#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1Prxi5I
बालगोपालले आफु नरहेपनि बंगबन्धु गोल्डकपको प्रदर्शनबाट नेपाली टोलीको हौसला उच्च भएको भन्दै सागमा राम्रो प्रदर्शन गर्ने आश व्यक्त गरे ।
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1PK16Gs
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1POd8VE
## from http://bit.ly/1OZaCpR
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1Pqp11Z
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/200UFVo
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1QPEYj9
## from http://bit.ly/1OZaCpR
## from http://bit.ly/1OZaCpR
## from http://bit.ly/1OZaCpR
https://youtu.be/3LjVnpLx09Y
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1VymH9i
via IFTTT
बलिउड अभिनेत्री ऐश्वर्या रायको ‘कमब्याक’पछि उनको ‘डिमान्ड’ पनि बढेको छ । त्यसैले होला ‘फिगर मेन्टेन’ गर्न उनी आजभोलि खानामा अत्यन्त सचेत हुन थालेकी छिन् । त्यसो त ऐश्वर्या राय पहिलेदेखि नै खानामा ‘चुजी’ थिइन् । अहिले पनि उनी त्यही बानीलाई निरन्तरता दिइरहेकी छिन् । उनी आफ्नो उमालिएको खानेकुरालाई प्राथमिकता दिन्छिन् । केही समयअघि उनले भनेकी थिइन्, ‘आइ टेक बोयल्ड भेजिटेबल्स अ लट ।’ उनी चिल्लो–पिरोयुक्त खाना खाँदिनन् । ऐश्वर्यालाई सेतो चामलको खाना पनि मन पर्दैन । त्यसैले उनी ‘डिनर’मा ब्राउन राइस लिन्छिन् । त्यससँगै उनी ‘ग्रिल्ड फिस’ पनि लिन्छिन् । ब्रेकफास्टका लािग ऐश्वर्या ‘टोस्ट प्रिफर’ गर्छिन् । त्यसमा पनि उनी ब्राउन ब्रेड नै लिन्छिन् । बिहानदेखि साँझसम्म उनले ८ गिलासभन्दा धेरै पानी पिउने गरेको बताएकी छिन् । उनले भनेकी थिइन्, ‘कहिलेकाहीँ त पानीले पनि भोक हटाउँछ, त्यसैले म पर्याप्त पानी पिउँछु ।
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1Q2lTpk
via IFTTT
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1PpRG7r
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1RSfSBz
बलिउड अभिनेता सलमान खान र उनकी कथित प्रेमिका लुलिया वन्तुरले पछिल्लो समय भारतीय मिडियाको ध्यान तानिरहेका छन् । यही वर्ष यी दुईबीच विवाह हुन सक्ने र केही अघि उनीहरूको इंगेजमेन्ट भइसकेको स्रोतको दाबी आएपछि मिडियाको ध्यान उनीहरूप्रति खिचिएको हो । तर, पछिल्लो समय यसबारे यी दुवैले ‘अपडेट’ भने गरेका छैनन् । तर, सलमाननिकटहरूले यी दुईको विषयमा नयाँ खुलासा भने गरेका छन् । उनीहरूले भने– सलमानले लुलियालाई बोलाउँदा ‘यू’ मात्र भन्छन् । र, त्यो पनि लुलियालाई अत्यन्त माया गरेर सलमानले भन्ने गरेको उनीनिकट स्रोतले बताएको भास्करडटकमले लेखेको छ । यति मात्र होइन, लुलिया र सलमान अहिले ग्यालेक्सी अपार्टमेन्टमा सँगै बस्न थालेको पनि दाबी गरिएको छ ।
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1ZZD0gM
via IFTTT
यो शास्त्रका अनुसार निधारका चार रेखाले कन्चटको पल्लो भाग सम्म छोएको छ भने यस्ता ब्यक्तिको आयु राम्रो हुन्छ । निधारको एक रेखाले २५ वर्षको आयु रहेको जनाउँछ । यस्ता रेखा जति स्पष्ट हुन्छन् त्यति नै दीर्घायु हुने मानिन्छ ।आयुबारे जानकारी लिने सबै भन्दा सजिलो तरिका हो आफ्नै औंलाले शरीर नाप्नु । भविष्य पुराणका अनुसार जुन ब्यक्तिको उचाइ आफ्नै हातले नाप्दा चार हात १२ अंगुल छ त्यस्तो ब्यक्ति दीर्घायु हुन्छ ।
१. सोयाबिन
२. बेकरी प्रोडक्ट्स
३. सेतो चकलेट
४. फ्रेन्च फ्राइ र आलु चिप्स
५. मेसिनमा भुटेको मकै
- http://www.nepalinewspaper.com/2016/01/blog-post_3263.html
पूर्व पोर्नस्टार एवं बलिउड चर्तित अभिनेत्री सनी लियोनले आफूँ १८ वर्ष हुँदासम्म केटाहरु आकर्षित नभएको बताएकी छिन्। साथै उनले १८ वर्षको उमेरसम्म आफू पनि केटाप्रति आकर्षित नभएको जनाइन्। उनले आफू किशोरावस्थामा निकै चलाख र आफ्नै दुनियामा रमाउने किसिमको रहेको उल्लेख गरेकी छिन् भारतीय संचारमाध्यमसँग कुरा गर्दै भनेकी छिन्, ‘म किशोरावस्थामा निकै चलाख र आफ्नै दुनियामा रमाउने किसिमकी थिएँ,’ उनले भनिन,’ ‘म १८ वर्ष हुँदासम्म केटाहरु मप्रति आकर्षित हुँदैन थिए।’ संचारमाध्यमसँगको थप कुराकानीमा उनले कलेजमा आफू एरवेजको विद्यार्थी भएपनि आफ्नो इच्छा भने मार्केटिङ गर्ने भएको बताइन्। ‘म किशोरावस्थामा अर्कै पाराकी थिए, मेरा धेरै साथीसमेत थिएनन्,’ उनले बताएकी छिन्। भिडियो इडिटिङ, फोटोशपमा काम गर्ने बाहेक पनि धेरै काम जानेको उनको भनाइ थियो। ‘सामान्य मानिसले १८ वर्षको उमेरमा यति धेरै जानेका हुँदैनन्,’ उनले भनिन्। उनले आफू १८ वर्षको हुँदासम्म केटाप्रति कुनै आकर्षण नभएको दाबी गरिन्।
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1JLikXR
via IFTTT
## from http://bit.ly/1OZaCpR
काठमाडौँ, १५ माघ ।
नेपाल आयल निगमका मुलुकभर रहेका डिपोमा २ करोड ५ लाख ८० हजार लिटर इन्धन मौज्दात छ । यति धेरै इन्धन मौज्दात भए पनि निगमले सर्वसाधारणलाई इन्धन वितरण गर्ने पम्पमा पर्याप्त तेल पठाएको छैन ।
सोही कारण सर्वसाधारणले सहज रूपमा इन्धन भर्न पाएका छैनन् । तर, निगम कर्मचारीसँग पहुँच राख्ने वर्ग र उच्च पदस्थले भने तोकआदेशका भरमा इन्धन भर्दै आएका छन् । तोकआदेशमा धेरै तेल बाँड्दा वितरण प्रणालीमा धेरै तेल गएको देखिन्छ, तर सर्वसाधारणले पाउन सकेका छैनन् ।
निगमका वितरण विभाग निर्देशक दीपक बरालका अनुसार हाल भारतीय आयल कर्पोरेसन (आइओसी) को डिपोबाट कुल खपतको ४५ प्रतिशत इन्धन आइरहेको छ । तर, सर्वसाधारणले उत्तिकै सास्ती खपेर तेल भर्नु परिरहेको छ । पेट्रोलियम व्यवसायीले समेत सबै पम्पलाई समानुपातिक रूपमा इन्धन वितरण नगर्दा सर्वसाधारणले पाउन मुस्किल भइरहेको बताइरहेका छन् । निगमले सेना, सशस्त्र, प्रहरी र साझा सहकारीबाट सञ्चालित पम्पबाट पेट्रोल वितरणलाई प्राथमिकतामा राखेको छ । डिजेल भने सबै पम्पलाई आलोपालो प्रणालीमा उपलब्ध गराइरहेको निगमको दाबी छ ।
निगमको मुलुकभर रहेका १० वटा भण्डारणगृहमा २ करोड ५ लाख ८० हजार लिटर इन्धन मौज्दात छ । त्यसमध्ये सबैभन्दा धेरै डिजेल १ करोड २० लाख ३१ हजार लिटर मौज्दात छ । त्यसपछि पेट्रोल ३६ लाख ६६ हजार लिटर मौज्दात छ । हवाई इन्धन ३५ लाख ६८ हजार र मट्टीतेल १३ लाख १४ हजार लिटर मौज्दात छ । निगमका मुलुकभर ७ करोड लिटर इन्धन भण्डारण क्षमताका डिपो छन् ।
आइओसीबाट कुल खपतको ४५ प्रतिशतसम्म इन्धन आयात भइरहेको छ । खपतको झन्डै आधा इन्धन आए पनि सर्वसाधारणले सजिलै इन्धन भर्न पाइरहेका छैनन् । निगमको वितरण विभाग प्रमुख दीपक बरालले आइओसीबाट ४५ प्रतिशत इन्धन आयात भइरहेको र पछिल्लो समय वितरण परिमाण बढाइएको बताए । ‘अहिले पनि आइओसीका डिपो अगाडि नेपालबाट तेल भर्न गएका ट्यांकर लाइन बस्नुपर्ने बाध्यता छ,’ उनले भने । उनले आइओसीबाट निर्बाध तेल लोडिङ नभएसम्म सबै पम्पमा मागेजति दिएर तेल वितरण सहज गराउन नसकिने बताए ।
निगमले पछिल्लो समय उपत्यकामा पेट्रोल ३ लाख लिटर र डिजेल ३ लाख ५० हजार लिटर वितरण गरिरहेको बताएको छ । निगमले तोकआदेशका भरमा पहुँचवाला वर्गलाई दैनिक थानकोट डिपोबाट ५० हजार लिटरसम्म डिजेल दिन्छ । त्यस्तै, थानकोट डिपाले थप ४० देखि ५० हजार लिटरसम्म साझा पेट्रोलपम्पलाई डिजेल दिन सिफारिससमेत गर्दै आएको छ । पहिलेको तुलनामा निगमले सिफारिसका आधारमा पेट्रोल पनि धेरै बाँड्न थालेको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
from #http://bit.ly/1PBr6Ul
## from http://bit.ly/1OZaCpR
## from http://bit.ly/1OZaCpR
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1nrkfX0
via IFTTT
वीरगन्ज, १५ माघ ।
मुलुकमा नयाँ संविधान जारी भएसँगै ५ महिनादेखि बन्द रक्सौल नाकामा धर्नाकारीहरु पातलिँदै जान थालेका छन् । आन्दोलनमा खट्दै आएका मधेसी मोर्चाका नेता तथा कार्यकर्ता धमाधम घर फर्किन थालेपछि टेन्ट रित्तिएको हो ।
मोर्चाका स्थानीय नेताले घरायसी कामसँगै बढ्दो चिसोका कारण उपस्थिति पातलिएको प्रतिक्रिया दिइरहेका छन् । मोर्चाआबद्ध पार्टीहरुलाई पालैपालो नाकामा बस्ने जिम्मेवारी दिइए पनि उपस्थिति बढ्नुको साटो घट्दै गएको छ ।
बिहीबार दिउँसो धर्नाकारीको टेन्ट रित्तै थियो । धर्नामा एक जना पनि उपस्थित नभएको देखेर मधेसी मोर्चा पर्साका प्रवक्ता सलाउद्दिन अहमदले समेत आश्चर्य व्यक्त गरेको कारोबार दैनिकमा समाचार छ ।
from #http://bit.ly/1PBr6Ul
## from http://bit.ly/1OZaCpR
काठमाडौँ, १५ माघ ।
१२ वैशाख ०७२ मा बारपाक केन्द्र बनाएर आएको भुइँचालोले भक्तपुर दरबार क्षेत्र ध्वस्त बनायो । मूलढोकाछेउमै रहेको श्याम अवालको घर छिनमै धुलो भयो । ट्रकड्राइभर श्याम ड्युटीमै थिए, श्रीमती रश्मिला पसल गएकी थिइन् । नौ वर्षकी सोनिया र चार महिनाका सोनिस भग्नावशेषमा पुरिए ।
दुई घन्टापछि सोनियाको उद्धार भयो, तर २२ घन्टासम्म घरको भग्नावशेषभित्र पुरिएका सोनिसको जीवितै उद्धार भयो । अवाल परिवारको खुसीमा विश्व नै चकित भयो । तर, दुर्भाग्य १ नक्कली भूकम्पपीडितलाई रकम दिने सरकारले अवाल परिवारसाग घर भत्किएको प्रमाण मागिरहेको छ । प्रमाण जुटाउन नसक्दा अवाल परिवारले राहत पाउन सकेको छैन । ‘भूकम्पले घर ध्वस्तै भयो । बनाउन पैसा छैन । डेरामा छौँ । तर, खर्च कसरी चलाउने ? भूकम्पपीडितका नाममा सबैले राहत पाए । तर, हामीले पाएनौा,’ भक्तपुर ब्यासीको महाकालीस्थानस्थित साँघुरो कोठामा भेटिएकी सोनिसकी आमा रश्मिलाले भनिन् ।
भक्तपुर मूलढोकाका पुराना बासिन्दा हुन्, उनीहरू । मूलढोका टोलमै बसेको पुस्तौँ भयो । तर, उनीहरूसँग लालपुर्जा थिएन । सरकारले लालपुर्जाकै आधारमा भूकम्पपीडित परिचयपत्र दिने गरेको छ । लालपुर्जा नभएपछि उनीहरूको घर थियो भन्ने नै प्रमाण जुटेन । घर थियो भन्ने प्रमाण नभएपछि भत्कियो भनेर राहत दिन नमिल्ने स्थानीय प्रशासनको जिकिर छ ।
त्यसो त घरजग्गा नै नभएका सुकुम्बासीले पनि राज्यको स्रोतमा अधिकार राख्छन्, उनीहरूप्रति पनि सरकारको दायित्व हुन्छ । तर, यत्रो प्राकृतिक विपत्तिमा परेको परिवारको घर भत्किएको देख्दादेख्दै पनि सरकारले लालपुर्जालाई मात्र आधार बनाउन खोजेको छ । ‘लालपुर्जा भएकालाई मात्रै परिचयपत्र दिने रहेछ । हामीसँग पुर्जा नै छैन । पुस्तौँ बित्यो यही ठाउँमा बसेको । तर, बाउबाजे कसैले पनि पुर्जा बनाएका थिएनन् । त्यसको मारमा हामी पर्यौँ । अब के गर्ने केही थाहा छैन,’ रश्मिलाले भनिन् ।
सरकारले भूकम्पपीडित परिचयपत्रका आधारमा प्रत्येक परिवारलाई पहिलो चरणमा १५–१५ हजार वितरण गरिसकेको छ भने न्यानो राहत भन्दै दोस्रो चरणमा १०–१० हजार बााडिरहेको छ । तर, भूकम्पपीडितको परिचयपत्र नभएकाले अवाल परिवारले राहत पाएन ।
वास्तविक पीडितभन्दा पनि नक्कली पीडितहरूले सरकारी राहत पाएको भेटिएको छ । तर, अवाल परिवार भने वञ्चित छ । ‘भूकम्प गएको १० महिना बितिसक्यो । तर, हामीसँग परिचयपत्र छैन ।
परिचयपत्र भएकालाई मात्रै राहत दिने रहेछ । हामीसँग नभएकाले पाएनौँ । नक्कली भूकम्पपीडितले समेत राहत लिएको मैले देखेँ । हामी वास्तविक पीडितले नपाउँदा साह्रै दुस्ख लागेको छ,’ रश्मिलाले भनिन् । परिचयपत्र प्राप्त गर्न अवाल परिवार पटक–पटक स्थानीय प्रशासनमा धायो । हाकिमसँग हारगुहार गरे । परिस्थितिबारे बेलिविस्तार लगाए । तर, परिचयपत्र पाएनन् । ‘परिचयपत्र बनाउन धेरैपटक वडा कार्यालय पुग्यौँ । हाकिमसँग हारगुहार गर्यौँ । समस्याबारे जानकारी गरायौँ । तर, केही सीप लागेन,’ रश्मिलाले भनिन् ।
सेनाले उद्धार गर्दा सोनिसको आँखीभौँसमेत धुलोले छोपिएको थियो । नौ महिना दुई दिनपछि बिहीबार हामी पुग्दा उनको अनुहारमा चमक थियो । ढलेको घर उस्तै छ । तर, १३ महिनाका सोनिस उभिन थालेका छन् । २२ घन्टा ढुंगामाटोले पुरिएका सोनिस उद्धारपछि पनि कैयौँ दिनसम्म राति झस्किन्थे । तर, समय बित्दै जाँदा उनी मानसिक रूपमा पनि स्वस्थ छन् । उनको जीवनलाई धेरैले चमत्कार मान्छन्, भेटेजतिले हातहातै लिन खोज्छन् । त्यसैले सोनिस जोसाग पनि घुलमिल हुन रुचाउँछन् । क्यामेराको बानी परेको छ, देख्नासाथ मुस्कानसहित पोज दिन्छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
from #http://bit.ly/1PBr6Ul
#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1lYNn76
काठमाडौँ, १५ माघ ।
सरकार स्थानीय निर्वाचन गराउन राजनीतिक सहमति जुटाउने पक्षमा क्रियाशील देखिएको छैन । सत्तारूढ दलबीच सामान्य छलफल भए पनि ठोस निर्णय लिन सकेको छैन । ‘स्थानीय निर्वाचनका लागि सत्तारूढ दलबीच अहिलेसम्म तीनपटक जति छलफल भएको छ, तर ठोस निर्णय आएको छैन,’ स्थानीय विकासमन्त्री थापाले भने ।
सरकार स्थानीय निकाय निर्वाचन गर्ने कि धारा २९५ अनुसार आयोग गठन गरेर जाने भन्नेमा प्रस्ट हुन सकेको छैन । ‘अहिले स्थानीय निकाय निर्वाचन पहिला कि संघीयता कार्यान्वयन पहिला भन्ने प्रश्न उठेको छ, तर स्थानीय निकायको निर्वाचन संक्रमणकालीन व्यवस्थाअनुसार अहिलेकै संरचना गर्नुपर्छ, सरकार त्यसैको तयारीमा छ,’ मन्त्री थापाले भने । संविधानको संक्रमणकालीन व्यवस्थाको आधार ३०३ अनुसार अहिलेकै संरचनामा दुई वर्षका लागि अन्तरिमकालीन निर्वाचन गर्ने सोच सरकारले बनाएको छ ।
निर्वाचन आयोगलाई स्थानीय निर्वाचनका लागि निर्वाचन मिति तय भएपछि जम्माजम्मी १ सय २० दिन आवश्यक हुन्छ । त्यस्तो अवस्थामा दलहरूबीच भएको अनौपचारिक सहमतिअनुसार संविधान जारी भएको ६ महिनाभित्र स्थानीय निर्वाचन हुन सम्भव छैन । संविधान जारी भएको ६ महिना पुग्न दुई महिना बाँकी हुँदा संविधानको कुन धाराअनुसार निर्वाचन गर्ने ? प्रस्ट हुनसकेको छैन ।
संविधानको धारा ३०३ अनुसार स्थानीय निर्वाचन गर्दा उपयुक्त हुने निर्वाचन आयोगकी आयुक्त इला शर्माको भनाइ छ । उनका अनुसार सरकारले निर्वाचन मिति तय गरेको अवस्थामा आयोग निर्वाचन गराउन सक्षम छ । ‘संविधानको धारा ३०३ अनुसार स्थानीय निर्वाचन हुनसक्छ, त्यसो गर्दा कुनै समस्या पनि आउदैन । जनताको सुविधाका लागि निर्वाचन छिटो होस् भन्ने आयोगको चाहना हो,’ शर्माले भनिन् ।
संसद्को विकास समितिले बिहीबार स्थानीय निर्वाचन तत्काल गर्न सरकारलाई निर्देशन दियो । निर्वाचनमा जोड दिनकै लागि संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापालाई समितिमा बोलाएर छलफल चलाएको हो । छलफलपछि संविधानको धारा २९५ वा संक्रमणकालीन व्यवस्थामध्ये जुनसुकै व्यवस्थाबाट भए पनि स्थानीय निर्वाचनका लागि व्यवस्थापकीय प्रबन्ध अविलम्ब थालनी गर्न मन्त्रालयलाई निर्देशन दिएको छ । साथै, ३० दिनभित्र संविधान धारा २९५ अनुसार कि धारा ३०३ अनुसार निर्वाचन गर्ने हो ? जवाफ दिन पनि भनेको छ ।
स्थानीय निर्वाचन तत्काल गर्ने भन्दै प्रधानमन्त्री केपी ओली तथा उपप्रधान तथा स्थानीय विकासमन्त्री थापाले पटक–पटक भन्दै आएका छन् । साथै, संसद्को विकास समिति तत्काल स्थानीय निर्वाचन गराउनुपर्ने पक्षमा छ । निर्वाचन आयोग स्थानीय निर्वाचन तत्काल गराउनुपर्ने पक्षमा उभिए पनि अहिलेसम्म निर्वाचनका लागि आवश्यक ऐन तयार भइसकेका छैनन् । निर्वाचनका लागि स्थानीय निर्वाचन कार्यविधि ऐनदेखि राजनीतिक सहमतिसम्म हुनसकेको छैन ।
प्रमुख तीन दलले संविधान जारी गर्ने क्रममा स्थानीय निकायको निर्वाचन ६ महिनाभित्र गर्ने अनौपचारिक सहमति गरेका थिए । तर, संविधान जारी भएको चार महिना बितिसक्दा पनि स्थानीय निर्वाचन गर्नेबारे ठोस निर्णय गरेका छैनन् । अहिले स्थानीय निर्वाचन पहिला कि संघीयता कार्यान्वयन पहिला भन्ने प्रश्न उठेको छ । संविधानको धारा २९५ अनुसार तत्काल स्थानीय निर्वाचन गर्न सम्भव छैन । संक्रमणकालीन व्यवस्थाको धारा ३०३ अनुसार अहिलेकै संरचनामा निर्वाचन गर्न सकिन्छ । तर, यस्तो निर्वाचन अन्तरिमकालीन निर्वाचन हुनसक्छ । यसमा अहिलेसम्म सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय नै प्रस्ट छैन ।
स्थानीय निर्वाचनका लागि अहिलेसम्म राजनीतिक सहमति जुटेको छैन । एमाओवादी र मधेसी मोर्चा तत्काल स्थानीय निर्वाचन गर्ने पक्षमा छैनन् । सत्तारूढ दलबीच अहिलेसम्म तीनपटक स्थानीय निर्वाचन गर्नेबारे छलफल भएको छ । ‘स्थानीय निर्वाचन तत्काल गर्नेबारे अहिलेसम्म राजनीतिक सहमति जुटेको छैन,’ उपप्रधान तथा स्थानीय विकासमन्त्री थापाले संसदीय समितिमा भने ।
संविधानको धारा २९५ मा गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण गर्न सरकारले आयोग गठन गर्ने व्यवस्था गरेको छ । ‘त्यस्तो आयोगले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमानाको निर्धारण नेपाल सरकारले निर्धारण गरेको मापदण्डबमोजिम गर्नुपर्नेछ,’ धारा २९५ मा उल्लेख छ । सरकारले संविधान जारी भएको चार महिना बित्दा पनि आयोग गठन गर्न सकेको छैन । फागुन दोस्रो हप्तातिर आयोग गठन गर्ने तयारीमा सरकार छ । आयोग गठन गरेर अहिलेका तीन हजार १ सय ५७ वटा गाविसलाई एक हजारमा झार्ने र २ सय १७ वटा नगरपालिकालाई ३ सय पुर्याउने सोच बनाएको स्थानीय सचिव माधव रेग्मीको भनाइ छ ।
स्थानीय स्वायत्त शासन ऐन २०५५ संशोधनका लागि प्रयास सुरु भएको दुई वर्षभन्दा बढी भइसक्यो । अहिलेसम्म उक्त ऐन संसद्मा प्रस्तुत हुनसकेको छैन । संविधान जारी भएपछि संघीय संरचनाअनुसारको ऐन तर्जुमा गर्नुपर्ने भएकाले थप समय लाग्ने स्थानीय मन्त्रालयको भनाइ छ । ‘विधेयकलाई संघीय संरचनाअनुसार तयार गरी संसदमा पेस गर्ने तयारी भइरहेको छ,’ सचिव रेग्मीले भने ।
स्थानीय निर्वाचनका स्थानीय निर्वाचन कार्याविधि ऐन आवश्यक हुन्छ । तर, उक्त ऐन अहिलेसम्म तयार भएको छैन । निर्वाचन आयोगले उक्त ऐनको विधेयक गृह मन्त्रालयमा पठाइसकेको छ । तर, मन्त्रालयले त्यसमा थप प्रक्रिया अगाडि नबढाएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
from #http://bit.ly/1PBr6Ul
## from http://bit.ly/1OZaCpR
## from http://bit.ly/1OZaCpR
## from http://bit.ly/1OZaCpR
## from http://bit.ly/1OZaCpR
## from http://bit.ly/1OZaCpR
## from http://bit.ly/1OZaCpR
## from http://bit.ly/1OZaCpR
## from http://bit.ly/1OZaCpR
मेघराज नेपाली
बाबुरामको नयाशक्तिको बारेमा
ईतिहास साक्षी छ मलाई कसैले झुट्ठा साबित गर्न सकोस यही मेरो देश र मेरा सम्मानानीय देशवाशीको भलो हुने छ। जुन ब्यक्तिले नयाँ शक्ती भन्ने पार्टी गठन गर्दै हुनु हुन्छ जो जो ब्यक्ती तेस्मा सामेल हुनु भएको छ या हुँदै हुनु हुन्छ इतिहासमा कुनै कालाकर्तुत् गरेका देशलाई धमिरोले झै खाएका जनतालाई लुटेका ब्यक्तिगत धन कुम्ल्याएका ब्यक्ती नै अहिले हाम्रो सामु प्रस्तुत हुनु भएको छ। कुनै दिन नेपाली जनता लाई झुक्क्याएर उनिहरुको बिरुद्दमा जनयुद्दको नाममा ब्यक्तिहत्याको श्रिन्खला चलाऊने बाबुराम आज तिनै भ्रस्ट चरित्रहिन कर्मचारी हरु जो अधिकांस पुलिस आर्मी सचिव स्तरका नै नयाँ शक्तिका अहिलेका अनुहार हुन अर्को तिर भएका देवेन्द्र पौडेल जस्ता भ्रस्ट ब्यक्ती सबैले कुनै न कुनै रुपमा कम्मुनिस्ट पार्टीको नाम बेचेर सोझा जनता लाई भ्रमित बनाएकै ब्यक्तिहरुको झुन्ड नै अहिलेको नयाँ शक्ती हुन।
अब डा. साहाब सँग मेरो प्रश्न यो छ कि तपाईंले पार्टी बनाउदै गर्दा हिजो तपाईंहरु बाटै लापत्ता बनाएका परिवार लाई के जवाफ दिनु हुन्छ? अर्को कुरा बाबुराम जि तपाईंले कम्मुनिस्ट पार्टीको औचित्य नभएको भनेर नयाँ शक्ती बनाउदै गर्दा हिजो तपाईंहरु बाट भएका कम्मुनिस्ट पार्टी को नाम बाट गरेका तमाम गल्ती लाई सम्पूर्ण सोझा गरीब जनता सँग माफि माग्नु हुन्छ कि हुँदैन? हिजो हामीलाई कुनै न कुनै प्रकारले दिएको दु:ख पर्ती तपाईंको जवाफ के हुन्छ? जनताको लागि युद्द भन्नेहरु निर्दोस जनता मराउन किन लागि परेको यस्को जवाफ के छ तपाईं सँग? हिजोका भ्रस्टाचारी लाई आज कसरी काखी च्याप्न सक्नु भयो? हिजो हामी लाई यिनी सामन्ती तन्त्रका कर्मचारीलाई सिध्याउनु पर्छ भनेर आदेश दिने तपाईं आज तिनै सँग कसरी गुणात्मक फड्को मर्नु भयो? बाबुराम जि के हो नयाँ शक्ती?
पुरानो बोतलमा नयाँ लेबल नयाँ शक्ती हुन सक्छ? तपाईं माओवादीको नाम बाट देशको प्रमुख कार्यकारी बन्नु भयो तपाईंले राष्ट्रघाती बिप्पा सम्झौता गर्नु भयो गरीब जनताको लागि के गर्नु भयो? किन भ्रम को खेती गर्दै हुनु हुन्छ? तपाईंले कुनै समय बारखम्बा रोड नेपाली दुतावास नयाँ दिल्लिमा भाषण गर्नु भएको थियो बादशाह लाई घोडा बाट खसाल्नु पर्छ आज त्यो बादशाह कहाँ हरायो? के हामी नेपाली जनताको जिवनमा कुनै गुणात्मक परिवर्तन भयो? यथार्तमा नेपाली जनताको जिवनमा कुनै परिवर्तन भएको छैन उनिहरुको जीवन झनै कस्टकर हुँदै गएको छ। गाउ बाट शहर आएका छन इमान बेचेका छन अस्मिता बेचेका छन बिदेशमा गएका युवा लास बनेर काठको बाकसमा फर्किन्छन। हिजो हामी आत्मनिर्भर थियौ आज परनिर्भर् भएका छौ। तपाईंहरुले बैंक बाट लुटेको पैसा जमिनमा लगानी गर्नु भयो जमिनको मुल्य अप्रत्यासित महँगो बनाउनु भयो किन कि तपाईं हरु भुमाफिया सँग मिल्नु भयो। आज हामीले जमिन किनेर खेती गर्न सक्ने हैसियत कुनै माइकालाल सँग छैन।
१०लाख रुपैयामा एक कट्ठा जग्गा किनेर कसरी खेती गर्नु कुन खेती गरेर त्यो लगानी उठ्छ? तपाईंले मरेर जादा पैसा कहाँ लगेर जानु हुने हो किन यो यती सुन्दर देशको अबसानमा लाग्नु भयो? यदी साच्चिकै छातीमा तातो रगत बग्ने नेपालीको छोरो कोही छ भने तपाईंका हिजो देखी गरेका कलाकारतुत लाई सलाम गर्न सक्ने छैन। तपाईंले फेरी पनि नेपालमा अस्थिर्ता निम्त्याउने भन्दा अर्को कामको लागि यो कृयाकलाप गर्दै हुनु हुन्छ भनेर मैले विश्वाश गर्न सक्दैन। तपाईं जस्तो धुर्त ब्यक्तिले यो देशमा कुनै किसिमको राम्रो काम गर्ला भनेर हामी सोच्न पनि सक्दैनौ। जनयुद्द बाट हामीले के पायौ के गूमायौ पहिले हामीले शमिक्षा गरौ। परिवार बिगारनु भयो युवाहरुको जिन्दगी बिगारनु भयो। तपाईंको छोरीलाई भारत पढ्न पठाउनु भयो गरीबका छोराछोरिलाई तातो गोली। तेसैले हामी कोही पनि यो भ्रम बाट मुक्त हुन जरुरी छ कि यो नयाँ शक्ती नेपालको ब्रिहत हितको लागि होइन। यो तिनै भ्रस्ट कर्मचारी लाई नयाँ रुपमा प्रस्तुत गरेर फेरी जनता लाई मार्नु मराउनु नै हो!!!
from #http://bit.ly/1PBr6Ul
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ । बौद्धिक प्राज्ञिक गतिविधिमा संलग्न हुनेपर्ने छ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नचिताएको स्थानबाट धनागमको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । समग्रमा बन्दव्यापारबाट फाइदा नै हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवाभगतमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना पनि छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बाह्रौं घरमा चन्द्रमा रहेकाले खर्चमा नियन्त्रण गर्नुपर्छ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
from #http://bit.ly/1PBr6Ul
सनातन धर्म दर्शनले नारीहरुको महिनाबारी हुदा खेरि केहि दिन बार्नु पर्ने नियम छ ,जसलाई हामी केहि पढेलेखेको भनाउदोहरु रुढीवादी ,अन्धविश्वास भन्छौ तर त्यो भित्रको वास्तविक सत्यता बुझ्ने कोशिस कहिले गर्दैनौ |
नारीको स्वास्थ्यलाइ ध्यानमा राखेर नै हाम्रा अग्रज ऋषिमुनिहरूले यसलाई लागु गरेका हुन् त्यो पनि गहन अध्यन गरेर नै | त्यो समयमा नारीलाई अधिक रक्तश्राब भै स्वास्थ्यमा कमजोरी हुने देखेर नै त्यो बार्ने नियम लागु गरिएको हो|
जुन आजको अत्याधुनिक युगमा पनि उतिकै उपयोगी छ |तर यसको उपयोगिता लाई छोरीबुहारी बसेर खाए भन्दै त्यो बेलाका केहि धर्मभीरु पाखण्डीहरुले नारीलाइ अझै काममा लगाए | जसले गर्दा यो नारी उपयोगी प्रथालाइ बदनाम गरायो |
from #http://bit.ly/1PBr6Ul
ताजा खबर, काठमाण्डौँ । संचारकर्मी सुरज पौडेल गायनमा डेब्यू भएका छन् । ‘मनको खुशी’ एल्बममा समावेश उनको पहिलो गीत ‘गोलीले लागेझै’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
हाल यस टेलिभिजनमा कार्यरत सुरज स्वयम्ले यो गीतको शब्द लेखेका हुन् । भिषण राईको संगीत रहेको गीतको भिडियोमा हट अभिनेत्री सुष्मा कार्कीले अभिनय गरेकी छिन् । उनलाई मोडल केवल भुजेलले साथ दिएका छन् । शंकरअधिकारी घायलको निर्देशन, प्रदिप ज्ञवालीको कोरियोग्राफीमा रामेश्वर हुमागाईंले खिचेको भिडियोमा सुष्मा र केवलको लभ क्यामेस्ट्री देख्न सकिन्छ । युवराज खत्रीको सम्पादन रहेको गीतमा सुष्मालाई केवलले अनेक तरिकाबाट फकाउन खोजिरहेका छन् ।
गायक पौडेलले गायन आफ्नो सानैदेखिको रुची रहेको बताए । ‘यो मेरो पहिलो प्रयास हो । त्यसैले केही कमिकमजोरी भए होलान्,’ उनले भने, ‘क्रमशः आफुलाई निखार्दै जाने सोचमा छु । त्यहीकारण विगत ६ महिनादेखि संगीत शिक्षा पनि लिइरहेको छुँ । ’
# Source News from Entertainment – Taja Khabar http://bit.ly/1Tq8k8r
ताजाखबर। बलिउड निर्देशक तथा निर्माता करण जौहरले आफ्नो चाँडै आत्मकथा आउने जानकारी दिएका छन् । जयपुर लिटरेचर फेस्टिभलमामा करणले दिएको जानकारी अनुसार आत्मकथाको नाम ‘एन अनसुटेबल ब्वाय’ रहेको छ ।
करणले उक्त फेस्टिभलमा अभिनेता शाहरुख खानसँगको सम्बन्धको विषयमा पनि मुख खोलेका छन् । शाहरुखसँगको सम्बन्धबारे उनले भनेका छन्, ‘शाहरुखको परिवार मेरो परिवारको एक भाग हो । शाहरुख सधैँ मेरो साथमा थिए, कहिल्यै पछि हटेनन् । शाहरुख, उनकी पत्नी गौरी र ती बच्चाहरू मलाई मेरै परिवारजस्तो लाग्छ । उनी मेरो जीवनको अत्यन्त महत्त्वपूर्ण भाग हुन् । तर, यसको अर्थ यो होइन कि उनीसँग मेरो सम्बन्ध सँधै सुमधुर रह्यो । हाम्रो सम्बन्धमा उतार–चढाव आयो । तर, हाम्रो सम्बन्ध यति बलियो थियो कि कुनै पनि कुराले हामीलाई तोडेन ।’
करणले शाहरुखसँग चाँडै तीन चलचित्रमा पनि काम गर्दैछन् । शाहरुख खानसँग पुरानो सम्बन्ध रहेको बताउने करणले सलमान खानसँग नयाँ चलचित्र बनाउने सपना पनि अधुरो रहँदै आएको छ ।
# Source News from Entertainment – Taja Khabar http://bit.ly/1lXrvJf
पछिल्लो समय बलिउडमा फेरि एउटा खबरले सनसनी मच्चाएको छ । बलीउड अभिनेत्री सोनाक्षी सिन्हालाई उनका पूर्वप्रेमी बन्टी सचदेवले विवाहको प्रस्ताव राखेपछि यो खबरले बलीउड तातेको हो ।
सोनाक्षीले बलिउडमा पाइला राख्नुभन्दा अगाडि नै यी दुई अफेयरमा थिए । पछि सोनाक्षी चलचित्रमा ब्यस्त हुन थालेपछि बण्टीलाई समय दिन सकिनन् । उनीहरुविच दुरी बढ्नुको कारण त्यहि नै थियो ।
केही दिन अघि मात्रै मुम्बइमा आयोजित एक बैबाहिक कार्यक्रममा उनीहरुको भेट भएको थियो र त्यहि बेला सोनाक्षीलाई विवाह गर्ने प्रस्ताव राखेको भारतीय मिडियाले जनाएका छन् ।
सोही कार्यक्रममा उनीहरुले घण्टौं कुरा गरेका थिए । कुनै वेला बण्टीसँग उनको सम्बन्ध गाढा भएकाले पनि वेला वेलामा चर्चा हुन्छ ।
from #http://bit.ly/1PBr6Ul
काठमाण्डौ। पछिल्लो समय नेपाली लोक दोहोरी गीत सुन्ने दर्शकश्रोताहरुको जमात ह्वात्तै बढेको छ । तीन बर्षअघि चर्चित गायक पशुपति शर्माले ‘मलाई अमेरिका यही’ बोलको गीत बजारमा ल्याएपछि लोक गीत सुन्ने र भिडियो हेर्ने दर्शकश्रोताको सङ्ख्या ह्वात्तै बढेको तुलनात्मक रुपले अनुमान गर्न सकिन्छ ।
त्यहि क्रममा उनै गायक पशुपति शर्माको आवाजमा रहेको ‘७२ सालले क्या उत्तानो पार्यो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा जानकी तारमी मगरको पनि आवाज रहेको छ । पशुपति आफैंले लेखेको शब्द, लय र स्वरमा तयार भएको गीतमा आफैंले अभिनय गरेका छन् ।
गायिका जानकी तारमी मगरले पनि भिडियोमा अभिनय गरेकी छिन् । भिडियोको निर्देशन दुर्गा पौडेलले गरेका हुन् । गीतले भूकम्पदेखि नाकाबन्दीले समाजमा पारेका असरका विषय उठाएको छ ।
भिडियो हेर्नुहोस्:
from #http://bit.ly/1PBr6Ul
ताजाखबर, काठमाण्डौ। चर्चित लोकगायक पशुपति शर्माको आवाजमा रहेको ‘७२ सालले क्या उत्तानो पार्यो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतले भूकम्पदेखि नाकाबन्दीले समाजमा पारेका असरका विषय उठाएको छ । गीतमा जानकी तारमी मगरको पनि आवाज रहेको छ । पशुपति आफैंले लेखेको शब्द, लय र स्वरमा तयार भएको गीतमा आफैंले अभिनय गरेका छन् ।
गायिका जानकी तारमी मगरले पनि भिडियोमा अभिनय गरेकी छिन् । भिडियोको निर्देशन दुर्गा पौडेलले गरेका हुन् ।
भिडियो:
# Source News from Entertainment – Taja Khabar http://bit.ly/208eNKC
पोखरा, १४ माघ-
सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ्ग समाजद्धारा आयोजित ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग पोखरा २०१६ को तयारी पुरा भएको छ । सम्पुर्ण तयारी पुरा भएको छ अब अन्तिम प्रतिस्पर्धा मात्रै बाँकी छ प्रतियोगिता संयोजक जेसिका तामाङ्गले बताए । समुदायका युवतीहरुको प्रतिभा प्रस्फुटन तथा तामाङ्ग भेषभुषा, भाषा, संस्कार र संस्कृति प्रति युवाहरुको आकर्षण बढाउन र संस्कार संस्कृति युवाहरुमा हस्तान्तरण गर्ने उद्धेश्यले मिस तामाङ्ग पोखरा २०१६ आयोजना गरिएको समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए ।
प्रतियोगितामा तामाङ्ग समुदायका १२ जना प्रतियोगीले प्रतिस्पर्धा गर्दैछन । प्रतियोगीहरुमा पोखरा संगमटोलका मुना स्याङ्गबो तामाङ्ग, लेकसाईडकी जानुका तामाङ्ग, ढुङ्गेसाँघुका सोनी दोङ्ग तामाङ्ग, बगरका सोनी योञ्जन तामाङ्ग, शहिदचोकका बिपना लामा, लेकसाइड खहरेका मनिषा तामाङ्ग, लेकसाईड डिहिको पाटनका आस्मा तामाङ्ग, निमा तामाङ्ग, जिना तामाङ्ग, लेखनाथ रिठ्ठेपानीका उत्साह तामाङ्ग, लेकसाईडका डोल्मा लामा र गीता लामा रहेका छन् ।
प्रतियोगीहरुलाई १ महिना लामो ब्यक्तित्व बिकास सम्बन्धी तालिम दिइएको थियो । तामाङ्ग भाषाको विषयमा जयन्ती तामाङ्ग , संस्कृति सम्बन्धी धनबहादुर तामाङ्ग, सार्वजनिक भाषण कलाका बिषयमा पोखरा एफ एमका स्टेशन इन्चार्ज सन्जय मल्ल ले तालिम दिएका थिए । यस्तै महिला अधिकारका बारेमा अधिवक्ता जुनाकुमारी गुरुङ्ग, महिला सशक्तीकरण बिषयमा मिना गुरुङ्ग, नेतृत्व बिकासका बिषयमा बिग एफ एमका अध्यक्ष महेश भण्डारी, कास्की आवाज राष्ट्रिय दैनिकका अध्यक्ष सरस्वती गुरुङ्ग, र्याण्डम रिडर्स सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेल, लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष प्रदिप कँुवर, तामाङ्ग धर्म तथा संंस्कारका बिषयमा मिन गुरुले सहजीकरण गरेका थिए । ब्यवस्थापकिय दक्षताका बिषयमा ओम फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बुद्धी मल्ल, फिटनेसमा तमन्ना गुरुङ्ग तथा ट्राफिक नियमका बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यलयका नायब निरिक्षक राजेन्द्र कार्कीले सहजीकरण गरेका थिए । कार्यक्रमको कोरियोग्राफर निशा प्रजापति तथा सहायक कोरियोग्राफर सुलोचना शाक्य रहेका छन् ।
माघ १६ गते शनिबार पोखरा सभागृहमा हुने कार्यक्रममा डान्स इण्डिया डान्सका उपविजेता निर्मल तामाङ्गलाई सम्मान गरिने समाजका अध्यक्ष तामाङ्गले बताए । कार्यक्रममा इन्दिरा गोले गुरुङ्ग, निर्मल तामाङ्ग, शुक्र लामा र संजिव लामाको सांगितिक प्रस्तुतिका साथै तामाङ्ग सांस्कृतिक नृत्य प्रस्तुत गरिने कार्यक्रम संयोजक जेसिका तामाङ्गले बताए ।
# Source News from Entertainment – Taja Khabar http://bit.ly/1ZW37VI
लहान— संघिय समाजवादी फोरम नेपालका अध्यक्ष एवं मधेसी मोर्चाका संयोजक उपेन्द्र यादवले २० जिल्लाको सिङ्गो मधेस प्रदेश नपाएसम्म अान्दोलन जारी रहने बताएका छन्। ‘यो आन्दोलन महाभारतको लडाइँ हुन्छ’, उनले भने।
आन्दोलन लडेर अधिकार खोस्ने अभ्यास भएको उनको भनाइ छ।
लहानमा बिहीबार पार्टी प्रवेश कार्यक्रम सम्बोधन गर्दै यादवले भने,’संविधान पुर्नलेखन र परिवर्तण नभएसम्म आन्दोलन रोक्ने सवालै पैदा हुदैन ।’ मौषममा पनि उतार चढाव आउँछ उनले भने,’आन्दोलनमा पनि उतार चढाव आउँछ तर रोकिदैन।’
प्रादेशिक सिमङ्कनले मधेसको धर्तीलाई पाँच टुक्रामा विभाजन गरेको भन्दै उनले भने, ‘यो सिमाङ्कनले मधेसकै धर्तीमा मधेसीलाई समाप्त पार्ने षड्यन्त्र हो।’ मधेसलाई स्वायत प्रदेश अर्थात मधेसका २० जिल्लालाई सिंगो मधेस प्रदेशको रुपमा स्थापित नगराएसम्म आन्दोलन निरन्तर चलिरहने उनको भनाई छ।
नागरिकता सम्बन्धी नयाँ संविधानको व्यवस्थाले नेपाल र भारतबीच बेटिरोटीको सम्बन्ध समाप्त पार्ने उनको टिप्पणी थियो। पञ्चायतदेखि अन्तरिम संविधानसम्म भारतीय चेली नेपाली युवकसँग विवाह गर्दा तुरुन्त बैवाहिक अंगिकृत नागरिकता पाउँथ्यो, जुन अहिलेको संविधानले हटाइदिएको उनको आरोप थियो।
कार्यक्रममा नेकपा एमालेका सगरमाथा अञ्चल कमिटि पूर्व सदस्य सत्यनारायण यादव सहित एमाओवादी र नेपाली कांग्रेसका दर्जनौ कार्यकर्ताहरु संघिय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए। नवप्रवेशीहरुलाई फोरम अध्यक्ष यादवले फुलमाला र अविर लगाएर स्वागत गरेका थिए।
बलजफ्ती संविधान जारी गरेर कार्यन्वयन हुनु अगाबै बलजफ्ती संशोधन गर्नुले संविधान मृत सावित भैसकेको उनको टिप्पणी थियो। बलजफ्ती बिना सहमति भएको संविधान संशोधनले मधेसको माग सम्बोधन गर्दैन उनले भने,’मधेसको माग सम्बोधन नगर्ने संशोधन मान्य हुदैन्।’
नागरिक न्युज बाट
from #http://bit.ly/1PBr6Ul
१४ माघ, काठमाडौं । असोज ३ गते नेपालमा नयाँ संविधान घोषणा भएपछि मधेस आन्दोलनलाई मलजल गर्दै नाकाबन्दी गरेको भारतमाथि ‘बिखण्डनकारी’लाई रातो कार्पेट बिछ्याएको आरोप लागेको छ ।
यो आरोप यस्तो बेलामा लागेको छ, जतिबेला भारतकै सिफारिसअनुसार नेपालको संसदले संविधान संसोधन गरेको छ र त्यसप्रति भारतले औपचारिक स्वागत गरिसकेको छ ।
तर, मधेसलाई बेग्लै देश बनाउनुपर्ने भन्दै अभियान चलाएका सीके राउतलाई यतिबेला दिल्लीले न्यानो स्वागत गरिरहेको छ । राउत यतिबेला दिल्लीका मिडियाका लागि ‘सेलिब्रेटी’ जस्तै भएका छन्, उनलाई अन्तरवार्ता दिन भ्याइनभ्याई छ ।भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आलोक नाम गरेका भारतीय पत्रकारले प्रवक्ता विकास स्वरुपलाई नेपालमा भएको संविधान संशोधन र एक विखण्डनकारीलाई स्वागत गर्नु विरोधाभास भएन ? भनेर प्रश्न गरेका हुन् ।
स्वरुपले संविधान संशोधनको भारतले स्वागत गरेको बताए । तर, विखण्डनकारीलाई किन स्वागत गरेको भन्ने प्रश्नको जवाफ दिएनन् ।
नेपालको संविधानमा भएको संशोधन मधेसवादी दलहरुको माग सम्बोधन प्रक्रियाको हिस्सा भएको भन्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता स्वरुपले भने-मधेसीहरुको अरु माग पनि छन् । हामीलाई विश्वास छ, दुबै पक्षले लतकता देखाएर त्यसलाई पनि सम्बोधन गरिनेछ ।’
भारत नेपाली राजनीतिज्ञहरुसँग सम्पर्कमा रहेको र उनीहरुलाई विश्वास गरेको समेत उनले बताए । भारतले कुनैको पक्ष नलिएको भन्दै उनले भने-‘हाम्रो एक मात्र चाहना शान्त, स्थिर र सम्बृद्धि नेपाल हो ।’
नेपालले आफ्नो समस्या आफैं वार्ता र सम्वादमार्फत समाधान गरोस् भन्ने भारतले चाहेको उनले बताए ।
भिडियो (पत्रकार आलोकले सोधेको प्रश्न १४ औं मिनेटमा छ)
from #http://bit.ly/1PBr6Ul
पोखरा, १४ माघ-
काठमाण्डौमा दर्शकले निकै रुचाएको नाटक ‘मान भर्सेज मती’ पोखरामा पनि मञ्चन हुने भएको छ । माघ १५ गते शुक्रबार पोखरा सभागृहमा नाटक मञ्चन हुने भएको हो । पोखरामा निर्माण हुन लागेको नाटक घरका लागि आर्थिक सहयोग जुटाउन यो नाटक मञ्चन हुन लागेको हो ।
थिएटर मल काठमाण्डौले तयार पारेको यो नाटक पोखरामा यूथ क्रियशन थिएटरको अगुवाईमा मञ्चन हुन लागेको हो । अपरान्ह ४ बजेदेखि मञ्चन हुने नाटकका लागि दर्शकले टिकट काट्नुपर्नेछ । नाटकको लेखन, परिकल्पना तथा निर्देशन केदार श्रेष्ठले गरेका हुन् ।
‘नाटक मञ्चनको खर्च कटाएर बचेको सम्पूर्ण रकम नाटक घर निर्माणका लागि प्रयोग गरिनेछ ।’ नाटकघर निर्माण समितिका सँयोजक तथा यूथ क्रियशन थिएटरका सचिव सौगात पोखरेलले भने–‘नाटक घर बनाउने हाम्रो अभियानमा सबै पोखरेलीको साथ रहन्छ भन्नेमा हामी विश्वस्त छौँ ।’
यूथ क्रियशन थिएटरले नाटक घर निर्माण थालेको थुप्रै भयो । यद्यपी बैशाख १२ को भूकम्प र त्यसपछि भारतले गरेको अघोषित आर्थिक नाकाबन्दीका कारणले नाटकघर निर्माण कार्य प्रभावित बनेको छ । ‘सम्पूर्ण रुपमा आर्थिक सहयोग संकलन गरेर नाटक घर निर्माणका लागि जुटेका हामीहरु विभिन्न कारणले समस्यामा प¥यौँ ।’ यूथ क्रियशन थिएटरका अध्यक्ष कपिल शर्माले भने–‘जे जस्तो भएपनि अब त्यतिकै बस्नु हुँदैन भनेर हामीले नाटक मञ्चन गरेर रकम जम्मा गर्ने योजना बनाएका हौँ ।’
नाटक घर करिब आधा भन्दा बढि निर्माण भैसकेको छ । सम्पूर्ण रुपमा नाटकघर निर्माण गर्न २० लाख रुपैयाँ लाग्ने यूथ क्रियशन थिएटरले जनाएको छ । देश तथा विदेशबाट पनि नाटकघरको लागि सहयोग जुट्ने क्रम पछिल्लो समय अलिक बढेको थिएटरले जनाएको छ ।
# Source News from Entertainment – Taja Khabar http://bit.ly/1PHMwFQ
पोखरा, १४ माघ-
राजधानी बाहिरका क्षेत्रलाई मोफसल भन्ने चलन छ । र, केन्द्रिकृत शक्तिका कारण मोफसल हरेक कुरामा पछाडि पर्दै आएको छ । यस्तै एउटा क्षेत्र हो, कला क्षेत्र पनि । राजधानी बाहिरका शहरहरुको पिडा पोखरामा निर्माण भएको फिल्म ‘मोफसल’ले बोल्छ ।
नेपालका विभिन्न शहरहरुमा प्रदर्शन भैसकेको यो फिल्म अब अन्तराष्ट्रिय बजारतर्फ लागेको छ । फिल्मको पहिलो अन्तराष्ट्रिय प्रदर्शन हङकङमा हुने भएको छ । पोखरामा भने यसअगाडि नै जेठमा यो फिल्म चलिसेकेको छ ।
दीपज्योती कला साँस्कृतिक मञ्चको ब्यानरमा आशिष पुनले निर्माण गरेको फिल्मलाई दिपेन्द्र श्रेष्ठले निर्देशन गरेका हुन् । थुप्रै फिल्ममा अभिनेताको रुपमा रहेका दिपेन्द्रको यो डेब्यू निर्देशकिय फिल्म हो । केहि समय यता हङकङमा बस्दै आएका निर्देशक दिपेन्द्र श्रेष्ठले नै हङकङमा फिल्म प्रदर्शन गर्ने चाँजोपाँजो मिलाएका हुन् ।
निर्माणपक्षले दिएको जानकारी अनुसार हङकङमा यो फिल्म ६ फेबु्रअरीमा चल्नेछ । हङकङ नेपाल बडि विल्डिङ एशोसियसनको आयोजनमा गर्न लागिएको फिल्मको विशेष शो लाई लिएर निर्माणपक्ष निकै आशाबादी देखिएको छ । त्यसपछि जापान र कोरियामा फिल्म प्रदर्शन गरिने अभिनेता समेत रहेका निर्माता आशिष पुनले जानकारी दिए ।
विदेशमा प्रदर्शनका लागि निर्माणपक्षले यो फिल्मको पोस्ट प्रोडक्शनमा अझै मेहेनत गरेको छ । ‘पहिलाको तुलनामा अझै राम्रो र गुणस्तर फिल्म बनेको छ ।’ निर्देशक दिपेन्द्र श्रेष्ठले भने–‘नेपालबाट निकै राम्रो प्रतिक्रिया आयो । अब विदेशमा पनि त्यस्तै खाले प्रतिक्रियाको अपेक्षा मैले गरेको छु ।’ पहिलो निर्देशकिय फिल्मबाट आफु निकै सन्तुष्ट भएको दिपेन्द्रले बताए ।
फिल्ममा आशिष पुनसंगै दिपक थापा (माफपाम), चेन आले, प्रेमा गुरुङ, गम्भीर रानामगर, रोश्नी गुरुङ लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । १७ लाख रुपैयाँमा फिल्म निर्माण भएको हो ।
# Source News from Entertainment – Taja Khabar http://bit.ly/1PHMwFN