Loading...
Loading...
‘नक्कली लुम्बिनी’ बनाउन सरकारको अनुमति!
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं: अब चीनले पनि ‘नक्कली लुम्बिनी’ बनाउने स्वीकृति नेपाल सरकारबाटै पाएको छ। सेप्टेम्बर ७ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको नेतृत्वमा चीन भ्रमणमा गएको टोलीले उक्त सहमति गरेको छ। सहमति अनुसार लुम्बिनीमा रहेको मायादेवीको मन्दिर र अशोक स्तम्भ चीनको सिन्चुवान प्रान्तको लशानमा बन्ने छ। स्रोतका अनुसार सहमति पत्रमा मायादेवीको मन्दिर र अशोक स्तम्भ बनाउने सहमति भए पनि कति आकार प्रकारको बनाउने भन्ने खुलाइएको छैन। जसले गर्दा चीनले लुम्बिनीको हुबहु नक्कल बनाएर ‘नक्कली लुम्बिनी’ खडा गर्ने चिन्ता उत्पन्न भएको छ।

चीनले मायादेवीको मन्दिर र अशोक स्तम्भ स्थापना गर्न लागेको नजिकै आठौँ शताब्दी निर्माण गरिएको बुद्धको सबभन्दा ठूलो मूर्ति पनि त्यहीँ रहेको छ। सोही स्थानमा भव्य विहार पनि निर्माण गरिएको छ। उक्त स्थानमा बुद्धको मूर्ति हेर्न बर्सेनि चारदेखि पाँच करोड मान्छे जाने गरेका छन्। अब सोही स्थानमा मायादेवीको मन्दिर र अशोक स्तम्भ निर्माण गरिने भएको छ। तर उक्त सहमतिका हस्ताक्षर कर्ता लुम्बिनी विकास कोषका सहअध्यक्ष अवधेशकुमार त्रिपाठीले त्यहाँ आउने पर्यटक नेपाल भित्र्याउन उक्त सहमति गरिएको छ।

हुबहु नबनोस् भनेर  थप छलफल गर्न बाँकी छ। त्यहाँ बन्ने मायादेवीको मन्दिरको साइज र स्तम्भवको साइज र प्रिन्सिपलका विषयमा  छलफल गरिएको छ। चीनको सिन्चुवान प्रान्तमा सेप्टेम्बर ६ देखि ९ सम्म भएको अन्तर्राष्ट्रिय पर्यटन मेलामा मन्त्री अधिकारीसहितको टोली त्यसतर्फ गएको थियो। उक्त समयमा नेपाल र चीनबीच मुख्य दुईवटा सहमति भएको जनाइएको छ। लुशान नगरपालिका र लुम्बिनी विकास कोषको तर्फबाट सहमति पत्रमा हस्ताक्षर गरिएको छ। तर सहमतिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xjMXjR via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.