१८ फागुन, एजेन्सी ।
पोर्न स्टारबाट बलिउड अभिनेत्री बनेकी सनी लियोनले सामाजिक सञ्जालमा केही तस्विरहरु सेयर गरिन् । तस्विरमा उनका श्रीमान डेनियल वेबरको साथमा हट पोजमा देखिएकी छिन् ।
डेनियलले सनीलाई पहिलो पटक लस भेगासको एक रेष्टुरेन्टमा देखेका थिए, जहाँ डेनियल आफ्नो ब्यान्डको शो गर्न पुगेका थिए । सनी भन्छिन्, ‘त्यसदिन डेनियलले मलाई मेरो नजिक आएर नाम सोधे र फेरि आफ्नो टेबलमा फर्के । त्यसपछि जति पटक त्यो रेष्टुरेन्ट गए मले एक फूलको गुच्छा पाउँथे, डेनियलको यही कुरा मनपर्यो ।’
तीन बर्ष डेट गरेपछि डेनियल र सनीले विवाह गरेका थिए । सन्नी भन्छिन्, ‘म डेनियलसँग भेट्दा मेरो आमालाई गुमाएको दुःखमा थिए । मेरो यथार्थता थाहा पाएपछि डेनियलले छोड्छन् जस्तो लागेको थियो, तर उनले मेरो हरेक दुःख–सुखमा साथ दिए ।’
एक अन्तरवार्तामा डेनियलले भनेका थिए, ‘भारतमा वयस्क फिल्मलाई अस्विकार गरिन्छ, तर मलाई न त सनी पोर्न भएकोमा पश्चाताप छ, न पोर्न स्टारको पति भनेको सुन्दा दुःख लाग्छ । हामी एक असल साथी हौ, बिजनेस पार्टनर्स हौ ।’
सनी र डेनियल दुवैको रुची मिल्छ र उनीहरु खेलकुद, जिम साहसिक यात्रामा जान खुब मन पराउँछन् । डेनियलका अनुसार सनीको रिस एकदम खतरनाक हुन्छ र त्यसबेला उनको अघि जाने हिम्मत पनि गर्दैनन् । तर, सनी निकै धैर्य रहेको डेनियल बताउँछन् ।
The post श्रीमानसँग सनी लियोनको हट पोज appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2mJorle
via IFTTT
१७ फागुन, एजेन्सी।
‘एक्सएक्सएक्स: रिटर्न अफ ज्याडर केज’ सन् २०१७ को हिट फिल्म भएपछि दिपिका पादुकोणले ग्लोबल स्टेजमा आफ्नो छाप छोडेकी छिन्।
एक कार्यक्रममा सहभागी यिनै नायिकालाई रणवीर सिंहसंगको सम्बन्धलाई लिएर प्रश्न माथी प्रश्न गरिएपछि दिपिकाले असजिलो जवाफ दिएकी छिन्। रणवीरसंगको ब्रेकअपको कुरा के हो भन्दै सोधिएको प्रश्नमा दिपिकाले न हो भनिन न हैन नै। ‘तपाईले जे सुन्न चाहनुहुन्छ म त्यही भन्छु’, दिपिकाको जवाफ थियो।
एक अर्कै अन्तर्वार्ताको क्रममा भने उनले हलिउडमा व्यस्त भएपछि आफ्नो साथीहरु र परिवारलाई समय दिन नसकेको बताएकी थिइन। रोमान्सलाई अहिले समय नभएको दिपिकाले बताएकी थिइन।
यसबारेमा रणवीरले भने कुनै प्रतिक्रिया दिएका छैनन्। हालै शाहिद कपुरको जन्मदिनको अवसरमा राखिएको पार्टीमा यी दुवै सहभागी भएपनि संगै नदेखिएको चर्चा भारतीय मिडियामा छ।
The post दिपिका-रणवीर ब्रेकअप ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2m6qgf0
via IFTTT
१८ फागुन, एजेन्सी।
आइतबार लस एन्जल्सको डल्बी थिएटरमा आयोजित ओस्कार कार्यक्रममा ‘मुनलाइट’ले उत्कृष्ट फिल्मको अवार्ड पाएपनि फिल्म ‘ला ला ल्याण्ड’ ले सबैभन्दा बढी ६ अवार्ड आफ्नो नाममा पार्यो। ओस्कारमा सबैभन्दा बढी अवार्ड जितेको रेकर्ड सन् १९९७ को फिल्म ‘टाइटानिक’को नाममा छ। निर्देशक जेम्स क्यामरुनको यो फिल्म ७० औँ ओस्कार अवार्डमा १४ विधिमा नोमिनेसनमा परेको थियो। फिल्मले उत्कृष्ट फिल्म र निर्देश सहित ११ अर्वार्ड जितेको थियो।
यो पढ्नुस्: ८९ औँ ओस्कार अवार्ड कार्यक्रम, हेर्नुस् १९ तस्बिरमा
२० वर्ष पहिले रिलिज भएको यो रोमान्टिक फिल्ममा लियोनार्दो डिकार्पियो र केट विन्सलेटले अभिनय गरेका थिए। करिब २२०० करोड रुपैयाँ बराबरको बजेटमा बनेको टाइटानिकको सुटिङ निकै चुनौतीपूर्ण थियो।
फिल्ममा देखाइएका दृश्य नसोचिएको ढंगले सुटिङ गरिएका थिए। नायक नायिका डुबेको दृश्य सबै इन्डोर बाथटब भित्र सुट गरिएका थिए। टाइटानिक जहाज सुटिङको लागि छुट्टै बनाइएको थियो जुन वास्तविक जहाज भन्दा निकै सानो आकारको थियो। हेर्नुस् सुटिङका तस्बिरहरु
The post सबैभन्दा बढी ओस्कार जितेको टाइटानिककी रोज समुन्द्रमा होइन बाथटबमा डुबेकी थिइन appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2lRPoW1
via IFTTT
फाल्गुन १८, २०७३- पानी चुहिने जीर्ण भवन । त्यही जीर्ण भवनमा अधिकांश सेवा सञ्चालन गर्न बाध्य छ । दैनिक २ सय ५० देखि ३ सय बिरामीको उपचार गर्ने भक्तपुर जिल्ला अस्पताल आफैं बिरामी अवस्थामा छ । नेपालकै दोस्रो जेठो अस्पताल भईकन पनि यसको स्तरोन्नति हुन सकेको छैन ।
अस्पतालमा एम्बुलेन्सको व्यवस्था छैन । भएको एउटा एम्बुलेन्स पनि बिग्रिएर थन्किएको अस्पताल विकास समिति अध्यक्ष प्रेमबहादुर खडकाले बताए । ‘अस्पताल आफैं बिरामी अवस्थामा छ,’ उनले भने, ‘पुनर्निर्माण तथा स्तरोन्नति नभए अस्पतालले सेवा दिनै नसक्ने अवस्थामा छ ।’
२५ कोठे पुरानो जीर्ण, पानी चुहिने भवनमा अप्रेसन थिएटर, ओपीडी सेवा, एक्सरे, भिडियो एक्सरे, ल्याब (प्रयोगशाला), परिवार नियोजन, नाक/कान/घाँटी उपचार सेवा, दन्त सेवा, ईसीजी, इको, प्रस्तावित आईसीयू कक्ष, एआरपी सेन्टर (एचआईभी टेस्ट तथा परामर्श कक्ष), मेडिकल वार्डलगायतको सेवा सञ्चालन गर्न बाध्य भएको समितिले जनाएको छ ।
अस्पतालमा नभई नहुने एक्सरे मेसिन (५०० एमए), ल्याप्रोस्कोपी, इन्डोस्कोपी, ईएनटी उपकरण (पीटीए, माइक्रोस्कोप, इन्डोस्कोपी), अर्थोपेडिक उपकरण (सी–एआरएम मेसिन ओटी), भिडियो एक्सरे, एनेस्थेसिया मेसिन, ल्यापकोली सेट, डेन्टल चियर, स्केलर मेसिन, मनिटर अभाव छ । त्यस्तै, ल्याबमा (इलेक्ट्रोइड मेसिन, अटोम्याट केमिकल एनालाइजर), ओटी उपकरण (अप्रेसन टेबल, अप्रेसन लाइट, कउटेरी मेसिन) को अभाव रहेको अस्पताल प्रशासनले जनाएको छ ।
आवास क्षेत्रको अवस्था झन् नाजुक छ । अस्पताल परिसरमा अवस्थित नर्स तथा डाक्टर बस्ने ६ वटा आवास भूकम्पले जीर्ण बनेको प्रशासन प्रमुख विश्वराम न्यौपानेले बताए । भूकम्पबाट जीर्ण बनेको असुरक्षित भवनमा जोखिम मोलेर बस्न बाध्य भएको अस्पतालका कर्मचारीको गुनासो छ ।
१९६१ सालमा स्थापना भएको ७५ शय्या क्षमताको अस्पताललाई आधुनिकतर्फ उन्मुख गराउन सरकारको ध्यान नपुग्दा आफैं थलिएको अध्यक्ष खडका बताउँछन् । अस्पताल सुधारका लागि फार्मेसी कक्ष, प्रसूति भवनको तला थप, पार्किङ, बगैंचा, आवास तथा सटर निर्माण आवश्यक रहेको उनले बताए । यी आवश्यकता पूर्तिका लागि करिब साढे १० करोड बजेट आवश्यक रहेको र मन्त्रालयमा प्रस्ताव गरेको समितिले जनाएको छ ।
आईसीयू सञ्चालनमा आएन
अस्पतालमा गत आवमै सञ्चालन गर्ने भनेको आईसीयू कक्ष अझै सञ्चालनमा आएको छैन । सञ्चालनका लागि आवश्यक आईसीयू वार्ड, मेसिन तथा सामग्री सबै उपलब्ध भइसक्दा पनि जनशक्ति नहुँदा सञ्चालन गर्न नसकेको अस्पताल प्रशासनले जनाएको छ । आईसीयू सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले ‘ओएन्डएम सर्भे’ गरी आवश्यक जनशक्ति दरबन्दी दिनुपर्नेमा आलटाल हुँदा रोकिएको जनाएको छ । यसका लागि १५ नर्सिङ स्टाफ तथा ५ सहायक कर्मचारी आवश्यक पर्छ । आईसीयू सञ्चालनका लागि ५ शय्या थप गर्नुपर्ने अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. सरिता श्रेष्ठ केसीले बताइन् ।
दरबन्दीअनुसार डाक्टर भएनन्
अस्पतालमा क्षेत्रीयसरहको सुविधा नरहेको र दरबन्दीअनुसारको चिकित्सक नहुँदा समस्या भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा अहिले एघारौं तहको फिजिसियन, ११ तहकै प्रसूति रोग विशेषज्ञ, ९ तहको अर्थोपेडिक सर्जन विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, जनरल सर्जन, मेकानिकल इन्जिनियर र ४ स्टाफ नर्स गरी १० दरबन्दी रिक्त रहेको निमित्त सुपरिटेन्डेन्ट केसी बताउँछिन् ।
अस्पतालमा दैनिक २५० देखि ३ सय बिरामी आउँछन् । रिक्त दरबन्दी पदपूर्ति भए निम्न आयस्रोत भएकाले पनि उपचारमा सहज हुने अस्पतालका प्रशासन प्रमुख न्यौपानेले बताए । अस्पतालले डा. धर्मेन्द्र सिंह र डा. श्रीधर अर्यालबाट प्रत्येक सोमबार र बिहीबार पित्त थैली र मिर्गौलाको पत्थरी, एपेन्डिसाइट, हर्निया, पाइल्स, प्रोस्टेजलगायत विभिन्न रोगको शल्यक्रिया गर्न थालेपछि बिरामीको चाप बढेको अस्पतालले जनाएको छ ।
प्रकाशित: फाल्गुन १८, २०७३
Sahabar:Ekantipur
#News Soruce from राष्ट्रिय समाचार – Nabin Nepal-Nepali News http://bit.ly/2mCImTv
काठमाडौँ,१८ फागुन । संसदको सार्वजनिक लेखा समितिले आर्थिक बर्ष २०७६–७७ भित्र फास्ट ट्रयाक निमार्ण सक्ने गरी कार्ययोजना बनाई काम सक्न सरकारलाई निर्देशन दिएको छ ।
संसद सचिवालयमा मंगलबार बसेको समितिको बैठकले चालू आर्थिक बर्षमा बोलपत्र आह्वान गरी ठेक्का सम्पन्न गर्न समेत भौतिक योजना तथा निमार्ण मन्त्रालयलाई निर्देशन दिएको हो ।
नेपाल सरकारले नै यो आयोजना निमार्ण गर्ने भएकोले आर्थिक स्रोतको व्यवस्थापन गर्न अर्थमन्त्रालयलाई पनि निर्देशन दिएको छ ।
यस्तै फास्ट ट्रयाकमा अन्र्तगत परेको जग्गाको मुआब्जा बिवरण गर्दा न्यायोचित मापदण्ड तयार गरी चालु आर्थिक बर्षमै सम्पूर्ण जग्गाको मुअब्जा वितरण काम सक्न निर्देशन दिएको छ ।
यस्तै समितिले हरेक महिना भएको कामको प्रगति विवरण समितिमा पठाउन पनि निर्देशन दिएको छ ।
The post लेखा समितिले दियो फास्ट ट्रयाक समयमै सक्न यस्तो निर्देशन appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2m5eBgd via IFTTT
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2lTPUkW
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2l8Unmq
Nepal Popular folk Singer pashupati sharma have given his voice to about more than 1000’s of nepali folk songs which got most popular in nepali market today. If we talk about pashupati sharma we have got no words for him. he is one of the lok dohori legend of nepal. his voice is so amazing that everyone loves him. Watch his latest release Gaijatra special song, which is talking about corrupt political leader behavior in Nepal.
Aaija Oye Kaal
Singer – Pashupati Sharma
Lyrics/Music – Pashupati Sharma
Artist – Pashupati Sharma & Shreekrishna Bam Malla
Editor – Prabin Bhatt
Camera/Director – Durga Poudel
## from http://bit.ly/1OZaCpR
फाल्गुन १७, २०७३- बीबीसी नेपाली सेवा प्रमुख रवीन्द्र मिश्रले नयाँ राजनीतिक दल खोल्ने तयारी गर्दै पदबाट राजीनामा दिएका छन् । नयाँ दलको घोषणा केही साताभित्र हुने उनले बताए ।
आफूले खोल्ने पार्टीमा विश्लेषक मुमाराम खनाल, पूर्वसचिव किशोर थापा, इन्जिनियर सूर्यराज आचार्य, पत्रकार अजयभद्र खनाल, अधिवक्ता ओमप्रकाश अर्याल, सुनीता दनुवारलगायत रहने मिश्रले जानकारी दिए । त्यस्तै चिकित्सक सरोज धिताल, भावना घिमिरेलगायत पनि उनको टिममा हुनेछन् । ‘देशभरि थुप्रै साथी हामीसँग जोडिँदै हुनुहुन्छ, हामी केही साताभित्र पार्टीको सफ्ट लन्च गर्ने तयारीमा छौं,’ मिश्रले कान्तिपुरसँग भने, ‘सुरुमा हामी आपसमा चिनिएका, देखिएका मानिसले नयाँ पार्टी सुरुवात गरेको सन्देश दिनेछौं ।’
६५ वर्षको उमेरसम्म बीबीसीमा रहन पाउने प्रावधान रहे पनि मिश्रले ५१ वर्षमै राजीनामा दिएका हुन् । उनले नयाँ पार्टीको संयोजकका रूपमा काम गर्नेछन् । मिश्रको दलले स्थानीय चुनावमा भने भाग लिन पाउने छैन । दलका रूपमा भाग लिन नमिल्ने भएकाले स्वतन्त्र उम्मेदवारी दिने कि भन्नेबारे छलफल भइरहेको उनले जानकारी दिए । मिश्रले सातै प्रदेशमा राजनीतिक समितिहरू गठन गर्ने तयारीसमेत थालेको बुझिएको छ ।
मिश्रले मंगलबार वक्तव्य निकाल्दै कल्याणकारी लोकतन्त्र र कल्याणकारी उदारवादी अर्थतन्त्र आफ्नो राजनीतिक नीति हुने प्रस्ट्याएका छन् । ‘केही समययता मलगायत कैयौं साथीले नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति (सिस्टम), पारदर्शिता (ट्रान्सपरेन्सी), इमानदारी (इन्टिग्रेटी) र उत्कृष्टता (मेरिटोक्रेसी) अर्थात् ‘स्टिम’ को चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण नगर्ने हो भने यो देशको रूपान्तरण हाम्रो जीवनकालमा सम्भव छैन भन्ने तर्क गर्दै आएको विदितै छ,’ मिश्रले वक्तव्यमा भनेका छन्, ‘त्यस्तो जग निर्माण गर्न सके दशकौंको स्वार्थलिप्त, दोहनकारी, आडम्बरी र अपारदर्शी राजनीतिका कारण देशको दुर्दशाबाट दिक्क भएका तर यो देश बनाउन सकिन्छ भन्ने विश्वास बोकेका नेपालीले अवश्य साथ दिनेछन् भन्ने हाम्रो निष्कर्ष हो ।’
वक्तव्यमा उनले अगाडि भनेका छन्, ‘हामी छिट्टै कल्याणकारी लोकतन्त्र र कल्याणकारी उदारवादी अर्थतन्त्रलाई आत्मसात गर्ने नयाँ पार्टीमा तल्लो निकायदेखि तपाईंको सहभागिता सहितको संगठन निर्माण र सम्बन्धित अन्य विषयबारे थप जानकारी उपलब्ध गराउनेछौं ।’
मिश्रले वैकल्पिक शक्ति बनाउन विगतमा समेत प्रयास भए पनि उनीहरूको कमजोरी र विफलताले आफूलाई पाठ सिकाएको दाबी गरेका छन् । प्रस्तावित नयाँ दलका अभियन्तामध्ये अधिकांश पेसागत राजनीतिक पृष्ठभूमिबाट नआएको हुनाले बढी असहजता रहे पनि प्रतिबद्ध समूहले राजनीतिमा इमानदार, दूरदृष्टिपूर्ण, सशक्त र राष्ट्रव्यापी हस्तक्षेप गर्नुपर्ने आवश्यकताबोध गरेको उनले उल्लेख गरे ।
‘तत्कालका लागि भने देशका हरेक टोलटोलमा कम्तीमा ७ जना वा सम्भव भए त्योभन्दा बढी संख्याको समूह निर्माणका लागि जुट्न हामी विनम्र आग्रह गर्छौं, जुन छिट्टै पार्टीको संगठन निर्माणको आधारशिला हुनेछ,’ उनले वक्तव्यमा भनेका छन्, ‘विदेशमा बस्ने नेपालीहरूको साथ र सहयोगका लागि हामी विशेष व्यवस्था गर्नेछौं र उनीहरूलाई विदेशका नगर तथा सहरहरूमा ‘सद्भाव समूह’ हरू निर्माण कार्य तत्काल अगाडि बढाउन हामी अपिल गर्छौं ।’ मिश्र परोपकारी संस्था हेल्प नेपाल नेटवर्कका संयोजकसमेत हुन् ।
विज्ञप्तिको पूर्ण अंश
राजनीतिमा होमिनबीबीसीबाटराजीनामा
प्रेस विज्ञप्ति
मिति: १७ फागुन २०७३ (28February 2017)
केही समययता म लगायत कैयौं साथीहरूले नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति (सिस्टम), पारदर्शिता (ट्रान्सपरेन्सी), इमान्दारी (इन्टेग्रटी) र उत्कृष्टता (मेरिटोक्रसी) अर्थात् ‘स्टिम’को चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण नगर्ने हो भने यो देशको रूपान्तरण हाम्रो जीवनकालमा सम्भव छैन भन्ने तर्क गर्दै आएको कतिपय पाठक तथाशुभेच्छुकलाई विदित नै छ।
त्यस्तो सुसंस्कृत राजनीतिको सशक्त जग निर्माण गर्न सके दशकौंको स्वार्थलिप्त, दोहनकारी, आडम्बरी र अपारदर्शी राजनीतिका कारण देशको दुर्दशाबाट दिक्क भएका तर यो देश बनाउन सकिन्छ भन्ने विश्वास बोकेका स्वदेश तथा विदेशमा रहेका नेपालीले अवश्य साथ दिनेछन् भन्ने हाम्रो निष्कर्ष हो। हाम्रो उद्देश्य सबै क्षेत्रका इमान्दार र क्षमतावान नेपाली मिलेर स्वच्छ राजनीतिको बलमा देशलाई रूपान्तरण गर्ने साझा मञ्च निर्माण गर्नु हो। देशको ठूलो जनसमुदाय त्यसरी एक ढिक्का हुँदा “अस्तित्वमा आउने तर कहिल्यै देशको समृद्धिमुखी नेतृत्व गर्नै नसक्ने” अर्को एउटा राजनीतिक पार्टी होइन, देशलाई आमूल परिवर्तनकारी दिशामा डोर्याउन सक्ने नेतृत्व निर्माण हुनसक्छ भन्ने हाम्रो ठम्याई हो।
त्यसका लागि एउटा समूहलामो समयदेखि वैचारिक र रणनीतिक मन्थनमा सक्रिय थियो। सो समूहले अब आफ्नो गृहकार्यलाई कार्यरूपमा परिणत गर्ने आत्मविश्वास हासिल गरेको छ। तसर्थ मैलेबीबीसी नेपाली सेवाको प्रमुखको पदबाट राजीनामा दिएको छु। बीबीसीसँगको लामो आबद्धता, मेरो लेखन तथा परोपकारी अभियानका क्रममा मैले देशभित्र र बाहिर आमनेपालीबाट पाएको विश्वास, स्नेह र सहयोगलाई म सधैं सम्झिरहने छु। त्यसका लागि मैले जति आभार प्रकट गरे पनि त्यो अपर्याप्त नै हुनेछभने म मेरा सहकर्मी र बीबीसीप्रति पनि सदा आभारी रहिरहने छु।
मैले शुरू गर्न आँटेको राजनीतिक यात्रामा त्यो विश्वास, स्नेह र सहयोग अनि हाल गृहकार्यमा संलग्न साथीहरूले दिएको प्रेरणा र शक्तिले अत्यन्तै ठूलो ऊर्जा प्रदान गरेको छ। कतिपय शुभेच्छुकहरूले हाल विद्यमान कुनै पार्टीमार्फत नै राजनीतिकरूपमा अगाडि बढ्दा उपयुक्त हुने सल्लाह नदिएका होइनन्। तर विद्दयमान पार्टीहरूमार्फत अगाडि बढ्ने हो भने “आफू बदलिने तर समग्र देश नबन्ने” निष्कर्षमा पुगेका कारण मैले यो अलग र चुनौतिपूर्ण बाटो चयन गरेको हुँ।
हामी छिटैकल्याणकारी लोकतन्त्र र कल्याणकारी उदारवादी अर्थतन्त्रलाई आत्मसात गर्ने नयाँ पार्टीमातल्लो निकायदेखि तपाईंको सहभागितासहितको संगठन निर्माण र सम्बन्धित अन्य विषयबारे थप जानकारी उपलब्ध गराउनेछौं। कुनै दलमा आबद्ध नभएका, अन्य दलमा आबद्ध भए पनि ती दलबाट यो देशको हित हुनै सक्दैन भन्ने निष्कर्षमा पुगेका र अन्य विभिन्न सामाजिक संघ-संगठनमा आबद्ध भएर समाजको सकारात्मक रूपान्तरणका लागि काम गरिरहेका सबै नेपालीहरूलाई हामी शान्त, सौम्य, देशभक्तिपूर्ण र विकासमूखी राजनीतिक उभारका लागि हामीले निर्माण गर्न लागेको मञ्च उपयोग गर्न आग्रह गर्दछौं।
विगतका भएका यस्ता वैकल्पिक प्रयास, तिनका कमजोरी र विफलताबारे हामी अनभिज्ञ छैनौं। तिनबाट हामीले पाठ सिकेका छौं – तर्सिएका छैनौं। साथसाथै, हामी अधिकांश पेशागत राजनीतिक पृष्ठभूमिबाट नआएकोले यो यात्रा राजनीतिक पृष्ठभूमिबाट आएकाहरूका लागि भन्दा बढी असहज हुनेछ भन्नेमा हामीलाई कुनै भ्रम छैन। तर सुसूचित तयारीका साथ एउटा प्रतिबद्ध समूहले राजनीतिमा इमान्दार, दूरदृष्टिपूर्ण,सशक्त र राष्ट्रव्यापी हस्तक्षेप नगरी कुनै पनि देशको समष्टिगत रूपान्तरण सम्भव भएको छैन।हामी तयार भयौं – गाउँ-गाउँ, बस्ती-बस्तीमा, अनि विदेशका नगर तथा शहरहरूमा तपाईं पनि तयार रहन हामी हार्दिक आह्वान गर्दछौं।तत्कालका लागि भने देशका हरेक टोल-टोलमा कम्तिमा ७ जना वा संभव भए त्यो भन्दा बढी संख्याकोसमूह निर्माणका लागि जुट्न हामी विनम्र आग्रह गर्दछौं, जुन छिटै पार्टीको संगठन निर्माणको आधारशिला हुनेछ।विदेशमा बस्ने नेपालीहरूको साथ र सहयोगका लागि हामी विशेष व्यवस्था गर्नेछौं र उनीहरूलाई विदेशका नगर तथा शहरहरूमा ‘सदभाव समूह’हरू निर्माण कार्य तत्काल अगाडि बढाउन हामी हार्दिक अपिल गर्दछौं।
संसारमा हामीभन्दा ज्यादै नै प्रतिकूल अवस्थामा रहेका देशले पनि १० देखि २०वर्षको बीचमा राजनीतिक स्थिरता प्राप्त गर्न र विकासलाई तीव्र गति दिन सकेका छन् भने हामीले नसक्ने कुरै छैन। हामीले शुरु गर्न लागेको यो यात्रा केवल १०/१२ जना सांसदलाई संसद्मा पठाएर “राजनीति” गर्नका लागि होइन – यो देशको नेतृत्व गरेर नेपाली राजनीतिको चरित्र र सिंगो देश नै रूपान्तरण गर्नका लागि हो। तसर्थ हामीलाई विफल हुने या ठीकै मात्र गर्ने सुविधा छैन। यस यात्रामा हामीलाई तपाईंको आशीर्वाद र सहयोग प्राप्त हुनेछ भन्ने हामीले विश्वास लिएका छौं भने तपाईंलाई हाम्रो सहयोग अवश्य मिल्ने नै छ।
यो असाधारण रूपले स्रोत र साधन सम्पन्न तर राजनीतिक कारणले सधैं अस्थिर र अविकसित देशको भविष्य बनाएरै छोड्ने र समृद्ध नेपालका सूचकहरू कुनै पनि हालतमा हेरेरै मर्ने हाम्रो अठोट हो! ताकि, हाम्रा सन्ततिले बुढा बाउ-आमालाई नेपालमा छोडेर आयआर्जन, अलिकति सहज जीवनयापन र वृत्तिविकासका लागि विदेशिनु नपरोस्, बरू तिनले यो देशमा विदेशीलाई समेत रोजगारी दिन सकून्।
Shabhar:ekantipur
#News Soruce from राष्ट्रिय समाचार – Nabin Nepal-Nepali News http://bit.ly/2lkxQP4
काठमाडौं,१७ फागुन । प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन र संविधान संशोधन प्रकृया सँगसँगै अगाडि बढाउने बताएका छन्।
निर्वाचन मिति घोषणाप्रति असहमती जनाउँदै सरकारको समर्थननै फिर्ता लिने विषयमा मोर्चामा बहस प्रवेश भएपछि उनले विशेष सम्बोधन गरेका हुन्। सम्बोधनमा उनले मधेसी मोर्चाका नेतालाई आवेग हैन विवेक प्रयोग गरेर निर्णय गर्न आग्रह गरे।
विखण्डनकारी शक्ति मधेसलाई देशलाई देखाएर विखण्डनको शड्यन्त्रमा सक्रिय भएको भन्दै उनले यसलाई सरकारले चिर्ने दावी गरे। उनले देशका केहि शासकले गणतन्त्र, संघियता र धर्मनिरपेक्षतको विपक्षमा लागेको बताए। उनीहरुले नै अहिले मधेशी जनताको काधमा बन्दुक राखेर गणतन्त्र उल्टाउने खेलमा लागेको उनको आरोप छ।
The post स्थानीय तह निर्वाचन र संविधान संशोधन प्रकृया सँगसँगै अगाडि बढाउने : प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2m7EUCW via IFTTT
काठमाडौं,१७ फागुन । यातायात व्यवस्था विभागले २० वर्ष पुराना भाडाका गाडीहरु फागुन १८ गते बाट सडकमा देखिए कारबाही गर्न आग्रह गर्दै ट्राफिक प्रहरीलाई पत्राचार गरेको छ ।
भोलिबाट २० वर्ष पुराना गाडी सडकमा गुड्ने छैनन् । यदि गुडेको पाइए कारबाही गर्न ट्राफिक प्रहरीलाई यातायात व्यवस्था विभागलाई पत्राचार गरेको छ ।
The post २० वर्ष पुराना भाडाका गाडीहरु सडकमा देखिए कारबाही गर्न ट्राफिक प्रहरीलाई पत्राचार appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2mG7Iz0 via IFTTT
बलिउड नायिका प्रियंका चोपडा सोमवार ८९ औँ ओस्कर अवार्डमा सहभागी भएकी थिइन। अवार्ड पश्चात आयोजित पार्टिमा पुग्दा भने पहिलेभन्दा बढी चर्चा पाइन। कारण थियो उनको आकर्षक कालो ड्रेस।
यो कार्यक्रममा पुग्नु भन्दा अघि ८९ औँ ओस्कार अवार्डमा यसरी पुगेकी थिइन प्रियंका :
यो पढ्नुस।
८९ औँ ओस्कार अवार्ड कार्यक्रम, हेर्नुस् १९ तस्बिरमा
ओस्कारमा ऐतिहासिक गल्ती: को जिम्मेवार ?
The post यस्तो लुगामा मोहित पारिन प्रियंकाले appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2m1WLed
via IFTTT
काठमाडौं,१७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
सरकारले फागुन ९ गते चुनावको मिति घोषणा गरेपनि संविधान संसोधन लगायतका विषयमा मधेशी मोर्चा लगायतका केही शक्तिले चुनावमा सहभागीता नजनाउने बताएका छन् । संघीय समाजवादी फोरम र नयाँ शक्तिले भने चुनावको मिति फिर्ता लिन माग गरेका छन् ।
The post प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2lQSKHl via IFTTT
१७ फागुन, काठमाडौँ ।
नेपाली मोडेल सीतल आचार्य बङ्गलादेशी म्युजिक भिडियोमा देखिने भएकी छिन् । बङगलादेशी चर्चित गायक तथा मोडेल एच.एम. राणको स्वर रहेको म्युजिक भिडियोमा सीतल देखिने भएकी हुन् ।
बलिउड फिल्म ‘आशिकी-२’का संगीतकार ‘एम ए रहमान’को संगीत रहेको यस म्युजिक भिडियोको सम्पूर्ण सुटिङ नेपालमै नगरकोट, पोखरा र ठमेललगायत स्थानमा गरिएको छ । धेरै नेपाली म्युजिक भिडियोमा काम गरिसकेकी सीतल ‘परदेशी’ फिल्मबाट फिल्म-यात्रा पनि सुरु गरेकी छिन् ।
‘सपना नि तिमी बिपनी नि तिमी, तिमी नै जीवन, तिमी नै मृत्यु’ सार बोकेको यस गीतको म्युजिक भिडियो चाँडै सार्वजनिक हुने सीतलले बताइन् । यो म्युजिक भिडियो सार्वजनिक भएपछि उनी फेरि अन्य केही बङ्गलादेशी म्युजिक भिडियोमा काम गर्ने मोडल सीतलले जानकारी दिइन् । म्युजिक भिडियोको निर्देशन आर सि कोइरालाले गरेका छन् ।
The post बङ्गलादशी म्युजिक भिडियोमा नेपाली मोडल appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2l7n0AJ
via IFTTT
फिल्मी पर्दामा देखिने कलाकार कुनै नौलो प्राणी त होइनन् तर सधै फिल्ममा मात्र देखिने कलाकार सुत्दा कसरी सुत्लान् ? हेर्नुस् बलिउड कलाकार सुतेका तस्बिर:
क्याट्रिना केफ
अक्षय कुमार
सेफअली खान
अभिषेक बच्चन
परिणिती चोपडा
बोमन इरानी
रणवीर कपुर र अनुष्का शर्मा
आलिया भट्ट
शाहरुख खान
करिना कपुर
अर्जुन रामपाल
सोनम कपुर
प्रियंका चोपडा
The post यसरी सुत्छन् यी १० बलिउड नायक नायिका appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2lttjdR
via IFTTT
काठमाडौं,१७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति गरेर स्थानीय तह निर्वाचनमा जान मधेसी मोर्चाका शीर्ष नेताहरूलाई आग्रह गरेका छन् । निर्वाचन नभएमा संघीयता नै उल्टने र प्रतिगमनतिर मुलुक फर्कने जोखिम रहेको भन्दै सचेत रहन पनि उनले आग्रह गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।
प्रधानमन्त्री प्रचण्डले संसद्मा दर्ता भएको संशोधनमाथि परेका १५ संशोधन प्रस्ताव टुंगो लगाउन सहमतिको पहल गरेका हुन् । प्रचण्डले आफू संविधान संशोधनमा प्रतिबद्ध रहेको, तर अहिले दुईतिहाइ पुर्याउन अप्ठ्यारो परेको बताएका छन् ।
‘प्रधानमन्त्रीले संशोधनमा दुईतिहाइ पुर्याउन अप्ठ्यारो परिरहेको जानकारी गराउनुभयो । उहाँले कांग्रेस, माओवादी, मधेसी दलहरू र राप्रपासम्मको राजनीतिक सहमति खोजी गरौँ भन्नुभयो,’ सोमबार प्रधानमन्त्रीसँग छलफलपछि सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भने, ‘हामीले संविधान संशोधन पहिले गरौँ, अनि निर्वाचनबारे सोचौँला भन्यौँ ।’
प्रचण्डले सोमबार साँझ मधेसी मोर्चाका शीर्ष नेताहरूसँग संशोधनलगायतका विषयमा झन्डै साढे तीन घन्टा छलफल गरेका थिए । छलफलमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादीका नेता राजेन्द्र श्रेष्ठ र सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो सहभागी थिए ।
कांग्रेस, माओवादी र मधेसीबीच वार्ता आज
मधेसी मोर्चाका नेताहरूसँगको बैठकपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार त्रिपक्षीय छलफल गर्ने भएका छन् । मंगलबार बिहान साढे १० बजे कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाको संयुक्त बैठक बस्दै छ । ‘प्रधानमन्त्रीले मंगलबार वार्तामा बसौँ भन्नुभयो,’ सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भने, ‘अब मंगलबार त्रिपक्षीय वार्ता हुने कुरा छ ।’
मोर्चालाई प्रधानमन्त्रीका पुरानै प्रस्ताव
सोमबार बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका नेताहरूसँग पुरानै प्रस्ताव दोहोर्याएका छन् । उनले मधेसमा जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण गरेर जाने र राष्ट्रिय सभा प्रतिनिधित्वमा गाउँपालिका र नगरपालिकाका अध्यक्ष, उपाध्यक्षको मतदानको अधिकार कटौती गर्न सरकार तयार रहेको बताएका थिए ।
‘प्रधानमन्त्रीको प्रस्तावलाई हामीले सकारात्मक भनेकै छौँ,’ सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भने, ‘तर, संविधान संशोधन कसरी टुंगो लगाउने भन्ने कुरा पहिले हुनुपर्यो भन्ने हाम्रो कुरा रह्यो ।’ मोर्चाले अडान लिएपछि प्रधानमन्त्री प्रचण्डले संशोधनमा दुईतिहाइ पुर्याउन समय लाग्ने उल्लेख गर्दै राजनीतिक सहमतिमार्फत संशोधन प्रयास थालेको बताएका थिए । सरकारले राखेको संशोधन प्रस्तावमाथि तमलोपा र सद्भावना पार्टीले संशोधन प्रस्ताव राखेका छन् भने उपेन्द्र यादवको फोरमले संशोधन हालेको छैन ।
The post ‘प्रधानमन्त्रीले भने संशोधनमा दुईतिहाइ पुर्याउन अप्ठ्यारो पर्यो appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2mnY2ND via IFTTT
काठमाडौँ । नयाँ शक्ति नेपालले गोकर्णेश्वरमा संगठन बिस्तारलाई निरन्तरता दिएको छ । नगर कार्यालय प्राङ्गणमा नयाँ शक्तीले कार्यक्रमको आयोजना गरि बृहत् महिला भेला गरेको नयाँ शक्ती नेपालका युवा नेता तुलसी पौडेल जानकारी दिए ।
पौडेलका अनुसार भेलाले बिमला गौतमलाई संयोजक,कल्पना सिग्देललाई र अन्जना श्रेस्ठलाई सह- संयोजक र गंगा तामाङ,सीता तिमिल्सिना,असी लामा,दावा किन्जु शेर्पा,सबित्रा राईय,गुण तामाङ ,यक्टुमा लिम्बू,लक्ष्मी श्रेष्ठ,उर्मिला तामाङ,सानू सिलाकार,निर्मला शर्मा र सिर्जना रोकाय सदश्य रहेको सर्वसम्मत कमिटी चयन गरेको बताएका छन् ।
The post नयाँ शक्ति नेपालको महिला भेला गोकर्णेश्वरमा appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2mEpNgM via IFTTT
१६ फागुन, एजेन्सी।
८९ औँ ओस्कार अवार्ड घोषणा भएको छ। यो वर्षको उत्कृष्ट फिल्म घोषणा गर्ने क्रममा भने रोचक भएको छ। ‘ल ल ल्याण्ड‘ उत्कृष्ट फिल्म भएको गलत घोषणा गरेपछि ‘मुनलाइट‘ फिल्मले ओस्कर जितेको घोषणा गरिदाँ सबै चकित परेका थिए।
१४ नोमिनेशन जितेको ‘ल ल ल्याण्ड’ भलै उत्कृष्ट फिल्म घोषणा भएन तर यसले उत्कृष्ट नायिका र उत्कृष्ट निर्देशक सहित ६ वटा ओस्कर अवार्ड भने आफ्नो भागमा पार्न सक्यो।
उत्कृष्ट नायिकामा ‘ल ल ल्याण्ड’को लागि इमा स्टोनले अवार्ड हात पारिन भने यहि फिल्मका निर्देशक ‘डेमियन सेन्जल‘ उत्कृष्ट निर्देशक घोषित भए।
त्यस्तै उत्कृष्ट भिजुअल इफेक्टको अवार्ड ‘द जंगल बुक‘ले हात पार्यो। ‘जुटोपिया‘ यो वर्षको उत्कृष्ट एनिमेटेड फिचर फिल्म बन्यो।
क्यासी एफलेक उत्कृष्ट नायक घोषणा भए। क्यासिले ‘म्यानचेस्टर बाइ द सी‘ को लागि अवार्ड पाएका हुन।
त्यस्तै महेरशेला अली ओस्कार अवार्ड पाउने पहिलो मुस्लिम अभिनेता बनेका छन्। उनले हलिउड फिल्म ‘मुनलाइट’मा उत्कृष्ट सहायक अभिनेताको रोलको लागि अवार्ड पाएका हुन।
यहि विधाको लागि भारतीय अभिनेता देव पेटेल फिल्म ‘लायन’को लागि नोमिनेसनमा परेका थिए।
उत्कृष्ट सहायक नायिकाको अवार्ड ‘फेन्सेज’को लागि विओला डेविसले जितिन।
विदेशी भाषाको सबैभन्दा उत्कृष्ट फिल्मको अवार्ष यो वर्ष ‘द सेल्सम्यान‘ ले पाएको छ।
एनिमेटड सर्ट फिल्मको अवार्ड ‘पाइपर’ले जितेको छ।
The post ८९ औँ ओस्कार अवार्ड घोषणा, उत्कष्ट फिल्म घोषणा गर्दा यसरी भयो गल्ती appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2ml9JEP
via IFTTT