१८ जेठ, एजेन्सी ।
अभिनेत्री दीपिका पादुकोण र प्रियंका चोपडा बलिउडमा मात्रै होइन, अब हलिउड पनि आफ्नो अभिनय यात्रा थालेका छन् । ‘म्याक्सिम इन्डिया’ नामक पत्रिकामा दीपिका र प्रियंकाको नाम ‘बर्षका कामुक महिला’को सूचिमा सहभागी छ ।
म्याक्सिमको १०० सबैभन्दा कामुक महिलाको सूचिमा दीपिकाले बाजी मारेकी छिन् । यस सूचिमा प्रियंकालाई पछि पारेर अघि बढेकी छिन् । यी दुवै अभिनेत्रीले हलिउडमा डेब्यु गरेर आफ्नो पहिचानलाई थप फराकिलो बनाएका छन् ।
प्रियंका चोपडाले हलिउड टेलिभिजन सो ‘क्वांटिको’बाट डेब्यु गरिन् र निकै चर्चा पनि बटुलिन् । त्यस्तै, दीपिका पादुकोणले ‘एक्सएक्सएक्सः द रिर्टन अफ जेन्टर केज’बाट निकै सराहना बटुलेकी थिइन् । हालै, प्रियंका चोपडा आफ्नो अर्को हलिउड फिल्म ‘बेवाच’को रिलिजको तयारीमा छिन् ।
जानकारी रहोस्, फोर्ब्स पत्रिकाको सूचिमा विश्वमा सर्वाधिक पारिश्रमिक पाउने र कमाई गर्ने अभिनेत्रीहरुको सूचिको १०औँ स्थानमा दीपिका छिन् ।
The post प्रियंकालाई पछि पार्दै बनिन् दीपिका ‘कामुक अभिनेत्री’ ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2rGEXJl
via IFTTT
काठमाडौं,१८ जेठ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कामपा नगर कार्यपालिकाको पहिलो बैठकको निर्णय सार्वजनिक गर्दै भने, आजैबाट कामको सुरुवात गर्ने छौं ।
११ बुँदे निर्णण् सार्वजनिक गर्दै उनले आजैबाट सूर्योदय अगावै फोहोर संकलगन गर्ने कार्यको थालनी भएको जानकारी गराए ।
बुधबार पदभार ग्रहण गर्दै उनले शहर सफा गर्ने कार्य योजनासहितको फाइलमा पहिलो हस्ताक्षर गरे । आजको नेपाल समाचारपत्रमा खबर छ ।
The post ‘सूर्य देखिँदा फोहोर देखिन्न’ : मेयर शाक्य appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2qHI0Mp via IFTTT
कैलाली,१८ जेठ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले पुराना राजनैतिक दलका विकल्प रोज्न मतदाता तयार हुनु पर्ने बताउनु भयको छ । अध्यक्ष ढकालले सचेत मतदाताले प्रतिबद्धता पुरा नगर्ने पार्टीलाइ छोड्न र उचित विकल्प रोज्न सके मात्र लोकतन्त्र र विकासले सार्थकता पाउने तर्क गर्नु भयो । अग्रपंथी लोकतन्त्रलाइ आत्मसात गरेको परिवार दल एक उत्कृष्ट विकल्प हुन सक्ने भन्दै ढकालले स्थानीय तहमा नमुना कामको लागि साँचोमा मतदान गर्न आग्रह पनि गर्नु भयो । परिवार दलको प्रदेश नम्बर ७ द्वारा आयोजित उम्मेदवार प्रशिक्षण कार्यक्रममा सहभागी हुन धनगढी आइपुगेका ढकालले संचारकर्मीहरु संग कुरा गर्दै आफ्नो पार्टी नेपलको राजनीतिमा बैकल्पिक लोकतान्त्रिक शक्ति बन्ने लक्ष रहेको उल्लेख गर्नु भयो । ढकालले भोट ब्यक्ति वा पार्टीलाई नभई मुद्धा हेरेर दिन पनि मतदातामा अनुरोध गर्नुभयो । पूर्व मन्त्रि समेत रहेका ढकालले दलहरुलाई निर्बाचनमा भागलिने वाताबरण तयार गर्ने जिम्बेवारी सरकारको हो भन्दै निर्बाचन मार्फत आफ्ना मुद्दाहरु स्थापित गर्न असन्तुष्ट दलहरुलाई आग्रह गर्नु भयो । अध्यक्ष ढकालले संसद्को ठुलो दल कांग्रेसको नेतृत्वमा सरकार गठन भय परिवार दल खुशी हुने भन्दै समर्थन वा बिरोध गुण र दोषको आधारमा गरिने बताउनु भयो । अध्यक्ष ढकालले धनगढीको साथि होटेलमा प्रदेश नम्बर ५ र ७ का अगुवाहरुलाई प्रशिक्षण दिनुका साथै विभिन्न व्यक्तिहरुलाई पार्टी प्रवेश गराउनु भयको थियो ।
The post पुराना राजनैतिक दलका विकल्प रोज्न मतदाता तयार हुनु पर्ने : अध्यक्ष ढकाल appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2sfwh9K via IFTTT
१७ जेठ, एजेन्सी । अभिनेता आमिर खान अभिनित फिल्म ‘दंगल’ले चीनमा नयाँ इतिहास बनाएको छ । फिल्मले एक अरब युआन अर्थात् एक हजार करोड भारु कमाई गरेको छ ।
चीनको धेरै फिल्म हलसँग जोडिएको एक चर्चित टिकट वेबसाइट ‘माओयान जो’का अनुसार, ‘दंगल’को कमाई एक अरब युआनभन्दा बढी भएको छ । यसका साथै चीनको फिल्म उद्योगको इतिहासमा ३२ फिल्मको विशेष क्लबमा सहभागी भएको छ । कुनै पनि भारतीय फिल्मका लागि यो सफलता अभूतपूर्व रहेको फिल्म चीनमा भारतीय फिल्म वितरकले बताएका छन् ।
चीनमा अहिले फिल्म ‘पायरेट्स अफ क्यारिबियन पांच’ले पहिलो स्थान लिएको छ, त्यस्तै ‘दंगल’ले दोस्रो स्थान ओगटेको छ । दंगल अहिले चीनका ९ सय स्क्रिनमा चलिरहेको छ । चीनको बक्स अफिसमा यस सफलताको अर्थ विश्वमै सबैभन्दा बढी कमाई हुन्छ ।
यति मात्रै होइन, चीनमा आमिर खान ६.५५ लाख फलोअर्सको साथमा सामाजिक सञ्जालमा स्टार बनेका छन् । चीनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीभन्दा चर्चित आमिर खान बनेको पनि खबर आइसकेको छ ।
The post चीनमा ‘दंगल’ले रच्यो नयाँ इतिहास, यति कमायो ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qELoHH
via IFTTT
काठमाडौं,१७ जेठ । निर्वाचन विथोल्ने गरी आन्दोदनको घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई निर्वाचनमा सहभागी हुन भारतीय पक्षले आग्रह गरेको छ ।
राजपाका नेताहरुसँग व्यक्ति टेलिफोन संवादमा पनि भारतीय नेताहरुले निर्वाचनमा सहभागी हुन आग्रह गर्दै आएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।
साथै मंगलबार भारतीय राजदूत मञ्जिव सिंह पुरीले पनि निर्वाचनमा जान आग्रह गरेका छन् ।
The post राजपालाई निर्वाचनमा सहभागी हुन भारतीय पक्षको आग्रह appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2sjZzmL via IFTTT
काठमाडौं,१७ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री बन्ने सम्भावना बढेको खबर आजको नागरिकमा छ ।
संवैधानिक व्यवस्थाअनुसार सहमतिको सरकार गठनको सम्भावना टर्दै जाँदा देउवाको नेतृत्वमा बहुमतीय सरकार गठनको सम्भावना बढेको हो ।
माओवादी केन्द्र, राजपा, मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक० सहितका दलले सहमतीय सरकार गठनको सम्भावना नरहे कांग्रेस नेतृत्वमा बहुमतीय सरकार गठनका लागि समर्थन रहेको स्पष्ट पारेका छन् ।
The post सहमतिको सरकार गठनको सम्भावना टर्दै ,बहुमतीय सरकार गठनको सम्भावना appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2qxsdnY via IFTTT
काठमाडौँ, १६ जेठ । नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते रहेका छन् ।
सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको नेपाली सेनाको कल साइन एनए ०४८ भएको जहाज बाजुराको कोल्टी विमानस्थलमा ल्याण्ड गर्ने क्रममा नजिकैको खेतमा दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा क्याप्टेन कैलाश गुरुङ रहेका छन् । त्यस्तै घाइतेमा को पाइलट अनिता आले तथा सुबेदार पूर्ण बहादुर खड्का रहेका छन् ।
The post नेपाली सेनाको जहाज,दुर्घटना एक जनाको मृत्यु दुई जना घाइते appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2riBkbj via IFTTT
The post नक्कली भ्याट बिल बेच्ने फर्ममाथि राजस्वको छापा, फँस्दैछन् ठूला उद्योगहरु appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2sgPfvO via IFTTT
काठमाडौं,१६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नयाँ उर्जा र उत्साहका साथ भाग लिन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
पार्टीको २८ औं स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालय चाबहीलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले एउटा निर्वाचनमा पराजय हुँदैमा पार्टीको सिद्धान्त र कार्यक्रम समाप्त भयो भन्ने भ्रममा नपरी जोस र जाँगरका साथ दोस्रो चरणको निर्वाचनमा लाग्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।
राप्रपा बुलेट होइन ब्यालेटमा विश्वास राख्ने जिम्मेवार राजनैतिक शक्ती भएकोले नीति, सिद्धान्तप्रती प्रतिबद्ध रहँदै जनताको मन जित्ने काममा निरन्तर लाग्ने उहाँले स्पष्ट पार्नुभयो । पार्टी स्थापनाकालदेखि हालसम्मको अवस्था मूल्याङकन गर्दै अध्यक्ष थापाले भन्नुभयो– ‘हामी कति पटक लड्यौं, कति पटक हा¥यौं, त्यो भन्दा पनि कतिपटक उठेर हिँड्यौं भन्ने महत्वपूर्ण कुरा भएकोले लक्षमा पुग्न राप्रपा उच्च मनोवलका साथ दृढतापूर्वक अघि बढीरहन्छ ।’
मुलुकलाई निकास दिने शक्ति राप्रपा मात्रै भएकोले समृद्ध नेपाल निर्माण गर्ने अभिभारा बोकेको राप्रपाको एजेण्डालाई घरदैलोमा पु¥याउनु आजको आवश्यकता रहेको अध्यक्ष थापाले बताउनुभयो । मधेसकेन्द्रित दलहरु निर्वाचनमा आउने भए दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति केही दिन पर सार्दा आफूहरुलाई आपत्ति नहुने समेत उहाँले बताउनुभयो ।
सो अवसरमा पार्टीका पूर्व अध्यक्ष एवं वरिष्ठ नेता पशुपतिशमशेर राणाले पहिलो चरणको स्थानीय तहको निर्वाचनबाट सचेत हुँदै दोस्रो चरणको निर्वाचनमा सशक्त ढंगले अघि बढ्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले अनपेक्षित परिणाम ल्याएपनि त्यसबाट निरुत्साही हुने अवस्था भने नरहेको प्रष्ट पार्नुभयो ।
सो कार्यक्रममा पार्टीका सहायक महामन्त्री नीलकण्ठ काफ्लेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
The post उच्च मनोवलका साथ दोस्रो चरणको निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2qtCjWP via IFTTT
काठमाडौं,१६ जेठ । सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत चुरोट र रक्सीमा कर बढाएको छ ।
बजेट पेस गर्दै अर्थमन्त्री कृष्ण बहादुर महराले स्वास्थ्यलाई प्रतिकुल असर पर्ने रक्सी र चुरोटमा मात्र अन्तशुल्क बढाएको घोषणा गरे ।
उनले करसम्बन्धी विवादका लागि स्थायी संयन्त्र बनाउने तयारी भएको समेत बताए । आजको नेपाल समाचारपत्रमा खबर छ ।
The post आर्थिक बर्षको बजेटमार्फत चुरोट र रक्सीमा बढ्यो कर appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ryQmdS via IFTTT
भरतपुर,१६ जेठ । मतगणना स्थगित गरेका मुख्य निर्वाचन अधिकृत निर्वाचन आयोगले दिने निर्देशन कुरेर बसेका छन् ।
चितवनका दलहरुले मतगणना सुरु गर्न र वडा नम्बर १९ मा पुनस् निर्वाचन गराउन माग गर्न थालिसकेका छन् । आजको नागरिकमा खबर छ ।
एमालेले पून निर्वाचनलाई नमान्ने र तत्काल मतगणना सुरु गर्न माग गरेको छ ।
माओवादी र कांग्रेसले निर्वाचन ऐनको धारा उपधारा उल्लेख गर्दै वडा नम्बर १९ मा तत्काल पुनस् निर्वाचन गर्न माग गरेका छन् ।
The post भरतपुरमा मतगणना कि फेरि मतदान ? appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2sfz5D0 via IFTTT
काठमाडौं,१६ जेठ । महानगरपालिकामा माओवादी केन्द्रका मेयर र उपमेयर उम्मेदवारको जमानत जफत भएको छ ।
मेयरका उम्मेदवार सर्वोत्तम डंगोल र उपमेयरकी उम्मेदवार सुशीला पौडेल दुबैको जमानत जफत भएको खबर आजको नागरिकमा छ ।
डंगोलले ७ हजार ९ सय ६ मत ल्याएका थिए । पौडेलले १० हजार ४ सय ४८ मत ल्याएकी थिइन् ।
नियमअनुसार निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको घरौटी जफत हुने प्रावधान छ ।
The post मेयर र उपमेयर उम्मेदवारको जमानत जफत appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2sfdSZK via IFTTT
१५ जेठ, एजेन्सी ।
केही दिनअघि बलिउडका चर्चित फिल्म निर्माता करण जौहरले जन्मदिनको अवसरमा आफ्नो घरमा ठूलो पार्टी दिए । यस अवसरमा बलिउडका ठूला हस्तिाहरु पनि उपस्थित भए ।
अभिनेता शाहरुख खान र उनकी पत्नी गौरी करणका घनिष्ठ मित्र हुन् र उनीहरु पार्टीमा नपुग्ने कुरै भएन । तर, जब पार्टी सकिएर शाहरुख र गौरी बाहिर आए, उनीहरुको अवस्था देखेर सबै छक्क परे ।
जब शाहरुख र गौरी कारमा पुगे क्यामेराबाट बच्न बाक्लो कम्बल नै ओड्न पुगे । यस्तो गर्नु मिडियाकर्मीका लागि छक्क पार्ने कुरा बन्यो । त्यसो त, शाहरुख खान मिडियासँग सँधै हाँस्दै कुरा गरिरहेको देख्न सक्छौ । उनी तस्विर खिचाउँन पनि कहिल्यै आनाकानी गर्दैनन् ।
त्यसो भए के भयो त्यस्तो जसले गर्दा शाहरुख–गौरीले कम्बलले अनुहार नै छोप्न पर्यो । खबरलाई मान्ने हो भने यो जोडीले धेरै नै मदिरा पिएका थिए, त्यसैले अनुहार देखाउँन चाहेनन् । त्यसैगरी, शाहरुख र गौरीबीच पार्टीमा झगडा भएको हुनसक्ने अनुमान लगाइएको छ, जसले गर्दा उनीहरु एकसाथ (सेल्फि) तस्विर पनि खिचेनन् । दुवै जना एकअर्कालाई बेवास्ता गरिरहेको देखिन्थे ।
The post करण जौहरको पार्टीमा शाहरुख–गौरीबीच झगडा ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2rx85SV
via IFTTT
१४ जेठ, एजेन्सी । फ्रान्समा भइरहेको ‘कान्स फिल्म फेस्टिभल’मा अभिनेत्री इमानुएल सेनिए र एवा ग्रीन एक–अर्काप्रति निक्कै नजिकिएको देखिए ।
७०औँ कान्स फिल्म समारोहमा फ्रान्सेली अभिनेत्री इमानुएल सनिए र एवा ग्रीन चुम्बन गर्दै ।
दुवै अभिनेत्रीहरुले फिल्म ‘बेस्ड अन अ ट्रू स्टोरी’मा एक साथ काम गरेका छन् ।
इभा र इमानुएलका अन्य तस्विर:
The post कान्समा दुई अभिनेत्रीबीच देखियो यस्तो प्रेम appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2rKHsde
via IFTTT
१४ जेठ, एजेन्सी । सलमान खानको आगामी फिल्म ‘ट्युबलाइट’मा उनको को–स्टारको रुपमा देखिएकी चर्चित चिनियाँ अभिनेत्री ‘झू झू’ एक गायिका पनि हुन् । झू झूले धेरै चाइनिज र हलिउड फिल्म तथा अमेरिकी टेलिभिजन शोमा पनि काम गरिसकेकी छिन् । अब झू झू ‘ट्युबलाइट’बाट बलिउडमा पनि डेब्यु गर्दैछिन् । यी चर्चित चिनियाँ हस्ति बारेमा थप जान्नुहोस् ।
झू झूले ३ बर्षको उमेरदेखि ‘पियानो’ बजाउँन थालेकी थिइन् । उनले जुनियर स्कूलमा पढ्दा मञ्चमा ‘ब्यूटी एन्ड द बीस्ट’को कथालाई पियानोको धुन मार्फत् प्रस्तुत गरेकी थिइन् । सन् २००५ मा झू झू चीनको चर्चित ‘म्युजिक च्यानल’सँग जोडिइन् र सांगीतिक कार्यक्रम होस्ट गर्न थालिन् । चीनको पेइचिंगमा स्थानिय गायन प्रतियोगिताबाट उनको प्रतिभा बाहिर आयो । त्यसपछि राष्ट्रिय स्तरको गायन प्रतिभामा तेश्रो बनिन् र सन् २००९ मा झू झूूले पहिलो एल्बम निकालेकी थिइन् ।
अभिनेत्री तथा गायिका हुनका साथै झू झू एक सक्षम इन्जिनियर पनि हुन् । उनले पेईचिंगकै विश्वविद्यालयमा पढेकी हुन् । ‘क्लाउड ऐटलस’ र ‘द म्यान विद द आयरन फिस्ट्स’जस्ता हलिउड फिल्ममा सानो – सानो भूमिकामा देखिएकी झू झूले अन्नतः अमेरिकी टेलिभिजन श्रृंखला ‘मार्को पोलो’मा मुख्य भूमिका निभाउँने अवसर पाएकी थिइन् । फिल्म ‘ट्युबलाइट’ आगामी ईदको दिन रिलिज हुनेछ ।
The post सलमानकी चाइनिज हिरोइन ‘झू झू’ बारे ५ कुरा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2s30N6J
via IFTTT
१४ जेठ, एजेन्सी ।
हालै हलिउड सुपरस्टार ब्रान्ड पिट भारत आएका थिए र उनले शाहरुख खानसँग निकै लामो समय बिताए । उनीहरुबीच निक्कै राम्रो मित्रताको सम्बन्ध रहेको बताइन्छ ।
यस्तै, यदि खबरलाई मान्ने हो भने, दुई चर्चित अभिनेताले आफ्नो मित्रतालाई एक अर्को खुड्किलामाथि पुर्याउँदैछन् । यद्यपी, यस कुनै आधिकारिक घाषणा भने भएको छैन । तर, चर्चाको अनुसार यी दुई अभिनेता एउटै फिल्ममा काम गर्ने योजना बनाईरहेका छन् । यो ब्राड पिट र शाहरुखको संयुक्त उत्पादन हुनेछ ।
यदि शाहरुख र ब्राड एउटै फिल्ममा काम गरे पनि सँगै नदेखिन सक्छन् र फिल्म बलिउड वा हलिउड कुन हुने थाहा भएको छैन । त्यस्तै, ब्राड पिट शाहरुखसँग आफूँ फिल्मका गीतमा गीत गाउँने र नाच्न नसक्ने बताएका छन् । शाहरुखका अनुसार, अन्तराष्ट्रिय स्तरका कलाकारहरु बलिउडमा आउँन फिल्मको गीत र नृत्यका बाधा बन्ने गर्छ । दुवै कलाकार फरक–फरक समुदायका लागि मिलेर एउटै फिल्लमा काम गर्नेछन्, जसमा बलिउड र हलिउड दुवै फिल्मको बिशेषता उपलब्ध हुन्छ ।
The post शाहरुख खान र ब्रान्ड पिट मिलेर बनाउँदैछन् फिल्म ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2r0YrXv
via IFTTT
काठमाडौं । पहिलो चरणको स्थानीय तहको चुनावको परिणाम सार्वजनिक भइ नसक्दै सत्तारुढ नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाका कारण पार्टी पराजित भएको बिश्लेषण हुन थालेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टी नेतृत्वबाट गम्भीर गल्ति भएको निष्कर्ष निकालेको छ ।
दोश्रो चरणको निर्वाचनमा गल्ति सुधार गर्न नसके पार्टी समाप्त हुने निष्कर्ष समेत पौडेल पक्षले निकालेको छ । वरिष्ठ नेता पौडेलको अनामनगरस्थित सम्पर्क कार्यालयमा सोमवार बसेको बैठकमा पहिलो चरणको निर्वाचनको समिक्षा गर्दै दोश्रो चरणको निर्वाचनको तयारीमा जुट्ने बारेमा छलफल भएको थियो ।
छलफलले स्थानीय तहअन्तर्गतको पहिलो चरणको निर्वाचनमा सभापति देउवाको रणनीति पूर्ण असफल भएको निष्कर्ष समेत निकालेको छ । बैठकमा सहभागि अधिकांश केन्द्रीय सदस्यहरुले सभापति देउवाले पार्टीलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि उपयोग गरेको आरोपसमेत लगाएका थिए । पहिलो चरणको निर्वाचन परिणामलाई उनले गम्भीर रुपमा नलिए राम्रो नहुने चेतावनी समेत उनीहरुले दिएका छन् ।
बैठकमा दुरदराजका गाउँका मतदाताले नेपाली कांग्रेसको पक्षमा मतदान गरेपनि सचेत मतदाताले कांग्रेसलाई अस्वीकार गरेको निष्कर्ष निकालिएको छ । दोश्रो चरणमा निर्वाचन हुने अधिकांश सहरी क्षेत्र रहेकाले अघिल्लो चरणमा भएका गल्तिप्रति माफी माग्दै जनतामा जानुपर्ने समेत निष्कर्षमा पुगेको छ ।
पछिल्लो समयमा कांग्रेसभित्र मनपरीतन्त्र हावी भएको, जिम्मेवारी नलिने प्रवृत्ति बढेको, निष्ठा र इमान्दारिता हराउँदै गएको बैठकको निष्कर्ष थियो । नेपाली कांग्रेसको सहमतिमा कांग्रेस सहभागि सरकारले गरेका केही अक्षम्य गल्तिका कारण सहरका सचेत मतदाताले कांग्रेसलाई अस्वीकार गरेको बैठकको निष्कर्ष छ ।
त्यसैगरी तालमेलका नाममा स्थानीय तहको भावना बुझ्न नसकेका कारण सिंगो चितवन जिल्ला कांग्रेसको हातबाट गुमेको, लम्जुङमा कांग्रेस कमजोर भएको अवस्थामा माओवादीलाई कांग्रेससँग तालमेल गराउन नसकेको, माओवादीको प्रभाव क्षेत्रमा तालमेलको बिषय नउठाएको, तालमेल अनुसार माओवादीको पक्षमा सभापति चितवन भोट माग्न गएपनि पोखरामा माओवादी अध्यक्षलाई भोट माग्नका लागि सभापतिले लैजान नसकेको बिषय बैठकमा उठेका थिए ।
सभापति देउवाले टिकट वितरणमा समेत मनलाग्दी गरेको बैठकको निष्कर्ष थियो । स्थानिय तहमा सहमति भएर आएका नामलाई समेत मनलाग्दी ढंगवाट सभापति देउवाले काटेका कारण पराजय बेहोर्नुपरेको पौडेल समूहको निष्कर्ष छ ।
बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरु, बलबहादुर केसी, गोविन्द भट्टराई, दिलेन्द्र बडु, धनराज गुरुङ, कल्याण गुरुङ, हृदयराम थानी लगायत राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको सहभागिता थियो ।
The post दोस्रो चरणमा जानुअघि जनतासमक्ष माफी माग्नुपर्ने, नत्र कांग्रेस समाप्त हुने कांग्रेसीहरुको चेतावनी appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2qr2PMC via IFTTT
काठमाडौं । नेपाली कांग्रेसले, राष्ट्रिय जनता पार्टी नेपाल सहभागी भए दोस्रो चरणको चुनावको मिति केही दिन सार्ने प्रस्ताव अघि सारेको छ ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा पनि राजपा आए केही दिन मिति सार्ने कि भन्ने छलफल भएको थियो । तर, प्रमुख विपक्षी दल नेकपा एमालेले मिति सार्ने प्रस्ताव अस्वीकार गरेको छ ।
तीन दलका शीर्ष नेताहरुको बैठक राजपा नेपालका आन्दोलन घोषणा र चुनावबारे छलफल भएको थियो । त्यसक्रममा राजपा चुनावमा आउँछ भने जेठ ३१ को मिति केही दिनपछि सार्ने कि भन्ने प्रस्ताव सत्तारुढ दलबाटै आएको स्रोतले बताएको छ ।
कांग्रेसको नेतृत्वसँगै प्रधानमन्त्री प्रचण्ड पनि चुनाव केही दिन सार्दा राजपा आउँछ भन्ने समेटेर जाने पक्षमा देखिएका थिए ।
तर, प्रमुख विपक्षी दल एमालेले चुनावको मिति सार्ने प्रस्तावमा आफ्नो सहमति नहुने प्रष्ट पारेको छ । एमालेले राजपाको मुख्य चासो दल दर्ता र चुनाव चिन्ह भएकाले सकेसम्म सहजीकरण गर्न सघाउने आश्वासन भने सरकारलाई दिएको छ ।
स्रोतका अनुसार राजपा चुनावमा आए ऐन संशोधन गरेर उम्मेदवारका लागि आधिकारिकता प्रदान गर्ने पदाधिकारीको हस्ताक्षर बुझाउने समय दिने सहमति जुटेको छ ।
केही दिन मिति सार्न कांग्रेस तयार
तीन दलको बैठक लगतै कांग्रेस नेतृत्वले राजपा नेपालका नेताहरुलाई भेटेका छन् ।कांग्रेस पार्टी कार्यालय सानेपामा भएको छलफलमा राजपाले चुनावमा सहभागिताका लागि तीनबुँदे शर्त राखेको छ ।
जवाफमा कांग्रेस नेताहरुले राजपालाई चुनावमा सहभागी हुने हो भने केही दिन मिति सार्ने आश्वानस दिएका छन् ।
कांग्रेस नेता समेत रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले भने, ‘यदि २र४ दिन मिति सारेर तपाईहरुले चुनावमा भाग लिनुहुन्छ भने हामी त्यो कोशिश गर्छौं ।’
यद्यपि मिति सार्ने प्रस्तावमा एमाले अहिले तयार भइनसकेको समेत उनले बताएका छन् ।
निधीका अनुसार कांग्रेसले मुद्दा फिर्ता लगायतका माग सम्बोधनका क्रममा रहेको भन्दै राजपा नेताहरुलाई भनेको छ, चुनावमा भाग लिनुस्, अरु पछि मिलेर गरौंला ।’
राजपाको माग सम्बोधनबारे छलफल गर्न कांग्रेस, एमाले, माओवादी र राजपाको संयुक्त बैठक बस्ने तयारी छ ।
The post दोस्रो चरणको चुनावको मिति केही दिन सार्ने दलहरुको प्रस्ताव appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2qqWgti via IFTTT
१३ जेठ, काठमाडौँ । ‘पशुपति प्रसाद’ अभिनेता खगेन्द्र लामिछाने अब राजनीतिमा होमिएका छन् । यद्यपी, यो वास्तविक जीवनमा होइन । खगेन्द्रको आगामी फिल्म ‘धनपति’को ट्रेलर शुक्राबार रिलिज गरिएको छ, जसमा खगेन्द्रलाई एक राजनीतिक दलको नेताको रुपमा देखिँदैछन् ।
ट्रेलरमा खगेन्द्र एक साधारण व्यक्ति रुपमा देखिएका छन्, जसलाई राजनीतिमा पटक्कै छिर्न मन छैन । खगेन्द्रले छोरीको पढाई खर्च जुटाउँन अन्नतः राजनीतिक कार्यकर्ता नै बन्न् पर्छ । कथा यस्तै परिवेशमा घुमेको छ ।
फिल्मलाई अभिनेता खगेन्द्र आँफैले लेखेका हुन् भने नव अभिनेत्री सुरक्षा पन्तलाई खगेन्द्रको जोडीको रुपमा देख्न सकिनेछ । फिल्म ‘धनपति’लाई दिपेन्द्र के खनालले गरेका छन् । फिल्म आगामी असार २३ गते देशभर प्रदर्शनमा आउँने छ ।
The post राजनीतिमा होमिए ‘पशुपतिप्रसाद’ ! हेर्नुस् भिडियो appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2r6ZV0x
via IFTTT
काठमाडौँ, १३ जेठ । गोमा एयरको कार्गो विमान शनिबार दिउँसो सोलुखुम्बुको लुक्लामा दुर्घटनाग्रस्त भएको छ । गोमा एयरका अनुसार विमान अवरण गर्ने क्रममा दुर्घटना परेको थियो । गोमा एयरका कर्मचारीका अनुसार विमानमा ३ जना चालक दलका सदस्य थिए । उनीहरु सबैको जिवितै उद्दार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी माधव बुढाथोकीका अनुसार अनुसार सुरूमा विमान परिचारिका प्रज्ञा महर्जनको उद्दार गरी अस्पताल पठाइएको थियो।
पछि पाइलट पारस राई र को पाइलट सिजन मानन्धरको पनि जिवितै उद्दार गरिएको हो । उनीहरु तीनै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये पाइलट राईको अवस्था गम्भीर रहेको बताइएको छ । बुढाथोकीका अनुसार अवतरण गर्ने क्रममा विमान जमिनमा धस्सिएर दुर्घटना भएका हो ।
The post गोमा एयरको विमान सोलुखुम्बुको लुक्लामा दुर्घटनाग्रस्त,३ जना चालक दलका सदस्यको जिवितै उद्दार appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2qtVWcE via IFTTT
१३ जेठ, एजेन्सी ।
सन् २००० मा ‘मिस वल्ड’ बनेकी अभिनेत्री प्रियंका चोपडा अब अन्तराष्ट्रिय ‘स्टार’ बनेकी छिन् । यस यात्रामा प्रियंकाको जीवनले फड्को मारिसकेको छ, तर आज पनि प्रियंकाले बर्षौदेखि एक पुरानो चीजलाई भुल्न सकिनन् र सँधै आफ्नो साथमा राख्छिन् ।
हालै लारा ब्राउनको अमेरिकी टेलिभिजन शो ‘डर्टी लोन्ड्री’मा प्रियंका देखिइन्, जसमा उनले एक पूरानो ‘ज्याकेट’को बारेमा कुरा गरिन् । कुराकानीका क्रममा प्रियंकाले उनलाई एउटा ज्याकेट निक्कै मनपर्छ, जसलाई उनी कहिले–काही लगाउँने गरेको बताइन् । तर, त्यो ज्याकेट प्रियंकाको भने होइन् ।
कसको ज्याकेट हो ? भन्ने प्रश्नको उत्तर दिँदै प्रियंकाले भनिन्, ‘यो ज्याकेट मेरो पूर्व–प्रेमीसँग जोडिएको छ र यो मलाई निक्कै मनपर्छ ।’ उनका अनुसार, उनका एक्स-ब्वायफ्रेन्डले ज्याकेट घरमा छोडेर गएका थिए । प्रियंकालाई यति मन पर्यो त्यो ज्याकेट, उनले आफूसँगै राखिन् । ब्रेकअपपछि पूर्वप्रेमीले ज्याकेट फिर्ता मागे पनि दिन अस्विकार गरेको प्रियंकाले बताइन् । प्रियंकाले यो ‘हुडी ज्याकेट’ धेरैजसो एयरपोर्टमा लगाएको देखिन्छ ।
प्रियंका चोपडाको पहिलो हलिउड फिल्म ‘बेवाच’ अमेरिकामा रिलिज भइसकेको छ । फिल्ममा प्रियंकाको भूमिकालाई निक्कै मनपराइएको छ । फिल्ममा प्रियंर्का भिक्टोरिया’ नामक एक नकारात्मक पात्रको भूमिकामा देखिएकी छिन् । भारतमा यस फिल्मलाई ‘ए’ सर्टिफिकेट दिइएको छ ।
The post को हो त्यो, जसको पुरानो ‘ज्याकेट’लाई सँधै आफूसँगै राख्छिन् प्रियंका चोपडा ? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qty7kZ
via IFTTT
१३ जेठ, एजेन्सी ।
राजकुमार राव र श्रुति हसन अभिनित फिल्म ‘बहन होगी तेरी’का निर्देशक अजय कुमार पन्नालाल र प्रोड्युसर टोनी डिसूजा विवादमा फँसेका छन् । दुवैमाथि धार्मिक भावना भड्काएको आरोप लागेको छ, त्यसैले दुवैलाई गिरफ्तार गरिएको छ ।
४ एप्रिलमा फिल्मको पोस्टर सार्वजनिक भएको थियो, जसमा राजकुमार राव भगवान शिवको अवतारमा मोटरसाइकलमा बसिरहेका देखिन्छन् । खबर अनुसार, प्रोड्युसर टोनी डिसुजालाई धार्मिक भावना भड्काएको आरोपमा गिरफ्तार गरिएको छ । वकिलले चाँडै यसबारे आधिकारिक सूचना दिने बताइएको छ । फिल्म आगामी ९ जुनमा रिलिज हुँदैछ ।
The post फिल्म ‘बहन होगी तेरी’का निर्देशक र प्रोड्युसर पक्राउ ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qp3vSN
via IFTTT
काठमाडौँ, १३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको दोस्रो निर्वाचनलाई दृष्टिगत गरी यही जेठ १५ गतेभित्र चुनाव हुन बाँकी विभिन्न ४१ जिल्लामा सम्बन्धित केन्द्रीय सदस्यलाई खटाउन निर्देशन गरेको छ ।
दोस्रो चरणको निर्वाचनमा पार्टीलाई सफलता दिलाउने उद्देश्यले ती केन्द्रीय सदस्यलाई चुनाव नसकिएसम्म अनिवार्य रुपले आआफ्नो जिल्लामा रहेर चुनावी सभा, प्रचार प्रसारमा क्रियाशील रहन पार्टीले निर्देशन गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यकर्ता भेलामा सहभागीका वैचारिक सुझावका आधारमा चुनावमा सफलता प्राप्त गर्नका लागि आवश्यक रणनीति तयार पारिनेछ । राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनका महासचिव सरस्वती केसीका अनुसार चुनावलाई दृष्टिगत गर्दै विभिन्न दलसँग तालमेल गर्ने जिम्मेवारी जिल्ला कार्य समितिलाई दिइएको छ ।
The post पहिलो चरणको निर्वाचनमा पराजय भोगेसँगै राप्रपाले दियो केन्द्रिय सदस्यलाई कडा निर्देशन appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2qoxE4D via IFTTT
१२ जेठ, एजेन्सी ।
सर्वाधिक सफल र कमाई गरेको भनिएको फिल्म ‘बाहुबली–२’लाई कमाईको हिसाबले आमिर खानको फिल्म ‘दंगल’ल जितेको छ ।
आमिरको दंगल चीनमा रिलिज भएपछि प्रभासको फिल्मलाई जितेको हो । ताजा आंकडा अनुसार, भारतमा दंगलको सबै भर्जनको कलेक्सन ७१८ करोड छ भने बाहुबलीको सबै भर्जनको मिलाएर १२५३ करोड कमाई गरकेको छ । त्यस्तै, दंगल’को ओभरसीज कलेक्सन १०२५ करोड छ भने बाहुबली–२ को २७७ करोडा छ । त्यस्तै, आमिरको फिल्मको विश्वव्यापी कमाई १७४३ करोड पुगेको छ भने ‘बाहुबली–२’को कमाई १५३० करोड छ ।
रेसलिङमाथि बनेको आमिरको फिल्मले चीनमा मात्रै ८१० करोड कमाई गरेको छ । फिल्मको कथाबस्तु चीनका दर्शकलाई निक्कै मन परेको छ । चीनमा दंगल’को सफलता देखेर अब ‘बाहुबली–२’का निर्मार्ता आफ्नो फिल्मलाई चाँडै त्यहा लैजान चाहान्छ् । यदि सबै कुरा मिलेमा आगामी जुलाईमा चीनमा रिलिज गर्ने तयारी गरिएको बताइएको छ ।
The post ‘दंगल’ बन्यो सबैभन्दा बढी कमाउने फिल्म, ‘बाहुबली–२’ हेर्याहेरै भयो appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2rnI5JI
via IFTTT
१२ जेठ, एजेन्सी । जब बलिउड फिल्म उद्योगको सबैभन्दा बढी चर्चा बटुल्ने ‘प्रेम सम्बन्ध’को कुरा आउँछ, अमिताभ बच्चन र रेखाको अफेयरलाई दाबी गरिन्छ । दुवैबीचको प्रेम सबैलाई थाहा छ ।
आज उनीहरु एकसाथ छैनन्, तर कुनै बेला यस्तो समय थियो, जब रेखा अमिताभ बच्चनसँग एक साझ बिताउँन निर्देशकसँग झगडा गरिन् र कुरा नमिलेपछि फिल्म नै छोडेकी थिइन् । यो कुरा हो ९० को दशकको, जतिबेला चर्चित खलनायक रंजीत फिल्म ‘कारनामा’ बनाइरहेका थिए ।
यस फिल्ममा रंजीतले रेखा र धर्मेन्द्रको जोडीलाई साइन गराएका थिए । त्यस समय रेखा र अमिताभको अफेयर चर्चामा थियो । रंजीतले फिल्म सुटिङको समय बेलुकाको राखेका थिए, तर रेखा चिन्तित थिइन् । सुरुका दिनहरुमा केही बोलिनन्, तर केही दिनपछि रेखाले रंजीतलाई फिल्मको सेड्युल बिहान सार्न आग्रह गरिन् । उनले भनिन्, ‘म बेलुकाको समय अमिताभसँग बिताउँन चाहान्छु ।’
रंजितले बर्षौ पहिले दिएको एक अन्तरवार्तामा यो कुराको दाबी गरेका छन् । रंजीतले आफ्नो फिल्म सुटिङको समय बिहानमा सार्न सकेनन् । यसबाट धर्मेन्द्रको समय तालिका पनि बिग्रियो र रेखाले पनि फिल्म छोडिन् ।
The post अमिताभसँग साझ बिताउँन रेखाले राखेकी थिइन् निर्देशकसँग यस्तो सर्त ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2rngrfZ
via IFTTT
काठमाडौं,१२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नेपालको संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई आह्वान गर्नुभएको छ । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार पत्रकार सम्मेलनमार्फत देशवासीका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिनुभएको थियो । कांग्रेस र माओवादी केन्द्रबीच भएको भद्र सहमतिअनुसार दाहालले राजीनामा दिनुभएको हो ।
The post सहमतीय सरकार गठनका लागि राष्ट्रपतिको आह्वान appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2rmFMGV via IFTTT
काठमाडौं,१२ जेठ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले स्थानीय तह दोस्रो चरणको चुनाव बहिष्कार गरी आन्दोलनमा जान राखेको प्रस्तावलाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छादारले अस्वीकार गरेका छन् ।
संयोजक ठाकुरले विहिबार यादव र गच्छादारसंग भएको बैठकमा यस्तो प्रस्ताव गरेका हुन् ।
बैठकमा ठाकुरले तीन वटा पार्टी मिलेर आन्दोलनमा गए आन्दोलन सशक्त हुने र सरकारले बाध्य भएर मधेसको मुद्धा सम्बोधन गर्ने बताएका थिए, यो खबर आजको नागरिक दैनिकमा छ ।
The post ठाकुरका कुरा गच्छादार र उपेन्द्रद्वारा अस्वीकार appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2r30ZEJ via IFTTT
११ जेठ, एजेन्सी । एस.एसं राजामौलीको फिल्म ‘बाहुबली–२’ले अहिलेसम्म विश्वभरमा १५ हजार करोड बढी कमाई गरिसकेको छ । फिल्मको मुख्य भूमिकामा रहेका प्रभास र अनुष्का शेट्टीको क्यामेस्ट्रिलाई निकै मन पराइएयो ।
खबरअनुसार, प्रभासका कारण अनुष्काले आफ्नो विवाह दुई बर्ष पर सार्नु परेको थियो । प्रभास अनुष्काले फिल्म ‘बाहुबली’लाई मात्र ध्यान दिओस् भन्ने चाहान्थे । किनकि, प्रभास आँफै पनि फिल्मप्रति निक्कै गम्भिर थिए । यहाँसम्म कि प्रभासले फिल्मका लागि आफ्नो विवाह ५ बर्षसम्मका लागि पर सारेका थिए ।
हिजोआज, प्रभास र अनुष्का एक–अर्कालाई डेट गरिरहेको खबर आएको छ । यद्यपी, प्रभास वा अनुष्का कसैले पनि यो खबरलाई स्वीकारेका छैनन् । फिल्म बाहुबली आउनअघि पनि अफेयरको कुरा चलेको थियो, तर उनीहरु एक–अर्कालाई एक राम्रो मित्र भएको बताउँदै आएका छन् ।
प्रभास अनुष्कासँगको अफेयरलाई स्विकार गर्दैनन्, तर आगमी फिल्म ‘सोहो’का लागि पनि आफ्नो जोडीको रुपमा अनुष्काकै नाम सिफारिश गरेका छन् । करिब ८ बर्षपहिले तेलेगु फिल्म ‘बिल्ला’मा प्रभास र अनुष्का एकसाथ पहिलो पटक देखिएका थ्एि, त्यसपछि ‘मिर्ची’मा पनि एकसाथ देखिएका थिए ।
The post २ बर्षअघि पक्का भएको थियो अनुष्काले विवाह, तर प्रभासले रोकिदिए ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2rT9ZKH
via IFTTT
११ जेठ, एजेन्सी ।
बलिउड फिल्म निर्माता अरबाज खान र अभिनेत्री मलाइका अरोडा खानबीच सम्बन्धबिच्छेद भएको लगभग एक हप्ता बितिसकेको छ । एकातिर मलाइका सम्बन्धबिच्छेदपछि सम्हालिने कोशिश गर्दैछिन्, अर्कातिर अरबाजले फेरि विवाह गर्ने फैसला लिएको खबर आएको छ ।
हो, अब अरबाज दोस्रो विवाह गर्ने तयारीमा छन् । केही दिनअघि मात्रै मलाइकासँगको १८ बर्षे सम्बन्ध टुंग्याएका छन् । त्यसैले अब अरबाज आफ्नी विदेशी प्रेमिकासँग घर बसाउँन चाहान्छन् । केही समयअघि एक तस्विरमा अरबाज प्रेमिका एलेक्जेन्ड्रासँग देखिएका थिए । एलेक्जेन्ड्रा एक रोमानियन युवती हुन्, जो गोवामा आफ्नो रेष्टुरेन्ट चलाउँदैछिन् । यद्यपी, बिहेको मिति तय भइसकेको छैन ।
अरबाज र एलेक्जेन्ड्रा ६ महिनादेखि एक–अर्कालाई डेट गरिरहेका छन् । अब मलाइकाको प्रतिक्रिया कस्तो होला, हेर्न बाँकी छ भने अरबाजको परिवारले पनि अहिलेसम्म केही प्रतिक्रिया दिएका छैनन् ।
The post ‘डिभोर्स’ भएको हप्तादिन नबित्दै अरबाजको बिहे गर्ने निर्णय appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qdXqfP
via IFTTT
काठमाडौं – काठमाडौं उपत्यकाका २१ मध्ये १९ स्थानीय तहको मतपरिणाम आइसकेको छ । घोषणा भएका मतपरिणामअनुसार एमालेले सबैभन्दा धेरै स्थानीय तह जितेर अग्रता कायम गरेको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार उपत्यकामा एमालेले १० स्थानीय तहमा प्रमुख पद जितेको छ । प्रतिशतका आधारमा यो संख्या ५२.६ हो । उसले ११ स्थानमा उपप्रमुख जितेको छ, जुन घोषणा भएका तहमध्ये ५७.८९ प्रतिशतले अघि हो । अर्थात् एमालेले उपत्यकाभित्र प्रमुखमा ५२.६ र उपप्रमुखमा ५७.८९ प्रतिशत वर्चश्व कायम गर्न सफल भएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।
उपत्यकामा एमाले ०५४ को स्थानीय निर्वाचनभन्दा सुदृढ
एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलका अनुसार उपत्यकामा अहिले प्राप्त मत ०५४ को स्थानीय निकाय निर्वाचनको भन्दा राम्रो हो । राष्ट्रिय स्वाभिमान र समृद्धिको पक्षमा लिएको दृढताका कारण एमाले जबर्जस्त अघि आएको उनको तर्क छ । ‘राष्ट्रियताको पक्षमा एमालेले दृढताका साथ आफूलाई उभ्यायो । विकास निर्माणमा एमालेले सारेको एजेन्डा स्पष्ट थिए, यसलाई उपत्यकावासीले मन पराए । निर्वाचनको परिणाम यसैको प्रतिबिम्ब हो,’ उनले भने ।
६ स्थानीय तहमा कांग्रेसको जित
कांग्रेसले घोषणा भएका तहमध्ये ६ स्थानमा मात्रै प्रमुख जितेको छ । उपप्रमुख भने पाँच स्थानमा जितेको छ । अर्थात् कांग्रेसले घोषणा भएकामध्ये ३३.३ प्रतिशत तहमा प्रमुख जितेको छ । उपप्रमुख भने २७.७ प्रतिशत मात्रै जित्न सफल भएको छ ।
उपत्यकामा माओवादी केन्द्रको स्थिति निकै नाजुक
काठमाडौं उपत्यकामा वर्चश्व कायम गर्ने मामिलामा सत्ताको नेतृत्व गरेको दल माओवादी केन्द्र निकै पछि परेको छ । माओवादी केन्द्रले एक स्थानीय तहमा मात्रै प्रमुख र उपप्रमुख जित्न सकेको छ । अर्थात् माओवादीले उपत्यकामा ५.५ प्रतिशत स्थानमा मात्रै आफ्नो वर्चश्व कायम गर्न सकेको छ । माओवादी केन्द्रका अनुसार चुनावप्रतिको अन्योलता र एकांकी नेतृत्वका कारण परिणाम नाकारात्मक आएको नेताहरूको भनाइ छ ।माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मणि थापाले उपयुक्त उम्मेदवार चयन गर्न नसक्नु र सरकारको काम जनतामा लग्न नसकिएकाले काठमाडौं उपत्यकामा पार्टीले चुनाव हार्न पुगेको बताए । ‘पहिलो त चुनाव हुने कि नहुने भन्ने अन्योलबीच हामी निर्वाचनमा गयौँ । यसको असर चुनावमा पर्यो । कार्यकर्ताबीच नेतत्व पुग्नै सकिएन । सरकारको उपलब्धि जनतासम्म लैजान सकिएन । नेतृत्व एकांकी बन्यो । यसको असर चुनाव पर्यो,’ उनले भने ।
भक्तपुरमा नेमकिपाको वर्चश्व कायमै
नेपाल मजदुर किसान पार्टीले उपत्यकाको भक्तपुरमा वर्चश्व कायम राख्न सफल भएको छ । भक्तपुरबाहेकका जिल्लामा नेमकिपाले खासै जित्न सकेन । उसले उपत्यकामा एक स्थानीय तहको प्रमुख र उपप्रमुख जित्न सकेको छ । चुनावी प्रतिस्पर्धामा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालको संयुक्त प्यानल, लोकतान्त्रिक फोरम, राष्ट्रिय जनमोर्चाको काठमाडौं उपत्यकामा स्थिति निकै नाजुक देखिएको छ ।
The post उपत्यकामा एमाले ०५४ को निर्वाचनभन्दा सुदृढ : माओवादी केन्द्रको स्थिति नाजुक appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2riPhXA via IFTTT
काठमाडौं,१० जेठ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएका छन् । बुधबार अपरान्ह सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्दै प्रचण्डले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पूर्व सहमतिअनुसार प्रचण्डले पदबाट राजीनामा दिएका हुन् ।
सम्बोधनको पूर्णपाठ
स्वदेश तथा विदेशमा रहनुभएका आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु,
१.सर्वप्रथम म नयाँ नेपाल निर्माणका लागि बलिदान दिने वीर शहीदहरु, बेपत्ता र घाइते योद्धाहरुप्रति हार्दिक श्रद्धा एवं सम्मान तथा विभिन्न लोकतान्त्रिक र न्यायपूर्ण आन्दोलनका सबै सहभागीप्रति आभार प्रकट गर्दछु ।
२. यो विशेष सम्बोधन म हिजो नै संसदमार्फत् गर्न चाहन्थेँ । तर, संसदमा रहेको अवरोधपछि आज सिधै जनतासामू उपस्थित भएको छु । आदरणीय जनसमुदायलाई राम्ररी थाहा छ, प्रधानमन्त्रीका रुपमा मैले अत्यन्त प्रतिकूल परिस्थिति बिरासतमा पाएको थिएँ । त्यतिखेर संविधान कार्यान्वयनको गति अत्यन्त सुस्त र राजनीतिक वातावरण पनि अन्यन्त तनावपूर्ण थियो । एकथरी निराशावादीले अब नेपाल राजनीतिक र संवैधानिक शून्यतामा जाने भविष्यवाणी गरिरहेका थिए र अर्काथरीले राष्ट्रिय अखण्डतामै आशंका गरिरहेका थिए ।सबै आर्थिक सूचकांकहरु निराशाजनक थिए । २० घण्टासम्मको लोडसेडिङ सामान्य मानिन्थ्यो । विकासका चर्का भाषण त थिए, तर आर्थिक वृद्धिदर एक प्रतिशत पनि थिएन । देश यति विभाजित थियो कि निर्वाचनमा सबैको सहभागिता हुन सक्छ र अझ निर्वाचन हुन सक्छ भन्नेमै धेरैलाई अविश्वास थियो । भूकम्पपीडितहरुको बिचल्ली थियो । छिमेकीहरुसँगको सम्बन्ध सहज थिएन । यसरी चौतर्फी राजनीतिक, सामाजिक, आर्थिक र कूटनीतिक समस्याका बीच सम्मानित संसदबाट मैले प्रधानमन्त्री पदको जिम्मेवारी लिएको थिएँ ।
३.आज म जनताका सामूउभिएर विश्वासका साथ भन्न सक्छु, कि करिब दश महिनाको छोटै अवधिमा सरकार त्यो परिस्थिति बदल्न सफल भएको छ । संविधान र संघीयता कार्यान्वयनका दिशामा हामी धेरै अघि बढेका छौं । सिंगो देश एकजुट भएर अत्यन्त शान्तिपूर्ण, निष्पक्ष र उल्लासपूर्ण ढंगले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ भने बाँकी चार प्रदेशमा दोस्रो चरणको निर्वाचनका लागि पनि लगभग सबै तयारी पूरा भइसकेको छ । संविधानले अंगीकार गरेको तीन तहको संघीय प्रणालीको मेरुदण्ड नै स्थानीय तह हो । दोस्रो चरणको निर्वाचनमा पनि सिंगो देश सहभागी हुनेछ र पहिलोजस्तै लोकतन्त्रको महोत्सवका रुपमा शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न हुनेछ भन्नेमा म पूर्णत: विश्वस्त छु ।
४. निश्चय नै यो निर्वाचनबारे आशंकाहरु थिए र त्यसका कारण पनि थिए । किनकि, स्थानीय तह प्रतिनिधिविहीन भएको झण्डै बीस वर्ष भइसकेको थियो । र, कसैसँग यो रिक्तता मेट्ने दह्रो प्रतिवद्धता देखिएको थिएन । यो निर्वाचन रोक्न सके सिंगो संविधान र सँगसँगै लोकतान्त्रिक गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता जनताका ऐतिहासिक उपलब्धिलाई पनि असफल बनाउन सकिन्छ कि भन्ने षड्यन्त्रहरु पनि कतै–कतैबाट भइरहेको थियो । दृढ इच्छाशक्ति र संकल्प नभएको भए सबै आशंका र अविश्वासलाई चिर्दैयो निर्वाचन सम्पन्न गर्न सजिलो पनि थिएन । तर, योस्थानीय तहको निर्वाचनसँगै लोकतन्त्र अब संविधानका अक्षरहरुबाट हरेक गाउँ र नगरका वडामा पुगेको छ । यसमा कसले जित्यो र कसले हार्यो भन्नेप्रश्न मेरा लागि सुरुदेखि नै गौण रह्यो । तात्कालिक र क्षणिक जीत–हारका स्वार्थमा अल्झेको भए निर्वाचन नै हुने थिएन । मलाई यत्ति थाहा छ, यो निर्वाचनमा संघीय लोकतान्त्रिक गणतन्त्रले जित्यो र समग्रमा राष्ट्रले जित्यो । अब गणतन्त्र, सामाजिक न्यायसहितको लोकतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी शासन प्रणाली थप संस्थागत भएको छ । नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता र स्वाभिमान थप सुनिश्चित भएको छ । यस अवसरमा म निर्वाचनमा सहभागिताका लागि सबै राजनीतिक दल, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी,सुरक्षाकर्मी र आम जनसमुदायलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
आदरणीय देशबासीहरु,
५.यसपटक जनताले स्थानीय तहमा सिंहदरबारका लागि मध्यस्थ छानेको छैन, सिधै आफ्नो सिंहदरबार चुनेको छ । यसरी अब सही अर्थमा जनता आफैं आफ्नो शासक भएको छ ।हजारौं दलित र महिला नेतृत्व स्थापित गरेर यो निर्वाचनले महिला सशक्तीकरण र नेतृत्व निर्माणका दिशामा पनि ऐतिहासिक योगदान दिएको छ ।आजसम्म सीमान्तकृत रहेको समुदाय अब याचनाकर्ता होइन, न्यायदाताको नयाँ भूमिकामा पुगेको छ ।संघीय लोकतान्त्रिक गणतन्त्रका लागि निरन्तर संघर्षरत् मैले यो युगान्तकारी परिवर्तनको सहजकर्ता बन्न पाउँदा गौरवको महशुस गरेको छु ।
६. संविधान कार्यान्वयनमा मात्र होइन, सरकारले राष्ट्रिय अर्थतन्त्रमा समेत ऐतिहासिक सफलता प्राप्त गरेको छ । यो सरकार बन्नुअघि सपनाहरुको त वर्षा भइरहेको थियो । तर, आर्थिक वृद्धिदर केवल ०.८ प्रतिशत थियो । सबैजसो आर्थिक सूचकांकहरु ऋणात्मक थिए । राष्ट्रिय गौरवका ठूला आयोजनाहरुको निरन्तर अनुगमन र यो वर्ष ऐतिहासिक रुपमा पुनर्निर्माणले पाएको गति, ठूला विकास आयोजनाहरुको कार्यान्वयनमा प्रधानमन्त्री स्वयंको निरन्तर अनुगमन र हस्तक्षेप, अर्थतन्त्रलाई चलायमान बनाउने योजनावद्ध प्रयास र लोडसेडिङको अन्त्यका कारण मुलूकका आर्थिक परिसूचकहरु निकै सकारात्मक भएका छन् । राजस्व लक्ष्यभन्दा २४ प्रतिशत बढी उठेको छ । हामी एकातिर चौबीस वर्ष यताकै उच्च ७.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने दिशामा छौं भने अर्कातिर विगत बाह्र वर्ष यताकै सबैभन्दा कम मूल्यवृद्धि कायम गरिएको छ । आर्थिक वृद्धिदरमा हामी विश्वशक्ति बन्न अग्रसर हाम्रा दुई छिमेकीकै हाराहारीमा पुगेका छौं भन्ने जानकारी गराउन पाउँदा महर्षित् छु । भविष्यमा बन्ने सरकारहरुका लागि यो वृद्धिदर अब एउटा मानक बन्ने छ । देशको विकास अब जनताले भाषणहरुमा होइन, तथ्याङ्कहरुमा र परिणामहरुमा खोज्नेछन् भन्नेमा म विश्वस्त छु ।
७. मैले पहिल्यै भनेँ, यो सरकार गठन हुँदै गर्दा अठार–बीस घण्टासम्मको लोडसेडिङ सामान्य मानिन्थ्यो । लोडसेडिङका कारण औद्योगिक क्षेत्र अस्तव्यस्त थियो भने जनजीवन अत्यन्त कष्टकर थियो । प्रधानमन्त्री भएलगत्तै मैले लोडसेडिङ अन्त्य गर्ने ठोस संकल्प लिएर एक हिसाबले अत्यन्तै महत्वाकांक्षी ‘उज्यालो नेपाल अभियान’ सुरु गरेँ । विद्युत प्राधिकरणको टिम परिवर्तन गरियो, ठूला आयोजनाहरुको स्थलगत अनुगमन सक्रियतापूर्वक सुरु भयो । विद्युत आयतलाई व्यवस्थित गरियो । वर्षौंदेखि रोकिएको नेपालको पहिलो २२० के.भि.ए.को खिम्ती ढल्केबर प्रशारण आयोजना फास्ट ट्रयाकमा काम सम्पन्न गरी सञ्चालनमा ल्याइयो । ३ सिफ्टमा २४ सै घण्टा काम गर्ने व्यवस्था मिलाएर केवल २ महिनामै ढल्केबर सबस्टेशन सञ्चालनमा ल्याइयो । यो सरकारले उर्जा क्षेत्रमा गरेका विभिन्न नीतिगत सुधार र आयोजना कार्यान्वयनमा लिएको अग्रसरताबाट लोडसेडिङ समाप्त मात्र भएको छैन, आगामी १ वर्षभित्रै २०० मेगावाट, २ वर्षभित्र ६०० मेगावाट र ३ वर्षभित्र १२०० मेगावाट विद्युत् थप हुँदै छ र हामी विद्युत् निर्याततिर अग्रसर हुदैछौं भन्ने सुखद् जानकारी देशबासीलाई गराउन पाउँदा म खुसी छु । लोडसेडिङ अब लगभग इतिहास भएको छ र मैले यसलाई उज्यालो युगको प्रारम्भ ठानेको छु । लोडसेडिङ समाप्तिको आर्थिक मूल्य धेरै ठूलो छ । तर, त्योभन्दा ठूलो उपलब्धि मैले अब जनतामा जागेको विश्वासलाई मानेको छु । यो देश लामो समयदेखि ‘केही हुँदैन’ भन्ने हीनभावनामा बाँचेको थियो । अब देशका जनताको आफैंमाथि भरोसा र गर्व बढेको छ । लोडसेडिङ अन्त्यले केवल बाहिरी अँध्यारो हटाएको छैन, हामीभित्रको लाचारी र हीनभावनाको अन्धकार पनि मेटाउँदै छ ।
आदरणीय जनसमुदाय,
८.शान्तिप्रक्रिया र संक्रमणकाल व्यवस्थापनका हकमा पनि सरकारबाट उल्लेखनीय काम भएका छन् । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद थप गरिएको छ । उपरोक्त आयोगसँग सम्वन्धित ऐनहरुको संशोधन मस्यौदा तयार भएको छ । द्वन्द्वमा परी मृत्यु भएका, बेपत्ता भएका नागरिकहरुका परिवारलाई थप पाँच लाख राहत वितरण कार्य प्रारम्भ गरिएको छ । कञ्चनपुरको सीमा क्षेत्रमा शहादत प्राप्त गरेका गोविन्द गौतम र ६ वर्षअघि मोरङको सीमामा मृत्युवरण गरेका बासुदेव शाहलाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति र राहत दिने निर्णय गरिएको छ । तराई मधेश आन्दोलनमा मृत्युवरण गरेका ११ जना सुरक्षाकर्मी समेत ५२ जनालाई सहिद घोषणा गरी तराई मधेश र थरुहट आन्दोलनको क्रममा घाइते भएका व्यक्तिहरुलाई औषधि उपचार गराउन आवश्यक रकम निकासा गरिएको छ भने मधेश आन्दोलनका क्रममा भएको सम्पत्ति क्षतिको क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भई उपलब्ध गराउने कार्य शुरु भएको छ । महिला आयोग, राष्ट्रिय दलित आयोग, आदिबासी जनजाति आयोग, मुस्लिम आयोग, मधेसी आयोग र थारु आयोग सम्बन्धी विद्येयकहरु व्यवस्थापिका संसदमा पेश भएका छन् । स्थानीय तह सञ्चालन सम्बन्धी विद्येयक पनि संसदमा विचाराधीन छ । प्रशासनिक पुन:संरचनाका लागि सामान्य प्रशासन मन्त्रीको अध्यक्षतामा उच्चस्तरीय र अधिकारसम्पन्न समिति गठन भई काम अघि बढेको छ । प्रत्येक प्रदेशहरूमा उच्च अदालत र उच्च सरकारी वकिल कार्यालय स्थापना गरी काम प्रारम्भ भएको छ । भाषा आयोग गठन गरिएको छ ।
९. भूकम्पपीडितहरुको पूनर्बास र जीविका अनि पूनर्निर्माण सरकारको मुख्य प्राथमिकतामा थियो र छ । पूनर्निर्माण प्राधिकरणको गति सुस्त र लगभग परिणामहीन देखेपछि सरकारले नेतृत्व नै परिवर्तन गरेर राहत र पुनर्निर्माणमा तीव्रता दिने जमर्को गरेको छ । सर्वेक्षण सम्पन्न भइसकेका ११ जिल्लामा निजी आवास अनुदानको पहिलो किस्ता वापतको रकम सबैजसो सेवाग्राहीका खातामा पठाई सकिएको छ । निजी आवास निर्माणमा पीडितहरुले पाउने अनुदान रकममा रु. एक लाख र सहुलियत ऋणमा ३ लाख थप गरिएको छ र समग्रमा आठ लाखसम्मको प्याकेजको व्यवस्था गरिएको छ । यसै गरी बाढी पहिरो, डुबान र आगलागीबाट पीडितहरुलाई पनि भूकम्पपीडित सरह राहत दिने व्यवस्था गरिएको छ ।
१०. कृषि क्षेत्रको व्यवसायीकरण र औद्योगिकीकरण पनि सरकारको उच्च प्राथमिकतामा रह्यो । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत् सातवटै प्रदेशमा एक–एक वटा सुपरजोन स्थापना गर्ने कार्यक्रम अन्तर्गत् कैलाली जिल्लामा गहुँ, झापा जिल्लामा धानको सुपरजोन स्थापना गरी काम अगाडि बढिसकेको छ । अन्य प्रदेशमा सुपरजोन स्थापनाको काम अन्तिम चरणमा पुगेको छ । कृषकहरुको हक, हित र अधिकार स्थापित गर्न इतिहासमै पहिलोपटक अधिकारसम्पन्न किसान आयोग गठन गरिएको छ । कृषि बीमा र किसान पेन्सन योजनाका लागि पनि सरकारले आधार तयार गरेको छ ।
११. जब म प्रधानमन्त्रीको उम्मेदवार थिएँ, एकथरी साथीहरुले संसदमा मलाई उत्तेजनापूर्वक सोध्नुभएको थियो, ‘फास्ट ट्रयाक के हुन्छ ? ओबीओर के हुन्छ ? हुलाकी मार्ग के हुन्छ ?’ ती प्रश्न गलत थिएनन् । तर, सोध्नेहरुको नियत सही थिएन । त्यो प्रश्नमा अविश्वास थियो, चुनौती थियो । आफैंमाथि विश्वास नभएपछि मान्छेलाई अरुमाथि पनि विश्वास नहुँदो रहेछ । फास्ट ट्रयाकलाई लिएर त सरकारमाथि नियोजित दुष्प्रचारको अभियान नै चलाइयो । आज म यो सम्बोधनबाट जवाफ दिँदै छु, अहिलेसम्म केवल राजनीतिक दाउपेचको विषय भएको र कसैको खास प्राथमिकतामा नपरेको फास्ट ट्रयाक अब बन्ने ग्यारेन्टी भयो । राजधानी र तराईबीचको दू्रत मार्ग अब सुनिश्चित भयो । केही दिनमै म त्यसको शिलान्यास गर्दैछु र नेपाली सेनाले बनाउँदै छ । मधेश–तराईको समग्र अर्थतन्त्र र जनजीवन नै बदल्ने दुरगामीमहत्वको हुलाकी मार्ग पनि अहिले सबैभन्दा तीव्र गतिमा बनिरहेको छ । यो विषय मैलेभारतका प्रधानमन्त्रीसँग प्रत्यक्ष रुपमै अत्यन्त प्राथमिकताका साथ उठाएपछि नै हुलाकी मार्ग निर्माणले तीव्रता पाएको हो । अब तराई–मधेशको आर्थिक र सामाजिक जीवनमा कायापलट हुँदै छ । खानेपानी, सडक र अन्य पूर्वाधारका क्षेत्रमा पनि सरकारका उपलब्धि उल्लेखनीय छन् । काकाकूल राजधानीले वर्षौंदेखि देखेको मेलम्चीको पानीको सपना अब दशैंअघि नै पूरा हुने भएको छ । निर्णय पटकपटक भएको तर कार्यान्वयनमा नआएको नागढुङ्गा नौबीसे खण्डको सुरुङ मार्ग बन्ने सुनिश्चित भएको छ । काठमाडौं सेटलाइट मेगासिटीको तयारी गरी व्यवस्थित शहरीकरणको मोडेल अघि सारिएको छ । मुलूकका १७ शहरमा ‘एक शहर एक पहिचान कार्यक्रम’, रुकुमकोट, लिवाङ्गमा ‘स्मार्ट शहर’, निजगढ, पालुङ्गटार, लुम्बिनी, दुल्लु, वालिङ्ग, अमरगढी, पोखरा, धरान, बिराटनगर र काठमाडौं लगायत १३ वटा स्थानमा ‘मेगासिटी’को कार्य प्रारम्भ गरिएको छ । विगतमा सधैं केन्द्रमा बस्ने र निर्देशनमात्र दिने तर आयोजनाको वास्तविक अवस्था कहिल्यै नबुझ्ने नराम्रो परम्परा बस्यो । तर, मैले विकास निमाणलाई उच्च प्राथमिकता दिई राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनलाई तीब्रता दिन र आइपरेका समस्याहरुको तत्कालै समाधान गर्न आफैले आयोजनाहरु अनुगमन, निरीक्षण र निर्दर्ेशन गरेँ । समयअगाबै गुणस्तरीय काम सम्पन्न गर्ने आयोजना र कर्मचारीहरुलाई पुरस्कृत गर्ने घोषणापछि पहिले धेरै नै सुस्त रहेका कैयौं आयोजनाहरु छिटै सम्पन्न हुने दिशामा छन् ।
१२. यो सरकारले ऐतिहासिक रुपमा लगानी सम्मेलन सम्पन्न गरेको छ । यस सम्मेलनमा इतिहासमै सबैभन्दा धेरै १३ अर्ब ५१ करोड अमेरिकी डलर अर्थात् झण्डै चौध खर्ब नेपाली रुपैया बराबरको लगानी प्रतिवद्धता प्राप्त भएको छ । अब मुलूकमा लगानी अभिवृद्धि भई औद्यौगिक विकासले गति लिने निश्चित छ । लगानीको वातावरण बनाउन औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र सम्बन्धी कानून तर्जुमा गरिएको छ, वित्तीय क्षेत्रको सुदृढीकरण गर्न बाफिया सम्बन्धी ऐन पारित भई कार्यान्वयनमा लगिएको छ । चितवन जिल्लाको शक्तिखोरमा अत्याधुनिक सुविधासहितको औद्योगिक क्षेत्र स्थापना कार्यान्वयनको चरणमा छ ।
१३. शिक्षा क्षेत्रमा पनि सरकारले नयाँ सुरुवात गरेको छ । ०७२ सालको एस.एल.सी. परीक्षामा ए प्लस ल्याई हाल सामुदायिक मा.वि.मा नै अध्ययनरत छात्राहरुलाई प्रोत्साहन छात्रवृत्ति उपलव्ध गराइएको छ । साथै सीमान्तकृत र पिछडिएका वर्गलाई लक्षित गरी आवासीय विद्यालय निर्माण कार्य सुरु भएको छ । सात वटै प्रदेशमा १/१ वटा कृषि क्याम्पस स्थापना गर्ने कार्य अघि बढेको छ । विगत लामो समयदेखि त्रिभूवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच विभिन्न समस्या देखिए र दुवै विश्वविद्यालय संकटग्रस्त देखिए । ती समस्या समाधान गर्न गठित उच्चस्तरीय समितिले पेश गरेको प्रतिवेदन कार्यान्वयनमा लगिएको छ र समस्याको समाधान गरिएको छ ।
आदरणीय देशबासीहरु,
१४. जनस्वास्थ्यका क्षेत्रमा पनि यो सरकारले थुप्रै नीतिगत र कार्यक्रमिक सुधार गरेको छ । सबै प्राथमिक स्वास्थ्य केन्द्रसम्म कम्तिमा २ चिकित्सक, स्थानीय स्वास्थ्य संस्थासम्म निशुल्क औषधि र उपकरणको व्यवस्था गरिएको छ । अस्पतालमा ओपिडी सेवाको समय बढाइएको छ । सरकारी अस्पतालमा आफ्नै फार्मेसी अनिवार्य गरिएको छ । डायलेसिस सेवासँगै बाथ, मुटुरोग, मृगौला प्रत्यारोपण निशुल्क गरिएको छ । महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षण, नसर्ने रोगको परीक्षणलाई स्थानीय तहसम्म बिस्तार गरिएको छ । नेपालगञ्ज र जनकपुरमा मुटुरोग र नेपालगञ्जमा क्यान्सर उपचार बिस्तार गरिएको छ । सबै नेपालीलाई स्वास्थ्य बीमामा आवद्ध गराउन ‘स्वास्थ्य बीमा विद्येयक’ र समग्र स्वास्थ्य क्षेत्रलाई समेटेर बनेको ‘राष्ट्रिय स्वास्थ्य विद्येयक’ मन्त्रीपरिषदवाट स्वीकृत भई संसदमा पेश हुने चरणमा छ भने ‘प्रजनन स्वास्थ्य विद्येयक’ अन्तिम चरणमा छ । स्वास्थ्य जनशक्ति, पूर्वाधार र उपकरणलाई एकीकृत रुपमा विकास गर्न एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना अगाडि बढाइएको छ । सेवाका आधारमा अस्पतालको बर्गीकरण गरी संघीय संरचनाअनुरुप प्रत्येक स्थानीय तहमा एक प्राथमिक अस्पताल हुने गरी प्रादेशिक र संघीय तहमा स्वास्थ्य सेवा र संरचनासहितको मापदण्ड स्वीकृत गरिएको छ । यस वर्षलाई ‘मेरो वर्ष, म स्वस्थ, मेरो देश स्वस्थ’ अभियानको रुपमा मनाइँदै छ । मुटु, मृगौला, क्यान्सर, पार्केन्सन, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल कर्ड इन्जुरी, सिकलसेल एनिमिया, मस्तिस्कघात, कलेजो, फोक्सो र थाल्सेमियर गरी १२ वटा प्राणघातक रोगहरुको उपचारको लागि एक लाखसम्मको खर्च सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ । साथै सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रम कैलाली, बाग्लुङ्ग, इलाम, बैतडी, अछाम, पाल्पा, कास्की र म्याग्दीमा सञ्चालन भइरहेको छ र यो कार्यक्रमलाई क्रमश: देशभरी सञ्चालन गरिने व्यवस्था मिलाइएको छ । नेपाली सेना र नेपाल प्रहरीको अस्पतालमा सर्वसाधारणले उपचार गर्न सक्ने गरी अस्पताललाई सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ ।
१५. मैले प्रधानमन्त्री बने लगत्तैसंसदमा घोषणा गरेको थिएँ, विदेशी भूमिमा पसिना बगाएर देशको अर्थतन्त्र धानिरहेका युवाहरु सरकारको मुख्य प्राथमिकतामा हुनेछन् । सरकारले वैदेशिक रोजगारीमा जानेहरुको हकमा सुरुका दिनदेखि नै विभिन्न निर्णय गरेको छ । बीमा रकम तीन गुना बढाइएको छ । पासपोर्टका लागि विदेशमा लिने शूल्क झण्डै आधा घटाइएको छ । श्रम स्वीकृतिका लागि अनलाइनबाटै निवेदन दिन सकिने व्यवस्था गरी घण्टौं र कतिपय अवस्थामा रातभर लाइन बस्नुपर्ने अवस्था अन्त्य गरिएको छ । वैदेशिक रोजगार म्यादी जीवन बीमा सुरु भएको छ । बीमावापत् विगतमा ७ लाख मात्र पाउने व्यवस्थामा २० लाखसम्म थप गरी २७ लाखसम्म पाउने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीको क्रममा बिभिन्न अभियोगमा मृत्युदण्ड सुनाइएका, थुनामा रहेका, मुद्धा चलिरहेका, ब्लड मनि तथा जरिवाना तिर्न नसकेर मृत्युको प्रतीक्षा गरिरहेका नागरिकहरुका लागि कुटनीतिक, कानूनी र आर्थिक सहायता सम्बन्धि विशेष व्यवस्था गरिएको छ ।
१६. ‘गरीबका लागि सरकार’ हाम्रो संकल्प थियो । मुुलूकभरका भूमिहीन, सुकुम्बासी, हरुवा, चरुवा, हलिया, मुक्त कमैया लगायतका समुदायका समस्या समाधान गर्न बसोबास आयोग गठन गरिएको छ । गरीब घर परिवारका लागि परिचयपत्र बितरण गरी बिपन्न नागरिकलाई सेवा प्रवाहमा प्राथमिकता दिइँदै छ । जग्गा धनी प्रमाणपूर्जा नभएका कारण आधारभूत आवश्यकताका रुपमा रहेको खानेपानीको धारा, बिजुली बत्तीबाट बञ्चित देशभरका भूमिहीन, सुकुम्बासी, किसान, मजदूर र श्रमिकहरुलाई निजहरुको नागरिकताको प्रमाणपत्र र बसोबासका आधारमा पानी र बत्तीको मिटर जोड्ने व्यवस्था गरिएको छ । जातीय भेदभाव र छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवद्र्धन सम्बन्धि कार्यविधि, २०७३ तर्जुमा भई प्रधानमन्त्रीको अध्यक्षतामा जातीय भेदभाव र छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवद्र्धनन उच्चस्तरीय समिति गठन समेत भई काम सुरु गरेको छ । यातायात क्षेत्रमा सर्वसाधारणले ब्यहोर्न परेको सास्तीलाई कम गर्न एकातिर अनलाइन सेवा सुरु गरिएको छ भने अर्कातिर शाखा कार्यालयहरु थप गरी सेवालाई प्रभावकारी बनाइएको छ ।
१७.पछिल्ला दशकहरुमा हामीले सरकारी उद्योगहरु या निजीकरण गर्यौं या बन्द गर्यौं । यसले अर्थतन्त्रमात्र प्रभावित भएन, दातादेखि जनतासम्म साह्रै नराम्रो सन्देश गयो । यो सरकार त्यो क्रम रोक्न र नयाँ सुरुवात गर्न प्रतिवद्ध थियो । त्यही प्रतिवद्धताका कारण वर्षौदेखि बन्द रहेको नेपाल औषधी लिमिटेड सञ्चालनमा ल्याउन र औषधि उत्पादन सुरु गर्न सकिएको छ । अरु उद्योगका हकमा पनि नयाँ सम्भावनाको खोजी गरिएको छ । मध्य तराईका ८ जिल्लाहरु बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी र सिराहामा सञ्चालित सीमा क्षेत्र विकास कार्यक्रम तराईका थप १२ जिल्लाहरुमा बिस्तार गरिएको छ । विज्ञान र प्रविधिको विकासका लागि हरेक प्रदेशमा विद्यमान प्राकृतिक सम्पदा र मानवीय संशाधनलाई उपयोग गरेर कम्तिमा एक–एक अनुसन्धान केन्द्र स्थापना गर्ने दिशामा सरकार अघि बढेको छ । पेट्रोलियम क्षेत्रमा हाम्रा सम्भावना उजागर गर्न ग्लोबल टेन्डर गरिएको छ । प्रदुषण रोक्न २० वर्षभन्दा पुराना गाडी प्रतिबन्ध लगाइएको छ । राजधानी हर्न निषेधित भएको छ । युरो ३ युक्त गुणस्तरको इन्धनलाई युरो ४ मा स्तरोन्नति गरिएको छ । सात प्रदेशमा १५० वटा ऋष्mिबतभ क्mबचत ख्ष्ििबनभस्थापना कार्य अन्तिम चरणमा पुगेको छ । नेपालको आफ्नै भू–उपग्रहका लागि ग्लोबल टेण्डरको प्रक्रिया पनि अघि बढेको छ । सञ्चारलाई गुणस्तरीय र प्रभावकारी बनाउन फोरजी सेवा सञ्चालनमा ल्याइएको छ ।
प्यारा दिदीबहिनी तथा दाजुभाइहरु,
१८. म प्रधानमन्त्री हुनुअघि सरकारको विदेशनीति विवेकभन्दा आवेगले निर्देशित देखिएको थियो । छिमेकीहरुसँगको सम्बन्ध सहज थिएन । सरकारले सुरुदेखि नै कूटनीतिक अग्रसरता लियो र दुई उपप्रधानमन्त्रीलाई एकैपटक दुई छिमेकी देशमा विशेष दुतका रुपमा पठाएर सम्बन्ध सामान्यीकरण र विश्वास अभिवृद्धिको पहलकदमी लियो । भारत र नेपालका सम्माननीय राष्ट्रपतिहरुको भ्रमण, मेरो भारत र चीनको भ्रमण अनि ब्रिक्स् सम्मेलनमा सहभागिताले आपसी विश्वाससँगै आपसी सहयोगको बाटो खोलेको छ । यो सरकारले छिमेकीहरुसँग आपसी सम्बन्धलाई राजनीतिक, कूटनैतिक र जनस्तरसम्म सहज र सन्तुलित बनाएको छ । यसबीचमा भारतसँग खासगरी राजनीति, सुरक्षा तथा सीमाना, आर्थिक सहयोग, पूर्वाधार विकास, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति जस्ता विषयमा सहमति भएको छ । भारत र चीन लगायतका छिमेकी र अन्य मित्र राष्ट्रसँगको सम्बन्धलाई थप सन्तुलित र सुदृढ बनाइएको छ । चीन सरकारको महत्वकांक्षी योजना वान बेल्ट वान रोड कार्यक्रममा सहभागी हुने सम्झौतापत्रमा हस्ताक्षर गरी नेपाल चीन सम्बन्ध र नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण पहल लिइएको छ । १२ सय मेगावाटको जलासययुक्त बुढीगण्डकी जलविद्य्त् आयोजना चिनिया कम्पनीलाई निर्माण गर्न दिने निर्णय भएको छ । जलविद्युतको विकास मात्र होइन, वैदेशिक लगानी र जनताको मनोवलका हकमा समेत यो निर्णय ऐतिहासिक छ । यसैगरी चिनिँया सहयोगमा रसुवागढी स्याप्रूवेशी सडक स्तरोन्नति र भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण सम्बन्धी सम्झौता, सँगै नेपाल–चीन अन्तरसीमा आर्थिक क्षेत्रसम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसबाट नेपाल चीन सम्बन्ध र नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण योगदान पुग्ने सरकारको विश्वास छ । सन्तुलित र राष्ट्रकेन्द्रित विदेशनीतिका पक्षमा सरकारको सक्रियतासँग सिंगो देश जानकार नै छ ।
१९. संविधान कार्यान्वयनको यो जटिल चरणमा सबै राजनीतिक शक्तिहरु सरकारदेखि संसद र जनस्तरसम्म एक ठाउँमा उभिनुपर्छ भन्ने मान्यतामा म अडिग रहँदै आएको छु ।तराई मधेश, पहाड र हिमाल सबैलाई जोडेर अगाडि बढ्ने वातावरण बनाउन मैले सुरुदेखि नै सबैभन्दा बढी जोड र मेहेनत गरेको छु । उत्पीडितहरुको पहिचान र अधिकारको लडाईको नेतृत्व हुनुको नाताले सबैलाई जोडेर परिवर्तनतिर अगाडि बढाउने कुरालाई मैले आफ्नो ऐतिहासिक दायित्व ठानेको छु । वैचारिक मार्गचित्र फरक भए पनि हामी धेरैजसो राजनीतिकर्मीहरु कठिन, रक्तरञ्जित र बलिदानपूर्ण आन्दोलनबाट आएका हौं । हाम्रा थुप्रै सहयोद्धाले लक्ष्यप्राप्तिका लागि हाम्रै आँखाअगाडि शहादत बरण गरे र त्यो शहादतले हामीलाई तर्साएन । बरु, अझ मजबुत बनायो । आन्दोलन र क्रान्तिका कठिन चरणमा हामी रुँदारुँदै हाँस्यौं र हाँस्दाहाँस्दै रोयौं । त्याग, तपस्या, जेल–नेल, भूमिगत र निर्वासित जीवनका हाम्रा आ–आफ्नै इतिहास छन् र हामी धेरैजसो क्रान्तिका सन्तान हौं । आज देशले हामीसँग हाम्रै क्रान्तिहरुको अर्थ र औचित्य खोजेको छ । राजनीतिक लोकतन्त्र स्थापित गर्ने दिशामा त हामी करिब सफल भयौं । तर, सामाजिक लोकतन्त्र, सम्वृद्ध र न्यायपूर्ण समाज निर्माणको काम अझै अधुरो छ । म आज सबै देशवासीलाई आव्हान गर्छु, ‘आउनुहोस्, हामी सबै एक ठाउँमा उभिएर राजनीतिलाई भावना र उत्तेजना होइन, आर्थिक वृद्धिमा केन्द्रित गरौं । सपनाहरुको क्रान्ति धेरै भयो, अब हामीलाई उपलब्धिहरुको क्रान्ति चाहिएको छ । राजनीतिक प्रतिवद्धता, व्यवस्थापकीय कुशलता र राष्ट्रप्रति इमान्दारिता भयो भने राष्ट्रको सम्वृद्धि र परिवर्तन हामीबाटै र अहिले नै सम्भव छ भन्ने तथ्य लोडसेडिङको समाप्ति र तीव्र आर्थिक वृद्धिले प्रमाणित गरी नै सकेको छ । आउनुहोस्, विभेद र बहिष्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकतालाई मजबुत पारौं । आर्थिक क्रान्तिका लागि साझा संकल्प गरौं, सम्वृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गरौं ।’
२०. हामी सबैलाई थाहा छ, गठबन्धन सरकारका आफ्ना सीमा हुन्छन् । फरकफरक राजनीतिक दृष्टिकोणबीच सहकार्य स्वाभाविक रुपमा जटिल र पेचिलो हुन्छ । तर, अपवाद बाहेक सरकारमा त्यो जटिलताको छाया परेन । म सरकारमा सहभागी सबै दल र माननीय मन्त्रीहरुलाई सहयोग, सद्भाव र सहकार्यका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
२१. हाम्रो राजनीतिको सबैभन्दा ठूलो समस्या राजनीतिक नेतृत्वमा इमानको कमी र उपयोगको संस्कृति हो । इमानदार भएर भन्नुपर्दा हामी सबै कुनै न कुनै रुपमा त्यो संस्कृतिका शिकार छौं । दलहरु र नेताहरुबीचमा पटकपटक भएका लिखित र अलिखित सहमतिहरु रातारात च्यातिएका थुप्रै उदाहरण छन् । सत्ता साझेदारीका हकमा त अहिलेसम्म कहिल्यै कुनै सहमति राम्रोसँग पालना भएको छैन । कसैको कसैप्रति कुनै भरोसा नहुने र हरेकले हरेकलाई उपयोगमात्रै गर्ने आजसम्मको प्रवृत्तिले लोकतन्त्रलाई संस्थागत हुन दिनेछैन । वचनको भरोसा नभएको नेतृत्वले लोकतन्त्र र राष्ट्रलाई नेतृत्व दिन सक्दैन । दोस्रो चरणको निर्वाचन पनि यही सरकारले गराओस् भन्ने सिंगो देश र प्रतिपक्षीसमेतको सदिक्षाप्रति म आभारी छु । तर, मैले नेपाली राजनीतिमा लामो समयदेखिको नैतिकताको खडेरी तोड्ने दृढ संकल्प गरेको छु । अत: नेपाली कांग्रेससँग भएको समझदारी अनुसार नै अगाडि बढ्दैछु । सत्ता छाड्न पर्दा अहिलेसम्म देखिने गरेको पीडा, आक्रोश र छटपटीको परम्परा तोड्दै अबका दिनमा पनि एउटा राजनीतिज्ञका रुपमा, एउटा सांसदका रुपमा र एउटा नागरिकका रुपमा मुलूक र जनताको उत्थानमा निरन्तर क्रियाशील रहने प्रतिवद्धतासहित म आजै र अहिल्यै प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गर्दछु र म यहाँबाट सिधै सम्माननीय राष्ट्रपतिकहाँ गएर आफ्नो राजीनामा पेश गर्दैछु । राष्ट्रिय एकता र सहमतिका निमित्त मेरो प्रयास निरन्तर जारी रहने छ । सफल प्रधानमन्त्रीका रुपमा दिदीबहिनी तथा दाजुभाइसँग बिदा लिन पाउँदा खुसीको अनुभूति गरेको छ, धन्यवाद ।
The post सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्दै प्रचण्डले दिए पदबाट राजीनामा (सम्बोधनको पूर्णपाठ) appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2qVkjUg via IFTTT
१० जेठ, एजेन्सी । बलिउड गायक अभिजीत भट्टाचार्यको ट्विटर एकाउन्ट मंगलबार बन्द गरिएको छ, जसको समर्थनमा अर्का गायक सोनु निगमले पनि ट्विटर छोडेका छन् ।
सोनु निगमले बुधवार लगातार २४ वटा ट्विट गर्दै ट्विटर छोड्ने कुरा गरेका थिए । सोनुले भने, ‘म ट्विटरको विरुद्धमा छैन । एकतर्फी लाजबाट दिक्क भएर ट्विटर छोड्दैछु । यस्तो ठाउँ रहिरहँदैन, जसले बिष फैलाइरहेको छ । मलाई मुस्लिम विरोधी भन्न थालिएको छ ।’
सोनु निगमले २४ ट्विटमा अभिजितको समर्थनमा लेखेका थिए, ‘साच्चै ? उनीहरुले अभिजीतको अकाउन्ट सस्पेन्ड गरिदिए ? किन ? यो हिसाबले त ९० प्रतिशत ट्विटर अकाउन्ट बन्द हुनुपथ्र्यो, किनकि त्यसमा पनि गाली, गलौज, धम्कीहरु र कट्टरवादी जस्तो कुराहरु लेखिन्छन् ।’
गत सोमबारका दिन गायक अभिजीतले ‘जेएनयू विद्यार्थीका नेता शेहला राशिद र अरुन्धती रायलगायत महिला विरुद्ध आपत्तिजनक टिप्पणी गरेका थिए, त्यसपछि उनको ट्विटर एकाउन्ट नै ब्लक गरिदिइयो । उनको नामको ट्विटर अकाउन्टमा ‘क्लिक’ गर्दा अकाउन्ट सस्पेन्डेड दिखिएको छ । यद्यपी, अभिजीतको ट्विटर अकाउन्टलाई केही दिनका लागि मात्रै वा सँधैका लागि बन्द गरिएको हो, अहिले केही पनि स्पष्ट भइसकेको छैन ।
The post गायक अभिजितको समर्थनमा सोनु निगमले छोडे ट्विटर ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2rSIsrY
via IFTTT
१० जेठ, एजेन्सी । माधुरी दीक्षित बलिउडकी सदावहार अभिनेत्रीमा पर्छिन् । उनको अभिनेय र नृत्यले सबैलाई लठ्याउँछ । तर, एक व्यक्ति जसले उनीसँग विवाह गर्ने भएका थिए, तर अन्नतः माधुरी ‘रिजेक्ट’ अर्थात् अस्विकार्य भइन् ।
माधुरी दीक्षितका बुबा–आमाले उनी फिल्म उद्योगमा नआओस् चाहान्थे । माधुरी विवाह गरेर आफ्नो गृहस्थी सम्हालोस् भन्ने बुबा–आमा चाहान्थे, त्यसैले एक वर खोज्न सुरु गरे । केही लामो समयपछि वरको रुपमा ‘सुरेश वाडकर’ मिल्यो । सुरेश त्यस समयका उदाउँदो गायक थिए । माधुरीका बुबा–आमाले सुरशको घरमा विवाह प्रस्ताव पठाए, तर सुरेशले सम्बन्ध जोड्न अस्विकार गरे । सुरेशले ‘केटी’ निक्कै दुब्ली–पातली भएका कारण विवाह गर्न अस्विकार रहेको बताएका थिए ।
यो सम्बन्ध नजोडिएपछि माधुरीका बुबा–आमा निक्कै दुःखी बने, तर माधुरी भने निक्कै खुशी थिइन् । किनकि यही ‘रिजेक्सन’का कारण उनका परिवारले फिल्म क्षेत्रमा काम गर्न अनुमति दिएका थिए । माधुरीले सन् १९८४ मा ‘अबोध’बाट बलिउड डेब्यु गरिन् । यद्यपि त्यसको ४ बर्षपछि आएको फिल्म ‘तेजाब’बाट मात्रै उनले नाम कमाईन् । त्यसपछि माधुरीले पछि फर्केर हेर्न परेन ।
The post यी व्यक्तिसँग माधुरीको विवाह हुने भएको थियो, तर भइन् ‘रिजेक्ट’ ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2rSk4GW
via IFTTT
काठमाडौं, जेठ १० । पहिलो चरणको स्थानीय तह चुनाव भएका ३४ जिल्लाको स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । अब ६ वटा तहको परिणाम आउन बाँकी छ । अहिलेसम्मको नतिजामा प्रमुख पदमा नेकपा एमाले अघि छ ।
नेकपा एमाले
१) कास्कीको मादी गाउँपालिका– वेदबहादुर गुरुङ (श्याम)
२) कास्कीको माछापुच्छ्रे गाउँपालिका–कर्णबहादुर गुरुङ्ग
३) कास्कीको रुपा गाउँपालिका–नवराज ओझा
४) स्याङ्जाको फेदीखोला गाउँपालिका–घनश्याम सुवेदी
५) स्याङ्जा हरिनाश गाउँपालिका – खिमनारायण मानन्धर
६) स्याङ्जाको आँधिखोला गाउँपालिका–सुधिर पौडेल
७) स्याङ्जाको गल्याङ नगरपालिका–भुपराज अधिकारी
८) स्याङ्जाको कालिगण्डकी गाउँपालिका–खिमबहादुर थाप
९) स्याङ्जाको बिरुवा गाउँपालिका–चुनप्रसाद शर्मा
१०) स्याङ्जाको पुतलीबजार नगरपालिका–सीमा क्षेत्री
११) डोल्पाको ठूलोभेरी नगरपालिका – गणेशबहादुर शाही
१२) डोल्पाको से फोक्सुण्डो गाउँपालिका – टाँसी तुञ्दुप गुरुङ (निर्विरोध)
१३) डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–ओमबहादुर बुढा
१४) डोल्पाको काइके गाउँपालिका – अंगद राना
१५) धादिङको सिद्धलेक गाउँपालिका– पे्रमनाथ सिलवाल
१६) धादिङको धुनीबेसी नगरपालिका–बालकृष्ण आचार्य
१७) धादिङको थाक्रे गाउँपालिका – रामकुमार आचार्य
१८) धादिङको नेत्रावती गाउँपालिका – दुर्गाकुमार शाक्य
१९) धादिङको गंगाजमुना गाउँपालिका–बलबहादुर अधिकारी
२०) धादिङको गल्छी गाउँपालिका–कृष्णहरि श्रेष्ठ
२१) धादिङको गजुरी गाउँपालिका – राजेन्द्र विक्रम वस्नेत
२२) धादिङको त्रिपुरासुन्दरी गाउँपालिका – शम्भुकुमार थापा
२३) मनाङको चामे गाउँपालिका – लोकेन्द्र घले
२४) मनाङको नेस्याङ गाउँपालिका – कान्छा घले
२५) मुस्ताङको घरपजोङ गाउँपालिका – असबहादुर थापा
२६) मकवानपुरको गढी गाउँपालिका–विदुर हुमागाईं
२७) मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–जीवन लामा
२८) मकवानपुरको कैलाश गाउँपालिका–टंक मोक्तान
२९) मकवानपुरको भीमफेदी गाउँपालिका–हिदम लामा
३०) मकवानपुरको मनहरी गाउँपालिका–एकराज उप्रेती
३१) लमजुङको मस्र्याङ्दी गाउँपालिका – अर्जुन गुरुङ
३२) लमजुङको सुन्दरबजार नगरपालिका – जनकराज मिश्र
३३) लमजुङको बेशिशहर नगरपालिका – गुमानसिंह अर्याल
३४) लमजुङको क्व्होलासोथर गाउँपालिका–प्रेम घले
३५) लमजुङको राइनास नगरपालिका – सिंहबहादुर थापा
३६) काभ्रे बनेपा नगरपालिका–लक्ष्मीनरसिंह बादे
३७) काभ्रेको मण्डन देउपुर नगरपालिका – टेकबहादुर वाइवा
३८) काभ्रेको पनौती नगरपालिका–भीम न्यौपाने
३९) काभ्रेको भुम्लु गाउँपालिका–गुमानध्वज कुँवर
४०) काभ्रेको खानीखोला गाउँपालिका–कृष्ण खुलाल
४१) काभ्रेको नमोवुद्ध नगरपालिका – टंकप्रसाद शर्मा
४२) दैलेखको नारायण नगरपालिका – रत्न बहादुर खड्का
४३) दैलेखको भैरवी गाउँपालिका–प्रेमबहादुर बुढा
४४) दैलेखको महाबु गाउँपालिका–जंगबहादुर शाही
४५) दैलेखको चामुण्डा नगरपालिका – सूर्यबहादुर शाही
४६) दैलेखको भगवतीमाई गाउँपालिका–दानबहादुर थापा
४७) दैलेखको ठाटीकाध गाउँपालिका–धिरबहादुर शाही
४८) दैलेखको आठबीस नगरपालिका– खड्गराज उपाध्याय
४९) रसुवाको गोसाइकुण्ड गाउँपालिका – कैसाङ नुर्पु तामाङ
५०) रसुवाको कालिका गाउँपालिका–सीताकुमारी पौडेल
५१) रामेछापको लिखु गाउँपालिका– गोविन्दबहादुर खड्का
५२) रामेछापको गोकुलगंगा गाउँपालिका–खड्गबहादुर सुनुवार
५३) रामेछापको उमाकुण्ड गाउँपालिका–शेरबहादुर सुनुवार
५४) रामेछापको मन्थली नगरपालिका–रमेशकुमार बस्नेत
५५)रामेछाप खाँडादेवी गाउँपालिका – प्रेमबहादुर तामाङ
५६) जाजरकोटको भेरी नगरपालिका – सीपी घर्तीमगर
५७) जाजरकोटको शिवालय गाउँपालिका – नरेन्द्र शाही
५८) जाजरकोटको छेडागाड नगरपालिका–लालबहादुर महतारा
५९) सिन्धुलीको फिक्कल गाउँपालिका – धनबहादुर कार्की
६०) सिन्धुलीको कमलामाई नगरपालिका–खड्गबहादुर खत्री
६१) सिन्धुलीको दूधौली नगरपालिका–घनश्याम राउत
६२) पर्वतको महाशिला गाउँपालिका – राजु पौडेल
६३) पर्वतको फलेवास नगरपालिका – पदमपाणी शर्मा
६४) पर्वतको विहादी गाउँपालिका–कमल भुषाल
६५) पर्वतको मोदी गाउँपालिका–प्रेमप्रसाद पौडेल
६६) दोलखाको शैलुङ्ग गाउँपालिका–भरत दुलाल
६७) दोलखाको जिरी नगरपालिका–टंक जिरेल
६८) दोलखाको गौरीशंकर गाउँपालिका–स्वयंमबहादुर खड्का
६९) दोलखाको भिमेश्वर नगरपालिका – भरत केसी
७०) दोखलाको कालिञ्चोक गाउँपालिका – बिनकुमार थामी
७१) दोलखाको तामाकोशी गाउँपालिका – ईश्वरचन्द्र पोख्रेल
७२) तनहुँको धिरिङ गाउँपालिका – रणबहादुर राना
७३) तनहुँको देवघाट गाउँपालिका – दुर्गाबहादुर थापा
७४) तनहुँको भिमाद नगरपालिका – मेखबहादुर थापा
७५) सिन्धुपाल्चोकको लिसंखुपाखा गाउँपालिका–कमल नेपाल
७६) सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका– टासी लामा
७७) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – डम्बर अर्याल
७८) सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका – निमफुन्जो शेर्पा
७९) सिन्धुपाल्चोकको बलेफी गाउँपालिका – केदार क्षेत्री
८०) सिन्धुपाल्चोकको जुगल गाउँपालिका–होमनारायण श्रेष्ठ
८१) सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– भूपेन्द्र श्रेष्ठ
८२) सल्यानको ढोरचौर गाउँपालिका – चित्रबहादुर चलाउने
८३) सल्यानको कपुरकोट गाउँपालिका – भीमबहादुर सेन
८४)सल्यानको कालिमाटी गाउँपालिका–दानबहादुर खत्री केसी
८५)सल्यानको वनगाड नगरपालिका – गोविन्द पुन
८६) म्याग्दीको धौलागिरी गाउँपालिका – थमसरा पुन
८७) म्याग्दीको मंगला गाउँपालिका – सतप्रसाद रोका
८८) बाग्लुङको काठेखोला गाउँपालिका – अम्बर थापा
८९) बाग्लुङको ढोरपाटन नगरपालिका – देबकुमार नेपाली
९०) बाग्लुङको बडीगाड गाउँपालिका–मेयरसिंह पाइजा
९१) बाग्लुङको बाग्लुङ नगरपालिका – जनक पौडेल
९२) सुर्खेतको लेकवेशी नगरपालिका–गगनसिं सुनार
९३) सुर्खेतको सिम्ता गाउँपालिका – कविन्द्रकुमार केसी
९४) सुर्खेतको चौकुनेमा गाउँपालिका – धिरबहादुर शाही
९५) नवलपरासीको गैंडाकोट नगरपालिका – छत्रराज पौडेल
९६) नवलपरासीको कावासोती नगरपालिका–चन्द्रा पुन
९७)मुगुको खत्याड गाउँपालिका–उब्जनबहादुर शाही
९८) हुम्लाको अदमचुली गाउँपालिका – दल फडेरा
९९) नुवाकोटको तार्केश्वर गाउँपालिका – रमेश वस्ती
१००) नुवाकोटको विदुर नगरपालिका–सन्जु पण्डित
१०१) नुवाकोटको वेलकोटगढी नगरपालिका –राजेन्द्ररमण खनाल
१०२) कालिकोटको खाँडाचक्र नगरपालिका – जशीप्रसाद पाण्डे
१०३) जुम्लाको तिला गाउँपालिका–रतननाथ योगी
१०४) चितवनको राप्ती नगरपालिका – प्रभा बराल
१०५) चितवनको कालिका नगरपालिका–खुमनारायण श्रेष्ठ
१०६) काठमाडौंको टोखा नगरपालिका–प्रकाश अधिकारी
१०७) काठमाडौंको शंकरापुर नगरपालिका – सुर्वण श्रेष्ठ
१०८) काठमाडौंको कीर्तिपुर नगरपालिका – रमेश महर्जन
१०९) काठमाडौंको तारकेश्वर नगरपालिका–रामेश्वर बोहोरा
११०) ललितपुरको महाँकाल गाउँपालिका – रामचन्द्र दाहाल
१११) भक्तपुरको सूर्यविनायक नगरपालिका– बासुदेव थापा
११२) काभ्रेको धुलिखेल नगरपालिका – अशोक व्यञ्जु
११३) चितवनको रत्ननगर नगरपालिका – नारायण वन
११४) कालिकोटको कालिका गाउँपालिका – खडानन्द चौलागाँई
११५) ललितपुरको महालक्ष्मी नगरपालिका– रामेश्वर श्रेष्ठ
११६) भक्तपुरको मध्यपुरथिमी नगरपालिका– मदनसुन्दर श्रेष्ठ
११७) चितवनको खैरहनी नगरपालिका– लालमणि चौधरी
११८) काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका – कृष्णहरि थापा
११९) काठमाडौंको बुढानिलकण्ठ नगरपालिका – उद्धव खरेल
१२०) कालिकोटको नरहरिनाथ गाउँपालिका – धिरबहादुर बिष्ट
२) नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–डम्बर जिसी
३) नवलपरासीको हुप्सेकोट गाउँपालिका–लक्ष्मी पाण्डे
४) नवलपरासीको बुलिङटार गाउँपालिका–शशिकिरण बस्ताकोटी
५) नवलपरासीको देवचुली नगरपालिका–पूर्णप्रसाद श्रेष्ठ
६) नवलपरासीको मध्यविन्दु नगरपालिका–चन्द्रबहादुर राना
७) मुस्ताङको थसाङ गाउँपालिका – बुद्धिप्रसाद शेरचन
८) मुस्ताङको बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका – फेन्चोकछेप्तेन गुरुङ
९) मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट
१०) मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा (निर्विरोध)
११) मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले
१२) जाजरकोटको कुसे गाउँपालिका – हरिचन्द्र बस्नेत
१३) जाजरकोटको बारेकोट गाउँपालिका–महेन्द्र शाही
१४) बाग्लुङको तमानखोला गाउँपालिका – जोकलाल बुढा
१५) बाग्लुङको गलकोट नगरपालिका–भरत शर्मा
१६) बाग्लुङको निसीखोला गाउँपालिका–तारानाथ पौडेल
१७) बागलुङको जैमिनि नगरपालिका–इन्द्रराज पौडेल
१८) जुम्ला पातारासी गाउँपालिका – लक्षीमण बोहरा
१९) जुम्लाको सिंजा गाउँपालिका – देवल सिंह रावल
२०) जुम्लाको कनका सुन्दरी गाउँपालिका–नरवीर रावत
२१) जुम्लाको चन्दननाथ नगरपालिका – कान्तिका सेजुवाल
२२) गोरखाको गण्डकी गाउँपालिका–होमबहादुर राना
२३) गोरखाको चुमनुब्री गाउँपालिका – धनबहादुर गुरुङ
२४) गोरखाको सिरानचोक गाउँपालिका – राजु गुरुङ
२५) गोरखाको अजिरकोट गाउँपालिका – फणिन्द्रप्रसाद धिताल
२६) गोरखाको आरुघाट गाउँपालिका–पूर्ण दाहाल
२७) गोरखाको धार्चे गाउँपालिका – सन्तोष गुरुङ
२८) गोरखाको गोरखा नगरपालिका – राजनराज पन्त
२९) गोरखाको भीमसेन गाउँपालिका–ईश्वर पाण्डे
३०) गोरखाको पालुङटार नगरपालिका – दीपकबाबु कँडेल
३१) सिन्धुलीको गोलन्जोर गाउँपालिका – पुष्पबहादुर कार्की
३२) सिन्धुलीको घ्याङलेक गाउँपालिका–जगतबहादुर भोलन
३३) सिन्धुलीको तीनपाटन गाउँपालिका – कर्णबहादुर थापामगर
३४) सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका – निमा ग्याल्जेन शेर्पा
३५) सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका – विनोद जिसी
३६)रामेछापको रामेछाप नगरपालिका–नरबहादुर थापामगर
३७) रसुवाको उत्तरगया गाउँपालिका – उपेन्द्र लम्साल
३८) रसुवाको नौकुण्ड गाउँपालिका– नुर्पु साङ्वो घले
३९) काभ्रेको वेथानचोक गाउँपालिका–प्रेमबहादुर तिमिल्सिना
४०) काभ्रेको तेमाल गाउँपालिका–सलामसिंह लामा
४१) काभ्रेको रोशी गाउँपालिका – दलबहादुर लामा
४२) काभ्रेको पाँचखाल नगरपालिका–महेश खरेल
४३) नुवाकोटको किस्पाङ गाउँपालिका–छत्रबहादुर लामा
४४) नुवाकोटको तादी गाउँपालिका– नारायणप्रसाद पाण्डे
४५) नुवाकोटको दुप्चेश्वर गाउँपालिका – योविन्द्रसिंह तामाङ
४६) नुवाकोटको लिखु गाउँपालिका– धु्रव श्रेष्ठ
४७) नुवाकोटको मेघाङ गाउँपालिका – आशा तामाङ
४८) नुवाकोटको शिवपुरी गाउँपालिका–रामकृष्ण थापा
४९) नुवाकोटको सूर्यगढी गाउँपालिका– सन्तबहादुर घले तामाङ
५०) लमजुङको मध्यनेपाल नगरपालिका – रमेशकुमार पाण्डे
५१) लमजुङको दूधपोखरी गाउँपालिका – छुपीमाया गुरुङ
५२) हुम्लाको सिमिकोट गाउँपालिका–पदम लामा
५३) सुर्खेतको चिङगाड गाउँपालिका–देवबहादुर चन्द
५४) सुर्खेतको बराहताल गाउँपालिका – तेजबहादुर बस्नेत
५५) सुर्खेतको गुर्भाकोट गाउँपालिका – हस्तबहादुर पुन
५६) सुर्खेतको पञ्चपुरी नगरपालिका – उपेन्द्रबहादुर थापा
५७) सुर्खेतको भेरीगंगा नगरपालिका – भुपेन्द्र चन्द
५८) सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – देबकुमार सुवेदी
५९) तनहुँको आबुखैरनी गाउँपालिका – गिरबहादुर थापा
६०) तनहुँको ऋसिङ गाउँपालिका – राजेन्द्रकृष्ण श्रेष्ठ
६१) तनहुँको म्याग्दे गाउँपालिका–माया राना
६२)तनहुँको शुक्ला गण्डकी नगरपालिका – किसान गुरुङ
६३) तनहुँको भानु नगरपालिका–उदयराज गौली
६४) तनहुँको व्यास नगरपालिका – बैकुण्ठ न्यौपाने
६५) म्याग्दीको मालिका गाउँपालिका–श्रीप्रसाद रोका
६६) म्याग्दीको बेनी नगरपालिका – हरिकुष्ण श्रेष्ठ
६७) म्याग्दीको अन्नपूर्ण गाउँपालिका – डमबहादुर पुन
६८) म्याग्दीको रघुगंगा गाउँपालिका –भवबहादुर भण्डारी
६९) स्याङ्जाको चापाकोट नगरपालिका – शिवकुमार गिरी
७०) स्याङ्जाको अर्जुन चौपाली गाउँपालिका – दीर्घनारायण अर्याल
७१) स्याङ्जाको भीरकोट नगरपालिका – छायाराम खनाल
७२) स्याङ्जाको वालिङ नगरपालिका – दिलिप प्रताप खाँड
७३) दोलखाको बिगु गाउँपालिका– युधिष्ठिर खड्का
७४) दोलखाको वैत्यश्वर गाउँपालिका–छवी लामा
७५) मुगुको छायाँनाथ रारा नगरपालिका–हरिजगं शाही
७६) मुगुको मुगुमकार्मारोङ गाउँपालिका –छिरिङक्यान्पो लामा
७७) मुगुको सोरु गाउँपालिका – लोकजंग शाही
७८) दैलेखको दुल्लु नगरपालिका–घनश्याम भण्डारी
७९) दैलेखको गुराँस गाउँपालिका–खेमराज वली
८०) दैलेखको नौमुले गाउँपालिका–भदे बुढा
८१) दैलेखको ढुङ्गेश्वर गाउँपालिका–नगेन्द्रबहादुर मल्ल
८२) सल्यानको त्रिवेणी गाउँपालिका–मानबहादुर डाँगी
८३) सल्यानको छत्रेश्वरी गाउँपालिका – सन्तोस केसी
८४) सल्यानको शारदा नगरपालिका – सुरेश अधिकारी
८५) पर्वतको पैंयू गाउँपालिका–खगेन्द्र तिवारी
८६) पर्वतको जलजला गाउँपालिका–यामबहादुर मल्ल ‘रामकृष्ण’
८७) पर्वतको कुस्मा नगरपालिका – रामचन्द्र जोशी
८८) धादिङको ज्वालामुखी गाउँपालिका– विनोद तिमल्सिना
८९) धादिङ खनियाबास गाउँपालिका – रणबहादुर तामाङ
९०) धादिङको नीलकण्ठ नगरपालिका – भिमप्रसाद ढुङ्गाना
९१) कालिकोटको महावै गाउँपालिका – नन्दबहादुर सिंह
९२) मकवानपुरको बकैया गाउँपालिका – दामोदर खनाल
९३) मकवानपुरको राक्सिराङ गाउँपालिका–राजकुमार मल्ल
९४) चितवनको इच्छाकामना गाउँपालिका – गिताकुमारी गुरुङ
९५) कास्कीको अन्नपूर्ण गाउँपालिका–युवराज कुँवर
९६)ललिपुरको बागमती गाउँपालिका–वीरबहादुर लोप्चन
९७)ललितपुरको गोदावरी नगरपालिका–गजेन्द्र महर्जन
९८) काठमाडौंको गोकर्णेश्वर नगरपालिका – सन्तोष चालिसे
९९) काठमाडौंको नागार्जुन नगरपालिका – मोहनबहादुर बस्नेत
१००) काठमाडौंको दक्षिणकालि नगरपालिका– मोहन बस्नेत
१०१) हुम्लाको खार्पुनाथ गाउँपालिका – कर्ण रावल
१०२) काठमाडौंको चन्द्रागिरी नगरपालिका – घनश्याम गिरी
१०३) सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका – वंशिलाल तामाङ
१०४) ललितपुरको ललितपुर महानगरपालिका – चिरीबाबु महर्जन
माओवादी केन्द्र
१) सल्यानको दार्मा गाउँपालिका– निमबहादुर केसी
२) सल्यानको बागचौर नगरपालिका – लोकमान बुढाथोकी
३) सल्यानको कुमाख मालिका गाउँपालिका–दिलमाया बुढा मगर
४) जुम्लाको हिमा गाउँपालिका – रजबहादुर शाही
५) जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी
६ जुम्लाको तातोपानी गाउँपालिका–नवराज न्यौपाने
७) हुम्लाको ताजाकोट गाउँपालिका – बागदल मल्ल
८) हुम्लाको चंखेली गाउँपालिका–धनलाल जैशी
९) हुम्लाको सर्केगाड गाउँपालिका – कृष्ण रोकाया
१०) हुम्लाको नाम्खा गाउँपालिका – बिष्णु तामाङ
११) कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका – डम्बर शाही
१२) कालिकोटको राजकोट नगरपालिका–काशिचन्द्र बराल
१३) कालिकोटको पताल झरना गाउँपालिका–खड्कबहादुर सेजुवाल
१४) कालिकोटको कलाता गाउँपालिका–लक्ष्मणबहादुर बम
१५) कालिकोटको तिलागुफा नगरपालिका – रतनबहादुर शाही
१६) डोल्पाको जगदुल्ला गाउँपालिका – नरसिंह रोकाया
१७) डोल्पाको मुड्केचुला गाउँपालिका – दत्तबहादुर शाही
१८) सिन्धुली मरिण गाउँपालिका – पानीराज बम्जन
१९) सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–कारसाङ थिङ
२०) सिन्धुलीको सुनकोशी गाउँपालिका–दीपा बोहोरा
२१) रुकुमको सानोभेरी गाउँपालिका – नरबहादुर पुन
२२) रुकुमको त्रिवेणी गाउँपालिका–झक्कुप्रसाद घर्ती
२३) रुकुमको बाफिकोट गाउँपालिका–धर्म केसी
२४) रुकुमको चौरजहारी नगरपालिका–विशाल शर्मा
२५) रुकुमको मुसिकोट नगरपालिका – देवीलाल गौतम
२६) रुकुमको आठबीसकोट नगरपालिका–गोर्खाबहादुर केसी
२७) काभ्रेको महाभारत गाउँपालिका–कान्छामान जिम्बा
२८) काभ्रेको चौरीदेउराली गाउँपालिका–दिनानाथ गौतम
२९) तनहुँको बन्दीपुर गाउँपालिका – पूर्णसिंह थापा
३०) बाग्लुङको ताराखोला गाउँपालिका– प्रकाश घर्ती
३१) मकवानपुरको बागमती गाउँपालिका–सर्केस घलान
३२) मकवानपुरको थाहा नगरपालिका – लवशेर विष्ट
३३) जाजरकोटको त्रिवेणीनलगड नगरपालिका– टेकबहादुर रावल
३४) जाजरकोटको जुनीचाँदे गाउँपालिका–कृष्णबहादुर केसी
३५) नुवाकोटको ककनी गाउँपालिका–मानबहादुर लामा
३६) नुवाकोटको पञ्चकन्या गाउँपालिका – तेजबहादुर तामाङ
३७) रामेछापको सुनापति गाउँपालिका – धावा लामा
३८) रामेछापको दोरम्बा गाउँपालिका–कमानसिंह तामाङ
३९) लमजुङको दोर्दी गाउँपालिका–ओमबहादुर गुरुङ
४०) सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी गाउँपालिका – अमानसिंह तामाङ
४१) सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका – राजकुमार पौडेल
४२) गोरखाको शहीद लखन गाउँपालिका – रमेश थापा
४३) गोरखाको सुलिकोट गाउँपालिका – विष्णु भट्ट
४४) धादिङको बेनीघाट गाउँपालिका – पित्तबहादुर डल्लाकोटी
४५) चितवनको माडी नगरपालिका–ठाकुरप्रसाद ढकाल
४६) ललिपुरको कोन्ज्योसोम गाउँपालिका – गोपीलाल स्याङ्तान
नयाँ शक्ति पार्टी नेपाल
१) रसुवाको पार्वतीकुण्ड – बुचुङ तामाङ
राप्रपा
१) धादिङको रुबीभ्याली गाउँपालिका – चेरुङ तामाङ
जनमोर्चा
१) बाग्लुङको वारेङ गाउँपालिका–कृष्णप्रसाद शर्मा
नेपाल मजदुर किसान पार्टी
१) भक्तपुरको भक्तपुर नगरपालिका – सुनिल प्रजापति
स्वतन्त्र तीन
१) मुस्ताङको दालोमे गाउँपालिका – राजु बिष्ट
२) डोल्पाको डोल्पो बुद्ध गाउँपालिका – तेम्बा गुरुङ
३) डोल्पाको छर्का ताङसोङ गाउँपालिका – सोनाम गुरुङ
-उज्यालो अनलाइनबाट
The post अहिले सम्म प्रमुख पदमा कुन पार्टीको कति जित ? appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2qeOrqC
via IFTTT
जय गणेश ! जय गणेश !! जय गणेश देभ !!! श्री गणेश आरती मन्त्र भिडियो हेर्नुहोस In Hinduism, each day of a week is dedicated to a particular god in the Hindu pantheon. Apart from the special Vratas and Upvaas, many Hindus also fast on a particular day in a week. Each day in a week has a specialty and there are numerous folklores associated with the fasting observed on the days of a week.Tuesday is dedicated to Lord Ganesha, Durga, Goddess Kali and Lord Hanuman. Most devotees visit Devi and Hanuman shrines. Those people who fast avoid taking food containing salt at night.
The post जय गणेश ! जय गणेश !! जय गणेश देभ !!! श्री गणेश आरती मन्त्र भिडियो हेर्नुहोस appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2qU9iT9
via IFTTT
१० जेठ, काठमाडाैं । भरतपुर महानगरको मेयर बन्नका लागि एमालेका देवी ज्ञवाली र माओवादीकी उम्मेदवार रेणु दाहालबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । मत परिणाम आउन केही दिन लाग्नेछ । तर, वडाहरुको परिणाम भने आइरहेको छ ।
भरतपुरको वडा नम्बर २६ को वडाध्यक्षमा ज्ञानप्रसाद खनाल विजयी भएका छन् । खनाल तिनै हुन्, जसलाई एमालेसँग तालेमल गरेको भन्दै माओवादीले कारबाही गरेको थियो ।
मेयरमा कांग्रेस र माओवादीबीच तालमेल हुनु अघि नै वडा नम्बर २६ मा तालमेल भएको थियो । एमालेले वडाध्यक्षमा समर्थन गर्ने र बाँकी चार सदस्य माओवादीले छाड्ने समझदारी भयो । तर, मेयरमा कांग्रेस र माओवादीबीच तालमेल भएपछि वडाध्यक्षका उम्मेदवार खनाल नै कारबाहीमा परे ।
एमालेसँग तालमेल गरेको भन्दै माओवादी जिल्ला नेतृत्वले वडाध्यक्षका उम्मेदवार ज्ञानप्रसाद खनाललाई पार्टीबाट निस्कासन मात्र गरेन, वडाध्यक्षमा कांग्रेसका उम्मेदवारलाई समर्थन जनायो । तर, माओवादीबाट कारबाही झेलेका खनाल वडाध्यक्षमा बिजयी भए । खनाल १६५८ मत ल्याएर बिजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले १४६० मत प्राप्त गरे । – अनलाइनखबर
The post माओवादीले कारबाही गरेका खनालले जिते भारतपुर महानगरमा वडाध्यक्ष appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2rSgSLA
via IFTTT
१० जेठ, काठमाडौं । प्रजनन स्वास्थ्यकै कारण महिलाहरुमा हुँदै आएको विभेद अन्त्यका लागि सरकारले तयारी थालेको छ । स्वास्थ्य मन्त्रालयले प्रजनन स्वास्थ्यको अधिकार सुनिश्चित गर्न ‘राष्ट्रिय प्रजनन स्वास्थ्य विधेयक ०७४’ बनाएको हो । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रजनन स्वास्थ्य सम्बन्धी ऐन निर्माणको लागि स्वीकृति दिएसँगै मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको हो ।
नेपालको संविधान ०७२ को धारा ३८ (२) ले समेत महिलाको प्रजनन स्वास्थ्यलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको अवस्थामा त्यसको कार्यान्वयनका लागि अहिलेसम्म कुनै ऐन बन्न सकेको थिएन । ऐनकै अभावमा सरकारलाई प्रजनन स्वास्थ्य सम्बन्धी छुट्टाछुट्टै निर्देशिकाको आधारमा काम गर्नुपर्ने बाध्यता थियो ।
‘नयाँ बन्ने ऐनले महिलाको प्रजनन स्वास्थ्य सुनिश्चित गर्नुका साथै मातृशिशु मृत्युदर, सुरक्षित गर्भपतन लगायत विषयमा सरकारले ठोस कदम चाल्ने विश्वास लिइएको छ’, स्वास्थ्य मन्त्री गगनकुमार थापाका कानुनी सल्लाहकार राजु कटुवालले अनलाइनखबरसँग भने ।
के छ विधेयकमा ?
विधेयकको मस्यौदा बनाउने अन्तिम तयारीमा रहेको मन्त्रालयले अहिले पनि सरोकारवाला निकायहरुसँग छलफल गरिरहेको छ ।
केही दिनभित्रै मस्यौदालाई अन्तिम रुप दिएर कानून मन्त्रालय पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यहाँ कानूनी रुप दिँदै विधेयक संसद्बाट पारित भएपछि ऐनको रुपमा लागू गरिनेछ ।
ऐनले सुत्केरी तथा उनीहरुबाट जन्मेका शिशुको निःशुल्क स्वास्थ्य उपचार, सुरक्षित गर्भपतनको अधिकार, परिवार नियोजन, किशोर–किशोरीहरुको प्रजनन स्वास्थ्य सम्बन्धी अधिकारलाई एउटै छातामा समेट्नेछ ।
मन्त्रालयका अनुसार, प्रजनन स्वास्थ्यकै कारण महिलाहरुमा हुँदै आएको विभेद अन्त्यका लागि यो ऐन बनाउन लागिएको हो ।
ऐन पारित भएपछि सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन, परिवार नियोजन, प्रजनन स्वास्थ्यका विषयलाई अधिकारका रुपमा सुनिश्चित गर्नुका साथै महिलाको प्रजनन सम्बन्धी विषयलाई आत्मनिर्णयको अधिकारको रुपमा स्थापित गर्नेछ ।
साथै ऐनले महिलाको गोपनीयताको हकलाई संरक्षण गर्ने, सबै सरकारी अस्पतालमा सबै प्रकारका प्रजनन स्वास्थ्य सेवा निःशुल्क गराउने, कानून विपरीत कार्य गर्नेलाई दण्ड–सजायको व्यवस्था गर्नेछ ।
प्रजनन सेवालाई सर्वसुलभ बनाउनु गरिब तथा पिछडिएका समुदायको प्रजनन स्वास्थ्यको अधिकारलाई सुनिश्चित गर्न प्रजनन स्वास्थ्य सेवा कोष स्थापना गर्ने समेत विधेयकमा उल्लेख गरिएको छ ।
यसका साथै ऐनले प्रजनन स्वास्थ्य सम्बन्धी प्रविधि, प्रक्रिया तथा सेवा उपलब्ध गराउने स्वास्थ्यकर्मी तथा संस्थाको दर्ता तथा खारेजीको विषयलाई व्यवस्थित गर्ने तथा सेवा प्रदायकको योग्यता तथा दायित्व स्पष्ट पार्नेछ ।
समेटिएका पुराना कार्यक्रम
विधेयकले सुरक्षित मातृत्व र सुरक्षित गर्भपतनको विषयलाई ऐनमा समेट्ने तयारी गरे पनि यी विषयमा यसअघि नै व्यवस्था भइसकेको छ ।
सुरक्षित मातृत्व प्रभावकारी बनाउन सरकारले सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपचारको व्यवस्था लागू गरिसकेको छ । कुनै पनि सरकारी स्वास्थ्य संस्थाहरुमा सुत्केरी भए बापत सरकारले एक हजार रुपैयाँ दिने गरेको छ ।
त्यस्तै, गर्भपतनको विषयमा पनि सरकारले गत वर्षदेखि नै विभिन्न मान्यताप्राप्त स्वास्थ्य संस्थाहरुबाट सुरक्षित गर्भपतनको सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
The post प्रजनन स्वास्थ्यमा अब महिलालाई आत्मनिर्णयको अधिकार appeared first on E ALL NEPAL.
from E ALL NEPAL http://bit.ly/2rfFGAX
via IFTTT