पूर्व प्रधानमन्त्री तथा काठमाडौँ निर्बाचन क्षेत्र नम्बर २ का वाम गठबन्धनको तर्फ वाट प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेदवार माधब कुमार नेपाललाई परिवार दलका अध्यक्ष एकनाथ ढकालले साथ दियका छ। बिहिबार नेता नेपालको निर्बाचन क्षेत्रमा आयोजित आम सभामा बोल्दै अध्यक्ष ढकालले पूर्व प्रधानमन्त्री नेपाल सिंगो देशको राजनेता हुनुहुन्छ भन्दै काठमाडौँ २ नम्बर क्षेत्रका सबै नागरिकले उहाँलाई मतदन गर्न आग्रह गर्नु भयो । नेता नेपालकै प्रमुख आतित्यथामा सम्पन जनसभामा बोल्दै पूर्व मन्त्रि समेत रहेका ढकालले पूर्व प्रधानमन्त्री माधब नेपाल एक अनुभबी, क्षमतावान, राष्ट्र र जनताप्रति निष्टावान तथा विकास प्रेमी नेता हुनुहुन्छ भन्नु भयो । पूर्व मन्त्रि समेत रहेका ढकालले वाम गठबन्धनले चुनाब जित्न अरुलाई गालि गर्नु पर्दैन भन्दै जनताको ताली वाट चुनाब जित्ने निश्चित भैसकेको जिकिर गर्नु भयो ।नेता ढकालले वाम गठबन्धनको पक्षमा देखियको जनलहरले लुटतन्त्र मच्चाउनेहरुको मनमा भुइचालो गयको र स्वाभिमानी जनतामा खुशियाली छायको भन्दै एतिहाँसिक पृष्टभुमि भयका दुइ प्रमुख दलहरु एक ठाउमा उभिनु सामान्य परिघटना नभयको र यस गठबन्धनलाई जनताले होस्टेमा हैसे गरे देश जुरुक्क उठ्न सक्छ भन्नु भयो । संबिधान निर्माण भैसकेको अबस्थामा कार्यन्वयनको लागि माधब नेपाल जस्ता अग्ला नेताहरुको संसदमा खाँचो रहेको भन्दै ढकालले २ नम्बर क्षेत्रका बासिन्दाले आफ्ना समस्याहरु पूर्व प्रधानमन्त्रिको जिम्मा लगाउन पाउनु गौरबको बिषय हो भन्नु भयो । शान्ति प्रकृयाको एक योजनाकार, वाम गठबन्धनको शिर्ष नेता तथा सबैलाई मिलायर अघि लैजान सक्ने खुबी भयका नेता माधब नेपालले चुनाब जित्दा कुनै एक पार्टीको मात्र जित नभई सम्पूर्ण देशको जित हुने भयकोले पनि नेता नेपालको जित अपरिहार्य भयको उल्लेख गर्नु भयो । नायक भुवन केसीले पनि नेता नेपाल लगायत वाम गठबन्धनलाई बिजयी गराउन अपिल गर्नु भयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2nkHHdE via IFTTT
काठमाडौँ ।‘राष्ट्रिय मान्यता प्राप्त दल कति हुन्छन् ?’ निर्वाचनसँगै यो विषय पनि चासोमा छ । किनभने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षमा एक सीट र तीन प्रतिशत मत प्राप्त गर्नेमात्र राष्ट्रिय पार्टी हुनेछन्। यसले अब बढीमा छ दलसम्म राष्ट्रिय पार्टी बन्न सक्नेछन्, विगतका चुनावी परिणाम केलाउँदा ।
संविधानसभाको पहिलो निर्वाचन यता व्यवस्थापिकामा सदस्यको संख्यामात्रै होइन, संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संख्या पनि ठूलो थियो। संविधानसभाबाट जारी संविधान कार्यान्वयनयताको पहिलो निर्वाचन (मंसिर १० र २१) बाट बन्ने संघीय संसदमा भने सांसदहरुको संख्या मात्रै होइन, सदनमा प्रतिनिधित्व गर्ने दललहरुको संख्यामा समेत छरितोपन आउनेछ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
व्यवस्थापिका (संसदको भूमिकासमेत रहेको पहिलो संविधानसभामा (२०६५(०६९) मा २५ र दोस्रो संविधानसभा (२०७०(०७२) मा ३० दलको प्रतिनिधित्व थियो। बहुदलीय व्यवस्थायताका आमनिर्वाचनमा छ दलसम्मले मात्र तीन प्रतिशत कटाएको देखिन्छ।
स्थानीय तहको निर्वाचनमा एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबाहेकका दलहरुले ३ प्रतिशत भन्दा कम मत प्राप्त गरेका छन्। निर्वाचन आयोगको तथ्यांक अनुसार, पहिलो संविधानसभामा तीन प्रतिशत भन्दा बढी मत प्राप्त गर्ने दलहरुको संख्या ५ र दोस्रोमा ४ मात्रै थियो। त्यसरी २०४८ मा ६, २०५१ मा ४ र २०५६ मा ६ दलले तीन प्रतिशत मत कटाएका थिए।
दोस्रो सभाका ३० दलमध्ये एक सिटे दलको संख्या नै दश थियो भने दश सिट भन्दा थोरै प्रतिनिधित्व भएका दलहरुको संख्यानै थप एक दर्जन थियो। ६ सय १ सदस्यीय संसदमा तीन ठूला दलसहित ८ दलको सिट संख्यामात्रै दोहोरो अंकमा थियो।
संविधानसभाबाट रुपान्तरित संसदले बनाएको कानुन अनुसार राष्ट्रिय दलको मान्यता प्राप्त गर्न कुनै पनि दलले प्रतनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कम्तिमा एक सिट प्राप्त गरी समानुपातिकतिर कुल सदर मतको ३ प्रतिशत भन्दा बढि मत प्राप्त गर्नुपर्छ। तर राष्ट्रिय मान्यता प्राप्त गर्न नसक्ने साना दलहरुलाई पनि सिट प्राप्त गर्ने ढोका पूर्ण रुपमा बन्द भने छैन।
निर्वाचन क्षेत्रगत जनमतका आधारमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ साना दलले मात्र होइन, स्वतन्त्र उम्मेद्वारले समेत बाजी मार्न सक्छन्। तर समानुपातिक सिट प्राप्तीका लागि भने प्रतिनिधिसभामा देशभरीबाट ३ प्रतिशत (प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ६० को उपदफा ११) र प्रदेशसभाका लागि सम्बन्धित प्रदेशबाट एक दशमलव पाँच प्रतिशत मत प्राप्त गर्नु अनिवार्य छ।
समानुपातिकतर्फ प्रतिनिधिसभामा तीन प्रतिशत र प्रदेशसभामा डेढ प्रतिशत भन्दा कम मत प्राप्त गर्ने दलहरुको मत भने खेर जाने कानुनी व्यवस्थाका कारण सिट प्राप्त गर्न नसक्ने साना दलहरुमा छरिएको मतको फाइदा पनि सिट प्राप्त गर्ने ठूला दलहरुलाई नै हुन्छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ६० को उपदफा २ मा समानुपातिक सिट प्राप्त गर्न आवश्यक मत विभाजक अंक (सुत्र) सम्बन्धी व्यवस्था छ। सोही दफाको उपदफा १२ मा अनुसार उपदफा २ बमोजिम दलहरुले प्राप्त गरेको कुल सदर मत गणना गर्दा तीन प्रतिशत भन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको कुल मतमा गणना नगरिने उल्लेख छ।
यस्तो कानुनी व्यवस्था अनुसार तीन प्रतिशत भन्दा थोरैमात्र कम मत प्राप्त गर्ने दलले समानुपातिक सिट प्राप्त गर्ने छैनन् भने तीन प्रतिशतको थ्रेसहोल्ड टेकाउने दलले एक भन्दा बढिनै सिट प्राप्त गर्नेछन्। तर उनीहरुलाई विगतमा जस्तो ठूला दल सरहको सुविधा सहितको संसदीय दल सञ्चालनको सुविधा भने प्राप्त हुने छैन।
प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने छन्।
समानुपातिकमा तीन प्रतिशत मत पुर्याएर पनि प्रत्यक्षतर्फ एक सिट जित्न नसक्ने दल वा प्रत्यक्षतर्फ केही सिट जिते पनि समानुपातिक तर्फ तीन प्रतिशत भन्दा कम मत प्राप्त गर्ने दलले राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने छैन।
नयाँ कानुनी व्यवस्था अनुसार संसदीय दल गठनका लागि पनि कम्तिमा दुई सिट् जित्नु आवश्यक छ। ‘संघीय संसद वा प्रदेशसभाको निर्वाचनमा कम्तिमा दुई स्थानमा निर्वाचित भई प्रतिनिधित्व गर्ने दलले संघीय संसदीय वा प्रदेश संसदीय दल गठन गर्न सक्ने छ,’ राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा २४ मा भनिएको छ। यसअघि यस्तो कानुनी व्यवस्थाको अभावमा देशभरीबाट १८/२० हजार मत जम्मा गरेका दलले पनि एक सिट प्राप्त गरी संसदीय दलको नेताको सुविधा लिएका थिए।
थ्रेस होल्डसम्बन्धी कानुनी व्यवस्थाले सदनमा प्रतिनिधित्व गर्ने दलहरुको संख्या घटदा संसद सचिवालयको व्यवस्थापकिय काममा निकै सहजता आउने संसद सचिवालयका अधिकारीहरु बताउँछन्।
‘एक/दुई सिटे दलहरुलाई पनि संसदीय दलको कार्यालय, कर्मचारी र अन्य सुविधा व्यवस्थापन गर्नुपर्दा हामी त हैरानै थियौ,’ सचिवालयका एक वरिष्ठ अधिकारीले भने– ‘यसबाट संसदका पदाधिकारी, संसदीय समिति र कर्मचारीका लागि कार्यालय अभावको समस्या पनि समाधानमा पनि सहजता आउने छ।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2nk7GCa via IFTTT
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय सरकारको वेबसाइट तयार गरेको छ । वेबसाइट अद्यावधिक गरे नगरेको, सरकारले गरेका निर्णय(सूचनालगायत अपलोड गरे–नगरेको, आय–व्ययको विवरण, विद्युतीय सेवा प्रवाहलगायत आधारमा ती वेबसाइटलाई मन्त्रालयले स्तरीकृत ९र्यांकिङ० गर्नेछ । आजको नयाँ पत्रिकामा खबर छ ।
‘यसले स्थानीय सरकारपिच्छे फरक ढाँचा हुनबाट बचाएको छ, उत्तरदायी र पारदर्शिता वृद्धि गर्नुको साथै सूचना प्रवाहमा हुने फरकपनालाई अन्त्य गर्नेछ,’ मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले भने ।
मन्त्रालयले स्थानीय सरकारको वेबसाइट र जिआइएस म्यापलगायत समेटेर मोबाइल एप्स पनि तयार गरेको छ । प्रयोगकर्तालाई एप्स प्रयोग गर्ने तरिकालगायतका जानकारी दिन प्रयोगकर्तापुस्तिका र भिडियो ट्युटोरियलसमेत बनाइएको छ । सो पुस्तिका र ट्युटोरियल अहिले मन्त्रालयको वेबसाइटमा प्राप्त गर्न सकिने व्यवस्था गरिएको सूचना तथा विद्युतीय शासन शाखा अधिकृत देवेन्द्रकुमार झाले बताए ।
एप्समा के–के छ?
स्थानीय निकायबारे जानकार दिने मोबाइल एप्सको सुरुवातले भौगोलिक रूपले विकट रहेका स्थानीय तहको सूचना प्राप्त गर्न सकिने र स्थानीय तहलाई जनताको अझ नजिक पुर्याउने मन्त्रालयको विश्वास छ । सो एप्स तत्कालका लागि एन्ड्रोइड मोबाइलको प्ले स्टोरमा गएर डाउनलोड गरी हेर्न सकिनेछ । एप्समा स्थानीय सरकार र त्यसअन्तर्गतका वडासम्मको जानकारी उपलब्ध छ ।
विशेषगरी जनसंख्या, क्षेत्रफल, जिल्लामा रहेका स्थानीय तह र वडाको संख्यालगायत विवरण एप्सबाट सहजै हेर्न सकिनेछ । अहिले मन्त्रालयको वेबसाइट mयाबमि नयख।लउ मा राखिएको जिआइएस म्याप क्लिक गरेर पनि स्थानीय तहको नक्सासहित विस्तृत जानकारी थाहा पाउन सकिनेछ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2AKqXm5 via IFTTT
तपाईंको जीवनका केही निर्णायक घुम्तीहरूबारे स्मरण गर्न सक्नु हुन्छ ?
‘जरुर। म आठ वर्षको थिएँ। गाउँमा पण्डित बाजे पुराण भन्दै थिए ‘फलाना राजाले बर्खायामभरि पर्ने पानीका थोपाभन्दा धेरै गाईहरू दान गरे रे। पण्डितजीका कुरा मैले पचाउन सकिनँ । म आफैं गोठालो जाने मान्छे। त्यसैले सोधें ‘त्यतिका धेरै गाई राख्ने, बाँध्ने ठाउँ कसरी सम्भव छ ? तपाईंका कुरा पत्याउन सक्दिनँ म। पण्डितजी आगो भए । तथानाम गाली गरे मलाई। त्यस दिनदेखि मैले शास्त्रमा लेखिएको छ भन्दैमा कुनै पनि कुरालाई जस्ताको त्यस्तै पत्याउन छोडिदिएँ, चाहे त्यो जुनसुकै धार्मिक शास्त्र होस् वा राजनीतिक शास्त्र। मलाई लाग्छ कुनै पनि खाले शास्त्र र पुराणलाई, समय कालको पृष्ठभूमिमा राखेर मात्र बुझिनुपर्छ।
अर्को निर्णायक घुम्ती ?
‘म तेह्र वर्षको हुँदो हुँ। गाउँका ठालुले पञ्चायतमा एक गरिबका विपक्षमा अन्यायपूर्ण फैसला गरे । मैले विरोध गरें । उनले मलाई नराम्ररी हप्काए । बंगारा फुस्काउने धम्की दिए। मैले सहन सकिनँ । तिनको कठालो समातें । तिनी त्यहाँबाट गए। धेरैले मलाई सम्झाए, ठूला मान्छेलाई त्यसो गर्नु हुन्न भनेर । तर त्यो दिनदेखि मेरा निम्ति ठूला मान्छे शब्दको परिभाषा फेरियो । मान्छे ठूलो जन्म र जातले होइन कर्मले हुन्छ भन्ने विश्वास पलायो । त्यसै उद्देश्यका निम्ति काम गर्नुपर्छ भन्ने विचारको बिउ रोपियो मनमा। केही समयपछि म राजनीतिमा लागें।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अन्तर्वार्ता आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । विजय कुमारले ओलीसँग अन्तर्वार्ता लिएका हुन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BAdnit via IFTTT
काठमाण्डौ । सशस्त्र प्रहरी वलका चार पुर्व आईजीपीसहित ११ जना विरुद्धको भ्रष्टाचार मुद्दाको पेसि उपर बुधबार विशेष अदालतमा सुनुवाई हुदै छ ।
पुर्व आईजीपीहरु बाशुदेव ओली, सनत वस्नेत, शैलेन्द्र श्रेष्ठ र कोषराज वन्त सहित ११ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ माघ १८ गते भ्रष्टाचार रकम हिनामिना बारे विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
बुधबार विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहितको १ नम्वर ईजलासमा सो मुद्दा बारे बहस हुदै छ । बेञ्चमा न्यायाधीशद्धय रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेल सदश्य छन ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BmFLDQ via IFTTT
काठमाण्डौं । नेपाल परिवार दलका अध्यक्ष एव बाम प्रगतिशिल गठबन्धनका नेता एकनाथ ढकालले देशभक्त नागरिकको रोजाइ वाम गठबन्ध नै भएको बताएका छन् । दलको कार्यालयमा बुधबार केन्द्रीय निर्वाचन परिचालन समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै ढकालले भने ‘जनताले भरपर्दो राजनैतिक शक्तिको खोजी गरेकाले वाम गठबन्धन निर्माण भएको हो ।’ नेता ढकालले वाम गठबन्धन भित्र जोस, जाँगर र दुरदृस्टी रहेको भन्दै अल्छि राजनैतिक दलहरुको पछाडी जनता नलाग्ने जिकिर गर्नु भयो । ढकालले जनताको बिश्वशनिय शक्ति वाम प्रगतिशील गठबन्धन नै भैसकेकोले तत्काल अब कुनै बैकल्पिक शक्तिको औचित्यता नरहेको स्पष्ट पार्नु भयो । ढकालले भन्नु भयो ‘देशभरिको जनलहरले वाम गठबन्धनको नैतिक बिजय भैसक्यो अब प्राबिधिक बिजय निर्बाचन पछि हुन्छ’ । यही गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारले मुलुकमा स्थायित्व र आर्थिक संमृद्धि ल्याउने ढकालले स्पष्ट पारे । पूर्वमन्त्री समेत रहेका ढकालले वाम प्रगतिशील गठबन्धन निर्माण पश्चात् पश्चागामी, यथास्थितिबादी, भ्रष्ट र अतिवादीबाहेक अन्य सम्पूर्ण अग्रगामी देशभक्त नागरिक खुशी भएको तर्क गरे । उनले परिवार दलले अन्य सबै पक्षसँग समन्वयकारी भूमिका खेल्ने भन्दै मूलय मान्यताको राजनैतिक संस्कारको विकास गर्नमा जोड दिए । अध्यक्ष ढकालले सबल राष्ट्रियता, संविधानको कार्यान्वयन, आर्थिक विकास, दिगो शान्ति, लोकतन्त्रको सुदृढीकरण तथा नैतिकवान् समाज सृजना गर्न परिवार दल सक्रिय रहेको बताए । दलका केन्द्रीय सदस्य एवम् काठमाण्डौ जिल्ला अध्यक्ष लक्ष्मी प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा दलका महामन्त्री बिनोद डाँगी, कोषाध्यक्ष एव पूर्व सांसद मिलन कुमारी राजबंशी , प्रदेश न. ३ का संयोजक गणेश कुमार श्रेष्ठ, प्रदेश ६ का संयोजक रुपसिह भण्डारी अतिउत्तम सहकारी संस्थाकि अध्यक्ष मनिता पुन, हिमालयन फेमिली एडभेन्चरका संचालक नबराज ढकाल लगायतले बलियो तथा स्थीर सरकार निर्माण गरी देशलाई आर्थिक समृद्धिमा लैजानको लागि बाम प्रगतिशिल गठबन्धनलाई नै बिजयी गराउन पर्ने तर्क प्रस्तुत गर्नु भयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Akuhnk via IFTTT
काठमाडौँ । पहिलो चरणमा सम्पन्न निर्वाचनको मतगणना मंसिर २१ पछि मात्रै हुने भएपछि मतपेटिका सुरक्षा अहिले सर्वाधिक चासोको विषय बनेको छ। मतपेटिका सुरक्षाका लागि निर्वाचन आयोगले तीन घेराको सुरक्षा प्रबन्ध मिलाएको छ।
पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा सेना सुरक्षाका लागि खटिने गरी मतपेटिकाको सुरक्षा प्रबन्ध मिलाइएको आयोगले जनाएको छ ।
दुई चरणको निर्वाचन कार्यतालिका अनुसार १० मंसिरमा ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ क्षेत्रमा तथा प्रदेशसभाका ७४ क्षेत्रमा पहिलो चरणको निर्वाचन भएको थियो ।
पहिलो चरणमा मतदान भएका विकट पहाडी तथा हिमाली क्षेत्रको मतपेटिका हेलिकोप्टरमार्फत सदरमुकाम ल्याएर आयोगले अहिले जिल्ला निर्वाचन कार्यालयमा मतपेटिका सुरक्षाका लागि बन्द कोठामा राख्ने र सिल गर्ने काम सुरु गरेको छ ।
यसरी मतपेटिका राखी कोठामा सिलबन्दी गरियो
सबै बुथबाट जिल्ला निर्वाचन कार्यालयमा जम्मा भएका मतपेटिका निर्वाचन अधिकृतले अहिले दलका उम्मेदवार, प्रतिनिधिहरूको रोहबरमा सुरक्षित कोठामा राखेर सिलबन्दी गरिरहेका छन् ।
यस्तो छ कानुनी व्यवस्था
मतपेटिका सुरक्षाका लागि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन निर्देशिका -२०७४ मा कानुनी व्यवस्था गरिएको छ । आयोगले सोही निर्देशिकाको अधिनभित्र रहेर अहिले मतपेटिका सुरक्षाको व्यवस्था मिलाइएको आयोगले बताएको छ ।
प्रवक्ता ढकालले भने, ‘मतपेटिकाको सुरक्षाका लागि निर्वाचनसँग सम्बन्धित छुट्टै ऐन, नियमावलीको व्यवस्था छ, त्यही आधारमा मतपेटिकाका सुरक्षा व्यवस्था मिलाइएको छ ।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2k8Yi32 via IFTTT
काठमाडौं । १० अर्ब रुपैयाँ अनियमितताका आरोपित तत्कालिन कर फस्र्योट आयोगका एक सदस्य चुडामणि शर्मा एक करोड रुपैयाँ धरौटी बुझाएका छन् ।
लामो समयपछि मंगलबार थुनछेक बयानका लागि विशेष अदालत उपस्थित भएका शर्माले एक करोड रुपैयाँ धरौटी तिरेका अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।
अदालतका न्यायाधिश द्वारिकामान जोशी, रत्नबहादुर बाग्चन र नारयाणप्रसाद पोखरेलको थुनछेक आदेशले शर्मासँग एक करोड रुपैयाँ धरौटी माग गरेको थियो ।
अदालतमा उपस्थित भएका शर्माले धरौटी वापतको बैंक ग्यारेन्टी बुझाएका थिए । अब उनको मुद्दा साधारण तारेकमा अघि बढ्नेछ ।
आयोगका अध्यक्ष लुम्बध्वज महत र अर्का एक सदस्य उमेशप्रसाद ढकालले भने यसअघि नै जनही एक करोड धरौटी तिरेर रिहा भइसकेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2i1PWWV via IFTTT
काठमाडौं । आसन्न निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल र नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
यस क्षेत्रमा विभिन्न दल र तीन स्वतन्त्र गरी प्रतिनिधिसभा सदस्यका लागि कुल २० जनाले उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेस नेता महतलाई लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूको समर्थन छ भने एमाले महासचिव पोखरेल वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका हुन्।
दुवै उम्मेदवारले यस क्षेत्रका विकास निर्माणका मुद्दालाई प्राथमिकतामा राखेर चुनाव प्रचार र घरदैलो अभियानलाई तीव्रता दिनाका साथै मतदातालाई आकर्षित गरिरहेका छन्। पोखरेल यस क्षेत्रबाट तेस्रोपटक उम्मेदवार भएका हुन् भने महत यस क्षेत्रमा पहिलोपटक निर्वाचनमा भिड्दै छन्।
महासचिव पोखरेल यसअघि २०६४ र २०७० सालका दुवै संविधानसभाको निर्वाचनमा कांग्रेस नेता नरहरि आचार्यसँग पराजित भएका थिए। यस क्षेत्रमा अन्य उम्मेदवार पनि चुनावी प्रचारप्रसारमा व्यस्त रहे पनि बढी चर्चा भने महत र पोखरेलको नै छ।
महासचिव पोखरेल यस क्षेत्रमा दुईपटक पराजय भोगिसकेकाले योपटक कांग्रेस किल्ला भत्काएर निर्वाचन जित्ने रणनीतिमा लागेका छन्। उता महतले कांग्रेसले दुईपटक सहजै विजय हासिल गरेको भन्दै यस क्षेत्रमा आगामी निर्वाचनमा पनि कांग्रेसले नै जित्ने आँकलन गरेर नै काठमाडौं क्षेत्र नं ५ रोजेका हुन्।
प्रतिनिधिसभा सदस्यका लागि यस क्षेत्रमा उम्मेदवारी दिएका अन्य उम्मेदवारहरू विवेकशील साझा पार्टीका उज्ज्वलबहादुर थापा, नेकपा (माले) का दीपक पुनमगर, संघीय समाजवादी फोरमका लक्ष्मी राई, राष्ट्रिय जनता पार्टी नेपालका भानुकुमार खड्कालगायत २० जना पनि चुनावी मैदानमा छन्।
विसं २०३५ देखि काठमाडौं–३ बाँसबारीमा बसोबास गर्दै आएका कांग्रेस नेता महतले यस क्षेत्रभित्रका नगरहरूलाई व्यवस्थित र सुन्दर सहरका रूपमा विकास गर्न सडक निर्माण, स्तरोन्नति, खानेपानी, ढल तथा फोहर व्यवस्थापन, सार्वजनिक शौचालय, व्यवस्थित प्रतिक्षालय, पार्किङस्थल र बजारको व्यवस्थित विकासका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनी भन्छन्, ‘टोखा नगरको ऐतिहासिक, पौराणिक एवं सांस्कृतिक धरोहरलाई संरक्षण गरी स्तरोन्नति गर्ने, शिवपुरी राष्ट्रिय निकुञ्ज आसपासका बस्तीलाई स्थानीय पर्यटनस्थलका रूपमा व्यवस्थित गर्न मेरो प्रयास जारी रहनेछ।’
नेता महतले यस क्षेत्रमा अवस्थित बूढानीकण्ठमा अवस्थित पौराणिक, ऐतिहासिक र धार्मिकस्थलको बृहत्तर र सुव्यवस्थित विकास तथा रानीवन क्षेत्रलाई संरक्षण गरी व्यवस्थित नमूना पार्क निर्माण गरी समुदायको हितमा प्रयोगमा ल्याउने योजना अघि सारेका छन्।
यस क्षेत्रमा काठमाडौं महानगरपालिकाका वडाहरू २, ३, ४ र ५ तथा टोखा नगरपालिकाका वडाहरू २, ३, ४, ५, ६ र ७ पर्छन् । त्यस्तै बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६ र ७ पनि यस क्षेत्रअन्तर्गत पर्छन्।
महासचिव पोखरेलले यस क्षेत्रलाई देशकै ‘अस्पताल हब’ बनाउन स्थानीय जननिर्वाचित संस्था, प्रदेश सरकार र केन्द्रीय सरकारलाई क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले ‘मनमोहन ज्येष्ठ नागरिक सदन’ ‘स्वरसम्राट नारायण गोपाल प्रतिष्ठान’ अन्तर्गत अडोटोरियम हल निर्माण, इतिहास बोकेको हाँडीगाउँको विकासलाई विशेष जोड दिने उल्लेख गरेका छन्।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका उनी भन्छन्, ‘राजधानीसँग जोडिएको शिवपुरी राष्ट्रिय निकुञ्जलाई केन्द्रीत गरी पर्यावरणीय पर्यटन, साइक्लिङ जोनको प्रवर्द्धन, भ्यू टावर निर्माणमा जोड दिनेछु। महिला गरीब तथा विपन्न समुदाय र बेरोजगार युवालाई लक्षित गरी रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गरेर अघि बढ्न प्रोत्साहित गर्नेछु।’
काठमाडौंलगायत ४५ जिल्लामा यही मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन दोस्रो चरणमा हुँदैछ।
निर्वाचन जित्न पोखरेललाई वाम गठबन्धनका र महतलाई लोकतान्त्रिक गठबन्धनका सबै मत तान्नैपर्ने चुनौती देखिन्छ। निर्वाचनमा कसले बाजी मार्ला भनेर हेर्न भने मंसिर २१ को निर्वाचन र मतपरिणाम कुर्नैपर्छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ibAevV via IFTTT
काठमाडौँ । प्रहरीले २६ लाख १५ हजार रुपैयाँ नगदसहित दुई युवलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या–२ का शिव विष्ट र राजकुमार श्रेष्ठ रहेका छन् । रकमको स्रोत नखुलेको भन्दै प्रहरीले उनीहरुलाई काठमाडौँको गल्कोपाखाबाट पक्राउ गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुले हुण्डीमार्फत ४ करोड राजश्व छलेको पाइएको छ ।
पक्राउ परेका दुवैलाई र आवाश्यक कारवाही तथा अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पुल्चोक पठाइएको महानगरीय प्रहरी बृत सोह्रखुट्टेका डिएसपी दीपक पोखरेलले बताए । प्रहरीले चेकजाँचका क्रममा उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2AbyhpK via IFTTT
एजेन्सी । मिस युनभर्स २०१७ को उपाधि दक्षिण अफ्रिकाकी डेमी लेइ नेल पीटर्सले जितेकी छिन् ।
अमेरिकाको लसभेगासमा भएको प्रतियोगितामा विश्वभरका ९२ सुन्दरीलाई उछिन्दै डेमीले मिस युनिभर्सको ताज पहिरिएकी हुन् । उनी ६६ औं मिस युनिभर्स हुन् ।
प्रतियोगिताको फाइनलमा दक्षिण अफ्रिकासहित जमैका र कोलम्बियाकी सुन्दरी पनि पुगेका थिए । कोलम्बियाकी सुन्दरी फस्ट रनर अप र जमैकाकी सुन्दरी सेकेण्ड रनर अप भए ।
The post यि हुन् नयाँ मिस युनिभर्स appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2zu6UnE
via IFTTT
काठमाडौँ । ३२ जिल्लामा प्रतिनिधि र प्रदेश सभाका लागि मतदान सकिएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा साँझ ५ बजेसम्म लाइनमा बसेर मतदाताले भोट हालेका थिए ।
पहिलो चरणमा भएको ३२ जिल्लाको यो निर्वाचनबाट ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्य निर्वा्चित हुनेछन् । तर चुनावमा कसले जित्यो भन्ने थाहा पाउन कम्तीमा ११ दिन कुर्नु पर्नेछ । मंसिर २१ गते दोस्रो चरणको चुनावपछि मात्रै देशभरिको मतगणना एकैसाथ सुरु हुनेछ ।
११ दिनसम्म मतपेटिका कसरी सुरक्षित राखिन्छ ?
मङ्सिर २१ गतेसम्म मतगणना नहुँदा मतपेटिकालाई सुरक्षित तरिकाले राखिनेछ । मतदान भएका स्थानबाट सुरक्षाका लागि मतपेटिकाहरु सदरमुकाम ल्याइन्छ । पहिलो चरणमा चुनावमा भएका मध्ये २७ जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र छन् भने बाग्लुङ, गोरखा, धादिङ, नुवाकोट र सिन्धुपाल्चोकमा दुई–दुई निर्वाचन क्षेत्र छन् । मतपेटिका सुरक्षित राख्ने जिम्मा आयोगले जिल्ला निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतलाई दिएको छ ।
मतपेटिका कसरी सुरक्षित राख्ने भन्ने बिषयमा मुख्य निर्वाचन अधिकृतले निर्णय लिनेछन् । मतपेटिकाको सुरक्षाको लागि पहिलो घेरामा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र अन्तिम घेरामा नेपाली सेना रहने व्यवस्था छ । कतिपय जिल्लामा भने मतपेटिका राखिएको ठाउँमा सिसिटिभी पनि जडान गरिएको छ । मतपेटिकालाई सिलबन्दी गरेर सुरक्षा घेरामा राखिनेछ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2hRmtPg via IFTTT
काठमाडौं । निर्वाचन आयोगले पहिलो चरण अन्तर्गत ३२ जिल्लामा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदान समग्रमा शान्तिपूर्ण रहेको बताएको छ ।
निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले निर्वाचन ऐतिहासिक रुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरे । उनले ६५ प्रतिशत बढी मत खसेको अनुमान गरेका छन् । मतदान सम्पन्न भएका उच्च पहाडी र हिमाली ३२ जिल्लामध्ये बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको आयुक्त यादवले जानकारी दिएका छन् । निर्वाचन सफल बनाउ सहयोग गर्ने नेपाल सरकार , राष्ट्रिय अन्तराष्ट्रिय कुटनैतिक नियोग , परिर्वेक्षक सवै राजनैतिक दल , सुरक्षा कर्मी , पत्रकार , संचार माध्यम , मतदाता सवैलाई धन्यवादका दिएका छन्
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2k1orAV via IFTTT
काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गर्न लागिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्यले अब मूर्त रुप लिने भएको छ ।यसबीचमा परिचयपत्र छपाइ रोक्न भएका अनेक खेल, विवाद र सरकार स्वयम्को ढिलासुस्ती कारण यसको कार्यान्वयनमा समस्या पर्यो । ढिलै भएपनि यो प्रयासले पूर्णता पाउने अब निश्चित भएको छ ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले परिचयपत्र छाप्नका लागि आवश्यक सबै पूर्वाधार तयार गरी छपाइ मेशिन समेत ल्याई गृहमन्त्रालयभित्र राखेको छ । माघभित्रैबाट परिचयपत्र वितरणको काम शुरु हुने केन्द्रका कार्यकारी निर्देशक एवम् सहसचिव रामकृष्ण सुवेदीले जानकारी दिए ।
उनले भने, “अहिले नागरिकता, लाइसेन्स, एटिएम लगायत विभिन्न थरी कार्ड बोेकेर नागरिकले हिँड्न परिरहेको छ । राष्ट्रिय परिचयपत्र बाँडिएपछि एउटै कार्डले सबैको काम गर्न सकिन्छ । ”
केन्द्रले पहिलो चरणमा १ लाख १७ हजार नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ जसमा एक लाख १० हजार पाँचथर जिल्लामा र सात हजार सिंहदरबारभित्र कार्यरत सरकारी कर्मचारीलाई वितरण गर्नेछ ।
कार्डमा प्रत्येक नागरिकलाई नदोहरिने गरी एउटा कोड नम्बर प्रदान गरिनेछ । यस्तै, अब नयाँ जन्मने प्रत्येक व्यक्तिलाई जन्मदर्तासँगै उसको जीवनभरका लागि कार्डको कोड नम्बर दिइनेछ ।
यसअघि निर्वाचन आयोगले संकलन गरेको नागरिकको विवरण प्रयोग गर्ने योजना बनाइएपनि ती विवरण अपूर्ण देखिएका कारण केन्द्रले आफैंले विवरण संकलनको काम शुरु गरेको छ ।
परिचयपत्रमा नागरिकको जैविक विवरणअन्तर्गत हातका दशवटै औँलाको औंठा छाप, तस्वीर तथा वैयक्तिक विवरणमा नाम, थर, उमेर, लिंग, जन्ममिति, स्थायी ठेगाना, बुवा र आमाको नामथर, पतिरपत्नीको नामथर र परिचयपत्र नम्बर लगायतका विवरणहरु राखिनेछ ।
कार्डको अघिल्लो भागमा माथि दायाँतर्फ नेपालको राष्ट्रिय झण्डा र बाँयातर्फ सरकारी छाप र व्यक्तिका विवरणहरु छन् । यस्तै, कार्डको पछाडिको भागमा दुर्लभ एक सिङ्गे गैंडाको चित्र अंकित छ ।
कुनैपनि व्यक्तिको गोपनीयतालाई भंग हुन नदिने सुरक्षा व्यवस्था कार्डमा गरिएको केन्द्रले जनाएको छ । कार्डमा हुने व्यक्तिगत विवरण अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित ढंगले राखिने कार्यकारी निर्देशक सुवेदीले स्पष्ट पारे ।
राष्ट्रिय परिचयपत्रमा राहदानी विभाग, मालपोत, यातायात व्यवस्था, पञ्जीकरण कार्यालय, स्थानीय निकाय, बैंक, टेलिकम, सवारी चालक अनुमतिपत्र, लोकसेवा आयोग, पान नम्बर लगायतको विवरण राख्न सकिनेछ ।
गृह मन्त्रालयले परिचयपत्रलाई विस्तार गर्दै जनगणना, विदेशिने नागरिकको संख्या, सामाजिक भत्ता लिनेको विवरण, आवेदन, महशुल र कर भुक्तानीलगायतका विवरण राख्न सकिने गरी योजना अघि बढाएको छ ।
यी विवरण परिचयपत्रको पृष्ठ भागमा मेसिनले मात्रै पढ्न मिल्ने गरी विद्युतीय सुरक्षायुक्त चिप्स राखिनेछ । मोबाइलको सिमजस्तै देखिने चिप्समा ठूलो परिमाणमा तथ्याँक संग्रह गर्न सकिन्छ ।
पूर्व प्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल कार्ड प्रयोगमा ल्याउन ढिलाइ भइसकेको बताउँदै कार्डको प्रयोगले शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न र कागजातको किर्ते रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने, “कुनै व्यक्तिले अपराध ग¥यो भने उसको परिवारदेखि विगतका उसका गतिविधिसम्म सबै बुझ्न कार्डले मद्दत गर्छ जसबाट अपराधीलाई पक्राउ गर्नेदेखि उसलाई निगरानी राख्नेसम्मका काम सहजै गर्न सकिन्छ ।”
अदालतको फैसला कार्यान्वयन गर्न, अनधिकृत सम्पत्ति फेला पार्न, आपराधिक गतिविधि रोक्न, सरकारी निकायबाट भएको दण्ड जरीवाना अशुलउपर गर्नसमेत कार्ड उपयोगी हुने उनको भनाइ छ । उनले बृहत् तथ्याँक समेट्नसक्ने गरी कार्डको निर्माण गरिनुपर्ने सुझाव दिए ।
कार्डमार्फत सरकारले नागरिकलाई उपलब्ध गराएका सेवा सुविधा पाए÷नपाएको तथा नागरिकले राज्यलाई तिर्नुपर्ने कर तिरे÷नतिरेको जस्ता विवरणसमेत लिन सकिन्छ ।
पहिलो चरणको कार्ड वितरणपछि केन्द्रले दोस्रो चरणमा १५ जिल्ला, तेस्रो चरणमा २५ जिल्ला र चौथो चरणमा मुलुकभर गरी पाँच वर्षभित्र १६ वर्ष पुगेका सबै नेपालीलाई कार्ड वितरण गर्ने लक्ष्य राखेको छ ।
पहिलो चरणका लागि एशियाली विकास बैंकको रु ४५ करोड अनुदान सहयोगमा कार्ड छापी निःशुल्क परिचयपत्र वितरण गरिनेछ । बोलपत्र आह्वानपछि फ्रान्सको ‘सफरान आइडेन्टिटी एण्ड सेक्युरिटी कम्पनी’ ले कार्ड छाप्ने जिम्मा पाएको छ ।
एशिया महाद्वीपका २०, युरोपका ३८, अफ्रिकाका पाँच, अमेरिकाका आठ राष्ट्रमा यस्तो कार्ड वितरण गरिसकिएको छ ।
कानून बन्नै बाँकी
कार्ड छपाइको प्रक्रिया शुरु भएपनि अहिलेसम्म राष्ट्रिय परिचयपत्र व्यवस्थापन गर्ने कानून बनेको छैन । यसका लागि आवश्यक ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको गृहको भनाइ छ ।
सुवेदीले भने, “पहिले मापदण्ड बनाएर काम शुरु गर्ने कि भन्ने सोचेका थियौं तर दीर्घकालीन रुपमा ऐन नै ठिक हुन्छ भन्ने निष्कर्षमा पुग्यौं । पहिलो चरणमा मन्त्रिपरिषद्को निर्णयका आधारमा परीक्षणको रुपमा कार्ड वितरण गरिनेछ । ”
नेपालको संविधानको धारा ५१ च ९७० मा ‘एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली विकास गरिने उल्लेख छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2jmcyS2 via IFTTT
काठमाडौं । तत्कालीन कर फछ्र्यौट आयोगमार्फत् अनियमितताको आरोप लागेका चुणामणि शर्माको अकुत सम्पत्तिमा अख्तियारले बयान लिन शुरु गरेको छ ।
अख्तियार स्रोतका अनुसार उनीसँग एक पटक बयान लिइएको छ । फेरि आउन पत्र थमाइएको छ ।
आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई गत १९ जेठमा अख्तियारले कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए ।
तत्कालीन कर फछ्र्यौट आयोगमार्फत् अनियमित ढंगले कर मिनाहा दिइएको विषयमा उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।
उक्त मुद्दा सीमित फाइलबाट प्राप्त प्रमाणका आधारमा दायर गरिएको हो । थप फाइल खोल्दै जाने क्रममा सातदिने म्यादसहित आयोगमा हाजिर हुन कात्तिक अन्तिम साता उनलाई पत्र पठाइएको थियो ।
तर, उनी तोकिएको समयभित्र उपस्थित भएनन् । त्यसको कारणसहित अख्तियारमा निवेदन दिएका छन् ।
शर्मासहित तत्कालीन कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेशप्रसाद ढकालविरुद्धको मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ ।
अख्तियारले शर्मा, महत र ढकालविरुद्ध १० अर्ब दुई करोड रुपैयाँ बिगो दाबीसहित गत साउनमा विशेषमा मुद्दा दायर गरेको हो ।
शर्मा अझै विशेष अदालत गएका छैनन् । महत र ढकाल भने जनही एक करोड रुपैयाँ धरौटीमा थुनामुक्त भएका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2B9IEb8 via IFTTT
काठमाडौ । धर्मोदय सभाले भारतमा निर्वासन जीवन बिताइरहेका धर्मगुरु दलाई लामालाई भ्रम र झुटको खेती नगर्न आग्रह गरेको छ।
आज एक विज्ञप्ति जारी गरी सभाले लामा जस्ता धार्मिक व्यक्तित्वले गौतमबुद्ध भारतमा जन्मिएका हुन् भन्ने अभिव्यक्ति दिनु आपत्तिजनक भएको जनाएको हो।
संयुक्त राष्ट्र संघसमेतले बुद्ध नेपालमा जन्मिएका भनी यथार्थ मान्दै विश्व सम्पदा सूचीमा राखिसकेको तथ्य थाहा नपाएजस्तो गरी लामाबाट गौतमबुद्ध भारतमा जन्मिएका हुन् भनिनुले आफूहरुलाई दुखित बनाएको विज्ञप्तिमा उल्लेख छ।
युट्युवमा उपलब्ध भिडियोमा दलाइ लामाले बुद्ध नेपालमा जन्मेको नभइ पूर्वी एसिया क्षेत्रकै भनेर बोलेका छन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zkEcWt via IFTTT
काठमाडौं । पहिलो चरणमा निर्वाचन हुने ६ नम्बर प्रदेशका सातवटै जिल्लामा आवश्यक सबै तयारी पुरा भएको छ ।
क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका अनुसार सबै मतदान केन्द्रमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् ।
सडक सञ्चालले नछोएको हिमाली जिल्ला हुम्ला र डोल्पाका केही मदतान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पठाएको छ ।
६ नमर प्रदेशका कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, जाजरकोट र रुकुममा पहिलो चरणअन्र्तगत आईतबार निर्वाचन हुँदैछ । , यो खबर आजकोनागरिकमा छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zlqLVW via IFTTT
नुवाकोट । नेपाली कांग्रेसका समानुपातिकतर्फका सांसदका उम्मेद्वार तथा वरिष्ठ उद्यमी विनोद चौधरीले नेपालको आर्थिक समृद्धिका लागि नेपाली कांग्रेसलाई बहुमतको सरकार दिन मतदाताहरुलाई आव्हान गरेका छन् ।
विहिबार नुवाकोटको देवीघाट र खरानीटारमा आयोजित छुट्टाछुट्टै चुनावी सभालाई सम्वोधन गर्दै चौधरीले बलियो लोकतन्त्रको अभावमा आर्थिक विकास सम्भवन हुने बताए ।
‘नेपालको आर्थिक विकास हुन नसक्नुमा हामी मतदाता पनि जिम्मेवार छौं,’ चौधरीले भने, ‘तपाईहरू नेपाली कांग्रेसलाई बहुमत दिनुस्, हामी तपाईहरुलाई समृद्ध नेपाल दिन्छौैं ।’
उनले आर्थिक विकासका लागि खुलाबजार अर्थतन्त्रमा विश्वास राख्ने राजनीतिक दलको बहुमतको सरकार बन्नु पर्ने बिचार राखे ।
‘राजनीतिक स्थिरता भयो भने नेपाल पनि चीन सरहको आर्थिक विकासको गतिमा अगाडि बढ्न सम्भव छ,’ चौधरीले भने ।
२०४८ सालमा कांग्रेसको नेतृत्वमा उदारीकरण लागू गरिएकै कारण नेपालमा आर्थिक विकासको नयाँ ढोका खुलेको उनको भनाई थियो । यस्तो आर्थिक स्वतन्त्रताको अभियानलाई सफल बनाउन कांग्रेसको नेतृत्वबिना सम्भव नभएको उनको ठम्याइ छ ।
‘उदारीकरणको विकल्प कसैले कल्पना गरेको छ भने त्यो भ्रममात्रै हो । आज प्रत्येक नेपालीको हातमा मोवाईल फोन छन् । दुईतिहाई जनसंख्या इन्टरनेटको पहुँचमा छ । संचारमाध्यम, बैंकिङ र एयरलाईन्स लगायतका सेवाहरु कांग्रेसले लिएको उदारीकरणकै सकारात्मक नतिजा हुन्,’ उनले भने । विकास अभियानलाई तीब्र गतिमा दौडाउनु आजको आवश्यकता भएकाले आफू कांग्रेसमा लागेको उनले प्रष्ट पारे ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Bged3O via IFTTT
काठमाडौं । गृहमन्त्रालयको कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो प्रस्तावमा नेपाल प्रहरीका उच्च अधिकारीहरुको सरुवा गरिएको छ । पहिलो चरणको मतदानको मुखैमा बागलुङका प्रहरी प्रमुख फेरिएका छन् ।
त्यस्तै, देउवाकै प्रस्तावमा मन्त्रीपरिषद् बैठकले २ प्रदेशका प्रहरी प्रमुख समेत सरुवा गरेको छ ।
बैठकले ५ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी मिङमार लामा र ७ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी बिजय भट्टलाई सरुवा गरेको हो ।
मिङमारलाई हेडक्वार्टर तानेर उनको ठाउँमा बुधबारै डिआइजीबाट आइएजीमा बढुवा भएका मधुप्रसाद पुडासैनीलाई पठाइएको छ ।
त्यस्तै, ७ नम्बर प्रदेशको प्रहरी प्रमुखमा माधव नेपाललाई सरुवा गरिएको छ । नेपाल पनि बुधवारमात्रै एआइजी बढुवा भएका हुन् ।
बुधबारको मन्त्रीपरिषद बैठकले मधु पुडासैनी, माधव नेपाल, हेमन्त पाल र पंकज श्रेष्ठलाई डिआइजीबाट एआइजीमा बढुवा गरेको छ ।
प्रहरी हेडक्वार्टरले बागलुङ र नुवाकोटका प्रहरी प्रमुखलाई पनि सरुवा गरेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2AoadBb via IFTTT
काठमाडौँ । लोकतान्त्रिक गठबन्धनका काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवार एवम् काङ्ग्रेस नेता डा. प्रकाशशरण महतले अबको निर्वाचनमा काङ्ग्रेसले बहुमत ल्याउने र सरकार बनाउने दाबी गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनाव विशेष साक्षात्कारमा बोल्दै नेता महतले यस्तो बताएका हुन् । उनले भने, ‘हामी लोकतन्त्र पक्षधरका शक्ति हौं, स्वतन्त्रताको जगमा आफ्नो सिपको प्रयोग गर्ने र पूर्ण स्वतन्त्रता हुनुपर्छ भन्ने शक्ति हौं, त्यसैले अबको निर्वाचनमा काङ्ग्रेसलाई नै जनताले अत्यधिक मत दिनुहुन्छ।’
उनले थपे,‘त्यसो हुनाले अहिले त जनतासामू आस्थाको चिजको रोजाई छ, अहिले म र ईश्वर पोखरेलको रोजाई भन्दापनि कुन बाटोमा मुलुक जाने भन्ने कुरा हो, हामी लोकतान्त्रिक मुल्य र मान्यताको आधारमा आर्थिक क्रान्ति ल्याउने पक्षमा छौं ।’
डा। महतले एमाले–माओवादी केन्द्रका नेताहरु उल्टो बाटोमा हिँड्न खोज्दै गरेको आरोप लगाए । उनले भने, ‘उहाँहरु उल्टो बाटोमा हिँड्न खोज्दैहुनुहुन्छ, उहाँहरुको उद्देश्य भनेको एउटा दल सर्वेसर्वा हुने र शासन गर्ने, त्यो बाटो असफल बाटो हो, यसले जनताको चाहना पूर्ति हुँदैन।’ उनले वाम गठबन्धनले मुलुक र जनताको लागि केही गर्न नसक्ने भएकोले जनताले काङ्ग्रेसको पक्षमा मतदान गर्नुपर्ने धारणा राखे ।
उनले आफू काठमाडौंका निर्वाचित मेयर विद्यासुन्दर शाक्यजस्तो हावा कुरा गर्ने मान्छे नभएको समेत जिकिर गरे । उनले थपे, ‘उडन्ते कुरा नेपाली काङ्ग्रेसले गर्दैन् । यसरी गर्छु भनेर सुनिश्चितता दिलाउँछु । झोरमा सुुरुङ्मार्ग बनाउने प्रारम्भिक सर्वे हाम्रै पालामा भएको छ, २२ किलोमिटरको दुरी घटाउन चाहन्छौं ।’
त्यस्तै उक्त क्षेत्रमा रहेको शिवपुरी जलाधार क्षेत्रको विकास गर्ने र जिप राईड जाने व्यवस्था भए हजारौं पर्यटकहरु आवतजावत हुने उनको विश्वास थियो ।
नेपालमै रोजगारीको व्यवस्था भए लाखौं नेपाली युवाहरु स्वदेश फर्किने भन्दै रोजगारी दिनेगरि कार्यक्रम ल्याउने आफ्नो अर्को योजना रहेको महतले सुनाए । महतले आफूले उक्त क्षेत्रमा धेरै लगानी ल्याउने समेत विश्वास दिलाए ।
देशैभरिका तमाम मतदाताहरुले काङ्ग्रेसको पक्षमा मतदान गर्ने माहोल दिनप्रतिदिन बनिरहेको उल्लेख गर्दै निर्वाचनपछि काङ्ग्रेसको सरकार बन्नेपनि उनको दाबी थियो । ‘अब मुलुक समृद्धिको यात्रामा अघि बढ्यो, राप्रपा र राप्रपा प्रजातान्त्रिकले पनि हामीलाई समर्थन गर्ने भन्नुभएकोछ, उहाँहरुको मतदाताहरुलाई हामीलाई मतदान गर्न आग्रह गर्छु । हामीलाई जिताउन रुख चिन्हमा मतदान गर्न विशेष अनुरोध गर्छु ।’
एमाले र माओवादी केन्द्रले वाम गठबन्धन सिर्जना हुनुभन्दा अघि नै कम्युनिष्टहरु एकीकरण गर्ने र १५ वर्षमा साम्यावाद ल्याउने भनेकोले मुलुकमा अधिनायकवादको खतरा छ भनेर आफूहरुले भनेको उनको भनाई थियो ।
सुरुमा दुई तिहाई बहुमत ल्याउने र एकदलीय अधिनायकवादी शासन गर्छु भनेपछि जनताले त्यो कुरा स्विकार नगरेकोले अहिले आएर वाम गठबन्धनले आफूहरु लोकतान्त्रिक मुल्य र मान्यताका आधारमा नै अघि बढ्ने भनेर भनिरहेको गुनासा पोखे । काङ्ग्रेसले बहुमत ल्याउने कुरामा अब कुनै शंका नभएको समेत उनको भनाई थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BdEKyu via IFTTT
नुवाकोट । नेपाल परिवार दलको ३ नम्बर प्रदेशको अगुवा भेला नुवाकोटमा सम्पन्न भयको छ । भेलामा बोल्दै दलका अध्यक्ष तथा वाम प्रगतिशील गठबन्धनका नेता एकनाथ ढकालले जनताले भरपर्दो राजनैतिक शक्तिको खोजि गरेकाले वाम गठबन्धन निर्माण भयको बताउदै अब यहि गठबन्धनको नेतृत्वमा बन्ने नया सरकारले मुलुकमा स्थायित्व र आर्थिक संमृद्धि ल्याउने स्पष्ट पार्नु भयो । पूर्व मन्त्रि समेत रहेका ढकाल वाम प्रगतिशील गठबन्धन निर्माण पश्चात पश्चागामी, यथास्थितिबादी र अतिबादी बाहेक सम्पूर्ण अग्रगामी देश भक्त नागरिक खुशी भयको उल्लेख गर्नु भयो । भेलामा वाम गठबन्धनका उम्मेद्वारहरु, नेकपा एमाले र नेकपा माओबादी केन्द्रका नेताहरु तथा परिवार दलका केन्द्रिय सदस्यहरु गणेश कुमार श्रेष्ठ, डा. श्याम नेपाल, लक्ष्मी भण्डारी, अधिबक्ता दयाराम कंडेल, सन्त बहादुर पन्त, बिजय कंटेल लगायतले बोल्ल्नु भयको थियो । भेला नुवाकोट जिल्ला परिवार दलका अध्यक्ष शिबकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zbq1ml via IFTTT
काठमाडौं। प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचन हुन पाँच दिन बाँकी रहँदा मंगलबार गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारी ९सिडिओ०को सरुवा गरेको छ। सरुवा हुनेहरुमा सोलुखुम्बुका सिडिओ भुपेन्द्र थापा, नुवाकोटका जगदशीराज बराल तथा रसुवाका हिरादेवी पौडेल छन्।
‘सोलुखुम्बु, नुवाकोट र रसुवा तीन जिल्लाका सिडिओको सरुवा भएको छ’, गृह मन्त्रालयका प्रवक्ता नारायण शर्माले नागरिकन्युजसँग भने, ‘ती जिल्लामा तत्कालै नयाँ सिडिओ जाँदैहुनुहुन्छ।’
‘सोलुखुम्बु, नुवाकोट र रसुवा तीन जिल्लाका सिडिओको सरुवा भएको छ’, गृह मन्त्रालयका प्रवक्ता नारायण शर्माले नागरिकन्युजसँग भने, ‘ती जिल्लामा तत्कालै नयाँ सिडिओ जाँदैहुनुहुन्छ।’
थापालाई मध्य क्षेत्रीय प्रशासन कार्यालय हेटौंडा पठाइएको छ। बराल गृह मन्त्रालय तानिएका छन् भने पौडेललाई त्रिभुवन विमानस्थल अध्यागमन सरुवा गरिएको छ।
सिडिओ सरुवा भएका जिल्लाहरुमा मंसिर १० मा निर्वाचन हुँदैछ। ।
सोलुखुम्बुमा नयाँ सिडिओ सुनिल खनाल, नुवाकोटमा वीरेन्द्र यादब तथा रसुवामा चोमेन्द्र न्यौपानेलाई पठाउने तयारी गरिएको गृह स्रोतले नागरिकन्युजलाई बतायो।
निर्वाचन सुरक्षाको विषयलाई लिएर सोमबार प्रधानमन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले सोमबार सुरक्षा समिति बैठक बोलाएका थिए। सो बैठकमा सहभागी गृहका उच्च अधिकारीले प्रशासनकै कारण केही जिल्लामा निर्वाचन गराउन कठिनाई रहेको ब्रिफिङ गरेका थिए।
स्रोतका अनुसार गृह अधिकारीको ब्रिफिङ सुनेका प्रधानमन्त्री एवं गृहमन्त्री देउवाले तत्कालै निर्वाचन आयोगसँग अनुमति लिएर ती जिल्लाहरुमा सिडिओ सरुवा प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। त्यसैअनुसार मंगलबार तीन जिल्लाका सिडिओ सरुवा गरिएका हुन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2hFv2fY via IFTTT
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zTndhr via IFTTT
काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । निर्वाचन आयोगले आईतबार अपरान्ह आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन समानुपातिकफर्तका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो । जस अनुसार ५ हजार ८ सय ३८ जनाको उम्मेदवारी कायम गरिएको छ ।
निर्वाचन कानुन अनुसार छानवीन भई २ सय ५६ जनाको उम्मेदवारहरु अयोग्य ठहरिन आएको निर्वाचन आयोगका सचिव बेजेन्द्रराज शर्मा पौडेलले जानकारी दिए । निर्वाचन आयोगले ३ जना उम्मेदवारीले भने आफंैले उम्मेदवारी फिर्ता लिएको पनि स्पष्ट पारेको छ । गत कार्तिक १७ गते दलहरुले बुझाएको संशोधन सहितको बन्द सूचिमा ६ हजार ९४ जनाको उम्मेदवारी परेको थियो ।
निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ २ हजार २ सय ७३ र प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ५ सय ६५ जनाको उम्मेदवारी कायम रहेको पनि जनाएको छ । समानुपातिकतर्फको कोटा प्राप्त गर्न राजनीतिक दलहरुले प्रतिनिधिसभातर्फ कम्तीमा ३ प्रतिशत र प्रदेशसभामा कम्तीमा १ दशमलव ५ प्रतिशत मत अनिवार्य रुपमा पाउनुपर्ने कानुनी व्यवस्था छ ।
निर्वाचन आयोगले मंसीरको अन्त्यसम्ममा समानुपातिकतर्फको निर्वाचनको मत परिणाम पनि सार्वजनिक गर्ने योजना बनाएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2iyeOWV via IFTTT
रसुवा। रसुवाको पार्वतीकुण्ड गाउँपालिका–२ ग्रेमा रोकेर राखिएको तीन ओटा मोटरसाइकलमा अज्ञात समुहले आगजनी गरेका छन्। वाम गठबन्धनले चुनावी प्रचारप्रसारमा प्रयोग गरेका तीन ओटा मोटरसाइकलमा आइतबार साँझ सवा ६ बजे आगजनी भएको हो।
गठबन्धनले ग्रेमा सवारी साधन रोकेर नेसिङमा चुनावी अभियानमा लागेको समयमा घटना भएको प्रहरीले जनाएकोे छ। नेसिङमा चुनावी अभियान सकेर फर्किदै गर्दा घटना भएपछि गठबन्धनका कार्यकर्ताले प्रहरीलाई खबर गरेका थिए।
लोकतान्त्रिक गठबन्धनको पकड क्षेत्र भएकाले लोकतान्त्रिकका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरीले आसङ्का गरेको छ। घटनापछि गाउँले घर छाडेर हिँडेका जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
घटनामा संलग्न भएका ब्यक्ति फरार भएको र फरार भएकाहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी निरिक्षक धुब्र सिलवालले बताए। घटना बारे अनुसन्धान भैरहेको रसुवा प्रहरीले जनाएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ixTVuF via IFTTT
पोखरा। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले वाम प्रगतिशील गठबन्धनका उम्मेदवार रबिन्द्र अधिकारीलाई मत माग्दै घर दैलो कार्यक्रममा सहभागी हुनु भयको छ । कास्की क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभामा उम्मेदवारी दिनुभयका नेकपा एमालेका युवा नेता अधिकारीलाइ बिजयी गराउन मतदाता संग आग्रह गर्दै नेता ढकालले रबिन्द्र अधिकारी जस्तो विकास प्रेमी, सक्षम, पारदर्शी र मिलनसार नेता संसदमा पुग्नु राष्ट्रकै जित हुने उल्लेख गर्नु भयो । कलेज अध्ययन गर्दाका समकक्षी युवा नेताहरु अधिकारि र ढकालले एक आर्काको प्रसंशा गर्दै बिजयको अग्रिम शुभकामना दियका थिय । अध्यक्ष ढकालले नेपाल परिवार दल कास्कीका दुइ हजार साधारण सदस्यहरु वाम गठबन्धनका सबै उम्मेदवारहरुलाई बिजयी गराउन लागिपर्ने बताउनु भयो । उम्मेदवार अधिकारीले शान्ति बाहकको परिचय बनायका पूर्व मन्त्रि ढकाल आफ्नो निर्बाचन क्षेत्रमा आयर एक्यबद्धता जाहेर गर्दा आम मतदाता थप उत्साहित हुनु भयको बताउनु भयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zUTuSI via IFTTT
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्याइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिए ।
पुष्पकमल दाहाल लगायत काठमाडौं आइपुगेपछि केही समयपछि घोषणा गर्ने ती चिकित्सकले बताए । चुनावी अभियानमा झापामा रहेका पुष्पकमल दाहाल, प्रकाशकी दिदी रेणु दाहाल काठमाडौं आउँदै छन् । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले दुखद घटना भएको भन्दै डाक्टरको सूचना पर्खीरहेको बताइन् ।
अचानक हृदयघात भएपछि बिहान पाँच बजे अस्पताल पुर्याएका दाहाललाई डाक्टरले बचाउन नसक्ने प्रतिक्रिया दिएका थिए । सधैं प्रचण्डसँगै जाने गरेका उनी झापा नगई मलाई सन्चो छैन भनेर चितवनबाट काठमाडौं आएका थिए । उनी काठमाडौंमा आमासँग बसेका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ATAmnh via IFTTT
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको दुईमहिनाभित्र वामपन्थीको बहुमतको सरकार बन्दैछ भन्ने हेक्का राखेर काम गर्न प्रहरीलाई चेतावनी दिएका छन् ।
शनिबार साँझ झापाको दमकमा आयोजित आफ्नै निर्वाचन क्षेत्रको चुनावी सभालाई सम्वोधन गर्दै एमाले अध्यक्ष ओलीले भने( ‘प्रहरीलाई हेक्का रहोस्, दुई महिनापछि यो देशमा वामपन्थी सरकार बन्दैछ । त्यही अनुसारको व्यवहार गर्नुहोला ।’
चुनावका बेला शान्ति सुरक्षामा आँच नपुर्याउन र कसैको इशारामा गुण्डागर्दी नगर्न ओलीले चेतावनीसमेत दिए ।
ओलीले अगाडि भने( ‘कुनै सिखण्डीलाई अगाडि सारेर, आफू पछाडि बसेर पान चपाउँदै अर्जुन बन्ने कसैले ठानेका छन् भने कुर्सीबाट उठाएर फाल्ने बामपन्थी सरकार बन्दैछ ।’
आगामी सरकार आफ्नो नेतृत्वमा बन्ने अपेक्षाबाट उत्साहित बनेका ओलीले मञ्चमा प्रचण्डतिर हातको इशाराले देखाउँदै भने भने( ‘हामी अरिंगाल चपाएर आएका मान्छे जिउँदै छौं, अछ्युँ खाएँ, बछ्युँ खाएँ, झुँसे बारुलो १’
एमाले अध्यक्ष ओलीले केन्द्रमा अत्यधिक बहुमतको वामपन्थी सरकार बन्ने र प्रदेश नम्बर १ प्रदेशमा पनि वामपन्थीकै सरकार बन्ने दाबी गरे ।
झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तरगत आफ्नै चुनावी प्रचार अभियानमा काठमाडौंबाट माओवादी अध्यक्ष प्रचण्ड र बद्री पंगेनी लगायतका कलाकारलाई समेत दिएर शनिबार ओली दमक पुगेका थिए ।
कार्यक्रममा उनले प्रंचण्डलाई मेरा ‘आदरणीय व्यक्तित्व’ भनेर सम्वोधन गरे । झापा आउनुभएकोमा प्रचण्डलाई स्वागत छ भन्दै ओलीले ५ गते चितवनमा प्रचण्डको सभामा सम्वोधन गर्न आफू जान लागेको बताए ।
कम्युनिष्टहरुको एकतामा अब कुनै शंका नगर्न ओलीले आग्रह गरे । उनले भने( ‘अब कम्युनिष्ट एकता भयो, भयो । अत्यधिक बहुमतसहितको वामपन्थी सरकार बन्यो बन्यो । देश भ्रष्टाचारमुक्त भयो भयो ।’
एमाले अध्यक्ष ओलीले देउवा नेतृत्वको सरकारलाई कडा आलोचना गर्दै ‘नालायक’ को संज्ञा दिए । उनले भने( ‘यो नालायक कांग्रेस सरकार हो, ज्ञानेन्द्रले समेत असक्षम नालालक भनेर हटाएको हो ।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2yXFw1l via IFTTT
काठमाडौं। निर्वाचन नजिकिदै जाँदा सरकारले प्रदेश प्रमुखको नियुक्तको प्रक्रिया अघि बढाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालका अनुसार चाँडै नै सातवटै प्रदेशका प्रमुख नियुक्तका लागि मन्त्रिपरिषद्ले टुंगो लगाउने छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखको नियुक्त गर्ने कानूनी व्यवस्था रहेको छ।
प्रदेशसभामा निर्वाचित भएकालाई सपथ खुवाउने मुख्यमन्त्री नियुक्त गर्ने जस्ता कार्य प्रदेश प्रमुखले गर्ने व्यवस्था भएपछि सरकार निर्वाचन अघि नै राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने तयारीमा रहेको छ।
नेपालको संविधानको धारा १६३ मा प्रदेश प्रमुख सम्बन्धी व्यवस्था रहेको छ। प्रदेश प्रमुख राजनीतिक नियुक्त गर्ने व्यवस्था छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zRfa4f via IFTTT
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका युवा नेता तथा क्षेत्र नम्बर १(ख) बाट प्रदेशसभा उम्मेद्वार रमेश कुमार महतले जति नै सांघातिक हमला गरेपनि जनमतमा हमला कसैले गर्न नसक्ने बताएका छन ।
शुक्रबार निर्वाचन प्रचारप्रसारको क्रममा नुवाकोटको ककनी गाँउपालिकामा उनी सवार गाडी लक्षित गर्दै बम प्रहार भएपछि यस्तो प्रतिक्रिया दिएका हुन । शान्तिपूर्ण रुपमा निर्वाचनको प्रचारप्रसार गर्ने अधिकारमाथी हमलागर्दै संघातिक आक्रमण गर्नु जंगली प्रवृतीको उपज भएको नेता महतको प्रतिक्रिया छ ।
महतले भने घटना भएको यतिका समयसम्म कसैले जिम्म नलिनुले बाम गठबन्धनप्रति शंका गर्ने आधार देखा परेको बताएका छन । ०७० सालको चुनाब प्रचारप्रसारको क्रममा गाँउखर्कमा भएको आक्रमण प्रयासको स्मरणगर्दै नेता महतले भने “हिजो आक्रमण गर्न खोज्नेहरु आजपनि लुकिछिपी लागेनन् त कसरी भन्नु” । उनले घटनाको सत्यतथ्य बाहिर ल्याउदै दोषीलाई कारबाहीको दायरामा सरकार सँग माग गरे ।
ककनी गाउपालिका वडा नं. ५ को सिकारीचौरमा वा १६ च ६६५ नम्बरको गाडि माथि गराईएको एम्बुस विस्फोटमा परि ५ जना घाइते भएका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zQBV6a via IFTTT
काठमाडौँ । नेपाली काँग्रेसका नेता डाक्टर रामशरण महतको गाडी एम्बुसमा परेको छ । नुवाकोट दुई नम्बर क्षेत्रका उम्मेद्वार महत चढेको गाडीमा आक्रमण हुँदा उहाँ सकुसल रहे पनि उहाँका तीन कार्यकर्ता घाईते भएका छन् । मत माग्न जाने क्रममा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर सातमा महतमाथि आक्रमण भएको हो ।
ककनी–५, काउलेथामा बम विष्फोट भएको हो । ककनी गाउँपालिकाबाट चतुरालेतर्फ जाँदै गर्दा भएको विष्फोटको छर्रा लाग्दा महतका प्रचार टोलीका सदस्य उपेन्द्र मिश्र सख्त घाइते भएका छन् भने अन्य ४ जना सामान्य घाइते भएका छन । बा १६ च ६६५ नम्बरको गाडी एम्बुसमा परेको बताइएको छ । घाईतेहरुलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइदैछ । घटना बारे थप जानकारी आउन बाँकी रहेको छ ।
महत नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2hDJjNK via IFTTT
चितवन । चितवन क्षेत्र नं ३ वाम गठवन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसको समर्थनमा राप्रपा ( प्रजातान्त्रिक) का नेता विक्रम पाण्डेको उम्मेदवारीले चर्चामा छ ।
यो क्षेत्रबाट कांग्रेसको सर्मथनमा मा होमिएका छन् । पाण्डे र दाहालको उम्मेदवारीलाई राष्ट्रियरुपमा नै सबैभन्दा बढी चासोका साथ हेरिएको छ ।
पाण्डेले साविक चितवनको निर्वाचन क्षेत्र नं ५ बाट विजयी भएका थिए । साविक क्षेत्र नं ४ र ५ अहिले क्षेत्र नं ३ मा परेका छन् । क्षेत्र नं ४ कांग्रेसले जितेको थियो ।
पाण्डेलाई कमल थापाको राप्रपाले पनि सर्मथन गरेको छ । माडी नगरपालिका र भरतपुर महानगरको जगतपुर, मेघौली, शुक्रनगर लगायतका क्षेत्रमा पाण्डेको प्रभाव रहेको बताइन्छ । क्षेत्र नं ३ मा नै पर्ने वडा नं ६,१४,१५,१७,१८,१९,२० मा कांग्रेसको प्रभाव छ । माओवादीको प्रभाव माडी र महानगरको वडा नं १३, २५, २२ मा छ ।
भरतपुर महानगरका १९ वटा वडामा माओवादीको मत १३ हजार ६ सय ३६ छ । यसमा माडी नगरपालिकाको माओवादीले प्राप्त गरेको मत ३ हजार ८ सय ७२ थप्दा १७ हजार ५ सय ८ हुन आउँछ । महानगरको १९ वडामा एमालेको मत २१ हजार १ सय ३० र माडी नगरपालिकाको मत ३ हजार ८ सय २६ थप्दा २४ हजार ९ सय ५६ हुन्छ । यो दुवै मतलाई जोड्दा वामगठवन्धनको मत ४२ हजार ४ सय ६४ हुन्छ ।
यता, भरतपुर महानगरका १९ वटा वडाको कांग्रेसको मत २३ हजार २ सय ३७ छ । माडी नगरपालिकामा कांग्रेसले ल्याएको मत ३ हजार ८ सय २९ हो । कांग्रेसको कुल मत २७ हजार ६६ हुन्छ । यसमा राप्रपाको मत ८ हजार ३ सय ४१ जोड्दा ३५ हजार ३ सय ७ हुन्छ ।
यहाँ लोकतान्त्रिक गठवन्धन भन्दा वाम गठवन्धन ७ हजार बढी मतले अगाडि छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिएको क्षेत्र नं ३ चितवनमा १४ जनाले उम्मेदवारी दिएका छन् । १४ मा ६ जना स्वतन्त्र उम्मेदवार हुन् । स्वतन्त्र अधिकांश ठूला दलका उम्मेदवारका डमी उम्मेदवार हुन् । विवेकशील पार्टीका शरद पाठक, नेकपा मालेका डम्बर श्रेष्ठ र वैध माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चाबाट टंकनाथ रेग्मीले पनि उम्मेदवारी दिएका छन् । क्षेत्र नं ३ को प्रदेश क्षेत्र ९क० मा ७ जनाको उम्मेदवारी परेको छ ।
यो क्षेत्रमा वाम गठवन्धनका तर्फबाट एमाले नेता कृष्ण भूर्तेल र लोकतान्त्रिक गठवन्धनबाट कांग्रेसका दिनेश कोइराला उम्मेदवार छन् । प्रदेश क्षेत्र ९ख० मा ७ जनाको नै उम्मेदवारी परेको छ । यो प्रदेश क्षेत्रमा वाम गठवन्धनबाट माओवादी केन्द्रका रामलाल महतो र लोकतान्त्रिक गठवन्धनका साजन महतो उम्मेदवार छन् ।
चितवन क्षेत्र नं ३ मा एक लाख २५ हजार ८१८ मतदाता छन् । प्रदेश क्षेत्र ९क० मा ६८ हजार ३ सय ६२ र प्रदेश क्षेत्र ९ख० मा ५७ हजार ४ सय ६१ मतदाता छन् । प्रदेश क्षेत्र ९९क० मा २९ र ९ख० मा ३३ गरि क्षेत्र नं ३ मा ६२ वटा मतदानस्थल र १४९ वटा मतदान केन्द्र रहनेछन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2A4Mgi2 via IFTTT
काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले १० वर्षअघि ललितपुरको एकान्तकुनानजिकै बागडोलमा ४० लाख रुपैयाँमा घर किनेका हुन् ।
चार आना जग्गामा बनेको साढे दुईतले घरको मूल्य हाल करिब दुई करोड पर्ने स्थानीय बताउँछन् । घर सुनसान छ । हेर्नलाई सरकारले नेपाल प्रहरीका जवानहरू खटाएको छ। तर, हेरचाह गर्ने प्रहरीलाई पनि घरभित्र प्रवेश निषेध छ ।
जवानहरूलाई राख्न सरकारले छिमेकीको घरमा मासिक ६ हजार रुपैयाँ तिरेर कोठा भाडामा लिएको छ। सोही कोठाबाट प्रहरीका हवल्दार र जवानले पूर्वराष्ट्रपतिको घरमा नजर राख्छन्। पूर्वराष्ट्रपतिकी छोरी अनिता कहिलेकाहीँ सो घरमा पुग्छिन्, तर बसाइ भने छेउकै सरकारी आवासमै छ ।
पूर्वराष्ट्रपति डा। यादव १२ कात्तिक ०७२ देखि ललितपुर महानगरपालिका–१० बागडोलमा सरकारले उपलब्ध गराएको भाडाको घरमा बस्दै आएका छन् । उनका लागि सरकारले त्यही टोलमा मासिक ५० हजार तिर्ने गरी एउटा घर खोजेको थियो । तर, डा। यादवले आपत्ति जनाएपछि मासिक एक लाख ३० हजार तिर्ने गरी अहिलेको घर व्यवस्था गरिएको हो । घरभाडा कसले तिर्ने भन्ने विषयमा घरबेटी र सरकारबीच भएको विवादको चेपुवामा पूर्वराष्ट्रपति यादव पर्दै आएका छन्। तीन महिनादेखि भाडा नबुझाएको र बत्ती र पानीको समेत महसुल नतिरेको भन्दै घरधनी रविभक्त विष्टले घर खाली गर्न सार्वजनिक सूचना जारी गरेका छन्। तर, यता पूर्वपदाधिकारीहरूलाई कस्तो सुविधा दिने भन्ने कानुन नै छैन।
सर्वोच्चको ‘लोकप्रिय’ आदेशले रोकिएको हो सुविधा
पूर्वप्रधानमन्त्रीलगायतका भिआइपीहरूले गाडीलगायतका सुविधा अनियमित रूपमा लिएको भन्दै मुद्दा परेपछि सर्वोच्चले त्यस्तो सुविधा तत्काल रोक्न र आवश्यक परे कानुन बनाउन आदेश दिएको थियो । सो आदेशलगत्तै सबै पूर्वप्रधानमन्त्रीले गाडी फिर्ता गरेका थिए। तर, सुविधालाई व्यवस्थित गर्ने भन्दै डा। बाबुराम भट्टराई नेतृत्वको सरकारको सिफारिसमा ३ साउन ०६९ मा पूर्वराष्ट्रपति डा। रामरण यादवले अध्यादेश जारी गरेका थिए । पूर्वपदाधिकारीहरूलाई जीवनभर घर, घर नबनेसम्म मासिक ५० हजार भाडा, गाडी, इन्धन खर्च, मसलन्द, शाखा अधिकृत र कार्यालय सहयोगीसहितको सचिवालय दिने व्यवस्था थियो। भिआइपीहरूलाई आजीवन सेवा–सुविधा दिने सो अध्यादेशको चौतर्फी विरोध भइरहेकै वेला ११ साउनमा अधिवक्ता भरत जंगमले राष्ट्रपति डा। यादव र प्रधानमन्त्री भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरे । सेवा–सुविधा दिने अध्यादेश कार्यान्वयन नगर्न न्यायाधीश ताहिर अली अन्सारीको इजलासले आदेश दिएको थियो ।
त्यसपछि समेत सरकारले पूर्वपदाधिकारीलाई सेवा–सुविधा दिने निर्णय गरेपछि सो निर्णयविरुद्ध फेरि सर्वोच्चमा मुद्दा परेको थियो । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले ‘कानुन बनाएर मात्र सेवा–सुविधासम्बन्धी निर्णय लिन’ सरकारलाई ‘लोकप्रिय’ आदेश दिएको थियो । तर, संसद्मा सबैको सहमति बन्न नसकेकाले कानुन बनेको छैन । त्यसैले पूर्वराष्ट्रपति डा। यादवसमेत त्यसैको चेपुवामा परेका हुन् ।
सुशील कोइराला नेतृत्वको सरकारका गृहमन्त्री वामदेव गौतमले ०७१ मा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा लगेका थिए । तर, संसद्ले अस्वीकार गरेपछि सरकारले फिर्ता लियो । प्रचण्ड नेतृत्वको सरकारका गृहमन्त्री विमलेन्द्र निधिले पनि ०७३ मा पूर्वपदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा ल्याएका थिए । यो विषयमा संसद्को सुशासन तथा अनुगमन समितिमा छलफल भयो र सांसद जनकराज जोशीको संयोजकत्वमा गठित उपसमितिले सेवानिवृत्त भएका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा सभामुख गरी पाँच पूर्वपदाधिकारीलाई सेवा–सुविधा दिने गरी फराकिलो विधेयक बनाउन सरकारलाई निर्देशन दियो । सरकारले तयार पारेको विधेयक तत्कालीन गृहमन्त्री जनार्दन शर्मामार्पmत संसद्को राज्य व्यवस्था समितिमा पुगेपछि पूर्वसांसदलाई पनि पूर्वपदाधिकारी मानेर सेवा–सुविधा दिनुपर्ने आवाज सांसदहरूले जोडदार रूपमा उठाएपछि प्रक्रिया अघि बढ्न सकेन ।
पूर्वराष्ट्रपति र सरकारबीच पत्र आदानप्रदान जारी
संसद्मा विचाराधीन विधेयकमा पूर्वराष्ट्रपतिको आवासका लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने प्रस्ताव छ। तत्कालीन व्यवस्थाका लागि सरकारले पूर्वराष्ट्रपतिलाई दुईवटा विकल्प दिएको थियो । गत २० माघमा मन्त्रिपरिषद्ले पूर्वराष्ट्रपतिको काठमाडौंमा घर भए घर मर्मतबापत मासिक एक लाख रुपैयाँ र घर नभए मासिक दुई लाख रुपैयाँ दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार घर भए वा नभएको जानकारी दिन पूर्वराष्ट्रपतिको निजी सचिवालयलाई पत्राचार गरिएको राष्ट्रपति कार्यालयका सहप्रवक्ता कृष्णमुरारी न्यौपानेले बताए । तर, पूर्वराष्ट्रपतिको सचिवालयले काठमाडौंमा डा। यादवको घर भए वा नभएको स्पष्ट नखुलाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यादवले सरकारले आफूलाई नयाँ घर किनिदिनुपर्ने आशयसहितको पत्र पठाएकोले सो पत्र सोमबार मुख्यसचिव लोकदर्शन रेग्मीसमक्ष पुगेको छ । ‘घरभाडा तिर्नेभन्दा पनि आफ्नै लागि सरकारले घर किनिदिनुपर्ने पूर्वराष्ट्रपति राय यादवको देखियो। सोही व्यहोराको पत्र हामीले मुख्यसचिवकहाँ पठाएका छौँ । अब क्याबिनेटले केही निर्णय गर्ला,’ राष्ट्रपति कार्यालयका सहसचिव हरिप्रसाद दुवाडीले भने। उता, घर भए मासिक एक लाख र घर नभए दुई लाख रकम दिने सरकारको निर्णयमा पूर्वराष्ट्रपति यादव असन्तुष्ट देखिएका छन् । मर्यादाक्रमअनुसार पूर्वराष्ट्रपतिले सरकारबाट रकम लिएर घरधनीलाई दिन नमिल्ने भएकाले आफैँले मिलाउनुपर्ने पूर्वराष्ट्रपति डा। यादवका स्वकीय सचिव किरण पन्थीले बताए । ‘सार्क राष्ट्रमा पूर्वराष्ट्रपतिलाई दिइँदै आएको सेवा–सुविधा तथा मुलुकको अवस्थालाई मध्यनजर गर्दै आवासको प्रबन्ध गरिदिने व्यहोराको पत्र हामीले राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएका छौँ । पूर्वराष्ट्रपतिले सरकारबाट रकम लिएर घरधनीलाई दिनु मर्यादाले नसुहाउने कुरा हो,’ उनले भने ।
नयाँ पत्रिकाबाट
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zK7wc4 via IFTTT
रुकुम । माओवादी केन्द्रका नेता रुकुमबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रभाकरलाई सहिद परिवारले चप्पलले हानेका छन् ।
चुनावी प्रचारको क्रममा बुधबार बाफिकोटमा आयोजित चुनावी सभामै सहिद परिवार निर्मला खड्काले नेता प्रभाकरमाथि आफ्नो खुट्टाको चप्पल निकालेर हिर्काएकी हुन् ।
विना विभागीय मन्त्रि समेत रहेका प्रभाकरले सहिदको सपनामाथि खेलवाड गरेको भन्दै खड्काले विहीबार दिउँसो ४ बजे बाफिकोट गाउँपालिकाको नेटामा आफ्नै खुट्टाको चप्पल निकालेर हानेको बताइएको छ ।
जनयुद्धमा सुराकी गर्ने एमालेसँग एकता गरेर सहिदको सपनामाथि खेलवाड गरेको भन्दै खड्काले चप्पल हानेपछि वाइसिएल कार्यकर्ताहरले निर्घात कुटपिट गरेका छन् । अहिले खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zPqBrh via IFTTT
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2A3uNpY via IFTTT
काठमाडौं । १० लाख घुस काण्डमा पक्राउ परेका कर्मचारीको बयानका आधारमा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन्। यसअघि विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायब सुब्बा खड्गबहादुर केसीलाई दश लाख घुससहित अख्तियारको टोलीले पक्राउ गरेको थियो।
उनीहरुको बयानका आधारमा महानिर्देशक पाण्डेको पनि त्यसमा मिलेमतो देखिएपछि पक्राउ गरिएको अख्तियार श्रोतले जानकारी दियो।
मंगलबार राति ८ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डबाट पौडल र केसी समातिएका थिए। वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। पाण्डे आगामी मंसिर ६ गते अवकाश लिने तयारीमा थिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2z5tLtG via IFTTT
पालुङटार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, परिवार दलका अध्यक्ष एकनाथ ढकाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधवार गोरखामा एउटै मञ्चबाट भोट मागेका छन्। पहिलो पटक एउटै मञ्चमा चुनावी कार्यक्रममा सहभागी भएका उनीहरुले बाम गठबन्धनका उमेदवारलाई जिताउन गोरखाबाट संयुक्त चुनावी सभा गरेको बताए।
कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले चुनाव लगत्तै पार्टी एकता हुने भएकाले कुनै द्वधिा नराख्न कार्यकर्तालाई अुनरोध समेत गरे। एमालेले गोरखामा प्रदेश १ को ख मा मात्रै उमेद्वार उठाएको प्रशंग जोड्दै उनले भने ‘कुन पार्टीको उमेद्वार भयो भनेर हेर्ने होइन, चुनाबपछि त हामी एकै पार्टी हौँ।’ उनले कार्यकर्तालाई भोट हाल्न उत्साहित गर्दै गोरखा २ को पालुङटारमा आयोजित चुनावी सभामा बोल्दै भने। स्थिरता र स्थायीत्वका लागि बाम गठबन्धन भएको प्रष्ट्याउँदै वलीले देश धेरै पछाडी परेकाले बामपन्थी एकताले बिकास तर्फ उन्मुख गराउने तर्क गरे।
गठबन्धनको चर्चा गर्दै सोही मञ्चबाट दाहालले गठबन्धनपछि देशमा उत्साहको लहर आएको तर्क गरे। आफुले गोरखाबाट जनयुद्ध सुरु गरेको स्मरण गर्दै उनले भने ‘जनयुद्धमा पनि गोरखाको लगानी छ, गत निर्वाचनहरुमा पनि गोरखाले इतिहास कायम राख्यो अब पनि इतिहास राख्नेछ।’ नेपाली कांग्रेसलाई दक्षिणपन्थीको संज्ञा दिँदै उनले बाम गठबन्धनको एकतापछि काग्रेसका नेताहरुको निद खलबलिएको बताए।
उनले भने ‘उहाँ सँग बैचारिक निष्ठा र न्यूनतम नैतिकता पनि छैन, गोरखाबाट जितेर जाने, पार्टी छाडेर नयाँ खोल्दै हिँड्ने अहिले भोट माग्ने आधार केरु उनले प्रतिप्रश्न गरे।
बाम गठबन्धन गोरखाले आयोजना गरेको चुनावी सभामा सहभागी हुन फरक फरक हेलिकप्टर चढेर आएका दुई नेतालाई बुधवार दिनभर कार्यक्रममा भाषण गर्न भ्याई नभ्याई भयो । गोरखा २ को भच्चेक, पालुङटार र १ को दर्बुङ, आरुघाटमा आयोजित चुनावी सभामा सहभागी भएर उनीहरु फर्केका हुन् ।
बाबुरामको आलोचनामा धेरै समय
चुनावी सभामा संवोधन गर्दै एमाले अध्यक्ष वलीले बाबुराम भट्टराईलाई पार्टी नभई ब्यक्ति मात्रै भएकाले जितेर पनि केही गर्न नसक्ने आरोप लगाए। उनले भने ‘बिचरा बबुरा, एक जना अध्यक्ष र दुई चार जना कालाकार मात्रै छन्, कांग्रेसले पार्टी एकता गर्नुपर्छ, एक जनासँग के गरेको रु बाबुराम निकै कमजोर रहेको भन्दै उनले उखान हाल्दै भने ‘कर्कलोलाई बन्चरो लगाउनु पर्दैन ।’
माओवादी अध्यक्ष दहालले भट्टराई पुजिँबादको शरणमा परेको आरोप लगाए। उनले भने ‘उहाँ सँग बैचारिक निष्ठा र न्यूनतम नैतिकता पनि छैन, गोरखाबाट जितेर जाने, पार्टी छाडेर नयाँ खोल्दै हिँड्ने अहिले भोट माग्ने आधार केरु उनले प्रतिप्रश्न गरे। दुवै नेताले बाबुरामको पकड भएको ठाउँ पालुङटारमा आयोजित चुनावी सभामा उनको आलोचनमा धेरै समय खर्चिएका थिए । उनको मत तान्न र आफ्ना मतदातालाई ढुक्क पार्न, उमेद्वार नारायणकाजी श्रेष्ठको मन जित्ने शैलीमा दुवै नेताले बाबुरामको आलोचना गरेका थिए । कांग्रेसले बिपीको बिचारले अहिलेसम्म राजनीति गरिरहेको भन्दै पुराना बिचार र ऐजेण्डा त्यतीबेला मात्रै रहेको र अब काम नलाग्ने एमाले अध्यक्ष ओलीले ठोकुवा गरे।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले गोरखा २ मा आफ्ना पार्टीका उमेदवार नारायणकाजी श्रेष्ठलाई भोट हाल्न कांग्रेस सँग पनि आग्रह गरेका छन्। बुधवार पालुङटारमा आयोजित चुनावी सभामा उनले आफुलाई चितवनमा सघाउन पनि कांग्रेसका मतदाता र कार्यकर्ता सँग अनुरोध गरे। सभामा उनले भने ‘कहिले हलो बोकेर हिँड्ने कतै के बोकेर हिँड्ने, चितवन ३ मा र गोरखा २ हसियाँ हथौडामा भोट हाल्नुहोस, नभए रुख लिएर आउनुहोस्।’ दाहाल भावुुक भएर कांग्रेसका स्वर्गिय नेता गिरिजा प्रसाद कोइरालालाई स्मरण गर्दै भने ‘अस्पताको शैयाबाट पनि कोइरालाले शान्ति प्रक्रिया टुङ्ग्याउने जिम्मा तपाइँको भन्नुभएको थियो, त्यो कुरा काँग्रेसका नेताहरुलाई पनि थाहा छ ।’ उनले कांग्रेसका कार्यकर्तालाई उल्टो बुद्धि तिर नलाग्न भन्दै सुझाब दिए ।
सभामा ओलीले कांग्रेस कार्यकर्तालाई देशमा स्थायीत्व चाहिने, बिकासको गती र पाँच वर्षे स्थिर सरकारका लागि बामपन्थी उमेद्धवारलाई भोट हाल्न अनुरोध समेत गरे । कांग्रेसको समर्थनमा गोरखा २ बाट लोकतान्त्रीक गठबन्धनबाट भट्टराई उमेदवार भएकाले नेताहरुले कांग्रेसका मतदातालाई पनि आफ्ना उमेदवारलाई भोट हाल्न भनेका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2iZPkBc via IFTTT
काठमाडौँ । संघीय संरचनाअनुसार प्रदेशसभाको निर्वाचन नजिकिएसँगै आफ्नो क्षेत्रका प्रदेश राजधानी कहाँ तोकिएला भन्ने चासो मतदातामा बढेको छ । राजनीतिक दलका स्थानीय नेताहरु आफ्नो राजनीतिक क्षेत्र र पायकका सहरलाई राजधानी बनाउने लबिइङ गरिरहेका छन् भने कतिपय उम्मेदवारले त यसलाई चुनावी मुद्दामै राखेर मत मागिरहेका छन् । मंसिर २१ पछि प्रदेशका राजधानीको राजनीतिले निर्णायक मोड लिने भएकाले यसप्रति चासो र चर्चा व्यापक बन्दै गएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2yIUXKv via IFTTT
मकवानपुर । राप्रपा अध्यक्ष एबं उपप्रधानमन्त्री कमल थापा आफ्नो चुनावी क्षेत्र मकवानपुर १ को गाउँ पुगेका छन् ।
नेपाली काङ्ग्रेस र राप्रपाका नेता कार्यकर्ता सहित गाउँ पुगेका थापाले आज बकैया गाउँ पालिकाको विभिन्न ५ स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन् । बकैया गाउँ पालिकाको भिरकोट, जुरेली, श्रीपुर, जुईना र माटोकुरिमा आज आयोजित चुनावी सभालाई थापाले सम्बोधन गरे ।
सभालाई भावुक सम्बोधन गर्दै उनले भने(“ मकवानपुरे जनताको सुखदुःखमा सङ्गै जोडिन चाहन्छु,राजनितिक जिबनको उत्तरार्धमा छु,मकवानपुरे जनताको सहयोग र बिश्वासको अपेक्षा गरेको छु“।
बिहानै हेटौंडा ६ को आफ्नो निवासबाट निस्केका थापाले आफ्ना कार्यकर्ता र नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता सङ्गै गाउमै खाना खायका छन् । मकवानपुरको बिकास र मकवानपुरे जनताको खुशी नै आफ्नो मुख्य लक्ष्य भएको भन्दै थापाले सबै मिलेर जिल्लाको बिकास गर्नुपर्नेमा जोड दिए ।
मुलुक जोगाउन र बनाउन लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने उनको दाबी थियो । थापाले पुराना बुढापाका मान्छेहरुसङ्ग भेट्दा स्वास्थ अबस्था बारे सोधे भने युबाहरु सङ्ग हात मिलाय, धाप मारे । युबाहरुलाई थापाले भने “भाईहरु कस्सिएर लाग्नुस, भाईहरुको लागि म छु “।
मकवानपुर (१ “क“ प्रदेश उम्मेदवार धर्म लामिछाने, काङ्ग्रेस नेताहरु माईकल रामचन्द्र अर्याल, रिता खनाल लगायतले बोल्दै लोकतान्त्रिक गठबन्धनले मात्र मुलुकलाई निकास दिने ठोकुवा गरे । राप्रपाका नेताहरु गणेश थापा, प्रेम श्रेष्ठ, नबराज बिष्ट, राजाराम बर्तौला थापा सङ्गै चुनावी दौडाहामा छन् । कार्यकर्ताहरुले गाउँमा थापाको घडा र फुलमालाले स्वागत गरेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2AI6sT2 via IFTTT
। तत्कालिन कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल वयानका लागि विशेष अदालत हाजिर भएका छन् ।
लामो समयदेखि फरार रहेका उनीहरू बुधवार अदालतमा उपस्थित भएका हुन् । बयानका लागि न आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुबैलाई ८ असारमा एक साताभित्र उपस्थित हुन सार्वजनिक सूचना नै जारी गरेको थियो ।
उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन छ । मुद्दा दायर भएको लामो समयपछि महत र ढकाल वयानका लागि बुधवार दिउँसो ३ बजे अदालत पुगेका हुन् ।
दुबैलाई न्यायीक हिरासतमा राखिएको छ । अदालतका अनुसार उनीहरूको वयान सुरु हुन्छ । वयानपछि नियमित साक्षी, प्रमाण र मुद्दा सुनुवाईको काम सुरु हुने अदालत स्रोतले बतायो ।
आयोगका सदस्य सचिव एवं राजश्व अनुसन्धान विभागका तत्कालीन प्रमुख चुडामणि शर्मा भने वयानका लागि अझै उपस्थित भएका छैनन् । उनलाई अदालत उपस्थित गराउन गत सातामात्रै अख्तियारले उनको घरमा म्याद टाँसेको छ ।
तर, उनी अझै वयानका लागि आएका छैनन् ।
शर्मालाई अख्तियारले पक्राउ परेपनि सर्वोच्चले साउन अन्तिम साता साधारण तारिखमा छाड्न आदेश दिएको थियो ।
यसैबीच सर्वोच्च अदालतले आयोगकै अर्को निवेदनमाथि सुनुवाई गरी यसअघिका यसअघिका कर फर्छ्यौट आयोगका प्रतिवेदन किन सार्वजनिक नगरेको भन्दै सरकार र अख्तियारको नाममा कारण देखाउ आदेश दिएको छ ।
अधिवक्ता यशोदाकुमारी पाण्डेले कर फछ्यौट आयोगका सबै प्रतिवेदन सार्वजनिक नगरी अख्तियारले २०७१ मा बनेको अन्तिम कर फर्छ्यौट आयोगको प्रतिवेदनलाई मात्रै छानविन गरेर कारवाही प्रक्रिया अघि बढाएको भन्दै रिट दायर गरेकी थिइन् । रिटको सुनुवाई गर्दै सर्वोच्चका न्यायधीश ओमप्रकाश मिश्रको एकल इजलासले सरकार र अख्तियारको नाममा यस्तो आदेश दिएको हो ।
कर फर्छ्यौट आयोगमार्फत अनियमित ढंगले कर मिनाहा दिई राज्यलाई झण्डै २१ अर्ब नोक्सानी पुर्याएको भन्दै गत १९ जेठमा अख्तियारले तत्कालिन आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणी शर्मालाई पक्राउ गरेको थियो । उनीसँगै आयोगका दुई सदस्य महत र ढकाल भने त्यसयता फरार हुँदै आएका थिए ।
अख्तियारले तिनै पदाधिकारीविरुद्ध १० अर्ब रुपैयाँको बिगो मागदावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अनलाइन खबर बाट
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ikke7v via IFTTT
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा सोमबारमात्र २५ जना नेपाल सरकारका कर्मचारीविरुद्ध छानविन अघि बढाएको छ ।
अनुसन्धानको दायरामा आउनेहरुमा नेपाल सरकारका विभिन्न निकायमा कार्यरत सचिव देखि अधिकृतहरु रहेको अख्तियार स्रोतले जनाएको छ । करिब सयभन्दा बढी कर्मचारीविरुद्ध राज्यस्रोतको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा सुष्म अनुसन्धान गरिरहेको आयोगले सोमबारमात्र २५ जनाविरुद्ध औपचारिक रुपमा छानविन सुरु गरेको हो ।
सोमबार आयोगले ति कर्मचारीको बैंक खाता, जग्गा जमिन लगायत सम्पत्ति रोक्का गरिसकेको जनाएको छ । अब केही दिनमै उनीहरुलाई बृस्तित सम्पत्ति विवरण खुल्ने १३ पन्ने फारम भराएर छानविन गर्ने आयोग स्रोतले दावी गरेको छ ।
अख्तियारको उच्च स्रोतका अनुसार अनुसन्धानमा तानिएका कर्मचारीहरुमा चिलिमे जलविद्युत आयोजनाका कार्यकारी प्रमुख दामोदर भत्त श्रेष्ठ, त्रिभुवन अन्तराष्टिय विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्याय, कृषि सामाग्री कम्पनी लिमिटेडका बरिष्ठ अधिकृत अच्युत पौडेल, नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवाल, आन्तरिक राजस्व विभागका शाखा अधिकृतहरु रेमश भट्टराई, शिवचन्द्र पन्त, झमिन्द्र पोखरेल लगायतका रहेका छन् । यसैगरि सडक विभागका सिनियर डिभिजिनल इञ्जिनियरहरु ज्ञानेन्द्रकुमार झा र दण्डपाणी पौडेलविरुद्ध पनि अख्तियारले अकुत सम्पत्ति आर्जनको आरोपका छानविन थालेको छ ।
यसअघि अख्तियारले बहालवाला सचिवहरु अर्जुन कुमार कार्की र गजेन्द्र ठाकूर, नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल र काठमाडौ उपत्यकाका नेपाल प्रहरीका दुइजना डिएसपी विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अनुसन्धान अघि बढाएको थियो ।
सचिव र सहसचिवहरु पनि अनुसन्धानमा तानिदै
अख्तियारले अकुत सम्पत्ति कमाएको आरोपमा पहिलो चरणको अनुसन्धानमा कम्तिमा एक सयभन्दा बढी निजामति कर्मचारीकोसुची तयार गरेको दावी गरेको छ । उनीहरुमध्ये केही सचिव र धेरै सहसचिव तथा उपसचिव तहको कर्मचारी रहेको अख्तियार स्रोतले जनाएको छ । उनीहरु सबैलाई सबैलाई गैरकानुनी रुपमा राज्यस्रोतको दुरुपयोग गरि अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानविन गर्न लागिएको हो ।
अब के हुन्छ ?
अख्तियार उच्च स्रोतका अनुसार, सोमबार पहिलो चरणमा २५ जना कर्मचारीको बैंक खाता, सम्पत्ति सबै रोक्का गरिएको छ । बैंक तथा वित्तिय संस्थाहरु, मालपोत कार्यालयलगायत सम्वन्धित कार्यालयमा पत्र पठाएर उनीहरुको सम्पत्ति रोक्का गरिएको हो ।
यसअघि आयोगले ती कर्मचारीको सम्पत्ति र आम्दानीको सुष्म अनुसन्धान गरेको बताएको छ । अब उनीहरुलाई १३ पन्ने फारम भर्न लगाइनेछ । १३ पन्ने विवरणमा आरोपित व्यक्तिको सम्पूर्ण परिवार, उसको माइती वा ससुराली, साला साली देखि सम्भावित नजिकका सबै आफन्तको नाममा रहेको सम्पत्ति र सम्पत्तिको स्रोतहरु भर्न लगाइनेछ ।
त्यसपछि त्यहि आधारमा आयोगले उसको आर्जन गरेको सम्पत्तिकै बैद्यता अनुुसन्धान गरि थप कारबाही गर्नेछ । नयाँ पत्रिकासँग कुरा गर्दै उक्त स्रोतले भन्यो, एक चरणको अनुसन्धानका आधारमा उनीहरुले अकुत सम्पत्ति आर्जन गरेको पाइएको छ, अब उनीहरुले भर्ने १३ पन्ने वृस्तित सम्पत्ति विवरणको फारमका आधारमा थप अनुसन्धान अगाडि बढाउँनेछौँ ।
अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रवक्ता जीवराज कोइरालाले भने यसबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2mrXR4z via IFTTT
नुवाकोट । नेपाली काँग्रेसले नुवाकोटलाई प्रदेश नं.३ को राजधानी वनाउन माग गरेको छ । चीन र भारतवीचको त्रिदेशीय व्यापार केन्द्रको रुपमा विकसित हुँदै गएको र प्रशस्त औद्योगिक सम्भावना रहेको नुवाकोट प्रदेशको राजधानीका लागि उपयुक्त भएको भन्दै काँग्रेसले दवाव अभियान सुरु गरेको छ ।
यसै सन्दर्भमा काँग्रेसको विदुर नगर समितिले सोमवार साँझ वट्टार क्याम्पस अगाडि दीप प्रज्जवलन ग¥यो ।त्यसक्रममा नुवाकोट काँग्रेस सभापति एवं प्रतिनिधीसभा क्षेत्र नं। २,प्रदेशसभा १ का उमेदवार जगदीश्वरनरसिंह केसीले नुवाकोट प्रदेश राजधानीका लागि सबै दृष्टिले उपयुक्त रहेको भन्दै त्यसका लागि दवाव आवश्यक रहेकोमा जोड दिए । प्रदेशसभाको गठनपछि प्रदेशको राजधानी तय हुने भएकाले प्रदेशसभामा सशक्त प्रतिनिधीत्वका लागि नेपाली काँग्रसका उमेदवारका पक्षमा मतदान गर्न समेत केसीले आव्हान गरे ।
त्यसक्रममा विदुर नगर सभापति नेत्रप्रसाद ढकालले नेपाली काँग्रेसको विजयले मात्र प्रदेशसभामा राजधानी नुवाकोट वनाउन दवाव पुग्ने भएकाले सशक्त नेतृत्वका लागि पनि काँग्रसको विकल्प नरहेको वताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2yBGa44 via IFTTT
नुवाकोट । केन्द्रीय स्तरका हेविवेट नेता चुनावी प्रतिस्पर्धामा उत्रिएको नुवाकोटका दुवै क्षेत्रमा कांग्रेसका उम्मेद्वार सुदृढ स्थितिमा देखिएका छन । बाम गठबन्धनका जिल्लास्तरीय उम्मेद्वारहरुको तुलनामा स्थानीय जनतामाझ पहिलादेखि नै प्रभाव छोडेका र सँधै राजनीतिमा क्रियाशील नेताहरु भएकोले पनि कांग्रेस यहाँ सुविधाजनक अवस्थामा देखिएको हो । कांग्रेसका उम्मेद्वार विगत लामो समयदेखि नै नेपाली राजनीतिका पावरहाउस र प्रभावशाली खेलाडीको रुपमा रहेका छन् । उम्मेद्वारी दर्ताका दिन भेला भएका स्थानीयबासी बाम गठबन्धनको तुलनामा कांग्रेसको पक्षमा देखिएको सहभागिता उल्लेख्य थियो । यसले पनि निर्वाचन परिणामको संकेत देखाउँथ्यो ।
तीनवटा क्षेत्र रहेको नुवाकोटमा यसपटक दुईवटा क्षेत्र कायम भएका छन् । कांग्रेसको प्रभाव बढी रहेको तत्कालिन २ नं र १ नं का अधिकांश ग्रामीण इलाका अहिले क्षेत्र नं १ मा गाभिएका छन । स्थानीय चुनावमा पनि कांग्रेसले अधिकांश ठाउँ जितेको छ । यसपटक क्षेत्र नं १ मा कांग्रेसको तर्फबाट डा रामशरण महत उम्मेद्वार छन् भने बाम गठबन्धनबाट उनीसँगै दुईपटक पराजित जिल्लास्तरीय नेता हितबहादुर तामाङ छन् । डा महतसँगै पराजित भएका तामाङ राजनीतिमा निष्कृय समेत भैसकेका थिए । तर उनको विकल्प नपाएर गठबन्धनले तामाङलाई अघि सारेको बताइन्छ । यस क्षेत्रको प्रदेशसभामा क मा महेन्द्र थिङ र ख मा रमेशकुमार महत छन् । गठबन्धनका तर्फबाट र क मा राधिका तामाङ ख मा ठेकेदारी गरिरहेका बद्री मैनाली रहेका छन् । पार्टीमा निरन्तर खटिरहेका कार्यकर्ताहरु हुँदा हुँदै ठेकेदारलाई उम्मेद्वार बनाएकोमा मैनालीप्रति एमालेका स्थानीय कार्यकर्ताहरु रुष्ट देखिन्छन् । तर केही रुष्टलाई मनाउन मैनालीले आवश्यक प्रवन्ध गरेको स्थानीयमा चर्चा छ ।
क्षेत्र नं २ मा कांग्रेसको तर्फबाट अनुभवी नेता अर्जुननरसिंह केसी र गठबन्धनका तर्फबाट एमालेका जिल्लास्तरीय नेता नारायण खतिवडा प्रतिष्पर्धामा छन् । प्रदेशसभामा कांग्रेसका तर्फबाट जगदीशनरसिंह केसी र बामका तर्फबाट केशव पाण्डे रहेका छन् ।
क्षेत्र नं १ का कांग्रेस उम्मेद्वार डा महतले ककनीका ओखरपौवा, चाउथे, रानीपौवा, शिवपुरीका, लिखु, छाप, तलाखु, समुद्रादेवी, सुनखानी र पञ्चकन्या र यस पालिकाका भदु्रटार, थप्रेक र महाकालीकाका गाउँ घुमेर स्थानीय जनतासँग अन्तरक्रिया गरिरहेका छन् । ‘डा महतको पक्षमा देखिएको समर्थन जनताको स्नेहपूर्ण स्वागत र सम्मान हेर्दा नै लाग्छ, उहाँले चुनाव जितिसक्नुभयो’, भद्रुटारका टंक सिटौला भन्छन् –‘विगत कठिन अवस्थामा समेत डा महतलाई चुनाव जित्न कठिन थिएन । जिल्लाको विकासमा उहाँको योगदान, जनताको बीचमा राजनीति गर्ने उहाँको कार्यशैली र राष्ट्रको प्रमुख जिम्मेवारीमा पुग्न लाग्नुभएको केन्द्रीय व्यक्तित्व भएकोले पनि डा महतलाई चुनाव जित्न सजिलो छ ।’
डा महतसँगै सबै ठाउँमा पुगिरहेका पवन थापा भन्छन्, –‘ककनीका केही गाउँ जान बाँकी छ भने आउँदो हप्ता रालुका, चिलाउनेगाउँ, डाँडाखर्क, बोकेढुंगा, सिमटाङ, शिखरबेसी, सेराङ, घ्याङफेदी, हुङ, गाउँखर्क, राउतबेसी, झगडे, बालकुमारी, समुद्रटार, नर्जा उर्लेनी र सूर्यगढी जाने कार्यक्रम रहेको छ । डा महत जहाँ जानुभएको छ, त्यहाँ पहिलाको भन्दा बढी उत्साह मैले देखिरहेको छु ।’
विकासका केही मुख्य मुख्य कार्यक्रम
निर्वाचनको राजनीतिमा प्रवेश गरेपछि सांसद, मन्त्रीलगायत विभिन्न ओहोदामा रहेर नुवाकोट जिल्लाको विकास र आर्थिक रुपान्तरणका लागि गरेका डा महतले थुप्रै काम गरेका छन् । क्षेत्र नं २ का सभापति रामजी पौडेलको भनाई छ, ‘०४८ अघिसम्म त्रिशुली जलविद्युत जाने एउटा साँघुरो बाटोबाहेक यहाँ केही विकास पुगेको थिएन र डा महत निर्वाचनको राजनीतिमा प्रवेश गरेपछि नै विकास निर्माणले गति लिएको हो ।’
पौडेलका अनुसार, महतले गरेका अनगिन्ती कामहरुका बारेमा यहाँका जनता जानकार नै छन् । जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने छहरे–टोखा सडक, गल्छी–देवीघाट सडक, नुवाकोट हुँदै जाने मध्यपहाडी लोकमार्गको निर्माण, निर्माणाधीन गल्छी–रसुवागढी सडक, गँगटे–गोल्फुभन्ज्याङ्ग, लिखु–कविलासदेखि बेतिनी–गोल्फुभन्ज्याङ्ग आदि सडकहरु छन् । यस अतिरिक्त अन्य दर्जनौं सडकहरु बहुबर्षीय ठेक्का प्रणालीमा शुरुवात गरी सबै गाउँपालिका र वडाहरुमा पक्की सडकहरु निर्माणाधीन छन । लिखु, तादी र सहायक नदीहरुमा करिव दर्जनौं पक्की पुलहरुमध्ये अधिकांश निर्माण भै सञ्चालनमा आइसकेका छन र कतिपय निर्माणाधीन छन । त्यस्तै दर्जनौं झोलुङ्गे पुलहरु, ठूला तथा मध्यम सिंचाई आयोजनाहरु, सबै गाउँमा उज्यालो पु¥याउने विद्युतीकरण कार्यक्रम, डुवाचे जस्ता वृहद् आयोजना लगायत कैयौं खानेपानी आयोजना, झोर–छहरे टनेल मार्गको संभाब्यता अध्ययन जस्ता कार्यक्रमहरु उहाँको पहल र सक्रियतामा सञ्चालनमा छन् । त्यसैगरी उनकै पहलमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय, अस्पताल मन्दिर, गुम्बा एवं पुरातात्विक सम्पदा तथा धरोहर, सार्वजनिक भवनको पुनर्निर्माण र भूकम्पपीडितहरुलाई घर निर्माण अनुदान आदि कार्यक्रमहरु पनि सञ्चालनमा छन् ।
यी त राष्ट्रियस्तरका कार्यक्रमहरु हुन । पौडेल भन्छन्, अनगिन्ति सानातिना विकासका कार्यक्रमहरु सञ्चालनमा छन् । यी विकासका काममा अन्य कुनै पार्टीको कुनै भूमिका छैन भन्ने स्थानीय जनतालाई जानकारी छ ।
माथिल्लोे भेग र थपिएको क्षेत्रमा पनि उत्साह
जातीय मुद्दा उठाएर पहिला माओवादीले विशेषगरी माथिल्लो भेगबाट केही मत पाएको थियो । प्रशासनको पहुँच नभएका केही ठाउँबाट माओवादीको जगजगी भएका बखत उसले बुथ कब्जा गरेर बढी मत ल्याउने गरेको थियो । तथापि डा महतले माओवादीको जगजगी भएको बेला पनि निरन्तर ४ पटक चुनाव जितिसकेका छन् । थप्रेकका स्थानीय युवा रेशम तामाङ भन्छन्, – ‘यसपटक माथिल्लो भेगका जनता पनि उत्साहित छन । अरुले विकास नगर्ने रहेछन र विकासका लागि डा महत नै चाहिन्छ भन्ने सोच उनीहरुमा विकास हुँदै गएको देखिन्छ । ठाउँ ठाउँबाट युवाहरु कांग्रेस प्रवेश गरिरहेको देख्दा डा महतलाई तामाङ बस्ती भएको माथिल्लो भेगबाट पनि राम्रो भोट आउने देखिएको छ ।’
चौघडाका कृष्ण मिश्रका अनुसार, पुरानो १ नं क्षेत्रका बासिन्दामा डा महतको भब्य स्वागत देखिन्छ । यो अर्को सवल पक्ष हो भने पहिलादेखि नै डा महतले एमालेको तटस्थ मतका साथै सक्रिय नेता तथा कार्यकर्ताहरुको भोट पनि ल्याउने गर्नुभएको छ । विशेषगरी डा महतको यहाँ कांग्रेसमा मात्र होइन, एमाले समर्थक तटस्थ मतदातामा व्यक्तिगत प्रभाव नै राम्रो छ । यसपटक त क्षेत्र नं १ मा आफ्नो उम्मेद्वार नभएकोले उनीहरु २ नं क्षेत्रमा केन्द्रित भएको देखिन्छ ।
जिल्लाको विकासका लागि डा महतका स्पष्ट एजेण्डा रहेका छन् । उनले विगतमा प्रारम्भ गरिएका आयोजनाहरुलाई आगामी दिनहरुमा सम्पन्न गराउन उहाँले सार्वजनिक प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै खानेपानी, विजुली, सिंचाई, सडक जस्ता आधारभूत सुविधाहरु नपुगेका गाउँ–बस्तीहरुमा यी सुविधाहरु पु¥याउने, शिक्षा–स्वास्थ्य क्षेत्रको स्तरोन्नति, कच्ची सडकको स्तरोन्नति गर्दै पक्की बनाउने, झोंर–छहरे टनेलमार्ग जस्ता बृहद् राष्ट्रिय आयोजनाहरु कार्यान्वयनमा ल्याइने बताईएको छ । बालाजु–त्रिशुली सडक स्तरोन्नतिलाई यथाशीघ्र सम्पन्न गराउने, काउले ठाना —छहरे सडक र विगतमा संभाब्यता अध्ययन भैसकेर पनि निर्माण नभएका अन्य सडकहरुलाई शीघ्र कार्यान्वयन गराउने उनको कार्यक्रम छ । नुवाकोटको दक्षिणी भेगलाई राष्ट्रिय यातायातको सञ्जालमा ल्याउन तीनपिप्ले गल्छीमार्गको स्तरोन्नतिको कामलाई शीघ्र सम्पन्न गरिने योजना पनि उनको कार्यक्रममा छ ।
नेता महतले नुवाकोट जिल्लालाई पर्यटकीय आकर्षक गन्तब्यस्थलको रुपमा विकास गर्न नुवाकोट दरबार परिसर लगायत अन्य क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनर्निर्माण गरी प्राकृतिक सम्पदा र विविधताको उपयोग गर्ने सोच बनाएका छन्। नुवाकोट जिल्लालाई नेपाल–चीन–भारतको व्यापारिक नाकाको रुपमा विकसित गरी आर्थिक अवसरहरु बढाउन उनको सोच अनुसार कार्य अघि बढेको बताईएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zCTOHK via IFTTT
काठमाडौँ । निर्वाचन आयोगले तोकेको उम्मेदवारको चुनाव खर्च देखेरै आफ्नो त आङै सिरिंग भयो, कति धेरै खर्च गर्न दिएको हो, त्यतिका पैसा कहाँबाट ल्याउने होला, किन खर्च गर्नुपरेको होला भनेर । म भए त भोट दिए दिऊन् नदिए नदिऊन्, त्यति पैसा खर्च गर्ने थिइनँ । पच्चीस लाखले त जिन्दगीभर पालिन सकिन्छ । भूकम्पपीडितका क्षेत्रमा भए ५, ७ वटा घर बन्छन् । के त्यो पैसा लगानी गरेर आम्दानी बढाउन, विकास गर्न सकिन्न रु अझ एउटा उम्मेदवारले करोड, ५ करोडसम्म खर्च गर्ने रे रु एक महिनाभित्र त्यतिका धनराशि स्वाहा पारेर कंगाल बन्ने हो कि जितेपछि राज्यबाट अनेक गरी असुलउपर गर्ने हो रु त्यसो गरे पनि जित्ने त एउटा हुन्छ, हार्नेको जान्छ । होइन भने उम्मेदवारहरूको पैसा बढी भएकै मान्नुपर्छ । नेपाल गरिब भए पनि नेता बन्ने जनता धनी भएछन् भन्ने बुझिन्छ । निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले राज्य कोषबाट अर्बौं रुपैयाँ खर्च गरिरहेको छ । उम्मेदवारहरूले सीमाभित्र र बाहिर गर्ने खर्च जोड्ने हो भने खर्ब पुग्न सक्छ । दलहरूले जनतालाई उत्साहित गर्न घोषणापत्रहरूमा प्रतिस्पर्धात्मक ढंगले ठूलाठूला योजना ल्याएका छन् । जनताको आय र समृद्धिका लागि खरबौंको बजेट प्रस्ताव गरेका छन् । आँट मात्र गरेर हँुदैन, सम्भावना पनि हुनुपर्छ । कहाँ छ त्यत्रो ढुकुटी रु आफ्नो आम्दानी छैन, विदेशीहरूसँग मागेकाले पुग्दैन । निर्वाचनसँगै धेरै तलबभत्ता खानेहरूको संख्या ह्वात्त बढ्दै छ देशमा । त्यसकारण पैसा बचाऔं † चुनाव भन्दैमा अन्धाधुन्ध पैसाको खोलो नबगाऔँ † त्यो पैसा गरिब जनताका हितमा उत्पादन र विकास निर्माणमा लगाऔं † खर्च गरेर चुनावमा होम्मिने र विकृति बढाउने काम नगरौं † खर्च कम हुने उपाय अपनाऔं । आफूलाई मन परेको उम्मेदवारलाई मतदाताले अवश्य भोट दिनेछन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2yVfZK2 via IFTTT
काठमाडौं । चुनावी प्रचारमा लागेका उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमण प्रयास हुन थालेपछि उम्मेदवार सुरक्षालाई मजबुत बनाउन सरकार लागि परेको छ ।
शनिबार गृह मन्त्रालयमा आकस्मिक बैठक बसेर सबै उम्मेदवारको सुरक्षामा सुरक्षाकर्मी परिचालनमा कुनै त्रुटि नराख्ने विषयमा छलफल भएको छ ।
गृहसचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा मन्त्रालयमा बसेको बैठकमा उम्मेदवारको सुरक्षामा कमजोरी हुन नदिन तीनवटै सुरक्षा निकायका प्रमुखलाई सापकोटाले निर्देशनसमेत दिएका छन् ।
माओवादी केन्द्रको गढ मानिएका जिल्लामा केन्द्रकै उम्मेदवारमाथि आक्रमण प्रयास भइरहेका छन् । शनिबार रोल्पामा वर्षमान पुन ‘अनन्त’लगायत वाम गठबन्धनका उम्मेदवार सवार गाडीलाई लक्ष्य गरेर माइन विस्फोट गराइएको थियो । नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ताले उक्त विस्फोट गराएको सूचना प्रहरीले पाएको छ । शुक्रबार रुकुममा माओवादी केन्द्रकै उम्मेदवार एवं पूर्वगृहमन्त्री जनार्दन शर्मालाई लक्ष्य गरेर बम विस्फोट गराइएको थियो ।
रोल्पा र रुकुम माओवादी केन्द्रको लालकिल्ला मानिए पनि विप्लवका कार्यकर्ताले प्रतिशोधमा र चुनाव भाँड्ने योजनाअनुरूप विस्फोट गराएकाबारे सुरक्षा निकायका प्रमुखले सचिव सापकोटालाई ब्रिफिङ गरेका थिए । स्रोतका अनुसार बैठकमा पुन र शर्मामाथि भएको आक्रमण प्रयासलाई ‘राजनीतिक प्रतिशोध’ का रूपमा समेत विश्लेषण गरिएको थियो ।
सचिव सापकोटाले चुनाव भाँड्ने तत्वमाथि विशेष निगरानी राखेर तत्काल पक्राउ गरी चुनाव अवधिभर थुनामा राख्न प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई निर्देशन दिएका छन् । ‘चुनाव भाँड्ने तत्वबारे सूक्ष्म निगरानी हुनुपर्यो । जहाँ भेटिन्छ पक्राउ गर्नुस् । सरकारकै मन्त्रीमाथि समेत आक्रमण भइरहेको छ । सुरक्षा कमजोरी हुन नदिनोस्’, सापकोटाले अर्याललाई दिएको निर्देशन उद्धृत गर्दै स्रोतले भन्यो, ‘विप्लव माओवादीका कार्यकर्तामाथि विशेष निगरानी गर्नुस् ।’
राष्ट्रिय अनुसन्धान विभागको सूचना संकलन कमजोरी भएको भन्दै चनाखो रहन विभागका प्रमुख दिलीप रेग्मीलाई समेत सचिव सापकोटाले कडा नर्देशन दिए । सापकोटाले सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठलाई पनि सीमा सुरक्षामा विशेष चनाखो रहन निर्देशन दिएका थिए ।
सम्बन्धित् समाचार ुचितवनको विकासका लागि माओवादी केन्द्रमा आएँु स् कांग्रेस नेता पौडेल
वाम गठबन्धनका उम्मेदवारमाथि मात्रै नभएर चुनाव नजिकिँदै जाँदा कांग्रेसलगायत मधेसी गठबन्धनका उम्मेदवारमाथि आक्रमण प्रयास हुन सक्ने भन्दै सचिव सापकोटाले सुरक्षा निकाय ‘हाईअलर्ट’ हुनुपर्ने निर्देशन दिए । विप्लव र उनका कार्यकर्तालाई सामान्य रूपमा नलिन सापकोटाले सुरक्षा निकायका प्रमुखलाई सुझाएका थिए । स्रोतका अनुसार सापकोटा बैठकमा चुनाव भाँड्ने समूहले हतियार विस्फोट गराउन थालेपछि प्रहरीले परिस्थितिअनुसार जफावी फायरिङ गर्न सक्ने छुट प्रहरीलाई भएको स्पष्ट पारेका थिए ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्माले शनिबार सुरक्षा समीक्षा बैठक बसेको बताए। ‘निर्वाचनविरोधी गतिविधि गर्ने तत्वमाथि निगरानी राख्न, पक्राउ गर्न र उम्मेदवारसँगै मतदाता र मतदान अधिकृतको सुरक्षामा चनाखो रहन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिइएको छ’, उनले भने । शर्माले यो वा त्यो नभनी निर्वाचन भाँड्न खोज्ने जो(कोहीलाई पनि निगरानी गरेर कारबाहीको दायरामा ल्याउने रणनीति गृहले बनाएको जानकारी दिए । अन्नपूर्णमा खबर छ ।
माओवादीका उम्मेद्वाहरु को–को छन् प्रमुख निशानामा हेर्नुहोस् सूची
गोरखा
नारायणकाजी श्रेष्ठ
अमर बहादुर गुरुङ
सुनसरी
डम्बर सुवेदी
झापा
सुरेन्द्रकुमार कार्की
मोरङ
शिवकुमार मण्डल
सप्तरी
अशोक कुमार मण्डल
मोहमद सकिल मिया
उमेश कुमार यादव
सिरहा
अजयशंकर नायक
धनुषा
मातृका प्रसाद यादव
रामचन्द्र झा
नवल साह
रामसिंह यादव
महोत्तरी
गिरीराजमणि पोखरेल
सर्लाही
दिनेश राय यादव
रौतहट
सत्यनारायण भगत
प्रभु साह
देवेन्द्र पटेल
पर्सा
रहवर अन्सारी
दोलखा
विशाल खड्का
रामेछाप
श्यामकुमार श्रेष्ठ
सिन्धुली
हरिबोल गजुरेल
सिन्धुपाल्चोक
अग्निप्रसाद सापकोटा
दावा तामाङ
काभ्रेपलाञ्चोक
गंगाबहादुर तामाङ
भक्तपुर
मिलन सुवाल
नुवाकोट
हितबहादुर तामाङ
धादिङ
शालिकराम जमरकट्टेल
जगत सिम्खडा
ललितपुर
पम्फा भुसाल
राजकाजी महर्जन
चितवन
पुष्पकमल दाहाल ‘प्रचण्ड’
काठमाडौं
अनिल शर्मा
रुद्र बराइली
झक्कुप्रसाद सुवेदी
हितमान शाक्य
तनहुँ
हरिबहादुर चुमान
बाग्लुङ
देवेन्द्र पौडेल
नवलपरासी पूर्व
भविश्वर पराजुली
कास्की
दीपक कोइराला
राजकाजी गुरुङ
सम्बन्धित् समाचार माओवादी मधेसी नेता चोर्दै
अर्घाखाँची
टोपबहादुर रायमाझी
प्यूठान
कृष्णध्वज खड्का
रोल्पा
वर्षमान पुन
रुकुम पूर्व
कमला रोका
पूर्ण बहादुर घर्ति
पाल्पा
वसन्त घर्ती
नवलपरासी पश्चिम
घनश्याम यादव
कन्हैया कहार
बर्दिया
तिलकराम शर्मा
सन्तकुमार थारु
कपिलवस्तु
चक्रपाणि खनाल
जावेद आलम खान
दाङ
कृष्णबहादुर महरा
डोल्पा
वीरबहादुर शाही
कालिकोट
महेन्द्रबहादुर शाही
दुर्गाबहादुर रावल
सल्यान
टेकबहादुर बस्नेत
जाजरकोट
शक्तिबहादुर बस्नेत
रुकुम पश्चिम
जनार्दन शर्मा
रातो कामी
गोपाल शर्मा
सुर्खेत
ठम्मरबहादुर बिष्ट
विन्दमान विष्ट
दैलेख
धर्मराज रेग्मी
डडेल्धुरा
खगराज भट्ट
बैतडी
प्रेमप्रकाश भट्ट
दार्चुला
मानबहादुर धामी
कञ्चनपुर
विना मगर
महेश दत्त जोशी
कैलाली
लेखराज भट्ट
गौरीशंकर चौधरी
नेपबहादुर चौधरी
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2jiOnrj via IFTTT
एजेन्सी ।
फिल्म ‘पद्यमावती’ पछि बलिउडमा फिल्म ‘टाइगर जिंदा है’ मा एक ठूलो विवाद आउन सक्ने देखिएको छ । सेन्सर बोर्डले क्याटरीना र सलमानको यो लब स्टोरीको लागि गाइडलाइन जारी गर्ने बताएको छ ।
फिल्ममा सलमान एक हिन्दुस्तानी एजेन्टको रोलमा छन भने क्याट्रीना पाकिस्तानी जासूसको भूमिकामा छन । तर फिल्ममा दुबैबीच यस्तो रोमान्स गराइएको छ कि जसको कारण यी दुई कलाकारका साथ फिल्म नै विवादमा आउन सक्ने बताइएको छ । सेन्सर बोर्ड यसको विरोधमा देखिएको छ । यदि सेन्सर बोर्डले यो लभ स्टोरीमा सेन्सर गरेमा फिल्मै ठूलो प्रभाव पर्ने देखिएको छ ।
भारत पाकिस्तान रोमान्स र सम्बन्ध बारे अहिले अनौपचारिक बन्देज लागेको कारण यो फिल्मलाई प्रमाणपत्र पाउन कठिन हुने बताइएको छ ।
The post क्याटरीनासँगको रोमान्सका कारण सलमान विवादमा फस्न सक्ने appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2zwOmXe
via IFTTT
एजेन्सी ।
सिद्धार्थ मल्होत्रा, सोनाक्षी सिन्हा र अक्षय खन्ना अभिनित फिल्म इत्तेफाक बक्स अफिसमा हिट भएको छ । समिक्षकले पनि फिल्मको तारिफ गरेका छन । तरपनि निर्माता भने तनावमा छन । फिल्ममा यस्तो कुरा देखाइएको छ कि जसको कारण कानूनी रुपमा फस्न सक्ने बताइएको छ ।
फोल्म इत्तेफाक को निर्माता शाहरुख खान र करण जोहरलाई दिल्ली सरकारले नोटिस पठाएको छ । फिल्ममा सिगरेटलाई बढावा दिएको आरोप निर्मातालाई लागको छ । फिल्मको पोस्टरमै अक्षय खन्नालाई सिगरेट पिएको देखाइएको छ र कुनै वैधानिक चेतावनी पनि देखाइएको छैन ।
The post शाहरुख खान र करण जोहर तनावमा, दिल्ली सरकारले पठायो नोटिस appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2AC8hSn
via IFTTT
सिन्धुपाल्चोक । राजनीतिक दलहरुले औपचारिक रुपमा आफ्नो भावी प्रधानमन्त्री घोषणा नगरेपनि अबको चुनाव पछि पनि मुलुकले ‘वृद्ध’ नेता नै कार्यकारी प्रमुखको रुपमा पाउने निश्चित जस्तै छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत गर्दै नयाँ संविधान कार्यान्वयन गर्न आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनले मुलुकलाई ४१ औं प्रधानमन्त्री दिँदैछ । संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले कार्यकारिणी अधिकारसहित सरकार प्रमुखको रुपमा मुलुक सञ्चालन गर्नेछन् ।
पाँच वर्षसम्म स्थिर सरकार सञ्चालन गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ डोर्याउने उद्घोषसहित बाम र लोकतान्त्रिक दुई ध्रुवमा बाँडिएर राजनीतिक दलहरु चुनावी मैदानमा होमिएका छन् । बाम या लोकतान्त्रिक गठबन्धनमध्ये जसले सामान्य बहुमत ल्याए पनि बयोबृद्ध नेतालेले सत्ताको बागडोर सम्हाल्ने देखिन्छ ।
वाम गठबन्धनले बहुमत वा उनीहरुकै शब्दमा दुई तिहाई बहुमत पु¥याए मुलुकले सातौँपल्ट कम्युनिष्ट प्रधानमन्त्री पाउनेछ । दुबै गठबन्धनले भावी प्रधानमन्त्रीको रुपमा कसैलाई अघि सारेका छैनन् । गठबन्धनमा आवद्ध दलहरुको प्रमुख वा पहिलो तहका नेता नै भावी प्रधानमन्त्रीका रुपमा हेरिएका छन् । उमेरले उनीहरु बयोबृद्ध छन् । सम्भावित सरकार प्रमुखका रुपमा हेरिएका दलका दोस्रो तहका नेताहरु पनि उमेरले बयोवृद्ध तर्फ अग्रसर छन् ।
एउटै कम्युनिष्ट पार्टी बनाउने घोषणासहित चुनावी तालमेल गरेका एमाले माओवादीको गठबन्धनले कम्तिमा सामान्य बहुमत ल्याउने विश्लेषण भइरहेको छ । त्यसोहुँदा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमध्ये एक प्रधानमन्त्री बन्नेछन् ।
गृह जिल्ला झापा–५, प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओली ६६ वर्षका छन् । उमेरले उनीभन्दा दुई वर्ष कान्छा दाहाल ६२ वर्षमा हिँडिरहेका छन् । उनी पहिलो पटक चितवन–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । चुनाव जितेर सरकार प्रमुख बन्दा ओली दोस्रो र दाहाल तस्रो पटक प्रधानमन्त्री हुनेछन् ।
लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याए कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा स्वभाविक रुपमा भावी प्रधानमन्त्रीका उम्मेदवार हुन् । प्रमुख पार्टीका समकालीन राजनीतिज्ञमध्ये उनी सबैभन्दा बयोबृद्ध नेता हुन् । देउवा अहिले ७२ वर्षका छन् । गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य रहेका उनी यो पटक पनि जितेर दोस्रो ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । तीनवटा संसदीय र संविधानसभाका दुई निर्वाचन लगातार जितेका देउवाको काँधमा सरकार प्रमुखको जिम्मेवारी पाए उनी पाँचौपल्ट प्रधानमन्त्रीको कुर्सीमा बस्नेछन् ।
देउवालाई यो अवसर आउँदा उनले प्रधानमन्त्रीको रुपमा पार्टीका पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइराला र राप्रपा नेता स्व. सूर्यबहादुर थापासँग बराबरी गर्नेछन् । कोइराला र थापा पाँच÷पाँचपल्ट प्रधानमन्त्री बनेका थिए । कांग्रेसबाट प्रधानमन्त्री दाबी गर्नसक्ने सम्भावित उम्मेदवार पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल पनि ७२ वर्षका भए।
उनी तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । पहिलो संविधानसभामा १७ पटक चुनाव लड्दासमेत पराजित भएपनि उनी प्रधानमन्त्री बन्नबाट बञ्चित भएका थिए । त्यसैले लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याउँदा उनले प्रधानमन्त्री दाबी गर्न छोड्ने छैनन् ।
एक/एक पटक प्रधानमन्त्री भइसकेकाले एमाले बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि सम्भावित सरकार प्रमुखको आकांक्षी हुनसक्छन् । ६४ वर्षका नेपाल काठमाडौँ–२ बाट चुनावी मैदानमा उत्रिदा उनीभन्दा चार वर्षले जेठा खनाल इलाम–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । उनी ६८ वर्षका भए ।
दुबै गठबन्धनले सामान्य बहुमत ल्याउन नसके बहुमत पु¥याउन अर्को गठबन्धन बन्ने हुँदा सत्ता समीकरण मिलाउनु पर्ने भएकाले यस्तोमा सम्भावित प्रधानमन्त्रीको दौडमा प्रमुख दलका दोस्रो बरियताका नेताहरुका साथै तराई मधेश केन्द्रीत दल, राप्रपा, राप्रपा (प्रजातान्त्रिक), नयाँ शक्ति, माले, राष्ट्रिय जनमोर्चाका शीर्ष नेतालाई बाटो खुला हुनसक्छ । उनीहरुमध्ये केही बयोबृद्ध भइसकेका छन् भने अधिकांश बुढ्यौलीतिर लम्केका छन् ।
माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ गोरखा–२ बाट प्रतिनिधिभा सदस्य उम्मेदवार रहँदा उनका पूर्वसहकर्मी पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई चुनौति बनिरहेका छन् । श्रेष्ठ ५८ वर्षका भए भने भट्टराइ उनीभन्दा पाँच वर्ष जेठा हुन् । लोकतान्त्रिक गठबन्धनको सहयोगमा भट्टराई चुनावी मैदानमा छन्। तर भावी प्रधानमन्त्रीको दौडमा उत्रन भट्टराईलाई प्रत्यक्षतर्फ एक सीट र समानुपातिकमा तीन प्रतिशत मतको ‘थ्रेसहोल्ड’ कटाउनुपर्ने चुनौति छ ।
कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला झापा–३ बाट उम्मेदवार बनेका छन् । बाम गठबन्धनको सहयोगमा राप्रपाका राजेन्द्र लिङ्देनको कडा चुनौतिको सामना गरिरहेका उनी ६८ वर्षका छन् । शान्ति प्रक्रियाका अभियन्ताको रुपमा छवि बनाएका सिटौलाले कांग्रेसको १३ औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा विरुद्ध उम्मेदवारी दिएर भावी प्रधानमन्त्रीतिर आँखा गाडेको छनक दिइसकेका छन् ।
सम्भावित भावी प्रधानमन्त्रीका रुपमा उमेरले सबैभन्दा कान्छा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव ५७ वर्षका भए । पूर्वउपप्रधानमन्त्री भइसकेका उनी सप्तरी–२ बाट उम्मेदवार बनेका छन् । राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर महोत्तरी–३ बाट उम्मेदवार छन् । कांग्रेस छाडेर तराई मधेश लोकतान्त्रिक पार्टी खोलेका ७५ वर्षीय ठाकुर पहिलो र दोस्रो संविधानसभा चुनावमा पराजित भएका थिए ।
राप्रपा अध्यक्ष कमल थापाले कांग्रेससँगको तालमेलमा गृहजिल्ला मकवानपुर–१ बाट उम्मेदवारी दिएका छन् । सरकारका उपप्रधान तथा उर्जामन्त्री थापा ६२ वर्षका छन् । थापासँग फुटेर राप्रपा (प्रजातान्त्रिक) गठन गरेका त्यसका अध्यक्ष पशुपति शम्सेर राणा ८० वर्षमा हिँडिरहेका छन् । उनी सिन्धुपाल्चोक–२ का उम्मेदवार हुन् । राष्ट्रिय पञ्चायतका चार र तीन संसदीय चुनाव जितेका राणा अहिले १० औँपल्ट चुनावी मैदानमा छन् ।
उपप्रधानमन्त्री भइसकेका ६६ वर्षिय माले अध्यक्ष सिपी मैनाली र ७७ वर्षिय राजमोका अध्यक्ष चित्रबहादुर केसी यो पटक पनि समानुपातिकको सूचीमा पार्टीको तर्फबाट एक नम्बरमा सिफारिसमा परेका छन् ।
राजनीतिक विश्लेषक सोमत घिमिरे को र कुन उमेरका नेता निर्वाचनपछि प्रधानमन्त्री बन्छन् भन्ने अहिल्यै भन्न नसके पनि युवाले सरकार नेतृत्वको दाबी नगर्ने ठोकुवा गर्छन् । पार्टीहरुको गठबन्धन बनेकाले पाका उमेरका नेताले नै भावी सरकारको नेतृत्व गर्नसक्ने सम्भावना भने उनले औँल्याए ।
‘तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला एक पटक भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा गएका थिए,’ उनले नागरिकन्यूजसँग भने, ‘त्यसयता दलहरुले चुनावमा जाँदा भावी सरकार प्रमुख प्रस्तुत गरेको पाईँदैन।’ संसदीय व्यवस्थामा को चुनिएर आउँछ नै भन्न नसकिने भएकाले भावी प्रधानमन्त्रीबारे अनुमान लगाउन कठिन हुने घिमिरेले बताए ।
युवा नेताहरु ‘दलाल’ भएको आरोप लगाउँदै घिमिरेले उनीहरुमध्येबाट यो पटक प्रधानमन्त्री बन्ने सम्भावना नरहेको दाबी गरे । ‘अहिलेका युवा नेता भनिएकाहरु पुष्पकमल दाहाल, केपी ओली र शेरबहादुरहरुको चाकडीमा रमिरहेका छन्,’ बृद्ध नेता नै सरकारको नेतृत्वमा जाने संकेत गर्दै उनी भने, ‘त्यस्ताबाट ठूलो कुरा आश गर्नुहुँदैन।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2iOrYOO via IFTTT