भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
काठमाडौं : सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोकी पत्नी शैलकुमारी देवीको गाडी तोडफोड भएको छ। उनी सद्भावना पार्टीकी सांसद हुन्। सर्लाहीको फुलझोरमा महतोको गाडी रोकिएको अवस्थामा तोडफोड भएको हो। यद्यपि महतो भने तोडफोड भएको अवस्थामा गाडीबाट बाहिर थिइन्। ‘म बाहिर थिएँ, भित्र रहेकी एक जना साथी घाइते हुनु भएको छ,’ सांसद शैलकुमारी देवीले भनिन् – ‘प्रशासनकै संलग्तामा तोडफोड भएको छ।’ उनले चुरे भावरको नाममा प्रशासनको संलग्नता रहेकाले आक्रमण गरेको दावी गरिन्। साथै अन्य सय भन्दा धेरै बस तोडफोड गरेको उनले बताइन्। प्रहरीले चुरे भावरको समूहले गाडी तोडफोड गर्दा समेत सहयोग गरेको उनको आरोप थियो। सर्लाही प्रहरीले भने दुवै बन्दकर्ता पक्षबीच झडपको अवस्थामा ढुङ्गा हानाहान हुँदा गाडीमा क्षति पुगेको जनाएको छ। ‘भिडन्त हुन खोजेपछि प्रहरीले तितरवितर गरेको हो, केही गाडी तोडफोड भएका छन्, सांसदको परेको सुनेको हुँ, तर खासै ठूलो क्षति छैन, उहाँले गाडी लगिसक्नु भएको छ,’ सर्लाही प्रहरीको दिउँसो ड्युटीमा रहेका इन्चार्जले भने।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement