भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ । पुर्वराजा ज्ञानेन्द्र शाहकी भतिजिले ३० वर्षको उमेर सम्म पनि नेपाली नागरिकता पाएकी छैनन् । ३० वर्षको उमेरमा नागरिकता बनाउन पुगेकी पूर्वराजा शाहकी भतिजि श्रेया राज्यलक्ष्मी शाहले वडाध्यक्षको मुखवाट अपशब्द समेत सुन्नुपर्यो ।
वडाध्यक्षले नागरिकताको सिफारीस लिन बाबु चाहिने बताए पछि उनी आमा जया पाण्डे छोरी लिएर नागरिकताको सिफारिसका लागि वडा कार्यालय पुगेकी थिइन् । उनलाई काठमाडौं ३ का वडाध्यक्ष दिपक केसीले सिफारिस दिन नमिल्ने मात्र भनेनन् अभद्र शब्द समेत प्रयोग गरे ।
उनले श्रेयाको नागरिकताका लागि सिफारिस नै नदिएर मृत्यु भइसकेका बाबु उपस्थित हुनुपर्ने अडान राखेका छन् । श्रेयाका बाबु धीरेन्द्र शाहको २०५८ साल जेठ १९ गते दरवार हत्याकाण्डका क्रममा मारिएका थिए ।
बाबुको मृत्यु भएका कारण आमालाई लिएर गएकी श्रेयाका सामु वडाध्यक्षले नेपालको कानुन यहांहरुले पनि पढ्नु पर्यो भन्दै हप्काएका थिए । उनले यस विषयमा प्रतिकृया दिंदा समेत निकै आपत्तीजनक शब्द प्रयोग गरेका छन् । छोरीले बाउ खोज्नुभन्दा पहिला आमाले पोई खोज्नुपर्यो । नेपालको कानुन यहांहरुले पनि पढ्नुस् । लोग्ने नभई मैले कसरी नागरिकता दिने रु उनले यस्तो शब्द प्रयोग गरेका छन् ।
श्रेयाको जन्म २०४५ साल असार २ गते शिक्षण अस्पतालमा भएको हो । उनको अस्पतालले दिएको जन्मको प्रमाणपत्रमा बाबुको नाम धीरेन्द्रवीरविक्रम शाह छ वडाध्यक्ष केसीले छोराछोरी जन्माउंदैमा नागरिकता नपाईने बताएका छन् । त्यसका लागि कानुनी जटिलता भएको भन्दै कानुनको अध्ययन गर्न सुझाएका छन् । धीरेन्द्रको प्रेक्षा शाहसंग सम्बन्ध विच्छेद भएपछि उनले जयासंग दोस्रो विवाह गरेका थिए । धीरेन्द्र र जयाको विवाह २०४४ सालमा भएको हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2I4GUEN via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

