भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१५ वैशाख, एजेन्सी ।
क्यान्सरसंग जुधिरहेका बलिउड महानायक विनोद खन्नाको शुक्रबार निधन भएको छ भने उनको श्रद्धान्जली सभा छ । बलिउड स्टारहरु शोक सभामा उपस्थित छन् ।
यसैविच ऋषि कपुरले नयाँ पिढिका कलाकार माथी आफ्नो आक्रोस पोखेका छन् । उनले नयाँ पिढिका कुनै पनि कलाकार विनोद खन्नाको अन्त्येष्टिमा उपस्थित नभएको भन्दै ट्विटरमा एक पछि अर्को ट्विट गर्दै आक्रोस पोखेका हुन् । प्रियंका चोपडाकोमा धेरै ‘चम्चा’ हरु पुगेको तर विनोदको अन्त्यष्टीमा नआएको भन्दै ऋषि कपुरले सकेको रिस व्यक्त गरेका छन्।
उनले ट्विट गर्दै नयाँ पिढिले ठूला व्यक्तिलाई सम्मान गर्न नजान्ने बताएका छन् । उनको अन्त्यष्टिमा कुनैपनि नयाँ कलाकारको अनुहार नदेखिएपछि ऋषि कपुर आवेगमा आएका थिए । साथै उनले रिसाउदै भने,’ यदि म मरे भने पनि मलाई श्रद्धान्जली दिन कोहि पनि आउनेवाला छैनन्।’
Shameful. Not ONE actor of this generation attended Vinod Khanna’s funeral. And that too he has worked with them. Must learn to respect.
— Rishi Kapoor (@chintskap) April 27, 2017
७० वर्षको उमेरमा निधन भएका नायक विनोदको श्रद्धान्जली सभामा प्रधानमन्त्री नरेन्द्र मोदी देखि रिक्सा चालक सम्मका व्यक्ति सहभागी थिए । तर यस्तो अवस्थामा ऋषि कपुरले भनेअनुसार नयाँ पिढिका एउटा कलाकार पनि उनको श्रद्धान्जली सभामा उपस्थित नहुनु लाजमर्दो कुरा हो ।
ऋषिले ट्विटरमा आफ्नो प्रोफाइल तस्विर समेत परिवर्तन गरेर विनोद खन्नाको राखेका छन्।
The post म मर्दा पनि आउँदैनन् भन्दै युवा कलाकार माथि जंगिए ऋषि कपुर appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2pFtmZT
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

