भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । मुख्य दुई प्रतिस्पर्धीलाई पछाडि पार्दै डीआईजी सर्वेन्द्र खनाल नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा बढुवा हुन सफल भएका छन्। मन्त्रिपरिषदको मंगलबर साँझ बसेको बैठकले खनाललाई डीआईजीबाट आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो। महानिरीक्षक प्रकाश अर्यालसहित १५ एआईजीले बुधबारबाट अवकाश पाउँदै छन्।
२०४६ सालमा इन्सपेक्टरबाट प्रहरी सेवा प्रवेश गरेका खनालसँगै उनकै ब्याजका रमेश खरेल, पुष्कर कार्की, उत्तम कार्की लगायतका डीआईजी प्रतिस्पर्धामा थिए। कार्यक्षमता, कार्यसम्पादन मूल्याङ्कन र र सिनियरितीको आधारमा एक नम्बरमा रहेका खनाललाई सरकारले आईजीपी बनाएको हो।
प्रहरी सेवामा रहेर काम गर्दा हालसम्म बसेको स्थानमा उत्कृष्ट काम गरी लोकप्रियता कमाइसकेका खनालले एक व्यवसायीक अधिकृतको छवि बनाएका थिए। प्रहरीको व्यवसायिक छवि एवं संगठनको प्रतिष्ठा सर्वदा उंचो राख्न खनालका दर्जनौं कामका श्रृंखलाहरु छन्, जसले उनलाई सफलताको उचाइतर्फ डोहोर्याएका छन्।
नेपाल प्रहरीमा कुनै पनि ठाउँमा अराजकता फैलिएपछि त्यहाँको वस्तुस्थिति नियन्त्रण गर्नका लागि पटक–पटक खनाललाई पठाउने गरेको थियो। मधेस अन्दोलनका क्रममा धनुषामा आन्दोलनकारीले सबै सकारी कार्यालयलाई नियन्त्रणमा लिएपछि सरकारले स्थितिलाई नियन्त्रणमा लिन खनाललाई नै खटाएको थियो।
जनआन्दोलनमा काठमाडौंको प्रमुख हुँदा उनले निभाएको भूमिकाकै कारण पनि उनी प्रहरीको नेतृत्व सम्हाल्न सक्छन भन्ने प्रमाणित गरेको छ। खनालका चर्चित कामहरु छन्, जसले उनलाई सफलताको उचाइमा पुर्याएको थियो।
मोस्टवान्टेड सूचीका कुमार श्रेष्ठ घैंटेको इन्काउन्टर। खनाल अपराध महाशाखामा आएपछिको पहिलो ठूलो सफलता थियो, जसका कारण काठमाडौंमा शान्ति सुरक्षा एवं अमन चयन कायम गर्न उनको उल्लेखनीय भूमिका रह्यो।
घैँटे इन्काउन्टरका बेला नेपालबाट मात्र होइन विदेशका पनि नेपालीहरुले फोनबाट बधाई दिएका थिए उनलाई। खनाल महाशाखामा हुँदा लागु औषध र अपहरण काण्डका अभियुक्त जेलबाट भागेका रावणजीत तामाङलाई गोली हानेर पक्राउ गरेका थिए। त्यस्तै काम गरेपछि परिणाम देखाउने खुबी भएका उनको दोस्रो ठूलो सफलता थियो, पैसामा खेल बेचेर सबै देशको इज्जत फाल्ने फुटबल खेलाडीमाथिको ठूलो र जोखिमयुक्त अप्रेसन हो।
म्याच फिक्सिङ गर्नेको धन्दालाई धुजाधुजा पारेको केही समयमा नेपाली फुटबलमा नयाँ इतिहास कायम भयो। २३ वर्षपछि नेपालले अन्तराष्ट्रिय खेल जित्यो। खेलको सौदाबाजी गर्ने राष्ट्रिय फुटबल टिमका कप्तान सागर विकास क्षेत्री, सन्दीप राई, रितेश थापा र अन्जन क्षेत्रीलाई खनालको टिमले कानुनको कठघरामा उभ्यायो। महाभुकम्पको समयमा नाकाबन्दीको फाईदा उठाउँदै कालोबजारी र ठगी गर्नेहरुको संरक्षक बनेका सरकारका सहसचिव रामआधार साह पनि खनाल जालोमा परे।
लामो समयदेखि पेट्रोलियम पदार्थ बेच्ने पम्प सञ्चालकले तेलको मात्रा कम गरी बच्ने उपकरणहरु रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्नेलाई पनि खोजीखोजी हत्कडी लगाए। खनाल महाशाखामा आएको केही समयमा संचार उद्यमी जमिम साहको हत्याका मुख्य आरोपीलाई पक्राउ परे । जमिम हत्याकाण्डका आरोपित जगदिश चन्दलाई नियन्त्रणमा लिएका थिए। जमिम साहको २०६६ सालमा हत्या भएको थियो। त्यस्तै अर्को निर्मम हत्याकाण्डको पर्दाफास पनि भयो।
ललितपुरको बडिखेलमा १२ वर्ष पहिला एउटै परिवारका पाँच जनाको विभत्स हत्याकाण्डको पर्दा पनि उनै खनालले खोले। २०६० सालमा एउटै परिवारका पाँच जनाको ज्यान लिने चन्द्र बहादुर पहरीलाई खनालकै टोलीले पक्राउ गरेर देखायो। अवैध धन्दा गर्ने कन्सलटेन्सीहरु उनको नजरबाट बच्न सकेनन्।
अवैध कन्सल्टेन्सी खोलेर अवैध रुपमा विदेश पठाउने दलालहरुको अखडामा उनको टोलीले धावा बोल्यो। निहित स्वार्थका लागि शैक्षिक परामर्शको नाममा गलत सूचना दिएर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने जो कोहिलाई कानुनले छाड्दैन भन्दै उनले कारवाही अगाडि बढाए। छापा हान्न थालेपछि अतालिएका दलालले कन्सलटेन्सी दर्ता गराएका थिए।
विभिन्न प्रलोभन देखाएर सर्वसाधारण जनताको करोडौं रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाईफ इन्टरनेशनल लिमिटेडका सञ्चालनक विष्णुबहादुर क्षेत्र र कृष्णबहादुर क्षेत्री पनि खनालको फन्दामा परे। अनेकन प्रलोभन देखाएर यी दुई दाजुभाइले ठगीको सन्जाल नै चलाएका थिए । खनालले संबेदनशिल एवं चुनौतिपूर्ण जिल्लाहरुको सफलतापुर्वक कमाण्ड गरेका थिए।
आईजीपी खनालले आफ्नो जिम्मेवारीबाट भाग्ने प्रहरी संगठनका डिएसपीको घटुवा समेत गरेका थिए। कुख्यात भारतीय अन्डर वर्ल्ड नाइके बब्लु दुबेलाई पक्राउ गरेपछि त उनले भारतको समेत पुरस्कार पाए। तराई जनतान्त्रिक मुक्तिमोर्चा धनुषा महोत्तरी प्रमुख सुधीर पाण्डे, राजन मुक्ति प्लटुन कमाण्डर, ज्वाला समूहका धनुषा, महोत्तरी, सर्लाही इन्चार्ज मरिक यादव, वीरगन्जमा उत्पाद मच्चाउने गुण्डानाइके अग्नी भनिने सुनिल जैसवाललाई पनि खनालले कारवाहीको दायरामा ल्याएका थिए।
पछिल्लो समयमा ट्राफिक प्रहरी महाशाखामा कार्यरत खनालले पशुपति, ठमेल र असन क्षेत्रमा चारपांग्रे सवारी निषेध गराएर व्यवस्थित गरे । सडकका खाल्डाखुल्टी पुर्ने अभियान, चक्रपथ सुधार र सरसफाइ अभियान तथा राजधानीका १० स्थानमा लाइन बसेर सवारी चढ्ने नियमको सुरुवात गरे।
सार्वजनिक माइक्रो चालक र सहचालकलाई पोशाक लगाउने नियम बसालेका खनालकै पहलमा १० बर्ष देखी बिग्रेका ट्राफिक बत्तीको मर्मत गरी बल्न थालेका छन्। खनाल नेपाल प्रहरीको नीति निर्माण तह तथा व्यवस्थापकीय कार्यमा पोख्त मानिन्छन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EAwmK9 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

