लगातारको वर्षाका कारण मेलम्ची खानेपानीको पाइप बिछ्याउने कार्य रोकिएको छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय ९पिआइडी०का अनुसार एक महिनादेखि पाइप बिछ्याउने काम रोकिएको हो । वितरण सञ्जाल सुधार ९डिएनआई०अन्तर्गतको पाइप बिछ्याउने काम अवरुद्ध भएको खबर आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन् ।
किन रोकियो रु
वर्षामा सडक भत्काउँदा हिलो हुने भएकाले तत्कालका लागि काम रोकिएको पिआइडीका वरिष्ठ इन्जिनियर तथा प्रवक्ता लीलाप्रसाद ढकालले बताए । ‘ ुसर्वसाधारणले सास्ती भोग्नुपर्ने भएकाले काम रोकिन पुगेको हो ।’
६१० किमि पाइप बिछ्याइसकियो
पिआइडीका अनुसार वितरण सञ्जाल सुधारअन्तर्गत ६ सय ७० किमि पाइपमध्ये ६ सय १० किमि पाइप बिछ्याइसकिएको छ । ‘मंसिरभित्र बाँकी सबै काम सकिनेछ,’ ढकालले भने ।
२ दशमलव ३ किलोमिटर सुरुङ खन्न बाँकी
मेलम्ची खानेपानीको सुरुङ खन्न अब २।३ किमि मात्रै बाँकी छ । खनिनुपर्ने २७।५८४ किमि २५।२८४ किमि सुरुङ खनिसकिएको छ । सुरुङ खन्ने काम ९१ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाका अनुसार अहिले दैनिक १६ देखि १७ मिटर सुरुङ खन्ने काम हुँदै छ । यही रफ्तारमा काम भए १५ असोजमा मेलम्चीको पानी काठमाडौं आउन मुस्किल देखिन्छ । ‘सुरुङ खन्ने काम रोकिएको छैन । अब २।३ किमि सुरुङ खन्न बाँकी छ । अहिले दुई ठाउँबाट सुरुङ खन्ने काम हुँदै छ,’ आयोजनाका कार्यकारी निर्देशक देवकोटाले भने, ‘ग्याल्थुम–अम्बाथान सुरुङ खन्ने काम तोकिएकै समयमा सकिन्छ । ग्याल्थमु–सिन्धु सुरुङ भने ढिलो हुन्छ । त्यसो हुँदा १५ असोजमा मेलम्चीको पानी काठमाडौं आइपुग्न गाह्रो देखिन्छ।’
ठूलो पाइप बिछ्याउन दुई किमि मात्रै
पिआइडीले थोक वितरण प्रणाली ९बिडिएस०अन्तर्गतको पाइप बिछ्याउने काम भने रोकेको छैन । ‘क्रिटिकल’ क्षेत्रअन्तर्गत उक्त काम भइरहेको छ । नारायणगोपाल चोक, चाबहिल, चुच्चेपाटी, गौशाला क्षेत्रलाई पिआइडीले ‘क्रिटिकल’ क्षेत्र मानेको छ । त्यसमध्ये गौशालामा भने काम करिब–करिब सम्पन्न भइसकेको छ । ‘ठूला पाइप बिछ्याउने काम स्थगित गरिएको छैन । पानी परे पनि प्रत्येक राति छाता ओढेरै यो काम भइरहेको छ । भदौभित्र सबै काम सक्ने हाम्रो लक्ष्य छ,’ प्रवक्ता लीलाप्रसाद ढकालले भने । पिआइडीका अनुसार थोक वितरण प्रणाली ९बिडिएस०अन्तर्गत ६० किमिमध्ये ५८ किमि पाइप बिछ्याइसकिएको छ ।
The post मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम किन रोकियो ? appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tTmvdV via IFTTT
कैलाली । गुटबन्दी गरेर पार्टीलाई कमजोर पार्न खोजेको भन्दै कांग्रेस गोदावरी नगर समिति कैलालीले सांसद दिर्घराज भाटसहित अत्तरियाका ६ जना नेता तथा कार्यकर्तालाई कारबाही गर्न जिल्ला समितिलाई सिफारिस गरेको खबर आजको नयाँ पत्रिकामा छ ।
अत्तरियाका स्थानीयसमेत रहेका सांसद भाट, महाधिवेशन प्रतिनिधि उत्तम कठायत र रामचन्द्र ओझा, जिल्ला कमिटी सदस्य बसन्त रोकाया, किसान संघका जिल्ला अध्यक्ष टीकादत्त जोशी र पूर्वक्षेत्रीय सदस्य धनीराम पनेरुलाई साधारण सदस्य नरहने गरी कारवाही गर्न नगर समितिले सिफरिस गरेको हो ।
The post सांसद भाटसहित कांग्रसका ६ जनालाई कारबाही appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tSRkzn via IFTTT
मकवानपुर । रक्सिराङ गाउँपालिकाको जेठ ३१ गते बसेको पहिलो बेठकले पुर्वपश्चिम राजमार्गदेखि गाउँपालिकाको केन्द्र चैनपुरसम्म ६ किमि मोटरबाटो खन्ने निर्णय गर्यो ।
आउँदो दसैंसम्म गाउँपालिका केन्द्रमा मोटरबाटो पुर्याउने लक्ष्य राखेको गाउँपालिकाले एक करोड रुपैयाँ बजेट पनि छुट्याएको छ ।
तर, प्राविधिक कर्मचारी नहुँदा गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पारी काम थाल्न सकेको छैन ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
The post सहर केन्द्रित कर्मचारी : कर्मचारी नहुँदा गाउँमा समस्या appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2wfyOBR via IFTTT
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक आफ्नो मन्त्रिपरिषद संख्या बढाएसँगै उनकै पार्टी कांग्रेसभित्र आक्रोश र असन्तुष्टि चर्किएको छ । मन्त्रिपरिषद विस्तारमा प्रधानमन्त्री देउवाको ‘कोर टिम’ कै सदस्य समेत नपरेपछि अहिले उनलाई मन्त्रीका आकांक्षीहरुको चित्त बुझाउन हम्मेहम्मे परेको छ ।
कोर टिम नै आउट ?
देउवाको कोर टिममा रहेकामध्ये डिना उपाध्याय, अर्जुन जोशी, भरत शाह, चीनकाजी श्रेष्ठ, रामहरी खतिवडा लगायका आधा दर्जन नेताहरु मन्त्रिमण्डलमा नपरेपछि देउवासँग चिढिएका मात्रै छैनन् गुट नै बदल्ने कि भन्ने सम्मको सोचमा पुगेका छन् । तर, ती नेताहरुले खुलेर असन्तुष्टि व्यक्त गर्न भने सकिरहेका छैनन् । ‘राजनीतिमा कहिलेकाही यस्तो हुनु स्वभाविक हो, यसलाई ठूलो इस्यु किन बनाउने रु समय सकिएको छैन, अवसर यो मात्रै होइन,’ देउवा प्रधानमन्त्री भएदेखि नै मन्त्री बन्ने चर्चामा रहेका अर्जुन जोशीले भने । नेता जोशीको नाम अन्तिम समयमा आएर झिकिएको थियो । यसअघि प्रधानमन्त्री देउवाले आफूसँगै सपथ खुवाउन ठिक्क पारेका जोशीलाई दोस्रो पटकमा पक्का मन्त्री बनाउने भनेर बचन नै दिएका थिए ।
कांग्रेस नेताहरुकै अनुसार महाधिवेशनमा तत्कालिन संस्थापन पक्षसँगको सम्बन्ध टुटाएर देउवा समुहमा आएका जोशीले देउवालाई सभापतिमा जिताउन निकै ठुलो भूमिका निभाएका थिए । हक्की र लडाकु स्वभावका जोशी आफुले देउवालाई त्यति धेरै सहयोग गरेपनि अन्तिममा धोका दिएपछि अव कसरी अघि बढ्ने भनेर आफ्ना निकटकाहरुसँग छलफल थालेका छन् । भन्छन् – ‘मन्त्रिमण्डल विस्तारपछि त देउवाजीले मलाई यसकारणले मन्त्री बनाउन सकिन भनेर भनेका समेत छैनन् । आवश्यक परे प्रयोग गर्ने नपरे फाल्ने साधन जस्तै भयौँ हामी त । तर मेरो यसमा केही कमेन्ट छैन ।’ कुनै प्रतिकृया दिन नमानेका जोशीले रातोपाटीसँगको टेलिफोन कुराकानीमा भने ‘तराईलाई बढि महत्व दिएको देखियो ।’
जोशीमात्र होइन, देउवाको कोर टिमकै अर्की सदस्य डिना उपाध्यायको पीडा पनि उस्तै छ । देशभरको कांग्रेसको जोडघटाउ र देउवालाई पुर्ण सहयोग गरेकी उपाध्यायलाई कांग्रेसभित्र मन्त्रीको स्वतः दाबेदारका रुपमा हेरिएको थियो । उनले पनि गत महाधिवेशनबाटै देउवाको काँध थापेकी थिइन् । महाधिबेसनमा महिला कोटा अरुलाई नै छाडेर खुल्ला केन्द्रीय सदस्य चुनाव लडेकी डिनाले पछिल्लो समय चुनावी जोडघटाउदेखि देउवालाई सुझावसमेत दिने गरेकी थिइन् । २०४३ सालमा पद्यमकन्या क्याम्पसको स्ववियु सभापति हुँदै काँग्रेसको सक्रिय राजनीतिमा होमिएकी उपाध्याय गिरिजाप्रसाद कोइरालासँग निकट रहेर पार्टी नफूट्दै गिरिजा निवासदेखि पार्टीसम्म सुशील हावी भएपछि क्याप परिवर्तन गरी देउवा गुटमा लागेकी थिइन् ।
डिना जस्तै रुपन्देहीका भरत शाह पनि देउवाको क्याविनेटमा नपरेपछि देउवासँग चिढिएका छन् । रुपन्देहीका साह मन्त्रिमण्डलमा नपरेपछि निराश भएको उनका सहयोगिहरुले बताएका छन् ।
खुलेनन् चीनकाजी
मन्त्रीका आकांक्षी मध्येका एक थिए, चिनकाजी श्रेष्ठ । गोरखाका श्रेष्ठ यसपटक कुनैपनि हालतमा मन्त्री बन्ने आशामा बसेका थिए । देउवाले उनलाई प्रधानमन्त्री भैसकेपछि तपाइको चाहना केहो रु भनेर सोधेकाले पनि उनी दोस्रो पटककको मन्त्रिमण्डल विस्तारमा आफु पर्नेमा विश्वस्त थिए । तर, उनको आशा अन्ततः निराशामा परिणत भयो । यद्यपि श्रेष्ठ अहिलेसम्म देउवा वा पौडेल समुहको भनेर खुलिसकेका छैनन् । उनलाई सुशील कोइरालाले सचेतक बनाएका थिए ।
निधि र रामवरण द्वन्द्वले महेन्द्रलाई चिठ्ठा
धनुषामा दुईथरी कांग्रेस छन् । एउटा विमलेन्द्र निधि समूह र अर्को पूर्व राष्ट्रपति डा रामबरण यादव समूह । पूर्व राष्ट्रपति यादव राजनीतिमा सक्रिय नभएपनि उनले आफ्ना छोरा चन्द्रमोहन यादवलाई उत्तराधिकारी बनाउन खोजेका छन् । पहिल्यैदेखि निधि र यादवको लडाई भएपनि यसपटक यो लडाइको फाइदा महेन्द्र यादवले लिएका छन् । देउवाको क्याबिनेटमा अन्तिम समयमा परेका यादव निधीका ‘यस’ म्यान मानिन्छन् । पौडेल समुहले रामकृष्ण यादवलाई मन्त्री बनाउने भएपछि आफ्नो बर्चश्व देखाउन निधीले आफ्ना तर्फका महेन्द्रलाई मन्त्री बनाउन देउवालाई दबाब दिएकाले उनले अन्तिममा मन्त्री बन्ने मौका पाएका थिए ।
यसरी काटियो केसीको नाम
मन्त्रिमण्डल विस्तारका क्रममा नेता बलबहादुर केसीको नाम सुरुबाटै चर्चामा आयो । केसीको नाम देउवा समुहले भने चर्चामा ल्याएको थिएन । उनलाई रामचन्द्र पौडेलको समूहले मन्त्रीका लागि अघि सारेको थियो । पहिलो चरणमै मन्त्रीको सपथ खान लागेका केसी अन्ततः दोस्रो पटक पनि देउवाको क्याविनेटमा अटाएनन् । कारण थियो, देउवा–केसी व्यक्तिगत टकराव । पार्टी फुट्दा शुरुमा देउवा खेमामा लागेका केसी पछि क्याम्प चेन्ज गर्दै कोइराला समुहमा आएका थिए । त्यसपछि उनीहरुबीच कहिल्यै राम्रो सम्बन्ध भएन । तर, पौडेलका नजिक बनेका केसीलाई मन्त्री बनाउन जति नै प्रयास गरेपनि पौडेल यसमा सफल हुन सकेनन । ‘कुनै हालतमा केसीलाई मेरो क्याबिनेटमा राख्दिन । केसी पठाउने भए म आफ्नै ढंगले हिँड्छु ।’ देउवाको भनाइ उधृत गर्दै एक नेताले भने ‘यहि कारण केसी मन्त्री बन्नबाट रोकिएका हुन् । देउवाको अडानले यो पटक मन्त्री बन्न नपाएका केसीले कुनै प्रतिकृया दिन चाहेनन् । रातोपाटीले उनीसँग टेलिफोन सम्पर्क गर्दा भने – त्यहि मन्त्रीको त कुरा होला नि रु नो कमेन्ट म नागको दर्शन गर्दैछु पछि कुरा गरौँला ।’
त्यसको केहि घण्टामा फेरि रातोपाटीको सम्पर्कमा आएका केसीले आफूविरुद्ध भएको षड्यन्त्रको पर्दाफास गर्ने चेतावनी दिए ।
पौडेल समूहका अधिकांश केस असन्तुष्ट
देउवा समूहका मात्रै होइन, पौडेल समुहका पनि धेरै केन्द्रीय सदस्यहरु मन्त्रिमण्डलमा नपरेपछि आक्रोशित बनेका छन् । केन्द्रीय सदस्य आनन्द ढुङगाना, दिलबहादुर घर्ती लगायतका केन्द्रीय सदस्यहरु मन्त्रिमण्डलमा आफूलाई सहभागि नगराइएको भन्दै रुष्ट बनेका हुन् ।
उनीहरुले आफ्नो समूहबाट मन्त्रीमण्डलमा केन्द्रीय सदस्यको सहभागिता समेत कम भएको बताएका छन् ।
साउन ११ गते भएको मन्त्रिमण्डल विस्तारमा पौडल समुहबाट मन्त्री बनेका चारमध्ये एक जना केन्द्रीय सदस्य र तीनजना सांसदमात्रै हुन् । जसले गर्दा सरकारमा आफ्नो समुहको उपस्थिति प्रभावकारी नहुने असन्तुष्टहरुको भनाई छ ।
कांग्रेसभित्र देउवा, पौडेल खुमबहादुर खड्का र कृष्ण सिटौला गरी चार समूह रहेका छन् । ती समूहबीच भागबण्डाको आधारमा सरकारमा प्रतिनिधित्व हुँदै आएको उदाहरण छ । रातोपाटी बाट
The post मन्त्री बन्न नपाएपछि कांग्रेसको गुटभित्रै मारामार appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2hepeg3 via IFTTT
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा एमाले सरकारमा सहभागी हुने बताएका छन् ।
आइतबार एमाले निकट कर्मचारी संगठनको कार्यक्रममा उपस्थित भएका ओलीले आगामी मंसिरदेखि एमाले सरकारमा हुने घोषणा गरेका हुन् । ‘अहिले हामी प्रतिपक्षमा छौं, हामी सधैं प्रतिपक्षमा रहँदैनौं,’ ओलीले भने, ‘आगामी मंसिरदेखि एमाले सरकारमा रहन्छ ।’
शनिबार मात्रै चीन भ्रमणबाट फर्किएका ओलीले वर्तमान सरकारको आलोचना गर्न पनि छाडेनन् । वर्तमान सरकारलाई कृत्रिम बहुमतले बनेको सरकार भन्दै ओलीले आफ्नो पार्टी स्पष्ट बहुमतका साथ सरकार बनाउने दाबी गरे । अहिलेको सरकारले गर्नुपर्ने काम नगर्ने तर नगर्नुपर्ने काम गरेको पनि ओलीले टिप्पणी गरे ।
बाइसे चौबिसै राज्य बनाएका होइनौं
निर्वाचन क्षेत्र निर्धारण आयोगले भर्खरै काम थालेकाबेला एमाले अध्यक्ष ओलीले बाइसे र चौबिसे राज्य नबनाएको उल्लेख गरे । उनले बाइसे र चौबिसे नभई मुलुक संघीयतामा गएको स्पष्ट गरे ।
ओलीले कर्मचारीहरुलाई सरकारले नै काम गर्न नदिएको टिप्पणी गरे । उनले आधिकारिक युनियन कसैको झुम्के बुलाकी नभएको भन्दै उनले कर्मचारीलाई काम गर्न दिनुपर्ने ओलीले बताए ।
The post ओलीको घोषणाः मंसिरदेखि एमाले सरकारमा appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tPPleW via IFTTT
काठमाडौँ । सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा सहभागि गराउनका लागि मुद्दा फिर्ता, बन्दी रिहा, सहिद घोषणा लगायतका काम अगाडि बढाएको छ ।
साउन १२ गते बसेको मन्त्रीपरिषद्को बैठकले नौजनालाई सहिद पनि घोाषणा गरेको छ । राजपा नेपालले सहिद घोषणा गर्न बाँकी रहेका १२ जनाको नाम बुझाएको थियो, त्यसमध्ये नौजनालाई सहिद घोषणा गरेको छ ।
अरु तीनजनाको बारेमा जिल्ला प्रशासन कार्यालय छानविन गरिरहेको राजपा नेपाल स्रोतले जनाएको छ । तीनजनामध्ये एकजना घाइते थिए, उसले सरकारबाट उपचार खर्च पनि पाइसकेका थिए तर पछि घाउन निको भएन र मृत्यु भयो । राजपा नेपालले उनलाई पनि सहिद घोषणा गर्न सिफारिस गरेको छ ।
त्यसको बारेमा जिल्ला प्रशासन कार्यालयले छानबिन गरिरहेको राजपा नेपाल स्रोतले जनाएको छ । नौजनालाई सहिद घोषणा गरेको कुरा सरकारले बाहिर ल्याएको छैन । चुनावको मुखमा सहिद घोषणा, मुद्दा फिर्तालगायतका कार्य गर्यो भने चुनावलाई प्रभाव पार्ने देखिने र प्रमुख प्रतिपक्षि दल पनि त्यसको विरोध गर्ने डरका कारण सरकारले राजपा नेपालका लागि मन्त्रीपरिषद्बाट गरेका निर्णयहरु बाहिर ल्याएको छैन ।
यसअघि प्रचण्ड नेतृत्वको सरकारले आन्दोलनकारीमाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेपछि प्रतिपक्षि दल नेकपा एमालेले संसदमा त्यसको विरोध गरेको थियो र जनमानसमा पनि त्यसको आलोचना भएको थियो ।
आलोचना भएपछि तत्कालिन प्रधानमन्त्री प्रचण्डका सचिवालयले विज्ञप्ति जारी गरि गम्भीर प्रकृतिका घटनामा मुद्दा लागेकाको मुद्दा फिर्ता नलिने स्पष्ट पारेका थिए । अहिले त्यसैको डरले निर्णयहरु लुकाइएको स्रोतको दावी छ ।
सरकार र राजपा नेपालबीच साउन ४ गते बालुवाटारमा भएको वार्तामा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद्बाट पूरा हुने सम्पूर्ण माग तीन दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । यद्यपि तीन दिनभित्र पूरा नगरेपनि कामको शुरुवात भएको प्रधानमन्त्री देउवाका नीजि सचिवालयले जनाएको छ ।
राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले भने, ‘सरकारले केही गरेको जस्तो देखाएको छ, तर सबै पूरा भएपछि मात्र त्यसलाई पूर्ण मान्न सकिने अवस्था छैन छैन ।’ केही दिन पहिले मात्र सरकारले नौजनालाई सहिद घोषणा गर्ने कार्य गरेको बताउँदै उनले मुद्दा फिर्ता, बन्दी रिहाका प्रकृया पनि अगाडि बढाएको बताए ।
हालसम्म आफूहरु आफ्नो अडानमा कायमै रहेको बताउँदै उनले मन्त्रिपरिषद्बाट हुनुपर्ने माग पूरा भएपछि मात्र चुनावको बारेमा आफ्नो धारणा बाहिर ल्याउने बताए । ‘सरकारले चाहेमा संविधान संशोधन विधेयक पनि पारित हुन्छ,’ उनले भने, ‘दुई तिहाई बहुमत पुर्याउनका लागि सरकारलाई ८–९ मत कम भइरहेको छ । सरकारले चाहेमा त्यो जहाँबाट पनि मिलाउन सकिन्छ तर इच्छा शक्ति नभएपछि जस्तोसुकै प्रतिबद्धता जनाएपनि केही हुँदैन ।’
स्रोतका अनुसार मधेश आन्दोलनका क्रममा करिब दुई सय आन्दोलनकारीमाथि मुद्दा लागेको थियो त्यसमध्ये १३० मुद्दाको टुङ्गो लागेको छ ।
महान्याधिवक्ता रमण श्रेष्ठका अनुसार हाल १५ जिल्लामा ६६ जनामाथि मुद्दा चलिरहेको जसमध्ये ३५ जना अदालतमा हाजिर भएकार छन् भने ३१ जना फरार छन् ।
फरार रहेका आन्दोलनकारीलाई पनि अदालतमा हाजिर गराउने प्रयास भइरहेको राजपा नेपालले जनाएको छ । संयोजक ठाकुरले फरार रहेका आन्दोलनकारीलाई हाजिर गराउने वतावरण पार्टीले पनि मिलाई रहेको बताए । सरकारले फरार रहेकाहरुको मुद्दा फिर्ता लिने प्रकृया शुरु गरे आफूहरुले पनि अदालतमा हाजिर गराउने अथवा उपस्थित गराउने वतावरण बनाउने उनले बताए ।
थुनामा कति रहेका छन् त्यसको अकिन तथ्यांक संकलन भइरहेको महन्यायधिवक्ता श्रेष्ठले बताए । उनले धेरैजसो महोत्तरी र कैलालीको रहेको उनले बताए । उनीहरुको पनि तथ्यांकन संकलन भइसकेपछि कानुनी प्रकृया पूरा गरि रिहा गर्ने सरकारको तयारी रहेको उनले बताए ।
The post चुनावमा सहभागि गराउनका लागि मुद्दा फिर्ता, बन्दी रिहा, सहिद घोषणा appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2uOagR8 via IFTTT
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि प्रधानमन्त्री हुँदा भारतसँग सम्झौता भएका तर कार्यान्वयन नभएका परियोजना कार्यान्वयनमा जोड दिने भएका छन् । प्रधानमन्त्री कार्यालयले देउवा यसअघि तीनपटक प्रधानमन्त्री हुँदा भारतसँग भएका सम्झौता कार्यान्वयनको समीक्षा गरिरहेको छ । २२ वर्षअघिको भ्रमणमा भएका सम्झौताका हिसाबकिताब गर्ने तयारीमा देउवा छन् । आजको नयाँ पत्रिकामा खबर छ ।
औपचारिक घोषणा हुन बाँकी
प्रधानमन्त्री देउवाको भारत भ्रमणको मिति औपचारिक घोषणा हुन बाँकी छ । ‘यसपटकको भ्रमणमा उहाँ प्रधानमन्त्री भएर भारत जाँदा विगतमा भएका सम्झौता कार्यान्वयनमा जोड दिने उहाँको इच्छा छ’ परराष्ट्र स्रोतले भन्यो, ‘पञ्चेश्वर, सुदूरपश्चिममा टेक्निकल इन्स्टिच्युट स्थापनालगायतको कार्यान्वयनका विषयमा तयारी गर्न सम्बन्धित अधिकारीलाई उहाँले निर्देशन दिइसक्नुभएको छ ।’ भ्रमणमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न परराष्ट्र सचिव शंकरदास बैरागीले सरोकारवाला मन्त्रालयसँग समन्वय गरिरहेका छन् । साउन अन्तिम सातादेखि भदौ पहिलो सातामा भ्रमण हुने भनिए पनि मिति तय भइनसकेको परराष्ट्र स्रोतले बतायो ।
नीतिगत समस्या समाधानमा केन्द्रित
‘विगतका सम्झौता कार्यान्वयन र नयाँ सम्भावनाबारे प्रधानमन्त्रीको भारत भ्रमणमा छलफल गर्ने गरी तयारी भइरहेको छ, अहिले कुनै पनि विषय टुंगिएको अवस्था छैन,’ प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले भने । पछिल्लोपटक प्रधानमन्त्री प्रचण्डको भ्रमण र दुवै देशका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका क्रममा भएका छलफलमा उत्पन्न नीतिगत समस्या समाधानमा पनि यसपटकको भ्रमण केन्द्रित हुने सम्बद्ध स्रोतले बतायो । यसैगरी आसन्न प्रान्त र केन्द्रिय संसदको निर्वाचनका लागि पनि भारतको सहयोगका लागि देउवाले आग्रह गर्ने बुझिएको छ ।
भ्रमण राजकीय
प्रधानमन्त्रीका रुपमा देउवाले यसअघि तीनपटक भारत भ्रमण गरेका थिए । तीसबै भ्रमण औपचारिक थिए भने यसपटक उनको भ्रमण राजकीय हुने परराष्ट्र स्रोतले बतायो ।
The post राजकीय भ्रमणको तयारीमा प्रधानमन्त्री : २२ वर्ष पुराना सम्झौताको हिसाब खोजिने appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2wai6DS via IFTTT
काठमाडौं । सरकारले संघीय संसद् र प्रदेशसभाको चुनाव एकैपल्ट गर्ने गरी तयारी अघि बढाउने भएको छ ।
प्रमुख राजनीतक दलको सहमतिका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवा एकैपल्ट चुनाव गराउने निष्कर्षमा पुगेका हुन् ।
यो पक्षमा प्रधानमन्त्री देउवालाई बल पुग्ने गरी प्रमुख प्रतिपक्षी एमालेले समेत एकैपटक चुनाव गराउनुपर्ने धारणा सार्वजनिक गरिसकेको छ ।
प्रधानमन्त्री देउवाले संविधानले तोको समयसीमाभित्रै सम्पन्न गर्न एकैपटक दुबै निर्वाचन गुर्न उपयुक्त हुने भन्द आफुने अन्य दलहरुंग छलफल थालेको बताए ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
The post संघीय संसद् र प्रदेशसभाको चुनाव एकैपल्ट गर्ने सरकारको तयारी appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2u8ugvz via IFTTT
काठमाडौं । काठमाडौंको चन्द्रगिरी नगरपालिकाको थानकोट–चित्लाङ सडक आयोजनामा नीतिगत भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
जिल्ला वन कार्यालय काठमाडौं र नेकपा एमालेका मकवानपुर क्षेत्र नम्बर २ का सांसद सुभाषचन्द्र शाह ठकुरीको मिलेमतोमा भ्रष्टाचार भएको भन्दै स्थानीयले अख्तियारमा उजुरी दिएका हुन् ।
सडक निर्माणका नाममा वन विनास गरी निस्केको सामग्री अन्यत्र लगी सडक निर्माण कार्य सम्पन्न हुन धेरै वर्ष पछाडि धकेल्ने खेल गरेको उजुरीमा उल्लेख छ । सडक निर्माणका क्रममा निस्किएको वन पैदावर स्थानीय बाटोमै प्रयोग गर्नुपर्ने वन नियमावलीमै उल्लेख भए पनि सो विपरित काठ, दाउरा मात्रै स्थानीय वन समितिलाई दिएर ढुंगा, गिटी, माटो अन्य विक्री गरेको स्थानीयको आरोप छ ।
सडक विभागले यो सडक निर्माणका लागि ठेकेदार किराँतेश्वर कन्ष्ट्रक्सन कम्पनीलाई जिम्मा दिएकोमा जिल्ला वन कार्यालयले ढुंगा गिटी लिलाम विक्री गरी संस्थागत भ्रष्टाचार गरेको भन्दै ढुंगा गिटी विक्री सम्बन्धमा ठेक्का रद्द गरी संलग्न सबैमाथि कडा कारबाही गर्न माग गर्दै सरोकारवालाहरुले अख्तियारमा उजुरी दिएका छन् ।
गत वैशाख २१ गते एमालेका सांसद ठकुरीको उपस्थितिमा बसेको थानकोट–चित्लाङ सडक योजनाको बैठकले यो सडक योजना अन्तर्गतको पानीघाट–चन्द्रगिरी भञ्ज्याङ सडक खण्डमा निर्माण गर्ने क्रममा निस्कने वन पैदावरजन्य वस्तुहरु (ढुंगा, माटो, ग्राभेल) को ब्यवस्थापन गर्न टेन्डर प्रक्रियामार्फत लिलाम विक्री गर्न जिल्ला वन कार्यालयलाई पठाउने भनी गरेको निर्णयको प्रति पनि उजुरीसँगै अख्तियारमा पुगेको छ ।
जिल्ला वन कार्यालय काठमाडौंले उक्त सडक निर्माणका क्रममा निस्किएको वन पैदावर विक्रीका लागि मूल्यांकन परिणामसहित वन पैदावर बोलकबोल प्रथाद्वारा लिलाम विक्री सम्बन्धि सार्वजनिक सूचना जारी गरेको थियो ।
The post चन्द्रगिरीमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2u8OPrN via IFTTT
दिपिका पादुकोण विश्वकै सबैभन्दा बढी कमाई गर्ने नायिका मध्येमा गनिएकी छिन्। फोर्ब्स म्यागजिनले विश्वका सबैभन्दा बढी पारिश्रमिक पाउने नायिकामा दिपिकालाई दशौँ स्थानमा राखेको छ। दिपिकाको कमाई १ करोड डलर (करिब १०७ करोड रुपैयाँ) आकंलन गरिएको छ।
यस्तो कमाई गर्ने कलाकारहरुले कस्तो गाडी चढ्लान?
दिपिकाको ग्यारेजमा Audi Q7, Audi R8, अनि BMW 7 गाडी छन्। Audi Q7 को करिब ७३-८० लाख भारु पर्दछ।
प्रियंका चोपडा Rolls Royce Ghost चढ्छिन्। यसको मूल्य करिब ४.९३- ५.६२ करोड भारु पर्दछ।
सोनाक्षी सिन्हा BMW 5 सेरिजको Grand Turismo (GT) गाडी चढ्छिन्। यसको मूल्य करिब ४९ लाख भारु बाट सुरु हुन्छ। १ करोड ३२ लाख भारु सम्म पर्दछ।
क्याट्रिना कैफले दिपिका झै Audi Q7 चढ्छिन्। यसको मूल्य करिब ७३-८० लाख भारु पर्दछ।
कंगना रनावत BMW 7 गाडी चढ्छिन्। यसको मूल्य करोब १ करोड-१ करोड ६ लाख भारु सम्म पर्दछ।
अनुष्का शर्मा Range Rover Vogue गाडी चढ्छिन। यसको मूल्य करिब २.६ करोड भारु पर्दछ।
ऐश्वर्या राय बच्चन Audi A8L गाडी चढ्छिन्। यसको मूल्य मोडल अनुसार १.२-९.९ करोड भारु सम्म पर्दछ।
विपाशा बसु Porsche Cayenne चढ्छिन्। यसको मूल्य करिब १ करोड-१ करोड ८ लाख सम्म पर्दछ।
शिल्पा शेट्टी Bentley Continental गाडी चढ्छिन्। यसको मूल्य करिब ३.३-४.४ करोड भारु पर्दछ।
सन्नी लियोनी Maserati Quattraporte गाडी चढ्छिन्। यसको मूल्य करिब १.५-२.२ करोड भारु पर्दछ।
यो पनि पढ्नुस्
।अहिले गोरी बनेका पहिलेका ९ काली बलिउड नायिका
८ फिल्म जसमा सिनको लागि नायक-नायिकाले साच्चैको सेक्स गरे
कोरियन फिल्मबाट कपि गरिएका ८ बलिउड फिल्म
The post कस्ता गाडी चढ्छन् बलिउड नायिका? यस्तो छ मूल्य सूची appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2vSaKWy
via IFTTT
काठमाडौं । कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ बुधबार मन्त्री पदको शपथका लागि राष्ट्रपति भवन जान आफ्नो निवासमा हतार(हतार दौरा(सुरुवाल लगाउँदै थिए । त्यहीबेला उनको मोबाइलको घन्टी बज्यो । आजको अन्नपूर्ण पोस्टमा खबर छ । श्रेष्ठले फोन उठाएका मात्र थिए, उताबाट खबर आयो, ‘यसपटक सकिएन, तपाईंलाई अर्कोपटक ।’
प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिवले फोनमा ‘अर्कोपटक मात्र’ भनेपछि उनी ‘छाँगाबाट खसेझैं’ भए । प्रधानमन्त्री देउवाले बुधबार दिउँसो साढे २ बजे शपथग्रहणका लागि दौरा(सुरुवाल लगाउन पठाएका उनी आफ्नो नाम मन्त्रीको सूचीबाट एकाएक हटेपछि तीनछक परे । त्यति मात्र होइन, उनी चौथोपटक मुलुकको बागडोर सम्हालेका देउवाको ‘भद्रगोल शैली’बाट पनि चकित भए।
देउवाले उनलाई मात्र नभई शपथको तयारी गर्न भनेका अन्य सांसदलाई पनि मन्त्री बन्ने सूचीबाट हटाइएको भन्दै सचिवालयबाट जानकारी गराउन लगाएका थिए । त्यसपछि ‘पञ्चायतकालको यातनाभन्दा चरम दण्ड पाएको’ गुनासो देउवाको कार्यशैलीबाट रुष्ट सांसदले गर्न थालेका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले नै बालुवाटारमा रहेका सांसदलाई दौरा(सुरुवाल लगाउन पठाएका थिए । तर, उनीहरूलाई राष्ट्रपति भवन शीतलनिवास नपुग्दै मन्त्री बनाउन सकिएन भन्दै ‘बेइज्जत’ गर्ने काम भयो ।
श्रेष्ठ मात्र होइन, केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्देम्बेलगायत पनि देउवाको भद्रगोल शैलीबाट पीडित बनेका छन् । ‘मन्त्री भयांै भन्दै पार्टीका नेता, कार्यकर्ता, परिवारजन र शुभेच्छुकबाट शुभकामनासमेत आदानप्रदान गरिसकेका थियौं’, एक सांसदले भने, ‘यतिसाह्रो पीडित भइएला भन्ने कल्पना पनि थिएन ।’
The post मन्त्रिपरिषद् विस्तारमा भद्रगोल : दौरा-सुरुवाल लगाउँदै गर्दा जब मोबाइलको घन्टी बज्यो appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2vfAejf via IFTTT
एजेन्सी । सेक्सको विषयलाई लिएर विश्वभर नै बेलाबेलामा विभिन्न काण्डले तहल्का मच्चाउने गर्छ । चाहे ति सेलिब्रेटी हुन् वा सामान्य । यस्तै एउटा काण्ड अहिले चर्चामा आएको छ ।
एक शिक्षिका प्लेनको ट्वाइलेटमा एक विद्यार्थीसँग सेक्स गरिरहेको अर्को काण्ड सार्वजनिक भएको छ । यो घटना हो इङ्ग्ल्याण्डको । २८ वर्षकी एलीनोर विल्सन फिजिक्सकी मास्टर हुन् ।
उनले प्लेनमा आफूले पढाउने विद्यार्थीसँग मादक पदार्थ खाएको र उनीहरुले ट्वाइलेटमा गएर सेक्स गरेको खुलेको हो । विद्यार्थीहरु शैक्षिक भ्रमणमा गएर फर्किँदा यस्तो घटना भएको हो ।
घटना यसरी बाहिरियो
सेक्स गर्ने विद्यार्थीले आफ्नो मिल्ने साथीलाई कुरा खोले । त्यसपछि एकान दुईकान हुँदै स्कुलभरी हल्ला फैलियो । त्यसपछि ति शिक्षिकासँग केही विद्यार्थीले सेक्सको प्रस्ताव गर्दै धम्क्याए पनि । त्यसपछि घटना बाहिरियो । घटना बाहिर आएपछि स्कुलले छानवीन समिति बनायो ।
त्यो समितिले भ्रमणमा गएका विद्यार्थीहरुसँग उनीहरुको व्यवहार र गतिविधिबारे सोधपुछ गर्यो । त्यसबेला दुबैले होस गुमाउने गरी मादक पदार्थ सेवन गरेको र सेक्स गरेको भनेर केही प्रमाणहरु भेटिए । ति शिक्षिकाले सेक्स गरेका विद्यार्थीसँग पहिला देखि नै प्रेम सम्बन्धमा रहेको र स्कूलभन्दा बाहिर भेट्ने भनेर एसएमएस पनि आदानप्रदान हुने गरेको रहस्य फेला पर्यो ।
तैपनि विल्सनले भने आफूमाथिको आरोपलाई अस्विकार गर्दै आएकी छिन् । निकै राम्रो पढाउने शिक्षिकाका रुपमा परिचित विल्सनलाई अन्ततः विद्यालयले कारवाही गर्यो र पढाउन नदिनेगरी विद्यालयबाट निकाल्यो ।
The post शिक्षिकाको यौन उन्माद, विद्यार्थीसँग प्लेनमै सेक्स ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2eTgs6c
via IFTTT
काठमाडौ । केही दिनयता काठमाडौमा कडा खालको स्वाइनफ्लुको संक्रमण बढेको छ । स्वाइनफ्लुको संक्रमणबाट बिरामी परेका केहीको उपचार भइरहेको र ती मध्ये दुई जनाको ज्यान नै गइसकेको खबर आजको नेपाल समाचारपत्रमा छ । ।
शिक्षण अस्पताल महाराजगन्जका आइसीयू विभाग प्रमुख डाक्टर सुवास आचार्यका अनुसार स्वाइनफ्लुको संक्रमणबाट शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भइसकेको छ ।
शिक्षण अस्पतालमा भाइरल निमोनियाका अन्य दुई जना बिरामी आईसीयूमा उपचाररत रहेको डाक्टर आचार्यले बताए । ‘भाइरल निमोनियाका कारण अस्पताल आएका बिरामीको ल्याब परीक्षण गर्दा स्वाइनफ्लु देखिएको थियो ।’
The post काठमाडौमा कडा खालको स्वाइनफ्लु : दुईको मृत्यु appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tIgP6c via IFTTT
काठमाडौँ । राप्रपा सरकारमा सहभागी नहुने भएको छ । सरकारमा सहभागिताका विषयमा सत्तारुढ दलहरूसँग वार्ता गर्न बनाएको वार्ता समिति पनि उसले भंग गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।
राप्रपाले महामन्त्री जयन्त चन्दको संयोजकत्वमा प्रमुख सचेतक कुन्ती शाही र नेता दिलनाथ गिरी सदस्य रहेको वार्ता समिति बनाएको थियो ।
राप्रपाका प्रवक्ता सुशील श्रेष्ठले अब सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा पार्टीभित्र छलफल हुने बताए । तर, पार्टी संविधान संशोधनको पक्षमा भने रहने उनले बताए ।
‘संविधान संशोधनको पक्षमा रहने निर्णय पार्टी बैठकले गरिसकेको छ, यसमा हामी पछि हट्दैनौँ, तर अब सरकारमा जाने सम्भावना भने सकिएको छ,’ प्रवक्ता श्रेष्ठले भने ।
The post राप्रपा सरकारमा सहभागी नहुने appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ePpPnp via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट बुधवार मन्त्री बनेका १० जनाले सपथग्रहण गरिसकेका छन् । एकजना मोहन बस्नेतबाहेक अरु सबै ९ जनाका लागि मन्त्री पद नयाँ र पहिलो अनुभव हो ।
प्रदेश नम्बर ३ अन्तरगत काठमाडौं जिल्लाबाट मात्रै ३ जना मन्त्री भएका छन् । राजेन्द्रकुमार ९राजन० केसी, रामचन्द्र पौडेल समूहबाट मन्त्री भएका छन् । भीमसेन दास प्रधान कृष्णप्रसाद सिटौला समूहबाट र अम्बिका बस्नेत देउवा समूहबाट मन्त्री बनेका छन् ।कांग्रेसले प्रदेश नम्बर १ बाट मीन विश्वकर्मालाई मन्त्री बनाएको छ । यो प्रदेशबाट यसअघि नै ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री भइसकेका छन् । त्यस्तै प्रदेश नम्बर २ बाट रामकृष्ण यादव र महेन्द्र यादव मन्त्री बनेका छन् । यो प्रदेशबाट फर्मुल्लाह मन्सुर यसअघि नै भइसकेका छन् ।
प्रदेश ३ कै सिन्धुपाल्चोकका मोहन बस्नेत खुमबहादुर खड्काको कोटाबाट मन्त्री भएका छन् । प्रदेश नम्बर ४ बाट यज्ञवहादुर थापा यसपटक परेका छन् । यसअघि गोपालमान श्रेष्ठ प्रदेश नम्बर ४ बाटै उपप्रधानमन्त्री एवं शिक्षामन्त्री रहिसकेका छन् ।
प्रदेश नम्बर ५ बाट सञ्जय गौतम परेका छन् । प्रदेश नम्बर ६ बाट कांग्रेसले एकजना पनि मन्त्री बनाएन । प्रदेश नम्बर ७ बाट यसपटक बीरबहादुर बलायर परेका छन् ।
कांग्रेसबाट मन्त्री बनेकाहरु कसको पृष्ठभूमि के छ, अनलाइनखबरले सामान्य परिचय प्रस्तुत गरेको छ ।
भीमसेनदास प्रधानः रक्षामन्त्री
काठमाडौं क्षेत्र नम्बर ६ का सांसद भीमसेनदास प्रधान सक्रिय राजनीतिमा लाग्नु अघि प्राध्यापक थिए । उनी नेपाल प्राध्यापक संघका पूर्व सभापति हुन् ।
काठमाडौं कांग्रेसको जिल्ला सभापति भइसकेका प्रधान पूर्वमहामन्त्री प्रकाशमान सिंहको खेदाइमा परेका कांग्रेस नेता हुन् । पछिल्लो समय कृष्णप्रसाद सिटौला गुटमा पुगेका छन् । गगन थापाले यसअघिको क्याबिनेटमा सिटौलाको कोटाबाटै मन्त्री पाएका थिए । यसपटक त्यो कोटामा भीमसेन दास परे ।
रसायनशास्त्र अध्ययन गरेका प्रधानले अब रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । विगतमा प्राध्यापनको अनुभव संगालेका उनका दुई छोरी छन् ।
पहिलोे संविधानसभा चुनावमा माओवादी नेता हितमान शाक्यसँग पराजित भएका प्रधान ०७० सालमा एमालेका युवा नेता योगेश भट्टराईलाई पराजित गरेर सांसद भएका हुन् ।
महेन्द्र यादवः खानेपानी तथा सरसफाइ मन्त्री
सपथ ग्रहणको केहीबेरअघि मात्रै अर्जुन जोशीको नाम काटेर महेन्द्र यादवको नाम मन्त्रीको सूचीमा चढाइयो । ०५६ सालदेखि लगातार तीनवटा चुनाव जितेका जोशी पहिलोपटक मन्त्री बन्दै थिए, उनलाई शुभचिन्तक र जिल्लाबासीले बधाई समेत दिइसकेका थिए ।
तर, अन्तिममा नाम काटियो ।जोशीको नाम कटाएर एकाएक धनुषाका महेन्द्र यादवको नाम थपियो । २ नम्बर प्रदेशको स्थानीय चुनाव र विमलेन्द्र निधीको प्रतिष्ठाका कारण महेन्द्रको भाग्य चम्किएको चर्चा कांग्रेसवृत्तमा चलेको छ ।
महेन्द्र यादव समानुपातिक सांसद हुन् । बालकृष्ण खाँड तरुण दलको अध्यक्ष हुँदा उपाध्यक्ष रहेका यादव कांग्रेस विभाजनपछि प्रजातान्त्रिकमा लागे । उनले सोही बेला तरुण दलको अध्यक्षमा खुमबहादुर पक्षका शंकर भण्डारीलाई पराजित गरेका थिए । त्यसअघि उनी नेविसंघको उपाध्यक्ष पनि थिए । हाल यादव कांग्रेस केन्द्रीय सदस्य छन् ।
यज्ञबहादुर थापाः कानून मन्त्री
कास्की क्षेत्र नम्बर १ का सांसद यज्ञवहादुर थापाले यसपटक पोखरा लेखनाथ महानगरपालिकाको मेयरको उम्मेदवार बन्न खोजेका थिए । तर, अर्जुननरसिंह केसीले आफ्ना नातेदार रामजी कुँबर टिकट दिलाउन सबै शक्ति लगाएपछि थापा पछि हटे ।
अहिले उनी मन्त्री बन्न सफल भएका छन् । संयोग चाहिँ कस्तो पर्यो भने ०७० सालको संविधानसभा चुनावमा थापासँग डेढ सय मतको अन्तरमा पराजित भएका एमालेका मानबहादुर जिसी पोखराको मेयर बने । लेखनाथमा ०११ सालमा जन्मेका थापाले कानून मनत्रालयको जिम्मेवारी पाएका छन् । यो उनको पहिलो अनुभव हो । सांसदको प्रोफाइलमा मन्त्री थापाको शैक्षिक योग्यता र अन्य विवरण केही पनि उल्लेख छैन ।
०४९ सालको स्थानीय चुनावमा थापा कास्की जिल्ला विकास समितिको उपसभापति भएका थिए । त्यसबेला थापा आफ्नै सभापतिमाथि मुक्का बर्साएर चर्चामा आएका थिए ।
वीरबहादुर बलायरः भौतिक पूर्वाधार मन्त्री
०४६ सालको जनआन्दोलनताका वीरवहादुर बलायतर निकै चर्चित विद्यार्थी नेता थिए । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका नेविसंघ नेता बलायरलाई नेविसंघ अध्यक्ष बन्नेबेला एनपी साउद र चन्द्र भण्डारीहरुले मिडियाबाजी गरेर विद्यार्थी राजनीति नै समाप्त पारेको समकालीनहरु बताउँछन् ।
विगतमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई हराउन अन्तरघात गरेको भन्दै पार्टी कार्यालयमा बलायरले गिरिजाको गाडीको छतमा चढेर नाराबाजी गरेका थिए । अन्तरघात गरेर किसुनजीलाई हराएको भन्दै वीरवहादुर बलायर, रामहरी खतिवडा लगायतका युवाहरुले त्यसबेला बानेश्वरमा गिरिजाबाबुको तस्वीरमा कालोमोसो दलेका थिए ।
कोइराला पार्टी कार्यालय पुग्दा उनको गाडीमाथि चढेले । देउवानिकट बलायर त्यहाँ कांग्रेसको जिल्ला सभापति भए । ०६४ सालमा टिकट पाए पनि उनले चुनाव जित्न सकेनन् । ०७० मा डोटी १ बाट प्रत्यक्ष निर्वाचित भएका बलायर कांग्रेस केन्द्रीय सदस्य पनि हुन् ।
रमेश लेखक र एनपी साउदहरुको दबदबा रहेको देउवा क्याम्पमा सुदूरपश्चिमबाट यसपटक बलायरले मौका पाएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाका साथै देउवा पत्नी आरजुको पनि विश्वासपात्र रहेकाले बलायरलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको हो । डोटीको लाटामाडौंमा ०२२ साल भदौ ४ गते जन्मेका बलायर गणितका विद्यार्थी हुन् ।
मोहनबहादुर बस्नेतः सूचना तथा सञ्चारमन्त्री
सिन्धुपाल्चोकका कांग्रेस नेता तथा सांसद मोहनबहादुर बस्नेत मार्सल आर्टका खेलाडीसमेत हुन् । उनको उमेर ६० पुगिसकेको छ, तर हेर्दा ६० होइन, ४५ पनि नकटेका जस्तै देखिन्छन् । उनी २०१५ साल भदौमा जन्मेका हुन् । मन्त्री पदको सपथ लिनुअघि अनलाइनखबरसँगको कुराकानीमा ठट्यौली पारामा बस्नेतले भने( ‘म युवा उमेरदेखि नै स्वस्थ्य जीवनका लागि खेलको विकास हुनुपर्छ भनेर लागेको थिएँ, आज मन्त्रालयको जिम्मेवारी पाएको छु ।’
बस्नेतले जस्तोसुकै समस्या र कार्यकर्ताको भिडभाडको बीचमा पनि बिहानको २ घण्टा समय आफ्नो शारीरिक व्यायामका लागि दिने गरेका छन् । १४ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय बस्नेत ०३४ सालदेखि नेविसंघको राजनीतिमा सक्रिय भएर लागेका थिए । ०४६ देखि पार्टी राजनीतिकमा सक्रिय भएका बस्नेतले बहुदलपछिको पहिलो आम निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट संसदको टिकट पाएका थिए ।
पहिलो निर्वाचनमा उनी एमाले उमेदवार अमृत बोहरासँग पराजीत भए । त्यसपछिको मध्यावधि निर्वाचनमा भने पार्टीले उनलाई टिकट नदिएर रोहिणीराज सिग्देललाई टिकट दिएपछि उनी बिस्तारै कोइराला परिवारसँग टाढिए । ०५६ को चुनावमा बस्नेत क्षेत्र नम्बर १ बाट एमाले उमेदवार अमृत बोहरालाई हराउँदै सांसद भए ।
त्यतिबेला बस्नेत स्वास्थ्य राज्यमन्त्री समेत भएका थिए । कोइराला परिवारसँग रुष्ट हुँदै टाढिएका बस्नेत बिस्तारै देउवा क्याममा छिरे । प्रधानमन्त्री देउवाकी पत्नी आरजू राणा र बस्नेत पत्नी माण्डवी राणा दिदीबहिनी समेत हुन् । यही नाताका कारणले गर्दा पनि देउवा र बस्नेत निकै घनिष्ट छन् ।
पहिलो संविधानसभा निर्वाचनमा बस्नेत क्षेत्र नम्बर १ मा पराजित भएका थिए । उनले त्यतिबेला कुल ७ हजार मतमात्रै पाएका थिए । तर, दोस्रो संविधानसभा निर्वाचनमा उनी एमाले उँमेदवार अरुण नेपाललाई ३२ मतले हराउँदै संविधान सभामा जान सफल भए ।
देउवा समूहमा रहेका बस्नेत बिस्तारै खुमबहादुर खड्काको निकट बने । एमालेले युथ फोर्स, माओवादीले वाइसीएल गठन गरेपछि बस्नेतकै अगुवाइमा तरुण दस्ता गठन गर्नुपर्छ भनेर पार्टीभित्र उनले चर्को दबाव दिएका थिए । केही वर्षअघि बाह्रबिसेमा तत्कालीन कांग्रेस नेता शेरबहादुर देउवालाई लगेर बस्नेतले तरुण दस्ताको सुरुवात गरेका थिए ।
बस्नेत निडर र हक्की स्वभावका छन् । केही महिनाअघि मात्रै अर्थ मन्त्रालयमा पुगेर बस्नेतले कर्मचारीहरुको सातो लिएको चर्चा छ ।
मीनबहादुर विश्वकर्माः वाणिज्य मन्त्री
मीनबहादुर विश्वकर्मा कुनैबेला कम्युनिस्ट थिए । विद्यार्थीकालमा उनी सुनसरीमा अखिलका नेताका रुपमा चिनिन्थे । उनी लामो समय नेपालको दलित आन्दोलनमा संलग्न रहे । अन्तरजातीय बिहे गरेका मन्त्री विश्वकर्माले केही समय दलित अधिकारका सन्दर्भमा टेलिभिजन बहस पनि चलाए । जनआन्दोलनपछि कांग्रेसको नेतृत्व तहमा सक्रिय रहेका विश्वकर्माले छोटो समयमै छलाङ हाने ।
कांग्रेस केन्द्रीय सदस्य विश्वकर्मा पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवाको किचन क्याबिनेट सदस्यका रुपमा स्थापित भएका छन् । उनी कांग्रेसभित्र वौद्धिक युवा नेताका रुपमा चिनिन्छन् । विसं ०२४ साल चैतमा भोजपुरको टक्सारमा जन्मेमा मन्त्री विश्वकर्माले एमएरबीएल उत्तीर्ण गरेका छन् ।
उनी नेपाली कांग्रेसका समानुपातिक तर्फका सांसद हुन् । पौडेल बाहुनकी छोरीसँग विवाह बन्धनमा बाँधिएका मन्त्री विश्वकर्माका एक छोरा र एक छोरी छन् । धरानको एभरेष्ट लाइनमा घर रहेका उनी काठमाडौंको सिनामंगलमा बस्दै आएका छन् ।
विशेषगरी प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाउने प्रकरणको नेतृत्व गरेपछि मीन झनै चर्चामा आए । देउवाका वैचारिक प्रवक्ता समेत रहेका मीन पत्रकारमैत्री कांग्रेस नेता पनि हुन् ।
रामकृष्ण यादवः कृषि मन्त्री
धनुषा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद रामकृष्ण यादव कुनैबेला रामवरण यादव पारिवारिक सहयोगी थिए । रामवरण यादवको छत्रछायाँमा रहेका यादवले धनुषामा निधी परिवारको विपक्षमा आफूलाई उभ्याएर राजनीति अघि बढाएका थिए ।
धनुषाबाट ०६४ र ०७० साल दुवै चुनावमा निर्वाचित यादव कांग्रेसका जिल्ला सभापति समेत रहिसकेका छन् । उनी पहिलो व्यवस्थापिका संसदमा सार्वजनिक लेखा समितिको सभापति थिए । यसपटक उनलाई विमलेन्द्र निधीको काउन्टर दिन रामचन्द्र पौडेल पक्षले मन्त्री बनाएको बताइन्छ ।
धनुषाको राजनीतिमा विमलेन्द्र निधि र आनन्द ढुंगाना पक्षबीच टस्सल छ । विगतमा रामवरण यादव पक्ष र निधि पक्षको लडाई थियो । अहिले यादव पक्षको विरासत आनन्द ढुंगाना र रामकृष्ण यादवहरुले धानिरहेका छन् । यो समूहमा रामवरण पुत्र डा।चन्द्रमोहन यादव पनि छन् ।
मन्त्री यादवको जन्म ०१९ साल जेठमा धनुषाको औरहीमा भएको हो । २०२९ सालदेखि राजनीतिमा सकृय मन्त्री यादवका एक छोरा र तीन छोरी छन् ।
अम्बिका बस्नेतः सहकारी तथा गरिबी निवारण मन्त्री
विसं। २००७ सालमा काठमाडौंमा जन्मेकी अम्बिका बस्नेतले लामो प्रतिक्षापछि मन्त्री बन्ने अवसर पाएकी छिन् । ०२९ सालदेखि राजनीतिमा लागेकी बस्नेत ०४२ सालको सत्याग्रहमा सक्रिय थिइन् ।
स्नातकसम्म अध्ययन गरेकी समानुपातिक सांसद बस्नेत कोइराला परिवारकी सदस्य हुन् । तर, पछिल्लो समय देउवा शक्तिमा आउन थालेपछि अम्बिका देउवा गुटमा सामेल भएकी थिइन् । कोइराला परिवारमा हुँदा अवसर नपाएकी उनले देउवा क्याम्पमा आएपछि अवसर पाइन् ।
बस्नेत ०५६ सालको संसदीय चुनावमा हालकी राष्ट्रपति तत्कालिन एमाले नेतृ विद्यादेवी भण्डारीसँग काठमाडौंमा पराजित भएकी थिइन् । तेह्रथुमकी सीता गुरुङको नाम चर्चामा आइरहेका बेला अम्बिकाको नाम सदर गरिएको हो ।
राजेन्द्र कुमार केसीः खेलकुद मन्त्री
माओवादी अध्यक्ष प्रचण्डलाई काठमाडौं क्षेत्र नम्बर १० मा पराजित गरेर राष्ट्रिय चर्चामा आएका सांसद राजेन्द्र केसी पछिल्लो समय गुमनाम थिए । कांग्रेसको जिल्लास्तरका नेता भए पनि प्रचण्डलाई चुनाव हराएकै कारण उनी चर्चामा थिए । यसपटक उनले त्यसको प्रतिफल पाए ।
विशेषतः कांग्रेस नेता प्रकाशमान सिंहको अडानका कारण राजेन्द्र केसी मन्त्री बन्न सफल भएको बताइन्छ । कृष्णप्रसाद सिटौलाको गुटबाट काठमाडौं ६ का सांसद भीमसेनदास प्रधान समेत मन्त्री बन्ने भएपछि प्रकाशमानका लागि राजेन्द्र केसीलाई मन्त्री बनाउनुपर्ने बाध्यता थियो ।
प्रकाशनमान समूहका नवीन्द्रराज जोशी यसअघि नै मन्त्री भइसकेका कारण पनि राजेन्द्रको पालो आएको हो । रामचन्द्र पौडेल गुटबाट बलबहादुर केसीको नाम अन्तिममा काटिएपछि राजेन्द्र केसीको चान्स आएको स्रोतले जनाएको छ ।
विसंं ०१५ सालमा कीर्तिपुरमा जन्मेका केसीले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । उनका एक छोरा र २ छोरी छन् । उनी ०४० सालदेखि राजनीतिमा लागेका हुन् ।
सञ्जय गौतमः सिँचाइमन्त्री
बर्दिया क्षेत्र नम्बर २ बाट निर्वाचित कांग्रेस सांसद सञ्जय गौतमलाई मन्त्री पद अचानक फलिफाप भयो । रामचन्द्र पौडेल खेमाबाट उनको नाम अन्तिममा मात्रै आएको हो । यसअघि चर्चामा रहेका बलवहादुर केसी, बद्री पाण्डे, जीवन परियार र धनराज गुरुङलाई पन्छाउँदै सञ्जय मन्त्री बन्न सफल भए ।
बर्दियामा कांग्रेस जिल्ला सभापतिका रुपमा लामो समय काम गरेका गौतम ०७० सालमा मात्रै चुनाव जित्न सफल भए । पहिलो कार्यकालमै उनी मन्त्री बन्न समेत सफल भएका छन् । साभार – अनलाइन खबर
The post कांग्रेसका १० मन्त्रीः प्रचण्डलाई हराउनेदेखि गिरिजालाई गलाउनेसम्म appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2uDthpj via IFTTT
काठमाडौं । सरकारमा जान इच्छुक रहेपनि सहभागि नगराइएपछि राप्रपा रुष्ट बनेको छ । राप्रपाले असार २३ मा भएको प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवालाई सघाएको थियो । देउवा सरकारमा आफ्नो प्रतिनिधित्व चाहेपनि दोस्रो चरणमा मन्त्रिमण्डल विस्तार हुँदासम्म पार्टीलाई कुनै महत्व नदिएको भन्दै राप्रपा रुष्ट बनेको हो ।
सरकारसँग रुष्ट बनेको राप्रपाले यसअघि सरकार गठन लगायतका विषयमा वार्ता गर्न गठन गरेको वार्ता समिति भंग गरेको घोषणा गरेको छ । राप्रपाले सरकार गठनलगायतका विषयमा वार्ता गर्न महामन्त्री जयन्त चन्द नेतृत्वमा कुन्ती शाही र दिलनाथ गिरी सदस्य रहेको वार्ता समिति गठन गरेको थियो ।
राप्रपा विशेश्वर शर्मा सुवेदीले आजैका मितिदेखि जयन्त चन्द नेतृत्वको वार्ता समिति भंग गरिएको बताए । राप्रपा स्रोतका अनुसार अब पार्टी सरकारमा जाने सम्भावना लगभग सकिएको छ ।
राप्रपा नेता दीलनाथ गिरीले पार्टीले प्रधानमन्त्री निर्वाचनमा देउवालाई सघाएको तथा दीर्घकालसम्म विभिन्न मुद्दाहरुमा सहकार्य गरेर अघि बढ्ने उद्देश्यका साथ पार्टी सरकारमा जान चाहेको भएपनि सत्तारुढ दलको वेवास्ताका कारण अब त्यो सम्भावना टरेको बताए ।
राप्रपाले संसदमा विधाराधीन संविधान संशोधन प्रस्तावको पक्षमा नरहने संकेत समेत गरेको छ । गिरीले भने, ‘उहाँहरुलाई हाम्रो आवश्यकता रहेन भने हामीले पनि पूर्ववत् निर्णयलाई रिथिंक गर्नुपर्ने हुन्छ।’ यसअघि राप्रपाले संशोधन प्रस्तावको समर्थनमा रहेको केन्द्रीय समिति बैठकबाटै निर्णय गरेको थियो ।
The post मन्त्रिमण्डलविस्तार गरेसँगै राप्रपा रुष्ट, संविधान संशोधनमा नसघाउने appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2w1Bhjn via IFTTT
काठमाडौँ । मुलुकलाई समृद्धितर्फ लैजाने मूल उद्देश्यका साथ विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता भएको छ ।
आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी दुई पार्टी एक भएको जानकारी दिइयो । एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ ।
एकीकरण भएसँगै पार्टीको केन्द्रीय समिति ३४ सदस्यीय बनाइएको छ । जसमा रवीन्द्र मिश्र, उज्वलबहादुर थापा, अनुषा थापा, सूर्यराज आचार्यलगायत रहनुभएको छ । दुवै पार्टीका चार÷चार जना रहने गरी संयोजन समिति निर्माण गरिएको छ । मिश्र र थापा सहसंयोजकका रुपमा रहनुभएको छ । बैठकको अध्यक्षता भने मिश्रले गर्ने बताइएको छ ।
त्यसैगरी प्रत्येक प्रदेशमा एक एक जना प्रदेश संयोजकको भूमिकामा रहने पनि पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
पार्टी एकिकरण कार्यक्रममा बोल्दै पार्टीका संयोजक रवीन्द्र मिश्रले संविधानले दिएको अधिकार प्रयोग गर्दै मुलुकको मुल्य मान्यतालाई आत्मसाथ गरी देश विकासमा लाग्ने विश्वास दिलाउनुभयो ।
सोही अवसरमा संयोजक मिश्रले आफ्रनो पार्टीको सक्रियतामा सन् २०३० सम्ममा नेपाललाई न्युन आयबाट मध्यम आयमा लगिने पनि बताउनुभयो ।
अर्का संयोजक उज्वल बहादुर थापाले देशलाई आर्थिक विकास र संवृद्धि गर्नको लागि पार्टी एकता भएको जानकारी गराउनुभयो ।
The post विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2uZ0jlT via IFTTT
काठमाडौं । दुई चरणको चुनावमा कांग्रेसलाई पछि पारेर पहिलोदल बन्दा पनि एमालेभित्र चुनावलाई लिएर विभिन्न असन्तुष्ट चुलिएका छन् ।
विशेषत स् आन्तरिक कारणले कम्तीमा ४० स्थानीय तह गुमाउनुपरेको प्रारम्भिक रिपोर्टपछि एमालेमा खैलाबैला मच्चिएको हो ।
एमाले स्थानीय कमिटी बैठकले तल्ला कमिटीहरुबाट चुनावी समिक्षा रिपोर्ट मागेको छ ।, यो खबर आजको साँघु साप्ताहिकमा छापिएको छ ।
दोलखा, बैतडीलगायतका केही जिल्लाबाट बारबाहीका खबर समेत आएका छन् ।
एमाले एमाले महासचिव ईश्व पोखरेलले केह मिडियामा दिएको अन्र्तवार्तामा पनि अन्तरघार्तका कारण ३० सिट गुमाउनुपरेको बताएका छन् ।
The post चर्कियो एमालेभित्र टिकट किनबेच काण्ड : को-को नेता मुछिए ? appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2uvjGlH via IFTTT
काठमाडौँ । गृह मन्त्रालयले एक बर्षभित्र सातवटै प्रदेशबाट प्रवेशाज्ञा (भिषा) जारी गर्ने भएको छ । केन्द्रमा देखिएको सेवाग्राहीको चाप व्यवस्थापन तथा प्रविधियुक्त अध्यागमन कार्ययोजना लागू गर्न हध्यागमन विभागले सबै प्रदेश र कर्पटकीय गन्तव्यका रुपमा रहेका स्थानबाट भिषा जारी गर्न पक्रिया अघि बढाएको खबर आजको कारोबारमा छ ।
२०७५ असोजभित्र यो सुविधा सबै प्रदेशबाट उपलब्ध गराइने बताइएको छ ।
The post एक बर्षमा सातै प्रदेशबाट भिषा दिइने appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2vH2okn via IFTTT
काठमाडौं। पुर्वपञ्चहरुको पार्टि राप्रपामा विवाद र विग्रह हुनु कुनै नयाँ घट्ना होइन अनौठो त त्यतिबेला मान्नुपर्छ, जतिबेला राप्रपामा कुनै कचिंगल र विवाद हुँदैन ।
सदाबहार झगडिया पार्टीको छवि बनाएका यही राप्रपाभित्र केही समयदेखि भुसको आगो झै सल्किएको विवादले अब भने अलि भिन्न मोड लिने संकेतहरु देखापर्न थालेका छन् ।
पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय सदस्य मनोनयमा एकलौटी गरेको भन्दै पशुपति शमशेर राणाले बैठकबहिष्कार गरिरहेका बेला एउटा समुह कमल थापासंग बस्नै नसक्ने निष्कर्षमा पुगेको छ ।, यो खबर आजकोसाँघु साप्ताहिकमा छापिएको छ ।
The post आज भोलिमै पन्ध्र सांसद सहित राप्रपा फुट्ने appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2eMMbpU via IFTTT
काठमाडौं,१० साउन । पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा अन्तर्घात गरेका पार्टीका नेता–कार्यकर्तामाथि माओवादीले कारवाही गर्ने भएको छ । पार्टी केन्द्रीय सचिवालयको विस्तारिक वैठकमा बोल्दै प्रचण्डले यस्तो जानकारी दिएका छन् ।
‘वागी उम्मेदवार हुने, अन्तर्घात गर्ने र अर्को पार्टीको पैसा खाने कारवाही गरिन्छ । ६ वटै प्रदेशमा तीन–तीन सदस्यीय कार्यदल बनाएर उनीहरुमाथि छानविन हुन्छ । दोषी पाइए कारवाही हुन्छ ।’ प्रचण्डले भने । विभिन्न जिल्लाबाट अन्तर्घातका उजुरी आएपछि माओवादी दोषीमाथि कारवाही गर्न कार्यदल बनाउने निर्णय गरेको हो ।
यसबाहेक माओवादीले संघीय चुनावको प्रतिबद्धता पत्रको मस्यौदा बनाउन नारायणकाजी श्रेष्ठ प्रकाशको संयोजकत्वमा समिति बनाएको छ । यसबाहेक प्रदेश सभाको चुनावका लागि उम्मेदवार छनौटका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा समिति बनाएको छ ।
माओवादीले साउन २० देखि २२ गतेसम्म पार्टीका तर्फबाट निर्वाचित प्रतिनीधिहरुको भेला गर्ने निर्णय गरेको छ ।
यसबाहेक वैठकमा प्रचण्डले आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर मोहन वैद्य, डा.बाबुराम भट्टराई र विप्लवसँग पनि एकताका लागि अपिल गर्ने बताए । केही दिन अगाडि सकिएको वेद्य माअोवादीको वैठकले पनि एकताका लागि बाटो खुला राखेको छ ।
चुनावी समीक्षा र भावी रणनीतिका लागि भन्दै माओवादीले साउन २ गतेदेखि केन्द्री सचिवालय सदस्य र जिल्ला इन्चार्जहरुको संयुक्त वैठक बोलाएको थियो ।
The post माओवादी वैठक सकियो,पार्टीका नेता–कार्यकर्तामाथि कारबाही हुने appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tVUpxT via IFTTT
काठमाडौं,१० साउन । आज साँझ पाँच वजे मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । मन्त्रीको नाम टुंगो लगाउन दलहरु आन्तरिक छलफलमा रहेको बेला मुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीले मन्त्रीको शपथ ग्रहण समारोहको तयारी गर्न राष्ट्रपति कार्यालयलाई आग्रह गरेका हुन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार मुख्य सचिवले राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेललाई फोन गरि तयारमा रहन निर्देशन दिएका छन् ।
The post आज साँझ पाँच वजे मन्त्रिपरिषद् विस्तार appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tVtLow via IFTTT
यस्ता कयौ अभिनेत्री छन्, जसले बलिउडमा आफ्नो पहिचान बनाएर सफलता पाए । अभिनयमा मात्र नभई यी अभिनेत्रीहरुले व्यवसायमा पनि सफलता पाएका छन । यस्ता छन आफ्नो अभिनय यात्रासंगै बिजनेस गर्ने १० चर्चित अभिनेत्रीहरु ।
माधुरी दीक्षित -बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षित लामो समय सम्म फिल्म क्षेत्रमा देखा परिनन् । त्यसपछि एकैचोटि सन् २०१४ मा फिल्म गुलाव ग्यांगमा देखा परेकी माधुरीले यस बाहेक अनलाईन कार्यक्रम डान्स विद माधुरी चलाउदै आएकी छिन् ।
शिल्पा शेट्टी -आफ्नो फिल्मी करियरको दौरान हिट फिल्म दिएकी बलिउड अभिनेत्री शिल्पा पछिल्लो समय ठुलो पर्दामा देखा परेकि छैनन् । त्यसपछि उनले सन् २०१५ देखि आफ्ना पति राजकुन्द्रासंग मिलेर आफ्नो छोराको नाममा मोवाइल कम्पनी लन्च गरिन् । योसंगै मुम्वईमा शिल्पाको आयोसिस नामक स्पा पार्लर र क्लव पनि छ । यसअघि शिल्पाले द ग्रेट इन्डियन डाइट नामक किताव लेखेकी थिइन् । साथै शिल्पाले आफ्नो योगा डिभिडि पनि लन्च गरिसकेकी छिन् ।
प्रियंका चोपडा -बलिउड अभिनेत्री प्रियंका चोपडाले बलिउडमा मात्र नभएर हलिउडमा समेत आफ्नो पहिचान बनाइसकेकी छिन् । योबाहेक प्रियंकाको पर्पल पेबल पिक्चर्स नामको आफ्नै प्रोडक्सन हाउस छ । यसको मुख्य उद्देश्य थोरै बजेटमा फिल्म बनाउनु र नयाँ ट्यालेन्टेड कलाकार र निर्देशकलाई ठाउँ दिनु हो । यसमार्फत भोजपुरी र मराठि फिल्म निर्माण गर्ने गरिन्छ ।
अनुष्का शर्मा- अभिनेत्री अनुष्का शर्माको क्लीन स्लेट फिल्म्स नामक प्रोडक्सन हाउस छ । यसमार्फत बनेको पहिलो फिल्म सन् २०१५ मा रिलिज भएर चर्चा कमाएको थियो । यस्तै सन् २०१७ मा रिलिज भएको आफु अभिनित फिल्म फिल्लौरी पनि अनुष्काकै उत्पादन हाउसबाट बनेको फिल्म हो ।
प्रिति जिन्टा -अभिनेत्री प्रिति किंग्स एलेभेन पंजावकी ओनर हुन् । योसंगै उनले पिजेडएनजेड मिडिया नामक प्रोडक्सन हाउस पनि लन्च गरेकी छिन् ।
सुस्मिता सेन -मिस युनिभर्स विजेता तथा अभिनेत्री सुस्मिता सेनले फिल्मबाट धेरै चर्चा नकमाएपनि मुम्बईमा ‘बंगाली माशि किचन ‘नामक विजनेश चलाएर भने दह्रो आम्दानी गरिरहेकी छिन् । यसबाहेक सुस्मिताले ‘तन्त्रा इन्टरटेनमेन्ट ‘नामक प्रोडक्सन हाउस समेत चलाउदै आएकी छिन् ।
करिष्मा कपुर- आफ्नो समयमा हिट फिल्म दिएकी करिष्मा दुई सन्तानकी आमा हुन् भने यिनले आफ्ना पतिसंग डिभोर्स गरिसकेकी छिन् । करिष्माले वेवीओए नामक अनलाईन स्टोरमा लगानी गरेकी छिन् ।
दीया मिर्जा -धेरै फिल्ममा अभिनय गरिसकेकी तर खासै चर्चामा आउन नसकेकी नायिका दीया सामाजिक कामका लागी अग्रसर रहने महिला हुन् । दीयाले आफ्ना विजनेस पार्टनर तथा पतिसंग मिलेर वर्न फ्रि नामक प्रोडक्सन हाउस चलाउदै आएकी छिन् ।
विपाशा वासु अभिनेत्री विपाशाले द लोवल लाइफ नामक लाइफस्टाइल ब्रान्ड चलाउदै आएकी छिन् । यस विजनेसमा रितिक रोशनकी पत्नि सुजेन र मलाइका आरोडा पनि सामेल छन् ।
मनिषा कोइराला -लामो समयसम्म ठुलो पर्दामा नदेखिएकी मनिषा कोइराला पुन फिल्मी क्षेत्रमा फर्किन लागेकी छिन् । मनिषाले सन् २००४ मा आफ्नो प्रोडक्सन हाउस मार्फत फिल्म उत्पादन गरेकी थिइन् । तर ४ करोड लगानीमा बनेको फिल्मबाट उनले रकम असुल्न नसकेपछि २.५ करोड घाटा बेहोर्नु परेको थियो ।
The post अभिनयसँगै बिजनेस गर्ने बलिउडका १० चर्चित अभिनेत्री (फोटो फिचर) appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2uvwcAm
via IFTTT
सिन्धुपाल्चोक १० साउन । अरनिको राजमार्ग अन्तर्गत तातोपानी नाका जोड्ने लार्चास्थित भोटेकोसी पुल आइतबार रातिको पहिरोले बगाएपछि सीमाक्षेत्र नाकाबन्दीमा परेको छ ।
दक्षिणतर्फको पाङसेर्पु डाँडाको चट्टान फुटेर बीचभागमा थुप्रिएपछि पुल भोटेकोसीमा झरेको थियो । उक्त पुल चिनले २०३८ सालमा बनाएको हो ।
भूकम्प र भोटेकोसीको बाढीले जिर्ण बन्दै गएका राजमार्गमा मोटरेबल पुल बगाएपछि अर्को संकट थपिएको छ । सीमामा यातायात ठप्प भएको छ । पैदल यात्रु आउ जाउ गर्ने गोरेटो समेत छैन । (कान्तिपुर दैनिक
The post संकटमा सिन्धुपाल्चोक : पहिरोले पुल बगाएपछी नाकाबन्दीमा तातोपानी appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2gYFhOL via IFTTT
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठक सोमबार नसकिएका कारण मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै आज गर्ने जनाएका छन् । आजको कान्तिपुरमा यो खबर छ ।
प्रधानमन्त्री देउवाले सोमबार दाहाललाई फोन गरी मंगलबारआज मन्त्रिपरिषद विस्तार गर्ने जनाएका हुन् ।
आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलमा देउवाले सोमबार मन्त्रिपरिषद विस्तार गर्ने वचन दिएका थिए ।
मन्त्रिपरिषद विस्तारमा धेरै ढिलाई भएको भन्दै दाहालले प्रधानमन्त्रीको आलोचना गरेको थिए ।
The post देउवा -दाहाल फोन संवाद : आज मन्त्रिपरिषद विस्तार हुँदै appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2vDkUKp via IFTTT
काठमाडौं,१० साउन । आगामी हिउँदमा देशमा लोडसेडिङ हुने सम्भावना बढेको छ । नेपाल विद्युत्त प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको खबर आजको पत्रिकामा छ ।
आजका पत्रपत्रिकाहरुले संविधान संशोधन अघि बढाउन कांग्रेस तयार रहेको, खडेरीका कारण अझै पूर्वी नेपालमा रोपाइँ हुने नसकेको, डा.गोविन्द केसीले ११ औं पटक पुनः अनसन थालेकोलगायत खबरलाई आज प्रमुखताका साथ लेखेका छन् ।
The post लोडसेडिङ हटाउने सबै कार्यक्रममा अवरोध, फर्कंदै लोडसेडिङ appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2eJl2Eb via IFTTT
काठमाडौं,९ साउन । आन्तरिक विवादका कारण संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकतामा समस्या देखिन थालेको छ । दुवै दलमा एकताको पक्ष र विपक्षमा फरक–फरक विचार देखिएपछि एकता प्रक्रिया जटिल बन्दै जान थालेको छ ।
संघीय समाजवादी फोरमका केही नेता बाबुराम भट्टराईले मधेसलाई धोका दिएकाले उनलाई नेता स्वीकार गर्न नसकिने तर्क गर्दै उपेन्द्र यादवको नेतृत्वमा मात्रै एकता हुनुपर्ने पक्षमा छन् । तर, नयाँ शक्तिका नेताहरू भने बाबुरामको नेतृत्वमा मात्रै एकता सम्भव भएको तर्क गरिरहेका छन् ।
राजनीति नबुझेका व्यक्तिहरूले पार्टी एकता भाँड्न लागिपरेको नयाँ शक्तिका नेता खिमलाल देवकोटाको टिप्पणी छ । एकताबारे निर्णय गर्न नयाँ शक्तिले सोमबार र मंगलबार केन्द्रीय कार्यकारिणी, बुधबार र बिहीबार केन्द्रीय परिषद्को बैठक बोलाएको छ । एकताबारे फोरमबाट राजेन्द्र श्रेष्ठ र नयाँ शक्तिबाट देवेन्द्र पौडेलको नेतृत्वको वार्ता टोलीले छलफल जारी राखेको छ ।
छलफलका तीन बुँदा
बाबुरामको वरीयता
बाबुराम भट्टराईलाई एक नम्बरको नेतासहितको भूमिका हुने कि नहुने भन्ने विषयमा अहिलेसम्म टुंगो लागेको छैन । वार्ता टोलीबीच छलफल भइरहेको छ । नयाँ शक्तिका नेता खिमलाल देवकोटाको भनाइमा बाबुरामलाई वरीयतामा एक नम्बर, उपेन्द्र यादवलाई दुई र अशोक राईलाई तीन नम्बरमा राख्ने सहमति भएको, तर कुन पदीय नाम राख्ने भन्नेचाहिँ टुंगिएको छैन ।
पार्टीको नाम
एकतापछि पार्टीका नाम के राख्ने भन्नेमा मत मिलेको छैन । अहिलेसम्म पार्टीको नाम समाजवादी पार्टी राख्ने भन्ने छलफल चलिरहेको छ । तर, प्रदेश नम्बर २ मा हुने २ असोजको स्थानीय निर्वाचनमा असर पर्न सक्ने भन्दै फोरम भन्ने शब्द कतै जोड्नुपर्ने तर्क संघीय समाजवादी फोरमका नेताहरूको छ ।
पार्टीको झन्डा
पार्टीको झन्डाबारे अनौपचारिक सहमति जुटेको छ । झन्डामा रातो पृष्ठभूमिमा एउटा तारा हुने वार्ता समितिका सदस्यसमेत रहेका देवकोटाले जानकारी दिए ।
फोरममा तीनथरी मत
राजेन्द्र श्रेष्ठ पक्ष असन्तुष्ट
संघीय समाजवादी फोरमभित्र नयाँ शक्तिसँग एकता गर्नेबारे विवाद देखिएको छ । फोरमभित्रका जनजाति नेताहरू बाबुरामलाई तत्काल स्वीकार गर्ने पक्षमा देखिएका छैनन् । साथै, केही मधेसी नेताहरू पनि बाबुरामलाई पार्टीमा ल्याउन नहुने तर्क गरिरहेका छन् । फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ बाबुरामलाई फोरममा ल्याउने पक्षमा सकारात्मक छैनन् । तर, उनी एकताका लागि गठन गरिएको वार्ता समितिको सदस्य छन् । बाबुरामले पहिचानको मुद्दा छोडिसकेको उनको तर्क छ । तेस्रो वरीयतामा रहेका श्रेष्ठमा बाबुरामलाई भित्राएपछि पोर्टफोलियो के हुने भन्ने चिन्ता देखिएको फोरम स्रोतको भनाइ छ ।
बाबुरामबाट संविधानमा धोका
अहिले बाबुराम भट्टराईलाई हेर्ने दृष्टिकोणमा पनि फोरमभित्र विवाद छ । ३ असोज ०७२ मा संविधान जारी गर्न प्रमुख भूमिका खेलेका बाबुरामप्रति मधेसमा सकारात्मक धारणा नभएकाले उनलाई स्वीकार गर्न नसकिने तर्क फोरमभित्र जबर्जस्त छ । यो मत राख्नेमा उपेन्द्र यादव पक्षधर मधेसी मूलका नेताहरू छन् । तर, स्वयं उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई भने बाबुरामलाई एकतामा ल्याउन चाहन्छन् ।
बाबुरामलाई दोस्रो वरीयता
फोरमभित्र उपेन्द्र यादवलाई अध्यक्ष र बाबुरामलाई दोस्रो तहको नेताका रूपमा एकता गराउने तर्क पनि छ । केहीले बाबुरामलाई सर्वोच्च नेता बनाएर उपेन्द्र यादवलाई कार्यकारी अध्यक्ष बनाउने पक्षमा मत राखेका छन् । बाहिर जुन पद दिए पनि वरीयता क्रममा भने पहिलो उपेन्द्र यादव, दोस्रोमा बाबुराम भट्टराई, तेस्रोमा अशोक राईलाई राख्ने विषयमा फोरमभित्र करिब–करिब सहमति छ । दुई पार्टीबीच भएको छलफलमा बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईलाई चक्रीय प्रणालीअनुसार अध्यक्ष बनाउने कि भन्ने विकल्पमा पनि छलफल चलिरहेको छ । स्थानीय तहको निर्वाचनमा नयाँ शक्तिको कमजोर उपस्थिति देखिएपछि फोरमका अधिकांश नेताहरू बाबुरामलाई पहिलो वरीयताको नेता स्वीकार गर्न नसकिने तर्क गरिरहेका छन् । तर, अहिलेसम्मका वार्तामा पदीय मर्यादा भने मिलिसकेको छैन ।
नयाँ शक्तिभित्र झन् लफडा
केशव दाहालहरू साझातिर
नयाँ शक्तिका केशव दाहाल, डम्बर खतिवडालगायतका नेताहरू फोरमसँग एकता गर्ने पक्षमा छैनन् । उनीहरूले बरु साझा पार्टी र विवेकशील नेपाली दलसँग एकता गर्न सकिने धारणा राखेका छन् । उपेन्द्र यादवको फोरम पुरानै दल भएको भन्दै उनीहरू त्यस्तो दलमा नजाने मनस्थितिमा छन् ।
एनजिओवालाको अर्कै मत
लामो समय आइएनजिओ–एनजिओमा बिताएका केही नेताहरू पनि उपेन्द्र यादवसँग पार्टी एकता गर्ने पक्षमा छैनन् । डा। प्रदीपमान तुलाचन, लिली थापा, दुर्गा सोबलगायतका नेताहरू एनजिओ पृष्ठभूमिबाट आएका छन् । उनीहरू पार्टी एकताको विषयमा विभाजित छन् । बाबुराम भट्टराईलाई नेता मानेर आएको, तर उनको नेतृत्वमा एकता नहुँदा एकताको सान्दर्भिकता के हो रु भन्ने उनीहरूको प्रश्न छ ।
पूर्वमाओवादी नेताहरू एकताको विपक्षमा
माओवादी पृष्ठभूमिबाट आएका नेताहरू उपेन्द्र यादवलाई नेता मानेर एकतामा जाने पक्षमा देखिएका छैनन् । यो ठूलो समूह माओवादीमा हुँदाका क्षेत्रीय ब्युरो सदस्य रहेका उपेन्द्र यादवलाई नेता नमान्ने पक्षमा छन् । देवेन्द्र पौडेल, कुमार पौडेल, गंगा श्रेष्ठ, खिमलाल देवकोटा त्यतिवेला उपेन्द्रभन्दा सिनियर थिए । त्यही कारण उनीहरू पुरानै पार्टीमा फर्किनसमेत तयार देखिन थालेका छन् ।
बाबुरामले धोका दिएको आरोप
बाबुराम भट्टराई नेतृत्वमा नयाँ शक्ति बनाउने सपनामा आएको, तर अहिले एकताको नाममा पुरानै पार्टीमा जाने हो भने उनले गम्भीर धोका दिएको हुने मत पनि बलियो छ । खासगरी यो मत राख्नेमा अन्य दलका पृष्ठभूमि रहेका र विदेशमा रहेका शुभेच्छुक बढी छन् । तर, राजनीति नबुझेका व्यक्तिहरूले बाबुरामले धोका दिएको तर्क गर्ने अतिवादी धारणा रहेको नयाँ शक्तिका नेता खिमलाल देवकोटाको टिप्पणी छ ।
बाबुरामको नेतृत्व अनिवार्य
एकताका क्रममा बाबुराम भट्टराईलाई प्रमुख नेता बनाउनुपर्ने तर्क नयाँ शक्तिका नेताहरूको छ । बाबुरामलाई नेतृत्व नदिने अवस्थामा एकता आवश्यक नभएको उनीहरूको बुझाइ छ । बाबुरामको नेतृत्वमा बाहेक एकता स्वीकार्य नभएको नयाँ शक्तिका नेता गंगा श्रेष्ठले बताए । नयाँ पत्रिकाबाट
The post बाबुराम र उपेन्द्रबिच चर्चियो द्धन्द्ध, दुई शक्तिभित्रको विवादले एकतामा समस्या appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2vzE9Ve via IFTTT
काठमाडौं,९ साउन । निर्वाचन आयोगले सचिव गोपिनाथ मैनालीलाई पत्र लेख्दै गाडी फिर्ता गर्न आग्रह गरेको छ । सचिव मैनालीको केही समयअघि आयोगबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएको थियो । आयुक्तहरुलाई विलासी गाडी किन्न रोक्दा आफ्नो सरुवा भएको बताएका थिए ।
अब आयोगले सरुवा भएको लामो समयसम्म पनि गाडी र आइफोन फिर्ता नगरेको भन्दै सचिव मैनालीलाई पत्र काटेको छ । प्रशासन हेर्ने उपसचिव महेशराज तिम्सिनाले पठाएको पत्रमा सचिव मैनालीले बा २ झ ४४९ नम्बरको ल्याण्डक्रुजर प्राडो, ल्यापटप र आँईफोन सेभेन प्लस एक महिनासम्म फिर्ता नगरेको उल्लेख छ ।
साथै पत्रमा चिठ्ठी बुझेको २४ घन्टाभित्र ल्यापटप, आइफोन लगायतका सामान फिर्ता गर्न भनेको छ ।
The post गोपिनाथ मैनालीलाई पत्र लेख्दै ल्याण्डक्रुजर प्राडो, ल्यापटप र आँईफोन सेभेन प्लस फिर्ता गर्न आग्रह appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2uOZbRM via IFTTT
सबैलाई चकित बनाउँदै अभिनेत्री सन्नी लियोन बनिन् आमा
एजेन्सी ।
केही दिन अघि मात्र आमा बन्ने इच्छा व्यक्त गरेकी अभिनेत्री सन्नी लियोन अन्तत: आमा बनेकी छिन् । उनले आमा बन्ने रहर छ तर गर्भवती हुनबाट डर लाग्ने बताउदै आएकी थिइन । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको छ ।
उनले आफ्नो साथमा बच्चा आउँदा दुनियाँले कहाँबाट आयो भनेर चकित पर्ने बताएकी थिइन् । नभन्दै उनले सबैलाई चकित तुल्याउँदै आमा बनेकी छन ।
उनले आफै बच्चा न्माएकी भने होइनन। एउटी बच्चीलाई धर्मपुत्री बनाएकी हुन् । उनले महाराष्ट्रको लातुरकी निशा कौर वेबरलाई धर्मपुत्रीका रूपमा स्विकारेकी हुन् । सन्नीले आफ्नो स्वभाव बच्चाहरूसँग खेल्ने तथा रमाउने रहेको बताउने गरेकी छिन् ।
The post सबैलाई चकित बनाउँदै अभिनेत्री सन्नी लियोन बनिन् आमा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2tQXaQH
via IFTTT
काठमाडौं । युट्युबमा सार्वजनिक भएको २४ घण्टा बित्न नपाउँदै फिल्म ‘छक्का पञ्जा २’को गीत ‘ए दाजु नसमाऊ नारीमा’ विवादमा आएको छ। प्रिन्स नेपाली नामका युवाले गीतको संगीतमा आफ्नो हजुरबुवा कान्छा मगर नेपालीको नाम नआएको भन्दै आपत्ति जनाएपछि विवादमा आएको हो। गीत रिलिज हुँदा संगीतकारमा अल्मोडा राना उप्रेतीको नाम थियो।
फिल्मका कलाकार तथा निर्माता दीपकराज गिरीले आफूले प्रिन्सकै अनुमतिमा फिल्ममा गीत राखे पनि आफ्नो हजुरबुवाको नाम नआउँदा चित्त दुखाएको बताए। ‘मैले फिल्मको लागि गीत खोजिरहेको थिएँ। गीतका लागि संगीतकार अल्मोडाकोमा पुगेको थिएँ। उहाँले मलाई धुन सुनाउनुभयो,’दीपकराजले भने,’मलाई त्यो धुन मनपर्यो। अल्मोडाजीलाई आग्रह गरेपछि उहाँले प्रिन्सलाई ‘छक्का पञ्जा २’को लागि यो गीतको प्रस्ताव गरेपछि प्रिन्सजीले सहर्ष स्वीकार्नुभयो। उनको यो गीत गाउने चाहना रहेछ। तर, अल्मोडाले गाएपछि रुष्ट हुनुभयो।’ आजको नागरिकमा खबर छ ।
फिल्मको गीत रिलिजपछि मात्र विवाद देखिएको दाबी गर्दै दीपकले गीतको रिमिक्स गर्ने अधिकार प्रिन्स दिनसक्ने संकेत गरे। ‘अहिले गीत सार्वजनिक भएपछि उनलाई फेरी गाउन दिन सम्भव छैन,’दीपकले भने,’तर, भोलिका दिनमा उनले रिमिक्स गर्न चाहे भने त्यो अधिकार दिन सकिन्छ।’
सोही विषयमा सम्पर्क गर्न खोज्दा प्रिन्स भने सम्पर्कमा आएनन्। प्रिन्सले आपत्ति जनाएपछि युट्युबमा संगीतको क्रेडिट प्रिन्ससँगै उनका हजुरबा कान्छा मगर नेपालीलाई दिइएको दीपकराज गिरीले बताए। उनले अल्मोडा भारतमा रहेकाले आएपछि थप कुरा प्रष्ट हुने पनि जानकारी गराए।
गीतमा अल्मोडा राना उप्रेती र सुजता बर्माको स्वर छ भने प्रिन्स र अल्मोडाको संगीत तथा दीपकराज गिरी र प्रिन्सको शब्द छ। गीतमा कविराज गहतराजको कोरियोग्राफी छ।
The post सार्वजनिक भएको २४ घण्टा बित्न नपाउँदै ‘छक्का पञ्जा २’को गीत विवादमा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2uUtuaH
via IFTTT
काठमाडौं,८ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको शनिबारको बैठक निकै रोचक बनेको थियो । नेताहरुको प्रस्तुतिले बैठक रोचक बनेको हो । बैठकमा केन्द्रीय सदस्य रामकृष्ण यादवले बाबाको प्रसंग झिक्दै सभापति देउवा र नेता पौडेललाई सचेत गराए । विद्यार्थीकालमा बाबाको दर्शनका लागि भारत जाँदा बाबाका रक्षकले ढोग्न नदिएको, तर पैसा दिएपछि पुनः ढोग्न दिएको कथा उनले सुनाएका थिए ।
भक्तजनसँग यसरी पैसा लिन थालेपछि मानिस दर्शनका लागि जान छोड्दा बाबा तथा उनका रक्षक दुवैको आर्थिक स्रोत सुकेको भन्दै देउवा र पौडेललाई उनले सचेत गराए ।
‘तपार्इंहरू दुईजना बाबाजस्तै हुनुहुन्छ । तपाईंहरूको दर्शन गर्न जाँदा दर्शन गराइदिन्छु भन्दै परिक्रमा गर्नेहरू पनि छन्, तपाईंहरू पनि त्यस्तै बाबा बन्नबाट बच्नुहोला,’ उनले भने ।
केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले टिकट लिन बोलाएर नेताहरूले नांगेझार बनाइदिएको आरोप लगाए । ‘टिकट लिन बोलाउनुभयो, तर अन्तिम अवस्थामा टिकट दिएर नांगेझार पारिदिनुभयो,’ उनले भने, ‘कम्तीमा सर्ट र पाइन्ट लगाउने समय त दिनुपथ्र्यो । अन्तिममा टिकट दिएर नांगेझार पारिदिनुभयो । ढिला हुँदा चुनाव पनि हार्ने अवस्था आयो ।’
केन्द्रीय सदस्य मीन विश्वकर्माले ५० मिनेटमा टिकट दिने निर्णयले जितेर पाँच वर्षसम्म शासन गर्ने अवसर छिनिदिएको आरोप लगाए । ‘मलाई सम्झाउन फलानालाई टिकट दिन्छु भन्नुभयो, तर ५० मिनेटको समयमा निर्णय गरेर टिकट दिँदा पाँच वर्षसम्म शासन गर्ने उम्मेदवार जिताउन नसक्ने अवस्था आयो,’ उनले भने ।
केन्द्रीय सदस्य बलहादुर केसीले सोलुखुम्बू जिल्लामा आफ्नो ज्यानलाई असुरक्षा बढेको भन्दै चिन्ता जनाए । ‘जिल्लामा मेरो ज्यानको असुरक्षा छ । मेरो सुरक्षाका लागि प्रधानमन्त्रीलाई निवेदन दिऊँ कि के गरौँ रु’ केसीले भने, ‘म एउटा सांसद सुरक्षित हुन पाउँछु कि पाउँदिनँ रु’ नयाँ पत्रिका दैनिकमा खबर छ ।
The post कांग्रेस बैठकमा यादवले देउवा र पौडेललाई बाबा बनाएपछि… appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2vwLGE4 via IFTTT
काठमाडौँ ,८ साउन । संसद्को कार्यसम्पादन सहज बनाउन १२ वटा स्थायी समिति छन् । संसद् नियमावलीको दफा १७७ अनुसार गठन भएका यी समितिबीच एक–अर्कामा कार्यक्षेत्र र क्षेत्राधिकारको विषयमा पटक–पटक विवाद हुँदै आएको छ । कार्यक्षेत्रबारे स्पष्ट हुन नसकेकाले एउटै विषयमा समितिहरूले परस्पर विरोधी निर्णय र निर्देशन सरकारलाई दिने गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ । जसकारण समितिको निर्देशन कार्यान्वयनमा सरकार अलमलिँदै आएको छ । नियमावलीको दफा १८३ अनुसार सभामुखले विशेष समिति गठन गर्ने व्यवस्था छ । जसअन्तर्गत गठित संसदीय सुनुवाइ विशेष समिति र राष्ट्रिय विपत् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिको क्षेत्राधिकार भने स्पष्ट छ ।
सांसददेखि सभामुखसम्मकोे पारिश्रमिक र भत्ता
गत ५ मंसिरमा सांसदहरूको पारिश्रमिक र सुविधा वृद्धिसम्बन्धी विधेयक संसद्बाट बहुमतले पारित भयो । उक्त ऐन बनेपछि सांसदले मासिक ५५ हजार २ सय ३० रुपैयाँ पारिश्रमिक बुझ्छन् । विधेयक पास हुनुअघि प्रत्येक संसद् बैठकको दुई सय रुपैयाँ सांसदले भत्ता बुझ्ने गर्थे । तर, यो रकम पाँच गुना बढाइएको छ । अहिले सांसदले प्रत्येक बैठक भत्ता हजार रुपैयाँ बुझ्छन् ।
हाल सांसद, समिति सभापति, उपसभामुख र सभामुखले बुझ्दै आएको पारिश्रमिक र भत्ता
सुविधाको किसिम सांसद समिति सभापति उपसभामुख सभामुख
पारिश्रमिक÷प्रतिमहिना ५५,२३० ५७,७८० ६०,९७० ६७३२०
विशेष भत्ता÷प्रतिमहिना १००० १००० १००० १०००
बैठक भत्ता÷प्रतिदिन १००० १००० १००० १०००
सञ्चार सुविधा ३,००० ३,००० ३,००० ३,०००
आवास सुविधा १८,००० २४,२६८ २५,६०८ २८,२७५
सांसदहरूले तलब, सञ्चार खर्च, बैठक भत्ता, आवास सुविधा र विशेष भत्ताका अतिरिक्त फर्निचर खर्चबापत वार्षिक १५ हजार रुपैयाँ पाउँदै आएका छन् । सांसदले यातायात खर्चबापत दैनिक एक हजार, बिजुली, धारा शीर्षकमा मासिक दुई हजार, दैनिक भ्रमण भत्ता दुई हजार पाँच सय रुपैयाँ बुझ्दै आएका छन् । अर्कोतर्फ प्रतिसांसद १० लाख रुपैयाँ यात्रा विमा व्यवस्था गरिएको छ ।
समिति सभापतिको सेवासुविधा
संसदीय समितिका सभापतिले राज्यमन्त्रीसरह सेवासुविधा र पारिश्रमिक पाउँदै आएका छन् । उनीहरूलाई गाडीको सुविधा हुन्छ, तर झन्डा हाल्न पाउँदैनन् । समिति सभापतिहरूलाई सुरक्षाकर्मी उपलव्ध गराइन्न । उनीहरूको मासिक पारिश्रमिक ५७ हजार ७ सय ८० रुपैयाँ प्राप्त गर्छन् । विशेष भत्ता मासिक एक हजार, बैठक भत्ता प्रतिबैठक एक हजार, सञ्चार भत्ता मासिक तीन हजार, आवास सुविधा मासिक २४ हजार दुई सय ६८ रुपैयाँ समिति सभापतिहरूले पाउँछन् । सवारीसाधनको सुविधा हुनुका साथै मासिक एक सय ५० लिटर इन्धन समिति सभापतिहरूले प्राप्त गर्छन् । त्यस्तै, तीन महिनामा पाँच लिटर मोबिल समिति सभापतिहरूका लागि छुट्याइएको हुन्छ । उनीहरूले बिजुली, धारा शीर्षकमा उनीहरूलाई मासिक दुई हजार, भ्रमणका लागि दैनिक दुई हजार पाँच सय रुपैयाँ पाउँछन् । समिति सभापतिदेखि सांसद, सभामुख र उपसभामुखका लागि यात्रा विमा १० लाख रुपैयाँ सुरक्षित हुन्छ ।
व्यवस्थापिका–संसद्को स्थायी समितिका सभापतिको कार्यकाल संसद् रहुन्जेल कायम हुन्छ । समिति सभापतिले कार्यपालिकाका गतिविधिमाथि निगरानी, निर्देशन र खबरदारी गर्न पाउने अख्तियारी राख्दछ । यसका अतिरिक्त अन्य निजी विषय र सामाजिक विषयवस्तुमा बहस गर्न सक्ने क्षेत्राधिकार हुन्छ । तर, हरेक सरकार परिवर्तनमा मन्त्री बन्न समिति सभापतिहरू पनि दौडधुपमा रहन्छन् । संसद् नियमावलीअनुसार समिति सभापति सरकारमा सहभागी हुँदै शपथ लिनासाथ संसदीय समितिमा उसको सदस्यतासमेत खारेज हुन्छ ।
कस्ता छन् समितिहरूबीचका विवाद रु
अर्थले क्षेत्राधिकार मिचेको भन्दै उपभोक्ता हित समिति आक्रोशित
अर्थ समितिले नेपाल आयल निगमको इन्धन भण्डारण क्षमता बढाउने प्रयोजनका लागि जग्गा खरिद गरेको विषयमा गत मंगलबार छलफल ग¥यो । निगमले इन्धन भण्डारणका लागि झापा, सर्लाही, भैरहवा र चितवनमा जग्गा खरिद गर्ने क्रममा करोडौँ अनियमितता भएको सूचना सार्वजनिक भएपछि समितिले थप अध्ययनका लागि उपसमिति बनायो । समितिले छलफल गरेको भोलिपल्ट उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले अर्थ समितिले क्षेत्राधिकार मिचेको भन्दै आपत्ति जनायो । सो समितिले कार्यक्षेत्र नरहेको विषयमा भए गरेको कामकारबाही तत्काल स्थगित गर्न अर्थ समितिलाई पत्राचार गर्ने निर्णय गरेको छ । बैठकमा अधिकांश सदस्यले क्षेत्राधिकारको प्रश्न उठाएपछि उपभोक्ता हित सम्बन्ध समितिले आफ्नो क्षेत्राधिकारभित्रका मन्त्रालय, विभाग र संस्थालाई क्षेत्राधिकारबाहिरका समितिमा उपस्थित भएर बयान नदिनसमेत निर्देशन दिएको छ ।
लेखा र कृषि समितिबीच सोलार खरिदबारे टकराव
नेपाल विद्युत् प्राधिकरणले २५ मेगावाटको सौर्य ऊर्जा ९सोलार० उत्पादनका लागि ठेकेदार छनोट गर्दा सबैभन्दा न्यूनतम रकम कबोल गर्ने कम्पनीलाई रद्द गरेर ६८ करोड बढी कबोल गर्ने कम्पनीलाई दिएको विषयमा संसद्को कृषि तथा जलस्रोत समितिले गत २० असारमा छलफल ग¥यो । समितिले थप अध्ययन गरेर निर्देशन दिने भन्यो । तर, त्यसको १० दिनपछि अर्थात् ३० असारमा सार्वजनिक लेखा समितिले सोही विषयमा छलफल ग¥यो । समितिले २५ मेगावाट क्षमताको सोलार विद्युत् उत्पादनसम्बन्धी अघि बढाएको कामलाई तत्काल स्थगित गर्न सरकारलाई निर्देशन दियो । ठेक्का प्रक्रियामा अहिलेसम्म भए–गरेका सम्पूर्ण कागजात पेस गर्न समितिले ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
कृषि तथा जलस्रोत समिति सभापति मोहनप्रसाद बराल भन्छन्, ‘हामीले फाइल अगाडि बढाइसकेका थियौँ । लेखा समितिले छलफल गरेकाले चुप लागेर बसेका छौँ । यो कृषि तथा जलस्रोत समितिअन्तर्गतकै क्षेत्राधिकारको विषय हो । यसबारे मैले सभामुखलाई जानकारी गराएको छु ।’
अख्तियारले ऊर्जालाई विद्युत् आयोजना खारेज गर भनेपछि‘
करिब तीन वर्षअघि अख्तियारले काबेली जलविद्युत् आयोजनालगायत विभिन्न १४ वटा जलविद्युत् आयोजनाको दर्ता खारेज गर्न ऊर्जा मन्त्रालयलाई सुझाब दियो । सो विषयमा बुझ्न कृषि तथा जलस्रोत समितिले अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीलाई बोलाउँदा अख्तियार सुशासन समितिको कार्यक्षेत्रभित्र मात्रै पर्ने भन्दै बैठकमै गएनन् । अहिलेका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री त्यसवेला ऊर्जासचिव थिए । ‘काबेलीको हकमा विश्व बैंकसँग सम्झौता भएको थियो । त्यही भएर अख्तियारको निर्देशनअनुसार गर्न सकिएन । तर, अख्तियारले भनेका अरू सबै निर्देशन कार्यान्वयन भए र अन्य आयोजनाको इजाजत खारेज ग¥यौँ,’ उनले भने । अख्तियारको निर्देशनलाई सरकारले मान्नुपर्ने मुख्यसचिव क्षेत्री बताउँछन् ।
मेडिकल कलेजबारे महिला र समाजकल्याण समितिबीच विवाद
संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समिति र सामाजिक न्याय एवं मानवअधिकार समितिबीच कार्यक्षेत्रको विषयमा विवाद हुने गरेको छ । केही महिनाअघि महिला समितिले मेडिकल कलेज सञ्चालनबारे छलफल गरेको थियो । स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गराउँदै समितिले थप अध्ययन गरेर निर्णय दिने निष्कर्ष निकाल्यो । तर, सोही विषयमा सामाजिक न्याय तथा मानवअधिकार समितिले पनि छलफल ग¥यो । महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समिति सभापति रञ्जुकुमारी झा भन्छिन्, ‘हामीले अरू समितिको क्षेत्राधिकार मिचेका छैनौँ । सामाजिक न्याय समितिले मेडिकल कलेज सम्बन्धमा हामीले पल्टाएकै फाइलमाथि छलफल चलायो । हामीले त्यो विषय त्यत्तिकै थाती राख्यौँ ।’
अख्तियार र समितिबीच कार्यक्षेत्रबारे बाझाबाझ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीलाई दुई वर्षअघि बोलाएर अर्थ समितिले कर्मचारी युनियनका कार्यालयमा गएर किन आतंक मच्चाउन खोजेको रु किन शासन गर्न खोजेको रु भनेर सोध्यो । जवाफमा कार्कीले यस्ता प्रश्न गर्ने र सोध्ने समितिको क्षेत्राधिकारभित्र नपर्ने बताए । आफूविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता हुनुपूर्व संसदीय समितिले बोलाएका विभिन्न बैठकमा अख्तियार प्रमुख कार्की उपस्थित भएनन् ।
सोही विषयमा सुशासन तथा अनुगमन समितिले संसद् नियमावलीअनुसार अख्तियारबारे छलफल गर्ने जिम्मा आफ्नो समितिको भएको भन्दै सभामुखसँग क्षेत्राधिकारबारे स्पष्ट पार्न छलफल ग¥यो । समितिका तत्कालीन सभापति शेरधन राई भन्छन्, ‘अख्तियारको कामकारबाहीबारे संसद्को अर्थ समिति, सार्वजनिक लेखा समितिलगायत अरूले पनि बोलाउन थालेपछि अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीले समेत सुशासन तथा अनुगमन समितिले अख्तियारबारे छलफल गर्नसक्ने अरूको क्षेत्राधिकार नपर्ने बताएका थिए । सोहीबारे मैले सभामुखसँग छलफल गरेको हुँ ।’
एनसेलको कर असुली काण्ड
निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलबाट लाभकर असुली सम्बन्धमा यसअघि तीनवटा संसदीय समितिमा पटक–पटक छलफल भयो । पछिल्लो समय संसद्को अर्थ समिति एनसेलको कर असुलीबारे मौन देखिए पनि विकास समिति र सार्वजनिक लेखा समितिले यसबारे निर्देशन दिँदै आएका छन् ।
विकास समितिले केही समयअघि एनसेललाई फोरजी सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । जसअनुसार एनसेलले फोरजी सेवा सञ्चालन गरिसकेको छ । तर, सार्वजनिक लेखा समितिले भने कुनै संसदीय समितिले दिनु भनेकै आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले फोरजी सेवा दिएकोमा आपत्ति जनायो । संसदीय समितिबीचको परस्पर विरोधी निर्देशनले एनसेलले ३७ अर्ब पुँजीगत लाभकर नतिरेर नै फोरजी सेवा सञ्चालन गरिसकेको छ ।
संसदीय समितिबीचको असन्तुष्टि सभामुखको टेबुलसम्म
अख्तियारले ऊर्जा मन्त्रालयलाई विभिन्न जलविद्युत् आयोजनाको दर्ता खारेज गर्न दिएको सम्बन्धमा अर्थ समितिले बैठक राख्यो । तर, अर्थ समितिले बैठक राखेकोप्रति कृषि तथा जलस्रोत समितिले असन्तुष्टि जनाउँदै एउटै विषय र क्षेत्राधिकारबाहिरको विषयमा विभिन्न समितिले छलफल गर्ने व्यवस्था रोक्न भन्दै सभामुखलाई पत्र लेख्यो । संसदीय समितिको कार्यक्षेत्रबारे सभामुखले समिति सभापतिसँग पटकपटक छलफल गर्दै आएकी छिन् ।
The post सांसददेखि सभामुखसम्मकोे पारिश्रमिक र भत्ता appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2vwH68T via IFTTT
काठमाडौं,८ साउन । हिला, बालबालिका, ज्येष्ठ नागरिक एवं समाज कल्याण समिति सभापति रञ्जु झा ठाकुरले नेपालको स्वास्थ संरचना जनविरोधी भएको बताएकी छन् । उनले अस्पतालहरुले जनताको जीवनमाथि व्यापार गरिरहेको भन्दै तह लगाउन सक्ने कठोर व्यक्तिलाई स्वास्थ्य मन्त्री बन्नुपर्ने धारणा राखिन् ।
सभापति ठाकुरले शनिबार राजधानीको संवाद डबलीमा डा.सुबोधकुमार पोखरेलको ‘दिल चोर’ कविता संग्रहको लोकार्पण कार्यक्रममा बोल्दै सभापति ठाकुरले देशैभरी जनताको स्वास्थ्यमा व्यापार भएको बताएकी छन् । उनले जनताको स्वास्थ्यप्रति राज्यबाटै लापरबाही भइरहेको बताइन् ।
स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएको बताउँदै सभापति ठाकुरले भनिन्, ‘डा.सुबोध पोखरेल साहित्यकार र राजनीतिज्ञसँगै मेडिकल डाक्टर पनि भएकाले अबको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी उहाँलाई दिनु पर्छ ।’
सभापति ठाकुरले आफू तराई–मधेसको समाजबाट निकै दुःख गर्दै यो ठाउँमा पुगेको बताइन् । उनले उत्पीडित जनताको अधिकारको लागि कसैसँग सम्झौता नगर्ने बताइन् ।
त्यसैगरी संगीतकार सम्भुजीत बास्कोटाले डा.पोखरेलको कविता संग्रहको चर्चा गर्दै भने, ‘पोखरेल साहित्य, राजनीति, प्रशासक तथा मेडिकल विज्ञ हुनाले त्रिवेणी होइन चर्तुवेणी नै हुनुहुन्छ ।’
डा. भोला रिजालले सो कविता संग्रह विविध आयामले भरिपूर्ण रहेको भन्दै उत्कृष्ट भएको धारणा व्यक्त गरे । त्यसैगरी, डा.दमोदर पोखरेलले आफू मुटु रोग विशेषज्ञ भएको र कविता संग्रहको नाम पनि दिल चोर भएकाले निकै मन छोएको बताए । त्यस्तै, युवा साहित्यकार क्षितिज भण्डारीले यति धेरै गहन विषयहरु एउट पकेट बेकका रुपमा आएकोले आम मानिसलाई उपयोगि हुने धारणा व्यक्त गरे ।
कविता संग्रहलाई सत्याल पब्लिकेशनले प्रा.लि.ले प्रकाशन तथा वितरणको जिम्मा लिएकोमा धन्यवाद दिँदै लेखक पोखरेलले भने, ‘कवितालाई आम रुपले किनेर पढ्ने प्राथमिकता दिन छाडेको समयमा प्रकाशकले जिम्मा लिएकोमा मलाई हौसला मिलेको छ ।’कार्यक्रममा पब्लिकेशनका अध्यक्ष अजय सत्यालले सहित्यलाई पनि प्राथमिकता दिनु आजको आवाश्यकता भएको धारणा राखे । article email id media group amnesty New Microsoft Office Word Document Progrm Anchoring amnesty 1 ramchandra mainali Rastriyakhabar proposal
The post स्वास्थ्य मन्त्रालयको जिम्मेवारी डा.सुबोध पोखरेललाई : सभापति रञ्जु झा ठाकुर appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tAIES9 via IFTTT
एजेन्सी । कमेडी शो ‘द कपिल शर्मा शो’ को सुटिङ रद्ध गरेपछि कपिल शर्माविरुद्ध अनेक टिप्पणी भएका छन् ।
बुधबार फिल्म मुबारकाँको टोली अनिल कपुर, अर्जुन कपुर, इलियाना डिकुज र अथिया सेट्टी कपिलको शोमा सुटिङका लागि पुगे । तर उनीहरु चार घण्टा कुरेर विना सुटिङ नै फर्किए । कारण थियो कपिल बिरामी हुनु ।
कपिल स्वयमले आफ्नो स्वास्थ्य ठिक नभएको र पछि सुटिङ गर्ने बताएका थिए । मुबारकां टोली विना सुटिङ फर्किएपछि कपिल अनप्रोफेसनल भएको आरेप लागेको छ । उनका फ्यान्स र कार्यक्रमका लागि आएका दर्शकहरु पनि दुखी भएका छन् । तर यो सबै घटनाक्रमको उनी बहिनी पूजा देवगनले स्पष्ट पारेकी छिन् ।
‘अहिले भाई (कपिल) को स्वास्थ्यसँग जोडिएर थुप्रै विषय उठेका छन् र उनलाई अनप्रोफेस्नल पनि भनिएको छ, उनले भनिन्, उ कामको पूरा सम्मान गर्छ ।’ पूजाले भाई डिप्रेसनको शिकार भएको हुन सक्ने खुलासा गरिन् ।
तर उनले भाइले यो कुरा परिवारका सदस्यलाई नबताएको पनि दाबी गरिन् । गएको हप्ता कपिल सुगर र ब्लड प्रेसरको समस्या भएपछि पूजा उनलाई भेट्न मुम्बई पुगेकी थिइन् ।
The post कपिल शर्माबारे उनकी बहिनीको नयाँ खुलासा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2tp648M
via IFTTT
काठमाडौँ ,६ साउन । चिनियाँ सेनाको एउटा समूह १०औँ हजार टन सैन्य हतियारसहित तिब्बती क्षेत्रमा प्रवेश गरेको छ । भारत र चीनबीचको डोकलाम सीमामा दुई देशबीच तनाब बढिरहेकै वेला ठूलो परिमाणमा हतियार बोकेको चिनियाँ सेना तिब्बत प्रवेश गरेको चिनियाँ जनसेनाको मुखपत्र पिएलएले जनाएको छ।
हतियार
सेनाको वेस्टर्न थिएटर कमान्डले उत्तरी तिब्बतमा पर्ने कुनलुन पहाडतर्फ ठूलो परिमाणमा हतियार ओसारेको सो सञ्चार माध्यमले जनाएको छ । वेस्र्टन थिएटर कमान्डले सिन्जियाङ र तिब्बतको अशान्त क्षेत्र र भारतसँगको सीमा डिल गर्छ । दुई साताअघि ती हतियार सडक र रेलमार्ग हुँदै सो क्षेत्रमा ओसारिएको जनाइएको छ । हतियार ल्याइएको क्षेत्र चीनका लागि रणनीतिक महत्वको क्षेत्र बताइन्छ । पछिल्ला साता चीनबाट प्रकाशित हुने विभिन्न सञ्चार माध्यहरूले भारतलाई बारम्बार चेतावनी दिँदै आएका छन् । भारतीय सेना सीमाबाट नफर्किएमा भारतले अप्रिय परिणामको सामना गर्नुपर्ने चेतावनी चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्स र सिन्ह्वाले दिँदै आएका छन् । तर, यी दाबीबारे चीन सरकारले आधिकारिक रूपमा कुनै टिप्पणी गरेको छैन ।
सैन्य अभ्यास
एक साताअघि मात्र जनसेनाको एउटा समूहले तिब्बती क्षेत्रमा विशाल सैन्य अभ्यास गरेको थियो । सो अभ्यास पछिल्लो वर्षयताकै सबैभन्दा ठूलो भएको चिनियाँ सञ्चार माध्यहरूले जनाएका छन् । चीन र भारतका सेना सीमावर्ती क्षेत्र डोकलाममा आमनेसामने भइरहेका वेला जनसेनाको अभ्यासलाई अर्थपूर्ण रूपमा लिइएको छ । चीनको पछिल्लो कदमले भारत थप सतर्क र चनाखो बनेको छ । चीनले हतियार ओसारेको र युद्ध अभ्यास गरेको क्षेत्र डोकलामबाट नजिकै रहेको हङकङस्थित साउद चाइना मर्निङ पोस्टले जनाएको छ ।
चीन चनाखो
दुई साताअघि तिब्बत लगिएका दशौँ हजार टन सैन्य उपकरण सोही अभ्यासका लागि हो वा अन्य कुनै प्रयोजनका लागि हो भन्ने विषयमा स्पष्ट हुन सकेको छैन । ‘हतियारको मात्रा र सेनाको संख्या मूल्यांकन गर्दा चीन आफ्नो सीमा रक्षाका लागि कति चनाखो छ भन्ने प्रष्ट हुन्छ,’ सांघाई इन्स्टिच्युट फर इन्टरनेसनल स्टडिजका विज्ञ वाङ देहुअ बताउँछन् । ‘तिब्बती क्षेत्रलाई अत्याधुनिक हतियारले सशक्त बनाइएको छ,’ उनी भन्छन्।
निगरानी
यसैबीच, भारतीय सेनाको एउटा समूहले सीमा क्षेत्रमा टेन्ट टाँगेर २४सै घन्टा निगरानी बढाएको छ । चिनियाँ सेनाले आफ्ना गतिविधि नरोकेसम्म भारतीय सेना पछाडि नहट्ने सेनाका अधिकारीहरूले बताएका छन् । १० हजार फिटको उचाइमा सिक्किमको सीमामा परिचालन गरिएका सेनालाई नियमित रूपमा खाद्यान्न र बन्दोबस्तीका सामग्री पठाइएको भारतीय अधिकारीहरूले बताएका छन् । बन्दोबस्तीका सामग्रीसहित सेना परिचालनले नयाँदिल्ली बेइजिङसँग नझुक्ने संकेत गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
विवाद
चिनियाँ सेनाले डोकलाममा सडक निर्माण गरेपछि दुई देशबीचको तनाब चुलिएको छ । चीनले डोकलाममा खटिएका सेनालाई पछाडि हट्न बारम्बार चेतावनी दिएको छ भने सुरक्षाको विषय देखाउँदै भारतले सो क्षेत्रबाट पछि नहट्ने संकेत गरेको छ । चीनले आफ्नो भूमिमा सडक निर्माण गरेको भन्दै भारतलाई हस्तक्षेप नगर्न चेतावनी दिएको छ । सडक निर्माणले सिक्किममा सुरक्षा खतरा बढेको भारतले दाबी गरेको छ । सडक निर्माणले गम्भीर अर्थ राख्ने पनि नयाँदिल्लीले बताउँदै आएको छ ।
The post हजारौं टन हतियार बोकेर चिनियाँ सैनिक किन जाँदैछ तिब्बततर्फ ? appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2vH00co via IFTTT
काठमाडौँ, ५ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लाभ र पदको लोभमा देशलाई अहित हुने कुनै पनि काम गर्न नहुने बताउनुभएको छ ।
नेपाल टेड युनियन महासंघ (जिफन्ट) सातौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को आज यहाँ उद्घाटन गर्दै उहाँले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई कुठाराघात हुनेखालको काम प्रायोजित रुपमा हुन खोजेको बताउँदै भन्नुभयो, “राजनीति एक दिन गर्ने चटके होइन, स्वार्थको खेल होइन, भ्रम फैलाउने पनि होइन, त्यस कारण लाभ र पदको लोभमा देशलाई कुठाराघात गर्ने काम गर्नुहुँदैन ।”
अध्यक्ष ओलीले तीन तहको निर्वाचन संवैधानिक व्यवस्थानुसार गर्नुपर्ने र त्यसका लागि सबै राजनीतिक दल इमान्दार हुनुपर्ने औँल्याउनुभयो । उहाँले भन्नुभयो, “नेपालको इतिहासलाई हेर्दा ऋषिमुनिहरुको योगदान कम छैन, भौगोलिक रुपमा हेर्दा विश्वकै अग्लो सगरमाथा यहीँ छ, तर त्यसअनुसार विकास हुन सकेको छैन ।”
अध्यक्ष ओलीले विराटनगरबाट शुरु भएको नेपालको टे«ड युनियन अहिले आएर प्रभावकारी भएको बताउँदै भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा जिफन्टबाट २२० जना प्रतिनिधि विजयी भएका छन्, यो हिजोको मजदुर आन्दोलनकै उपलब्धि हो ।”
जिफन्टका अध्यक्ष विष्णुप्रसाद रिमालले समाज परिवर्तन र विकास गर्न श्रमिकको ठूलो योगदान रहेको बताउनुभयो ।
The post लाभ र पदको लोभमा देशलाई अहित हुने गर्नुहुँदैनः ओली appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2vmUM6k via IFTTT
जुम्ला । जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासेले काम गरेको भुक्तानी नदिई रातारात भागेको भन्दै गोठीचौर गाउँपालिकाका उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालय जुम्लामा तोडफोड गरेका छन् ।
जताले गरेको विकासर्लाइ सत्याउँदै भुक्तानी नदिई एलडीओ भागे पनि प्रशासन कार्यालय मुदर्शक भएको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाको कार्यकक्षमा रहेको टेबुल तोडफोड गरेका हुन्, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
The post रातारात भागे एलडीओ : सीडीओ कार्यकक्षको टेबुल तोडफोड ? appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2gLMfqy via IFTTT
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दोस्रो केन्द्रीय समितिका एजेन्डा तय गर्न बोलाएको कार्यसम्पादन समिति बैठक वरिष्ठ नेता पशुपतिशमशेर राणासहित सात सदस्यले बहिष्कार गरेका छन् । अध्यक्ष थापाले एकलौटी रूपमा ४२ केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै असन्तुष्ट राणापक्षीय नेताहरू कार्यसम्पादन समिति बैठकमा सहभागी भएनन् । अनुपस्थित नेताहरूले बुधबारबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठक पनि बहिष्कार गर्ने तयारी गरिरहेको बताइन्छ ।
क–कसले गरे बहिष्कार ?
कार्यसम्पादन समिति बैठक बहिष्कार गर्नेमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेपालगन्ज उपमहानगरका मेयर डा. धवलशमशेर राणासम्म छन् । पार्टीमा चन्द वरिष्ठ नेता र मेयर राणा महामन्त्री हुन् । त्यस्तै, कार्यसम्पादन समिति सदस्यहरू हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्तीमगर र हेमजंग गुरुङ गरी सात सदस्य अनुपस्थित भएको धुम्बाराही स्रोतले बतायो । राप्रपाको कार्यसम्पादन समिति १७ सदस्यीय छ । बहिष्कार गर्नेमा सबै राणापक्षीय नेता छन् । नयाँ पत्रिकामा खबर छ ।
आफ्ना बाबु वरिष्ठ नेता चन्द बैठकमा अनुपस्थित रहे पनि राप्रपा महामन्त्री जयन्त चन्द भने सहभागी भए । पार्टीको सचिवालय हेर्ने महामन्त्री चन्दले बैठकमा भावी कार्ययोजना र सचिवालयसम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।
केन्द्रीय समिति बैठक पनि बहिष्कार गर्ने
पदाधिकारी र कार्यसम्पादन समिति बैठक बहिष्कार गरेका नेता पशुपतिशमशेर राणाले बुधबारबाट सुरु हुने केन्द्रीय समिति बैठक पनि बहिष्कार गर्ने भएका छन् । ‘अध्यक्षले पार्टी एकीकरणको मूल मर्म लत्याउँदै एकलौटी निर्णय गर्दै हिँड्ने, त्यसको साक्षी बस्न केन्द्रीय समिति बैठकमा उपस्थित हुनुको औचित्य छैन,’ राणाले भने ‘म उपस्थित हुन्न ।’ राणा अनुपस्थित हुने भएपछि उनी पक्षीय नेताहरू पनि नजाने भएका छन् । स्रोतका अनुसार राणाले आफूपक्षीय केन्द्रीय सदस्यहरूलाई टेलिफोन गरी अनुपस्थित हुन आग्रह गरिरहेका छन् । एकता महाधिवेशनपछि राप्रपाको केन्द्रीय कार्यसमितिको दोस्रो बैठक बुधबारबाट काठमाडौंमा सुरु हँुदै छ । तीन दिनसम्म चल्ने बैठकले पार्टीको आगामी कार्यदिशा तय गर्ने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
के–के तय भए केन्द्रीय समितिका एजेन्डा रु
राणा पक्षीय नेताहरू अनुपस्थित कार्यसम्पादन समिति बैठकले बहुमतले अध्यक्ष कमल थापाको राजनीतिक प्रतिवेदन पारित गरेको छ । सो प्रतिवेदन बुधबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पेस हुनेछ । बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन, कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन, महामन्त्री जयन्त चन्दले भावी कार्ययोजना र सचिवालयसम्बन्धी प्रतिवेदन र अर्का महामन्त्री धु्रवबहादुर प्रधानले स्थानीय तहको निर्वाचनको समीक्षासम्बन्धी प्रतिवेदन पेस गरेको उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए । सबै प्रतिवेदन सर्वसम्मतिबाट पारित गरी केन्द्रीय कार्यसमितिको एजेन्डा बनाएर पेस गर्ने निर्णय बैठकले गरेको उपाध्यक्ष तामाङले बताए ।
राप्रपा हार्नुको कारण के छ प्रतिवेदनमा रु
संसद्को चौथो ठूलो दल राप्रपाले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा एउटा मात्रै गाउँपालिका प्रमुख जितेपछि हारको कारण पत्ता लगाउन महामन्त्री ध्रुवबहादुर प्रधानको संयोजकत्वमा समिति बनाएको थियो । प्रधानले मंगलबारको कार्यसम्पादन समिति बैठकमा प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदनमा पार्टी आफ्ना प्रायः एजेन्डामा अस्पष्ट भएकाले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अप्रत्यासित नतिजा आएको उल्लेख छ । संयोजक प्रधानका अनुसार पार्टी एकीकरण र एकता महाधिवेशनमा जुट्नु परेकाले कार्यकर्ता र जनतालाई स्पष्ट एजेन्डा बुझाउन नसक्नु, प्रधानन्यायाधीश सुशीला कार्कीमाथि सत्तारुढ दलका सांसदहरूको नेतृत्वमा लगाइएको महाअभियोग प्रस्तावको विरोध गर्दै हतारमा सरकारबाट बाहिरिनु हारको कारण रहेको प्रतिवेदनमा उल्लेख छ ।
स्थानीय तह निर्वाचनको सान्निध्यमा सरकारमा सहभागी हुने र तत्काल सरकारबाट बाहिरिनुको कारण जनतालाई बुझाउन नसक्दा पराजयको कारणका रूपमा प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, स्थानीय तहमा उम्मेदवार चयन गर्ने क्रममा आर्थिक रूपले सम्पन्न व्यक्ति नखोजी पार्टीमा क्रियाशील व्यक्तिलाईं खोज्नु र पार्टीले आर्थिक सपोर्ट गर्न नसक्नु पनि हारको कारण औँल्याइएको छ । राजसंस्था र हिन्दू धर्मको वकालत गरे पनि आवश्यकता के हो भन्ने बुझाउन नसक्नुु, युरोपियन र अमेरिकालगायतका मुलुकले आइएनजिओ प्रयोग गरी हराउन लगाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
The post राप्रपा विवाद : राणा र चन्दसहित सात सदस्यद्वारा बैठक बहिष्कार appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2trsri9 via IFTTT
काठमाडौं,४ साउन । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा चयन भएको एक महिना बितिसेकेको छ । तर, अहिलेसम्म उनको नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाईलाई लिएर सत्तारुढ दल काँग्रेस र माओवादीभित्र असन्तुष्टि पनि देखिएका छन् । काँग्रेसभित्र रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले चाँडो मन्त्रीपरिषद विस्तारका लागि पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई दवाव दिएका छन् ।
प्रधानमन्त्री र सत्तागठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चाहीँ विभिन्न कारण देखाएर मन्त्रिपरिषद् विस्तारमा ढिलाई गरिरहेका थिए । तर, अव संविधान संशोधनमा दुई तिहाईको सम्भावनाका खेल तत्कालका लागि सकिएपछि प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तार गर्ने सोचमा पुगेका छन् ।
मंगलबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी रहेको काँग्रेस निकट स्रोत बताउँछ । यद्यपि अहिलेसम्म मन्त्रिहरुको नाम र मन्त्रालयको बाँडफाँडको विवाद अझै टुंगिएको छैन ।
कसरी भयो ढिलाई रु
जव देउवा जेठ २३ मा प्रधानमन्त्रीमा चयन भए थिए, उनले २४ जेठमा सपथ लिए र कार्यभार सम्हाले । देउवावाहेक त्यसदिन तीन उपप्रधानमन्त्रीसहित ७ मन्त्रीले सपथ लिए । तर, त्यसपछि मन्त्रिपरिषद् विस्तार भएको छैन । अहिले प्रधानमन्त्रीका भागमा २३ मन्त्रालय छन् । मन्त्रीबिनाका मन्त्रालयको काम पनि प्रभावित भएको छ ।
प्रधानमन्त्रीले पहिलो चरणमा सात मन्त्रीसहित मन्त्रिपरिषद् बनापछि जेठ मसान्तसम्म दोस्रो चरणमा मन्त्रिपरिषद विस्तार गर्ने योजना बनाएका थिए । तर, सत्तारुढ दलभित्र मन्त्री चयनलाई लिएर भएको विवादले मन्त्रिपरिषद् विस्तार जेठमसान्तसम्म हुन सकेन ।
असार लागेपछि प्रधानमन्त्री देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जानी–जानी मन्त्रिपरिषद विस्तार १५ दिन ढिला गरे । यो उनीहरुको रणनीतिक योजना थियो ।
चुनाव अगाडिसम्म मन्त्रिपरिषद् विस्तार ढिलाईमा सत्तारुढ दलकै शीर्ष नेताहरुको रणनीतिले काम गरेको थियो । प्रधानमन्त्री देउवा र माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीभित्रका अन्तरविरोध चुनाव अगाडि सतहमा नआउन भन्नका लागि मन्त्रिपरिषद् विस्तारको समय पछाडि धकेलेका थिए ।
चुनाव अगाडि मन्त्रिपरिषद् विस्तार गर्दा दुवै पार्टीभित्र अन्तरविरोध बढ्ने र त्यसले चुनावी नतिजा प्रभावित पार्ने देउवा–प्रचण्डको बुझाई थियो । चुनाव अगाडि केही नेतालाई मन्त्री बनाउँदा उनीहरु असन्तुष्ट हुने र स्थानीय तहको चुनाव प्रभावित पार्न सक्ने देउवा र प्रचण्डको बुझाई थियो । यहीँ कारण उनीहरुले असार १४ गतेसम्मका लागि मन्त्रिपरिषद् विस्तार रोकेका थिए । यद्यपी बाहिर चाहीँ मन्त्रिपरिषद् विस्तारको चर्चा भने भैरहेको थियो ।
असार १४ गतको दोस्रो चरणको स्थानीय तहको चुनावपछि मन्त्रीपरिषद् विस्तार गर्ने योजनालाई फेरिक केही दिनका लागि रोकियो र कारण देखाइयो संविधान संशोधन । प्रधानमन्त्री असार तेस्रो सातातिर मन्त्रिपरिषद् विस्तारको काम रोकेर संविधान संशोधनको गृहकार्यमा लागे । चुनावलगत्तै सरकार र सत्तारुढ दल संविधान संशोधनको गृहकार्य र संवादमा जुटे । संविधान संशोधनको गृहकार्य भैरहदा मन्त्रिपरिषद् विस्तारले प्रभावित गर्न सक्ने भन्दै चुनाव लगत्तै गर्ने भनिएको मन्त्रीपरिषद विस्तारको काम साउनको पहिलो सातासम्मका लागि धकेलिएको थियो ।
सरकारले असोज २ का लागि प्रदेश नम्वर २ मा स्थानीय तहको चुनावको घोषणा गरेको छ । तर, आफ्ना माग पुरा नभएसम्म चुनावमा जान राष्ट्रिय जनता पार्टीले मानेको छैन । उसलाई चुनावमा भाग लिने सुनिश्चता गराउने सरकारको योजना छ । यसैका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारको काम रोकेर संशोधनको वातवरण बनाउन थालेका थिए ।
यसका लागि सरकारले राजपासँगै परामर्श गरेर संविधान संशोधन विद्येयक अगाडि बढाउने तयारी गरेको थियो । यस्तो अबस्थामा एक–दुई सांसदको पनि महत्व हुने भएकाले सरकारले त्यहाँ नजर लगाईरहेको थियो । संशोधन प्रस्ताव अगाडि बढे सरकारले साना दललाई विश्वासमा लिने सोच बनाएको थियो । यसका लागि उनीहरुलाई मन्त्रीको ‘अफर’ दिएर संशोधन प्रस्तावका लागि सहमत बनाउने सरकारको योजना थियो ।
तर, असार अन्तिम साता संसदमा पेश गर्ने भनिएको संशोधन प्रस्ताव तत्कालका लागि रोकिएको छ । अव संशोधन प्रक्रिया केही समय अगाडि नबढने सम्भावना छ । यस्तो अबस्थामा प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि असार अन्तिममा वैंकक गएका थिए । उनी आइतवार मात्र काठमाडौं फर्के । अव मंगलवार मन्त्रिपरिषद् विस्तारको तयारी भैरहेको छ ।
संशोधन प्रस्ताव तत्काल अगाडि नबढने अबस्थामा काँग्रेस, माओवादी र फोरम लोकतान्त्रिकका तर्फबाट मात्र मन्त्री थपेर सरकारलाई पूर्णता दिने सत्तारुढ दलको तयारी छ । राप्रपालाई पनि प्रधानमन्त्रीले सरकारमा सहभागी हुन आग्रह गरेका छन् । राप्रपाले सरकारमा सहभागी हुने–नहुने अझै सुनिश्चता गरेको छैन ।
मन्त्रिपरिषद् विस्तारमा ढिलाईको अर्को कारण हो, सत्तारुढ दलबीच भएको विवाद । मन्त्रीहरुका आकांक्षी धेरै भएपछि प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा र माअोवादी केन्द्रका अध्यक्ष प्रचण्ड तनावमा छन् । काँग्रेसभित्र पहिलो चरणमा देउवा समूहका तीन मन्त्री मात्र गएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहबाट देउवा सरकारमा पहिलो चरणमा कोही नेता पनि मन्त्री भएनन् । अहिले पौडेल र सिटौला समूहले चुनाव अगाडि नै मन्त्रिपरिषद् विस्तार गर्न देउवालाई दवाव दिएका छन् ।
काँग्रेसमा जस्तै माओवादीभित्र पनि मन्त्रीका लागि महाभारत छ । पार्टी वैठकमा नेताहरुबीच मन्त्रीका विषयमा विवाद नै भएको छ । पटक–पटक एउटै व्यक्तिलाई अवसर दिएको भन्दै नेताहरुले पार्टी अध्यक्ष प्रचण्डको आलोचना गरेका छन् ।
कार्यदलमा वार्ता धेरै
सत्तारुढ काँग्रेस र माओवादीले सरकारमा सहभागी हुन चाहने अन्य दललाई समेत समेटेर मन्त्रालय बाँडफाँड गर्ने गरी एक कार्यदल बनाएका छन् । कार्यदलमा काँग्रेसका तर्फबाट बिमलेन्द्र निधि र रमेश लेखक तथा माओवादीका तर्फबाट उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा र बर्षमान पुन छन् ।
शेरबहादुर देउवा प्रधानमन्त्री हुनु अगाडि नै यो कार्यदलले काम थालेको थियो । तर, अहिलेसम्म मन्त्रालय बाँडफाँडको लफडा चाहीँं टुंगाएको छैन । दुवै पक्षले राम्रा मन्त्रालयमा आँखा लगाएपछि समस्या आएको थियो ।
यस अघि ११ मन्त्रालय कांग्रेस र ९ मन्त्रालय माओवादीले लिएर अन्य साना दललाई दिने सैद्धान्तिक सहमति भए पनि कुन–कुन मन्त्रालय भन्ने अन्तिम टुंगो लागेको छैन । यो एउटा कारण मन्त्रिपरिषद् विस्तारमा समस्या बनेर आएको छ । पहिला विना विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका प्रभु साहले चाहीँ शहरी विकास मन्त्रालयको जिम्मा लिएका छन् ।
अहिलेसम्म सत्तारुढ दल काँग्रेस, माओवादी र लोकतान्त्रिक फोरमबीच ७ मन्त्रालय मात्र टुंगिएको छ । कांग्रेसले अर्थ, शिक्षा र श्रम मन्त्रालय लिइसकेको छ । त्यस्तै माओवादी केन्द्रले परराष्ट्र, गृह र शहरी विकास मन्त्रालय पाएको छ । लोकतान्त्रिक फोरमले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय लिएको छ ।
काँग्रेसले शिक्षा मन्त्रालय लिएकाले अव स्वास्थ्य मन्त्रालय माओवादी कोटामा पर्ने भएको छ ।
The post मन्त्रिपरिषद् विस्तारमा महाभारत appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tDVkm8 via IFTTT