१८ चैत, एजेन्सी । बलिउड फिल्म निर्माता करण जौहरले बुधबार पहिलो पटक आफ्नो जुम्ल्याहा सन्तान यश र रुहीलाई घर प्रवेश गराए र उनले शाहरुख खानकी श्रीमती गौरीले उनको सन्तानका लागि ‘बेबी नर्सरी’ तयार गरेको बताएका छन् ।
करणले ट्विटरमा लेख्दै भनेका छन्, ‘मेरो बेबी नर्सरीलाई गौरी खानले धेरै मायाले बनाएकी छिन्, यो मेरो स्वर्ग हो !! धन्यवाद गौरी ।’ गौरीले तयार पारेको यस कोठाको भित्तामा कार्टुन, पंक्षी तथा जनावारका आकृति बनाइएको छ ।
करण जौहर यही महिनाको शुरुवातमा सेरोगेट मदरको माध्यमबाट एक छोरा र एक छोरी पाएका थिए । करणले यसको जानकारी पनि ट्विटरबाटै दिएका थिए ।
The post गौरीले तयार पारिन् करणको सन्तानको कोठा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2oh9Ba5
via IFTTT
१८ चैत, बेल्जियम ।
डेड दशकदेखि स्थगित नेपाली कथानक चलचित्र यातानाको गीत युवटुवमार्फत सार्वजनिक भएको छ । नायीका श्रीषा कार्कीको आत्महत्यासंगै चलचित्रको मुख्य दृष्य छायांकन गर्न बाँकी रहेको थियो ।
१५ वर्षपछि चलचित्रका निर्देशक उज्जल केसीले गीतलाई बेल्जियमबाट युटुवमार्फत सार्बजनिक गरेका हुन । नायिका कार्कीले आत्महत्या गरेपछि चलचित्रको छायांकन अपुरो भएको थियो ।
अझै दुखत कुरा त चलचित्रका अर्की कलाकार इना हमालले पनि आत्माहत्या गरेकी थिइन् भने अन्य कलाकार शान्तीमास्के गायक कुमार कान्छा, सम्पादक वीरेन्द्र कार्की र छायांकार राजु मानन्धरको पनि निधन भइसकेको छ ।
‘कलाकार मरे पनि उनीहरुको कला जीबन्त हुन्छ, निर्दशक केसीले भने, अपुरो रहेको फिल्मलाई पनि केहि समय पछि पुरा गरि सार्बजनिक गर्ने तयारी गरेको छु ।’
मुख्यकलाकारको निधन भएपछि लाखौ रुपैया लगानी डुवेको भन्दै निर्देशक केसीले लगानी डुवे पनि दर्शक समक्ष पुराउन पाउँदा खुसी लाग्न् बताए ।
हाल बेल्जीयममा रहेका निर्दशक केसीले दर्जनौ चलचित्र बनाई सकेको छन् भने उनि आफै पनि कलाकार हुन् । नेपालमा मात्र नभई युरोपका म्युजीक भिडीयोमा पनि उनले क्षमता देखाई सकेको छन् ।
हेर्नुस् भिडियाे:
The post नायिका श्रीषा कार्कीको अन्तिम गीत सार्बजनिक (भिडियो सहित) appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2ogIHyT
via IFTTT
१८ चैत, एजेन्सी । विवादपछि सुनिल ग्रोभरले कपिल शर्माको ‘शो’मा नफर्किने मनसाय बनाइसकेको देखिन्छ । कपिलले धेरै पटक अनुरोध गरे पनि सुनिल ‘शो’मा फर्कन तयार छैनन् ।
हालै, कपिल र सुनिल फिल्मसिटीमा देखिए, दुवैजना आमने–सामने थिए । सबैको नजर सुनिल र कपिलतिर थियो । सबैले आशाको नजरले हेरिरहेका थिए, सायद दुवैबिच विवाद अन्त्य हुनेछ भन्ने आशा गरिँदै थियो । तर, यस्तो भएन । उनीहरुले एक–अर्कालाई बेवास्ता गर्दै नदेखे झैँ गरे, संवाद गर्ने त कुरै भएन ।
फिल्मसिटीमा कपिल शर्मा आफ्नो ‘शो’को शुटिङ गरिरहेका थिए । त्यही घरको अर्को स्टुडियोमा सुनिल ग्रोभर इन्डियन आइडलको ‘ग्यान्ड फिनाले’को सुटिङ गरिरहेका थिए । तर, दुवैले एक–अर्कालाई भेट्ने प्रयास पनि गरेनन् । दुवैले चाहेको भए मिलेर विवादलाई अन्त्य गर्न सक्थे, तर यस्तो भएन ।
यो पनि पढ्नुस्
कपिल र सुनिलको कमाइमा कति फरक छ ?
कपिल र सुनिलबीचको विवादको रहस्य खोले ‘किकु’ले !
कपिलसँगको विवादलाई लिएर पहिलो पटक बोले सुनिल ग्रोभर !
The post विवादपछि जब पहिलो पटक आमने–सामने भए कपिल र सुनिल appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2npej1O
via IFTTT
काठमाडौं,१८ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ अञ्चलका १४ सहरमा चुनावी सभा गर्ने भएको छ । साथै चुनावी ईन्चार्जहरु तोकिएका छन् । राप्रपाको बिहीबार बसेको बैठकले स्थानीय चुनावलाई लक्षित गरेर वैशाख १० भित्र १४ सभा गर्ने निर्णय गरेको हो ।
जसअनुसार मेचीको दमक, कोशीको इटहरी, सगरमाथाको लाहान, जनकपुरको बर्दिबास, नारायणीको भरतपुर, बाग्मतीको धादिङ, गण्डकीको स्याङ्जा, लुम्बिनीको भैरहवा, राप्तीको दाङ, भेरीको नेपालगञ्ज, सेतीको धनगढी र महाकालीको बैलौरीमा सभा गरिने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
आमसभालार्इ पार्टी अध्यक्ष कमल थापाका साथै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र वरिष्ठ नेता पशुपति शम्शेर जवराले सम्बोधन गर्ने कार्यक्रममा छ ।
बैठकमा स्थानीय चुनावका लागि अञ्चलगत रुपमा इन्चार्ज ९कमाण्डर०हरु समेत तेकेको छ । मेची इन्चार्जमा महामन्त्री राजेन्द्र लिङ्गदेन, कोसीमा महामन्त्री सुनिलबहादुर थापा, सगरमाथामा उपाध्यक्ष रामचन्द्र राय र केन्द्रीय सदस्य राजेन्द्र गुरुङ्ग, जनकपुरमा आङछिरिङ्ग शेर्पा र नारायणी इन्चार्जमा उपाध्यक्ष राजिव पराजुली छन् ।
यस्तै बागमती इन्चार्जमा उपाध्यक्ष बुद्विमान तामाङ, गण्डकी इन्चार्जमा सहमहामन्त्री हेमजङ्ग गुरुङ्ग, धौलागिरी इन्चार्जमा भीम प्रसाद गौचन, लुम्बनीमा महामन्त्री धुव्रबहादुर प्रधान, राप्तीमा सहायक महामन्त्री मनोज प्रधान, भेरीमा प्रेमबहादुर भण्डारी, कणरलीमा धनबहादुर बुढा, सेतीमा सहमहामन्त्री चन्द्र बहादुर गुरुङ्ग र महाकाली इन्चार्जमा महामन्त्री जयन्त चन्द तोकिएका छन् ।
The post राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ अञ्चलका १४ सहरमा चुनावी सभा गर्ने, चुनावी ईन्चार्जहरु तोकिए appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ogLBEi via IFTTT
काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतीय नवनियुक्त राजदूत मञ्जिवसिंह पुरीले प्रधानमन्त्री निवास वालुवाटारमा आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई राजदूत सिंहले आफ्नो पदको कार्यभार सम्हालेपछि पहिलोपटक भेट गर्नुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच निकट सम्बन्ध रहेको चर्चा गर्दै राजदूत पुरीको कार्यकालको सफलताको शुभकामना गर्नु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सो अवसरमा राजदूत पुरीले नेपाल र भारत दुई देशको आपसी हित र सम्बन्धको विकासमा आफ्नो भूमिका रहने उल्लेख गर्दै नेपालमा रहेर काम गर्ने मौका पाएकामा खुसी व्यक्त गर्नुभएको थियो । यसअघि नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९एमाले०का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग यसअघि राजदूत पुरीले छुट्टाछुट्टै भेट गरिसक्नुभएको छ ।
The post प्रधानमन्त्री ‘प्रचण्ड’ संग राजदूत मञ्जिवसिंह पुरीको शिष्टाचार भेट appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2oBPrnt via IFTTT
काठमाडौ,१७ चैत्र । सबिधान बमोजिम दलित हकलाई कार्यान्वयन गर्न ऐन बनाउने तयारी भएको छ । सोही तयारी अन्तर्गत दलितको हकलाई कार्यानवयन गर्न बनेको बिधेयकको प्रारंम्भिक मस्यौदा तयार भएको छ ।
नेपाल सरकारलाई सहयोग गर्ने उदेश्यले नेपाल कानुन समाजले दलित समुदाय, सरकारी अधिकारी समेतको सहभागितामा तयार गरेको बिधेयकमाथि छलफल प्रारंभ भएको छ ।
दलित समुदायको शिक्षा , स्वास्थ्य , सामाजिक सुरक्षाका सबन्धमा गर्ने, उनीहरुको सशक्तिकरण गर्ने, भुमिहीन दलितलाई जमिन उपलब्ध गराउने ब्यबस्था गर्ने, आबासबिहीन दलितको बसोबास ब्यबस्था गर्ने तथा उनीहरुको परंपरागत पेशा ज्ञान सीप र प्रबिधिको प्रयोग सरक्षण एवं प्रचलन गराउने सबन्धमा कानुनी ब्यबस्था गर्न ऐन ल्याउन लागिएको हो ।
सो बिधेयकमाथि नेपाल कानुन समाजद्धारा आयोजित छलफल कार्यक्रममा बिज्ञहरुले दलित बिधेयकलाई प्रभाबकारी बनाएर ससदमा लैजानुपर्ने कुरामा जोड दिएका छन ।
सभासद उदयनेपाली श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुगानाले सबिधानको धारा ४० र ४२ बमोजिम बनेको बिधेयक महत्वपुर्ण रहेको बताएका छन । पहिलो पटक आएको दलित हक सबन्धी बिधेयकले दलित समुदायको सशक्तिकरण गर्ने , शिक्षा स्वास्थ्या , सामाजिक सुधार जस्ता बिषयमा प्रभाबकारी र ऐतिहासिक रहेको न्यायाधीश ढुगानाले उल्लेख गरेका छन ।
प्रस्ताबित बिधेयकले दलित बिधार्थीलाई निशुल्क अध्ययन गर्न पाउने , स्वास्थ्यबीमा मार्फत बिपन्न दलित समुदायका लागि स्वास्थ्य उपचार गर्न पाउने , जग्गा जमीन नभएका दलित समुदायलाई बसोबासको ब्यबस्था गर्ने दलित समुदायले पेशा ब्यबसाय गर्न चाहेमा अनुदान श्रmृण उपलब्ध गराउनुपर्ने, दलित समुदाय भित्रका बिपन्न तथा पछाडि परेका दलित समुदायलाई लक्षित गर्ने ब्यबस्था पनि गरेको छ ।
ऐन बमोजिम दलितको लागि उपलब्ध गराउने सेबा सुबिधा प्रभाबकारी रुपमा कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिबको अध्यक्षतामा बिभिन्न मन्त्रालयका सचिब सदस्य रहेको एक समन्वय समिति गठनको ब्यबस्था बिधेयकले गरेको छ ।
सबिधानबीद एवं नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले कानुन समाजले सरकारको सहयोगका लागि बिज्ञ मार्फत तयार गरेको बिधेयकका बिशेषताबारे प्रकाश पारेका थिए भने नेपाली काग्रेसका सभासद मीन बिश्वकर्माले प्रस्ताबित बिधेयकबारे जानकारी गराएका थिए । नेकपा एमालेका सभासद शिबकुमारी गोतामे , माओबादीका पुर्ब सभासद तिलक परियार , श्रmृण असुली न्याधीकरणका अध्यक्ष मानहादुर अर्याल , पुर्ब सभासद लक्ष्मी परियार , दलित अधिकारर्मी धर्मिता मिजार , भक्त बिश्वकर्मा , रामचन्द्र राम, शम्भु हजारा, बरिष्ठ पत्रकार टंक पन्त, नारायण न्यौपाने , कला स्वर्णकार , ज्ञानुदेबी गैरे लगायतले सबिधानले दिएको अधिकारलाई ब्यबस्थित र कार्यान्वयन गर्ने गरी बिधेयकलाई प्रभाबकारी बनाउनु पर्ने कुरामा जोड दिएका छन ।
The post दलितको हकलाई कार्यान्वयन गर्न बनेको बिधेयक माथि छलफल appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2okGPSM via IFTTT
१७ चैत । सलमान खानकी बहिनी अर्पिता खान शर्माको छोरा अहिल शर्माको आज पहिलो जन्मदन हो । उसको जन्मदिन मनाउन सपरिवार माल्दीभ्स पुगेको छ । जहा उनका भाइ अरबाज खान पनि सामेल छन् ।
अर्पिताले छोराको जन्मदिनका तस्विर इन्स्टाग्राममा सेयर गरेकी छिन् ।
फिल्म टाइगर जिन्दा हे को शुटिङका लागी अष्ट्रिया पुगेका सलमान खान शुटिङ छोडेर आफना भान्जा अहिलको जन्मदिन मनाउन आज साझ माल्दीभ्स पुग्ने भएका छन् ।
The post भान्जाको ‘बर्थडे’को लागी शुटिङ नै छोडे सलमानले ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2oBsrVE
via IFTTT
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2mRKNFA
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2nkhJ5I
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2mQr8Ga
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2nk5Nkx
काठमाडौँ, १६ चैत । उच्च अदालतमा न्यायाधीश नियुक्त गरिँदा वरिष्ठतालाई ध्यान नदिएको भन्ने एक रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले नियुक्तिका फाइल मगाउने आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले आज उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्दाका निर्णयका फाइलहरु मगाउने आदेश जारी गरेको हो ।
न्याय परिषद्लाई विपक्षी बनाई मङ्गलबार नायब महान्यायाधिवक्ता दुर्गावन्धु पोखरेलले दायर गर्नुभएको रिट निवेदनमाथिको सुनुवाइमा सो आदेश जारी भएको हो । रिट निवेदनमा उच्च अदालतमा न्यायाधीश नियुक्त गरिँदा सरकारी वकिलहरुबाट असाध्यै कम र वरिष्ठतालाई नहेरी न्यायाधीश नियुक्ति गरिएको उल्लेख छ ।
गत पुस २८ गते न्याय परिषद्ले उच्च अदालतका लागि ८० जना न्यायाधीशको नियुक्ति गरेको थियो । जिल्ला न्यायाधीशबाट ३७, नेपाल बार एसोसिएसनबाट २७ तथा सहसचिव र विशिष्ट श्रेणीका १६ जना ९कानुन, न्याय र सरकारी वकिल समूह० नियुक्त भएका थिए तर त्यसमा सरकारी वकिलका तर्फबाट एकजनाको मात्रै प्रतिनिधित्व भएको थियो ।आफूहरुका तर्फबाट एकजना मात्रै न्यायाधीशमा प्रतिनिधित्व गराइएकामा सरकारी वकिलहरुले यसअघि पनि विरोध जनाएका थिए ।
The post न्यायाधीश नियुक्ति बिबाद, सर्वोच्चद्वारा फाइल मगाउने आदेश appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2oy70F1 via IFTTT
काठमाडौं,१६ चैत्र । स्थानीय तहको चुनावका लागि भन्दै गृह मन्त्रालयलये करिब नौ हजार प्रहरीको सरुवाको तयारी गरेको छ । तर, निवार्चान आयोगले सरुवाको सहमति दिएको छैन । सूची पेस नगरी सरुवा सहमति मागिएको भन्दै आयोगले सहमति नदिएको हो ।
आयोगको मापदण्डअनुसार कर्मचारी सरुवाका लागि सरुवा हुनेहरुको विवरणसहित सरकारले आयोगमा पठाउनुपर्ने हुन्छ । तर, गृहले सरुवा सूचीबिनै सहमति मागेको थियो । आइतबार गृहले सरुवाका लागि आयोगसँग सहमति मागेको हो । गृहले नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरुको सरुवा गर्न लागेको हो ।
नेपाल प्रहरीका दुइ दर्जन जिल्लाका प्रमुखहरुको हेरफेर तयारी भइरहेको छ । एक वर्ष अवधि पुग्न लागेका अधिकारीहरुको सरुवा गरिएको हो । त्यस्तै, चुनावी सुरक्षा विश्लेषणका आधारमा कतिपय जिल्लाका प्रहरीको संख्यासमेत हेरफेर गर्न लागिएको छ ।
The post करिब नौ हजार प्रहरीको सरुवा संगै दुइ दर्जन जिल्लाका प्रमुखहरुको हेरफेर तयारी हुदै appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2o6ZmFc via IFTTT
१६ चैत, एजेन्सी।
सुनिल ग्रोभरसंग भएको विवाद अझै थामिएको छैन। यता कपिल शर्मा पार्टीमा व्यस्त छन्। अपकमिङ फिल्म ‘फिरंगी’को सेटमा नायिका मोनिका गिलसंग पुरै रात डान्स गर्दै कपिल भेटिएका छन्। फिल्मका निर्देशक राजीव ढिंगरा पनि संगै थिए। फिल्मको सुटिङ अहिले राजस्थानमा चल्दै छ ।
कपिल राती भर नाचेको पार्टिको लागि फिल्म निर्माताले ७५ हजार भारु खर्च गरेर स्थानीय गायक झिकाएका थिए।
कपिल भन्छन्, पैसाको लागि शोमा फर्किनेछन् सुनिल
कपिलले सुनिल ग्रोभर र आफ्ना अन्य सहकर्मीकोबारे ठूला ठूला कुरा गर्न छोडेका छैनन्। सुनिल र बाकीँ कलाकारलाई पैसा चाहिएकोले शोमा फिर्ता हुने कपिलले ‘फिरंगी’ को सेटमा बोलेको कुरा बाहिर आएको छ। अष्ट्रेलिया टुरबाट भारत फर्किदाँ कपिलले चन्दन प्रभाकर र सुनिल ग्रोभरलाई गालीगलौज गरेका थिए। यसपश्चात सुनिल र चन्दन कपिल शर्मा शोको सुटिङमा फर्किएका छैनन्।
मोनिकासंग कपिलको बोन्डिङ
मोनिका गिलसंग कपिलको दोस्ती निकै जम्ने गरेको चर्चा छ। मोनिका इन्डो-अमेरिकन मोडल तथा नायिका हुन।
उनले सन् २०१४ मा मिस इन्डिया वर्ल्डवाइडको ताज जितेकी थिइन। साथै उनी मिस यूएसएकी बिजेता पनि हुन। उनले पञ्जाबीमा ‘अंबरसरिया’ र ‘सरदारजी २’ जस्ता फिल्ममा अभिनय गरेकी छिन्।
The post सुनिलसंगको विवादकै बीच कपिल मोनिकासंग रातभर नाचे appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2nuDrVx
via IFTTT
यदि तपाई घरपालुवा जनावर, कुकुरको पारखी हुनुहुन्छ भने यी तस्विरहरुले तपाईको मन छुनेछ । यी देखिएका कुकुरहरु सुत्नअघि पाइजामा लगाइएपछि खिचिएका मन छुने तस्विरहरु हुन् ।
यी तस्विरमा देखिएका कुकुरहरुलाई हेर्दा ति कपडामा निक्कै सहज महशुस गरिरेको देख्न सकिन्छ । हेर्नुहोस्, घरमा पालिएका कुकुरको ड्रेसअप:
The post घरपालुवा कुकुरको फेसन: १९ तस्बिरमा हेर्नुस् पाइजामा लगाएका कुकुर appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2niJprv
via IFTTT
१६ चैत, एजेन्सी।
अक्षय कुमार यस्ता बलिउड स्टार हुन, जसले आफ्नो छवि बनाउन नाम नै परिवर्तन गरे । यसको रहस्य उनले ३० वर्षपछि मात्र खोलेका छन् ।
अक्षयले एक अन्तर्वार्तामा भने, मैले अभिनय गरेको पहिलो फिल्म ‘आज (१९८७) ‘लाई महेश भट्टले निर्देशन गरेका थिए । जसमा कुमार गौरबको मुख्य भूमिका थियो भने अक्षयको सहायक भूमिका थियो ।
फिल्ममा अक्षयको भुमिका ५ सेकेण्डको थियो । र उनी कराते इन्स्ट्रक्टरको भूमिकामा थिए ।
फिल्ममा अभिनय गरेपछि एक दिन अदालत गएर उनले आफ्नो नाम परिवर्तन गरेर राजिव भाटिया बाट अक्षय कुमार बनाए ।
बान्द्रा अदालत पुगेर उनले नाम परिवर्तन गराएका थिए । त्यसपछि भिजिटिङ कार्ड बनाए र विस्तारै उनलाई भाग्यले पनि साथ दिन थालेको अनुभव उनी सुनाउँछन् ।
जुन महिनामा रिलिज हुने भनिएको अक्षय कुमारको फिल्म ‘ट्वाइलेट – एक प्रेमकथा’ मिति सारेर अब अगस्टमा रिलिज हुने भएको छ । यहि समय शाहरुख खानको फिल्म पनि रिलिज हुने भएको छ ।
The post ३० वर्षपछि बल्ल खोले अक्षयले आफ्नो रहस्य appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2numwlQ
via IFTTT
१६ चैत, एजेन्सी ।
गएको २० डिसेम्बरमा बलिउड अभिनेत्री करिना कपूरले छोरा ‘तैमूर’लाई जन्म दिइन् । आमा बनेको ४/५ दिनमै करिना पार्टी गरिहेको देखिइन् ।
आमा बनेको ३ महिनापछि काममा फर्किने करिनाले पहिले नै भनेकी थिइन् र अब त्यस्तै भएको छ । हालै, करिना आफ्नो श्रीमान् सैफ अली खानसँग उनको फिल्म ‘शेफ’को सुटिङका लागि लन्डन गएकी थिइन् । सुटिङ सकेर मंगलबार उनीहरु लन्डनबाट फर्किए । एयरपोर्टमा करिना–सैफ देखिए तर, उनीहरुको ३ महिने छोरालाई देखिएन ।
तैमूर अहिले शिशु अवस्थामै छन् र उनलाई आमाको ममताको आवश्यकता छ, तर उनकी आमालाई भने फिल्म उद्योगबाट धेरै समय टाढा रहनाले आफ्नो करिअर धरापमा पर्नसक्ने डर छ । त्यसैले उनी आफ्नो छोराभन्दा व्यावसायिक जीवनप्रति ध्यान दिँदैछिन् र चाँडै कमब्याक गर्न चाहान्छिन् ।
आफ्नो शरीरलाई पहिलाकै अवस्थामा ल्याउन करिना मेहेनत गरिरहेकी छिन् । सुत्केरीपछि करिनाले अहिलेसम्म १२ किलो तौल घटाइसकेकी छिन् । करिनालाई आफ्नी दिदी करिश्माको झै करिअर बिग्रने डर छ ।
आमा बनेपछि शिल्पा शेट्टी, मलाइका अरोडा, रानी मुखर्जी तथा लारा दत्ता जस्ता अभिनेत्रीहरु कहिल्यै फिल्ममा कमब्याक गर्न सकेनन् । तर, करिना त्यस्तो बन्न चाहान्नन् र उनी आमा बनेपछि पनि आफ्नो ‘स्टारडम’ कायम राख्न चाहान्छिन् ।
The post यस डरका कारण ३ महिने छोरा छोडेर लन्डन पुगिन् करिना ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2ofy4JH
via IFTTT
१६ चैत, एजेन्सी । हिन्दी कमेडी द कपिल शर्मा शोका प्रशंसका लागि खुशिको खवर छ । लोकप्रिय कलाकार सुनिल ग्रोवर उर्फ डा मशहुर गुलाटी अब शोमा फर्किने भएका छन् ।
गत साता शोका निर्माता तथा निर्देशक कपिल शर्मासँगको वादविवाद पछि सुनिलले शो छाड्ने घोषणा गरेका थिए । अष्ट्रेलियबाट फर्किने क्रममा फ्लाइटमा कपिलले रक्सी पिएर सुनिलमाथी हात हालेको थिए । कपिलले सुनिललाई गालीबेइज्यत गरेपछि सुनिल गत साता शो को सुटिङमा आएका थिएनन् । कपिलको हर्कतका कारण अन्य कलाकार किकु शर्मा, अलि असगर, सुगन्धा मिश्रासमेत शो छाड्ने मनस्थितीमा पुगेका थिए ।
उक्त घटनापछि कपिल शर्माले सामाजिक सञ्जाल मार्फत माफी पनि मागेका थिए । तर अव कपिल र सुनिलबीचको झगडा साम्य भएको भारतीय सञ्चारमाध्यममा खवर छ । खबर अनुुसार शोको आउँदो अंक देखि सुनिल लगायतका सबै कलाकार हुनेछन् ।
The post अन्तत: फर्किए कपिलको ‘शो’मा डाक्टर गुलाटी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2o4K7wk
via IFTTT
काठमाडौं,१६ चैत्र । नेपाली कांग्रेसले स्थानीय तहको उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ । साथै वैशाख ७ भित्र उम्मेदवार छनोट गरिसक्ने निर्णय लिएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकले उम्मेदवार छनोटको दुईबुँदे मापदण्ड तय गरेको हो । साथै नयाँ संरचना अनुसार नै गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका समन्वय समिति गठन गरेको छ ।
यस्तो छ मापदण्ड
कांग्रेसले निर्वाचन क्षेत्रका आधारमा उम्मेदवार सिफारिसको मापदण्ड बनाएको छ । एउटा निर्वाचन क्षेत्र अन्तरगतका गाउँपालिका र नगरपालिकामा प्रमुखरउपप्रमुख, बडाध्यक्ष र सदस्यको उम्मेदवार छनोट क्षेत्रीय कार्यसमितिले गर्नेछ ।
उम्मेदवारको नाम सम्वन्धित गाउँ, नगर, महानगर वडा, उपमहानगर वडा समन्वय समितिले सिफारिस गर्नेछ र, सम्वन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद, प्रत्यक्ष उम्मेदवार र क्षेत्रीय सभापतिका निकटमत प्रतिद्वन्द्वी समेतको उपस्थितिमा क्षेत्रीय कार्यसमितिबाट सर्बसम्मत निर्णय गर्नु पर्नेछ ।
सर्वसम्मत निर्णय हुन नसके आजसम्म कायम क्षेत्रीय पदाधिकारी, सम्वन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद, प्रत्यक्ष उम्मेदवार र क्षेत्रीय सभापतिका निकटमत प्रतिद्वन्द्वी समेतको सहमतिमा उम्मेदवार छनौट गर्नु पर्नेछ ।
दुई वा दुई भन्दा बढी निर्वाचन क्षेत्रमा पर्ने गाउँपालिका र नगरपालिकामा प्रमुखरउपप्रमुख, बडाध्यक्ष र सदस्यको उम्मेदवार छनौट जिल्ला कार्यसमितिले गर्नेछ ।
उम्मेदवारको नाम सम्वन्धित क्षेत्रको सिफारिस गर्नेछ र, क्षेत्रीय सभापति, जिल्ला सभापतिका निकटमत प्रतिद्वन्द्वी, सम्वन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद र प्रत्यक्षतर्फका उम्मेदवार समेतको उपस्थितिमा जिल्ला कार्यसमितिबाट सर्बसम्मत निर्णय गर्नु पर्नेछ ।
सर्वसम्मत निर्णय हुन नसके आजसम्म कायम जिल्ला पदाधिकारी, सम्वन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, सांसद, प्रत्यक्ष उम्मेदवार र जिल्ला सभापतिका निकटमत प्रतिद्वन्द्वी समेतको सहमतिमा उम्मेदवार छनौट गर्नु पर्नेछ ।
क्षेत्रीय वा छनोट समितिले सर्वसम्मत सिफारिस गरेका नामलाई जिल्लाले अनुमोदन गर्नु पर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।
कांग्रेसले वैशाख ७ गतेभित्र उम्मेदवार छनोट गरिसक्नु पर्ने बताएको छ । उम्मेदवारको मनोनयन पत्र मा हस्ताक्षर गर्ने जिम्मेवारी क्षेत्रीय सभापििथ र जिल्ला सभापतिलाई दिने काग्रेसको निर्णय छ ।
The post नेपाली कांग्रेसले स्थानीय तहको उम्मेदवार छनोटको यस्तो छ मापदण्ड appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2nhqqOh via IFTTT
काठमाडौं,१६ चैत्र । सत्ता साझेदार र संसद्भित्रको सबैभन्दा ठूलो पार्टी कांग्रेसले सरकारको कार्यकारी अधिकारमाथि सर्वोच्चबाट हस्तक्षेप भएको आरोप लगाएको छ । तीन दिनसम्म चलेको पार्टी केन्द्रीय समिति बैठकले पारित गरेको निर्णयमा सरकारले गरेको प्रहरी महानिरीक्षकको नियुक्ति बदर गर्ने सर्वोच्चको फैसलालाई हस्तक्षेपका रूपमा लिएको हो ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले आईजी नियुक्तिमा सर्वोच्चको फैसलाको विरोध गर्दै कार्यपालिकाको अधिकार खोस्नतर्फ सर्वोच्च उद्यत देखिएको निष्कर्ष निकालेको हो । ‘संवैधानिक सर्वोच्चता र बहुदलीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संसदीय प्रणालीको सिद्धान्त स्वीकार गर्दै नेपालको संविधानले कार्यकारिणी अधिकारको स्पष्ट व्यवस्था गरेको भए पनि प्रहरी प्रमुख नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतले हालसालै गरेको निर्णयले कार्यकारिणी अधिकार क्षेत्रमा हस्तक्षेप भएको नेपाली कांग्रेस महसुस गर्दछ’, बैठकको निर्णयमा भनिएको छ ।
सरकारले फागुन १ गते जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गर्न गरेको निर्णय सर्वोच्चले बदर गरेको थियो । उक्त मुद्दामा सर्वोच्चले गठन गरेको बेन्चका विषयमा पनि यसअघि कांग्रेसका कतिपय नेताले गम्भीर असहमति राख्दै आएका थिए ।
बैठकले आसन्न स्थानीय निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा जिल्लालाई दिने निर्णय पनि गरेको छ । यसअघि केन्द्रले नै उम्मेदवार छान्ने भन्दै आएकोमा अब स्थानीय तहको सिफारिसमा जिल्लाले नै उम्मेदवार छान्ने निर्णय गरेको हो ।
आगामी वैशाख ३१ मा हुन लागेको स्थानीय निर्वाचनमा मधेसवादी दलहरूलाई पनि सँगै लिएर जान कांग्रेसले महतवपूर्ण भूमिका निर्वाह गर्ने भएको छ । संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव यथासक्य चाँडो सहमतिका आधारमा संशोधन गराएर निर्वाचनमा जाने निर्णय पनि कांग्रेसले गरेको छ ।
The post सर्वोच्चबाट हस्तक्षेप भएको कांग्रेसको आरोप appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2mO7hHz via IFTTT
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2nggbtx
१५ चैत, एजेन्सी ।
कपिल शर्मा र सुनिल ग्रोभरबीचको विवादलाई लिएर कपिलको शोमा महत्वपूर्ण भूमिकामा रहेका ‘किकू शारदा’ अर्थात् ‘बम्पर’ले मुख खोलेका छन् ।
एक भारतीय अखबारलाई टेलिफोनमार्फत् दिएको अन्तरवार्तामा किकुले भनेका छन्, ‘म यस बिषयमा केही पनि बोल्न चाहान्न । किनकि, यस बिषयमा धेरै कुरा लेखिइसकिएको छ, जबकि यति धेरै केही पनि भएको थिएन । मलाई लाग्छ, यस विवादलाई बढी नै तन्किाइँदैछ ।’
यो पढ्नुस् : किन ‘नर्भस’ भए सुनिल ?
त्यस्तै, के तपाईलाई कपिलले अपशब्द बोलका थिए ? भन्ने प्रश्नमा किकुले भने, ‘त्यस्तो केही भएको थिएन । कपिलले मलाई केही पनि भनेनन् ।’
खबरअनुसार, मेलबर्नदेखि नयाँ दिल्लीसम्मको हवाईयात्राका क्रममा मदिराको नशामा कपिलले सुनिल ग्रोभर, चन्दन प्रभाकर, किकु शारदालाई पनि नराम्रो शब्द प्रयोग गरी गाली गरेको बताइएको थियो । तर, किकुले यस्तो केही पनि नबोलेको बताएपछि किकु अझै कपिलको साथमा छन् भन्ने अनुमान लगाउन थालिएको छ ।
The post कपिल र सुनिलबीचको विवादको रहस्य खोले ‘किकु’ले ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://ift.tt/2nIyQBd
via IFTTT
१५ चैत, एजेन्सी । ‘लभ बर्ड’ भनिने गरिएका अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण केही समयदेखि एकसाथ देखिएका छैनन् । एउटै पार्टीमा सहभागी हुने गरे पनि उनीहरु एक–अर्कालाई बेवास्ता गरिरहेका देखिन्छन् ।
बलिउडमा रणवीर र दीपिकाको ब्रेकअप भइसकेको चर्चा सुरु भइसकेको छ । र ब्रेकअपका कारण संजय लीला भन्साली रहेको बताइएको छ । त्यसो भए दीपिकाको जीवनमा संजयलीला भन्साली आएका हुन् त ?
रणवीर र दीपिका चाँडै फिल्म ‘पद्य्मावती’मा देखिँदैछन् । खबरअनुसार, भंसालीले रणवीर र दीपिकालाई मिडियाअगाडि एक–अर्कालाई टाढा राख्न बताएका छन् । दुवैलाई एकसाथ देखेर कतै फिल्ममा दुवैको क्रेज घट्न सक्छ, भन्ने अनुमान लगाउँदै भंसालीले रणवीर र दीपिकाबीच दुरी बढाएको बताइएको छ ।
पार्टीमा मात्रै होइन, अवार्ड कार्यक्रम अन्य विभिन्न मौकामा र भ्यालेनटाइन डेमा पनि रणवीर दीपिका एकअर्काबाट टाढा रहँदै आएका छन् । यद्यपी, यो खबर साँचो हो वा ब्रेकअप भएको खबर साँचो हो हेर्न बाँकी छ ।
The post यी व्यक्तिका कारण भयो रणवीर-दीपिकाको ब्रेकअप ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://ift.tt/2nrujRI
via IFTTT
एजेन्सी ।
‘बाहुबली’को सफलतापछि यतिखेर यसको दोस्रो भाग ‘बाहुबली–२’को निक्कै चर्चा छ । शानदार ट्रेलर सार्वजनिक भएपछि यसका फ्यानहरुले चलचित्रलाई ब्यग्रताका साथ प्रतिक्षा गरिहेका छन् । यद्यपी, ६५० करोड कमाएको ‘बाहुबली’मा केही यस्ता कमजोरी भएका थिए, थाहा पाउनुहोस् ।
गल्ती १. शिवा बनेका प्रभास र अवंतिका बनेकी तमन्ना भाटियाको रोमान्टिक गीतको अन्त्यतिर तमन्ना दुई फरक–फरक स्टाइलको चोलीमा देखिन्छिन् । एउटै दृश्यमा सुरुवातमा उनी फरक चोली लगाएकी हुन्छन्, फेरि त्यसै दृश्यमा एक्कासी रिबन नोट चोली लगाएको देखाइन्छ ।
गल्ती २. फिल्ममा बन्धक बनाइएकी देवसेना बनेकी अनुष्का सेट्टी दाउरा बटुलिरहेकी देखिन्छिन्, जहाँ वरपर कुनै रुख नै हुँदैनन् ।
गल्ती ३. प्रभास खाली खुट्टा झरना तथा पहाड चढ्दै माथि पुग्छन् । तर, अर्को दृश्यमा उनले जुत्ता लगाएको देखाइन्छ ।
गल्ती ४. सामान्यतया थोरै कुदेपछि हाम फाल्ने गरिन्छ । तर, फिल्ममा यसको विपरित प्रभास बिना गति नै चट्टानमा हामफाल्छन् ।
गल्ती ५. कटप्पाले शिवालाई बाहुबलीको कहानी सुनाउँछन्, जबकि कटप्पाले प्रत्यक्षदर्शीद्धारा बताइएको कुरा भन्नु पर्ने थियो । तर, कटप्पाले शिवालाई भल्लाल देवले बाहुबलीलाई मार्न डोरी हटाउँने प्रयास गरेको पनि बताउँछन् । तर, वास्तवमा यो दृश्य जब देखाइएको थियो, तब त्यहा राणा(भलाल) र प्रभास(बाहुबली)बाहेक कोही पनि थिएनन् । यस्तो अवस्थामा कटप्पालाई यो कुरा कस्ले बतायो ? भन्ने प्रश्नमाथि सोच्न बाध्य गराउँछ ।
गल्ती ६. मानोहरी गीतको अवधिमा बाहुबली र भलाल देवको कपडामा धेरै पटक परिवर्तन देखिन्छ ।
गल्ती ७. फिल्मको एक दृश्यमा पहाड चढ्ने क्रममा प्रभास लगभग २००देखि ३०० मिटर उचाईबाट झर्छन् । तर, यति उचाईबाट झरेपछि पनि उनलाई सानो चोटसम्म लागेको देखाइँदैन ।
गल्ती ८. लडाई सुरु गर्नअघि बाहुबलीले आफ्नो हात काट्छन् र रगत देवीको मूर्तिमा चढाउँछन् । तर, सानो काटेको ठाउँबाट यति धेरै रगत बगेको देखाइन्छ ।
गल्ती ९. फिल्मको ‘धीवर’ गीतमा प्रभास तमन्नालाई पछ्याउँदै धेरै वटा लहरामा अल्झिन्छन् तर, अर्को दृश्यमा उनी एउटै लहरामा झुन्डिएको देखाइन्छ ।
गल्ती १०. फिल्मको एक दृश्यका तमन्ना भाटिया आफ्नो साथीलाई नदी किनारमा राखेर, आफू रुखमा चढ्छिन् र उनलाई ट्याटु बनाइदिने व्यक्तिलाई पर्खिइन्छिन् । यस दृश्यमा पहिले तमन्नाको साथीलाई फूल स्लिव्ज पहिरनमा देखाइन्छ र अर्को दृश्यमा स्लिभलेस आउटफि१मा देखाइन्छ ।
The post ६५० करोड कमाउनले ‘बाहुबली’मा भएको थियो यस्ता १० गल्ती appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://ift.tt/2nrkyTe
via IFTTT
१५ चैत, एजेन्सी।
केही दिन यता ‘ए मेरो हजुर २’ को गितले युट्युबमा निकै चर्चा कमाएको छ।
सार्वजनिक भएको दुइ दिनमै ६ लाख भन्दा बढि पटक हेरिएको गितसंगै नायिका साम्राज्ञीको चर्चा छ। गीतमा निकै ग्ल्यामरस ढंगले पेश भएकी साम्राज्ञीको सुन्दरताले गितमा रौनतका थपेको छ।
गित अहिले युट्युवमा नेपालमा १ नम्बर ट्रेण्डिङमा चलिरहेको छ।
फिल्म ‘ड्रिम्स’मा नायिक अनमोल केसीसंग अभिनय गरेर चर्चामा आएकी साम्राज्ञी क्लासिक डायमण्ड जेवेलर्स कम्पिटिसन २०१४ मा सेकेन्ड रनरअप भएकी थिइन। ३ कक्षासम्म विरगञ्जमा पढेपछि ३ देखि ६ कक्षासम्म उनी भारतको दिल्ली स्थित साइबाबा स्कुलमा पढेकी थिइन।
भदौ १६ गते रिलिज हुने ‘ए मेरो हजुर २’ साम्राज्ञीको दोस्रो फिल्म हो।
साम्राज्ञीले डिसिने अवार्ड, एनएफडिसी अवार्ड, एलजी फिल्म अवार्ड, कामना फिल्म अवार्ड जितिसकेकी छिन्।
हेर्नु गितमा साम्राज्ञीको सेक्सी अवतार:
हेर्नुस् गितको भिडियो:
The post साम्राज्ञी शाहको सेक्सी अवतार – ९ तस्बिरमा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2nIBSoX
via IFTTT