Loading...
Loading...
प्रदेश नम्बर ७ मा कांग्रेस-माओवादीबीच चुनावी एकता
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
काठमाडौं, वैशाख १२ । स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर ७ मा कांग्रेस–माओवादीबीच चुनावी एकता गर्ने सहमति भएको छ । 

माओवादी प्रदेश नम्बर ७ का इन्चार्ज एवं स्थायी समिति सदस्य लेखराज भट्ट र कांग्रेस केन्द्रीय सदस्य एनपी साउदलगायतका नेताहरुबीच प्रदेश नम्बर ७ मा चुनावी एकता गरेर जाने सैद्धान्तिक सहमति भएको हो । 

प्रदेश नम्बर ७ का माओवादी प्रचार विभाग प्रमुख ओमविक्रम भाट ‘सरल’ ले लामो छलफलपछि कांग्रेस र माओवादी केन्द्र चुनावी एकता गर्न सहमतिमा पुगेको बताए । 

प्रदेश नं. ७ सुदूरपश्चिममा कूल ८८ वटा स्थानीय तह छन् । प्रदेशस्तरमा चुनावी एकताका लागि सहमति भए पनि जिल्ला तथा स्थानीय तहमा भने सर्कुलर भएको छैन । 

केही दिनअघि एमाले सुदूरपश्चिम समन्वय कमिटिले माओवादी केन्द्रसँग चुनावी एकता गर्ने प्रस्ताव अघि सारेको थियो । 

यद्यपि, कांग्रेस–माओवादीबीच चुनावी एकता गर्ने सहमति भएको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। 


#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2q0fxFh

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.