काठमाडौँ । नेपाल दुरसञ्चार प्राधिकरणले यौनजन्य अश्लिल सामग्री राख्ने १६ हजारभन्दा बढी वेबसाइटलाई बन्द गराएको छ । दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र समाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रसारण गर्ने त्यस्ता वेबसाइटलाई तुरुन्त रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको थियो ।
मन्त्रालयको निर्देशन बमोजिम प्राधिकरणले असोज ८ गतेदेखि नै त्यस्ता वेबसाइट बन्द गर्न सम्बन्धित निकायलाई आग्रह गरेको थियो ।
बन्द गराउने काम पनि शुरु भएको छ तर नयाँ नयाँ खुल्ने क्रम पनि शुरु भएको छ । सकभर पूर्ण नियन्त्रण गर्ने प्रयास हुनेछ । प्राधिकरणले एउटा एप्स निर्माण गर्दैछ । कसैले कुनै अश्लिल साइट हेरे त्यसलाई एप्समा हालेपछि तुरुन्तै बन्द गर्न सकिने प्रविधि निर्माण गर्दैछ ।
यौनजन्य सामग्रीमा विद्युतीय सञ्चार तथा इन्टरनेटको माध्यमबाट हुने पहुँचमा रोक लगाउन तथा वेबसाइटहरु बन्द गर्न सबै दूरसञ्चार सेवा प्रदायक, नेटवर्क सेवा प्रदायक तथा इन्टरनेट सेवा प्रदायक हरुलाई निर्देशन जारी गरि सकिएको र सो निर्देशनको पालना नगरिएको पाईएमा दूरसंचार ऐन, २०५३ बमोजिम जरीवाना को साथै अनुमतिपत्र रद्ध हुने सम्मको कारवाही हुनेछ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QmbUTv via IFTTT
काठमाडौँ । रक्सौल–काठमाडौँ रेलमार्गको रुट परिवर्तन हुने भएको छ । रेलमार्ग रक्सौल–वीरगञ्ज–जीतपुरबाट प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौँ आउने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने रेल विभागले जनाएको छ ।
मुलुकको चौतर्फी विकासका लागि विकासको ‘मल्टि मोडेल’ ढाँचा आवश्यक रहेको बताउँदै महानिर्देशक मिश्रले उक्त ‘मल्टि मोडेल’ ढाँचाका लागि रक्सौल–काठमाडौँ रेलमार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ–निजगढ द्रुतमार्गबीचको ‘कनेक्टिभिटी’ आवश्यक रहेको छ ।
रक्सौलबाट वीरगञ्ज, निजगढ र वाग्मती किनार हुँदै काठमाडौंसम्म आइपुग्ने प्रस्तावित उक्त रेलमार्ग करिब ११३ किलोमिटर लामो हुने अनुमान गरिएको थियो । हाल रुट परिवर्तन भए पछि सो लम्बाइ बढ्न सक्ने बताइएको छ । रेलमार्गमा करिब २० प्रतिशत सुरुङ र पुल निर्माण गर्नुपर्ने अनुमान गरिएको छ । रेलमार्ग काठमाडौँको चोभारमा जोडिनेछ ।
उक्त रेलमार्गको सम्भाव्यता अध्ययनका लागि रेल विभागले २०७३ सालमा नै ग्लोबल टेन्डर आह्वान गरेको थियो तर पछि भारतसँग आफ्नै आर्थिक र प्राविधिक सहयोगमा नै सम्भाव्यता अध्ययन गर्ने सहमत भएपछि रेल विभागले सो टेन्डर रद्द गरेको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Itb58z via IFTTT
काठमाडौं । नेपाल विद्युत प्राधिकरण बूढानीलकण्ठ उप वितरण केन्द्रका ईलेक्ट्रिसियन कृष्णप्रसाद शर्मा सेवाग्राही बाट घुस लिदालिदै रङ्गेहात पक्राउ परेका छन् ।
उपवितरण केन्द्रबाट वितरण हुने विद्युत मिटर छिटो उपलव्ध गराई लाईन जोडिदिने शर्तमा बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ३ का ग्राहक रामशरण कुँवरसँग २० हजार रुपैयाँ घुस मागेका शर्मालाई सोही घुस रकम सहित रङ्गेहात अख्तियारको टोलीले पक्राउ गरेको हो ।
विद्युत प्राधिकरणको कार्यालय अगाडीकै एक चिया पसलमा लेनदेन हुँदै गर्दा अख्तियारको टोली पुगेको थियो ।
प्राधिकरणमा तेस्रो तहमा कार्यरत शर्माले छिटो काम गरिदिने भन्दै पटक पटक घुस मागेको गुनासो आएपछी अख्तियारको सहयोगमा पक्राउ गरिएको भ्रष्टाचार विरुद्धको राष्ट्रिय अभियान नेपालका महासचिव सुदर्शन पौडेलले जानकरी दिनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QlHXTv via IFTTT
काठमाडौं । राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना जया मल्टिपल क्याम्पसको १५औँ वार्षिक समारोहमा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालद्वारा सम्मानित भएका छन्।
उनलाई पत्रकारिता मार्फत राष्ट्र हितको खातिर योगदान पुर्याएको भन्दै जया मल्टिपल क्याम्पसले यस बर्षको शैक्षिक सम्मान गरेको हो। विगत १४ वर्षदेखि पत्रकारिता गर्दै आएका ढुंगानालाई बिसेष अवसर पारेर सम्मान गरिएको क्याम्पस प्रमुख भवानी प्रसाद पौडेलले बताउनुभयो ।
निष्पक्ष पत्रकारिता र सामाजिक विषयवस्तुमा कलम चलाए वापत उनलाई कदरपत्रसहित बिशेष सम्मान गर्न पाउदा अत्यन्तै खुसि लागेको क्याम्पसका सस्थापक अध्यक्ष जगन्नाथ देवकोटाले बताउनुभयो ।
ढुंगाना बोष्टर मिडियाको अध्यक्ष तथा राष्ट्रिय खवर डटकमका प्रधानसम्पादक सहित २ दर्जन भन्दा बढी संघसस्थामा आबद्ध हुनुहुन्छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zFysZN via IFTTT
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2R5SjIk via IFTTT
काठमाडौँ । संघीय संसद्को चालु दोस्रो अधिवेशन अन्त्य गरिएको छ । राष्ट्रपतिको पत्राचार बमोजिम बिहीबार राति १२ बजेबाट अधिवेशन अन्त्य भएको हो । चालु बजेट अधिवेशन वैशाख २३ गतेदेखि सुरु भएको थियो । करिब पाँच महिनापछि अधिवेशन अन्त्य गरिएको हो । बजेट अधिवेशन भए पनि मौलिक हकका कानुन निर्माणका कारण विधेयक अधिवेशनकै रुपमा चालु अधिवेशन लम्बिएको थियो ।
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको यसबीचको १३५ दिनमा ७९ वटा बैठक बसेका छन् । ७९ बैठकबाट १९३ घण्टा २५ मिनेट प्रतिनिधिसभाले काम गरेको छ । यसबीचमा चारवटा संयुक्त बैठक बसेका छन् । चारवटा बैठकले ६ घण्टा ५० मिनेट काम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ पटक प्रतिनिधिसभालाई सम्बोधन गर्नुभएको छ ।
अविधेनशबाट प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली पारित भयो । यस्तै, सरकारका तर्फबाट चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम पेस र पारित पनि चालु अधिवेशनले नै गरेको हो । नीति तथा कार्यक्रम पेसका लागि नै दोस्रो अधिवेशन बोलाइएको थियो । यस्तै अधिवेशनमा सरकारको वार्षिक बजेट पेस र पारित भएको थियो ।
दोस्रो अधिवेशनमा प्रतिनिधिसभामा कूल २६ विधेयक दर्ता भएका थिए । जसमध्ये सरकारले चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापनका लागि पेस गरेको विधेयक फिर्ता लिएको थियो । बाँकी २५ मध्ये १८ विधेयक संघीय संसद्का दुबै सदनबाट पारित भएका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xQH1Qr via IFTTT
काठमाडाै । अवकाशप्राप्त महारथी क्षत्रीलाई २२ भदौमा सैनिक मञ्च टुँडिखेलमा उच्च इज्जत सलामी अर्पण गरियो । पुख्र्यौली थलो तनहुँ भएका पूर्वमहारथी क्षत्रीका बुबा गोपालबहादुर खत्री क्षत्री सेनाकै जागिरे थिए । राजा महेन्द्रको एडीसीमा खत्री छानीएका थिए । राजेन्द्र क्षत्री २४ भदौ ०७२ देखि २३ भदौ ०७५ सम्म नेपाली सेनाको प्रमुख थिए । सहायक सेनानीबाट उनी सैनिक सेवामा ०३५ मा प्रवेश गरेका हुन् ।
निवर्तमान प्रधान सेनापति क्षत्रीलाई अवकाश पश्चात विभिन्न आक्षेप लाग्यो तर कुन आधारमा भन्नेचाहिँ आएन । सेनाले गरेको कल्याणकारी कार्यतिर जोड्न खोजेको देखिन्छ तर त्यो तथ्य हिन भएको क्षत्रीलाइ नजिक बाट चिन्नेहरूको दावी छ ।‘संसारको जुनसुकै सेनाले फौजको कल्याणकारी कार्यका लागि केही न केही यस्ता अतिरिक्त कार्य गरिरहेको हुन्छ । कल्याणकारी व्यवस्थापक समितिको संरक्षक प्रधानमन्त्रीज्यू नै हो, सहसंरक्षक रक्षामन्त्रीज्यू हुनुहुन्छ । नाम उल्लेख नगर्ने सर्तमा एक सैनिक उच्च अधिकारीले भने ‘प्रधानसेनापतिको अध्यक्षतामा रक्षा र अर्थ मन्त्रालयको सहसचिवसहितको एउटा बोर्ड हुन्छ । त्यसमा भूतपूर्व सैनिकका पनि दुई सदस्य रहन्छन् । बोर्डले विचार गरेरै काम गरेको हुन्छ’ । यो बेतुकको आरोपजस्तो लाग्छ ।
भूकम्पले क्षति पुर्याएका भवन पुनर्निर्माण, फास्टट्रयाक र तीन तहको निर्वाचनको बाहिरी सुरक्षा, सैन्य सामग्री ,हेलिकोप्टर, हतियार, गोलीगट्ठा,खरिदलगायतका लागि क्षत्रीले आफ्नो कार्यकालमा अतिरिक्त बजेट पाए । भवन निर्माणका निम्ति पुनर्निर्माण प्राधिकरण, फास्टट्रयाक, सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात, निर्वाचन सुरक्षाका लागि रक्षा, वन्यजन्तु आरक्षका लागि वन तथा वातावरण, राष्ट्रिय सेवा दलका लागि शिक्षा मन्त्रालयले छुट्टाछुट्टै बजेट विनियोजन गरेका थिए ।
२०५८ मा तत्कालीन नेकपा माओवादीले सेनामाथि निसाना केन्द्रित गरेयता सेनाका लागि छुट्याइने वार्षिक बजेट सबैभन्दा बढी छ । रक्षा मन्त्रालयका अनुसार मन्त्रालयमा औपचारिक रूपमा सेनाभित्रको भ्रष्टाचारको उजुरी परेको छैन ।
सेनालाई विकास निर्माण, विपत् व्यवस्थापनलगायत अतिरिक्त कार्यमा प्रयोग गरिने संविधानमै उल्लेख छ । अरू देशमा पनि राष्ट्रिय सेनालाई विकास निर्माणमा ठूलो मात्रामा प्रयोग गरेको देखिन्छ । अर्का एक सैनिक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने ‘विगतदेखि नै हामीले ट्रयाक खोल्ने अप्ठेरो काम मात्रै दिनुस् भनिरहेका थियौँ । हामीले मागेर होइन कि विश्वास गरेर फास्टट्रयाक जिम्मा दिइएको हो । सेनाको स्रोतसाधन, व्यवस्थापन र अगुवाइमार्फत नेपालको विकास निर्माण र आर्थिक विकासमा टेवा दिऊँ भनेर सरकारले दिएको जिम्मेवारी स्वीकारेका हौँ ।‘
“कुरा रह्यो चोभार र दुवाकोटको जग्गाको त्यों जग्गा त्यसै खेर फाल्नुको साटो कर्मचारीका लागि उपयोग गर्ने हिसाबले प्लटिङ गरिएको हो । व्यापारका लागि प्लटिङ गरिएको होइन । सकल दर्जालाई पारदर्शी वितरण हुन्छ र त्यसबाट उनीहरूले आफ्नो वासस्थान व्यवस्था गर्छन् । तर यसलाई गलत रुपमा ब्याख्या गर्ने काम भयो ।‘ ती अधिकारी दावा गर्छन ।‘ चोभार र दुवाकोटको जग्गा सेनाले बिगतमा खरीद गरेको थियो । सेनाले बिगतमा पनी चितवन,इटहरी र पोखरामा जग्गा प्लटिंग गरेर बितरण गरेको थियो तर पछिल्लो समयमा भने चोभार र दुवाकोटको जग्गा प्लटिङलाइ अतिरन्जित बनाएकोमा क्षत्रिले आफुलाई दुःख लागेको बताएको उक्त अधिकारीले जानकारी दिए । “क्षत्रीको कार्यकालभन्दा निकै अगाडि इटहरी, चितवन र पोखरामा केही जग्गा किनिएको थियो । त्यसलाई विकास गरेर आफ्नै कर्मचारी–अधिकृतको आवासका लागि परल मूल्यमै ती जग्गा उपलब्ध गराइएको हो । पहिले नै किनेर राखिएको चोभार र दुवाकोटको जग्गा त्यसै खेर फाल्नुको साटो कर्मचारीका लागि उपयोग गर्ने हिसाबले प्लटिङ गरिएको हो । व्यापारका लागि प्लटिङ गरिएको होइन । सकल दर्जालाई पारदर्शी वितरण हुन्छ र त्यसबाट उनीहरूले आफ्नो वासस्थान व्यवस्था गर्छन् ।“
सैनिक नियमावली ०६९ मा पास भएको थियो । यो नियम तर्जुमा भएर रक्षा मन्त्रालयमार्फत नेपाल सरकारमा पेस भएको हो । त्यसभन्दा अगाडि सैनिक ऐनकै आधारमा सामान्य सिद्धान्त, ०६४ मै बनेको थियो । त्यसका आधारमा सेनाले भर्ना, बढुवालगायतका काम गर्दै आएको थियो नियमावलीलाई आफुले व्यक्तिगत रूपमा लागू नगरेको क्षत्रीको दाबी छ । भर्ना छनौटमा हुने अनियमितताको छानबीन प्रधान सेनापतिको निर्देशनमा भएकोमा बिना प्रमाण एवम आधारमा केहीले वद्नियतपूर्ण ढंगले ब्याख्या गर्न खोजेको देखिन्छ ।
सैनिक अधिकारीहरुका अनुसार “ कसैले पनी नियमावली आफू अनुकूल व्याख्या गरेको छैन । जो यो दफाका कारण पदोन्नतिबाट वञ्चित भए, उनीहरूले आफ्नो अनुकूल व्याख्या गर्न खोजेका हुन् । कसैले आरोप लगाउँछन् भने प्रमाणित गरे हुन्छ । रह्यो सम्पति सम्बन्धिको बिवाद यो कुरालाई अवकाश प्राप्त केही अधिकारीहरूले अतिरन्जित,अनर्गल र प्रतिशोधपूर्ण भावनाले आएको ती सैनिक अधिकारीले दावी गरे । सेनाको स्टाफ कलेज प्रबेश परीक्षा पनि अत्यन्त पारदर्शी एवं निष्पक्षताका साथ सञ्चालन हुने सेनाको दावा छ । यावत बिषयमा पूर्व सेनापति क्षत्रीसंग बुझ्न खोज्दा सम्पर्क हून सकेन ।
क्षत्रीको कार्यकालमा कल्याणकारी तर्फ पानी ब्यापक सुधार भएको बाहालवाला तथा पूर्व सैनिक अधिकारिहरू बताऊछन । क्षत्रीको कार्यकालमा कल्याणकारी सेवालाइ उपत्यका बाहिर पनी विस्तार गरिएको थियो ।सेनाले केही समय अगाड़ी कोषको मौज्जात रकम ४१ अर्ब नाघेको सम्बन्धमा पत्रकार सम्मलेन नै गरेको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xWh7tM via IFTTT
न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसित स्तरबाट विकसित बनाउन चाहेको बताउनुभएको छ ।प्रधानमन्त्री ओलीले एशिया सोसाइटीले आज यहाँ आयोजना गरेको ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयक सार्वजनिक व्याख्यान कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । उहाँले नेपाली जनताले राणा र शाहवंशका निरङ्कुशताविरुद्ध सङ्घर्ष गरेको र अन्त्यमा उनीहरूलाई पराजित गरी संविधानसभामार्फत सङ्घीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था स्थापना गरेको बताउनुभयो ।प्रधानमन्त्री ओलीले नेपाली जनताले वर्तमान लोकतान्त्रिक व्यवस्थाका लागि निकै ठूलो त्याग गरेको र धेरै शहीद भएको बताउँदै नेपालका सबै राजनीतिक दलले हतियार उठाएको स्मरण गर्दै अन्त्यमा बन्दुकको गोलीबाट नभइ जनताको मतबाट परिवर्तन र शान्ति आएको उल्लेख गर्नुभयो । उहाँले पूर्ण बहुमतको आफ्नो सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को योजनालाई कार्यान्वयन गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालमा जलविद्युत्का लागि निकै ठूलो भण्डार रहेको र कुनै पनि लगानीकर्तालाई सही रूपमा यस क्षेत्रमा लगानी गर्न अवसर दिन सकिने बताउनुभयो । उहाँले पिस कर्प कार्यक्रम सञ्चालन गरेकामा अमेरिकी सरकारलाई धन्यवाद दिँदै यो कार्यक्रम आरम्भ हुँदाको अवस्था अब नेपालमा नरहेको र निकै परिवर्तन भइसकेको उल्लेख गर्नुभयो ।कार्यक्रममा प्रधानमन्त्री ओलीले एक प्रश्नको उत्तरमा नेपालमा हिउँको तहले पृथ्वीको जमीन सिँच्न सहयोग गर्ने र समुद्रमा हुने प्रदुषणले बादलको रूपमा हिमाललाई पनि प्रदूषित पार्नसक्ने उदाहरण दिँदै नेपाली समाज विविधतायुक्त भएको र आफूले एकै परिवारमा १३५ सदस्य एकै स्थानमा बस्ने र हुर्कने गरेको समेत देखेको उल्लेख गर्नुभयो । उहाँले कुनै पनि मुलुकले नचाहेसम्म ऋणको भार नबोक्ने बताउँदै नेपालले पनि सकेसम्म अनुदान र नभए कम ब्याजको ऋण चाहेको बताउनुभयो ।
यस व्याख्यानको सञ्चालन अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडले गर्नुभएको थियो ।विश्वव्यापी परिस्थितिमा एशियाली तथा अमेरिकी जनता, नेता तथा संस्थाबीच आपसी समझदारी प्रवद्र्धन गर्ने तथा उनीहरूबीच साझेदारी बलियो बनाउने उद्देश्यले ‘एशिया सोसाइटी’ सन् १९५६ मा स्थापना भएको प्रमुख शैक्षिक संस्था हो । कला, व्यवसाय, संस्कृति, शिक्षा तथा नीतिका क्षेत्रमा यस सोसाइटीले अन्तर्दृष्टि प्रदान गर्छ, विचार सिर्जना गर्छ तथा वर्तमान चुनौतीलाई सम्बोधन गर्न सहयोग प्रवद्र्धन गर्छ र साझेदारीयुक्त भविष्य निर्माण गर्छ । गैरराजनीतिक र गैरनाफामूलक शैक्षिक संस्था हो र यसको कार्यालयहरू हङकङ, हस्टन, लस एन्जलस, मुम्बइ, न्यूयोर्क, सान फ्रान्सिस्को, सोल, साङ्घाइ, सिड्नी, टोकियो, वासिङ्टन डिसी तथा जुरिकमा रहेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zx7EuA via IFTTT
काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुको सुविधालाई मध्यनजर गरी उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।दशैँ मान्न उपत्यकाबाट झण्डै २५ लाख मानिस बाहिरिने हुँदा यात्रुको सहायताका लागि उक्त कक्ष स्थापना गरिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कलङ्की, स्वयम्भू, नयाँ बसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, नयाँ बानेश्वर, पुरानो बसपार्क, नागढुङ्गा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले स्थापना गरिएको सहायता कक्षमा अपराध, दुव्र्यवहार, यात्रुले भोग्नुपरेका समस्या राख्न सकिने बताउनुभयो । सहायता कक्षमा यातायात व्यवस्था विभागका कर्मचारी, यातायात व्यवसायी संघका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, ट्राफिक प्रहरी र जनपद प्रहरीका कर्मचारीहरु रहनेछन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QWK2X3 via IFTTT
काठमाडौँ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले मुलुकमा बढ्दो महिला हिंसा, बलात्कारजन्य घटना तथा बालबालिका र ज्येष्ठ नागरिकको संरक्षणको कामलाई प्रभावकारी बनाउने भएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार तथा समाजकल्याण परिषद्का कामलाई पारदर्शी र प्रभावकारी बनाउन सक्रिय भूमिका खेल्ने निष्कर्ष निकालेको छ । साथै समितिको कार्यक्षेत्रभित्र पर्ने मन्त्रालय र यसअन्तर्गतका महिलाआयोगसहित सात आयोगको अनुगमन, नियमन तथा प्रभावकारी सञ्चालनका लागि पनि समितिलाई सक्रिय बनाइनेछ ।
समितिका सभापति नीरुदेवी पालले पछिल्लो समय महिलामाथि हुने बलात्कार, हत्या, हिंसा र आतङ्कले देश आक्रान्त बनेको उल्लेख गर्दै यस्ता घटनाको न्यूनीकरण तथा दोषीमाथि कानूनी कारवाहीका लागि समितिले विशेष पहल गर्ने भएको छ । समितिको बैठकमा अधिकांश सदस्यले मुलुकमा व्याप्त महिला हिंसा, बलात्कार, हत्या, अपहरण तथा बालबालिका र ज्येष्ठ नागरिकमाथि ज्यादतीका घटना बढिरहेको बताउँदै यस्ता गतिविधि न्यूनीकरणका लागि समितिले अभिभावकका रुपमा आफ्नो भूमिकालाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने माग गर्नुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2DrbhX6 via IFTTT
काठमाडौँः नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाहाललाई पार्टीमा प्रवेश गराएका हुन्। टेलिभिजनको सञ्चालक समिति अध्यक्षबाट केही महिनाअघि राजीनामा दिएका दाहाल कांग्रेसको कोटाबाट सञ्चालक समिति अध्यक्ष भएका थिए। सञ्चालक समिति अध्यक्ष भए पनि कार्यकारी अधिकार प्रयोग गर्न पाएका थिए। तत्कालीन सञ्चारमन्त्री मीनेन्द्र रिजालले दाहाललाई अध्यक्षमा नियुक्त गरेका थिए। दाहाललाई पछि माओवादी केन्द्रबाट मन्त्री बनेका राम कार्कीले कार्यकाल थप गरिदिएका थिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Q5Fr3L via IFTTT
काठमाडौँ । चाडबाडका बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा सवारी साधनमा बढाइएको भाडा फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी सङ्घले राजधानीका विभिन्न भागमा विरोध प्रदर्शन गरेको छ। काठमाडौँको प्रदर्शनीमार्ग, थापाथली क्याम्पस, पशुपति क्याम्पसलगायत क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, सार्वजनिक सवारी साधानमा बढाइएको भाडा फिर्ता गर, बलात्कारीलाई कारवाही गर, बढ्दो महँगी नियन्त्रण गर, कानूनी राज्यको पालना गरजस्ता नारा लगाएर विरोध गरिएको हो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xLwXHp via IFTTT
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Ibfe0S via IFTTT
काठमाडौँ । इन्द्रजात्राको आकर्षण श्रीकुमारी रथयात्रा सोमवार हुँदैछ । दिउँसो ४ बजे श्रीकुमारीलाई रथारोहण गरेर ४ः३० बजे जैशिदेवलबाट लगनटोलतर्फ पहिलो रथयात्रा चलाइने छ । रथयात्रा स्थलमा मजिपाटको लाखे, हल्चोकको भैरव, किलागलको पुलुकिसी, भक्तपुरको महाकाली र रामचन्द्र नाच, किलागलकै महालक्ष्मी नाच पनि यसैदिन आगन्तुक समक्ष प्रस्तुत हुन्छ । काममा खटिनु भएका सुरेन्द्र अमात्यका अनुसार रथ यात्रामा रथ तान्न बल आओस् भनेर गुठी संस्थानले कुमारीघरमा ४७ धार्नी राँगाको मासु र एक सय बोरा ताइचिन चिउराको भतेर लगाएको थियो । पाँचसय भन्दा बढी गुठियार, रैरकमी र जात्रामा सहभागी हुनुपर्ने कामदारले यो भतेर खाएका जनाइएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2I8TFxX via IFTTT
काठमाडौं । अबुदाबी हुँदै न्युयोर्कस्थित जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा इतिहाद एयरवेजबाट उत्रिएका प्रधानमन्त्रीको टोलीलाई राष्ट्रसंघीय नेपाली नियोगका कर्मचारीलगायत गैरआवासीय नेपाली संघ एवम् प्रवासी नेपाली मंचका पदाधिकारीहरुले स्वागत गरेका थिए।
प्रधानमन्त्री पत्नी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालसहित २० जनाको प्रतिनिधिमण्डल आइपुगेको हो। विमानस्थलमा उत्रेलगत्तै प्रधानमन्त्रीलाई न्युयोर्क सिटीको प्रहरीले सुरक्षा स्टर्किङ गरेको थियो।
प्रधानमन्त्रीको टोलीको बसोबासको व्यवस्थापन, राष्ट्रसंघीय मुख्यालयको नजिकै रहेको ह्यात होटलमा गरिएको छ। प्रधानमन्त्री ओलीले असोज ११ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NBbSdq via IFTTT
काठमाडौँ । गरीबी निवारण कोषको सामाजिक परिचालन कार्यक्रम कमजोर भएको र निकास रणनीति पनि स्पष्ट नभएको पाइएको छ ।कोषको कार्यक्रमको प्रभाव, संरचनात्मक व्यवस्था र सञ्चालन प्रक्रियाकाबारे राष्ट्रिय योजना आयोगले गरेको मूल्याङ्कन प्रतिवेदनमा समूह विकासको प्रभावकारी अवधारणा नलिइनु तथा सामुदायिक संस्थाको गुणस्तर नहुनुलाई दुर्बल पक्षको रुपमा आंैल्याइएको छ ।गरीब तथा पिछडिएका समूहलाई विकास प्रयासमा मूल बाहकको रुपमा संलग्न गराई बहिस्करणमा परेका समूदायलाई विकासको मूल प्रवाहमा ल्याउने उद्देश्यले २०६३ सालमा उक्त कोष स्थापना गरिएको थियो ।प्रधानमन्त्रीको अध्यक्षतामा रहने १२ सदस्यीय सञ्चालक समितिले कोषको नीतिगत मार्गदर्शन गर्नाका साथै कार्यक्रम स्वीकृत गर्दछ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xJGONZ via IFTTT
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्नु हुँदै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद दिलकुमारी रावलले बडादशैँको मुखमा यातायात सञ्चालनमा समस्या आएकाले निर्वाध चल्ने वातावरण मिलाउन सरकारसँग माग गर्नुभयो । सांसद नैनकला भट्टराई र प्रकाश पन्थले अपाङ्गता भएकालाई परिचयपत्र उपलब्ध गराउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले छिटो पहल गर्नुपर्ने, चाडवाडको मुखमा चिनीलगायत खाद्य सामग्रीको अभाव, कालाबजारी नहुनेतर्फ सुनिश्चित गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2pwLhQu via IFTTT
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिएको भन्दै यातायात व्यवसायीले दसैंका लागि अग्रिम टिकट बुकिङ नखोल्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले असोज ५ देखि खोल्ने भनिएकोमा अग्रिम टिकट बुकिङ नखुलाउने स्पष्ट पारेको छ ।महासंको बिहीबार साँझ बसेको बैठकले सरकारले हालै मात्र बढाएको इन्धनको मूल्यवृद्धि फिर्ता नलिएकाले अग्रिम बुकिङ गर्न नसक्ने निर्णय गरेको छ । व्यवसायीसँग अग्रिम टिकट बुकिङ खोल्ने सहमति भए पनि त्यसविपरीत सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएकाले आफूहरुले बुकिङ खोल्न नसक्ने स्पस्ट गरेका छन ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xvyVw8 via IFTTT
काठमाडौं । नियमित ढुवानी रोकिएपछि बजारमा पेट्रोलियम पदार्थको अवाभ भएको छ । मुलुकी संहिता संशोधनको माग गर्दै देशभरका सवारी चालकहरू आन्दोलित भइरहेका बेला निगमसम्वद्ध ढुवानीकर्ता पनि पेट्रोलियम पदार्थ ढुवानी रोकेर आन्दोलनमा उत्रिए पछि अभाव सृजना भएको हो । असोज २ देखि आन्दोलित चालकहरूलाई समर्थन जनाउँदै इन्धन ढुवानीकर्ताले ढुवानी ठप्प पारेका हुन् । निगमका अनुसार आन्दोलित चालकहरूले पीडीओ नलिने, आईओसीमा लोड लिन नजानेदेखि बिक्री वितरणमा सहयोग नगर्ने लगायतका गतिविधि सञ्चालन गर्दै आएका छन् ।
यसअघि पनि निगमसँग सम्झौता गरेका ट्यांकर चालकहरूले तलब–भत्ता वृद्धि, सञ्चयकोष, टिप भत्ता लगायत माग राखेर आपूर्ति ठप्प पारेपछि निगमले चालकका मागहरू पूरा गर्ने प्रतिबद्धता जनाएको थियो । पेट्रोल डिजेलको अभाव सृजना भएसँगै पेट्रोलपम्पहरूमा उपभोक्ताको भीडभाड देखिएको छ । पम्पहरूमा उपभोक्ताको लामो लाइन छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि यातायात व्यसायीहरूले यातायातमा भाडा वृद्धिको माग समेत गरेका छन् । व्यवसायीले ढुवानी समेत रोकेपछि बजारमा अभाव सृजना हुँदा उपभोक्ता मारमा परेका हुन् । पटकपटक ढुवानी नरोक्न ढुवानीकर्ताहरूलाई आग्रह गरे पनि आलटाल गरिरहेको निगमले जनाएको छ । निगमले असोज २ गतेदेखि लागू हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ प्रतिलिटर मूल्य वृद्धि गरेको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NxuriU via IFTTT
काठमाडौं- यातायात व्यवसायी समितिले विभिन्न माग राख्दै भोलि देखि खुल्ला गर्ने भनिएको दशै बुकिङ नगर्ने भनेपनि नीजि कम्पनीहरुले बुकिङ्ग खुल्ला गर्ने जनाएका छन्।रोक्का गरिएको बैंक खाता चालू, धरौटी फिर्ता, मूल्य वृद्धि लगायतका माग समितिले राखेको थियो। चाडपर्व मा यात्रुको समस्यालाई ध्यानमा राख्दै बुकिङ्ग खुल्ला गर्ने नीजि कम्पनीहरुको भनाइ छ। चालकहरूको हड्ताल र महासंघले बुकिङ नखोल्न भने पनी आफ्नो गरिखाने बाटो नै यही भएकोले बुकिङ खोल्ने जनाएका हुन्। ‘हाम्रो कमाई खाने बाटो नै यहि हो,दसैंमा पनि काम रोकेर हामीले के खाने??’ ‘सरकारले नै महासंघको औचित्य माथी प्रश्न गरिरहेको समयमा हामी आफ्नो हिसाबले चल्छौ’ एक व्यवसायीले भने।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2MR3txc via IFTTT
काठमाडौं- संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशी सर्वोच्च अदालत फर्केपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले महाअभियोग लगाउने तयारी गरेको छ।नेकपाका सांसदहरुसँग हस्ताक्षर समेत संकलन गरिएको छ। संसद भवनमा नेकपाका सचेतक देव गुरुङले हस्ताक्षर उठाएका थिए। यस्तै दलको कार्यालयमा समेत सांसदहरुलाई बोलाएर हस्ताक्षर संकलन गरिएको छ। ‘खाली कागजमा हस्ताक्षर गरिएको छ’, एक सांसदले भने, ‘सम्भवत महाअभियोकै प्रयोजनका लागि हो।महाअभियोगको तयारीको लागि हस्ताक्षर सुरु भएको भन्दै आफुलाई फोन आए पनि काठमाडौं बाहिर भएकोले आफु उपस्थित हुन नसकेको नेकपाका एक सांसदले बताए। जेठ २९ मा संवैधानिक परिषद्ले जोशीलाई वरिष्ठता र कार्यदक्षताका आधारमा प्रधानन्यायाधीश बनाउन सिफारिस गरे पनि सुनुवाई समितिले साउन १८ गते उनलाई अस्वीकृत गरेको थियो।जोशीको नाम अनुमोदन नभएपछि भदौ ७ गते संवैधानिक परिषदले ओम प्रकाश मिश्रलाई प्रधानन्यायाधीमा सिफारिस गरेको थियो। भदौ २५ गते सुनुवाई समितिले मिश्रको नाम अनुमोदन गरेपछि सोही दिन राष्ट्रपति समक्ष उनले सपथ लिएका थिए। मिश्र प्रधानन्यायाधीश भएपछि सोही साँझ कार्यभार सम्महाल्न सर्वोच्च पुगेका थिए भने उनको स्वागतमा जोशी पनि सर्वोच्च पुगेका थिए। दोस्रो दिन जोशीको नाममा पेशी तोकिएको थियो।एक तिहाई सांसदको हस्ताक्षर सहित महाअभियोगका लागि प्रस्ताव दर्ता गर्न सकिने संविधानमा व्यवस्था छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xqCnbi via IFTTT
नेपालगञ्ज– नेपालगञ्ज–दिल्ली हवाई उडानको तयारीसँगै नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको छ। विमानस्थलमा टर्मिनल, पार्किङ, प्रतिक्षा कक्ष र व्यवस्थित खाजा घरको निर्माण भइरहेको छ।अन्तर्राष्ट्रिय र आन्तरिक ‘टर्मिनल’, ठूला जहाजका लागि पश्चिममा ३०० र पूर्वतिर २०० मिटर धावनमार्ग बनाउने तयारी भएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका निर्देशक प्रेमनाथ ठाकुरले जानकारी दिए। विमानस्थल स्तरोन्नतिका लागि ढाँचा बनाउने काम भइरहेको छ । विमानस्थल क्षेत्रमा नेपाली सेनाले सञ्चालन गर्दै आएको खाजा घर समेत खाली गराइएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2OF5Hlg via IFTTT
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तार र दुई सरकारबीच भएका सम्झौता कार्यान्वयनमा केन्द्रित रहेको बताएका छन्।चारदिने चीन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भ्रमणका क्रममा नेपाल र चीनबीच भएका यातायात तथा पारवहन सम्झौताको प्रोटोकलको कार्यान्वयका पक्षमा विभिन्न कोणबाट छलफल भएको जानकारी दिए।दुई पार्टीबीचको सम्बन्ध सुदृढ गर्न त्यहाँको नेतृत्व वर्गसँग आफूले गम्भीररुपमा छलफल गरेको बताउँदै उनले आफ्नो चीन भ्रमण सफल भएको दाबी गरे।दुई वटा सरकारकाबीच भएका पछिल्ला सहमति र समझदारी समयबद्ध ढङ्गबाट कार्यान्वयनका निम्ति वातावरण बनाउने मुख्य उद्देश्यमा सफलता मिलेको छ।दुवै देशका पार्टीले विकास र समृद्धिलाई मुख्य कार्यसूची बनाएको र राजनीतिक नेतृत्व तथा स्थिरता दुवै देशमा कायम हुँदै गएको भन्ने विषयमा समान समझदारी बनेको छ।चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन भई नयाँ नीति निर्माण भएको, ‘सि जिङ फिङ विचार’ लाई संश्लेषण गरेको र आउने सन् २०५० सम्म चीनलाई विश्वकै बलियो समाजवादी राष्ट्रका रुपमा विकसित गर्ने उद्देश्य खडा भइ सकारात्मक वातावरण बनेको छ भने नेपालमा पनि दुई ठूला पार्टीको बीचमा एकता भएर दुईतिहाई बहुमतको कम्युनिष्ट पार्टी नेतृत्वको सरकार र पार्टीले समृद्धि र विकासलाई मुख्य कार्यसूची बनाएको छ।चिनियाँ कम्युनिष्ट पार्टीकै शान्ति र निःसस्त्रीकरणसम्बन्धी समितिको अध्यक्षको आयोजनामा भएको बैठकमा जापान र फ्रान्सका पूर्वप्रधानमन्त्री, कोस्टारिकाका पूर्वराष्ट्रपति र मङ्गोलियाका उपप्रधानमन्त्रीलगायत विश्वका नेतासँग सामूहिक छलफल भएको थीयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2MOKgw3 via IFTTT
काठमाडौं – राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं–तराई (मधेस) द्रुतमार्ग (फास्ट ट्र्याक)को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ।भारतीय कम्पनी आइएल एन्ड एफएसले द्रुतमार्गको डिपिआर तयार गरे पनि चर्को मूल्य मागेपछि सेनाले अर्को परामर्शदाता छनोट गरेको हो। काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खाँणले डिपिआरका लागि छानिएको कोरियाको सुसुङ कम्पनीसँग यही महिनाको दोस्रो साताभित्रै निर्माणसम्बन्धी सम्झौता हुने जानकारी दिए।उक्त डिपिआर करिब १० करोड १५ लाखमा तयार हुनेछ । यो लागत भारतीय कम्पनी आइएल एन्ड एफएसको मागभन्दा ५१ करोड कम हो। सम्झौता भएको चार महिनाभित्रै उक्त कम्पनीले डिपिआर तयार गर्ने विश्वास दिलाएको छ। औपचारिक रुपमा द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको १३ महिनापछि सेनाले डिपिआरका लागि परामर्शदाता छनोट गरेको छ।एसियाली विकास बैंकले २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर अहिले सेनाले निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक काम गर्दै आएको छ । सडक निर्माण गर्ने क्रममा आवश्यक पर्ने ९० प्रतिशत जग्गा अधिग्रहण र द्रुतमार्ग क्षेत्रमा पर्ने २० हजारको संख्यमा रुख कटान भइसकेको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PQWFlf via IFTTT
काठमाडौं- चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओबीच मंगलबार भेटवार्ता भएको छ। चिनियाँ क्रान्तिको ऐतिहासिक नगरी येनान हुँदै अर्को सहर नान्जिङ आइपुगेका दाहाललाई प्रमुख ताओले स्वागत गरेका थिए।भेटमा अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले नयाँ बिचार सिजिङपिङ बिचारको विकास गरी चीनलाई नयाँ उचाईमा उठाएकोमा खुसी व्यक्त गरे।आफ्नो दुबै प्रधानमन्त्रीत्वकालमा भएको चीन भ्रमण र ती भ्रमणको क्रममा छलफल र समझदारीलाई स्मरण गर्दै दाहालले ल्हासा–केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्गलाई विशेष जोड दिए। उक्त अवसरमा ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बिषयमा छलफल भएको र आफैंले उक्त प्रस्तावमा समर्थन जनाउँदै हस्ताक्षर गरेको बताए।भेटका अवसरमा विदेश विभाग प्रमुख ताओले चीन र नेपाल अनि चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको सम्बन्ध विकासमा अध्यक्ष दाहालको योगदानको प्रशंसा गर्दै धन्यवाद दिए।दुई सरकार (चिनियाँ सरकार र नेपाल सरकार) र दुई पार्टी (चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी) बीच भएको समझदारी र सम्झौताको शिघ्र कार्यान्वयनका साथै नेपालको आर्थिक समृद्धिका लागि चिनियाँ कम्युनिष्ट पार्टी र सरकार मद्दतको निम्ति तयार रहेको उनको भनाई थियो। विदेश विभाग प्रमुख ताओले भने,“ तातोपानी नाका खोल्न मर्मतको काम भइरहेको छ र चिनियाँ रेल विभागले रेलमार्गका लागि अध्ययन गरिरहेको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QFU3b3 via IFTTT
पशुपतिनगर – इलामको नेपाल–भारत सीमा क्षेत्रका सीमास्तम्भ र सीमा सुरक्षा अवस्थाको बारेमा अध्ययनको काम सम्पन्न भएको छ । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नम्बर १ इलामले नेपाल–भारत सीमा छुट्टयाउने सीमास्तम्भको अध्ययन सकेको हो । इलामको सन्दकपुर गाउँपालिका–४ स्थित सन्दकपुरदेखि रोङ गाउँपालिका–६ स्थित जर्मलेसम्म भारतसँग सीमा जोडिएको छ ।सशस्त्र प्रहरीका निरीक्षक हरि रिमालको नेतृत्वमा खटिएको ३१ प्रहरी टोलीले पहिलो चरणमा सूर्योदय नगरपालिका–१ स्थित मानेभञ्ज्याङदेखि रोङ गाउँपालिका– ६ स्थित जिर्मलेसम्मको सीमा क्षेत्रको निरीक्षण र अध्ययन सम्पन्न गरको हो ।इलामको सदरमुकामबाट भदौ २७ गतेबाट खटिएको सशस्त्र प्रहरीको टोलीले सीमा क्षेत्रको सुरक्षा र सीमा स्तम्भको वस्तुस्थितको अध्ययन गरेर आज इलाम सदरमुकाम फर्किएको सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नम्बर १ इलामका प्रहरी उपरीक्षक (एसपी) विदुर खड्काले बताउनुभयो ।सीमास्तम्भको अध्ययनमा खटिएका सशस्त्र प्रहरी निरीक्षक हरि रिमालका अनुसार नेपाल भारत सीमा क्षेत्रका धेरैजसो सीमा स्तम्भ वरिपरि बाक्लो झाडी फैलिएका कारण भत्किँदै गएको र बाक्लो लेउले ढाकेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PLy7tJ via IFTTT
काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरिने भएको छ ।नेपालको ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पुर्याई उज्यालो नेपाल निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै कार्यकारी निर्देशक घिसिङलाई इमेज च्यानलले सो सम्मान प्रदान गर्न लागेको हो । यसअघि सरकारले गणतन्त्र दिवस–२०७४ को अवसरमा घिसिङलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको थियो । दुई वर्षअघि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले भोगेको विद्युत् कटौती समस्या समाधानमा योगदान पु¥याउनुभएको थियो ।
घिसिङको नेतृत्वमा आर्थिक वर्ष २०७२÷७३ मा रु आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण आव २०७३/७४ मा रु एक अर्ब ५१ करोड खुद नाफा कमाउन सफल भएको थियो ।आव ०७४/७५ मा प्राधिकरणको नाफा रु एक अर्ब एक करोड आर्जन हुने प्रक्षेपण गरिएको छ । सञ्चालन नाफा रु सात अर्ब ८६ करोड रहेको छ । घिसिङकै नेतृत्वमा गत आवमा विद्युत् चुहावट २०.४५ प्रतिशतमा सीमित भएको छ । जुन प्राधिकरणको इतिहासमा सबैभन्दा कम चुहावट हो । जसमध्ये प्रसारण र वितरण प्रणालीमा भएको चुहावट क्रमशः करीब ५.५ प्रतिशत र करीब १४.५ प्रतिशत रहेको छ । चालू आवमा विद्युत् चुहावटलाई १८.५ प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2MHlzSh via IFTTT
काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिप्रति आपत्ति जनाएको छ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले दसैं, तिहारजस्ता चाडपर्वको मुखैमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै आपत्ति जनाएको हो। गएराति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल, मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको छ। नेता सिंहले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर जनतालाई मारमा पार्ने काम मात्रै गरिरहेको दावी गरे।
पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका नेता सिंहले सरकारलाई कामै गर्न नसक्ने फिष्टेको रुपमा चित्रण गरे। कम्युनिष्ट नेतृत्वको २ तिहाईको सरकारले कामै गर्न नजानेको नेता सिंहको दावी छ। नेता सिंहले काँग्रेसले सडकदेखि सदनसम्म जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दावी पनि गरे। सिंहले सर्वोच्च नेता गणेशमान सिंहले देखाएको बाटोबाटै काँग्रेस अघि बढिरहेको पनि बताए। कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगाना, राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे, नेता नविन्द्रराज जोशीलगायतका काँग्रेस नेता, कार्यकर्ताहरुले त्यहाँस्थित गणेशमान सिंहको शालिकमा माल्याअर्पण गरेका थिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2MHKbu8 via IFTTT
जनकपुरधाम । प्रदेश नं २ को सरकारले जानकी मन्दिर सौन्दर्य अभिवृद्धि गर्ने योजना अघि बढाएको छ। मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सो मन्दिरको सौन्दर्य अभिवृद्धि योजना अघि सारिएको हो । पहिलो चरणमा रू सात करोड खर्च लाग्ने योजना बनाइएको छ। मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रकाअनुसार केही दिनभित्रै ठेक्का प्रक्रियामा लाने तयारी भइरहेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xjcgDc via IFTTT
काठमाडौँ । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ।स्व सिंहको २१औँ स्मृति दिवसका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको शालिकमा माल्यार्पण गरिएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशी, सुरेन्द्र पाण्डे, बद्री पाण्डे, काठमाडौँ पार्टी सभापति सबुज बानियाँ, भातृ संस्थाका अध्यक्ष एवं पदाधिकारीको उपस्थिति रहेको थियो । विसं १९७२ कात्तिक २४ गते जन्मनुभएका सिंहको २०५४ असोज २ गते निधन भएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PIAspi via IFTTT
रोल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई प्रहरीले प्रक्राउ गरेको छ । रोल्पा नगरपालिका–१० धवाङको साउनेपानीमा पार्टीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा रहेका सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो ।पार्टीको तीन महिने अभियानअन्तर्गत रोल्पाको धवाङमा सांस्कृतिक कार्यक्रम भइरहेका बेला प्रहरीले सुवेदीलाई पक्राउ गरेको बताइएको छ । कार्यक्रममा अन्य नेता कार्यकर्ताको उपस्थिति रहेपनि सुवेदी मात्रै पक्राउ परेको सुरक्षा स्रोतले जनाएको छ । सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा लागेको सो पार्टीका नेता कार्यकर्ता अहिले सदरमुकाम छाडेर गाउँमै केन्द्रित हुन थालेका छन् । प्रतिनिधिसभा निर्वाचनका क्रममा पनि हिरासत बसेर रिहा भएका सुवेदी पुनः पक्राउ परेका हुन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2pgnrYU via IFTTT
काठमाडौँ, जापानमा रहेका ३६ जना नेपालीले एकैसाथ त्यहाँको सर्वोच्च शिखर फुजी माउन्टेन आरोहण गरेका छन् ।तीन हजार ७७६ मिटर उचाइ रहेको फुजी हिमालको आइतबार उनीहरुले सफलतापूर्वक आरोहण गरेको सो हिमाल जापानको यमानासी प्रिफेक्चरमा अवस्थित छ ।नेपाली समुदायलाई जापानको हिमाल चढाएर त्यहाँको वास्तविकता अनुभव गराउने र दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन यो कार्यक्रम आयोजना गरिएको हो ।आरोहणमा २८ पुरुष र आठ महिला गरी ३६ जना नेपाली तथा दुई जापानी नागरिकको सहभागिता थियो । सहभागी ३८ जनाले नै सफलतापूर्वक फुजी हिमाल आरोहण गरेका हुन् ।
जापानी समयअनुसार शनिबार राति १२ बजेर ३० मिनेटमा आरोहण शुरु भएको थियो । जापान नेपाल सोसाइटीका अर्का निर्देशक शरदकुमार गौचनले कार्यकमको संयोजन गर्नुभएको थियो । उहाँले लामो समयदेखि जापानमा विभिन्न हिमाल आरोहण गर्दै आउनुभएको छ । जापानमा करीब ८५ हजार नेपाली बसोबास गर्दै आएका छन् । ३६ जना नेपालीको समूहले पहिलो पटक जापानको अग्लो फुजी हिमाल आरोहण गरी विश्व रेकर्ड कायम गरेका हुन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PHcOcT via IFTTT
भारतका सेनाध्यक्ष विपिन रावतले नेपाल र भुटान भारतबाट टाढा हुन नसक्ने बताएका छन्। पहिलो विमस्टेक सैन्य अभ्यास ‘माइलेक्स–१८’ समापन पछि सञ्चारकर्मीसँग कुरा गर्दै रावतलेभौगोलिक कारणले उनीहरु भारतसँग ढल्कनै पर्ने बताए।उनले भूगोलको कारणले चीन तर्फ नजिकिन असहज भएको समेत टिप्पणी गरे।नेपाल चीन सम्वन्ध बढ्दै गएको हो भन्ने एक प्रश्नमा उनले भूगोलको कारणाले पनि उनीहरु त्यता जान नसक्ने बताए। रावतले भारतको ‘छिमेक पहिलो’ र पूर्व हेर नीतिले पनि त्यसमा काम गर्ने धारणा राख्दै अरु तत्कालिन मात्रै हुने बताए। भारत ठूलो मुलुक भएको र अग्रसरता देखाउँदा अरुले अनुसरणा गर्ने उनको भनाई छ।विमिस्टेक सैन्य अभ्यासमा भारत, भुटान, म्यानमार, श्रीलंका र बंगलादेश सहभागि भए पनि नेपाल र थाइल्याण्ड अव्जर्भरको रुपमा मात्र सहभागि भएका थिए। भदौ २५ देखि ३१ सम्म भारतको पुनेमा संयुक्त सैन्य अभ्यास भएको थियो।नेपाल सैन्य अभ्यासमा सहभागि नहुँदा भारत असन्तुष्ट भएको चर्चा चलिरहेकै समयमा जनरल रावतको यस्तो भनाई आएको हो।भारतीय रक्षा राज्यमन्त्री सभाष भाम्रेले विमस्टेक सैन्य अभ्यास आतंकवाद नियन्त्रणमा कोसेढुंगा हुने बताए।बताए।उनले भूगोलको कारणले चीन तर्फ नजिकिन असहज भएको समेत टिप्पणी गरे।नेपाल चीन सम्वन्ध बढ्दै गएको हो भन्ने एक प्रश्नमा उनले भूगोलको कारणाले पनि उनीहरु त्यता जान नसक्ने बताए। रावतले भारतको ‘छिमेक पहिलो’ र पूर्व हेर नीतिले पनि त्यसमा काम गर्ने धारणा राख्दै अरु तत्कालिन मात्रै हुने बताए। भारत ठूलो मुलुक भएको र अग्रसरता देखाउँदा अरुले अनुसरणा गर्ने उनको भनाई छ।विमिस्टेक सैन्य अभ्यासमा भारत, भुटान, म्यानमार, श्रीलंका र बंगलादेश सहभागि भए पनि नेपाल र थाइल्याण्ड अव्जर्भरको रुपमा मात्र सहभागि भएका थिए। भदौ २५ देखि ३१ सम्म भारतको पुनेमा संयुक्त सैन्य अभ्यास भएको थियो।नेपाल सैन्य अभ्यासमा सहभागि नहुँदा भारत असन्तुष्ट भएको चर्चा चलिरहेकै समयमा जनरल रावतको यस्तो भनाई आएको हो।भारतीय रक्षा राज्यमन्त्री सभाष भाम्रेले विमस्टेक सैन्य अभ्यास आतंकवाद नियन्त्रणमा कोसेढुंगा हुने बताए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NNjkBt via IFTTT
आज देखि नेपाल र उत्तरी छिमेकी चीनबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ। दक्षिणी पश्चिमी चिनियाँ प्रान्त सिचुवानको राजधानी छेन्दुमा हुने सैन्य अभ्यासमा नेपाली सेनाका महासेनानीको नेतृत्वमा १६ सैनिक सहभागी हुनेछन्। उनीहरू आजनै छेन्दु प्रस्थान गर्ने छ।नेपाली सेनाले चिनियाँ जनमुक्ति सेनासँग संयुक्त अभ्यास गर्न लागेको यो दोस्रो पटक हो। ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करणको अभ्यास १२ दिनसम्म चल्नेछ। नेपाल र चीनबीच २०७४ वैशाखमा पहिलो पटक संयुक्त सैन्य अभ्यास भएको थियो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NOaHXv via IFTTT
काठमाडौं- नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता गोविन्दाले प्रधानमन्त्री कपी ओलीसँग भेट गरेका छन्। ‘एलजी फिल्म अवार्ड २०७५’ मा सहभागी हुन नेपाल आएका उनले सोमबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका हुन्। आजै स्वदेश फर्कने कार्यक्रम रहेका उनले पशुपतिनाथको समेत दर्शन गरेका थिए।उनी छोरीसहित शनिवार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए। विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गोविन्दाले नेपाल साहस र प्रेमको धर्ती भएको बताएका थिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xpcMij via IFTTT
बस व्यवसायीले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम टिकट बिक्री खुला गर्ने भएका छन् ।यातायात ब्यवस्था विभाग र यातायात व्यवसायीबीच आइतबार भएको छलफलमा लामो दुरीमा चल्ने बसको अग्रिम टिकट विक्री असोज ५ देखि खुला गर्ने सहमति भएको हो । यातायात व्यावसायीबीच अग्रिम टिकट विक्री असोज ५ देखि खुला गर्ने सहमति भएको हो ।यातायात व्यावासायीले सवारी भाडा समायोजन र समितिका रोक्का बैंक खाता फुकुवा नगरेसम्म अग्रिम टिकट बुकिङ नगर्ने अडान राखेका थिए । तर छलफलका क्रममा विभागले माग सम्बोधन नगरिदिने भनेपछि अग्रिम टिकट बुकिङ गर्न व्यावसायी सहमत भएका हुन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NhTTIJ via IFTTT
दाङ । प्रहरी कार्यालय दाङले प्रहरीमा भर्ती गराइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौं रकम ठगी गर्ने पूर्वप्रहरी हवल्दारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । दोलखा भिमेश्वर नगरपालिका १ चरिकोट घर भई हाल काठमाडौं बस्दै आएका कालीबहादुर लामालाई पक्राउ गरेको दाङ प्रहरीले पक्राउ गरेको जनाएको छ ।लामालाई सीआईबीको सहयोगमा भदौ २७ गते काठमाडौंबाट पक्राउ गरिएको दाङ प्रहरीले जानकारी दिएको छ । उनले विभिन्न व्यक्तिलाई प्रहरीमा भर्ती गराइदिने भन्दै प्रतिव्यक्ति करिब २ लाख ५० हजार रुपैयाँ ठगी गर्दै आएको खुलेको प्रहरीको भनाई छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2D3c0h4 via IFTTT
नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सात वटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ।प्रहरीले यसअघि विकास क्षेत्रका रूपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयका रूपमा रुपान्तरण गरेको हो भने प्रदेश नं ३ को चितवन र प्रदेश नं ४ को तनहुँमा भने नयाँ कार्यालय स्थापना गरेको हो।मादक पदार्थ सेवन गरेर जथाभावी सवारी चलाउने, क्षमताभन्दा धेरै यात्रु राख्ने, सिटबेल्ट नलगाइ चलाएमा कारबाही गर्ने, तोकिएको सिटमा तोकिएको मान्छे राखे नराखेको हेर्ने, दुर्घटना भए सम्बन्धित ठाउँमा पुगेर घटनाबारे विस्तृत विवरण लिएर दोषीलाई कारबाही गर्नेलगायतका काम ट्राफिक प्रहरीले गर्दै आएको छ। ट्राफिक प्रहरीको मुख्य काम भनेकै सवारी चालकलाई सडक अनुशासनमा हिँड्न सिकाउने हो।संविधानअनुसार निर्माण भएको सङ्घीयतालाई कार्यान्वयन गर्नका लागि नेपाल प्रहरीले सबै प्रदेशमा ट्राफिक कार्यालय स्थापना गरेको हो’, उनले भने। गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयबाट जारी गरेका ८२ बुँदे गृह प्रशासन सुधार योजनामा समावेश ८२ बुँदे प्राथमिकता र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनलाई मजबुद तथा विश्वसनीय बनाउनका लागि जारी गरेका १० बुँदे प्राथमिकताको आधारमा सबै प्रदेशमा ट्राफिक कार्यालय पुर्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।पूर्वक्षेत्रीय ट्राफिक कार्यालय विराटनगर, मध्य क्षेत्रीय ट्राफिक कार्यालय पथलैया, पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवल, मध्यपश्चिम क्षेत्रीय कार्यालय कोहलपुर र सुदूरपश्चिम क्षेत्रीय ट्राफिक कार्यालय धनगढीमा रहेको थियो। हाल देशभर ट्राफिक दरबन्दी दुई हजार ४ सयको हाराहारीमा रहेको छ। जसमध्ये काठमाडौं उपत्यकामा मात्र एक हजार ८५ रहेको छ। काठमाडौं, भक्तपुर र ललितपुरको ट्राफिक व्यवस्थापनको जिम्मा पाएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा उक्त जनशक्ति रहेको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NKBhAR via IFTTT
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामा संघीय संसदमा मागिएको छ । मुख्यमन्त्री गुरुङले केही दिन अघि यौन व्यवसायलाई करको दायरमा ल्याएर खुला गर्नुपर्ने बताएका थिए ।
उनको भनाइप्रति आपत्ति जनाउँदै आइतबार राजपाकी सांसद चन्दा चौधरीले महिलाको अपमान गर्ने अभिव्यक्ति दिएकाले नैतिकताका आधारमा राजीनामा दिन माग गरेकी हुन् ।
संसदको विशेष समयमा चौधरीले भनिन्, ‘मुख्यमन्त्रीको अभिव्यक्तिले सम्पूर्ण नेपाली नारीको अपमान गरेको छ । यो राष्ट्रकै अपमान हो । सीता भृकुटीको देशमा महिलाप्रति संवेदनशीलता प्रकट नगर्नु दुखद् हो ।’
उनले महिला हिंसा रोक्न नसक्ने, बलात्कारीलाई कारबाही गर्न नसक्नेहरुले नै महिलामाथि अपमान गरेको आरोप लगाइन् । ‘महिला सिंह रोक्न नसक्ने रु बलात्कारीलाई कारबाही गर्न नसक्ने अनि महिलालाई वेश्यावृतिमा लगाउनु पर्छ भन्ने रु उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ, चौधरीले भनिन् ।
उनले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्दा सिआईवीको असफल प्रकट भएको बताइन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2OA1BKQ via IFTTT
बेनी । केही वर्ष अगाडि मात्रै बेनीको क्याम्पस चोक र मंगलाघाट क्षेत्रमा भेल बाढीले बजार डुबानमा पारेको थियो । करोडौँको क्षति पु¥याएको बाढीको त्यो घटना बिर्सन नपाउँदै बेनीवासीले फेरि नदी कटानको जोखिम व्यहोर्नु परेको छ। भदौ २७ गते साँझ कालीगण्डकी नदीमा आएको भीषण बाढीले बेनी बजारसँगै गलेश्वरसमेत कटानको जोखिममा पर्यो। धौलागिरि हिमालको आधार शिविर रहेको म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगले क्षेत्रको माथिल्लो भेगमा आएको भीषण वर्षा र पहिराको कारण रघुगंगा नदीमा पछिल्लो चार दशक यताकै ठूलो बाढी आएको थियो। रघुगंगा नदी गलेश्वरमा आएर कालीगण्डकीसँग मिसिएको छ। सदरमुकाम बेनी बजार संरक्षणका लागि कालीगण्डकी नदीको किनारमा बनाइँदै गरेको पक्की पर्खाल बाढीले बगाएपछि बजार जोखिममा परेको छ।
बेनीस्थित जेसीज हलदेखि म्याग्दी उद्योग वाणिज्य संघको भवन पछाडिसम्मको हालै निर्माण गरिएको १०० मिटर भन्दा लामो पक्की पर्खाल कालीगण्डकी नदीले बगाएको छ। त्यसैगरी, रघुगंगा नदीको कटानले बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ मा रहेको गलेश्वर बजारको वारि र पारि दुबैतर्फका बस्तीलाई उच्च जोखिममा पारेको छ। बेनी–जोमसोम सडक खण्डअन्र्तगत गलेश्वरमा रघुगंगा नदीमाथिको बेलिब्रिजसँगै नदी किनारमा रहेका वस्ती नदी कटानको जोखिममा परेको स्थानीयवासी मिम प्रसाद थकालीले बताए।रघुगंगा नदीको मुहान क्षेत्र कुईनेमंगले र मुस्ताङको तल्लो क्षेत्रमा भीषण वर्षा हुँदा नदी कटान बढेको हो ।
बेनी–जोमसोम सडकखण्ड अन्तर्गत तिल्केनी, भुरुङ तातोपानी, लगायतका ठाउँमा सडक नै भत्किएका छन्।रघुगंगा खोलामा आएको बाढीबाट रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको घ्याँसीखर्कस्थित रितुङ माध्यमिक विद्यालयको दुई वटा भवन र एउटा शौचालय बाढीले बगाएपछि पठनपाठन प्रभावित भएको छ । विद्यालय भवन बगाएपछि नियमित पठनपाठन प्रभावित बनेको वडाध्यक्ष गमान छन्त्यालले जानकारी दिए। बाढीले घ्याँसीखर्कमा निर्माणाधीन अवस्थामा रहेको स्वास्थ्य चौकी र तीन वटा झोलुङ्गे पुलमा पनि क्षति पुर्याएको छ । रघुगंगा नदीको कटानले घ्याँसीखर्क र खरिबोट वस्तीलाई समेत उच्च जोखिममा परेको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2MDpRKk via IFTTT
डोल्पा – डोल्पाको मुड्केचुला गाउँपालिका ६ का दन्तबहादुर शाहीलाई घर आगनमै स्थापना भएको ईलाका प्रशासन कार्यालयबाट राहदानीको सिफारिस होला भन्ने लागेको थियो। दुई दिनको पैदल यात्रा हिँडेर कठिनपूर्ण यात्रा गरेर सदरमुकाम दुनै जानुपर्ने बाध्यताबाट छुटकरा पाइने भयो भनेर खुसी थिए उनी।आइतबार जब उनी छोरा सहित राहदानी बनाउन दुई घन्टाको दुरीमा रहेको ईलाका प्रशासन कार्यालय ईलमा पुगे तब राहदानीको सिफारिस त परै जाओस् नागरिकतासम्म पनि नबन्ने भएपछि दन्त बहादुर शाही छाँगाबाट खसे झै भएभौगोलिक हिसाबले विकट र छरिएको मानवबस्ती भएकाले तल्लो डोल्पाका साविकका रिमी, काइगाउँ, सर्मी, नर्कु र कालिका गाविसका जनतालाई राहदानी सिफारिस, नागरिकता उपलब्धको सेवा प्रदान गर्ने उद्देश्यले सरकारले तल्लो डोल्पाको ईल गाउँमा ईलाका प्रशासन कार्यालय स्थापना गरेको थियो।स्थापना भएको लामो समय भइसक्दापनि सहायक प्रमुख जिल्ला अधिकारी नपाउँदा ईलाका प्रशासन कार्यालय ईल डोल्पाले नागरिकलाई दिनुपर्ने अत्यावसकिय सेवा दिन सकेको छैन् । इलाका प्रशासन कार्यालय उद्घाटन भएको २७ महिना बितिसक्दापनि नेपाल सरकारले प्रशासन प्रमुख पठाउन नसक्दा तल्लो डोल्पाका जनता सेवा लिनबाट बन्चित भएका छन्।०७३ असार १ गते डोल्पाका तत्कालिन प्रमुख जिल्ला अधिकारी चेतराज बरालले इलाका प्रशासन कार्यालय ईलको उद्घाटन गरेका थिए। इलाका प्रशासन कार्यालयको उद्घाटनसँगै नायव सुब्बा जर्नादन रिजाललाई निमित्त प्रमुखमा खटाइएको थियो।उद्घाटन भएको २७ महिना बितिसक्दापनि हालसम्म नेपाल सरकारले प्रशासन प्रमुख खटाउन नसक्दा अहिले पनि नायब सुब्बा गोरख बहादुर शाहीले निमित्त प्रमुखको काम गर्दै आएका छन्। इलाका प्रशासन कार्यालयले दिनुपर्ने सेवासुबिधा प्रवाह गर्न अधिकृत खटाइदिनको लागि जिल्ला प्रशासन कार्यालय डोल्पामा बारम्बार आग्रह गरिएको र कुनै सुनुवाई नभएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2pefRhj via IFTTT
काठमाडौं – राष्ट्रियसभाको आइतबारको बैठकमा मौलिक हकसम्बन्धी चार विधेयक प्रस्तुत गरिएको छ। राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७५’, ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, २०७५’ र ‘सामाजिक सुरक्षा विधेयक, २०७५’ प्रस्तुत गरेका हुन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QylZ0m via IFTTT
काठमाडौं – नेपाल वायुसेवा निगमका चार विमान ग्राउन्डेड भएका छन् । तीनवटा ट्विनअटर र एउटा न्यारो बडी विमान ग्राउन्डेड भएका हुन्।भदौ ८ गतेबाट व्यावसायिक उडान थालेको कलसाइन ‘९एन–एएलजेड’ भएको वाइडबडी ‘ए३३०–२००’ सिरिजको विमान पनि शुक्रबारबाट ग्राउन्डेड भएको थियो । कार्गो राख्ने ढोका कुच्चिएर ग्राउन्डेड भएको उक्त विमान भने शनिबार बिहानै मर्मत गरेर नियमित उडान भर्न थालेको छ।ग्राउन्डेड भएका तीनवटा ट्विनअटर विमान निगमले मर्मत गरिरहेको जनाएको छ । आन्तरिक उडान भर्दै आएका तीनवटा ट्विनअटर विमान मर्मत गर्न अझै केही समय लाग्नेछ । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार छोटो धावनमार्ग भएका विमानस्थलमा पनि उडान भर्नेे ट्विनअटर विमानमध्ये ‘९एन–एबिएक्स’ कलसाइनको विमान ४ वर्षअघिदेखि नै ग्राउन्डेड भएका हुन् । कलसाइन ‘९एन–एबियु’ र ‘९एन–एबिटी’ भने दुई महिनाअघिबाट गाउन्डेड भएका हुन्। बाह्य उडान भर्ने न्यारो बडीको ३२०–२०० विमान पनि एक महिनादेखि ग्राउन्डेड छ । मलेसियाबाट नेपाल उडान गरेको निगमको कलसाइन ‘९एन–एकेडब्लु’ विमानको पखेटामा चरा ठोकिएपछि ग्राउन्डेड भएको हो । यसको पनि मर्मत कार्य जारी छ।दसैं र पर्यटकीय सिजन सुरु भएकाले ट्विनअटर विमान पनि सक्दो चाँडो बनाउने कसरतमा निगम छ । ट्विनअटर विमानमार्फत निगमले निजी वायुसेवा कम्पनीले उडान नगर्ने दुर्गम क्षेत्रका गन्तव्यमा उडान गर्दै आएको थियो । काठमाडौं, नेपालगन्ज र विराटनगर विमानस्थललाई केन्द्र बनाएर हिमाली र पहाडी भेगका सोलु, भोजपुर, रुकुम, जुम्ला, ताप्लेजुङ, डोल्पा, जोमसोम, बागलुङ लगायत १८ गन्तव्यमा ट्विनअटरमार्फत उडान गर्छ । तर, ती विमान थन्किएसँगै हिमाली तथा पहाडी भेगका यात्रुलाई मर्का परेको छ।निगमसँग ट्विनअटरबाहेक चारवटा वाई–१२ र दुईवटा एमए–१६ विमान छन् । यी विमानले आन्तरिक उडान भरिरहेका छन्।अन्तर्राष्ट्रिय उडानका लागि चारवटा एअरबस र एउटा बोइङ विमान छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QAS87Q via IFTTT
नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) पार्टीका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई राजधानी काठमाडौँबाट शनिबार उदयपुर प्रहरीमा ल्याइएको छ। काठमाडौंबाट खड्गबहादुरलाई काठमाडौंका प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए। खड्गबहादुरले बम विस्फोटसम्बन्धी गतिविधि गरेका कारण आज म्याद थप गरी विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरी उपरीक्षक राईले बताए। आधा दर्जन सो पार्टीका नेतालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेर विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइसकेको प्रहरीले बताएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2CZyoI4 via IFTTT
कञ्चनपुर । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा लापरबाही गर्ने थप ५ प्रहरी निलम्बनमा परेका छन् । सिआइबीका डिएसपी अंगुर जिसीसहित थप प्रहरीलाई गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको हो ।
सहसचिव हरिप्रसाद मैनाली संयोजकत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा जिसीसहित डिएसपी ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्का र जगदिश भट्ट तथा असई रामसिंह धामीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
पन्तको हत्यामा नक्कली अभियुक्त खडा गरेको पुष्टि भएपछि उनीहरुलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको हो । एसपी डिल्लीराज बिष्ट तीन साताअघि नै निलम्बनमा परिसकेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QsYFBn via IFTTT
काठमाडौँ । सरकारले वातावरणीय रुपमा कम क्षति गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्न लागिएको सो विमानस्थलको प्रक्रिया अगाडि बढेपछि वातावरण विनाश हुने भन्दै हल्ला चलाइएपछि सरकारले वातावरणीय रुपमा कम क्षति हुने गरी मात्रै आयोजना शुरु गर्ने जनाएको हो । सो विमानस्थलको कूल क्षेत्रफल आठ हजार हेक्टर भएपनि विमानस्थलका लागि दुई हजार हेक्टर मात्रै प्रयोग गरिनेछ ।
विमानस्थलको पेरीफेरीमा अत्याधुनिक शहरसहितका संरचना निर्माण गर्न उक्त परिमाणको जमिन आवश्यक पर्दछ । सरकारले अन्तर्राष्ट्रिय स्तरमै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल जस्तै निजगढलाई ‘हब’ बनाउन खोजेको छ । छिमेकका २२ मुलुकको ट्रान्जिट बनाउने गरी तयारी गरिएको छ । वातावरणीय प्रभाव मूल्यांकन सकिएको, निर्माण ढाँचाका विषयमा समेत करिब करिब सहमति हुने अवस्थामा पुगेपछि वातावरण संरक्षणको नाममा अनावश्यक चलखेल सुरु भएको छ।
मन्त्रालयले विमानस्थल निर्माणका लागि कम्पनी छनोटको प्रक्रिया अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचारसमेत गरेको छ। कोरियन कम्पनी एलएमडब्लुले तयार पारेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार ‘एयरपोर्ट सीटी’ सहितको पूर्वाधार बनाउनको लागि ८० वर्गकिलोमिटर अर्थात् आठ हजार हेक्टर जग्गा आवश्यक पर्नेछ । तत्काल विमानस्थलको पेरीफेरीमा शहर बनाउने योजना नभएको मन्त्रालयको भनाइ छ।
सरकारले सो आयोजनाको लागि चार किल्ला तोकेर आठ हजार हेक्टर जग्गा क्षेत्रफल निर्धारण गरेको छ। राजपत्रमा सो सम्बन्धी सूचनासमेत प्रकाशित भइसकेको र जग्गामा विमानस्थलको क्षेत्राधिकार स्थापित भइसकेको छ। वन तथा वातावरण मन्त्रालयले स्थलगत रुपमा नै अध्ययन गरिसकेको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Nhjou5 via IFTTT
लण्डन – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल युरोप भ्रमणमा निस्केका छन्। पौडेलले शनिवार देखी करिब दुई साता लामो युरोप भ्रमण गर्न लागेको युवा जागरण अभियान नेपालका संयोजक चिन्तन पौडेलले जानकारी दिए। पौडेल युरोप स्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिहरुद्धारा आयोजित बिभिन्न अन्तरकृया कार्यक्रममा सहभागी हुने भएका छन्।नेता पौडेल बेल्जियम, लग्जेम्वर्ग, फ्रान्स, पोर्चुगल, स्पेन, स्विजरल्यान्ड, जर्मनी र नेदरल्यान्ड लगायतका देशमा जनसम्पर्क समितिले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्। पौडेलले बेल्जियम स्थित युरोपियन युनियनका उच्चअधिकारी र स्विजरल्यान्ड स्थित सरकारी पदाधिकारीसंग पनि भेटघाट गर्ने कार्यक्रम तय गर्न लागिएको बुझिएको छ। नेता पौडेल २६ सेप्टेम्वरमा नेपाल फर्कने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NdS5As via IFTTT
काठमाडौं – आगामी वर्षदेखि बर्खामा मुलुक बिजुलीमा आत्मनिर्भर हुने भएको छ।आगामी बर्खासम्ममा राष्ट्रिय प्रसारण लाइनमा करिब ६ सय ५० मेगावाट बिजुली थप हुुुने भएकाले मुलुक आत्मनिर्भरको स्थितिमा पुग्ने भएको हो । अहिले बर्खाको समयमा बिजुली नपुगेर करिब तीन सय मेगावाट भारतबाट आयात भइरहेको छ । अर्को बर्खायामसम्म थप ६ सय ५० मेगावाट बिजुली थपिने छ । बर्खासम्म प्राधिकरण मातहतको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी र निजी क्षेत्रका निर्माणाधीन आयोजनाबाट दुई सय मेगावाटभन्दा बढी बिजुली थपिने छ ।अर्को बर्खासम्ममा भारतबाट बिजुली नल्याउँदा पनि स्वदेशकै बिजुलीले पुग्छ । हिउँदमा भने अझै ८–९ वर्ष बिजुली नपुग्ने देखिन्छ । हिउँदमा सन् २०२६÷०२७ सम्ममा मात्र आत्मनिर्भर हुने अनुमान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको भदौ २ गतेसम्मको तथ्यांक अनुसार विभिन्न आयोजनाबाट एक हजार २० मेगावाट बिजुली उत्पादन भइरहेको छ । निजी क्षेत्रका आयोजनाबाट ५ सय १३ मेगावाट र प्राधिकरण मातहतका आयोजनाबाट ५ सय ७ मेगावाट बिजुली उत्पादन हुँदै आएको छ । सरकारले २०४९ देखि निजी क्षेत्रलाई जलविद्युत् आयोजना निर्माणका लागि अनुमति दिन थालेको हो । सरकारले विद्युत् ऐन, २०४९ तथा जलविद्युत्सम्बन्धी अन्य नीति र आवधिक योजना समेतबाट जलविद्युत् उत्पादन तथा वितरणमा निजी क्षेत्र र समुदायलाई संलग्न गराउँदै आएको छ । निजी क्षेत्रका प्रवद्र्धकले साना तथा मझौला खालका आयोजना निर्माण गर्दै आएका छन्।साना तथा मझौला खालका जलविद्युत् आयोजना निर्माण गर्न तीनदेखि पाँच वर्ष लाग्ने गरेको छ । खासगरी, २०६२/०६३ को जनआन्दोलनपछि आयोजना निर्माणले गति लिएको छ । त्यसैको परिणामस्वरुप अहिले थुपैै्र जलविद्युत् आयोजना निर्माण सम्पन्न भएका हुन्।१९६८ मा बेलायतको सहयोगमा नेपालमा पहिलोपटक पाँच सय किलोवाटकोे फर्पिङ जलविद्युत आयोजना निर्माण भएको थियो । त्यसपछि अन्य साना तथा मझौला जलविद्युत् आयोजना निर्माण भए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2MuGcRJ via IFTTT
रोल्पा – सामान्यतया अदालतमा मुद्दा फैसला हुनुअघि नै अभियुक्त पक्राउ पर्नुपर्ने हो। तर दोषी ठहर भएका अभियुक्तहरू पनि पक्राउ नपर्दा अदालतले फैसला गरेका मुद्दा कार्यान्वयन गर्न रोल्पामा समस्या भएको छ।अदालतले कैद भुक्तान गराउन आदेश गरेतापनि अभियुक्तहरू पक्राउ नै नपर्ने भएपछि समाजमा अपराधिक क्रियाकलाप थप मौलाउने भन्दै नागरिक अगुवाले चिन्ता व्यक्त गर्न थालेका छन्। कैद भुक्तान गराउन आदेश गरेका अभियुक्तहरू नै पक्राउ नपर्दा रोल्पा जिल्ला अदालतले फैसला गरेका मुद्दा कार्यान्वयनमा समस्या भएको हो। हालसम्म फैसला भएका २ सय ८२ थान मुद्दामा अभियुक्तबाट ११ सय ७४ वर्ष कैद भुक्तान र ४८ लाख ५८ हजार जरिमाना अशुल गर्न बाँकी रहेको जिल्ला अदालत रोल्पाले जनाएको छ। अदालतले फैसला गरेका मुद्दाहरू कार्यान्वयन नहुने क्रम बढ्दै जाने हो भने नागरिकमा पनि अदालत प्रतिको विश्वसनियतामा कमी आउने देखिन्छ। त्यसैले अदालतको फैसलालाई कार्यान्वयन गराई पीडितलाई न्यायको प्रत्याभूति दिलाउन आवश्यक छ। कतिपय फैसला धेरै पुराना भएकाले प्रहरीलाई फरार अभियुक्तहरू पहिचानको समस्या पनि पर्ने गरेको छ। मुद्धा फैसला हुनु अगावै अभियुक्तहरू फरार भइसकेका हुन्छन्। कोही कोही आफैं आइरहेका छन भने भेटिएकालाई प्रहरीले पनि समाइरहेको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NB8ej9 via IFTTT
काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाह डेढ महिनापछि आज पुन थाइल्याण्ड जाने भएका छन् । थाइल्यान्डबाट उनीहरु श्रीलंका र भारतको आर्थिक राजधानी मुम्बई जाने कार्यक्रम तय भएको छ । दुई साता थाइल्यान्ड बसेर श्रीलंका जाने तयारीमा रहेका पूर्व राजपरिवार थाइल्यान्ड भ्रमणको बस्दोबस्ती मिलाउन बुहारी हिमानी बिहीबार नै त्यहाँ पुगेकी छिन् । हिमानीका निजी सचिव स्मिता सिह, पुर्वराजका सहयोगी हस्तबहादुर मल्ल, केही भान्छे, सुसारे र नानीसहितको टोलीका साथ हिमानी थाइल्यान्ड पुगेकी हुन् । उनीहरूसँगै राजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमल्सिना, वालसखा प्रभु शम्सेर राणा, साला उदय शम्सेर राणा र उहाकी धर्मपत्नी रोशनी राणा पनि जाने छन् ।
स्रोतका अनुसार श्रीलंका र भारतमा उच्च राजनितिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
थाइल्यान्डमा ज्ञानेन्द्र, कोमल ,निजी सचिव सागर तिमल्सिना मात्रै जाने कार्यक्रम रहेको छ । पछिल्लो समय थाइल्यान्डलाई ट्रान्जिट प्वाइन्ट बनाई विभिन्न मुलुकको भ्रमण गर्न थाल्नुभएका पुर्वराजा ज्ञानेन्द्र नेपालबाट भारत लगायतका मुलुक भ्रमण गर्दा बढी हल्लिखल्ली हुने भएपछि थाइल्यान्ड हुदै विभिन्न मुलुकको भ्रमण गर्न थाले । नातिनिद्धय पुर्णिका र किर्तिकालाई भेट गर्न भन्दै थाइल्यान्ड जाने उनले थाइल्यान्ड हुदै विभिन्न मुलुक भ्रमण गर्ने छ । ज्ञानेन्द्र परिवार दशैको फुलपातिको दिन मुम्बइ हुदै नेपाल फर्कने कार्यक्रम छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NEgU8p via IFTTT
अब राष्ट्रपति, प्रधानमन्त्री तथा नेताहरुले विदेशमा गएर गर्ने उपचारको खर्च राज्यले नव्यहोर्ने भएको छ ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य विधेयकमा प्रचलित कानुनमा जे सुकै व्यवस्था भए पनि विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने धारा थपिएकोे हो ।
बिहिवार परिमार्जित विधेयक संसदमा पेश भएको छ । यो विधेयक बिहीबार नै पारित गर्ने तयारी छ । विधेयक संसदबाट पनि पारित भई प्रमाणीकरण भएमा विदेशमा गरिने कुनै पनि उपचारको खर्च सरकारले व्यहोर्न पाउने छैन ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2CVCdy5 via IFTTT
काठमाडौं: अब चीनले पनि ‘नक्कली लुम्बिनी’ बनाउने स्वीकृति नेपाल सरकारबाटै पाएको छ। सेप्टेम्बर ७ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको नेतृत्वमा चीन भ्रमणमा गएको टोलीले उक्त सहमति गरेको छ। सहमति अनुसार लुम्बिनीमा रहेको मायादेवीको मन्दिर र अशोक स्तम्भ चीनको सिन्चुवान प्रान्तको लशानमा बन्ने छ। स्रोतका अनुसार सहमति पत्रमा मायादेवीको मन्दिर र अशोक स्तम्भ बनाउने सहमति भए पनि कति आकार प्रकारको बनाउने भन्ने खुलाइएको छैन। जसले गर्दा चीनले लुम्बिनीको हुबहु नक्कल बनाएर ‘नक्कली लुम्बिनी’ खडा गर्ने चिन्ता उत्पन्न भएको छ।
चीनले मायादेवीको मन्दिर र अशोक स्तम्भ स्थापना गर्न लागेको नजिकै आठौँ शताब्दी निर्माण गरिएको बुद्धको सबभन्दा ठूलो मूर्ति पनि त्यहीँ रहेको छ। सोही स्थानमा भव्य विहार पनि निर्माण गरिएको छ। उक्त स्थानमा बुद्धको मूर्ति हेर्न बर्सेनि चारदेखि पाँच करोड मान्छे जाने गरेका छन्। अब सोही स्थानमा मायादेवीको मन्दिर र अशोक स्तम्भ निर्माण गरिने भएको छ। तर उक्त सहमतिका हस्ताक्षर कर्ता लुम्बिनी विकास कोषका सहअध्यक्ष अवधेशकुमार त्रिपाठीले त्यहाँ आउने पर्यटक नेपाल भित्र्याउन उक्त सहमति गरिएको छ।
हुबहु नबनोस् भनेर थप छलफल गर्न बाँकी छ। त्यहाँ बन्ने मायादेवीको मन्दिरको साइज र स्तम्भवको साइज र प्रिन्सिपलका विषयमा छलफल गरिएको छ। चीनको सिन्चुवान प्रान्तमा सेप्टेम्बर ६ देखि ९ सम्म भएको अन्तर्राष्ट्रिय पर्यटन मेलामा मन्त्री अधिकारीसहितको टोली त्यसतर्फ गएको थियो। उक्त समयमा नेपाल र चीनबीच मुख्य दुईवटा सहमति भएको जनाइएको छ। लुशान नगरपालिका र लुम्बिनी विकास कोषको तर्फबाट सहमति पत्रमा हस्ताक्षर गरिएको छ। तर सहमतिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xjMXjR via IFTTT
काठमाडौं- अब विदेशमा उपचार गर्ने नेताहरुलाई राज्यले उपचार खर्च उपलब्ध नगराउने भएको छ। संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य विधेयकमा विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने दफा राखेर कानूनमै यस्तो बन्देज लगाइएको छ।परिमार्जन सहितको विधेयक आज संसदमा पेश भएको छ। यस अघि विधेयकमा यस्तो नभए व्यवस्था नभए पनि थप गरिएको हो। नेपाली कांग्रेसका सांसद गगन थापाले विदेशमा उपचार गराउनेलाई खर्च दिन नहुने भन्दै संशोधन हालेका थिए।विदेशमा उपचार गराउने नेताहरुको लागि राज्यले करोडौं खर्च गर्दै आइरहेको अवस्थामा यस प्रकारको नयाँ विधेयक आउन लागेको हो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2MtYzWK via IFTTT
काठमाडौं- कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथी प्रहरी प्रधान कार्यालयले छानविन गर्ने भएको छ।उक्त घटनाको अनुसन्धान गरेका कञ्चनपुरका तत्कालिन डिएसपी ज्ञानकुमार सेठी, मुद्दा शाखाका एकेन्द्र खड्का र केन्द्रीय अनुसन्धान व्यूरोका डिएसपी अंगुर जोशी लगायतको अनुसन्धान प्रक्रिया र गतिविधिबारे छानविन गर्न एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो।घटनाको विषयमा भएका अनुसन्धान र त्यसमा संलग्न अधिकारीहरुको गतिविधिबारे समितिले छानविन गर्ने प्रहरी प्रवक्ता शैलेस थापाले बताए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NCQ6oS via IFTTT
काठमाडौंमा मोनो रेल बनाउन १ खर्ब १६ अर्ब रूपैयाँ लाग्ने भएको छ। मोनोरेलको सम्भाव्यता अध्ययन गरेको चिनियाँ कम्पनी सिआरसिसीको प्रतिवदेनअनुसार काठमाडौं र ललितपुरमा पर्ने २७ किलोमिटर लामो चक्रपथमा चल्ने मोनो रेल ३ वर्षमा बनाउन सकिन्छ।तीन महिनाअघि सम्भाव्यता अध्ययन थालेको सिआरसिसीले बिहीबार प्रतिवेदन काठमाडौं र ललितपुर महानगरपालिकालाई बुझाएको हो।सिआरसिसीलाई सम्भाव्यता अध्ययन गर्न ६ महिनाको समय दिइएको थियो। उसले तीन महिनामै सम्भाव्यता सकेको हो।सिआरसिसीले प्रतिवेदनमा आफू नै डिपिआरका लागि इच्छुक भएको उल्लेख गरेको छ। उसले ६ महिनामा डिपिआर सकिने पनि प्रतिवेदनमा उल्लेख गरेको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NcypNt via IFTTT
दाङ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई दाङबाट काठमाडौं लगिएको छ।प्रकाण्डलाई आज विहान दाङबाट नेपालगन्ज हुँदै विमानबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले ४८ घण्टाभित्र काठमाडौं झिकाउन पत्र काटेपछि उनलाई काठमाडौं पठाइएको प्रहरीले जनाएकाे छ।प्रकाण्डको डायरीमा तुलसीपुर घटनाको बारेमा उल्लेख गरेको भेटिएपछि शुक्रबार अनुसन्धानका लागि दाङ ल्याइएको थियो। उनीमाथि अनुसन्धानका लागि जिल्ला अदालत दाङले ८ दिनको समय तोकेकोमा उक्त समय नसकिँदै सार्वोच्चले उनलाई काठमाडौं झिकाउन पत्र काटेको हो। उनलाई काठमाडौं लगिए पनि दाङको मुद्दामा अनुसन्धान जारी नै रहने प्रहरीले जनाएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Na1g55 via IFTTT
काठमाडौं । सरकारले आगामी असोज १२ गतेदेखि काठमाडौं उपत्यकासहित देशका मुख्य शहर तथा जिल्ला सदरमुकामहरुमा सुपथ मूल्यको पसल सञ्चालन गर्दैछ । दशैं तिहार र छठ पर्वलाई ध्यानमा राखेर देशभर ४७ वटा सुपथ मूल्यका पसल खुल्नेछन् । यसरी खुल्ने पसल कात्तिक २७ गतेसम्म चल्नेछन् । यी पसलमा मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ, चिनीमा ५, बास्मतीमा १०, खसीबोका च्यांग्रामा १०, नुनमा २, डिडिसी घ्युमा ५० र पनिरमा प्रतिकिलो १० रुपैयाा छुट दिने निर्णय भएको छ । खाद्य संस्थानले सिंहदरबारमा एकीकृत र ७ प्रदेशमा थप ११ वटा सुपथ मूल्यका पसल खोल्नेछ । यस्तै साल्ट ट्रेडिङले काठमाडौंमा ९ वटा आफ्नै डिपोहरुमा पसल चलाउनेछ भने उपत्यकाबाहिर २२ वटा डिपो र घुम्ती पसल गरेर ३६ वटा सुपथ मूल्यका पसल चलाउने योजना तयार भएको छ । उपत्यकामा ३ वटा मोवाइल भ्यानबाट पनि घर दैलोमा सामान पुर्याउने व्यवस्था गरिएको छ ।
त्यसैगरी उपत्यकाबाहिर कृष्णनगर, सुर्खेत, नेपालगंज, टिकापुर, धनगढी, महेन्द्रनगर, दिपायल, डडेल्धुरा, बेलौरी, त्रिशुली, बैतडी, हटौंडा, पोखरा, अछाम, बाजुरा, बझाङ, विर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगञ्ज, बाग्लुंग, भैरहवा लगायत स्थानमा सुपथ मूल्यका पसल सञ्चालन आउने छन् । यस्ता पसलमा सरकारी संस्थानले खाद्यान्न तथा उपभोग्य समानमा विभिन्न छुटहरु दिनेछन् । दाल, चामल, चिनी, मैदा, सुजी, दाल र सोयाविन तेलमा छुट दिइने छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NGjri4 via IFTTT
काठमाडौं- संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा अस्वीकृत गरेका दीपकराज जोशी काममा फर्केपछि उनको पेसी तोकिएको छ। प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रले सपथ लिएसँगै जोशी सोमबार अदालतमा हाँजिर भएका थिए।जोशीको इजलासमा तीन वटा पेसी तोकिएका छन्। संसदीय सुनुवाई विशेष समितिले १८ साउन मा उनलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेको थियो। त्यसपछि उनले राजीनामा दिने चर्चा चले पनि मिश्र प्रधानन्यायाधीश भए लगत्तै सर्वोच्च फर्केका थिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2x7XL4k via IFTTT
काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको विशेष अभियानअन्तर्गत ३३७ ट्याक्सी कारबाहीमा परेका छन्। भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो। महाशाखाले यही भदौ २१ गतेदेखि उक्त अभियान सञ्चालन गर्दै आएकोे छ। भदौ २१ मा ७१, २२ मा ६१, २३ मा ५१, २४ मा ४०, २५ मा ४१, २६ मा ४९ र २७ मा २४ ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरिएको थियो। महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सी चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए।महाशाखाले विशेष अभियान सञ्चालनका लागि ५० ट्राफिक प्रहरी खटाएको छ। नियन्त्रणमा लिएका ट्याक्सीलाई यातायात व्यवस्था विभागद्वारा प्रत्यायोजित अधिकार अन्तर्गत ३ हजारसम्म जरिवाना गरिएको महाशाखाले जनाएको छ। यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा १० हजार ६४५ ट्याक्सी सञ्चालन हुन्छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2MtBVxI via IFTTT
रसुवा – तीन दिनदेखि अवरुद्ध रहेको धुन्चे स्याफ्रु सडक खण्ड आज विहानदेखि सुचारु भएको छ। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने यो सडक पहिरोका कारण सोमबार साँझदेखि अवरुद्ध बनेको थियो। एक साताअघि पहिरो पन्छाएर सुचारु गरेको खोपाङभीरको सडकमा पुनः पहिरो खसेपछि सवारी आवतजावत ठप्प बनेको थियो।धुन्चेदेखि रसुवागढीसम्मको ३० किलोमिटर सडक क्षेत्रको तीन स्थानमा बाढी र पहिरोको कारण पटक पटक सडक बन्द हुँदै आएको छ। सडक सुचारु भएसँगै तीन दिनदेखि रोकिएका सवारी साधन गन्तव्य स्थानतर्फ लागेका छन्। सडक अवरुद्ध हुने क्रम बढेपछि सामग्री ढुवानीको लागि भाडामा समेत वृद्धि भएको छ। केरुङदेखि काठमाडौँसम्म सामग्री ढुवानी गर्दा यसअघि एक लाख २० हजार लाग्दै आएकोमा अहिले भाडा बढेर एक लाख ६० हजारसम्म पुगेको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2x9QD7n via IFTTT
सुर्खेत – भेरीगंगा नगरपालिका १ का स्थानीयहरु सदरमुकाम वीरेन्द्रनगर आउँदा भेरी नदीमा जोखिमपूर्ण यात्रा गर्छन्। वर्खाको भेलमा पनि ट्यूव मार्फत भेरी वारपार गर्नुपर्ने बाध्यता यहाँका नागरिकसँग छ। भेरी नदी पार गर्ने क्रममा २०५४ सालयता १४ जनाले ज्यान गुमाइसकेका छन्।भेरीगंगा नगरपालिका अन्तर्गतका आदी, बसेरा, सालघारी, बारुले, घुमाउने, सिसौ, ढाप, सुनकाउली, मनिरामकाँडा लगायत गाउँका २२ सय भन्दा बढी घरधूरीका स्थानीयहरु पुलको अभावमा ट्यूव मार्फत भेरीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। यहाँका स्थानीयहरुलाई सदरमुकाम आउन छोटो मार्ग नै ट्यूव हो।नजिकमा झोलुङ्गे पुल नहुँदा ट्यूवमार्फत भेरी वारपार गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। अघिल्लो वर्ष ट्यूव मार्फत भेरीको उर्लदो भेल पार गर्ने क्रममा बसेरीका कल्पना राना र नरबहादुर बुढामगरले ज्यान गुमाए। स्थानीय २२ सय घरधूरीका अगुवाहरु झोलुङ्गे पुल माग्दै स्थानीय तहदेखि संघीय सरकारसम्म पुगे तर उनीहरुको माग अहिलेसम्म पूरा हुन सकेको छैन्। भेरीगंगा नगरपालिका १ र वीरेन्द्रनगर नगरपालिका ९ जोड्ने पुल नहुँदा ट्यूवको सहारा लिनुपर्ने बाध्यता छ। २१ वर्षको अवधिमा १४ जनाले भेरी तर्ने क्रममै ज्यान गुमाइसकेका छन् । २०५४ सालमा ट्यूव पल्टिएर उर्मिला शर्माले ज्यान गुमाइन् भने २०५५ सालमा ललिराम जैशीको ज्यान गयो। २०५६ सालमा नरेन्द्र शर्मा, अमृता घर्ती, २०५७ सालमा कृपाराम जैशी, २०५८ मा दिनेश रावत, २०५९ मा रामबहादुर थापा, २०६९ मा भोजबहादुर राना, हरिबहादुर कार्की, २०७२ मा बलबहादुर रामजाली, २०७३ मा हरिबहादुर थापा, बैकुण्ठ थापा र २०७४ मा कल्पना रानाका साथै नरबहादुर बुढामगरले ज्यान गुमाएका छन्। पुल नहुँदा हरेक वर्ष भेरीमा ज्यान गुमाउनु पर्ने बाध्यता त छँदैछ, त्यसमाथि यहाँका उत्पादनको समेत बजारिकण हुन सकेको छैन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Nzw7aO via IFTTT
काठमाडौँ – तीज पर्वका दिन मध्याह्न १२ बजेसम्म तीन लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजा गरेका छन् ।बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खोली भक्तजन प्रवेश गराइएको थियो । महिलाले पशुपति क्षेत्रमा तीजका गीत गाई नृत्य प्रस्तुत गरिरहेका छन् । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिलाको पशुपति परिसरमा भीड छ । उपत्यकाको गोकर्णेश्वर, डोलेश्वरलगायत शिवालय, उपत्यकाबाहिर धनेश्वर, कुशेश्वर, हलेसीलगायत शिव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो छ ।
भक्तजन सक्नेले निराहार, नसक्नेले जलाहार र फलाहार गरी व्रत बस्ने परम्परा छ । कति भक्तजनले आजै हरितालिकाको पूजा लगाउँछन् । पूजा नलगाउनेले भाद्र शुक्ल चौँथीका दिन बिहान गोदान र पूर्णपात्र गरेपछि व्रत समापन हुन्छ । विवाहित नारीले पारिवारिक कल्याण एवं सुख शान्ति, अविवाहितले सुयोग्य वरको कामना गरी व्रत बस्ने परम्परा सत्य युगदेखि नै चली आएको धार्मिक विश्वास छ । यो व्रत सर्वप्रथम हिमालय पुत्री पार्वतीले गरी महादेव स्वामी पाएको पौराणिक कथन छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2OcsWmp via IFTTT
चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको सबै पहिरो पन्छाएसँगै ३४ घण्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको छ। सो स्थानमा मंगलबार बिहान १ः३० बजे पहिरो खसेको थियो । दिनभरको प्रयासपछि साँझ ६ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो। आज बिहान ११ः४५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यससँगै १७ किलो, गाईघाट, घुमाउने, नौ किलोलगायत ठाउँमा पनि पहिरो खसेको थियो। ती ठाउँको पहिरो मंगलबार नै सफा गरिएको थियो। नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार लामो समयसम्म सवारी रोकिएपछि एकतर्फी सञ्चालन गरेर सवारी साधन कटाइएको थियो। खनालका अनुसार चार किलोमा एक सय मिटर माथिबाट ठूला ढुङ्गासहितको पहिरो झरेको हो। सो ठाउँमा एक सय मिटर सडक पहिरोले ढाकेको थियो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QmLcLl via IFTTT
रसुवा – रसुवामा उमेर बढाएर नागरिकता बनाउनेको सङ्ख्यामा वृद्धि भएको छ। वैदेशिक रोजगारमा जानका लागि उमेर बढाएर नागरिकता बनाउने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय रसुवाले कडाइ गरेको छ। जिल्लाको विभिन्न स्थानीय तहबाट उमेर बढाएर नागरिकता सिफारिस भएको भन्दै कार्यालयले पाँचवटै गाउँपालिकालाई उमेर एकिन गरेर मात्रै सिफारिस गर्न पत्र काटेको छ। उमेर नपुगी नागरिकता निर्माण गर्दा नाबालकले समेत नागरिकता प्राप्त गर्ने र यसैबाट राहदानी बन्ने जोखिम बढेको छ। कार्यालयले साउन महिनामा २ सय ५२ वटा नागरिकता वितरण गरेको छ । जसमा नयाँ नागरिकता ७७ र प्रतिलिपि नागरिकता १ सय ७५ वटा नागरिकता निर्माण गरिएको कार्यालयले जनाएको छ। नेपाल नागरिकता ऐन २०६३ (संसोधन) को दफा २१ को (३) वमोजिम ‘कसैले नेपाली नागरिकको झुठो विवरण वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाइ प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बिस हजारदेखि एक लाख रुपयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था गरिएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2N5WpC7 via IFTTT
काठमाडौँ । गृह मन्त्रालयले रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० बढुवाका लागि तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) को नाम सिफारिस गरेको छ।
मंगलबार राति बसेको बढुवा समितिको बैठकले प्रहरी नायब महानिरीक्षकत्रय पुष्कर कार्की, ठूले राई र धीरु बस्नेतलाई सिफारिस गरेको हो। पाँच महिनासम्म रोकिएको एआइजी बढुवाको गाँठो गृहले बल्ल फुकाएको हो।
बढुवाको रोलक्रमअनुसार डिआइजी कार्की पहिलो नम्बरमा सिफारिस भएका छन्। कार्की राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए। तेस्रो नम्बरका डिआइजी राई दोस्रो नम्बरमा सिफारिस भएका छन्। उनी लागुऔषध नियन्त्रण ब्युरोमा थिए।
बढुवामा परेका सबै वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका ब्याची हुन्। खनाल गत चैतमा महानिरीक्षक नियुक्त भएका थिए। खनाल नियुक्त भएपछि दोस्रो वरियताका रमेश खरेलले राजीनामा दिएका थिए।
प्रहरी नियमावली २०७१ को नियम २७ को १ (क) अनुसार एआइजी बढुवा समितिम गृहसचिव अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2p1FBgM via IFTTT
काठमाडौं–अर्थमन्त्री डा. युवराज खतिवडाले सवारीसाधनको आयातलाई कम गराउँदै लैजान व्यवसायीलाई सुझाव दिएका छन्। राजधानीको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटो शाे २०१८ को उद्घाटन गर्दै खतिवडाले सर्वसाधारणलाई पनि ऋण लिएर सवारी साधन खरिद नगर्न आग्रह गरेका थिए।तयारी सवारी साधनको आयातमा जोड दिँदा राष्ट्रिय अर्थतन्त्रमा दिर्घकालमा नकारात्मक असर पर्ने भन्दै त्यस्को विकल्पमा सवारीसाधनको एसेम्बल्ड उद्योग स्थापनामा अग्रसर हुन अटो व्यवसायीलाई आग्रह गरेका हुन्।
खतिवडाले एसेम्बल्ड उद्योग खोल्न चाहे लगानीकर्तालाई आवश्यक सहुलियत दिन सरकार तयार रहेको प्रतिवद्दता जनाएका थिए।एसेम्बल्ड गरेर गाडी बनाउँदा राज्यभित्र रोजगारी सिर्जना हुन्छ र अर्थतन्त्र पनि दिगो हुन्छ । छ दिनसम्म चल्ने नाडा अटो सोमा १ सय ३४ स्टल राखिएका छन्। मेलाको करिब ६० हजार जनाले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2O8AIxq via IFTTT
काठमाडौँ- प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बसेका न्यायाधीश दीपकराज जोशी आजबाट सर्वोच्च अदालतमा काममा फर्केका छन्।जोशीको संसदीय सुनुवाइ समितिले गत साउन १८ गते प्रस्तावित प्रधानन्यायाधीशका लागि सुनुवाइ गरेको थियो। सुनुवाइपछि जोशी बिदामा बसेका थिए। सोमबार साँझ नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्नका लागि न्यायाधीश जोशी सर्वोच्च अदालत आएका थिए।न्यायाधीश जोशी आजदेखि सर्वोच्च अदालतमा काममा फर्केको सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले जानकारी दिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2CJitgW via IFTTT
काठमाडौं– ओमनको एयरलाईन्स कम्पनी सलाम एयरले मंगलबारदेखि ओमन–नेपाल उडान सुरु गरेको छ। सलामको एयरबस ३२० विमान १३७ यात्रुसहित आज विहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। उक्त विमानले मंगलबारबाट मस्कट–काठमाडौँ उडान सुरू गरेको हो। सलाम एयरको नेपालका लागि जीएसए (जनरल सेल्स एजेन्ट) आईएमई ग्रुपले लिएको छ। कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले विमान क्याप्टेन, को क्याप्टेनलाई स्वागत गरेका थिए। ओमनको सलाम एयरले काठमाडौँमा उडान थालेसँगै नेपालमा उडान गर्ने अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरुको संख्या ३२ पुगेको छ।सातामा ७ उडानको अनुमति पाए पनि आजदेखि यो एयरले सातामा ४ वटा उडान सुरु गरेको हो।नेपाली समयअनुसार जहाज विहान ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2x1fjjg via IFTTT
वीरगन्ज – भारतीय बन्दरगाह भएर तेस्रो मुलुकबाट आउने नेपाली मालबाहक कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम (इसिटिएस) लागू भएको छ।यो प्रणाली लागु भएपछि नेपाली आयातकर्ताले विशाखापटनम् बन्दरगाहमा भन्सार ‘क्लियरेन्स’को औपचारिकता लगायत विषयबाट छुटकारा पाएका छन् । नेपालका लागि तेस्रो मुलुकबाट सामान ल्याउँदा भारतीय बन्दरगाहमा अब भन्सार प्रक्रिया पूरा नगरी सिधै आयात हुने भएको हो।भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्नम बन्दरगाहमा तेस्रो मुलुकबाट नेपालका लागि आएका र त्यहाँबाट यही प्रणाली (इसिटिएस) जडान गरी भदौ १२ मा हिँडेको कन्टेनर सोमबार वीरगन्ज आइपुगेको छ।वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह (इनल्यान्ड कन्टेनर डिपो–आइसिडी) मा उक्त कन्टेनर बोकेको -याक आइपुगेपछि यसलाई सरोकारवालाले तेस्रो मुलुकसँगको नेपाली व्यापारका लागि ऐतिहासिक कदम भनेका छन्।६१ वटा कन्टेनरसहितको ¥याक सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको हो । यो प्रणाली लागू भएपछि अब आयातकर्ताले बन्दरगाहमा कुनै पनि कागजात पेस गर्नु पर्दैन ।भारतको कोलकाता बन्दरगाहको विकल्प खोज्दै २ वर्ष अघि विशाखापटनम् बन्दरगाहबाट नेपाली कार्गोको आयात सुरु भएको थियो। अहिलेसम्म आयातकर्ताले आयातसम्बन्धी कागजात दिल्लीस्थित नेपाली दूतावासमार्फत पठाउँदै आएका थिए । आयातकर्ताका अनुसार नेपाली दूतावास दिल्लीमा डेढ महिनासम्म कागजात अड्किन्थ्यो । यसले गर्दा सजिलो र कम खर्चिलो हुने भनिएको वैकल्पिक बन्दरगाह विशाखापट्नमबाट व्यापार सुस्त हुन पुगेको थियो । अब इसिटिएस लागू भएपछि सो भारतीय बन्दरगाहमा हुने भन्सारसम्बन्धी प्रक्रिया हटेको वाणिज्य मन्त्रालयले जनाएको छ।तेस्रो मुलुकबाट आएको कन्टेनरमा यस प्रणाली अन्तर्गत भारतीय भन्सारले इलेक्ट्रोनिक सिल लगाएपछि बन्दरगाहबाट कन्टेनर सोझै वीरगन्जस्थित सुक्खा बन्दरगाहमा ल्याउन मिलेको छ । कम्प्युटरको माध्यमले सम्पूर्ण विवरण समावेश गरिएको सिल सिमावर्ती रक्सौलस्थित भारतीय भन्सारले चेकजाँच गरेमात्र पुग्छ । यसले गर्दा आयातकर्तालाई बन्दरगाहमा कस्टम हाउस एजेन्ट (सिएचए)को आवश्यक्ता पर्दैन । त्यस्तै सिपिङ कम्पनीको मनोमानी नचल्ने भएको छ । भन्सार क्लियरेन्सको नाममा खर्च हुने पैसा र समय जोगिने भएको छ । सिपिङ कम्पनीले विभिन्न शीर्षकमा असुल्ने अनावश्यक शुल्कबाट पनि छुटकारा मिलेको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2O7jDE9 via IFTTT
काठमाडौं- मालपोत कार्यालय चाबहिलका तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। बुढानिलकण्ठको ४० आना जग्गा किर्ते गरेर पास गरेको प्रकरणमा प्रहरीले मालपोत अधिकृत खगेन्द्र अर्याल, नासु रन्जनकुमार खरेल र जमुना कुमारी श्रेष्ठलाई पक्राउ गरेको हो। प्रहरीले जमिनको श्रेस्ताको जिम्मा राख्ने, श्रेस्ता तयार पार्ने र रुजु गर्ने कार्यमा संलग्न कर्मचारीलाई पक्राउ गरेको हो।नक्कली जग्गाधनी बनेर मालपोतको ढड्डामा समेत दोस्रो व्याक्तिको फोटो टाँस गरेको अनुसन्धानको क्रममा पाइएको थियो।कायस्थको नक्कली लालपुर्जा, नक्कली नागरिकता, नक्लली वारेस नामसहितको नक्कली जग्गाधनी खडा गरेर जमिन किनबेच भएको थियो। मालपोतका कर्मचारीसँग मिलेमतो गरेर कार्यालयको श्रेस्तानै फेरबदल गरिएको थियो। नक्कली लालपुर्जा बनाएर काठमाडौं जिल्ला अदालतबाट नक्कली चन्दन कृष्ण कायस्थको वारीस समेत बनाएर कृष्ण देवकोटा लगायतलाई बेचेको अनुसन्धानमा देखिएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2oYOyra via IFTTT
पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर गरिएको छ। पोखरा महानगरपालिका नाम रहने गरी लेखनाथ शब्द हटाइएको सूचना सोमबारको राजपत्रमा प्रकाशित गरिएको छ।नेपाल राजपत्रको भाग ५ मा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचनामा पोखरा लेखनाथ महानगरपालिकाको नाम पोखरा मात्र कायम गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ३ बमोजिम महानगरपालिकाको नाफ हेरफेर गरिएको मन्त्रालयका सचिव दिनेश थपलियाले जानकारी दिए। उक्त उपदफामा गाउँपालिका, नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्नुपरेमा सम्बन्धित सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउनुपर्ने उल्लेख छ।सङ्घीय सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको सिफारिश पारित गरी राजपत्रमा प्रकाशित भएपछि फेरिएको केन्द्र वा नाम कार्यान्वयन हुने संवैधानिक व्यवस्था छ। पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउने प्रस्ताव नगरसभाले गएको असार १२ गते सर्वसम्मत पारित गरेको थियो। गएको साउनको पहिलो शुक्रबार बसेको कार्यपालिकाको बैठकले उक्त प्रस्ताव प्रदेश सरकारलाई पठाउने निर्णय गरेको थियो।प्रदेश सरकारले सिफारिश गरेपछि २०७४ साउन २३ गते सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठकले नाम हेरफेर गर्ने निर्णय गरेको हो। राज्य पुनःसंरचना आयोगले २०७३ फागुन २३ गते पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका तथा केही साविकका गाविस मिसाएर पोखरा लेखनाथ महानगरपालिका नामाकरण गरेको थियो। वि.सं. २०५२ माघ २० गते पोखरा उपमहानगरपालिका तथा २०१६ सालमा पोखरा नगरपालिका घोषणा गरिएको थियो भने २०७१ साल मङ्सिर १६ गते उपमहानगरपालिका विस्तार गरी केही गाविस थपेर २९ वडा पु-याइएको थियो। तत्कालीन लेखनाथ नगरपालिकामा पनि भरतपोखरी गाविस थपेर १८ वडा बनाइएको थियो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2N3R91G via IFTTT
काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा मिश्रले सोमवारदेखि २८औँ प्रधानन्यायाधीशका रुपमा सपथ ग्रहण गरेका हुन्। कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश, सरकारका सचिव तथा उच्चपदस्थ कर्मचारीको उपस्थिति रहेको थियो। संवैधानिक परिषदको सिफारिसमा मिश्रको नाम आजै संसदीय सुनुवाइ समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2oTPugK via IFTTT
काठमाडौँ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले प्रतिवादीहरूलाई सफाइ दिएसँगै छविलाल पौडेल आज डिल्लीबजार कारागारबाट रिहा भएका छन्। जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आइतबार अधिकारी हत्यासम्बन्धी मुद्दाका प्रतिवादीलाई सफाइ दिनुका साथै पौडेललाई पनि रिहा गर्नू भनी निर्देशन दिएको थियो। कृष्णप्रसादको विसं २०६१ जेठ २४ मा हत्या भएको थियो। प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमङ्गलामा हजुरबुबा भेट्न आएका समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो। उक्त अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतमा समेत निवेदन पुगेपछि छविलाललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो। सोही आदेशानुसार गत असार २४ गते उनी सर्वोच्च अदालतसमक्ष हाजिर भएका डिल्लीबजार कारागार चलान गरेको थियो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2oXcafP via IFTTT
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आह्वान गरेको टेन्डरमा जिआइइटिसी–रमन जेभीले सबभन्दा कम ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा बनाउन कबुलेको छ। कसैबाट विरोध नआए १५ दिनभित्र सम्झौता हुने प्राधिकरणले जनाएको छ। कम्पनीले ठेक्का सम्झौता भएको दुई वर्षभित्र निर्माण सक्नुपर्नेछ। यो कम्पनीले विगतमा पशुपति वृद्धाश्रम र जनकपुरमा केही भवन बनाएको छ। भुइँचालोमा ढलेको पुरानै धरहरा जिर्णोद्धार गर्न लागेको होइन। त्यति बेलाको नौतले धरहरा एक तलाको ठूटो मात्र बचेको छ। बचेको भाग ‘भुइँचालो स्मारक’ का रूपमा जस्ताको तस्तै राखिनेछ। यसको सुरक्षा निम्ति ‘टेम्पर्ड ग्लास’ ले छोपिने प्राधिकरणले जनाएको छ।
पुरानोको आडैमा बन्ने नयाँ धरहरा २२ तलाको हुनेछ। यसअघि परम्परागत विधिबाट बनेको थियो। सुर्खीचुना प्रयोग गरिएको थियो। धरहरा एेतिहासिक सम्पदा भए पनि यसको पुनर्निर्माण बहुपयोगी आधुनिक भवनका रूपमा हुँदैछ। यहाँ तीनतले सवारी पार्किङ स्थल निर्माण गरिनेछ। सुन्धारा, न्यूरोड, रत्नपार्क क्षेत्रमा आउने गाडी यहाँ सशुल्क पार्किङ गर्न सकिनेछ। न्यूरोड क्षेत्रको पार्किङ समस्या हल गर्न यो सुविधा थप्न लागिएको छ। आधुनिक ढंगले पुनर्निर्माण गर्न जमिन अपुग भएपछि सरकारले गोश्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन एकीकृत रुपमा विकास गर्ने गरी लिइसकेको छ। यसले धरहरा क्षेत्रफल विस्तार भएको छ। ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2wZAPUW via IFTTT
रसुवा – तीज नजिकिँदै जाँदा नेपाल ल्याउने तयारीमा रहेका सामग्री भने चीनको केरूङमा नै थन्किएका छन् ।एक महिनासम्म सवारी सञ्चालन नहुँदा केरुङमा सवारी गएका थिएनन् । दैनिक चार–पाचवटा खाली गाडी त्यहाँ गइरहेका छन् । खाली गाडी नपाएपछि भाडादर समेत वृद्धि भएको छ । यो भन्दा पहिले चालकलाई १० हजार खर्चसहित एक लाख १० हजार भाडा दिने गरिएको थियो। अहिले एक लाख ६० हजारसम्म पर्न थालेको छ।तीजका लागि सिन्दुर, पोते, चुरा, काटा, मेकअप सामग्री चीनबाट आयात हुने गरेको छ । तीज सामग्री आयात भएपछि दसैं र तिहार सामग्री आयात हुनेछ । दसैंका लागि भेंडा च्यांग्रासमेत यो नाका हुँदै भित्रने गरेको छ । सामग्री लोड गर्नका लागि कामदार त्यहाँ पुगिसकेका छन् । वान डे पासको व्यवस्था नहुँदा केरुङमा रसुवाका नागरिक मात्र जान पाउँछन् । अन्य जिल्लाका व्यापारी, व्यवसायी तथा सवारी चालक रसुवागढी नाकासम्म पुगेर फर्कन्छन्।
सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि २०७१ मंसिरदेखि नियमति रुपमा सामग्री आयात तथा निर्यात हुँदै आएको छ । एक महिनासम्म आयात ठप्प भएको नाकामा अहिले सवारी, व्यापारी तथा व्यवसायीको चाप बढेको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QiZ1Kz via IFTTT
काठमाडौँ । लक्ष्यविपरीत काम गर्ने दुई हजार २६५ प्रहरीलाई कारवाही गरेको छ। कारवाही परेकामध्ये २७२ नोकरीबाट हटाइएको, आठ जनालाई बर्खास्त गरेको, एक हजार २२७ लाई नसिहत दिइएको, १८९ को ग्रेड रोक्कास गरिएको छ। त्यस्तै १५ लाई प्रतिकूल राय लिएको, ३४ को ग्रेड घटुवा, ९१ को पदोन्नति रोक्का, १० को पद घटुवा, २१७ तल्लो टाइमस्केलमा घटुवा र २०२ जनालाई निलम्बन गरेको छ। कारवाही परेकामा प्रहरी कार्यालय सहयोगी २९, प्रहरी जवान एक हजार ५७३, प्रहरी हबल्दार ४००, प्रहरी सहायक निरीक्षक १४४, प्रहरी नायब निरीक्षक ८७, प्रहरी निरीक्षक २१, प्रहरी नायब उपरीक्षक पाँच, प्रहरी उपरीक्षक चार र प्रहरी वरिष्ठ उपरीक्षक दुईजना छन्। प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्री गैर व्यावसायिक कार्य, कार्यसम्पादन लापरवाही र अनुसाशनहिन काम गरेका प्रहरी कर्मचारीलाई कारवाही गरिएको जानकारी दिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NBTxMN via IFTTT
काठमाडौं-नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको चार दिने भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।सोमबार बिहान बालुवाटार पुगेका दाहालले आफ्नो भारत भ्रमणबारे ओलीसँग चर्चा गरेका थिए। दुई अध्यक्षले भ्रमण सफल भएको समिक्षा गरेको दाहाल सचिवालयले बताएको छ।दुबै अध्यक्षबीच भएको बैठकमा अध्यक्ष दाहालले भारत भ्रमणको बिषयमा चर्चा गरेका थिए। त्यसैगरी पार्टीका तल्ला कमिटिहरु र जबस–मोर्चाबीचको एकीकरण टुंग्याउन बुधवार बिहान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने निर्णय पनि भएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2CCqEvq via IFTTT
काठमाडौं– संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रलाई अनुमोदन गरेको छ।
सिंहदरबारस्थित संसद सचिवालयमा बसेको समितिको बैठकले सुनुवाई गर्दै मिश्रको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2CCgU4k via IFTTT
काठमाडौं – अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना छानविन गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेको छ। आइतबार भएको मन्त्रीस्तरीय निर्णयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेकाे संयोजकत्वमा समिति गठन गरेको हो।समितिमा सिम्रिक एयरका वरिष्ठ क्याप्टेन सिद्धार्थजंग गुरुङ र समिट एयरका वरिष्ठ इन्जिनियर मेघेन्द्रकुमार श्रेष्ठ सदस्य छन्।शनिवार विहान गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परी ६ जनाका मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2N2IX1u via IFTTT
बर्दिया –पक्राउ परेका व्यक्तिलाई अनुसन्धान नै नगरी छाडिदिने भन्दै ३० हजार घुस लिएको आरोपमा एकजना इन्स्पेक्टर अख्तियारको फन्दामा परेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका कार्यालय प्रमुखसमेत रहेका इन्स्पेक्टर गणेशसिंह महताले पक्राउ परेका एक व्यक्तिलाई छाडिदिने आश्वासन दिई ३० हजार रुपैयाँ घुस लिँदैगर्दा आइतबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । इन्स्पेक्टर महताले स्थानीय मध्यस्थकर्ता मैयाँ पौडेलमार्फत् पक्राउ परेका व्यक्तिलाई अनुसन्धान नै नगरी छाडिदिने शर्तमा उक्त रकम घुसवापत मागेका थिए ।प्रहरीले नै घुस मागेको भन्दै यसबारेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि आयोगको कार्यालय नेपालगञ्जबाट गएको टोलीले इन्स्पेक्टर महतासहित मध्यस्थकर्ता पौडेललाई समेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2wVDhg0 via IFTTT
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको आज संसदीय सुनुवाइ गर्दैछ।प्रधानन्यायाधीशमा सिफारिस भएको दुई सातापछि मिश्रको सुनुवाइ हुन लागेको हो।यसअघि प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई समितिले अस्वीकृत गरेपछि संवैधानिक परिषदले मिश्रलाई पुनः प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।संसदीय सुनुवाइ समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले मिश्रविरूद्ध उजुरी दिनेहरूसँग आइतबार छलफल गरेर सोमबार उनको सुनुवाइ हुने मिति तोकेका थिए।मिश्रविरूद्ध समितिमा चार उजुरी परेका थिए। एकजना उजुरीकर्ताले आफ्नो उजुरी फिर्ता लिएका छन्।
सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको, एनसेलको मुद्दामा अन्तरिम आदेशमार्फत् कर छलीमा सहयोग गरेकोजस्ता उजुरी मिश्रविरूद्ध परेका हुन्।भदौ ७ गते संवैधानिक परिषदले मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। यसअघि प्रधानन्यायाधीश सिफारिस भएका दीपकराज जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि परिषदले मिश्रलाई सिफारिस गरेको हो।मिश्रको सुनुवाइपछि समितिले अनुमोदन सम्बन्धी निर्णय गर्नेछ। समितिको दुई तिहाइ बहुमतले अस्वीकृत नगरेमा मिश्रको नाम स्वीकृत हुने सुनुवाइको कार्यविधि छ।दुई तिहाइ बहुमतले मिश्रलाई अस्वीकृत गर्न सक्ने प्रावधान संयुक्त बैठक सञ्चालन नियमावलीमा छ।सुनुवाइबाट अनुमोदन भएमा मिश्रलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Qlg6nt via IFTTT
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नापी विभागले आधिकारिक रुपमा प्रमाणित गरेका नक्शा सरकार मातहतका कार्यालय तथा गैरसरकारी कार्यालयलाई अनिवार्य रुपमा प्रयोग गर्न आग्रह गरेका छन्।
मन्त्रालयले आज यहाँ आयोजना गरेको नक्शासम्बन्धी छलफलमा मन्त्री अर्यालले मुलुकको समग्र भूभाग र क्षेत्रफललाई समेटेको आधिकारिक नक्शाको प्रयोगले मात्र देशको राष्ट्रियता अभिवृद्धि हुने बताए।
विभिन्न सङ्घसंस्थाले विभिन्न वेबसाइट तथा विद्युतीय प्रविधिबाट बनाएको नक्शा त्रुटिपूर्ण रहेकाले त्यस्तो विषयमा संवेदनशील बन्न आग्रह गर्दै उनले देशको अस्तित्वलाई कमजोर बनाउने उद्देश्यले प्रकाशन गरिएका नक्शाक खरिद बिक्री गर्नेलाई दण्डित गरिने चेतावनी दिए।
मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सरकार मातहत तथा अन्य सम्पूर्ण कार्यालयमा आधिकारिक नक्शा प्रयोग भएरनभएको छानबिन गर्न कार्यदल गठन गरिने जानकारी दिए।
नापी विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठले गत वर्ष असोज २ गते ‘गोरखापत्र’ले प्रकाशनमा ल्याएको नक्शामा कालापानी छुट्न गएको र पछि विभागले खोजी गरेपछि सो विषयमा सच्याइएको जानकारी दिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2wW5V0s via IFTTT
काठमाडौं- सञ्चार गृहहरुमा कार्यरत श्रमजीवी पत्रकार,कामदार/कर्मचारीको पारिश्रमिक वृद्धिको सिफारिस अबिलम्ब गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघ अन्तर्गतको श्रमजीवी हीत प्रवद्र्धन समितिले आज न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीको कार्यकक्ष घेराउ गरेको छ।अपरान्ह महासंघका सचिव तथा समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा गएको समितिको टोलीले पूर्व घोषित कार्यक्रम अनुसार समितिको सञ्चारग्रामस्थित अध्यक्षको कार्यकक्षमा एक घण्टा धर्ना तथा घेराउ गरेको हो। सो अवसरमा संयोजक दाहालले असोज १ गतेदेखि नै लागू हुने गरी श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक मासिक ४० हजार रुपैयाँ हुनुपर्ने, तहगत वर्गीकरण समेत गरी सबै तहको न्यूनतम पारिश्रमिक निर्धारण गर्नु पर्ने, पाँच वर्ष भन्दा बढी स्ट्रिन्जरका रुपमा नियमित काम गरेको राष्ट्रिय सञ्चारमाध्यमका श्रमजीवीहरुलाई न्यूनतम पारिश्रमिकको मापदण्डमा ल्याउनु पर्ने र महिना समाप्त भएको पहिलो हप्ताभित्रै बैकिङ प्रणालीबाट तलब भत्ता भुक्तानीको व्यवस्था गर्नुपर्ने मागहरु पुनः स्मरण गराएका थिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2N2bZhM via IFTTT
दाङ – हत्या अभियोगमा प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाका प्रवक्ता खड्गवहादुर विश्वकर्मालाई जिल्ला अदालत दाङले ८ दिनकाे म्याद थप गरेकाे छ। आईतवार जिल्ला अदालतमा पेश गरिएका उनलाई अदालतले ८ दिन म्याद थप गरि अनुसन्धानका लागि हिरासतमै राख्न प्रहरीलाई अनुमती दिएको हो।अदालतले उनलाई थप गरेको म्याद भोजपुरमा पक्राउ गरेको मिति देखि लागु हुने छ। अदालतले दिएको ८ दिनको म्याद अनुसार आईतवार सम्म ५ दिन पुरा भैसकेको छ भने अब बाँकी तीन दिन उनी प्रहरी हिरासतम बस्नु पर्नेछ। प्रहरीले भने अनुसन्धानका लागि १० दिनको म्याद थप गरिदिन अदालत समक्ष अनुरोध गरेको थियो।जिल्ला अदालतका मुख्य न्यायाधीश हेमन्त रावलका अनुसार आगामी २७ गते विश्वकर्माका बारेमा बहस हुने छ। गत मंसिर १२ गते कांग्रेसले तुलसीपुरमा गरेको चुनावी आमसभामा भएको बिष्फोटमा परि मृत्यु भएका म्यादी प्रहरीको हत्या अभियोगमा विश्वकर्मालाई लगाईएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NrHbXs via IFTTT