काठमाडौं । कर्मचारी समायोजन अध्यादेश सरकार जसरी पनि अध्यादेश पारित गर्ने योजनामा अडिक देखिएको छ भने अर्कातिर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस चट्टान जसरी खडा भएर यसलाई सच्याउन सरकारसंग माग गरिरहेको छ ।
कांग्रेस सभापति एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले ‘स्थायी सरकार’ मानिने कर्मचारीलाई दुःख नदिन सरकारलाई सचेत गराइसकेका छन् । संघीय संसदको मंगलवारको बैठकमा कर्मचारी समायोजन सम्बन्धी अध्यादेश स्वीकृत गर्ने कार्यसूची रहेको छ ।
संसदलाई बाइपास गरेर अध्यादेश ल्याइएपछि प्रतिपक्षी दलहरु आक्रोशित छन् । त्यसैगरी अमानवीय ढंगले समायोजनको प्रक्रिया अगाडि बढाइएको भन्दै कर्मचारीहरु आक्रोशित छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2RoYCcT via IFTTT
काठमाण्डौँ । ‘सार्वजनिक यातायात (ट्याक्सी) सुधारका लागि साझा पहल’ नामक अभियानले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेको छ । आइतबार एक पत्रकार सम्मेलन गरेर राज्य, उपभोत्ता र ट्याक्सी चालकहरूबीचमा देखिएको द्वन्द्व न्यूनीकरण गर्न साझा पहलको सुरुवात गरेको जानकारी दिइएको हो ।
अखिल नेपाल यातायात मजदुर संघका उपाध्यक्ष राजेन्द्र शर्माले सरकारले ट्याक्सी व्यवसायीमाथि दण्डित गरेर यस क्षेत्रको सुधार गर्न खोज्नु मुर्खता भएको टिप्पणी गरे । “ट्याक्सी व्यवसायीका बारेमा मानिसहरू किन भ्रमित छन् ? किन डराउँछन्, ? ट्याक्सीको नजिक पुग्दा अनेकन कुराहरू सोच्न थाल्छन् ?,” उनले भने, “ट्याक्सी चालकले भोगिरहेको जीवनको वास्तविकता के हो ? यसका आन्तरिक र बाह्य कारणको अनुसन्धान गरेर यस क्षेत्रमा सुधार ल्याउनुपर्छ ।” उनले ट्याक्सी चालकहरूले पनि आफ्नो व्यवहारमा सुधार गर्नुपर्ने बताए ।
कार्यक्रममा लोकतान्त्रिक यातायात मजदुर संगठनका अध्यक्ष भरत गुरुङले २०६९ सालको ट्याक्सी भाडादरलाई परिमार्जन गर्न सरकारलाई सुझाव दिए । उनले ट्याक्सी चालकलाई ठगी करार गरेर सरकारले हाम्रो सम्मानमाथि आँच पु-याउने काम गरेको आरोप लगाए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EVUWca via IFTTT
काठमाडौं। मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ कम्युनिस्ट सरकारले देशलाई ठूलो दुर्घटनामा पार्ने खतरा रहेकाले जनतालाई सतर्क रहन आग्रह गरेका छन्। मेलमिलाप दिवसको अवसरमा काठमाडौं कांग्रेसले गरेको कार्यक्रममा बोल्दै नेता थापाले अहिले नेकपाका दुई पाइलटका गैरलोकतान्त्रीक कृयाकलापले पार्टी छिट्टै दुर्घटनामा पर्ने बताएका हुन्।
‘नेकपाका नेताहरुसँग गणतान्त्रीक मूल्य मान्यता छैन’, उनले भने, ‘नेकपाका दुई पाइटल मध्ये एउटालाई संघीयता मन पर्दैन, अर्कोलाई लोकतन्त्र मन पर्दैन। यसै गरी देश चलाउन दिने हो भने उहाँहरुको आफ्नै मत बाझिएर देश ठुलो दुर्घटनामा पर्ने छ।
थापाले कांग्रेसले वीपिको बाटो नभुलेको पनि बताए। उनले पार्टी वीपिको मेलमिलापको सिद्धान्तमा दृढ रहेको बताए। ‘आज कमल थापा अर्को मञ्चमा मेलमिलाप दिवस मनाइरहनु भएको छ। मेलमिलाप बारे मण्डलेले कांग्रेसलाई सिकाइ रहनु पर्दैन’, उनले भने, नेपालको राष्ट्रियता कसरी जोगाउने भन्नेबारे मन्डले भन्दा बढी हामीलाई थाहा छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EYVfn9 via IFTTT
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा शुरु भएको साक्षरता अभियानका लागि आवश्यक पर्ने शैक्षिक सामग्री सहजकर्तालाई हस्तान्तरण गरिएको छ । चैत महिनाभित्र तीन हजार निरक्षरलाई साक्षर बनाउने लक्ष्यअनुसार गाउँपालिकाका छवटै वडामा खटिने १०० सहजकर्तालाई रु १४ लाख मूल्य बराबरका शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।
आइतबार गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष इस्तियाकअहमद शाहले सहजकर्तालाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष शाहले गाउँपालिकालाई औँठाछापबाट मुक्त बनाउन साक्षरता अभियान शुरु गरिएको बताउनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BOlEQD via IFTTT
काठमाण्डौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा साेमबारदेखि १२ औं चरणको खेल सुरु हुँदैछ । जस अन्तर्गत साेमबार ३ वटा खेल हुने छन् ।
११औं चरणसम्म अपराजित रहँदै सिंग्नेचर मनाङ मर्स्याङ्दी क्लबले उपाधि जितिसकेकाले अब तालिकाको दोस्रो देखि पाँचौ सम्मको स्थानको भिडन्त खुल्ला भएको छ ।
एन्फा मैदानमा साेमबार बिहान ११ बजे अब एनआरटी र मछिन्द्र क्लब भिड्ने छन् । मछिन्द्र ६ अंक सहित १२ औं स्थानमा रहँदा एनआरटी ५ अंकसहित पुछारमा छ ।
एनआरटीविरुद्ध फराकिलो अन्तरले विजयीहुँदा मछिन्द्रले तालिकामा सुधार गर्ने छ । तर एनआरटी विजयी भए १२ औं स्थानमा उक्लने छ ।
साेमबमरको खेलमा दुवै टिम दोस्रो जितको खोजिमा हुने छन् । यसैगरी साेमबार नै दिउँसो साढे २ बजे फ्रेण्ड्स र व्रिगेड ब्वाईज भिड्ने छन् । फ्रेण्ड्स ११ औं तथा ब्रिगेड १३औं स्थानमा छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2SsKPQ3 via IFTTT
काठमाडौं । उर्दू भाषाकी विज्ञ नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा आफ्नो काम थालेकी छिन् । शनिाबार नेपाल आइपुगेकी यान्छीले आइतबार आफ्नो ओहदाको प्रमाणपत्र परराष्ट्र मन्त्रालयलाई बुझाएकी हुन् ।
आइतवार परराष्ट्र मन्त्रालयमा पुगेर आफ्नो ओहोदाको प्रमाणपत्र मन्त्रालयका चिफ अफ प्रोटोकल दीपक अधिकारी समक्ष पेश गरेको काठमाडौं स्थित चिनियाँ दूतावासले जनाएको छ।
चीनले नयाँ राजदूतको रुपमा आफ्नो विदेश मन्त्रालयको एसिया क्षेत्र हेर्ने विभागका ६ डेपुटी डाइरेक्टर जनरल मध्येकी एक यान्छीलाई काठमाडौं पठाएको हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Ap2oJC via IFTTT
काठमाडौं । सन् २०१८ मानवीय क्षतिका दृष्टिले नेपाल र नेपालीका दुःखद वर्ष बन्न पुग्यो । विमान दुर्घटनासँगै यही वर्ष भ्रमणमा हिँडेका सहकारीकर्मी, विद्यार्थी, काम विशेषमा हिँडेका एकै ठाउँमा काम गर्ने मजदूर, एउटै गाउँका स्थानीयवासी सवार गाडी दुर्घटनामा परेर थुप्रै नेपाली दाजुभाइ दिदीबहिनीको मृत्यु भयो ।
एउटै घरमा पुरिएर एकै परिवारका सदस्यले समेत अनाहकमा ज्यान गुमाउनु पर्यो सन् २०१८ मा । सडकको नाजुक अवस्था, चालकको लापरवाही, तीव्र गति, ओभरटेक लगायतका कारण सडक दुर्घटना हुने गरेका छन् ।
सबैभन्दा कहालिलाग्दो घटनाको रुपमा यो वर्ष बङ्गलादेशबाट आएको युएस एयर–बङ्गला विमान दुर्घटना भयो । गएको फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनाग्रस्त हुँदा ४९ जनाको मृत्यु भएको थियो । यो वर्षकै सबैभन्दा ठूलो दुर्घटना बन्न पुग्यो ।
यही पुसमा दाङको घोराहीस्थित शहीद कृष्णसेन इच्छुक प्राविधिक विद्यालयका विद्यार्थी चढेको गाडी सल्यान भ्रमणबाट फर्कने क्रममा तुलसीपुरमा दुर्घटना हुँदा शिक्षक–विद्यार्थी गरी २३ जनाको निधन भयो । दाङमै मङ्सिरमा चितवनबाट बेहुली लिएर बाँकेको शमशेरगञ्ज फर्कंदै गर्दा चाँडै घर पुगेर दुलही भित्र्याउने तयारी गर्न भनी जीपमा अगाडि हिँडेका दुलाहाका बाबुआमासहित छ जनाको दुर्घटनामा मृत्यु भयो ।
त्यस्तै, दुर्घटना मङ्सिरमा नुवाकोटमा पनि भयो । नुवाकोट दुप्चेश्वर गाउँपालिका १ घ्याङ्फेदीमा तामाङ जातिको मृत्यु संस्कारमा सहभागी भएर फर्कने क्रममा मिनिट्रक दुर्घटनामा एकै गाउँका २० सर्वसाधारणले ज्यान गुमाउन पुगे ।
असार महिनामा उपल्लो मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा कार्यरत मजदूर निर्माणको काम रोकेर खाना खान टिपरको पछाडि बसेर आउँदै गर्दा दुर्घटनामा परेका थिए ।
जेठमा पाल्पा रम्भा गाउँपालिका ४ हुमिनमा तानसेनबाट रामपुरमा रहेको एक सहकारीको भ्रमणमा जाने क्रममा लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरु चढेको बस भिरबाट खस्दा १५ जनाको मृत्यु हुन पुग्यो ।
डडेल्धुराको उग्रतारा भगवती मेलाबाट डोटी जाँदै गरेको से १ प २९३ नम्बरको स्कुल बस गएको मङ्सिरमा अमरगढी नगरपालिका ११ रडुवा खोलामा दुर्घटना हुँदा १६ जनाले ज्यान गुमाउनु पर्यो ।
कात्तिकमा डोल्पाको ठुलीभेरी नगरपालिका ९ कालागौंडास्थित बतासेबाट एउटा जीप भेरी नदीमा खस्दा १० जनाको मृत्यु भयो । भदौमा रौतहटको लालबकैया नदीमा डुङ्गा दुर्घटना हुँदा खेतबाट घाँस काटेर फर्कंदै गरेका १५ स्थानीयवासी बेपत्ता हुन पुगे ।
धेरै दुर्घटना हुने चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड सन् २०१८ सुखद बन्यो । तर गएको साउनमा चितवनको इच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा काठमाडौँबाट स्याङजा जाँदै गरेको बस अर्काे गाडीसँग ठक्कर खाएर त्रिशूली नदीमा खस्दा आठ जनाको ज्यान गयो । साउनमा रुकुम पूर्वको सिस्ने गाउँपालिकास्थित मध्यपहाडी राजमार्गमा जीप दुर्घटना हुँदा सात जनाको अनाहकमा मृत्यु भयो ।
असोजमा दाङको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको तीव्र गतिमा रहेको माइक्रोबस बाँकेको शमशेरगञ्जमा ट्रकसँग ठोक्किँदा छ जनाको मृत्यु भयो । गएको माघमा काठमाडौँबाट झापा जाँदै गरेकोे जीप धनुषामा दुर्घटना हुँदा ६ जनाको ज्यान गयो । उक्त दुर्घटना चालक निदाएका कारण भएको र सडक नजीकैको पोखरीमा डुबेकाले निस्सासिएर यात्रुको मृत्यु भएको प्रहरीको भनाइ थियो ।
मङ्सिरमा तीन वर्ष अघि मात्रै ट्रयाक खुलेको बाँके बहाकोट सडकको डाङ्ग्रे घुम्तीमा सुर्खेतबाट बाँके आउँदै गरेको जीप दुर्घटनाग्रस्त हुँदा पाँच जनाले ज्यान गुमाए ।
माघमा छोरा डा. रञ्जनको बिहे छिनेर कपिलवस्तुबाट काठमाडौँ फर्कने क्रममा बा १ झ ३१४० नम्बरको सरकारी जीप धादिङको सलाङ्घाटबाट त्रिशूली नदीमा खस्दा सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव र भाञ्जी उन्नति गुप्ताको निधन भयो भने छोरा सन्तोष यादव बेपत्ता भए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LF9y0W via IFTTT
कञ्चनपु्र – निर्मला हत्या प्रकरणमा गल्ती गर्ने सबै प्रहरीमाथि कारबाही हुने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताउनुभएको छ ।
आइतबार महेन्द्रनगर पुग्नुभएका प्रहरी महानिरीक्षक खनालले नागरिक समाज र पत्रकारसँगको भेटघाटका क्रममा निर्मलाको घटनामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न प्रहरीमाथि कारबाही अगाडि बढाइएको बताउनुभएको हो ।
उहाँले माथिल्लो तहका प्रहरीमाथी विभागले कारबाही गरेको बताउँदै कार्बाहीका लागि अपराध अनुसन्धान विभागमा पत्राचार गरिसकेको बताउनुभयो ।
‘उच्चस्तरीय छानबिन समिति र प्रहरीको आन्तरिक छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका प्रहरीमाथि कारबाहीका लागि हामीले प्रक्रिया अगाडि बढाइसकेका छाैं’, उहाँले भन्नुभयो ‘त्यसमा संलग्न देखिएका माथिल्लो तहलाई विभागले कारबाही गर्छ । तल्लो तहका कर्मचारीलाई कारबाहीका लागि जिल्ला प्रहरीमा पत्राचार गरेको छु ।’
उहाँले निर्मलाको घटना र अनुसन्धानको पाटो सबैको चासोको विषय भएको बताउँदै त्यसमा संलग्न व्यक्ति कुनै पनि हालतमा नउम्किने बताउनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2CHifox via IFTTT
काठमाडौं । अमेरिकाको अग्रणी वाणिज्यशास्त्र विश्वविद्यालय ‘बेन्टले युनिभर्सिटी’ले कुलचन्द्र गौतमको जीवन भोगाइमा आधारित पुस्तक ‘ग्लोबल सिटिजन फ्रम गुल्मी : माइ जर्नी फ्रम दि हिल्स अफ् नेपाल टु दि हल्स अफ् युनाइटेड नेशन्स’लाई आफ्नो पाठ्यक्रमभित्र समावेश गर्ने भएको छ ।
म्यासाचुसेट्स् राज्यको वाल्थाममा रहेको विश्वविद्यालयले वाणिज्य शास्त्रअन्तर्गत स्नातकोत्तर तहका विद्यार्थीलाई विश्वमामिला बुझाउने पाठका रुपमा पुस्तकको चयन गरेको हो । यो पुस्तक केही महिनाअघि मात्र पब्लिकेशन्स नेपालयले प्रकाशित गरेको थियो ।
विश्वविद्यालयका प्राध्यापक डोनाल्ड मेक्नमारका अनुसार गौतमको जीवनी एक अन्तर्रा्ष्ट्रिय प्रशासकको रोचक भोगाइहरुको रुचीपूर्ण वर्णन मात्र नभै यसले संयुक्त राष्ट्रसंघको कार्यप्रणालीबारे समेत पाठकलाई विस्तारमा जानकारी गराउँछ ।
‘पुस्तकले राष्ट्र संघमा तपाईँको यात्रालाई विशिष्ट तवरले बयान गरेको छ’, प्राध्यापक मेक्नमारले पत्र लेख्दै गौतमलाई जानकारी दिएका छन्, ‘यसको रोचक र जानकारीमूलक पाटोले आकर्षित गरेपछि हामीले पाठ्यक्रममा समेट्ने निधो गरेका हौँ ।’
विश्वविद्यालयअन्तर्गतको ‘बिजनेश स्कुल’मा यसको पढाइ हुन लागेको हो । यो शिक्षण संस्था अन्तर्राष्ट्रिय जगतमा वाणिज्य शास्त्रका विद्यार्थीहरुलाई नयाँ नेतृत्वका हिसाबले तयार पार्न विश्वमामिलामा दरिलो पहुँच, उच्च नैतिक बल र विषयगत समझमा केन्द्रित रहेको जानकारी पनि प्राध्यापक मेक्नमारले पत्रमा उल्लेख गरेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2SrRbit via IFTTT
काठमाडौं। एनआईसी एशिया बैंक र सानिमा लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकले नेपालभरका शाखाबाट सहजै इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसी खरिद गर्न सक्ने छन।
सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका महाप्रबन्धक शिवराम तिमिल्सिनाले हस्ताक्षर गरे।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2CFdyeJ via IFTTT
काठमाडौं । नयाँ प्रधानन्यायाधीशको टुंगो लगाउन संसदीय सुनुवाई विशेष समितिको बैठक बसिरहेको छ ।
सिंहदरवारस्थित संसद सचिवालयमा जारी बैठकमा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको संसदीय सुनुवाई हुनेछ। सुनुवाइको लागि राणा बैठकमा उपस्थित भएका छन्। उनले त्यहाँ आफ्नो भावी कार्ययोजना र उजुरीबारे जवाफ दिने छन्।
राणाका विरुद्ध समितिमा ९ वटा उजुरी परेका छन्। सुनुवाईमा राणाले आफूविरुद्ध परेका उजुरीको जवाफ दिने र त्यसका आधारमा उनलाई अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय गरिनेछ। समितिले यसअघि शुक्रबार उजुरीकर्ताहरुसँग छलफल गरिसकेको छ।
राणालाई संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QU5bF7 via IFTTT
काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा सबै जिल्लामा आयोजना गर्ने कार्यक्रमका लागि पार्टीले जिल्ला खटाएका नेताहरु तोकिएका जिल्लामा गएका छन् ।
नेपाली काङ्ग्रेसले यही १६ गते सोमबार मेलमिलाप दिवसको अवसरमा देशभर आमसभा, गोष्ठी, र्याली, कोणसभालगायत कार्यक्रम गर्ने तयारी गरेको छ भने ती कार्यक्रमहरुका लागि केन्द्रीय नेताहरुलाई खटाएको छ ।
केही नेताहरु सोमबारै काठमाडौंबाट जाने समेत बुझिएको छ ।
दिवसलाई प्रभावकारी बनाउन काङ्ग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाएपनि केही नेताहरु विभिन्न कारणले जिल्लागत कार्यक्रममा जान नसक्ने भएको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश पंगेनीले जानकारी दिए ।
पदाधिकारी मध्ये एक उपसभापति विजयकुमार गच्छेदार, महामन्त्रीद्धय डा शशांक कोईराला र पूर्ण बहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्मासहित केन्द्रीय समितिका नौ जना बाहेक अन्य नेताहरुलाई जिल्ला खटाइएको हो ।
जिल्लामा खटाइएका नेताहरुमध्ये अधिकांश शनिबार गएका छन् भने केही नेताहरु शुक्रबारै गएका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BMhs47 via IFTTT
काठमाडौ । पीछडिएका र गरिब समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने उदेश्यले १५ वर्षअघि स्थापना गरिएको गरिबी निवारणको कोष अब नाम मात्रको रहने छ। कानुनी अड्चनका कारण सरकारले कोषलाई औपचारिक विघटन नगरे पनि सोमबारदेखि कोष निस्क्रिय झैँ रहनेछ। सोही कारण कोषले अहिलेसम्म विभिन्न सामुदायिक संस्थामा गरेको गरेको १९ अर्ब लगानी दुरुपयोग हुने सम्भावना बढेको छ ।
गरिबी निवारण कोष ऐनमार्फत स्थापना भएकोले कोष विघटन गर्न सरकारलाई कानुनी अड्चन परेको छ। कोषलाई आर्थिक सहयोग गर्दै आएको विश्व बैंकले आगामी सोमबारदेखि हात झिक्दै छ। विश्व बैंक र कोषबीचको सम्झौता सोमबारबाट सकिँदै छ।
विश्व बैंकले हात झिकेपछि कोषका ५७ कर्मचारी सोमबारदेखि एकैपटक विदाई हुँदैछन्। उनीहरूको बिदाइका लागि चिठीसमेत तयार भइसकेको कोषले जनाएको छ। कोषका कार्यकारी उपाध्यक्ष निर्मल भट्टराईले विश्व बैंकको कार्यक्रम सकिएपछि कोषमा कार्यरत ५७ कर्मचारी सोमबारदेखि एकैपटक बिदाई हुन लागेको बताए। कोषमा अब ४ जना मात्र माथिल्लो तहका कर्मचारी हुनेछन्। मन्त्रिपरिषद्को गत मंसिर ३ को बैठकले निर्मल भट्टराईलाई कार्यकारी उपाध्यक्ष र सहसचिव छवि रिजाललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। त्यसको एक हप्ता पछि गत मंसिर १० गते उनीहरूले पद बहाली गरेका थिए। भट्टराई र रिजाल कोषमा रहने छन्। यसैगरी एकजना शाखा अधिकृत रहने भएका छन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EV35NR via IFTTT
काठमाडौं । अघिल्लो पटक संसदीय सुनुवाईसम्म पुगेका दिपकराज जोशीलाई यो पल्ट संवैधानिक परिषदमै तगारो पर्यो। अघिल्लो पटक जस्तै, रोलक्रम मिचियो। यसअघि जसरी दोस्रो नम्बरमा रहेका ओमप्रकाश मिश्र प्रधानन्यायाधीश भए।
यो पल्ट पनि त्यसै भयो, दोस्रो नम्बरमा रहेका चोलेन्द्रशमशेर राणाको नाम संसदीय सुनुवाईका लागि पठाइयो। अनि, सुरु भयो राणा च्याप्टर। राणाबारेको संसदीय सुनुवाई पनि मुखैमा आइसक्यो। आइतबार काठघरामा उभिनै पर्यो। प्रक्रिया अनुसार समितिले उजुर आह्वान गर्दा राणाविरुद्ध ९ वटा आरोप पत्र परे, ‘८ व्यक्तिगत र एक सैद्धान्तिक’। उजुरकर्ताहरुसँग संसदीय सुनुवाई समितिले छलफल गरिसकेको छ।
राणामाथि लागेका आरोप सामान्य छैनन्। राणालाई प्रधानन्यायाधीश बनाउनुको सट्टा महाभियोग लगाएर हटाइनु पर्ने कोटीमा पारेका छन्, उजुर कर्ताले। भ्रष्टाचारीको नाइके भनेका छन्। त्यतिमात्र होइन, संविधान विरोधी र पाकृतिक न्यायको घाँटी निमोठ्ने घोर अपराधी भनेका छन्।
उजुरकर्ताले संसदीय सुनुवाई समितिमै राणालाई प्रधानन्यायाधीश बनाए भयङ्कर आन्दोलन गर्ने चेतावनी दिइसकेका छन्। ९ उजुरकर्ता मध्य एक पुण्यप्रसाद गौतमले त, ‘यदि संसारका भष्ट्राचारीबीच प्रतिष्पर्धा गराउने हो भने, राणाले अन्तर्राष्ट्रिय मेडल जित्ने पक्का छ’ भन्दिए।
वीरगञ्जको सार्वजनिक ४ बिघा जमिन प्रमोद विक्रम शाहले हडपेपछि २०६५ असार २६ गते जिल्ला अदालत र पुनरावेदन अदालतले २०६७ असार २८ गते शाहको विपक्षमा फैसला गरे। तर, शाहले सर्वोच्च्मा पुनरावेदन गरेपछि जिल्ला र तत्कालीन पुनरावेदन अदालतको फैसला राणाले उल्ट्याइदिए। न्यायको सर्वमान्य सिद्धान्त अनुसार आफ्नो नाता पर्नेको मुद्दाको पेशी हेर्नै पाइँदैन। राणाले सालो नाता पर्ने प्रमोद विक्रम शाहको नाममा लालपूर्जा कायम गरिदिएको अन्सारीले बताए। न्यायको सर्वमान्य सिद्धान्त विपरित आफन्तको नाममा फैसलाविरुद्ध जिल्ला अदालत पर्सामा मुद्दा विचाराधीन छ। २०७४ वैशाख ११ गते दर्ता भएको मुद्दाको अझै फैसला भएको छैन।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EV68qc via IFTTT
काठमाडौं । नेपाली क्रिकेट भन्ने बित्तिकै सन्दिप लामिछाने हुन थालेको छ। कुनै समय नेपाली क्रिकेट र पारस खड्का पर्यायवाची जस्ता थिए। पारसले नेपाली क्रिकेटमा दिएको योगदान अतुलनीय छ ।
पारसले क्रिकेटलाई नेपाली माझ चिनाउन ठुलो योगदान गरेका छन् भने सन्दिपले नेपाली क्रिकेटलाई विश्व माझ चिनाउँदै छन्। अष्ट्रेलियामा बिग ब्याश लिग खेलिरहेका सन्दिपले अन्तराष्ट्रीय ध्यान तानिरहेका छन्। उनले तीन खेलमा ७ वेकट लिईसकेका छन्। यो प्रदर्शन टि-२० क्रिकेटमा अति नै राम्रो मानिन्छ ।
उनको तारिफ गर्नेमा अष्ट्रेलियन पुर्व क्रिकेट कप्तान माईकल क्लार्क जहिल्यै अगाडी रहन्छन्। उनले सन्दिपलाई अन्तराष्ट्रीय मञ्चमा स्थापित हुन राम्रो सहयोग गरेका हुन्। गत बर्ष दिल्ली डेयर डेविल्समा आबद्ध हुन पनि क्लार्कले सहयोग गरेका थिए। त्यसपछि सन्दिपले पछाडी फर्केर हेर्नु परेको छैन।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2CDVkdH via IFTTT
काठमाडाैं – तत्कालीन राजा वीरेन्द्र शाहको ७४ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
जन्मजयन्तीको अवसरमा शुभचिन्तक तथा उनीप्रति विशेष श्रद्धा गर्नेहरुले शनिबार ललितपुरको जाउलाखेलमा रहेकाे वीरेन्द्रको शालिकमा माल्यार्पण गरी तत्कालीन राजा वीरेन्द्रको सम्झना गरेका छन् । पारिवारिक जमघटको समयमा २०५८ जेठ १९ गते दरबारभित्र चलेको गोलीकाण्डमा उहाँको निधन भएको थियो ।
त्यस क्रममा रानी ऐश्वर्य, छोराहरु युवराज दीपेन्द्र, अधिकारकुमार निराजन, छोरी श्रुति लगायत आफन्तहरुको पनि निधन भएको थियो । दरबार हत्याकाण्ड आज सम्म रहस्यमै रहेको छ । २०१७ सालमा महेन्द्रले स्थापना गरेको पञ्चायती शासनविरुद्ध आन्दोलन चर्किँदै गएपछि वीरेन्द्रले २०३६ सालमा जनमत संग्रह गराउनुभएको थियो ।
उहाँले कांग्रेस वाम आन्दोलन चर्किएपछि २०४६ सालमा पञ्चायती व्यवस्था हटाई प्रजातन्त्र पुनः स्थापना गर्दै आफूलाई संबैधानिक राजाको रुपमा सीमित राख्नुभएको थियो । उहाँलाई प्रजातान्त्रिक राजाको रुपमा पनि हेर्ने गरिन्छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2TbOMZ6 via IFTTT
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि आइतबारदेखि प्रदेशबाटै पुनः श्रम स्वीकति सरकारले जारी गर्ने भएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रीत गरी सरल र सहजरुपमा उपलब्ध गराउने उद्देश्यले सरकारले प्रदेशबाट नै पुनः श्रम स्वीकृति जारी गर्न लागेको हो । आइतबारदेखि पहिलो चरणमा प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
ती कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गरिनेछ । सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य ती कार्यालयबाटै सम्पादन हुने मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QSCE2F via IFTTT
काठमाडौं । सरकारद्वारा निषेधित क्षेत्र घोषणा गरेको सिंहदरबार भित्र नै विरोध जुलुस निकाल्ने तयारीमा रहेका आन्दोलनरत निजामती कर्मचारीहरुको आन्दोलनको स्वरुप बदलिएको छ । उनीहरुले दिउँसो १ बजे संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयबाट शान्तिपूर्ण विरोध जुलुस निकाल्ने भनिएको भएपनि बाहिर सुरक्षाकर्मीहरुको बाक्लो सहभागिता पछि उनीहरुको कार्यक्रमको स्वरुप बदलिएको थियो । ती कर्मचारीहरुले शुक्रबार अपराह्न ३ बजेपछि माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए ।
कुनै पनि कर्मचारी युनियनको अघुवाई विना नै स्वतस्फूर्त रुपमा आन्दोलनमा उत्रिएका यी कर्मचारीहरुले कर्मचारी आन्दोलन दबाउन ट्रेड युनियन खारेज गर्छु भन्ने सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग प्रश्न गरेका छन् । ‘कुनै पनि ट्रेड युनियनको टेकोमा नअडिएका स्वतन्त्र कर्मचारीहरुलाई के गर्नुहुन्छ ?’ एक आन्दोलनकारी कर्मचारीले भने ‘स्वतस्फूर्त रुपमा आन्दोलन गरिरहेका छौं । मन्त्रीले जे सुकै खारेज गरुन् हाम्लाई बाल मतलब ?’ तर, उनले आफ्नो नाम लेखिदिँदा पछि समस्या हुने भन्दै आफ्नो नाम नलेखिदिन आग्रह गरे ।
कर्मचारी समायोजन अध्यादेशको विरोधमा रहेका कर्मचारीहरुले सरकारले आफ्नो माग पूरा नगरेको भन्दै निषेधित क्षेत्र सिंहदरबारमा नै विरोध जुलुस निकाल्ने तयारी गरेको भएपनि प्रहरी हस्तक्षेपको संकेत पाएपछि उनीहरुको कार्यक्रम स्थगित भएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BQ0aDg via IFTTT
काठमाडौँ । सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान काठमाडौं नफर्केको बुधबार दुई महिना नाध्यो । अझै मर्मत गरेर ल्याइने टुंगो लागिसकेको छैन । निगम व्यवस्थापनले बेलैमा मर्मत गर्न सामान झिकाउन नसकेपछि दुई महिना मलेसियामा अलपत्र परेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निगमले पुस पहिलो साता यो विमान बिक्री गर्ने प्रक्रिया थालिसकेको विवरण पठाइसकेको छ ।
नेपाली नाम गण्डकी दिइएको यो ३१ वर्ष पुरानो बोइङको इन्जिन एक्सरे गराउनुपर्ने भएपछि कात्तिक ११ गते क्याप्टेन ओबी गुरुङ र दिपाल शेरचनले विमान काठमाडौंबाट क्वाललमपुर पुर्याएका थिए । त्यसबेला इन्जिनियरले ‘दुई दिनमा मर्मत सकेर काठमाडौं ल्याइने’ भनेका थिए । क्लालालमपुरस्थित निगमले ट्रान्जिट प्वाइन्टमा विमान मर्मत गराउने जिम्मा दिएको डेभिएसन कम्पनीले यस विमानको दायाँ इन्जिन एक्सरे गर्दा गडबडी देखाएको थियो ।
१ सय ९० यात्रु सिट क्षमता भएको विमान बेलैमा नल्याइँदा उता पार्किङ शुल्कलगायतको बिलले निगमको व्ययभार बढाएको छ । ‘छ जना नेपाली इन्जिनियर पनि मलेसियामा दुई सातादेखि छन्,’ निगमका ती अधिकारीले भने, ‘उनीहरूको दैनिक भत्ता, मलेसियन कम्पनीको ज्यालालगायतको खर्च कति पुग्ने हो, अहिल्यै आकलन गर्न सकिन्न ।’ यो विमान पछिल्लो पटक ‘ब्याकअप’ का रूपमा प्रयोग हुँदै आएको थियो । अहिले उडानमा रहेका चार वटा एयर बसमध्ये कुनै ग्राउन्डेड हुँदा वा कुनै विमान ढिला हुँदा यसलाई उडानमा पठाइन्थ्यो । यसबाहेक यो बोइङलाई निगमले हङकङ र दुबईबाहेक प्रायस् सातामा ३र३ दिन भारतको बैंगलोर र थाइल्यान्डको बैंकक उडाउँथ्यो ।
बैंगलोरको दुईतर्फी उडानमा यसले ३७ लाख हाराहारी र बैंककको उडानमा ५० लाख हाराहारीको आम्दानी गर्थ्यो। यो विमान मलेसियामा थन्किएपछि अहिले एयर बसका न्यारो र वाइडबडीमार्फत ती रुटमा उडान मिलाइएको छ । दिल्लीबाट मंगलबार बिहान काठमाडौं फर्किंदै गरेको निगमको पहिलो वाइड बडी विमान ९अन्नपूर्ण० को पखेटामा डेन्ट देखिएपछि ग्राउन्डेड गरिएको छ । त्यो विमान पनि ग्राउन्डेड भएपछि तीन वटा एयर बसले ८ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भरिरहेका छन् । अहिले निगमले ३ घण्टासम्म डिले गरेर सेवा दिनुपरेको निगमको एयर बसका एक पाइलटले बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ThzamT via IFTTT
काठमाडौँ । परराष्ट्र मन्त्रालयले इण्डोनेसियामा गएको सुनामीसम्बन्धी समवेदना सन्देश तयार गर्दा गल्ती गर्ने सम्बन्धित कर्मचारीमाथि कारवाही गर्ने भएको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा समवेदना सन्देशमा त्रुटि कसरी हुन गएको हो भन्नेबारे सम्बन्धित अधिकारीलाई स्पष्टीकरण सोधिएको र तथ्य पत्ता लागेपछि संलग्न कर्मचारीलाई उचित कारवाही गरिने जानकारी गराएका छन् ।
सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीले इण्डोनेसियाका राष्ट्रपतिलाई प्रेसित सन्देशमा त्रुटि भएको नभई मन्त्रालयबाट जारी भएको प्रेस विज्ञप्तिमा त्रुटि भएको देखिन आएको भन्दै त्रुटिप्रति मन्त्रालयले तत्काल क्षमायाचनासहित स्पष्ट पारिसकेको विज्ञप्तिमा उल्लेख छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2GTzpmO via IFTTT
काठमाडौं । नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावलाई अस्वीकार गरिदिएको छ । बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा दुई घण्टा बढी समय बोले पनि ओलीले बैठकमा उठेका विषयलाई सही तरिकाले सम्बोधन नगरे पछि उनको राजनीतिक प्रतिवेदन स्थायी कमिटीले फेल पारिदिएको हो।
ओलीले बैठकमा उठेका बिषयलाई सम्बोधन गर्दै राजनीतिक प्रतिबेदन पारित गर्न आग्रह गरे पनि बैठकमा सदस्यले बैठकमा उठेको बिषयलाई सही तरिकाले सम्बोधन नगरेको आरोप लगाउँदै चर्को आलोचनासमेत गरेका थिए ।
छुट्टै सुझाव प्रतिवेदन पेश गरेका वामदेव गौतमसहित भीम रावल, घनश्याम भुषालले बिरोध जनाएका थिए भने रघुजी पन्त, योगेश भट्टराई लगायतले बोल्ने समय मागेका थिए ।
ओलीले आफूले राम्रा मात्रै काम गरेको भनेपछि सदस्यहरु भड्किएका थिए । उनले बुधबार पनि आत्मआलोचना नगरेपछि बैठक लम्बिएको थियो । शुक्रबार बिहान पनि बैठक बस्दैछ ।
२९ मंसिरदेखि जारी स्थायी कमिटी बैठकमा सदस्यहरुले सरकार र पार्टी नेतृत्वको आलोचना गर्दै कार्यशैलीमाथि गम्भिर प्रश्न उठाएका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2RjFgWN via IFTTT
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन चिसोले कष्टकर बनेको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिउँ, तराईमा हुस्सुले अत्याइरहेको छ । अधिकांश स्थानको तापक्रम घटिरहँदा काठमाडौं उृपत्यकाको जनजीवन पनि कष्टकर बनेको छ ।
शुक्रबार बिहान काठमाडौं उपत्यकाको पारो घटेर १.४ डिग्री पुगेको छ । अघिल्लो दिन बिहान ५.५ डिग्री मापन गरिएको तापक्रम शुक्रबार ह्वात्तै घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चिसो हावा चलेपछि बिहीबार धेरै चिसो महसुस गरिएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Al4ni4 via IFTTT
काठमाडौं । नेपाली काँग्रेसले पुष १६ गतेको लागि मेलमिलाप दिवस धुमधामका साथ देशभर मनाउने भएको छ । काँग्रेसले यसको लागि हरेक जिल्लामा एक एक जना केन्द्रीय प्रतिनिधि समेत खटाईसकेको छ ।
पार्टीका संस्थापक नेताहरु विश्वेश्वरप्रसाद कोइरालाक, गणेशमान सिंह लगायतका नेताहरु आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनको सम्झनामा काँग्रेसले हरेक वर्ष पुष १६ लाई राष्ट्रिय मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ । पुस १६ का दिन आमसभा, गोष्ठी, ऱ्याली, कोणसभा लगायतका कार्यक्रम व्यापक रुपमा संचालन गरी मनाउन नेपाली कांग्रेसले मुलुकका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QR5jVG via IFTTT
काठमाडौँ । प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्रशमशेर जबराविरुद्ध संसदीय सुनुवाइ समितिमा ९ वटा उजुरी परेका छन् । समितिको सचिवालयले ती उजुरी अध्ययनका लागि सदस्यहरूलाई बाँडेको छ ।
उजुरीको यथार्थमाथि समितिले शुक्रबार उजुरीकर्तासँग छलफल गर्नेछ । त्यसपछि जबराको संसदीय सुनुवाइ गर्नेछ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आगामी १७ गतेदेखि उमेर हदका कारण अवकाश पाउँदै छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ESyzVF via IFTTT
काठमाडौं । सरकारले रिक्त रहेका विभिन्न पांच देशमा नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।
पछिल्लो मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिवहरु दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि राजदूत नियुक्तिको सिफारिस गरेको हो ।
त्यस्तै सरकारले बंगलादेशका नेपाली राजदूत डा. चोपलाल भुसाल, दक्षिण कोरियाका राजदूत अर्जुन जगबहादुर सिंह र स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई फिर्ता बोलाएको छ । उनीहरुलाई फिर्ता हुन ३ हप्ताको समय दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EPf27P via IFTTT
बाँके – नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको बर्दी लगाएर हात फैलाएको सह्य नहुने बताउनुभएको छ ।
महानिरीक्षक खनालले अनुचित प्रभावमा नपर्ने विशेष निर्देशन दिँदै, कसैको कुनै पनि प्रभावमा पर्ने जुनसुकै तहको प्रहरी भएपनि कारवाही गर्ने चेतावनी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा बुधबार विभिन्न प्रहरी यूनिटका इन्चार्जहरुलाई निर्देशन दिँदै महानिरीक्षक खनालले प्रहरी साँच्चिकै प्रहरी जस्तो देखिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले महिला तथा बालबालिकाविरुद्धका घटनामा प्रहरी अझ कडा रुपमा प्रस्तुत हुनुपर्ने देखिएको बताउनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EUsnNd via IFTTT
काठमाडौं – धरहरा पुनर्निर्माणको शिलान्यास बिहीबार हुँदैछ । भूकम्पले धरहरा भत्किएको तीन वर्ष ८ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्न लाग्नुभएको हो ।
गएको असोज २४ गतेदेखि जीआईईटीसी रमन जेभी कम्पनीले धरहरा पुनर्निर्माणको काम सुरु गरेको छ । तर औपचारिक शिलन्यास भने बिहीबार गर्न लागिएको हो । नयाँ धरहरा बाहिरबाट हेर्दा ११ तला र भित्रबाट भने २२ तलाको हुनेछ ।
भूकम्पले भग्नावशेष बनेको धरहराको बाँकी भागलाई संरक्षण गरी नयाँ भूकम्प प्रतिरोधि सुरक्षित धरहरा बनाउन थालिएको हो । ३ अर्ब ४५ करोड रुपैयाँमा २ वर्षभित्रै सक्ने गरी धरहराको काम थालिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2TaJKfB via IFTTT
काठमाडौं । निर्मला हत्या प्रकरणमा पछिल्लो पटक मुख्य शंकास्पदको रुपमा प्रस्तुत गरिएका युवा प्रदीप रावल थुनामुक्त भएका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको हो ।
प्रहरीमाथि अभद्र व्यवहार गरेको अरोपमा उनीमाथि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले मुद्दा चलाएको थियो । अभद्र व्यवहारका विषयमा अनुसन्धान गर्न उनीमाथि म्याद थप गरिएको भए पनि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीमाथि निर्मला हत्या प्रकरणमा अनुसन्धान गरिरहेको थियो ।
उनीमाथि प्रहरीले ४ पटक म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो । उनलाई पक्राउ गरेपछि पहिलो पटक ७ दिन, त्यसपछि ३ पटक ५ दिन म्याद थप भएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Q3uQ98 via IFTTT
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एउटा विवादास्पद धर्म प्रचारक संस्थाले गरेको कार्यक्रममा सह आयोजक बनेर सरकारले नै संविधान असफल बनाउने खेलमा लागेको आरोप लगाएका छन् । काँग्रेसमा हिन्दूत्वको मुद्दाको विषयमा प्रचण्डले लगाएको आरोपको जवाफमा देउवाले सत्ता पक्षको भूमिका नै विवादास्पद रहेको बताएका हुन् ।
उनले नेपालमा अनेकानेक धर्महरु रहेको भन्दै सरकार सबै धर्मको कार्यक्रममा सहआयोजक बस्न सक्छ ? भन्दै प्रतिप्रश्न गरे । अर्काे प्रसंगमा सभापति शेरबहादुर देउवाले आफ्ना जनतालाई शान्ति सुरक्षा दिन नसकेको सरकारले यस्तो गरे र उस्तो गरेँ भनेर भन्न नसुहाउने बताएका छन्।
बुधबार प्रतिनिधि सभाको हिउँदे अभिवेशनको पहिलो दिन दलीय प्रतिनिधिको रुपमा बोल्दै देउवाले निर्मला पन्तको मुद्दामा सरकारले यातना दिएर अपराधी स्वीकार गर्न लगाएको प्रति आपत्ति जनाएका छन् ।
उनले सरकारले मधेशका मुद्दाहरु सम्बोधन गर्न नसकेको, देशमा शान्ति सुरक्षा दिन न
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BGUICx via IFTTT
काठमाण्डौँ । चरम गुटबन्दीका कारण नेतृत्वले सही रुपमा नागरिक र राष्ट्रका लागी काम गर्न सकिरहेका छैन्न । नेपालका प्रमुख राजनीतिक दलहरु नेपाल कम्युनिष्ट पार्टी ,नेपाली कांग्रेस, संघिय समाजवादी फोरम, राष्टिय जनता पाटी लगायतका दलहरु गुटैगुटले भरिएर थलिएर आफ्ना देश र दलको एजेण्डा भन्दा पनी नेताहरुको स्वार्थमा राजनीतिक दलहरु रुमलिएकाले नागरिकमा निरासा छाउन थालेको छ ।
आफ्ना पार्टीको गुट र उपगुटलाई व्यवस्थापन गरी पार्टीलाई लोकतान्त्रिक परिपार्टीबाट नेतृत्व गर्न नसक्ने नेताहरुले देशको नेतृत्व गर्न सक्षम नहुने भएकाले हाम्रा देशका राजनीतिक दलहरुका नेताहरुले सवैभन्दा पहिले गुटैगुटले भरिएको आ आफ्नो पार्टीलाई व्यवस्थापन गरी व्यवस्थित र लोकतान्त्रिक बनाएर अव देश हाक्नसक्छन भन्ने विश्वास जनतामा दिलाउनु आजको पहिलो आवाश्यक्ता हो । राजनीतिक दलहरु भित्र विचार र सिद्धान्तद्धारा निर्देशित राजनीति नभएको, रणनीति नबनाएको र कार्यनिति मात्र रहेको,विचार नभएपछि गुटै गुट मात्र भरिएका हुन ।
हाम्रा प्रमुख राजनीतिक दलहरु भित्र विचारको मतभेत भन्दा पनि कार्यशैलीको मतभेत र नेतृत्वका लागी टकराप तथा लडाई भएकाले गुटदेखी उपगुटसम्म बनेको छ । नेतृत्वले आफु नेतृत्वमा पुग्नका लागी अधिवेशन तथा निर्वाचनका लागि पार्टी भित्र गुट बनाउछन नेतृत्वमा पुगेसकेपछि वा अधिवेशनमा निर्वाचन समाप्त भैसकेकेपछि स्वत गुट तथा समुहभंग वा विघटन हुनुपर्नेमा नेताहरुले आफु तह नै भैराख्नका लागि गुट तथा उपगुटलाई निरन्तरता दिईरहेका हुन्छन । विडम्वना त्यसमा कार्यकर्ताहरु पनि गुट उपगुट तथा समुहमा विभाजन भैराखेका हुन्छन ।
गुटबन्दी विशेषगरेर कहिलेकाही विचार नमिल्दा हुन्छ भने कहिलेकाही नितान्त व्यक्तिग टगराव स्वार्थ पूर्तिका लागि पनि हुन्छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EOyT7h via IFTTT
काठमाडौं । संघीय संसदको तेस्रो अधिवेशन बुधबार सुरु हुँदैछ । राष्ट्रिपति विद्यादेवी भण्डारीले बजेट अधिवशेनका नाममा समेत चिनिएको हिउँदे अधिवेशन दिउँसो ४ बजेका लागि आह्वान गर्नुभएको हो ।
बुधबार बस्ने पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख कृष्णबहादुर महराले पढेर सुनाउनु हुनेछ । त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरूले मन्तव्य दिने कार्यसूची छ । बुधबारको बैठकमा प्रशासकीय अदालत विधेयक र कर्मचारी समायोजन अध्यादेश पेस हुनेछ ।
त्यस्तै, राष्ट्रियसभामा भने राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन, विभिन्न राजनीतिक दलका नेताबाट शुभकामना मन्तव्य, कर्मचारी समायोजन अध्यादेश प्रस्तुत हुने र बैठकको अन्त्यमा पूर्वसांसद बाँस्तोला, तुलाधर र चौधरीको निधन भएकामा शोक प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची तय भएको राष्ट्रियसभा सचिवालयले जनाएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2AeWaMm via IFTTT
काठमाडौँ । पार्टी एकताको आठ महिनापछि पहिलोपटक सत्तारूढ नेकपामा राजनीतिक र सांगठनिक बहस भइरहेको छ । बैठक नबोलाइएको भनेर स्थायी समिति सदस्यबाट तीव्र आलोचना खेपेका अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले यसपटक मन फुकाएर नेताहरूलाई बोल्न दिएका छन् ।
आठ दिनसम्म चलेर आइतबारदेखि ब्रेक लागेको बैठक बुधबार बस्दै छ । अब अध्यक्ष ओली र दाहालले जवाफ दिनेछन् । एकतापछि पहिलोपटक भएको यो स्तरको छलफलले सत्तारूढ पार्टी र त्यसको नेतृत्वसामु केही प्रश्न तेस्र्याएको छ । जसको जवाफ नेतृत्वले दिनुपर्नेछ ।
पार्टीभित्र चर्को गुटबन्दी बढेको र त्यसको नेतृत्वकर्ता ओली भएको आरोप माधव नेपाल पक्षका नेताले लगाएका छन् । गुटबन्दीको नजरले मात्र हेर्ने नेतृत्वको कार्यशैली रहेको आरोप घनश्याम भुसाल, योगेश भट्टराईलगायतले लगाएका छन् । उनीहरूलाई नेता नेपालको पनि साथ छ । नेपालले बोल्ने क्रममा प्रदेश कमिटीको गठनलगायतमा यसअघि आफूले राखेको असन्तुष्टिको प्रसंग उठाएका छन् । जुन कुरा ओलीनिकट नेताहरू मान्न तयार छैनन् ।
नेकपा बैठकमा उठेको अर्को विषय हो, दिगम्बर झालगायतको नियुक्ति र प्रधानमन्त्रीको भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता । झाको नियुक्तिले भ्रष्टाचार नियन्त्रण गर्ने भन्ने कुरा कसैले नपत्याउने नेताहरूले बताए ।
नेतृत्वलाई जोगाउने कि खुइल्याउने ?
वामदेव गौतमले बैठकमा १६ पृष्ठ लामो छुट्टै प्रतिवेदन पेस गरेका छन् । त्यसमा नेतृत्वको तीव्र आलोचना गरिएको छ । गौतमले सुुरुकै दिन अध्यक्षको आलोचना गरेपछि त्यसपछि बोल्ने असन्तुष्ट नेताले पनि उनीहरूको कार्यशैलीप्रति व्यापक प्रश्न उठाए । बैठकमा नेतृत्वलाई खुइल्याउने कि राम्रो कामको प्रशंसा गरेर जोगाउने पनि भन्ने प्रश्न उठेको छ ।
बैठकमा अध्यक्षहरूले सचिवालयलाई पार्टीको मुख्य नेतृत्व ‘कोर अफ द लिडरसिप’ भनेर प्रतिवेदनमा व्याख्या गरेका छन् । यो व्याख्याअनुसार पार्टीको मुख्य राजनीतिक निर्णय सचिवालयले गर्ने भन्ने हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EIinFP via IFTTT
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका समस्या सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन्। सत्ता समर्थक राष्ट्रिय जनता पार्टी(राजपा)का प्रतिनिधिहरुसँगको छलफलमा ओलीले उनीहरुका मागबारे अध्ययन गर्न सात दिनको समय मागेको छलफलमा सहभागी राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए।
वर्तमान संविधानका विभिन्न प्रावधानले मधेशमा विभेद गरिरहेको दाबी गर्दै आएको राजपाले सुरुदेखि नै विभिन्न फोरममा संविधान संशाेधनको माग गर्दै आएको छ। आजको छलफलमा प्रधानमन्त्री ओलीले संशोधनलगायतका विभिन्न विषयमा आवश्यक परामर्श तथा तयारीका लागि एक साताको समय मागेको जानकारी उनले दिए। यादवका अनुसार प्रधानमन्त्री ओलीले राजपाका मागप्रति सरकार सकारात्मक रहेको र मधेशका मुद्दामा आफूपनि सचेत रहेको धारणा राखेका थिए।
राजपाका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो, सदस्यहरु महन्थ ठाकुर सरदसिंह भण्डारीलगायत छलफलमा सहभागी थिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2VaZHV4 via IFTTT
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ३ खर्ब १२ अर्ब २६ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार ४ महिनाको तथ्यांकमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै ३ खर्ब १२ अर्ब २६ करोड रेमिट्यान्स भित्रिएको जनाएको हो ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३.६ प्रतिशतले वृद्धि भई रु.३५२ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.५ प्रतिशतले घटेको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EOxb6D via IFTTT
कैलाली । हिजो आज निकै चर्चा बटुल्न सफल भएका नेपाल आइडल २ का विजेता रवी वडलाई सुदूरपश्चिम प्रदेश सरकारले साेमबार धनगढीमा सम्मान गरेको छ ।
विमानस्थलबाट सिधै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका वडलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचल भट्टले कार्यकक्षमै खादा तथा फूलमालासहित स्वागत गर्नुभएको हो । सम्मान कार्यक्रममा बोेल्नुहुँदै मुख्यमन्त्री भट्टले रवीको जित सुदूरपश्चिवासीको जित भएको बताउनुभयो ।
उहाँले यो जितलाई आत्मसात गरी आगामी दिनमा थप उचाई प्राप्त गर्न वडलाई शुभकामना दिनुभयो ।उहाँले वडलाई सहयोग र साथ दिनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
यस्तै सम्मान कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै नेपाल आइडल २ का विजेता रविले यो जित आफ्नो मात्र नभई सम्पूर्ण सुदूरपश्चिमवासीको रहेको बताउनुभयो । उहाँले सम्पूर्ण देशवासीको माया र स्नेहले आफूले यो स्थान हासिल गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
यही अवसरमा मुख्यमन्त्री भट्टसहित धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक आभूषण तिमिल्सिेना लगायतले रविलाई सम्मान गरेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Smis66 via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भ्रष्टचार गर्ने जोकसैलाई नछाड्ने चेतावनी दिएपनि भ्रष्टचार भने रोकिएको छैन । नक्कली जग्गाधनीको नामबाट जग्गा बिक्री गर्ने मालपोत कार्यालय चाबहिलका तत्कालीन १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुढानीलकण्ठ नगरपालिकामा रहेको २ रोपनी ८ आना जग्गा नक्कली जग्गाधनीको नामबाट गैरकानूनी तरिकाबाट खरिद बिक्री गर्ने काममा संलग्न रहेको भन्दै प्रमुख मालपोत अधिकृत कमलप्रसाद तिमल्सिनासहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
‘कर्मचारीहरूले आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी कार्यालयमा रहेको लिखत सच्याई-सच्याउन लगाई नागरिकको निजी सम्पत्ती उपभोग गर्ने हक र राज्यले आफ्ना नागरिकको हक-अधिकारसंग सम्बन्धित सरकारी प्रमाण कागजात सुरक्षित राख्नुपर्ने दायित्वबाट बिमुख भई आफू समेतलाई गैरकानूनी लाभ एवम् प्रत्यक्ष फाइदा पुर्याउने बदनियतले भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले’ आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
मालपोतकै कार्यालय सहयोगी चन्दनकृष्ण कायस्थ भन्ने राजु थापा मगरले अन्य कर्मचारीहरूलाई अनुचित प्रभावमा पारी जग्गाको जग्गाधनी दर्ता श्रेस्तामा वास्तविक जग्गाधनीको फोटो उक्काई आफ्नो फोटो टाँस गरी नक्कली प्रमाणपूर्जा, नागरिकताको प्रमाणपत्र समेत खडा गरी नक्कली जग्गाधनीको नामबाट गैरकानूनी तरिकाबाट जग्गा बिक्री र खरीद गरेको देखिएको अख्तियारले जनाएको छ ।
यसरी भ्रष्टाचार मुद्दा लाग्ने अन्य कर्मचारीमा मालपोत अधिकृतहरु खगेन्द्रप्रसाद अर्याल, रामप्रसाद सुवेदी, नायब सुब्बा रञ्जनकुमार खरेल, टाइपिस्ट जमुनाकुमारी श्रेष्ठ, कार्यालय सहयोगी हरि खड्का, चन्दनकृष्ण कायस्ठ भन्ने राजु थापामगर, सानोभाइ श्रेष्ठ, श्रीकृष्ण बरुवाल, भुपालसिंह तामाङ, ध्रुवप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा र प्रदीपप्रसाद गौतम रहेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PYHUfN via IFTTT
काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा २५ करोडको खेल मिलेपछि इटालियन ठेकेदार कम्पनी ‘कोपराटिभा मुराटोरी एण्ड सेमेन्टिस्टी सिएमसी’ काममा फर्किएको छ । आईतबार राती भएको दुईपक्षीय बैठकमा मन्त्रालयका उच्च अधिकारीहरुले ठेकेदार कम्पनीसँग मागेको २५ करोड कमिसन नमाग्ने सहमती गरेपछि ठेकेदार कम्पनी काममा फर्किन तयार भएको हो । मन्त्री र सचिवले समेत करोडौं कमिसन मागेपछि मेलम्ची आयोजनाको काम छाडेर स्वदेश फर्कन लागेको ठेकेदार कम्पनीको धरौटी रोक्का गर्न समेत तयार भएको सरकारलाई उच्च अदालत पाटनले धरौटी रकम नरोक्न अन्तरिम आदेश गरेको थियो ।
धरौटी रकम सहित ठेकेदार कम्पनी स्वदेश फर्कने तयारीमा लागेपछि कमिसनको अडानमा रहेका मन्त्रालयका उच्च अधिकारीहरु समेत आत्तिएर ठेकेदार कम्पनीलाई थुम्थुम्याउने प्रयासमा लागेका थिए । १७ डिसेम्बरमा सिएमसीले ठेक्का तोडेको पत्र लेखेको थियो । पुष ६ गते उच्च अदालत पाटनले सो विषयमा यही पुस ५ गते पहिलो चरणको सुनुवाइ गरी आइतबारसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । आईतबार फेरि अदालतले सोही अन्तरिम आदेश बुधबारसम्मको लागि निरन्तरता दिएको छ ।
यो कमिसनको खेलमा खानेपानी मन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरको समेत मिलेमतो रहेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । उनीहरुले कम्पनीसँग सो रकम माग गरेपछि कम्पनीले छाडेर जाने भन्दै ठेक्का तोडेको पत्र लेख्न बाध्य भएको हो । स्रोतले भन्यो सरकारका मन्त्रीदेखि सचिवसम्मका अधिकारीहरुले सिएमसीले ठेक्का नै तोड्छ भन्ने सोचेका पनि थिएनन् । एक्कासी ठेक्का तोडेपछि सरकारका उच्च अधिकारीहरु नै तर्सिए र सिएमसीलाई काममा फर्काउन कसरत थालेका हुन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LwMe5m via IFTTT
काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा मलेसियाको रोजगारीबारे नेताहरुबीच चर्काचर्की भयो । नेता नारायणकाजी श्रेष्ठले मलेसियासँग श्रम सम्झौता गरेर पनि नेपाली कामदार पठाउन नसकेको भन्दै श्रममन्त्री गोकर्ण विष्टको चर्को आलोचना गरेपछि बैठकमा विवाद शुरु भएको थियो । नेता श्रेष्ठले मलेसियासँग श्रम सम्झौता हुँदा पनि कामदार पठाउन किन नसकिएको भन्दै मन्त्री विष्टलाई प्रश्न उठाएका थिए । उनले मलेसियामा कामदार नपठाउने भए किन श्रम समझदारी गरियो भन्दै आलोचना गरेका थिए ।
त्यसअघि अर्का नेता लिलामणी पोखरेलले हजारौं नेपालीहरुको कलिङ भिसा आएर पनि जान नपाएकोमा आपत्ति जनाएका थिए । उनले हजारौं नेपालीहरुले ऋण खोजेर विदेश जान बसेको तर जान नपाएको जिम्मा कसले लिने भनेर मन्त्री विष्टलाई प्रश्न गरेका थिए । उनले कलिंग भिषा लागेर, मेडिकल आदी सबै प्रकृया पूरा गरेर पनि सरकारले स्वीकृति रोकी गरीबलाइ ऋणमाथि ऋण बोकाइरहन न्यायसंगत काम नगरेको उल्लेख गरे ।
यसअघि पनि प्रतिवेदनमाथि धारणा राख्दै स्थायी समिति सदस्य एवं पूर्व श्रम तथा रोजगार मन्त्री लेखराज भट्टले अध्यक्षद्वयले उल्लेख गरेजस्तो द्विपक्षीय श्रम समझदारीपछि पनि मलेसियाको रोजगारी सरल र सहज नभएको धारणा राखेका थिए ।
गत जेठ २ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रम स्वीकृति रोकेपछि त्यसयता ७ महिनामा ९० हजारभन्दा बढी नेपाली रोजगारीका लागि मलेसिया जानबाट रोकिएका थिए । कलिङ भिसा आएका करिब १५ हजार युवाबीच बाटोमा अलपत्र छन् । भीसा पक्रियामा रहेका युवाहरुको करिब ३५ करोड बढी रकम फसेको छ ।’
यो हो सत्तारुढ दलको उच्च निकाय स्थायी समितिमा वैदेशिक रोजागरसम्बन्धी विषय कसरी प्रस्तुत भए भन्ने समाचारका नमुना अंशहरु । यसमा श्रममन्त्रीले यस्तो संवेदनशील विषयमा खेलबाड गरेको भन्ने बुझाउन खोजिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EKNpgV via IFTTT
बेत्रावती । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माणाधीन ‘मध्य त्रिशूली गङ्गा जलविद्युत् आयोजना’सँग विद्युत् खरीद बिक्री सम्झौता (पीपीए) गरेको छ ।
पर्फेक्ट इनर्जी डेभलप्मेन्ट प्रालि प्रवर्द्धक रहेको १९.४१ मेगावाट क्षमताको आयोजनामार्फत उत्पादित विद्युत् खरिदका लागि कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता कार्य सम्पन्न भएको हो ।
दुई पक्षबीच भएको सम्झौताअनुसार आयोजनाबाट सुक्खायाममा (मङ्सिर १६ देखि जेठ १५ सम्म) उत्पादन हुने विद्युत् आठ रुपैयाँ ४० पैसा र वर्षायाममा (जेठ १६ देखि मङ्सिर १५ सम्म) उत्पादन हुने विद्युत् चार रुपैयाँ ४० पैसामा खरीद गर्ने आयोजनाको प्रवर्द्धक पर्फेक्ट इनर्जी डेभलप्मेन्ट प्रालिले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र विद्युत् व्यापार विभागका प्रमुख प्रवल अधिकारी तथा प्रवर्द्धक कम्पनीका तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक भरतकुमार खड्का र आवसीय इञ्जिनीयर देवेन्द्र बस्नेतले हस्ताक्षर गर्नुभएको छ । प्रवर्द्धक कम्पनीका आवासीय इञ्जिनीयर बस्नेतका अनुसार दुई पक्षबीच गएकाे मङ्गलबार पिपिए पत्रमा हस्ताक्षर भएको र बाँकी रहेको ‘अफिसियल’ प्रक्रिया आइतबार पूरा भएको हो ।
सम्झौताअनुसार आयोजनाले विसं २०८० जेठ १७ सम्ममा निर्माण कार्य सम्पन्न गरी प्राधिकरणलाई विद्युत् उपलब्ध गराउनुपर्ने उल्लेख छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EGsVFm via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर आन्दोलनको कार्यक्रम घोषणा गर्ने कांग्रेसको तयारी छ ।
सरकारले निरंकुशता लाद्न खोजेको भन्दै उनले पार्टीभित्रका असहमति थाति राखेर सरकारविरुद्ध लड्नुपर्ने बताए । १० दिन लामो महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै देउवाले भने, भने, ‘ओली सरकार आज बद्मासी गर्दैछ, निरंकुशता लाद्न खोजिरहेको छ । यसको विरुद्धमा आन्दालेन गर्ने दिन आउँदैछ, सब साथीहरु तयार हुनुपर्छ ।’
नेकपा स्थायी कमिटीमा भएको बहसतर्फ संकेत गर्दै उनले अघि भने, ‘आफ्ना पार्टीका मान्छेहरुलाई त दुःख दिइरहेका छन् भने अरुलाई के गर्ला ?
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकबाट काँग्रेस एकतावद्ध भएको दावी गरे ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2AgaCnp via IFTTT
काठमाडौं । उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी ‘कोपराटिभा मुराटोरी एण्ड सेमेन्टिस्टी सिएमसी’ भाग्न खोजेको उल्लेख गदै धरौटीको रकम जफत गर्ने सरकारको निर्णयमा रोक लगाउन अल्पकालीन अन्तरिम आदेश बुधबारसम्मलाई निरन्तरता दिएको थियो ।
मेलम्ची खानेपानी आयोजनाको काम छाडेको इटालियन ठेकदार कम्पनी सीएमसी काममा फर्किन तयार भएको छ । सीएमसीले यसअघि १७ डिसेम्बरमा एकतर्फी ठेक्का तोडेको जानकारीसहितको पत्र (लेटर अफ टर्मिनेसन) सरकारलाई बुझाएको थियो ।
मेलम्ची खानेपानी बोर्डमा शुक्रबार अर्को पत्र पठाउँदै सीएमसीले आफ्ना कामदारहरु नयाँ वर्ष मनाउन बाहिर जान लागेको दाबी गर्दै अंग्रेजी नयाँ वर्षपछि पुनः काममा फर्किने बताएको छ ।
‘उसले काममा फर्किन्छु भनेर पत्र दिएको छ, अब यसैका अधारमा अघि बढ्ने कि नबढ्ने भन्ने निर्णय खानेपानी मन्त्रालयले नै गर्छ,’ आयोजना स्रोतले भन्यो, ‘उसको पत्र मन्त्रालयस्तरमा भएको सहमतिका आधारमा आएको हुन सक्छ ।’
सीएमसीले काम छाडेपछि सरकारले उसको २ अर्ब धरौटी रकम रोक्का गरेको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2So3iNL via IFTTT
काठमाडौं । केपी ओली नेतृत्वको वर्तमान सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रम सस्तो प्रचारबाजीका कारण सुरुवाती चरणमै थिल्थिलो बनेको छ । चिया उद्योगीहरुले सामाजिक सुरक्षा कार्यक्रम मान्दैनौं भन्दा संसदीय समितिमा तीन दिनअघि श्रममन्त्री गोकर्ण विष्टसँग भनाभन नै भयो । तर, सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेलगत्तै सरकारले फेरि अर्को ‘रोजगार योजना’ सार्वजनिक गर्न लागेको छ ।
संविधानले सबै नागरिकलाई रोजगारीको हकको ग्यारेन्टी गरेको बताउँदै ओली सरकारले यसै आर्थिक वर्षबाट लागू गर्ने कार्यक्रमको नाम हो– ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ । यस कार्यक्रमअन्तरगत सबै बेरोजागार नागरिकलाई सय दिनको रोजगारी दिने, नसके ५० दिनको पारिश्रमिक बराबरको निर्वाह भत्ता उपलब्ध गराउने सरकारको दाबी छ ।
श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले यो कार्यक्रम लागू गर्न आन्तरिक तयारी गरिरहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
अहिले सरकारसँग देशभर कति युवा बेरोजगार छन् भन्ने तथ्यांक छैन । वर्षमा नेपालमा कति शैक्षिक बेरोजगार बजारमा आउँछन् र बजारमा मागअनुसारको जनशिक्त आपूर्ति भइरहेको छ/छैन भन्ने जानकारीसमेत सरकारलाई छैन ।
तर, रोजगार कार्यक्रमले देशभित्र नै रोजगारीको अवसर खोज्न सरकारलाई जिम्मेवार बनाउने र युवालाई पनि सबैखालका श्रमप्रतिको सम्मान बोध हुने श्रम मन्त्री गोकर्ण बिष्टले दाबी गरे । उनले भने– ‘कुन देशको रोजगारी कहिले खुल्छ भनेर अब नसोध्नुस्, अब देशभित्रै कहिले रोजगारी पाइन्छ भनेर सोध्नुस् ।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2rQkxeL via IFTTT
काठमाण्डौँ । पुस ३ गतेबाट लागु भारतको केन्द्रीय उर्जा मन्त्रालयले अन्तरदेशीय विद्युत व्यापार निर्देशिकामा परिवर्तन गरेको छ।
उक्त निर्देशिका लागु भएसँगे नेपालको बिजुली भारतमा बेच्न सहज हुने भएको छ।
यसअघि २०७३ मंसिरमा जारी निर्देशिकाले नेपालबाट बिजुली बेच्न दोहोरो सर्त लगाएको थियो।
ती सर्त बमोजिम भारतले किन्ने नेपालको बिजुलीको उत्पादन र व्यापारमा कम्तिमा ५१ प्रतिशत भारतीय लगानी आवश्यक पर्ने वा भारतले किन्ने बिजुली नेपाल सरकारको पूर्ण लगानीमा उत्पादन भएको हुनुपर्ने थियो। त्यस्तै नेपालमा विद्युतको ब्यापार गर्ने कम्पनी जसमा भारतीयको ५१ प्रतिशत सेयर छ भने बिजुली भारतमा बेच्न सकिने निर्देशिकामा उल्लेख थियो।
देशबीच भएको विद्युत व्यापार सम्झौताको मर्म विपरित भएको भन्दै नेपाली पक्षले त्यतिबेलै निर्देशिका परिवर्तन गर्नु पर्ने बताएको थियो। निर्देशिका संशोधन गर्न उर्जा मन्त्रालयले भारतलाई चिठी नै पटाएको थियो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2T4JXB1 via IFTTT
काठमाण्डौँ । भूकम्पले भत्किएको धराहराको पुनर्निमाण शिलान्यास पुस १२ गते हुने भएको छ । आउँदो बिहीबार धरहरा परिसरमै एक कार्यक्रम गरी प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गर्ने भएका हुन् ।
शिलान्यासपछि धरहरा पुनर्निर्माणको कामले गति लिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले अनलाइनखबरलाई जानकारी दिए । ‘धरहरा निर्माण क्षेत्रमा प्रोटेक्सन पालिङ (छेकबार) गर्ने काम भइसकेको छ । अब शिलन्यास लगत्तै धमाधम काम शुरु हुनेछ’, उनले भने ।
उनका अनुसार धरहरा परिसरलाई कम्पाउण्डिङ गर्ने, भत्किएको धरहरालाई संरक्षण गर्नेलगायतका काम भइसकेका छन् । मंसिरमै जग खन्न शुरु गर्ने तयारी रहे पनि टेलिकमको अण्डरग्राउण्ड फाइबर, खानेपानीका पाइप विद्युतका तार परिसर क्षेत्रमा परेकाले ढिलाइ भएको मानन्धर बताउँछन् ।
‘टेलिकमको फाइबर पनि त्यतै बिछ्याएर लगिएको रहेछ, खानेपानीको पाइप, विद्युतका अण्डरग्राउण्ड केबलको व्यवस्थापनले केही ढिलो भयो’, उनले भने ।
भत्किएको धरहरालाई संरक्षण गर्न चारैतिरबाट प्रोटेक्सन पालिङको काम भइरहेको छ । ‘धरहराको ठूटोमाथि छत राख्ने काम सकिएको छ, अब चारैतिरबाट १० मिलिमिटरको टेम्परग्लासले घेर्छौं’, उनले भने ।
पुनर्निर्माण प्राधिकरणले जीआईईटिसी–रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मा दिएको थियो । मानन्धरका अनुसार कम्पनीले ३ अर्ब ४५ करोडमा धरहरा निर्माणको जिम्मा पाएको थियो । धरहरा निर्माणका लागि आवश्यक सामग्री र त्यहाँबाट निस्कने फोहोरलाई टुँडिखेलको दक्षिण भागमा व्यवस्थापन गर्न ठाउँ छुट्याइएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PXHGpp via IFTTT
काठमाडौं – प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध अहिलेसम्म ५ वटा उजुरी परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहेको संवैधानिक परिषदले मंसिर २७ गते जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि संघीय संसद सचिवालयको संसदीय सुनुवाई विशेष समितिले जबराविरुद्ध आउँदो बुधबारसम्म उजुरी दिन आह्वान गरेको छ ।
जबराविरुद्ध गएको शुक्रबारसम्म ५ वटा उजुरी परेका संसद सचिवालयका सहसचिव भरत गौतमले जानकारी दिनुभयो ।
उजुरीकर्ताले स्पष्ट परिचय खुलाएर उजुरी दिनुपर्नेछ । तर उजुरीकर्ताले चाहेमा परिचय गोप्य राखिने भन्दै आयोगले ढुक्क भएर उजुरी गर्न सकिनेछ । प्रस्तावित प्रधानन्यायाधीश जबराको आउँदो आइतबार संसदीय सुनुवाई गर्ने तयारी छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EDU2AV via IFTTT
काठमाडौं । नेपाल टेलिकमको इन्टरनेट लागत घटाएर मूल्य कम गर्ने सरकारले घोषणा गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विदेशबाट ल्याउने ब्यान्डवीथको मूल्य घटाएर उपोक्ता मूल्य घटाउन आफू लागिरहेको जानकारी दिएका छन्।
नेपाल टेलिकमले भारत र चीनबाट ब्यान्डवीथ ल्याइरहेको छ। टेलिकमले अहिले प्रति एमबीपिएस १८ अमेरिकी डलर तिरिरहेको छ। यो मूल्य अबको हप्ता दशदिनमा समायोजन गरेर कम्तिमा १२ डलरमा झारिसक्ने उनले प्रतिबद्धता व्यक्त गरे।
‘म मन्त्री भएर आउँदा टेलिकमले ३० डलर तिरिहेको थियो त्यही बीचमा सिधै मूल्य घटाउन मिल्दैन थियो, तर हामीले सहमति गरेर १८ डलरमा झारिसकेका छौ। अब पनि हामी छलफलकै क्रममा छौ यसबाट न्यूनतम ६ डलर मूल्य घट्ने छ’, उनले भने,‘६ डलर घट्दा हामीले अहिलेको भन्दा धेरै ब्यान्डवीथ थोरै पैसामा ल्याउछौ जसबाट क्षमता विस्तार गर्छौ भने अर्कोतिर सस्तोमा उपभोक्तालाई दिनसक्छौ।’
व्यान्डवीथको मूल्य घट्दा उपभोक्ता र कम्पनी दुवैलाई फाइदा हुने उनले बताए। घटेको ६ डलरमा २ डलर थप ब्यान्डवीथ ल्याउन प्रयोग गर्ने, २ डलर उपभोक्ताको भार कम गर्दा पनि २ डलर कम्पनीको नाफामा जाने उनको भनाइ छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LxnzgV via IFTTT
नेपालगन्ज । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। नेपालगन्ज उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै खतिवडाले सरकार एक्लैले चाहेर मात्र आर्थिक अवस्थालाई माथि उठाउन नसक्ने स्पष्ट पारे। ‘आर्थिक विकासका लागि निजी क्षेत्र मेरुदण्ड हो,’ उनले भने, ‘आर्थिक अवस्थालाई माथि उठाउन राज्यलाई तपाईंहरुको साथ चाहिन्छ।’
संघीय संरचना अनुसार राजस्वको दायरामा पनि बढाउँदै लगिएको अर्थमन्त्री खतिवडाले बताए। संविधानले संघ, प्रदेश र स्थानीय तहलाई अधिकार, काम र कर्तव्य तोकिदिएको बताए। राजस्व संकलनको काममा पनि स्थानीय, प्रदेश र संघीय सरकारको आ–आफ्नो कार्यक्षेत्र रहेको उनले प्रष्ट्याए। अर्को प्रसंगमा खतिवडाले सिक्टा सिँचाइ आयोजनाभित्र भएका कमी कमजोरी सच्याउँदै दोषीलाई कारबाहीको दायरामा ल्याएर काम अगाडि बढाइने बताए।
उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले समृद्ध नेपाल निर्माणका लागि आर्थिक क्षेत्र बलियो हुनुपर्ने धारणा राखिन्। सरकारले समृद्ध नेपाल बनाउने सपना अगाडि सारेकामा प्रशंसा गर्दै उनले यसका लागि निजी क्षेत्रमा उत्पन्न भएका समस्या समाधान गर्न सरकार गम्भिर बन्नुपर्ने बताइन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PWfG5u via IFTTT
काठमाडौँ । नेकपाका वरिष्ठ नेताहरू माधव नेपाल र झलनाथ खनाल पनि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालमाथि खनिएका छन् । जारी स्थायी समिति बैठकमा शनिबार उनीहरूले अध्यक्षद्वयको पार्टी तथा सरकार सञ्चालन कार्यशैलीप्रति व्यापक असन्तुष्टि व्यक्त गरे ।
सरकार सञ्चालनमा पार्टीको भूमिका रहनुपर्ने माग गरे । नेताद्वयले पार्टी पद्धतिलाई ख्याल गरेर अघि बढ्न अध्यक्षहरूलाई चेतावनी दिए । ‘सरकारलाई पार्टीले चलाउने व्यवस्था हुनुपर्छ,’ नेपालले भने, ‘यो पार्टी एक दुई जनाले मात्र बनाएको होइन, सबैको पार्टी हो भन्ने बुझेर काम गरौं ।’ उनले पार्टीभित्र जिम्मेवारी बाँडफाँटमा विधिभन्दा व्यक्ति हेरिएको भन्दै आपत्ति जनाए ।
प्रदेश इञ्चार्ज र अध्यक्षहरूको जिम्मेवारी सचिवालयले तोक्दा पनि नेपालले पार्टीमा असहमति पत्र बुझाएका थिए । त्यही विषयलाई उनले बैठकमा दोहोर्याए । एउटै विधिभन्दा व्यक्ति हेरेर निर्णय गरिएको भन्दै त्यस्ता निर्णय सच्याउन माग गरे । प्रदेश सरकारको जिम्मेवारी लिएकालाई पार्टीको मुख्य जिम्मेवारी दिन नहुने धारणा उनको थियो । गण्डकी र प्रदेश ५ का मुख्यमन्त्रीहरू पृथ्वी सुब्बा गरुङ र शंकर पोखरेललाई प्रदेश इञ्चार्ज बनाएकोमा नेकपाभित्र व्यापक असन्तुष्टि छ । नेपाल पनि यो निर्णयको विपक्षमा छन् ।
खनालले पनि अध्यक्षहरूको प्रतिवेदन र सरकार एवं पार्टी सञ्चालन पद्धतिमा आपत्ति जनाए । ‘पार्टीको उचाइअनुसार प्रतिवेदन आएन, परिमार्जन गर्नुपर्छ,’ उनले भने । प्रतिवेदनमा भएको ‘जनताको जनवाद’ भन्ने कार्यक्रम पुरानो भन्दै विरोध गरे । समाजवादको कार्यक्रम हुनुपर्नेमा खनालको जोड थियो ।
सरकारले गर्ने राजदूतलगायत विभिन्न नियुक्तिको ‘मापदण्ड के हो र? ’ भन्दै उनले प्रश्न गरे । पछिल्ला नियुक्तिहरू पार्टीसँग कुनै चासो नराखी भइरहेका छन् । पार्टी लाइनभन्दा फरक र विवादित व्यक्तिलाई नियुक्ति दिन थालिएको भन्दै नेताहरू असन्तुष्ट छन् । त्यही विषयलाई खनालले बैठकमा जोड दिएका हुन् । उनले पार्टी एकताको कामलाई पूर्णता दिन माग गरे । एउटै विधि र प्रक्रियाअनुसार जिम्मेवारी बाँडफाँट हुुनुपर्नेमा उनको जोड थियो । अध्यक्षहरूको प्रतिवेदन परिमार्जनका लागि कार्यदल गठन गर्नुपर्ने उनले बताए । ‘पार्टी एकताको ७ महिना बितिसक्दा पनि मूल राजनीतिक प्रतिवेदन आउन सकेन,’ उनले भने, ‘सरकार जनअपेक्षाअनुसार ठीक ढंगले चल्न सकेन ।’
नेताद्वयले नेतृत्वको आलोचना गरे पनि सचिवालयका अन्य दुई नेता महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापाले राम्रो काम भइरहेको भन्दै प्रशंसा गरे । पौडेलले अध्यक्षहरूले ल्याएको प्रतिवेदन समयोचित र यथार्थपरक रहेको बताए । उनले आत्मालोचना गर्नै नहुने उल्लेख गरे । अन्य केही नेताले सरकार र पार्टीको काम राम्रो नभएको भन्दै आत्मालोचना गर्नुपर्ने माग बैठकमा गरिरहेका छन् । त्यसलाई संकेत गर्दै महासचिव पौडेलले सबै राम्रो काम मात्र भइरहेको दाबी गरे ।
पार्टीभित्र तीव्र गुटबन्दी भएको आरोपको पनि उनले खण्डन गरे । सबै निर्णयहरू पार्टी सचिवालयबाट औपचारिक रूपमै भएको दाबी गरे । कमिटीले निर्णय गरेका विषयलाई गुटबन्दीको आरोप लगाएको भन्दै पौडेलले बैठकमा आपत्ति जनाए । प्रतिवेदन पुनर्लेखन भन्ने माग आधारहीन भएको उनको भनाइ थियो । यसअघि अध्यक्षले गुटबन्दी गरेको भन्दै नेता घनश्याम भुसालले कडा टिप्पणी गरेका थिए । त्यसलाई संकेत गर्दै महासचिव पौडेलले आपत्ति जनाएका हुन् । गृहमन्त्री थापाले राजनीतिक प्रतिवेदन सही भएको बताए । सरकारले लिएको नीति ठीक रहेको र त्यसैअनुसार काम भइरहेको उल्लेख गरे । संविधानविरोधी र आपराधिक तत्त्वलाई नियन्त्रण गर्न सरकार सफल रहेको थापाको भनाइ थियो । प्रतिवेदनले मूलभूत रूपमा सबै कुरा समेटेकाले त्यसमा परिमार्जन आवश्यक नरहेकोमा उनले जोड दिए ।
नियुक्ति बदर माग गर्दै ४४ जनाको ज्ञापन
नेकपाका ४३ केन्द्रीय सदस्यले दिगम्बर झासहितका विवादित व्यक्तिको नियुक्ति बदरका लागि सरकारलाई निर्देशन दिन पार्टीसमक्ष माग गरेका छन् । बैठक चलिरहेका बेलामा उनीहरूले अध्यक्षहरूलाई सम्बोधन गर्दै शनिबार ज्ञापनपत्र बुझाएका हुन् ।
जारी बैठकबाटै नियुक्ति बदरका निर्णयका लागि निर्देशन दिन स्थायी समिति सदस्यलाई उनीहरूले ध्यानाकर्षण गराए । यसै विषयमा यसअघि २१ केन्द्रीय सदस्यले ज्ञापन बुझाएका थिए । त्यही टोलीमा अब अन्य केन्द्रीय सदस्य पनि थपिए । उनीहरूले सरकारको सिफारिसमा विवादित व्यक्तिले पदक पाएको भन्दै खोस्न माग गरे । ‘दिगम्बर झा र उनीजस्ता भ्रष्टाचारमा विवादित भएकालाई यथाशीघ्र पदबाट बर्खास्त गर्नका लागि पार्टीका तर्फबाट सरकारलाई आवश्यक निर्देशन दिइयोस् भन्ने विनम्र अनुरोध गर्न चाहन्छौं,’ ज्ञापनमा भनिएको छ ।
केन्द्रीय सदस्यहरू विजय पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरे, रामकुमारी झाँक्री, नीरज आचार्य, कृष्ण केसी, माधव अर्याललगायत ४२ जनाले बुझाएको ज्ञापनपत्रमा एनसेल करछली लगायतका राजस्व छली गर्नेलाई कारबाही गर्न माग गरिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EEwNXm via IFTTT
सर्लाहीको दक्षिण । पश्चिम क्षेत्रस्थित बरहथवामा १ युवकको विभत्स ढंगले हत्या गरिएको छ। बरहथवा नगरपालिका–५ का विलास महतोका ३० वर्षीय छोरा मालिक महतोको हत्या भएको हो।
धारिलो हतियारले टाउको क्षत विक्षत बनाएको अवस्थामा घर नजिकैकै सडकमा शनिबार बिहान महतोको शव फेला परेको छ। हत्या घटनाबारे बिहान ४ बजे थाहा भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक आमोद खैरवारले जानकारी दिए ।
नयाँरोड–बरहथवा सडकखण्डबाट हात्तीडण्डा तर्फ जाने भित्रीबाटोमा टाउको क्षत विक्षत भई घोप्टो परेर लडेको अवस्थामा महतोको शव फेला परेको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LwUXoa via IFTTT
काठमाडौं । च्याम्पियन्स लिगको पहिलो चरणको खेलहरु सकिएका छन्। यससँगै १६ टोलीहरु अन्तिम १६ मा पुगेका छन्। यसरी अन्तिम १६ मा पुग्ने टोलीहरु यस्ता छन् –
समूह विजेताहरु –
१. बार्सिलोना
लियोनेल मेस्सीको नेतृत्वमा रहेको स्पेनिस क्लब बार्सिलोना यस पटक निकै कठिन समुहमा परेको थियो। यद्यपि उसले आफ्नो पहिलो चरणको चुनौती पार गरेको छ। यसपटक बार्सिलोना छैठौं च्याम्पियन्स लिगको उपाधि जित्ने योजनामा रहेको छ। साथै सन् २०१५पछि पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्ने धुनमा बार्सिलोना अघि बढिरहेको छ।
२. बार्यन म्युनिख
जर्मनीको पावरहाउसको रुपमा चिनिने बार्यन म्युनिख पछिल्लो समय कमजोर प्रदर्शनको कारण आलोचना खेपिरहेको यो क्लबले च्याम्पियन्स लिगमा भने आफूलाई साबित गर्ने प्रयास गरेको छ। समुह चरणमा अपराजित रहँदै यो टोलीले दोस्रो चरणमा स्थान पक्का गरेको हो।
३. बोरुसिया डर्टमण्ड
जर्मन टोलीका लागि यो सिजन निकै महत्वपूर्ण रहेको देखिन्छ। यो क्लबले समुह चरणमा एथ्लेटिको मेड्रिडलाई गोल अन्तरमा पछि पार्दै यो टोलीले माथिल्लो चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो। यो टोली सन् १९९७ पछि पहिलोपटक च्याम्पियन्स लिगको उपाधि हासिल गर्ने धुनमा रहेको छ। यो टोली सन् २०१३ मा च्याम्पियन्स लिगको फाइनलसम्म पुगेको थियो।
४. युभेन्टस
इटालियन च्याम्यिनले यसपटकको च्याम्पियन्स लिगको समुचरणको खेलमा म्यानचेस्टर युनाइटेडलाई पछि पारेको छ । यद्यपि उसले अन्तिम दुई खेलहरु भने हारेको थियो । दुईपटकको युरोपियन कप विजेता टोलीले पछिल्लो पाँच फाइनल खेलहरु हारेको छ ।
५. म्यानचेस्टर सिटी
प्रिमियर लिगमा गत सिजनमा गरेको राम्रो प्रदर्शनलाई जारी राख्दै च्याम्पियन्स लिगमा आफूलाई साबित गर्नु प्रशिक्षक पेप ग्वार्डिओलाको रहनेछ। यद्यपि यो टोलीले अहिलेसम्म एकपटक यो प्रतियोगिताको क्वार्टरफाइनलको यात्रा तय गरेको छ।
६. पेरिस सेन्ट जर्मन
सबैभन्दा धेरै रकम खर्च गर्ने फ्रान्सेली क्लब अहिले महत्वपूर्ण च्याम्पियन्स लिगको उपाधि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ। ब्राजिलका स्टार नेयमार र फ्रान्सका कायलनि एमबाप्पेजस्ता खेलाडीको साथ पाएको टोली पछिल्लो समय लयमा देखिएको छ। यो टोलीको लागि यो च्याम्पियन्स लिग जित्ने सुनौलो मौका हो।
७. पोर्टो
दुईपटकको युरोपियन कपको उपाधि विजेता यो टोलीमा धेरै मानिसहरुको आँखा परेको छैन तर यो सिजनमा समुहचरणमा १६ अंक हासिल गर्ने यो एकमात्र टोली हो।
८. रियल मेड्रिड
तीनपटकको विजेता टोली रियल मेड्रिडले पनि यसपटकको समुहचरणमा राम्रो प्रदर्शन गरिरहेको छ। पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले छाडे पनि क्लबको प्रदर्शन राम्रो रहँदै आएको छ।
समुह उपविजेता
१. एज्याक्स
नेदरल्याण्ड्सको यो क्लब चार वर्षपछि पुनः च्याम्पियन्स लिगमा फर्किएको छ । युरोपको सबैभन्दा बलियो टोलीमध्येको एकको हैसियत पुनः हासिल गर्ने दिशामा एज्याक्स रहेको छ ।
२. एथ्लेटिको मेड्रिड
अघिल्लो सिजनमा समुहचरणको तेस्रो स्थानमा रहँदै फर्किएको यो टोलीले यसपटक भने दोस्रो चरणमा स्थान बनाएको छ। यो टोली नकआउट चरणमा भने निकै आक्रामकरुपमा प्रस्तुत हुने गर्छ। सन् २०१४ र २०१६ मा यो टोलीले फाइनलसम्मको यात्रा तय गरेको थियो। दुवैपटक उसले रियल मेड्रिडसँग हार्दै उपाधि गुमाएको थियो।
३. लिभरपुल
गत सिजनमा फाइनलसम्मको यात्रा तय गरेको यो टोलीले यो पटकको सिजनमा पनि राम्रो प्रदर्शन गरिरहेको छ। यो टोलीले प्रिमियर लिगमा अहिलेसम्म कुनै पनि खेल हारेको छैन। यो टोलीका मोहम्मद सालाहको टोलीले यसपटक पनि महत्वपूर्ण प्रदर्शन गर्नसक्ने अनुमान गरिएको छ।
४. लियोन
यो टोली निकै संघर्षपूर्ण तवरले माथिल्लो चरणमा पुगेको हो। यो टोलीले पछिल्लो पाँच खेलमा बराबरीको नतिजा हासिल गरेको थियो। यो टोलीले पहिलो खेलमा म्यानचेस्टर सिटीमाथि भने जित हासिल गरेको थियो।
५. म्यानचेस्टर युनाइटेड
प्रशिक्षक जोस माउरिन्होका लागि च्याम्पियन्स लिगको उपाधि जित्नु अन्य प्रतियोगिताहरुमा गरेको निराशाको बाबजुद आफूलाई साबित गर्ने मौका हो। प्रिमियर लिगमा पनि यो टोली छैठौं स्थानमा छ। युभेन्टसजस्तो टोलीलाई पराजित गर्दै अझै यो टोलीमा जुनसुकै टोलीलाई पनि हराउनसक्ने क्षमता रहेको पुष्टि साबित गरेको छ।
६.रोमा
समुहको दोस्रो स्थानमा रहँदै अन्तिम १६ का लागि स्थान बनाएको यो टोलीको लागि चोटको समस्याले भने सताउनसक्ने बताइएको छ। टोलीका धेरै खेलाडीहरुमा देखिएको चोटको समस्याले आगामी खेलमा भने समस्या सिर्जना गर्नसक्ने बताइएको छ।
७. साल्के
तुलनात्मकरुपमा केही सजिलो समुहमा परेको टोलीको लागि अन्तिम १६ को खेल भने सहज नहुने देखिन्छ।
८. टोटनहाम
यो टोली निकै साँघुरो अन्तरले माथिल्लो चरणमा पुगेको हो। अन्तिम राउण्डमा बार्सिलोनासँग बराबरीको नतिजा हासिल गरेसँगै यो क्लब माथिल्लो चरणमा पुगेको हो। गत सिजनमा यो टोली अन्तिम १६ मा युभेन्टससँग पराजित भएको थियो। यसपटक भने केही सहशज ड्र सार्वजनिक हुनसक्ने अनुमान गरिएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2SfxoCN via IFTTT
काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्त प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध परेको मुद्दा सर्वाेच्च अदालतले खारेज गरेको छ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको शुक्रबारको संयुक्त इजलासले नेपाली कांग्रेस र सभापति देउवाविरूद्ध परेको अदालतको अवहेलनासम्बन्धी रिट निवेदन खारेज गर्ने फैसला सुनाएको हो।
सरकारले जयबहादुर चन्दलाई आइजिपी नियुक्त गरेको थियो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PTUsFf via IFTTT
सिन्धुपाल्चोक । ७७ जिल्ला समन्वय समितिका प्रमुख र उप्रमुखसहित सिन्धुपाल्चोकको पर्यटकीय स्थल मेलम्चीको गुफाडाँडामा हुन लागेको राष्ट्रिय जलवायु सम्मेलनको तयारी तीव्र पारिएको छ।
मूल आयोजक समितिले जलवायु परिवर्तनले निम्त्याइरहेको जल्दोबल्दो समस्या र असरउपर छलफल गर्न पुस १५ देखि तीन दिन चल्ने सम्मेलनको तयारी तीव्र गतिमा अघि बढाइएको जानकारी दिएको हो। जिल्ला समन्वय समितिका प्रमुख गोपाल (कृष्णगोपाल) तामाङले सम्मेलन सफलतापूर्वक सम्पन्न गराउन मूल आयोजक समितिसहित विभिन्न १२ उपसमिति र विभाग बनाएर तयारी थालिएको बताए।
‘औद्योगिक मुलुकहरुले कार्वन उत्सर्जन गर्दा त्यसको मार खेप्ने राष्ट्रहरुलाई शुल्क तिर्नुपर्ने व्यवस्थाका लागि सम्मेलनमार्फत दबाव दिन्छौं,’ सम्मेलन मूल आयोजक समितिका संयोजक रहेका तामाङले भने। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको व्यवस्थापन र जिल्ला समन्वय समिति महासंघको आयोजनामा सम्मेलन हुन लागेको हो।
मेलम्ची नगरपालिकास्थित ज्यामिरेको २ हजार ५ सय २० मिटरको उचाइमा अवस्थित गुफाडाँडामा हुन लागेको सम्मेलनमा सतहत्तरै जिल्लाका प्रमुख, उपप्रमुखसहित तीन–तीन जनाको सहभागिता रहनेछ। त्यस्तै प्रदेश नं. ३ का मुख्यमन्त्री, मन्त्री, जिल्लाबाट संघीय संसद् र प्रदेश संसद्मा प्रतिनिधित्व गर्ने सांसद, सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षलाई सम्मेलनमा अतिथिका रूपमा निम्त्याइनेछ। पुस १६ गते सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएका छन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Cqgegq via IFTTT
भोजपुर । तराईको मौसम बिग्रेका कारण नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर हवाई सेवा अवरोध भएको छ ।
मौसममा खराबी आएपछि करीब १५ दिनबाट उडान हुननसकेको नेपाल वायु सेवा निगम भोजपुर शाखले जनाएको हो । अब मौसममा सुधार आएपछि मात्र भोजपुर–विराटनगर उडान हुने निगमका भोजपुर सहायक स्टेशन प्रमुख राजु मिजारले जानकारी दिए ।
निगमको जहाजले मंगलबार, बिहीबार, शनिबार गरी हप्तामा तीन दिन विराटनगर उडान भर्दै आएको थियो ।
निगमले अपाङ्गता भएका व्यक्तिलाई भाडा ५० प्रतिशत, विद्यार्थीलाई २५ प्रतिशत छुट दिँदै आएकामा ज्येष्ठ नागरिकलाई पनि १५ प्रतिशत छुटको व्यावस्था गरेको छ ।
भोजपुर–विराटनगर उडान अवरुद्ध भए पनि भोजपुर–काठमाडौंमा भने आइतबारबाहेक हप्तामा छ दिन उडान भइरहेको निगमले जनाएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुले उठाएको प्रश्नको पर्सि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले जवाफ दिने भएका छन् ।
अध्यक्षद्वयको प्रतिवेदनमाथि सुरु भएको छलफलमा ४१ जनाले बोलिसकेका छन् । शुक्रबारको बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेलसहित ७ जनाले बोलेका छन् । बाँकी नेताहरुले भोलि आफ्नो धारणा राख्नेछन् ।
‘सम्भवतः पर्सि अध्यक्षद्वयले जवाफ दिनु हुनेछ’, बैठकपछि प्रवक्ता श्रेष्ठले भनेका छन् ।
रासस
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Aa6PrL via IFTTT
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी संख्या १३ पुग्ने भएको छ । लामो रस्साकस्सीपछि शीर्ष नेताहरुले सहमहामन्त्रीको संख्या ७ पुर्याउने सहमति गरेका छन् ।
विधानमा समावेशीताका आधारमा सात सहमहामन्त्री बनाउने तयारी भएको छ । यसअघि भएको सहमति अनुसार पदाधिकारीमा समावेशी प्रतिनिधित्व नभएको भन्दै केन्द्रीय समितिको बैठकमा असन्तुष्टी व्यक्त भएपछि सात सहमहामन्त्री बनाउने तयारी भएको हो ।
महिला, मधेशी, मुश्लिम, आदिवासी जनजाति, दलित, खसआर्य र अल्पसंख्यक तथा अपाङ्गका तर्फबाट एक एक जना हुनेगरी सहमहामन्त्री बनाउने तयारी भएको एक नेताले जानकारी दिएका छन् ।
उनीहरु सवै जना आआफ्नो समुदायभित्रबाट प्रतिस्पर्धा गरेर निर्वाचित हुने व्यवस्था गर्न लागिएको ती नेताले बताएका छन् । तीनै सहमहामन्त्रीहरु मध्ये एक एक जनालाई एक एक प्रदेशको नेतृत्व गर्नेगरी तोक्ने व्यवस्था गर्ने सभापति शेरबहादुर देउवा पक्षले प्रस्ताव तयार गरेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LvnQRE via IFTTT
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्ज टोलमा बीसीजी खोप लगाउँदा एक महीने शिशुको बिहीबार मृत्यु भएको छ ।
खोपका कारण स्थानीय शिवु खत्वेको एक महीने छोरा शिवमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।
शिशुलाई दिउँसो १ बजेको समयमा स्वास्थ्यचौकी भोक्रहाबाट खटिएकी अनमी गोमा ढकालले बीसीजी खोप लगाएकी थिइन् ।
खोप लगाएको केही समयपछि बेहोस भएका शिशुलाई जिल्ला अस्पताल लगिएकामा उनको उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PUUIUu via IFTTT
काठमाडौं । ब्याजदरमा अस्वस्थ प्रतिष्पर्धा बढ्दै गएपछि वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल राष्ट्र बैंकले कडा चेतावनी दिएको छ ।
बिहीबार बालुवाटारमै बोलाएर सीईओहरुलाई तत्काल ब्याजदर घटाउन राष्ट्र बैंकले चेतावनी दिएको हो ।
बैंकठमा गभर्नर डा. चिरञ्जीवि नेपाल, डेपुटी गभर्नरद्वय श्रेष्ठ र चिन्तामणि सिवाकोटी नै सहभागी थिए । करिब २ घण्टा चलेको बैठक अपरान्ह ३ बजेमात्रै सकिएको थियो ।
राष्ट्र बैंकले ब्यक्तिगत निक्षेपकर्ताको मुद्दति खातामा ९.२५ प्रतिशत, संस्थागत मुद्धति खातामा ८.५, बचतमा ६.५ र कल डिपोजिट ४.५ प्रतिशत ब्याज दिन भनेको छ ।
राष्ट्र बैंकको कडा चेतावनीलगत्तै बैंकर्स संघको बैठक बसेको थियो । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले यस अघि बचत तथा निक्षेपको ब्याजदरको अधिकतम सीमा तोकेको थियो । निक्षेपमा ११ प्रतिशभन्दा बढी ब्याज दिन नपाइने गरी संघले सीमा लगाए पनि पछिल्लो समय तरलता समस्या बढेको भन्दै त्यो सीमा फुकुवा गरिएको थियो ।
संघले लगाएको सीमा फुकुवा भएसँगै बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेका थिए । अब पुनः फेरि संघले सीमा लगाउने भएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LstRP4 via IFTTT
म्याग्दी । बेनीनजीकै नदीको चिसो हावाले विद्यार्थीहरु कठ्याङ्ग्रिने गर्छन् । रमाइरमाई विद्यालय पढ्नुपर्ने समय उनीहरुका लागि भने निकै कष्टकर बन्ने गरेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुईनेमङ्गलेमा रहेको रितुङ्ग माध्यमिक विद्यालयका विद्यार्थीहरुको भोगाइ हो यो । गत भदौ २७ गते रघुगङ्गा नदीमा आएको भीषण बाढीले विद्यालय भवन बगाएपछि अहिले यस विद्यालयमा त्रिपाल टाँगेर बनाइएका टहरामा विद्यार्थीहरुलाई पठनपाठन गराउने गरिएको छ ।
खोलाले विद्यालय भवन बगाउँदा सात वटा कक्षा कोठा पूर्ण क्षति भएको छ । कक्षा कोठाको अभाव भएकाले अहिले बाल कक्षादेखि ६ कक्षासम्मलाई खुलाचौरमा बनाइएको अस्थायी टहरामा राखेर पठनपाठन गराइँदै आइएको विद्यालयका प्रधानाध्यापक खिम बहादुर छन्त्यालले बताए। “विद्यालयको छेउबाटै खोला बग्छ, अन्य भवन पनि नदी कटानबाट उच्च जोखिममा छन्, यो स्थानमा अब विद्यालय रहन सक्ने अबस्था छैन, अहिले केही विद्यार्थीलाई बाँकी रहेका भवनमा राखेका छौँ तर, त्रिपालमुनि बसेर अध्ययन गर्नुपर्ने विद्यार्थीहरुलाई निकै कष्टकर भएको छ” – प्रअ छन्त्यालले भजे ।
विद्यालय भवन बगाएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको अगुवाइमा विद्यालय परिसरमा त्रिपाल टाँगेर अस्थायी टहरा बनाइएको थियो । अहिले सोही त्रिपालको टहरामा बसेर विद्यार्थीहरुले अध्ययन गर्दैआएका छन् । कक्षा ६ मा अध्ययन गर्दैआएका दिप्शन घर्तिले चिसो मौसममा टहरामुनि बसेर पढ्न निकै गाह्रो हुने गरेको बताए । त्रिपालले छाएको टहराको दायाँबायाँ खुला छ । हिमालको नजीक र खोलाको किनारमा रहेकाले नियमित जसो चिसो हावा चलिरहँदा विद्यार्थीहरु जाडोले कठ्याङ्ग्रिने समस्या रहेको विद्यालयका शिक्षक याम विश्वकर्माले बताए ।
“विद्यालय भताभुङ्ग अवस्थामा छ, बाल कक्षादेखि ६ कक्षासम्मका बालबािलकाहरु टहरामा बसेर पढ्न बाध्य छन्, बालबालिकालाई रमाइलो वातावरणमा पढ्ने बातावरण सिर्जना गर्नुपर्ने हो तर, कक्षा कोठाको अभावले सम्भव हुन सकेको छैन” – शिक्षक विश्वकर्माले भने। टहरामा बसेर अध्ययन गर्दा चिसोले सताउने गरेको कक्षा ४ मा अध्ययनरत छात्रा करुणा घर्तिले बताइन् ।
कक्षा कोठामा अध्ययन गर्दा पढाइतर्फ ध्यान जाने गरे पनि टहरामा अध्ययन गर्दा चिसो र खुला भएकाले पढाइप्रति ध्यान केन्द्रित गर्न कठिनाइ भएको अर्का विद्यार्थी सन्दिप बुढाथोकीले बताए । त्रिपाल टाँगेर बनाइएको टहरामा पठनपाठन गराउँदा विद्यार्थी र शिक्षकलाई अप्ठ्यारो भए पनि वैकल्पिक व्यवस्था नहुँदा थप समस्या भएको छ । चिसोले गर्दा विद्यार्थीहरु बिरामी पर्ने खतरासमेत बढेको विद्यालयका शिक्षक विकास ढकालले बताए ।
“पठनपाठन नै बन्द गरेर बस्ने कुरा भएन, चिसो अत्यधिक बढेको छ, बालबालिकाहरुलाई टहरामा राखेर पढाउँदा निकै सकस भएको छ, कतै बालबालिका विरामी हुने पो हुन् कि भन्ने डर बढेको छ” – शिक्षक ढकालले भने। रघुगङ्गा नदीमा आएको भीषण बाढीको कटानले यस विद्यालयको ३ वटा भवनलाई नराम्ररी क्षति पारेको छ भने शौचालयहरु समेत बगाइदिएको छ । कटानले गर्दा अहिले विद्यालयमा अध्यापन गराइरहेकै छेउबाट खोला बग्ने गरेको छ । बाँकी रहेका पूर्वाधारसमेत जोखिममा परेको कारण विद्यालय स्थानान्तरणका लागि जग्गाको खोजी भैरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष गमान छन्त्यालले बताए । उनले विद्यार्थीहरुलाई जस्तोसुकै अवस्थामा रहे पनि अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले जग्गा खोजी र पूर्वाधार निर्माणका लागि स्रोत जुटाउने पहल भैरहेको जानकारी दिए ।
जग्गा प्राप्तिमा समस्या
रघुगङ्गा नदीमा आएको भीषण बाढीले रितुङ्ग माविमा रु ५ करोड रुपैयाँ भन्दा बढीको भौतिक पूर्वाधार बगाएर क्षतिग्रस्त बनाएपछि अहिले यस विद्यालयको पुनःनिर्माण गर्न अभियान थालिएको छ । स्थानीयवासीको पहलमा विद्यालयलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिए पनि उपयुक्त जग्गा प्राप्ति र पूर्वाधार बनाउन बजेटको अभाव छ । विद्यालय स्थापना भएको २८ वर्षसम्म सरकारी र स्थानीयवासीको पहलमा निर्माण भएका पूर्वाधार बाढीले क्षति पार्दा यस विद्यालयले ठूलो भौतिक सङ्कट व्यहोरेको छ । अहिले विद्यालय रहेको ठाउँमा नदी कटानको उच्च जोखिम रहेकाले नजीकै रहेको ठाउँमा जग्गा खोजी गरे पनि कतिपय व्यक्तिहरु जग्गा उपलब्ध गराउन मञ्जुर नभएका र कतिपय ठाउँ सुरक्षित नभएकाले समस्या भएको प्रअ छन्त्यालले बताए । यस विद्यालयमा अहिले कुईनेखानी, मङ्गलेखानी, पात्लेखर्क, दुवाडी, घ्यासीखर्क, चौरखानी, दुलेखर्क, गौँडामुनी, नामीला, मूलपानी, रायखोरलगायतका ठाउँका १५० भन्दा बढी बालबालिका अध्ययनरत छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2A5bzPm via IFTTT
काठमाण्डौँ । काठमाडौँ महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ । अहिले कामपामा करीब १०० स्थानमा परम्परागत जेब्रा क्रसिङ छन् । मानिसको आवागमनको हिसाबले उक्त संख्या अत्यन्तै कम हो भने भएका स्थानमा पनि धेरै नदेखिने अवस्थामा छन् ।
त्यसैले मानिसको अत्यधिक चाप हुने स्थानमा कामपाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको हो । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भने, ‘यसअघि जे जस्तो निर्माण भएको भए पनि अब निर्माण गर्ने सबै जेब्रा क्रसिङ स्मार्ट नै हुन्छन् ।’
सडक विभागसँग सहकार्य गरी मानिसको आवागमन बढी हुने स्थानमा काम अघि बढाइने उनले जानकारी दिए । उनका अनुसार नयाँ निर्माण गरिने जेब्रा क्रसिङ आधुनिक किसिमको हुनेछ र दुवैतर्फबाट आउने गाडी दश मिटर अघिनै आफैँ रोकिने प्रविधि सहितको हुनेछ ।
मानिस आएपछि ट्राफिक प्रहरीले हात हल्लाएर, सिठ्ठी बजाएर रोकिराख्नु पर्दैन, प्रविधिले नै रोक्छ । नयाँ निर्माणको कामसँगै यसअघि निर्माण भएका जेब्रा क्रसिङलाई रातको समयमा पनि स्पष्ट रुपमा देखिने गरी मर्मत गरिने कामपाले जनाएको छ ।
कामपाले चालू आव २०७५/७६ को लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ ।
कामपाभित्र करीब एक हजार ४५० किलोमिटर पक्की सडक छ । कामपालाई आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्ने अधिकार छ ।
त्यसभन्दा माथिका सडकमा काम गर्न सडक विभागसँग सहकार्य गरेर काम गर्नुपर्दछ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2R6Hl8m via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको स्थाइ कमिटि बैठकमा केही वक्ताहरुले सरकारको काम सन्तोषजनक नभएको टिप्पणी गरेका छन्, भने केही आत्मालोचना नै गर्न नहुँने भन्दै सरकारकाे बचाउ गरेका छन्।
सरकारको समीक्षा, पार्टी एकीकरणलगायतका विषयमा छलफल गर्ने गरी बोलाइएको बैठकमा विष्णु रिमाल, चक्रपाणी खनाल, मात्रिका यादव, लिलामणि पोखरेल पम्भा भूषाललगायत आठ सदस्यले आफ्ना भनाइ राखेका थिए।
बैठकमा रिमालले नेकपामा आत्मालोचना जरुरी नरहेको धारणा राखेका थिए। विरोधीहरुले योजनावद्ध रुपमा आक्रमण गरिरहेको आरोपसमेत उनले लगाए। अर्का वक्ता लीलामणी पोखरेलले पार्टी एकताको ऐतिहासिक आवश्यकता पूरा गर्ने पार्टीलाई एकतावद्ध बनाउनु पर्ने बताए। एकतालाई माथिदेखि तलसम्म एकीकृत गर्न ध्यान दिनु पर्ने उनको भनाई छ।
पार्टी स्थानीयस्तरका संरचना निर्धारण गरेर कार्यक्षेत्रमा नगए कठिनाई आउन सक्नेमा उनले सचेत गराए। बैठकमा वर्तमान सरकारको आलोचनात्मक समर्थन गर्दै पोखरेलले सरकारले काम गर्दै नगरेको भन्न नमिल्ने तर जनताले प्रत्यक्ष्य अनुभूत गर्ने काम गर्न भने चुकेको टिप्पणी गरेका थिए। वर्तमान मन्त्रीपरिषद्मा रहेका खनाल र यादवले सरकारका कामको बचाउ गर्दै आफ्ना भनाई राखेका थिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2GwFplB via IFTTT
कञ्चनपुर । निर्मला पन्तको हत्यामा आरोप स्विकारेको भनिएका भीमदत्त पन्त नगरपालिका १८ का प्रदीप रावलको डिएनए रिपोर्ट नमिलेपछि प्रहरी उनलाई नै दोषी ठहर गर्न अरु प्रमाण जुटाउन लागेको छ। प्रदीपसँगै पक्राउ परेका विशाल चौधरीको डिएनएको रिपोर्ट भने प्रहरीले अझै सार्वजनिक गरेको छैन। स्रोतका अनुसार रिपोर्ट जिल्लामा आइसकेको छ तर अझै दुईतीन दिन सार्वजनिक नगर्ने सोच प्रहरीको छ ।
प्रहरीको जिल्ला नेतृत्वले रिपोर्ट आइ नै नपुगेको दाबी गरेको छ। ‘डिएनएको रिपोर्ट आएको छैन। यहाँबाट रिपोर्ट ल्याउन कसैलाई पठाएकै छैनौं’, कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले भने, ‘अझै दुईतीन दिन यता रिपोर्ट आउँदैन।’ लाहाछाप लगाएको रिपोर्ट प्रहरी पठाएर नै ल्याउने उनको भनाइ छ।
निर्मलाको हत्या गरेको आरोप स्विकारेका प्रदीप र विशालको डिएनए रिपोर्ट मेल नखाएपछि प्रहरीले हत्याको आधार देखिने अन्य प्रमाणको खोजी गरिरहेको प्रहरीका एक उच्च अधिकारीले बताएका छन्। ‘प्रदीपले आरोप स्विकारेर दिएको बयान धेरै मिल्दो देखिन्छ’, उनले भने, ‘जस्टिफाई गर्ने केही प्रमाण भेटिन्छन् कि भनेर खोज्ने काम भइरहेको छ।’ उनले डिएनए रिपोर्ट भने दुवैको नेगेटिभ आएको बताए। कोही देख्ने वा सुन्ने छ कि भनेर प्रहरीले खोजी गरिरहेको उनले जानकारी दिए ।
डिएन नमिले पनि अरु प्रमाण पाए प्रदीपलाई नै दोषी ठहर गर्ने प्रहरीको सोच छ। उनलाई सार्वजनिक मुद्दाअन्तर्गत अदालतबाट म्याद थप गरिएको छ।डिएन नमिले पनि अरु प्रमाण पाए प्रदीपलाई नै दोषी ठहर गर्ने प्रहरीको सोच छ। उनलाई सार्वजनिक मुद्दाअन्तर्गत अदालतबाट म्याद थप गरिएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2R9VGkl via IFTTT
मेलम्ची । प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ । विसं २०७२ को भूकम्पपछि तातोपानी नाका बन्द थियो ।
तातोपानी नाका सञ्चालनका लागि यतिबेला सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ । आगामी वैशाखबाट नाका सञ्चालन हुन लागेको चिनियाँ उच्च स्रोतले जानकारी दिएको छ ।
नाका सञ्चालनका लागि वैशाखको पहिलो सातासम्म पूर्वाधारको काम सकिने चिनियाँ ठेकेदारले बताएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । उनले मितेरी पुलको पुनःनिर्माण पनि शुरु गरिएको बताए ।
काठमाडौँबाट १११ किलोमिटर उत्तरपश्चिममा अवस्थित तातोपानीका बासिन्दा नाका बन्द भएपछि मारमा छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2SckghE via IFTTT
विराटनगर । नेपाल पत्रकार महासंघसंग आवद्ध तीन सय पत्रकारहरु विराटनगरमा भेला भएका छन् । महासंघको राष्ट्रिय भेलाका लागि पत्रकारहरु भेला भएका हुन् ।
भेलामा केन्द्रीय समितिसंगसंगै हरेक जिल्ला, प्रदेश, प्रतिष्ठान लगायतका अध्यक्षहरु उपस्थित छन् । भेलामा पत्रकार महासंघको प्रेस स्वतन्त्रताबारेको रणनीतिक समीक्षा हुने केन्द्रीय महासचिवले बताए ।
भेलामा प्रत्यक्ष निर्वाचनमा जाने सम्वन्धमा समेत छलफल हुने बताइएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Ahla5V via IFTTT
काठमाडौँ । राजधानीमा घर हुँदाहुँदै संसद् सचिवालयबाट भाडा बुझेका सांसदले रकम फिर्ता गर्न थालेका छन् । बुधबारसम्म १२ जनाले घर भाडा फिर्ता गरेका छन् ।
संसद् सचिवालयका अनुसार बुधबार भाडा फर्काउनेमा नेकपाका पम्फा भुसाल, पार्वत गुरुङ, दलबहादुर राना छन् ।
काठमाडौंमा घर हुने सांसदले भाडा लिएको समाचार आएपछि कांग्रेसका नारायण खड्का, कर्मा घले, उमेश श्रेष्ठ, बहादुरसिंह तामाङ, भीमसेनदास प्रधान, दिव्यमणि राजभण्डारीले यसअघि नै फिर्ता गरिसकेका छन् । नेकपाका यज्ञबहादुर सुनुवार, योगेश भट्टराई र कांग्रेसका अमरेशकुमार सिंहले आफूले लिएको भाडा तलबबाट कट्टा गर्न सचिवालयलाई पत्र बुझाएका छन् । उनीहरू सबैले सचिवालयको गल्तीले घर भाडा आफ्नो बैंक खातामा आएको दाबी गरेका छन् ।
विवरण अध्ययन गर्दा काठमाडौंमा घर भएका ३० सांसदले घर भाडा लिने गरेको पाइएको थियो । मन्त्री क्वार्टरमा बस्ने दुई सांसदले समेत घर भाडा लिइरहेका छन् ।
सचिवालयले काठमाडौंमा घर हुने सांसदलाई मर्मत खर्चबापत ९ हजार र घर नहुनेलाई १८ हजार भाडा उपलब्ध गराउँदै आएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2S9yLmr via IFTTT
पुस ४, तराई–मधेश समृद्धि कार्यक्रमका संयोजक रामहरि शर्माका अनुसार दाङका १३ वटा योजनाका लागि रु सात करोड ७५ लाख बजेट छुट्याइएको छ । दाङमा तराई मधेश समृद्धि कार्यक्रमका लागि १३ वटा योजना छनोट भएका छन् ।
सरकारले मानव विकास सूचकाङ्कमा तुलनात्मक रुपमा पछि परेका तराई–मधेशका स्थानीय तहमा भौतिक पूर्वाधारलगायत विकासका कार्यक्रमलाई एकीकृत रुपमा सञ्चालन गर्न तराई–मधेश समृद्धि कार्यक्रम लागू गरेको छ ।
तराई–मधेशमा बसोबास गर्ने जनताको सघन रुपमा आर्थिक तथा सामाजिक रुपान्तरण गर्न एवं जनताको सार्वजनिक सेवामा पहुँच अभिवृद्धि तथा जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम लागू गरिएको हो ।
जसमा शक्ति प्रावि लमहीलाई रु ५० लाख, दलित सचेतनाको लागि भवन निर्माण लमहीका लागि रु ३० लाख, जनता उच्च मावि गढवाका लागि रु ७० लाख, साधारण मावि गंगदी राजपुर भवन निर्माणका लागि ४० लाख, जनज्योति मावि बेला राजपुर भवन निर्माणका लागि रु ४० लाख, आधारभूत विद्यालय दुलैहैया राजपुरका लागि रु ४० लाख बजेट परेको छ ।
थारू संस्कृति भवन निर्माण राप्ती गाउँपालिकाका लागि रु ५० लाख, अस्पताल भवन निर्माण राप्ती गाउँपालिकाका लागि रु २५ लाख, साविक धर्नाको नैनावारमा थारू महिला भवन निर्माण गर्न रु ३० लाख, घोराही उपमहानगरपालिकामा मुक्त कमलहरी भवन निर्माण गर्न रु ८० लाख, स्वास्थ्य चौकी भवन निर्माण गर्न घोराही उपमहानगरपालिका १, ३ र ८ वडाको लागि रु ५० लाख बजेट विनियोजन भएको उहाँले जानकारी दिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EDvSY7 via IFTTT
पुस ४, राष्ट्रिय सरोकार तथा समन्वय समितिले बारा, निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको छ ।
समितिले सो विमानस्थलबारे गरेको विस्तृत अध्ययन, अवलोकन तथा सरोकारवाला पक्षसँगको छलफलपश्चात् विमानस्थल निर्माणको क्रममा आउनसक्ने समस्या सम्बन्धमा सचेत गराउँदै कुनै पनि बाहनामा विमानस्थल निर्माण कार्यलाई गत्यावरोध हुन नदिई निर्धारित समयभित्र निर्माण गरिसक्नुपर्छ भन्ने निष्कर्ष निकालेको हो ।
समितिको आजको बैठकमा समिति सभापति दिलकुमार रावल थापाले विमानस्थलको लागि सिमाङ्कन गरिएको क्षेत्रमा टाँगिया बस्ती, काठगाउँ बस्तीका बासिन्दा विमानस्थल निर्माणलाई सहयोग गर्ने उद्देश्यले तत्कालै स्थानान्तरण हुन तयार रहेको पाइएको जानकारी दिए ।
समितिले आयोजनाको डिपिआर तयार गरी चालु आर्थिक वर्षभित्र स्वीकृत गरिसक्न आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । ‘विमानस्थलको मुख्य धावनमार्गको रुपमा रहने टाँगिया बस्तीको रुथानान्तरणको लागि तत्काल उपयुक्त स्थानको टुङ्गो लगाउन, ती बस्तीका बासिन्दालाई उपयुक्त स्थानमा स्थानान्तरण गरी बस्ती व्यवस्थापनको कार्य अगाडि बढाउन आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने’ समितिको निष्कर्ष सुझाव तथा निर्देशनमा भनिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LrQhzU via IFTTT
पुस ४, खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना निर्धारित समयभित्र सम्पन्न गर्ने दाबी गरेको छ। आयोजना निर्माणमा संलग्न इटलियन कम्पनी कोअपरेटिभ मुरातोरी सिमेस्ट्री(सिएमसी)ले आयोजना निर्माणको अन्तिम समयमा आएर काम छाडे पनि मन्त्रालयले भने समस्या समाधान गरेर समयसीमा भित्रै काम सक्ने दाबी गरेको हाे।
सम्पन्न गर्ने समयसीमा ४६दिनमात्र बाँकी रहदा सीएमसीका प्रमूख म्यानेजर क्रिष्टियानो ग्रेसहितको टोलीले निर्माण कार्य छाडेर हिडेका थिए।
सिएमसीले भूकम्प, नाकाबन्दीलगायत विभिन्न कारणले आयोजना निर्माणमा भएको ढिलाइका कारण निर्माण कम्पनीले थप क्षति व्यहोर्नुपरेको भन्दै क्षतिपूर्ति रकम आयोजना समक्ष मागदाबी गरेको थियो। तर सो बापतको रकम आयोजनाबाट पाउन नसकेपछि सिएमसीले २ साताअघि नै काम छाड्ने सूचना दिएको थियो। तर आयोजनाले समयमै सुनुवाई नगरेकाे भन्दै उनीहरु काम छाडृेर स्वदेश फर्कन खोजेका थिए।
तर सरोकारवाला खानेपानी मन्त्रालयले भने ठेकेदारले एकतर्फीरुपमा लापरवाही गरी काम छाडेको आरोप लगाएको छ। गत आइतबार म्यानेजर ग्रेसहितका आठ जनालाई नियन्त्रणमा लिएर उनीहरुको राहदानीसमेत सरकारले जफत गरेको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QBMWUJ via IFTTT
पुस ४, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा वुधबार पनि राजनीतिक प्रतिवेदनमा छलफल भएको छ।
आजको बैठकमा देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, बर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार राखेका थिए।
विहान साढे ८ बजे बसेको बैठक भोली बिहान ८ बजे बस्नेगरी स्थगित भएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए।
यस अघि बैठकमा बोल्ने नेताहरुले सरकारको आलोचना गरेका थिए। मंगलबार स्थायी कमिटी बैठकमा सहभागी सदस्यहरूले सरकार र पार्टी नेतृत्वको आलोचना गर्दै राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै एजेन्डा बनाएर छलफल गर्न माग गरेका थिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Bxia4P via IFTTT
सातादेखि बढेको चिसोका कारण अस्पतालहरुमा चिसोका बिरामी बढेका छन्। उनीहरुमा दम, ब्रोकेंल आज्मा, टन्सिल, निमोनियाँ, रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेलगायतका रोग देखिएको अस्पतालका चिकित्सकले जनाएका छन्।
वीर अस्पताल मेडिकल विभागका अनुसार दैनिक उपचारमा आउने बिरामीमध्ये ५० प्रतिशत चिसोका छन्। उनीहरुमध्ये दम भएका वृद्ध–वृद्धाहरु चिसोकै कारण जटिल बनेपछि आकस्मिक कक्षबाट अस्पताल भर्ना भएर उपचार हुने गरेको वीर अस्पताल मेडिकल विभागका फिजिसियन डा. सुरेन्द्रलाल श्रेष्ठले बताए।
चिसोका कारण बिरामी बढेर दैनिक पाँच वृद्ध–वृद्धा आकस्मिक कक्षमा भर्ना हुन आएको सिभिल अस्पतालले जनाएको छ। श्वास–प्रश्वासका बिरामीहरुले भने रोग जटिल बनेपछि अस्पतालका बहिरंग विभागमा उपचार गर्ने गरेको चिकित्सकले जनााएका छन्। चिसो बढ्दै जाँदा अन्य रोगका बिरामी घटेको र श्वास–प्रश्वासका बिरामी मात्र बढिरहेको सिभिल अस्पताल आकस्मिक कक्षका प्रमुख डा. दिनेशकुमार लम्सालले बताए।
अन्य मौसममा सरुवा रोगका बिरामी बढी आउने गरेकोमा हाल मौसमी भाइरलजन्य रोगका बिरामी बढी आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। एक विद्यालयमा दुई सय जनामा एकै प्रकारको रुघाखोकी र ज्वरोको समस्या देखा परेपछि विभिन्न अस्पतालमा उपचार भइरहेको पनि जनाइएको छ। अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनका अनुसार सामूहिक रुपमै बिरामीहरुमा जन्ती जाने क्रममा र विद्यालय जाने क्रममा संक्रमित हुने गरेको बताए। उनीहरुमा एक्कासी ज्वरो आउने, घाँटी दुख्ने, रुघााखोकी लाग्ने, निमोनियाँ हुने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्याहरु देखिएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BtWmHo via IFTTT
पुस ४, पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको आज अन्त्यष्टि गरिने भएको छ ।
पशुपतिस्थित विद्युतीय शवदाह गृहमा ३ बजे अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । त्यसअघि दुई बजेसम्म उनको शव बूढानीलकण्ठस्थित निवासमै राखिने छ ।
गिरीले आफ्नो दाहसंस्कार पशुपतिको विद्युतीय शवदाह गृहमा गर्न भनेका थिए । उनकै आग्रहअनुसार शवदाह गृहमा अन्त्यष्टि गर्न लागिएको हो ।
गिरीको मंगलबार बिहान निधन भएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QH1O48 via IFTTT
काठमाडौँ । कांग्रेसमा ८ सदस्यीय पदाधिकारी राख्ने गरी मंगलबार नेताहरुबीच सहमति जुटेको छ । जसमा एक सभापति, २/२ जना उपसभापति, महामन्त्री,सहमहामन्त्री र एक जना कोषाध्यक्ष रहनेछन् ।
यसअघि कोषाध्यक्ष निर्वाचित हुने प्रावधान थियो । अब कोषाध्यक्ष भने सभापतिको प्रस्तावमा निर्वाचित केन्द्रीय कार्यसमितिबाट अनुमोदन हुने नयाँ प्रावधान राखिएको छ । सबै पदाधिकारी निर्वाचन गर्ने कि नगर्ने भन्नेमा नेताहरुबीच लामो समय विवाद चल्दै आएको थियो ।
जुन विवादका कारण महासमिति बैठक सुरु भएको चौधो दिनसम्म पनि विधानको मस्यौदा प्रस्तुत हुन सकेको थिएन।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2rI1zHh via IFTTT
काठमाडौँ । सहरी विकास मन्त्रालयले महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानमा राष्ट्रपतिका लागि हेलिप्याड बनाउने प्रक्रिया सुरु गरेको छ । हेलिप्याड बनाउन आवश्यक सहयोग एवं समन्वयको आग्रह गर्दै प्रतिष्ठानलाई पत्र लेखेको छ ।
पहिलो चरणमा विस्तारित क्षेत्रको टोपोग्राफिक सर्भे गर्ने, त्यहाँ रहेका संरचनाको विवरण तयार तथा हेलिप्याड बनाउने स्थल पहिचान गरी डिजाइन गर्ने काममा सघाउन आग्रह गरेको हो । राष्ट्रपतिको कार्यालय र गृह मन्त्रालयलाई बोधार्थ दिइएको पत्रमा भनिएको छ, ‘परामर्शदाता कम्पनीलाई तोकिएका कार्य गर्न आवश्यक समन्वय एवं सहयोग गरिदिनू ।’
राष्ट्रपति कार्यालय तथा निवास क्षेत्र विस्तार गरी हेलिप्याड, नेपाल भ्रमणमा आउने विदेशी राष्ट्राध्यक्षका लागि राजकीय अतिथि गृह, स्टेट ब्यांकेट, विदेशी राष्ट्राध्यक्षलाई राष्ट्रपतिले स्वागत र बिदाइ गर्ने भवन, गारथ ग्रहणस्थल र राष्ट्रपतिको सुरक्षार्थ खटिने सेनाको ब्यारेकलगायत संरचना निर्माण गर्न सरकारले तयारी थालेको हो । मन्त्रालयले नयाँ बानेश्वरको कम्पास इन्जिनियरिङ कन्सल्टलाई निर्माण कार्यको परामर्शदाता तोकिसकेको छ ।
जेठ ९ गते सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेर राष्ट्रपति कार्यालय सार्ने वा विस्तार गर्ने विषयमा अध्ययन गराएको थियो । सोही समितिको सिफारिसका आधारमा प्रहरी एकेडेमी सारेर राष्ट्रपति कार्यालय विस्तार गर्ने काम सुरु गरिएको हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2S3LYgM via IFTTT
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एयर एसियाबाट उठाउन बाँकी साढे ७ करोड रुपैयाँ वक्यौता उठाइदिन काठमाडौं प्रहरी परिसरलाई पत्राचार गरेको छ ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले एयर एसियाको वक्यौताबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पनि जानकारी गराइएको बताए । जीएसएबाहेक एयर एसियासँग असुल्नुपर्ने कम्तीमा १३ करोड रुपैयाँ रहेको छ । यो रकम बुझाउने एयर एसियाका तर्फबाट लिखित प्रतिबद्धता पनि छ । उसले प्रधानमन्त्री कार्यालयलाई यो रकम मिनाहा गरिदिन अनुरोध गरेको छ ।
‘तर, सरकारले यो रकम मिनाहा गर्नेछैन,’ पर्यटन मन्त्रालयका एक अधिकारीले भने । मलेसियाको एयर एसियाका तर्फबाट इन्सेन्टिभ कम्पनीले नागरिक उड्डयन प्राधिकरणलाई बुझाउन बाँक वक्यौताबापत बुझाइएका १२ वटा चेक बाउन्स र १० वटा हराएका छन् ।
बाउन्स भएका र हराएका चेकको कुल मूल्य ११ करोड २९ लाख ७७ हजार ६ सय ९५ रुपैयाँ छ । यसबारे प्राधिकरणले आन्तरिक छानबन गरिरहेको छ । एजेन्ट हरिमान लामाको कम्पनीले बुझाएका चेक प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, सेन्चुरी, ग्लोबल आईएमई बैंकका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QEhhCe via IFTTT
पुस ३, निर्मला हत्या प्रकरणमा काठमाण्डौँबाट शंकास्पद मानिए र पक्राउ परेका दुई जनाको डीएनए प्रोफाइल कञ्चनपुर पठाइएको छ ।
प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९नास्ट० ले प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागलाई बुझाएको डीएनए प्रोफाइल कञ्चनपुर पठाइएको हो ।
यसअघि मुख्य शंकास्पदका रुपमा केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले प्रदिप रावल र विशाल चौधरीको डीएनए परीक्षणका लागि पठाएको थियो । उनीहरुले कसुर स्वीकारेको समेत दाबी गरेको जनाइएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2SSZ5Bf via IFTTT
पुस ३, पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको अन्त्येष्टिमा सरकारले सलामी अर्पण नगर्ने भएको छ । गिरीको दाह संस्कार भीआइपीको जसरी नभएर सर्वसाधारण नागरिककै जसरी हुने भएको छ ।
सरकारले भीआइपीको निधनमा सलामी दिने प्रचलन छ । तर, गिरी परिवारले सलामी अर्पण गर्ने सरकारको प्रस्तावलाई अस्वीकार गरिदिएको छ ।
पूर्वप्रधानमन्त्री गिरीकी धर्मपत्नी साराह गिरीले अनलाइनखबरसँग भनिन्– ‘सलामी दिनेबारे हामीलाई सोधनी भएको थियो, तर, उहाँको अन्त्येष्टि साधारणरुपमा हुनेछ ।’
डा. गिरीले मृत्युपूर्व नै आफ्नो अन्त्येष्टि साधारण किसिमले गर्नू भनेर लेखेर दिएको साराहले अनलाइनखबरलाई बताइन् । उनले भनिन्– ‘सामान्य किसिमले गर्नु भनेर लेखेर राखिदिनुभएको थियो ।
उनले अगाडि भनिन्– ‘विश्वका अति नै महान पुरुषहरुको अन्त्येष्टि पनि साधारण किसिमले नै हुने गरेको छ ।’
पारिवारिक स्रोतका अनुसार बुधबार गिरीको अन्त्येष्टि पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा गरिनेछ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2SeDLGk via IFTTT
पुस ३, नेपाली कांग्रेसको पार्टी विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको विषयमा सहमति हुन नसक्दा जारी महासमिति बैठक ओझेलमा परेको छ ।
महासमिति बैठकको मंगलबार चौथो दिनसमेत विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाको विवादले प्रतिवेदन पेश हुनसकेको छैन । महासमिति सदस्यहरूले प्रतिवेदनमा सहमति कायम गरी बैठकमा छिटो पेश हुनुपर्ने माग गरेका छन् ।
कांग्रेस विधान मस्यौदामा पदाधिकारी सङ्ख्या र पदाधिकारी चयन प्रक्रियाबारे बहस जारी छ । संस्थापन पक्ष पदाधिकारी सङ्ख्या धेरै बढाउन नहुने र बढाए पनि सबैको निर्वाचन गर्न नहुने पक्षमा छ । संस्थापन इतर पक्ष भने केन्द्रीय कार्यसमितिको सङ्ख्या बढाएसँगै पदाधिकारी सङ्ख्या पनि बढाउनुपर्ने र सबै पदाधिकारी निर्वाचित हुनुपर्ने अडानमा छ । दुवै पक्षबीच ११ जना पदाधिकारी बनाउने सम्बन्धमा लगभग सहमति भए पनि चयन प्रक्रियाका बारेमा भने विवाद कायम छ ।
पार्टीमा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विधान मस्यौदामा पदाधिकारीको संख्या र चयन प्रक्रियाका बारेमा भएको विवादले महासमिति बैठक प्रभावित भएको छ । बैठकमा यसअघि नै पेश भएका राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफल समेत ओझेलमा परेको छ । मंसिर २९ गतेदेखि शुरु भएको महासमिति बैठकको उद्घाटन यही पुस १ गते भएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2A744Y9 via IFTTT
पुस ३, डिसेम्बर १८ । अन्तर्राष्ट्रिय आप्रवासन दिवस । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउने गरिएको छ ।
यो दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरुले आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चतता सम्बन्धि कानुनको चर्चा गर्दै सरकार तथा राजनीतिक दलको ध्यानाकर्षण गराउँदै आएका छन् ।
दिवसको अवसरमा शुभकामना दिँदै प्रधामन्त्री केपी शर्मा ओलीले दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाल नवीन सोचका साथ आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको उल्लेख गरेका छन् ।
“देशलाई समृद्ध र सुखी बनाउन सबै तह र तप्का क्रियाशील हुनुपर्दछ, आर्थिक समृद्धिका लागि श्रमिकको योगदान अपरिहार्य छ,” उनले सन्देशमा भनेका छन्, “नेपालमा श्रमिकको अधिकारका लागि नीतिगत तथा कानूनी आधार तयार भइसकेको छ भने योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यान्वयनको चरणमा छ । प्रधानमन्त्री रोजगार कार्यक्रम यसैको एउटा उदाहरण हो । ”
बर्सेनि लाखौँ नेपाली युवा रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता हटाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गरेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EtDUlu via IFTTT
पुस ३, समायोजन अध्यादेश–२०७५’ अनुसार समायोजन गर्दा विभेद गरिएको भन्दै सोमबार देशभरका स्थानीय तहको कामकाज ठप्प पारे ।
कर्मचारी समायोजन गर्दा निजामतीसरह गर्नुपर्ने लगायतका माग राख्दै कामकाज ठप्प पारिएको स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए ।
उनले समायोजन गर्दा सबै कर्मचारीलाई एउटै नियमअनुसार गर्नुपर्नेमा आफूहरुलाई विभेद गरिएको बताए । उनले आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम चलिनै रहने जानकारी दिए ।
अध्यादेशमा सङ्घका निजामती कर्मचारीलाई समायोजनन गर्दा एक तह बढुवा गर्ने व्यवस्था गरेको छ । उनका अनुसार मंगलबारदेखि तीन दिनसम्म हातमा कालोपट्टि बाँधेर काम गर्ने बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2A46mqR via IFTTT
पुस ३, प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र समशेर राणाविरुद्ध उजुरी आह्वान गरेको छ । संवैधानिक परिषदले गत मंसिर २७ गते चोलेन्द्रको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
संवैधानिक प्रावधानअनुसार, प्रधानन्यायाधीशमा सिफारिस व्यक्तिबारे संसदीय सुनुवाइ हुनुपर्छ । यही व्यवस्था अनुसार, समितिले सुनुवाइ प्रक्रियाका लागि उजुरी आह्वान गरेको हो ।
समितिले राणा प्रधानन्यायाधीशमा नियुक्तिका लागि योग्य नरहेको कुनै कारण भए स्पष्ट आधारसहित उजुरी गर्न सबैमा आग्रह गरेको छ । उ
उजुरीकर्ताले स्पष्ट परिचय खुलाएर उजुरी दिनुपर्नेछ । उजुरीकर्ताले चाहेमा परिचय गोप्य राखिने भन्दै आयोगले ढुक्क भएर उजुरी गर्न आह्वान गरेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LlWuxl via IFTTT
पुस ३, तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०४८ को चुनाव प्रचारका क्रममा मेलञ्चीको पानी ल्याएर काठमाडौंको सडक पखाल्ने दाबी गरेका थिए । ०४१ सालबाटै अध्ययन सुरु भएको भएपनि भट्टराईको भाषण पनि मेलम्चीलाई काठमाडौंमा पानीको अभाव टार्ने ‘अचूक उपाय’ का रुपमा लिन थालियो ।
तर, मेलम्चीको पानी अझै आएको छैन, सीएमसीको पछिल्लो कदमले थप अन्योल सिर्जना गरेको छ । सीएमसी भागेपछि अब के गर्ने ? सरकारले निर्णय गर्न बाँकी छ । पूर्वसचिव किशोर थापा भने ठेकदार भागे पनि विदेशी कन्सलट्यान्ट नेपाल सरकार र एडीबीको सम्पर्कमै रहेकाले बाँकी काम अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्छन् ।
थापाले अनलाइनखबरसँग भने, ‘विदेशी कन्सलट्यान्टसँग कुराकानी गरेर सीएमसीका लोकल कन्ट्राक्टरमार्फत काम गराउन सकिन्छ । यो आयोजनालाई जसरी पनि पूरा गर्नुपर्छ ।’
यसका लागि आयोजनास्तरबाट पहल नपुगे खानेपानी मन्त्रालय र सरकारले आफैंले पनि अग्रसरता देखाउनुपर्ने पूर्वसचिव थापाको सुझाव छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2rI5LXl via IFTTT
पुस ३, सरकारले सार्वजनिक यातायात क्षेत्रको अराजकता बिर्सिएर सिण्डिकेटकै पक्षमा एक पछि अर्को निर्णय गर्न थाले पनि आम उपभोक्ता निरास छन् ।
मन्त्रिपरिषदको ५ वैशाखको निर्णय अनुसार साउन १ गतेदेखि देशभरका यातायात समितिहरु भंग हुनुपथ्र्यो । कम्पनीमा नगएकाहरुको रुट इजाजत खारेज हुनुपथ्र्यो । तर, सरकारले कम्पनीमा जाने म्याद पटक-पटक थपेर सिन्डिकेटलाई टाउको उठाउन दिएको छ ।
सरकारले सिन्डिकेट अन्त्यपछि गर्नुपर्ने काम पनि रोकेर राखेपछि यातायात व्यवसायीहरुको मनलाग्दी मौलाउँदो छ । बसपार्कहरुको व्यवस्थापन, रुट अध्ययन, ई-टिकेटिङ, राजमार्ग अनुसार गाडी संख्या निर्धारण, दुर्घटना वीमा, क्षतिपूर्ति, समितिहरुका सम्पत्तिबारे निर्णय लगायत सबै विषयलाई अन्योलमा छाडेको छ ।
यातायात व्यवसायीहरुसँग २४ वैशाखमा भएको सहमति अनुसार अध्ययन कार्यदल गठन गरेर लिएको सुझावलाई पनि सरकारले कतै थन्क्याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवप्रसाद शर्मा नेतृत्वको कार्यदलको प्रतिवेदनमा के-के सुझाव छ, त्यो पनि बाहिर ल्याउन चाहेको छैन ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2UTj58M via IFTTT
पुस ३, त्यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधनले आफूलाई दुःख लागेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल टि्वटरमा लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खबरले मलाई दुःख लागेको छ । यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समेवेदना व्यक्त गर्दछु ।’
ओलीले लेखेका छन् ।
त्यसै गरी राप्रपा अध्यक्ष कमल थापाले वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधनबाट देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको बताएका छन् । उनले आफूले पनि प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको बताएका छन् ।
मंगलबार थापाले शोक विज्ञप्तिमा जारी गरी डा. गिरीको निधनले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् । शोक विज्ञप्तिमा लेखिएको छ-निष्ठा, आदर्श र स्पष्ट वैचारिक मान्यता उहाँका जीवन दर्शन थिए, आफ्नो अनुकूलतामा विचार र दर्शन परिवर्तन गर्न उद्धत समकालीन नेपाली राजनीतिमा डा. गिरी बरु एक्लो हुनुभयो तर मान्यता परिवर्तन गर्नु भएन ।’
‘उहाँको निधनबाट मैले मेरो प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको छु, देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको छ,’ थापाले लेखेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PLc1az via IFTTT
पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ ।
आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको निधन भएको पारिवारिक स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।
कलेजोमा क्यान्सर रोग लागेका उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उनको देहान्त भएको हो ।
राजा महेन्द्रले ०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसका नेता रहेका गिरी त्यसपछि हार्डलाइनर पञ्चका रुपमा चिनिन्थे । महेन्द्रलाई साथ दिएका गिरी राजा वीरेन्द्रले ३६ सालमा जनमत संग्रह घोषणा गर्दा वैचारिक असहमति जनाउँदै श्रीलंकातिर लागेका थिए ।
०६१ सालमा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनी पुनः नेपाल फर्के र मन्त्रिपरिषदको उपाध्यक्ष बनेर ज्ञानेन्द्रलाई साथ दिए । राजतन्त्र ढलेपछि भने उनी नेपालमै बसेका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2URbIyu via IFTTT