भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
काठमाडौं, जेठ १० । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले दक्षिण मिन्डानाओ प्रान्तमा सैन्य शासन लागू गरेका छन् । मिन्डानाओमा सेना र विद्रोहीबीच संघर्ष चलिरहे पछि राष्ट्रपतिले सैन्य शासन लागू गरेका हुन् । पछिल्लो संघर्षमा सुरक्षा बलका तीन सदस्यको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
सैन्य शासन २ महिनासम्म लागू हुने छ । सैन्य शासन लागू भएपछि कुनै पनि आरोप विनै सेनाले कसैलाई पनि लामो समयसम्म हिरासतमा राख्न पाउने छ ।
मिन्डनाओमा मुस्लिम विद्रोही संगठनले स्वायत्तताको माग गर्दै आन्दोलन गरिरहेको छ । सेनाले भने केही विद्रोही समूहले चरमपन्थी संगठन इस्लामिक स्टेटको सहयोग लिएको दाबी गरेको छ ।
विद्रोहीलाई पक्राउ गर्ने क्रममा सेनासँग पटकपटक झडप हुने गरेको छ । सेनाले अहिले त्यहाँका विद्रोहीलाई नियन्त्रणमा लिने प्रयास जारी राखेको छ ।
फिलिपिन्सका रक्षा मन्त्री डेल्फिन लोरेञ्जले पछिल्लो समयमा विद्रोहीले एक अस्पताल र एक कारागारलाई कब्जामा लिएको र एउटा चर्चमा समेत आगोलगाएपछि सैन्य शासन लागू गर्नुपरेको जिकिर गरेका छन् । फिलिपिन्सको संविधानअनुसार हमला वा विद्रोहको स्थिति आएमा राष्ट्रपतिले ६० दिनसम्म सैन्य शासन लागू गर्न सक्ने प्रावधान छ ।
तर त्यहाँको संसद्लाई सैन्य शासन लागू गरेको आदेश ४८ घण्टाभित्रै रद्द गर्ने अधिकार छ भने सर्वोच्च अदालतलाई यसको वैधता जाँच गर्ने अधिकार छ । – एजेन्सी
The post फिलिपिन्सको दक्षिणी मिन्डानाओ प्रान्तमा सैन्य शासन लागू appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2rOB5Ta
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
