भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
धनगढी। क्षेत्रीय सिँचाइ कार्यालयको सुविधायुक्त टोयटा फर्चुलर गाडी हात पार्न प्रदेश ७ का तीन जना मन्त्रीको तानातान छ । उनीहरूले सिँचाइ कार्यालयका क्षेत्रीय निर्देशक महेन्द्रप्रसाद बडुलाई दबाब दिँदै आएका छन् ।
दुई वर्षअघि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले खरिद गरी ल्याएको एक करोड मूल्य पर्ने बा२झ १४१९ नम्बरको गाडी हाल निर्देशक महेन्द्रप्रसाद बडुले चढ्दै आएका छन् । त्यही सुविधायुक्त गाडीका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह, भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहरा र आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले क्षेत्रीय सिँचाइलाई पत्राचार गरेका छन् ।
क्षेत्रीय निर्देशक बडुलाई उक्त गाडी आफ्नो मन्त्रालयलाई उपलब्ध गराउन मन्त्रीहरूले दिनहुँ टेलिफोन गरेर दबाब दिँदै आएका छन् । उक्त गाडी विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाहरूको अनुगमनका लागि उपलब्ध गराइएको हो । ‘अनुगमनका लागि अर्को गाडी नभए आयोजनाहरूको अनुगमन नै प्रभावित हुन्छ,’ क्षेत्रीय निर्देशक बडुले भने, ‘केन्द्रीय सरकारको निर्णय गराएर लैजान सक्छन् ।’ तर मन्त्रीहरू यतैबाट खोस्न लागेकाले गाडीलाई फिल्डको फिल्डमै राख्नुपरेको कार्यालयकै एक कर्मचारीले बताए ।
प्रदेश ७ का सबै मन्त्रीहरूका लागि यसअघि नै गाडीको व्यवस्था गरिएको भए पनि अहिले अन्य सरकारी कार्यालयका राम्रा गाडीहरू मन्त्रीको आँखामा पर्नासाथ खोसिहाल्ने प्रवृत्ति देखिएकोप्रति एक कर्मचारी गुनासो गरे ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2uPARkp via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
