भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
काठमाण्डौ जेठ १० – मानिसले धेरै तनाव लिनु अन्य धेरै रोगको प्रमुख कारण हुन सक्छ । उच्च रक्तचाप, मधुमेह, हृदयाघात हुनुपछाडि मानसिक तनावको महत्वपूर्ण भूमिका रहेको हुन्छ । मानसिक तनावबाट मुक्त हुन सकेको खण्डमा यस्ता रोग नियन्त्रणमा राख्न सजिलो हुन्छ । स्वस्थ जीवनशैली भनेको मानसिक तनावमुक्त जीवनशैली हो । मानसिक तनावबाट मुक्ति पाउन व्यवस्थित जीवनशैली एक महत्वपूर्ण पक्ष हो । अलिअलि चिन्ता मानिसका लागि आवश्यक पनि हुन्छ । यसले केही मात्रामा प्रतिस्पर्धाको भावना जगाएर उत्साह पैदा गराउँछ । चिन्ता नै भएन भने आजको विकासको युगमा पछाडि परिन सक्छ । तर, चिन्ता बढी हुनेबित्तिकै यसले नकारात्मक असर पार्छ । चिन्ता लिनुहुँदैन भनेर पुग्दैन । चिन्ता यस्तो चिज हो जुन नचाहँदानचाहँदै पनि आउँछ । मानिसले चिन्तालाई कसरी ग्रहण गर्ने, कसरी सुल्झाउने र कसरी व्यवस्थित गर्ने भन्ने विषयमा भने जानकारी राख्नुपर्छ । यसलाई मानसिक तनाव व्यवस्थापन पनि भनिन्छ ।
मानसिक तनाव व्यवस्थापन गर्न सर्वप्रथम तनावको कारण थाहा पाउनु जरुरी हुन्छ । तनावको कारण थाहा पाएपछि तनाव हटाउन सकिन्छ कि सकिँदैन भन्ने सोच्नुपर्छ । मानसिक तनाव उत्पन्न गराउने कतिपय कारणलाई सुल्झाउन सकिन्छ भने कतिपय कारणलाई परिवर्तन गराउन सकिँदैन । यस्ता केही परिवर्तन गर्न नसकिने कारणलाई सहज रूपमा ग्रहण गर्नुपर्छ र यसप्रति शान्त तवरले प्रतिक्रिया व्यक्त गर्न सक्नुपर्छ ।
काम र समयलाई व्यवस्थित गरेर सञ्चालन गर्न सकियो भने तनाव कम हुन सक्छ ।
महत्वपूर्ण असरहरूलाई एकसाथ नजुधाउने । जीवनमा आउने महत्वपूर्ण अवसरहरू विवाह, घर बनाउने, जागिर परिवर्तन गर्ने, व्यवसाय सुरु गर्नेजस्ता काम उस्तै समयमा गर्नु हुँदैन ।
आफूले गर्ने कार्य छनोट, आफ्नो रुचि र क्षमताका आधारमा कामको छनोट गर्नुपर्छ । असम्भवजस्तो लाग्ने कार्यप्रति आशावादी हुनु हुँदैन ।
सबै जानकारी संकलन नगरी निर्णय लिइहाल्नु हुँदैन । अन्धाधुन्ध जानकारी लिएर कुनै निर्णय लिँदा पश्चाताप गर्नुपर्ने हुन्छ ।
आफूले आफूलाई मन पराउन सिक्नुपर्छ । आफ्नो बाहिरी रूप, शरीरको उचाइ, अनुहारको बनोट, मुखको डन्डिफोरजस्ता सामान्य विषयमा चिन्तित हुनु हुँदैन । आफूलाई यथास्थितिमा मन पराउनुपर्छ ।
सकारात्मक सोचाइ राख्ने, आफ्नो दुःख अरूलाई पनि बाँड्ने गर्नुपर्छ ।
सुखी परिवारको निर्माण गर्ने, साथीहरू धेरै बनाउँदा पनि तनाव कम गर्न सकिन्छ ।
–नयापत्रिका
The post तनाव लाई व्यवस्थापन यसरी गर्ने appeared first on E ALL NEPAL.
from स्वास्थ्य – E ALL NEPAL http://bit.ly/2rfzQiT
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
