Loading...
Loading...
पत्नीसँग विवादपछि आफ्नै घरमा आगजनी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

फिदिम, पुस १६ । तेह्रथुमको लालीगुराँस नगरपालिका–३ मुसाङ्लेका ७३ वर्षीय काजीमान लिम्बूले आफ्नै घरमा आगो लगाएका छन् ।

श्रीमती ६२ वर्षीया सोममायासँग भएको सामान्य घरायसी विवादलाई लिएर काजीमानले आफ्नै दुई वटा घर र ग्वालीमा आगो लगाउँदा अन्दाजी रु १२ लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय वसन्तपुरकाप्रमुख मोहन खतिवडाले जानकारी दिए ।

केही समययता नियमित रुपमा घरायसी झगडा हुने गरेको र बुधबार बिहान पनि सदाझैँ सामान्य विवादपछि घर बाहिर निस्किएका उनले सलाई कोरेर घर र ग्वालीमा आगो लगाएको प्रहरीले जनाएको छ ।

आगलागीबाट लिम्बूको दुईवटा घरमा रहेको लत्ताकपडा, काठ, सामान र अन्नपातसमेत जलेर नष्ट भएको छ । घटनापछि काजीमानलाई इलाका प्रहरी कार्यालय वसन्तपुरले पक्राउ गरी अनुसन्धान थालेको छ । (रासस

aaglagi-super-final-imagekh



#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1IFs8lF

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.