Loading...
Loading...
बजेट अधिवेशन वैशाख २३ देखि
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ  । सरकारले संसदको दोस्रो अधिवेशन वैशाख २३ मा सुरु हुने गरी आहवान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले २३ गते आइतबार ४ बजे बैठक बस्ने गरी अधिवेशन आहवान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

राष्ट्रपतिले बैठक आहवान गरेपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बजेट अधिवेशन सुरु हुन्छ।

संसद् सचिवालयका अनुसार जेठ १५ मा अर्थमन्त्रीले राजस्व र आयव्ययको अनुमान संघीय संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। त्यसको १५ दिनअघि नै नीति तथा कार्यक्रम ल्याउनुपर्ने व्यवस्था छ। त्योभन्दा अघि नै संसद्मा बजेटपूर्व छलफल गराइसक्नुपर्ने हुन्छ। संसद् सचिवालयका अनुसार वैशाख २४ र २५ गते बजेटपूर्व छलफल गराउने योजना छ ।

संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमका अनुसार २३ गतेको बैठकमा नै संसद सञ्चालन नियमावली मस्यौदा पेस गर्ने कार्यक्रम छ । यसैगरी राष्ट्रपतिले जारी गरेको चार अध्यादेश त्यही दिन पेस हुनेछ । यो अधिवेशनमाबजेट, नीति तथा कार्यक्रमसँगै समानान्तररुपमा विधेयकहरुमाथिसमेत छलफल हुने गौतमले बताए । असार १५ सम्ममा बजेट पास गरिसक्ने क्यालेन्डर बनाइसकेको संसद सचिवालयले जनाएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी बजेटका सिद्धान्त र प्राथमिकता ९पूर्वबजेट० पेस गर्नेछन्। त्यसमाथि सांसदहरूले छलफल गर्नेछन्। २०६३ मा जनआन्दोलनको बलमा पुनस्स्थापित प्रतिनिधिसभाले सरकारले सदनमा पूर्ण बजेट पेस गर्नुअगावै त्यसका सिद्धान्त र प्राथमिकतामा छलफल गरी जनप्रतिनिधिको सुझाव समावेश गराउने अभ्यास थालेको हो।

जेठ १ मा राष्ट्रपति भण्डारीबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम सदनमा पेस गर्ने योजना बनाइएको छ। नीति तथा कार्यक्रम संसद्ले पारित गर्नुपर्ने हुन्छ। जेठ १५ मा बजेट पेस गर्नुअघि नै अर्थमन्त्री खतिवडाले आर्थिक सर्वेक्षण पेस गर्नेछन्।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2FnBlOG via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.