भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
काठमाडौँ, ४ भदौ । निर्वाचन आयोगले मतदाता नामावली संकलनका क्रममा नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिसँग मिलेर कार्यालय समयपछि आफूखुशी काम गरेको भनिएको विषयले सदनमा प्रवेश पाएको छ ।
व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुखसँग समय लिएर सदन र सरकारको ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सरकारी सम्पत्ति निजी व्यक्तिको घरमा लैजानु चोरी भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका हुन् । बूढानीलकण्ठ नगरपालिकाका एमालेका निर्वाचित एक सदस्यका घरमा आयोगका कर्मचारीको मिलेमतोमा नामावली संकलन गरेको पाइएको र आयोगका ल्यापटपलगायत उपकरण प्रहरीले बरामद गरेको जानकारी थापाले सदनलाई गराएका थिए ।
त्यसबारे आयोगले दोषीमाथि कारबाही गर्न नसक्नु लाचारी भएको भन्दै थापाले आक्रोश पोखेका छन् । उनले निर्वाचनको पवित्रता र निष्पक्षतालाई हाँक दिनेलाई कारबाहीको माग समेत गरे । “एमालेले निर्वाचन आयोगले तोकेको समयभित्र कार्यालयमा भीड जम्मा गराउने अनि मध्यरात आफ्नो निवासमा कर्मचारीलाई लगेर मतदाता परिचयपत्र बनाउने काम गर्यो” थापाले भने ।
सांसद थापाले अपराधीलाई कारबाही र निर्वाचनको पवित्रतामा विश्वासको वातावरण बनाउनु पर्ने भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।
The post एमालेले सरकारी सम्पति चोरी गर्यो : गगन थापा appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2vdhqga via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
