भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
चितवन, जेठ १० । भरतपुरको महानगरपालिकामा कस्को कति मत आयो ? मतअन्तर कति भयो ? अब गणना हुन बाँकी वडामा कस्को कति मत आउला ? सम्भावना के छ ? को विजयी होलान् ? यस्तै जिज्ञासा बढ्न थालेको छ । जति पछि भयो त्यती मतगणना उत्सुक्ताको बिषय बन्दै गएको छ ।
भरतपुर महानगरका बिषयमा देशैभरिको चासो बढेको छ । भरतपुरको वडा नम्वर २६ सम्मको मत गणना सकिदासम्म पछिल्लो मत परिणाम अनुसार भरतपुरमा एमालेका ज्ञवालीले २७ हजार नौ सय ५५ मत प्राप्त गरेका छन् । माओवादीकी रेणु दाहालले २५ हजार दुई सय ३७ मत प्राप्त गर्नुभएको छ । भरतपुरको उपमेयर पदमा नेपाली कांग्रेसकी पार्वती शाहले २८ हजार ६ सय ६ र एमालेकी दिव्या शर्मा आचार्यले २५ हजार एकसय ९३ मत प्राप्त गर्नुभएको छ ।
अहिलेसम्म नेकपा एमालेका उम्मेद्वार देवी ज्ञवालीले आफ्नो अग्रता कायम राख्नुभएको छ । अहिलेसम्म १७ वटा वडाको मत गणना सकिएको छ । ज्ञावाली तीन हजार मत अन्तरले अगाडी हुनुहुन्छ । अब गन्न बाँकी १३ वटा वडा छ । एमालेको गण मानिएका वडाहरुबाट ज्ञवालीलाई अपेक्षाकृत मत नआए पनि उहाँले अतिरिक्त मत पनि पाइ नै रहनुभएको छ ।
पछिल्ला वडामा भएका मत गणनामा माओवादी केन्द्र र नेपाली कांग्रेसकी साझा उम्मेद्वार रेणु दाहालले मतान्तर घटाउँदै लानुभएको छ । १५ वटा वडाको गाणना हुने समयसम्म देवी ज्ञावालीले झण्डै चार हजारको अग्रता निकाल्नुभएको थियो । अब गणना हुने वडा कांग्रेस र माओवादीको गणको रुपमा रहेकाले त्यहाँ एमालेले मतान्तर जोगाउन सकेमात्र उसलाई सहज हुने छ ।
एमालेको प्रभाव राम्रो रहेको वडा नम्बर १५ मा ५ हजार ६ सय ४९ मत खसेको छ । वडा नम्बर १६, १७, १८, १९ र २० मा कांग्रेसको प्रभाव छ । यहाँको मतले रेणुले देवीसँगको मतान्तरलाई घटाई अग्रता लिनसक्ने अनुमान गरिएको छ । १६ मा ५ हजार ४ सय ४२, १७ मा ३ हजार १८, १८ मा ३ हजार ५ सय ८८, १९ मा २ हजार ८ सय ४८ र २० नम्बर वडामा ३ हजार २ सय ४६ को हाराहारीमा मत खसेको छ । यो कूल मतदाताको आधारमा ७५ प्रतिशत मत हो ।
४ हजार ५ सय ८७ कूल मतदाता रहेको वडा नम्बर २१ मा एमाले र कांग्रेसको उस्तै प्रभाव रहेकाले यहाँ तीव्र प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ । २१ मा झण्डै ३ हजार ४ सय ४० मत खसेको छ । २२ मा माओवादीको राम्रो पकड छ । झण्डै २ हजार ६ सय ९१ मत खसेको भनिएको सो वडामा रेणुले राम्रो मत ल्याउने अनुमान गरिएको छ । वडा नम्बर २३ र २४ मा एमालेको प्रभाव बढी रहेको मानिन्छ । २३ मा २ हजार ९ सय १६ र २४ मा १ हजार ६ सय ९० मत खसेको छ । ३ हजार ९ सय ९६ मत खसेको वडा नम्बर २५ मा माओवादीको प्रभाव राम्रै रहेको मानिन्छ ।
भरतपुर महानगरमा सार्वजनिक भएको नतिजा अनुसार पाँचवटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने दशवटा वडामा एमाले विजयी बनेको छ । २९ वडा भएको भरतपुरमा प्रमुख उपप्रमुखसहित २९ जना वडाध्यक्ष चुनिनेछन् । यसैगरी भरतपुरमा २९ महिला सदस्य २९ दलित महिला सदस्य र ५८ खुल्ला सदस्य निर्वाचित हुनेछन् ।
महानगरमा माओवादी केन्द्र र कांग्रेसबीच चुनावी तालमेल भएपछि महानगर कसले हाँक्ला भन्ने विषयमा अझै कौतुहल नै छ । कांग्रेस र माओवादी केन्द्रबीच भरतपुर महानगरमा मेयर र उपमेयरकाबीच मात्रै तालमेल भएको हो । वडाहरुमा दुबै पार्टीका फरक फरक उम्मेदवार थिए । गठबन्धनकै हिसाब अनुसार अहिलेसम्म मेयरमा रेणु दाहालले पनि कांग्रेसकी उपमेयरकी उम्मेदवार पार्वती शाहकै हाराहारीमा मत पाउनुपर्ने अनुमान गरिएको थियो । तर दाहालले शाहले जसरी नै मत पाउनुभएको छैन ।
चितवनका सात स्थानीय तहमध्ये छवटाको नतिजा सार्वजनिक भएको छ । ईच्छाकामना गाउँपालिकासहित माडी, राप्ती, रत्ननगर, कालिका र खैरहनीको मतगणना सम्पन्न भई नतिजा आईसकेको छ । घोषित नतिजा अनुसार राप्ती, खैरहनी, रत्ननगर र कालिकाको मेयर उपमेयर पदमा एमाले निर्वाचित भएको छ । माडीको उपमेयरमा एमालेले विजय हासिल गरेको हो ।
ईच्छाकामना गाउँपालिकामा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका प्रमुख उपप्रमुख विजयी भएका हुन् । माओवादीले माडी नगरपालिकाको प्रमुखमा विजय हात पारेको छ । राप्रपाले भने हालसम्म एक खुल्ला सदस्यमा मात्रै विजय हासिल गरेको छ । माडी नगरपालिकाको वडा नं. १ बाट मात्रै राप्रपाका अमितकुमार लामा सदस्यमा निर्वाचित भएका हुन् ।
अहिले भरतपुर वडा नं. १४ को गणना भईरहेको छ । महानगरमा जम्मा १५०२७४ मतदाता छन् । यसमध्ये खसेको मत ११३०४१ रहेको छ । चितवनका गाउँपालिका, नगरपालिका र महानगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यका विभिन्न ५०४ पदका लागि चितवनमा निर्वाचन भएको हो । – उज्यालो अनलाइन
The post भरतपुरमा गणना बाँकी १३ वडाको यस्तो छ अवस्था, घट्दै छ मतान्तर appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2qUsa2l
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
