि अभियुक्तहरू पक्राउ नै नपर्ने भएपछि समाजमा अपराधिक क्रियाकलाप थप मौलाउने भन्दै नागरिक अगुवाले चिन्ता व्यक्त गर्न थालेका छन्। कैद भुक्तान गराउन आदेश गरेका अभियुक्तहरू नै पक्राउ नपर्दा रोल्पा जिल्ला अदालतले फैसला गरेका मुद्दा कार्यान्वयनमा समस्या भएको हो। हालसम्म फैसला भएका २ सय ८२ थान मुद्दामा अभियुक्तबाट ११ सय ७४ वर्ष कैद भुक्तान र ४८ लाख ५८ हजार जरिमाना अशुल गर्न बाँकी रहेको जिल्ला अदालत रोल्पाले जनाएको छ। अदालतले फैसला गरेका मुद्दाहरू कार्यान्वयन नहुने क्रम बढ्दै जाने हो भने नागरिकमा पनि अदालत प्रतिको विश्वसनियतामा कमी आउने देखिन्छ। त्यसैले अदालतको फैसलालाई कार्यान्वयन गराई पीडितलाई न्यायको प्रत्याभूति दिलाउन आवश्यक छ। कतिपय फैसला धेरै पुराना भएकाले प्रहरीलाई फरार अभियुक्तहरू पहिचानको समस्या पनि पर्ने गरेको छ। मुद्धा फैसला हुनु अगावै अभियुक्तहरू फरार भइसकेका हुन्छन्। कोही कोही आफैं आइरहेका छन भने भेटिएकालाई प्रहरीले पनि समाइरहेको छ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NB8ej9 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.