Loading...
Loading...
संघीय संसद्को चालु दोस्रो अधिवेशन अन्त्य
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । संघीय संसद्को चालु दोस्रो अधिवेशन अन्त्य गरिएको छ ।  राष्ट्रपतिको पत्राचार बमोजिम बिहीबार राति १२ बजेबाट अधिवेशन अन्त्य भएको हो । चालु बजेट अधिवेशन वैशाख २३ गतेदेखि सुरु भएको थियो । करिब पाँच महिनापछि अधिवेशन अन्त्य गरिएको हो । बजेट अधिवेशन भए पनि मौलिक हकका कानुन निर्माणका कारण विधेयक अधिवेशनकै रुपमा चालु अधिवेशन लम्बिएको थियो ।

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको यसबीचको १३५ दिनमा ७९ वटा बैठक बसेका छन् । ७९ बैठकबाट १९३ घण्टा २५ मिनेट प्रतिनिधिसभाले काम गरेको छ । यसबीचमा चारवटा संयुक्त बैठक बसेका छन् । चारवटा बैठकले ६ घण्टा ५० मिनेट काम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ पटक प्रतिनिधिसभालाई सम्बोधन गर्नुभएको छ ।

अविधेनशबाट प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली पारित भयो । यस्तै, सरकारका तर्फबाट चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम पेस र पारित पनि चालु अधिवेशनले नै गरेको हो । नीति तथा कार्यक्रम पेसका लागि नै दोस्रो अधिवेशन बोलाइएको थियो । यस्तै अधिवेशनमा सरकारको वार्षिक बजेट पेस र पारित भएको थियो ।

दोस्रो अधिवेशनमा प्रतिनिधिसभामा कूल २६ विधेयक दर्ता भएका थिए । जसमध्ये सरकारले चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापनका लागि पेस गरेको विधेयक फिर्ता लिएको थियो । बाँकी २५ मध्ये १८ विधेयक संघीय संसद्का दुबै सदनबाट पारित भएका छन् ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xQH1Qr via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.