१९ माघ, एजेन्सी।
बलिउड नायिका प्रिती जिन्टाले मंगलबार आफ्नो ४२ औँ जन्मदिन मनाइन।
लामो समय बलिउडमा राज गरेकी डिम्पलवाली प्रितीले २९ फेब्रुअरीमा लस एन्जल्समा गुपचुप विवाह गरेकी थिइन।
आफु भन्दा १० वर्ष कान्छा अमेरिकी नागरिक जीन गुडइनफ विवाह गरेयता उनी सार्वजनिक कार्यक्रममा कमै देखिने गरेकी छिन्। आफ्नो जन्मदिन पूर्व सोमबार रात नायिक फरदिन खानसंग मुम्बइमा देखिएकी उनमा केही फरकपन आभास हुन्छ।
लाग्छ विवाह पछि उनी मोटाएकी छिन्।
यो पढ्नुस्।
छोरीलाई वेश्यावृतिमा लगाएर ‘कर’ असुली
प्रिती जिन्टाका ४ प्रेमी (फोटो फिचर)
The post विवाहपछि कस्ती भइन प्रिती ? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kQ9gKb
via IFTTT
काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले संबिधान सभाबाट दुइ तिहाई वाट अस्वीकृत भैसकेको थ्रेसहोल्डको एजेन्डा पुन ब्यूझाउने कार्यले पुजीपति बर्गको पक्षपोषण गरेको बताउनु भयको छ । द युनिभर्सल टाइम्सको लागि बिष्णु निश्चल संग कुरा गर्दै पूर्व मन्त्रि समेत रहेका ढकालले आफ्नो पार्टी थ्रेसहोल्ड वाट नडराउने तर संबिधान र समाबेशी लोकतन्त्रको मर्म बिपरित काम गर्न खोजेकेले बिरोध गर्नु परेको बताउनु भयो । अध्यक्ष ढकालले साना राजनैतिक दलहरुबाट अत्याधिक मात्रामा महिला, मधेशी, जनजाति, दलित, मुस्लिम , अल्पसंख्यक, कर्णाली लगायत वर्ग तथा क्षेत्रको प्रतिनिधित्व भयको र थ्रेसहोल्ड राखेर नेपाली समाजका यी उत्पीडित वर्ग र क्षेत्रको प्रतिनिधित्व घटाउने तथा आबाज मन्द बनाउने षड्यन्त्र भयकोले परिबर्तनलाई उल्टो दिशा फर्काउने सोंचबाट आयको यो प्रस्ताब स्वीकारयोग्य नभयको पनि उल्लेख गर्नु भयो । समानुपातिक निर्बाचन प्रणालीमा स्वत थ्रेसहोल्ड हुने भन्दै अबको निर्बाचनवाट कुनै पनि पार्टीले आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्न थ्रेसहोल्ड बिना पनि करिब एक लाखको हाराहारीमा मत ल्याउन पर्ने र हाल संसदमा एक लाख मत कटाउने पार्टी १० वटा मात्र भयको भन्दै थ्रेसहोल्डले घुमाउरो पाराले नया विचार र नया राजनैतिक दलहरुलाई प्रतिबन्ध लगाउन खोजेको दाबि गर्नु भयो । अध्यक्ष ढकालले अहिलेको आबस्यकता भनेको राष्ट्रिय सहमति गरेर संविधानको कार्योनोयन तथा निर्बाचन गर्नु भयकोले यस्ता नयाँ बखेटा झिकेर निर्बाचनको बाताबरण बिगार्न खोजेकोमा चिन्ता ब्यक्त गर्नु भयो । ढकालले रुपान्तरित ब्यबस्थापिका संसदको काम नया संबिधान अनुसार निर्बाचन गर्न अनिबार्य आबस्यक पर्ने कानुन निर्माण गर्ने भयकोले अनाबस्यक झमेलामा नफस्न प्रमुख राजनैतिक दलहरुलाई आग्रह समेत गर्नु भयो ।
The post थ्रेसहोल्ड पुँजीपति बर्गको एजेन्डा : अध्यक्ष ढकाल appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2jTXOeE via IFTTT
काठमाडौँ । निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको हिमालय एयरलाइन्सको नयाँ विमान त्रिभुवन विमानस्थलमा आइपुगेको छ। जर्मनीमा बनेको ३२०–२१४ सिरिजको उक्त विमान हिमालयका पाइलट क्याप्टेन ओल्ट्राले उडाएर ल्याएको हिमालयका भाइस प्रेुसडेन्ट बिजय श्रेष्ठले जानकारी दिए।
फ्रेन्च नागरिक क्याप्टेन ओल्ट्राले जर्मनीको ह्याम्बर्ग अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न देश हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएका हुन्। उनका साथमा नेपाली पाइलट पनि थिए।
ुढल्(ब्ीख्ु नेपाली रजिष्ट्रेसन नम्बर रहेको उक्त नयाँ विमानमा १५८ सिट छ। तिव्वत एयरलाइन्सको पनि संयूक्त लगानी रहेको हिमालयले संचालनको दोस्रो वर्षमा नै अर्को विमान थप गरेको हो। सन् २०१७ भित्र दुईवटा विमान थप गर्ने योजना रहेको श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।
यसअघि एयरबसको यही सिरिजको एउटा मात्र विमान थियो। हिमालयले नयाँ विमानबाट मलेसियाको क्वालालम्पुर र म्यानमारको याङगुनमा उडान भर्ने जनाएको छ।
माघ २८ देखि क्वालालम्पुर र फागुन १३ गतेदेखि याङगुनमा उडान सुरु हुने कम्पनीका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले जानकारी दिए। एअरलाइन्सले हप्ताको पाँच दिन क्वालालम्पुर र दुई दिन याङगुनमा उडान सञ्चालन गर्ने छ।
एअरलाइन्सले काठमाडौ–क्वालालम्पुर–काठमाडौ ९राउण्ड ट्रिप०को लागि सुरुवाती टिकट दर २५ हजार ३ सय ७५ रुपैयाँ तोकेको श्रेष्ठले बताए। क्वालालम्पूर–काठमाडौ–क्वालालम्पुर ९राउण्ड ट्रिप०को लागि मलेसियन रिंगेट ९ सय २८ तोकिएको छ।
त्यसैगरी काठमाडौं–याङगुन–काठमाडौंको लागि २९ हजार ६ सय रुपैयाँ ९राउण्ड ट्रिप० र याङगुन–काठमाडौं–याङगुनको९राउण्ड ट्रिप० लागि ३ सय २० अमेरिकी डलर कायम गरिएको कम्पनीले जनाएको छ। दोहा र कोलोम्बो सँगै क्वालालम्पुर र याङगुन जोडिएपछि एअरलाइन्स्ले एसियाली क्षेत्रहरुमा आफ्नो सञ्जाललाई विस्तार गर्नेछ।
योसँगै हिमालयको अब चार अन्तर्राष्ट्रिय गन्तव्य हुनेछन्। हाल कतार र श्रीलंकाको कोलम्बोमा मात्र उडान भरिरहेको हिमालयले आगामी दिनमा भारतको नयाँ दिल्ली, चीनका विभिन्न सहरहरुमा उडान भर्ने योजना बनाएको छ।
स्वदेशी क्यारियरको बृद्धि भएमा देशको पर्यटनमा पनि सकारात्मक प्रभाव पर्ने अधिकारीहरुले बताएका छन्। आफूहरुले विदेशीको भन्दा सस्तोमा उडान भर्ने भएकोले जति सस्तो यात्रा त्यति पर्यटक बढ्ने एयरलाइन्सका अधिकारीहरुको भनाइ छ।
हाल तीनवटा विमानमार्फत उडान भरिरहेको नेपाल एयरलाइन्स र अब हिमालयसँग दुइवटा विमान भएसँगै यो संख्या पाँच पुगेको छ।
२०७४ सालभित्र २ वाइड बडी भित्र्याउने तयारी नेपाल एयरलाइन्सको छ भने हिमालयले पनि थप २ विमान ल्याउने योजना बनाएको छ। योसँगै आगामी एकवर्षभित्र ९ पुग्ने अनुमान गरिएको छ।
The post हिमालयले संचालनको दोस्रो वर्षमा नै अर्को विमान थप गर्यो appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2kL1qhs via IFTTT
१८ माघ, एजेन्सी ।
भारतीय साइट ‘टाइम सेलेबक्स’को एक सर्वेक्षणले बलिउडका मिस्टर परफेक्सनिस्ट आमिर खान र डिम्पल गर्ल दीपिका पादुकोणलाई सबैभन्दा बढी सफल रहेको बताएको छ ।
‘मस्ट पपुलर’ अभिनेतातर्फ आमिरले शाहरुख खान, सलमान खान, रणवीर कपूर र अक्षय कुमारलाई पछि पार्दै पहिलो स्थान ओगटेको छ । गत डिसेम्बरमा गरिएको सर्वेक्षणमा ५४ं६ अंग ल्याएर पहिलो स्थानमा छन् भने शाहरुखले ४३ अंक, सलमान खानले ३८ अंक, रणवीर सिंहले ३५ अंक र अक्षय कुमारले २९.० अंक पाएका छन् ।
त्यस्तै, ‘मस्ट पपुलर’ अभिनेत्रीमा दीपिका पादुकोण पहिलो स्थानमा छिन्, उनले २९ अंक पाएकी छिन् । त्यस्तै, प्रियंका चोपडाले २८, सोनम कपूरले २५, अनुष्का शर्माले २४ र ज्याकलिन फर्नान्डीजले २३.५ अंग पाएकी छिन् ।
यो तालिका बलिउड स्टारले बक्स अफिसमा आफ्नो फिल्मको सफलता, उनीहरुमाथि बनाइएका खबर, उनीहरुद्धारा गरिएको विज्ञापन तथा सामाजिक सञ्जालमा सक्रियताको आधारमा तयार पारिन्छ ।
यो पढ्नुस्।
यस्तो छ बलिउडकी सबैभन्दा बढी कमाउने नायिका दिपिका बस्ने फ्ल्याट
दिपिकाले अस्वीकार गरेकी सलमान, शाहरुख र अामिरका ब्लकबस्टर फिल्म
The post आमिर खान र दीपिका पादुकोण नम्बर वान! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2jPuZA9
via IFTTT
१८ माघ, एजेन्सी ।
अभिनेता सलमान खानले होस्ट गरिरहेको रियालिटी शो ‘बिग–बोस’ यस पटक निक्कै चर्चामा रह्यो ।
केही हप्ता अगाडि प्रतियोगी प्रियंका जग्गा म्यूस र स्वामी ओमले शोमा अभद्रता देखाउनका साथ–साथै सलमान खानसँग पनि सवाल–जवाफ गरेका थिए । त्यसपछि, सलमानले उनीहरुलाई शोबाट निकालिदिए । त्यही समयदेखि सलमानले अब अर्को सिजन होस्ट नगर्ने फैसला लिएका छन् ।
यसको ठूलो कारण नै शोको परिवर्तित ढाँचा हो । किनकि प्रतियोगीबीच अभद्रताको सिमा नाघेको छ, जसको नकारात्मक असर पर्न थालेको छ । यसबाहेक प्रियंका बाहिरिएको अंकमा सलमानको बेइज्जतीलाई कलर्स च्यानलले मज्जैसित देखाएको थियो । यसअघिको सिजनमा सलमान खानविरुद्ध बोलिएको फूटेज नै देखाइएको थिएन, तर यस पटक ग्रान्ड फिनाले एपिसोडमा सलमानविरुद्ध जग्गा र ओम दुवैले बोलेका सबै कुरा देखाइयो ।
भारतीय मिडियाको अनुसार, ‘सलमान अन्तिम सिजनलाई बिना विवाद समापन गर्न थाहान्थे । च्यानलले चाहेको भए सलमानविरुद्ध प्रियंकाले बोलेको कुरालाई सम्पादन गर्न सक्थ्यो । तर, यसो गरेन । अभद्रताका बावजुद पनि प्रियंकालाई पूरा एपिसोडमा देखाइयो । यसरी कलर्स च्यानलले सलमानको जमेरै बेइज्जती गर्यो । यस कारण सलमान अर्को सिजनमा होस्ट गर्ने छैनन् ।’
यद्यपी सलमानलाई पछिल्लो दुई बर्षदेखि ‘दस का दम’ शोका लागि अफर आइरहेको छ । यस पटक निर्माताहरुले यस शोको पृष्ठभूमिलाई केही परिमार्जित गरेका छन् । हुन सक्छ उनि यही शोमा जोडिन सक्छन् ।
The post ‘बिग बोस’ होस्ट नगर्ने सालमान खानको फैसला appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2jplitH
via IFTTT
१८ माघ, एजेन्सी । कालो हरिनको शिकारको मुद्दामा सलमानको वारेस बनेका वकिलले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । सलमानलाई यो मुद्दामा सफाई दिलाएकाले एक अन्तर्राष्ट्रिय ‘डन’ले यस्तो धम्की दिएको बताइएको छ ।
वकिल एच.एम. सारस्वतले फोन गर्ने व्यक्तिले आफू अन्तर्राष्ट्रिय ‘डन’ भएको बताउँदै सलमानलाई हातहतियार कानुन अन्तर्गतको मुद्दामा सफाइ पाएकाले आफू खुसी नभएको बताएको दावी गरेका छन् ।
सारस्वतले फोन गर्ने व्यक्तिले अब गंभीर परिणाम भोग्न तयार रहनु भन्दै ैं अब कसैले वचाउन नसक्ने भनी धम्की दिएको छ । सारस्वतले यसको जानकारी प्रहरीलाई गराएका छन् । प्रहरीले हतियारधार िएक जवानलाई उनको सुरक्षार्थ खटाएको छ ।
प्रहरी कमिश्नर अशोक राठौरले भने ‘हामीले एक सशस्त्र प्रहरी उनको सुरक्षार्थ खटाएका छौं र घटनाको अनुसन्धान गर्दैछौं ।’ धम्की दिने व्यक्तिले सलमानलाई फोन गरेर पैसाको माग गरेको तर् सलमानले अस्वीकार गरेको वकिल सारस्वतले दावी गरेका छन् ।
The post सलमानका वकिललाई ज्यान मार्ने धम्की ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kb4Qdl
via IFTTT
१८ माघ, काठमाडौं । सोमबार उत्तरवाहिनी मन्दिरमा चर्चित नायिका रेखा थापाले सुटुक्क विहे गरेकी छन् ।
रेखालाई बेहुली र अर्का एक केटालाई मन्दिरमा सिन्दुर हाल्दै गरेको देखेका दर्शक आश्चार्यमा परेका थिए ।
केही वर्ष निर्माता छविराज ओझासंग वैवाहिक जीवन विताएकी रेखाले पछिल्लो समय भनेजस्तो केटा पाए विहे गर्ने बताउँदै आएकी थिइन् । सञ्चारमाध्यममा आएका रेखाको विहेप्रतिको चाहना सुनेका उनका फ्यान तथा दर्शकहरू उनलाई बेहुली बनेर सिन्दुर हाल्दै गरेको देख्दा आश्चार्यमा परेका हुन् ।
नायक दिल श्रेष्ठसंग सोमबार उत्तरवाहिनी मन्दिरमा विहे गरेकी हुन् रेखाले । तर, वास्तविक जीवन विताउन भने होइन् । चलचित्र ‘हिरो रिटन्र्स’ का लागि दोश्रो सेड्युलको छायाँकन थियो । जे होस रेखालाई बेहुली बनेको खुब सुहाएको प्राप्त फोटोमा पनि देख्न सकिन्छ । विहेबाट दुवै खुसी देखिएका छन् ।
सविन श्रेष्ठले निर्माण गरेको यो चलचित्रमा रेखा मुख्य भूमिकामा छिन् ।
The post रेखा थापाको विहे ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kOhhLz
via IFTTT
काठमाडौं। सर्वोच्च अदालतको फैसलाबाट पदच्यूत भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग सिफारिस नहुने भएको छ।महाअभियोग सिफारिस उपसमितिले कार्कीलाई महाअभियोग लगाउन सिफारिस नगर्ने निष्कर्षसहित समितिलाई प्रतिवेदन बुझाउने भएको छ। संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावबारे अध्ययन गर्न गठित उपसमितिले महाअभियाग लगाउनुनपर्नेसहितको प्रतिवेदन मूल समितिलाई बुझाउँदै छ। यो खबर हामीले आजको राजधानीबाट लिएका हौ। यो खबर हामीले आजको राजधानीबाट लिएका हौ। समितिका एक सदस्यका अनुसार कार्कीमाथि अनुसन्धान कार्कीमाथि महाअभियोग सिफारिस नगरे पनि उनीविरुद्ध लागेका आरोपबारे भने भने सम्बन्धित निकायबाट छानबिन गर्नुपर्ने निष्कर्षसहित प्रतिवेदन बुझाउने तयारी गरेको छ। ‘महाअभियोग लगाउने बाटो हामीले छाडिसकेका छौं, अब उनलाई लगाइएका सातवटा आरोपमाथि छानबिन गरेर प्रतिवेदन पेस गर्दै छौं,’ उपसमिति सदस्य रेवतीरमण भण्डारीले भने। उनका अनुसार पदमुक्त भइसकेका कारण महाअभियोग लगाइरहनुपर्ने औचित्य समाप्त भएकाले अब उनले पदमा रहँदा गरेका कार्यबारे मात्र अध्ययन गरी कारबाहीको सिफारिस गर्ने निष्कर्षमा समिति पुगेको हो। उपसमिति सदस्य भण्डारीका अनुसार पदमा बहाल व्यक्तिलाई हटाउन महाअभियोग लगाउने हो। तर, कार्की अदालतको आदेशबाटै पदमुक्त भइसकेकाले उनीमाथि महाअभियोग लगाउनुको औचत्य नभएकाले अन्य विषयमा कारबाहीको मात्र सिफारिस गर्ने निर्णय भएको हो। ‘पदबाट हटेकाले महाअभियोग लगाउने औचित्य सकियो, तर उनीविरुद्ध परेका उजुरी संसद्मा जीवितै छन्। त्यसको किनारा लगाउनु संसद्कै दायित्व हो, त्यसैले विभिन्न सात आरोपमा छानबिन गरिरहेका छौं,’ भण्डारीले भने।कार्की सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएपछि यतिबेला विदेशमा छन्। उपसमितिले उनीमाथिका उजुरीमा छानबिन गरी २० माघभित्र समितिमा प्रतिवेदन बुझाउने भएको छ।स्रोतका अनुसार कार्कीमाथिका केही अभियोग पुष्टि समेत भएका छन् भने केहीमा उनले सफाइ पाउँदै छन्।काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा अखितयारले गरेको हस्तक्षेप र मेडिकल काउन्सिलमा गरेको हस्तक्षेपमा उपसमितिले प्रमाणसहित आरोप पुष्टि गरेको छ। उनीमाथि लगाइएको जासुसीलगायतका आरोप भने पुष्टि हुन नसकेको उपसमितिका एक सदस्यले बताए। उपसमितिको प्रतिवेदनलाई समिति हुँदै संसद्मा पेस गरिनेछ। संसद्को पूर्ण बैठकले समितिको प्रतिवेदनलाई दस्तावेजका रूपमा राख्न या सरकारलाई कारबाहीका लागि निर्देश गर्न सक्नेछ। समितिलाई १५ दिनभित्रमा अध्ययन गरी प्रतिवेदन बुझाउन समय दिइएको थियो। अध्ययनका क्रममा उपसमितिले अख्तियार दुरुपयोग अनुसन्धानका कार्यवाहक प्रमुख आयुक्त, आयुक्त, मेडिकल काउन्सिलका पदाधिकारी, त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, काठमाडौं विश्वविद्यालयका पदाधिकारी, सुरक्षा निकायका मानिसहरू र अन्य सम्बन्धित व्यक्तिहरूसँग छलफल गरी कागजपत्रसमेत झिकाएर अध्ययन गरेको थियो। महाअभियोग सिफारिस उपसमितिका संयोजक रामनारायण बिडारीले मंगलबारदेखि प्रतिवेदन लेखन कार्य सुरु हुने बताए।
The post लोकमानसिंह कार्कीमाथि महाअभियोग सिफारिस नहुने appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2klcdS8 via IFTTT
काठमाडौं । प्रधानमन्त्रीले निर्वाचनमा जाने कुरा गर्नेबित्तिकै मोर्चाका नेताहरू आक्रोशित भएका थिए । संशोधन विधेयक रोकेर निर्वाचनमा जानै नसकिने उनीहरूको अडान थियो । तमलोपा अध्यक्ष महन्थ ठाकुरले विधेयक पारित नगरीकनै निर्वाचनमा गए तराईमा सुरक्षा निकायबाहेक कुनै पनि सरकारी कार्यालय चल्न नदिने चेतावनी दिए । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। १० निर्वाचनको तयारी गर्दा के हुन्छ रु संविधान संशोधन विधेयक अगाडि बढाउँदै निर्वाचन आयोगलाई स्थानीय तह चुनावको तयारी गर्न भन्यो भने के हुन्छ भनेर प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेताहरूसँग जिज्ञासा राखेका थिए । विधेयक पारित गरेर निर्वाचनको मिति घोषणा गर्यो भने मान्नुहुन्छ कि हुन्न प्रस्ट पार्न उनको आग्रह थियो । विधेयकलाई मतदानमा लैजाँदा आउने नतिजा सहर्ष स्वीकार गर्ने कि नगर्ने जानकारी गराउन पनि प्रचण्डको आग्रह थियो । २० भाषा र राष्ट्रिय सभा गठनबारेको परिमार्जन मान्ने कि नमान्ने रु भाषा र राष्ट्रिय सभा गठनबारे संशोधन विधेयकमा परिमार्जन गर्न छलफलमा आएका बुँदामा सहमति छ कि छैन भनेर पनि प्रचण्डले प्रश्न गरेका थिए । सबै मातृभाषालाई अनुसूचीमा राख्ने र राष्ट्रिय सभा सदस्यलाई निर्वाचित गर्दा गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखले मतदान गर्ने अधिकार कटौती गर्नेबारे सहमति हो कि होइन प्रस्ट पार्न प्रचण्डले मोर्चालाई आग्रह गरे । ३० स्थानीय तहको प्रतिवेदन संशोधनपछि चुनावमा जाने कि नजाने रु स्थानीय तह पुनर्संरचना आयोगले दिएको प्रतिवेदनलाई केही फेरबदल गरेर मधेसमा संख्या बढाउने कुराकानी भइरहेको छ, त्यसलाई स्वीकार गर्ने कि नगर्ने भनेर प्रधानमन्त्री प्रचण्डले तेस्रो जिज्ञासा राखेका थिए । ‘स्थानीय तहकै निर्वाचनमा सहमत हो कि होइन रु प्रतिवेदनको संख्या फेरबदल गर्न सकिन्छ,’ मोर्चाका नेताहरूसँग प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । त्यसो गर्दा सहमति सहज हुने उनको विश्वास छ । मधेसी मोर्चाले संविधान संशोधनविना निर्वाचनको मिति घोषणा नगर्न सत्तारुढ दललाई दबाब दिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मोर्चासहित कांगे्रस र माओवादी केन्द्रबीच सोमबार भएको छलफलमा मोर्चाका नेताहरूले संशोधनविना निर्वाचन हुनै नदिने चेतावनी दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफलको सुरुमा संविधान संशोधनलाई अगाडि बढाउने, निर्वाचन घोषणा गर्ने र स्थानीय तहको प्रतिवेदन विवाद टुंगो लगाउनेबारे छलफल केन्द्रित गर्न तीनवटा बुँदा राखेका थिए । तर, मोर्चाका नेताहरूले संविधान संशोधनविना निर्वाचन हुनै नसक्ने बताएका थिए । ‘संविधानकै ठेगान छैन, त्यस्तो वेला प्रधानमन्त्री निर्वाचनको कुरा गर्नुहुन्छ, त्यसमाथि स्थानीय निकायको निर्वाचन गर्ने कि स्थानीय तहको निर्वाचन भन्नेमा प्रस्ट देखिनुभएन, त्यस्तोमा मोर्चाले समर्थन गर्न सक्दैन,’ संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नयाँ पत्रिकासँग भने । बैठकमा स्थानीय तहको निर्वाचन नगरी प्रदेशको निर्वाचन गर्नेबारे पनि कुरा उठेको थियो । मोर्चाका नेता केशव झाले स्थानीय तहको विवाद नटुंगिएकाले प्रदेशको निर्वाचन गर्न सकिने धारणा राखेका थिए । उनको प्रस्तावपछि कांग्रेस सभापति शेरबहादुर देउवाले ‘त्यसो भए तपाईंहरू स्थानीय निर्वाचनको पक्षमा हुनुहुन्न’ भनेर मोर्चाका नेताहरूलाई प्रश्न राखेका थिए ।
The post प्रचण्डले मोर्चालाई गरे प्रश्न ! मोर्चाका नेताहरू प्रधानमन्त्रीसंग आक्रोशित appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2kl7vUu via IFTTT
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2kIieWf
१७ माघ, काठमाडौं।
अमेरिकामा बसेर नेपाली साङ्गितक क्षेत्रमा क्रियाशिल सुवास पुरीले अब फिल्म निर्माण गर्ने भएका छन्।
विगत १५ वर्ष देखि अमेरिकामा बस्दै आएका पुरीले हालै दुइवटा नेपाली गित बजारमा ल्याएका थिए। ‘हिमाल हल्लाउन सक्छु’ र ‘तिम्रो कम्मर कति छ मैया’ नामक गितले युट्युवमा राम्रै दर्शक बटुलेको छ।
तिनै पुरीले अब नेपाली फिल्म निर्माण गर्ने भएका हुन्। फिल्मको नाम अझै फाइनल नभइसकेको र ३ महिना देखि कथामा काम भइरहेको पुरीले बताएका छन्।
यो नेपाली कथानक फिल्मको लागि उनले सोनी टेलिभिजनमा प्रसारण हुँदै आएको कार्यक्रम क्राइम पेट्रोलमा सहायक निर्देशक रहेका राज केपीलाई निर्देशनको जिम्मा दिने भएका छन्।
पहिलो फिल्म ‘मेन्टल’बाट अभिनयको लागि प्रशंसा बटुलेका नवनायक प्रथम खड्कालाई अभिनेताको रुपमा फाइनल गरिएको उनले बताए।
यो फिल्ममा संगित अर्जुन पोखरेलले दिनेछन्। फिल्मको वैशाख १५ गतेबाट सुटिङ सुरु हुने बताइएको छ। फिल्मको लागि नायिकालगायत अन्य कलाकार चाडै नै अडिसनबाट फाइनल हुने छन्।
फिल्मको अमेरिकामा भव्य प्रिमियर शो राखिने पुरीले योजना बनाएका छन्।
यो पढ्नुस।
फ्रान्सकी युवती यस वर्षकी विश्व सुन्दरी, हेर्नुस् १० तस्बिर
The post अमेरिका बस्दै आएका सुवास पुरी नेपाली फिल्म निर्माण गर्दै appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kLtroe
via IFTTT
१७ माघ, एजेन्सी।
यस वर्ष फिलिपिन्सको राजधानी मनिलामा आयोजित ६५ औं विश्व सुन्दरी प्रतियोगीतामा फ्रान्सकी युवती आइरिस मित्तेराँ विजयी भएकी छिन् । सो प्रतियोगीतामा विश्वका छयासी देशका सुन्दरीहरु सहभागी थिए ।
दन्त चिकित्सा विषयमा फ्रान्समा अध्ययनरत तेइस वर्षिया विद्यार्थी तथा मोडेल मित्तेराँले पचासी जना सुन्दरी प्रतिद्वन्दीहरुलाई पछि पार्दै सन् २०१७ को विश्व सुन्दरी (मिस युनिभर्स) उपाधि हात पार्न सफल भएकी हुन् ।
राजधानी मनिलाको एसिया एरिना मलमा आयोजित उक्त प्रतियोगीताको अन्तिम दिन उनलाई गत वर्षकी विश्व सुन्दरी, फिलिपिन्सकै पिया उर्जब्याचले मिस युनिभर्सको शिरताज पहिराइ दिइन् ।
उत्तरी फ्रान्सको एउटा सानो नगर – लिली निवासी सुन्दरी मित्तेराँले आयोजकका तर्फबाट स्टिभ हार्भेले सोधेका एक सामान्य प्रश्नको उत्तरमा यस प्रतियोगीतामा आफू प्रथम वा द्वितिय वा तृतिय जुनसुकै स्थानमा पर्न पाए पनि हर्षले गद्गद् हुने बताएकी थिइन्, तर प्रथम स्थान नै उनको पोल्टामा पर्यो ।
सो प्रतियोगीतामा हैटिकी पच्चीस वर्षीया सुन्दरी राकेल पेलिसियर दोश्रो स्थान (फस्र्ट रनर–अप) मा र कोलम्बियाकी तेइस वर्षीया सुन्दरी एन्ड्रिया टोभार तेश्रो स्थान (सेकेण्ड रनर–अप) मा विजयी हुन सफल रहे ।
द्वितीय स्थानमा रहन सफल सुन्दरी राकेलको गृह नगर सन् २०१० मा हैटिमा आएको महाभूकम्पमा परेर ध्वस्त भए ता पनि उनी जीवित रहन सफल रहेकी थिइन् ।
The post फ्रान्सकी युवती यस वर्षकी विश्व सुन्दरी, हेर्नुस् १० तस्बिर appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kKqzIu
via IFTTT
सुन्दरताको मुख्य कडी व्यवहार हो। शारिरीक रुपरेखा र सुन्दरता त केवल क्षणिक हुन। सूचना प्रविधिको यो २१ औँ शताब्दीमा भने शारिरीक सुगठनलाई बढी महत्व दिने गरेको पाइन्छ। अझ मोडलिङ र फेसनको जरामा जकडिएको वर्तमान विश्वमा देखावटीपनलाई नै सुन्दरता भनी अर्थाइने गर्छ। यहाँ यस्तै ८ सेलेब्रेटीको बारेमा बताइएको छ जो आफ्ना अस्वभाविक अंगको कारण चर्चामा आए।
रियालिटी स्टार किम कार्दशियनलाई अहिले कसले नचिन्ला। उनको चर्चा किन भएको होला भनि खोज्दै जानुस् तपाईले कुनै ठोस कारण भेट्नुहुन्न। उनको शरिरको अंगको कारण नै विश्वव्यापी चर्चा पाइन। भन्नुपर्दा, उनको पुठ्ठोले नै उनलाई चर्चाको शिखरमा उचाल्यो। उनले आफ्नो ‘बट’लाई अझ आकर्षित बनाउन अनेकौ सर्जरी समेत गराइसकेकी छिन्।
क्रिस्टिना हेड्रिक्स
रातो कपालको अलावा क्रिस्टिना आफ्नो वक्षस्थलको कारण चर्चामा आएकी हुन।
काइली जेनरकिमकी बहिनी काइलीपनि आफ्नी दिदी झै चर्चित छिन्। तर उनको चर्चाको कारण ‘बट’ होइन। उनी ओठलाई लिएर चर्चामा आउने गर्छिन्। विभिन्न इन्जेक्सन लगाएर ओठको आकार ठूलो बनाएको चर्चा हुने गरे पनि काइलीले त्यसलाई अफवाह बताउँदै आएकी छिन्।
कारा डेलेविंगने
यी सुपरमोडल आफ्नो आँखीभौको कारण चर्चित छिन्।
सिन्डी क्रोफोर्ड
आफ्नो ओठमाथीको कोठीको कारण सिन्डीको चर्चा हुने गर्छ।
केट अप्टन२२ वर्षकी यी मोडलको ‘क्लिभेज’लाई लिएर चर्चा हुने गर्छ। तर केट भन्ने गर्छिन्, उनलाई सधै साना स्तनको चाहना थियो।
जुलिया रोबर्टस्
मोडलिङ सुरु भएदेखि नै जूलियाको मुस्कानलाई लिएर चर्चा हुने गर्छ।
माइली साइरस
आफ्नो शरिरको कारण चर्चामा आउने माइली चर्चामा रहन विभिन्न विवादित हर्कत पनि गरिरहन्छिन्।
यो पढ्नुस्।
नदेखाउनु पर्ने सबै देखाइन, एकतालाई लगाएकै लुगाले धोका – तस्बिरहरु
मलेसियामा नाच्दै लुगा खोल्दै नेपाली मोडल (भिडियो)
The post कसैको स्तन त कसैको पुठ्ठो, अस्वभाविक अंगका कारण चर्चामा आएका ८ सेलेब्रेटी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2jlwsPY
via IFTTT
१७ माघ, एजेन्सी।
फ्रान्सकी आइरिस मितेनएरीले ६५ औँ मिस यूनिभर्स २०१७ को ताज जितेकी छिन्। पूर्व मिस युनिभर्स पिया वुट्सबाखले उनलाई यो ताज पहिराइन। ६३ वर्ष पछि फ्रासले मिस युनिभर्सको ताज फेरी जितेको हो।आइरिस डेन्टिस्ट पढ्दैछिन्। खाना पकाउन उनलाई ज्यादै मनपर्छ।
प्रतियोगितामा फर्स्ट रनरअप मिस हैटी र सेकेन्ड रनरअप मिस कोलम्बिया भइन।
The post मिस फ्रान्सले जितिन मिस यूनिभर्सको ताज appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2k7GEIT
via IFTTT
काठमाडौं । कानुनले तोकेको समयभित्र वार्षिक लेखा परीक्षणको प्रतिवेदन निर्वाचन आयोगमा नबुझाउने राजनीतिक दलले निर्वाचनमा भाग लिन नपाउने भएका छन् । निर्वाचन आयोगमा हाल १११ वटा राजनीतिक दल दर्ता भए पनि वार्षिक लेखा परीक्षणको प्रतिवेदन आयोगमा बुझाउने दलको सङ्ख्या भने न्यून छ । यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ। संविधानसभाबाट जारी नेपालको संविधानले यस्तो व्यवस्था गरे पनि कतिपय दललाई यसबारे सामान्य जानकारीसमेत नभएको पाइएको छ । लोकतन्त्र र आर्थिक पारदर्शिताका ठूलाठूला नारा दिने दलहरूले पनि कानुनले तोकेको अवधिमा वार्षिक आयव्ययको विवरण बुझाएका छैनन् । व्यवस्थापिका–संसद्मा रहेका र नरहेका गरी झण्डै तीन दर्जन दलले समयमै विवरण नबुझाउँदा प्रत्येक दलले एक–एक सय रुपियाँ जरिवाना तिर्नुपर्ने भएको छ । तीन वर्षसम्म जरिवाना नतिर्ने दल खारेज गर्ने हालको कानुनी व्यवस्था छ । जरिवानाको रकम ज्यादै न्यून हुँदा हेपाहा प्रवृत्ति हावी भएको देखिन्छ । व्यवस्थापिका–संसद्बाट माघ १२ मा पारित ‘निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक’मा भनिएको छ, ‘‘आयोगले तोकेको जरिवाना छ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुने गरी बढीमा छ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्नेछ । ’’ यही व्यवस्था अनुसार आयोगले धेरै दल खारेज गरेको छ र हाल बहालवाला एक मन्त्रीको दल समाजवादी जनता पार्टी खारेज भइसकेको छ । आयोगमा दर्ता रहेका १६९ दलमध्ये नेपालको संविधानको धारा २६९ अनुसार आयोगमा ११० दल मात्रै दर्ता हुन आएका थिए । तीमध्ये ८० वटाले मात्रै वार्षिक आयव्यय विवरण बुझाएका छन् । आयोगले कात्तिकमा संविधानअनुसार दल दर्ताका लागि आह्वान गरेको थियो । त्यसपछि आयोगमा ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल दर्ता भएपछि अब दलको संख्या १११ पुगेको छ । वर्तमान संविधान जारी भएपछि संविधानको धारा २६९ अनुसार दर्ता भएका दलले अब हुने निर्वाचनमा संविधानको धारा २७१ अनुसार पुनः दर्ता हुनुपर्ने व्यवस्था छ । संविधानको धारा २६९ अनुसार दर्ता भएका ३१ वटा दलले पनि आयव्यय विवरण बुझाएका छैनन् । त्यसमा व्यवस्थापिका–संसद्मा रहेका पाँच दलले समेत समयमै आव २०७२र७३ को आयव्यय विवरण बुझाउन सकेनन् । आर्थिक वर्ष समाप्त भएको छ महिना अर्थात् पुस मसान्तसम्म दलहरूले वार्षिक आयव्यय विवरण आयोगमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ । पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी नेपालका १० नारामध्ये ‘नयाँ शक्तिको मुख्य पहिचान, पारदर्शिता–सदाचार–सुशासन’ एउटा हो । यो दलले नै समयमा आयोगमा वार्षिक आयव्यय विवरण नबुझाउँदा एक सय रुपियाँ जरिवाना तिर्नुपर्ने भएको छ । एक सय रुपियाँ जरिवाना तिर्ने ३१ दलको सूचीमा नयाँ शक्ति नेपालको नाम १२औँ नम्बरमा छ । जरिवाना गरिएका ३१ दल नेपालको संविधानको धारा २६९ अनुसार निर्वाचन आयोगमा दर्ता भएका र कानुनले तोकेको समयमा निर्वाचन आयोगमा वार्षिक आयव्यय नबुझाउने दलहरूमा सङ्घीय समाजवादी फोरम नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९थरुहट०, मधेसी जनअधिकार फोरम ९गणतान्त्रिक०, दलित जनजाति पार्टी नेपाल र नेपाली जनता दल छन् । यसैगरी आयोगमा दर्ता भएका तर ढिलो विवरण बुझाएका दलहरूमा राष्ट्रिय जनएकता पार्टी, चुरेभावर राष्ट्रिय पार्टी र हाम्रो पार्टी छन् । जरिवानामा परेका अन्य दलमा गान्धीवादी पार्टी नेपाल, राष्ट्रिय मधेस बहुजन समाजवादी पार्टी, नेपाली ग्रिन्स पार्टी, आधुनिक नेपाल पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनएकता पार्टी, मातृभूमि नेपाल पार्टी, नेपाल नागरिक पार्टी, शान्ति पार्टी नेपाल, दलित जनजाति पार्टी नेपाल, नागरिक समाजवादी पार्टी, नेपाल सुकुमबासी पार्टी ९लोकतान्त्रिक०, नेपाल न्यायिक दल छन् । यसैगरी जनता दल नेपाल, राष्ट्रिय चुरे भावर पार्टी, श्रमिक जनता पार्टी नेपाल, नेपाल प्रजातान्त्रिक प्रगतिशील पार्टी, नेपाल वाद, नेपाली काँग्रेस राष्ट्रवादी, हिन्दु प्रजातान्त्रिक पार्टी, युवा नेपाल पार्टी, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल, राष्ट्रिय जनता दल नेपाल र लोककल्याणकारी जनता पार्टी नेपाल छन् ।
The post यी हुन् लेखा परीक्षणको प्रतिवेदन नबुझाउने राजनीतिक दल ! होला त कारबाही ? appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2kDNuG1 via IFTTT
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल चौतर्फी दबाब र असहयोगकै बाबजुद पनि यसै साता स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने अन्तिम तयारीमा जुटेका छन्। १५ माघभित्रै निर्वाचनसम्बन्धी संसद्मा विचाराधीन कानुन पारित गराएर निर्वाचन घोषणा गर्ने तयारीमा जुटेका प्रधानमन्त्री दाहाल आजसम्म आवश्यक कानुन पारित गराउने र आजै सत्तारूढ नेपाली कांग्रेस र संयुक्त मधेसी मोर्चासँग वार्ता गरी सम्भव भए मंगलबार नभए केही दिनभित्रै निर्वाचन मिति घोषणा गर्ने तयारीमा छन्। यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ। स्थानीय विकास तथा संघीय मामिलामन्त्री हितराज पाण्डेले सरकारले देशलाई निर्वाचनमा लैजान आवश्यक सबै पहल अगाडि बढाइरहेको भन्दै यसै साता बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा हुने दाबी गरे। प्रधानमन्त्रीको सचिवालयले सोमबारसम्म निर्वाचनसम्बन्धी आवश्यक कानुन पारित भइसक्ने सम्भावना रहेको भन्दै सहमति जुटेको खण्डमा मंगलबार नै निर्वाचन मिति घोषणा गर्ने तयारी भइरहेको जनायोे।‘अहिले नै यो दिन मिति घोषणा हुन्छ त नभनौं, सोमबारसम्म आवश्यक निर्वाचन कानुन पारित भइसक्ने र निर्वाचनका लागि सहमति जुटेमा मंगलबार नै पनि निर्वाचन मिति घोषणा हुन सक्छ, नभए यसै साता निर्वाचन मिति घोषणा हुन्छ र देश निर्वाचनमा जानेछ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘प्रधानमन्त्री अहिले यसैमा सहमति जुटाउन अन्तिम प्रयास गरिरहनुभएको छ।’ प्रमुख प्रतिपक्षी नेकपा एमालेले चाँडो निर्वाचन मिति घोषणा गर्न माग गरिरहेको छ। यस्तै, नेपाली कांग्रेस पनि निर्वाचन मिति घोषणाको पक्षमा उभिएको छ। तर, सरकारलाई समर्थन गरिरहेको मधेसी मोर्चाले भने संविधान संशोधन विधेयक पारित भएपछि मात्रै निर्वाचन मिति घोषणा गर्नुपर्ने अडान राख्दै आएको छ। स्थानीय विकासमन्त्री पाण्डे भने निर्वाचन गर्न मोर्चासहित सबै दल सहमत भएको र संविधान संशोधन विधेयक पनि प्रक्रियामा रहेकाले निर्वाचन मिति घोषणामा सबैको सहमति हुने बताउँछन्। प्रधानमन्त्री दाहालले मोर्चालाई पनि निर्वाचन मिति घोषणा गर्न सहमति जुटाएर मिति तोक्ने तयारी गरेका छन्। दाहालले निर्वाचन मिति घोषणाका विषयमा सोमबार मोर्चाका नेताहरूलाई बालुवाटारमा बोलाएका छन्। मोर्चासँगको वार्ताअघि नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल हुने बताइएको छ। त्यसपछि पुनः त्रिपक्षीय छलफल गरेर निर्वाचनको मिति टुंगो लगाउने सोचमा प्रधानमन्त्री रहेका छन्। निर्वाचन मितिकै विषयमा आइतबार प्रधानमन्त्री दाहाल र प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवबीच भेटवार्ता भएको छ। भेटमा प्रधानमन्त्रीले सरकार निर्वाचन मिति घोषणाको अन्तिम तयारीमा रहेको जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहालले प्रमुख आयुक्त यादवलाई वैशाख अन्तिमसम्म निर्वाचन गर्ने गरी मिति घोषणाको तयारी भइरहेको जानकारी दिँदै निर्वाचनका लागि सरकारले निभाउनुपर्ने भूमिकाका विषयमा सुझाव मागेका थिए। भेटमा प्रमुख आयुक्त यादवले प्रधानमन्त्री दाहाललाई निर्वाचनसम्बन्धी कानुन प्राप्त गर्नासाथ आयोगले आफ्नो काम अगाडि बढाउने अवगत गराएका थिए। प्रधानमन्त्री दाहालले पनि निर्वाचन कानुन पारित गराउन आफूले सक्दो पहल गरिरहेको भन्दै आजभोलि नै आवश्यक सबै कानुन पारित हुने बताएका थिए। यसअघि नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रबीच १५ माघभित्र स्थानीय चुनावको मिति घोषणा गर्ने समझदारी भएको थियो।
The post यसै साता स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने अन्तिम तयारीमा सरकार appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2khNBte via IFTTT
१७ माघ, एजेन्सी।।
चिनियाँ नयाँ वर्षको अवसर पारेर नेपाली कलाकार टोलीले मलेसियामा आोयजना गरेको युनिक सांस्कृतिक धमाका ४ मा कलाकारले धमाका गरेका छन्। धमाका यो अर्थमा कि नाच्दै गरेकी मोडल रिया श्रेष्ठले कपडा समेत खोल्न भ्याएकी छिन्।
नृत्य र कार्यक्रमको सम्यता बिर्सेर प्रस्तुतीमा उत्रेकी उनका उत्तेजक नृत्यका भिडियो अहिले युट्युबमा भाइरल बनेको छ।
एक भिडियोमा चर्चित हास्यकलाकार शुलेमान शंकर ‘इकु’ पनि उनीसंगै नृत्यमा सहभागी देखिन्छन्।
The post मलेसियामा नाच्दै लुगा खोल्दै नेपाली मोडल (भिडियो) appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kIInaV
via IFTTT
१७ माघ काठमाडौं । नेपाली रजतपटकी सुन्दरी नायिकाका रुपमा मानिएकी निशा अधिकारीको रुपमा प्रिन्सिपलदेखि पिउनसम्म लठ्ठिएपछि हैरान भएकी छन् ।
शिक्षिका बनेकी निशाको रुपमा प्रिन्सिपल त लठ्ठिए – लठ्ठिए पियन पनि मोहित भएर पछि लागेकाले हैरानी भएको हो । तर, चलचित्रको रंगिन दुनियाँ चटक्कै छोडेर शिक्षिका बनेकी भने होइनन् । चलचित्र ‘कुम्भकर्ण’ मा उनले शिक्षिकाको अभिनय गरेकी हुन् ।
यसैगरी उनको रुपमा लठ्ठिने साच्चैका प्रिन्सिफ र पियन होइनन् फिल्मकै कलाकार हुन् ।
प्रदर्शनको मिति फिक्स नभएकनै टिजर सार्वजनिक गरिएको ‘कुम्भकर्ण’ मा निशाबाहेक गौरव पहाडी, भोला सापकोटा र अभय बरालको मुख्य भूमिका रहेको छ ।
दीपक ओलीले निर्देशन गरेको यो फिल्ममा आकास पल, कुलदीप अधिकारी, कमल गाँउले, प्रतिभा क्षेत्रीलगायतलाई पनि दर्शकले देख्न पाउनेछन् ।
आकास पलको प्रस्तुतीमा तयार भएको यो फिल्मलाई क्षितिज बस्नेतले निर्माण गरेका हुन् ।
The post प्रिन्सिपलदेखि पियनसम्म निशाको पछि लाग्दा . . . appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kDNXbh
via IFTTT
काठमाडौं। राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी देवयानी राजनीतिमा सक्रिय हुने भएकी छिन् । राप्रपाको दोलखा जिल्ला समितिअन्तर्गत शैलुंगेश्वर गाउँ इकाइ समितिले ६ माघमा देवयानीलाई जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि बनाएको छ । बाबुले सिन्धुपाल्चोकलाई आधार मानेर राजनीति गरिरहेका वेला छोरी देवयानीले भने दोलखालाई आधार बनाउन लागेकी हुन् । गाउँ इकाइ समितिको भेलामा भने देवयानी शैलुंगेश्वर गइनन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।
‘हाम्रो गाउँ इकाइ समितिले उहाँलाई क्षेत्रीय प्रतिनिधि बनाएको छ, अब उहाँ जिल्ला प्रतिनिधि बन्नुभयो भने राप्रपाको महाधिवेशनमा सहभागी हुने बाटो खुल्नेछ,’ राप्रपाका केन्द्रीय सदस्य शोभित उप्रेतीले आइतबार नयाँ पत्रिकासँग भने, ‘त्यसपछि उहाँ सक्रिय राजनीतिमा आउने सम्भावना रहन्छ ।’ जिल्ला अधिवेशनमा पनि देवयानी दोलखा जाने–नजाने यकिन छैन । देवयानी हाल काठमाडौंमै छिन् । उप्रेती राणानिकट हुन् । ६ माघमा भएको गाउँ इकाइ समितिको भेलाले देवयानीलाई इकाइ सदस्यमा पनि निर्वाचित गरेको छ । क्षेत्रीय प्रतिनिधिमा देवयानीसँगै उप्रेती, भोजराज आचार्य, मन्दा थपलिया, आपूर्वा शेर्पा र जगतबहादुर तामाङ चयन भएका छन् ।
छोरीलाई राजनीतिक उत्तराधिकारी बनाउन चाहन्छन् राणा
राप्रपामा तत्कालीन अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर र नाति सिद्धार्थ, तत्कालीन अध्यक्ष लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त, राप्रपाका पूर्वनेता केशरबहादुर विष्टका छोरा विराज, पूर्वसहअध्यक्ष पद्मसुन्दर लावतीका छोरा सगुन पनि राजनीतिमा सक्रिय छन् । ‘देवयानी राजनीतिमा आउन खोज्नुमा निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाको प्रमुख भूमिका स्वाभाविक हो, उहाँले छोरीलाई राजनीतिमा स्थापित गरेर आफ्नो उत्तराधिकारी बनाउन चाहनुभएको छ,’ राणानिकट अर्का केन्द्रीय सदस्यले नयाँ पत्रिकासँग भने । देवयानीले संविधानसभाका दुवै निर्वाचनमा सिन्धुपाल्चोक पुगेर प्रचारप्रसार गरेकी थिइन् ।
दरबार हत्याकाण्डमा चर्चित थिइन् देवयानी
देवयानी १९ जेठ ०५८ मा भएको नारायणहिटी हत्याकाण्डपछि तत्कालीन युवराज दीपेन्द्र शाहकी प्रेमिकाका रूपमा चर्चामा थिइन् । नारायणहिटी काण्डमा उनका प्रेमी दीपेन्द्रसहित तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार धीरेन्द्रलगायतको निधन भएको थियो । उक्त घटनापछि विरक्तिएकी देवयानीले पाँच वर्षपछि १० फागुन २०६३ मा भारत मध्यप्रदेशका राजपरिवार सदस्य ऐश्वर्य सिंहसँग विवाह गरेकी थिइन् । पारिवारिक स्रोतका अनुसार नयाँदिल्लीस्थित युएनडिपीमा जागिरे रहेकी उनको पछिल्लो समय श्रीमान्सँग सम्बन्ध सुमधुर नरहेको चर्चा परिवारमाझ छ । उनी नयाँदिल्लीमा बस्दै आएकी छिन् ।
जसका छोरा–नाति राजनीतिमा सक्रिय
राप्रपामा तत्कालीन अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर र नाति सिद्धार्थ, तत्कालीन अध्यक्ष लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त, राप्रपाका पूर्वनेता केशरबहादुर विष्टका छोरा विराज, पूर्वसहअध्यक्ष पद्मसुन्दर लावतीका छोरा सगुन पनि राजनीतिमा सक्रिय छन्
The post तत्कालीन युवराज दीपेन्द्र शाहकी प्रेमिका देवयानी राणा राजनीतिमा सक्रिय appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2kJmQuE via IFTTT
१६ माघ, एजेन्सी ।
बलिउड बक्स अफिसमा अभिनेता ऋतिक रोशन र शाहरुख खानबीच प्रतिस्पर्धा जारी छ । ऋतिकले खानलाई कडा टक्कर दिइरहेका छन् । पहिलो दिनको तुलनामा दोस्रो दिन ऋतिकको ‘काबिल’ले ८० प्रतिशत बढी कमाई गर्यो ।
यद्यपी, चार दिनको कमाईलाई तुलना गर्ने हो भने ‘रईस’ अहिले पनि ‘काबिल’भन्दा माथि नै छ ।
ट्रेड एनालिस्टको ट्विट अनुसार, रिलिजको चौँथो दिन ‘रईस’ले १५.६१ करोड भारु कमाई गर्यो भने चार दिनमा कुल ७५.४४ कराड भारु व्यापार गरेको छ । त्यस्तै ‘काबिल’ले शनिवार १३.५४ करोड व्यापार गरेको छ भने यसले अहिलसम्म जम्मा ५२.४१ करोड भारुको व्यापार गरेको छ ।
फिल्म ‘रईस’ टिमले फिल्मलाई दर्शकले मन पराएको र सफलता पाएको खुशीयालीमा सोमबार ‘सक्सेस पार्टी’ राख्ने भएको छ । यद्यपी, सक्सेस पार्टीमा मदिरा नभित्र्याइने बताइएको छ । ‘रईस’को प्रभावी संवाद, एक्सन र संगीतले आफ्नो सफलताको छाप छोडेको फिल्म टिमको ठम्याई छ ।
लामो बिदा भएकाले फिल्मको व्यापार विस्तारै बढ्दै गएकाले चाँडै १०० करोड क्लबमा ‘रईस’ सहभागी हुने टिमले आशा राखेको छ । यि दुवै फिल्म गत २५ जनवरीबाट एकसाथ प्रदर्शनमा आएका हुन् । फिल्मको प्रतिपस्र्धालाई लिएर लामो समयसम्म चर्चा बटुलिरहेको छ ।
The post कति कमाउँदै छन् संगै भिडेका ‘काबिल’ र ‘रईस’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kB7f0S
via IFTTT
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2jKbUg3
१६ माघ, एजेन्सी ।
आफ्नो अगामी चलचित्र पद्मावतीको सुटिङका लागि जयपुरस्थित जयगढ किल्लामा रहेका फिल्म निर्माता तथा निर्देशक सञ्जय लिला भन्सालीको करणी सेनाका कार्यकर्ताहरुले फिल्मको सेट तोडफोड गरेका छन् । यस अवधिमा भन्सालीलाई थप्पड पनि लगाएका छन् ।
तोडफोड तथा थप्पड हान्नुको कारण –
पद्मिनी भनेर पनि चिनिएकी रानी पद्मावती चितौइगढकी रानी थिइन् । भनिन्छ, खिलजी वंशका शासक अलाउद्दीन खिलजीले पद्मावतीलाई पाउन चाहान्थे, तर जब रानीलाई यो कुरा थाहा भयो, उनी आगोमा हाफ फालेर मरिन् । तर, भंसालीले खिलजी र पद्मावतीलाई केन्द्र बनाएर फिल्मको काहानीमा रानी पद्मावतीलाई अलाउद्दीन खिलजीको प्रेमिका बनाएका थिए । खिलजीको सपनामा पद्मावतीसँग गरेको प्रेम रोमान्सलाई फिल्मी बनाउने कुरा बाहिरियो ।
भंसालीलाई करणी सेनाको चेतावनी – यता राजपूत करणी सेनाका कार्यकर्ताले शनिवार फेरि चेतावनी दिएका छन् । उनीहरुले यदि रानी पद्मावतीको इतिहासलाई बंग्याउँने काम गरेमा, न त फिल्म सुटिङ गर्न दिइने न त पर्दामै आउने दिइने चेतावनी दिएका छन् । कार्यकर्ताले भनेका छन्, ‘पद्मावती हाम्रो गौरव हो, राजपूतलाई आफ्नो पूर्वजलाई लिएर देखाइएको अश्लिलता सहन हुँदैन । अलाउद्दीन–पद्मिनीलाई प्रेमी–प्रेमिकाको रुपमा नदेखाइयोस् ।’ यस सम्बन्धमा गत सेप्टेम्बरमै सञ्जय लीला भंसालीलाई पत्र लेखेर इतिहासलाई गलत तरिकाले नदेखाउन भनेका थिए ।
यो घटनापछि भन्सालीे राजस्थानमा फिल्मको सुटिङ नगर्ने निर्णयमा पुगेका छन् । उनी मुम्बईमै सेट लगाएर फिल्म निमार्ण पुरा गर्ने बताएका छन् । अर्कातिर, भंसालीमाथि भएको आक्रमणपछि बलिउडमा हलचल नै मच्चिएको छ । विभिन्न निर्देशक, अभिनेता तथा अभिनेत्रीले सामाजिक सञ्जालमा करणी सेनाप्रति आलोचना पोखिरहेका छन् ।
The post यसकारण हानिएको रहेछ भन्सालीलाई थप्पड appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2jE836L
via IFTTT
१६ माघ, काठमाडौं । चलचित्र ‘छक्का पञ्जा’ ले व्यपारमा ऐतिहासिक सफलता पाएको छ । चलचित्रले सय दिन मनाइरहँदा पनि यसै फिल्मकी एक नायिकाको ओठमा मुस्कान छाउँनसकेको छैन ।
चलचित्र ‘छक्का पञ्जा’ सय दिन मनाउँदा यसका निर्माताको खल्तीमा १६ करोड सुरक्षित भइसकेको बताइन्छ । कुनै पनि कलाकारलाई चलचित्र ‘हिट’ हुनु सुखद् हुन्छ । झन ‘छक्का पञ्जा’ का अन्य कलाकारका त कुरै छाडौ कसैको भूइमा खुट्टा छैनन् भन्दा अन्यथा हुँदैन ।
तर, यसै फिल्ममा देखिएकी नायिका नम्रता सापकोटालाई भने यो ‘कागलाई बेल पाक्यो हर्ष न विष्मात’ झैं भएको छ । हुन पनि चलचित्रमा स्टार कलाकारहरू प्रियंका कार्की, वर्षा राउतका अघिल्तिर नम्रतालाई कसले पुछोस् ।
चलचित्रमा नम्रताको छोटो भूमिका छ । हास्य कलाकार जितु नेपालकी गर्लफ्रेण्डका रुपमा देखिएकी नमैताको डायगल छ ‘मलाई तिम्रो टुप्पी मन पर्छ ।’ नम्रताको नेपाली रजतपटको यात्रा भने यो पहिलो होइन् । यसअघि ‘अन्तराल’ र ‘ब्रासलेट’लगायतका चलचित्रका अभिनय गरिसकेकी छन् । तर, हिट भएको भने यही ‘छक्का पञ्जा’ मात्र हो ।
यस चलचित्रमा उनले खासै चर्चा नपाए पनि आसा गरौं आगामी दिनमा उनले पक्कै नाम र दाम पाउनेछिन् ।
The post फिल्म ‘सुपर हिट’ यी नायिका शून्य ? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2jDdaUI
via IFTTT
एजेन्सी ।
बच्चन परिवार पुरै बलिउड उद्योगको एक उदाहरणको रुपमा मानिन्छ । यदि यो परिवारका सदस्यबीच फाटो आएको कुरा बाहिर आयो भने प्रायले विश्वास नै गर्दैनन् । कुनै समय बच्चन परिवारको सबैभन्दा नजिक भनेर चिनिएका अमर सिंहले फेरि एक पटक अचम्म लाग्दो तथ्य बाहिर ल्याएका छन् ।
अमर सिंहका अनुसार, अमिताभ बच्चन र जया बच्चनको सम्बन्धमा फाटो आएको छ र दुवै अलग बस्छन् । हालै एक अन्तरवार्ताको क्रममा अमर सिंहले सो कुराको खुलासा गरे । उनले भने, ‘बच्चन परिवारको हरेक झगडाको पछि मेरो हात रहेको आरोप लगाउँछन् ।’ अमर सिंहले अन्तरवार्तामा भने, ‘अमिता र जयामध्ये एक जलसामा बस्छन् ।’
यति मात्रै होइन अमर सिंहले जया र ऐश्वर्याको बिग्रेको सम्बन्धको बारेमा पनि बोले । त्यसो त यो पहिलो पटक होइन, निकट मानिएका अमर सिंहले बच्चन परिवारको बारेमा बालेको । तर, सबैभन्दा अचम्म मान्नुपर्ने कुरा के छ भने अमर सिंहले बोलेको कुनै पनि विवादित बिषयमा जया र अमिताभ केही पनि खुलेर बोल्दैनन् । यसले अमर सिंह साँचो बोल्छन् भन्ने बुझाउँछ ।
केही समयअघि भारतमा मासुजन्य खाद्यपदार्थ बन्द गरिएको विवाद चलिरहेका बेला अमर सिंहले जया बच्चन मांसहारी हो र उनी विदेश गएर सुँगुरको मासु खाने गरेको बताएका थिए ।
‘दो अजनाने’ फिल्मको सुटिङका क्रममा रेखा र अमिताभबीच प्रेम रहेको कहानीले जंगल तातेको थियो । त्यस समय जयाले भनेकी थिइन्, ‘मेरो पछाडि के गरिरहेका हुन्छन्, त्यो उनीहरुको कमजोरी हो । तर, मैले जोसँग बिहे गरेको छु मैले उसलाई सहनु मेरो काम हो ।’ यो विवादपछि धेरै समयसम्म अमिताभ–जयासँगै देखिएनन् ।
त्यसपछि, बुहारी ऐश्र्वयको कामलाई लिएर एक पटक फेरि अमिताभ–जयाबीच मनमुटाव उत्पन्न भयो । जयालाई ऐश्वर्याले काम गरेको मन परेको थिएन तब अमिताभले भने साथ दिए । यस्तै, नातिनी नव्या नवेलीको तस्विरलाई लिएर बोलेको कुरालाई लिएर ऐश्वर्या र जयाबीच मनमुटाव बढ्यो ।
यो साँचो हो, कि अरुको अगाडि अमिताभ र जयाले यस्तो नदेखाए पनि उनीहरुबिच मनमुुटाव चलिरहेकै हुन्छ । हिजोआज सभा–समारोहमा अमिताभ–जया एकसाथ देखिन गाह्रो पर्न थालेको छ । यो क्रम जारी छ, जसले उनीहरुबीच मनमुटाव रहेको देखिन्छ । अलग–अलग रहन्छन् भन्ने कुरा खबरको रुपमा आएको मात्रै हो, साँचो कुराको खुलासा उनीहरुबाट हुन बाँकी छ ।
The post अमिताभ – जया बच्चनको सम्बन्ध धरापमा ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kxaciW
via IFTTT
एजेन्सी । मानिसहरु आफ्नो ‘सेक्स लाइफ’को बारेमा कुरा गर्न मन पराउँदैनन्, तर बलिउड अभिनेत्री आलिया भट्ट यो बिषयमा खुलेर बोल्छिन् । आलियाले हालै दिएको एक अन्तरवार्ताका क्रममा आफ्नो मनपर्ने यौन आसनको बारेमा खुलेर बताइन् ।
आलियाले भनिन्, ‘मलाई ‘दि क्लासिक मिसिअनरी सेक्स पोजिसन’ अर्थात् परम्परागत यौन आसन मनपर्छ ।’ यो बाहेक ‘के तपाई आफ्नो प्रेमीको फोन चेक गर्नुहुन्छ ? भन्ने प्रश्नमा ‘मलाई मेरो ब्वाइफ्रेन्डको फोनको पासवर्ड थाहा छ’ भन्दै चेक गर्ने इशारा सहितको जवाफ दिइन् ।
आलिया चाँडै ‘भोग’ फेसन म्यागेजिनको फेब्रुअरी अंकको कभर फोटोमा देखिदैछिन् । जसको केही अंश उनले आफ्नो इस्न्टाग्राममा शेयर गरेकी छिन् । त्यस्तै, ‘कफि विद करण’ शोमा बरुण धवनको साथमा देखिँदैछिन् ।
यो पढ्नुस्।
सिआइएको रिपोर्ट: नेपाल, भारत र भुटानको आकाशमा ६ पटक यूएफओ
आफ्नै लुगाले आलियालाई धोका दिएपछि…
The post आलिया भट्टले खुलाइन् ‘फेभरेट सेक्स पोजिसन’ ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kEkKQN
via IFTTT
१५ माघ, एजेन्सी ।
१८ बर्ष पुरानो मुद्दाको सुनुवाईका लागि शुक्रबार सलमान खान, सैफ अली खान, नीलम कोठारी सोनाली बेन्द्रे र तब्बु जोधपुर अदालत पुगे । सन् १९९८मा ‘हम साथ साथ है’को शुटिङका क्रममा भएको शिकार मुद्दामा अपराधी बयानको सनुवाईका लागि उनीहरु अदालत पुगेका हुन् ।
अदालतमा सलमान खानलाई २८ मिनेटमा ६५ प्रश्न गरिएको थियो । ६५ प्रश्न सुनेपछि उनको जवाफ थियो, ‘हामी त्यहाँ ‘हम साथ साथ है’ फिल्मको शुटिङ गर्न गएका थियौँ । सुरक्षाका कारण बाहिर निस्कन असम्भव थियो । यस्तो अवस्थमा शिकारको प्रश्न नै उठदैन । गाउँलेले भने पछि समाचार पत्रमा छापियो, त्यसपछि झूटो प्रचार पाउनका लागि जंगल व्यवस्थापन निकायले म विरुद्ध मुद्दा दायर गर्यो । मसँग हतियार पनि थिएन । मेरा हतियारलाई पछि मात्रै प्रहरीले मुम्बाईबाट झिकाएका थिए । कालो हरिणको पोष्टमार्टम रिपोर्ट साँचो थियो, जसमा हरिणको प्राकृतिक मृत्यु भएको पुष्टि भएको थियो ।’
यो पढ्नुस्: श्रृष्टी र सौगात प्रेममा चुर्लुम्म !
अदालतले कांकाणीमा सुटिङमा जानुभएको थियो ? भन्ने प्रश्नमा सलमानले ‘हो’ जवाफ दिए । त्यस लगत्तै अदालको अर्को प्रश्न, ‘हरिणलाई सुट गर्नुभयो ?’ भन्ने प्रश्नमा सलमानले ‘होइन’ बोले, उनले भने ‘मेरो मतलब फिल्म सुटिङ थियो, म फिल्म सुटिङका लागि गएको थिए ।’
सलमानलाई सोधिएको धेरैजसो प्रश्न जंगल अधिकारीको जाँचको आसपास थियो । ५५ वटा प्रश्नको जवाफ ‘गलत’ भनी जवाफ दिए, भने बाँकी प्रश्नमा ‘थाहा भएन’ भनी जवाफ दिए । यसरी उनले आफू निर्दोष रहेको प्रमाणित गर्ने प्रयास गरीरहेका थिए ।
सलमान खानविरुद्ध जोधपुर अदालतमा हरिण शिकारसँग जोडिएका चार मुद्दा दर्ता भएका थिए । तीन मुद्दामा उनलाई सफाई दिइसकिएको छ । चौथो मुद्दा कालो हरिण शिकार सम्बन्धमा शुक्रबार सुनुवाई भएको हो ।
The post अदालतमा सलमानलाई ६५ प्रश्न, ५५ वटा उत्तर एउटै appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2jfQJGv
via IFTTT
१५ पुस, एजेन्सी।
गायक पशुपति शर्मा विकृति र विसंगिलाई चोटिलो शब्द र स्वर मार्फत व्यङ्ग्य गर्न खपिस छन् । देशमा बढ्दै गएको विकृत र विसङ्गतीलाई समावेश गरेर गायक पशुपति शर्माले ‘आईज ओइ काल…’ बोलको गीत बजारमा ल्याएका छन् ।
गायक शर्माले देशमा नियम कानुन भएर पनि प्रभावकारी नभएको कारण गरिबले दुःख पाएको बताउछन् । उनले नेपाली हेडलाइन्ससँग भने, ‘धनीलाई नियम कानुन नलाग्ने गरिबलाई मात्र नियम कानुन लाग्ने यस्तो पनि हुन्छ ?’
परिवर्तनको नाममा बन्द हडताल गर्ने नेता कुर्सीमा पुग्ने र पुनः जनतालाई नै दुःख दिने प्रचलन कायम रहेको बताउदै गायक शर्माले राजनीतिक दलहरुले देशलाई समृद्ध बनाउने सपना देखाएर लुटको खेती चलाइरहेको बताए ।
शर्मा भन्छन्–’नियम कानुनले नछोएपछि अब कालले नै लैजानुको विकल्प छैन, त्यही भएर नै यो गीत बजारमा ल्याएका हो ।’ देशमा विकृति विसंगति, भ्रष्टचार महंगी अनियमता बढेकोप्रति चिन्ता व्यक्त गर्दै उनले आम नागरिकको भावना समेटर समय सुहाउदो गीत मार्फत व्याङग्य गरेको बताए । अहिले देश बनाउनको सट्टा टुक्राटुक्रा पार्ने खेलमा लागेकोप्रति चिन्ता व्यक्त गर्दै उनले यस्तो गीत बजारमा ल्याएका छन । हेर्नुहोस भिडियो,
The post पशुपतिको प्रश्न– यत्रो बर्ष बिजुली बत्ती कसको मुखले खायो ? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kdxmxp
via IFTTT
काठमाडौँ । यो ‘रेड एन्ड हवाइट’ भवन राष्ट्रपति निवास हो। साढे चार वर्ष लगाएर बनाइएको शीतल निवासको यो अत्याधुनिक भवनमा राष्ट्रपति विद्यादेवी भण्डारी माघ ७ देखि बस्न थालेकी छन्। भूकम्पले क्षति पुगेपछि राष्ट्रपति प्रिफेव भवनमा बस्दै आएकी थिइन्। नयाँ भवन भूकम्प जानुअघिदेखि नै बनाउन थालिएको थियो। निवास बन्नुअघिसम्म राष्ट्रपति भवनमै अफिस र निवास थियो। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। राष्ट्रपति बस्नकै लागि यो भवन बनाइएको हो। अफिस भने पुरानै भवनबाट सञ्चालन हुनेछ। पुरानो भवन पछाडि बनाइएको निवासमा चार ब्लक रहेको इन्जिनियर महेश भट्टले बताए। जसलाई ए, बी, सी र डी नाम दिइएको छ। ए ब्लक सबैभन्दा ठूलो ५ तलाको छ। जसमा राष्ट्रपति बस्ने हो। अन्य तीन ब्लक दुई तलाका छन्। चारवटै ब्लकबीचमा राणाकालीन शैलीको ‘कोडयार्ड’ अर्थात् पार्टी हल छ। चारवटा ब्लकबाट घेरिएर बनेको हल साठी जना क्षमताको छ। त्यस अतिरिक्त बैठकका लागि अन्य तीनवटा हल छन्। निवासमा चारै दिशाबाट प्रवेशद्वार छ। पूर्व ढोकाबाट राष्ट्रपति मात्रै प्रवेश गर्ने व्यवस्था छ। उत्तर ढोकाबाट विदेशी पाहुना, दक्षिण ढोकाबाट नेपाली पाहुना र पश्चिम ढोकाबाट कर्मचारी छिर्ने व्यवस्था छ। राष्ट्रपति बस्ने ए ब्लकको भवन पूरै सेर वाल अर्थात् इँट्टाढुंगाको प्रयोग नगरी ढलानबाट बनाइएको हो। सुरक्षाका दृष्टिले यसरी बनाइएको प्राविधिकहरूको भनाइ छ। ब्लक बी, सी र डीमा बैंइकेट, बैठक, हेल्थ सर्भिसलगायत सुवधा छन्। राष्ट्रपतिको उपचार निवासमै गर्न सकिने व्यवस्था छ। एक निजी चिकित्सकका लागि आवाससमेतको व्यवस्था छ। सम्पूर्ण भवनको कन्ट्रोल ग्राउन्ड फ्लोरबाट गरिन्छ। अन्डर ग्राउन्डमा हेल्थ क्लब छ। जसमा जिम, सोना स्टिमदेखि सबै सुविधा उपलब्ध छ। अन्डर ग्राउन्डमा कोल्ड स्टोरको व्यवस्थासमेत छ। खासमा यसको प्रयोजन अर्कै छ। मुलुकमा कुनै आपतकालीन अवस्था परेमा राष्ट्रपतिलाई अन्डर ग्राउन्डमै बस्न मिल्ने र त्यहींबाट कार्यालय सञ्चालन गर्न मिल्ने डिजाइनमा बनाइएको हो। यसमा सेन्टर हिट प्रणाली जडित छ। भवनको डिजाइन इस्टवेस्ट इन्जिनियरिङले गरेको हो। भवन डिजाइनका लागि गरिएको प्रतिस्पर्धामा यो पहिलो भएको थियो। इस्टवेस्ट इन्जिनियरिङको डिजाइनमा तुन्डी समानान्तर जेवीले भवन निर्माण गरेको हो। भवन बनाउन साढे ६२ करोड रुपैयाँ खर्च भएको छ।
The post राष्ट्रपतिको नयाँ अत्याधुनिक निवास : ‘रेड एन्ड हवाइट’ appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2jfjcfD via IFTTT
काठमाडौँ । सहिद दिवसको अवसर पारेर नेपाली देशभक्त युवा समाजले इतिहासमै ठूलो राष्ट्रिय झन्डा सार्वजनिक गरिने जनाएको छ। राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष नारायणप्रसाद ढुङ्गानाले अहिलेसम्मकै ठूलो अर्थात् १० मिटर अग्लो र साढे सात मिटर चौडाइको नेपालको राष्ट्रिय झन्डा सार्वजनिक गरे। “करिब आठ किलो तौल भएको उक्त झन्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडाले बनाइएको छ, झन्डा आउँदो १६ गते सहिद दिवसका अवसरमा काठमाडौँको माइतीघर मण्डलामा फहराइने छ,” ढुङ्गानाले भने,नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेको उपस्थितिमा माइतीघर मण्डलामा आइतबार उक्त झन्डा फहराइने सो अवसरमा जानकारी गराइयो ।
The post अहिलेसम्मकै ठूलो अर्थात् १० मिटर अग्लो र साढे सात मिटर चौडाइको नेपालको राष्ट्रिय झन्डा सार्वजनिक appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2kw4UEg via IFTTT
१५, माघ । नायक सौगाल मल्ल श्रृष्टी श्रेष्ठसंगको प्रेममा चुर्लुम्म डुबेको बताएका छन् । उनले यसलाई शब्दमा व्यक्त गर्न नसकिने पनि बताएका छन् ।
केही समयअघि श्रृष्टी र सौगात हात समाउँदै फिल्म हलमा पुगेका थिए । उनीहरूवीच प्रेमालापका लागि दुवैले सिडिएमएको सिम प्रयोग गर्ने गरेको बताएका छन् ।
पूर्व मिस नेपालसमेत रहेकी श्रृष्टीले नायक अनमोलसंग चलचित्र ‘गाजलु’ मा अभिनय गरेकी थिइन् । चाडै ‘मुना एण्ड रोमियो’ नामक चलचित्रमा व्यस्त हुन लागेकी श्रृष्टीले यसअघि चलचित्र ‘लालपुर्जा’ मा सौगातसंगै काम गरेकी थिइन् । जुन चलचित्र आगामी वर्ष प्रदर्शनमा आउने भएको छ ।
श्रृष्टीअघि सौगातको मोडल सोनू केसीसंग चक्कर चलेको चर्चा थियो ।
The post श्रृष्टी र सौगात प्रेममा चुर्लुम्म ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2joftrr
via IFTTT
एजेन्सी । अभिनेता शाहरुख खानको भारतबाहिरका देशमा निक्कै राम्रो क्रेज छ । यसको प्रमाण ‘रईस’को व्यापारले देखाएको छ । ‘रईस’को पहिलो दिनको व्यापार भारत बाहिर राम्रो देखिएको छ ।
राहुल ढोलकियाको निर्देशन रहेको ‘रईस’ले पहिलो दिनको कमाईमा आमिर खानको ‘दंगल’लाई पछि छोडेको छ । यद्यपी, अहिलेसम्मको सबैभन्दा बढी कमाई गर्ने बलिउड फिल्म ‘दंगल’ बनेको छ । तर, विदेशमा पहिलो दिनको कमाईलाई हेर्दा ‘रईस’ले ‘दंगल’लाई जितेको छ ।
आंकडाको हिसाबले अमेरिकी बक्स अफिसमा ‘रईस’को पहिलो दिनको कुल कमाई ३,४७,६०३ अमेरिकी डलर व्यापार गरेको छ । त्यस्तै, ‘दंगल’ले पहिलो दिन ३,२८,२२७ अमेरिकी डलर व्यापार गरेको थियो । यस्तै, युकेमा शाहरुखको फिल्मले १,२६,०० पाउन्ड कमाएको छ भने, आमिरको ‘दंगल’ले १,२१,०० पाउन्ड कमाएको थियो ।
The post ‘दंगल’भन्दा अगाडि पुग्यो ‘रईस’को व्यापार ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2jlwIJX
via IFTTT
एजेन्सी । बलिउड कलाकार सलमान खान, सैफ अली खान, नीलम, तब्बु तथा सोनाली बेन्द्रे शुक्रबार जोधपुर अदातल पुगे । कालो हरिण शिकार मुद्दामा सलमान र उनका साथीहरुलाई अपराधी बयान सुनाइयो । सलमानलाई ६५ प्रश्न सोधिएको बताइएको छ । खबरअनुसार, सुनाई अवधिमा सलमानले भने, ‘मलाई पब्लिसिटीका लागि फसाइयो’ । आरोप सुनेपछि सलमान भने अदातलबाट बाहिरिए ।
१९९८ १ अक्टोबर राती जोधपुरमा फिल्म ‘हम साथ साथ है’को सुटिङ अवधिमा यो घटना भएको थियो । सलमानले जोधपुरको कांकाणीमा दुई कालो हरिणको शिकार गरेको आरोप छ । यस अवधिमा उनका सहकर्मी साथीहरु सैफ, सोनाली, नीलम र तब्बु पनि संलग्न रहेका थिए । यी व्यक्तिहरुले सलमानलाई शिकारका लागि उक्साएको थिए । यही मुद्दामा आज आरोप तयार हुनेछ ।
१८ बर्षदेखि चलिरहेको सुनुवाईपछि अदालतको तर्फबाट यी पाँचमाथि तयार गरिएको आरोप पालै–पालो सुनाइने छ । यदि यी कलकारले पाँचले आरोप नकारेको अवस्थामा अदालतले आफ्नो बचाउका लागि प्रमाण पेश गर्न सोध्ने छ । सबै आरोपीले आफ्नो प्रमाण पेश गर्न समय माग्नेछन् । त्यसपछि प्रमाण तथा बयानपछि अदालतले फैसला सुनाउँनेछ ।
सन् १९९८ मा हरिण शिकारको आरोपमा सलमानमाथि ४ मुद्दा दर्ता भएका थिए । सलमान खानलाई यसअघि १८ जनवरीका दिन हात–हतियार मुद्दामा सफाई मिलेको थियो । यस्तै, हरिण शिकार मुद्दामा सलमानबाहेक सैफअली, नीलम, तब्बु तथा सोनाली बेन्द्रे पनि आरोपी छन् ।
The post सलमान, सैफसहित पाँच कलाकार अपराधी बयान सुन्न अदालत पुगे appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2jlyScg
via IFTTT
१४ माघ, एजेन्सी ।
शाहरुख खानको चलचित्रले ‘रईस’ले ब्यापारमा ऋतिक रोशनको ‘काबिल’लाई पछाडी छोडेको छ। दुबै चलचित्र एक दिन सार्वजनिक भएका थिए ।
दोस्रो दिन सम्मको व्यापारमा ‘रईस’ले ‘काबिल’लाई निकै पछाडी छोडिदिएको छ। शाहरुख खान अभिनित ‘रईस’ले दोस्रो दिन २७ करोड भारुको व्यापार गर्दै दुइ दिनमा ५० करोड भारुको व्यापार गरेको छ।
त्यसै गरि ऋतिक रोशनको ‘काबिल’ले दोस्रो दिन १७ करोडको कमाई गर्यो। पहिलो दिन काबिलको ब्यापार ११ करोड भारु थियो। समग्रमा दुइ दिनको व्यापारमा ‘काबिल’ले २८ करोड भारुको व्यापार गरेको छ।
The post ‘रईस’ले पछि पार्यो ‘काबिल’लाई appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2k7XNEo
via IFTTT