भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

गोरखा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिशतको आधारमा एमाले र माओवादीबीच पार्टी एकता कुनै पनि हालतमा नहुने बताएका छन् । पार्टीको आन्तरिक कार्यक्रममा भाग लिन आएका श्रेष्ठले शनिबार पत्रकारसम्मेलनमा बोल्दै सम्माजनक तबरले समानताको नीति अनुरुप एकता हुने बताए ।
‘कुनै प्रतिशतको आधारमा पार्टी एकता हुँदैन, प्रतिशतको महाभारतले अड्ट्कीयो भन्ने होइन,’ उनले भने,‘यो वाहिर चर्चामा आए जस्तो विवाद र समस्याको कुरो हुँदै होइन, अतिरञ्जीत तरिकाले नबुझौँ।’
एकिकृत भएपछि ६० प्रतिशत जनताको प्रतिनिधित्व गर्ने पार्टी हुने भएकाले नेता कार्यकताको ब्यवस्थापनमा केही समस्या देखिए पनि जटिल भने नरहेको उनको भनाइ छ। ‘कुन पदमा को बस्ने भन्ने विषय महाधिवेशनले टुङ्ग्याउँछ,’उनले भने,‘भ्रमात्मक प्रचारबाट विचलित नभइ एकीकृत पार्टीको घोषणा छिट्टै गछौँ।’ वैचारीक लाइन फरक रहेको दुई ठुला पार्टीको एकीकरण सहज नभएपनि इतिहासको आवश्यकता र जनताको चाहना मुताविक पार्टी एकता गर्न लागेको उनले दाबी गरे।
दुई अध्यक्ष बिचको छलफल पछि बस्ने पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकता घोषणाको मिति तय गर्ने श्रेष्ठले जानकारी दिए। पार्टी एकताका लागी गठीत कार्यदलले तयार पारेको राजनीतिक र सांगठनिक प्रतिवेदनलाई अनुमोदननका लागि अहिले छलफल भइरहेको श्रेष्ठले बताए। २० गते एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकताको विषयमा छलफल हुने उनले जानकारी दिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2FnLuux via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

