भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१२ वैशाख, एजेन्सी।
बलिउड सुपरस्टार अमिर खान धेरै विषयका लागि चर्चित छन्। ‘मिस्टर परफेक्सनिस्ट’ भनिने अमिर जुन पायो त्यही चलचित्रमा काम गर्दैन। कुनै चलचित्रमा काम गरेपछि त्यसका लागि हदैसम्म लागिपर्छन्। वर्षमा एउटै चलचित्र पनि उनका लागि पर्याप्त हुन्छ । चलचित्रले सार्वजनिक भएपछि जनमानसमा एउटा तरंग नै ल्याउँछ । उनका प्राय चलचित्रले अर्बौ रुपैया कमाउँछ।
अमिर खानको अर्को पनि विशषेता छ त्यो हो उनि कुनै अवार्ड कार्यक्रममा जाँदैनन्। तर अब भने यो तोडिएको छ । हो, अमिर खानले १६ वर्षपछी एउटा अवार्ड कार्यक्रममा गएर अवार्ड थापेका छन्।
मूल्य र मान्यताका लागि लड्ने र एउटै विषयमा लामो समयसम्म अड्ने खूबी भएका अमिर बलिउडकी भेट्रान गायिका लता मंगेशकरको अनुरोधमा अवार्ड कार्यक्रममा पुगेका हुन्।
उनलाई लता मंगेशकरको परिवारद्वारा वितरण गरिने दिनानाथ मंगेशकार पुरस्कारद्वारा सम्मान गरिएको हो। उनलाई अवार्ड भने राष्ट्रिय स्वयंसेवक संघका अध्यक्ष मोहन भागवतको हातबाट दिएको थियो।
रोचक कुरा के छ भने अमिरलाई अवार्ड दिने मोहन भागवतको संघ परिवार र संघको नजिक मानिने भारतीय जनता पार्टीले अमिरलाई तारो बनाउँदै आएका छन्।
गत वर्ष भारतमा अहिष्सुणता बढ्दै गएको र आफ्नी श्रीमती किरण रावले कहिले काहिं देश छोडेर जाने कुरा समेत गर्ने गरेको प्रतिक्रिया दिएपछी भारतीय जनता पार्टीका नेता कार्यकर्ताले उनको विरोधमा पुत्ला जलाउने सहित चलचित्र बहिष्कार गर्ने अभियान चलाएको धेरै भएको छैन्।
The post अमिरले तोडे १६ पुरानो प्रतिज्ञा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2q0OJoe
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

