Loading...
Loading...
अनन्त एमालेका बागी उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

सम्राट सिंह
बझाङ ८ कार्तिक। नेकपा एमालेको टिकट वितरण प्रक्रियाबाट असन्तुष्ट बनेर उम्मेदवारी दिएका २ जना बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन । एमालेको टिकट बितरण प्रक्रियाबाट असन्तुष्ट बनेका गोपाल बहादुर खड्का र शेर बहादुर बोहराले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन । नेताहरुले आफुनिकट उम्मेदवारहरुलाई टिकट दिएको भन्दै गोपाल बहादुर खडकाले प्रतिनिधि सभा र शेर बहादुर बोहराले प्रदेश सभा (क) मा उम्मेदवारी दिएका थिए ।
मुख्य निर्वाचन कार्यालयले आज ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय राखेको भएपनि बागी उम्मेदवारहरुले साढे ११ बजे उम्मेरवारी फिर्ता लिएको जनाएको छ ।
उम्मेदवार सिफारिसका क्रममा एमालेको निर्वाचन क्षेत्रिय कमिटिमा भएको निर्वाचनमा बढी मत पाउनेलाई टिकट नदिएर कम मत पाउनेलाई केन्द्रले टिकट दिएको प्रति एमाले जिल्ला कमिटी अध्यक्ष दिलबहादुर सिंहं लगायतका केही नेता रुष्ट भएका थिए । यस्तै अन्तिम अवस्थामा टिकट केन्द्रिय सदस्य भैरब बहादुर सिंहले पाए पछि पूर्वमन्त्रि भानुभक्त जोशी समर्थक कार्यकर्ताहरु पनि रुष्ट भएको बताइन्छ ।
बझाङमा बाम गठवन्धनको तर्फबाट प्रतिनिधि सभाको लागी भैरबहादुर सिंह र नेपाली काङग्रेसका तर्फबाट पृथ्वीबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन । भने प्रदेश तर्फ एमालेका अर्जुन बहादुर थापाले (क) र (ख) मा माओवादी केन्द्रका तर्फबाट देवकी मल्ल (थापा)ले उम्मेदवारी दर्ता गराएका छन । यस्तै नेपाली काङग्रेसबाट प्रदेश सभा (क) लागी चन्द्रा जोशी र (ख) मा पुर्वराज्य मन्त्री नरेश बहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन ।
नेकपा एमाले र माओवादी केन्द्रले बागी उठ्ने उम्मेदवारहरुलाई कहिल्यै उम्मेदवारी बन्न नपाउने गरी कडा कारबार्हि गर्ने निर्णय गरेपछि देशभरका बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिने क्रम जारी रहेको छ ।
एमालेका बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएपछि बाम गठबन्धनका उम्मेदवारहरुमा खुसी छाएको छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2gB3NCJ via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.