from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1RCCCmf
via IFTTT
बिमलेश अधिकारी र सम्पदा बानीया नाम चलेका मोडल हुन् । केहि म्युजिक भिडियोहरुमा उनीहरु सँगै देखिएका छन् । यसै क्रममा सम्पदाले बिमलेशको हेराई भित्र माया देखिन् । देउता समान ठानेर पुजा गरीन् । तर, बिमलेशले सम्पदालाई धोका दिएका छन् । उनले सम्पदालाई माया गरेजस्तो गरेर अन्तै माया गाँस्न पुगेका छन् । यस्तो परिस्थीति सम्पदा र बिमलेशबीच रियल लाइफमा सायदै आउला । तर, जनकराज शाह शाब्दिकको तिम्रो हेराईभित्र बोलको म्युजिक भिडियोमा बिमलेशले सम्पदालाई धोका दिएका हुन् । माण्डवी त्रिपाठीको स्वर रहेको उक्त गीतमा दिपक शर्माको संगीत रहेको छ । श्रीधर पौडेलले छाँयाकन र निर्देशन गरेको गीतको भिडियोलाई अर्जुन पोख्रेलले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1OKBUyT
via IFTTT
बलिउडका सुपरस्टर शाहरुख खानलाई कुनै महिलाले थप्पड लगाए के होला ? पक्कै पनि ठुलो समाचार बन्नेछ। सञ्चारमाध्यममा कयौं दिनसम्म यसकै चर्चा हुनेछ।
तपाई थाहा नहुन सक्छ तर यस्तो घट्ना शाहरुख खानसंग घटिसकेको छ। कुनै महिलाले उनलाई गाला थप्पड लगाइसकेकी छिन्। शाहरुखले आगामी चलचित्र ‘फ्यान’को ट्रेलर लञ्चको कार्यक्रममा यस्तो रहस्य खोलेका हुन्।
शाहरुख पहिलोपटक ट्रेन चढेर मुम्बई भित्रिएका थिए जहाँ अहिले उनि बादशाह मानिन्छन्। मुम्बाई आउने सिलसिलामै शाहरुखले एक महिलाबाट थप्पड भेटेका थिए।
ट्रेन मुम्बई छिरेपछी लोकल ट्रेनका रुपमा परिणत हुने शाहरुखलाई थाह रहेनछ। मुम्बई छिरेपछी मानिसहरुले उनको बसिराखेको सुत्ने ठाँउमा बस्न खोजे, उनले दिन मानेनन्। उनि लामो ट्रेनमा आऊँदा उनलाई सुत्नलाई ठुलो ठाउँमा उपलब्ध थियो। तर मुम्बई छिरेपछि ट्रेक लोकलमा परिणत भइसकेको थियो। शाहरुखलाई त्यसको ज्ञान भएन। जब एक महिनाले बस्न खोजिन् शाहरुखले ती महिलालाई बस्न दिए तर ती महिलासंगै भएका पुरुषलाई बस्न दिन्न भने।
त्यसपछी ती महिलाले ट्रेन सबैको भएको भन्दै शाहरुखलाई थप्पड लगाएकी थिइन्। त्यो थप्पड शाहरुख खानले अहिलेसम्म भुल्न सकेका रहेनछन्।
फ्यानको ट्रेलर लञ्च कार्यक्रममा जब एक प्रशंसकले मुम्बई कसरी आईपुगेको प्रश्नमा शाहरुखको मुखबाट यस्तो रहस्य सार्वजनिक भएको हो।
शाहरुख खानको ‘फ्यान’नामक चलचित्रम छिट्टै सार्वजनिक हुँदैछ ।
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1RCoKIN
via IFTTT
एजेन्सी।
केहि महिनादेखि यता बलिउडका दुई खान (सलमान खान र शाहरुख खान)का बीचमा सम्बन्ध बिग्रिएको खबर आइरहेकै बेला सलमान खानले ति सबै खबरलाई केवल हल्ला मात्रै भएको पुष्टि गर्ने खालको ट्वीट गरेका छन्।
माइक्रोब्लग ट्वीटरमा बलिउडका सेलिब्रिटिहरूले एक-अर्काको भिडियो सेयर गर्ने रीतिलाई पछ्याउँदै सलमानले पनि शाहरुखको अब आउन लागेको ‘फ्यान’ चलचित्रको ट्रेलर सेयर गरेका छन्।
साथै, उनले आफू पनि शाहरुखको फ्यान रहेको उल्लेख गरेका छन्। उनले ट्वीटरमा “@beingsalmankhan पनि @iamsrk कै फ्यान हो” लेख्दै ‘फ्यान’को ट्रेलर भिडियो सेयर गरेका छन्।
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1L0Paoq
via IFTTT
महोत्तरी, १८ फागुन – बिहे भएको एक वर्ष दुई दिन नबित्दै महोत्तरीको बर्दिवास नगरपालिका–२ मा एक महिलाले आत्महत्या गरेकी छिन् । गत वर्ष फागुन १५ गते वैवाहिक जीवनमा बाँधिएकी स्थानीय विमलेन्द्रकुमार महतोकी २० वर्षीया श्रीमती मोनितादेवी महतोले शनिबार राति आत्महत्या गरेकी बर्दिवासस्थित भोला वसन्त चोकका असई तथा इन्चार्ज वीरेन्द्रकुमार सिंहले बताउनुभयो । घरायसी विवादका कारण आफ्नै पक्की घरको सिलिङमा डोरीको पासो लगाई उनले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । सर्लाहीको वसन्तपुर बगिया–१ मा माइतीमा रहँदै आएकी ती महिलाले आत्महत्या गरेको घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक जीवन गिरीले बताउनुभयो । श्रीमान्सँगै तल्लोकोठामा राति सुतेकी मोनिता
सामासिजक सञ्जाल फेसबुक नचलाउने त आजकल सायदै होलान । यसको प्रयोग सँगै दुरुपयोग पनि बढदो गएको छ । अपराधको दुनियामा आधि संसार अघि लम्किदैछ । फेसबुकमा कतिपय ब्यक्तिगत बिवरण पनि हुन्छ । त्यसैले फेसबुक एकाउन्ट ह्याक भई व्यक्तिगत विवरण चोरी हुने खतरा हुन्छ । यदि फेसबुक एकाउन्ट ह्याक भएको छ भने निम्न तरिकाले रिकभर गर्न सकिन्छ। एकाउन्ट ह्याक भएको खण्डमा फेसबुकको ह्याक वेबसाइट ‘http://on.fb.me/1UvvJWL; मा जाने। त्यहाँ ‘My account Is compromised’ भनेर एउटा लिंक देखिनेछ। उक्त लिंकमा क्लिक गरेपछि नयाँ होम पेज खुल्नेछ। त्यसपछि आफ्नो युजरनेम (Username), इमेल वा फोन नम्बर मध्ये कुनै एकको बारेमा फेसबुकलाई जानकारी दिने। यसपछि फेसबुकले
काठमाण्डौ १८ फागुन – चीनले वैशाख १२ को शक्तिशाली भूकम्पपछि बन्द मुलुकको सबैभन्दा ठूलो उत्तरी नाका ुतातोपानी–खासाु नखोल्ने संकेत गरेको छ । नेपालले भूकम्पसँगै बन्द गरिएको तातोपानी नाका र खासास्थित चिनियाँ भन्सार खुलाउन पटक–पटक गरेको आग्रहमा जवाफ पठाउँदै चिनियाँ अधिकारीले भौगोलिक कारण उक्त नाका सधैंका लागि बन्द हुन सक्ने जनाउ दिएको हो। भूकम्पलगत्तै नाका सञ्चालन नगर्न विभिन्न बहाना देखाएको चीनले पछिल्लोपटक खासाको भौगर्भिक अवस्था मानव बस्न लायक नभएको जानकारी गराएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्यालले चीनले खासामा पहिलेजस्तै भन्सार र अध्यागमन कार्यालय राखेर सञ्चालन गर्न सम्भव नभएको जानकारी दिएको बताए । अर्याल सरकारले यो नाका सञ्चालनमा ल्याउने व्यवस्था गर्न
जिल्लाको थालारैकरमा सोमबार मसानघाटको सलोमा हामफाल्दा एकजनाको मृत्यु भएको छ ।
बलिरहेको आगोमा हामफालेका व्यक्तिको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
हामफालेर मृत्यु हुनेमा थालारैकर–८ का ६० वर्षीय मानबहादुर थापा रहेको प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले बताए ।
कालगतीले मरेका दिलवर खत्रीको लास जलाइरहेको अवस्थामा एक्कासि थापाले हामफालेको बताइएको छ ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1XWKSjK
नवलपरासी, १८ फागुन – नवलपरासीको सोमनी गाविस वडा नं ७ बरगदवा गाउँका स्थानीयवासीलाई अझै पनि द्वन्द्वकालको घटनाको सम्झनाले सताइरहन्छ । विसं २०६२ वैशाख २ गते एकैराति १२ जना सर्वसाधारणको हत्या भएको घटनाले अझै पनि यस गाउँका स्थानीयवासीले द्वन्द्वको प्रभावबाट मुक्ति पाउन सकेका छैनन् । सो गाउँमा २०६२ साल वैशाख २ गते तत्कालीन माओवादी कार्यकर्ताले तत्कालीन प्रतिकार समूहका सदस्यलाई आक्रमण गर्न खोज्दा दुई बालकसहित बरगदवा गाउँका १२ जना सर्वसाधारण मारिएका थिए । द्वन्द्वकालमा तत्कालीन माओवादी र प्रतिकार समूहको द्वन्द्वको नाममा बिनासित्ती १२ जना सर्वसाधारणले ज्यान गुमाएको घटना घटेको दिनलाई गाउँलेले कालो दिनका रुपमा स्मरण गर्न बाध्य छन् । बरगदवा गाउँका स्थानीयवासीले
काठमाण्डौ १८ फागुन – कालीकोट प्लेन दुर्घटनामा मृत्यु भएका दुबै पाइलटलार्इृ सरकारले मरणोपरान्त सम्मान गर्ने भएको छ । सोमकार बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो । यही फागुन १४ गते नेपालगन्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालीकोटको पाडमघाट क्षेत्रमा दुर्घटना हुँदा निधन भएका पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष राना मगरलाई आफू मरेर पनि यात्रुलाई बचाउने बलिदानीपूर्ण तथा साहसिक कार्य गरेकाले मरणोपरान्त वीरता पदक दिने निर्णय गरेको हो।
काठमाण्डौ १८ फागुन – प्रधानमन्त्री केपी शर्मा ओली आगामी चैतको पहिलो साता आफ्नो दोस्रो विदेश यात्राका क्रममा छिमेकी मुलुक चीनको भ्रमणमा जानुहुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चीन भ्रमणको तयारी थाल्ने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री ओलीको यही फागुन ७ देखि १२ सम्म भएको छिमेकी मुलुक भारतको राजकीय भ्रमणलाई ऐतिहासिक र उपलब्धिमूलक भएको ठहर गरेको छ । बैठकपछि सरकारका प्रवक्ता शेरधन राईले प्रधानमन्त्री ओलीको भारत भ्रमणले नेपालको प्रतिष्ठा, इज्जत र मर्यादा बढ्नाका साथै दुई देशबीचको आपसी असमझदारी अन्त्य भई बहुआयामिक सम्बन्ध विस्तार भएको ठहर गरेको जानकारी दिनुभयो । पत्रकारिता दिवस वैशाख २४मा मुलुकको जेठो अखबार गोरखापत्र प्रकाशन सुरु भएको
टाउकोमा खुकुरी प्रहार गरी तेह्रथुमको थोक्लुङ–३ का ३३ वर्षीय रमेश कन्दवाको हिजो बिहान हत्या भएको हो ।
आफ्नै साथीसँग खानेपानीको मुहान मर्मत गर्ने विषयमा विवाद हुँदा हत्या भएको हो ।
ताप्लेजुङ साब्लाखुका ४५ वर्षीय पदम पन्धाकले आफ्नै साथीको टाउकोमा खुकुरी प्रहार गरेका हुन् ।
प्रहरी नायब उपरीक्षक सुदीपराज भण्डारीका अनुसार आइतबार बेलुका सङ्क्रान्ति गाविसको मूलपानीस्थित मुहानमा खानेपानीको पाइप मर्मत गर्न जाँदा उनीहरुबीच आपसमा विवाद भएको र पन्धाकले रमेशको टाउकोमा खुकुरी प्रहार गरेको बताउनुभयो ।
अस्पतालमा उपचारका क्रममा रमेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने पन्धाक फरार रहेको प्रहरी भण्डारीले बताउनुभयो ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1L0uOLU
दाङ, १८ फागुन – दाङको तुलसीपुरमा दिनदहाडै एकजना महिलाको रु एक लाख ५० हजार चोरी भएको छ । सोमबार दिउँसो तुलसीपुर–८ दुधेना निवासी लबरी चौधरीको उक्त रकम चोरी भएको इलाका प्रहरी कार्यालय, तुलसीपुरले जनाएको छ । चौधरीले राष्ट्रिय वाणिज्य बैंकबाट उक्त रकम निकालेको र रकम निकासा गरी घरतर्फ फर्कने क्रममा बाटोमा धोतीमा लागेको फोहर पखाल्ने क्रममा उहाँको रकम चोरी भएको थियो । प्रहरीका अनुसार चौधरीले तुलसीपुर–५ बसपार्कको वधशालामा आफ्नो कपडामा लागेको फोहर पखाल्ने क्रममा पैसा राखेको ब्याग नजिकै राखेर कपडा सफा गर्ने क्रममा दुईजना सडक बालकले ब्याग चोरेर फरार भएका थिए । प्रहरीले रु एक लाख ५० हजार नगदसहित एउटा
जाजरकोट, १८ फागुन – जिल्लाको थालारैकरमा सोमबार मसानघाटको सलोमा हामफाल्दा एकजनाको मृत्यु भएको छ । बलिरहेको आगोमा हामफालेका व्यक्तिको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । हामफालेर मृत्यु हुनेमा थालारैकर–८ का ६० वर्षीय मानबहादुर थापा रहेको प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो । कालगतीले मरेका दिलवर खत्रीको लास जलाइरहेको अवस्थामा एक्कासि थापाले हामफालेको बताइएको छ । सती प्रथाको झल्को दिने गरी भएको यो घटनाले जिल्लावासीलाई अचम्भित बनाएको छ ।
काठमाण्डौ १८ फागुन – पछिल्लो समय सेल्फीमा युवाको क्रेज निकै बढ्दो छ । कतिलाई त सेल्फीको पनि लत नै बसिसकेको अवस्था पनि छ । तर रहर वा शोख पूरा गर्ने भन्दैमा हुदैन ध्यान दिनुपनि जरुरी छ । संसारमा सेल्फी खिच्दा धेरैले ज्यान गुमाएका पनि छन् । सेल्फी खिच्ने क्रममा नै दुइ दर्जन भन्दा बढि मानिसको ज्यान गएको तथ्यांक समेत आइसकेको छ । कतै व्यस्त सडक अनि ठूल्ठूला बिल्डीङ एवम पहाडको टुप्पोमा बसेर सेल्फी खिच्ने कारणले गर्दा स साना दुर्घटना त दैनिक जसो भइनै रहेका छन् । गत आइतबार चितवनको नारायणी नदीमा सेल्फी खिच्ने क्रममा नवलपरासीको गैंडाकोट १६ बस्ने विस्मिता ज्ञवाली नदीमा
नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान दुर्घटना परि पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष रानाको मृृत्यु भएको थियो।
१२ बजेर २७ मिनेटमा सम्पर्कविच्छेद भएको विमानमा पाइलटसहित ११ जना सवार थिए ।
दुर्घटना परि ज्यान गुमाएका पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानालाई सरकारले मरणेपरान्त वीर पदक प्रदान गर्ने भएको छ ।
आफ्नो ज्यान गुमाएर पनि यात्रुहरुलाई सुरक्षित अवतरण गराएका न्यौपाने र रानालाई राष्ट्रिय सम्मान स्वरुप यो पदक दिने मन्त्रिपरिषद्को सोमबारको बैठकले निर्णय गरेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा चिलखाया गाविस २ मा दुर्घटना भएको थियो |
दुर्घटनामा ९ जना घाइते भएका थिए ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1oUsNqQ
काठमाण्डौ, १८ फागुन – नेपाल मगर पत्रकार संघको अध्यक्षमा मनोज घर्ती मगर निर्वाचित हुनुभएको छ । सोमबार राजधानीमा सम्पन्न मगर आमसंचारकर्मी समाजको पहिलो राष्ट्रिय सम्मेलनले २९ सदस्यीय केन्द्रिय समिति चयन गरेको हो । प्रथम सम्मेलनले मगर आमसंचारकर्मी समाजको नाम विद्यानमा संशोधन गरी नेपाल मगर पत्रकार संघ राख्ने निर्णय गरेको छ । संघको महिला उपाध्यक्षमा दिपा आले मगर र उपाध्यक्षमा एम बी आस्था मगर चयन हुनुभएको छ । महासचिव देव पचपैया मगर, उपमहासचिव रुद्ध श्रीस मगर हुनुहुन्छ भने तीन सचिबमा मिलन गाहा मगर, मनोज घर्तिमगर, र महिलातर्फ रुपनी घर्तिमगर हुनुहुन्छ । कोषाध्यक्षको जिम्मेवारी तिलक गुरुछाङ मगर लाई दिइएको छ । संघले प्रादेशिक
काठमाण्डौ १८ फागुन – सर्वोच्च अदालतको आदेशविपरीत सरकारले कानुनी मापदण्डबिना नै पूर्वप्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई विलाशी गाडी सुविधा दिएको छ ।सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूलाई जथाभावी गाडी, इन्धनलगायतका सुविधा दिन थालेपछि सर्वोच्चले स्पष्ट कानुनी मापदण्ड नबनाई कसैलाई पनि सुविधा नदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका नाममा आदेश जारी गरेको थियो । मन्त्रिपरिषदको निर्णयका नाममा सरकारले दाहाललाई विलाशी गाडी, चालक, इन्धन मोबिल र मर्मत खर्च दिन थालेको हो । ‘उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पूर्व प्रधानमन्त्री दाहाललाई हलुका सवारी चालकसहितको सवारी साधन एक र मासिक २ सय ३० लिटर पेट्रोल, मोबिल ५ लिटर ९त्रैमासिक० प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत उपलब्ध गराउने’ मन्त्रिपरिषदको निर्णयमा उल्लेख
काठमाडौं १८ फागुन, एमाओवादीसंग विभाजित भएको दुई वर्षभित्रै थप विभाजन झेलेको नेकपा क्रान्तिकारी माओवादीमा पुनः विवाद बढेको छ । एमाओवादीसँग पार्टी एकताको विषयलाई लिएर विवाद बढेको हो । बैद्य माओवादीमा एमाओवादीसँग एकता गर्ने नपर्ने विषयले दुई लाइन संघर्ष चलेको छ । एकताको विषयले अध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापा बादलबीच विवाद उत्कर्षमा पुगेको छ । कतिपयले यही विषयले बैद्य माओवादीमा फेरि विभाजन आउने बताउन थालेका छन् । स्रोतका अनुसार अध्यक्ष बैद्य राजनीतिक कार्यदिशासहितका विषयमा एमाओवादी सच्चिए मात्रै एकता गर्न सकिने पक्षमा छन् भने थापा तत्कालै माओवादी पार्टीहरुबीच निःसर्त एकताको पक्षमा छन् । विभाजन हुँदा माओवादी शक्ति कमजोर भएको र
काठमाडौं १८ फागुन कुनै फिल्मको कथा जस्तै लाग्ने गरी चितवनमा एउटा घटना घटेको छ । कुनै पर्दामा चलचित्रको कथा जस्तै गरी सुन्दा अचम्म लाग्ने घटना छ ।बेहुली गहना लिएर फरार जन्ती सहित बेहुलाको कम्ता बिजोग स्याङ्जा घर भई नवलपरासीको गैंडाकोटमा होटल चलाउँदै आएका जयदेव पौडेल शुक्रबार जन्ती लिएर चितवनको नारायणघाट आए । तीन महिनादेखि प्रेमसम्वन्धमा रहेकी सुषमा लामिछानेसँग उनको शनिबार बिहे हुँदै थियो । आजको नयाा पत्रिका दैनिकमा समाचार छ । प्रेमिकासँग उनी नारायणघाट पुल्चोकको फिसटेल होटलमा बसे । १५ दिनदेखि उनी प्रेमिकासँग बस्दै आएका थिए । शनिबार मन्दिरमा बिहेको तयारी थियो । बिहान उनी दाह्री काट्ने तयारीमा लागे ।
काठमाण्डौ १८ फागुन – पाँच महिना लामो नाकाबन्दीपछि केही सहज भए पनि भारतले अझै मागको ७० प्रतिशत भन्दा बढी इन्धन दिएको छैन ।इण्डियन आयल कर्पोरेशनसँग तेलको मात्रा बढाउन पटक पटक आग्रह गरिए पनि नेपालले मागेजति तेल दिएको छैन ।निगमका अधिकारी चीनसँग पेट्रोलियम खरिदका लागि भएको समझदारीका कारण भारते पर्याप्त इन्धन नदिएको बताउँछन् । सरकारले कात्तिकमा कुल इन्धन आयातको एक तिहाई परिमाण चीनबाट ल्याउने सभझदारी पत्रमा हस्ताक्षर गरेको थियो । ‘पेट्रोलियम पदार्थ बढाउन दिनहुँजसो टेलिफोन र इमेलमार्फत आईओसीलाई आग्रह गरेपनि माथिको आदेश नभएको भन्दै परिमाण बढाउन मानिरहेको छैन,’ आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरे भन्छन् ।कारोबार दैनिकबाट ।
काठमाण्डौ १८ फागुन – चीनले बैशाख १२ को शक्तिशाली भूकम्पपछि बन्द मुलु्कको सबैभन्दा ठूलो उत्तरी नाका ‘तातोपानी नाका नखोल्ने संकेत गरेको छ ।नेपालले भूकम्पसँगै बन्द गरिएको तातोपानी ननाका खासास्थित चिनियाँ भन्सार खुलाउन पटक पटक गरेको आग्रहमा जवाफ पठाउँदै चिनियाँ अधिकारीले भोगोलिक कारण उक्त नाका सधैंका लागि बन्द हुनसक्ने जनाउ दिदै आएको छ । भूकम्पलगत्तै नाका सञ्चालन नगर्न विभिन्न बाहाना देखाएको चीनले पछिल्लोपटक खासाको भौगर्भिक अवस्था मानव बासोबास लायक नभएको समेत जानकारी गराएको छ ।परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्यालले चीनले खासामा पहिले जस्तै भन्सार र अध्यागमन कार्यालय राखेर सञ्चालन गर्न सम्भव नभएको जानकारी दिएको बताए । सरकारी अधिकारीहरुका अनुसार चीनले खासालाई अहिले
काठमाडौं १८ फागुन, – राजधानीमा हङकङ फ्लुका नामले चिनिने एन्फ्लुएन्जा प्रजाति भाइरसको संक्रमण बढेको चिकित्सकले बताएका छन् । मौसमी फ्लुको मुख्य कारक बनिरहेको उक्त जीवाणु यस वर्ष अलि कडा रुपमा देखिएको छ । राजधानी टेकु स्थित शुक्रराज ट्रपिकल अस्पतालमा दैनिक २५ देखि ३० नयाँ विरामी भेटिन थालेका छन् । फागुनयता करिब ९ जनालाई भर्ना नै गर्नुपरेको असपतालले जनाएको छ । अन्य अस्पतालका ओपिडी तथा आइसियुमा पनि ठूलो संख्यामा हङकङ फ्लुका बिरामी हुन सक्ने अनुगमन छ । अन्य सामान्य फ्लुमा लगातार खोकी , घाँटी दुख्ने, श्वासप्रश्वासमा समसइा, १०२ डिग्री भन्दा बढी ज्वरो आउनेजस्ता लक्षण हुन्छन् । तिनका भाइरसले रागप्रतिरोधी क्षता कमजोर
काठमाण्डौ १८ फागुन – नेपाली राष्ट्रिय गानका संगीतकार तथा पूर्व कुलपति अम्बर गुरुङ तथा नेपाली कांग्रेसका नेता नरहरी आचार्यको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । अम्वर गुरुङ केही बर्षदेखि नै पार्किन्सन र मधुमेहबाट पीडित छन हाल उनी भारतमा उपचार गराइरहेका छन् भने नेता आचार्य सुशील कोइरालाको निधन भएकै दिन ह्रदयघात भएर अस्पताल भर्ना भएर बसेका छन ।
अमेरिकाको क्यालिफोर्नियामा सन् १९७४ नोभेम्बर ११ मा जन्मिएका लियोनार्दो दिक्याप्रियोले सन् १९९१ मा रिलिज भएको ‘क्रिटर्स ३’ बाट आफ्नो फिल्मी करियरको सुरुवात गरेका थिए। चलचित्रमा पहिलोचोटि प्रमुख पात्रका रूपमा उनले सन् १९९५ को ‘द बास्केटबल डायरिज’मा खेलेका थिए।
उनले कैयौँ उत्कृष्ट चलचित्रहरू खेलेका छन्। उनका कतिपय चलचित्रहरू त पछिल्ला वर्षका ओस्कार अवार्डमा नोमिनेट पनि भएको थियो। तर ओस्कार उनको पहुँचमा आउन सकेको थिएन।
विश्वप्रख्यात हलिउड चलचित्र ‘टाइटनिक’को चकलेटी हिरो देखि ‘द रेभनान्ट’को शिकारीसम्म उनको यात्रालाई चलचित्र इतिहासमै सफलताको यात्रा भन्न सकिन्छ।
ओस्कार लगायत अन्य कैयौँ पुरस्कार पाइसकेका लियोनार्दो अधिकांश चलचित्र निर्देशकलाई मनपर्ने अभिनेता हुन्।
यी कुराहरू छाड्दिउँ, यदि तपाईँ लियोनार्दोलाई राम्रोसँग चिन्नुहुन्न अनि उसको अभिनय हेर्नुभएको छैन भने उनका यी ९ चलचित्रहरू हेर्न नछुटाउनुहोलाः
१. टाइटानिक (Titanic)
सन् १९९७ मा रिलिज भएको यस चलचित्रमा सन् १९१२ अप्रील १४ मा घटेको वास्तविक घटनालाई समावेश गरिएको छ। तर, यसमा चलचित्र निर्देशक ‘जेम्स क्यामेरुन’ले वास्तविक कथासँगै प्रेम कथा पनि मिसाएका छन्, जसले गर्दा यो चलचित्र अझसम्मकै सर्वोत्कृष्ट चलचित्रको रूपमा देखा पर्न सफल भएको छ। यस चलचित्रका नायिका ‘केट विन्सलेट’ले ओस्कार पाएकी थिइन्, चलचित्रले पनि उत्कृष्ट चलचित्रको ओस्कार पाएको थियो, तर उत्कृष्ट अभिनयको बाबाजुद पनि लियोनार्दोले ओस्कार पाउन सकेनन्।
२. ब्लड डायमण्ड (Blood Diamond)
हीराको तस्करी गर्ने पात्रको भूमीका खेलेका लियोनार्दोलाई यस चलचित्रबाट खुब प्रशंसा मिलेको थियो। सन् २००६ मा रिलिज भएको यस चलचित्र ओस्कारको पानि नोमिनेट पनि भएको थियो, तर दुर्भाग्यवश लियोनार्दोले ओस्कारलाई टाढैबाट हेरेर चित्त बुझाउनुपर्यो।
३. इन्सेप्सन (Inception)
दिमाग चटाउने सपनाको बारेमा बनेको यस चलचित्र सन् २०१० मा रिलिज भएको थियो। चलचित्रको कथा, पटकथा, निर्देशन अनि निर्माणको क्षेत्रमा थुप्रै अवार्डहरू बटुलेको यस चलचित्रले पनि लियोनार्दोलाई ओस्कार दिलाउन सकेन।
४. क्याच मि इफ यू क्यान (Catch me if you Can)
टम ह्याङ्क्स र लियोनार्दो दिक्याप्रियोको उत्कृष्ट अभिनयले भरिएको शनशनीपूर्ण यस चलचित्रमा क्याप्रियोले एक खुंखार चोरको भूमीका खेलेका छन्। सन् २००२ मा रिलिज भएको यस चलचित्रले पनि लियोनार्दोलाई ओस्कारको धोको मेटाउन सकेन।
५. सटर आइल्याण्ड (Shutter Island)
सन् २०१० मा रिलिज भएको सटर आइल्याण्डले पनि तपाईँको दिमागलाई अवश्य घुमाउँछ। लियोनार्दोको अद्वित्तीय अभिनयले त झन् सुनमा सुगन्ध थपिदिएको छ। तर, ओस्कारको लागि लियोनार्दोले अझै मीहिनेत गर्नुपर्ने यस चलचित्रले प्रष्ट पारेको थियो।
६. जाङ्गो अनचेन्ड (Django Unchained)
सन् २०१२ मा रिलिज भएको यस चलचित्रमा लियोनार्दोको त्यति धेरै भूमीका त छैन, तर जति समय उनलाई देखाइएको छ, त्यतिले नै उसको बहुमुखी प्रतिभालाई झल्काउन सफल भएको छ।
७. द बास्केटबल डायरिज (The Basketball Diaries)
लियोनार्दोले पहिलोचोटी प्रमुख नायकको भूमीका खेलेको चलचित्र यहि नै हो। बास्केटबल खेलाडी कसरी एक लागूपदार्थ दुर्व्यसनमा फस्छन् भनेर देखाउन खोजिएको यस चलचित्रमा लियोनार्दोले उत्कृष्ट अभिनय गरेका छन् भन्दा कसैको दुईमत नहोला।
८. द वुल्फ अफ वाल स्ट्रिट (The Wolf of Wall Street)
अति नै रचनात्मक अनि प्रतिभाशाली ब्रोकर एजेण्टको भूमीकामा प्रस्तुत भएका लियोनार्दोले अवश्य ओस्कार पाउँछन् भनेर सबै शुभचिन्तकहरू ढुक्क थिए, तर सोहि वर्षमा रिलिज भएको ‘आर्गो’ले ओस्कार हात पारेपछि लियोनार्दोको आश मरेको थियो।
९. द रेभनान्ट (The Revenant)
वास्तविक घटनामा आधारित यस चलचित्रमा लियोनार्दोले एक शिकारीको भूमीका खेलेका छन्। यसै चलचित्रबाट उनले अन्ततः ओस्कारलाई चुम्न सफल भए।
यदि यी चलचित्रहरू मध्ये तपाईँले कुनै एउटा मात्र पनि हेर्नुभएको छैन भने, आजै हेरिहाल्नुहोस्। उनले ओस्कार जितोस् भन्ने सारा विश्वको चाहना थियो। उनका जुनकुनै पनि चलचित्र हेरेर ‘नराम्रो फिल्म’ हेरेँ भनेर पछुताउनुपर्दैन।
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1LPzmQf
via IFTTT
बलिउड उद्योग मनोरञ्जन दुनियाँमा एकदमै चर्चित उद्योग हो । यस क्षेत्रमा प्रवेश गर्न हजारौँ कलाकारको होडवाजी हुन्छ । बलिउडमा प्रवेश गरेपछि नाम सँगै दाम पनि उत्तिकै कमाइने भएकाले यसप्रति थुप्रै कलाकारको आकर्षण छ । बलिउड उद्योगमा प्रवेश गरेर थुप्रै कलाकारले थुप्रै आम्दानी गरे । अमिताभ बच्चन बलिउडका सबैभन्दा धनी कलाकार हुन् भने शाहरुख खान दोस्रो धनी बलिउड कलाकार हुन् । बलिउडका चर्चित यी कलाकारहरु कस्तो घरमा बस्छन् त ? सबैभन्दा महँगा घर भएका बलिउडका उत्कृष्ट ७ कलाकारहरुका बारेमा यहाँ चर्चा गरिएको छ :
जोन अब्राहम
४२ वर्षिय बलिउड नायक जोन अब्राहमले चलचित्र निर्माण, अभिनय, मोडलिङ लगायतका क्षेत्रबाट थुप्रै आम्दानी गरेका छन् । उनको एउटा एकदमै महँगो पेन्टहाउस छ जुन उनकै भाइ र बुबाले डिजाइन गरेका हुन् । सो पेन्ट हाउसको वास्तविक मूल्य कति हो भन्ने कुरा भने अब्राहमले आजसम्म बाहिरिन दिएका छैनन् ।
रणवीर कपूर
३२ वर्षिय बलिउड नायक रणवीर कपूर बलिउडका धनी तथा महँगो घर भएका नायकमा पर्छन् । उनको घर कृष्ण राजमा रहेको छ ।
अक्ष कुमार
अक्ष कुमारको वास्तविक नाम राजिव हरि ओम भाटिया हो । उनी अहिले ४८ वर्षका भए । उनले १ सय भन्दा बढी बलिउड फिल्महरुमा अभिनय गरिसकेका छन् । बलिउडका खेलाडी नायक अक्ष कुमार जुहुमा रहेको एकदमै महँगो घरमा बस्छन् । यद्यपि, सो घरको वास्तविक मूल्य भने कसैले थाहा पाएका छैनन् ।
सलमान खान
सलमान खानको पूरा नाम अब्दुल रसिद सलिम सलमान खान हो । ५० वर्षिय नायक सलमान खान ग्यालेक्सी अपार्टमेन्टका मालिक हुन्, जुन भारतको निकै महँगो घरहरुमध्येको एक हो । १६ करोड बराबरको मूल्य भएको सो अपार्टमेन्टको पहिलो तला उनले आफ्नो फ्यानका लागि छुट्याएका छन् जहाँ उनलाई प्रत्यक्ष देख्न चाहनेहरुका लागि उनले मनोरञ्जन दिने गरेका छन् ।
अमिर खान
५० वर्षिय बलिउड नायक आमिर खानले बलिउड उद्योगमा रहेर निकै सफलता कमाए भने पैसा पनि उत्तिकै कमाए । उनी ६० करोड पर्ने घरमा बस्छन् ।
अमिताभ बच्चन
७२ वर्ष नाघिसकेका बलिउड शेहेन्साह अमिताभ बच्चनको छुट्टै सम्मान छ । बलिउडका सबैभन्दा धनी कलाकार मुम्बई अमिताभको सहरभित्र मात्रै ५ वटा घरहरु रहेको बताइन्छ । यद्यपि, ११२ करोडको जाल्सा मेनसनमा उनको परिवार रहँदै आएको छ ।
शाहरुख खान
बलिउड बादशाह शाहरुख खान सम्पत्तिमा पनि बलिउडका बादशाह हुन् । बलिउडका दोस्रो धनी कलाकार शाहरुखको मन्नत नामको महँगो घर छ । लगभग २०० करोड पर्ने यस महल मुम्बईको बान्द्रा सहरमा छ । शाहरुखको यो महललाई भारतीय सम्पदा सूचीमा समेत समावेश गरिएको छ ।
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1TKzdE0
via IFTTT
माइक्रोम्याक्सले नयाँ मोबाइल फोन सार्वजनिक गरिएको छ ।
माइक्रोम्याक्सले ‘क्यू ३३३’ फोन बजारमा लाएको हो ।
यो फोनमा ४.४.४ किट्क्याट अप्रेटिङ सिष्टम र ४.५ इन्च स्क्रिन रहेको छ । यसमा १.२ गिगाहर्ज क्वाडकोर प्रोसेसर रहेको छ ।
यसमा ५ एमपी प्राइमरी क्यामेरा तथा १.३ फ्रन्ट क्यामेरा जडित छ । यस फोनमा ५१२ एमबी रर्याम रहेको छ ।
यस फोनमा ४ जिवीको इन्टर्नल मेमोरी छ भने १७०० एमएएचको ब्याट्री पनि रहेको छ ।
माइक्रोम्याक्सको यो फोनलाई नेपाली बजारमा ६ हजार ७ सय १० रुपैंया पर्ने छ |
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1OHOUVS
यातायात व्यवस्था विभागले अहिलेसम्म वाग्मती अञ्चलभित्रका सवारी चालकलाई सात हजार स्मार्ट कार्ड वितरण गरेको जनाएको छ ।
अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा वितरण कार्य गत पुस ३ गतेबाट प्रारम्भ गरिएको थियो ।
परीक्षणको रुपमा यातायात विभागले पहिलो चरणमा वाग्मती अञ्चलभित्र सवारी चालक स्मार्ट कार्ड नुमतिपत्र वितरण गरेको थियो |
परीक्षण सफल भएपछि विभागको देशभर रहेका कार्यालयबाट सबैलाई प्रदान गर्ने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए ।
स्मार्ट कार्डमा सवारी चालकको परिचय तथा कहिले कहाँबाट सवारी चालकको अनुमति लिएको भन्नेबारेमा सबै जानकारी कार्डभित्र राखिएको हुन्छ ।
यो विद्युतीय प्रणालीबाट व्यवस्थित गरिएकाले नक्कली सवारी अनुमति पत्रलाई निषेध गर्न सहयोग पुर्याउनेछ ।
विभागका इन्जिनियर राजकुमार महर्जनले उक्त कार्डको माग दिन प्रतिदिन अत्यधिक बढ्दै गएको भए पनि दैनिक एक हजार स्मार्ट कार्ड वितरण सक्ने क्षमता रहेको बताए ।
सवारी अनुमतिपत्रको नवीकरणका लागि दैनिक करिब ६०० निवेदन पर्ने गरेको र तीनलाई स्मार्ट कार्डमा व्यवस्थित गरिने गरेको उनले बताए।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1KXLGTv
पाँचथर, १७ फागुन । खानेपानीको मुहान मर्मत गर्ने विषयमा विवाद हुँदा तेह्रथुमको थोक्लुङ–३ का ३३ वर्षीय रमेश कन्दवाको आज बिहान हत्या भएको छ । सो विवादमा ताप्लेजुङ साब्लाखुका ४५ वर्षीय पदम पन्धाकले टाउकोमा खुकुरी प्रहार गरी रमेशको हत्या गरेका हुन् । आइतबार बेलुका सङ्क्रान्ति गाविसको मूलपानीस्थित मुहानमा खानेपानीको पाइप मर्मत गर्न जाँदा उनीहरुबीच आपसमा विवाद भएको र पन्धाकले रमेशको टाउकोमा खुकुरी प्रहार गरेको प्रहरी नायब उपरीक्षक सुदीपराज भण्डारीले बताउनुभयो । घाइते रमेशको जिल्ला अस्पताल पाँचथरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने पन्धाक फरार रहेको र उसको खोजी तीव्र पारिएको प्रहरी नायब उपरीक्षकले जानकारी दिनुभयो ।
नेपाल विद्युत् प्राधिकरण र युनाइटेड मोदी जलविद्युत् कम्पनीबीच तल्लो मोदी–२ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खरिद सम्झौता भएको छ ।
सरकारले ऊर्जा सङ्कटकाल घोषणा गरेपछि सो कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद सम्झौता सम्पन्न भएको यो पहिलो पटक हो ।
कुल १० दशलमब ५ मेगावाट क्षमताको सो आयोजना तल्लो मोदी–१ को क्यासकेड आयोजनाका रुपमा रहेको छ । सम्झौतामा युनाइटेड मोदी हाइड्रोपावरका प्रबन्ध सञ्चालक सुधीरप्रसाद तिमिल्सिना र प्राधिकरणका उपकार्यकारी निर्देशक राजिव शर्माले हस्ताक्षर गर्नुभएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्झौताअनुसार प्राधिकरणले हिउँदको समयमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षाको समयमा ४ रुपैयाँ ८० पैसामा विद्युत खरिद गर्नेछ ।
‘इक्वीटी’ तथा बैंकको ऋणबाट निर्माण गर्ने योजना रहेको उक्त आयोजनाबाट उत्पादित विद्युत् तल्लो मोदी–१ (१० मे.वा.) निर्माणका क्रममा कम्पनी आफैँले निर्माण गरेको १३२ केभी क्षमताको कुल ८ किलोमिटर लामो प्रसारण लाइनमार्फत स्थानीय सबस्टेसनमा जोडिनेछ ।
कम्पनीले २०७६ साल असारमा आयोजना सम्पन्न गर्ने लक्ष्यसहित स्थानीय र जनतालाई समेत सहभागी गराउने उद्देश्यअनुरुप साधारण सेयर जारी गर्ने प्रक्रियासमेत अगाडि बढाइसकेको विज्ञप्तिमा जनाइएको छ ।
विद्युत् खरिदसम्बन्धी सम्झौतामा यही फागुन १४ गते शुक्रबार हस्ताक्षर भएको हो
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1XUXDeC
कालीकोट, १७ फागुन । जिल्लाको रास्कोट क्षेत्रमा एक महिलाले श्रीमान्ले विदेशमा कमाएको पैसासहित प्रहरीसँग भागेपछि श्रीमान् बिचल्लीमा परेका छन् । जिल्लाको रास्कोट क्षेत्रको स्युना–५ निवासी शान्ति तिरुवाले श्रीमान् लल्ते तिरुवाले मलेसियाबाट विभिन्न समयमा कमाउँदै पठाएको रकम करिब रु सात लाख रकम खर्च गरेर नजिकै रहेको इलाका प्रहरी कार्यालय स्युनामा कार्यरत प्रहरीसँग भागेपछि अभिभावकले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । मलेसियामा रहेका लल्तेले शान्तिका नाममा विभिन्न समयमा आइएमइमार्फत रकम रु सात लाख पठाएको अभिभावकले बताएका छन् । नेपालगन्ज घर भएका प्रहरी जवान सहिष मनियारले शान्ति तिरुवालाई भगाएर स्थानीय जिते बजारमा हिँड्दै गरेको अवस्थामा शान्ति तिरुवाका ससुरा कलौरा तिरुवाले थाहा पाएपछि पक्राउ
टाइटानिक हलिउडमा सबैभन्दा बढी अस्कर अवार्ड जित्ने चलचित्र मध्ये पर्छ । टाइटानिकमा लियोनार्दो डि क्याप्रियो र केट विन्सलेटबीचको चुम्बन चुम्बन्को दृष्य बहुचर्चित बनेको थियो ।
ज्याककोरुपमा रहेका लियो र रोजकोरुपमा रहेकी केटबीचको उक्त किसिङ सिनलाई कतिपयले यसलाई टाइटानिक किस समेत भन्ने गर्छन् ।
तर त्यही टाइटानिकका अभिनेता लियोनार्दो डि क्याप्रियो हलिउडमा बहुचर्चित भएपनि अस्कर नपाएका ‘टाईटानिक’ हिरोकोरुपमा परिचित थिए । सोमबार पहिलो पटक अस्कर प्राप्त गरेपछि लियोनार्दोको चर्चा झनै चुलिएको छ ।
टाइटानिकमा लियोनार्दोसँग चर्चा पाएकी केट विन्स्लेटले लियो नार्दोले अस्कर जित्दा आँशु थाम्न सकिनन् । उनले लियोले पाएको अवार्ड अमूल्य भएको प्रतिक्रिया दिइन् । केट अहिले पनि स्टिभ जब्सबाट सहायक भूमिकाको लागि अस्करमा मनोनित भएकी थिइन् ।
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1oSb3wg
via IFTTT
१७ फागुन, एजेन्सी।
यस वर्षको ओस्कार कार्यक्रमको अन्त्य भैसकेको छ र उत्कृष्ट चलचित्रको शीर्ष पुरस्कार ‘स्पटलाइट’ले पाएको छ।
‘द रेभनेन्ट’का निर्देशक ‘एलिजान्द्रो जी. इनारितु’ यो वर्ष पनि उत्कृष्ट निर्देशक बन्न सफल भएका छन्। उनले अघिल्लो वर्ष पनि ‘बर्डम्यान’ चलचित्रबाट उत्कृष्ट निर्देशकको पुरस्कार हात पारेका थिए।
लियोनार्दो दिक्याप्रियोले उनको चलचित्र करियरकै पहिलो ओस्कार अवार्ड पाउन सफल भएका छन्। ‘द रेभनेन्ट’ चलचित्रबाट प्रमुख भूमीकामा उत्कृष्ट नायकको पुरस्कार लियोनार्दोले पाए भने प्रमुख भूमीकामा उत्कृष्ट नायिकाको कोटामा ‘रुम’ चलचित्रका ‘ब्रिय लार्सन’ले ओस्कार पाइन्।
‘म्याड म्याक्सः फ्यूरी रोड’ले पनि ६ वटा क्याटेगोरीमा ओस्कार पाउन सफल भयो। यो चलचित्र पनि ‘उत्कृष्ट चलचित्र’को उम्मेदवारको सूचीमा परेको थियो।
उत्कृष्ट चलचित्रको उम्मेदवारमा ‘द बिग सर्ट’, ‘ब्रिज अफ स्पाइज’, ‘ब्रुकलिन’, ‘द मार्सियन’, ‘रुम’ र ‘स्पटलाइट’ पनि परेको थियो।
ओस्कार २०१६ का उम्मेदवार र बिजेताहरूको पूर्ण सूची यस प्रकार छन्ः
१. उत्कृष्ट चलचित्र
उम्मेदवार
द बिग सर्ट
ब्रिज अफ स्पाइज
ब्रुकलिन
म्याड म्याक्सः फ्यूरी रोड
द मार्सियन
द रेभनेन्ट
रुम
बिजेताः स्पटलाइट
२. उत्कृष्ट नायिका
उम्मेदवार
केट ब्लान्चेट (क्यारोल)
जेनिफर लरेन्स (जोय)
सार्लट राम्प्लिङ्ग (४५ इयर्स)
साओर्स रोनान (ब्रुकलिन)
ब्रिए लार्सन (रुम)
बिजेताः ब्रिए लार्सन (रुम)
३. उत्कृष्ट नायक
उम्मेदवार
ब्रायन क्रान्स्टन (ट्रम्बो)
म्याट डेमन (द मार्सियन)
लियोनार्दो दिक्याप्रियो (द रेभनेन्ट)
माइकेल फासबेन्डर (स्टिभ जोब्स)
एडी रेडमेयन (द डेनिस गर्ल)
बिजेताः लियोनार्दो दिक्याप्रियो (द रेभनेन्ट)
४. उत्कृष्ट सहयोगी नायिका
उम्मेदवार
जेनिफर जेसन लेई (द हेटफूल एट)
रुनी मारा (क्यारोल)
रेचल मेकएडम्स (स्पटलाइट)
अलिसिया विकाण्डर (द डेनिस गर्ल)
केट विन्स्लेट (स्टिभ जोब्स)
बिजेताः अलिसिया विकाण्डर (द डेनिस गर्ल)
५. उत्कृष्ट सहयोगी नायक
उम्मेदवार
क्रिस्चियन बेल (द बिग सर्ट)
टम हार्डी (द रेभनेन्ट)
मार्क रफालो (स्पटलाइट)
मार्क राइलेन्स (ब्रिज अफ स्पाइज)
सिल्भेस्टोर स्टालोन (क्रीड)
बिजेताः मार्क राइलेन्स (ब्रिज अप स्पाइज)
६. उत्कृष्ट निर्देशक
उम्मेदवार
एडम मेकके (द बिग सर्ट)
जोर्ज मिलर (म्याड म्याक्सः फ्यूरी रोड)
एलिजान्द्रो जी. इनारितु (द रेभनेन्ट)
लेनी एब्राहमसन (रुम)
टम मेककार्थी (स्पटलाइट)
बिजेताः एलिजान्द्रो जी. इनारितु (द रेभनेन्ट)
७. उत्कृष्ट एनिमेटेड फिचर फिल्म
उम्मेदवार
एनोमलिसा
द बोय एण्ड द वर्ल्ड
इनसाइट आउट
शौनः द सीप मुभी
ह्वेन मार्नी वाज देयर
बिजेताः इनसाइट आउट
८. उत्कृष्ट मूल पटकथा
उम्मेदवार
म्याट चारम्यान र इथन कोयन एण्ड जोयल (ब्रिज अफ स्पाइज)
एलेक्स गार्ल्याण्ड (एक्स मसिना)
पिट डक्टेर, मेग लेफाउ र जोश कुली (इनसाइट आउट)
जोश सिङ्गर र टम मेककार्थी (स्पटलाइट)
जोनाथन हर्मन र एण्ड्रिया बेरलफ (स्ट्रेट आउट कम्प्टन)
बिजेताः जोश सिङ्गर र टम मेककार्थी (स्पटलाइट)
९. उत्कृष्ट साभारित पटकथा
उम्मेदवार
चार्ल्स राण्डल्फ र एडम मेकके (द बिग सर्ट)
निक हर्नबी (ब्रुकलिन)
फिलीस नेगी (क्यारोल)
ड्र्यू गोडार्ड (द मार्सियन)
एम्मा डनघ्यू (रुम)
बिजेताः चार्ल्स राण्डल्फ र एडम मेकके (द बिग सर्ट)
१०. उत्कृष्ट बाह्य भाषा फिल्म
उम्मेदवार
इम्ब्रेस द सर्पेन्ट (कोलम्बिया)
अ वार (डेनमार्क)
मस्ट्याङ्ग (फ्रान्स)
सन अफ सौल (हङ्गेरी)
थीब (जोर्डन)
बिजेताः सन अफ सौल (हङ्गेरी)
११. उत्कृष्ट एनिमेटेड लघु चलचित्र
उम्मेदवार
बियर स्टोरी
प्रोलग
सञ्जय’ज सुपर टिम
वि कान्ट लिभ विदाउट कस्मोस
वर्ल्ड अफ टुमरो
बिजेताः बियर स्टोरी
१२. उत्कृष्ट लाइभ एक्सन लघु चलचित्र
उम्मेदवार
एभ मारिया
डे वन
एभरिथिङ्ग विल बी ओके
शोक
स्टटरर
बिजेताः स्टटरर
१३. उत्कृष्ट फिचर डकुमेन्ट्री
उम्मेदवार
एमी
कार्टेल ल्याण्ड
द लुक अफ साइलेन्स
ह्वाट ह्यापेण्ड, मिस सिमोन?
विन्टर अन फायरः यूक्रेन’स फाइट फर फ्रिडम
बिजेताः एमी
१४. उत्कृष्ट लघु डकुमेन्ट्री
उम्मेदवार
अ गर्ल इन द रिभरः द प्राइस अफ फर्गिभनेस
बडी टिम १२
चाउ, बियोण्ड द लाइन्स
क्लड लान्जमनः स्पेक्टर्स अफ द शोआ
लास्ट डे अफ फ्रिडम
बिजेताः अ गर्ल इन द रिभरः द प्राइस अफ फर्गिभनेस
१५. उत्कृष्ट छायाँकन
उम्मेदवार
एड ल्याकम्यान (क्यारोल)
रोबर्ट रिचार्डसन (द हेटफूल एट)
जोन सिल (म्याड म्याक्सः फ्यूरी रोड)
ईम्यान्यूएल लुबेज्की (द रेभनेन्ट)
रोजर डिकिन्स (सिकारियो)
बिजेताः ईम्यान्यूएल लुबेज्की (द रेभनेन्ट)
१६. उत्कृष्ट भिजुअल इफेक्ट्स
उम्मेदवार
एण्ड्रिउ ह्वाइटहर्स्ट, पौल नोरिस, मार्क आर्डिङ्गटन र सारा बेनेट (एक्स मसिना)
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1Rz5X0T
via IFTTT
१८ फागुन, एजेन्सी ।
बलिउड अभिनेत्री एवं पूर्व विश्व सुन्दरी प्रियंका चोपडाले पहिलो पटक अस्कर अवार्डमा डेब्यु गर्दा आफ्नो सुन्दरताको जादु चलाएकी छिन् ।
यस अघि हलिउडको ‘SAG अवार्ड’ मा प्रस्तोता बनेकी भएपनि अस्कार समारोह प्रियंकाका लागि यो नै पहिलो हो । स्ट्रापलेश गाउनमा अस्कर समारोहमा देखिएकी प्रयंकालाई पारदर्शी पहिरनले सुन्दर बनाएको थियो ।
८८ औं अस्कर समारोहमा पुगेकी प्रियंकाले लेवनानी डिजाइनर जुहाइर मुरादले डिजाइन गरेको पहिरन लगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
लिएभ चेरिबरसँग देखिएकी प्रियंकाले बेष्ट एडिटिङ क्याटेगोरीको अस्कर प्रदान गरेकी थिइन् ।
अस्कर समारोहमा प्रियंकाले लगाएको हिराको गहना पनि चर्चाको विषय बनेको छ । प्रियंकाले लगाएको झुम्का ३२ लाख डलर र १० क्यारेटको हिराको औंठीको ८ लाख ५० हजार डलरको रहेको बताइएको छ ।
त्यसैगरी उनले लाएको ८ क्यारेटको औंठी ३ लाख अमेरिकी डलरको रहेको बताइएको छ ।
प्रियंका यस अघी नै अमेरिकी टिभी शो क्वन्टिकोबाट हलिउडमा चर्चामा आइसकेकी छिन् ।