भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं,१६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नयाँ उर्जा र उत्साहका साथ भाग लिन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
पार्टीको २८ औं स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालय चाबहीलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले एउटा निर्वाचनमा पराजय हुँदैमा पार्टीको सिद्धान्त र कार्यक्रम समाप्त भयो भन्ने भ्रममा नपरी जोस र जाँगरका साथ दोस्रो चरणको निर्वाचनमा लाग्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।
राप्रपा बुलेट होइन ब्यालेटमा विश्वास राख्ने जिम्मेवार राजनैतिक शक्ती भएकोले नीति, सिद्धान्तप्रती प्रतिबद्ध रहँदै जनताको मन जित्ने काममा निरन्तर लाग्ने उहाँले स्पष्ट पार्नुभयो । पार्टी स्थापनाकालदेखि हालसम्मको अवस्था मूल्याङकन गर्दै अध्यक्ष थापाले भन्नुभयो– ‘हामी कति पटक लड्यौं, कति पटक हा¥यौं, त्यो भन्दा पनि कतिपटक उठेर हिँड्यौं भन्ने महत्वपूर्ण कुरा भएकोले लक्षमा पुग्न राप्रपा उच्च मनोवलका साथ दृढतापूर्वक अघि बढीरहन्छ ।’
मुलुकलाई निकास दिने शक्ति राप्रपा मात्रै भएकोले समृद्ध नेपाल निर्माण गर्ने अभिभारा बोकेको राप्रपाको एजेण्डालाई घरदैलोमा पु¥याउनु आजको आवश्यकता रहेको अध्यक्ष थापाले बताउनुभयो । मधेसकेन्द्रित दलहरु निर्वाचनमा आउने भए दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति केही दिन पर सार्दा आफूहरुलाई आपत्ति नहुने समेत उहाँले बताउनुभयो ।
सो अवसरमा पार्टीका पूर्व अध्यक्ष एवं वरिष्ठ नेता पशुपतिशमशेर राणाले पहिलो चरणको स्थानीय तहको निर्वाचनबाट सचेत हुँदै दोस्रो चरणको निर्वाचनमा सशक्त ढंगले अघि बढ्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले अनपेक्षित परिणाम ल्याएपनि त्यसबाट निरुत्साही हुने अवस्था भने नरहेको प्रष्ट पार्नुभयो ।
सो कार्यक्रममा पार्टीका सहायक महामन्त्री नीलकण्ठ काफ्लेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
The post उच्च मनोवलका साथ दोस्रो चरणको निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2qtCjWP via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

