Loading...
Loading...
बाँधले बाँधिएको देशः यी हुन् भारतले एकतर्फी बनाएका १५ बाँध
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौ । भारतले एकतर्फी रूमा निर्माण गरेका बाँधले नेपाली पीडित हुनुपरेको छ। तर, देशका जिम्मेवार राजनीतिक दल यो विषयमा मौनजस्तै छन्।
लक्ष्मणपुर बाँध स् बाँके हुँदै बग्ने पश्चिम राप्ती नदीमा नेपाल–भारत सीमा क्षेत्रनजिक यो बाँध छ । सन् १९८० मा सुरु गरेर १९८५ मा भारतले एकलौटी रूपमा लक्ष्मणपुर बाँध निर्माण सम्पन्न गरेको हो । अन्तर्राष्ट्रिय कानुनअनुसार सीमाको १२ किलोमिटर क्षेत्रमा बाँध बनाउन पाइँदैन । तर, लक्ष्मणपुरमा भारतले बनाएको बाँधको पानीले नेपालका गाउँका गाउँ डुब्छन् ।
कलकलुवा तटबन्ध स् लक्ष्मणपुर बाँधसँगै जोडेर ०५६ मा भारतले २२ किमि लामो ४ मिटर अग्लो कलकलवा तटबन्धको निर्माण गर्दा नेपालसँग कुनै सम्झौता भएन । तर, नेपाली जनता पीडित छन् ।
धौलीगंगा बाँध स् भारतको धार्चुला जिल्लाबाट महाकाली नदीमा मिसिने धौलीगंगा नदीमा बनेको बाँधले नेपाललाई अप्ठेरो पर्दै आएको छ । यही बाँधका कारण १ असार ०७० मा बाढी आउँदा दार्चुला सदरमुकाम खलंगाको बजार बगेको थियो ।
कोइलाबास तटबन्ध स् दाङको सीमाक्षेत्रको दाराखोलामा भारतले कोइलाबास बाँध बनाएको छ । बाँधका कारण बर्सेनि ३ हजारभन्दा बढी नेपालीको खेती मात्र होइन घरआँगन पनि डुब्दै आएको छ ।
महलीसागर बाँध स् ०५९ मा भारतले कपिलवस्तुको सीमाक्षेत्रमा एकतर्फी रूपमा १५ ढोकासहितको ३० मिटर लामो महलीसागर बाँध निर्माण गरेको छ । यस बाँधले सुक्खा मौसममा समेत १९१ हेक्टर जमिन डुबाउने गरेको छ, बर्खाको त हिसाब नै छैन ।
रसियावाल–खुर्दलोटन बाँध स् रुपन्देहीको मर्चवार क्षेत्रनजिक भारतद्वारा एकतर्फी रूपमा रसियावाल खुर्दलोटन तटबन्ध निर्माण गरेको छ । बाँधका कारण १८ गाउँका बासिन्दाले बर्सेनि डुबान समस्या झेल्दै आएका छन् । राज्य र नेताले पनि उनीहरूको समस्यामा नबोलेको भन्दै स्थानीयले आक्रोश पोख्ने गरेका छन् ।
डन्डाफरेना बाँधस् डन्डाफरेना तटबन्ध सिद्धार्थनगर नगरपालिका–२ देखि दक्षिण नेपाल–भारत सीमारेखाबाट ६ मिटरको दूरीमा अवस्थित छ । नेपालबाट बग्ने डन्डा नदीमा भारतद्वारा निर्मित पक्की बाँधमा हाल डन्डाफरेना तटबन्ध पनि जोडिएको छ । ७ किलोमिटर लामो तटबन्ध निर्माणको योजना रहे पनि नेपालको विरोधका कारण ३ किमि मात्र निर्माण गरिएको थियो । तर, यस्तो विरोध त्यहीँका स्थानीयले गरेकोबाहेक राज्यको तर्फबाट भने उठाएको देखिन्न ।
लालबकैया तटबन्ध स् ०६० मा ३ वटा निकासद्वारसहित ८ किलोमिटर लामो तटबन्ध भारतले निर्माण गरेको हो । यो रौतहट जिल्लाबाट भारततिर बग्ने लालबकैया नदीमा निर्मित तटबन्ध हो । यस तटबन्धका कारण गौर नगरपालिकाका साथै औरही, सिर्सिया, पुरेनवा र जयनगर गाविसको अधिकांश भाग हरेक बर्ष डुबानमा पर्दै आएको ।
बैरगनिया तटबन्ध स् रौतहटको गौर नगरपालिकाको दक्षिणतर्फ नेपाल भारत सीमाक्षेत्रमा भारतद्वारा बिसं २०३७ सालमा नेपालको सहमति विना नै लामो तटबन्ध रातारात खडा गर्यो । यो १५ किलोमिटर लामो १० देखि १२ फिट उचाइको छ । यस तटबन्धले रौतहटमा बागमती र लालबकैया नदिको प्राकृतिक वहावलाई नै मोडिदिएको छ । जसले गर्दा रौतहटका सदरमुकाम गौरसहित बन्जराहा, औरैया, बैरिया, पिपरा, पुरेनवा, सिरसिया गाविसहरुलाई डुबानमा पार्दै आएको छ ।
बागमती तटबन्ध स् यो तटबन्ध पनि रौतहटकै बैरगनिया चक्रबातसँग जोडिएको छ । बाढी र डुबान नियन्त्रणका लागि भन्दै भारतले सिमानामै बागमतीको दायाँ किनारमा ८।२५ किलोमिटर र बाँया किनारामा १८।२५ किलोमिटरको लामो तटबन्ध निर्माण गरेको छ । करिव १६ किलोमिटर तटबन्ध नेपाल भारत सीमाक्षेत्रबाट बायाँ बनुस्मारा तटबन्धसम्म फैलिएको छ । आज मात्रै यो तटबन्धका कारण रौतहट क्षेत्र डुवानमा परेको भने त्यहाँ गाउँ नै विस्थापित भएको समाचार छ ।
कमला तटबन्ध स् कमला तटबन्ध धनुषा र सिराहा जिल्लाको सीमा भई भारततर्फ बग्ने कमला नदिको दुवै किनारामा निर्मित तटबन्ध हो । यस तटबन्धका कारण हरेक बर्ष नेपालको माडर, इनरवा, मल्हनिया, गम्हरिया, बालाहसघारा, बालाहाकथाल गरी छ गाविस र लाहान नगरपालिकाका केही वडाहरुका करिब १०६५ हेक्टर भूभाग डुबानमा पर्ने गरेको छ ।
सिराहा तटबन्ध स् सिराह बाँध सिराहा जिल्लाको सदरमुकामदेखि ५ किलोमिटर दक्षिणपूर्वी सीमावर्ती क्षेत्र नजिक भारतीय भूमिमा पर्दछ । यो बाँध हरकट्टि गाविसको भारततिरबाट दशगजा क्षेत्रमा निर्माण गरिएको छ । सो तटबन्ध ३ किलोमिटर लम्बाई २० फिट चौडाईमा फैलिएको छ ।
खाँडो तटबन्ध स् भारतले आफूतिरको भूभागमा पानी रोक्नका लागि बाँध बनाएर नेपाल डुबाएको अर्को बाँध हो सप्तरी जिल्लाको सदरमुकाम राजविराजबाट दक्षिण लालापट्टि नदिमा निर्माण गरिएको खाँडो बाँध ।
कुनौली तटबन्ध स् यो तटबन्ध सप्तरी जिल्लाको राजविराजदेखि १० किलोमिटर दक्षिणपूर्वी सीमावर्ती क्षेत्रमा भारतले एकतर्फी रुपमा निर्माण गरेको छ । सीमा क्षेत्रभन्दा १ मिटरको दूरीमा भारतले यो तटबन्ध निर्माण गरेको हो । यस तटबन्धका कारण सप्तरी जिल्लाका दक्षिणी भेगका ११ वटा गाविसहरुलाई डुबानमा पार्दै आएको छ ।
लुना बाँध स् यो बाँध मोरङ जिल्लाको बक्राह नदिमा छ । भारतले यो बाँध नेपाल भारत सीमावर्ती क्षेत्र नजिक नेपालबाट भारततिर बग्ने बक्राह ९ र भारतमा लुना नदिमा आफ्नो भूभागतिर बनाएको छ । नयाँ पत्रिकामा खबर छ।

The post बाँधले बाँधिएको देशः यी हुन् भारतले एकतर्फी बनाएका १५ बाँध appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2uZHICH via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.