काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय र सो अन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कार्यसम्पादनमा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको छ ।गृहमन्त्रीले चार महिनाअघि सार्वजनिक गरेको ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजनाबारे आज गृह मन्त्रालयमा आयोजित समिक्षा बैठकमा गृहमन्त्री थापाले कार्ययोजनाको कार्यान्वयन सन्तोषजन रहेपनि अझै गति बढाउन आवश्यक रहेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, “प्राविधिक कारणले केही बुँदामा ढिलासुस्ती भएको भए केही छैन । अन्यथा जानाजान ढिलासुस्ती गरिएको हो भने त्यो मान्य हुनेछैन ।” उहाँले मन्त्रालयले दिएको जिम्मेवारी अनुसार शान्ति, सुरक्षा, सुव्यवस्था र सशासनका लागि प्रतिवद्ध भएर काम गर्न मातहतका निकायहरुलई निर्देशन दिनुभयो ।उहाँले भन्नुभयो “अहिले हामी सक्रिय भएपछि अपराधीहरु निश्कृय जस्तो देखिएका छन्, मौका मिल्ने बित्तिकै उनीहरु फेरी सक्रिय हुन्छन् । त्यसैले उनीहरुको सञ्जाल तोडिने गरी काम गर्नुहोस् ।” उहाँले यो अवधिमा यातायात क्षेत्रको सिण्डिकेट अन्त्य, सुन तस्करी लगायतका क्षेत्रमा बेथिति अन्य गर्न सफलता मिलेको भन्दै यसका लागि मातहतका कर्मचारी र प्रहरीहरुलाई धन्यवाद दिनुभयो ।
ती ८२ बुँदे मध्ये ७२ ओटा बुँदा केही कार्यान्वयनमा आईसकेको, केही कार्यान्वयनको प्रक्रियामा रहेको तथा १० बुँदा भने अझै काम सुरु नभएको विवरण बैठकमा प्रस्तुत गरीएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ArqBBv via IFTTT
काठमाडौं । सरकारको कार्यशैली अधिनायकवादउन्मुख र जनविरोधी रहेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोध र्याली गरेको छ। सरकारविरुद्ध आन्दोलित कांग्रेसले देशभरी विरोधका कार्यक्रम गरिरहेको छ।
गतीलो एजेण्डा बिना नै प्रदर्शनमा उत्रीएको कांग्रेससँग गोविन्द केसीको अनसन र निषेधित क्षेत्रको मुद्धा सकिएपछि खासै गतिलो नारा समेत छैन। उसले सभामुख र उपसभामुख अलग पार्टीको हुनुपर्ने मागलाई आन्दोलनको बिषय बनाएको छ। उसले अगाडि सारेका मागमा सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने , अधिकार केन्द्रीकरण गर्नु नहुने, शक्ति पृथकिकरणको सम्मान गरिनु पर्ने, संबैधानिक निकायलाई कार्यकारीको छाँयामा पार्नु नहुने, , बिधिसम्मत तरिकाले अघिल्लो सरकारले गरेका नियुक्ति खारेज गर्नु नहुने लगायत छन् ।
कांग्रेसले अगाडि सारेका मागहरु जुन जनताको दैनिकीसँग जोडिएका छैनन्।एजेण्डा बिनाको कांग्रेसको आन्दोलनले आन्दोलनको नै बेईज्जत गरेको प्रतिबिम्बीत हुन्छ ।विरोध प्रदर्शनमा कांग्रेसले देशभर तीन लाख लाख बढी कार्यकर्ता सडकमा उतार्ने योजना बनाएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2n5HisZ via IFTTT
काठमाडौँ । वर्षा र सडकमा भइरहने नाराजुलुसका कारण काठमाडौँ उपत्यकामा ट्राफिक जाम अत्यधिक हुने गरेको छ । उपत्यकामा धेरै सवारीसाधन, साँघुरा सडक, वर्षाको पानी र समय समयमा भइरहने नाराजुलुसका कारण ट्राफिक जाम बढी हुने गरेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनाली उपत्यकाका मुख्य सडकमा सवारीसाधनको चाप बढी भएको बेला हुने आन्दोलन, हड्ताल र वर्षाका कारण बढी ट्राफिक जाम हुने गरेको बताउछन् । “त्रिपुरेश्वर, कालिमाटी, भोटेवहाल, थापाथली, माइतीघर, कलंकी, जमल, केशरमहल, खानी विभाग, स्रोहखुट्टे, बालाजु, चावहिल, ग्वार्को, कोटेश्वर, जडिबुटीलगायत चोकमा ट्राफिक जाम अत्यधिक हुने गरेको छ”, उनले भने ।
उपत्यकाका मुख्य चोकमा अहिले पाँचदेखि सात मिनेटसम्म रोकिनुपर्ने अवस्था छ । वर्षा र नाराजुलुसको समयमा घण्टौँ सवारी साधन जाम हुने गरेको छ । “कार्यालय खुल्ने र बन्द हुने समयमा एक्कासी सवारीसाधनको चाप बढ्छ र धेरै बेरसम्म रोकिनुपर्छ”, मैनालीले भने । धेरै सवारीसाधन, सडक निर्माण र जथाभावी सवारीसाधन रोक्दा अत्यधिक ट्राफिक जाम हुने गरेको महाशाखाले जनाएको छ । कलंकी–थानकोट, चावहिल–साँखु, बल्खु– दक्षिणकाली क्षेत्रमा सडक कालोपत्र छैन ।
तीनकुने, त्रिपुरेश्वर, गोंगबुलगायतका क्षेत्रमा पानी परेको बेला निकाश नहुँदा बढी ट्राफिक जाम हुने गरेको छ । यस्तै, उपत्यकामा दिनहुँ हुने अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सवारीका कारणसमेत ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ । हाल काठमाडौँ उपत्यकामा एक हजार ८५ ट्राफिक प्रहरीको दरबन्दी भए पनि एक हजार ४०० ट्राफिक प्रहरी मात्र कार्यरत छन् । उपत्यकामा करीब दुई हजार ट्राफिक प्रहरीको आवश्यकता छ । आवश्यकता अनुसार दरबन्दी नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
बाग्मती अञ्चलमा ११ लाख सवारीसाधन दर्ता भएका छन् । काठमाडौँ उपत्यकामा मात्र झण्डै आठ लाख सवारीसाधन प्रयोगमा छन् । उपत्यकामा एक हजार ५०० किलोमिटरको हाराहारीमा सडक छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LHfk5q via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनविपरीत बजेट सक्न विदेश भ्रमण गएका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका ५९ कर्मचारीमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छानबिन थालेको छ । उक्त छानबिनबाट जोगिन मन्त्रालयका उच्च तहका कर्मचारी भने नियमविपरीत भएको भ्रमणको बचाउमा लागेका छन् ।
मन्त्रालयका सचिव तथा सहसचिवहरू भ्रमण वैधानिक भएको भन्दै बचाउमा लागेका हुन् । प्रधानमन्त्री कार्यालयको निर्देशन, सरकारको मितव्ययी नीति तथा वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिकाको उल्लंघन गर्दै ५९ जना कृषिका कर्मचारी भारत भ्रमण गएका थिए ।
आर्थिक वर्ष सकिन चार दिन मात्र बाँकी रहँदा मन्त्रालयबाट सो टोली नियमित काम प्रभावित बनाउँदै भ्रमणमा निस्किएको थियो । कतिपयले त्यस्ता कर्मचारी र स्वीकृत दिने अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् । यद्यपि मन्त्रालयका सचिव युवकध्वज जीसीले भ्रमण वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५ विपरीत नभएको दाबी गरे ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ApZ0k3 via IFTTT
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलकी ७७ वर्षीय माइली भाउजू राधाकुमारी पोखरेल ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका(२ निशंखे एक्लै बस्दै आएकी छन् ।
भूकम्पले चर्किएको घरमा बस्दै आएकी राधाकुमारीले प्रत्येक दशैँमा उपप्रधानमन्त्री पोखरेलका दम्पतिको फोटालाई टीका लगाइदिएर दशैँ मनाउने गरेकी छन् ।
चार वर्ष अगाडि देवर(देउरानीको फोटो मगाएपछि प्रत्येक वर्ष राधाकुमारीले फोटोमा टीका लगाउन छुटाउँदिनन् । ‘देवरले ४ वर्षअघि फोटो पठादिनु भएको थियो, त्यही फोटोमा दशैँमा टीका लगाइदिन्छु ’उनले भनिन् ।
आठ वर्षको कलिलो उमेरमा ईश्वर पोखरेलका माइला दाजु धर्मराजसँग उनी विवाह बन्धनमा बाँधिएकी थिएन् । श्रीमान् धर्मराजले राधाकुमारीलाई एक्लै छोडेर मधेसमा झरेपछि दोस्रो विवाह गरेका थिए । घरपरिवार भन्दा टाढा माइतीको नजिक बस्दै आएकी राधाकुमारीलाई सानो दोकान चलाएर जीविका चलाइरहेकी छन् । अन्नपूर्ण पोस्टमा खबर छ
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2mSOpEO via IFTTT
काठमाडौं । नेपाल प्रहरीको फरारको सूचिमा रहेको म्यानपावर व्यवसायी गोविन्द थपलिया प्रधानमन्त्री केपी शर्मा ओली स्वकीय सचिवसँग भेटिएका छन् ।
थपलिया एक औपचारिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिवसँग भेटिएका हुन् । थपलियालाई अवैधानिक रुपमा इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आईसी) नामक संस्था सञ्चालन गरी रोजगारीका लागि मलेसिया जाने कामदारमाथि आर्थिक भार थपेको अभियोगमा परेको प्रहरीले खोजि गरिरहेको छ । थपलिया प्रधानमन्त्री तथा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको संरक्षण रहेको बताइएको छ । प्रधानमन्त्रीका सोकीय सचिवसँग देखिनुले यो कुरालाई पुष्टी गर्छ । प्रहरीले उनलाई पक्राउ गर्न फरार सूचिमा राखेको हो ।
श्रम तथा रोजगार, सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जने कामदारमाथि आर्थिक शोषण गर्ने संस्थाको खारेजीसँगै कारबाहीका लागि गृहमन्त्रालयमा पत्राचार गरेको थियो । मन्त्रालयको पत्राचारपछि गृहको अपरेशन टोलीले मलेसिया जाने कामदारमाथि आर्थिक शोषण गर्ने मेडिकल संस्थाका मालिक लगायत दर्जनौंलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरु धरौटीमा रिहा भइसकेका छन् । त्यही दिन थपलियालाई भने फेला नपरेको भन्दै प्रहरीले फरार सूचीमा राखेको थियो । तर प्रहरीको फरार सूचीमा रहेका थपलिया केही दिनअघि प्रधामन्त्रीका स्वकीय सचिवसँगै भेटिएका छन् । प्रमका स्वकीय सचिव राजेश बज्राचार्यसँगै कुम जोडेर खिचेको फोटो प्रकाश चन्द्र शर्माले फेसबुकबाट सार्वजनिक गरेका हुन् ।
थपलिया र बज्राचार्यको भेट कतारका नेपालस्थित दूत युसुफ बिन मोहम्मद अहमेद अल हली उपस्थित कार्यक्रममा भएको हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Aq3oQc via IFTTT
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरी सत्गौवाले डा. गोविन्द केसीमाथि ‘हत्यारा’को गम्भीर अभियोग लगाएकी छन् ।
आइतबार संसदमा चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले डा. केसीको अनसनका कारण कैयौंको ज्यान गएको जिकिर गरिन् ।
डा. केसीको अनसनका क्रममा शिक्षण अस्पतालले भर्ना नलिँदा डा. दाङ देउखुरी लमही नगरपालिका १ का हेपाटाइटिसका विरामी गोविन्द चौधरीको मृत्यु भएको भन्दै भनिन्, ‘यो त एउटा उदारहण मात्र हो । यस्ता घटनाको जिम्मेवारी कसले लिन्छ ? नेपाली कांग्रेसले लिन्छ कि गोविन्द केसीले लिन्छन् ?’
सांसद चौधरीले अघि भनिन्, ‘डा. गोविन्द केसी हत्यारा हुन् । हत्यारालाई कारबाही गर्ने कि नगर्ने ?’ कांग्रेस सांसद डिला संग्रौलाले भने चौधरीको अभिव्यक्तिप्रति नियमापत्ति गरेकी छन् ।
सभामुखले ‘बोल्न दिनुस्’ भनेपछि सांसद चौधरीले सांगौंलामाथि नै खनिइन् । सभामुखले सोध्ने प्रश्न ‘कुन नियमले आपत्ति गर्दै हुनुहुन्छ ?’ आफैंले सोध्दै उनले भनिन्, ‘उहाँहरु (कांग्रेस)ले गर्न चाहेको चाहिँ ठीक, सरकारले गर्न चाहेको चाँहि बेठिक ? यो कुरा हेक्का राख्नुस्, तपाईहरुकै पालामा उब्जिएको समस्या हो ।’
कहाँ मेडिकल कलेज खोल्ने भन्ने प्रदेश सरकारले निर्णय गर्न पनाउनु पर्ने उनले बताइन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LLwfTn via IFTTT
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनको पालना, भ्रष्टाचारको नियन्त्रण र सुशासन कायम गर्न सरकार पूर्ण रुपमा क्रियाशील रहेको बताउनुभएको छ ।उहाँले भन्नुभयो, “हामी भ्रष्टाचारको निर्मूल गरेर जनतालाई सुशासनको अनुभूति दिलाउन चाहन्छौँ । जनतालाई सरकार भएको अनुभूति गराउन चाहन्छौँ ।”
नेपाल टे«ड यूनियन महासंघ र अखिल नेपाल टे«ड यूनियन महासंघ केन्द्रीय एकता संयोजन समितिले संयुक्त रुपमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलार्ई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाको सरकार गठन भएको पाँच महिना मात्रै भएको भए पनि यही अवधिमा नै सबै बिगारेको जसरी प्रचार गरिएकामा आपत्ति प्रकट गर्नुभयो ।
“हाम्रो सरकार गठन भएको पाँच महिना भयो, भ्रष्टाचार बढेको, सुशासन नभएको, काठमाडौँका सडकमा खाल्डा यही सरकारले पारेको भने जसरी प्रचार भएको छ । विगतमा मुलुकलाई लुटपाट गर्नेले नै कोकोहोलो मच्चाएका छन्”–प्रधानमन्त्रीले भन्नुभयो, “यही पाँच महिनामा नेपाली जनतालाई हामीले गरीब बनाएको होइन, काठमाडौँको सडकमा खाल्डो पारेको पनि होइन । तर हामी गरिब नेपालीलाई समृद्ध बनाउँछांै र आगामी दुई वर्षभित्र काठमाडौँका सबै सडक हेर्न लायक बनाउँछौ ।”
उहाँले नेपालको पुरानो कलात्मकता, ऐतिहासिक धरोहरलाई जोगाएर आधुनिकता मिसाएर अगाडि बढाउने दृढता व्यक्त गर्दै धरहरा, रानीपोखरी, काष्ठमण्डपलगायत सम्पदाको पुनः निर्माण शुरु गरिने बताउनुभयो ।
‘मै बनाउँछु मेरो धरहरा’ भनेर आफूले दुईवर्ष पहिले शुरु गरेको अभियान जहाँ छोडेको त्यस्तै अवस्थामा रहेको भन्दै प्रधानमन्त्रीले भन्नुभयो, “अब शीघ्र धरहराको पुनःनिर्माण हुन्छ । धाँजा फाटेको रानीपोखरीसमेत बन्छ ।” शिलान्याश गरेर छाडेको धरहरा र रानीपोखरी पुनःनिर्माणमा सरकारले क्रमिक रुपमा काम शुरु गरेको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “अब बन्छन् यी दुई वटै ऐतिहासिक सम्पदा । कुनै ढिलाइ गरिँदैन । काष्ठमण्डप ज्यूँका त्यूँ हुन्छ ।”
दुगर्मस्थानमा रहेका असुरक्षित बस्तीलाई सुरक्षित स्थानमा सान भन्दै प्रधानमन्त्रीले सेवा सुविधा पु¥याउनै नसकिने ठाउँलाई एकीकृत बस्तीका रुपमा परिणत गर्ने सोचमा सरकार रहेको स्पष्ट पार्नुभयो । अनुगमन र नियन्त्रण गर्न केही समय लाग्ने भए पनि अनावश्यक रुपमा सरकारको आलोचना गरेर कोकोहोलो मच्चाइएको भन्दै प्रधानमन्त्रीले आपत्ति प्रकट गर्नुभयो ।
प्रधानमन्त्रीले नेपालमा भित्र्याइने रकम बैंकिङ प्रणालीबाट मात्रै आउनुपर्नेमा जोड दिँदै गैरकानूनी तवरले कुनै पनि रकम ल्याउन नदिइने बताउनुभयो । उहाँले भन्नुभयो, “हुन्डी, कालोधन, गैरकानूनी चलखेल गर्न पाइदैन । सरकार त्यस्तो गतिविधिलाई सहदैन । अनियन्त्रित, गैरकानूनी कालोधन गुप्त बाटोबाट नेपालमा आउन पाउँदैन ।” उहाँले भ्रष्टाचार गर्न नपाइने र नदिइने उल्लेख गर्दै भन्नुभयो, “भ्रष्टाचार नियन्त्रण हुन्छ, भ्रष्टचारीलाई दमन हुन्छ । यो हाम्रो घोषित नीति हो ।”
माइतीघर मण्डलालाई विरोध प्रदर्शनस्थल बनाइएकामा समेत प्रधानमन्त्रीले आपत्ति प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “माइतीघरमा सात वटा बाटा छन् । दुर्घटना हुनसक्छ । सडक जाम हुन्छ, यसो अवसर पारेर दीप प्रज्वलन गर्नेसम्मको काम गर्न सकिन्छ । तर त्यस्तो स्थानमा नै किन विरोध गर्नुप¥यो । संसारभर नै विरोधका लागि स्थान तोकिएको हुन्छ, नेपाल मात्रै त्यस्तो देश जहाँ जसले पनि जुनसुकै स्थानमा विरोध गर्न पाइन्छ १”
उहाँले कृषिमा व्यावसायीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण गर्दै मुलुकलाई आत्मनिर्भर बनाउने दृढता व्यक्त गर्नुभयो । नेपालमा जुनसुकै क्षेत्रमा पनि एकाधिकार रहेको भन्दै प्रधानमन्त्रीले यातायात क्षेत्रमा रहेको एकाधिकारको अन्त्य भएको र अरु क्षेत्रमा रहेको एकाधिकारसमेत छिट्टै अन्त्य हुने उल्लेख गर्नुभयो ।
उहाँले एकाधिकार हटेपनि त्यसलाई व्यवस्थापन गर्न केही समय लाने भन्दै त्यसका लागि सरकारले सबै प्रकारका विकल्पलाई खुला राखेर काम गरिरहेको स्पष्ट पार्नुभयो ।
नेपालको मजदुर आन्दोलनले विगतदेखि नै सफलता हासिल गर्दै आएको भन्दै प्रधानमन्त्रीले सरकार सधैँ मजदुरको पक्षमा रहेको र कुनै पनि मजदुर निराश हुनु नपर्ने गरी कार्यक्रम र योजना ल्याइने बताउनुभयो । मजदुर आन्दोलनको सफलताबाटै वर्तमान सरकार गठन भएको भन्दै उहाँले स्वदेशमा पनि सरकारको नीतिभित्र रहेर मजदुरलाई सेवा सुविधा उपलब्ध गराउनुपर्ने र विदेशमा समेत ठगी र गलत धन्दा गर्न÷गराउन नपाइने स्पष्ट पार्नुभयो ।
राष्ट्र निर्माणको महाअभियान शुरु भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “अब नेपाल गरीब रहन सक्दैन । कामको खोजीमा भौतारिएर हिँड्नु पर्दैन । मुलुकमा नै स्तरीय कामको व्यवस्था हुन्छ ।”
तुइन विस्थापित भयो कार्यक्रममा प्रधानमन्त्रीले देशभरबाटै १०५ वटा तुइन विस्थापित भएर झोलुङ्गे पुल बनेको जानकारी दिनुभयो । आफ्नो पहिलो कार्यकालमा घोषणा गरेको कार्यक्रम अहिले आएर साकार भएकामा प्रधानमन्त्रीले खुशी व्यक्त गर्नुभयो ।
कलिला बालबालिका घिर्नीमा हात परेर रगतै भएर हिँड्नु परेको, तुइनबाट खस्ने अवस्थाको समेत अन्त्य भएको जानकारी दिँदै उहाँले केही समयभित्रै अन्य स्थानका समेत तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण सम्पन्न हुने बताउनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2uXkuzI via IFTTT
संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले डा. गोविन्द केसी फेरी अनसन बस्न नपरर्ने गरी सरकारले सम्झौतालाई कायन्वन गर्ने बताएका छन् । उनले पहिलेको सरकारले पटक पटक सम्झौता गरेर पनि कायन्वन नगरेको बताउदै अहिलेको सरकारले सम्झौता कायन्वन गरेरै छाड्ने बताए ।
मन्त्री अधिकारीले अन्य मन्त्रालयमा भन्दा पर्यटन मन्त्रालयको काम उत्कृष्ट रहेको दावी गरे । सूर्यचन्द्र विकास समाजको रजत महोत्सव समारोहको पोखरामा शुक्रबार उद्घाटन गर्दै उनले केसी सँग विगतमा धेरैपटक सरकारले सहमती गरेपनि कागजमा मात्र सिमित हुने गरेको तर यो पटक सम्झौतालाई व्यवहारमै लागू गर्ने बताए ।
कार्यकममा रबिन्द्र अधिकारी अरु दिनको भन्दा केही कडा रुपमा प्रस्तुत भएका थिए l केही समय अगाडी चर्चामा आएको समाचारलाई इंकित गर्दै उनले आफु लगायत सरकारलाईनै सिधाउने उदेश्यले यस्तो गलत चर्चा हुने गरेको बताए.
उनि यतिमै रोकीएनन आफु माथि लागेको आरोपहरुको कडा प्रतिबाद गरे l मन्त्री रबिन्द्र अधिकारीको भाषण लाई सुनीरहेका एक जना अन्दाजी ६० वर्ष वृद् भन्दै थिए “केपी वोली भन्दा कडा रहेछन”
पुरा भिडियो हेर्नुहोस
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2vfxekO via IFTTT
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक आपूर्तिकर्तामार्फत श्रमिकलाई काममा लगाउनेसम्बन्धी कामको सूची तयार गर्न कार्यदल गठन गरेको छ ।
श्रममन्त्री गोकर्ण विष्टको अध्यक्षतामा गठित केन्द्रीय श्रम सल्लाहकार परिषद्को आज बसेको बैठकले मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलको सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि चन्द्रप्रसाद ढकाल, नेपाल श्रमिक आपूर्तिकर्ता संघका प्रतिनिधि रामेश्वर शाह, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका प्रतिनिधि विश्वनाथ प्याकुरेल र विज्ञका रुपमा अधिवक्ता रमेश बडाल रहनुभएको छ । कार्यदलले कार्यारम्भ गरेको मितिले सात दिनभित्र प्रतिवेदन बुझाउने छ ।
बैठकले कार्यदलको सिफारिशका आधारमा श्रमिक आपूर्तिकर्तामार्फत श्रमिकलाई काममा लगाउन सकिने कामको सूची राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै बैठकले श्रम ऐन, २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४, ट्रेड युनियन ऐन, २०४९ तथा बोनस ऐन २०३० लगायत ऐनमा भएका प्रावधानबीच आपसमा तादाम्यता मिलाउन ती ऐन संशोधन गर्न सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ ।
बैठकले औद्योगिक व्यवसाय ऐन, २०७३ तथा श्रम ऐन, २०७४ का प्रावधान कार्यान्वयन तथा उक्त ऐनमा कुनै द्विविधा रहेरनरहेको एकीन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सम्बन्धित महाशाखा हेर्ने सहसचिव र कानून शाखाका उपसचिव रहेको एक समिति गठन गर्ने निर्णयसमेत गरेको छ । उक्त समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्नेछ ।
बैठकमा यही साउनदेखि लागू भएको न्यूनतम पारिश्रमिक, सोको सुनिश्चितताको लागि पारिश्रमिक तथा वित्तीय सुविधा चरणबद्ध अनिवार्य रूपमा बैंक खातामार्फत भुक्तानी गर्ने व्यवस्था तथा बाल श्रम निवारण राष्ट्रिय गुरूयोजना सम्बन्धमा मन्त्रालयबाट भएको कार्य प्रगतिबारे छलफल भएको थियो ।
बैठकमा कृषि, भूमि व्यवस्थापन तथा सहकारी, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव र विभिन्न श्रमिक संगठनका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NQgtEb via IFTTT
काठमाडौं । नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेका दुई थान वाइडबडी जहाजको वारेन्टी नै नरहेको पाइएको छ । जहाज खरिद सम्झौतामा नयाँ जहाजको इन्जिन तथा स्पेयर्स पार्ट्सको वारेन्टी र ग्यारेन्टी कति समय हुने विषय नै उल्लेख नगरेको भेटिएको छ ।
निगमले ‘हाईफ्लाई एक्स’सँग गरेको सम्झौतामा वारेन्टी तथा ग्यारेन्टीको विषयमा दुवै पक्ष मौन बसेको भेटिएको छ । आजको कारोबारमा समाचार छापिएको छ ।
उक्त विषयले बोर्ड बैठकमा पटक पटक संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव तथा सञ्चालक समिति अध्यक्ष कृष्ण देवकोटाले प्रश्न उठाएका थिए । बोर्ड बैठकमै दुई पटक यस सम्बन्धमा निर्णय भए पनि सम्झौता अहिलेसम्म बोर्ड बैठकमा प्रस्तुत नगरिएको निगम स्रोतले जानकारी दिएको छ ।
निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंशासकारलाई सम्बोधन नै गरेर सचिव देवकोटाले पत्रसमेत लेखेका छन् । यस्तै, जेठ १९ गतेको बोर्ड बैठकमा टीआरईएनटी–७७ बी इन्जिन मर्मतसम्भार कार्य सम्बन्धमा दुई थान वाइड बडी एयरबस ३३०(२०० सिरिजको विमानको इन्जिनको मर्मतसम्भार र स्पेयर्स पार्टस तथा जगेडा इन्जिनको विषयमा सम्झौतमा किन मौन बेसको भन्दै स्पष्टीकरण मागिएको थियो ।
कंसाकारले जहाजसँगै वारेन्टी पेपर आउने भने पनि हालसम्म उपलब्ध नगराएको निगमकै एक उच्च स्रोतले जानकारी दिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2vf7c0K via IFTTT
काठमाडौं । सरकारले आमरण अनसनरत डा. गोविन्द केसीबीच नौंबुँदे सहमति गरेको छ । यससँगै डा. केसीको २७ दिन लामो अनसन तोडिएको छ ।
चिकित्सा शिक्षा अध्यादेशका मुल विषयबस्तुबाट पछि हटेपछि डा। केसी अनसन बसेका थिए । तर, सरकारले डा. केसीको माग र केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनका आधारमा विधेयक संशोधन गर्ने सहमति गरेको छ ।
यो सहमतिसँगै डा.केसीले राखेका अधिकांश माग पूरा भएका छन्। उनका मागअनुसार संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा २२ वटा संशोधन गर्न सरकार तयार भएको छ।
सरकारले संसदमा गरेको चिकित्सा विधेयक संशोधनसहित केसीले ७ वटा माग केसीले राखेका थिए। दस वर्षभित्र उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न नपाउने सहमति सरकार र केसी पक्षबीच भएको छ।
एउटा विश्वविद्यालयबाट पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने सहमति पनि केसी र सरकार पक्षबीच भएको छ। सरकारसँग भएको सहमतिलाई संसदबाट पनि अनुमोदन गरेर प्रक्रियाअनुसार अघि बढाउने सहमति भएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2AfqbhA via IFTTT
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती, स्वास्थ्य सेवा र संसद्सहित सबै सेवाका कर्मचारीको अवकाश उमेर ६० वर्ष कायम गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले ‘संघीय निजामती कर्मचारी ऐन विधेयक २०७५’ मा सबै सेवाका कर्मचारीको अवकाश उमेर ६० वर्ष कायम गर्ने प्रस्ताव गरिएको जानकारी दिए । उनले विधेयकको मस्यौदा कानुन मन्त्रालयबाट फिर्ता आएलगत्तै मन्त्रिपरिषद् पेस गरिने बताए ।
‘निजामतीसहित सबै सेवाका कर्मचारीको अवकाश उमेर समान गर्ने सुझाव सबैतिरबाट आएकाले विधेयकमा ६० वर्ष कायम गर्ने प्रस्ताव गरिएको हो।
अर्थ मन्त्रालय, लोकसेवा आयोग र संघीय प्रशासनिक पुनस्संरचना समितिले निजामती र अन्य सेवाका कर्मचारीमा समानता ल्याउन अवकाश उमेर ६० वर्ष कायम गर्न सुझाव दिएका थिए ।
अर्थ मन्त्रालयले ‘संघीय निजामती कर्मचारी ऐन विधेयक २०७५’ मा कर्मचारीको उमेर हद ६० वर्ष कायम गर्न असार १७ मा सामान्य प्रशासन मन्त्रालयलाई सुझाव दिएको थियो । अर्थले सरकारमाथि बर्सेनि थपिँदै गएको निवृत्तिभरण ९पेन्सन० को बोझ, औसत आयुमा भएको वृद्धि, सबै सेवा र तहमा देखिएको अवकाश प्राप्त उमेरको विविधता र नयाँ संरचनामा अनुभवी कर्मचारी आवश्यकतालाई समेत दृष्टिगत गरी अवकाश उमेर ६० वर्ष कायम गर्न सामान्य प्रशासन मन्त्रालयलाई सुझाव दिएको थियो ।
सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार काशीराज दाहाल अध्यक्ष रहेको संघीय प्रशासनिक पुनस्संरचना समितिले नेपालीको औसत आयु बढेको, अनुभवी जनशक्ति गुम्ने, पेन्सनको व्ययभार बढ्ने र सबै सेवाका कर्मचारीको उमेर हदमा एकरूपता ल्याउनुपर्ने तर्क गर्दै अवकाश उमेर ६० वर्ष कायम गर्न सुझाएको थियो ।
लोकसेवा आयोगले पनि सबै समूहका कर्मचारीको अवकाश उमेरमा एकरूपता ल्याउन ६० वर्ष कायम गर्नु उपयुक्त हुने सुझाव दिएको थियो । अहिले स्वास्थ्य सेवा र संसद् सेवाका कर्मचारीको अवकाश उमेर ६० वर्ष छ ।
सामान्य प्रशासन मन्त्रालयले अर्थको सुझावलाई समेत ध्यानमा राखेर दोस्रोपटक मस्यौदा राय–सुझावका लागि कानुन मन्त्रालयमा पेस गरेको थियो ।
यसअघि सामान्यले कानुन मन्त्रालयमा सहमतिका लागि पेस गरेको मस्यौदामा निजामती कर्मचारीको अवकाशको उमेर ५८ नै कायम गर्ने प्रस्ताव गरेको थियो । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित भने ५८ वर्ष कायम गर्नुपर्ने पक्षमा थिए ।
सूचना प्रविधि, ज्ञान, भाषामा पोख्त नयाँ पुस्तालाई निजामती सेवाप्रति प्रोत्साहित गर्न उमेर हद बढाउन नहुने तर्क पण्डितको थियो । कान्तिपुरमा खबर छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2OnewQC via IFTTT
काठमाडौँ । गोबिन्द केसीको अनसनको त्यान्द्रो समाएर सरकार अधिनायकबाद भएको आरोपमा आन्दोलनमा उत्रेको कांग्रेस र त्यसका सभापति शेरबहादुर देउवा सरकार छोड्ने बेलामा तानाशाह जसरी आफ्नो परिवारका लागि राज्यकोषको चरम दुरुपयोग गरेको प्रमाण फेला परेको छ ।
आज प्रकाशित जनआस्था साप्ताहिकले देउवाले गरेको राज्यकोषको चरम दोहनको सप्रमाण समाचार प्रकाशित गर्दै लेखेको छ, आफ्नै पत्नीलाई समेत अंगरक्षक । समाचारमा उल्लेख भएअनुसार, संसदमा बाम गठबन्धनले बहुमत दाबी गरेपछि राष्ट्रपतिले केपी ओलीलाई शपथ खुवाउनु ११ दिनअघि मात्रै देउवाले आफ्ना लागि ठूलो सुरक्षा डफ्फाको प्रबन्ध गराएका हुन् ।
लाजमर्दो कुरा त के छ भने उनी आफू त पूर्वप्रधानमन्त्रीका हैसियतले सुरक्षा सेवाबाट लाभान्वित हुन पाउने नै भए । तर, कुनै औपचारिक ओहोदाबिना, खतरा र सुरक्षित राख्नुपर्ने खास तार्किक कारण नै नभई पत्नी र छोराका लागि समेत सुरक्षाकमी परिचालन गराएका छन् ।
गृहमन्त्रालयले २०७४ माघ २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशिष्ट व्यक्तिको सुरक्षा व्यबस्थापन सम्बन्धमा शीर्षक अन्तर्गत पठाएको प्रस्तावबाट आफ्ना लागि सुरक्षा व्यबस्था मिलाएका हुन् । सो निर्णयको पाँचौ नम्बरमा उल्लेख छ, सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको सुरक्षाका लागि वर्तमान कार्यकाल समाप्तिपश्चात् ४० जना९नेपाल प्रहरीबाट नायब उपरीक्षकको कमाण्डमा १५ जना र सशस्त्र प्रहरी बलबाट निरीक्षकसमेत २५ जना० को जनशक्ति सुरक्षाकर्मी उपलब्ध गराउने ।
साथै, सोही तैनाथी संख्याबाट उहाँकी धर्मपत्नी पूर्व सांसद डा। आरजु राणा र छोरा जयबीरसिंह देउवालाई पनि व्यक्तिगत सुरक्षा उपलब्ध गराउने ।
ससँगै तीनै जनालाई प्रहरीबाट अलग अलग सवारीचालक लाने कामसमेत भएको छ । नेपालको इतिहासमा आजका मितिसम्म यसरी कसैले पनि पद र शक्तिको दुरुपयोगमार्फत् पत्नी र पुत्रको निम्तिसमेत हतियारधारी सरकारी कर्मचारी खटाउने निर्णय गरेको पाइन्न । यस मामिलामा व्यक्तिगत स्वार्थका निम्ति दरबारलाई दुईचोटी प्रजातन्त्र बुझाएको भनी आरोपित देउवा दुर्लभ अपवाद मानिन्छन् ।
मन्त्रिपरिषदको त्यै बैठकबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रहरीको एक जना असई दर्जाका अधिकृतसहित तीन प्रहरीको सुरक्षा अनुमोदित भएको थियो ।
सबाहे देउवा सरकारले म्यानपावर व्यबसायी तथा तत्कालीन श्रममन्त्री टेकबहादुर गुरुंग, दांगका नेता दीपक गिरी, तनहुँका सांसद तथा तत्कालीन वनमन्त्री शंकर भण्डारी, पतञ्जली नेपालका प्रतिनिधि शालिग्राम सिंह र केही वकिललाई पनि बिनातर्क सुरक्षाकर्मी उपलब्ध गराएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2uRHS1r via IFTTT
प्रदेश–२ को सरकारले पूर्णता पाएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सिफारिश गरेका तीन जना राज्यमन्त्रीले सपथ ग्रहण गरेसँगै सरकार गठन भएको पाँच महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
आज मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त राज्यमन्त्री डिम्पलकुमारी झा, अभिराम शर्मा र सुरेश मण्डललाई शपथ ग्रहण गराएका हुन् ।
झाले भौतिक पूर्वाधार राज्यमन्त्री, शर्माले समाजिक विकास राज्यमन्त्री र मण्डलले वन, पर्यटन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । महोत्तरीबाट प्रत्यक्ष निर्वाचित अभिराम शर्मा मधेश आन्दोलनको क्रममा हत्या गरिएका प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका अभियुक्त हुन् ।
एम्बुलेन्सबाट थुतेर विकको हत्या गरेको अभियोगमा शर्मा विरुद्ध प्रहरीले जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरेको छ । मुद्दा विचाराधिन छ ।
प्रदेश–२ मा ३ फागुनमा लालबाबु राउत मुख्यमन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद् विस्तार भएको यो तेस्रो पटक हो ।
ईश्वरचन्द्र झा, जनकपुररहिमालखबरबाट
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NMkARU via IFTTT
काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले विदेशमा चिकित्सा शिक्षा अध्ययन गर्न गएका नेपालीहरु स्वदेशमा पढ्न नपाएर नभई पैसामा प्रमाणपत्र लिनका लागि गएको बताएका छन् ।
बंगलादेशमा चिकित्सा शास्त्र पढीरहेका बिद्यार्थीका वारेमा असंवेदनशिल टिप्पणीका कारण कानुनमन्त्री शेरबहादुर तामाङले राजिनामा दिएको भोलिपल्ट थापाको यो भनाई यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
‘बाहिर पढ्न जाने मध्ये केही छात्रवृतिमा गएका हुन । तर ९० प्रतिशत बाहिर गएका बिद्यार्थी नेपालमा पढ्न नपाएर होइन । बंगलादेश गएका, चीन गएका र फिलिपिन्स गएका बिद्यार्थी पैसा दिएर भर्ना भएपछि एमबीबीएसको सर्टिफिकेट आउने ग्यारेन्टी पहिला हातमा लिएर पढ्न गएका हुन्’ थापाले भनेका छन् ।
नेपालमा चिकित्सा शिक्षा पढ्न नपाएर नभई विदेश जाँदा पैसामा सजिलै एमबीबीएसको प्रमाणपत्र पाइने भएकाले गएका हुन् भन्ने आपत्तीजनक अभिव्यक्ति थापाले दिएका हुन् । त्यसमा पनि उनले चीन, बंगलादेश र फिलिपिन्समा डाक्टरको प्रमाणपत्र सहजै पाउने र त्यसका लागि पढ्न नपर्ने आशय राखेर त्यहाँबाट पढेका डाक्टरहरुको योग्यता र क्षमतामाथि गम्भीर प्रश्न उठाएका छन् ।
डा। गोबिन्द केसी अभियानका एक राजनीतिक प्रबक्तासमेत रहेका थापाले चिकित्सा शिक्षाको सुधारका लागि आफू स्वास्थ्यमन्त्री हुँदा केही गर्न नसकेपनि प्रचार भने निकै गरेका थिए । केसीको माग सम्वोधन गर्न नसकेका उनले आफू सरकारबाट हटेपछि भने फेरी यो मुद्दालाई उठाएर राजनीति गरिरहेका छन् ।
अभिभावकले दुःख गरेर ती देशमा एमबीबीएस गर्न पठाएका र फर्केर आएका डाक्टरहरुमाथिको यो अभिव्यक्तिको तिब्र आलोचना भएको छ । कानुनमन्त्री तामाङले मन्त्री पद्बाट राजिनामा दिएर आफ्नो नैतिकता प्रदर्शन गरेका छन् भने सांसद थापाले यस्तो आपत्तीजनक अभिव्यक्तिलाई कसरी सच्याउलान् रु यो प्रश्नमा वहस भइरहेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LnV0pj via IFTTT
काठमाडौँ । गरिव तामाङ परिवारमा जन्मिएर आफ्नो सम्पूर्ण जीवन सामाजिक न्याय र रुपान्तरणको क्षेत्रमा समर्पित गरेको एउटा निष्कलंक, जनपक्षीय नेताले मन्त्री पदबाट रुदै राजीनामा दिएका छन् ।
केपी ओली सरकारका सबैभन्दा निष्कलंक र परिणाममुखी काम गरेका मन्त्रीले नैतिकताको आधारमा दिएको राजीनामाले आफ्नो बोली भन्दापनि त्यसलाई आधार मानेर न्यायालय भित्रको पारदर्शिता नचाहनेहरुले चलखेल गरेकोमा उनको गुनासो थियो ।
नेपाल कम्युनिष्ट पार्टी भित्र आदर्शवान दम्पतिको रुपमा चिनिएका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले नेकपा नेत्री तथा जीवन संगिनी सांसद उषाकला राईलाई साँची राख्दै भने,“आफूले आजसम्म महिला अधिकारका लागि नियम कानून बनाउँदै, महिला अधिकारको पक्षमा जीवन समर्पित गरेँ आज त्यहि विषयले म लखेटिनु पर्यो ।”
आफूले गरेका कामहरु र गर्न लागेका कामहरुको जानकारी दिँदै गर्दा मन्त्री तामाङको गला अवरुद्ध भयो, उनी बोल्न सकेनन् । उनका आँखाबाट आँशु झरिरहेका थिए । छेउमै बसेकी जीवन संगिनीले पानी दिईन, पिउन खोजे तर पिएनन्।
संविधानको कार्यान्वयनको लागि चाहिने मौलिक हक अन्तर्गतका १५ कानुनहरु निर्माण भै संसदमा पठाएको, १८ भन्दा बढी विषयगत कानुनहरु निर्माण गरेको, प्रदेश र स्थानीय सरकार संचालनका लागि चाहिने १७ भन्दा बढी नमुना कानुनानिर्माण गरी पठाएको, ठूला परियोजनाका लागि फास्ट ट्रयाक कानुनको आवश्यकता पर्ने देखिएकोले त्यो निर्माणको अन्तिम चरणमा पुगेको बताएका थिए ।
तामाङको राजीनामाले समाजमा पक्कै पनि सकारात्मक सन्देश जानेछ । पदमा पुगेर बोलीमा ध्यान दिन सकिएन भने आफू धरापमा परिन्छ भन्ने चेत आएको हुनुपर्छ ।
कानुनमन्त्रीद्वारा पत्रकार सम्मेलनमा जारी विज्ञप्ती :
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NIIOfO via IFTTT
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ । उनले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने स्रोतले जनाएको छ ।
मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।
नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मित बेच्न बाध्य हुनु पर्ने गरेको दाबी गरेका थिए ।
यसको सर्वत्र आलोचना भएको छ । सत्तारुढ नेकपाकै नेताहरुले समेत आलोचना गरे ।
मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागे । तर, आफूले नेपाली विद्यार्थीहरुले भोग्नु परेको समस्यालाई उजागर गरेको भन्दै विवादास्पद अभिव्यक्तिको बचाउ गरे ।
डा. गोविन्द केसीको अनसनलाई लिएर सरकारको आलोचना भइरहेका बेला कानुनमन्त्रीको अभिव्यक्ति पनि थपिएपछि नेकपाका नेताहरुले सोमबार साँझ छलफल गरेका थिए ।
बालुवाटारमा राति अबेरसम्म भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई राजीनामा दिन सुझाएका छन् ।
मन्त्री तामाङले दिउँसो २ बजे कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् । स्रोतका अनुसार उनले त्यहीबाट मन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्ने तयारी छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2uYGObq via IFTTT
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका परिभाषामा अरु पार्टी सरकारमा हुँदा अधिनायकवाद देख्ने ऐतिहासिक परम्परा नै रहेको जिकिर गर्नुभएको छ ।
नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले ‘पञ्चायतकालमा पनि कम्युनिष्टसँग मिलेर आफ्नो बहुमतको संसद् पुनःस्थापना गरौँ भन्दा राजतन्त्रसँग घाँटी जोडेर कारागार बस्न पनि तयार रहने’ काँग्रेसले अहिले निर्वाचन जितेर आएको कम्युनिष्टको सरकारलाई अधिनायकवादी भन्नु युक्तिसंगत नभएको बताउनुभयो ।
“प्रतिक्रियावादी शक्तिहरु छिट्टै हड्बडाउँछन्, प्रतिपक्षमा हुनेबित्तिकै आत्तिन्छन् । जनताका बीचमा जाने र आफ्ना कुरा शालीन ढंगले राखेर हिंसात्मक दमनको पनि शान्तिपूर्ण प्रतिवाद गरेको अनुभव नेकपासँग छ तर काँग्रेसमा लोकतान्त्रिक प्रतिपक्षको अनुभव देखिएन” प्रधानमन्त्री ओलीले भन्नुभयो, “काँग्रेसले विगतमा सरकार चलाउँदा वामपन्थीलाई अनावश्यक रुपमा थुन्ने र शिक्षक कर्मचारीलाई बर्खास्त गरेको छ । देशै खाने काम आफ्नो हो भन्ठान्ने काँग्रेसले हामीलाई लोकतन्त्रको पाठ सिकाउन मिल्दैन ।”
उहाँले लोकतन्त्र ल्याउन कम्युनिष्टहरुले जेलनेल गरेको इतिहास जीवितै रहेको बताउँदै मानवजीवनलाई सुखी बनाउन समृद्धि मात्र होइन सामाजिक न्याय पनि चाहिने भएकाले सरकार त्यस दिशातर्फ अघि बढेको जानकारी दिनुभयो । पुष्पलालको निधन २०३९ साउन ७ गते भएको थियो । पुष्पलालले विश्व कम्युनिष्ट आन्दोलनको घोषणापत्रलाई नेपालीमा अनुवाद गर्नाका साथै सामाजिक न्यायसहितको समाजवादको नीति अघि सार्नुभएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2JOz2X0 via IFTTT
काठमाडौं । कानुनमन्त्री शेरबहादुर तामाङले आफुले केहि दिनअघि बङलादेशमा अध्ययनरत नेपाली छात्राहरुको विषयमा दिएको अभिव्यक्तिप्रति माफी मागेका छन्।
आइतबार प्रेस विज्ञप्ती जारी गर्दै कानुनमन्त्री तामाङले आफुले साउन ४ गते एक विद्यालयमा दिएको अभिव्यक्तिले बङलादेशमा अध्ययन गरिरहेका र अध्ययन गरी फर्केका छात्राहरुमा पर्न गएको चोट प्रति माफी मागेका हुन् । आफुले बङलादेशमा अध्ययन गर्न गएका केहि नेपाली चेलीहरुले आत्महत्या गरेका घटनाबारे जानकारी पाएको र केहि नेपाली चेलीहरुले त्यहाँ विविध समस्या भोग्नु परेकाले घटना उजागर गर्न त्यस्तो अभिव्यक्ति दिएको मन्त्री तामाङले विज्ञप्तीमा उल्लेख गरेका छन्।
मन्त्री तामाङले आफु महिलाको आत्म सम्मान ,हिंसा मुक्त समाज र नारी अस्मिताको रक्षामा प्रतिवद्ध रहेको समेत बताएका छन्।
मन्त्री तामाङले बङलादेशमा डाक्टरको सर्टिफिकेट लिन छात्राहरुले आफुलाई कही न कही बेच्नै पर्ने बताएपछि विवादमा तानिएका थियो । उनको यस अभिव्यक्तिको सामाजिक सञ्जाल लगाएतमा व्यापक विरोध भएको थियो ।
कानुनमन्त्री तामाङले जारी गरेको प्रेस विज्ञप्ती :
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2mChc04 via IFTTT
काठमाडौ। गएको जेठ असारमा जथाभावी रूपमा गरिएको खर्चले अहिले सरकारी ढुकुटी रित्तो अवस्थामा पुगेको छ। अर्थमन्त्रालयका अधिकारीहरूका अनुसार सरकारी खातामा अघिल्लो आर्थिक वर्षको एक पैसा पनि बचत छैन। आर्थिक वर्षको अन्त्यमा भएको सरकारकोे यस्तो वेथितिले गम्भीर परिस्थिति उत्पन्न हुने निश्चित छ। चालु आवको पहिलो महिनाबाटै आन्तरिक ऋणबाट काम चलाउनुपर्ने अवस्था आएको छ। सरकारले आन्तरिक ऋणमा चाप बढाउँदा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी क्षमतामा असर पर्ने र अर्थमन्त्रालयका विज्ञ अधिकारी बताउँछन्।
सरकारले गत आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै पूँजीगत बजेटको ३३ प्रतिशत रकम सिध्याएको थियो। विकास निर्माणका लागि छुट्याइएको ३ खर्ब ३५ अर्ब रुपैयाँमध्ये गत असारमा मात्रै १ खर्ब १० अर्ब रुपैयाँ निकासा गरिएको थियो जसमध्ये अन्तिम दिन मात्रै २७ अर्ब रुपैयाँ निकासा भएको थियो।
अर्थ सचिव राजन खनालले सरकारी ढुकुटी रित्तिएको स्वीकार गरे। यस्तो अवस्थामा सरकारले दैनिक संकलित राजश्व र राष्ट्र बैंकबाट ओभर ड्राफ्ट कर्जा लिएर दैनिक कार्य सञ्चालन हुने उनले बताए।
राजश्व स्वरुप साउन भरमा करिब २३ अर्ब रुपैयाँ मात्र सरकारलाई प्राप्त हुने देखिन्छ। विभिन्न अनुदान र दैनिक कार्यसञ्चालनका लागि यो रकम अत्यन्तै न्यून हो। अर्थ सचिव खनालले भने सकारले तत्काल आन्तरिक ऋण नउठाउने दाबी गर्छन्। जथाभावी खर्च गर्ने परम्पराकै कारण गत आर्थिक वर्षमा सरकार ४८ अर्ब रुपैयाँ घाटामा रहेको देखिएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NDVftl via IFTTT
काठमाडौँ । सरकारको नेतृत्व गर्दा चार पटकसम्म अनसन बस्दा त्यो केसीको अनुहार पनि हेर्दिन मरे मरोस भन्दै बालुवाटारमा उफ्रने कांग्रेस सभापति शेरबहादुर देउवा टिचिङ अस्पताल पुगेर प्रा.डा. गोबिन्द केसीसँग आइएम विथ यू भन्दै लोक हसाउनु भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका कांग्रेस सभापति देउवा सत्तामा रहँदा डा. केसी चार पटक आमरण अनसन बस्नुभएको थियो । त्यसबेला देउवाले त्यस्ले भनेको गर्ने हो र ? भन्दै केसीबिरुद्ध आपत्तिजनक शब्दबाण प्रहार गर्नुभयो ।
नेपाली कांग्रेसकै युवा नेताहरु डा. केसीको जायज माग पूरा गर्नूपर्छ भन्दै बालुवाटार पुग्दा देउवाले हप्काएर पठाउनु भएको थियो । त्यो दृष्यको सामना गर्नेमा थिए, सुशिल कोइराला प्रधानमन्त्री रहेको बेला प्रेस सल्लाहकार बन्नुभएका कांग्रेस नेता प्रतिक प्रधान, चन्द्र भण्डारी, धनराज गुरुङ । उहाँहरुले डाक्टर केसी मरे ठुलो संकट आउने भन्दै देउवालाई दवाव दिएका थिए । तर देउवाले को हो त्यो फटाह ? त्यस्ले भनेको सवै मान्नु पर्ने ? हुँदैन, भन्दै फर्काउनु भएको थियो ।
यो कुरा बालुवाटारमा उपस्थित सवैले अनुभुति गरेका थिए । तर शुक्रवार देउवा आफ्नो अनुहार छोप्दै त्रिबि शिक्षण अस्पताल पुग्नुभयो । टिचिङको गेटबाट भित्र छिर्दै उहाँको दाँया हात पटक पटक नाक भन्दा माथिल्लो भागमा पसिना पुछन लम्कियो । जव भित्र प्रवेश गर्नुभयो देउवा, डा केसीलाई जसरी पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई झुकाउन अनुनय बिनय गर्नुभयो ।
डा केसीकै बहानामा सरकारबिरुद्ध आन्दोलन गर्ने र अराजकता मच्चाएर काम गर्न नदिई समृद्धि रोक्ने सभापति देउवाको योजना रहेको छ । डा केसीसँगको भेटमा उहाँले त्यही संकेत गर्नुभयो । आफ्नो पार्टीले आन्दोलन थालिकसेको भन्दै देउवाले जसरी हुन्छ, प्रधानमन्त्री ओलीलाई झुकाएर काम गन नदिन उक्साउनु भयो ।
२१ दिनदेनि अनशनरत डा गोविन्द केसीलाई भेट्न त्रिवि शुक्रवार दिउसो शिक्षण अस्पताल पुग्नुभएका देउवाले डा केसीको साथका कांग्रेस रहेको र केसीको समर्थन पनि कांग्रेसलाई नै रहेको भन्दै भिडन सुझाउनु भएको हो । तपाई हामी जस्तै प्रजातन्त्रवादी, चुनावमा सहयोग नै गर्नुभयो, अव हामी पनि तपाइलाई सहयोग गर्छौं, बिगतमा के भयो त्यतातिर नलाग्नोस, अव हामी मिलेर ओली झुकाउन काम गरौं,’ देउवाको भनाई उधृत गर्दै प्रत्यक्षदर्सीले भने, ‘ओलीलाई ब्रेक लगाउन तपाइको भुमिका हुनुपर्छ, सवै माग पूरा नभएसम्म तपाई लडनोस, हामी पनि लडछौं ।’
डा केसीलाई भेटेपछि देउवाले केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएको भन्दै सरकारबिरुद्ध खनिनु भयो । ‘लोकतन्त्रमा एक जना नागरिक पनि निकै बलियो हुन्छ, तर डा केसीको पछाडि हामी लाखौ छौं,’ बाहिर आएर देउवाले भन्नुभयो । देउवाले कांग्रेसका सवै नेता कार्यकर्ता केसीको साथमा रहेको भन्दै अरु पार्टीको साथ खोज्न जरुरी नरहेकोसमेत डा. केसीसामु राख्नुभएको थियो । देउवाको संकेत बिवेकशील साझा पार्टीलाई केसी आन्दोलनको जस जानै नहुनेतर्फ थियो ।
‘कांग्रेस छँदै छनि, कांग्रेसका सम्पादक प्रकाशक भएका पत्रिका छँदैछन नि, के को चिन्ता ? बस, झुकाएर उस्ले भनेअनुसार काम गर्न दिनुहुन्न, यही हाम्रो कुरा हुनुपर्छ,’ देउवाो भनाई उधृत गर्दै एक चिकित्सकले भने । देउवाअघि कांग्रेसकै अर्का नेता अर्जुननरसिंह केसी पनि डा. केसीलाई भेटन पुग्नुभएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2O97E9B via IFTTT
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवाले भेट गरेका छन्।
शनिबार बानेश्वरमा तरूण दल र प्रहरीबीच भएको झडपमा नेता, कार्यकर्ता घाइते भएपछि देउवा प्रधानमन्त्रीलार्इ भेट्न बालुवाटार पुगेका हुन्।
आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै उनले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए। भेटमा देउवाले तत्काल डा केसीसँग सार्थक वार्ता गर्न पनि प्रधानमन्त्रीसँग आग्रह गरेका छन्
भेटपछि देउवाले ट्वीट गर्दै भनेका छन्, ‘तरुण दलको प्रदर्शन माथि सरकारको अन्धाधुन्ध आक्रमणपछि मैले प्रधानमन्त्री केपी ओलीलाई बालुवाटार पुगेर भेटे।भेटमा शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको दमनकारी व्यवहार रहे अझ कडा कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छु। तत्काल डा. केसीसँग वार्ता गरेर समस्या समाधान गर्न आग्रह गरेको छु’।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LyXIYJ via IFTTT
काठमाडौँ । नेपाल वायु सेवा निगमले विदेशबाट दुई वटा वाइड बडी जहाज खरिद गर्दा व्यापक अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा नै नेपाल वायु सेवा निगमले नीति र कानुन विपरीत गई वाइड बडी जहाज किनेको उल्लेख छ ।
कानुन मिचेर खरिद गरिएको एउटा जहाज काठमाडौँ आइपुगेको छ । अर्को जहाज साउन महिनाभित्रै काठमाडौँ आइपुग्ने बताइएको छ । कानुन मिचेर खरिद गरिएको जहाज समेत विचौलियामार्फत खरिद गरिएको हो । अमेरिकन कम्पनी एएआरबाट खरिद गरिएको जहाज प्राविधिक रुपमा समेत कति उपयुक्त छ भन्ने बारेमा समेत आशंका नै रहेको छ ।
सामान्यता एउटा जहाज खरिद गर्दा दश प्रतिशत कसिमन स्वतः नै प्राप्त हुन्छ । त्यो भनेको एउटा जहाजको मूल्य रु १२ अर्बको हिसाब गर्दा पनि करिब एक अर्ब २० करोड जति हुन जान्छ । यस्तै अर्को जहाज समेत थप्दा रु २ अर्ब ४० करोड जति त कसिमन नै आउने देखिन्छ । दुवै वाइड बडी जहाजको मूल्य समेत अन्तर्राष्ट्रिय बजारको भन्दा करिब चार अर्बभन्दा बढी रहेको छ ।
निगमका महाप्रबन्धक सुगतरत्न कसांकारले कमिसनको विषयमा केही नबोल्ने भन्दै चुपचाप बसेका छन् । उनले कमिसन केही शक्तिकेन्द्रलाई समेत बुझाएको चर्चा काठमाडौँमा भइरहेको छ । उनले कमिसन वापत प्राप्त भएको रकम आरजु देउवादेखि रविन्द्र अधिकारीसम्मलाई उपलब्ध गराएको चर्चा छ ।
पाइलट र व्यावसायिक कार्ययोजनाको अभावमा नेपाल वायु सेवा निगमले चीनबाट खरिद गरेर ल्याएको एम ए ६० जहाज उड्न नसकेको लामो समय भयो । यस्तै अवस्था छ वाई १२ मोडेलको चिनियाँ जहाजको पनि । तर महाप्रबन्धक कंसाकारले विदेशी पाइलट ल्याउने भन्दै हल्ला गरेर हिँडेका छन् । नेपालभित्र रहेका पाइलटलाई तलब दिन दाँतबाट पसिना निकाल्ने कसांकारले विदेशी पाइलटलाई भने मासिक १८ लाख तलब दिन तयार भएका छन् ।
निगमको खराब प्रवृत्तिका कारण उच्च क्षमता भएका पाइलटहरुले धमाधम जागिर छाड्दै हिडेका छन् । पाइलट अभावका कारण चिनियाँ जहाज थन्केको पनि लामै समय भयो । चीनबाट ल्याएको जहाज उडाउनका लागि पाइलट नभएको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमका जहाज थन्किइरहेको छ । निगमका महाप्रबन्धक कंसाकार भने पाइलट रहेको भन्दै दुनियाँलाई ढाटी रहेका छन् । निगमका लागि १ सय १६ जना पाइलट आवश्यक पर्ने देखिएको छ ।
निगमसँग हाल ८८ जना पाइलट मात्रै उपलब्ध छन् । थप २८ जना पाइलट आवश्यक पर्ने भएकाले विदेशी पाइलट करारमा लिएर भए पनि सेवा दिने निगमको लक्ष्य रहेको बताइएको छ । यो सबै कमिसनको खेल भएको वायु सेवा निगमका जानकारहरुको भनाइ छ । कानुनी प्रावधान पूरा नगरेको, सुरक्षामा ध्यान नदिएको भन्दै यूरोपेली संघले नेपाली जहाज तथा विमान कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । साभार – सफलखबर
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zYOeRT via IFTTT
काठमाडौं । सरकारले नेपाली सेनाका लागि छ अर्ब ९० करोड रुपैयाँ बराबरको हतियार किन्ने तयारी गरेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।
चालु आर्थिक वर्षमा नाम नखुलाइएका छ हजार ४ सय ९२ थान र एम १६ सिरिजका १० हजार थान हतियार तथा गोलीगट्ठा खरिदको तयारी सरकारले अघि बढाएको हो ।
रक्षा मन्त्रालयले प्रधानमन्त्री केपी ओलीलाई असार २९ मा पेस गरेको कार्ययोजनामा हतियार गोलीगट्ठा खरिद गर्ने उल्लेख छ ।
रक्षाको प्रतिवेदनअनुसार ‘सैनिक जवानले प्रयोग गर्ने व्यक्तिगत हतियार छ हजार ४९२ थान’ खरिदका लागि तीन अर्ब ४५ करोड चार लाख छुट्याइएको छ । यसमा मेसिनरी औजार पनि समेटिएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LmoQtN via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निहित राजनीतिक उदेश्य पुरा गर्नका लागि डा. गोबिन्द केसीको जीवनमाथि खेलबाड नगर्न चेतावनी दिनुभएको छ ।
पोखरा बिश्वबिद्यालयको १९ औं साधरणसभामा बिहीवार बोल्दै उहाँले डा. केसीको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण भएको र त्यसका लागि सरकार गम्भीर रहेको बताउनुभएको हो ।
ओलीले डा.गोविन्द केसीलाई अनसन बसेर मात्रै सबै कुरा पाइन्छ भन्ने भ्रमबाट मुक्त भई आयोगको नेतृत्वमा रहेर काम गर्न आग्रह गर्नु भएको छ । सभामा बोल्दै मन्त्री ओलीले अनशनबाटै सबै कुरा पाइने भए संसद किन चाहियो भनेर प्रश्न गर्नु भएको छ ।
चिकित्सकहरुको आन्दोलन मर्यादाबाहिरको भएको प्रधानमन्त्रीले बताउनुभयो । ‘काम नै बिरामीको उपचार गर्ने हो । आफूलाई चिकित्सक भन्ने तर बिरामीको उपचार नगर्ने । यो अमर्यादित हो’ प्रधानमन्त्रीले भन्नुभयो,‘डाक्टरले आज बिरामीको उपचार गर्दिन, भोलि गर्छु भन्दा कयौंको ज्यान जान सक्छ । यस्तो काम उचित होइन ।’
प्रधानमन्त्री ओलीले आफु जनताको प्रधानमन्त्री भएको भन्दै त्यसै अनुरुपका कामहरु भइरहेको बताउनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2uBxiLX via IFTTT
काठमाडौं । सरकारले जारी गरेको यातायात व्यवस्थापन कार्यविधिअनुसार आर्थिक बर्ष २०७४र७५ मा ट्रायल पास गरेका तर राजश्व नतिरेकाको सबै रद्द हुने र नयाँ प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ ।यो व्यवस्थाअनुसार देशभरका सबै लाइसेन्स कार्यालयमा ट्रायल पास गरी राजश्व तिर्न बाँकी रहेका २र३ हजारको लाइसेन्स रद्द हुने भएको छ ।साथै, रिट्रायल पनि हुने छैन । आजको कारोबारले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।
मंगलबार यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र जगाती, एकान्तकुना, ठूलोभर्याङ, सुकेधारासहित देशभरका कार्यालयमा अघिल्लो आव ९२०७४र७५० मा ट्रायल पास गरेका र राजश्व तिर्न बाँकी भएका सेवाग्राही लाइसेन्स कार्यालय पुगेका थिए ।तर, कार्यालयले उनीहरुलाई कार्याविधिअनुसार नमिल्ने र विभागबाट निर्देशन नआएको भन्दै फर्काइएको कार्यालयहरुले जनाएका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2uOOmO6 via IFTTT
गोरखा । संघीयता कार्यान्वयन गर्न कठिन भइरहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । गोरखाको गण्डकी गाउँपालिकाको तेस्रो गाउँसभाको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले संघीयता कार्यान्वयनको अभ्यास चरणमा रहेकाले जटिलता आएको तर्क गरे ।
‘स्थानीय तह स्थानीय तहमै अलमल छ, प्रदेश प्रदेशमै अलमल छ, संघ संघमै अलमल छ । अहिले हामी धेरै अलमलमा छौं’, उनले भने, ‘हुन त यो दुनियामा संघीय शासन प्रणाली भर्खर भर्खर लागू भएको सबै ठाउँमा यस्तै भएको छ । केन्यामा त संघीय शासन प्रणाली लागु हुनै १५ बर्ष लागेको हो । हाम्रो त कमसेकम छ बर्षमा संविधान बन्यो, संविधान बनेको पहिलो बर्षमै कार्यान्वयन गर्दैछौं ।’
जटिलता आयो भन्दैमा संघीय सरकारको बिरोध गर्न नहुनेतर्फ उनले औल्याए । ‘केन्द्र सरकारले मात्रै चलाएको बेला मुलुकमा दुर्भाग्यबाहेक सौभाग्य आउन सकेन त्यसैले मुलुकको विकासका लागि एक मात्र उत्तम विकल्प संघीयता नै हो, भलै एउटा सरकारको ठाउँमा सातसय सरकार बनाएर सोचेभन्दा धेरै टुक्रामा टुक्रिएको छ’, उनले भने, ‘पहिले पहिले नेपालको खेतीपाती मनसुनमा भरपर्छ, शासन प्रणाली भनसुनमा भरपर्छ भन्नुपथ्र्यो त्यसैले संघीयता कार्यान्वयनमा सबै एकजुट भएर लाग्नु पर्छ ।’
मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशको सबै गाउँपालिकाको केन्द्रलाई सडकसञ्जालले जोड्ने बताए । ‘हाम्रो प्रदेशमा गोरखाको चुमनुब्री र मनाङको नारफु बाहेक सबै गाउँपालिका सडक सञ्जालले जोडिएका छन्’, उनले भने, ‘अबको तीनबर्षभित्र प्रदेशको राजधानीबाट सबै स्थानीय तहको केन्द्रसम्म सडक सञ्जालले जोडिनेछ ।
गण्डकी गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे गरिनेछ ।’ गाउँपालिकाले पैसा हाले पनि नहाले पनि प्रदेशको बजेटले सडक पिच गर्ने र एकहजार जना अट्ने सभा हल निर्माण गर्ने उनले घोषणा गरे । गाउँसभाको घोषणासभामा भौतिक पूर्वाधार तथा योजना मन्त्री रामशरण बस्नेत र कृषि मन्त्री लेखबहादुर थापाको समेत सहभागिता रहेको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zSJ1ee via IFTTT
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले एक करोड सहयोग हस्तान्तरण गरेकी छन्।
नेपाल टेलिभिजनको जनतासँग प्रधानमन्त्री कार्यक्रमको आज राति प्रसारित पहिलो शृखंलामा गायिका शेर्पाले सो रकम हस्तान्तरण गरेकी हुन्। उनले उक्त रकमले एउटा मात्र भए पनि झोलुङ्गे पुल बन्न सकोस् भनी कामना गरिन्।
गायिका शेर्पाले लामो समयपछि मुलुकमा एकल बहुमतको स्थिर सरकार बनेकाले जनता र राष्ट्रको चाहनालाई सार्थकतापूर्वक अघि बढाउन शुभकामना पनि दिइन्।
सहयोग ग्रहण गर्दै प्रधानमन्त्री ओलीले आफूले एक महिनाको तलब थप गरी तुइन विस्थापन कोष स्थापना गर्ने घोषणा गरे। कार्यक्रम प्रस्तोता मनोज पाण्डेले कोषमा पचास हजार सहयोग दिने घोषणा गरे।
प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालको पदबहालीको दिन मुलुकभरका सबै तुइन विस्थापनको घोषणा गरेका थिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NuEwIW via IFTTT
काठमाडौं। ३३ किलो सुन तस्करी प्रकरणबारे छानविन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिपछि थप अनुसन्धान रोकिएको छ ।
प्रधानमन्त्रीको असन्तुष्टिपछि समिति उक्त प्रकरणको थप अनुसन्धानका लागि अन्य व्यक्रिलाई गिरफ्तार गर्नुभन्दा अहिलेसम्म गरिएको अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा जुटेको छ ।
गत असार ११ गते बेलुकी प्रधानमन्त्री ओलीसँग भेट गरी समितिका संयोजक ईश्वरराज पौडेलसहितले समितिको काम कारबाहीबारे जानकारी गराएका थिए ।
समितिका पदाधिकारीले अनुसन्धान प्रक्रिया अघि बढाउन अन्य आरोपितहरुलाई पनि गिरफ्तारी गर्नुपर्ने प्रधानमन्त्रीसँग बताएका थिए ।
प्रधानमन्त्रीसँग भएको करिब दुई घण्टाको ब्रिफिङमा अनुसन्धान समितिले हुन्डी तस्करी आरोपमा संलग्न विमल पोद्दार पक्राउ परेपछि उनको संरक्षणमा रहेका भनिएका केही व्यक्तिहरुलाई पक्राउ गर्नुपर्ने आग्रह गरेको थियो ।
तर, समितिको उक्त ब्रिफिङमा प्रधानमन्त्री ओलीले समितिको कामप्रति असन्तुष्टि प्रकट गरेका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LoBkRK via IFTTT
सन् २०२२ मा कतारमा हुने विश्वकपको सुरक्षाका लागि कतार सरकारले सरकारले नेपाली सुरक्षा गार्ड लैजान चासो देखाएको छ। नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले सन् २०२२ मा कतारले आयोजना गर्ने विश्वकपमा सुरक्षा गार्डका लागि नेपाली आवश्यक रहेको बताएका हुन्।
कतार नेपालसँग सुरक्षाका क्षेत्रमा सहकार्यका लागि इच्छुक रहेको छ। उनका अनुसार भेटमा नेपाल–कतार द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो। उनले कतार सरकारले नेपाल सरकारसँग सम्झौता गरेर सुरक्षा गार्ड लैजान तयार रहेको औपचारिक जानकारी नेपाल सरकारलाई गराएका हुन्।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग मंगलबार मन्त्रालयमा भएको भेटमा राजदूत मोहम्मदले सुरक्षा गार्डको आवश्यकताका विषयमा छलफल गरेका हुन्। गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदूत मोहम्मदसँग छलफल गरेका थिए। कतारमा हाल पाँच लाख बढी नेपाली रोजगारीका लागि पुगेका छन्।
उनले यसैवर्ष कतार नेपाल सम्बन्धको ४० वर्ष पुरा भएको अवसरमा मन्त्री थापालाई कतार भ्रमणको निम्तो समेत दिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2L1GO5j via IFTTT
काठमाडौं। सरकारले भारत र मलेसियाका लागि नेपाली राजदूत सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेती र मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डेलाई सिफारिस गरेको हो ।
उप्रेति पूर्व प्रमुख निर्वाचन आयुक्त हुन् भने पाण्डे यसअघि साउदी अरेबियामा राजदूत थिए।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले १० महिना अघि राजीनामा दिएपछि त्यहाँ राजदूत पद रिक्त छ। भारतीय नाकाबन्दीका बेला तत्कालीन ओली सरकारले उपाध्यायलाई फिर्ता बोलाएपनि त्यसपछिको सररकाले नियुक्त गरेको थियो। तर, उनी राजीनामा दिएर चुनावमा हिँडेका थिए।
सरकारले हालका लागि रिक्त रहेका चार मुलुकमा राजदूत नियुक्तिको तयारी थालेकोमा सोमवार दुईवटा मुलुकका लागि मात्र सिफारिस भएका छन्।
नेपालले तत्कालका लागि रिक्त रहेका भारत, मलेसिया, संयुक्त अरब इमिरेटस् र संयुक्त राष्ट्रसंघीय नियोग (न्युयोर्क) राजदूत पठाउन गृहकार्य थालेको हो।
क्यानडा, दक्षिण अफ्रिका, थाइल्यान्ड, फ्रान्स, कुवेत, ब्राजिल र राष्ट्रसंघीय नियोग जेनेभामा पनि केही महिनामै राजदूत खाली हुँदैछन्।
नेपालका विभिन्न ३० मुलुकमा दूतावास छ। न्युयोर्क, जेनेभा र भियनामा राजदूतस्तरको स्थायी नियोग छ। यसैगरी, ६ स्थानमा महावाणिज्य दूतावास र ६५ स्थानमा अवैतनिक महावाणिज्य एवं वाणिज्य दूतावास छन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ur0OnG via IFTTT
कपिलवस्तु। शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका प्रमुख उपसचिव सुरेन्द्रराज पराजुली दुई लाख ८० हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले प्रमुख पराजुलीलाई सेवाग्रहीबाट दुई लाख ८० हजार घुस लिँदालिँदै सोमबार कार्यालयबाटै पक्राउ गरेको हो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NgAxze via IFTTT
काठमाडौँ । आफ्नो समूहलाई बलियो बनाउने कसरतस्वरूप आइतबार देउवाले आफूपक्षीय केन्द्रीय सदस्यको बैठक गरे भने पौडेलले सोमबार त्यस्तै प्रकृतिको बैठक बोलाएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार आफूपक्षीय केन्द्रीय सदस्यको बैठक गरेलगत्तै संस्थापनइतर पक्षले सोमबार त्यस्तै प्रकृतिको बैठक बोलाएको छ । छलफलका विषय समानजस्तै भए पनि दुवै पक्षको बैठकको अन्तर्य भने आ–आफ्नो समूहलाई गोलबद्ध बनाइराख्ने रणनीतिबाट लक्षित देखिएको छ ।
बूढानीलकण्ठस्थित आफ्नै निवासमा आयोजित बैठकमा देउवाले आफ्नो ‘पोजिसन’ बुझ्नका लागि सुझाव लिएको उनीनिकट एक केन्द्रीय सदस्यले बताए । ‘पछिल्लोपटक भ्रातृ तथा शुभेच्छुक संस्थामा पकड गुम्दै गएपछि देउवा आफ्नो पक्षलाई गोलबद्ध बनाउन क्रियाशील भएका हुन्,’ ती केन्द्रीय सदस्यले भने, ‘आफ्नो पक्षलाई बलियो बनाइराख्ने र १४ औं महाधिवेशनमा पुनस् सभापति उम्मेदवार बन्ने उनको तयारी देखिन्छ ।’
त्यस्तै तयारीमा संस्थापनइतर पक्षका नेताहरू देखिन्छन् । यद्यपि यो समूहमा भावी नेतृत्वको विषयमा एकमत छैन । वरिष्ठ नेता रामचन्द्र पौडेलका अतिरिक्त नेतृत्वको आकांक्षा राख्नेहरू झन्डै आधा दर्जन छन् । यो पक्षका नेता अर्जुननरसिंह केसीले नेतृत्वको विषय आवश्यकता र परिस्थितिले त्यतिबेलै टुंगो लाग्ने बताए ।
आइतबारको बैठकमा पार्टीभित्र आफ्नो वर्चस्व कसरी कायम राख्ने भन्नेमा सभापति देउवा केन्द्रित देखिन्थे भने सोमबार हुने संस्थापनइतर पक्षको भेलामा पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेता देउवालाई कसरी कमजोर बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुने देखिन्छ । पौडेल पक्षले विधान समिति गठन र प्रादेशिक समिति अधिवेशनबाट निर्वाचित हुनुपर्ने विषयलाई छलफलको मुख्य एजेन्डा बनाउने भएको छ । तर, सभापति देउवा त्यसलाई मान्न तयार छैनन । उनले संस्थापनइतर पक्षलाई ३ र संस्थापन पक्षलाई ४ संयोजक दिने गरी तदर्थ समितिको प्रस्ताव गरेका छन् । ‘प्रदेश समितिको अधिवेशन गर्नुपर्ने, म्याद सकिएका भ्रातृ संस्थाको अधिवेशन गर्नुपर्नेलगायत सबै विषयमा प्याकेजमै सहमति हुनुपर्छ भन्ने जोड हाम्रो हो,’ केसीले भने, ‘हामीले भागबन्डा माग गरेका होइनौं । पार्टी सञ्चालनको विधि, प्रक्रिया र सहमतिसाथ अघि बढ्ने पद्धति खोजेका हौं ।’
हालै सम्पन्न शिक्षक संघ, ट्रेड युनियन कांग्रेस, कर्मचारी युनियनमा पकड गुमेपछि देउवाले बाँकी भ्रातृ संस्थाको निर्वाचन गराउन आलटाल गर्दै आएको संस्थापनइतर पक्षका आरोप छ । प्रदेश समितिको अधिवेशन गर्दा पनि वर्चस्व नरहने भय देउवामा देखिन्छ । देउवा पक्षमा रहेका केन्द्रीय सदस्य श्याम घिमिरेले आइतबारको छलफलमा यी विषयले प्रवेश नपाएको बताए । ‘पार्टीभित्र एकता कायम गरेर जानुपर्छ, त्यसका लागि पौडेल पक्षसँग पनि सभापतिले लचक भएरै कुराकानी गर्नुपर्छ भन्नेमा धेरैजसोको सुझाव थियो,’ घिमिरेले भने, ‘कम्युनिस्टहरूसँग प्रतिस्पर्धामा जानका लागि पार्टी एकताको सन्देश पहिला दिनुपर्छ भन्नेमा सबैको जोड रह्यो ।’
धेरैजसोले सभापति देउवालाई नयाँ दृष्टिकोण र कार्यक्रमसाथ अघि बढ्न सुझाएका थिए । ‘अब लडाइँ र झगडा गरेर हुन्न, नयाँ कार्यक्रम र दृष्टिकोण बोकेर जानुपर्छ । त्यसअघि सभापतिले पनि आफ्नो ठाउँमा लचकता देखाएर सबैलाई समेट्ने कोसिस गर्नुपर्छ,’ घिमिरेले थपे, ‘अर्को पक्षले पनि पार्टी बचे नै हामी बच्ने हो भन्ने हिसाबले लचकता देखाउन सक्नुपर्छ ।’ सबैले बोल्ने क्रम नसकिएपछि बैठक सोमबार पनि चल्ने भएको छ । कान्तिपुर बाट
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zI01Uh via IFTTT
काठमाडौं। प्रतिनिधि सभा नियमावली २०७५ मा फौजदारी मुद्दामा अभियोग लागेको संसदको सदस्यको सदस्यता निलम्बन नगरिने प्रावधान संविधान विपरित रहेको दावी सहित सर्वोच्च अदालतमा आइतबार रिट दर्ता भएको छ।
सङ्घीय व्यवस्थापिका, प्रतिनिधिसभा, सङ्घीय संसद् सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई उक्त रिट निवेदनमा विपक्षी बनाइएको छ।
‘प्रतिनिधिसभा जननिर्वाचित व्यक्ति, फौजदारी अभियोग लागेपछि पनि यो वा त्यो बहाना वा निहुँले प्रतिनिधिसभा सदस्यको रुपमा पुनर्वाहली हुने र सेवा सुविधाबाट समेत बञ्चित हुनै नपर्ने व्यवस्था कायम रहन्छ तबसम्म ऊमाथि राज्यबाट सञ्चालित निकायबाट अपराध अनुसन्धान र निष्पक्ष छानबिन हुन्छ भन्ने कल्पना नै गर्न सकिन्न,’ निवेदनमा दावी गरिएको छ।
संविधानको धारा १, १८ तथा संसदीय प्रचलन र मर्यादाको समेत विरुद्ध सो नियमावली पारित भएको दावी गर्दै सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९९१० बमोजिम तत्काल अन्तरिम आदेशले उक्त नियमको कार्यान्वयन रोकिपाउन माग गरिएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2JqGJTj via IFTTT
मोरङ। भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडा ३० हजार घुससहित पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा कार्यरत प्रहरी निरीक्षक राजन कार्कीसहितको टोलीले आज विराटनगर कार्यालयबाटै पक्राउ गरेको हो।
विराटनगरका एक व्यक्तिसँग मोहियानी हक दिलाइदिने भन्दै खतिवडाले घुस मागेको कार्कीले बताए। तिनै व्यक्तिले पछि अख्तियारलाई सम्पर्क गरेर यसबारे जानकारी दिएका थिए। घुस दिने व्यक्तिको पहिचान अख्तियारले गोप्य राखेको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2mlaXh8 via IFTTT
नुवाकोट । राष्ट्रिय गौरवको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेंसी–रसुवागढी’ सडक योजनाअन्तर्गत सडक क्षेत्रभित्र पर्ने निजी जग्गाको मुआब्जा वितरण शुरु भएको छ ।अन्तर्राष्ट्रिय राजमार्गको परिकल्पनासहित विस्तार भइरहेको गल्छी–स्याफ्रुबेँसी सडकको स्तरोन्नति गर्न सडक आसपासका दायाँबायाँ १५–१५ मिटरभित्र पर्ने जग्गा अधिग्रहण गर्न मूल्य निर्धारण भएअनुसार रकम उपलब्ध गराउन थालिएको सडक योजना कार्यालयका लेखा अधिकृत लीलाधर अर्यालले जानकारी दिनुभयो ।
जिल्लाका साविक दुईपीपल, रातमाटे र जिलिङ गाविसका जग्गाधनीलाई चालू आर्थिक वर्षमा रु २५ करोड उपलब्ध गराइने छ । उहाँका अनुसार साविकका तीन गाविसका सडकभित्र पर्ने एक हजार ४८१ रोपनी जग्गाका लागि रु चार अर्बभन्दा बढी आवश्यक पर्ने भएकाले बाँकीलाई नयाँ आर्थिक वर्ष शुरु भएलगत्तै उपलब्ध गराउने योजना बनाइएको छ ।
“साविक तीन गाविसमा पर्ने जग्गाधनी एक हजार ५७३ मध्ये बुधबारसम्म ७०० भन्दा बढी धनीले मुआब्जा उपलब्ध गराउन जग्गाधनी प्रमाणपत्रसहितको निवदेन कार्यालयमा दिएका छन्”, उहाँले भन्नुभयो, “प्राप्त भएको निवेदनअनुसार प्रशासन कार्यालयमार्फत जग्गधनीको बैंक खातामा रकम जम्मा गरिदिने व्यवस्था मिलाइएको छ ।”
मुआब्जा निर्धारण समितिले सडक विस्तारका क्रममा अधिग्रहण गर्नुपर्ने जग्गा बस्ती विकास भएको स्थानको प्रतिआना रु तीन लाख २५ हजार र बस्ती नभएको स्थानको प्रतिआना रु दुई लाख ५० हजार मुआब्जा रकम निर्धारण गरेको छ ।
सडक विस्तारअन्तर्गत गल्छीदेखि स्याफ्रुबेँसीसम्मका लागि मुआब्जा दिन रु १० अर्बभन्दा बढी खर्च हुने प्रारम्भिक अनुमान गरिएको योजना प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिनुभयो । ‘गल्छी–रसुवागढी’ सडकले पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी हँुदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने छ । बयासी किलोमिटर दूरीको सडक निर्माणको काम जारी छ । हाल सडक विस्तारको प्रगति २४ प्रतिशत छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2uAt3iW via IFTTT
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद ९सीटीईभीटी०ले शैक्षिक वर्ष २०७५–२०७८ का लागि प्रमाणपत्र तहमा झन्डै ५० करोडको छात्रवृत्ति प्रदान गर्ने भएको छ।
सीटीईभीटी ले शैक्षिक बर्ष २०७५(७६ मा भर्ना हुने बिद्यार्थीलाई ३ बर्षका लागि करिब ५० करोड भन्दा बढीको छात्रवृत्ति प्रदान गर्न लागेको हो। सीटीईभीटी ले नर्सिङ, एचए, फार्मेसी, ल्याब असिस्टेन्ट, रेडियोग्राफी, कृषि, इन्जिनियरिङ, फरेस्ट्री आदि विषयमा छात्रवृत्ति दिन लागेको सीटीईभीटीका सदस्यसचिव पुष्परमण वाग्लेले जानकारी दिए।
वाग्लेका अनुसार करिब १ हजार ४ सय ५५ जना विद्यार्थीलाई छात्रवृत्ति पाउने छन। यस वर्षदेखि सीटीईभीटीले प्रदेशअनुसार नै कोटा छुट्याएर छात्रवृत्तिका लागि फारम वितरण गरिरहेको छ। जसमा सबै भन्दा बढी प्रदेश ३ मा ५ सय ८३, सबै भन्दा कम प्रदेश नम्बर ६ मा २८ जनाले डिप्लोमा तहमा पढ्न छात्रवृत्ति पाउनेछन।
कसरी वितरण गरिन्छ छात्रवृत्ति रु सीटीईभीटीले प्रदान गर्ने यस छात्रवृत्ति कार्यक्रममा सहभागी हुनका लागि सामुदायिक बिद्यालयमा अध्ययन गरेको हुनुपर्नेछ। सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका विभिन्न वर्ग र समुदायका विद्यार्थीहरूले यो छात्रवृत्तिका लागि फारम भरी प्रवेश परीक्षा दिन पाउनेछन् ।
कहाँ पाइन्छ फारम रु सीटीईभीटीले प्रदान गर्ने वर्गीकृत ९साधारण र लक्षित वर्ग० छात्रवृत्ति प्राप्त गर्न पहिले फारम भरी प्रवेश परीक्षा दिनुपर्छ । त्यसपछि मेरिट लिस्ट ९जसको धेरै प्राप्ताङ्क आउँछ त्यही व्यक्ति० का आधारमा विद्यार्थीहरूले छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन्। फारम सीटीईभीटीको आधिकारिक वेभसाइट तथा प्रदेश कार्यालयहरू, आङ्गिक तथा निजी शिक्षालयहरूबाट यो फारम वितरण गरिरहेको छ । आफूलाई पायक पर्ने स्थानमा वा पढ्न चाहेको शिक्षालयबाट फारम लिन सकिने छ।
जुनसुकै प्रदेशका विद्यार्थीले जुनसुकै प्रदेशमा गएर पनि फारम भर्न सक्नेछन् । जस्तो कि प्रदेश नम्बर ७ का विद्यार्थीले प्रदेश नम्बर ५ वा प्रदेश नम्बर १ मा आएर पनि फारम भर्न पाउनेछन् । तर एउटा प्रदेशमा फारम भरेको व्यक्तिले अर्को प्रदेशमा छात्रवृत्ति भने पाउने छैन ।
कति लाग्छ रु फारमका लागि १ हजार रुपियाँ शुल्क लाग्छ। कहिलेसम्म भर्न पाइन्छ फारम रु छात्रवृत्तिमा अध्ययन गर्नका लागि फारम बुझाउने अन्तिम मिति २०७५ साल साउनको २ गतेसम्म मात्रै रहेको छ। यो मितिभित्र फारम बुझाउने विद्यार्थीहरूले मात्रै छात्रवृत्तिको प्रवेश परीक्षामा सहभागी हुन पाउनेछन्।
प्रवेश परिक्षा कहिले रु छात्रवृत्तिका लागि प्रवेश परीक्षा साउन १२ गते बिहान ७ बजे हुनेछ। कसकसले पाउँछन् छात्रवृत्ति रु यस छात्रवृत्तिलाई साधारण र लक्षित गरी दुई भागमा विभाजन गरिएको छ। कुल कोटालाई ५० प्रतिशत साधारण र ५० प्रतिशत लक्षित वर्ग गरी छुट्याइएको छ। साधारणतर्फ नेपालका जुनसुकै सामुदायिक विद्यालयबाट एसइई वा टिएसएलसी पास गरेका विद्यार्थीले फारम भर्न पाउनेछन।
लक्षिततर्फ कोटाका आधारमा मात्रै छात्रवृत्ति पाइने छ। लक्षिततर्फ महिला, आदिबासी, जनजाति, आर्थिक वा सामाजिक रूपमा विपन्न, दलित, पिछडिएको क्षेत्र, पूर्व कमैया÷हलिया र अपाङ्गले छात्रवृत्तिका लागि कोटामा लड्न पाउनेछन्।
कुन कुन बिषयमा पाइन्छ छात्रवृत्ति रु नर्सिङ स् सबैभन्दा बढी प्रमाणपत्र तह नर्सिङ विषयमा छात्रवृत्ति प्रदान गरिदैछ। नर्सिङतर्फ यस वर्षको छात्रवृत्तिको सङ्ख्या २ सय ८२ जना रहेका छन् । नर्सिङतर्फ प्रदेश नम्बर १ मा २६ जना, प्रदेश नम्बर २ मा ४१ जना, प्रदेश नम्बर ३ मा १ सय २५ जना, प्रदेश नम्बर ४ मा १८ जना, प्रदेश नम्बर ५ मा ५६ जना, प्रदेश नम्बर ६ मा ३ जना र प्रदेश नम्बर ७ मा १३ जना रहेका छन् । प्रदेश नम्बर ३ मा नर्सिङ पढाउने कलेजको सङ्ख्या धेरै भएकाले धेरै र प्रदेश नम्बर ६ मा नर्सिङ पढाउने कलेजको सङ्ख्या एउटामात्रै भएकाले ३ जनाले मात्रै छात्रवृत्ति पाउने भएका हुन।
सामान्य चिकित्सा ९एचए० हेल्थपोस्ट इन्चार्जसमेत भनिने एचए पढ्नका लागि सीटीईभीटीले यस वर्ष १ सय ९२ जनालाई छात्रवृत्ति दिँदैछ। सीटीईभीटीले प्रदेश नम्बर १ मा ३० जना, प्रदेश नम्बर २ मा ३९ जना, प्रदेश नम्बर ३ मा ७२ जना, प्रदेश नम्बर ४ मा ६ जना, प्रदेश नम्बर ५ मा ३० जना, प्रदेश नम्बर ६ मा ३ जना र प्रदेश नम्बर ७ मा १२ जनालाई छात्रवृत्ति दिन लागेको हो ।
मेडिकल ल्याब टेक्नोलोजी स् मेडिकल ल्याब टेक्नोलोजी पढ्न चाहने १ सय १८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै छ । परिषद्ले प्रदेश नम्बर १ मा १० जना, प्रदेश नम्बर २ मा १६ जना, प्रदेश नम्बर ३ मा ५६ जना, प्रदेश नम्बर ४ मा ६ जना, प्रदेश नम्बर ५ मा २४ जना र प्रदेश नम्बर ७ मा ६ जनालाई छात्रवृत्ति दिन लागेको हो । मेडिकल ल्याब टेक्नोलोजी पढाउने कलेज ६ नम्बर प्रदेशमा नभएकाले त्यहाँ छात्रवृत्तिको व्यवस्था गरिएको छैन ।
फार्मेसी स् डिप्लोमा इन फार्मेसी तहमा १ सय १७ जनालाई छात्रवृत्ति प्रदान गरिदै छ। विभिन्न ७ प्रदेशमा दिइने यो छात्रवृत्तिमध्ये प्रदेश नम्बर १ मा १५ जना, प्रदेश नम्बर २ मा ९ जना, प्रदेश नम्बर ३ मा ६६ जना, प्रदेश नम्बर ४ मा ६ जना, प्रदेश नम्बर १५ मा २४ जना र प्रदेश नम्बर ७ मा ६ जनालाई छात्रवृत्ति दिन लागेको हो । प्रदेश नम्बर ६ मा फार्मेसी पढाउने कलेज नभएकाले त्यहाँ भने छात्रवृत्तिको व्यवस्था गरिएको छैन ।
हेल्थ साइन्सको अन्य विषयहरूमा पनि सीटीईभीटीले छात्रवृत्ति प्रदान गर्नेछ । अन्य विषयहरूमध्ये डेन्टल साइन्समा ३० जना, डायग्नोस्टिक रेडियोग्राफीमा ४८ जना, आयुर्वेदिक चिकित्सामा ६ जना, अप्थाल्मिक साइन्समा २१ जना, अकुपञ्चरमा ३ जना र फिजियोथेरापीमा २ जनालाई छात्रवृत्ति प्रदान गरिदैछ।
इन्जिनियरिङतर्फ स् इन्जिनियरिङतर्फ यस वर्ष ४ सय ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिदैछ। विभिन्न प्रदेशहरूमा गरी सीटीईभीटीले वर्गीकृत छात्रवृत्ति अन्तर्गत सित्तैमा ४ सय ३० विद्यार्थीलाई सित्तैँमा पढाउन लागेको हो ।
सिभिल इन्जिनियरिङ स् इन्जिनियरिङतर्फ सबैभन्दा बढी सिभिल इन्जिनियरिङमा छात्रवृत्ति प्रदान गर्न लागिको छ। जुनियर इन्जिनियरसमेत भनेर यो अध्ययनमा सीटीईभीटीले यस वर्ष २ सय १६ जनालाई छात्रवृत्ति प्रदान गर्दैछ । सिभिल इन्जिनियरिङतर्फ प्रदेश नम्बर १ मा ३२ जना, प्रदेश नम्बर २ मा २४ जना, प्रदेश नम्बर ३ मा ७२ जना, प्रदेश नम्बर ४ मा १२ जना, प्रदेश नम्बर ५ मा ५६ जना, प्रदेश नम्बर ६ मा ४ जना र प्रदेश नम्बर ७ मा १६ जनालाई छात्रवृत्ति प्रदान गर्न लागिएको छ ।
कम्प्युटर इन्जिनियरिङ स् इन्जिनियरिङतर्फ धेरै छात्रवृत्ति भएको अर्को विषय डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ हो। कम्प्युटर इन्जिनियरिङतर्फ सीटीईभीटीले यस वर्ष विभिन्न प्रदेशमा गरी ९९ जनालाई छात्रवृत्ति प्रदान गर्न लागेको छ । यस विषयमा अध्यनका लागि सीटीईभीटीले यस वर्ष प्रदेश नम्बर १ मा २० जना, प्रदेश नम्बर २ मा १६ जना, प्रदेश नम्बर ३ मा २४ जना, प्रदेश नम्बर ४ मा ११ जना, प्रदेश नम्बर ५ मा २४ जना र प्रदेश नम्बर ७ मा ४ जनालाई यो छात्रवृत्ति प्रदान हुनेछ । कम्प्युटर इन्जिनियरिङतर्फको अध्यापन प्रदेश नम्बर ६ मा नभएकाले यो प्रदेशमा छात्रवृत्ति हुने छैन ।
इलेक्ट्रिकल इन्जिनियरिङ स् इलेक्ट्रिकल इन्जिनियरिङतर्फ पनि सीटीईभीटीले ६० जनालाई छात्रवृत्तिमा पढाउँदैछ । सीटीईभीटीले इलेक्ट्रिकल इन्जिनियरिङका लागि प्रदेश नम्बर १ मा ४ जना, प्रदेश नम्बर २ मा १६ जना, प्रदेश नम्बर ३ मा २४ जना, प्रदेश नम्बर ४ मा ४ जना, प्रदेश नम्बर ५ मा ८ जना र प्रदेश नम्बर ७ मा ४ जनालाई यो छात्रवृत्ति प्रदान गर्दैछ । प्रदेश नम्बर ६ मा इलेक्ट्रिकल इन्जिनियरिङ विषय अध्यापन गराउने कलेज नभएकाले त्यहाँ यो विषयमा छात्रवृत्ति पाइने छैन ।
मेकानिकल इन्जिनियरिङ स् मेकानिकल इन्जिनियरिङतर्फ सीटीईभीटीले विभिन्न प्रदेशमा गरी १६ जनालाई छात्रवृत्ति प्रदान गर्दै छ । यस विषय अध्ययनका लागि सीटीईभीटीले प्रदेश नम्बर १ मा ४ जना, प्रदेश नम्बर २ मा ४ जना, प्रदेश नम्बर ३ मा ४ जना र प्रदेश नम्बर ५ मा ४ जनालाई यो छात्रवृत्ति प्रदान गर्नेछ । प्रदेश नम्बर ४, ६ र ७ मा यस विषय अध्यापन गराउने कलेज नभएकाले त्यहाँ छात्रवृत्ति पाउन सकिने छैन ।
इन्जिनियरिङतर्फ अन्य विषयहरू इलेक्ट्रोनिक्स इन्जिनियरिङमा १६ जना, आर्किटेक्चर इन्जिनियरिङमा ८ जना, जिओमेटिक्स इन्जिनियरिङमा ७ जना, अटोमोबाइल इन्जिनियरिङमा ४ जना, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा ४ जना र रेफ एन्ड एअर कन्डिसनिङ इन्जिनियरिङमा ४ जनाले छात्रवृत्ति पाउने छन् ।
कृषि तथा बाली विज्ञानतर्फ स् विद्यार्थीहरूको धेरै रुचि भएको कृषि तथा बाली विज्ञानतर्फ पनि सीटीईभीटीले १ सय ७७ जनालाई छात्रवृत्ति प्रदान गर्दैछ । सीटीईभीटीले ७ वटै प्रदेशमा वर्गीकृत छात्रवृत्तिका रूपमा १ सय ७७ जना विद्यार्थीलाई यो छात्रवृत्ति प्रदान गर्न लागेको हो ।
बाली विज्ञान स् डिप्लोमा इन एग्रिकल्चरअन्तर्गत बाली विज्ञान अध्ययनका लागि सीटीईभीटीले यस वर्ष १ सय २९ जनालाई छात्रवृत्ति प्रदान गर्न लागेको छ । सीटीईभीटीले प्रदेश नम्बर १ मा १८ जना, प्रदेश नम्बर २ मा १२ जना, प्रदेश नम्बर ३ मा २१ जना, प्रदेश नम्बर ४ मा १२ जना, प्रदेश नम्बर ५ मा २१ जना, प्रदेश नम्बर ६ मा १५ जना र प्रदेश नम्बर ७ मा ३० जनालाई बाली विज्ञान विषय अध्ययनका लागि छात्रवृत्ति दिन लागेको हो ।
पशु विज्ञान स् डिप्लोमा इन एग्रिकल्चर अन्तर्गतकै अर्को विषय पशु विज्ञान अध्ययनका लागि पनि सीटीईभीटीले यस वर्ष ४८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दैछ । यसका लागि सीटीईभीटीले प्रदेश नम्बर १ मा ६ जना, प्रदेश नम्बर २ मा ३ जना, प्रदेश नम्बर ३ मा १५ जना, प्रदेश नम्बर ४ मा ६ जना, प्रदेश नम्बर ५ मा ९ जना, प्रदेश नम्बर ६ मा ३ जना र प्रदेश नम्बर ७ मा ६ जनालाई छात्रवृत्ति दिने घोषणा गरेको छ ।
त्यसैगरी सीटीईभीटीले अध्यापन गराइरहेका अन्य विषयहरू फुड एन्ड डेरी टेक्नोलोजीमा ७ जना, फरेस्ट्रीमा ९ जना, होटल म्यानेज्मेन्टमा ३ जना, सोसियल वर्कमा ३ जना र इन्टरप्रिनरसिप डेभलपमेन्टमा ३ जनालाई छात्रवृत्ति प्रदान गर्ने निर्णय भएको बताइएको छ।
कुन बिषय पढ्दा वास्तबमा कति लाग्छ शुल्क रु नर्सिङदेखि इन्टरप्रिनरसिप डेभलेपमेन्टसम्मका यी विषय अध्ययनका लागि फरकफरक शुल्क लाग्छ। नर्सिङका लागि सीटीईभीटीले ४ लाख ७५ हजार तथा एचएका लागि ४ लाख ४ हजार लिने गरेको छ।
त्यस्तै फार्मेसीका लागि सीटीईभीटीले ३ लाख ३७ हजार ५ सय रुपियाँ शुल्क कायम गरेको छ । यो शुल्क ३ वर्षका लागि हो । सबै विषयको शुल्कमा औसतमा निकाल्ने हो भने प्रतिविषय ३ वर्षको करिब ३ लाख ३० हजार रहेको सीटीईभीटीले बताएको छ । यसरी औसत विषयको ३ लाख ३० हजार हुने र नर्सिङ तथा एच र फार्मेसीका विद्यार्थीले धेरै कोटा भएकाले १ हजार ४ सय ४४ विद्यार्थीले औसतमा ३ लाख ५० हजारको छात्रवृत्ति पाउनेछन् । यसको कुल छात्रवृत्ति हेर्दा ५० करोडभन्दा बढी शुल्कको हुन आउने सीटीईभीटीको भनाइ छ। सीटीईभीटी प्राविधिक शिक्षाको माध्यमबाट देशलाई आवश्यक मध्यम स्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले २०४५ सालमा स्थापना भएको संस्था हो।
साभार बिजपाटि डटकम बाट
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zHpTQk via IFTTT
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल सुवास र गोरखापत्र संस्थानका महाप्रवन्धक बसन्तप्रकाश उपाध्यायलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालिन अन्तरिम आदेश दिएको छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा नियुक्ति पाएका उनीहरुलाई हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न शुक्रबार सर्वोच्चले अन्तरकालिन अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश वमकुमार श्रेष्ठको इजलासले साउन १५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।
यसअघि बिहीबार पनि सर्वोच्चले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र कर्जा सुरक्षण निगमको अध्यक्ष विष्णु मिश्रलाई पनि नहटाउन यस्तै आदेश दिएको थियो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले २० असारमा भदौ १४ पछि भएका सबै नियुक्ति बदर गर्ने निर्णय गरेको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2meHBB1 via IFTTT
काठमाडौं । सरकारले दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारीले अनसन स्थगित गरेकी छन् । शुक्रबार कानुनमन्त्री शेरबहादुर तामाङको उपस्थितिमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अधिकारीको अनसन तोडाएका हुन् ।
द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै विगत लामो समयदेखि अनसनमा बसेकी थिइन् ।
अनसन तोड्दै गंगामायाले १० दिनसम्म जुसमात्रै खाएर बस्ने र सरकारको प्रतिबद्धतालाई हेर्ने बताएकी छन् । कानुनमन्त्री तामाङका अगाडि अधिकारीले छोराको हत्याराहरु तत्काल पत्ता लगाउन आग्रह गरिन् ।
गंगामायाले छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै आएकी छन् । वीर अस्पतालमा अनसनकै क्रममा गंगामायाका पति नन्दप्रसाद अधिकारीको केही वर्ष अघि निधन भएको थियो भने छोरा नुरप्रसाद वेपत्ता छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2uxAlEi via IFTTT
काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा भएको राजनीतिक नियुक्ति उल्टाउने क्रममा पदमुक्त भएका दुई पदाधिकारीहरुलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले निक्षेप कर्जा सुरक्षा कोषका प्रमुख कार्यकारी अध्यक्ष विष्णुबाबु मिश्र र दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई तत्काल पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो।
सर्वोच्च अदालतले मिश्रको निवेदनमा साउन २ र झाको निवेदनमा साउन ३ गते छलफलका लागि बोलाउने आदेश गर्दै त्यतिञ्जेलका लागि निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NM05FF via IFTTT
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले आर्थिक समृद्धिको यात्रा तय गरेकाले थप लगानीका लागि विश्व बैंकलाई आग्रह गर्नुभएको छ ।
शिष्टाचार भेटका लागि आज उहाँकै निवास पुगेको विश्व बैंकका प्रतिनिधिलाई सो आग्रह गर्नुभएको हो ।
बैंकका प्रतिनिधि तथा देशीय निर्देशक हदाद–जर्वोसलाई आर्थिक समृद्धिका लागि सहयोग गर्न अध्यक्ष दाहालले आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालले नेपालको इतिहासमा ७० वर्षपछि राजनीतिक स्थिरता कायम भएको उल्लेख गर्दै आर्थिक विकासका लागि सुवर्ण अवसर भएको बताउनुभयो ।
उहाँले नेपालको समृद्धिको अभियानमा आफूहरुले विश्व बैंकबाट सल्लाह, सहयोग र सहकार्य चाहेको उल्लेख गर्नुभयो ।
उहाँले नेपालको विकासका प्राथमिकतामा ठूला जलविद्युत् परियोजना र पर्यटनका साथै मुख्यरुपमा कृषिमा आधारित उद्योग नै रहेको बताउनुभयो ।
सो अवसरमा देशीय निर्देशक जर्वोसले नेपालमा राजनीतिक स्थिरता कायम भएको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले आफूहरुसँग विभिन्न देशका आर्थिक विकासका अनुभव रहेको बताउनुहुँदै ती अनुभव नेपालको विकासमा उपयोगी हुने बताउनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2N5e08D via IFTTT
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको ध्येय पूरा हुने बताउनुभएको छ ।
“सामाजिक एकता, सहिष्णुतालाई अझ कसिलो र दरिलो बनाउँदै राष्ट्रिय एकता बलियो बनाउने छु,” उहाँले भन्नुभयो, “म दाग र धब्बारहितरुपमा काम गर्छु, भ्रष्टाचार अनियमितता शब्द सुन्न पनि सक्दिन, सुशानको नयाँ इतिहास रचना गर्छु, राष्ट्र निर्माणको महाअभियानमा सरकार जुटेको छ ।”
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई अर्पण गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले जनताले दिएको बहुमतका आधारमा सरकार थिति र विधिमा चल्ने बताउँदै कसैको लहड, जिद्दी र अराजकतन्त्रले लोकतन्त्रलाई कहिल्यै भलो गर्दैन् भन्नुभयो ।
सरकार सबै राजनीतिक दललाई साथ सहयोग लिइ विश्वासमा चल्ने बताउँदै उहाँले सामाजिक न्याय र समानतासहितको समाजवादी लोकतन्त्रले मात्र विपन्न जनताको जीवनस्तरमाथि उक्लिने धारणा व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले लोकतन्त्रमा जनता भोकै र नाङ्गै पर्नु हुँदैन, यसमा सरकार सचेत छ भन्नुभयो । “जीवनभर लोकातन्त्र ल्याउन लड्ने व्यक्ति र पार्टी जनताको दिएको आदेशअनुसार प्रधानमन्त्री हुँदा कसरी लोकतन्त्र खतरामा पर्छ ? ” उहाँले प्रश्न गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफूले प्रधानमन्त्री पद सम्हालेको दिनदेखि नै आलोचना समालोचना हुन शुरु गरेको उल्लेख गर्दै स्वच्छ आलोचनादेखि आफू नडराउने र नतर्सिने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल र भारत, नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको चर्चा गर्दै छिमेकीसित नयाँ सम्बन्ध स्थापित भएको बताउनुभयो ।
युवालाई प्रोत्साहन र पाकालाई सम्मान सरकारले गर्ने चर्चा गर्दै उहाँले विसं २०५१ मा आफू मन्त्री हुँदा शुरु भएको स्रष्टा सम्मान कार्यलाई विस्तारसमेत गरिएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले कला, साहित्य, भाषाले देशको समृद्धिलाई सहयोग गर्ने चर्चा गर्दै भाषा, संस्कृति, कला देशका ऐना हुन् भन्नुभयो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भाषा, साहित्य, कला तथा संस्कृतिको उन्नयन गर्दै समृद्ध नेपाल, सुखी नेपाली लक्ष्य पूरा गर्ने ध्येय मन्त्रालयको छ भन्नुभयो ।
विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई अर्पण
सो अवसरमा प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई अर्पण गर्नुभयो । कार्यक्रममा विसं २०७४ को राष्ट्रिय प्रतिभा पुरस्कार पाँच विधाका पाँच स्रष्टालाई अर्पण गरियो ।
यसरी पुरस्कृत हुनुहुनेमा संस्कृति विधामा प्रा डा रञ्जना बज्राचार्य काठमाडौँ, संगीत तथा नाट्य विधामा प्रचण्ड मल्ल काठमाडौँ, ललितकला विधामा ठाकुरप्रसाद मैनाली काठमाडौँ र भाषा तथा साहित्य विधामा प्रा. डा केशवप्रसाद उपाध्याय हुनुहुन्छ ।
सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ । यसैगरी सोही वर्षको महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय पुरस्कारबाट पाँच विधाका पाँच जना स्रष्टालाई प्रदान गरियो ।
यसरी पुरस्कृत हुनुहुनेमा कविता विधामा कञ्चन पुडासैनी-काठमाडौँ, निबन्ध विधामा तेजराज खतिवडा-झापा०, बाल साहित्य विनय कसजु ९पाल्पा०, भाषा साहित्यमा महेश्वरराय जलेश्वर र आख्यान विधामा अभि सुवेदी ९तेह्रथुम० हुनुहुन्छ । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।
यसैगरी मन्त्रालयले यस वर्षदेखि शुरु गरेको गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार नाटक विधामा नरेश शाक्य ९सुनसरी० र प्रा डा मोहनहिमांशु थापा ९काठमाडौँ०लाई अर्पण गरिएको छ । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।
यसैगरी कार्यक्रममा भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार दलित मुक्ति आन्दोलन क्षेत्रबाट पदमलाल विश्वकर्मा ९इलाम०, समाज सुधार अभियान क्षेत्रबाट दलवीर विश्वकर्मा९काठमाडौँ० र लेखन तथा अध्ययन अनुसन्धान क्षेत्रबाट राजेन्द्रकुमार महर्जन९काठमाडौँ० लाई अर्पण गरिएको थियो । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।
कार्यक्रममा विभिन्न चार विधाका प्रादेशिक प्रतिभा पुरस्कारबाट विभिन्न स्रष्टालाई सम्मानित गरिएको छ ।
यो पुरस्कार पाउनुहुनेमा सस्कृति विधातर्फ प्रदेश १ बाट प्राडा गोविन्दमान सिंह कार्की ९भोजपुर०, प्रदेश नं २ बाट डा पशुपतिनाथ झा ९महोत्तरी०, प्रदेश नं ३ बाट उद्धवप्रसाद भट्टराई ९काभ्रेपलाञ्चोक०, प्रदेश ४ बाट डा दीनबहादुर थापा ९बाग्लुङ०, प्रदेश ५ बाट प्रतिभा पुन ९ रुपन्देही०, प्रदेश ६ बाट रमानन्द आचार्य ९जुम्ला० र प्रदेश ७ बाट मणिराज जोशी ९कैलाली० हुनुहुन्छ ।
यसैगरी संगीत तथा नाट्य विधातर्फ प्रदेश १ बाट नारायण ओली ९झापा०, प्रदेश २ बाट प्रियका झा ९धनुषा०, प्रदेश ३ बाट सुनिता दुलाल ९भक्तपुर०, प्रदेश ४ बाट इतु जोजिजु ९कास्की०, प्रदेश ५ बाट सरस्वती चौधरी, प्रदेश ६ खर्कबहादुर बुढा र प्रदेश ७ बाट सुधादेवी चाड हुुनुहुन्छ ।
त्यस्तै, ललितकलातर्फ प्रदेश १ बाट गोपालप्रसाद कलाप्रेमी ९मोरङ०, प्रदेश २ बाट सीतादेवी कर्ण ९धनुषा०, प्रदेश ३ बाट सौरगंगादर्शनधारी ९काठमाडौँ०, प्रदेश ४ बाट सुनील सिग्देल ९कास्की०, प्रदेश ५ बाट नरेन्द्रप्रसाद भण्डारी ९गुल्मी० प्रदेश ६ बाट झिग्मे तामाङ ९मुगु० र प्रदेश ७ बाट दीपक आउजी ९कैलाली० हुनुहुन्छ ।
यसैगरी भाषा तथा साहित्य विधातर्फ प्रदेश १ बाट प्रा डा भोलानाथ पोखरेल ९सुनसरी०, प्रदेश २ बाट विनिता ठाकुर ९धनुषा०, प्रदेश ३ बाट नरेन्द्रराज पौडेल ९सिन्धुपाल्चोक०, प्रदेश ४ बाट महेश्वर शर्मा ९स्याङ्जा०, प्रदेश ५ डा दुवीन्द ढकाल ९गुल्मी०, प्रदेश ६ बाट बलभद्र भारती ९सुर्खेत० र प्रदेश ७ बाट चन्द्रदेव जोशी ९दार्चुला० हुुनुहुन्छ । उक्त पुरस्कारको राशि रु ५० हजारसहित सम्मानपत्र रहेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2uea9iG via IFTTT
काठमाडौं । यातायात व्यवस्था विभाग कार्यालय ठुलो भर्याङले ट्रायल पास गरेर नयाँ लाइसेन्स र नवीकरणका लागि निवेदन दिएकाको फोटो धमिलो भएको भन्दै पुनः खिचाउन अनुरोध गरेको छ ।
ठुलो भर्याङस्थित कार्यालयबाट २०७४ भदौदेखि चैतसम्म खिचिएको फोटोमा यस्तो समस्या आएको कार्यालयले जनाएको हो ।कार्यालयले असार १९ मा बायोमेट्रिक लाईसेन्स जारी गर्दा फोटो धमिलो आउने भएकाले पुनः फोटो खिच्न आउनु भन्दै सुचना जारी गरेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NIzTf6 via IFTTT
मकवानपुर। प्रदेश नम्बर ३ को प्रदेशसभाबाट गठित प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले प्रतिवेदन बुझाएको छ। समितिले बर्णानुक्रम अनुसार ५ जिल्लालाई उपयुक्तता आधारमा स्थायी राजधानीका लागि प्रतिवेदनमा सिफारिस गरिएको समितिका सभापति दीपक निरौलाले बताए।
‘काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई हामीले राजधानीका लागि उपयुक्त हुने प्रस्ताव गरेका छौं,’ उनले भने, ‘अब यी पाँच जिल्ला नै प्रदेशसभामा स्थायी राजधानीका लागि प्रक्रियामा जान्छन्।’ प्रदेश सभा सचिवालय हेटौंडामा मंगलबार सभामुख सानुकुमार श्रेष्ठलाई समितिले प्रतिवदेन बुझाएको छ। प्रतिवेदन अनुसार राजधानीको विषय चाँडै प्रदेशसभामा सभामुखले पेश गर्ने सभापति निरौलाको भनाई छ।
सडक सञ्जाल, आवश्यक भौतिक पूर्वाधार, खानेपानीको उपलब्धता लगायतको बिषयलाई समेटेर पाँच जिल्लालाई सिफारिस गरिएको समितिका सदस्य एवम् प्रदेश सांसद बसन्त मानन्धरले बताए।उनका अनुसार प्रतिवेदनमा १३ जिल्लाको भौगोलिक आधार, बिभिन्न तथ्याङ्क, जनसंख्या, जनघनत्व, चाप लगायतका बिषय समावेश गरिएको छ।
४५ दिनको समय पाएको समितिले थप १५ दिन अध्ययन गरी २ महिनामा प्रतिवेदन बुझाएको हो। राजधानी अध्ययन विशेष समितिले प्रतिवदेन पेश गरेसँगै प्रदेश सभामा पेश भएका प्रस्तावहरु स्वतः निष्क्रिय हुने सभापति निरौलाको तर्क छ। काठमाडौंबाहेक प्रदेशका १२ जिल्ला समन्वय समिति मार्फत् जिल्लाको वस्तुगत स्थिति, पूर्वाधार लगायतका विषय समेटिएको १ सय २१ प्रश्नावलीको उत्तर लिएर वस्तुस्थिति अध्ययन समेत गरेको समितिले जनाएको छ। त्यस्तै काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरमा समितिले स्थलगत अवलोकन र सर्वपक्षिय छलफल समेत गरेको थियो।
संविधानको धारा २८८ को उपधारा २ मा प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले निर्णय गर्ने उल्लेख छ। निर्णय नभएसम्म सरकारले तोके बमोजिमको स्थानबाट प्रदेशको कार्यालय सञ्चालन हुने उल्लेख छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zrxHWl via IFTTT
काठमाडौँ। सरकारको पछिल्लो क्रियाकलाप प्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आक्रोशित भएको छ ।डाक्टर गोविन्दा केसीको अनसन, पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति खारेज र माइतीघर मण्डला लगाएतका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको भन्दै कांग्रेस आक्रोशित भएको छ ।
सरकार प्रति आक्रोशित बन्दै गएको नेपाली काँग्रेसले सडक देखि संसद सम्म आवाज उठाउने प्रयास गरेको छ ।
जनहितको विपक्षमा भएको निर्णय भन्दै काँग्रेस संसदमा एकतावद्ध रुपले प्रस्तुत भएपनि सडक आन्लोदन भने प्रभावकारी हुन सकेको छैन । काँग्रेसले सरकारका गलत क्रियाकलापका विरुद्ध संसद र सडक दुवै ठाउमा कडा रुपमा प्रस्तुत हुने घोषणा गरेको थियो ।
प्रतिपक्षको भुमिका कमजोर भएको गुनासो आइरहेको बेला काँग्रेसको शीर्ष नेताहरु बैठक बसी सत्तापक्ष विरुद्ध आन्तरिक रुपमा एकढिक्का हुनुपर्ने निष्कर्ष निकालेका थिए । तर, आन्तरिक रुपमा छिन्नभिन्न भएको नेपाली काँग्रेस एकढिक्का हुन सकेको छैन । गुट उपगुटमा विभाजित काँग्रेसमा नेताहरु एकले अर्कालाई सिध्याउने खेलमा लागेका छन ।
आन्तरीक रुपमा महासमिति बैठक र विधान संशोधन समिति गठनको गृहकार्यमा रहेको काँग्रेस भित्रका नेताहरुको भागवण्डा नमिलेपछि काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले एकता भंग गर्ने धम्की दिनुभएको छ ।
मधेशी जनअधिकार फोरम ९लोकतान्त्रिक० को नेतृत्व गर्नु भएका गच्छदारले चुनाव अघि आफ्नो पार्टी काँग्रेसमा समाहित गर्नुभएको थियो । उहाले सभापति शेरवहादुर देउवाले एकता अघि भएको सम्झौता कार्यान्वयन नगरेको आरोप लगाइरहनु भएको छ । यो खबर आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छापिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NBYQsJ via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले एकताका बेला भएको सहमति कार्यान्वयन नभए एकता भंग गरिदिने चेतावनी दिएका छन् ।
“कांग्रेससँग भएको सहमति कार्यान्वयन नभए देशभरका आफ्ना कार्यकर्ता बोलाएर एकता भंग भएको घोषणा गरिदिन्छु,” गच्छदारले भने, “रामजनम चौधरी एउटा चुनाव हार्दैमा उ केन्द्रीय सदस्य पनि हुन नसक्ने व्यक्ति कसरी भयो र? ”
उनले झापादेखि कञ्चनपुरसम्म आफ्ना कार्यकर्ता भएको बताउँदै फेरि पनि राष्ट्रिय राजनीतिमा छवि बनाउन आफूलाई कुनै समस्या नभएको बताए ।
“विभाजित कांग्रेसले आगामी चुनौतीको सामना गर्न सक्दैन । कांग्रेससँग मेरो वान साइडेड लभ हो,” गच्छदारले भने, “झापादेखि कञ्चनपुरसम्म मेरा आफ्ना कार्यकर्ता छन् । अब पनि कांग्रेसभित्र भाग पाउन लागि म रुने, कराउने ? एकपटक कांग्रेस छाडेर राष्ट्रिय राजनीतिमा मैले बनाएको व्यक्तित्व छर्लङ्ग छ ।”
उनले आफू कांग्रेसलाई बलियो बनाउन आएको भए पनि अहिले बेवास्ता गरिएको बताए ।
“कांग्रेसलाई बलियो बनाउँछु भनेर आएको हुँ । एमाले र माओवादीको बहुमत पुग्छ यिनीहरुले साम्यवाद ल्याउँछन् भनेर नै कांग्रेसमा पार्टी मिलाएको हुँ, देश जोगाउन भनेर म कांग्रेसमा समाहित भएको हुँ ।
कांग्रेससँग सहमति हुनुभन्दा अघि २०७४ असोज २ गते केपी ओली र प्रचण्डसँग अढाईघन्टा छलफल भएको थियो । सँगै चुनाव लडौं भनेर भनेका थिए । तर मैले मानिन । उनीहरुको भित्रि आसय बुझेर म कांग्रेसमा आएको हुँ । माओवादी र एमालेसँग मिलेर चुनाव लडेर अहिले सत्ता सञ्चालन गरेको भए २० लाख कांग्रेसले मलाई सराप्थे । त्यसैले नलागेको हुँ । अब कर्नरमा पार्ने काम नगरियोस् ।”
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2KZtDOh via IFTTT
काठमाडौं । मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई सरकारले ५ लाखका दरले राहत उपलब्ध गराउने भएको छ। गृहमन्त्री रामबहादुर थापाले टिपर दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई राहत स्वरुप रु.५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिएका हुन्।
गत शुक्रबार दिउँसो करिब साढे १ बजेतिर मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटनामा परी सोही सडक खण्ड निर्माण कार्यमा संलग्न २० जना मजदुरको मृत्यु भएको थियो। सोही घटनाबारे सोमबार प्रतिनिधिसभामा जानकारी गराउँदै गृहमन्त्री थापाले घटनाबारे गहिरो शोक पनि व्यक्त गरेका थिए। उनले दुर्घटनामा परी घाइते भएका १२ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको र उनीहरू खतरामुक्त रहेको पनि जानकारी दिए। दुर्घटनामा परी चालकसहित रोल्पाका ९, दाङका ६, धादिङका १, स्याङजाका १, ओखलढुंगाका १, कपिलबस्तुका १ र कैलालीका एक गरी २० जनाको मृत्यु भएको थियो। त्यसैगरी गृहमन्त्री थापाले रोल्पाका ८ जनासहित १२ जना घाइतेहरू रहेको पनि जानकारी दिए।
सरकारले मृतकहरूको शव आफन्तलाई बुझाउन सम्बन्धित जिल्ला पठाइसकेको छ। गृहमन्त्री थापाले सम्बन्धित जिल्लामै पोष्टमार्टमपछि उनीहरूको शव परिवारलई बुझाउने व्यवस्था गरिएको पनि बताए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2L3YQA5 via IFTTT
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आगामी बर्षमा कम्तिमा १ लाख युवाहरुलाई रोजगारी दिने गरि ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सुचना केन्द्र स्थापना गरिने बताएका छन्।
सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालय अन्र्तगत विनियोजित बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री विष्टले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत रहेर रोजगारीको अवसरलाई आधारभुत तह सम्म पहुँच पुर्याउने गरि आन्तरिक रोजगारी श्रृजना गर्ने कार्यक्रम निर्माण भईरहेको बताए। उनले खानेपानी, कृषि, उर्जा लगायत विभिन्न मन्त्रालयसंग समन्वयात्मक भुमिका मार्फत मन्त्रालयले रोजगारी श्रृजना गर्ने तयारी गरिरहेको र केही दिन भित्रै ७ सय ५३ वटै स्थानीय सरकारमा रोजगारी श्रृजना गरिने व्यवस्थित कार्यतालिका सार्वजनिक गरिने जानकारी दिए। उनले ७५३ वटै स्थानीय तहमा रोजगार सुचना केन्द्र स्थापना गरि आगामी बर्षमा कम्तिमा १ लाख युवालाई रोजगारी दिने गरि सरकारले कार्य प्रारम्भ गरिसकेको बताए।
त्यसैगरी उनले विप्रेषणलाई बैकिङ प्रणालीबाट भित्र्याउने,बैदेशिक रोजगारीमा जाने युवालाई सिप सिकाएर पठाउने तथा समग्र बैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउने तर्फ सरकार सचेत रहेको बताए। उनले बैदेशिक रोजगारीको क्षेत्रमा देखिएको विकृति, विसंगति र विडम्बनापुर्ण प्रवृतिको अन्त्य गर्ने प्रतिवद्धता जनाए। बैदेशिक रोजगारीका क्रममा हुने ठगीलाई सरकारले तमासे भएर हेरेर नबस्ने भन्दै उनले गैहकानुनी कार्यमा संलग्न संस्थालाई अध्ययन अनुसन्धानपछि कारवाहीको दायरामा ल्याईने बताए। रोजगार दाता र श्रमिकबीचको असल सम्बन्ध र देश भित्रको रोजगारीमा आकर्षण बढाउनका लागि श्रावण १ गते देखि लागु हुने गरि श्रमिकको न्युनतम पारिश्रमिक निर्धारण गरिने बताए।
बैदेशिक रोजगारीका क्रममा मृत्यु भएकालाई समयमै स्वदेश फर्काउनका लागि ती मुलुकका कानुनले केही अप्ठ्यारो भएपनि अबिलम्ब शब नेपाल ल्याउने व्यवस्था मिलाउनका लागि सरकारले आवश्यक पहल गरिरहेको बताए। उनले मन्त्रालय अन्र्तगत कम्तिमा डेढदर्जन सुधारका कामहरु अघि बढीरहेको भन्दै गैह् कानुनी धन्दाका काम रोक्न सरकार पछि नहट्ने स्पस्ट पारे।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2J6m4n6 via IFTTT
काठमाडौं । प्रधानमन्त्रीकेपी शर्मा ओलीले आज राष्ट्रिय सभालाई सम्बोधन गर्ने भएका छन्। राष्ट्रिय सभालाई सोमबार अपरान्ह ४:३० बजे सम्बोधन गर्ने कार्यसूची रहेकोमा त्यो सहोधन भएर १ बजेका लागि सारिएको राष्ट्रिय सभा सचिवाललेले जनाएको छ।
राष्ट्रिय सभामा आइतबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सस्कृत विश्वद्यिालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थबाट पक्राउ गरी बालुवाटरमा पुर्याएको भन्दै विरोध जनाएको थियो। प्रधानमन्त्री ओलीले यो विषय लगायतका अन्य समसामयीक विषयमा जवाफ दिने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सम्योजक चेतन अधिकारीले जानकारी दिए। संस्कृत विश्वविद्यालयका कुलपतिको हैसियतले प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम रहेको उनले बताए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2KRx90d via IFTTT
काठमाडौँ । शक्तिशाली पार्टी अध्यक्ष पुष्पकमल दाहाल जति शक्तिशाली छन्, त्यति नै उनका दुस्ख पनि छन् । उनले थुप्रै दुस्खबीच आफ्नो राजनीतिक यात्रालाई अघि बढाएका छन् । ‘चार दशकभन्दा बढी सीताले साथ दिनुभयो, यस पटक म उपचार हुँदासम्म सँगै यहीं बस्छु,’ दाहालले सिंगापुरमा पत्नी सीताको उपचारका लागि १५ दिन सिंगापुर बस्दा भनेका थिए । कान्तिपुरमा खबर छ ।
त्यहाँ छोरी गंगा र भतिज समीर सँगै भए पनि उनले सीताको उपचारमा पूरै समय दिए । केही महिनाअघि समीरले उपचारका लागि सीतालाई दिल्ली लगेका थिए । त्यसबेला दाहाल त्यतै बसेका थिए ।
हाल दाहाल दिउँसो राजनीतिमा सक्रिय भए पनि बिहान र बेलुका सीताको रेखदेखमा विशेष ध्यान दिन्छन् । सीताको स्वास्थ्यका लागि विशेष ख्याल गरेको परिवारका एक सदस्यले बताए ।
सिंगापुरमा उपचारपछि सीताको स्वास्थ्यमा सुधार भयो । दाहालले पत्नीसँगै सिंगापुरका पर्यटकीय स्थलको भ्रमण पनि गरे । सीताको अनुहारमा पनि खुसी देखियो । त्यसले दाहाललाई ऊर्जा थप्यो ।
पछिल्लो समय बेलाबेला सीता बिरामी पर्न थालेपछि दाहाल बढी चिन्तित छन् । उनको उपचारका लागि पनि त्यत्तिकै गम्भीर देखिन्छन् । त्यसकारण उनी असार ३ देखि १८ गतेसम्म सीतासँगै सिंगापुरमा बसे र स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्के । निजी भ्रमण भए पनि उनी र सीतालाई स्वागत गर्न कम्युनिस्ट पार्टीका महासचिवलगायत सरकारका मन्त्री र नेताहरू ठूलो संख्यामा त्रिभुवन विमानस्थल पुगेका थिए । त्यो दाहाललाई हौसला बढाउन गरिएको स्वागतको नमुना थियो ।
सिंगापुरको माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गरेर फर्केपछि सीताको स्वास्थ्यमा सुधार भइरहेको छोरी गंगाले बताइन् । ‘आमाको स्वास्थ्यमा सुधार भइरहेको छ,’ उनले भनिन्, ‘तीन महिनासम्म पानीमा थेरापी गर्न डाक्टरको सुझाव छ । औषधि पनि लिइरहनुभएको छ ।’ त्यहाँका चिकित्कले सीतालाई न्युरोसम्बन्धी रोग पीएसपी ९प्रोगेसिभ सुप्रन्युक्लियर पाल्जी० देखिएको बताएका छन् । वास्तवमा ‘ढुंगाको भर माटो, माटोको भर ढुंगा’ भनेझैं पार्टीको काममा दाहालले सीताको भर लिन्थे । माओवादी युद्धको ‘सुप्रिम कमान्डर’ भएका बेला अन्तिम सल्लाह सीताकै हुन्थ्यो । सीताको सल्लाहका कारण धेरै पटक दाहालले संकट पार गरेका छन् । रोल्पामा सीताको सल्लाहमा सेल्टेर परिवर्तन नगरेको भए शाही नेपाली सेनाको आक्रमणमा उनी मारिने थिए । यतिबेला पनि दाहालको मुख्य भर सीता नै हुन् ।
गत ३ मंसिर २०७४ छोरा प्रकाशको मृत्यु भएपछि दाहालको दाहिने हात भाँचिएजस्तै भएको थियो । संघ र प्रदेशको मुखमा एकमात्र छोरा गुमाएपछि दाहालले भनेका थिए, ‘देश र जनताको सेवाबाहेक मेरो अरू स्वार्थ छैन ।’ त्यसपछि पुत्र वियोगको पीडाबीच उनी निर्वाचनमा होमिए । चितवन–३ को आफ्नो निर्वाचन क्षेत्रको चुनावी कार्यक्रममा केही समय सीता पनि सहभागी भएकी थिइन् ।
निर्वाचनकै क्रममा उनी बिरामी परेकी थिइन् । दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रकाशले बुवाको कामकारबाहीमा प्रभावकारी भूमिका निभाएका थिए । ‘राजनीतिक र व्यावहारिक हिसाबले परिपक्व भइरहेको थियो, मेरो ठूलो भरोसा थियो,’ दाहालले त्यतिबेला कान्तिपुरसँग भनेका थिए, ‘शोकलाई शक्तिमा बदल्नेबाहेक अरू उपाय छैन ।’ छोरा प्रकाशको निधनपछि दाहाल आफैं पनि शारीरिक रूपमा कमजोर देखिएका थिए । दाहाललाई हाई प्रेसर र सुगर छ । उनी हरेक बिहान टेबुल टेनिस खेल्ने भएकाले दिनभर सक्रिय हुन सक्छन् ।
पारिवारिक समस्याबीच दाहालले पार्टी व्यवस्थापन उचित ढंगले गर्दै आएका छन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पारिवारिक समस्याबीच अध्यक्ष दाहालले पार्टीको सही व्यवस्थापन गरिरहेको बताए । ‘अध्यक्षले आफ्ना व्यक्तिगत दुस्खबीच पार्टीको काममा निरन्तर लाग्नुभएको छ,’ उनले भने । छोरा प्रकाशको निधनलगत्तै उनी आफ्नो निर्वाचनमा सक्रिय भएर अरू नेताको चुनाव प्रचारप्रसारमा समेत सहभागी भएका थिए । ‘दुस्ख र पीडाबीच पनि निरन्तर पार्टी र जनताको काममा लागिरहने अध्यक्षको विशेषता हो,’ श्रेष्ठले भने ।
कुनै समस्या, पीडा आइपर्दा दाहालले आफूलाई कसरी व्यवस्थापन गर्छन् रु स्वकीय सचिव जोखबहादुर महरा भन्छन्, ‘अध्यक्ष तनाव लिएर बस्ने नेता होइन । एउटा समस्या आउनबित्तिकै नयाँ योजना ल्याएर काम अघि बढाउनु हुन्छ । यसले तनाव, पीडा समाधान गर्दै जान्छ ।’ जेठी छोरी ज्ञानुको २०७० चैतमा क्यान्सरका कारण मृत्यु भएपछि दाहाल पीडामा परेका थिए । पीडालाई पचाएर उनले राजनीतिक यात्रालाई कमजोर हुन नदिएको नेताहरू बताउँछन् ।
परिवार व्यवस्थापन स् प्रकाशको निधन भएपछि उनले राजनीतिक उत्तराधिकारीमा छोरी रेणु र बुहारी बिना मगरलाई समान रूपमा अघि सारेका छन् । रेणु भरतपुर महानगरपालिकाकी मेयर छन् भने बिना प्रतिनिधिसभामा कञ्चनपुर–१ बाट निर्वाचित भई हाल खानेपानी मन्त्री छन् । उनको स्वकीय सचिवमा छोरी गंगा छन् । अर्की बुहारी सिर्जना त्रिपाठी कास्की पार्टी कमिटीमा काम गर्छिन् । उनी कुनै लाभको पदमा छैनन् ।
‘दाहाल परिवारबाट को अघि जाने भन्ने विषयमा प्रतिस्पर्धा देखिन्छ,’ दाहाल निकट एक नेताले भने, ‘अध्यक्ष अहिलेसम्म कसलाई मुख्य उत्तराधिकारीका रूपमा अघि सार्ने विषयमा दोधारमा हुनुहुन्छ ।’
प्रकाशको निधन भएपछि उनले दुवै नातिलाई आफ्नो निजी निवास खुमलटार ललितपुरमा राख्दै आएका छन् । तनावमा भएका बेला दुवै नाति प्रसिद्ध, प्रणव र नातिनीहरूका साथै परिवारका अन्य सदस्यसँगै समय बिताउँदै आएका छन् ।
नेता व्यवस्थापन स् पार्टी एकता भइसकेपछि नेताहरूको व्यवस्थापनको मुख्य जिम्मेवारी उनकै काँधमा आइपर्छ । खासगरी पूर्वमाओवादी नेताको पार्टीमा व्यवस्थापनका लागि उनको मुख्य जिम्मेवारी आइपरेको छ । पार्टी स्थायी समिति टुंग्याए पनि पोलिटब्युरो गठन, भ्रातृ संगठन र जिल्ला समिति टुंगोमा पुगेपछि दाहालको भार कम हुनेछ ।
निर्वाचनको मुखमा दाहाल पुत्रवियोगको पीडामा थिए । त्यसबेला उनले तत्कालका लागि एमालेसँग चुनावी तालमेल गर्ने र त्यसपछि पार्टी एकताकाको निर्णय लिएका थिए ।
निर्वाचनमा आएको परिणाम र पार्टी एकताले अलिकति भए पनि पुत्रवियोगको पीडालाई कम गरेको छ । पार्टी एकता हुनुभन्दा अघि दाहालले आफ्नो स्वार्थका लागि नेताहरूले बार्गेनिङ गरेको गुनासो गरेका थिए । ‘निस्स्वार्थ मलाई सहयोग गर्ने नेता कम छन्,’ दाहालले निकट नेताहरूसँग भनेका थिए, ‘पार्टी र सरकारको पद लिन नजिक आउने गर्छन् ।’
पार्टी एकता भइसकेपछि दाहालको राजनीतिक घेरा पनि ठूलो भएको छ । पूर्वमाओवादी मात्र होइन, पूर्वएमालेका नेताहरू उनी निकट भएका छन् । आगामी महाधिवेशनमा अध्यक्ष हुने मनस्थिति उनले बनाएका छन् । त्यसका लागि उनले प्रारम्भिक छलफल सुरु गरिसकेका छन् । पार्टी एकता भइसकेपछि नेता तथा कार्यकर्ताको व्यवस्थापनमा प्रधानमन्त्री केपी ओलीसँग दाहालले सहकार्य गरेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2KQ54q7 via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाको माइतीघर मण्डला लगायतका स्थानमा जारी गरिएको निषेधाज्ञा नहट्ने प्रष्ट पारेका छन् ।
साथै डा. गोविन्द केसीले आमरण अनसन बस्दैमा काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउन नसकिने प्रष्ट पारे । जनताले तिरेको करबाट तलब खाने कर्मचारीले आफ्नो काम गर्नु पर्ने भन्दै उनले राजनीतिक गर्ने भए पार्टी प्रवेश गर्न डा. केसीलाई आग्रह समेत गरेका छन् ।
ओलीले विरोध प्रदर्शनका नाममा अरुलाई दुःख दिने काम अब रोकिने बताए। प्रधानमन्त्री ओलीले जनतालाई सास्ती हुने कदमहरु उपयुक्त समयमा नियन्त्रण गरिने भन्दै आफूहरुको ध्येय देशको उन्नती र विकास हुनुपर्छ भन्नै मात्रै रहेको स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न रोक लगाउन नसकिने प्रष्ट पारेका छन् । आमरण अनसनरत डा. केसी जनताले तिरेको करबाट तलब खाने सरकारी कर्मचारी भएको भन्दै उनले सबै आआफ्नो मर्यादामा बस्नुपर्ने बताएका छन् । सबै प्रदेशमा मेडिकल कलेज खोल्ने सरकारको सोत रहेको भन्दै उनले भने, ‘तर, एउटा व्यक्तिले भन्दैमा काठमाडौंमा मेडिकल कलेज खोल्न रोक लगाउन सकिन्न ।’
उनले राजनीति गर्ने भए राजीनामा दिएर पार्टी प्रवेश गर्न डा. केसीलाई आग्रह समेत गरेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2u2Ch8a via IFTTT
काठमाडौं । प्रत्येक दुई दुई वर्षमा सम्पन्न हुने सर्वोच्च वार एशोसिएशनको निर्वाचन सम्पन्न भएको छ ।सर्वोच्च वार एशोसिएशनको निर्बाचनबाट कार्यसमिति सदस्यमा अत्यधिक मत सहित अधिबक्ता पुष्पराज पौडेल बिजयी भएका छन् ।
अध्यक्षमा पेशागत, प्रगतिशिल समुहकै वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी ३०३ मतका साथ विजयी भएका छन् । लोकतान्त्रीकका तर्फबाट अध्यक्ष पदमा वरिष्ठ अधिवक्ता दामोदर खड्का २४३ मत ल्याएका छन् । उपाध्यक्षमा अधिवक्ता खड्काले ३२४ मतका साथ विजयी भएका हुन । उनका प्रतिद्वन्दीका रुपमा रहेका वरिष्ठ अभिवक्ता नारायण झाले २१७मत प्राप्त गरेका छन् ।त्यस्तै सचिवमा लोकतान्त्रीक समुहका सुभनराज आचार्य २९७ मतका साथ विजयी भएका छन् । पेशागत, प्रगतिशिल समुह तर्फका सचिवका उम्मेदवार वासुदेव सिग्देलले २३९ मत प्राप्त गरेका छन् । त्यस्तै सहसचिवमा लोकतान्त्रीक समुहकै पूर्णीमा रिमाल गुरागाई २८१ मतका साथ विजयी भएकि छिन् । पेशागत प्रगतिशिल समुहका तर्फबाट पुण्यशिला दवाडी घिमिरे २५६ मत प्राप्त छिन् । त्यस्तै कोषध्यक्षमा लोकतान्त्रीकका सरोज कृष्ण घिमिरे २७५ मतका साथ विजयी भएका छन् भने उनका प्रतिद्वन्दीका रुपमा रहेका पेशागत, प्रगतिशिलका तर्फबाट धनञ्जय खनाल २५४ मत प्राप्त गरेका छन् ।
त्यस्तै महिला सदस्यमा पेशागत प्रगतिशिल समुहकी किरण कुमारी गुप्ता २६८ मतका साथ विजयी भएकि छिन् । प्रतिद्वन्दीको रुपमा लोकतान्त्रिककी रिमा शाहले २२९ मत प्राप्त गरेकि छिन् ।
त्यस्तै सदस्यहरुमा पेशागत, प्रगतिशिल समुहका तर्फवाट राजु आचार्य २६६, पुष्पराज पौडेल २८६, राजाराम उपाध्याय भट्टराई २६६, दिपेन्द्र कुमार राई २५८ र मुरारीप्रसाद सापकोटा २६२ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै लोकतान्त्रीक समुहका तर्फवाट सदस्यहरुमा भुवनप्रसाद वाग्ले २६६, रमेश महर्जन २७२, सन्तोष कुमार महतो २६३ र कल्याण पोखरेल २५९ मतका साथ विजयी भएका छन् ।
यसरी निर्वाचित पदाधिकारीको जम्मा १५ जना मध्येमा पेशागत, प्रगतिशिल समुहका तर्फबाट ८ जना विजयी भएका छन् भने लोकतान्त्रीक समुहका तर्फबाट ७ जना विजयी भएका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2m2qe6g via IFTTT
चितवन।चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३०० शय्या थप गरिने भएको छ। अस्पताल परिसरमा हाल अस्पतालमा १९४ शय्या छ। परिसरमा अत्याधुनिक नयाँ भवन निर्माण भएसँगै यही साउनदेखि शय्या थप गरी ४९४ शय्या पुर्याउन लागिएको हो।
अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यका अनुसार भवनको काम पूरा भएको र लोकसेवा आयोगमार्फत कर्मचारी भर्ना प्रक्रिया जारी रहेकाले साउनदेखि थप शय्या प्रयोगमा ल्याइने तयारी गरिएको हो। उनका अनुसार विसं २०५७ मा १०० शय्याबाट शुरु गरिएको अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि पटक पटक गरी ९४ शय्या थपिएको थियो।
अस्पतालको चारतले नयाँ भवन निर्माण हेर्दै आएका रमेश पाण्डेका अनुसार सो भवन १ लाख ३० हजार स्क्वायर फिटको छ। विसं २०६९ मा निर्माण थालिएको सो भवन झण्डै रु ७० करोडको लागतमा निर्माण गरिएको हो। भवनमा सघन उपचार कक्ष, पोष्टअपरेटिभ कक्ष, मोडुलर शल्यक्रिया कक्ष, क्याबिन, चिकित्सक छलफल कक्ष, सभाहलसँगै जनरल वार्ड पनि रहेको अस्पतालले जनाएको छ।
सो भवनको भुईतलामा दुई हजार २०० स्क्वायर फिटको खाली ठाउँसमेत छ। भवनसँगै रेडियोथेरापी बंकर पनि निर्माण गरिएको पाण्डेले बताए। अस्पतालमा शय्याको अभावमा बिरामी भर्ना गर्न कठिन हुँदै आएको थियो। अत्याधुनिक तवरको ठूलो एउटै भवन बनेपछि अस्पतालमा सञ्चालनमा रहेका नौवटै विभागका आवश्यकअनुसार शय्या विस्तार हुने भएका छन्। कार्यकारी निर्देशक आचार्यका अनुसार सबैभन्दा बढी मेडिसिन वार्डमा बिरामीको चाप बढी हुने गर्छ।
चीन सरकारको सहयोगमा २०५७ सालमा स्थापना भएको यस अस्पतालमा वार्षिक एक लाख ३० हजार हाराहारीले सेवा लिँदै आएका छन्। जसमध्ये आठ हजारभन्दा बढी क्यान्सरका रोगी छन्। नेपालका सबै जिल्ला र भारतीय सीमा क्षेत्रबाट पनि बिरामी यहाँ उपचारका लागि आउने गर्छन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tWawyi via IFTTT
काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा राष्ट्रियसभाकातर्फबाट प्रतिनिधित्व गर्न तीनजनाको नाम घोषणा गरेका छन्। शुक्रबार बसेको बैठकको प्रारम्भमा उनले राष्ट्रियसभाका तर्फबाट उक्त समितिमा सुमनराज प्याकुरेल,नन्दा चपाई र जितेन्द्रनारायण देवले प्रतिनिधित्व गर्न जानकारी गएका थिए। यस्तै बैठकले उनीहरूको नाम स्वीकृत गरेको थियो। पन्ध्र सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट तीनजना मनोनयन गर्ने प्रावधान छ। उक्त समितिमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य रहनेछन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2KTQw9e via IFTTT
काठमाडौं । नेपालमा तीनवटा ठूला एयरलाइन्सले १३ अर्ब रुपैयाँ हाराहारीका तीनवटा विमान थपेका हो। असारको पहिलो साता (४ देखि १९ गते) मंगलबारसम्म नेपालमा तीनवटा ठूला जहाज थपेका हो । नेपाल सरकारलाई बुझाएको भन्सार महसुलसहित यी विमानको लागत कम्तीमा १४ अर्ब पुग्छ ।
असार ४ गते निजी क्षेत्रको श्री एयरलाइन्सले करिब ८९ करोड रुपैयाँ हाराहारीमा क्यानडाली सीआरजे ल्याएको थियो भने १४ गते सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले ११ अर्ब ८४ करोड हाराहारीमा एयरबसको ब्रान्ड न्यु ए३३० वाइड बडी विमान ल्याएको थियो ।
त्यसैगरी मंगलबार निजी क्षेत्रको सबैभन्दा ठूलो हवाई सेवा कम्पनी बुद्ध एयरले करिब १ अर्ब ७ करोड रुपैयाँमा ७२ सिट क्षमताको टर्बोप्रोप इन्जिनयुक्त एटीआर ७२–५०० विमान थपेको हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ubsAn6 via IFTTT
काठमाडौं । वितरण प्रणालीको नियमित मर्मत तथा सडक विस्तारको कामलाई ध्यानमा राखेर नेपाल विद्युत् प्राधिकरणले आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बालाजु क्षेत्रमा विद्युत् कटौती गर्ने भएको छ।
प्राधिकरणको बालाजु वितरण केन्द्रका अनुसार प्रणालीको सुधार तथा सडक विस्तारका लागि शुक्रबार विद्युत् कटौती गर्न लागिएको हो।
बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले वनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशनअन्तर्गतका फिडरबाट आपूर्ति भइरहेका क्षेत्रमा विद्युत् कटौती गर्न लागिएको बताए। बालाजु–नागार्जुन फिडरअन्तर्गत जनजागृति टोल, रोटरी क्लब, टौडोल, शीतला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।
यस्तै बालाजु–धर्मस्थलीअन्तर्गत पुरानो गुहेश्वरी, फूलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा विद्युत् आपूर्ति बन्द हुनेछ। प्राधिकरणले पछिल्लो समय वितरण केन्द्रको क्षमता विस्तार, प्रसारण प्रणालीको सुधार तथा बढी भार परेका क्षेत्रमा सुधारको काम गर्दै आएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NwCXdY via IFTTT
काठमाडौं । चालु आर्थिक वर्ष सकिन १२ दिन बाँकी हुँदा पूँजीगत खर्च ५३ प्रतिशतमात्र भएको छ । विकास निर्माणका कार्यले गति लिन नसक्दा विकास खर्चले अपेक्षित गति लिन नसकेको हो ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको यस अवधिमा रु तीन खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार पूँजीगत खर्च हुने लक्ष्य लिएकामा रु एक खर्ब ७८ अर्ब ४५ करोड १२ लाख पाँच हजारमात्र खर्च भएको छ । यो लक्ष्यको ५३.२४ प्रतिशतमात्र हो ।
त्यस्तै वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ४० अर्ब २८ करोड ७४ लाख ३१ हजारको लक्ष्य लिइएकामा रु ८३ अर्ब ७९ करोड ९२ लाख ८८ हजार अर्थात् ५९।७३ प्रतिशत खर्च भएको छ । अर्थमन्त्रालयले वित्तीय व्यवस्थातर्फको खर्चलाई पनि पूँजीगत खर्चकै रूपमा लिने गरेकाले विकास खर्च केही बढी हुनेछ ।
यस अवधिमा चालु खर्च भने ८०.६३ प्रतिशतको प्रगति भएको छ । यस अवधिमा रु आठ खर्ब तीन अर्ब ५३ करोड ३६ लाख ५४ हजारको लक्ष्य लिइएको थियो । कार्यालयअनुसार यही असार १७ गते अर्थात् आइतबारसम्म रु छ खर्ब ४७ अर्ब ९२ करोड २९ लाख ७१ हजार चालु रकम खर्च भएको छ ।
यस अवधिमा रु सात खर्ब ३० अर्ब पाँच करोड ५५ लाख ७० हजार राजश्व संकलनको लक्ष्य लिइएकामा ८९.९१ प्रतिशत अर्थात् रु छ खर्ब ५६ अर्ब ४१ करोड १४ लाख ९७ हजार राजश्व संकलन भएको छ ।
विकास निर्माण कार्य रु एक अर्ब ३८ करोड २७ लाख पाँच हजार दैनिक खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा शुरुका दिनमा भन्दा आर्थिक वर्षको अन्तिम महिना तथा अन्तिम दिनतिर खर्च गर्ने चटारो हुने गरेको छ ।
देशको खर्च प्रणालीलाई सुधार गर्नका लागि चालु आवमा खर्च गर्ने प्रणालीको नियमित अनुगमन गर्ने भने पनि सुधार नभएको देखिएको छ । बजेट कार्यान्वयनकै विषयलाई लिएर सरकारले चालु आवभन्दा अघि अर्थात् वैशाख १५ गते बजेट सार्वजनिक गर्ने र आवको शुरु भएको दिनदेखि नै कार्यान्वयनमा लैजाने पद्धतिको विकास गरेको थियो ।
सोही पद्धतिअनुसार बजेट विनियोजन हुने र कार्यान्वयनमा पठाइएको भनिए पनि नतिजामा भने पुरानै पद्धति देखिएको तथ्यले पुष्टि गरेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zaFurd via IFTTT