Loading...
Loading...
भीमदत्त नगरपालिकाको कार्यकक्ष व्यवस्थापनमा चुनौती
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

कञ्चनपुर, जेठ १० । कञ्चनपुरको भीमदत्त नगरपालिकाको लेखा शाखा रहेको कोठा खाली गरेर रंगरोगन तथा व्यवस्थापनको काम भइरहेको छ । कोठामा एसी जडान गर्नेदेखि कुर्सी, टेबुल मिलाउने कामसमेत हुँदैछ । प्रशासकीय अधिकृत बस्ने कोठामा पनि केही दिनयता मर्मत सम्भारको काम चलिरहेको छ ।

दोस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा चुनिने मेयर र उमपेयका लागि दुवै कोठा व्यवस्थित गरिन लागेका हुन् । पहिलो चरणको निर्वाचनअघिदेखि नै निर्माण र मर्मत सम्भारको काम सुरु भए पनि यस क्षेत्रको निर्वाचन सरेपछि काममा सुस्तता आएको हो तर अहिले यसले तीव्रता पाएको नगरपालिकाले जनाएको छ ।

‘अबको एक/डेढ सातामा मेयर र उपमेयरका कोठाको व्यवस्थापन भइसक्छ,’ भीमदत्त नगरपालिकाका कार्यकारी अधिकृत रमेश गौतमले भने । उनले नगरपालिका प्रमुख र उपप्रमुख दुवैजना स्थानीय नै हुने भएकाले निवास आवश्यक नपर्ने अनुमानका साथ अहिले कार्यालयकै व्यवस्थापनमा जुटेको बताए । ‘निवास आवश्यक परेमा त्यसको पनि व्यवस्थापन गरिनेछ’, उनले भने ।

जिल्लाकै पुरानो नगरपालिका र आफ्नै सुविधा सम्पन्न भवन हुँदा भीमदत्तलाई जनप्रतिनिधको कार्यकक्ष व्यवस्थापनमा खासै समस्या छैन । तर, नयाँ स्थापना भएका नगरपालिकामा भने जनप्रतिनिधिको कार्यकक्ष व्यवस्थापनदेखि बैठक बस्नसमेत समस्या देखिन्छ । जिल्लाका अधिकांश नगरपालिका कार्यालयहरू भाडाको घरमा सञ्चालन भइरहेकाले कर्मचारीहकै लागि पनि पर्याप्त ठाउँ छैन । ‘मेयर र उपमेयरका लागि भाडाकै घरमा कोठा व्यवस्थापन गरिरहेका छौं’, महाकाली नगरपालिकाका कार्यकारी अधिकृत महेश बमले भने, ‘सपथ ग्रहण पनि मेयर र उपमेयरको नगरपालिका कार्यालय र वडाध्यक्ष तथा सदस्यको सम्बन्धित वडा कार्यालयमै गरिनेछ ।’

महाकालीका दुई गाविस दोधारा र चाँदनीलाई गाभेर एक वर्षअघि दोधाराचाँदनी नगरपालिका घोषणा गरिएको थियो । राज्य पुन:संरचनापछि महाकाली नगरपालिका नामकरण गरिएको हो । नगरपालिका घोषणापछि ८ कोठे भवन भाडामा लिएर कार्यालय सञ्चालनमा छ । अहिले त्यसैमध्ये २ कोठामा मेयर र उमपेयरको कार्यकक्ष बनाउने काम भइरहेको कार्यकारी अधिकृत बमले बताए ।

शुक्लाफाँटा र वेदकोट नगरपालिका कार्यालय पनि भाडाकै घरमा सञ्चालित छन् । अहिले भएको जनशक्तिका लागिसमेत पर्याप्त ठाउँ नभएका बेला राज्य पुन:संरचनापछि निर्धारण गरिएको दरबन्दी तथा निर्वाचनपछि आउने जनप्रतिनिधिको कार्यकक्ष व्यवस्थापन अधिकांश स्थानीय तहमा मुख्य समस्या देखिएको छ । – ईकान्तिपुर

The post भीमदत्त नगरपालिकाको कार्यकक्ष व्यवस्थापनमा चुनौती appeared first on E ALL NEPAL.



from E ALL NEPAL http://bit.ly/2ryDDHS
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.