काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिँदै आएको समर्थन फिर्ता लिने तयारी गरेको छ । राजपाले विकल्पका रूपमा एमालेसँग सहकार्यको सम्भावना खोज्नसमेत सुरु गरेको छ । आगामी साता बस्ने अध्यक्षमण्डलको बैठकबाट राजपाले समर्थन फिर्ताको निर्णय गर्दै नयाँ सरकारको सम्भावनाबारे एमालेसँग छलफल सुरु गर्ने स्रोतले दाबी गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
असार २१ मा बस्ने बैठकमा अध्यक्ष महन्थ ठाकुरले सरकारबाट समर्थन फिर्ता लिनेसम्बन्धी प्रस्ताव राख्नुहुने स्रोतले उल्लेख गरेको छ । देउवालाई प्रधानमन्त्री चयन गर्दा पक्षमा मतदान गरेको राजपाले साउन १९ मा कांग्रेस, माओवादी केन्द्र र तत्कालीन मधेसी मोर्चाका सात घटकसँग भएको तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि पोख्दै आएको छ ।
देउवाले पुनः प्रतिबद्धता जनाए पनि कार्यान्वयन हुन त परै, दोस्रो स्थानीय तहको निर्वाचनका नाममा तराई–मधेसमा सेना परिचालन गरेको, शान्तिपूर्ण विरोधमा उत्रेका कार्यकर्तालाई गिरफ्तार गरेको र गोली प्रहार गर्नेसम्मका कार्य गरेको आरोप राजपाले सरकारलाई लगाएको छ ।
राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले आगामी २१ गते बस्ने अध्यक्षमण्डलको बैठकले वर्तमान सरकारको भविष्यकै बारेमा ठोस निर्णय गर्ने बताउनुभयो । उहाँले अन्नपूर्णसँग भन्नुभयो, ‘सरकारले चुनावका नाममा सेना परिचालन गरी शान्तिपूर्ण आन्दोलनमाथि चलाएको गोली र मधेसीमाथिको गिरफ्तार लोकतन्त्रमाथिको मजाक र एकतन्त्री शासनको झझल्को हो ।’
निर्वाचनमा सत्ताको चरम दुरुपयोग भएको आरोप लगाएका एमाले अध्यक्ष केपी शर्मा ओली र राजपा शीर्ष नेताहरूबीच देउवा सरकारको भविष्यकै बारेमा समेत अनौपचारिक गृहकार्य भइरहेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।देउवाले आफू प्रधानमन्त्री भएलगत्तै संविधान संशोधन र जनसख्ंयाका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रतिबद्धता जनाए पनि अवज्ञा गरेको राजपाको आरोप छ ।
प्रदेश नं। २ र ५ को निर्वाचन रोक्ने सहमति गरेको २४ घन्टा नबित्दै प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठकपछि प्रदेश २ को मात्रै चुनाव सारेपछि राजपाका नेताहरू देउवासँग चिढिएका छन् । सरकारलाई दिएको समर्थन एक महिनाभित्रै फिर्ता लिने अनौपचारिक निष्कर्षमा राजपा अध्यक्षमण्डल पुगिसकेको जानकारी स्रोतले दियो ।
राजपाका अध्यक्ष ठाकुरले २१ गते बस्ने बैठकमा स्थानीय तहको दोस्रो चरणको चुनवाको समीक्षा, राजपाले लिने रणनीति, सरकारलाई दिँदै आएको समर्थन र सरकारको भविष्य निर्धारणसम्बन्धी प्रतिवेदन पेस गर्नुहुने भएको छ ।
The post राजपाले देउवालाई दिँदै आएको समर्थन फिर्ता ,नयाँ सरकारको सम्भावनाबारे एमालेसँग छलफल सुरु appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2sqk5Xz via IFTTT
काठमाडौं । दोस्रो चरणमा निर्वाचन भएका स्थानीय तहमा मतगणनाको प्राप्त परिणामअनुसार एमाले र कांग्रेस अघिरपछि हुँदै आएका छन् ।
अधिकांश मतगणना जारी भएका स्थानी तहमा सयभन्दा कम मतान्तर भएकाले पनि कांग्रेस र एमाले अघिरपछि हुँदै आएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रदेश नम्बर १ का मुख्य सहर विराटनगर, धरान, इटहरी र इनरुवामा कांग्रेसले अग्रता कायम गरेको छ । त्यस्तै, प्रदेश नम्बर ५ का मुख्य सहर अधिकांशमा एमालेले अग्रता लिएको छ ।
बुटवल, घोराही, तुल्सीपुरलगायतमा एमालेले अग्रता लिएको छ । प्रदेश नम्बर ७ का नगरमा पनि अधिकांशमा कांग्रेसले अग्रता लिएको छ । धनगढीमा कांग्रेस अगाडि छ भने एमाले तेस्रो स्थानमा छ ।
The post एमाले र कांग्रेस अघिरपछि appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2utmZHp via IFTTT
१६ असार,कठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य शरद भेषावकर र नायिक निशा अधिकारी विवाह बन्धनमा बाँधिएका छन् ।
लामो समय देखिको प्रेमसम्बन्धले उनीहरुले आज काठमाडौंको एक होटमा आयोजित समारोहका बीच विवाहको रुप दिएका हुन् ।
विवाहमा आफन्त रनजिकका मित्रबाहेक खासै पाहुना बोलाइएको छैन ।
केहीसमय अघि मात्रै क्रिकेटर सुवास खकुरेल नरेश बुढाएर शौरभ खनाल, ममता थापा केही दिन अघि मात्रै विवाह बन्धनमा बाँधिएका थिए ।
सञ्चारकर्मीलाई समेत विवाह स्थलमा फोटो खिच्न जान रोक लगाइएको बताइएको छ । शरद ढाकाको दौरा सुरुवाल र टोपीमा छन् ।
(हेर्नुस् तस्वीरहरु )
The post निशा र शरद विवाह बन्धनमा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2u5BRwb
via IFTTT
काठमाडौं,१६ असार । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रहरी कर्मचारीहरु बढुवाका लागी शक्तिशाली ब्यक्ति र निकायको ढोका चाहार्न ब्याध्य हुनुपर्ने अवस्था अन्त्य गर्ने उद्घोष गरेका छन् । मंगलबार ८२ बुँदे गृह प्रशासन सुधार मार्गचित्र सार्वजनिक गर्दै मन्त्रि शर्माले प्रहरीमा पारदर्शी वृत्ति विकास र सरुवा प्रणाली लागु गरिने बताए ।
‘बढुवा, क्षमता विकास र सरुवाका लागी समय तालिका र निश्चीत मापदण्ड तयार गरी अनुमान योग्य प्रणालीको विकास गरिनेछ’ गृहमन्त्री शर्माले भने, ‘बढुवाको स्पष्ट निती बनाई पद खाली भएको एक महिनाभित्र बढुवाको प्रक्रिया अघी बढाउने ब्यवस्था मिलाईने छ ।’
संवैधानिक ब्यवस्था बमोजिम आगामी पाँच महिनाभित्र गृहमन्त्रालय र मातहतका नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला प्रशासन कार्यालयको संगठनात्मक पुनर्संरचना गरिने गृहमन्त्री शर्माले बताए ।
सुरक्षा निकायभित्र रहेको सेवा अवधी विवादको अन्त गरिने उद्घोष गर्दै मन्त्रि शर्माले प्रहरी कर्मचारीले ब्यक्तिगत रुपमा प्राप्त गर्ने लत्ताकपडा लगायतको सामान खरिदका लागी आवश्यक रकम ब्यक्तिको खातामा पठाउनका लागी पहल गरिने बताए ।
संयुक्त राष्ट्रसंघबाट खटिने मिसनहरुमा नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका कर्मचारीको सहभागीता बढाउन आवश्यक पहल गर्दै मिसन पठाउने जनशक्ति छनोटका लागी पारदर्शी मापदण्ड बनाउने मन्त्रि शर्माले बताए ।
‘सुरक्षा संगठन भित्र र बाहिरको गुटबन्दी, लबिङ्ग तथा ब्यक्तिगत स्वार्थकेन्द्रित गतिबिधी पुर्णरुपमा निषेध गरिनेछ’ गृहमन्त्री शर्माले भने, ‘उच्च पदस्थ सार्वजनिक पदाधिकारी, राजनितीज्ञ, अवकास प्राप्त पदाधिकारी र सुरक्षा अधिकारीको ब्यक्तिगत सुरक्षामा खटिने सुरक्षाकर्मिको सम्बन्धमा मौजुदा नितीलाई परिमार्जन गरिने छ ।’
सुरक्षा निकायका कर्मचारीहरुलाई घरेलु कामदारको रुपमा दुरुपयोग गर्ने प्रवृत्तिको अन्त्य गर्ने उद्घोष गर्दै मन्त्रि शर्माले राज्यले वितरण गर्ने तक्मा मापदण्ड बनाएर मात्रै वितरण गर्ने बताए ।
गुण्डागर्दी नियन्त्रण, पर्यटकीय क्षेत्र २४ घण्टा खुल्ला
राष्ट्र विखण्डनमा लाग्ने समहुलाई पुर्ण रुपमा निषेध गर्दै गुण्डागर्दी, संगठीत अपराध, जबर्जस्ती असुली, चेलीबेटी बेचविखन जस्ता घट्ना नियन्त्रण गर्ने कार्ययोजना गृहमन्त्रालयले सार्वजनिक गरेको छ ।
‘कालोबजारी र उपभोक्ता ठगी गर्ने उपर कारवाही गरिने छ’ कार्ययोजना सार्वजनिक गर्दै मन्त्रि शर्माले भने, ‘गुण्डागर्दी लगायतका क्रियाकलापमा प्रहरी प्रशासनको संरक्षण रहने गरेको भन्ने गुनासाहरुलाई गम्भिरतापुर्वक लिई त्यस उपर कडा निगरानी गरिने छ, यस्ता कार्यमा संलग्न जोसुकैलाई कडा कारवाही गरिने छ ।’
ठमेल, दरबारमार्ग तथा पोखराको लेकसाईड जस्ता स्थानका बजार २४ घण्टा खुल्ला गरिने उद्घोष गर्दै मन्त्रि शर्माले भने, ‘प्रहरी कर्मचारीलाई ड्युटी आवर भन्दा बढी समय काममा नलगाउन आवश्यक अध्ययन गरेर निर्णय लिईने छ ।’
वैदेशीक रोजगारीमा गएका नेपालीहरुको सुरक्षा ब्यवस्था मिलाउन, उनिहरुमाथी हुने अनुसन्धानको समन्वय तथा अनाहकमा ठगीने बेचिने कार्य निन्त्रणमा लागी नेपाली दुतावासहरुमा प्रहरी सहचारी खटाईने बताईएको छ । त्यस्ता प्रहरी सहचारी बढी संख्यामा वैदेशीक रोजगारीमा गएका देशहरुमा मात्र खटाईने मन्त्रि शर्माले बताए ।
प्रहरी कर्मचारी सुत्नका लागी उपयुक्त आवास तथा मेशको स्थापना गर्दै योजनाबद्ध ढंगले ‘छाप्रोबाट ब्यारेक’ मा बदल्ने योजना गृहमन्त्री शर्माले सुनाए ।
त्यस्तै महानगरहरुमा महानगरीय प्रहरी, नगरपालिकाहरुमा नगर प्रहरी, गाउँपालिकाहरुमा ग्रामिण प्रहरी तथा हिमाली क्षेत्रहरुमा हिमाली प्रहरीमा बर्गीकरण गरेर सोही अनुरुपको संरचना निर्माण गरिने भएको छ ।
शसस्त्र प्रहरीबलका ईकाईमा सर्पदंशको उपचार १
गृह मन्त्री शर्माले गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै तराई क्षेत्रमा रहेका शसस्त्र प्रहरी बलका ईकाईहरुबाट सर्पदंको उपचार सेवा उपलब्ध गराईने योजना सार्वजनिक गरेका छन् ।
शसस्त्र प्रहरीको काम, कर्तब्य, जिम्मेवारी र कार्यक्षेत्रको समयानुकुल परिभाषीत गरेर थप स्पष्ट पारिने उल्लेख गर्दै मन्त्रि शर्माले भने, ‘औधोगिक करिडोर, क्षेत्र र प्रतिष्ठानहरुको सुरक्षाका लागी आवश्यकता अनुसार औधोगिक सुरक्षा बलको सेवा उपलब्ध गराईने छ ।’
जिल्ला प्रशासन कार्यालयहरुको सेवा प्रभावकारी बनाउनका लागी दुई महिनाभित्र ‘जिल्ला प्रशासन कार्यालयको प्रभावकारीता अभिवृद्धि विशेष कार्ययोजना’ सार्वजनिक गरिने मन्त्रि शर्माले बताए ।
ट्राफिकको १५ प्रतिशत भत्ता खारेज
गृहमन्त्री शर्माले ट्राफिक प्रहरीले हाल पाईरहेको जरिवानाको १५ प्रतिशत प्रोत्साहन भत्ता हटाईने बताएका छन् । ट्राफिक प्रहरी कर्मचारीलाई दैनिक अतिरिक्त भत्ताको ब्यवस्था गरिने उल्लेख गर्दै मन्त्रि शर्माले ट्रफिक प्रहरीको स्वास्थ्य सम्वन्धमा आवश्यक ब्यवस्था गरिने बताए ।
काठमाडौं उपत्यकाको ट्राफिक ब्यवस्थापन सुधार्न आवश्यकता अनुसार चोकमा ट्राफिक बत्ति, सिसिटीभी, जेब्रा क्रसिङ्ग र पार्किङ्ग ब्यवस्थापन गरिने योजना मन्त्रि शर्माले सार्वजनिक गरेका छन् ।
अध्यागमनको आधुनिकीकरण गर्दै यात्रुहरुको आगमन र प्रस्थानको सुचना सुरक्षित र सहज प्राप्तिका लागी अभिलेख प्रणालीको विकास गरिने मन्त्रि शर्माले बताए ।
अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलको सेवा प्रवाहलाई २४ घण्टा सञ्चालन गर्नका लागी ३ सिफ्टमा लैजानका लागी सम्वन्धी निकायसँग समन्वय गरिने बताईएको छ ।
५ बर्षभित्र राष्ट्रिय परिचयपत्र, कैदीले श्रम गर्न पाउने
सवै नेपालीले पाँच बर्षभित्र राष्ट्रिय परिचयपत्र पाउने भएका छन् । पासपोर्ट, नगरिकता,लाईसेन्स जस्ता परिचयप पत्र एकिकृत गर्दै ‘एक ब्यक्ति एक परिचयपत्र’ प्रणाली लागु गर्नका लागी पाँच बर्षभित्र सवै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने मन्त्रि शर्माले बताए ।
कारागार नियमावली संशोधन गर्दै कैदिबन्दीको राशन, सिदा, नाबालक सिदा, सुत्केरी खर्च तथा दाहसंस्कार खर्च समयानुकुल बढाउँदै कैदीले समेत श्रम गर्नसक्ने ब्यवस्था मिलाईने मन्त्री शर्माले बताए ।
‘अपराधको प्रकृत्ति, कैदी बन्दिको अनुशासन, कैद भुक्तान अवधि आदी हेरी प्रहरी प्रशासनकै निगरानीमा कैदीहरुले तोकिएको विकास निर्माणको काम गर्न पाउने ब्यवस्था गरिने छ’ मन्त्री शर्माले भने, ‘कारागार सुरक्षा मजबुद बनाउन सवै कारागारहरुमा क्रमश ः सिसीटीभी र २४ घण्टा बत्तिको लागी पावर ब्याकअपको ब्यवस्था मिलाइने छ ।’
The post गृहमन्त्रीको योजनाः गुण्डागर्दी नियन्त्रण गर्नेदेखि ट्राफिकको १५ प्रतिशत भत्ता खारेजसम्म appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tvk3gX via IFTTT
ललितपुर,१५ असार । ललितपुर लेले नल्लु क्षेत्रमा सञ्चालित अवैध खानी तथा क्रसर उद्योगहरुबाट उत्पादित ढुंगा तथा गिट्टी बोक्ने ट्रिपरहरु चापागाउँ प्रहरी वृत्त अगाडि नै भएर निर्वाध चलछन् ।
तर प्रहरीले तिनलाई देख्दैनन् । अवैध खानी र क्रसर उद्योगहरु टीका भैरव प्रहरी चौकीबाट ५ सय मिटरको दुरीमा छन् । आजको कानितपुरमा यो खबर छ ।
सेटिण्मा खानी तथा क्रसर सञ्चालन भइरहेकोले सबै चुप लागेको नल्लु क्षेत्रका स्थानीयको आरोप छ ।
The post प्रहरी सेटिङमा ललितपुर लेलेमा अवैध खानी appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2so43Zi via IFTTT
काठमाडौं । तीन प्रदेशका ३३४ तहका १५ हजार ३८ प्रतिनिधि छान्न बुधबार भएको निर्वाचनमा करिब ७३ प्रतिशत मतदान भएको छ । स्थानीय तहको दोस्रो चरणअन्तर्गत प्रदेश नं। १, ५ र ७ मा बुधबार भएको निर्वाचनमा आधा दर्जन छिटपुट घटनाबाहेक सामान्य रूपमा सम्पन्न भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
निर्वाचन बहिष्कारका लागि आह्वान गरेको राजपा नेतृत्वले भने नैतिक र राजनीतिक पराजय भोगेको छ । विभिन्न ठाउँमा पार्टीकै महत्वपूर्ण व्यक्तिहरूले ुस्वतन्त्रु हैसियतमा चुनाव लडे भने राजपाप्रति सहानुभूति राख्ने मतदाताले उत्साहपूर्वक मतदानमा भाग लिए ।
आयोगले मतदान कार्य उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । यो मत वैशाख ३१ मा सम्पन्न पहिलो चरणको निर्वाचनभन्दा केही बढी हो ।
रमाइला र अनौठा घटना
(आयोगका अनुसार नवलपरासीको सरावल गाउँपालिका वडा नं। ६ मा जम्मा दुई मत खसेको छ ।
(दाङ जिल्लाको एक मतदान केन्द्रमा बिहान साढे नौ बजेतिर मोटरसाइकलमा आएका व्यक्तिले सोही मतदान केन्द्रलाई लक्ष्य गरी सुतली बम प्रहार गरेका थिए । उक्त बमलाई प्रहरी हवल्दार दुर्गाबहादुर रानाले जोखिम मोल्दै हातले सुरक्षित ठाउँमा मिल्काइदिए । उनको यो जोखिम र बहादुरी कार्यले त्यहाँ कुनै दुर्घटना हुन पाएन ।
(११३ वर्षीय ज्येष्ठ नागरिक पशुपति साउदले मतदान गर्नुभएको छ । बैतडी जिल्लाको सुरनया गाउँपालिको भूमिराज निमावि मतदान केन्द्रमा बिहान ७ बजे ११३ वर्षीय साउदले मतदान गर्नुभएको हो ।
(अछाममा दुई महिलाले मतदानका लागि लाइनमै बस्दा बच्चा जन्माएका छन् । अछाम रामारोशन गाउँपालिका वडा ४ को बाटुला सैनस्थित नन्दकाली आधारभूत विद्यालयको क मतदान केन्द्रमा भोट हाल्न लाइनमा लागेको दुई महिलाले बच्चा जन्माएका हुन् । रामारोशनकी २५ बर्षीय मीना बोहोरा र शुभा हामले बच्चा जन्माउनुभएको हो ।
बझाङमा स्थगित
बझाङको जयपृथ्वी नगरपालिकाको पाण्डु मावि मतदान केन्द्र क, ख मा मतदान स्थगन भएको छ । निर्वाचन आयोगका अनुसार वृद्ध मानिसले सहयोगी लगेको सम्बन्धमा विवाद भएपछि मतदान स्थगन भएको हो।
त्यस्तै, रुपन्देहीको कोटीभीमाई गाउँपालिका(१ मा असार १६ गते मतदान हुने भएको छ । माओवादी केन्द्रबाट वडा सदस्यको मनोनयन दर्ता गराएका मुरले मल्लाहको शनिबार निधन भएपछि मतदान पर सारिएको आयोगले जनाएको छ ।
तिङलामा शून्य मतदान
सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका(६ तिङ्लामा शून्य मतदान भएको छ । स्थानीय तह पुनःसंरचना आफ्नो अनुकूल नभएको भन्दै उनीहरूले विरोधस्वरूप मतदान नगरेका हुन् ।
The post निर्वाचनमा देखिएका ‘रमाइला र अनौठा घटना’ appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tZPDjV via IFTTT
विराटनगर । दोस्रोेचरणको निर्वाचनअन्तर्गत मोरङ जिल्लाको विभिन्न मतदान केन्द्रबाट विभिन्न दलका केन्द्रीयस्तरका नेताले आज मतदान गर्नुभएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले विराटनगर–२ स्थित जनता मावि शङ्करपुर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ र अर्का केन्द्रीय सदस्य डा शेखर कोइरालाले विराटनगर– १ स्थित आदर्श उच्च माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले विराटनगर– ३ स्थित पुसेट क्याम्पसको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
त्यसैगरी,नेकपा ९एमाले०का पोलिटब्यूरो सदस्य लालबाबु पण्डितले विराटनगर–१२ स्थित महेन्द्र मोरङ क्याम्पसको मतदान केन्द्रबाट र सोही मतदान केन्द्रबाट नेपाली काँग्रेस मोरङका पूर्व सभापति एवम् सांसद अमृत अर्यालले मतदान गर्नुभएको हो ।
यसका साथै, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डीला सङ्ग्रौला विराटनगर–११ स्थित जनपथ माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
यस्तै, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । नेकपा एमालेका नेता एवम् सांसद् शिवकुमार मण्डलले सुनवर्षी नगरपालिकाबाट मतदान गर्नुभएको छ ।
The post एमाले नेता लालबाबुदेखि फोरम नेता उपेन्द्रसम्म मोरङमा कसले कहाँबाट मतदान गरे ? appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2t0q3v2 via IFTTT
काठमाडौँ, १४ असार । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका सुडान घोटालामा आरोपित नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक रविप्रताव राणा जेल चलान भएका छन् ।
सुडान घोटालाका आरोपित काठमाडौँ महानगरपालिका–४ कपन मार्ग लोसाल बस्ने राणा आज सर्वोच्च अदालतमा गएर आत्मसमर्पण गरी जेल चलान भएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो । राणालाई आजै डिल्लीबजार कारागार चलान गरिएको छ ।
राणाले सजाय छुटका लागि सर्वोच्च अदालत पुगी आत्मसमर्पण गरेका हुन । फैसला भएको ६० दिनभित्र आफैँ अदालतमा आएर फैसला कार्यान्वयनमा सहयोग पु¥याएबापत अदालतले त्यस्ता आरोपितलाई सजायमा २० प्रतिशत छुट दिने कानुनी प्रावधान छ ।
राणालाई कसुरको मात्राअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० बमोजिम जनही छ महिना कैद र रु ३० हजार जरिवाना ठहर गरेको सर्वोच्च अदालतले फैसला सुनाएको थियो ।
त्यसैगरी पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा यही असार ११ गते सर्वोच्च अदालतमा गएर आत्मसमर्पण गरी जेल चलान हुनुभएको थियो । उहाँलाई एक वर्ष कैद र रु ४० हजार जेल सजाय ठहर भएको थियो ।
सोही प्रकरणका आरोपित पूर्व प्रहरी महानिरीक्षकद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङ तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक दीपकसिंह थाङ्देन र पूर्वनायब प्रहरी महानिरीक्षक दीपककुमार श्रेष्ठलाई यही असार ७ गते डिल्लीबजार कारागार चलान गरिएको थियो । चारैजनाले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए ।
The post सुडान काण्डका दोषी रविप्रताव राणा जेल चलान appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tk5w7n via IFTTT
काठमाडौँ, १४ असार । आज हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट करिब छ लाख यात्रु बाहिरिएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज र १४ गते प्रदेश नं १, ५ र ७ मा हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागी हुने क्रममा काठमाडौँबाट ती प्रदेशमा जाने यात्रुको चाप बढेको जनाएको छ । निर्वाचन हुन लागेका विभिन्न प्रदेशबाट काठमाडौँमा आएर अध्ययन, जागिर तथा व्यवसाय गर्न बसेका अधिकांश मतदाता सम्बन्धित जिल्लामा जाने क्रम असार महिना लागेपछि नै सुरु भएको हो ।
दोस्रो चरणमा ३३३ स्थानीय तहमा हुन लागेको निर्वाचनका केही क्षेत्र तथा स्थानका उम्मेदवारले काठमाडौँका आफ्ना मतदाताको सुविधालाई दृष्टिगत गरी गाडी नै ‘रिजर्भ’ गरेको पनि पाइएको छ ।
The post मतदान गर्न काठमाडौँ उपत्यकाबाट करिब छ लाख यात्रु बाहिरिए appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ufDerp via IFTTT
बलिउडका चर्चित अभिनेता सलमान खान एक डरलाग्दो न्युरोलोजिकल रोगबाट ग्रसित भएको थाहा भएको छ। उनले हालसालै सार्वजनिक भएको चलचित्र ट्युबलाइटको प्रमोशनल कार्यक्रमकका दौरान यसको खुलासा गरेका हुन्।
उनले आफूलाई ट्राइजेमिनल न्युरालजिया नामक रोग रहेको बताए। यसलाई निकै डरलाग्दो रोग मानिन्छ जसलाई सुसाइडल डिजिज अर्थात आत्महत्या गर्न मन लाग्ने रोग समेत भनिन्छ।
यस रोगबाट ग्रसित मानिस आत्महत्या गर्ने विषयमा सोच्ने गर्दछ ।सलमानले आफूलाई यही रोगका कारण कयौंपटक आत्महत्या गर्न सोच पलाएको बताए।
के हो सलमानलाई लागेको ट्राइजेमिलन न्युरालजिया ?
ट्राइजेमिलन न्युरालजिया यस्तो क्रोनिक पेन डिसअर्डर जसले सिधै ट्राइजेमिनल नर्भलाई प्रभावित गर्दछ। यो नर्भ टाउको कयौं ठाउँबाट पार भएको हुन्छ। यसले गर्दा अचानक असहनिय पिडा र जलन हुने गर्दछ, यस्तो अनुभव हुन्छ कि अनुहारमा कुनै बिधुतिय शक लागेको होस।
यस्तो तीब्र पिडा र जलन केहि सेकेण्ड देखि दुइ मिनेट सम्म रहन्छ।
The post सलमानलाई ‘आत्महत्या’ गर्न मन लाग्ने रोग appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2sd1ZrL
via IFTTT
विराटनगर, १३ असार । आसन्न दोस्रो चरणको निर्वाचनमा सुरक्षाको राम्रो प्रबन्ध भएकाले मतदाताले भयरहीत वातावरणमा मतदान गर्ने राष्ट्रिय मानव अधिकार आयोगले आज यहाँ जनाएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकको नेतृत्वमा यहाँ आएको टोलीले १ नं प्रदेशका विभिन्न जिल्लामा गरेको स्थलगत अनुगमन एवम् सुरक्षा निकायसँगको छलफलपछि यहाँ आयोजित पत्रकार सम्मेलनमा सो धारणा व्यक्त गर्नु भएको हो ।
टोलीले १ नं प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको अनुगमन गरेको थियो । आयोगले मतदान प्रक्रिया र मतगणना कार्यलाई पारदर्शी बनाउन सरकार र निर्वाचन अयोगको ध्यानाकर्षण समेत गराएको छ ।
टोलीले मौन समयमा आचारसंहिताको पूर्ण पालना गराउन र मानवअधिकार हननका घटना रोक्न निर्वाचन आयोग सजग एवम् चनाखो हुनुपर्नेमा जोड दिएको छ । यस्तै, अपाङ्ग, ज्येष्ठ नागरिक र अशक्त मतदातालाई मतदानस्थलसम्म सहज पहुँचको व्यवस्था गर्न समेत टोलीले आयोगलाई आग्रह गरेको छ ।
सञ्चारकर्मी एवम् निर्वाचन पर्यवेक्षकले आचारसंहिताको ख्याल गरेर समाचार सङ्कलन र अनुगमन गर्नुपर्ने टोलीको सुझाव छ । अनुगमनका क्रममा सबै जिल्लामा सुरक्षा व्यवस्था भरपर्दो भएको, शान्तिपुर्णरुपले दलहरुले चुनाव प्रचारप्रसारमा सहभागी भएको पाइएको टोलीद्वारा जारी प्रतिवेदनमा उल्लेख छ ।
केही जिल्लामा दल एवम् उम्मेदवारले चुनाव प्रसारका क्रममा केही स्थानमा आचारसंहिता उल्लङ्घन गरेको पाइएको टोलीले जनाएको छ । यस्तै, आगामी दिनमा मतदातालाई निर्वाचन शिक्षा पर्याप्तरुपमा गर्न समेत टोलीले निर्वाचन आयोगलाई सुझाव दिएको छ ।
The post सुरक्षाको विषयलाई लिएर चुनावको पूर्वसन्ध्यामा बोल्यो मानवअधिकार आयोग appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tgbPJA via IFTTT
१२ असार, काठमाडौं । नेपाली राष्ट्रिय टिमका क्रिकेट शरद भेषावकर यसै साता विवाह बन्धनमा बाधिने भएका छन् । अभिनेत्री निशा अधिकारीसँग उनले यहि असार १६ गते विवाह गर्न लागेका हुन् ।
विचमा ब्रेकअप हुँदै जोडिँदै आएको प्रेमलाई अन्ततः विवाहमा परिणत गर्न दुबै सहमत भएका हुन् । केही वर्षयता शरद र निशाबीच प्रेम सम्बन्ध भएको चर्चा चलेको थियो । उनीहरु फिल्मी कार्यक्रम र क्रिकेट ग्राउन्डमा सँगै देखिने गरेका थिए ।
उनीहरुले आफन्त, चलचित्रकर्मी र साथीहरुलाई बिहेको निमन्त्रणा कार्ड पनि बाँडिसकेका छन् ।
The post शरद र निशाा विवाह बन्धनमा बाँधिदै appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2sdlNX9
via IFTTT
काठमाडौं,१२ असार । इस्लाम धर्मावलम्बीहरुको ठूलो चाड रमजानको अवसरमा सरकारले सोमवार सार्वजननिक विदा दिने निर्णय गरेको छ ।
मुश्लिम समुदायको पर्व इद उल फित्रको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । मुश्लिम समुदायको पर्व रमजान परेकाले सोमवार सार्वजनिक विदा दिने निर्णय भएको गृह प्रवक्ता दीपक काफ्लेले जानकारी दिए ।
मुश्लिम समुदायले चन्द्रमा हेरेर मात्रै चाड मनाउने प्रचलन रहेका आइतबार बेलुकासम्म पनि विदाको अन्योलता रहेको थियो ।
मुश्लिम समुदायले आइतबार बेलुकाको चन्द्रमा हेरेपछि ब्रत भंग गर्ने गर्दछन् ।
The post आज सार्वजननिक विदा appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2sR3eKg via IFTTT
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2s6NsOb
काठमाडौँ, ११ असार । स्थानीय तह निर्वाचन, २०७४ अन्तर्गत दोस्रो चरणमा यही असार १४ गते १, ५ र ७ नं प्रदेशका ३५ जिल्लामा हुने निर्वाचनका लागि आज राति १२ बजेपछि मौन अवधि सुरु हँुदैछ ।
स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ मा मौन अवधिमा प्रसारप्रचार गर्न निषेध गरिएको छ । मतदान हुने दिनभन्दा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्मको अवधिलाई मौन अवधिका रुपमा लिइएको छ ।
मौन अवधि सुरु भएपछि मतदानको काम सम्पन्न नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले किसिमको प्रचार गर्न नहुने निर्देशिकामा उल्लेख छ ।
निर्वाचनको मौन अवधिमा आफ्ना वेबसाइट तथा फेसबुक र ट्विटरलगायत कुनै पनि सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट समेत कसैले पनि निर्वाचनको प्रचारप्रसार गर्न नहुने जनाउँदै निर्वाचन आयोगले त्यस्ता प्रचारप्रसारका क्रियाकलाप नगर्न र मौन अवधिको पूर्ण पालना गर्न सरोकार भएका सबै पक्षसँग आग्रह गरेको छ ।
मौन अवधि पालना नगरी निर्वाचन आचारसंहिता विपरीत कुनै पनि किसिमले निर्वाचनको प्रचारप्रसार गरिएको पाइएमा त्यस्ता दल, संस्था, उम्मेदवार र व्यक्तिमाथि हदैसम्मको कारबाही हुने आयोगले जनाएको छ ।
The post निर्वाचनका लागि राति १२ बजेदेखि मौन अवधि appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2sPwpxb via IFTTT
काठमाडौँ , ११ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ ।
नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम मन्त्रिपरिषद्को यही असार ८ गतेको निर्णय र सोही दिनको प्रधानमन्त्रीको सिफारिसअनुसार राष्ट्रपतिले सेना परिचालनको स्वीकृति दिनुभएको हो ।
उक्त निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरु एकीकृत तथा समयन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्ले असार ७ गते सिफारिस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
The post राष्ट्रपति भण्डारीद्वारा निर्वाचनमा सेना परिचालनको स्वीकृति appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2t97UOm via IFTTT
भीमदत्तनगर, ११ असार । पूर्व प्रधानमन्त्री तथा नेकपा ९एमाले०का नेता माधवकुमार नेपालले नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र०का नेताहरुले पराजित हुने डरले प्रदेश नं २ को निर्वाचन सारेको आरोप लगाउनुभएको छ ।
कञ्चनपुरको भीमदत्तनगरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले राष्ट्रिय जनता पार्टीलाई सहमतिमा ल्याउने नाउँमा काँग्रेस र माओवादी केन्द्रले चुनावमा पराजित हुने डरले प्रदेश नं २ मा असोज २ गतेका लागि निर्वाचन सारेको ठोकुवा गर्नुभयो ।
प्रदेश नं २ को निर्वाचन सार्नुपर्ने कुनै आवश्यकता नरहेको बताउँदै उहाँले पहिलो चरणमै सबै प्रदेशमा निर्वाचन गराउन सकिने अवस्था हुँदा पनि काँग्रेस र माओवादीले निर्वाचन गराउन नचाहेको बताउनुभयो । “काँग्रेस र माओवादीले त सिङ्गै निर्वाचन सार्न खोजेका थिए,” नेता नेपालले भन्नुभयो ।
मतदाताले सही पार्टी र सही उम्मेदवारको मूल्याङ्कन गर्ने बेला आएको बताउँदै उहाँले ७ नं प्रदेशलाई अगाडि बढाउन निर्णय लिनेबेला आएको धारणा राख्नुभयो ।
The post पराजित हुने डरले निर्वाचन सारे : नेता नेपाल appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2t8p2nK via IFTTT
१० असार, काठमाडौं । गरिब परिवारको अर्बुद (क्यान्सर) रोग उपचारमा सहयोग गर्ने उद्देश्यले चलचित्र अभिनेत्री मनिषा कोइरालाले नेसनल क्यान्सर अस्पताल, ललितपुरलाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराएको अस्पतालले जनाएको छ ।
जावलाखेलस्थित सो अस्पतालले विपन्न परिवारका बिरामीको उपचारमा उक्त रकमलाई सदुपयोग गर्ने जनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको रु एक लाख बराबरको उपचार सेवासमेत अस्पतालले निःशुल्क प्रदान गर्दै आएको छ ।
अस्पतालका अध्यक्ष डा मदनकुमार पियाका अनुसार अस्पतालले त्यहाँ उपचारका लागि आउने गरिब परिवारका बिरामीलाई निःशुल्क उपचारसमेत गराइएको जानकारी दिए ।
सोही अस्पतालद्वारा आज आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करिब ८०० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । विशेष गरी क्यान्सर रोगीका लागि लक्षित गरिएको उक्त शिविरमा अधिकांशले स्तन, पाठेघर, पेटका रोगीले अर्बुद (क्यान्सर) रोगसँग सम्बन्धित सबै परीक्षण गराएका छन् ।
अर्बुद (क्यान्सर) रोगको निःशुल्क परीक्षण गर्ने सूचना पाएपछि काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट अस्पतालमा सेवा लिन आउनेको भीड लागेको थियो ।
उक्त शिविरमा थाइराइड, मधुमेह, स्त्री रोग, जनरल सर्जरी, नाक, कान घाँटीलगायतको सामान्य स्वास्थ्य परीक्षणसमेत गरिएको अस्पतालका अध्यक्ष डा पियाले जानकारी दिए ।
शिविरमा पाठेघर तथा अर्बुद रोगका पहिचानका लागि गरिने मेमोग्राम तथा रगतको परीक्षणमा ३० देखि १०० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो ।
अस्पतालमा बिरामी ढिलो आउने हुँदा उपचारमा समस्या हुने गरेको चिकित्सकको भनाइ छ । प्रत्येक वर्ष अस्पतालले समुदायमा अर्बुद रोगका बारेमा जनचेतना फैलाउन कम्तीमा पनि तीनपटक बृहत् रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको अस्पतालका व्यवस्थापक प्रभुराज वैद्यले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका तथा अन्य ग्रामीण भेगमा पनि अस्पतालले अर्बुद रोगकाबारेमा चेतना फैलाउने कार्य गर्दै आएको छ ।
यसैबीच, सो अस्पतालले मेनोपज सोसाइटी अफ नेपाल नामक स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थासँग समन्वय गरी आगामी असोजदेखि स्त्री रोग तथा महिनावारी रोकिएका महिलालाई आउने समस्याका बारेमा परामर्श तथा उपचार सुरु गर्ने समझदारी गरेको छ । रासस
The post अभिनेत्री मनिषाद्वारा क्यान्सर अस्पताललाई एक लाख सहयोग appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2t6uoQ0
via IFTTT
बलिउड स्टारबारे चर्चा हुनु कुनै नौलो कुरा होईन । स्टारको अफेयर्स, स्टाइल, तथा व्यक्तिगत जिवनको बारेमा जोकोहिले पनि चासो राख्नु सामान्य कुरा हो । आफुलाई मनपर्ने सेलेब्रेटिको बारेमा थाहा पाउन प्रशंसकहरु जे गर्न पनि तयार हुन्छन् । तिनै स्टारको नयाँ तस्विर प्राय सबैले देखेकै हुन्छन्, तर तिनका पुराना तस्विर भने मुस्किलले मात्रै देख्ने मौका मिल्छ । यहाँ सदावहार चर्चामा रहने बलीउड स्टारका दुर्लभ तथा पुराना तस्विरहरु सार्वजनिक गरिएका छन् ।
१. बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको यो दुर्लभ तस्विर फिल्म सेटबाट लिइएको हो । यो तस्विर फिल्म ‘जोश’को सुटिङको क्रममा लिइएको हो ।जसमा अभिनेता शाहरुख खान र ऐश्वर्याको मुख्य भुमिका रहेको छ ।
२.बलिउडका खेलाडी भनेर चिनिने अक्षय कुमार र उनकी पत्नि ट्विंकल खन्नाको आफ्नो सुरुवाती दिनहरुको दुर्लभ तस्विर ।
३. बलिउड स्टार शाहरुख खान आफ्ना भिनाजु विक्रान्तसंग ।
४. सन् १९९१ मा बलिउड फिल्म साजनको सुटिङको क्रममा अभिनेता सलमान खान, माधुरी दिक्षित र सन्जय दत्त ।
५.आफ्नो करियरको सुरुवाती दिनको अभिनयको क्रममा अभिनेता शेफ अली खानकी पुर्व पत्नि तथा अभिनेत्री अम्रिता सिंह ।
६. परिवार तथा साथीहरुसंग क्रिकेट खेल्दै अभिनेता सलमान खान ।
७. आफ्नी आमा र बहिनी करिना कपुरका साथ अभिनेत्री करिश्मा कपुर ।
८. स्विमसुटमा अभिनेत्री श्रीदेवी ।
९. सन् १९९० भन्दा अघि लण्डनमा अभिनेता गोविन्दा र कोरियोग्राफर फरा खान ।
१०. अभिनेता सलमान खान र भाग्यश्री फिल्म मेने प्यार कियाबाट ।
११. आफ्ना सन्तान सोनाक्षी सिन्हा, लभ सिन्हा र कुश सिन्हासंग अभिनेता शत्रुधन सिन्हा र पुनम सिन्हा ।
१२. फिल्म मेकर यश चोपडासंग महानायक अमिताभ बच्चन ।
अभिनेता अक्षय कुमार पत्नि ट्विंकल खन्नाका साथ ।
The post बाहिर नआएका बलिउड स्टारका दुर्लभ तस्विर (फोटो फिचर) appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2rNYNyz
via IFTTT
झापा,१० असार । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको अगुवाई गर्ने कांग्रेस मूल शक्ति भएको र यस पार्टीका एजेण्डा ठीक भएको दाबी गर्नुभएको छ ।
झापा गाउँपालिकाको शरणामतीमा आयोजित कांग्रेसको चुनावी सभालाई सम्वोधन गर्दै उहाँले समृद्धिको बाटोमा छिटो अगाडि बढ्नका लागि कांग्रेसका उम्मेद्वारहरुलाई स्थानीय तहको नेतृत्वमा स्थापित गर्न स्थानीयबासीलाई आग्रह गर्नुभयो । उहाँको भनाई थियो, राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनको अगुवाई गर्ने पार्टी भएकोले कांग्रेसले मात्र मुलुकको सही नेतृत्व दिन सक्छ । जनताका चाहनाहरुलाई पूरा गर्न सक्छ ।
कांग्रेसका एजेण्डा ठीक भएको दाबी गर्दै उहाँले कार्यकर्ताहरुलाई विना हिचकिचाहट गौरवका साथ शीर ठाडो पारेर जनतासमक्ष मत माग्न आग्रह गर्नुभयो । जनतालाई अधिकार दिलाउन पार्टीले विगतमा निर्वाह गरेको भूमिका, योगदान र पार्टीका स्पष्ट एजेण्डाहरुका बारेमा जनतालाई थप जानकारी दिन हौस्याउँदै उहाँले भन्नुभयो, हिजो बहुदलबादी कांग्रेसबाहेक कोही पनि थिएन । आज कांग्रेसले देखाएको राजनीतिक बाटो संसदीय शासनव्यवस्थाको बृहत्तर छहारीमा दक्षिणपन्थीदेखि बामपन्थी दलहरु सम्म सबै आइसकेका छन । विसं २०४८ पछि कांग्रेसले अवलम्वन गरेको आर्थिक नीतिमा सबै दलहरु समाहित हुँदै गएका छन । सार्वजनिक भाषणबाजी र दस्तावेजहरुमा जेसुकै लेखिएपनि सत्तामा गएपछि उनीहरुले कांग्रेसकै नीतिको अनुशरण गरेका छन, कसैले केही परिवर्तन गरेनन् । महिला, पिछडिएका जातजाति तथा वर्ग र दलितलाई अधिकार दिलाउने र सामाजिक परिवर्तनको अगुावाई गर्ने पनि कांग्रेस हो ।
कांग्रेसले लिएको बाटो अरुले पनि पछ्याउन थालेका छन भने यही नै कांग्रेसको विजय हो र गौरव गर्ने विषय पनि । नेता डा महतले भन्नुभयो, यी गौरव गर्ने कुराका बारेमा जनतालाई भन्नुहोस र मत माग्नुहोस । उहाँले राजनीतिक एजेण्डाको छिनोफानो भैसकेकोले मुलुक अव आर्थिक एजेण्डामा केन्द्रित हुने बताउनुभयो । आर्थिक समृद्धिको मार्गमा डो¥याउन सक्ने पार्टी भएकोले कांग्रेसका उम्मेद्वारहरुलाई जिताउन स्थानीयबासीलाई नेता डा महतले आग्रह गर्नुभयो ।
पार्टी कार्यकर्ताहरुले पनि आर्थिक एजेण्डा र विकासका एजेण्डाहरुलाई सशक्तरुपमा अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कांग्रेसले लिएको आर्थिक नीतिको बाटो सही भएको र अहिले गाउँ गाउँको विकास पनि कांग्रेसले लिएको आर्थिक नीतिका कारण संभव भएको दाबी गर्दै भन्नुभयो, उद्योगधन्दामा स्वदेशी तथा विदेशी निजीक्षेत्रको लगानी वृद्धि गरी रोजगारी सिर्जना गरियो, राजस्वमा ठूलो वृद्धि गरियो र सरकारको ढुकुटी बढेपछि नै गाउँ गाउँमा विकास निर्माण पु¥याउन सहज भयो ।
हिंसात्मक द्वन्द्व र राजनीतिक अस्थिरतका बीच पनि मुलुकमा आर्थिक क्षेत्रमा उल्लेखनीय उपलब्धिहरु हासिल भएको उल्लेख गर्दै उहाँले गरिवी घटेको, स्वास्थ्य सुविधाहरु विस्तार भएकोले जनताको औषत आयु बढेको, आन्तरिक राजस्व बढेर विदेशी सहायतामाथिको निर्भरता घटेको तथ्यांकहरु प्रस्तुत गर्नुभएको थियो । गाउँ गाउँको विकास र मुलुकको समृद्धिको लागि स्थानीय तहको चुनावमा कांग्रेसलाई जिताउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सो कार्यक्रममा पूर्वमन्त्री केशवकुमार बूढाथोकी लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरुले कांग्रेसलाई जिताउनुपर्ने तर्क राखेका थिए ।
The post कांग्रेस मूल शक्ति र एजेण्डा ठीक : डा महत appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2rNcDkR via IFTTT
काठमाडौँ,९ असार । सरकारका कामबारे प्रधानमन्त्री र मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने गरी पारित भएको कार्यविधि कार्यान्वयनमा नआई थन्किएको छ । समसामयिक विषयमा प्रधानमन्त्री र मन्त्रीसँग संसद् बैठकमा प्रत्यक्ष सवाल–जवाफ लिने गरी कार्यविधि बने पनि हालसम्म एउटा प्रश्न पनि दर्ता भएको छैन ।
कार्यविधि कार्यान्वयनका लागि संसद् सचिवालय र सरकार दुवैले चासो दिएका छैनन् । संसद्को दोस्रो अधिवेशनबाट कार्यविधि पारित भए पनि कार्यान्वयनमा आएको छैन । आजको गोरखापत्रमा खबर छ ।
संसद्ले गत पुस २५ गते कार्यविधि पारित गरेको थियो । तर ६ महिनासम्म पनि कार्यविधि कार्यान्वयन भएको छैन । संसद् सचिवालयका सहायक प्रवक्ता डिल्लीराम रिज्यालले कार्यविधि पारित भए पनि कार्यान्वयन प्रक्रिया अघि नबढेको बताउनुभयो । रिज्यालले भन्नुभयो, “प्रत्येक महिनाको पहिलो आइतबार प्रधानमन्त्री र बुधबार मन्त्रीसँग सांसदले विभागीय मन्त्रालयका कामकारबाही र सार्वजनिक सरोकारका विषयमा प्रश्न गर्न पाउने गरी कार्यविधि बनेको हो । तर, कार्यान्वयनमा भने गएको छैन । ’
सांसदहरूले प्रश्नको बेहोरा सोध्न चाहेको प्रधानमन्त्री वा मन्त्रीको नामसहित कम्तीमा पाँच दिनअगावै संसद्का महासचिवलाई जानकारी दिनुपर्ने व्यवस्था कार्यविधिमा छ । तर, अहिलेसम्म कुनै पनि सांसदले प्रत्यक्ष प्रश्नोत्तरका लागि प्रश्न दर्ता गराउनुभएको छैन । कार्यविधिअनुसार यसरी दर्ता भएको प्रश्नमा प्रत्येक महिनाको दोस्रो र चौथो बुधबार मन्त्रालयसँग सम्बन्धित कामकारबाहीबारे सांसदहरूले प्रश्न सोध्न सक्नेछन् ।
कार्यविधिअनुसार सांसदहरूले प्रधानमन्त्रीसँग प्रत्येक महिनाको दोस्रो आइतबार सीधा प्रश्न सोध्न पाउने व्यवस्था छ । प्रधानमन्त्रीले सम्हालेका मन्त्रालय र सरोकारका विषयमा सांसदहरूले प्रश्न सोध्न पाउनेछन् । यस्तो प्रश्न सोध्ने समय बैठकको सुरुको दुई घन्टासम्म चल्नेछ । कुनै कारणवश तोकिएको दिनमा बैठक बस्न नसके लगत्तै बस्ने अर्को बैठकको दिन प्रश्नोत्तरका लागि समय निर्धारण हुनेछ ।
कार्यविधिअनुसार प्रश्न दर्ताको क्रमअनुसार सभामुखले प्रश्नकर्ता सदस्यलाई प्रश्न सोध्ने समय दिनुहुनेछ । सांसदहरूले सोधेको उक्त प्रश्नको जवाफ प्रधानमन्त्रीले तत्कालै संसद्मा दिनुपर्नेछ । एक दिनको बैठकमा बढीमा १५ जना सदस्यलाई मात्र प्रश्न सोध्नका लागि समय दिने व्यवस्था कार्यविधिमा छ ।
The post प्रधानमन्त्रीसँगको प्रत्यक्ष सवाल–जवाफ थन्कियो appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tA5qpl via IFTTT
काठमाडौं,९ असार । सार्वजनिक खरिद एैन विपिरित करौडौंको गाडी किन्न अस्वीकार गरेपछि दोस्रो चरणको स्थानीयत तह निर्वाचन पाँच दिन अघि निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली सरुवामा परेका छन् ।
मन्त्रिपरिषदको विहीबार बसेको बैठकले आयोगका सचिव मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरी उनको ठाउँमा सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेलाई सरुवा गरी निमित्त सचिवको जिम्मेवारी दिईएको हो ।
निर्वाचनको निहुँमा करोडौंको मुल्य पर्ने पाँचवटा प्राडी गाडी किन्न सचिव मैनालीले नमानेपछि प्रमुख निार्वचन आयुक्त अयोधिप्रसाद यादव आयुक्तहरुलाई ईला शर्मा, नरेन्द्र दाहाल ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सचिवको सरुवा गराएका हुन् यो खबर आजको नागरिकमा छ ।
The post चुनावको मुखमै किन सरुवा गरियो आयोगको सचिव ? appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2rXpuVv via IFTTT
The post यस्तो छ गोर्खाल्याण्ड भित्रको कालो इतिहास, अब के गर्लान् मोदीले ? appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2rZprnp via IFTTT
काठमाडौँ,८ असार । प्रधानमन्त्रीको कार्यकाल सम्हालेको १७ दिन बितिसक्दा पनि शेर बहादुर देउवाले सहयोगी टिम बनाउन सकेका छैनन् । आजको कान्तिपुरमा खबर छ ।
सल्लाहकार र सहयोगी टिम नहुँदा सचिवालय र प्रधानमन्त्री कार्यालय नै अस्तव्यस्त छ ।
यसअघि तीन पटक प्रधानमन्त्रीको अनुभव लिएका देउवाले चुनावपछि मात्रै सहयोगी टिम बनाउने भन्दै आफूनिकटलाई सुनाउने गरेका छन् ।
सहयोगी टिमको सुझावभन्दा पनि आफ्नै शैली र परम्पराबाट चल्ने स्वभाव देउवामा देखिएको छ ।
The post प्रधानमन्त्री देउवाले बनाउन सकेनन ‘टिम’ appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2sVRR6E via IFTTT
काठमाडौं,८ असार । नेपाली कांग्रेसबाट मन्त्री तथा सांसाद भईसकेका नेतासमेत स्थानीय तह निर्वाचन मैदानमा उत्रिएका छन् ।
२०५४ सालमा महिला तथा समाज कल्याण सहायक मन्त्री भएका केशवबहादुर चन्द यसपटक बैतडीको पाटन नगरपालिकामा कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बनेका छन् ।
यसैगरी २०५६ सालमा दाङबाट सांसाद बनेका गेहेन्द्र गिरीले तुलीपुर उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन्, यो खबर आजको नागरिक दैनिकमा छ ।
The post मन्त्री तथा सांसाद भईसकेका नेतासमेत स्थानीय तह निर्वाचन मैदानमा उत्रिए appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tvkpRG via IFTTT
काठमाडौं,८ असार । सुरक्षाका कारण देखाउँदै सयौं सरकारी गाडी रातो निजी प्लेट राखेर सञ्चालन गरेको पाईएको छ ।
निजी नम्बर प्लेट राखेर प्रयोग गरिएका सवारीसधानको सदुपयोग वा दुरुपयोग भएको छ भन्नेवारे कुनै निकायले अनुगमन गरेको छैन ।
गृहमन्त्रालयका एक बर्षयता दुईसय भन्दा बढि सवारीसाधनलाई निजी नम्बर प्लेट राखेर प्रयोग गर्न दिएको छ ।
संवैधानिक निकाय तथा प्राय सबै मन्त्रालयका उच्च अधिकारीले रातो नम्बर प्लेट प्रयोग गरेका छन्, यो खबर आजको नागरिक दैनिकमा छ ।
The post सरकारी गाडी दुरुपयोग : सरकारी गाडीमा निजि नम्बर प्लेटको प्रयोग ! सरकार मौन appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2sshJpb via IFTTT
इलाम ७ असार । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मधेसी जनताको भावना विपरीत राजपाले निर्वाचनको मिति सार्न लगाएको आरोप लगाउनुभएको छ ।
इलाम नगरपालिका– ५ स्थित सुम्वेकमा आज आयोजित चुनावी सभामा उहाँले भन्नुभयो,“प्रदेश नं–२ का मधेसी जनताको भावना विपरीत राजपाले चुनावको मिति सार्न लगाएको हो । राजपाले मधेसी जनताको भावनामाथि खेलबाड ग¥यो, जनताको निर्वाचनको अधिकार कुण्ठित ग¥यो । ”
निर्वाचनपछि एमाले मुलुककै पहिलो पार्टी हुने दाबी गर्दै उहाँले एमालेको पहलमा संविधान जारी भएकाले लोकतन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिका लागि पनि एमालेको नेतृत्व आवश्यक छ भन्नुभयो ।
वरिष्ठ नेता खनालले हत्या, हिंसा र आन्दोलनको युग समाप्त भएर अब मुलुक नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै आर्थिक समृद्धितर्फ अघि बढ्न इलामबाटै सुरूआत गर्नुपर्नेमा जोड दिनुभयो ।
The post राजपाले मधेसी जनताको अधिकार खोस्यो : खनाल appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2rQm1YI via IFTTT
ुसबै शीर्ष नेता निर्वाचनमा स् को कुन जिल्ला खटिए रुु शिर्षकमा यो खबर आजको नयाँ पत्रिकामा छ ।
कांग्रेस –
(प्रधानमन्त्री देउवा ६ दिन काठमाडौंबाहिर
– रामचन्द्र पौडेल नवलपरासी, रुपन्देही र कपिलवस्तुको प्रचारमा जाने
(महामन्त्री शशांक कोइराला अमेरिकातिर
(कोषाध्यक्ष सीतादेवी यादव तराईमै व्यस्त
(अनुगमन गर्न डा। प्रकाशशरणको नेतृत्वमा कार्यदल
– प्रदेश नं। १ मा ‘हेभिवेट’ नेता, ५ मा ‘लो प्रोफाइल’मात्रै
महत्वपूर्ण ठाउँमा कांग्रेसका ठूलै नेता
(भीमसेनदास प्रधान ताप्लेजुङ
(अर्जुनप्रसाद जोशी पाँचथर
(श्यामकुमार घिमिरे इलाम
(डा। रामशरण महत झापा
(प्रकाशमान सिंह(जीवन परियार संखुवासभा
(जगदीश्वरनरसिंह केसी तेह्रथुम
(बहादुरसिंह लामा तामाङ भोजपुर
(मोहनबहादुर बस्नेत धनकुटा
(विमलेन्द्र निधि मोरङ
(अर्जुननरसिंह केसी सुनसरी
(यज्ञबहादुर थापा सोलुखुम्बु
(राजेन्द्रकुमार केसी खोटाङ
(प्रकाश शर्मा पौडेल ओखलढुंगा
(तेजुलाल चौधरी उदयपुर
(चन्द्रबहादुर कुँवर गुल्मी
(ध्रुव वाग्ले पाल्पा
(कमला पन्त अर्घाखाँची
(रोमी गौचन थकाली(रञ्जित कर्ण नवलपरासी
(महेन्द्र यादव(शंकर भण्डारी रुपन्देही
(धनराज गुरुङ(रामकृष्ण यादव कपिलवस्तु
(गोविन्द भट्टराई रुकुम
(उदयशमशेर राणा रोल्पा
(रामचन्द्र पोखरेल(खड्गबहादुर बस्याल प्युठान
(सुरेन्द्रराज पाण्डे दाङ
(हृदयराम थानी बाँके
(चित्रलेखा यादव(उमाकान्त चौधरी(रेशमबहादुर बानियाँ बर्दिया
(इन्द्र बानियाँ बाजुरा
(मोहनप्रसाद बराल अछाम
(प्रदीप पौडेल बझाङ
(चन्द्र महर्जन डोटी
(रत्न शेरचन कैलाली
(गगनकुमार थापा दार्चुला
(तप्तबहादुर विष्ट बैतडी
(शेषनाथ अधिकारी डडेल्धुरा
(जीवनबहादुर शाही कञ्चनपुर
प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा भोट हाल्ने
प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा गृहजिल्ला डडेल्धुराबाट भोट हाल्दै छन् । पुख्र्यौली घर डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित असिग्राम उमाविमा उनले भोट हाल्ने उनका स्वकीय सचिव भानु देउवाले बताए ।
एमालेको प्रचारमा शीर्ष नेता स् ओली झापा, खनाल इलाम र नेपाल सम्पर्क मञ्चका कार्यक्रममा व्यस्त
तीन प्रदेशमा हुने निर्वाचनको प्रचारका लागि एमालेका शीर्ष नेताहरू जिल्ला खटिएका छन् । केन्द्रीय प्रचार विभागका अनुसार शीर्ष नेताहरू अहिले पनि जिल्लामै छन् । अध्यक्ष केपी ओलीदेखि, वरिष्ठ नेताद्वय, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, सचिवदेखि स्थायी समिति सदस्यसम्मका नेता प्रचारमा खटिएको एमालेले जनाएको छ ।
एमाले नेता को–कहाँ रु
(अध्यक्ष केपी ओली झापा
(झलनाथ खनाल(सुवास नेम्वाङ इलाम
(माधवकुमार नेपाल सम्पर्क मञ्चको कार्यक्रम
(उपाध्यक्ष वामदेव गौतम प्युठान
(उपाध्यक्ष युवराज ज्ञवाली दाङ
(उपाध्यक्ष भीम रावल ७ नम्बर प्रदेशका जिल्ला
(महासचिव ईश्वर पोखरेल ओखलढुंगा, भोजपुर र धनगढी
(उपमहासचिव विष्णु पौडेल ५ नम्बर प्रदेश
(उपमहासचिव घनश्याम भुसाल(छविलाल विश्वकर्मा रूपन्देही
(सचिवद्वय प्रदीप ज्ञवाली(गोकर्ण विष्ट गुल्मी
(सचिव पृथ्वी सुब्बा गुरुङ ओखलढुंगा
(सचिव एवं प्रदेश नम्बर १ का इन्चार्ज भीम आचार्य सुनसरी
(सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङ
(शंकर पोखरेल दाङ
माओवादी नेता को–कहाँ रु
(प्रचण्ड कैलाली, कञ्चनपुर, मोरङ
(कृष्णबहादुर महरा दाङ
(देव गुरुङ बाग्लुङ र रुकुम
(वर्षमान पुन र कुलप्रसाद केसी रोल्पा
(गिरिराजमणि पोखरेल मोरङ
(टोपबहादुर रायमाझी अर्घाखाँची
(राम कार्की ओखलढुंगा, सोलु र झापा
(शक्ति बस्नेत बाँके र बर्दिया
(गोपाल किराती प्रदेश नम्बर १
(लेखराज भट्ट र लीलामणि पोखरेल प्रदेश नम्बर ७
(मणि थापा प्युठान
(चक्रपाणि खनाल रुपन्देही र कपिलवस्तु
रोल्पाका सबै तहमा केन्द्रीय नेता
माओवादीको बलियो पकड मानिएको रोल्पामा आधा दर्जन केन्द्रीय नेता परिचालन भएका छन् । नेता वर्षमान पुनलाई रोल्पा नगरपालिका र माडी गाउँपालिका, कुलप्रसाद केसी सोनामलाई रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिका, जोगबहादुर महरालाई सुवर्णवती गाउँपालिका र लुंग्री गाउँपालिका, झक्कु सुवेदीलाई थवाङ गाउँपालिका, जयपुरी घर्तीलाई दुईखोली गाउँपालिका, दीपेन्द्र पुन सिजललाई सुकिदह गाउँपालिका र मानबहादुर बूढालाई सुनछहरी गाउँपालिकाको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको छ ।
राप्रपाका को कहाँ रु
(दीपक बोहरा रुपन्देही,
(राजेन्द्र लिङ्देन झापा
(जयन्त चन्द प्रदेश नं। ७,
(सुनीलबहादुर थापा धनकुटा
नयाँ शक्तिका कमान्डर
(डा। बाबुराम भट्टराई प्रदेश नं। १
(देवेन्द्र पौडेल प्रदेश नं। ५
(हिसिला यमी प्रदेश नं। ७
लोकतान्त्रिक फोरमका कमान्डर
नेपाल लोकतान्त्रिक फोरमले प्रदेश छुट्याएर कमान्डरहरू खटाएको छ । प्रदेश नं। १ मा पार्टी अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा नेताहरू खटिएका छन् । महामन्त्री रामजनम चौधरीका अनुसार प्रदेश नं। ५ मा उपाध्यक्षद्वय गोपाल दहित र शिवलाल थापाको नेतृत्वमा देवप्रसाद दुरा, वकिल मुसलमानलगायतका नेता खटिएका छन् । प्रदेश नं। ७ मा महामन्त्री रामजनम चौधरीको नेतृत्वमा सांसद जनक चौधरी र आरसी यादवलगायतका नेताहरूलाई खटाइएको छ । जिल्लामा खटिएका नेताहरूले आवश्यकताअनुसार अन्य नेताहरूको पनि सहयोग लिन सक्ने महामन्त्री चौधरीले बताए ।
९रमेश सापकोटा, रामकृष्ण अधिकारी र मधुसुधन भट्टराईको रिपोर्ट०
The post सबै शीर्ष नेता निर्वाचनमा : को कुन जिल्ला खटिए ? appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tr1qHM via IFTTT
दमक,७ असार । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले कांग्रेसले बाहेक अन्य दलले देशको विकास गर्न नसक्ने दाबी गरेका छन्। नेपाली कांग्रेस दमक नगर समितिले मंगलबार झापामा आयोजना गरेको चुनावी प्रतिबद्धतापत्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नेता डा। महतले देशको परिपक्व र खारिएको पार्टी कांग्रेस मात्र भएकाले देशको विकास कांग्रेसले मात्र गर्न सक्ने बताए। ‘देशको परिपक्व र खारिएको पार्टी कांग्रेस मात्र हो, कांग्रेसले देशमा प्रजातन्त्र स्थापना गर्यो’, उनले भने, ‘पञ्चायत कांग्रेसले नै फाल्यो, गणतन्त्र ल्याउन कांग्रेसलेनै संघर्ष गर्यो, त्यसैले कांग्रेस यो देशको एक मात्र परिपक्व पार्टी हो। त्यसैले कांग्रेसबाट चुनिने प्रतिनिधिले मात्र देशको विकास गर्न सक्छन्।’ डा। महतले संविधानले स्थानीय तहमा सबैभन्दा धेरै अधिकार दिएको बताए। ‘केन्द्र र प्रदेश सरकारले स्थानीय सरकारलाई हस्तक्षेप गर्छ भनेर हामीले संविधानमै उल्लेख गरेर सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दियौँ’, उनले भने, ‘त्यो अधिकारलाई परिचालन गर्न कांग्रेसले मात्र सक्छ, त्यसैले अब स्थानीय सरकारमा कांग्रेसकै नेतृत्व गर्नुपर्छ।’ उनले उखान टुक्काले देश नचल्ने बताउँदै काम गरेर देखाउन अन्य दललाई चेतावनी दिए। कांग्रेसले मात्र देशमा आर्थिक विकास गर्न सक्ने उनले बताए। ‘देशको आर्थिक विकासको मोडेल सबै कांग्रेसले ल्याएका हुन्, अरूले त यसको सदुपयोग मात्र गरेका हुन्’, उनले भने, ‘अर्काले लगाइदिएको ओछ्यानमा सुत्न त धेरै सजिलो हुन्छ।’ ओलीको गृहनगरमा ओलीमाथि आरोप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक आइपुगेका नेता डा। महतले एमाले अध्यक्ष ओलीविरुद्ध खनिए। उनले एमाले अध्यक्ष ओली विकासविरोधी भएको समेत आरोप लगाए। उनले भने, ‘ओलीजी विकास विरोधी नै हो। म अर्थमन्त्री भएका बेला उहाँको क्षेत्रमा पर्ने दमक–चिसापानी–रवि सडकको अनुगम गर्न जाने र त्यहाँ एउटा पर्यटकीय क्षेत्रका लागि पार्क शिलान्यास गर्ने भनेर आउन लागेको थिएँ’, डा। मतले भने, ‘तर उहाँले मलाई रोक्नुभयो।’ ओलीले त्यहाँ एमालेका कार्यकर्ताले विरोध गर्छन् भनेकाले आफू नआएको उनले बताए। ‘उहाँ आफ्नै क्षेत्रको विकासको काममा त यसो गर्नुहुन्छ, झन् अरू ठाउँमा त कसो गर्नु होलारु’, उनले भने। नेता डा। महतले एमाले अध्यक्ष ओली मधेसी, जनजाति, आदिवासी तथा दलितको विरोधी भएको समेत आरोप लगाए।
The post डा. महतले भने: ‘उखान टुक्काले मात्र देश चल्दैन’ appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2syUl7W via IFTTT
दार्जिलिङ यति बेला रणमैदानमा बदलिएको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले बंगाली भाषालाई सबै सरकारी विद्यालयहरूमा अनिर्वाय बनाएपछि भड्किएका नेपाली भाषी भारतीयहरूले गोर्खाल्याण्ड आन्दोलनलाई चर्काएका हुन् ।
दार्जिलिङमा नेपाली भार्षीले चलाएको आन्दोलनलाई ममता बेनर्जीले आतंककारी भनेर दमन गर्न थालेकी छिन् । उनको यो कठोर र गलत कमदको भारतभरि विरोध सुरु भएको छ । तीन जना नेपाली भाषी भारतीयले गोर्खाल्याण्डको मागका कारण आफ्नो ज्यान पनि गुमाइ सकेका छन् ।
एक करोडभन्दा धेरैको संख्यामा रहेका नेपाली भाषी भारतीय नागरिकहरूले अब आफ्नो आन्दोलनलाई यत्तिकै छाड्ने पक्षमा छैनन् । यही अवस्थामा भारतीयहरूले नै तयार पारेको नेपाली भाषी भारतीयले भारतमा पुर्याएको योगदानसम्बन्धी डकुमेन्ट्री सार्वजनिक भएको छ ।
The post मोदीको छातीमा हतियार तेस्र्याउन नपरोस भन्दै गोर्खा सेनाले दिए यस्तो कडा चेतावनी ! (हेर्नुहोस भिडियो) appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2swXFjO
via IFTTT
The post राजधानी काठमाडौँमा युवतीहरूको नयाँ धन्दा, थाहा पाउँदा प्रहरी नै परे चकित appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2rRiTHb via IFTTT
The post अन्ततः प्रचण्डले राजा ज्ञानेन्द्र र जनआन्दोलनमा विदेशी हात रहेको रहस्य आफैं खोले appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2sRVnyo via IFTTT
मेरी श्रीमतीसंग बिहे गर्छु भनेर मेरै साथीले मलाई भन्यो/ सरिता लामिछानेको श्रीमानले खोले रहस्य ! EXCLUSIVE VIDEO
The post मेरी श्रीमतीसंग बिहे गर्छु भनेर मेरै साथीले मलाई भन्यो/ सरिता लामिछानेको श्रीमानले खोले रहस्य ! appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2sOdc1H
via IFTTT
यो फेरी के गर्दै छ भारत ? हेरेक नेपालिले हेर्नु पर्ने र सचेत हुनु पर्ने भिडियो भारतको अत्याचार प्रती ।अब हामीले ड्टेर लडनु पर्छ भारतको यो कदम प्रती
The post भारतको अत्याचार नेपालको नाकाम ।डोजर काण्ड appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2tHQYes
via IFTTT
धनगढी,६ असार । प्रदेश नम्बर ७ मा मतदाताको अन्तिम नामावली प्रकाश अगावै नौ जना निर्विरोध निर्वाचित भएका छन । विभिन्न स्थानीय तहका निर्वाचन कार्यालयहरुका अनुसार बझाङको काँडा गाँउपालीका ५ बाट एमालेले विजयी सुरुवात गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
काँडा गाउँपालीका वडा नम्बर ५ बाट नेकपा एमालेका तर्फ बाट वडा अध्यक्षमा धनजय बोहराको प्यानल नै निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।
आइतबार भएको मनोनय दर्ताको वेला वडा नं ५ बाट अन्य दलको उम्मेदवारी नपरेपछि वडा अध्यक्षमा एमालेका धनजय बोहरा, महिला सदस्यमा अम्मरा देवी बोहरा, खुला सदस्य पदमा डब्बल बोहरा र कलु बोहरा निर्विरोध निर्वाचित भएका हुन ।
वडा नम्बर ५ मा दलित महिला सदस्यको उमेदवारी नै नपरेकोले उक्त पद भने खाली हुने भएको छ । यस्तै बझाङकै काँडा गाँउपालीका वडा नं ४ को दलित महिला सदस्यमा नेपाली कांग्रेसकी दलित महिला उम्मेदवार अमृता विक निर्विरोध निर्वाचीत हुनु भएको छ ।
कैलालीको भनजीत्रिशक्री नगरपालिकामा माओवादी केन्द्रले पनि खाता खोलेको छ । भजनीत्रिशक्ति नगरपालिका वडा नम्बर ६ बाट नेकपा माओवादी केन्द्रकी दलित महिला सदस्य कमला ज्ञवाली श्रीपाइली निर्विरोध निर्वाचित हुनु भएको माओवादी केन्द्रको प्रदेश नम्बर सातको सञ्चार समितिले जनाएको छ ।
बाजुराको पनि बडिमालिका नगरपालिकामा नेकपा एमालेबाट दलित वडा सदस्यमा लुती नेपाली निर्विरोध निर्वाचित हुनु भएको छ ।
अछामको मंगलसैन नगरपालिकामा पनि नेकपा एमालेका तर्फबाट ३ जना वडा सदस्य निर्विरोध निर्वाचत भएका छन् । मंगलसेन वडा नम्बर २ मा बमबहादुर बोगटी निर्विरोध निर्वाचित हुनुभएको छ भने यस्तै सोही वडाबाट महिला वडा सदस्यमा सुनिता बोगटी र वडा नम्बर ७ मा महिला वडा सदस्यमै जमुना जैसी निर्विरोध निर्वाचित हुनुभएको हो ।
The post प्रदेश ७ मा नौ जना निर्विरोध निर्वाचित : एउटा वडामा एमाले प्यानल विजयी appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2rxK6Q5 via IFTTT
खोटाङ,६ असार । स्थानीय तहको निर्वाचनका लागि खोटाङमा फरक पार्टीबाट एउटै पदमाा आमा छोरी चुनावी मैदानमा उत्रिएका छन् ।
बाह्रपोखरी गाउापालकिा ३ साउनचौरमा दलित महिला सदस्य पदमा आमा र छोरीले मनोनयन दर्ता गराएको हुन् ।
आमा मनमाया बिक र छोरी अनिता बिकले मनोनयन दर्ता गराएका छन् ।
साकिको साउनेचौर ५ की आमा मनमायाँलाई नेपाली कांग्रेसर छोरी अनितालाई नेकमा माओवादी केन्द्रले वडा सदस्यमा टिक दिएको हो, यो खबर आजको नागरिकमा छ ।
The post एउटै पदमाा आमा छोरी चुनावी मैदानमा उत्रिए appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2sQrq1E via IFTTT
The post गोर्खा सेना भएन भने भारत २४ घण्टामा २४ टुक्रा हुन्छ ।| भारतिय दुतावास अगाडि आक्रमक भाषण appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2sjU3TS via IFTTT
डडेलधुरा असार ६ – डडेल्धुरा जिल्लामा विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता प्रबद्र्धन सम्बन्धि छलफल कार्यक्रम आज सम्पन्न भएको छ । विकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपालको आयोजनामा सञ्चालित एक दिने विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता प्रर्वद्धन कार्यक्रम डडेल्धुराका क्रियासिल संचारकर्मी तथा सराकारवालाहरुको सहभागितामा सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालय डडेल्धुराका विद्यालय निरिक्षक नारायण दत्त भट्टले डडेल्धुरा जिल्लाको विद्यालय सरसफाई तथा स्वच्छता प्रबद्र्धनको औचित्यबारे कार्यपत्र प्रस्तुत गर्नु भएकोे थियो ।
विद्यालय खानेपानी तथा सरसफाई स्वच्छतामा कमी देखिएको, खुल्ला दिशा मुक्त भएको २ वर्ष वितिसक्दा पनि अझै पुर्ण रुपमा सरसफाई युक्त बनाउन अनेकौ समस्या र चुनौती रहेको प्रस्तुत कार्यपत्रमा उल्लेख गरिएको छ ।
जिल्लाको ३ प्रतिशत विद्यालयमा अझै खानेपानीको व्यवस्था नभएको विद्यालय निरिक्षक भट्टले जानकारी दिनु भएको छ । जिल्लामा सरसफाई, स्वच्छता विषयक विभिन्न तालिम तथा गोष्ठिहरु संचालन भएको पाईएपनि त्यसको कार्यान्वयन प्रभावकारी नरहेको सरोकारवालाहरुको भनाई रहको छ ।
कतिपय विद्यालयहरुमा शौचालय तथा धाराहरु निर्माण भएपनि सरसफाई प्रति विद्यार्थीको व्यवहार परिवर्तन हुन नसकेको विकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपाल डडेल्धुराका कार्यक्रम संयोजक गणेश मगरले बताउनु भयो ।
डडेल्धुराका अधिकांश विद्यालयहरुमा शौचालयको प्रयोग र व्यवस्थापनमा समस्या रहेको छ । विद्यालयहरुमा साबुन पानीले हात धुने व्यवस्था अझै हुन सकेको छैन भने ग्रामीण क्षेत्रका विद्यालयहरुमा शुद्ध पिउने पानीको समेत व्यवस्था हुन सकेको छैन ।
The post विद्यालय खानेपानी तथा स्वच्छतामा कमी appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2rOJqFa
via IFTTT
आजको पञ्चाङ्ग र राशिफल
आज वि.सं. २०७४ आषाढ ०६ गते मङ्गलबार तदनुसार ई. सं. २०१७ जुन २० तारिख
आषाढ कृष्ण एकादशी, अश्विनी नक्षत्र, मेष राशिको चन्द्रमा, अतिगण्ड योग, बब र बालब करण
आजको चाडपर्व र उत्सव : योगिनी एकादशी व्रत,
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र,
भोलिको चाडपर्व र उत्सव : बुध प्रदोष व्रत, सबैभन्दा लामो दिन, विश्व संगीत दिवस,
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र,
आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो ०३:३३ देखि ०५:१६ सम्म
यमघण्ट : बिहान ०८:३८ देखि १०:२२ सम्म
गुलिक काल : दिउँसो १२:०५ देखि ०१:४९ सम्म
काल वारवेला : दिउँसो ०१:४९ देखि ०३:३३ सम्म
रोग वारवेला : बिहान ०५:११ देखि ०६:५४ सम्म र साँझ ०५:१६ देखि ०८:१६ सम्म
आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
लाभ वारवेला : बिहान १०:२२ देखि १२:०५ सम्म
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मिहिनेत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिने छ । ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धिले थप उत्साह जगाउनेछ । बोलीको भरमा काम सम्पादन हुनसक्छ । तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
शुभरङ्ग : हलुका रातो
शुभअङ्क : ५
शुभदिशा : पूर्व
इष्टदेवता : गणेश
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : मन उत्ताउलो नबनाउने
के नगर्ने : हतारमा निर्णय
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बाह्रौं भावमा चन्द्रमाको उपस्थिति छ, त्यसैले धेरै आशावादी नभई लगनशीलता र इमानदारीका साथमा काम गर्न सके उपलब्धी नै हासिल गर्न सकिने दिन छ । आम्दानीका बाटोमा केही असहजता देखिए पनि मिहिनेत गर्दा आजको आर्थिक सङ्कटको निवारण हुनेछ । तर समय र नियमको अनुशासनलाई उल्लङ्घन गर्नु हुँदैन । प्रतिस्पर्धी र शत्रु सक्रिय हुनसक्छन्, त्यसैले आँटेका/ताकेका काममा गोपनीयता कायम राख्नुपर्छ । छरछिमेकमा देखिएका असमझदारी हटाउने प्रयास सार्थक हुनेछ । चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन् । टाढाका साथीभाइको निम्तो प्राप्त हुनसक्छ ।
शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : कालभैरव
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी
के नगर्ने : याचकको अपमान
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
श्रमको उचित मूल्याङ्कन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ । लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नतापनि मिल्नेछ । आम्दानी बढ्नेछ भने परिवारजनसँगको सम्बन्ध आत्मीय बन्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।
शुभरङ्ग : सेतो वा घिउरङ
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : शिवजी
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने
के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ । कीर्तिमानी काम गर्ने समय छ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिने छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । भेटघाटले काममा उत्साह बढाउला । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । मातापिताको सहानुभूति मिल्नेछ ।
शुभरङ्ग : नीलो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : भोलेशङ्कर
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने
के नगर्ने : उदासीनता/नैराश्यता
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने भाग्योन्नति हुन सक्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ । सामाजिक र परोपकारी काममा मन जानेछ । धार्मिक/सामाजिक काममा सहभागी भइने छ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ । अनुभवीको सल्लाह र सुझाव प्राप्त हुनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा पनि उन्नति गर्ने समय छ । व्यवसायिक वा पेसागत जीवनमा साख कायम रहने छ । बन्दव्यापारबाट राम्रै लाभ लिन सकिने छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । प्रतियोगिता वा प्रतिस्पर्धामा सफल भइने छ ।
शुभरङ्ग : बैजनी वा पहेंलो
शुभअङ्क : १
शुभदिशा : पूर्व
इष्टदेवता : विष्णु
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : कुलधर्म र परम्पराको अनुसरण
के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । कमजोरीले चिन्ता बढाउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ । मनमा निराशा र वैराग्यका भावना मँडारिने छन् । यात्राको योग छ, सचेत हुनुपर्छ, बास बस्ने गरी टाढा जानु हुँदैन । काम गर्दा प्रशस्त विघ्नबाधा र चुनौतीको सामना गर्नुपर्छ । स्वास्थ्यप्रति सचेत हुनुपर्छ, आहारविहारमा तलबितल पर्ने सम्भावना छ । गोपनीयता भङ्ग हुने खतरा छ ।
शुभरङ्ग : ध्वाँसे
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : सङ्कटा देवी
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यैै नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : नैराश्यभाव त्याग गर्ने
के नगर्ने : तीव्रगति र हडबड
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मनोरञ्जन केन्द्रित दिन हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । नयाँ मित्र बनाउन पाइने छ । साझेदारी र पार्टनरसिपको कामबाट फाइदा हुनेछ ।
शुभरङ्ग : सुन्तले
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : विष्णुलक्ष्मी
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल
के नगर्ने : परिवारको बेवास्ता
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
छैंटौं घरमा रहेको चन्द्रमाको मिश्रित फल प्राप्त हुने दिन छ । रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ । शत्रु र प्रतिस्पर्धीले चलखेल बढाए पनि डराउनु पर्दैन । मनमा घरिघरि डर र चिन्ताले बास गर्न सक्छ, जे गरे पनि आत्मबल र हिम्मतका साथमा गरेको जाति हुन्छ ।
शुभरङ्ग : छिर्केमिर्के बुट्टे
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : गणेश
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : खानपानमा नियन्त्रण
के नगर्ने : आवेग, घमण्ड र क्रोध
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अभिप्रेरणा जगाउनेहरू प्रशस्तै भेटिन्छन्, तर जे गरे पनि आफ्नै बुद्धि खियाएर गर्नु पर्नेछ । पञ्चम भावमा रहेको अनिष्ट चन्द्रमाको प्रभावले आज कुनै समाचारले मन बिथोल्न सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ, तर समय निकाल्न सकिंदैन । व्यापार–व्यवसायमा लगनशील भएमा मात्र लाभ पाउन सकिने छ । यात्रामा दिक्क लाग्ने छ, सोचेको काममा बाधा उत्पन्न हुनसक्छ । आम्दानी हुनेछ तर आवश्यक काममा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । सवारी साधनमा खराबी आउन सक्छ । बोलीमा नकारात्मक ऊर्जा हाबी छ, त्यसैले कम बोलेकै जाती हुनेछ । कुनै पनि काम दोहोर्याएर गर्ने परिस्थिति सिर्जना हुनेछ ।
शुभरङ्ग : गाढा हरियो
शुभअङ्क : ५
शुभदिशा : पूर्व
इष्टदेवता : सूर्यदेव
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः
न्यूनतम जापसङ्ख्या : ०७
के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने
के नगर्ने : अल्छी र अकर्मण्यता
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुनसक्छ । अपराह्नदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ । महत्वाकाङ्क्षी योजना फलीभूत होलान् । पढाइलेखाइमा प्रगति हुनेछ । हडबड गर्दा काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न समय पर्खंदा राम्रो हुनेछ । प्रयत्न गर्दा विशेष काम गर्ने वातावरण तयार हुनेछ । व्यवहारले अरूको विश्वास जित्न सकिने छ ।
शुभरङ्ग : गाढा रातो
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : शिवर्पावती
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने
के नगर्ने : गोपनीयता भङ्ग
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ । साथीभाइको सहयोगमा पुराना समस्या सुल्झाउने वातावरण बन्नेछ । पठनपाठनमा प्रगति हुनेछ । परोपकारी र सामाजिक कामबाट सम्मान र प्रतिष्ठा आर्जन सकिने छ । लेनदेन लाभकारी रहने छ ।
शुभरङ्ग : गाढा हरियो
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : हनुमान्
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने
के नगर्ने : साथीभाइको बेवास्ता
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्ये धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । अरूलाई समेत फाइदा दिलाउन सकिने छ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् ।
शुभरङ्ग : सेतो वा उज्यालो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : लक्ष्मी माता
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी
के नगर्ने : बोलीवचनमा कडापन
(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)
लेखक/सङ्कलक : ज्योतिषसाथी (सम्पर्क : ९८५२०५९७६४)
The post आजको राशिफल २०७४ आषाढ ०६ गते मङ्गलबार/२०१७ जुन २० appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2tlWsvP
via IFTTT
कञ्चनपुर, असार ५ । कञ्चनपुरमा प्रमुख पदका लागि दुईजनाले स्वतन्त्र उम्मेरदवारी दर्ता गरेका छन् । यसरी प्रमुख पदको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेमा भीमदत्त नगरपालिकामा कृष्णानन्द भट्ट, बेदकोट नगरपालिकामा विष्णुराम दमाई रहेका छन् ।
त्यस्तै नेपाली कांग्रेसबाट एकजना बागी उम्मेदवार भएका छन् । लालबहादुर सिंहले पाटीसँग असन्तुष्ट रहेको भन्दै बागी उम्मेदवारी दर्ता गरेका हुन् ।
दोस्रो चरणको स्थानीय चुनावका लागि कञ्चनपुरमा १० वटा दलले मनोनयन दर्ता गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति नेपाल, नेपाल कम्युनिष्ट पार्टी, माले, राष्ट्रिय जनमुक्ति पार्टी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिका र नेपाल दलित पार्टीले मनोनयन दर्ता गरेको मुख्य निवार्चन कार्यालयले जनाएको छ ।
९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा बाजागाजासहित निवार्चन अधिकृतको कार्यालयमा उल्लासमय रुपमा मनोनयन दर्ता भएको छ । बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयनको समय तोकिएपनि दलहरुको ढिलाईका कारण मनोनयन दर्ताको प्रक्रिया अबेरसम्म लम्बिएको थियो ।
मनोनयन दर्ता प्रक्रियाका शान्तीपूर्ण तरिकाले सम्पन्न भएको मुख्य निवार्चन अधिकृत प्रकाश ढुङ्गानाले जानकारी दिएका छन् । उनले ठूला तथा साना दल र स्वतन्त्र उम्मेदवार गरी ४ सय ४३ जनाको मनोनयन परेको बताएका छन् ।
The post कञ्चनपुरमा प्रमुख पदमा दुईजना स्वतन्त्र र एक बागी उम्मेदवारी दर्ता appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2rNv2Nr
via IFTTT
अछाम, असार ५ । जिल्ला सुरक्षा समिति अछामले जिल्लाका ४७ वटा मतदान स्थल अति संवेदनशील रहेको निष्कर्ष निकालेको छ ।
१ सय २९ मतदान स्थल र १ सय ८५ वटा मतदान केन्द्र रहेको अछाममा ६६ स्थल संवेदनशील र १६ मतदान स्थल सामान्य रहेको समितिले निष्कर्ष निकालेको हो ।
चुनाव लक्षित सुरक्षा व्यवस्था मजवुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी विष्टले विकट, सडकको पहुंँच नभएका तथा टेलिफोन नेटवर्क नरहेका मतदान स्थलमा हुन सक्ने आपराधिक घटनालाई मध्यनजर गर्दै मतदान केन्द्रको सुरक्षा स्थितिको वर्गिकरण गरिएको बताएका छन् ।
जिल्लाका सबै क्षेत्रमा नेपाल प्रहरी र म्यादी प्रहरीसँगै विभिन्न ठाउँमा सशस्त्र प्रहरीका वेस क्याम्प खडा गरिएको छ । मनोनयन दर्तासँगै अछाममा चुनावी गतिविधि ह्वात्तै बढेको छ भने दलहरु आ–आफ्ना एजेण्डासहित चुनावी मैदानमा छन् ।
The post अछामका ४७ वटा मतदान स्थल अति संवेदनशील appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2sKxkBN
via IFTTT
कञ्चनपुर, असार ५ । दैनिक मानसखण्डका सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक गणेश भट्टलाई समाचार लेखेकै भरमा सार्वजनिक मुद्धा चलाउने कञ्चनपुर प्रहरीको न्यायीक व्याख्याका लागि अदालतमा बहस सुरु भएको छ ।
दैनिक मानसखण्डमा प्रकाशन भएको समाचारलाई आधार बनाएर सम्पादक भण्डारी र कार्यकारी सम्पादक भट्ट विरुद्ध सार्वजनिक मुद्धा चलाउने कञ्चनपुर प्रहरीको प्रयासको न्यायिक व्याख्याका लागि पत्रकार लक्ष्मण तिवारीले उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा दर्ता गरेको रिट निवेदनमाथीको सुनुवाई सुरु भएको हो ।
पत्रकार तिवारीले दर्ता गर्नुभएको रिट निवेदनमा तार्किक बहस गर्दै अधिवक्ता विनोद भट्टले अदालतको व्याख्याको माग गर्नुभएको छ । समाचारको विषयलाई लिई प्रहरीले पत्रकारलाई पक्राउ गरि हिरासतमा राख्नु उसको क्षेत्राधिकार भित्र पर्छ कि ? पर्दैन भन्दै पत्रकार तिवारीले उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा रिट निवेदन दर्ता गर्नुभएको हो ।
प्रहरीको ज्यादती विरुद्ध निरन्तर समाचार प्रकाशन गरेको दैनिक मानसखण्डका सम्पादक खेम भण्डारी र कार्यकारी गणेश भट्टलाई केही सार्वजनीक अपराधमा कसुरको अनुसन्धानको सिलसिलमा पक्राउ गर्नुपर्ने भन्दै कञ्चनपुरका प्रहरी प्रमुख एसपी प्रकाश बहादुर चन्दको निर्देशनमा शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।
समाचार लेखेको भरमा प्रहरीले पत्रकारद्धय भण्डारी र भट्टलाई पक्राउ गरेपछि प्रेस स्वतन्त्रतामाथी प्रहरीले दमन गरेको भन्दै चौतर्फी आलोचना र दबाबका माझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धानका क्रममा हिरासतमा राख्ने ठोस आधार नभेटिएको भन्दै २४ घण्टापछि हिजो साँझ उहाँहरुलाई रिहा गरेको थियो ।
The post कञ्चनपुर प्रहरीको न्यायीक व्याख्याका लागि अदालतमा बहस सुरु appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2tk6bTx
via IFTTT
बैतडी, असार ५ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीमा १ हजार ७ सय ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
४ नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीमा ४ सय ४० पदका लागि हजार ७ सय ६ जनाले मनोनयन दर्ता गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
४ गाउँपालिकामा सञ्चारको सुविधा नभएका कारण प्रहरीको सञ्चारसेटबाटै उम्मेद्वारी दर्ताको सूचना प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाभरीका १० ओटा स्थानीय तहमध्ये प्रमुख पदका लागि ५६ जनाको उम्मेद्वारी परेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिएका छन् ।
प्रमुख पदमा सबै पार्टी र स्वतन्त्र गरेर पुरुषको मात्रै उम्मेद्वारी परेको उनले बताए । यस्तै उपप्रमुख पदका लागि ४५ महिला र २ पुरुष गरी ४७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
जिल्लामा रहेका ८४ वडाका लागि वडा अध्यक्ष पदमा ६ जना महिला र ३५४ पुरुष गरी ३६० जनाको उम्मदवारी दर्ता भएको छ । दुई जना वडा सदस्यमा जिल्लाभरीका १० ओटा स्थानीय तहमा ६३४ जनाको उम्मदवारी दर्ता भएको छ ।
यस्तै ८४ वडा महिला सदस्यका लागि ३०४ जना र ८४ दलित महिला वडा सदस्यका लागि ३०५ जनाको उम्मदवारी दर्ता भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दशरथचन्द नगरपालिकामा सबै पदका लागि २२३ जनाले उम्मदवारी दर्ता गराएका छन् भने पाटन नगरपालिकामा २०९ जनाले उम्मदवारी दर्ता गराएका छन् ।
मेलौली नगरपालिकामा १८१, पुरचौडी नगरपालिकामा १७८, डिलाशैनी गाउँपालिकामा १५७, पञ्चेश्वर गाउँपालिकामा ११४, शिवनाथ गाउँपालिकामा १२० जनाको उम्मदवारी दर्ता भएको छ ।
सिगास गाउँपालिकामा १५० जना, सुर्नया गाउँपालिकामा १७५ जना र दोगडाकेदार गाउँपालिकामा १६९ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
The post बैतडीमा १ हजार ७०६ जनाको उम्मेदवारी दर्ता appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2tETm5p
via IFTTT
अछाम, असार ५ । स्थानीय तहको निर्वाचनमा अछामका तीन वटा स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र बीच चुनावी तालमेल भएको छ ।
जिल्लाको सदरमुकाम मंगलसेन नगरपालिका, बान्नीगढी जयगढ गाउपालिका र मेल्लेख गाउपालिकामा दुई पाटीले तालमेल गरेर चुनाब लड्ने निर्णय गरेका हुन ।
तीन मध्ये दुई तहमा नेपाली कांग्रेस र एक तहमा माओवादी केन्द्रले प्रमुख पद लिएका छन् । कांग्रेसले मंगलसेन र बान्निगढी जयगढ तथा माओवादी केन्द्रले मेल्लेखमा प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसले प्रमुख पद लिएको ठाउमा माओवादी केन्द्रको उपप्रमुख तथा माओवादी केन्द्रले प्रमुख पद पाएको ठाउमा नेपाली कांग्रेसले उपप्रमुख पदमा मनोनयन दर्ता गरेको सम्बन्धित तहका निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।
मंगलसेनमा प्रमुख पदमा नेपाली कांग्रेसका उपसभापति समेत रहेका चन्द्रप्रसाद ढुंगाना तथा उपप्रमुख पदमा माओवादी केन्द्रका लोक बहादुर बोगटी, बान्नीगढी जयगढ गाउँपालिकामा अध्यक्ष पदमा नेपाली कांग्रेसका राजेन्द्र खडका र उपाध्यक्षमा माओवादी केन्द्रका लोकबहादुर साउँद तथा मेल्लेख गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादीका लोकबहादुर बोहोरा तथा उपाध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर शाहले उम्मेदवारी दर्ता गराएका छन् । मंगलसेन र जयगढमा वडा तहमा तालमेल नभए पनि मेल्लेखमा वडास्तरमा पनि तालमेल भएको छ ।
The post अछामका तीन तहमा कांग्रेस र माओवादीबीच तालमेल appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2rvzWzj
via IFTTT
बैतडी, असार ५ । बैतडीको डिलाशैनी गाउँपालिका र पुरचौडी नगरपालिकामा एकै पदका लागि बुवाछोरा र सहोदर दाजुभाईले उम्मेद्वारी दर्ता गराएका छन् ।
डिलाशैनी गाउँपालिकामा कर्ण बहादुर रानाले नेपाली कांग्रेसबाट र लोकेन्द्रबहादुर राना( शितलले) नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराउनु भएको हो । नाताले कर्ण दाजु र लोकेन्द्र भाई पर्छन् ।
नाताले दाजुभाई परेपनि राजनीतिक विचार फरक भएकाले आफूले उम्मेद्वारी दर्ता गराएको कर्ण बहादुर रानाले बताउनुभयो । दुवै भाईले एकैपदका लागि उम्मेद्वारी दर्ता गराएपछि परिवारका सदस्यलाई भने भोट हाल्नका लागि समस्या भएको छ ।
यस्तै पुरचौडी नगरपालिका वडा नं ७मा वडा अध्यक्ष पदका लागि बुवाछोराले अलगअलग पार्टीबाट उम्मेद्वारी दर्ता गराएका छन् । नागी साउँद(बुवा) एमालेबाट र उज्ज्वल साउँद (छोरा)ले नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदका उम्मेद्वारी दर्ता गराएका हुन् । आफूहरुको अलग अलग राजनीतिक विचार भएकाले आ आफ्नै पार्टीबाट उम्मेद्वारी दर्ता गराएको नागी साउँदले बताउनुभयो ।
नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा उम्मेद्वारी दर्ता गराउनुभएका उज्ज्वल साउँदले उम्मेद्वारी दर्ताका बिषयमा बुवासंग कुनै छलफल नभएको बताउनुभयो । बुवाछोरा अलग अलग पार्टीबाट एकै पदका लागि चुनावी मैदानमा लड्ने भएपछि परिवारका अन्य सदस्यहरुलाई भने भोट हाल्नका लागि समस्या भएको छ ।
The post बैतडीमा एकै पदका लागि बुवाछोरा र सहोदर दाजुभाईले उम्मेदवारी दर्ता appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2sORPx1
via IFTTT
बैतडी, असार ५ । बैतडीको डिलासैनी गाउँपालिकाको वडा नम्बर ७ मा वडा सदस्यका उम्मेदवार ७० बर्षिय वृद्धको निधन भएको छ ।
आईतबार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा सदस्यमा उम्मेदवारी दिएका ७० बर्षिय बृद्ध गोविन्दसिंह कार्कीको निधन भएको हो ।
उनले निर्वाचन अधिकृतको कार्यालय डिलाशैनीमा आइतबार दिउँसो ३ बजेर २० मिनेटमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत मोतीलाल शर्माले बताएका छन् । उम्मेदवारी दर्ता गरेर हिजोसाँझ खाना खाएर सुतेका उनी विहान मृत अवस्थामा भेटिएका हुन् ।
दमका विरामी कार्कीको हृदयघातका कारण मृत्यु भएको उनको पारिवारजनले बताएको प्रहरीले जनाएको छ । प्रहरीले पोष्टमार्टमका लागि शव लिन खोज्दा परिवारका सदस्यले काल गतिकै कारण मृत्यु भएको भन्दै शवको पोष्टमाटम गर्न नदिएको जिल्ला प्रहरी कार्याल बैतडीले जनाएको छ । उनको आजै दाहासंस्कार गरिएको छ ।
The post बैतडीमा वडा सदस्यका उम्मेदवारको मृत्यु appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2rvXTGM
via IFTTT
डडेल्धुरा, असार ५ । असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, भयरहित र निष्पक्ष बनाउने उद्देश्यले एकै स्थानमा जुध्ँने गरेर जुलुस आमसभा नगर्नेमा डडेल्धुरका राजनीति दलहरु प्रतिवद्धले प्रतिवद्धता जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराको आह्वानमा सोमबार प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनीलहरुले उक्त प्रतिवद्धता जनाएका हुन् ।
निमित्त प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीको अध्यक्षतामा बसेको बैठकले निर्वाचनलाई लक्षित गरेर कुनैपनि अप्रिय घटना नहोस भन्दै विशेष सर्तकताका साथ जिल्लास्थित राजनीतिक दलहरुको उपस्थितिमा विभिन्न ३ वटा निर्णय गरेको छ ।
बैठकले आमसभा, ¥याली, जुलुस लगायतका गतिविधिहरुको आयोजना गरिए प्रशासन तथा सुरक्षा निकायमा ४८ घण्टा अगावै खबर गर्ने निर्णय गरेका छन् ।
यस्तै जिल्लास्थित सञ्चालित यातायातका साधनहरुमा पार्टीका झण्डाहरु लगाइएको प्रति सचेत गराउदै यस्ता कार्यहरुमा रोक लगाउन सम्बन्धित यातायात व्यवसायी समितिहरुलाई निर्देशनका साथ अनुरोध गर्ने निर्णय समेत गरेको निमित्त प्रमुख जिल्ला अधिकारी करुणकर अवस्थीले बताएका छन् ।
साथै दलहरुले सवारी साधनहरुको प्रयोगका लागि निर्वाचन अधिकृत बाट सिफारिस बनाएर प्रमूख जिल्ला अधिकारीबाट पास लिनुपर्ने निर्णय गरेका छन् । आसन्न निर्वाचन लक्षित गरेर कुनैपनि अप्रिय घटना नहोस भनेर जिल्ला प्रशासन र सुरक्षा निकायले विशेष सर्तकता अपनाएको बताइएको छ ।
कार्यक्रम मार्फत आम कार्यकर्तालाई चुनाव सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध समेत गर्नु भएको छ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई सफल रूपमा सम्पन्न गर्न आ–आफ्नो क्षेत्र बाट सहयोग गर्ने सहभागी सरोकारवालाहरुले प्रतिबद्धता समेत जनाएका छन । चुनाव सफल पार्न सबै जिल्लाबासीलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध समेत गरिएको छ ।
The post एकै स्थानमा जुध्ँने गरेर जुलुस आमसभा नगर्नेमा राजनीति दलहरु प्रतिवद्ध appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2tk3jWG
via IFTTT
डडेल्धुरा, असार ५ । डडेल्धुरामा विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता प्रवद्र्धन सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।
विकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपालको आयोजनामा सञ्चालित एक दिने विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता प्रर्वद्धन कार्यक्रम डडेल्धुराका क्रियाशिल संचारकर्मी तथा सराकारवालाहरुको सहभागितामा सोमबार जिल्ला सदरमुकाममा सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालय डडेल्धुराका विद्यालय निरिक्षक नारायण दत्त भट्टले डडेल्धुरा जिल्लाको विद्यालय सरसफाई तथा स्वच्छता प्रबद्र्धनको औचित्यबारे कार्यपत्र प्रस्तुत गर्नु भएकोे थियो ।
विद्यालय खानेपानी तथा सरसफाई स्वच्छतामा कमी देखिएको, खुल्ला दिशा मुक्त भएको २ वर्ष वितिसक्दा पनि अझै पुर्ण रुपमा सरसफाई युक्त बनाउन अनेकौ समस्या र चुनौती रहेको प्रस्तुत कार्यपत्रमा उल्लेख गरिएको छ ।
जिल्लाको ३ प्रतिशत विद्यालयमा अझै खानेपानीको व्यवस्था नभएको विद्यालय निरिक्षक भट्टले जानकारी दिनु भएको छ । जिल्लामा सरसफाई, स्वच्छता विषयक विभिन्न तालिम तथा गोष्ठिहरु संचालन भएको पाईएपनि त्यसको कार्यान्वयन प्रभावकारी नरहेको सरोकारवालाहरुको भनाई रहको छ ।
कतिपय विद्यालयहरुमा शौचालय तथा धाराहरु निर्माण भएपनि सरसफाई प्रति विद्यार्थीको व्यवहार परिवर्तन हुन नसकेको विकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपाल डडेल्धुराका कार्यक्रम संयोजक गणेश मगरले बताउनु भयो ।
डडेल्धुराका अधिकांश विद्यालयहरुमा शौचालय प्रयोग र व्यवस्थापनमा समस्या रहेको छ । विद्यालयहरुमा साबुन पानीले हात धुने व्यवस्था अझै हुन सकेको छैन भने ग्रामीण क्षेत्रका विद्यालयहरुमा शुद्ध पिउने पानीको समेत व्यवस्था हुन सकेको छैन ।
The post डडेल्धुरामा विद्यालय खानेपानी तथा स्वच्छतामा कमी appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2sKsIMe
via IFTTT
कृष्ण बाहादुर गुर्धामी बझाङ असार ५
बझाङ, असार ५ – बझाङ जिल्लामा रहेका १२ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ । १० वटा गाँउपालिका र २ वटा नगरपालिका गरी १२ स्थानीय तहमा उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।
१) जयपृथ्वी नगरपालिका
मेयर/उप मेयर
नेपाली कांग्रेस : चेतराज बजाल/अमृता देवि सिंह
नेकपा एमाले : विरेन्द्र बहादुर खड्का/जुना जाग्री
नेकपा माओबादी केन्द्र : नरेन्द्र खड्का/सरीता कुमारी भण्डारी
नयाँ शक्ती : हिमालय पुरी /
२) बुंगल नगरपालिका
मेयर/उपमेयर
नेपाली कांग्रेस : धन बहादुर विष्ट/मिना देवि बोहरा जाग्री
नेकपा एमाले : धन बहादुर बोहरा/धन देवि कुवर
नेकपा माओबादी केन्द्र : हरी कुवर/ शारदा कुमारी सिंह
रा.प्र.पा. : (उपमेयर) विक्रम सिंह ओखेडा
३) काँडा गाँउपालिका
अध्यक्ष/उपाध्यक्ष
नेपाली कांग्रेस : राजेन्द्र धामी, कल्पना बोहरा
नेकपा एमाले : मान बहादुर बोहरा, डोल्मा तामाङ
नेकपा माओबादी केन्द्र : शेर बहादुर बोहरा, लक्ष्मि बुढा
४) तलकोट गाँउपालिका
अध्यक्ष/उपाध्यक्ष
नेपाली कांग्रेस : राजेन्द्र बहादुर सिंह, जय कुमारी ऐरी
नेकपा एमाले : लाल बहादुर विष्ट, धन लक्ष्मि खत्रि
नेकपा माओबादी केन्दः धन बहादुर धमेना, सुर्जा विष्ट
५) मष्टा गाँउपालिका
अध्यक्ष/उपाध्यक्ष
नेपाली कांग्रेस : ज्ञान बहादुर बोहरा, देबी सेटी
नेकपा एमाले : कर्ण बहादुर कठायत, भगवती बोहरा
नेकपा माओबादी केन्द : शिब बोहरा, थमकला धामी
रा.प्र.पा. : हिरेन्द्र नेपाली
६) खप्तड छान्ना गाँउपालिका
अध्यक्ष/उपाध्यक्ष
नेपाली कांग्रेस : बर्क रोकाया, धिरा कुमारी रोकाया खत्रि
नेकपा एमाले : मिश्र बहादुर रोकाया, पाउसरा थापा
नेकपा माओबादी केन्द ः टोप बहादुर खड्का, जयन्ती कुमारी जोशी
स्वतन्त्र : शेर बहादुर सिंह (बैद्य माओबादी)
७) सुर्मा गाँउपालिका
अध्यक्ष/उपाध्यक्ष
नेपाली कांग्रेस : नर बहादुर बोहरा, सुनिता पुजारा
नेकपा एमाले : शेर बहादुर बोहरा, माता देवि बोहरा
नेकपा माओबादी केन्द ः सुरेन्द्र बोहरा, चक्र विक
रा.प्र.पा. : फकीर बोहरा
८) छविस पाथीभेरा गाँउपालिका
अध्यक्ष/उपाध्यक्ष
नेपाली कांग्रेस : झलक कठायत, कलासा देवि सिंह
नेकपा एमाले : अक्कल धामी, राधीका रताला
नेकपा माओबादी केन्द ः लोकेन्द्र सिंह धामी, महेश्वरी ओझा
रा.प्र.पा : देब हादुर सिंह
९) दुर्गाथली गाँउपालिका
अध्यक्ष/उपाध्यक्ष
नेपाली कांग्रेस : जनक बहादुर दौल्याल, शान्ति कुमारी महत
नेकपा एमाले : प्रयागराज जोशी, पार्वती देवि जपे्रल
नेकपा माओबादी केन्द ः दिल बहादुर थापा, शारदा कुमारी विक
उपाध्यक्ष
रा.प्र.पा. : महेश बहादुर सिंह
नयाँ शक्ती : दिनेश विष्ट
१०) केदार स्युँ गाँउपालिका
अध्यक्ष/उपाध्यक्ष
नेपाली कांग्रेस : रमेश भण्डारी, मनिशा धामी
नेकपा एमाले : ईन्द्र भण्डारी, निशा धामी
नेकपा माओबादी केन्द ः प्रेम बहादुर बोहरा, ललीता कुमारी साउद
संघिय समाजबादी फोरम : पिरु गिरी
स्वतन्त्र : रविन्द्र कुमार मल्ल (बैद्य माओबादी)
११) विथ्थड चीर गाँउपालिका
अध्यक्ष/उपाध्यक्ष
नेपाली कांग्रेस : धन बहादुर खड्का, कमला जोशी
नेकपा एमाले : प्रेम बोहरा, जानकी बोहरा
नेकपा माओबादी केन्द ः रमेश अधिकारी, मिना कुमारी बोहरा
नयाँ शक्ती ः धन बहादुर विष्ट
स्वतन्त्र ः गंगीलाल बोहरा ( नेपाली कांग्रेस)
१२) थलारा गाउँपालिका
अध्यक्ष/उपाध्यक्ष
नेपाली कांग्रेस : राम बहादुर खाती, पिंकी धामी
नेकपा एमाले : भुवनेश्वर उपाध्याय, गंगु देवि खडायत
नेकपा माओबादी केन्द ः शेर बहादुर सावद, दुर्गा देवि खड्का
राष्टिय जनमोर्चा : कल्पना भण्डारी
नयाँ शक्ती : कलशा रोकाया
The post बझाङका कुन तहमा को को उम्मेदवार ? appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2tk9Pwr
via IFTTT
दुनिया पत्नीको मजाक उडाउँछन् श्रीमती शिर्षकमा लेखिएका कैयौं घटिया SMS हरू ग्रूपहरूमा पठाउने गर्दछन् । वहाँहरू सबैलाई….! एउटी पत्नीको सरल प्रश्न आफ्नो पतिलाई…… देह मेरो हल्दी तिम्रो नामको हत्केला मेरो मेहेंदी तिम्रो नामको शिर मेरो चूनरी तिम्रो नामको सिउँदो मेरो सिन्दूर तिम्रो नामको निधार मेरो टिका तिम्रो नामको नाक मेरो नत्थी तिम्रो नामको गला मेरो मंगलसुत्र तिम्रो नामको नाडी मेरो चूराहरू तिम्रो नामको पाऊ मेरो पाउजू तिम्रो नामको औंलाहरू मेरो औंठी तिम्रो नामको
ठूला मानिसलाई ढोगौं म, “सौभाग्यवती भएस” आसिश तिम्रो नामको तिज ब्रत र अरू सबै ब्रतहरू तिम्रै नामको यति सम्म कि कोख मेरो, दूध मेरो, खून मेरो अनि बच्चा ???? बच्चा तिम्रो नामको……
घरको ढोकामा लगाईएको “नेम प्लेट” तिम्रो नामको यति सम्म त ठिकै थियो…. मेरो आफ्नो नामको सम्मुख लेखिएको गोत्र पनि मेरो होइन तिम्रै नामको….! सबथोक त तिम्रै नामको….. आखिर तिमीसँग के छ मेरो नामको …????? एउटी केटी बिहे गरेर घर गई हिजोकी केटी अब आज बुहारी भई हिजो मोजमस्ती गरिरहेकी केटी अब पराईघरको सेवामा लागि…. हिजोसम्म टिसर्ट र जिन्स लगाउने केटी अब सारी लगाउन जान्ने भई निलनदी झैं बगिरहेकी केटी अब पराई घरको नीर मात्र भई दिन दिनै रमाइलोमा खर्च गर्ने बानी अब सागसब्जी बजारमा भाउ कस्न जान्ने भई हिजोसम्म “full speed” स्कूटी चलाउने केटी अब बाइकमा पछाडी बस्न सिकी… हिजोसम्म तीन पटक पूरा खाना खाने केटी अाज पराई घरमा तीन पटक खाना बनाउन थाली….
हमेशा जिद्दी गर्ने केटी अब लोग्नेको इच्छा सोध्ने बानी सिकी…. हिजोसम्म आमालाई काम लगाउने केटी आज सासुको काम गर्न थाली… हिजोसम्म भाइ-बहिनीसँग झगडा गर्ने केटी आज नन्द र देवरलाई सम्मान गर्न सिकी… पापाको आँखाकी नानी अब ससूराको गिलासको पानी बनी…. यो सबै त्याग र समर्पण मात्र केटीहरू गर्न सक्छन्…. सो प्लिज respect them
यो लेख कपि गरिएको हो । सामाजिक संजाल फेसबुकमा भेटिएको यो लेखको लेखकको नाम भेटिएन । जसले लेख्नु भएको हो उहाँलाइ सलाम छ हाम्रो ।
The post सयौ बर्त तिर्थ अनि नमरुन्जेल श्रीमानको हात थामेर बस्छन महिला तर पुरुषको लागि किन अभिसाप हुन्छन ? appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2rMPQ7G
via IFTTT
सुम्निमा पाण्डे। काठमाडौँ हो रूपाको घर । बुबाआमा दुई दिदीबहिनी र एउटा भाइ सहित पाँच जनाको परिवार । रूपाको बुबा कुनै व्यवसायमा संलग्न थिए भने आमा घरमै सीमित भएर परिवारको हेरचाह गर्दथिन् ।तीन जना छोराछोरी राम्रो स्कूलमा पढिरहेका थिए । सुखद नै वितिरहेको थियो जीवन । तर, दशा घण्टी बजाएर आउँदैन भनेझैँ रूपाको घरमा पनि विपत्ति पस्यो । उनको बुबाको राम्रो चलिरहेको व्यापारमा ठूलो घाटा लाग्यो घर जग्गा सबै बिक्री भयो ।
सम्पन्न परिवारमा गनिएको त्यो परिवार केही दिन भित्रै न्यूरोडको आफ्नो घरबाट सामाखुसी डेरामा आइ पुग्यो । व्यापार घाटाको चोटले हो या बूढो हुँदै गएको शरीरले हो, रूपाको बुबा बिरामी हुन थाल्नुभयो । अब त्यो परिवारलाई दुई छाक खान पनि समस्या हुन थालेको थियो ।
बुबा बिरामी भएकोले रूपाकी चौध वर्षकी दिदीको विवाह गर्ने निधो भयो । केटाको खोजी शुरु भयो । रूपाको बुबालाई साथीहरूले सहयोग गरे केटा खोज्न । बुबाका साथीको साथीका छोरासित विवाह पक्का भयो । बिग्रिएको आर्थिक अवस्थाले गर्दा भद्रकाली मन्दिरमा फुलमाला मात्र गरेर विवाह सम्पन्न भयो । समोसा र चियाको भोज खुवाएर रूपाहरूले दिदीलाई बिदा गरे ।
अब आमा बुबाका लागि घरमा रूपा र भाइको मात्र बोझ थियो । नोकर चाकर राखेर बसेकी रूपाकी आमा पेट पाल्नकै लागि दिउँसो छिमेकीको गार्मेन्टमा गएर काम गर्न थालेकोे रूपाले पनि देखिरहेकी थिई । रूपाको बुबा बिस्तारै बिस्तराबाटै उठ्न नसक्नेगरी थलिनु भएको थियो । बाथरूमसम्म पनि बडो मुस्किलले जान सक्ने । आमा र भाइ घरमा हुँदा बुबा उनीहरूको भरमा बाथरूम जाने गर्नु हुन्थ्यो ।कोही नहुँदा भित्ता समाउँदै गएको रूपाले देखेकी थिई । बुबालाई के भएको उसलाई थाहा थिएन । बुझ्ने उमेर भएको थिएन उसकोे । तर बेलाबेलामा आमा र बुबा अस्पताल जाने गर्नुहुन्थ्यो ।
रूपाको पढाइ पनि बीचैमा रोकियो । भाइ मात्रै स्कूल जाने भयो । रूपालाई पढाइ रोकिएकोमा कुनै पीर थिएन । किनकि ऊ पढाइको उपलब्धि थाहा पाउने उमेरमा नै पुगेकीे थिइन । रूपालाई अब आवारा केटाकेटीसित दिनभर खेल्न थालेकी थिइ । उसलाई स्कूल जानुभन्दा यसैमा रमाइलो लाग्न थालेको थियो । ऊ बिस्तारै आवारा केटाकेटीसित पूरै काठमाडौँ घुम्ने फुच्ची भइसकेकी थिई । आमासित उसलाई रोक्ने समय थिएन भने बाबु बिचरा ओछ्यान परेका मानिस, छोरी कहाँ गई, के थाहा ! सानै उमेरमा रूपाकी दिदीको विवाह गरिदिएका भए तापनि रूपाको आमाबुबालाई उसबाट शान्ति भने हुन सकेन ।
भिनाजुले कुटेको नीलडाम देखाउँदै दिदी आमासित रुन आइरहन्थी । किन कुट्थे त्यसरी, रूपालाई थाहा भएन । दिदी विहे गरेको वर्ष नहुँदै सधैँका लागि फर्किई माइतीघरमा । ऊ पनि अब आमाले काम गर्ने कारखानामा काम गर्न जान थालेकी थिई । रूपाको बुबा बित्नुभयो । बेलाबेलामा आमा पनि रोएको देख्न थालेकी थिई रूपाले । ऊ घरका बारेमा केही बुझ्ने भैसकेकी थिई । उसलाई पनि केही काम गरेर आमाको दुःख कम गर्न पाए हुने थियो भन्ने लाग्न थाल्यो ।
उसका दायाँबायाँ साथीहरू त थुप्रै थिए तर सबै आवारा। उसले भन्ने कसलाई ? त्यसैले तिनै आवारा साथीहरूसित सल्लाहगरी । पढेको छैन, के काम गर्ने र ? सबै जना ठूलै विचार विमर्शमा बसे। त्यो बेला रूपालाई पढ्न नपाएकोमा दु:ख लागेर आयो ।आवारा साथीहरूमध्ये उमेश अलि ठूलो थियो । सबै उसले भनेको कुरा मान्दथे । सबैले उमेशको अगाडि रूपाको समस्या राखे । उमेशले केहीबेर सोच्यो र रूपातिर नियालेर हे¥यो । धेरैबेर हेरिसकेपछि निकै बुज्रुक बन्दै भन्यो-“म तिमीलाई काम त दिलाउन सक्छु । तर तिमीले पनि मलाई केही दिनुपर्दछ ।” रूपाले केही नसोची हुन्छ भनी । उसले काम पाउने भएकाले सबै साथीहरू खुसी भए ।उमेशले रूपालाई भृकुटीमण्डपको एउटा पसलमा काम दिलाइदियो । रूपाको काम थियो-बेच्न फिँजाएर राखिएका जुत्ताको रखवाली गर्ने । काम पक्का भयो । उमेशले उसकोे काम गरिदियो । अब पालो रूपाको थियो । त्यो रात रूपा घर जान पाइन । बुढानीलकण्ठको एउटा पाटीमा उमेशले रूपालाई लिएर गयो ।
बालक रूपा उसलाई के थाहा-उमेशले उससित के खोजेको हो भन्ने । उमेशले हामी आज यहीँ सुत्ने भन्यो । ऊ मुसुक्क मुस्कुराई । उसलाई लाग्यो– उमेश पागल रहेछ । मलाई काम लगाइदिए बापत एक रात मसित सुत्ने मात्र भन्यो ।त्यसका लागि पाटीमै किन आउनुपर्दथ्यो ? घरमै गएर सुतेका भए पनि भइहाल्दथ्यो । उसकोे त महिनावारी पनि शुरु भएको थिएन । उसलाई काम गराइदिए बापत उमेशले उसकोे शरीर पायो त्यो रात ।पहिलोपल्टको सम्भोगमा ऊ दुखेर चिच्याएकी थिई । तर उमेशले उसकोे मुख थुनिदियो । त्यो रातभरि उमेशले रूपालाई सुत्न दिएन । घरी कहाँ-कहाँ हात पु¥याउने त, घरी केके गर्ने ।
रूपालाई सहनै नसक्नेगरी दुखेको थियो । उसले नाइँ पनि भन्न सकिन । जागिरको सवाल थियो । बिहानीपख मात्र थाकेर उमेश निदायो । रूपा पनि निदाई । बिहान मानिसको आवाजले रूपा निद्राबाट ब्यूँझिई । उसकोे शरीर उठाउन सक्ने अवस्थामा थिएन ।उमेश त्यहाँ कतै थिएन । ऊ त उठेर हिँडिसकेछ । अब भो फसाद, रूपासित घर पुग्न बस चढ्ने पैसा
नोट – यो साहित्यिक शब्दावली अनलाईन बाट साभारगरेको हो कसैको जीवनमा मेल खान गएमा एक कथाहो भनि सम्झीनु होला !
The post जागिर लगाईदिए बाफद नुनको सोझो गर्दा त्यो रात अधेरीको पानामा शरिर सुम्पीनु प-यो बिडम्बना जवानी जोसमा होस गुमाउन पुगे मै पनी ! appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2sK69qQ
via IFTTT