Loading...
Loading...
उद्घाटन भएको २७ महिना बितिसक्दापनि हालसम्म नेपाल सरकारले प्रशासन प्रमुख खटाउन सकेन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

डोल्पा – डोल्पाको मुड्केचुला गाउँपालिका ६ का दन्तबहादुर शाहीलाई घर आगनमै स्थापना भएको  ईलाका प्रशासन कार्यालयबाट राहदानीको सिफारिस होला भन्ने लागेको थियो। दुई दिनको पैदल यात्रा हिँडेर कठिनपूर्ण यात्रा गरेर सदरमुकाम दुनै जानुपर्ने बाध्यताबाट छुटकरा पाइने भयो भनेर खुसी थिए उनी।आइतबार जब उनी छोरा सहित राहदानी बनाउन दुई घन्टाको दुरीमा रहेको ईलाका प्रशासन कार्यालय ईलमा पुगे तब राहदानीको सिफारिस त परै जाओस् नागरिकतासम्म पनि नबन्ने भएपछि दन्त बहादुर शाही छाँगाबाट खसे झै भएभौगोलिक हिसाबले विकट र छरिएको मानवबस्ती भएकाले तल्लो डोल्पाका साविकका रिमी, काइगाउँ, सर्मी, नर्कु र कालिका गाविसका जनतालाई राहदानी सिफारिस, नागरिकता उपलब्धको सेवा प्रदान गर्ने उद्देश्यले सरकारले तल्लो डोल्पाको ईल गाउँमा ईलाका प्रशासन कार्यालय स्थापना गरेको थियो।स्थापना भएको लामो समय भइसक्दापनि सहायक प्रमुख जिल्ला अधिकारी नपाउँदा ईलाका प्रशासन कार्यालय ईल डोल्पाले नागरिकलाई दिनुपर्ने अत्यावसकिय सेवा दिन सकेको छैन् । इलाका प्रशासन कार्यालय उद्घाटन भएको २७ महिना बितिसक्दापनि नेपाल सरकारले प्रशासन प्रमुख पठाउन नसक्दा तल्लो डोल्पाका जनता सेवा लिनबाट बन्चित भएका छन्।०७३ असार १ गते डोल्पाका तत्कालिन प्रमुख जिल्ला अधिकारी चेतराज बरालले इलाका प्रशासन कार्यालय ईलको उद्घाटन गरेका थिए। इलाका प्रशासन कार्यालयको उद्घाटनसँगै नायव सुब्बा जर्नादन रिजाललाई निमित्त प्रमुखमा खटाइएको थियो।उद्घाटन भएको २७ महिना बितिसक्दापनि हालसम्म नेपाल सरकारले प्रशासन प्रमुख खटाउन नसक्दा अहिले पनि नायब सुब्बा गोरख बहादुर शाहीले निमित्त प्रमुखको काम गर्दै आएका छन्। इलाका प्रशासन कार्यालयले दिनुपर्ने सेवासुबिधा प्रवाह गर्न अधिकृत खटाइदिनको लागि जिल्ला प्रशासन कार्यालय डोल्पामा बारम्बार आग्रह गरिएको र कुनै सुनुवाई नभएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2pefRhj via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.