१८ वैशाख, एजेन्सी ।
फिल्म क्षेत्रमा प्रवेश गरेलगत्तै चर्चित अभिनेत्री मनिषा कोइरालाले कैयौ बलिउड स्टारसंग काम गरिन्, उनका कयौँ फिल्म हिट पनि भए । तर अचानक उनी फिल्म क्षेत्रबाट गायब भइन् । यसको धक्का फिल्म उद्योग र उनका फ्यानलाई पर्यो । अहिले मनिषा संजय दत्तको बायोपिकमा देखा पर्दैछिन्।
तर यसअघि नै उनको एक तस्विर भाइरल छ । ‘डियर माया’ फिल्ममा मनिषालाई यस्तो देखिएको हो । यस फिल्ममा उनी एक बृद्धाको भूमिकामा देखा पर्ने भएकी छिन् । हालै बाहिर आएको यो फिल्मको टिजरमा मनिषाको हुलिया सजिलै पत्ता लगाउन सकिदैन ।
अनुहारमा चाउरी परेको र कालो पहिरनमा बृद्धाको भूमिकामा देखिएकी मनिषाको यो पहिलो दृश्य हो । क्यान्सरसंगको सफल लडाई पश्चात उनी पुन: फिल्मी क्षेत्रमा फर्किएकी हुन् ।
साथै संजय दत्तको बायोपिकमा संजय दत्तको आमाको भूमिकामा पनि उनलाई छिट्टै देखिनेछ।
यो पढ्नुस्:
रनवीरको कारण आमा बनिन् मनिषा कोइराला
The post मनिषाको यस्तो अवस्था, एकाएक तस्विर भाइरल appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2plNizI
via IFTTT
१८ वैशाख, एजेन्सी।
बाहुबली -२ : द कन्क्लुजनले सबै रेकर्ड तोड्दै बलिउडमा सर्वाधिक कमाइ गर्ने फिल्म बन्न जाँदै छ। बाहुबली-२ को हिन्दी संस्करणले रिलजको दोस्रो दिन ४० करोड संकलन गरेको छ। पहिलो दिन ४०.७५ करोड संलकन गरेको बाहुबलीले २ दिनमा करिब ८१ करोड कमाएको हो।
हिन्दी, तलेगु, तमिल र मलायालम भाषामा एक साथ शुक्रबार रिलज भएको बाहुबली-२ ले पहिलो दिन सबै भाषामा गेरेर १५५ करोड भारु कमाएको थियो। हिन्दी संस्करणले रिलिजको ३ दिनमै १०० करोड संकलन गर्ने नयाँ रेकर्ड राख्ने सम्भावना देखिन्छ।
The post दोस्रो दिनको कमाइ झण्डै पहिलो दिनझै, नयाँ रेकर्ड बनाउँदै बाहुबली-२ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qnCaAB
via IFTTT
काठमाडौँ, १८ वैशाख । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपालप्रसाद पराजुलीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा पदबहाली गर्नुभएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाअभियोगको प्रस्ताव दर्ता भएपछि उहाँले वरिष्ठतम् न्यायाधीशको हैसियतले कायममुकायम प्रधानन्यायाधीशको रुपमा पदबहाली गर्नुभएको हो ।
पदबहाली गर्दै उहाँले न्यायालयप्रति यो दुःखद् घटना भएको र संविधान र कानुनले दिएको दायित्व आफूले पूरा गर्ने बताउनुभयो ।
कामु प्रधानन्यायाधीश पराजुलीले आफूले निष्पक्ष र प्रभावकारी रुपमा काम गर्ने प्रयास गर्ने र सत्यको पक्षमा न्यायालय सदा उभिने पनि बताउनुभयो ।
The post गोपालप्रसाद पराजुली कायममुकायम प्रधानन्यायाधीश appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2qmUBpc via IFTTT
काठमाडौं,१८ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज रकार छोड्ने भएको छ। आज बिहान केन्द्रीय कार्य समितिको आकस्मिक बैठक बसेर सरकार छोड्ने निर्णय गर्ने उच्च स्रोतले जानकारी दिएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा राप्रपाबाट उपप्रधान, संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापासहित चार मन्त्री सहभागी हुनुहुन्छ। स्रोतका अनुसार सोमबार बस्ने राप्रपाको केन्द्रीय कार्य समिति बैठकले सरकारबाट अलग हुने निर्णय गर्दैछ।
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तारुढ नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र० का दुई सय ४९ सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा महाअघियोगको प्रस्ताव दर्ता गरे लगत्तै राप्रपाले सरकारबार बाहिरिने तयारी गरेको हो।
प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता हुनु आपत्ति जनक र दर्भाग्यपूर्ण भएको भन्दै ट्वीटरबाटै राप्रपाका अध्यक्ष थापाले आपत्ति जनाउनु भएको छ। ‘प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध कांग्रेस माओवादीले महाअभियोग दर्ता गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण छ। न्यायिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण,’ थापाले ट्वीटमा भन्नु भएको छ।
पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच गत मंसिर ६ गते एकता भएपछि कमल थापा उपप्रधानमन्त्री भएर प्रचण्ड सरकारमा सहभागी हुनुभएको हो।
प्रधानमन्त्री प्रचण्डले थापा र राप्रपाका अर्का नेता दिलनाथ गिरीलाई मन्त्री बनाउन स्थानीय विकास मन्त्रालय सम्हाल्नु भएका माओवादी नेता हितराज पाण्डे र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय सम्हाल्नु भएका कांग्रेस नेता जीवनबहादुर शाहीलाई हटाउनु भएको थियो।
संसद् सचिवालयमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै असन्तुष्टि जनाउदै गृहमन्त्री बिमलेन्द्र निधिले भने राजीनामा दिइसक्नु भएको छ ।
The post राप्रपाले आज सरकार छोड्ने appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2pMh5CW via IFTTT
काठमाडौं,१८ बैशाख। सरकारका गृहमन्त्रीको राजिनाम र राप्रपा सरकारबाट बाहिरने तयारी गरेपछि माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अप्ठेरोमा परेकाछन् । बालुवाटार श्रोतका अनुसार राजिनामा दिने या कसरी अघि बढ्ने भन्ने बिषयमा अहिले उनि गम्भिर छलफलमा रहेकाछन् । उनलाइ पार्टीका केहि नेताहरुले राजिनामा नदिए जनआक्रोश बढ्ने भन्दै राजिनामा दिन सुझाव दिएको बलुवाटार श्रोतले बताएको छ । राप्रपा सरकारबाट बाहिरिएपछि सम्भवत प्रचण्डको राजिनामा पनि आउन सक्ने बताइन्छ । प्रधानन्याधिशलाइ महाअभियोग लगाएपछि आफ्नै पार्टीका नेता कार्यकर्ताहरुको सामाजिक सञ्जालमा आएको टिप्पणिले प्रचण्ड तनावमा रहेकाले राजिनामा आउन सक्ने अड्कल राजनितिक बृतहमा छ ।
The post गृहमन्त्रीको राजिनाम र राप्रपा सरकारबाट बाहिरने तयारी गरेपछि प्रधानमन्त्री पनि राजिनामा ! appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2oVV9jK via IFTTT
बैशाख १७, काठमाडौं । लोकप्रिय सर्जक एकनारायण भण्डारीको प्रतिक्षित लोकदोहोरी गीत ‘हे भगवान’ आज सार्वजनिक भएको छ । भण्डारीले केही समयको अन्तराल पछि आफ्नै प्रस्तुतीमा गीत बजार ल्याएका हुन् ।
विष्णु माझी र रामजी खाँडको आवाज रहेको गीतका शब्दमा सर्जक भण्डारीले आफ्नो उत्कृष्टता फेरि छन् । अग्रज निर्देशक बाबुराजा केसी ‘उज्वल’को निर्देशनमा तयार गीतको भिडियोमा मोडल महेन्द्र गौतम र रञ्जिता गुरुङको उत्कृष्ट अभिनय रहेको छ ।
सार्वजनिक हुनुपुर्व नै निकै चर्चा भएको गीतलाई स्रोता दर्शकले कसरि लिन्छन् । त्यो भने हेर्न बाँकी नै छ ।
अहिलेलाई हेर्नुहोस गीतको भिडियो :
The post एकनारायणको प्रतिक्षित गीत ‘हे भगवान’ सार्वजनिक (भिडियो सहित) appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qsrxMa
via IFTTT
काठमाडौँ ,१७ वैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन्। सत्तारूण दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त निर्णय प्रतिआपत्ती जनाउँदै पदबाट राजीनामा दिएका छन्।
The post के सरकार ढल्ला ? उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दिए पदबाट राजीनामा appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2oXEP2Y via IFTTT
काठमाडौं, १७ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोगको प्रस्ताव दर्ता गरिएको छ ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २५१ जना सांसदको हस्ताक्षर सहित व्यवस्थापिका संसद सचिवालयमा दर्ता गरिएको छ । कार्यपालिकाको अधिकारमाथि हस्तक्षेप, प्रहरी महानिरीक्षक प्रकरणमा कार्यसम्पादन मूल्याँक तोडमोड गरेको, पक्षपात गरेर सीमित न्यायधिशलाई मात्र इजलासमा राखको लगायतका आरोपहरु लगाएर सत्तासाझेदार काँग्रेस र माओवादी केन्द्रले आइतबार संसदमा उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको हो ।
कार्कीलाई संविधानको धारा १०१ को उपधारा २ र व्यवस्थापिका संसद नियमावली २०७३ को नियम १६८ ९१० अनुसार महाभियोग प्रस्ताव दर्ता गरिएको हो । प्रधानन्यायाधीश सुशील कार्कीविरुद्ध महाभियोग प्रस्ताव प्रस्ताव दर्ता भएसँगै उनी स्वतः निलम्बित भएकी छिन् ।
The post प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएसँगै उनी स्वतः निलम्बित appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2pux0D2 via IFTTT
१७ वैशाख, एजेन्सी ।
बलिउड अभिनेता सेफअली खान र अभिनेत्री करिना कपुरको छोरा तैमुरको जन्म भएपछि उनको घरमा नयाँ खुसी छाएको छ तर उक्त खुसीसंगै अर्को नयाँ घटनाले स्थान पाएपछि परिवारमा निराशा उत्पन्न भएको छ।
कारण हुन आमा बन्दै गरेकी शोहा अली खान विरुद्ध आर्म्स लाइसेन्स अथोेरिटी कास्मिरले हतियारको विषयमा खानतलासी गर्ने आदेश जारि गरेको छ ।
सन् १९९६ मा जारी गरिएको आर्म्स लाइसेन्सअनुसार सोहाअली खान हतियार प्रयोगको लागी योग्य थिइनन् । जुन हतियार उनका पिता नवाव मन्सुर अली खान लगायत अन्य ६ व्यक्तिले हरिणको शिकारका लागि प्रयोग गरेका थिए । सोहि आरोपमा उनलाई छानविनमा राखिएको छ भने नियमअनुसार कारवाहि अगाडि बढाइने बताइएको छ ।
सोहा अली खानले सन् २०१६ मा अवैध ढंगले हतियार लाइसेन्स बनाउने कोसिस गरेको आरोप समेत छ । सोहि विषयमा सोहाअली खानलगायत यस मुद्धामा आवद्ध अन्य व्यक्तिविरुद्ध एफआइआर दर्ता गराउन अदालतले निर्देशन दिएको छ ।
यस मुद्धाको सुनुवाई आगामी जुलाई महिनाको २४ तारिखमा हुने बताइएको छ ।
The post सेफअली खानको घरमा यस्तो घटना निराशामा बदलियो खुसी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2pujLSS
via IFTTT
१७ वैशाख, एजेन्सी ।
नेपालका अर्बपति व्यापारी विनोद चौधरिका छोराको विवाहमा बलिउड स्टार देखि फोर्ब्स पत्रिकाका सिइओसम्म सहभागी भएका छन्। विनोद चौधरिका कान्छा छोरा वरुण चौधरिको विहे समारोहमा शुक्रबार राजस्थानस्थित उदैपुरको जगमन्दिरमा बलिउड कलाकार सलमान खान पुगेका छन्।
वरुणको विवाह सुन व्यवसायी राजकुमार टोग्याकी छोरी अनुश्रीसंग भएको छ । सलमान कालो कोट प्यान्टमा सजिएर विवाहमा सहभागी भएका थिए । खवरका अनुसार विवाह समारोहमा सहभागी भएर सलमान केही बेरमै फर्केका थिए।
समारोहमा बलिउड अभिनेता शत्रुधन सिन्हा, गायिका लता मंगेश्वर र अभिनेता रजनिकान्तकी पत्निको समेत उपस्थिति रहेको थियो । साथै उक्त समारोहमा बंगलादेशका पूर्व राष्ट्रपति हुसेन मोहम्मद इश्राद, फिलिपिन्सका राजनितिज्ञ फर्डिनान्द म्यार्कोज, फोर्ब्स पत्रिकाका सिइओ माइकल एस पेर्लिस तथा भारतीय राजनितिज्ञ कमल नाथ र दिगविजय सिंह लगायतका व्यक्तिको उपस्थिति रहेको थियो ।
भारतमै आयोजित विवाह कार्यक्रम भारतिय संचार माध्यमहरुले यो वर्षकै सबैभन्दा भव्य विवाह भएको जनाएको छ ।
The post अर्बपति विनोद चौधरीका छोराको विवाहमा सलमान देखि फोर्ब्सका सिइओसम्म उपस्थित appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2piyHVG
via IFTTT
१७ वैशाख, एजेन्सी ।
कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरबीचको विवाद सुरु भएको करिव एक महिना वितिसकेको छ । हालसम्म दुवै कलाकार एकअर्कासंग संगै देखा परेका छैनन् । हल्लैहल्लाको भरमा चर्किदै गएको र अन्त्यहिन विवाद पछि हालै सुनिलले शो को विषयलाई लिएर मुख खोलेका छन् ।
सुनिलले द कपिल शर्मा शो छोडेपछि आफुले कपिलको एउटा पनि एपिसोड नहेरेको बताएका छन् । एक बेवसाइटसंगको अन्तर्वार्ताको क्रममा उनले भने, ‘म अति नै व्यस्त छु । त्यसैले उनको शो छोडेपछि मैले एउटा पनि एपिसोड हेर्न पाएको छैन ।’
सुनिलले कपिल शर्मा शो मा फर्किनेबारे केहि नसोचेको बताए । यदि कपिलले व्यक्तिगत रुपमा नै माफी माग्न आए भने के गर्नुहुन्छ ? भनि सोधिएको प्रश्नमा उनले भने, ‘हामी किन कल्पनाको संसारमा बाचिरहेका छौ ? यो शो मेकानिकल छैन । म मात्र नभएर अन्य व्यक्तिहरु पनि शो भन्दा बाहिर छन् । त्यसैले यसबारे समयले नै बताउने छ । ‘
साथैँ सुनिलले अगाडि भने, ‘साच्चै मैले उनको सयौँ एपिसोड पनि देखेको छैन । कपिलले आफ्नो थ्यांक स्पिचमा मेरो नाम पनि लिएनन् । म पनि त उक्त शो को एक अभिन्न अंश थिए । ढिलै भएपनि महसुस भएको छ कि म कपिल शर्मा शो को एक अंश मात्र थिए तर पुरै शो त कपिलको नै थियो ।’
कपिलको शो छोडेपछि पनि आफुलाई त्यस्तो कुनै असुरक्षित महशुस नभएको उनले बताएका छन् ।
The post विवाद पछिको एउटा एपिसोड पनि हरेका छैनन् सुनिलले appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qrvfWd
via IFTTT
१७ वैशाख, एजेन्सी।
एसएस राजमौलीको फिल्म ‘बाहुबली-२’ (बाहुबली द कन्क्लुजन)ले बलिउड बक्स अफिसमा हंगामा मच्चाएको छ।
फिल्म व्यापार विशेषज्ञको अनुसार ‘बाहुबली-२’ ले पहिलो दिन नै १२१ करोड भारु कमाएको छ।
फिल्म व्यापार विशेषज्ञ तरण आदर्शको अनुसार फिल्मको हिन्दी संस्करणले पहिलो दिन ४१ करोड र तेलुगु, तमिल र मलयालम संस्करणले कुल ८० करोड भारु कमाएको हो।
‘बाहुबली-२’ को हिन्दी संस्करण एक्लैले बलिउड फिल्महरुलाई टक्कर दिने अनुमान गरिएको छ। अहिलेसम्म सबैभन्दा बढी कमाउने आमिरको ‘दंगल’को रेकर्ड बाहुबली-२ ले सजिलै तोड्न सक्छ।
राजमौलीको ‘बाहुबली-२’, ‘बाहुबली-२ बिगिनिङ’ को सिक्वेल हो जुन सन् २०१५ मा रिलिज भएको थियो।
फिल्ममा प्रभाष, अनुष्का शेट्टी र तमन्ना लगायतको मुख्य भूमिका छ।
दर्शकको प्रतिक्रिया देख्दा फिल्म भारतको सबैभन्दा बढी कमाइ गर्ने फिल्म बन्ने भारतीय मिडियाहरुले लेखेका छन्। अहिले यो रेकर्ड ‘दंगल’को नाममा छ जसले भारतमा करिब ३८५ करोड भारु कमाएको थियो।
The post बाहुबलीको पहिलो दिनको कमाइ सार्वजनिक, बलिउड फिल्मको रेकर्ड धरापमा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2pi3qSQ
via IFTTT
काठमाडौं,१७ वैशाख । बहुचर्चित सुडान घोटाला सम्बन्धी मुद्दा दायर भएको ५ बर्षपछि सर्वोच्च अदालतले आइतबार (आज) फैसला सुनाउँदैछ । आजको कारोबारमा खबर छ ।
नेपाल प्रहरीका ३ पूर्व महानिरीक्षकसहित २३ बहालवाला तथा ११ अवकासप्राप्त प्रहरी र ठेकेदार संलग्न रहेको भनिएको सुडान घोटाला मुद्दाको किनारा लगाउने मिति शुक्रबारलाई तोकिएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले फैसला गर्न लागेको हो ।
सुडानमा कार्यरत नेपाल प्रहरीका फम्र्ड पुलिस युनिट ९एफपीयू० का लागि चाहिने आम्र्ड पर्सनल क्यारियर ९एपीसी० खरिदमा करिब २९ करोड रुपैयाँ घोटाला भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ जेठ २४ गते ३४ प्रहरी, २ ठेकेदार र वेलायती कम्पनी एस्योर्ड रिस्क बिरुद्ध मुद्दा दायर गरेको थियो ।
The post सुडान घोटालाको ५ बर्षपछि सर्वोच्च अदालतले आज फैसला सुनाउँदै appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2qjRGgT via IFTTT
काठमाडौं,१६ वैशाख । स्थानीय निर्वाचनको घोषित मिति नजिकिँदै गर्दा बालुवाटारमा शुक्रबार बसेको प्रमुख दलहरूको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावबारे अस्पष्ट धारणा राख्दै प्राविधिक कारणले वैशाख ३१ को चुनाव सर्ने संकेत गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रधानमन्त्रीले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूसँग पहिलो चरणको स्थानीय निर्वाचनको मिति केही पर सर्नसक्ने संकेत गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले निर्वाचन दुई चरणमा गर्दा पनि पूर्वघोषित वैशाख ३१ को मितिलाई केही पर सार्नुपर्ने भन्दै घुमाउरो प्रस्ताव राखेका थिए।
फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले भने, ‘मैले प्रधानमन्त्रीको भावना बुझें अनुसार उहाँले घुमाउरो भाषामा वैशाख ३१ को निर्वाचन केही पर सार्ने वा निर्वाचन एकै चरणमा गर्ने दिविधा युक्त धारणा राख्नुभयो।’
बैठकमा सहभागी अधिकांश नेताहरूले स्थानीय निर्वाचन एकै चरणमा गर्नुपर्ने धारणा राखेको चौधरीले जानकारी दिए । सत्तापक्षका नेता नेकपा संयुक्तका अध्यक्ष गणेश शाहले प्रधानमन्त्री दाहाललाई पैसाको खेलमा लागेर संंशोधन प्रस्ताव पारित गराउनतर्फ नलाग्न सुझाव दिँदै एमालेलाई सहमतिमा ल्याउन प्रयास गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार संसद्मा प्रतिनिधित्व गर्ने दलहरू बीचको बैठक कुनै निर्णयमा पुग्न नभइ सत्ता गठबन्धनका दलहरूबीच स्थानीय निर्वाचन, मतगणना प्रक्रिया, संसद्मा विचाराधिन संशोधन प्रस्तावमाथि दुई तिहाई पु¥याउने प्रयास र आगामी आर्थिक वर्षको बजेटमा केन्द्रित थियो।
प्रधानमन्त्री दाहाललाई निर्वाचन एकै चरणमा सम्पन्न गर्न दलका नेताहरूले सुझाव दिएका थिए। एकै चरणमा निर्वाचन गर्न सम्भव नभए दोस्रो चरणको निर्वाचन सकिए पछि मात्रै मतगणना सुरु गर्न सत्ता पक्षका नेताले सुझाव दिएका थिए।
प्रधानमन्त्रीले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन विद्येयकलाई टुंगोमा पु¥याउन सरकारको तर्फबाट अधिकतम् प्रयास हुने आश्वसन दिँदै वैशाख ३१ र जेठ ३१ गरी दुई चरणमा स्थानीय तहको निर्वाचन हुने हुँदा निर्वाचनलाई उत्सवको रुपमा मनाउन आग्रह गरे।
उनले दुबै चरणको चुनाव सम्पन्न भएपछि एकैपटक मत गणना गर्न निर्वाचन आयोगलाई अनुरोध गर्ने बताउँदै संविधानमा उल्लेख भए अनुसार दलहरूकै सहमतिका आधारमा दुवै चरणको निर्वाचनपछि बजेट ल्याउन आवश्यक प्रक्रिया अघि बढाइने प्रतिवद्धता बैठकमा गरेका थिए ।
बैठकमा मधेसी मोर्चाका नेताहरूले संशोधन प्रस्ताव पारित भए निर्वाचन कति चरणमा र बजेट कहिले कसरी प्रस्तुत गर्ने भन्नेमा आफूहरूलाई खासै चिन्ता र चासो नहुने धारणा राखेका थिए।
फोरम लोकतान्त्रिकले निर्वाचन जेठ ३१ मा एकै पटक गर्न तथा बजेट असारमा ल्याए पनि हुने धारणा राख्दै संघीय आयोगले सीमांकनमा जाँदा झापा, सुनसरी, मोरड।, नवालपरासी, कैलाली र कञ्चनपुरको किटानीका साथ प्राथमिकतामा पार्नुपर्ने सुझाव दिएको थियो।
बैठकमा सहभागी एमाले नेता अग्नि खरेलले पनि निर्वाचन एकै चरणमा गर्नुपर्ने बताए । पहिलो चरणको निर्वाचनको मतगणनाले अर्कोलाई प्रभावित पार्ने हुँदा मतगणना गर्न नहुने धारणा राखे ।
संविधानमा उल्लेख मितिमै बजेट ल्याउनु पर्ने आफ्नो पार्टीको धारणा रहेको अडान राख्नुभयो। उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले एमालेसहितका दलले दुई चरणमा नभई निर्वाचन एकै चरणमा गर्न सुझाएको प्रशंग कोट्याए ।
मन्त्रिपरिषद् बैठक बसेकै बेला प्रधानमन्त्री दाहालले संशोधन परिमार्जन गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गर्नुभएको समेत निधिले जानकारी दिए ।
सत्ता नेतृत्व र प्रतिपक्षबीच गोप्य मन्त्रणा
एकातिर सत्ता पक्षका दलहरूको बैठक चलिरहेको थियो भने अर्कोतर्फ गोप्य ढंगले सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच बालुवाटारमा संशोधन, निर्वाचनको चरण र बजेटका बारेमा गम्भीर परामर्श भएको जानकारी स्रोतले दिएको छ।
एमाले नेता माधवकुमार नेपाल र भीमबहादुर रावल, माओवादी नेता नारायणकाजी श्रेष्ठबीच लामो परामर्श भएको थियो। संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सकिएलगत्तै आएका एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री दाहाल पनि बालुवाटारको गोप्य परामर्शमा सहभागी भएको दाबी स्रोतले गरेको छ।
परामर्शमा सहभागी माओवादी नेता श्रेष्ठले संशोधन प्रस्ताव अनुमोदनका लागि भएको प्रयासमा एमालेले आफ्नो पुरानै अडान कायम राख्दै संशोधन हुन नसक्ने धारणा राखेको जानकारी दिए।
एमालले संशोधन हुन नसक्ने र निर्वाचन एकै चरणमा गर्नुपर्ने अडान लिएको माओवादी नेता श्रेष्ठले बताए।
The post वैशाख ३१ को चुनाव सर्ने संकेत : सत्ता नेतृत्व र प्रतिपक्षबीच गोप्य परामर्श appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2qgafWb via IFTTT
ललितपुर, १६ बैशाख । नेपालीकांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका संसदमा संशोधनको प्रक्रिमा रहेको नेपालको संविधान संशोधनविधेयकपारित गर्नकालागिप्रमुखप्रतिपक्षीदलएमाले लगायतव्यवस्थापिका संसदमाप्रतिनिधित्वगर्ने सबै राजनीतिकदलहरुसंग आग्रहगर्नुभएको छ ।
नेपालीकांग्रेस केन्द्रीयप्रचार प्रसार समन्वयउपसमितिले शनिबार विहान पार्टी केन्द्रीयकार्यालय सानेपामाआयोजना गरेकोपत्रकार भेटघाटकार्यक्रमलाई संबोधनगर्दै नेका सभापति देउवाले सो आग्रहगर्नुभएको हो । नेपालीजनताको चाहनाअनुरुप संविधानसभाबाट निर्माण गरि जारी गरिएको वर्तमान संविधानलाई सर्वस्वीकार्य बनाउनकालागि पेश भएको संशोधनविधेयकमाअरुदलकाभावनाको समेत कदर गरिने विचार व्यक्तगर्दै सभापति देउवाले भन्नुभयोे, “संविधान संशोधनविधेयकमा परिमार्जन गर्नु पर्ने बिषयएमालेसँग पनि केहीभएदिए हुन्छ, त्यसलाई पनिहामीसमेट्न तयार छौं। ” उहाँले एमालेको भावनालाई समेत समेटेर विधेयकपास गर्नै पर्ने विचार व्यक्तगर्नुभएको थियो ।
उहाँले केहीदलले संविधान संशोधनविधेयकलाई समर्थन नगरेपनिविधेयकदुई तिहाई बुहमतले पारित हुने विश्वास व्यक्तगर्दै विधेयकप्रतिअसहमतिभएपनिविधेयकपास हुने प्रक्रियालाई अबरोध नगर्न आग्रहगर्नुभएको थियो ।
‘तराई÷मधेशको जनताको मात्रहोइन, पहाडको पनिभावना समेट्नु पर्छ’, सभापति देउवाले भन्नुभयो ‘मधेशकाजनताको भावनापनिकदर गर्नुपर्छ। त्यसैले मधेशी समुदायको सवै भावना समेट्न नसकेपनि केहीभावना समेटेका छौं।’ उहाँले संविधान संशोधनविधेयकपास भएपछि संविधानको सर्वस्वीकार्य हुन्छ भनेर नैं कांग्रेसले यसैलाई प्राथमिकतादिएको बताउनु भयो ।
पत्रकार भेटघाट कार्यक्रममासभापति देउवाले नेपालीकांग्रेसले स्थानीयतहको निर्वाचनजिते मात्रप्रजातन्त्रको रक्षा, सुदृढीकरण र समावेशिताको रक्षाहुने विश्वास व्यक्तगर्नुभयो ।“संविधान सभाको दुई वटा निर्वाचनभए तर जव नेपालीकांग्रेस सवैभन्दा ठूलो पार्टी भयो र हाम्रा सभापतिशुसीलकोइरालाप्रधानमन्त्रीहुनु भयो अनिमात्र संविधानआउन सक्यो”कांग्रेस सभापति देउवाले भन्नुभयो,“विगतमा २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन र २०६२÷६३ सालको आन्दोलनलगायत सवैजसो राजनीतिकपरिवर्तनकांग्रेसको नेतृत्वमाभएकाहुन्। ”
कार्यक्रममा सभापति देउवाले राजनीतिक स्थायित्व र विकासको अभिभारा कांग्रेसले मात्र पूरा गर्न सक्ने बताउनु भयो । उहाँले आजसम्मका राजनीतिक परिवर्तनले हासिल गरेकाउपलब्धिको जगेर्ना गर्दै लोकतन्त्रको संस्थागतविकास गरेर संविधानले प्रत्याभूत गरेकाअधिकारको उपयोगका साथै मुलुकको विकास र समृद्धिको लागिनिर्वाचनअपरिहार्य भएको दावीपनिगर्नुभयो । स्थानीयनागरिकलाई लोकतन्त्रको अनूभूतिदिलाउन र नागरिकहरुको सहभागितामा स्थानीयविकासलाई गतिदिन स्थानियनिर्वाचनको ठूलो महत्व रहेको पनिचर्चा गर्नुभयो ।
सभापति देउवाले सबै राजनीतिकदलहरुलाईचुनावमासहभागी गराउनैकालागिनिर्वाचनआयोगको परामर्श लिएर नै दुई चरणमा निर्वाचनगर्न सहमतिभएकोपनिबताउनु भयो । उहाँलेकांग्रेसले मात्रदुई चरणमा चुनावगर्न दबाबनदिएको उल्लेख गर्नुभयो ।
सो कार्यक्रममा सभापति देउवाले नेपालीकांग्रेस एकताबद्ध रहेको र पार्टीका सबै कार्यक्रममा सबै नेताहरु सहभागी रहदै आएको पनिबताउनुभएको थियो ।
सो पत्रकार भेटघाट कार्यक्रममा नेपालीकांग्रेसकावरिष्ठ नेता रामचन्द्र पौडेलले तराई ÷मधेशकाजनताको भावनालाई राष्ट्रियतालाई बलियो बनाएर विकासको गतिलाई तीव्रतर बनाउन संविधान संशोधनको प्रस्तावल्याइएको रनिर्वाचनपनिदुई चरणमा हुने तारतम्यमिलाइएको उल्लेख गर्नुभयो ।
वरिष्ठ नेतापौडेलले नेपालीकांग्रेस आफ्नो भिजन र मिसनमा स्पष्ट भएकोबताउदै भन्नुभयो,“ अनेक बाधा,व्यवधान र अप्ठेरालाई सामनागर्दै हामीआफ्नो लक्षमानिरन्तर अगाडि बढीरहेका छौ । देशलाई जोगाएर जनताको अधिकारको संरक्षण गर्दै राष्ट्रिय उन्नतिकालागिहामी सधैभरी समर्पित हुँदै आएका छौ ।”
उहाँले देशका सामु आएका समस्या र चुनौतिहरुको समाधानकांग्रेसले मात्रगर्न सक्ने दाबीगर्दै भन्नुभयो,“ अरुदलहरु समस्यासिर्जनामा छन,समाधानमा होइन।”उहाँले नेपाललाई अहिलेको समावेशिता सहितको संघीय लोकतान्त्रिक गणतन्त्रमा कांग्रेसले नै ल्याएको बताउनु भयो ।उहाँले नेपालीकांग्रेसले समावेशितालाई विधानमामात्र हैन, संगठन र ब्यवहारमापनिकार्यान्वयनमा लगेको दावीगर्नुभयो ।
२०४६ पूर्वको अवस्थासंग वर्तमान नेपालकोतुलनागर्दै भन्नुभयो,“पूर्वाधार निर्माणका साथै आर्थिक–सामाजिक क्षेत्रर नागरिकको जीवनमाआएको गुणात्मक परिवर्तन कांग्रेसकै नेतृत्वमासंभवभएको हो ।” राजनीतिकअस्थिरता, द्घन्द्घ र अशान्तिकाबीचमापनि नेपालले आर्थिक सामाजिक क्षेत्रमाहासिल गरेको उपलब्धि नेपालीकांग्रेसले लिएका सहीनीतिको परिणाम भएको उहाँको दावीथियो ।
उहाँले जननिर्वाचित संविधानसभाले बनाएको संविधानजारी भएपछि राजनीतिकव्यवस्थाको टुंगो लागि सकेकोले नेपालीकांग्रेस अबजनताको आम्दानीबढाएर मुलुकलाई समृद्ध बनाउने लक्ष्यलिएर अगाडी बढेको बताउनु भयो । उहाँले कृषिक्रान्ति,पर्यटन र ऊर्जाको विकासबाट नै सम्ृद्धिहासिलगर्न सकिने र त्यसको भिजन नेपालीकाग्रेससंग मात्रभएको दावीगर्नुभयो।
उहाँले मधेशको भावनालाई समेटेर संविधान संशोधनगरिने कुरा संविधानजारी गरिदाको बखतमा नै सबै पार्टीलाई महशूस भएको उल्लेख गर्दै हिमाल,पहाड, तराई मधेश सबैलाई समेटेर लैजादा नै नेपालको राष्ट्रियता बलियो हुने विचार व्यक्तगर्नुभयो ।
कार्यक्रममाप्रचार प्रसार समन्वयउपसमितिका संयोजकएवम् केन्द्रीय सदस्य रमेश लेखकले संविधानलाई सर्वस्वीकार्य बनाएर यसैमार्फत सबै नेपालीलाई समेटेर समृद्धि हासिलगर्नेउदार भावनाले नेपालीकांग्रेसले संविधान संशोधनलाई विशेष महत्वदिएको बताउनु भयो ।उहाँले केहीदलहरु प्रदेश प्रदेशका नेपालीनागरिकलाई लाञ्छित र आलोचित गरेर मुलुकलाई कमजोर बनाउन उद्दत रहेको बेला नेपालीकांग्रेसले सबैलाई जोडेर राष्ट्र र राष्ट्रियता सबल बनाउने कामको अगुवाई गरेको पनिउल्लेख गर्नुभयो । कांग्रेसले निर्वाचनजितेमाजनताका सपना पूरा गर्दछ भन्ने कुराको दृष्टान्त संविधानसभाको दुइवटा निर्वाचनले प्रमाणित गरेको पनिउहाँले दावीगर्नुभयो । “कांग्रेस हार्दै गर्दा पहिलो संविधानसभाले संविधानबनाउन सकेन”उहाँले भन्नुभयो “ दोस्रो संविधान सभाको निर्वाचनमाजित्दै गर्दा संविधानआयो ।”
कार्यक्रममाप्रचार प्रसार समन्वयउपसमितिका सहसंयोजकएवम् केन्द्रीय सदस्यगगनथापाले प्रमुखप्रतिपक्षएमाले लगाएतएकाधदलहरुले संशोधनकाविषयमाभ्रम छरिरहेको आरोप लगाउदै भन्नुभयो,“ संविधानलाई सर्वस्वीकार्य गर्ने कार्यलाई लाञ्छित गर्ने कार्य आपत्तिजनक छ। नगरिकहरुलाई अपमानितगर्ने कामभएको छ । ” उहाँले नेपालीकांग्रेसराष्ट्रियर्ता र अखण्डताका विषयमा संवेदनशील रहेको बताउदै भन्नुभयो,“ प्रदेशको सीमनातलमाथीहोला तर देशको हुदैन । देश कस्तो रहने र प्रदेश कस्तो रहने भन्ने कुरा जनता छुट्याउन सक्छन।” उहाँले नेपालीकांग्रेसकै नेतृत्वमाशान्ति र संविधानको ऐतिहासिकदायित्व पूरा भएको समृद्धिको नेतृत्वपनिकांग्रेसले नै पूरा गर्ने दावीगर्नुभएको थियो ।
कार्यक्रममाप्रचार प्रसार समन्वयउपसमितिका संयोजकएवम् केन्द्रीय सदस्य रमेश लेखकको सभापतित्वमाभएको थियो । ठूलो संख्यामापत्रकारहरुको उपस्थिति रहेको सो कार्यक्रममा नेपालीकांग्रेसकापदाधिकारी, केन्द्रीय सदस्यहरु ,भातृ संगठन एवम् शुभेच्छुक संस्थाकापदाधिकारी र कार्यकर्ताहरु पनिउपस्थितथिए ।
The post पार्टी सभापति देउवाद्घारा संविधान संशोधनविधेयकपास गर्न एमालेलाई आग्रह appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2qfPZUs via IFTTT
१६ वैशाख, एजेन्सी ।
यस वर्षको सबैभन्दा चर्चित फिल्म बाहुवली-२ हिजो शुक्रबारदेखि विश्वव्यापी रुपमा प्रदर्शन भएको छ ।
विश्वव्यापी रुपमा प्रदर्शन भएको बाहुबली-२ ले पहिलो दिनमै वर्ल्ड ग्रोस कलेक्सन अन्तर्गत २०१ करोड भारतीय रुपैया कमाएको ट्रेड एनालिस्टको अनुमानित आकडा छ । पहिलो दिन भारतमा १४५ करोड भारु, अमेरिका मा ३३ करोड भारु, खाडी मुलुकमा ११ अन्य देशमा १२ करोड भारु गरि बाहुबलीले एक दिनमा विश्वभरबाट २०१ करोड भारु कमाएको हो ।
फिल्म एनालिष्टहरुले फिल्मले ३ दिनमा ८०० करोड भन्दा बढि कमाउन सक्ने अनुमान गरेका छन् । यो फिल्म पहिलो दिनमा ९००० स्क्रिनमा रिलिज भएको थियो ।
यो पढ्नुस्।
यी ५ कारणले बाहुबली- ३ पनि बन्छ
The post पहिलो दिनमै कसैले नकमाएको कमायो, बाहुबलीले तोड्यो रेकर्ड appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qhT6bO
via IFTTT
१६ वैशाख, एजेन्सी।
हिन्दी सिनेमाका दिग्गज अभिनेता विनोद खन्ना पाकिस्तानको पेशावर स्थित आफ्नो पुस्तैनी घर देख्न चाहन्थे, तर उनको यो इच्छा पुरा हुन सकेन।
विनोद खन्नाको बिहिबार एक अस्पतालमा निधन भयो। उनी ७० वर्षका थिए। सन् २०१४ मा भआरत यात्रामा आएका खैबर पख्तुनख्वाह प्रान्तमा सांस्कृतिक धरोहर परिषद्का महासचिव शकील वहीदुल्लालाई अटोग्राफ दिदाँ खन्नाले पेशावरका मानिसहरुलाई शुभकामना दिदै त्यहाँ स्थित आफ्नो पुस्तैनी शहरको यात्रा गर्ने इच्छा दर्शाएका थिए।
शकीलको अनुसार विनोदले पेशावर स्थिति आफ्नो आमा-बाबु र पूर्वज बसेको घर हेर्न त्यहाँ जाने इच्छा प्रकट गरेका थिए। उनको घर अहिले पनि पेशावरमा छ र अल पाकिस्तान वुमेन्स एसोसिएसनले सो घर प्रयोग गर्दै आएको छ।
यो पढ्नुस्: विनोद खन्नाको अन्त्येष्टीमा नपुगेका यी ९ बलिउड कलाकार आखिर कहाँ थिए ?
विनोद खन्नाको जन्म ७ अक्टोबर सन् १९४६ मा पेशावर पाकिस्तानमा भएको थियो। भारत-पाकिस्तान विभाजन हुँदा उनको परिवार भारतको मुम्बई आएर बसेको थियो।
विनोद खन्नाले ‘मेरे अपने’, ‘कुर्बानी’, ‘पूरव और पश्चिम’, ‘हाथ की सफाई’, ‘हेरा फेरी’, ‘मुकद्धर का सिकंदर’ जस्ता फिल्म खलेका छन्।
The post विनोद खन्नाको अन्तिम इच्छा, जो पुरा भएन appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2pf6BdV
via IFTTT
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2pr2DNR
१६ वैशाख, एजेन्सी।
दुई वर्षको पर्खाइ पछि खुलासा भएको छ कि कटप्पाले बाहुबली किन मारे। जसले फिल्म हेरेर यसको जवाफ पाइसकेका छन्, उनीहरुको अगाडी एक अर्को प्रश्न तेर्सिएको छ।
प्रश्न हो कि, के बाहुबली -३ पनि आउँछ ? के तेस्रो भाग बन्छ र बन्ने भए कहिले ? फिल्ममा कयौं यस्ता कुरा छन् जो इशारा गर्छ कि बाहुबलीको तेस्रो भाग पनि आउनेछ।
बाहुबली-२ को लागि गरिएका अन्तर्वार्ताहरुमा पनि निर्देशक राजामौलीले तेस्रो भाग आउने बारेमा संकेतहरु दिने गरेका छन्।
बाहुबली-३ बन्नेछ, कमसेकम यी ५ कुरा त्यस्तै संकेत गर्छ:
१. बाहुबली-२ को आखिरी डायलग
फिल्म हेरिसकेकाले थाहा हुनेछ कि वा हेर्न जाँदै हुनुहुन्छ भने ध्यान दिनुस् माहिष्मतीको सिंहासनमा बसेपछि महेन्द्र बाहुबलीले गरेको प्रण – ‘मेरो वचन नै शासन हो’।
२. सन्यासीले भनिन शिवको मर्जी
फिल्म सकिएपछि कास्टिङ पश्चात केही समय रोकिनुस्। एक बच्चाको आवाजले प्रश्न उठ्नेछ कि यसपश्चात माहिष्मतीमा कसले शासन गर्यो… के महेन्द्र बाहुबली र उनका बच्चाको राज चल्यो। यसमा बाहुबलीवाला सन्यासीको आवाजमा जवाफ आउँछ… शिवको मर्जी म के जानुँ
३. भल्लाल देवका पिता र कटप्पा जिउँदै
फिल्ममा विज्जलदेवको भूमिका अझै जिवितै छ। साथै कटप्पाको भूमिकामा अझै तेस्रो भाग बन्ने गरि दम बाँकि नै छ। के थाहा तेस्रो भागमा कटप्पाकै विगत पो देख्न पाइएला।
४. बाहुबली ३ मा हुनेछ महेन्द्र र अवंतिकाको विवाह ?
बाहुबलीमा महेन्द्र बाहुबली र प्रेमिकाको भूमिकामा देखिएकी तमन्ना भाटिया अर्थात अवंतिकाको केही दृश्य मात्र छ। बाहुबलीको अर्को भागमा यी दुवैलाई फेरि मिलाउने आशा गरिएको छ। बाहुबली-२ मा महेन्द्रको आफ्नी आमा देवसेनासंग मिलन हुन्छ तर प्रमिका अवंतिकासंग भेट्न अझै बाँकी छ। अर्थात यो बाहुबली-३ को लागि कथा हुनसक्दछ।
५. हलिउडकै स्टाइल पछ्याउन सक्ने
बाहुबलीको पहिलो होस् या दोस्रो प्रावधिक हिसाबले फिल्म हलिउडका कयौँ ठूला प्रोजेक्टलाई टक्कर दिन सक्छ। यस्तोमा सम्भावना छ कि यसका अझै अन्य भाग आउनेछन्। हलिउडका फिल्म फास्ट एण्ड फ्युरियस, ३०० जस्ता फिल्म झै बाहुबलीले पनि एकपछि अर्को भाग रिलिज गर्ने सम्भावना देखिन्छ।
सगै फिल्मका निर्देशक राजामौलीले पनि फिल्मको तेस्रो भाग बन्ने सम्बन्धमा आफ्ना अन्तर्वार्ताहरुमा संकेत दिने गरेका छन्।
The post यी ५ कारणले बाहुबली- ३ पनि बन्छ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2peSnte
via IFTTT
१६ वैशाख, एजेन्सी ।
बलिउडको बहुप्रतिक्षीत चलचित्र बाहुलबी-२ हिजो शुक्रबार देखि रिलिज भएको छ । भारतमा ९००० वटा हलहरुमा रिलिज भएको बाहुबली प्रदर्शनको पहिलो दिन हाउसफुल भएको छ। फिल्म बाहुबल- २ का केहि रोचक तथ्यहरु पढ्नुस्:
- बाहुवली २ को २० मिनेट लामो द्धन्द्धको दृश्यको लागी मात्र ३० करोड भारु खर्च भएको छ ।
- बाहुवलीमा भर्चुअल इफेक्ट्सले दर्शकलाई आकर्षित बनाएझै यस फिल्ममा पनि भर्चुअल इफेक्टलाई प्राथमिकता दिइएको छ ।
- बाहुवली २ लाई टिभि राइट्सअघि नै सोनी च्यानललाई बेचिएको थियो । सोनीले यस फिल्मलाई ५१ करोड भारतीय रुपैयामा किनेको थियो । साथै रिलिज अगावै बाहुबली-२ ले ५०० करोड भारु कमाइसकेको थियो।
- यो फिल्म ‘बुक माई शो’मा सबैभन्दा बढि एडभान्स बुकिङ गरिएको फिल्म हो । यसअघि सबैभन्दा बढि बुकिङ गरिएको फिल्म अमिर खानको दंगल थियो ।
यो पढ्नुस्:
बाहुबली-२ का ७ रोचक तथ्य
The post यसरी रिलिज भयो बाहुबली-२ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qfiUIw
via IFTTT
१६ वैसाख, एजेन्सी।
बिहिबार ७० वर्षको उमेरमा विनोद खन्नाको क्यान्सरको कारण निधन भयो। विनोदको अन्तिम संस्कारमा अमिताभ बच्चन, ऋषि कपूर सहित बलिउडका हस्तीहरु पुगे तर बलिउडका टप स्टार शाहरुख, सलमान, आमिर र अक्षय अन्तेष्टीमा सामेल भएनन्। यहि कुरामा ऋषि कपुरले सामाजिक सञ्जालमा लेख्दै कडा निन्दा गरे। नयाँ पुस्ताकाले पुराना पुस्ताकालाई इज्जत दिन नजानेको बताउँदै ऋषिले आफ्नो रिस पोखेका थिए। आखिर कहाँ थिए यी स्टार ?
यो पढ्नुस् : म मर्दा पनि आउँदैनन् भन्दै युवा कलाकार माथि जंगिए ऋषि कपुर
करण जोहर: बिहिबार उनी ‘बाहुबली-२’को रिलिज मा व्यस्त थिए। जब विनोद खन्नाको मृत्युको खबर पाए उनले फिल्मको ग्रान्ड प्रिमियर क्यान्सल गरेका थिए। सो उनले ट्वीट गरेर बताएका थिए।
सलमान खान: उनी ‘टाइगर जिन्दा है’ को सुटिङको लागि भारत बाहिर छन्।
शाहरुख खान : उनी अहिले टेड टक शोको लागि भारत बाहिर छन्।
आमिर खान: उनी बिहिबार भारत बाहिर थिए। शुक्रबार बिहान मात्र उनी भारत फर्किएको बताइन्छ।
अक्षय कुमार: फिल्म ‘पैडम्यान’ को सुटिङमा व्यस्त छन्।
रोहित शेट्टी र अजय देवगन: दुवै ‘गोलमाल अगेन’ को आउटडोर सुटिङमा व्यस्त छन्।
प्रिंयका चोपडा: बिहिबार उनी आफ्नो ब्रान्ड सुटमा व्यस्ति थिइन। ५ दिनको लागि भारत फरकेकी उनी शुक्रबार पुन: न्युयोर्क जाँदै छिन्।
ऋतिक रोशन: भारतीय मिडिया ऋतिकको बारेमा कुनै जानकारी नपाएको बताउँछन्। ऋतिक अघिल्ला ३-४ वर्षमा कसैको पनि अन्त्येष्टीमा देखिएनन्। उनकै नजिकका साथी कुणाल कपूरका पिताको अन्त्येष्टीमा पनि उनी पुगेका थिएनन्।
The post विनोद खन्नाको अन्त्येष्टीमा नपुगेका यी ९ बलिउड कलाकार आखिर कहाँ थिए ? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qhettO
via IFTTT
काठमाडौं,१६ वैशाख । स्थानीय तहको निर्बाचन २०७४ मा नेपाल परिवार दलको तर्फ वाट ४ महानगरपालिका र १३ उप-महानगरपालिकाको प्रमुख र उप-प्रमुखको उम्मेदवारहरुको नामावली सार्बजनिक गरेको छ । महानगरपालिका तर्फ काठमाण्डौको मेयरमा पूर्व क्याम्पस प्रमुख श्री लक्ष्मी प्रसाद भण्डारी र उप-मेयरमा महिला नेत्री श्रीमती पुनम डंगोल, ललितपुरको मेयरमा श्री प्रदिप सिंह थापा र उप-मेयरमा श्रीमती सरस्वति चित्रकार, भरतपुरको मेयरमा श्री राजेन्द्र प्रसाद अर्याल र उप-मेयरमा श्रीमती गायत्री सुवेदी र पोखरा लेखनाथको मेयरमा श्रीमति कल्पना बराल र उप-मेयरमा श्री गणेश श्रेष्ठले टिकट प्राप्त गर्नु भएको छ ।
त्यसै गरि उप-महानगरपालिका तर्फ विराटनगरको मेयरमा श्री तिर्थराज घिमिरे र उप-मेयरमा श्रीमती लक्ष्मी राई, धरानको मेयरमा श्रीमति संगीता लावती र उप-मेयरमा श्री राम बहादुर लिम्बु, इटहरीको मेयरमा श्रीमति सीता देवी ढकाल र उप-मेयरमा श्री अशोक चौधरी, जनकपुरको मेयरमा श्री पवन शाह र उप-मेयरमा श्रीमती सीता देवी झा, विरगन्जको मेयरमा श्री दिनेश कुमार आमात्य र उप-मेयरमा श्रीमती तारा देबी कुर्मी, कलैयाको मेयरमा श्री विनेश चौधरी र उप-मेयरमा श्रीमती रन्जु देवी, जीतपुर सिमराको मेयरमा श्री सिन्दा ठाकुर र उप-मेयरमा श्रीमती रबिता अधिकारि, हेटौडाको मेयरमा श्री सानु मोत्तान र उप-मेयरमा श्रीमती माया देबी ढकाल, नेपालगन्जको मेयरमा श्री गया प्रसाद कुमाल र उप-मेयरमा श्रीमती लक्ष्मी बस्नेत, बुटवलको मेयरमा श्री चन्द्रसेन यादव र उप-मेयरमा श्रीमती ज्ञानु गुरुङ, घोराहीको मेयरमा श्री शालिकराम चौधरी र उप-मेयरमा श्रीमती मायाबती चौधरी, तुल्सीपुरको मेयरमा श्री बिष्णु पाण्डे र उप-मेयरमा श्रीमती चमेली बि. क., धनगढीको मेयरमा श्री खडक सिंह नागरी र उप-मेयरमा सुश्री निर्मला श्रेष्ठले टिकट प्राप्त गर्नु भएको छ ।
नगरपालिका र गाउपालिकाको उम्मेदवारको नामावली पनि छिट्टै सार्बजनिक गरिने र अन्य पार्टीहरु संग चुनाबी तालमेल हुँदा माथि उल्लेखित केहि नामहरुमा फेरबदल हुन सक्ने दलका अध्यक्ष एकनाथ ढकालले बताउनु भएको छ ।
The post नेपाल परिवार दलद्वारा ४ महानगर र १३ उप-महानगरमा उम्मेदवारी सार्बजनिक appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2pqHRO9 via IFTTT
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2oGIlCO
१५ वैशाख, एजेन्सी ।
क्यान्सरसंग जुधिरहेका बलिउड महानायक विनोद खन्नाको शुक्रबार निधन भएको छ भने उनको श्रद्धान्जली सभा छ । बलिउड स्टारहरु शोक सभामा उपस्थित छन् ।
यसैविच ऋषि कपुरले नयाँ पिढिका कलाकार माथी आफ्नो आक्रोस पोखेका छन् । उनले नयाँ पिढिका कुनै पनि कलाकार विनोद खन्नाको अन्त्येष्टिमा उपस्थित नभएको भन्दै ट्विटरमा एक पछि अर्को ट्विट गर्दै आक्रोस पोखेका हुन् । प्रियंका चोपडाकोमा धेरै ‘चम्चा’ हरु पुगेको तर विनोदको अन्त्यष्टीमा नआएको भन्दै ऋषि कपुरले सकेको रिस व्यक्त गरेका छन्।
उनले ट्विट गर्दै नयाँ पिढिले ठूला व्यक्तिलाई सम्मान गर्न नजान्ने बताएका छन् । उनको अन्त्यष्टिमा कुनैपनि नयाँ कलाकारको अनुहार नदेखिएपछि ऋषि कपुर आवेगमा आएका थिए । साथै उनले रिसाउदै भने,’ यदि म मरे भने पनि मलाई श्रद्धान्जली दिन कोहि पनि आउनेवाला छैनन्।’
Shameful. Not ONE actor of this generation attended Vinod Khanna’s funeral. And that too he has worked with them. Must learn to respect.
— Rishi Kapoor (@chintskap) April 27, 2017
७० वर्षको उमेरमा निधन भएका नायक विनोदको श्रद्धान्जली सभामा प्रधानमन्त्री नरेन्द्र मोदी देखि रिक्सा चालक सम्मका व्यक्ति सहभागी थिए । तर यस्तो अवस्थामा ऋषि कपुरले भनेअनुसार नयाँ पिढिका एउटा कलाकार पनि उनको श्रद्धान्जली सभामा उपस्थित नहुनु लाजमर्दो कुरा हो ।
ऋषिले ट्विटरमा आफ्नो प्रोफाइल तस्विर समेत परिवर्तन गरेर विनोद खन्नाको राखेका छन्।
The post म मर्दा पनि आउँदैनन् भन्दै युवा कलाकार माथि जंगिए ऋषि कपुर appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2pFtmZT
via IFTTT
काठमाडौं १५ वैशाख । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई ‘किर्ते, जाली र फटाहा’ भन्दै आरोप लगाएका छन् । स्थानीय तह निर्वाचनलक्षित गरी एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार प्रचार विभागद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै ओलीले दाहाल नेतृत्वको सरकारलाई धाधलीबाज भन्दै किर्ते, जाली र फटाहा सरकार रहेको आरोप लगाएका हुन् ।
‘यो सरकार धाधलीबाज हो, किर्तेबाज हो,’ ओलीले भने, ‘किर्ते, जाली र फटाहा सरकारले विनापुर्जी बहालवाला डीआईजीलाई पक्राउ गर्छ भने अरूलाई के गर्छ रु’ सरकारमा बसेर घटिया काम गरिरहेको आरोप बताउँदै उनले डीआईजीलाई नै ज्यानको खतरा भएपछि ‘ऊभन्दा तलकाको के हाल होला रु’ भन्दै प्रश्नसमेत गरे, राजधानीमा खबर छ ।
The post दाहाल सरकार किर्ते, जाली र फटाहा : ओली appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2pnrkdV via IFTTT
१४ वैशाख, एजेन्सी।
एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ। देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै उनलाई फिल्म खेल्न प्रतिबन्ध लगाएको हो।
२४ वर्षिया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन्। नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुन: पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो।
अन्य नायिकाले झै आफुले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र तीस लाख फलोअर छन्।
‘कम्बोडियामा धेरै सेक्सी कलाकारहरु छन्। केही त सुटिङमा म भन्दा पनि ज्यादा कामुक बन्छन् अनि किसिङ सिन दिन्छन्।’, उनले भनिन।
‘मलाई थाहा छ चाहे अनुसार ड्रेसअप गर्न पाउनु मेरो अधिकार हो, तर हाम्रो संस्कृति र कम्बोडियन जनताले यो स्वीकार्न सक्दैनन्।’ उनले भनिन, ‘फेसबुकमा तस्विर पोस्ट गर्दै म जस्तो सेक्सी छु अब त्यस्तो नदेखिन प्रयास गर्छु।’
संस्कृति मन्त्रालयले यसरी बोलाउन आफु पहिलो नायिका भएको र उनीहरुले छोरीलाई झै सम्झाएको उनले बताएकी छिन्।
थप तस्विर:
The post धेरै सेक्सी भएको भन्दै नायिकालाई मन्त्रालय बोलाइयो, १ वर्ष फिल्म खेल्न प्रतिबन्ध appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2q9gQik
via IFTTT
१४ वैशाख, एजेन्सी।
बलिउडका चर्चित कलाकार विनोद खन्नाको आज बिहान निधन भएको छ। क्यान्सरसंग जुधिरहेका उनको ७० वर्षको उमेरमा निधन भएको हो।
१०० भन्दा बडी बलिउड फिल्ममा अभिनय गरिसकेका उनी पञ्जावको गुरदास्पुरबाट सांसद समेत हुन।
उनी पत्नी कविता खन्ना छोराहरु राहुल, अक्षय र छोरीहरु श्रद्धा खन्नासंग बस्दै आएका थिए।
उनी सन् १९७० देखि १९८० दशकमा बलिउडमा सबैभन्दा बढी खोजिने नायक थिए।
उनले सन् १९९९ मा फिल्मफेयर लाइफटाइम अवार्ड, बेस्ट सपोर्टिङ एक्टर विधामा फिल्मफेयर अवार्ड र सन् २००७ मा जिसिने अवार्डको लाइफ टाइम अवार्ड पाएका थिए।
करिअर राम्रो चलिरहेको समयमा उनी सन् १९८२ मा कामबाट ब्रक लिएर उनका गुरु रनजीश ओशोको आश्रममा पुगेका थिए। त्यो समय उनले फिल्मी करिअर पूर्णत: छोडेका थिए। पाँच वर्षपछि उनले पुन: फिल्महरु साइन गर्न थाले र दुई फिल्म इन्साफ र सत्यमेभ जयते सुपरहिट भएको थियो।
The post बलिउड नायक विनोद खन्नाको निधन appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qal0cu
via IFTTT
एजेन्सी।
फतिमा सना सेख जसले फिल्म दंगलमा आमिर खानको छोरीको भूमिका निभाएकी थिइन, अघिल्लो वर्षको डिसेम्बरमा फिल्म रिलिज भएपश्चात बलिउडमा चर्चमा छिन्।
रेलरल गिता फोगाटको भूमिका निभाएसंगै उनको अभिनयको जमेर तारिफ भयो। तिनै बलिउडकी नवप्रवेशीको अहिले बेग्लै चर्चा छ। चर्चा हो उनको नयाँ फोटोसुटको।
उनले यी तस्विर आफ्नो इन्स्टाग्राम अकाउन्टमा अपलोड गरेकी छिन्।
The post आमिरकी छोरीको हट फोटोसुट appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2pkpCtH
via IFTTT
काठमाडौं,१४ वैशाख । बुधबार साँझ आठ बजेतिर सत्तापक्ष र विपक्षीबीच सरकारको परिपत्र फिर्ता लिने, त्यस विषयमा एमालेसँगको सहमतिमा मात्र सरकार अघि बढ्ने र एमालेले संसद्को अवरोध हटाउने सहमति भएपछि संसद् सञ्चालन भएको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
घर पुगेका मन्त्री र सांसद बोलाएर कोरम पुर्याइयो
विपक्षी एमालेसँगको सहमतिमा खुलेको संसद् गणपूरक संख्या नपुगी स्थगन भएपछि घर पुगेका सांसद र मन्त्रीहरूलाई बोलाएर सत्तापक्षले कोरम पुर्याएको थियो । मधेसकेन्द्रित दलसँगको सहमतिअनुसार वैशाख १८ भित्र संशोधन विधेयक पारित गरिसक्न बिहीबार नै संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गराउने तयारीमा सत्तापक्ष थियो । तर, विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ पेस गर्न लाग्दा नेमकिपाका प्रेम सुवालले कोरमको कुरा उठाउनुभएको थियो । सभामुखले गणना गर्दा १ सय २८ जना मात्र सांसद उपस्थित थिए ।
कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्न एक चौथाइ १ सय ४९ सांसदको उपस्थिति चाहिन्छ । त्यसपछि आघा घन्टा बैठक स्थगन गराएर घर पुगेका सांसद र मन्त्रीहरूलाई बोलाइएको थियो । कोरम पुगेपछि संसद्ले संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको थियो । विचार गरियोस् भन्ने प्रस्ताव पारितसँगै उक्त विधेयकमाथि संशोधन हाल्न ७२ घन्टाको समयावधि पनि सुरु भएको छ । अर्को बैठक वैशाख १७ गते बोलाइएको छ । वैशाख १९ गते स्थानीय तहमा उम्मेदवारी दर्ताको समय निर्धारण गरिएकाले १८ गते संविधान संशोधन विधेयक पारित गराउने पक्षमा सत्तापक्ष छ ।
The post घर पुगेका मन्त्री र सांसद यसरि बोलाइयो appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2pB62MY via IFTTT
काठमाडौं,१४ वैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनलक्षित संकल्पपत्र सार्वजनिक गरेको खबर आजको नयाँ पत्रिकामा छ । आगामी दश वर्षमा प्रत्येक नगरपालिकालाई आधुनिक र सबै सुविधायुक्त सहर ‘स्मार्ट सिटी’का रूपमा विकास गर्ने राप्रपाको संकल्प छ । राप्रपा अध्यक्ष कमल थापा, वरिष्ठ नेताहरू विश्वबन्धु थापा र पशुपतिशमशेर राणाले संयुक्त रूपमा सार्वजनिक गरेको संकल्पपत्रमा राष्ट्रियता, प्रजातन्त्र, हिन्दूत्व र आर्थिक उदारवादको धरातलमा समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य छ । गाउँपालिका(नगरपालिकालाई देशभर ‘नमुना स्थानीय तह’का रूपमा स्थापित गरेर सञ्चालन गर्ने पनि राप्रपाको प्रतिबद्धता छ ।
गौहत्या निषेध स् राप्रपाले गौहत्यालाई पूर्णतः निषेध गर्ने नीति लिएको छ । संकल्पपत्रमा भनिएको छ, ‘गौहत्यालाई निषेध गर्नुका साथै त्यस्तो अपराधमा संलग्नलाई कारबाही गरिनेछ । गौरक्षाका लागि प्रत्येक गाउँ–नगरपालिकामा गौशाला निर्माण गरिनेछ ।’ विद्यालयको पाठ्यक्रममा राष्ट्रियताको भावना अभिवृद्धि हुने विषय समावेश गरिने, स्थानीय भाषा, संस्कृति र पहिचानको संरक्षण गर्दै विविधतामा एकताको मान्यतालाई सुदृढ गरिने राप्रपाले जनाएको छ । पार्टीले निर्वाचन जितेका स्थानीय तहका कार्यालयमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर अनिवार्य राख्ने राप्रपाको संकल्प छ ।
बजेटको २० प्रतिशत शिक्षामा स् स्थानीय तहमा विनियोजित बजेटको कम्तीमा २० प्रतिशत शिक्षा क्षेत्रमा लगाउने संकल्प राप्रपाको छ । गाउँपालिका र नगरपालिकाबाट अनुदान प्राप्त गर्ने विद्यालयमा माध्यमिक तहसम्मको पढाइ निःशुल्क गरिने, सार्वजनिक र निजी विद्यालयमा प्रयोग हुने पाठ्यसामग्रीमा एकरूपता कायम गर्ने र रोजगारमूलक व्यावसायिक शिक्षालाई जोड दिने योजना राप्रपाले बनाएको छ । स्थानीय समुदायको सहमतिमा कम्तीमा शिशुशिक्षादेखि कक्षा ३ सम्म मातृभाषामा अध्ययन–अध्यापन गराउने व्यवस्था मिलाउने राप्रपाले जनाएको छ ।
प्रत्येक गाउँ–नगरमा २५ शय्याको अस्पताल स् राप्रपाको संकल्पपत्रमा प्रत्येक गाउँ–नगरपालिकामा कम्तीमा २५ शøयाको अस्पताल निर्माण गरी प्राथमिक स्वास्थ निःशुल्क गर्ने घोषणा छ । विपन्न परिवारमा प्रतिशिशु एकमुष्ठ पाँच हजार ‘सुपोषण अनुदान’ आमामार्फत प्रदान गर्ने योजना पनि छ ।
राजतन्त्रसहितको लोकतन्त्र आवश्यक : थापा
संकल्पपत्र सार्वजनिक कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र अबको आवश्यकता भएको बताए । थापाले भने, ‘राप्रपा संविधानको परिधिभित्र संसद्को नियन्त्रणमा रहने राजसंस्थासहितको लोकतन्त्रको पक्षमा छ ।’ राजा महेन्द्रको राष्ट्रवाद र बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति राप्रपाको प्रेरणाको स्रोत भएको पनि थापाले बताए ।
The post आगामी दश वर्षमा ‘स्मार्ट सिटी’का रूपमा विकास गर्ने राप्रपाको संकल्प appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2oNtVwM via IFTTT
काठमाडौ,१४ वैशाख। बुधबारको शिर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेर बहादुर देउवा तथा एमाले अध्यक्ष केपी ओली बीच भनाभन भएको खबर आजको नयाँ पत्रिकामा छ ।
ओली : निर्वाचन मिति तपाईंहरू आफैँले घोषणा गरेको होइन रु देउवाजी आफैँले निर्वाचन एक चरणमा गर्ने, त्यो पनि वैशाखमै गर्ने भनेपछि ३१ वैशाखमा मिति घोषणा भएको होइन रु त्यो मिति हामीले घोषणा गरेको हो र रु तपार्इंहरूकै सहमतिका आधारमा आफैँले निर्वाचन मिति घोषणा गरेको होइन रु अहिले किन अल्झिरहेको रु के निर्वाचन गर्न नचाहेको हो ?
देउवा : निर्वाचन नगर्ने वातावरण त तपाईंहरूले बनाइरहनुभएको छ । हामी निर्वाचन गर्न लागिरहेका छौँ, तर तपाईं आफैँले निर्वाचन हुन दिइरहनुभएको छैन । किन विवाद मात्रै झिक्नुहुन्छ ?
प्रधानमन्त्री : सरकारले सबै पक्षलाई समेटेर लैजान स्थानीय तहको संख्या पुनरावलोकन गर्न खोजेको हो । त्यही भएर दुई चरणमा निर्वाचन गर्न खोजेका हौँ । संवादमार्फत सबै विषयमा सहमति खोजौँ, मुलुकलाई अल्झाउने काममा कुनै दल पनि नलागौँ ।
ओली : कसरी हुन्छ यसरी निर्वाचन रु तपाईंहरूको चालबाजीले त निर्वाचन नहुने देखिँदै छ । निर्वाचनको मुखैमा स्थानीय तहको संख्या थप गरेर कसरी हुन्छ निर्वाचन रु तपाईंहरू निर्वाचन गराउनै चाहिरहनुभएको छैन ।
देउवा : स्थानीय तहको संख्यामा किन अडान लिइरहनुभएको छ रु तपाईंहरूको अडानका कारण संविधान संशोधन अगाडि बढ्न सकिरहेको छैन । किन रोक्नुभएको हो रु
ओली : अहिले संविधान संशोधन गर्ने, स्थानीय तहको संख्या थप गर्नेभन्दा पनि निर्वाचन गर्ने वेला हो । संशोधनलगायतका सबै विषय छोडिदिनुस् । निर्वाचनमा मात्र ध्यान दिनुस् । हामी अहिले संशोधन हुन दिँदैनौँ, संसद्बाट पारित हुन पनि दिँदैनौँ ।
प्रधानमन्त्री : तपाईंहरूको हठ पनि धेरै भयो । यसरी समस्या समाधान हुँदैन । यस्तै हो भने हेर्दै जानुहोला, हामी संसद्मा दुईतिहाइ बहुमत पुर्याएरै संविधान संशोधन गरेर देखाइदिन्छौँ ।
The post शिर्ष नेताको बैठकमा दाहाल, देउवा र ओली बीच भनाभन appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2qgBdJF via IFTTT
आमाको मुख हेर्ने दिनको अबसरमा आमाप्रतिको भक्ति, सम्मान र आदरको भाब लाई उठान गर्ने गीत “आमा ” रिलिज भएको छ ।
गायक स्वरुप राज आचार्यको स्वरमा सजिएको “आमा खै कसरी सुन्छिन्” बोलको गीतको भिडियो सार्बजनिक गरिएको हो । सागर ज्ञवालीको शब्द रहेको उक्त गीत केहि समय अगाडि मात्र युट्युबमा सार्वजनिक भएको हो ।
गैरे सुरेशको कम्पोज र सचिन सिंहको एरेन्ज रहेको यस गीतको भिडियोमा रंगकर्मी अरुणा कार्की, भोला तिमल्सिना, अमृता खनाल र रिदम सुवेदिको निकै नै मन छुने अभिनय गरेका छन् ।
भिडियोलाई गीतकार सागर ज्ञवाली आफैले निर्देशन गरेका हुन् । मातृत्व को भावलाई भिडियोले कलात्मक रुपमा उठान गरेको छ । जितेन्द्र राजोपाध्याय को सम्पादन रहेको भिडियो लाई अमित ठाकुरले खिचेका हुन् ।
The post औंसीको उपहार, आमाको माया यस्तो हुन्छ (भिडियो सहित ) appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2p3BlOP
via IFTTT
काठमाडौं,१३ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले कहिल्यैपनि बन्द हड्ताल नगर्ने घोषणा गरेको छ ।
बुधबार सार्वजनिक घोषणापत्रमा पार्टीले कहिल्यै बन्द हड्ताल नगर्ने उल्लेख गरेको छ । यस्तै अरु पार्टीले समेत बन्द हड्ताल गर्न नहुनेमा राप्रपाले जोड दिएको छ ।
हिन्दु राष्ट्रको पक्षपाती राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई मार्नेलाई कडा सजायँ गर्नेखालको कानून बनाउने प्रतिवद्धता जनाएको छ । साथै उसले गाईको संरक्षणका लागि प्रत्येक गाउँ र नगरपालिकामा गौशालाहरु निर्माण गरिने बताएको छ ।
स्थानीय तहको चुनावका लागि बुधबार सार्वजनिक गरिएको राप्रपाको घोषणापत्रमा सबै धर्मका बीचमा समानता र सबै धर्मलाई बराबरीको स्वतन्त्रता सुनिश्चत गरिने बताइएको छ ।
राप्रपाले आफ्नो घोषणापत्रमा भनेको छ( ‘गौहत्यालाई पूर्णतः निषेध गर्नुका साथै त्यस्तो अपराधमा संलग्न हुनेलाई कानुनबमोजिम कडा कारवाही गरिने छ । गौरक्षाको लागि प्रत्येक गाउरनगरपालिकाहरुमा गौशालाहरु निर्माण गरिने छ ।’
मन्दिर मस्जिद, गुम्बा र चर्चलाई सहयोग
हिन्दुवादी पार्टी भए पनि राप्रपाले मठ मन्दिरहरुलाई मात्रै नभएर चर्च, मस्जिद र गुम्बाहरुलाई पनि संरक्षण र सहयोग गर्ने धार्मिक नीति अघि सारेको छ । उसले घोषणापत्रमा भनेको छ( ‘हिन्दु, बौद्ध र किरात मठ, मन्दिर, गुम्बा लगायत अन्य धर्मरआस्थाका पुजा आराधना स्थल (मस्जिद र चर्च० को निर्माण, संरक्षण र सञ्चालनमा सहयोग गरिनेछ ।’
तर, राप्रपाले धर्म परिवर्तन गर्न नदिने बताएको छ । उसले भनेको छ( ‘लोभलालच र भ्रम सिर्जना गरेर संगठित, योजनावद्ध र जबरजस्ती रुपमा धर्म परिवर्तन गराउन दिइने छैन ।’
जातीय आधारमा मन्दिर प्रवेशमा रोक लगाउने प्रथा पूर्णरुपमा अन्त गरिने राप्रपाले जनाएको छ । सबै जाति र समुदायलाई समान रुपमा पूजा आराधना र उपासना गर्न पाउने व्यवस्था सुनिश्चित गरिने उसले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।
राप्रपाले आफ्नो घोषणापत्रमा भनेको छ( ‘बाल विवाह र बहुविवाह गर्न दिइने छैन, त्यस्तो कार्य गर्ने गराउनेलाई कानुनबमोजिम दण्डित गरिनेछ ।’
राप्रपाले विद्यालयहरुको पाठ्यक्रममा नैतिक र आध्यात्मिक शिक्षासमेत समावेश गरिने घोषणापत्रमा उल्लेख गरेको छ ।
The post राप्रपाको घोषणापत्र सार्वजनिक, कहिल्यैपनि बन्द हड्ताल नगर्ने प्रतिबद्धता appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2oLaODg via IFTTT
१३ वैशाख, एजेन्सी ।
अभिनेत्री मनिषा कोइराला बलिउड नायक संजय दत्तको बायोपिक फिल्ममा संजय दत्तकी आमा नरगिस दत्तको भूमिका निभाउदै छिन् ।
संजय दत्तको बायोपिक फिल्ममा संजयकी आमाको भूमिकामा देखा पर्न लागेकी मनिषाले यो भूमिका रणवीर कपुरको कारण निभाउन लागेको बताएकी छिन्।
रनवीर आफुलाई सबैभन्दा मनपर्ने अभिनेता भएको कारण पनि यो फिल्मप्रति बढि प्रभावित भएको उनले बताइन् । मनिषाले आफ्नो मर्जीको फिल्म मात्र रोज्ने गर्दछिन् । यो फिल्ममा संजयको भूमिका रणवीरले निभाउँदै छन्।
एक अन्तरवार्तामा मनिषाले नरगिसको भूमिका र उनको लुक्सबारे बताउदै यस्तो भूमिका खेल्न पाउदा आफुलाई सौभाग्यवती ठानेको बताइन् । उनको भूमिकामा देखा पर्न उनले कडा मेहेनत गर्नुपरेको समेत बताएकी छिन् । फिल्मको सुटिङ सुरु भइसकेको छ।
The post रनवीरको कारण आमा बनिन् मनिषा कोइराला appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qdnmUh
via IFTTT
१३ वैशाख, एजेन्सी ।
१०० औँ इपिशोड पुर्याएको ‘द कपिल शर्मा शो’ बन्द हुने खवर आएपछि कपिल शर्मा र उनका फ्यानलाई झट्का लाग्ने भएको छ । कमेडियन सुनिल ग्रोवर र कपिलविचको विवादले प्रशंसक निकै रुष्ट बनेका थिए । यो घटना सेलाउन नपाउँदै ‘द कपिल शर्मा शो’ लाई सोनी च्यानलले रिन्यु गर्न अस्वीकार गरेको छ ।
आफ्नै कारणले उत्पन्न विवाद कपिल शर्माले हालसम्म पनि समाधान भएको जानकारी समेत गराएका छैनन् । साथै पछिल्लो समय कपिल शर्मा शो ओरालो लागिरहेको छ । विवादपश्चात उनका बाँकी सहकर्मीसंगै अन्य कलाकारले उनको शोबाट मुख मोडिदिएपछि कपिललाई आफ्नो शो सहि दिशातिर धकेल्न पनि मुस्किल परिरहेको छ । यि र यस्तै कारणबाट कपिल शर्मा शो बन्द हुने प्रवल सम्भावना देखिएको भारतीय मिडियाको दाबी छ ।
उनले शोको लागी नयाँ कमेडियनसंग एपिसोड सुट पनि गरेका थिए तर सुटिङ पुरा गर्न नपाउदै विचमै रद्द गर्नु परेको थियो । लगानी हात नपर्ने देखिएपछि शो मेकर्सले उक्त शो को प्रत्येक इपिशोडको लागि चाहिने १०७ करोड भारतीय रुपैयाँ दिन समेत तयार नरहेको जनाइएको छ । यदि कपिलले आफ्नो शो बचाउन चाहन्छन भने उनले सुनिल ग्रोवर र अली अगसरलाई पुन: फिर्ता बोलाउनु पर्ने देखिन्छ ।
The post कपिलको शो बन्द हुनसक्ने, निर्माण पक्षले लगानी गर्न मानेन appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2oKbwAY
via IFTTT
१३ वैशाख।
पछिल्लो समय बलिउड सहित संसारभरी चर्चा बटुलेको फिल्महरुको नाम लिदाँ सबैभन्दा पहिलो स्थानमा आउँछ बाहुबली। कथा, प्रस्तुति र ग्राफिक्सको जोडदार समिश्रणले फिल्म सुपरहिट त भयो नै फिल्मले दोस्रो सिक्वेलको लागि बाटो समेत खोलेर गयो। फिल्म हिट भएसंगै कटप्पाले बाहुबली किन मारे ? भन्ने प्रश्न नेपालमा समेत सोधियो।
फिल्मको दोस्रो भाग यहि शुक्रबार नेपालमा पनि रिलिज हुँदैछ। सम्भवत: यसले पहिलो फिल्मले उब्जाएको प्रश्न समाधान पनि गर्ला । र यहि समाधान खोज्न दर्शकहरु सायद हलसम्म पनि पुग्लान । के बाहुबलीले नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो व्यापार गर्ला त ?
कस्तो छ बलिउड फिल्मको कमाइ ?
बलिउडमा सबैभन्दा बढी कमाइ गरेको पिकेले ७ सय करोड भारु भन्दा बढी कमाइ गरेको थियो। पिकेले नेपालका हलहरुमा १० करोड रुपैयाँ कमाएको बताइन्छ। जसमध्येको १ करोड २५ लाख भारु मात्र बलिउड पुग्यो। त्यस्तै सलमान खानको फिल्म बजरंगी भाइजानले नेपालका हलहरुमा आठ करोड रुपैयाँको व्यापार गरेको थियो। त्यस्तै धुम-३ ले ९ करोड, चेन्नइ एक्सप्रेसले ६ करोड र थ्री-इडियट्सले ६ करोड रुपैयाँ नेपाली हलमा कमाएको थियो।
बाहुबली (पहिलो भाग) ले बलउिडमा मात्र ६५० करोड भारु कमाएको थियो। यसले नेपालको हलहरुमा केवल तीन करोड रुपैयाँ संकलन गरेको थियो।
फिल्मको चर्चा अनि दोस्रो भाग
बाहुबली- द बिगिनिङ पश्चात यो शुक्रबार रिलिज हुने गइरहेको बाहुबली- द कन्क्लुजनको रिलिज वातावरणमा थोरै अन्तर छ। पहिलो फिल्म रिलिज भएपश्चात अधिकांसले फिल्म मनपराएका थिए। भलै कमाइको आधारमा बलिउडमा तेस्रो र साउथ इन्डियाबाट रिलिज भएको फिल्महरुमा सबैभन्दा बढी कमाउने पहिलो भएपनि यसले त्यो भन्दा बढी चर्चा र वाहीवाही कमाएको थियो। पहिलो फिल्मले सेट गराएको दर्शकको मुड र कटप्पाले बाहुबली किन मारे ? भन्ने प्रश्नले पनि दोस्रो फिल्मको लागि वातावरण फरक बनाएको छ। यस्तोमा के बाहुबली नेपालमा पनि सबैभन्दा बढी कमाउने हिन्दी फिल्म बन्ला ? यसको जवाफ भने अप्रिल २८ मा फिल्म रिलिज भएपश्चात नै पाइनेछ।
The post बाहुबली २ ले कति कमाउला नेपालमा ? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2oImoyl
via IFTTT
काठमाडौं,१३ बैशाख । तराईका दुई प्रदेशमा स्थानीय तहको संख्या थप्ने सरकारी तयारीको विषयमा संसद् अवरोध गरेको एमाले संसद् खुलाउन लचिलो देखिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार साँझ बसेको सत्तारुढ दल र प्रतिपक्ष एमालेका शीर्ष नेताको बैठकमा संसद् अवरोध तत्काल हटाउने गरी बुधबार वार्ता गरी टुंग्याउने सहमति भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
‘स्थानीय तहको संख्या थप्ने विषयमा हामीले संवैधानिक रूपमा पनि नमिल्ने विषय बैठकमा राख्यौं ‘, बैठकमा सहभागी एमाले नेता सुवास नेम्वाङले अन्नपूर्णसँग भन्नुभयो, ‘त्यस विषयमा बुधबार बिहान साढे १० बजे चार दलका अध्यक्षहरू बसेर टुंगो लगाउने सहमति भएको छ । ‘
बैठकले संसद् अवरोध र प्रदेश नम्बर २ र ५ का ११ जिल्लामा स्थानीय तहको संख्या थपका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाबीच छलफल गरी बुधबार नै टुंग्याउने निष्कर्ष निकालेको छ ।
बैठकमा एमाले नेताहरूले स्थानीय तहको संख्या थप्ने सरकारी तयारीमा असहमति जनाएका थिए । उपप्रधानमन्त्री थापाले भने सरकारले ११ जिल्लाको विवरण माग मात्रै गरेको तर थप्ने नै निर्णय नगरेको धारणा बैठकमा राख्नुभएको थियो ।एमाले नेताहरूले मधेसी मोर्चासँग भएको सहमतिमा आफूहरूलाई सहभागी नगराएकोमा पनि आपत्ति जनाएका थिए । बैठकले तत्काल संसद् अवरोध बुधबार नै हटाउने गरी छलफल गर्ने र अन्य विषयमा पनि नियमित छलफल गरी टुंगोमा पुर्याउने निष्कर्ष निकालेका छन्।
‘संसद् अवरोधका विषयमा बुधबार नै टुंगोमा पुग्ने र अन्य विषयमा नियमित छलफल गर्ने सहमति भएको छ ‘, नेम्वाङले भन्नुभयो ।बैठकमा एमालेले दुई चरणको निर्वाचन घोषणा, पहिलो र दोस्रो चुनावको एक महिनाको अन्तर, चुनावअघि बजेट ल्याउनेलगायत विषयमा आफ्नो असहमति रहेको धारणा व्यक्त गरेको थियो । बैठकमा प्रधानमन्त्री दाहाल, कांग्रेस नेता देउवा, एमाले अध्यक्ष ओलीलगायत नेता सहभागी थिए।
The post संसद् अवरोध हटाउन आज शीर्ष बैठक : एमाले लचिलो appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2pgHZ2V via IFTTT
The post नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक ।एक घर,एक रोजगारी लगायत यस्ता अन्य विषय समावेश appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2p0Z6al via IFTTT
The post निर्वाचन आयोगको अडान appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2osbvW7 via IFTTT
१२ वैशाख, एजेन्सी।
बलिउड नायक फरहान अख्तर र अधुना भवानी १७ वर्ष पश्चात अलग भएका छन्। सोमबार फरहान र अधुनाको बयान सुने पश्चात भारतको बान्द्रा स्थित एक अदालतले सम्बन्द विच्छेदको लागि अनुमति दिएको छ। फरहान र अधुनाले आपसी समझदारीले अघिल्लो अक्टोबमा सम्बन्ध विच्छेदको लागि निवेदन दर्ता गराएका थिए। यो जोडीले सन् २००० मा विवाह गरेको थियो।
सम्बन्ध विच्छेद पश्चात दुई छोरी, शाक्या (१४ वर्ष) र अकिरा (६ वर्ष) अधुनासंग बस्नेछन्। चाहेमा फरहानले छोरी भेट्न सक्नेछन्।
यो पढ्नुस्।
अमिरले तोडे १६ वर्ष पुरानो प्रतिज्ञा
The post १७ वर्षपछि छुट्यो फरहानको जोडी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2pdAARQ
via IFTTT
उत्पादनको हिसावले हेर्ने हो भने विश्वको सबैभन्दा बढि फिल्म उत्पादन गर्ने देश भारत हो । उत्पादन मात्र नभएर व्यापारीक दृष्टिकोण तथा बक्स अफिसको आधारबाट पनि हिन्दी फिल्मले सदैव उत्तिकै चर्चा कमाएको पाइन्छ । यहाँ त्यस्ता ९ बलिउड फिल्म छन् जसले दर्शक र बलियो आम्दानी गरेको मात्र नभई निर्माण खर्चको आधारमा पनि सबैभन्दा महंगा रहे ।
१. महाभारत – दुबईमा आफ्नो विजनेश चलाइरहेका वि आर सेठ्ठी ले महाभारतको लागी १००० करोड भारतीय रुपैयाँ खर्च गर्ने भएका छन् । दुई भागमा रिलिज हुने यो फिल्मको सुटिङ सुरु भइसकेको छ।
२. २.०- बलीउड क्षेत्रका दुई ठुला स्टार रजनिकान्त र अक्षय कुमार संगै देखा पर्न लागेको फिल्म २.० सन् २०१० मा चर्चित बनेको फिल्म रोवोटको स्विकेल हो । ३४० करोड भारतीय रुपैयाँको लगानीमा बनाइदै गरेको यो फिल्म यो वर्षको दिपावलीमा रिलीज हुने बताइएको छ ।
३. बाहुवली २ -यो फिल्म सन् २०१५ मा हिट भएको फिल्म बाहुबलीको सिक्वेल हो । हेर्दा मात्र प्रभावशाली नभएर यस फिल्मको लागि बजेट पनि उत्तिकै खर्च भएको छ । एसएस राजमौलीद्धारा निर्देशित फिल्म बाहुबली २ मा स्टार प्रभास, तमन्ना, अनुष्काको मुख्य भुमिका रहेको छ । यो फिल्म २५० करोड भारुमा बनेको छ ।
४. आई -साइन्स फिक्सनमा आधारित चर्चित फिल्म आई बनाउन १८० करोड भारुतीय रुपैया खर्च भएको थियो । फिल्म तामिल र हिन्दी दुवै भाषामा बनेको थियो । फिल्म सन् २०१५ जनवरीमा रिलिज भएको थियो।
५. बाहुवली -प्राचीन राजपरिवार र राज्यको लागी गरेको लडाईमा आधारित फिल्म बाहुबली १८० करोड भारु लगानीमा बनेको फिल्म हो । एसएस राजमौलीले निर्देशन गरेको फिल्ममा प्रभास, अनुष्का र तमन्ना भाटिया फिल्मका मुख्य पात्र हुन् ।
६. प्रेम रतन धन पायो – सोनम कपुर र सलमान खानको मुख्य भुमिकामा रहेको यो फिल्म १८० करोड भारुमा बनेको थियो ।
७. धुम ३- तिन भाग गरि बनाईएको फिल्म धुमले बलिउडमा तहल्का मच्चाएको थियो । अभिनेता अमिर खान र महिलाको मुख्य भुमिका निभाएकी क्याट्रिना क्याफ अभिनित मेगा प्रोजेक्ट अन्तर्गतको धुम –३, १७५ करोड भारुको लगानीम बनेको फिल्म हो ।
८. दिलवाले- रोहित सेठ्ठिको निर्देशनमा रहेको फिल्म दिलवालेमा शाहरुख खान र काजोल फेरिसंगै देखा परेका थिए । यस फिल्मको लगानी १६५ करोड भारतीय रुपैयाँ रहेको छ ।
९. ब्याङ व्याङ -रितिक रोशन र क्याट्रिना क्याफ अभिनित फिल्म व्याङ व्याङ १६० करोड भारु भन्दा बढि लगानीमा बनेको फिल्म हो ।
The post सबैभन्दा महंगा ९ बलिउड फिल्म appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2q1f9GB
via IFTTT
१२ वैशाख, एजेन्सी।
बलिउड सुपरस्टार अमिर खान धेरै विषयका लागि चर्चित छन्। ‘मिस्टर परफेक्सनिस्ट’ भनिने अमिर जुन पायो त्यही चलचित्रमा काम गर्दैन। कुनै चलचित्रमा काम गरेपछि त्यसका लागि हदैसम्म लागिपर्छन्। वर्षमा एउटै चलचित्र पनि उनका लागि पर्याप्त हुन्छ । चलचित्रले सार्वजनिक भएपछि जनमानसमा एउटा तरंग नै ल्याउँछ । उनका प्राय चलचित्रले अर्बौ रुपैया कमाउँछ।
अमिर खानको अर्को पनि विशषेता छ त्यो हो उनि कुनै अवार्ड कार्यक्रममा जाँदैनन्। तर अब भने यो तोडिएको छ । हो, अमिर खानले १६ वर्षपछी एउटा अवार्ड कार्यक्रममा गएर अवार्ड थापेका छन्।
मूल्य र मान्यताका लागि लड्ने र एउटै विषयमा लामो समयसम्म अड्ने खूबी भएका अमिर बलिउडकी भेट्रान गायिका लता मंगेशकरको अनुरोधमा अवार्ड कार्यक्रममा पुगेका हुन्।
उनलाई लता मंगेशकरको परिवारद्वारा वितरण गरिने दिनानाथ मंगेशकार पुरस्कारद्वारा सम्मान गरिएको हो। उनलाई अवार्ड भने राष्ट्रिय स्वयंसेवक संघका अध्यक्ष मोहन भागवतको हातबाट दिएको थियो।
रोचक कुरा के छ भने अमिरलाई अवार्ड दिने मोहन भागवतको संघ परिवार र संघको नजिक मानिने भारतीय जनता पार्टीले अमिरलाई तारो बनाउँदै आएका छन्।
गत वर्ष भारतमा अहिष्सुणता बढ्दै गएको र आफ्नी श्रीमती किरण रावले कहिले काहिं देश छोडेर जाने कुरा समेत गर्ने गरेको प्रतिक्रिया दिएपछी भारतीय जनता पार्टीका नेता कार्यकर्ताले उनको विरोधमा पुत्ला जलाउने सहित चलचित्र बहिष्कार गर्ने अभियान चलाएको धेरै भएको छैन्।
The post अमिरले तोडे १६ पुरानो प्रतिज्ञा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2q0OJoe
via IFTTT
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2q0tH9k
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2pcwoBI
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2q0fxFh
काठमाडौं, १२ वैशाख । बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्वाचन दुई चरणमा गर्ने सहमति बोकेर आएका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई झड्का लागेको छ ।
ओलीले परिस्थिति हेरेर निर्णय गर्ने जवाफ फर्काएपछि आशावादी भएर फर्किएका प्रचण्डले हतारमा मन्त्रीपरिषद वैठक राखी चुनाव दुई चरणमा गराउने निर्णय गराए । तर, एमालेले त्यसको प्रतिक्रिया औपचारिक रूपमा भने दिएको थिएन । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
सोमबार बसेको एमाले स्थायी कमिटिको वैठकले भने सरकारको निर्णयमा धक्का लागेको छ । एमालेले दुई चरणको चुनाव नमान्ने निर्णय गरेको छ ।
सरकारले संविधान संशोधन गरी दुई चरणमा निर्वाचन गर्ने भनी मधेसी मोर्चासँग सहमति गरेको जनाएको थियो । तर, मोर्चाका नेताले नै त्यस्तो सहमति नभएको दाबी गरिरहेका बेला सरकार भने एमालेको सकारात्मक निर्णयको पर्खाइमा थियो ।
बालकोटमा बसेको एमाले स्थायी कमिटिले सरकारको चुनाव सार्ने रणनीतिमात्र रहेको ठहर गरेको छ । निर्वाचन एक चरणमै हुनुपर्ने अडान राखेको एमाले अध्यक्ष ओली थाइल्यान्ड पुगेर आएपछि फरक ढंगले राजनीति जानसक्ने अनुमान गरेकाहरूका लागि एमालेको यो निर्णयले निर्वाचन नहुने हो की भन्ने आशंका जन्माएको छ ।
यता, मोर्चासँग दुई चरणमा निर्वाचन गराउने सहमति गरेको सरकारका लागि अब निर्वाचन कसरी गराउने भन्ने सकस उव्जिएको छ ।
निर्वाचन आयोगले पनि दुई चरणको निर्वाचनमा समस्या हुनसक्ने सरकारलाई जनाइरहेका बेला एमालेको अडान पनि आयोगको पक्षमा देखिएको हो । अब, सरकारले एक चरणमा निर्वाचन गराउनका लागि कि एक महिना पछि सार्नुपर्ने बाध्यता वा ३१ वैशाखमा नै सवै निर्वाचन गर्नुपर्ने हुनसक्छ ।
उच्च स्रोतले भन्यो,‘यो निर्वाचन जसरी पनि रोक्ने खेलमा अदृश्य शक्तिको हात रहेको छ । उसले सरकार र प्रतिपक्ष दुवैलाई चलाइरहेको छ ।’
नेपालको स्थानीय तहको निर्वाचन रोक्नका लागि भारतीय एजेन्सीहरू प्रकारान्तरले सक्रिय रहेको स्रोतको दाबी रहेको छ । मधेसी मोर्चालाई एकथरी शक्तिले चलाइरहेको छ भने एमालेलाई भारतको इन्टेलिजेन्स एजेन्सी रअले चलाएको दाबी स्रोतले गरेको छ ।
‘नेपालको राजनीतिमा कुरा नमिल्नु र दुईखाले कुरा आउनुमा भारतीय शक्तिको नै हात रहेको छ । राजनीतिक स्थायीत्व उनीहरू चहाँदैनन्’, स्रोतले भन्यो,‘त्यतिमात्र होइन, नेपालमा चुनाव प्रभाव पार्नका लागि सुरक्षा र कृत्रिम अभावमा पनि भारतीय सक्रिय रहेका छन् ।’
The post एमालेको निर्णयले सरकारलाई धक्का appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2pYMNd7 via IFTTT