काठमाडौं । सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका माओवादी नेता बालकृष्ण ढुंगेललाई सदरखोर डिल्लीबजार चलान गरिएको छ ।मंगलबार विहान ललितपुरको सातदोबाटोबाट पक्राउ परेका ढुंगेललाई अपरान्ह काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । उनलाई अदालतको अनुमतिपछि जेल चलान गरिएको हो ।
अदालतका अनुसार ढुंगेल १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु पर्नेछ । जेल चलान हुँदै गर्दा पूर्व सभासद ढुंंगेलले आफूलाई जनयुद्धकालिन मुद्दामा फसाउन खोजिएको भन्दै यसले शान्ति प्रक्रिया भंग हुने चेतावनी दिए ।
ओखलढुंगा पोकलीका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा उनलाई अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
त्यसयता उनी प्रहरी प्रशासनको नजरमा लुकिछिपी रहे पनि कसैले पक्राउ गर्न सकेको थिएन ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2lzyNbo via IFTTT
काठमाडौं । एमाले-माओवादी गठबन्धनले चुनावी तालमेलका लागि क्षेत्र बाँडफाँटको अझै टुंगो लगाउन सकेका छैनन्। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ ६०/४० प्रतिशतका आधारमा क्षेत्र बाँडफाँट गर्ने समझदारी गरेका वाम गठबन्धनलाई प्रतिनिधिसभातर्फका केही निर्वाचन क्षेत्रको भागबन्डा टुंग्याउन सकस परेको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2luebBr via IFTTT
काठमाडौं । सरकारले निर्वाचनको मुखैमा निर्वाचन आचार संहितालाई कुल्चदै आफू निकटका ३ सय १० कार्यकर्तालाई राज्यकोषबाट एकै दिन ४ करोड ५८ लाख ५० हजार भन्दा वढि रकम वितरण गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रधानमन्त्री शेर वहादुर देउवा आफैले गृह मन्त्रालय सम्हालेपछि गृह मन्त्रालयकै प्रस्तावमा आफू निकटका कार्यकर्तालाई निर्वाचनको मुखैमा ४ करोड ५८ लाख भन्दा वढि वितरण गर्ने निर्णय गरिएको हो ।
गत ६ कार्तिकमा वसेको मन्त्रिपरिषद् वैठकले गृह मन्त्रालयको प्रस्तावमा ३ सय १०जनालाई आर्थिक सहायता वितरण गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार रकम पाउनेमा सत्तासीन दलका कार्यकर्ता तथा उच्च नेता निकटका व्यक्तिहरु रहेका छन् । निर्वाचनमा कार्यकर्तालाई परिचालन गर्न सो रकम वितरण गरिएको गृह मन्त्रालयकै एक अधिकारीले दावी गरे। रकम कुनै मापदण्ड विना नै हचुवाको आधारमा दिइएको छ ।
रकम पाउनेहरुले ५० हजार देखि १० लाख सम्म पाएका छन् । गृह मन्त्रालयका प्रवक्ता नारायण शर्मा दुवाडीले आर्थिक सहायता वितरणको निर्णय भएपनि त्यसको औपचारिक जानकारी गृह मन्त्रालयमा आउन वाकी नै रहेको जानकारी दिए ।
गरिब विपन्न र पहुच नभएका नागरिकहरु उपचार नपाएर मर्न विवश हुन्छन् तर उनीहरुले भने उपचार खर्च वापत कुनै रकम पाउदैनन तर सोर्सफोर्सधारीहरुले विभिन्न वहानामा राज्यकोषवाट लाखौ रुपैया वुझ्ने गर्छन ।’ गृहका एक अधिकारीले भने ।
बढी रकम पाउनेहरू:
–अर्जुन खड्का, उदयपुर १० लाख
-सुजितकुमार ठाकुर, महोत्तरी ५ लाख
-केदार चौलागाईं, रामेछाप ४ लाख
-विक्रान्त सुवेदी, नवलपरासी ३ लाख
-विन्दु शर्मा, बाँके ३ लाख
-रवि बज्राचार्य, ललितपुर ३ लाख
-रेशमबहादुर कुमाल, गोर्खा ३ लाख
-शान्तमणि देवकोटा, गोरखा ३ लाख
-प्रकाशबहादुर गुरुङ, कास्की ३ लाख
-यशोदादेवी भट्ट, कैलाली ३ लाख
-माधवमणि राजभण्डारी, दोलखा ३ लाख
-तोपनाथ अर्याल, स्याङ्जा २ लाख
-दीपकप्रसाद न्यौपाने, स्याङ्जा २ लाख
-अभिमन्यु जोशी, पर्वत २ लाख
-देवदत्तबहादुर थारू, बारा २ लाख
-अम्बिका शर्मा, बर्दिया २ लाख
-उषारमण शर्मा घिमिरे, दाङ २ लाख
-एकबहादुर मल्ल, म्याग्दी २ लाख
-हेमराज तिमिल्सिना, कैलाली २ लाख
-लक्ष्मी भट्टराई, नवलपरासी २ लाख
-लालबहादुर बोगटी, डडेलधुरा २ लाख
-वीरबहादुर सिंह, कैलाली २ लाख
-वीरेन्द्रबहादुर मल्ल, डडेलधुरा २ लाख
-विष्णुप्रसाद भट्ट, बैतडी २ लाख
-शान्तिकुमारी महत, बझाङ २ लाख
-शान्ति कार्की, मकवानपुर २ लाख
-शारदादेवी भट्ट, कैलाली २ लाख
-शारदादेवी विष्ट, डडेलधुरा २ लाख
-शिवराज पाण्डे, कञ्चनपुर २ लाख
-सुष्मा कार्की, रामेछाप २ लाख
-महेश न्यौपाने, धनकुटा २ लाख
-मानबहादुर ऐर, डडेलधुरा २ लाख
-मीना भट्ट, कञ्चनपुर २ लाख
-मेनुका भण्डारी, विराटनगर २ लाख
-रवीन्द्र सापकोटा, भोजपुर २ लाख
-रोशन अधिकारी, लमजुङ २ लाख
-दीपेन्द्र शाही, बाँके २ लाख
-दिलीप गौतम, अर्घाखाँची २ लाख
-दुर्गाप्रसाद कापडी डडेल्धुरा २ लाख
-देउकीमाया धिताल, गोरखा २ लाख
-देवीकुमारी सेठी, बझाङ २ लाख
-प्रयागराज अवस्थी, डोटी २ लाख
-वसन्तीदेवी भण्डारी, डडेलधुरा २ लाख
-भीमबहादुर शाह, बाजुरा २ लाख
-मंगलीदेवी जोशी, कञ्चनपुर २ लाख
-अम्बिका शर्मा, बर्दिया २ लाख
-इसुफ मियाँ, सुनसरी २ लाख
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2igZcG6 via IFTTT
काठमाण्डौ । नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधि सभाका लागि पार्टीको घोषणा पत्र तयार पारेको छ। घोषणा पत्रमा कांग्रेस प्रमुख प्रतीपक्षी नेकपा एमालेमाथि खनिएको छ। उसले एमालेलाई राष्ट्रिय एकता र सम्वृद्धिको बाधक भएको आरोप लगाएको छ।
‘मधेसको आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै र मधेसी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै आएको एमाले यतिखेर अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको छ,’ घोषणापत्रमा भनिएको छ।
कांग्रेसले संविधान संशोधनको शान्तिपूर्ण र मध्यमार्गी बाटो अवरुद्ध गर्ने तथा कम्युनिष्ट वर्चस्वको एकदलीय एंव निरंकुश शासनका लागि एमालेको नेतृत्वमा कम्युनिष्ट गठबन्धन निर्माण गर्ने प्रयासले संविधानका नयाँ उपलब्धि, आर्थिक प्रगति, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोखिममा पर्दै गएको बताएको छ।
कांग्रेसले एमाले र माओवादीलाई सुनियोजित तवरबाट संस्थागत भ्रष्टाचारलाई संरक्षण गर्ने पार्टी प्रमाणित भएको आरोप लगाएको छ।
‘नेकपा एमालेले राजनीतिक पार्टीको चरित्र गुमाउँदै आफ्ना लेबी बुझाउने सक्रिय नेता तथा कार्यकर्ताका भातृ संगठनको माध्यमबाट अस्पताल, मेडिकल कलेज, एनजिओ सञ्चालन, सहकारी संस्था, उद्योग, जलविद्युत, आवास र बैंकिङ क्षेत्रमा लगानी र स्वार्थ भएको व्यावसायिक घरानाको रुपमा आफूलाई परिवर्तित गर्दै लगेको छ,’ घोषणापत्र भनिएको छ।
नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधि सभाका लागि पार्टीको घोषणा पत्र तयार पारेको छ। घोषणा पत्रमा कांग्रेस प्रमुख प्रतीपक्षी नेकपा एमालेमाथि खनिएको छ।
उसले एमालेलाई राष्ट्रिय एकता र सम्वृद्धिको बाधक भएको आरोप लगाएको छ।
‘मधेसको आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै र मधेसी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै आएको एमाले यतिखेर अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको छ,’ घोषणापत्रमा भनिएको छ।
कांग्रेसले संविधान संशोधनको शान्तिपूर्ण र मध्यमार्गी बाटो अवरुद्ध गर्ने तथा कम्युनिष्ट वर्चस्वको एकदलीय एंव निरंकुश शासनका लागि एमालेको नेतृत्वमा कम्युनिष्ट गठबन्धन निर्माण गर्ने प्रयासले संविधानका नयाँ उपलब्धि, आर्थिक प्रगति, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोखिममा पर्दै गएको बताएको छ।
कांग्रेसले एमाले र माओवादीलाई सुनियोजित तवरबाट संस्थागत भ्रष्टाचारलाई संरक्षण गर्ने पार्टी प्रमाणित भएको आरोप लगाएको छ।
‘नेकपा एमालेले राजनीतिक पार्टीको चरित्र गुमाउँदै आफ्ना लेबी बुझाउने सक्रिय नेता तथा कार्यकर्ताका भातृ संगठनको माध्यमबाट अस्पताल, मेडिकल कलेज, एनजिओ सञ्चालन, सहकारी संस्था, उद्योग, जलविद्युत, आवास र बैंकिङ क्षेत्रमा लगानी र स्वार्थ भएको व्यावसायिक घरानाको रुपमा आफूलाई परिवर्तित गर्दै लगेको छ,’ घोषणापत्र भनिएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ii94j9 via IFTTT
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३०२ जना (इन्सपेक्टर)प्रहरी अधिकारीको सरुवा गरेको छ ।
निर्वाचन आचारसंहिता लागु भइसके पनि आवश्यक्ता अनुसार भन्दै ती प्रहरी अधिकृतहरुको सरुवा गरेको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।
प्रहरी प्रधान कार्यलयले सरुवा मिति कार्तिक १२ गतेको राखेपनि कार्तिक महिनाको तलब तथा सुविधा सरुवा भएकै स्थानबाट लिने गरी सरुवा गरिएको जनाएको छ ।
यसरी सरुवा गर्दा कतिपय प्रहरी इन्स्पेक्टरहरु आकर्षक स्थानबाट आकर्षक स्थानमै पुगेका छन् ।
हेर्नुहोस् सूची
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2igBc63 via IFTTT
काठमाडौँ । अघिल्ला चुनावहरूमा झैं आगामी संघ र प्रदेश चुनावमा तीन ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रबीच मुख्य भिडन्त हुने पक्कापक्की छ, तर यसपल्ट भिन्न रौनक थप्ने विषय बनेको छ– वाम र लोकतान्त्रिक गठबन्धनको नयाँ लहर । पहिलो चरणमा ३२ जिल्लामा १० मंसिरमा हुने लागेको यो चुनावमा अधिकांश क्षेत्रमा दुईपक्षीय भिडन्त हुने संकेतहरू भर्खरैको उम्मेदवारी मनोनयनबाट प्राप्त भएका छन् ।
यी जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ क्षेत्र छन् । एमाले र माओवादीले सबै क्षेत्रमा तालमेल गरी उम्मेदवारी दिएका छन् भने कांग्रेसले पनि राप्रपा र नयाँ शक्तिसँग तालमेल गरी उम्मेदवारी दिएको छ । राप्रपाले म्याग्दी, बैतडी र धादिङमा एक/एक प्रदेशसभा सदस्य पाएको छ । बदलामा उसले कतै पनि उम्मेदवारी नदिई कांग्रेस उम्मेदवारलाई सघाउने छ । यता नयाँशक्तिले गोरखा २ मा प्रतिनिधिसभा सदस्य र गोरखा र रसुवामा गरी दुई प्रदेशसभा सदस्यका लागि तालमेल गरेको छ । यी दुई जिल्लाबाहेक अन्यत्र भने नयाँशक्तिले उम्मेदवारी दिने छ । पहिलो चरणको उम्मेदवारी दिएका दलहरू २१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार तय गर्ने अन्तिम तयारीमा छन् । निर्वाचन आयोगले पहिलो चरणका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै चुनावी जितहारको लेखाजोखा शुरु भइसकेको छ । अन्नपूर्ण टुडेले स्थानीय तह चुनावको परिणामको आधारमा मुख्य १० निर्वाचन क्षेत्रमा उम्मेदवारको अवस्था आकलन गरेको छ । निर्वाचन क्षेत्रभित्रका स्थानीय तहका वडामा दलहरूले पाएको मतलाई आकलनको मुख्य आधार मानिएको छ ।
गोरखा २
बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ
गोरखा २ मा कसले बाजी मार्ला भन्ने प्रश्नको उत्तर सजिलो छैन । किनभने बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ दुवै राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका खेल्न सक्ने नेता हुन् । २०६४ मा गोरखा २ र २०७० मा गोरखा १ बाट निर्वाचित भट्टराईले माओवादी परित्याग गरी गठन गरेको नयाँशक्ति गोरखामा स्थानीय तह चुनावको मतका आधारमा तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको कांग्रेससँगको चुनावी तालमेलको फाइदा भट्टराइलाई पक्कै हुनेछ तर क्रमशः पहिलो र चौथो स्थानमा रहेका माओवादी केन्द्र र एमालेका साझा उम्मेदवार श्रेष्ठ पनि कमजोर छैनन् ।
२०७० को चुनावमा मकवानपुर २ बाट पराजित श्रेष्ठ यसपटक सुरक्षित क्षेत्र खोज्ने क्रममा आफ्नै गृह जिल्लाबाट चुनाव लड्न लागेका हुन् । भट्टराईलाई गोरखा २ नभई नहुने, श्रेष्ठले छोड्न नमानेपछि वाम गठबन्धनबाट बाहिरिएर नयाँशक्ति कांग्रेसको शरणमा पुगेको थियो । कांग्रेसको समर्थन रहेको भट्टराईलाई राप्रपाको पनि साथ छ । गोरखा २ को दुईपक्षीय भीडन्तमा जितहारको अनुमान गर्न स्थानीय चुनावमा यो निर्वाचन क्षेत्रमा दलहरूले पाएको मतको लेखाजोखा गर्नुपर्ने हुन्छ । गोरखा २ मा सिरानचोक, सुलीकोट र अजिरकोट गाउँपालिका तथा पालुङटार नगरपालिका, गोरखा नगरपालिकाका ७ वटा वडा पर्छन् । यी स्थानीय तहका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत जोड्दा क्रमशः माओवादी केन्द्र, नेपाली कांग्रेस, एमाले, नयाँशक्ति र राप्रपा आउँछन् ।
माओवादी केन्द्रले १७ हजार सात सय ४५ मत यो निर्वाचन क्षेत्रभित्रका वडाहरूमा पाएको छ भने कांग्रेसले १६ हजार ६ सय ५४ मत पाएको छ । यस्तै एमालेले सात हजार पाँच ९२ मत पाएको छ भने नयाँशक्ति नेपालले सात हजार पाँच सय ३० मत पाएको छ । राप्रपाले पाएको मत चार सय ६२ छ । एमाले र माओवादी केन्द्रले पाएको मत जोड्दा २५ हजार तीन सय ३७ हुन्छ भने कांग्रेस, नयाँशक्ति र राप्रपाको मत जोड्दा २४ हजार ६ सय ४६ हुन्छ । अर्थात्, भट्टराई वामगठबन्धनका श्रेष्ठभन्दा ६ सय ९१ मतले पछि देखिन्छन् । गोरखा २ का ९० हजार आठ सय ६२ मतदाताले कसलाई रोज्छन् ? अनुमान सहज छैन ।
सिन्धुपाल्चोक १
अग्नि सापकोटा र मोहनबहादुर बस्नेत
दुई निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा पनि ‘हेभिवेट’ भिडन्त छ । सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका नेता अग्नि सापकोटा र सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत भिड्दैछन् । स्थानीय चुनावको मतपरिणाम केलाउने हो भने बस्नेत खतरामा रहेको देखिन्छ । यो क्षेत्रमा एमालेको २४ हजार ९७ र माओवादी केन्द्रको १९ हजार नौ सय ८५ गरी वाम गठबन्धनसँग ४४ हजार ८२ मत छ । यता कांग्रेसको २१ हजार तीन सय ९९ र राप्रपाको तीन हजार ६ सय ९९ मत जोड्दा २५ हजार ३८ मत हुन्छ । नयाँशक्ति, संघीय समाजवादी, ताम्सालिङ लोकतान्त्रिक, नेमकिपा, माले र लोकतान्त्रिक फोरम अस्तित्वमा देखिए पनि उपस्थिति न्यून छ । वाम गठबन्धनसँग कांग्रेसभन्दा १९ हजार ४४ मत बढी देखिन्छ । यस क्षेत्रमा कुल एक लाख १४ हजार तीन सय ४४ मतदाता छन् ।
सिन्धुपाल्चोक २
पशुपतिशमशेर राणा र शेरबहादुर तामाङ
अर्को रोचक भिडन्त सिन्धुपाल्चोक २ मा हुँदैछ, जहाँ राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र एमालेका शेरबहादुर तामाङ चुनावी मैदानमा छन् । ०७० को संविधानसभा चुनावमा तामाङसँगै पराजित भएका राणाले यसपटक हारको बदला लिनेछन् वा राजनीतिक जीवनको सम्भवतः अन्तिम चुनावमा पराजित हुनेछन्, अनुमान गर्न सहज छैन । तर स्थानीय चुनावमा दलहरूले पाएको मत विश्लेषण गर्ने हो भने वाम गठबन्धनलाई पराजित गर्नु राणाका लागि सजिलो छैन । यो क्षेत्रमा एमालेको ३४ हजार दुई सय ९१ र माओवादी केन्द्रको १९ हजार ६ सय १२ गरी वाम गठबन्धनसँग ५३ हजार नौ सय तीन मत छ । उता कांग्रेससँग २८ हजार आठ सय ९० र राप्रपासँग ११ हजार दुई सय सात मत जोड्दा ४० हजार ९७ मत पुग्छ । १३ हजार भन्दामाथिको मतान्तर पूर्ति गर्नेगरी मतदाताको विश्वास जित्नु राणाको लागि कम चुनौती होइन । पूर्वपञ्च राणाले बहुदल स्थापनापछि ०४८, ०५१ र ०५६ मा चुनाव जितेर ह्याट्रिक गरेका थिए । तर ६४ र ७० माओवादीका उम्मेदवारसँग उनी पराजित भए । यसपटक उनले पराजय टार्लान् वा हारमै ह्याट्रिक बनाउलान् त्यो हेर्न मतपरिणाम नै कुर्नुपर्ने हुन्छ । यो क्षेत्रमा कुल एक लाख १२ हजार एक सय ९६ मतदाता छन् ।
रुकुम पश्चिम
जनार्दन शर्मा र गोपालजीजंग शाह
जनार्दन शर्मा रुकुम पश्चिममा बलिया उम्मेदवार हुन् । ०६४ र ०७० मा रुकुम २ बाट निर्वाचित शर्मा पटक–पटक सरकारमा सहभागी भएर आफ्नो प्रभावकारी उपस्थिति देखाएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका गोपालजीजंग शाह छन् । स्थानीय चुनावको लेखाजोखा गर्ने हो भने यो क्षेत्रमा वाम गठबन्धनका शर्माले जित्ने देखिन्छ । एमाले र माओवादी केन्द्रसँग ३६ हजार तीन सय २७ मत छ भने कांग्रेससँग १८ हजार चार सय एक मत छ । करिब दोब्बर मत बढी रहेको वाम गठबन्धनलाई चुनौती दिन कांग्रेससँग भरपर्दा सहयात्री छैनन् । किनभने गठबन्धनमा रहेको राप्रपाको उपस्थिति यहाँ न्यून छ । यो क्षेत्रमा ८४ हजार ३२ मतदाता छन् ।
ताप्लेजुङ
योगेश भट्टराई र केशव दाहाल
प्रदेश १ को ताप्लेजुङबाट एमाले सचिव योगेश भट्टराई र कांग्रेसका केशव दाहाल चुनावी मैदानमा छन् । ०६४ र ०७० को निर्वाचनमा काठमाडौं ६ बाट पराजित भट्टराईले यसपटक सुरक्षित क्षेत्र खोज्दै गृहजिल्ला पुगेका छन् । तर के ताप्लेजुङका मतदाताले उनलाई सुखद् जित दिलाउलान् ? नौ वटा स्थानीय तह रहेको ताप्लेजुङमा पाँच वटामा एमाले र चार वटामा कांग्रेसले अध्यक्ष/प्रमुख जितेका छन् ।
वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत विश्लेषण गर्दा वाम गठबन्धनको पक्षमा २५ हजार ६ सय ३१ र कांग्रेस नेतृत्वको गठबन्धनसँग १९ हजार तीन सय ५२ मत छ । दाहाललाई ६ हजार दुई सय ७९ मतान्तर पूर्ति गर्नु सहज देखिँदैन ।
स्थानीय चुनावमा ताप्लेजुङको फुङलिङ नगरपालिका प्रमुखमा पराजित कांग्रेस जिल्ला पूर्वसभापति दाहाललाई प्रतिनिधिसभा चुनावमा मतदाताले कसरी ‘रेस्पोन्स’ गर्छन्, मतगणनासम्म कुर्नुपर्ने हुन्छ । ०६४ को चुनावमा क्षेत्र १ मा कांग्रेसले र २ मा एमालेले जितेकोमा ७० मा भने दुवै क्षेत्रमा एमालेले जित हात पारेको थियो । यहाँ ७८ हजार चार सय ११ मतदाता छन् ।
नुवाकोट २
डा. रामशरण महत र हितबहादुर तामाङ
कांग्रेस नेता डा. रामशरण महत र माओवादी केन्द्रका हितबहादुर तामाङको चुनावी प्रतिस्पर्धाको सिलसिला कम्ता रोचक छैन । ०६४ र ०७० को चुनावमा महतसँग पराजित तामाङले यसपटक उनको ‘ह्याट्रिक’ रोक्छन् वा आफैं हारको ह्याट्रिक बनाउँछन् हेर्न बाँकी छ । यसअघिका निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने गरेको भए पनि यसपटक दुईपक्षीय भिडन्त भएकोले वाम गठबन्धन बलियो देखिन्छ ।
०६४ र ०७० को चुनावमा तेस्रो स्थानमा रहेको एमाले र दोस्रो हुने गरेको माओवादी केन्द्रको गठबन्धन महतका लागि चुनौती बन्न सक्छ । स्थानीय तहको मत हेर्दा कांग्रेसभन्दा एमाले अघि छ । एमालेसँग २२ हजार आठ सय ६९ मत छ भने कांग्रेससँग २२ हजार चार सय ५७ । माओवादीको १५ हजार एक सय ३१ मत जोड्दा वाम गठबन्धनसँग ३८ हजार मत पुग्छ भने कांग्रेससँग चुनावी तालमेल गरेको राप्रपाको उपस्थिति यस क्षेत्रमा न्यून छ । यो क्षेत्रमा एक लाख दुई हजार नौ सय चार मतदाता छन् ।
नुवाकोट १
अर्जुननरसिंह केसी र नारायण खतिवडा
नुवाकोट १ मा पनि वाम गठबन्धनविरुद्ध जित हात पार्नु कांग्रेसका लागि चुनौतीपूर्ण छ । कांग्रेस नेता अर्जुननरसिंह केसी र एमाले जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाबीचको चुनावी भिडन्तको नतिजा अनुमान गर्न सहज छैन तर स्थानीय चुनावको मतका आधारमा हेर्दा वाम गठबन्धनको स्थिति बलियो छ । स्थानीय चुनावमा कांग्रेसले २२ हजार सय १७ मत ल्याएको छ भने राप्रपाको एक हजार आठ सय ४१ मत छ । यता वाम गठबन्धनसँग भने एमालेको १८ हजार नौ सय ६३ र माओवादी केन्द्रको १८ हजार ८० गरी ३७ हजार ४३ मत छ । ११ हजार भन्दा बढीको मतान्तर पूर्ति गरी विजयी हुनु केसीका लागि सजिलो छैन । ०६४ को चुनावमा माओवादीसँग पराजित केसी ७० मा भने यही क्षेत्रबाट निर्वाचित भएका थिए । यहाँ एक लाख पाँच हजार दुई सय ८७ मतदाता छन् ।
रोल्पा
वर्षमान पुन र अमरसिंह पुन
२०६४ मा ललितपुर १ बाट निर्वाचित माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ०७० मा मोरङ ९ बाट पराजित भए । यसपटक उनी आफ्नै गृहजिल्ला रोल्पाबाट चुनाव लड्दैछन् र उनका प्रतिस्पर्धी छन्, कांग्रेस रोल्पाका सभापतिसमेत रहेका वर्तमान सिँचाइ राज्यमन्त्री अमरसिंह पुन ।
माओवादी केन्द्रको प्रभाव क्षेत्र रोल्पामा एमालेको १४ हजार पाँच सय ८८ सहित वाम गठबन्धनमा ४६ हजार नौ सय चार मत छ । यता कांग्रेससँग २२ हजार पाँच सय ७० मत छ । राप्रपाको समेत मत जोड्दा पनि वाम गठबन्धनसँग दोब्बर मत देखिन्छ । स्थानीय तह चुनावको परिणामका आधारमा विश्लेषण गर्दा यो क्षेत्रमा वर्षमान पुनविरुद्ध जित निकाल्नु कांग्रेस उम्मेदवार पुनका लागि फलामको चिउरा चबाउनुसरह देखिन्छ । रोल्पामा एक लाख २७ हजार ६ सय ६८ मतदाता छन् ।
जाजरकोट
शक्तिबहादुर बस्नेत र राजीवविक्रम शाह
७० को चुनावमा दुई निर्वाचन क्षेत्र रहेको जाजरकोटमा १ बाट माओवादी केन्द्रका नेता एवं पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत र २ बाट कांग्रेस नेता राजीवविक्रम शाह विजयी भएका थिए । तर यसपटक जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र कायम भएपछि यी दुई चुनावी मैदानमा आमनेसामने भएका छन् । स्थानीय चुनावको परिणाम हेर्दा वाम गठबन्धनको सामना गर्नु शाहका लागि सजिलो देखिँदैन । एमालेसँगको २० हजार तीन सय ७३ र माओवादी केन्द्रको १६ हजार नौ सय २५ जोड्दा ३७ हजार दुई सय ९८ हुन्छ, तर कांग्रेससँग १९ हजार पाँच सय ५७ मतमात्र छ । १७ हजारभन्दा बढीको मतान्तर पूरा गर्नु कांग्रेसका उम्मेदवार शाहका लागि त्यति सहज देखिँदैन । जाजरकोटका ८३ हजार नौ सय ३६ मतदाताले बस्नेत र शाहको संघीय संसद्को यात्रा तय गर्नेछन् ।
लमजुङ
देव गुरुङ र दिलबहादुर घर्ती
२०६४ को संविधानसभा चुनावमा कास्की क्षेत्र नम्बर १ र मनाङबाट विजयी भएका माओवादी केन्द्रका नेता देव गुरुङले यसपटक लमजुङबाट उम्मेदवारी दिएका छन् । स्थानीय तहको चुनावमासमेत जिल्लामा गठबन्धन गरेर चुनाव लडेका एमाले र माओवादी केन्द्रले वडाहरूमा ४० हजार नौ सय ९५ मत ल्याएका छन् ।
यता कांग्रेसको ३२ हजार सात सय १४ मत छ । राप्रपाको मत नगन्य भएकोले यसबाट घर्तीलाई धेरै राहत मिल्ने देखिँदैन । स्थानीय चुनावको परिणामका आधारमा कांग्रेसका उम्मेदवार घर्तीभन्दा गुरुङको स्थिति बलियो देखिन्छ तर अन्तिममा मतदाताले कसलाई रोज्छन् भन्ने थाहा पाउन परिणाम नै पर्खिनुपर्ने हुन्छ । लमजुङमा कुल एक लाख १५ हजार चार सय ४९ मतदाता छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xyPuWc via IFTTT
विदुर । नुवाकोट प्रतिनिधिसभा १ को प्रदेश ‘ख’ का उम्मेदवार रमेश महतले नेपाली कांग्रेस नुवाकोट सम्पूर्ण एकताका साथ निर्वाचन अभियानमा होमिएको वताउँदै काँग्रेसको सुदृढ एकताको अगाडि कुनै पनि गठवन्धनको अर्थ नरहने दावी गरेका छन् ।
सधै काँग्रेसको अनेकतामा आफ्नो सफलता देख्ने विपक्षीको मनोवृत्ती दिग्भ्रिमित मानसिकताको उपज मात्र भएको महतको भनाई थियो ।
आइतबार सुर्यगढ़ी गाउँपालिकाको काठमाडौंमा बसोबास गर्ने व्यक्तिहरुसंगको भेलामा कांग्रेस नेता महतले सो कुरा बताएको हो । नुवाकोटमा अहिलेको निर्वाचन विकासवादी र विनाशवादीहरुवीच भईरहेको वताउँदै विकास विरोधीहरु आफैं समाप्तीको चरणमा पुगेको वताए ।
नुवाकोटको विकास अभियानका महारथीहरु अर्जुननरसिंह केसी र रामशरण महतको ऐक्यवद्ध नेतृत्वमा अझै धेरै विकास अभियानहरु सार्थकतामा पुर्याउन पनि कांग्रेसको जित अपरीहार्य रहेको बताए ।
प्रजातन्त्रवादीहरुको किल्लाको रुपमा रहेको र प्रजातन्त्र नै समाप्त पार्न गरिएको कम्युनिष्ट गठवन्धनले जनताको मत प्राप्त गर्न नसक्ने वताउँनु भयो ।
“नुवाकोटका जनता लोकतन्त्र चाहन्छन, काँग्रेस एकढिक्का भएर निर्वाचनमा आएको छ, काँग्रेस हराउने कल्पना कम्युनिष्टको दिवास्वप्न मात्र हुनेछ” –महतको थप भनाई थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zOl4zG via IFTTT
झापा । बिर्तामोडमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा गोली चल्दा गम्भीर घाइते भएका इलामको माई नगरपालिकाका ४० वर्षीय मणिकुमार नेपालीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
शनिबारै हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याइ वीर अस्पतालमा उपचार थालिएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।
अन्य घाइते ५ जनाको स्थानीय विएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार ५ जना मध्ये ३ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
सघन उपचार कक्षमा उपचाररत् रहेकाहरुमा कनकाई नगरपालिकाका सुशील घतानी, मेची नगरपालिकाका अशोक बस्नेत र राजगढका सुनील पाठक छन् । घतानी र बस्नेतको हात र पाठकको हिप र पिठ्यूँमा गोली लागेको थियो । घटना प्रहरीको गोली लाग्दा एक जनाको मृत्यु भएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ySVMDP via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका अधिकांश शीर्ष नेताहरु प्रत्यक्ष चुनाव लड्ने भएका छन् । कांग्रेसले २२ नेताको चुनाव क्षेत्र तय गरिसकेको छ भने बाँकी उम्मेदवार टुंगो लगाउन संसदीय समितिको बैठक चलिरहेको छ ।
कांग्रेस नेताहरुले धेरै ठाउँमा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्नुपर्नेछ । वाम गठबन्धनले अहिलेसम्म दोस्रो चरणमा चुनाव हुने क्षेत्रहरुको उम्मेदवार तय गरेको छैन । तर, धेरै ठाउँमा उम्मेदवार तय जस्तै छ ।
कांग्रेस सभापति देउवाविरुद्ध वाम गठबन्धनबाट खगराज भट्ट उम्मेदवार हुनेछन् । माओवादी नेता भट्ट दुबै संविधानसभा चुनावमा देउवासँगै चुनाव लडेका थिए ।
स्थानीय तहको मतका आधारमा यो क्षेत्रमा कांग्रेसभन्दा वाम गठबन्धन बलियो छ । वडाको मतका आधारमा कांग्रेसको १९ हजार ६ सय बढी भोट छ भने एमालेको ११ हजार ७०० र माओवादीको १ हजार ७ सय बढी भोट छ ।
तर, स्थानीय तहको चुनावमा अन्तरघात भएको कांग्रेस नेताहरु बताउँछन् । देउवाको आफ्नो व्यक्तिगत प्रभाव पनि भएकाले उनी जित्नेमा कांग्रेस ढुक्क देखिन्छ ।
तनहुँ १ मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध वाम गठबन्धनबाट एमालेका किसान श्रेष्ठसँग उम्मेदवार बन्दैछन् । स्थानीय तहको मतका आधारमा यहाँ कांग्रेस बलियो हो । माओवादीको भोट एमालेमा जोड्दा ििन झण्डै बराबरी मात्र हुन्छ ।
तर, पौडेलविरुद्ध कांग्रेस नेता गोविन्दराज जोशी सार्वजनिकरुपमा उत्रिएका छन् र, आफूले टिकट नपाए पौडेलको जमानत जफत गराउने धम्की दिँदै हिँडेका छन् । कांग्रेस नेताहरुका अनुसार पौडेललाई चुनावमा एमालेले होइन, जोशीले गाह्रो पार्न सक्छन् ।
कांग्रेस महामन्त्री शशांक कोइराला नवलपुर १ बाट चुनाव लड्दैछन् । यो क्षेत्रमा वाम गठबन्धनको उम्मेदवार टुंगो लागेको छैन । एमालेले माओवादी नेता रामबहादुर थापा बादललाई उम्मेदवार बन्न आग्रह गरे पनि उनले मानेका छैनन् ।
शशांक दोस्रो संविधानसभामा यही क्षेत्रबाट चुनिएका थिए । स्थानीय तहको मतका आधारमा कांग्रेसले एमालेले भन्दा केही हजार बढी मत पाएको छ । तर, गठबन्धनकारी दलहरुको मत जोड्ने हो भने दुबै पक्षको कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौं १ बाट चुनाव लड्दैछन् । दुबै संविधानसभामा यो क्षेत्रबाट जितेका उनीविरुद्ध वाम गठबन्धनले एमालेकी सावित्रा भुसाललाई उम्मेदवार बनाउने तयारी गरेको छ । यद्यपि वरिष्ठ अधिवक्ता शम्भु थापालाई उम्मेदवार बनाउने छलफल पनि एमालेमा सुरु भएको छ ।
कांग्रेस नेताहरुका अनुसार सिंहका लागि एमाले प्रतिस्पर्धी होइन । तर, यो क्षेत्रमा साझा विवेकशील पार्टीबाट बीबीसीका पूर्वपत्रकार रविन्द्र मिश्र चुनावी मैदानमा उत्रिएका छन् । उनले प्रकाशमानको भोट काट्ने र एमालेले बलियो उम्मेदवार उठाउने हो प्रकाशमानलाई गाह्रो पर्ने नेताहरु बताउँछन् ।
पूर्वगृहमन्त्री विमलेन्द्र निधि धनुषा ३ बाट चुनाव लड्दैछन् । यहाँ वाम गठबन्धनबाट रघुवीर वा जुली महासेठ उम्मेदवार हुनेछन् । स्थानीय तहको मतका आधारमा कांग्रेस बलियो छ । कांग्रेसले झण्डै १८ हजार भोट पाउँदा एमालेले १३ र माओवादीले २ हजार भोट पाएको छ । राजपाले १३ हजार भोट पाएको छ ।
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी ४ रोजेका छन् । त्यहाँ वाम गठबन्धनबाट माओवादीका जाकिर हुसेन र निर्मल बरालले दाबी गरेका छन् । तर, माओवादीले टिकट पाएमा कांग्रेस नेता कार्कीलाई सजिलो हुनेछ किनकि यहाँ कांग्रेसको २१ हजार भोट छ भने माओवादीको झण्डै ५ हजार मात्र ।
सुनसरी ३ बाट चुनाव लड्ने विजयकुमार गच्छदारले वाम गठबन्धनबाट पुरानै प्रतिद्वन्द्वी भगवति चौधरी प्रतिस्पर्धी पाउनेछन् । त्यहाँ कांग्रेस र एमालेको बराबर मत छ । तर, फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि यो गच्छदार बलियो छ ।
मोरङ २ बाट चुनाव लड्न लागेका मिनेन्द्र रिजालले वाम गठबन्धनबाट रिषिकेश पोखरेल प्रतिद्वन्द्वी पाउनेछन् । स्थानीय चुनावको मतका आधारमा यहाँ वाम गठबन्धन झण्डै ८ हजार भोटले अगाडि छ । पोखरेल निवर्तमान सांसद हुन् भने पूर्वमन्त्री रिजाल पहिलोपटक यो क्षेत्रबाट चुनाव लड्न लागेका हुन् ।
स्याङ्जा २ मा कांग्रेसका गोपालमान श्रेष्ठ र वाम गठबन्धनबाट एमालेकी पद्मा अर्याल भिड्ने भएका छन् । स्थानीय चुनावका आधारमा त्यहाँ कांग्रेस र एमाले बराबर हैसियतमा छन् भने माओवादीको भोट निकै कम छ ।
पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का सुर्खेत १ बाट चुनाव लड्दैछन् । उनीविरुद्ध वाम गठबन्धनबाट एमालेको ध्रुव साही उम्मेदवार बन्ने लगभग पक्का छ । स्थानीय तहको मतका आधारमा यहाँ कांग्रेस एमालेभन्दा केही हजार भोटले अगाडि छ तर, माओवादीको भोट थपिँदा खड्कालाई चुनाव जित्न सहज छैन ।
पर्सा ४ मा रमेश रिजालले वाम गठबन्धनबाट माओवादीकी उर्मिला अर्याल वा एमालेका जयप्रकाश चौधरी मध्ये एक प्रतिस्पर्धी पाउनेछन् ।
उदयपुर १ मा कांग्रेसका नारायण खड्का उम्मेदवार भएका छन् । वाम गठबन्धनले टुंगो लगाएको छैन ।
एमालेले पाएको अवस्थामा मञ्जु चौधरी र माओवादीले पाउँदा हिमाल किराती उम्मेदवार बन्नेछन् । स्थानीय तहको मतका आधारमा कांग्रेस र एमाले बराबर छन् भने माओवादीको मत जोड्दा बाम गठबन्धन झण्डै १५ हजार मतले अगाडि हुनेछ । यद्यपि खड्काको आफ्नै व्यक्तिगत मत पनि भएकाले प्रतिस्पर्धा रोचक हुने कांग्रेस नेताहरु बताउँछन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2iGpCFh via IFTTT
काठमाडौं । काठमाडौं क्षेत्रनम्वर १ बाट वाम गठवन्धनले बरिष्ठ अधिवक्ता शम्भु थापालाई टिकट दिने तयारी गरेको छ। नेपाल वार एसोसिएसनका पूर्व अध्यक्ष समेत रहेका थापाले भने आफुले जित्ने अवस्थामा मात्र उठ्ने भन्दै निकटवर्ती कानुनव्यवसायी तथा एमाले नेता कार्यकर्तालाई बताउने गरेका छन्।
सुत्रहरुका अनुसार थापासँग एमालेका स्थायी कमिटी सदस्य सुभाषचन्द्र नेम्वाङले हिजोदेखि लगातार थापाको उम्मेदवारीका विषयमा छलफल गरिरहेका छन्।
ुअनुरोध गरेको हो तर उहाँले जवाफ दिइसक्नु भएको छैन। आफु जित्न सक्ने अवस्था छ छैन परिस्थितिको विष्लेशण गरेको छु भन्नुभएको छु, थापा निकट एक कानुनव्यवसायीले बताए। थापाले सबै तथ्याङक र परिस्थितिको विष्लेशण गरिरहेको बताउँदै ति कानुनव्यवसायीले चाँडैनै थापाबाट निर्णय आउने दावी गरे।
उक्त क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट प्रकासमान सिंह र विवेकसिल साझाबाट रविन्द्र मिश्र चुनाव लड्दैछन्। थापाले पहिलो संविधान सभामा उदयपुरबाट उम्मेदवारी दिएता पनि पराजित भएका थिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2gQ9nF5 via IFTTT
काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि प्रतिवद्धताहरु सार्वजनिक गरेको छ। राजधानीमा एक पत्रकार सम्मेलन गर्दै पार्टीले अर्थिक विकास र समृद्धिको नारा सहितको प्रतिवद्धतापत्र सार्वजनिक गर्यो।
पार्टीले समृद्धिका लागि पाँच वर्षे लक्ष्य राखेको छ। उसले आगामी ५ वर्ष सम्ममा आम गरिवीको अन्त्य गर्दै मुलुकलाई विकासशील मुलुकमा स्तरोन्नती गर्ने, आगामी १५ वर्ष सम्ममा दीगो विकासका लक्ष्यहरु हासिल गर्दै नेपाली जनताको जीवनस्तरलाई विश्वका मध्यम आय भएको मुलुकको दर्जामा पुर्याउने र वेरोजगारीको अनत्य गर्ने, आगामी २५ सम्ममा मुलुकलाई विकासको उन्नत तथा उच्चस्तरमा पुर्याई विश्वका उच्च आय भएको अवस्थामा देशलाई पर्याउने लक्ष्य राखेको छ।
नयाँ शक्तिले संघीय स्तरबाट विकास गरिने रणनैतिक महत्वका योजनाहरु पनि सार्वजनिक गरेको छ। उर्जा, सडक, रेलमार्ग, हवाइ तथा जलमार्ग, केवलकार, हिमाली वृहद पदमार्ग, सिँचाइ, विशेष औद्योगिक क्षेत्र, खानी उद्योग, विज्ञान तथा अन्वेषण र मुलुकको सूचना सुरक्षा लागि एक भू(उपग्रह अन्तरिक्षमा सञ्चालन गर्ने सम्मका लक्ष्य राखेको छ।
उसले आफ्नो प्रतिवद्धतापत्रमा ७ प्रदेशका प्रमुख योजनाहरु पनि सार्वजनिक गरेको छ। आधुनिक कृषि प्रणालीको विकास, औद्योगिक विकास, स्वास्थ्य, शिक्षा लगायतका विषमा पनि योजना बनाएको छ। पार्टीको प्रतिवद्धतापत्रमा सहरी विकासदेखि शहीद परिवार, दलित, अल्पसंख्यक, शारीरिक अपाङगता भएका समुदाय सम्मका योजना छन्। भूकम्पपछिको पुननिर्माण र विपद् व्यवस्थापन सम्वन्धी विशेष योजना समेत पार्टीले बनाएको छ। पार्टीले चुनावी नारा समेत सार्वजनिक गरेको छ। ुसबैका लागि समृद्धि, सबैलाई सम्मान, राज्यसत्ताका सबै तहमा सबैको पहुँच समानु भन्ने चुनावी नारा समेत दिएको छ। नयाँ शक्तिक आँखा चुनाव चिन्ह लिँदै निर्वाचनमा सहभागि छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2gPIkJO via IFTTT
काठमाडौं। वाम गठबन्धनले तोकिएको समयमै चुनाव गर्न आग्रह गरेको छ। सर्वोच्च अदालतले मतपत्रका विषयमा गरेको आदेश पछि चुनाव नहुनेको हो कि भन्ने संसय बढेका बेला वाम गठबन्धनले आज संयुक्त पत्रकार सम्मेलन गरी कुनै पनि बहानामा चुनाव नरोक्न आग्रह गरेको छ।
एमाले अध्यक्ष केपी ओलीले भने,‘मनोनय भइरहेको छ। यस्तो अवस्थामा निर्वाचनको मिति सार्ने व्यवहारिक नैतिक राजनीतिक कुनै पनि हिसाबले सम्भव छैन। त्यो हुनु हुँदैन। हुन सक्दैन।’
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीले भने,‘मनोनय भइरहेको छ। यस्तो अवस्थामा निर्वाचनको मिति सार्ने व्यवहारिक नैतिक राजनीतिक कुनै पनि हिसाबले सम्भव छैन। त्यो हुनु हुँदैन। हुन सक्दैन।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा यसलाई सम्पन्न गर्न कहीँ कतैबाट व्यवधान नअावस भनेर पत्रकार सम्मेलन गरिएको बताए।
निर्वाचनलाई घोषित समयमा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दलहरु तथा नेपाली जनताको साझा कर्तब्य भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ।
‘निर्वाचन प्रक्रिया तीब्र रुपमा अगाडि बढ्दै उम्मेदवारहरु प्रचार प्रसारमा जुटिरहेको स्थितिमा निर्वाचनका सम्बन्धमा कहीं कतैबाट पनि कुनैपनि किसिमको भ्रम, अन्योल र अवरोध सिर्जना हुनुहुँदैन’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसो हुनु वा गर्नुभनेको लोकतान्त्रिक अभ्यासलाई अवरुद्ध पार्दै लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्ने र नेपाली जनताको अधिकारलाई कुण्ठित गर्ने कार्य हुनजान्छ। अतः यसप्रति सचेत रहन हामी सम्बद्ध सबैलाई आग्रह गर्दछौं।’
भिडियो
विज्ञप्तिको पूर्ण पाठ
९ कार्तिक २०७४
प्रेस वक्तव्य
१) नेपाली जनताको लामो बलिदानीपूर्ण संघर्ष र प्रतीक्षा पछि संविधानसभाबाट संविधान जारी भै स्थानीय तहको निर्वाचन समेत सम्पन्न भएर आगामी मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रक्रिया अगाडि बढिसकेको छ । नेपालको संविधानको कार्यान्वयन, संक्रमणकालको अन्त्य, राजनीतिक स्थायित्व, दिगो शान्ति र समृद्धिको लागि यो निर्वाचन अत्यन्तै महत्वपूर्ण छ । निर्वाचनलाई घोषित समयमा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दलहरु तथा नेपाली जनताको साझा कर्तब्य हो । निर्वाचन प्रक्रिया तीब्र रुपमा अगाडि बढ्दै उम्मेदवारहरु प्रचार प्रसारमा जुटिरहेको स्थितिमा निर्वाचनका सम्बन्धमा कहीं कतैबाट पनि कुनैपनि किसिमको भ्रम, अन्योल र अवरोध सिर्जना हुनुहुँदैन । त्यसो हुनु वा गर्नुभनेको लोकतान्त्रिक अभ्यासलाई अवरुद्ध पार्दै लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्ने र नेपाली जनताको अधिकारलाई कुण्ठित गर्ने कार्य हुनजान्छ । अतः यसप्रति सचेत रहन हामी सम्बद्ध सबैलाई आग्रह गर्दछौं।
२) मुलुक निर्वाचनमा अग्रसर भइसकेको यस अवस्थामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रयोग हुने मतपत्रका सम्बन्धमा अनावश्यक वहस विवादमा नअल्झी घोषित समयमा निर्वाचन सम्पन्न गर्ने कार्यमा योगदान पु¥याउन सम्बद्ध सबैसंग हामी हार्दिक आग्रह गर्दछौं । यस प्रसंगमा हिजो कार्तिक ८ गते सर्वोच्च अदालतबाट जारी भएको आदेशप्रति हाम्रौ ध्यानाकर्षण भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने र समानुपातिक प्रणालीका उम्मेदवारका लागि अलग–अलग मतपत्रको ढाँचा तयार गरी मतपत्र छपाईको कार्य अगाडि बढाइसकेको छ । मतपत्रको उक्त ढाँचाबाट कुनैपनि नागरिक या मतदाताको कुनै संवैधानिक, कानुनी, मौलिक तथा नागरिक हकको प्रयोगमा वाधा नपुग्ने, मतपत्र मार्फत् मतदाताले आफूले मन पराएको दल या उम्मेदवार छनोट गर्न र तत्सम्बन्धी निजको गोपनीयतामा कुनै व्यवधान नपुग्ने तथ्य स्पष्ट छ।
३) असोज २९ गते समानुपातिक तथा कार्तिक ५ गते पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तरगतका उम्मेदवारहरुको मनोनयन दर्ता भएर उम्मेदवारहरु जनताका बीचमा गइसकेका छन् । नेपालको संविधान अनुसार आगामी माघ ७ गते अगावै निर्वाचनका सम्पूर्ण कामहरु सम्पन्न भई संसद गठन भइसक्नु पर्दछ । आगामी मङ्सिरका लागि तय गरिएको निर्वाचन मौसमका कारणले पनि पर सार्नु संभव र उचित हुँदैन । राजनीतिक दल र सम्बन्धित संस्थाहरु बीचको छलफल पछि तय भएको मंसिरमा हुने निर्वाचनलाई कुनै पनि निहुँमा सार्ने, टार्ने वा बिथोल्ने काम–कुरा लोकतान्त्रिक अभ्यासका विरुद्ध तथा नेपाल र नेपाली जनताको हित विपरीत हुनजान्छ । निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने र जनतामा अन्योल र संशय उत्पन्न हुने कुनैपनि किसिमको काम–कुरा नगर्न हामी सम्बद्ध सबैलाई आग्रह गर्दछौ । नेपालको सार्वभौमसत्ता नोपली जनतामा रहेको र निर्वाचनमा प्रतिकूल प्रभाव र असर पार्ने कुनैपनि प्रकारका काम–कुरा नेपाली जनतालाई सह्य नहुने तर्फ सबैलाई सचेत तुल्याउन चाहन्छौं ।
४) उपर्युक्त कुरा र तथ्यबाट देशको लागि निर्वाचन घोषित समयमा सम्पन्न गर्नु अत्यावश्यक र अत्यन्त महत्वपूर्ण रहेको हुनाले निर्वाचन आयोग लगायत सम्बद्ध सबै निकायहरुलाई निर्वाचनको जारी प्रक्रियालाई बिना कुनै अवरोध, बिना द्विविधा र तीव्रताका साथ अगाडि बढाउँदै सार्वभौम नेपाली जनताका अधिकारको सम्मान रक्षा र सुदृढीकरणमा योगदान पु¥याउन आग्रह गर्दछौं ।
के. पी. शर्मा ओली पुष्पकमल दाहाल ’प्रचण्ड’
अध्यक्ष, नेकपा (एमाले) अध्यक्ष, नेकपा माओवादी (केन्द्र)
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zIfSgM via IFTTT
९ कात्तिक, काठमाडौं । आफन्त गुमाउनुको पीडा भोग्नेहरूलाई नै थाहा हुन्छ । अझ जीवनभर साथ निभाउने कसम खाएर वैवाहिक बन्धनमा बाँधिएको केही महिना पनि नबित्दै आँखैअगाडि जीवनसाथी गुमाउँदाको पीडा भुलाउन परेको सकस नायिका श्वेता खड्कालाई भन्दा बढी कसलाई अनुभव भएको होला । अहिले उनी आफ्नो त्यही पीडा भुलाउन ‘कान्छी’ बनेर आउन लागेकी छिन् आफ्नै लगानीमा चलचित्र निर्माण गरेर ।
स्वर्गीय पति नायक श्रीकृष्ण श्रेष्ठप्रति समर्पण गर्दै श्वेताले निर्माण गरेको चलचित्र कान्छी अहिले निर्माणको अन्तिम चरणमा पुगेको छ । मुस्ताङको लेते र आसपासका ग्रामीण क्षेत्रमा चलचित्रको सम्पूर्ण छायांकन गरिएको छ । चलचित्रका निर्देशक आकाश अधिकारी भन्छन्, ‘यहाँको ग्रामीण परिवेशमा नै चलचित्रको सम्पूर्ण छायांकन सकिएको छ । कान्छीले श्वेताको पीडा भुलाउने काममात्र गरेको छैन । हाम्रै परिवेशको एउटा स्वच्छ चलचित्र पनि बनेको छ ।’
यसअघिको चलचित्र कोहिनुरमा पनि निर्देशक आकाश नै थिए अनि थियो श्रीकृष्ण र श्वेताको जोडी । तर कान्छीको छायांकन गरिरहँदा नायिका र निर्देशकबीच श्रीकृष्णको यादमात्रै बाँकी छ । ‘कतिपय चलचित्रका दृश्य छायांकन गर्दा श्वेता धेरै भावुक बन्थिन् । तर, आफैं सम्हालिनुको विकल्प थिएन, र पतिकै सपना पूरा गर्न आएको स्मरण गर्दै पुनः काममा लाग्थिन्’, आकाश भन्छन् । नेपाली चलचित्र उद्योगमा यसअघि पनि ग्रामीण परिवेश पस्कँदै चलचित्र कान्छी निर्माण भएको थियो र मुख्य भूमिकामा थिइन् नायिका शर्मिला मल्ल । अहिलेकी कान्छी र उहिलेकी कान्छीमा के भिन्नता छ ? निर्देशक आकाश भन्छन्, ‘यो गाउँले परिवेशमा हुर्किएको सामाजिक प्रेमकथा हो । यसमा हाम्रै समाजको कथा छ । उहिलेकी कान्छी त त्यसै पनि लिजेन्ड थिइन् ।’
चलचित्र छायांकन गर्न ४८ दिन लागेको थियो । चलचित्रमा श्वेतालाई दयाहाङ राईले साथ दिएका छन् । नीर शाह, अनु शाह, प्रज्ज्वल सुजल गिरी र तेस्रोलिंगी अभियान्ता भूमिका श्रेष्ठलाई पनि प्रस्तुत गरिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, शम्भुजित बाँस्कोटा, अर्जुन पोख्रेल र राजनराज शिवाकोटीको संगीत रहेको छ । वसन्त श्रेष्ठको कारियोग्राफीमा चारवटा गीत समेटिएका छन् । चलचित्र २६ माघबाट प्रदर्शनमा आउने भएको छ ।
The post श्रीकृष्ण श्रेष्ठको यादमा कान्छी बनी मुस्ताङ पुगिन् श्वेता appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2xoASZd
via IFTTT
सम्राट सिंह
बझाङ ८ कार्तिक। नेकपा एमालेको टिकट वितरण प्रक्रियाबाट असन्तुष्ट बनेर उम्मेदवारी दिएका २ जना बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन । एमालेको टिकट बितरण प्रक्रियाबाट असन्तुष्ट बनेका गोपाल बहादुर खड्का र शेर बहादुर बोहराले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन । नेताहरुले आफुनिकट उम्मेदवारहरुलाई टिकट दिएको भन्दै गोपाल बहादुर खडकाले प्रतिनिधि सभा र शेर बहादुर बोहराले प्रदेश सभा (क) मा उम्मेदवारी दिएका थिए ।
मुख्य निर्वाचन कार्यालयले आज ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय राखेको भएपनि बागी उम्मेदवारहरुले साढे ११ बजे उम्मेरवारी फिर्ता लिएको जनाएको छ ।
उम्मेदवार सिफारिसका क्रममा एमालेको निर्वाचन क्षेत्रिय कमिटिमा भएको निर्वाचनमा बढी मत पाउनेलाई टिकट नदिएर कम मत पाउनेलाई केन्द्रले टिकट दिएको प्रति एमाले जिल्ला कमिटी अध्यक्ष दिलबहादुर सिंहं लगायतका केही नेता रुष्ट भएका थिए । यस्तै अन्तिम अवस्थामा टिकट केन्द्रिय सदस्य भैरब बहादुर सिंहले पाए पछि पूर्वमन्त्रि भानुभक्त जोशी समर्थक कार्यकर्ताहरु पनि रुष्ट भएको बताइन्छ ।
बझाङमा बाम गठवन्धनको तर्फबाट प्रतिनिधि सभाको लागी भैरबहादुर सिंह र नेपाली काङग्रेसका तर्फबाट पृथ्वीबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन । भने प्रदेश तर्फ एमालेका अर्जुन बहादुर थापाले (क) र (ख) मा माओवादी केन्द्रका तर्फबाट देवकी मल्ल (थापा)ले उम्मेदवारी दर्ता गराएका छन । यस्तै नेपाली काङग्रेसबाट प्रदेश सभा (क) लागी चन्द्रा जोशी र (ख) मा पुर्वराज्य मन्त्री नरेश बहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन ।
नेकपा एमाले र माओवादी केन्द्रले बागी उठ्ने उम्मेदवारहरुलाई कहिल्यै उम्मेदवारी बन्न नपाउने गरी कडा कारबार्हि गर्ने निर्णय गरेपछि देशभरका बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिने क्रम जारी रहेको छ ।
एमालेका बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएपछि बाम गठबन्धनका उम्मेदवारहरुमा खुसी छाएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2gB3NCJ via IFTTT
काठमाडौँ । सरकारले सचिव सरुवाको निर्णय रातारात सच्याएर मनपरी गरेको छ । अघिल्लो दिन एक निकाय वा मन्त्रालयमा सरुवा भएका सचिव भोलिपल्ट अर्को मन्त्रालयमा परेका छन् । सरकारले केही सचिवलाई रातारात मनलागी सरुवा गरेको छ भने केहीलाई थमौतीमा पारेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव सरुवाको निर्णय गरेको थियो । सचिवहरूको सरुवा मनपरी गरी रातारात सच्याएर प्रशासनिक क्षेत्रमाथि चरम हस्तक्षेप गरेको आरोप प्रशासकले लगाएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायको सरुवा सोमबार लोकसेवा आयोगमा भएको थियो । मंगलबार भने उनको सरुवा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा भएको छ भने आयोग सचिवविहीन बन्न पुगेको छ ।
आयोगको नेतृत्वले उपाध्यायलाई अस्वीकार गरेपछि सरकारले उनलाई ‘ब्याक’ गरेको स्रोतले जनाएको छ । आयोगका अध्यक्ष उमेश मैनालीले सचिव पठाउनुअघि आफ्नो राय नलिएको भन्दै मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीस“ग टेलिफोनमार्फत असन्तुष्टि जनाएका थिए ।
उपाध्यायलाई महिला मन्त्रालयमा पठाएपछि त्यहाँका सचिव प्रेमकुमार राईको सरुवा प्रधानमन्त्री कार्यालयमा भएको छ । सचिव राईको डेढ महिनाअघि मात्र आपूर्ति मन्त्रालयबाट महिला, बालबालिका तथा समाजकल्याणमा पुगेका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2yODlzD via IFTTT
एजेन्सी ।
भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र बलिउड एक्ट्रेस अनुष्का शर्मा छिट्टै नै विवाह बन्धनमा बाँधिन सक्ने भारतीय मिडियाहरु बताउँछन । स्रोतका अनुसार यही वर्षको डिसेम्बरमा उनीहरु विवाह गर्न लाग्दैछन । अहिलेसम्म उनीहरु दुबैले विवाहको मिति भने सार्वजनिक गरेका छैनन । श्रीलंका विरुद्ध हुने घरेलू सिरिजबाट ब्रेक लिएर विराटले विवाह गर्ने बताइएको छ ।
तर विराटले समय भने सिमित मात्र निकाल्न सक्ने बताइएको छ । किनकि डिसेम्बरमा तीन म्याच वनडे र तीन म्याच टी-२० सिरिज खेल्नु पर्नेछ । ब्यस्त समयका बाबजुद विराटले क्रिकेट बोर्डसँग छुट्टी मागेका छन । यो छुट्टीको समयमा विराट र अनुष्काले विवाह गर्ने बताइएको छ ।
श्रीलंकासँगको म्याचपछि भारतीय टिम साउथ अफ्रिका टुरमा जाने भएकोले सो समयमा विराटले समय पाउनेछैनन् त्यसैले यसको पहिला नै विवाह गर्ने योजना बनाएको बुझिन्छ ।
विराट र अनुष्काको लबस्टोरीको शुरुवात २०१३ मा एक स्याम्पुको सुटिङको बेला भएको थियो ।
The post विराट र अनुष्का विवाह गर्दै, विवाहको मिति समेत जुर्यो ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2gEGEmk
via IFTTT
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2zyiq0W
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2h3kEyJ
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2gE603V
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2yMgqFd
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2zwvxzC
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2yIw3gn
काठमाडौँ । कांग्रेसबाट लोकतान्त्रिक फोरम हुँदै ने.क.पा. एमालेमा प्रबेश गरेका रौतहट क्षेत्र नं.२ कानिबर्तमान साँसद मुस्ताफ राजापुन सोही क्षेत्रवाट साँसदबन्ने अभिप्रायवाट एमालेमाप्रबेश गरेका छन् । एमाले र माओवादीबिचभएको बाम गठबन्धन र सो क्षेत्रवाट एमालेकाचर्चित यूवा नेता सैलेन्द्र साहलाई उम्मेदवारी बनाउने एमाले प्रदेश कमिटिवाट एकल रुपमासिफारिस भए पछि आफनो हार हुने कारणलेएमाले प्रबेश गर्न लागेका राजाको हकमा रौतहट पार्टी कमिटि र कार्यकर्ताहरुको अबरोध भए पछि सुटुक्क ओलीनिवास वालकोट गएर अध्यक्षको हातवाट टिका लगाई प्रबेश गरेकाहुन । नेपाली र भारतियगरि २२ जनालाई जिउँदै जलाएर हत्यागरिएको इट्टा भट्टाका संचालक समेत रहेका मुस्ताफा राजा घट्नाकामुख्यआरोपीमोहम्मदअफतावआलमका साखै भान्जाहुन र सो समयमा नेपालीकागँे्रसका सक्रियकार्यकर्ता र आलमकामुख्य सहयोगीको रुपमा रहेको जानकारहरु बताउँछन ।२०६४ साल चैत्र २८ गते हुने संबिधान सभाको निर्बाचनलाई प्रभाबपार्न भनि उम्मेदवार मोहम्मद अफताब आलमले काका शेख इद्रिसको घर जि.रौतहट राजपुर फरहदवागा.बि.स.वडा नं.४ स्थित घरमालगिबमबनाउनलगाएकोमा बम बिष्फोट भई घाईते भएकोमाउक्त कुराहरु बाहिर आएको खण्डमा निर्बाचनलाई असर पर्ने भन्दै मोहम्मदअफताबआलम समेतकानिजहरुकाव्यक्तिहरुले घाईतेहरुलाई जिउँदै मुस्ताफ राजाको इटा भटटाको चिम्निमाहालीजिउँदै जलाएको घटनामा आफु समेत अनुसन्धानकाक्रममापक्राउमा परिने र कारवाहीहुने डरले तत्कालिन समयमामधेशवादी पार्टीहरुको बोलवाला देखेर फोरम लोकतान्त्रिकमा प्रबेश गरी साँसद बनेकाथिए । ऋाफना छोराहरुलाई जिउँदै जलाएर मार्ने मोहम्मद अफताव आलम सहितकाव्यक्तिहरुलाई कारवाहीगरि पाउँभनिजाहेरी दिने रुक्सनाखातुन र नारायण सिँह राजपुतमध्ये रुक्सनाखातुनको समेत रहस्यमयतरिकाले हत्याभएको थियो । राजनैतिकप्रभाबकाकारण उक्त मुद्दा नचलाउने भनिजिल्ला सरकारी वकिलकार्यालय रौतहटले निर्णय गरेकोमा सो निर्णयलाई पुनराबेदन सरकारी वकिलकार्यालयले सदर गरे पछि उक्त निर्णय बिरुद्ध जाहेरवालाहरु सर्वोच्चअदालतगुहार्न पुगेकाथिए ।
किटानी जाहेरी , घटना स्थलमाओसी अख्तरको स्वीटर हाइनेक, कालो रंगको मोजाजोडी , कालो रंगको जु त्ताजोडी बरामदभएको , प्रत्यक्षदर्शी सराजुलमिया समेतको कागज , मानबअधिकार आयोग , नेपालवार एशोसियसन र अन्यमानबअधिकार सम्बन्धि संस्थाहरु समेतको स्थलगत अनुसन्धानप्रतिबेदनवाट वारदात पुष्टि भएको तथाजाहेरवालाहरुको छोरा हाल सम्म फेलानपरेको तथ्य समेतवाट वारदातको सम्बन्धमा केही प्रमाणहरु मौजुदा रहेको पाइन्छ । तसर्थ रिट निबेदनमा उठाइएको कत्तव्यज्यानको बरदातको सम्बन्धमा संलग्नव्यक्तिहरुको पहिचानगरि निजहरु उपर प्रचलितकानूनीव्यबस्थावमोजिम सजायको मागदाबीलिई अभियोग पत्रदायर गर्नुे कर्तव्य नेपाल सरकार रहेको र उक्त मुद्दाको गम्भिर रुपले अनुसन्धानगरि जो जे बुझनु पर्ने हो बुझिप्रचलितकानूनबमोजिमकारवाहीगर्ने गराउने र सो कारवाहीको जानकारी यस अदालतलाई दिनु भन्ने भन्ने मा.न्याश्री शुशिलाकार्की र भरत ब.कार्कीको संयूक्त इजलासवाट मिति २०६९।२।१६माभएको फैसलाभएको थियो । अदालतवाट आदेश भएको ३ बर्ष व्यत्तित भै सकेतापनिजाहेरीमाउल्लेखितप्रतिवादीहरुलाई पक्राउनगर्ने , मुद्दा दायर नगर्ने कार्य गरि सम्मानित अदालतवाट मिति २०६९।२।१६गते भएको आदेशको अपहेलनाभएको हँुदाबिपक्षीहरुलाई झिकाई अन्यबिपक्षीहरु समेत देखिएको खण्डमा तिनिकायतथाव्यक्तिहरुलाई समेत बिपक्षीकायमगरि हदैसम्मको कारवाहीगरि पाउँ साथै सम्मानितमिति २०६९।२।१६को अन्तिमआदेश कार्यान्वयनगर्नकालागिबिपक्षीहरुको नाममाजो जे चाहिने उपर्यूक्तआदेश जारी गरि पाउँभनिअधिबक्तापुष्पराजपौडेलले सवोच्चअदालतमानिबेदनदिएकाथिए । सर्वाेच्च अदालतवाट बिपक्षीहरुको नाममाकारण देखाउआदेश जारी र अनुसन्धानमाभएकाप्रगति र फाईलमागभए पछि मुख्यआरोपिआलम केही समय भुमिगत समेत भएकाथिए । संघिय र प्रदेश चुनावकालागिमोहम्मदअफताबआलमको नाम नेपालीकाँग्रेस रौतहटवाट सिफारिस भएको खबर प्राप्तभएको छ । प्रहरीको फरारी सुचिमा रहेकाआलमको उम्मेदवारीले नँया तरँग पैदा हुने देखिन्छ । प्रहरीको मोस्ट वान्टेडको सुचिमा रहेकाआलमलाई उम्मेदवारी दर्ता गर्न आएको बेलाप्रहरीले नसमाति छोडि दियो भने मानबअधिकार र कानूनीशासनको धज्जि उड्ने र प्रहरीको कार्य शैलीमा समेत राष्ट्रिय तथाअन्तराष्ट्रिय क्षेत्रमाप्रश्नचिन्ह् खडा हुने नै छ भने दण्डहिनतालाई प्रश्रय दिएको आरोप लाग्ने छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2h2Srb6 via IFTTT
एजेन्सी ।
अब रणवीर सिंह क्रिकेट खेल्न सिक्ने भएका छन । उनलाई क्रिकेट बादशाह कपिल देवले क्रिकेट सिकाउने भएका छन । कबिर खानले १९८३ को क्रिकेट विश्वकपको बारेमा फिल्म बनाउँदैछन् जसको नाम ‘८३’ राखिएको छ । यो फिल्ममा रणवीर सिंह कपिल देवको भूमिकामा देखिदैछन ।
यसैले विश्चविजेता टिमको सदस्य कपिल देवले रणवीर लाई क्रिकेट सिकाउने भएका हुन । सन १९८३ मा कपिल देवको नेतृत्वमा भारतले विश्वकप जितेको थियो ।
कबीर खानका अनुसार फिल्मको पूरै टिम क्रिकेटको तयारीसँगै अगाडि बढ्नेछ । फिल्मको तयारीको लागि कलाकारहरुलाई क्रिकेटको तालिम दिने तयारी भइरहेको छ । जसमा विश्वविजेता टीमका सदस्य कोचको रुपमा प्रस्तुत हुनेछन ।
फिल्मको सुटिङ भने आउने वर्षदेखि हुनेछ । यो फिल्म कपिलदेवको वायोपिक नभई १९८३ मा विश्वकप जितेको कथा हुने बताइएको छ ।
The post अब रणवीर सिहंलाई कपिलदेवले क्रिकेट खेल्न सिकाउने ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2yL61JN
via IFTTT
काठमाडौं । कांग्रेस नेता डा.रामशरण महतले नुवाकोट क्षेत्र नम्बर एकमा उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी दर्ता गर्ने क्रममा कांग्रेसका कार्यकर्ता तथा मतदाताको व्यापक सहभागिता थियो।
नुवाकोट क्षेत्र नम्बर २ मा कांग्रेसका अर्का नेता अर्जुननरसिंह केसीले उम्मेदवारी दर्ता गरेका छन्। नेता डा. उम्मेदवारी दर्तापछि महतले नुवाकोटमा गठबन्धनको कुनै असर नपर्ने र कांग्रेसले दुवै क्षेत्रमा जित हासिल गर्ने बताए। महतले कांग्रेसको नेतृत्वमा संविधान लेखन र कार्यान्वयनको महत्वपूर्ण काम भएकोले अब कांग्रेसकै नेतृत्वमा सरकार बनाएर विकास र समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताए ।
वाम गठबन्धनबाट क्षेत्र नम्बर एकमा माओवादी केन्द्रका हितबहादुर तामाङ र क्षेत्र नम्बर २ मा एमालेको नारायण खतिवडाले उम्मेदवारी दर्ता गराएका छन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2hXi6Sa via IFTTT
नुवाकोट । नुवाकोटमा पहिलो प्रदेश तथा संघीय निर्वाचन २०७४ मंसिर १० गतेको लागि कार्तिक ५ गते आइतबार पूर्व मन्त्री सहित प्रमुख राजनीतिक दलका शीर्ष नेतासहित ५७ जनाले बाजागाजा र जुलुशसहित प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गरेका छन्। नुवाकोटको क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फ १० विभिन्न दलका १० जना, सो क्षेत्रको प्रदेश १ तर्फ सात जना र प्रदेश २ तर्फ नौ जना गरि २८ जना तथा क्षेत्र नं. २ मा ११ दलका ११ जना तथा सो क्षेत्रको प्रदेश १ तर्फ आठ जना र प्रदेश २ तर्फ नौ जना गरि ५७ जनाले उम्मेदवारी दर्ता गराएको नुवाकोट जिल्लाका मुख्य निर्वाचन अधिकृतले जनाएको छ ।
प्रतिनिधिसभा तर्फ दुई र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र रहेको नुवाकोटको क्षेत्र नं. १ बाट नेपाली कांग्रेसबाट डा. रामशरण महत र एमाले-माओवादी गठबन्धनबाट माओवादी केन्द्रका हितबहादुर तामाङको उम्मेदवारी दर्ता भएको छ।
यस्तै क्षेत्र नं. २ बाट कांग्रेसबाट अर्जुननरसिंह केसी र एमाले माओवादी गठबन्धनबाट नारायणप्रसाद खतिवडाको उम्मेदवारी परेको छ।यस्तै क्षेत्र नं. १ को प्रदेश क मा नेकाबाट महेन्द्र थिङ र बाम गठबन्धनबाट माओवादी केन्द्रका राधिका तामाङको उम्मेदवारी परेको छ।
क्षेत्र नं. १ को प्रदेश ख मा नेपाली कांग्रेसका रमेशकुमार महत र गठबन्धनबाट एमालेका बद्री मैनालीको मनोनयन दर्ता भएको छ। प्रतिनिधि सभाको क्षेत्र नं. २ को प्रदेश क मा नेपाली कांग्रेसका जगदीश्वरनरसिंह केसी र वाम गठबन्धनबाट एमालेका केशव पाण्डेको उम्मेदवारी दर्ता भएको छ।
क्षेत्र नं. २ को प्रदेश क मा नेपाली कांग्रेसका पूर्व मदानपुर गाविसका सभापति बद्रीप्रसाद त्रिपाठीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश क मा नेपाली कांग्रेसबाट जगदीश्वरनरसिंह केसीको विरुद्ध त्रिपाठीको उम्मेदवारी दर्ता भएको जनाइएको छ।
नुवाकोटमा कांग्रेसका उम्मेदवार महतका काका भतिज र केसीका दाजुभाइ
नेपाली कांग्रेसले नुवाकोटको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा क्षेत्र नम्बर १ मा डा रामशरण महत र उनको भतिज रमेश महत तथा क्षेत्र नम्बर २ मा अर्जुननरसिंह केसी र उनका सहोदर भाइ जगदिश्वरनरसिंह केसीले उम्मेदवारी दर्ता गराएका छन । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा १ बट डा रामशरण महत र २ बाट अर्जुननरसिंह केसीले उम्मेदवारी दिएका छन ।
प्रदेशत ‘क’ बाट महतका भतिज रमेश महत र ‘ख’ बाट कांग्रेस नुवाकोटका कोषाध्यक्ष समेत रहेका महेन्द्र थिङले उम्मेदवारी दर्ता गराएका छन । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशतर्फ ‘क’ बाट नुवाकोट कांग्रेसका सभापति समेत रहेका केसीका भाइ जगदिश्वरनरसिंह केसी र ‘ख’ बाट जगतबहादुर तामाङले उम्मेदवारी दिएका छन ।
बामगठबन्धन नेकपा माकेबाट हित बहादुर तामाङ, राधिका तामाङ, हिरानाथ खतिवडा र नेकपा एमालेबाट नारायण प्रसाद खतिवडा, बद्री मैनाली, केसब पाण्डेको उमेद्वारी
नुवाकोट प्रतिनिधि सभा १ मा माओवादी केन्द्रका नेता हित बहादुर तामाङ र २ मा नेकपा एमाले जिल्ला अध्यक्ष नारायण प्रसाद खतिवडा भिड्ने भएका छन् ।
त्यस्तै पदेश सभातर्फ १ को क मा माओवादी केन्द्रकी राधिका तामाङ र१को ख मा नेकपा एमालका बद्री मैनाली चयन भएका छन् । त्यस्तै पदेश सभातर्फ २ को क मा नेकपा एमालेका केसब पाण्डे र २ को ख मा माओवादी केन्द्रका हिरानाथ खतिवडा चुनावी मैदानमा उत्रिएका छन् ।
यसका साथै सत्ताधारी नेपाली कांग्रेस, एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी, नयां शक्ति, राप्रपा प्रजातान्त्रिक, संघीय नेशनल अर्गनाइजेसन, विवेकशील साझा पार्टी, नेकपा माले, संघीय समाजवादी फोरम, देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन्।
सत्ताधारी राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली कांग्रेसलाई समर्थन गर्दै उम्मेदवारी दर्ता नगरिएको सो दलका जिल्ला अध्यक्ष विष्णु सापकोटाले बताए।मुख्य दलहरुले जुलुससहित विदुरस्थित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् भने अन्य साना दलहरुले आफ्ना समर्थक र प्रस्तावक लिएर मनोनयन पत्र दर्ता गराएका छन्।
क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको लागि विवेकशील साझा पार्टीबाट पुरुषोत्तम अधिकारी, नेकपा मालेबाट दिलबहादुर पुडासैनी, नयाँशक्तिबाट धर्मबहादुर गुरुङ, नेपाल जन लोकतान्त्रिकबाट नारायण पौडेल, एकीकृत राप्रपा राष्ट्रवादीबाट राज्यलक्ष्मी श्रेष्ठपाण्डे, देशभक्त जनलोकतान्त्रिक पार्टीबाट लक्ष्मी मुडभरी गरी प्रतिनिधिसभाको क्षेत्र नं २ बाट ८ जनाको उम्मेदवारी परेको छ।ठूला राजनीतिक दलसहित नयाँ शक्ति नेपाल, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी,लगायतका दलहरुले पनि उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय राजनीतिमा समेत प्रभाव जमाउन सक्ने काँग्रेसको नेता डा. रामशरण महत र अर्जुननरसिंह केसी यस जिल्लाबाट पहिला पनि जनप्रतिनिधि भइसकेका छन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xY3A2M via IFTTT
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2iudeYJ
काठमाडौं । मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधित सभा र प्रदेश सभाको निर्वाचनको लागि आज मनोनदय दर्ता भैरहेको छ। पहिलो चरणमा अन्तर्गत ३२ जिल्लामा निर्वाचन हुँदैछ। प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा आज मनोनदय दर्ता हुने छ।
पहिलो चरणको निर्वाचनमा केही ुहेभिवेटु नेताहरुबीच चुनावी भिडन्त हुँदैछ। गोरखा २ मा प्रतिनिधि सभा निर्वाचनमा नयाँ शक्तिका संयोजक डा। बाबुराम भट्टराई र माओवादी केन्द्रका पूर्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच प्रतिष्पर्धा हुनेछ। भट्टराईलाई नेपाली कांग्रेसको समेत समर्थन छ भने श्रेष्ठ वाम गठवन्धनको तर्फबाट उम्मेदवार बनेका हुन्। उनीहरु दुई बीचको चुनावी भिडन्त रोचक हुने देखिएको छ। नेपाली कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठ गोरखा १ बाट चुनावी प्रतिष्पर्धामा छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० अध्यक्ष पशुपतिशम्शेर जबराले सिन्धुपाल्चोक क्षेत्र नं २ बाट उम्मेदवार छन्। यस्तै पूर्वमन्त्री तथा माओवादी नेता अग्नी सापकोटाले सिन्धुपाल्चोक १ बाट वाम गठवन्धनका तर्फबाट उम्मेदवारी दिँदैछन्। राणालाई नेपाली कांग्रेसले सघाएको छ।
नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिनिध सभाको उम्मेदवार छन्। उनको प्रतिष्पर्धिमा नेपाली कांग्रेका केशव प्रसाद दाहाल छन्।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नुवाकोटबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महत उठ्दै छन्। उनको प्रतिष्पर्धामा माओवादीका हितबहादुर तामाङ छन्। यस्तै प्रतिधिनिधिसभा क्षेत्र नं २ मा काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी चुनावी मैदानमा छन्।
जाजरकोटबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका नेता राजिव विक्रम शाह र वाम गठवन्धनबाट शक्ति बहादुर बस्नेतको उम्मेदवारी छ।
रोल्पाबाट वर्षमान पुन वाम गठवन्धनबाट र कांग्रेसको तर्फबाट अमरसिंह पुन प्रतिनिधि सभाका उम्मेदवार छन्। यस्तै माओवादी नेताला कुलप्रसाद केसी केसी रोल्पा ुकु बाट प्रदेश सभाका उम्मेदवार छन्।
लमजुङबाट माओवादी पूर्वमन्त्री देवप्रसाद गुरुङ र प्रदेश सभामा एमाले नेता पृथ्वी सुब्वा गुरुङ चुनावी मैदानमा छन्।
पहिलो चरणमा निर्वाचन हुने जिल्लामा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ, गोरखा, रुकुम ९पूर्वी भाग०, रोल्पा, रुकुम ९पश्चिम भाग०, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xX6xAu via IFTTT
एजेन्सी ।
बलिउड सुपस्टार किंग खानकी छोरी सुहाना खान आफ्ना गर्ल ग्यांगका साथमा मुभी डेटको क्रममा यसरी भेटिएकी छन । उनको गर्ल ग्यांगमा सञ्जय कपूरकी छोरी शनाया कपूर र चंखि पाण्डेकी छोरी अनन्या पाण्डे थिए।
यतिबेला सुहानाले सेतो टप्स र रिप्ड जिन्स लगाएकी थिइन । उनी उनका साथीहरु क्याजुअल लुकमा निकैनै मस्ती गरिरहेका देखिन्छन ।
The post बलिउड किंग खानकी छोरी सुहाना गर्ल ग्यांगको साथमा फिल्मी डेटमा (फोटो फिचर) appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2yFZNuz
via IFTTT