Loading...
Loading...
पूर्बप्रधानमन्त्री झलनाथ खनाल र जापानीज राजदुत वीच भेटवार्ता
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं।  नेकपा (एमाले) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि जापानका राजदूत महामहिम मासासी ओगावा ले खनाल निवास डल्लुमा आज साझ शिष्टाचार भेटवार्ता गर्नुभयो । सो भेटको अवसरमा राजदुत महोदयले आफ्नो कार्यकाल समाप्त भई स्वदेश फर्कन लागेको जानकारी गराउनु भयो । साथै भेटको क्रममा नेपाल जापान सम्बन्ध, नेपालको आर्थिक विकासमा जापानको तर्फबाट भइरहेको सहयोग र आपसी हित एवं चासोको विषयमा छलफल भएको थियो ।
सो क्रममा पूर्बप्रधानमन्त्री खनालले आफ्नो कार्यकाल पुरा गरी स्वदेश फर्कन लाग्नु भएका राजदुत महोदयलाई नेपाल जापान सम्बन्धलाई अझ प्रगाढ वनाउन खेल्नु भएको भूमिकाको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा दुई देश वीचको सम्बन्ध अझ सुमधुर हुने कुरामा विश्वास व्यक्त गर्नुभयो । साथै उहाँको उत्तरोत्तर प्रगतिको कामना समेत गर्नु भयो ।साथै खनालले तीन तहको निर्वाचन सम्पन्न भएपछि नेपाल आर्थिक सामाजिक रुपान्तरणको युगमा प्रवेश गरेको वताउनु भयो साथै देशमा बिकास र समृद्धिका लागि अझ धेरै क्षेत्रमा सहयोग आवश्यक पर्ने कुरामा जोड दिदै खनालले जापान सरकार र जनताको तर्फबाट अझ फराकिलो दायरामा सरसहयोग प्राप्त हुने कुरामा आफु विश्वस्त रहेको धारणा व्यक्त गर्नुभयो । भेटमा खनालका बिदेश मामिला सहयोगी योगेन्द्र ब. शाहीको पनि उपस्थिति रहेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी गराउनु भयो ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2KSYNY6 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.