Loading...
Loading...
उच्च शिक्षाका नाममा मलेसियामा मानव तस्करी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
नेपाल लगाएत दक्षिण एसियाका न्यून आय हुने युवाहरुलाई मानव तस्करहरुले उच्च शिक्षाकालागि मलेशिया लगेर बिचल्लि पार्ने गरेको कुरा प्रकासमा आएको छ। मलेशिया स्थित युवा पत्रकारहरुको समुह आर एजले हालै तयार पारेको ‘द स्टुडेण्ट ट्राफिकिङ्ग ट्रेड’ ले उक्त तथ्य वाहिर ल्याएको हो। 

बिद्यार्थी तस्करी व्यापार नामक बृतचित्रमा बंग्लादेश लगाएतका देशहरबाट कसरी दलालहरुको संजाल र उद्योगहरुले बिद्यार्थीहरुको तस्करी गर्छन् र उनीहरुलाई सस्तो कामदारको रुपमा शोषण गर्छन् भन्ने कुराको खुलाइएको छ।

आर एजका पत्रकारहरुले लामो समय लगाएर गरेको अनुसन्धान पछि तयार पारेको रिपोर्ट र बृतचित्रले सबैलाई सजग रहन आग्रह पनि गरेको छ।

आर एजको रिपोर्ट अनुसार दलालहरुले बंग्लादेश लगायतका देशहरुमा आप्mना संजालहरु मार्फत बिद्यार्थीहरुलाई मलेशियाको सपनामा डुब्न लगाउँछन्। रंगिन जीवन, नाम चलेका कलेज एवं बिश्वबिद्यालयमा पढ्न पाईनुका साथै पार्ट टाइम काम गरेर कलेजको शुल्क तिर्न सकिने जस्ता प्रलोभन देखाउदै फसाउँछन्।

तिम्रोलागि जागिर पक्का छ, तयार छ, तिम्रो हातमा डिग्री अनि तिमि धनी पनि हुन्छौ, जस्ता सपना दलालहरुले युवाहरुलाई बाँढ्छन्। देशमा भएको बेरोजगारी, आप्mनो आर्थिक अवस्था अनि सुन्दर सपना बिच युवाहरुले दलाललाई आफु जान तयार रहेको संकेत गर्दछन्। दलालले मोल मोलाई गरी ४ लाख टाका अर्थात नेपाली करिब ६ लाख रुपैया जति असुलेर मलेशिया पठाउँछन्। युवाहरु आप्mनो सम्पति बेचेर हुन्छ कि वा साहुबाट ऋण लिएर मलेशिया पुग्छन्।

जब युवाहरु मलेशिया पुग्छन दलालहरुले भर्ना गर्ने नाममा सबै पासपोर्ट लगायत सबै कागजपत्रहरु आप्mनो कब्जामा लिन्छन्। त्यस पछि युवाहरु पुर्णरुपमा दलालमा आश्रीत हुन्छन्। उनिहरुसंग अरु उपाए पनि केहि हुदैन्। अझ कलेजका प्रतिनिधिहरु मलेसियाको एयरपोर्टमा लिन नआए सम्म त अध्यागमनले बिद्यार्थी भिषामा आएका हरुलाई थुनेर राख्ने कुरा रिर्पोटमा उल्लेख छ।

दलालले पटक पटक बिद्यार्थीहरुबाट पैशा असूली रहेको हुन्छ। रंगिन सपना लिएर आएका युवाहरु बाध्य भएर दलालहरुले लगाएको काममा जान्छन्। आर एजसंगको कुराकानीमा एक जना दलालले ९८ प्रतिसत बिद्यार्थीहरु सस्तो कामदारको रुपमा आउँछन्, पढनकालागि होइन्। उनै दलालले थपे अध्यागमन बिभागको कारबाहीबाट बच्न केहि मलेशियन रिङ्गिट तिरे पछि नक्कली हाजिरी पनि तयार हुन्छ।

बिभिन्न कलेजहरु र ल्याङ्गवेज इन्सटिट्युट्हरु मार्फत यस्तो कार्य भइरहेको बताए। मलेशियाको नियम अनुसार बिद्यार्थीहरुलाई काम गर्ने अनुमति छैन्। मलेशियन सरकारका शिक्षामन्त्रि दातुक शेरि इद्रिशका अनुसार ‘सन् २०१६ यता त्यस्ता दलाल, कलेज र संस्थाहरलाई कारबाहि गरिरहेको छ। त्यस यता ९ वटा कलेजहरुको बन्द गरिएको र थुप्रै दलालहरुलाई कारबाहि गरिसकीएको छ। अझै अन्य निगरानीमा राखिएको छ। मलेशियामा पढ्न आउने बिद्यार्थीहरुले काम गर्न पाउँदैनन् र उनिहरुले पढ्नै पर्छ। पढाई सकेर आप्mनो देश फर्किनै पर्छ।

आर एजको रिर्पोटका अनुसार दलालहरुले बिद्यार्थी तस्करीको अन्य उपाएहरु अपनाउने गरेको जनाएको छ। मलेशिया स्थित एक जना नेपाली दलाललाई उदृत गर्दै रिर्पोटमा भनिएको छ ‘हामिसंग केहि उपाएहरु छन्, जस्तो केहि कम्पनिहरुसंग हाम्रो साझेदारी छ। हामिसंग एक ल्याङ्गवेज सेन्टर र ४ कलेजहरु छन्। तिनिहरु संयुक्त लगानीहरु जस्तै हुन्।’ उनै नेपाली दलालका अनुसार यि मध्ये एउटा कलेजमा ३ हजार बंगालादेशी बिद्यार्थीहरु पढ्छन्। तर आर एजका अनुसार ति कलेजहरु मरुभूमि जस्तै छन्।

त्यसैले दलाल मार्फत मलेशियामा बिद्यार्थीका रुपमा नआउन र सिधै कलेजहरुमा सम्पर्क गरि पढ्ने उद्देश्यले आउन आर एजले सबैलाइ सन्देश दिएको छ।
- सेतोपाटी 


#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2wsyvqC

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.