Loading...
Loading...
माओवादीले कारबाही गरेका खनालले जिते भारतपुर महानगरमा वडाध्यक्ष
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१० जेठ, काठमाडाैं । भरतपुर महानगरको मेयर बन्नका लागि एमालेका देवी ज्ञवाली र माओवादीकी उम्मेदवार रेणु दाहालबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । मत परिणाम आउन केही दिन लाग्नेछ । तर, वडाहरुको परिणाम भने आइरहेको छ ।

भरतपुरको वडा नम्बर २६ को वडाध्यक्षमा ज्ञानप्रसाद खनाल विजयी भएका छन् । खनाल तिनै हुन्, जसलाई एमालेसँग तालेमल गरेको भन्दै माओवादीले कारबाही गरेको थियो ।

मेयरमा कांग्रेस र माओवादीबीच तालमेल हुनु अघि नै वडा नम्बर २६ मा तालमेल भएको थियो । एमालेले वडाध्यक्षमा समर्थन गर्ने र बाँकी चार सदस्य माओवादीले छाड्ने समझदारी भयो । तर, मेयरमा कांग्रेस र माओवादीबीच तालमेल भएपछि वडाध्यक्षका उम्मेदवार खनाल नै कारबाहीमा परे ।

एमालेसँग तालमेल गरेको भन्दै माओवादी जिल्ला नेतृत्वले वडाध्यक्षका उम्मेदवार ज्ञानप्रसाद खनाललाई पार्टीबाट निस्कासन मात्र गरेन, वडाध्यक्षमा कांग्रेसका उम्मेदवारलाई समर्थन जनायो । तर, माओवादीबाट कारबाही झेलेका खनाल वडाध्यक्षमा बिजयी भए । खनाल १६५८ मत ल्याएर बिजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले १४६० मत प्राप्त गरे । – अनलाइनखबर

The post माओवादीले कारबाही गरेका खनालले जिते भारतपुर महानगरमा वडाध्यक्ष appeared first on E ALL NEPAL.



from E ALL NEPAL http://bit.ly/2rSgSLA
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.