काठमाडौं, १४ मंसिर । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतीय अर्ध सुरक्षा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा नेपाल सरकारले कुटनीतिक रुपमा निकास खोज्नु पर्ने बताउनुभएको छ । नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज (सोमबार) बिहान कुरा गर्दै अध्यक्ष महतोले भन्नुभयो, ‘भारतीय सुरक्षाकर्मी कहिले काहीँ नेपाली भूमि आउँछन् । कहिले नेपाली सुरक्षाकर्मी उता जान्छन् । यो कुरा कुटनीतिक रुपमा मिलाउनु पर्छ ।’ अध्यक्ष महतोले कुनै समस्या देखिए त्यसलाई नेपाल र भारतबीच कुटनीतिक रुपमा समाधान खोजिनुपर्ने उल्लेख गर्नुभयो । मधेसीले अधिकार नपाउँदासम्म काठमाडौं फिर्ता नहुने बताउनुभएका सदभावना पार्टीका अध्यक्ष महतोले अधिकार माग्दा राष्ट्रघातिको आरोप लगाएकोमा चिन्ता जनाउनु भयो । ‘मधेसीले आफ्नो अधिकार माग्दा राष्ट्रघाति भन्नु गलत मानसिकता हो’, उहाँले भन्नुभयो, ‘अधिकार राज्यले दिनैपर्छ । अन्यथा आन्दोलन रोकिँदैन ।’ नाकाबन्दी भारतले नभइ आफूहरूले गरेको भन्दै अध्यक्ष महतोले भारतको बचाउ गर्नुभएको छ । उहाँले आफूहरूले अबरोध गर्न नसकेको सीमानाकाहरूबाट तेल, ग्यास र अन्य सामाग्री आइरहेको बताउनुभयो । ‘यो सरकार छिमेकी भारतको बद्नाम गर्न लागेको छ । भारतको बद्नाम गर्न पाइँदैन’, उहाँले भन्नुभयो, ‘आफूले गर्न नसक्ने भारतलाई दोष दिन मिल्छ ?’ सरकारले जनतालाई राम्रोसँग दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउन नसकेको आरोप उहाँले लगाउनुभयो । सरकार तस्करी र भ्रष्टाचारीको संरक्षणमा लागेर कमाउन सक्रिय रहेको महतोले उल्लेख गर्नुभयो । अध्यक्ष महतोले मधेसीहरूको आन्दोलनमा भारतको पनि समर्थन रहेको दोहराउनु भयो । ‘मधेसीको अधिकारको यो आन्दोलनमा भारतको पनि समर्थन छ’, उहाँले भन्नुभयो । मधेसीहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुपैठ गराएको उहाँले आरोप लगाउनुभयो । ‘यो सरकारले शान्तिपूर्ण मधेस आन्दोलन बद्नाम गराउन घुपैडियाहरूलाई घुसाएको छ’, अध्यक्ष महतोले भन्नुभयो, ‘आन्दोलन बद्नाम गराउन घुसपैठिया गराएको हामीसँग प्रमाण छ ।’ उहाँले आन्दोलन अझै पनि आफूहरूको नियन्त्रणमा रहेको दाबी गर्नुभएको छ । राजधानी केन्द्रित खसबादी मिडियाले मधेस आन्दोलनविरुद्ध गलत समाचार सम्प्रेषण गरेको सदभावना अध्यक्ष महतोको आक्रोश थियो । ‘हाम्रो मधेस आन्दोलनविरुद्ध राजधानीका खसवादी मिडियाहरूले गलत प्रचार गरिरहेका छन्’, उहाँले भन्नुभयो, ‘आन्दोलनविरुद्ध नकारात्मक प्रचार भएको छ ।’ मधेस आन्दोलन निष्कर्षमा नपुग्दासम्म राजधानी नफर्कने बताउनुभएका सद्भावना अध्यक्ष महतो तीन महिने आन्दोलनका क्रममा एक पटक मात्रै काठमाडौं आउनु भएको छ । साभार दैनिक नेपाल बाट
## News source from Zoomnp
via IFTTT
आमिरलाइ थप्पड हान्ने भिजुअल इफिक्टवाला साइटले आफ्नो रुप फेरेको छ। असहिष्णुणता बढेको भन्दै आमिरले दिएको अभिव्यक्तिको विरोधमा विद्यार्थीले बनाएको सो वेवसाइटले सोमबार दिनभर आमिरको तस्बिरलाई एक करोड भन्दा बढी थप्पड दियो तर एकाएक साइटको डोमेन सहित भिजुअल इफेक्ट साइटले परिवर्तन गरेको छ।
अब सोही साइटमा आमिरलाई थप्पड हैन चुम्मा दिन मिल्छ। जसमा आमिरको तस्बिरलाई २५ लाख भन्दा बढी चुम्बन दिइसकिएको छ। एक चुम्बन दिदाँ चुम्बनको गिन्ती १०० ले बढ्छ। यहि साइटमा पहिले आमिरको तस्बिरलाई एक थप्पड हान्दा ५०० ले गिन्ती बढ्थ्यो।
साइटको डिस्क्लेमरमा यो वेवसाइट केवल माया र रमाइलोको लागि हो। कृपया यसलाई सहिष्णुतासंग स्वीकार गर्नुहोला भनि लेखिएको छ।
साथै वेवसाइटको डोमेन स्ल्यापआमिर डटकम बाट किसआमिर डटकम बनाइएको छ।
पढ्नुस् यो साइटले पहिले के गर्थ्यो अनि किन बनाइयो?
यो पनि पढ्नुस्।
आमिर खान विरुद्ध देशद्रोहको मुद्धा, अदालतले सुनुवाइको मिति तोक्यो
आमिर खानको नाममा पतिसँग झगडा भएपछि महिलाले गरिन् आत्महत्या
बुझो लाग्ने गरि प्रियंकाले बुझाइन: देशको अवस्था बिग्रदैछ
The post आमिरलाई थप्पड हान्नेले अब चुम्मा गर्दै appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1MSDBwL
via IFTTT
मंसिर १५, २०७२- गएराति दशगजामा ढुंगा हानाहान र पेट्रोल बम प्रहार भएको भन्दै भारतीय सीमा सशस्त्र बल (एसएसबी)ले नेपालगन्ज-रुपैडिहा नाका आउजाउ गर्न रोक लगाएको छ । धर्नाका लागि मोर्चाले दशगजामा गाडेको टेन्ट हटाउने क्रममा मोर्चा र प्रहरीबीच झडप भएको थियो ।
त्यस क्रममा मोर्चाका कार्यकर्ताहरुले प्रहरी तर्फ करिव आधा दर्जन पेट्रोल बम प्रहार गरेका थिए । पेट्रोल बम लागेर एक प्रहरी जवान घाइते भएका छन् । ढुंगा लागेर दुवै पक्षका करिव एक दर्जन घाइते भएका छन् ।
सोमबार राति ८ बजेदेखि करिव डेढ घण्टासम्म दशगजामा भएको उक्त घटनाले असुरक्षा बढेको भन्दै एसएसबीले नाकामा कडाई गरेको हो । उक्त घटनापछि एसएसबीले सवारी आउजाउ बन्द गरेको सीमास्थित इलाका प्रहरी कार्यालय, जमुनाहाले जनाएको छ । जमुनाहा प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक बिष्णु गिरीले उक्त घटनापछि इन्धन भर्ना जाने ट्यांकर र मालबाहक गाडीहरुले प्रवेश नपाएको बताए । नाका खोल्नका लागि माथिल्लो आदेश कुरिरहेको एसएसबीले जनाएको छ ।
ढुंगा हानाहान र पेट्रोल बम प्रहारपछिलाई चोट लागेको छ । ५ प्रहरी एक दर्जन आन्दोलकारीहरुलाई पनि चोटपटक लागेको मोर्चाका सह-प्रवक्ता रामकुमार दिक्षितले बताए ।
## News source from Zoomnp
via IFTTT
एजेन्सी । जस्टिन बिबरसँगको ब्रेकअपपछि गायिका एवं हलिउड अभिनेत्री सेलेना गोमेज अरू कसैसँग पनि अफेयरमा नरहेको बताइन्छ ।
पटक–पटक आउने उनका अभिव्यक्तिले पनि यस्तै संकेत गर्छ । असल साथीका रूपमा जस्टिनलाई सधैँ माया गरिरहने प्रतिबद्धता जनाउन नछोडेकी सेलेनाको पछिल्लो अभिव्यक्ति चर्चामा छ । उनले आफूभन्दा उमेरले बुढो व्यक्तिसँग सम्बन्ध अगाडि बढाउन चाहेको बताएकी छिन् ।
२३ वर्षीया सेलेनाले भनेकी छिन्, ‘म परिपक्व व्यक्तिसँग यात्रा अगाडि बढाउन चाहन्छु ।’ पूर्वप्रेमी जस्टिन उमेरले सेलेनाभन्दा दुई वर्ष कान्छा छन् । तर, परिपक्व व्यक्तिसँग सम्बन्ध अगाडि बढाउन आफूलाई डर लागिरहेको पनि उनले बताएकी छिन् ।
‘म आफ्नो खास उमेरभन्दा निकै सानीजस्ती देखिन्छु,’ सेलेनाले भनेकी छिन्, ‘कहिलेकाहीँ त म आफैँ लाई १६ वर्षकी जस्ती ठान्छु ।’
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1OB9vyl
via IFTTT
काठमाडौँ १५ मंसिर । सप्तरीको भारदहमा दुइ बस एकआपसमा जुध्दा ९ जना घाइते भएका छन् । ना.४ ख नम्बरको बसलाई बिपरित दिशाबाट आएको ना.५ ख १६७७ नम्बरको बसले ठकर दिदा बसमा सवार ९ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते ९ जनालाई धरान लगिएको सप्तरी प्रहरीले जनाएको छ ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1XDeP6z
via IFTTT
भारतीय नाकाबन्दीविरुद्ध नेपाल मजदुर किसान पार्टीसम्बद्ध पेशागत तथा जनवर्गीय संगठनहरुले सोमबार काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन् ।
रत्नपार्कबाट सुरु भएको जुलुसले भारतीय दूतावास पुगेर ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाउनुअघि दूतावास अगाडि आयोजित विरोधसभामा सहभागी वक्ताहरुले भारतीय राजदूत रणजित रायलाई फिर्ता पठाउन नेपाल सरकारलाई आग्रह गरेका थिए ।
दूतावासमार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाइएको ज्ञापनपत्रमा काठमाडौंस्थित भारतीय दूतावास, वीरगन्ज र विराटनगरस्थित भारतीय महावाणिज्य दूतावास अवाञ्छित गतिविधिमा संलग्न हुँदै आएको जिकिर गरिएको छ ।
साथै, स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र मैत्रीपूर्ण, आपसी सम्मानकासाथ प्रगतितर्फ अघि बढ्न भारतीय प्रधानमन्त्रीलाई आग्रह पनि गरिएको छ ।
## News source from Zoomnp
via IFTTT
काठमाडौं— भारतका पूर्वमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको युगौं युगदेखिको सम्बन्ध बिगारेको बताएका छन्। मंगलबार साँझ ट्विट गर्दै उनले भनेका छन्, ‘अब त्यहाँ (नेपाल) मा चीन घुस्दैछ र महामहिम विश्व भ्रमणमा हुनुहुन्छ।’ नितिशकुमार नेतृत्वको गठबन्धनले बिहार चुनाबमा भारतीय जनता पार्टीलाई नराम्रोसँग पराजित गरेपछि नेपालबारे लालु यादवको पहिलो भनाइ सार्वजनिक भएको हो।
भारतीय राजनीतिमा सधैँ सक्रिय रहेका उनले सोमबार साँझ ट्विट गर्दै मोदीको आलोचना गरेका हुन्। भारतीय प्रधानमन्त्रीले नेपालसँगको सम्बन्ध त बिगारे भने अरु देशहरुसँग के स्थिति होला? भन्दै लालुले प्रश्न गरेका छन्।
## News source from Zoomnp
via IFTTT
१४ मंसिर, बिराटनगर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सोमबार भएको त्रिपक्षीय वार्ता सरकारले भारतलाई देखाउन मात्र गरेको आरोप लगाएको छ ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको आहृवानमा सत्तारुढ दल, कांग्रेस र मधेसी मोर्चाबीच भएको वार्ता एजेण्डामा प्रवेश नै नगरी सकिएको थियो । वार्तामा मोर्चाका तर्फबाट महन्थ ठाकुरसहितका नेताहरु मात्र थिए । अन्य तीन शीर्ष नेता भने बिराटनगरमा बैठक गरिरहेका थिए ।
साँझ विराटनगर १८ स्थित संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्रं यादवको निवासीमा पत्रकार सम्मेलन गरेर मोर्चाका नेताहरुले सरकारले वार्तामा बोलाएर जिस्क्याउने काम मात्र गरेको बताए ।
सरकारले विना गृह कार्य भारत र विदेशीलाई देखाउन मात्र वार्ताको नाटक गरेको उनको आरोप थियो । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा भारत जान लागेकाले यो वार्ताको नाटक भएको उनको दाबी थियो ।
मधेसी मोर्चाले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । यादवले आन्दोलन अधिकार प्राप्तिको लडाइ भएको भन्दै भन्दै यसलाई अवका दिनमा अझ व्यवस्थित, मर्यादित र अनुशासित बनाएर लैजाने बताए ।
मोर्चाको बैठकमा फोरम अध्यक्ष यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवकमा साथै झापा, मोरङ र सुनसरीका जिल्ला नेताहरुको सहभागिता थियो ।
## News source from Zoomnp
via IFTTT
काठमाडौँ, १४ मंसिर । राष्ट्रिय स्वाधिनताको आन्दोलन चलिरहेको बेला राष्ट्रिय भावनालाई बलियो बनाउने उदेश्य सहित सिने साईट डिजिटलको प्रस्तुतिमा बर्तमान सांसदको समेत अभिनय रहेको राष्ट्रिय गीतको सुटिङ काठमाडौको रत्नर्पाकमा गरेको छ ।
गायक सगुन तामाङको स्वरमा रहेको उठ गोरखाली जुट नेपाली….. नामक गीतको छायाँकन सकिएको हो । अर्जुन बहाँदुर तामाङको निर्देशन रहेको सो गीतमा विश्व सामु नेपाललाई चिनाउन र देशको निम्ती कर्म गर्न युवाहरुलाई आव्हान गरिएको छ ।
राष्ट्रिय गीतमा सांसदद्धय जगदीश्वर नरसिंह केसी, यसोदा कुमारी लामा, हास्य कलाकारद्धय निरु खड्का (ठयास कमारी) अभिनेता शिबहरी नेपाल, पत्रकार बिष्णु निश्चल अन्य कलाकारमा गायक तामाङ सहित संजिता ङार्थैन, जयन्द्र लिम्बु, निराजन तामाङ, रुपा जिम्बु , मनोज स्याङतान, सर्मिला कुटु लयायतको अभिनय रहेको छ । बिजय जिरेलको छायाँकन रहेको सो गितमा बर्तमान नेपालको यथार्थ बस्तुस्थतीलाई जस्ताको तस्तै उर्तार्ने प्रयास गरिएको छ ।
## News source from Zoomnp
via IFTTT
जनकपुर, १४ मंसिर । विगत तीन महिनादेखि जारी मधेस आन्दोलनमा नेपाली काँग्रेसले बल्लतल्ल ज्यान जोगाएको छ । मधेस आन्दोलनलाई समर्थन गर्दै काँग्रेसले निकालेको जुलुसमा एक्कासी मधेसी मोर्चाले आक्रमण गरेको छ ।
नेपाली काँग्रेसप्रति विश्वास नरहेको र पार्टीको ब्यानरमा ¥याली निकाल्न दिने भन्दै मधेसी मोर्चाका कार्यकर्ताले अवरोध पु¥याएका हुन् ।
आन्दोलनरत मधेशी मोर्चा र मधेशी गठवन्धनले जुलुसको प्रतिकार गर्ने भन्दै प्रदर्शन गरेका थिए । कार्यालयनजिकै आन्दोलनकारीले टायर बालेर धर्ना दिएपछि कांग्रेस कार्यकर्ता सडकमा निस्कन सकेनन् ।
मधेश आन्दोलनलाई समर्थन गर्ने भए पार्टीको झण्डा छोडेर कालोझण्डामा आउन पनि मोर्चाका कार्यकर्ताले कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई सुझाव दिएका थिए । कांग्रेसको नेतृत्वमा सरकार रहेका बेला थुप्रै मधेशी मारिएको भन्दै मोर्चाका कार्यकर्ताले काँगेसको विश्वास गर्न नसकिने बताएका थिए ।
नेपाली काँगेस धनुषाले भने कालोझण्डासँगै पार्टीको झण्डासमेत राखेर आन्दोलनप्रति ऐक्यबद्धता जनाउने बताउँदै आएको छ ।
## News source from Zoomnp
via IFTTT
मिडिया एनपी, बर्दिया, १४ मंसिर । पछिल्लो समय घरभित्रै बालबालिका यौन हिंसामा परेको भन्दै चिन्ता जनाइएका बेला बर्दियामा आफ्नै छोरीलाई अप्राकृतिक मैथुन गराउने बाबुलाई २१ वर्षको कैद सजाय सुनाइएको छ ।
आफ्नै ६ वर्षीया छोरीलाई अप्राकृतिक मैथुन गराउने ३६ वर्षीय बाबुलाई जिल्ला अदालत बर्दियाले २१ वर्ष कैदको सजाय सुनाएको हो । पीडित बालिकाको आमाले दिएको किटानी जाहेरी दिएपछि पीडक बाबुमाथि परेको मुद्दामा सोमबार जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहीको एकल इजलाशले २१ वर्ष कैद र १ लाख क्षतिपूर्ति हुनेगरी सजाय गरेको हो ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1NDuvaL
via IFTTT
मिडिया एनपी, काठमाडौं, १४ मंसिर। मुलुकले भारतीय नाकाबन्दीको मार खेपिरहेका बेला सोमबार उप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमणका लागि दिल्ली जाँदैछन् ।
नाकाबन्दी खुलाउन सफल कूटनीति प्रयास गर्न नसकेको सरकार माथि आरोप लागि रहेका बेला मन्त्री थापा सोमबार दिल्ली प्रस्थान गर्न लागेका हुन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै मन्त्री थापाले आफू सोमबार दिल्ली जान लागेका जानकारी दिएका हुन् । दिल्ली बसाईका क्रममा राजनीतिक भेटघाट हुने बताएका थापाले को–कोसँग भेटवार्ता हुने बारेमा भने केही खुलाएका छैनन् ।
‘आज भारतको बैंगलोर जाँदैछु । त्यहा श्रद्धय श्री श्री रविशंकरसँग भेट हुनेछ । भोलि र पर्सि नयाँदिल्लीमा राजनीतिक भेटघाट हुनेछ’, मन्त्री थापाको ट्विटमा उल्लेख गरिएको छ ।
केही समय अघि भारत भ्रमणका क्रममा भारतीय विदेश सचिव एस जयशंकरले मन्त्री थापा माथि अपमान हुने गरी वार्ता गरेको खवरहरु सार्वजनिक भएको थियो ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1jtg8rl
via IFTTT
काठमाडौँ, १४ मंसिर । भारतले गरेको नाकाबन्दीका विरुद्व विरोधका विभिन्न शैली सुरु भएको छ । विरोधका शैलीमा पछिल्लो समयमा चर्चित बनेको छ, ‘मानव साङलो’ । सडक पेटीमा उभिने, सेल्फी देखि समुहमा फोटो खिचेर सामाजिक सञ्जाल फेसबुकमा फोटो राख्नका लागि पनि साङलोले सहयोग गरेको छ । सोमबार पनि राष्ट्रिय स्वाधिनता अभियान नेपालले भारतीय नाकाबन्दीको विरोधमा अन्तराष्ट्रिय समुदायको ध्यानआकर्षण गराउन सिंहदरबारदेखि नेपाल स्थित् संयुक्त राष्ट्रसंघको कार्यालयसम्म मानव साङ्लो प्रर्दशन गरेको छ ।
मानव साङलोमा पुर्व मन्त्री, राजनीतिक दलका नेता, कलाकार तथा सर्वसाधारणको बाक्लै उपस्थिती रहेको थियो । भारतले लगाएको नाकाबन्दी विश्वस्तरमा पुर्याई विश्वको ध्यानाकर्षण गराउन मानव साङ्लो बनाइएको अभियानका संयोजक ठाकुर गैरेले बताए ।
साङलोमा पुर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डे, लालबाबु पण्डित लगायत अन्य पनि रहेका थिए । यस्तै कलाकारहरु दिपाश्री निरौला, बसुन्धरा भूसाल, कोमल वली लगाएत विद्यार्थीहरुको समेत सहभागीता रहेको थियो ।
## News source from Zoomnp
via IFTTT
सौगात मल्ल, दयाहाङ राई र रिश्मा गुरुङको जवरजस्त अभिनय भएको चलचित्र कबड्डी कबड्डीले धमाका गरेको छ।
शुक्रबार रिलिज भएको यो चलचित्रले डेढ करोड भन्दा माथीको कमाइ गरिसकेको छ। बन्दको बावजुद आइतबार उपत्यकाबाट चलचित्रले ३४ लाख को व्यापार गरेको छ।
सुरुको दुइ दिनमै कबड्डी कबड्डीले १ करोड २५ लाख भन्दा बढीको व्यापार गरेको थियो। संगै रिलिज भएको अर्को नेपाली चलचित्र ‘जाउँ हिड पोखरा’ ले भने राम्रो सुरुवात गर्न नसकेपनि शनिबारबाट भने केही सुधार गरेको छ। शोभित बस्नेतको निर्देशनमा तयार भएको यो फिल्मले आइतबारसम्म ३० लाख भन्दा बढी कमाइ गरिसकेको छ।
भारत विरोधी भावना हावी भइरहेकै बेला रणवीर कपुर र दिपिका पादुकोणको चलचित्र ‘तमाशा’ले भने नेपाली दर्शकलाई तान्न सकेको छैन। यी जोडीको यो चलचित्र कबड्डी कबड्डीको लागि वाधक मानिएको थियो तर वास्तविकतामा उत्रन सकेन।
हेर्नुहोस् कबड्डी कबड्डीको ट्रेलर,
The post नयाँ उचाइ थप्दै कबड्डी कबड्डी appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1HzAMBJ
via IFTTT
मिडिया एनपी, काठमाडौं, १४ मंसिर । काठमाडौँको भृकुटीमण्डपमा रहेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार केन्द्र ललितपुरको बालकुमारीमा सर्ने भएको छ ।
गएको वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पनले केन्द्रमा क्षति पुर्याएपछि सो केन्द्र ललितपुरस्थित रेडक्रसको जिल्ला शाखामा सर्न लागेको हो । केन्द्रका वरिष्ठ मेडिकल अधिकृत डा प्रकाशकुमार यादवले केन्द्र यही महिनाको अन्त्यसम्म ललितपुरमा सर्ने जानकारी दिएको राससले उल्लेख गरेको छ ।
पचास वर्ष लामो इतिहास बोकेको केन्द्रीय रक्तसञ्चार केन्द्रले सुरुका दिनमा वीर अस्पतालबाट सेवा दिँदै आएको भए पनि २०३९ सालमा भृकुटीमण्डपबाट सेवा दिँदै आएको थियो ।
भूकम्पले केन्द्रको भवनमा पूर्ण क्षति पुगेपछि भवन निर्माणका लागि तीन वर्षका लागि केन्द्र ललितपुरमा सर्न लागेको हो । अन्तर्राष्ट्रिय रेडक्रसको सहयोगमा तीनतले भवन निर्माण भएपछि केन्द्र पुनः भृकुटीमण्डमा नै फर्कने यादवले जानकारी दिए ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1MZ7adW
via IFTTT
मिडिया एनपी, काठमाडौं, १४ मंसिर । भारतले सम्झौता विपरीत इन्धन दिई नेपालमा नाकाबन्दी जारी राख्दा जनजीजन सकस पूर्ण बनिरहेका बेला बंगलादेशले इन्धन ल्याउनका लागि ट्राजिन्टको रुपमा बन्दरगाह उपलब्ध गराउन तयार रहेको बताएको छ ।
रिपोर्टर्स क्लव नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा नेपालका लागि बंगलादेशी राजदूत मास्फी बिन्ते साम्सले नेपालले बाहिरबाट इन्धन र ग्याँस ल्याए ट्रान्जिटको रुपमा बन्दरगाह उपलब्ध गराउन तयार रहेको जानकारी दिएकी हुन् ।
बंगलादेश आफैले इन्धन उत्पादन गर्ने नभइ आयात गर्ने भएकाले नेपालले तेस्रो मुलुकबाट इन्धन ल्याउने हो भने बन्दरगाह ट्रान्जिटको रुपमा दिन तयार रहेको उनको भनाइ छ । बंगलादेशले नेपाललाई मंगला र चिटगाँउ बन्दरगाह प्रयोग गर्न भनिसकेको उनले जानकारी दिइन् । नेपाली ढुवानी साधन निर्वाध रुपमा बंगलादेश जान पाउने भएपनि बंगलादेशी ट्रक नेपाल आउन नपाउने भन्दै उनले तत्काल मोटर भेइकल एग्रिमेन्ट गर्नुपर्ने आवश्यकता रहेको औंल्याइन् ।
रोहनपुर सिंहबाद र राधिकापुरसम्म रेल सेवा समेत रहेकोले त्यहाँबाट पनि आयात निर्यातको काम गर्न सकिने बताएकी उनले नेपालबाट बंगलादेश निर्यात गर्न दुई सय ८ बस्तुमा शून्य भन्सार गर्ने प्रस्तावलाई तत्काल नेपाल सरकारले अनुमोदन गरेर अघि बढाउने जानकारी दिइन् ।
यता चीनले नेपाललाई केरुङबाट नभई सिगात्सेबाटै इन्धन लैजान प्रस्ताव गरेको खबर सार्वजनिक भएको छ । चीनको नयाँप्रस्ताव अनुसार सिगात्सेबाट तेल ल्याउने हो भने नेपाली ट्यांकरले झण्डै ५ सय ४८ किलोमिटर दुरी पार गर्नु पर्नेछ । इन्धन खरिदको ब्यापारिक सम्झौताको वातावरण बनाउन चीन गएको नेपाल आयल निगमको टोली सोमबार ( आज ) स्वदेश फर्किँदैछ ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1Xr5UdC
via IFTTT
बलिउडका नायक शाहरुख खान र आमिर खानले असहिष्णुताको विषयमा दिएको अभिव्यक्तिले बलिउड र भारतको राजनीति तातेको छ। आमिर र उनकी पत्नीले देश छोड्ने अवस्था आएको भन्दै दिएको टिप्पणीले आमिर निकै विवादमा तानिएका छन्। आमिरको यो अभिव्यक्ति प्रति बलिउडका कलाकारले विभिन्न प्रतिक्रिया दिइँरहदा नायिका प्रियंका चोपडाले भने आमिरको साथ दिएकी छिन।
प्रियंकाले भनिन, ‘भारत विश्वकै महान लोकतन्त्र हुनपर्ने हो। हरकोहीलाई आफ्नो विचार व्यक्त गर्ने पुरा अधिकार हुन्छ। तर पछिल्लो केही वर्ष देखि देशमा छुट्टै माहौल बनको छ। मानिसलाइ उनीहरुको विचार व्यक्त गरेपछि निशाना बनाइदै गएको छ।’
उनले थपिन, ‘तपाइले संसदमा देख्नु भएको छैन, सबै आफ्नो विचार व्यक्त गर्नेगर्छन। हाम्रो देश प्रजातान्त्रिक हो। हाम्रा पूर्वजले विचारको स्वतन्त्रताको लागि लडाइँ लडेका थिए। त्यसैले एक अर्कालाई आरोप लगाउनु भन्दा आफैलाई हेर्नुहोस्।’
प्रियंका आफ्नो आउन लागेको फिल्म ‘बाजीराव मस्तानी’ को प्रमोसन गर्न एक कार्यक्रममा उपस्थित थिइन तब उनले आमिरको बचाउ गर्दै विरोधीहरुलाइ कडा जवाफ दिएकी हुन। हाल अमेरिकामा सिरियल ‘क्वांटिको’मा व्यस्त प्रियंका एक दिनको छुट्टी लिएर भारत आएकी थिइन।
केही दिन पहिले असहिष्णुतालाइ देशको माहौल निकै खराब भइरहेको र जरुरत परे यसको विरुद्धमा पद्मश्री अवार्ड फिर्ता समेत गर्ने शाहरुखले बताएका थिए। उनको यस वयान निकै विवादित बनेको थियो, साथै चौतर्फी विरोध पनि गरियो।
त्यसको केही दिन पश्चात आमिर खान पनि यस्तै अभिव्यक्ति दिएर विवादको केन्द्रमा तानिएका थिए। देशमा बढेको यस्तो माहौलको कारण आमिरको पत्नीले देश छोड्ने अवस्था सृजित भएको भन्दै बोले पछि आमिर सहित उनको पत्नी विरुद्ध निकै मानिस लागि परे। आमिर विरुद्ध मुद्धा समेत हालियो। आमिरको यो बयानलाई नरेन्द्र मोदीको पार्टी भाजपाका ठुला नेताहरुले समेत विरोध गरेका थिए साथै अनुपन खेर, परेश रावल, ऋषि कपुर र रवीना टन्डन लगाएतले विरोध गरेका थिए।
यो पनि पढ्नुस्।
आमिरलाई झापड हान्न विद्यार्थीले बनाए वेवसाइट
आमिर खान विरुद्ध देशद्रोहको मुद्धा, अदालतले सुनुवाइको मिति तोक्यो
आमिर खानको नाममा पतिसँग झगडा भएपछि महिलाले गरिन् आत्महत्या
आमिर खान विरुद्ध खनिए शिव सेनाका नेता, पिटे बापत एक लाख दिने घोषणा
The post बुझो लाग्ने गरि प्रियंकाले बुझाइन: देशको अवस्था बिग्रदैछ appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1OpBFhr
via IFTTT
१४ मंसिर, बुटवल । सर्पको राजाको रुपमा चिनिने तथा नेपालमा दुलर्भ मानिएको राज गोमन -किङ्ग कोब्रा) सर्पलाई स्थानीयले मारेका छन् ।पाल्पा र नवलपरासीको सीमाना गोठादी नजिकको जंगलमा देखापरेको सर्पलाई स्थानियले मारेका हुन् । उक्त राज गोमन सर्पको तौल ६ किलो तथा ३.५ मिटर लम्बाई रहेको सर्पसम्बन्धि अनुसन्धानकर्ता कमल देवकोटाले बताए ।
स्थानीयले ठुलो सर्प मारेका छौं भनेर फोन गरेपछि हेर्न जाँदा राज गोमन भेटिएको कालिगण्डकी हेल्थ फाउण्डेसनका डा. छविलाल थापाले बताए । ‘सर्पलाई थप अनुसन्धान गर्नका लागि कालिगण्डकी हेल्थ फाउण्डेसनमा राखिएको छ’-उनले भने ।
स्थानीयहरुले धामिन सर्प ठानेर मारेको भएपनि अति विषालु राज गोमन भएको उनले बताए । आईयुसीएन रेड लिष्टको दोस्रो श्रेणीमा पर्ने राज गोमन सामान्यतया नेपालमा कम संख्यामा रहेको मानिन्छ ।
जंगल क्षेत्रमा बसोबास गर्ने यो सर्पको आहाराका रुपमा अन्य सर्पहरु नै हुने गरेको र मानिस भएको ठाउमा खासै नदेखिने उनले दाबी गरे । जं
गल क्षेत्रमा मानव अतिक्रमण बढेसँगै राज गोमन सर्प संकटमा परेको सर्प सम्बन्धि अनुसन्धानकर्ता कमल देवकोटा बताउँछन् ।
नेपालमा पाइने राज गोमन माथितिर कालोमा सेतो धर्का तथा तलपट्ट िकालो हल्का पहेलो हुन्छ । नेपालमा अहिलेसम्मको राज गोमन चितवन, पोखरा, काठमाडौं र पाल्पामा भेटिएको छ ।
## News source from Zoomnp
via IFTTT
मंसिर १४, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रतिपक्षी कांग्रेससहित बसेको आन्दोलनरत मधेसी मोर्चासँगको वार्ता बिषय प्रवेश नै नगरी सकिएको छ । बिहान साढे ११ बजे सुरु भएको वार्ता दुई घण्टा चलेको थियो । बुधबार पुन: बस्ने गरी आजको वार्ता सकिएको हो ।
बैठकबाट बाहिरिंदै संघीय समाजवादी फोरम नेपालका नेता अशोक राईले आजको वार्ता बिषय नै प्रवेश नगरी सकिएको बताए । ‘हामीले सरकारको तर्फबाट भएको दमनको विरोध गर्यौं’, उनले भने,‘त्यसबाहेक खासै कुरा भएन ।’
आजको वार्तामा सीमांकनलगायतका बिषयमा सहमति जुट्ने आशा गरिएको थियो ।
बैठकपछि प्रतिक्रिया दिंदै एमाले नेता माधवकुमार नेपालले आफूले सीमांकन स्थगित गरौं भन्ने प्रस्ताव राखेको तर अन्य नेताहरुले नमानेको बताए ।
‘मैले सीमांकन स्थगन गरौं भन्ने प्रस्ताव राखे तर अन्य साथीहरुले मान्नु भएन’, उनले भने,‘त्यसपछि बैठक सकियो ।’
## News source from Zoomnp
via IFTTT
मिडिया एनपी,काठमाडौं, १४ मंसिर । पर्साको वीरगञ्जमा विद्यार्थीहरुले मधेश आन्दोलको समर्थनमा मानव साङ्लो प्रदर्शन गरेका छन् ।
केही दिन अघि भारतीय नाकाबन्दीको विरोध गर्दै काठमाडौं उपत्यकाका विद्यार्थीहरुले ‘विद्यार्थीको पढ्ने अधिकार रक्षा’को लागि भन्दै २७ किलोमिटर चक्रपथमा मानव साङ्लो प्रदर्शन गरेपछि सोमबार वीरगञ्जका विद्यार्थीहरुले भने मधेश आन्दोलनको समर्थन गरेका हुन् ।
नाकाबन्दी विरुद्ध चक्रपथमा मानव साङ्लो (भिडियो/फोटो सहित )
उनीहरुले मितेरी पुलबाट वीरगञ्जको परवानीपुरसम्म झण्डै १३ किलोमिटर लामो मानव साङ्लो बनाएर प्रर्दशन गरेका हुन् । बिहान ९ बजेदेखि ११ बजेसम्म भएको प्रर्दशनमा वीरगञ्जका निजी तथा सामुदायीक विद्यालय र उच्च माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी सहभागी थिए ।
मानव साङ्लोमा कक्षा पाँचदेखि उच्चमावि तहमा अध्ययन गर्ने विद्यार्थीहरुले वीर शहिद अमर रहुन, मधेसका माग पुरा गर, बालअधिकार सुनिश्चित गर, हाम्रो भविष्य के हुने ? भन्ने नारा लेखिएका प्लेकार्ड बोकेका थिए । विद्यार्थीसँगै शिक्षक पनि प्रर्दशनमा सहभागी रहेका थिए ।
मानव साङ्लोप्रति मानअधिकार आयोगको यस्तो आपत्ति
काठमाडौंमा विद्यार्थीले मानव साङ्लो प्रदर्शनकै दिन राष्ट्रिय मानव अधिकार आयोगले धर्ना, जुलुस, लगायतका राजनीतिक कार्यक्रममा विद्यार्थीको प्रयोग भएको प्रति चिन्ता जनाउँदै ध्यानाकर्षण भएको बताएको थियो ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1lpfn3F
via IFTTT
बलिउडका चर्चित निर्देशक रामगोपाल वर्माले मदर टेरेसाबाट भन्दा पोर्न स्टार टोरी ब्ल्याकबाट बढी प्रेरणा पाएको बताएका छन्। आफ्नो अटोबायोग्राफी किताब ‘गन्स एन्ड थाइस: द स्टोरी अफ माइ लाइफ’ सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन।
उनले भने, ‘मदर टेरेसालाई म राम्रोसंग चिन्दिन, किनकी मैले परोपकार अरुको कल्याणको लागी काम गरेको छैन। त्यसैले म मदर टेरेसा भन्दा बढी पोर्न स्टार टोरी ब्ल्याकबाट प्रभावित छु।’
टोरी ब्ल्याक अमेरिकाकी पोर्न स्टार हुन।
वर्माले भने, ‘मैले टोरीको एक अन्तर्वार्ता हेरको थिए, जसमा उनले पोर्नको दुनियाँमा जाने बारे कुरा गरेकी थिइन। मैले टोरी भन्दा सच्चा अरु देखेको छैन। पोर्न इन्डस्ट्रीमा काम गर्नेहरुलाई मानिस हिन नजरले हेर्छन। यस्तोमा आफैलाइ पोर्न इन्डस्ट्रीसंग जोडेर कुरा गर्न निकै हिम्मत चाहिन्छ। त्यसैले म उनीलाइ हिम्मतवाली मान्छु। मलाई यो मान्न कुनै समस्या छैन कि म पनि पोर्न हेर्छु।’
टोरी लगायत बलिउड नायिका उर्मिला मातोडकर, चीनका स्टा ब्रुस ली, अमिताभ बच्चन र केही ग्याङस्टारलाई पनि राम प्रेरणाको स्रोत मान्छन्।
दाउद जस्ता गुण्डा नभएको भए सत्या र कम्पनी फिल्म बन्थेनन
वर्मा भन्छन् कि अन्डरवर्ल्डका डन दाउद इब्राहिम हुन्थेनत सत्या र कम्पनी जस्ता फिल्म बन्ने थिएनन। आफ्नो जीवनमा दाउदको योगदानलाई नदेखेझै गर्न सक्दिन।
श्रीदेवी सुन्दरताकी देवी
वर्माले श्रीदेवीलाई सुन्दरताकै देवी भनेका छन्। उनले भने, ‘म श्रीदेवी तीर निकै आकर्षित थिए। श्रीदेवी कहिल्यै स्कुल गइनन्। ३ वर्षको उमेर अभिनय सुरु गरेकी थिइन। मैले उनको जस्तो स्टारडम अरुको देखेको छैन। पुलिसको लठ्ठी खाएर उनको फिल्म हेर्न टिकट किन्न कयौं पटक लाइनमा बसेको छु।’
‘एक स्वर्गको परिलाई घरमा लगेर चिया पकाउन लगाउने? श्रीदेवीलाई लिएर बोनी कपुरलाई म कहिल्यै माफ गर्दिन’, उनले भने।
The post मदर टेरेसा भन्दा पोर्न स्टार टोरीबाट प्रभावित छु: निर्देशक रामगोपाल appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1TfH221
via IFTTT
प्रधानमन्त्री ओलीका सुरक्षा मामिल सल्लाहकार भनिएका विवादास्पद पूर्व जर्नेल प्रकाशबहादुर बस्नेत लैनचौरस्थित भारतीय राजदूतावास रातको समयमा सुटुक्क छिरेको प्रसंगले खैलाबैला मच्चिएको छ । गुपचुप रुपमै सुरक्षा सल्लाहकार बनेका जर्नेल बस्नेत २०७२ मंसिर ८ गते राति भारतीय राजदूतावासमा बिना जानकारी पुगेको कुरा नेपाली सुरक्षा निकायका एक अधिकृतले नाम प्रकाशित नगर्ने सर्तमा बताएको भन्दै साँघु साप्ताहिकले खबर लेखेको छ ।
प्रधानमन्त्री ओलीको सुरक्षा सल्लाहकार भनेपछि उनकै आग्रहमा राजदूतावासका केही उच्च अधिकारीलाई भेटेको कुरा राजदूतावासको सुरक्षार्थ खटिएको सुरक्षा स्रोतले जनाएको छ । उनी प्रधानमन्त्री केपी ओलीको स्वीकृति लिएर भारतीय राजदूतावास गएका हुन् कि आफूखुसी गएका हुन् भन्ने कुरा चाहिँ खुलेको छैन ।
प्रधानमन्त्री ओलीको निजी सचिवालयमा जिज्ञासा राख्दा यसबारेमा केही बताउन चाहेको छैन । प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार जस्तो व्यक्ति यस्तो बेलामा किन रातको समयमा राजदूतावास गए र उनले के कुरा गरे भन्ने जनतालाई जानकारी गराउनुपर्छ कि पर्देन ? प्रश्न उठाइएको छ ।
बस्नेत नेपाली सेनाका विवादास्पद पूर्व उपरथी हुन् । राजदरबारका प्रमुख सैनिक सचिव विवेक शाहका निकट बस्नेत कसरी ओली निकट बन्न पुगे भन्ने कुरा चाहिँ खुलेको छैन । नेपाली सेनामा रहँदा एनडिसी समेत गर्न नपाएर छटपटीमा परेको बेलामा विवेक शाहको चाकडीपछि एनडिसी गर्ने मौका पाएका थिए ।
शाही सेनामा रहँदा राजा र दरबारकै आशिर्वादमा संभाररथी विभागको प्रमुख भएर करोडौं, अर्बौंको खरीदमा मोजमस्ती गरेर अकूत सम्पत्ति आर्जन गर्न सफल अवकाश प्राप्त उपरथी हुन् । साँघु साप्ताहिकमा खबर छ ।
## News source from Zoomnp
via IFTTT
मिडिया एनपी, काठमाडौं, १४ मंसिर । नक्कली र असुरक्षित मानिएको कागजी लाइसेन्सलाई विस्थापित गर्दै सरकारले सोमबारदेखि सोमबारदेखि स्मार्ट ड्राइभिङ लाइसेन्सको प्रयोगमा ल्याउँदैछ ।
सोमबार अपरान्ह ३ बजे आयोजित एक कार्यक्रमका बीच उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले स्मार्ट ड्राइभिङ लाइसेन्स उद्घाटन तथा प्रदर्शन गरि विधिवत रुपमा प्रयोगमा ल्याउनेछन् ।
पहिलो चरणमा काठमाडौं, सिरहाको लहान र लुम्बिनी क्षेत्रमा प्रयोगमा ल्याइने स्मार्ट ड्राइभिङ लाइसेन्सलाई विस्तारै अन्य क्षेत्रमा पनि विस्तार गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।
उक्त स्मार्ट लाइसेन्समा चालकको सबै विवरण सुरक्षित राखिने व्यवस्था हुनुका साथै गल्ती र सजायको सबै विवरण समेत राखिने भएकाले सुरक्षित यात्रा र नक्कली ल्याइसेन्स प्रयोगको अन्त्य हुने विभागको विश्वास छ ।
एसियाली विकास बैंकको सहयोगमा ल्याउन लागिको स्मार्ट कार्ड प्रयोगको पहिलो चरणका लागि एक लाख ६० हजार थान स्कार्ट कार्ड छापिएको विभागले जनाएको छ ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1MP96HR
via IFTTT
आमिर खान असहिष्णुताको विषयमा दिएको अभिव्यक्तिले निकै ठुलो विवादमा तानिदै गएका छन्। शिव सेनाले आमिरलाई झापड हान्नेलाई १ लाख भारु दिने घोषणा पश्चात झन् उनी विरुद्धको अभियान नै चलेको छ।
मायामी एड स्कुलका केही विद्यार्थीले आमिर विरुद्ध एक वेवसाइट बनाएका छन्। स्ल्यापआमिर डटकम नामको सो वेवसाइट आमिरको तस्बिरलाई झापड हान्ने गरि बनाइएको छ।
वेवसाइट निकै विवादको विषय बनेको छ। केही व्यक्ति केवल रमाइलोको लागि वेवसाइट लगइन गर्ने गरेका छन् भने सामाजिक सञ्जालमा यसको व्यापक विरोध हुँदैछ।
साइटको ‘डिस्लेमर’मा डेभलपरले ‘स्ल्यापआमिर डटकम रमाइलो र क्रियटिभ कामको लागि मात्र बनाइएको हो र यसले कनै राजनैतिक सिद्धान्तलाइ प्रतिनिधित्व गर्दैन। कृपया हाम्रो हसिमजाकलाई सहन गर्नुहोला’ लेखेका छन्।
यो पनि पढ्नुस्।
आमिर खान विरुद्ध देशद्रोहको मुद्धा, अदालतले सुनुवाइको मिति तोक्यो
आमिर खानको नाममा पतिसँग झगडा भएपछि महिलाले गरिन् आत्महत्या
आमिर खान विरुद्ध खनिए शिव सेनाका नेता, पिटे बापत एक लाख दिने घोषणा
The post आमिरलाई झापड हान्न विद्यार्थीले बनाए वेवसाइट appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1NhGRyC
via IFTTT
काठमाडौँ, १४ मंसिर । स्त्रीको सबैभन्दा आर्कषक अंग हो स्तन । चाहे त्यो महिलाका लागी होस् वा पुरुषका लागी । चाहे त्यो कुनै सौन्र्दय प्रतियोगीतामा होस् वा पौडी पोखरीमा वा अन्य समयमा युवतीको स्तन पहिलो रोजाई हुन्छ हेराईको । तर पनि हत्तपत्त यिनको आकार सुन्दरतामा मानिस हराउने हुनाले यसको साइज समान हुँदैन भन्ने धेरैलाई पत्तै हुँदैन । चिकित्सकका अनुसार पुरुष महिलाको बक्षस्थलप्रति सँधै चनाखो हुन्छन् । पुरुष मात्र होइन महिलालाई पनि आफ्नो बक्षस्थलबारे सँधै चिन्ता र चासो हुन्छ । महिलाका दुइ स्तन मध्ये दुवै बराबर कसैको पनि हुँदैन । दुई स्तन मध्ये एउटा ठूलो र एउटा सानो हुन्छ । जुन आकार आकार प्राकृतिकरुपमा नै बढाउन सकिन्छ ।
यसका लागि कुनै कस्मेटिक सर्जरी गर्नु पर्ने वा अन्य मद्दत लिन जरुरी छैन । गर्भवती भएपछि स्तनको आकार आफै बढ्छ र केही खुल्ला पनि हुन्छन् । तर युवती अवस्थामा देखिने भिन्नता धेरैलाई पत्तै हुँदैन । एजेन्सीको सहयोगमा
## News source from Zoomnp
via IFTTT
चलचित्र ‘बाजिराव मस्तानी’को प्रमोसनमा व्यस्त बलिउड अभिनेता रणवीर सिंहले केहि दिनयता आफ्नो व्यक्तिगत जीवनबारे पनि बोल्न थालेका छन् ।
केहि दिन अगाडी भारतीय मिडिया भास्करलाई अन्तर्वार्ता दिँदै रणवीरले भनेका छन्, ‘म चलचित्रका लागि जे गर्न पनि तयार छु, पात्रलाई न्याय गर्न सक्दा मलाई अत्यन्त खुसी लाग्छ ।’ सँगसँगै उनले खुलासा पनि गरेका छन्, ‘बाजिराव मस्तानीका लागि मैले तीन साता बन्द कोठामा बिताएँ । साथीभाइ मात्र होइन, परिवारका सदस्यसँग पनि भेटिनँ । फोन अफ गरेँ, इन्टरनेट पनि चलाइनँ । पूरै एकान्तमा बिताएँ ।’ तर, त्यो समयमा उनलाई कुनै पनि अर्थमा अप्ठ्यारो नलागेको बताएका छन् । ‘म अभिनयका लागि जे गर्न पनि तयार छु,’ उनले भनेका छन्, ‘पात्रबारे रियल टच दिन मलाई मन लाग्छ ।’
यो चलचित्रमा रणवीर दीपिका पादुकोण र प्रियंका चोपडाको साथमा दिएका छन् । शाहरुख खान अभिनित चलचित्र ‘दिलवाले’सँग एकसाथ प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई बलीउडको बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।
## News source from Zoomnp
via IFTTT
काठमाडौं: नेपाली सेनाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम ‘तरल र अप्ठ्यारो’ अवस्था रहेको विश्लेषण गरेको छ।
झन्डै एक सय दिनदेखि तराई-मधेसमा भइरहेको आन्दोलनबारे सेनाले तयार पारेको प्रतिवेदनमा मधेसमा जारी आन्दोलन झन्झन् जटिल बन्दै गइरहेको र तत्काल समस्या समाधान नभए अरू जटिल रूप लिन सक्ने उल्लेख छ।नेपाली सेनाको गुप्तचर निकाय डिरोक्टोरेट अफ मिलेटरी इन्टेलिजेन्स (डीएमआई) ले तयार पारेको प्रतिवेदनमा सुरुआती दिनमा तराई-मधेसमा चलेको आन्दोलन मधेसी मोर्चाको नियन्त्रणमा रहे पनि अहिले मोर्चाको नियन्त्रणबाहिर रहेको पनि उल्लेख छ। कतिपय स्थानका विरोध र आन्दोलनका कार्यक्रमको नेतृत्वसमेत नभएको र प्रदर्शन अराजक एवं हिंसात्मक बन्दै गएको सेनाको निष्कर्ष छ।तराई-मधेसको स्थिति काबुमा लिन प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय सुरक्षा परिषद्ले गर्ने कुनै पनि निर्णय कार्यान्वयन गर्न नेपाली सेना तयारी अवस्थामा रहेको स्रोतले बतायो। तराई-मधेसका समस्या नियन्त्रणमा लिन सेना परिचालन गर्नेबारे सरकारकै मन्त्रीहरूबीच फरकफरक धारणा आइरहेका बेला आइतबार सैनिक मुख्यालयमा मुलुकको पछिल्लो अवस्थाबारे पूर्वप्रधानसेनापति र अवकाश प्राप्त सैनिकका उच्च अधिकारीसँग सैनिक नेतृत्वले छलफल गरेको छ।
यस्तै तरल अवस्था जारी रहे सेनाको भूमिका के हुने भन्ने सन्दर्भमा समेत सैनिक अधिकारीहरूबीच छलफल भएको थियो।छलफलमा पूर्वसैनिक अधिकारीहरूले मुलुकको राष्ट्रियता र सार्वभौमिकताबारे कुनै पनि सम्झौता मान्य नहुने बताएका थिए । स्रोतका अनुसार उनीहरूले राष्ट्रिय एकता र अखण्डता जोगाउन नेपाली सेना जस्तोसुकै मूल्य चुकाउन तयार हुनुपर्ने सुझाव पनि दिएका थिए।
मधेसमा भइरहेको आन्दोलनले असहज परिस्थिति निम्त्याएकाले यस्तै अवस्था रहे नेपाली सेनाले अवलम्बन गर्नुपर्ने भूमिकाका विषयमा सेनाले पूर्वसैनिक अधिकारीसँग छलफल गरेको हो । नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले नियमित कार्यक्रम भए पनि नेपाली सेनाले पूर्वउच्च सैनिक अधिकारीलाई मुलुकको पछिल्लो अवस्था खासगरी मधेसमा चलिरहेको आन्दोलनबारे जानकारी दिएको बताए।
उपप्रधान एवं रक्षामन्त्री भीम रावलले मधेसको आन्दोलन काबुमा लिन सेना परिचालन हुनेतर्फ संकेत गरिरहेका बेला सरकारका प्रवक्ता रहेका सूचना तथा प्रविधिमन्त्री शेरधन राईले संवाद र वार्ताबाटै समस्या समाधान गर्नुपर्ने तर कुनै पनि बहानामा सेना परिचालन गर्न नहुने धारणा राख्दै आएका छन् । मन्त्रीहरूकै परस्पर विरोधी अभिव्यक्ति आइरहेका बेला पूर्वसैनिक अधिकारीहरूले विधिसम्मत निर्णय भएमा नेपाली सेना जहाँसुकै तैनाथ हुनुपर्ने सुझाव सैनिक नेतृत्वलाई दिएका छन्।
तर सेनाले राजनीतिक समस्याको राजनीतिक समाधानमै जोड दिएर परिचालनका लागि अप्रत्यक्ष सर्त राखेको छ। छलफलपछि सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा पूर्वसैनिक उच्च अधिकारीले नेपाली सेना संविधानसम्मत, विधि र प्रक्रिया पुर्याई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षार्थ एवं आमजनताको जिउधन सुरक्षाका लागि अवस्था, परिस्थिति र आवश्यकताअनुरूप तैनाथीका लागि तयारीमा रहनुपर्ने सुझाव दिएको उल्लेख छ। उनीहरूले मधेसमा जारी आन्दोलन राजनीतिक विषयवस्तु भएकाले राजनीतिक रूपले नै समधान गर्नुपर्ने धारणा पनि व्यक्त गरेका थिए।-
## News source from Zoomnp
via IFTTT
गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताएका छन् ।
गृहमन्त्री बस्नेतले आज सुनसरी जिल्लाको इटहरीस्थित सशस्त्र प्रहरीको बराह बाहिनी मुख्यालय पकलीमा आयोजित क्षेत्रीय सुरक्षा गोष्ठीपछि स्थानीय सञ्चारर्मीसँगको कुराकानीमा सो कुरा बताएका हुन् ।
क्षेत्रीय सुरक्षासम्बन्धी गोष्ठीमा पूर्वी नेपालको तराईका सीमा क्षेत्रमा भइरहेका गतिविधिका विषयसम्बन्धी जिल्लाका सुरक्षा प्रमुखबाट ठोस प्रतिवेदन प्रस्तुत गरिएको र त्यस विषयमा गोष्ठीमा विस्तृत छलफल गरी ठोस निचोड निकालिएको पनि गृहमन्त्री बस्नेतले सञ्चारकर्मीलाई अवगत गराए ।
मन्त्री बस्नेतले पछिल्लो समयमा भारतसँग सीमा जोडिएका क्षेत्रमा भएको गोलीकाण्ड, तस्करी, कालोबजारीलगायतका विषयमा पनि विस्तृत छलफल भएको थप जानकारी दिँदै उनले कालोबजारी गर्ने उद्योगी व्यापारी र सीमा क्षेत्रमा तस्करी गर्ने समूहको कडा निगरानी राखेर कडा कारबाही चलाइने ठोकुवासमेत गरे ।
लामो समयदेखि राजमार्ग क्षेत्रमा देखिँदै आएको अवरोधलाई सरकारले खुलाउने विषयमा पनि विस्तृत छलफलसँगै कसरी राजमार्गलाई सहज तुल्याउने र कसरी सुरक्षाकर्मी परिचालित हुने भन्ने विषयमा पनि गोष्ठीले ठोस मार्ग्चित्र तयार पारेको पनि गृहमन्त्री बस्नेतले सञ्चारकर्मीलाई जानकारी दिए।
तराईमा मधेस आन्दोलनका कारणले राजमार्गमा अवरोध भइरहेको, ठाउँठाउँमा सार्वजनिक सवारी साधनमा ढुङ्गामुडा गर्ने कार्य भइरहेको र अर्बांैको नोक्सानी गराउने कार्य भइरहेको तर्फ सरकार ज्यादै गम्भीर भएकाले राज्यले ठोस योजना बनाएर जोडदार रुपले काम गर्ने निचोड निकालेको पनि मन्त्री बस्नेतको भनाइ रहेको छ ।
सीमा क्षेत्रमा छिमेकी मुलुक भारततिरबाट भइरहेको अवरोध तथा संयुक्त मधेसी मोर्चाका तर्फबाट भइरहेको धर्ना र आन्दोलन आदिलाई सहज वार्ताका माध्यमबाट निकास दिन पनि सरकारले वार्ता जारी राखेको र चाँडै नै कूटनीतिक पहल गरेर त्यसको पनि ठोस निकास निकाल्ने विषयमा पनि विस्तृत छलफल भएको उनले बताए ।
क्षेत्रीय सुरक्षा गोष्ठीमा पूर्वी तराईका जिल्लामा क्रियाशील सुरक्षा निकायका प्रमुखबाट वर्तमान अवस्थामा भइरहेका गतिविधि तथा नेपाल सरकारका तर्फबाट भइरहेको सुरक्षा तैनाथीका विषयमा पनि विस्तृत छलफल भएको पनि मन्त्री बस्नेतले बताए ।
उनले भारतीय सीमा सुरक्षा बलका तर्फबाट नेपालमा प्रवेश गरेर गोली चलाएको तथा हातहतियारसहित नेपाली भूमिमा प्रवेश गरिरहेको घटनालाई पनि सरकारले कूटनीतिक प्रयासबाट अब उप्रान्त दोहोरिन नदिनका लागि भरमग्दुर प्रयास भइरहेको तथा यो विषयमा भारत सरकारसमक्ष पनि कुराकानी भइरहेको मन्त्री बस्नेतले उल्लेख गरे ।
मन्त्री बस्नेतले शान्ति सुरक्षा जस्तो विषयलाई अति संवेदनशील विषयका रुपमा सरकारले हेरिरहेको र आजमात्र राजधानी काठमाडाँैमा प्रहरीको खोजीको सूचीमा रहेका दुई जनालाई पक्राउ गर्दा केही शक्ति प्रदर्शन भएको तथा गोलीसमेत चलेको पनि जानकारी दिए।
सुरक्षा गोष्ठीमा गृहमन्त्रालयअन्तर्गतका सुरक्षा निकायका प्रमुख तथा क्षेत्रीय र जिल्ला तहका सुरक्षा निकायका प्रमुखको पनि सहभागिता रहेको थियो । बैठकमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च तहका कर्मचारीसमेतको सहभागिता रहेको थियो । रासस
## News source from Zoomnp
via IFTTT
सरकार, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच सोमबार हुने वार्तामामा मोर्चाका शीर्ष नेता सहभागी नहुने भएका छन्।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार आफूहरू विराटगरमा भएको र सरकारले राति अबेर खबर गरेकाले हामी वार्तामा सहभागी भएनौ। ‘राति अबेर खबर गरेर पनि हुन्छ?, उनले प्रश्न गरे,‘हाम्रो विराटनगरको कार्यक्रम केही दिन अघि नै तय थियो। बार्ताबारे राति अबेर मात्र खबर भयो।’
बिहान ११ बजे बोलाइएको वार्ताकै समयमा मोर्चाको शीर्ष नेताहरुको बैठक बिराटनगरमा बस्ने तयारी भएपछि वार्तामा उपेन्द्र यादव, राजेन्द्र महतो र रामेश्वराय यादव सहभागी नहुने भएका हुन्।आजको वार्तामा लक्ष्मणलाल कर्णले नेतृत्व गर्नेछन्।प्रधानमन्त्री केपी ओलीले मधेस आन्दोलनका माग सम्बोधन गर्ने उद्देश्यले बोलाएको बार्ता अहिले ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुँदैछ।बार्तामा सकेसम्म तीन ठूला दलबीच मधेसको मागबारे साझा धारणा बनाउने तयारी गरिरहेका छन्।
मोर्चाले यसअघि नै सरकारसमक्ष ११ बुँदे माग पेश गरिसकेको छ ।मोर्चाले प्रदेशको सीमांकनमा फेरबदल, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, समानुपातिक समावेशी प्रतिनिधित्व र नागरिकतासम्बन्धी मागलाई वार्ताको न्यूनतम शर्त मान्दै आएको छ ।अरु विषयमा सहमतिका लागि लचक देखिएपनि सीमांकनमा दबै पक्ष टसमस नहुँदा समस्या भएको छ ।पछिल्लोपटक औपचारिक रूपमा २ मंसिरमा सरकार र मधेसी मोर्चाबीच भएयता दुई पक्षबीच वार्ता भएको छैन |
## News source from Zoomnp
via IFTTT
नेपाली कांग्रेस धनुषाले आज आइतबार जनकपुरमा प्रदर्शनको तयारी गरेको छ । तर, मधेसी मोर्चा र संघीय समावेशी मधेसी गठवन्धनले पार्टीको झण्डासहित आन्दोलनमा नआउन दबाव दिइरहेका छन् ।कांग्रेसको कार्यक्रम सुरु हुनुअघि नै आन्दोलनकारीहरु सडकमा आएका छन् । र, उनीहरुले सहरका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।
मधेसी गठवन्धनमा आवद्ध नेपाल सदभावना पार्टीका धनुषा अध्यक्ष रमण सिंहले भने, ‘हामीले कांग्रेसलाई सडकमा आउने हो भने कालो झण्डा लिएर आउन भनेका छौं ।’
कांग्रेस पार्टीको चारतारे झण्डासहित आन्दोलनमा आए कार्यक्रम बिथोल्ने मोर्चाका कार्यकर्ताको चेतावनी छ ।
यसअघि शनिबार आन्दोलनकारीले वीरगञ्जमा कांग्रेसको कार्यक्रम बिथोल्दै झण्डा र ब्यानर जलाएका थिए ।
उता सुनसरीको इटहरीमा भने प्रमुख दलका विद्यार्थीहरुले मधेसी नेतालाई कार्यक्रम गर्न नदिने भन्दै मोर्चाको मञ्चमा आगजनी गरेका थिए ।
संविधान बनेपछि प्रतिपक्षमा बसेको कांग्रेसले आफ्नो सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक अघि बढाउन दबाव दिने भन्दै सदन र सडकमा आन्दोलन सुरु गर्ने निर्णय गरेको छ । यही निर्णय अन्तरगत उसले जनकपुरमा कार्यक्रम गर्न लागेको हो ।
आफ्नो अभियान लिएर तराई मधेसका जिल्लाहरुमा कांग्रेसले सडकमा जाने निर्णय गर्दैछ । तर, कांग्रेसलाई पार्टीको झण्डासहित सडकमा जान सहज नहुने जनकपुर र वीरगञ्जको घटनाले देखाएको छ ।
प्रतिकार गर्ने गुप्ताको चेतावनी
मधेसी गठवन्धनमा आवद्ध तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले पनि नेपाली कांग्रेस पार्टीको झण्डासहित आन्दोलनमा आए प्रतिकार हुने बताए ।
‘प्रतिपक्षमा बस्दैमा कांग्रेस दूधले नुहाएको मानिँदैन’ गुप्ताले अनलाइनखबरसँग भने- ‘हामीले आचारसहिता बनाएका छौं र कोही पनि पार्टीको झण्डा लिएर मधेसमा विरोध प्रदर्शनमा सहभागी हुँदैनन् । कांग्रेसलाई पनि हामीले त्यही भनेका छौं ।’
आफूहरुको आग्रहका बाबजुुद कांग्रेस आफ्नो पार्टीको झण्डासहित सडकमा आए प्रतिकार गर्ने उनको चेतावनी छ ।
## News source from Zoomnp
via IFTTT
काठमाण्डौ। नेपालमा हिन्दी चलचित्र र च्यानलहरुको प्रदर्शन रोक्नको लागि ने.क.पा माओबादी बिक्रम चन्द (बिप्लब)ले पहल गरेका छन ।
भारतिय हस्तक्षेप र नाकाबन्दी बिरुद्ध एक महीना हिन्दी भाषाको चलचित्र र च्यानल बन्द गर्ने बिरोधको कार्यक्रम उनिहरुले सार्बजनिक गरेका छन । हल र केबल सञ्चालकलार्इ पत्राचार गर्दै हिन्दी भाषाका चलचित्र र च्यानललार्इ बन्दगरी सहयोग गर्न आग्रह गरिएको छ ।
राष्ट्रीय प्रतिरोध संघर्ष कार्यक्रम नामाकरण गरीएको आन्दोलन कार्यक्रमको पत्रमा पार्टीका प्रवक्ता प्रकाण्डले अपिल गरेका छन । पत्रमा जनता र नेपाली ईतिहासलाई माथ गर्नेगरी भारतिय विस्तारवादको हस्ताक्षेप र नाकाबन्दीको मारलाई अन्त्य गर्न र यसैको दबाब स्वरुप थालिएको संघर्षको पक्षमा उभिन चलचित्र हल सञ्चालकहरुलाई समेत आग्रह गरिएको छ ।
## News source from Zoomnp
via IFTTT
काठमाण्डौ। खिलबहादुर गुरुङले निर्देशन गरेको चलचित्र ‘टिष्टा पारिको साइनो’को ‘सपनाले लुट्यो कहिले’ बोलको गीत सार्वजनिक भएको छ ।
वियोगान्त शैलीको यो गीतमा राज सिग्देलको आवाज, आँशु लामा र नर्जन गुरुङको संगीत छ । चलचित्रले गुरुङ समुदायको भाषा तथा संस्कृति र युवा प्रेमको महसुश गराउँछ । यो चलचित्रमा खिलबहादुर गुरुङ, अनिता गुरुङ, अमिर, गजेन्द्र, टीकाराम घले, सिता गुरुङ लगायतका कलाकारका साथमा बालकलाकार सुधन गुरुङले अभिनय गरेका छन् ।
चलचित्रमा एके गुरुङ र रोजर गुरुङको लगानी रहेको छ । यो चलचित्रले एउटा घाटु नाच्ने केटीको कथा उठान गरेको छ । पौष १० गतेबाट यो चलचित्र देशव्यापी प्रदर्शनमा आउँदैछ ।
गीत हेर्नुहोस्:
## News source from Zoomnp
via IFTTT
काठमाडौँ १४ मंसिर । गएराति पोखराको लेकसाइटमा अज्ञात समुहले भारतीय गाडीमा आगो लगाएका छन् । रोकी राखेको युपी ५१ टी ८३११ नम्बरको बसमा आगो लगाईएको हो । आगलागीबाट कुनै मानवीय क्षेति नभएको प्रहरीले जनाएको छ। आगो कसले र किन लगायो यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताईएको छ । तथापी बस भित्र पेट्रोल राखिएकै कारण आगो लागेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1Nkmy8j
via IFTTT
मिडिया एनपी ,काठमाडौँ १४ मंसिर । सोमबार (आज) बिहानै ६ः१० बजे काठमाडौंको बुढानिलकण्ठ आसपास केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.१ रेक्टर स्केलको भूकम्पका धक्का गएको छ ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1Q7bdsN
via IFTTT
एजेन्सी। गुगल सहित विश्वका ठुला कम्पनीहरु मानिसको जीवन कसरी लम्ब्याउन सकिन्छ भनी अनुसन्धान गर्दैछन्। सके सयौं नसके दसौं वर्ष भएपनि उमेर लम्ब्याउन वैज्ञानिहरुको खोज जारी छ।
यस्तैमा लण्डन स्थित ‘ह्युमाइ’ फर्म मरेका मानिसलाइ कृत्रिम बौद्धीकता (Artificial Intelligence -AI) को सहयोगले कसरी ब्युँताउन सकिन्छ भनि खोज गर्दैछन्।
यो प्रविधिको विवरण बाहिर आइसकेको छैन। तर योजना अनुसार मानिसको दिमागलाई फ्रिज गरि ‘पर्सनालिटी’ चिपमा सार्ने प्रविधिको विकास हुँदैछ।
ह्युमाइका संस्थापन जोस बोकानेग्रा मानिस जिउँदो बनाउने कार्यमा आफु गंभीर रहेको बताउँछन्। आउँदो ३० वर्षमा यो कार्य सम्भव हुनेमा उनी विश्वस्त छन।
कृत्रिम बौद्धीकता र न्यानोटेक्नोलोजीको मद्द्तले मानिसको बोल्ने शैली, व्यवहार, सोच्ने प्रक्रिया र मानिसको आन्तरिक शरिरले कसरी काम गर्छ भन्ने जानकारी पर्सनालिटी चिपमा सुरक्षित राख्ने योजनामा ह्युमाइले काम गरिरहेको छ।
यसरी जम्मा गरिएको मानिसको दिमागी डाटालाई ‘मल्टिपल सेन्सर टेक्नोलोजी’मा कोड गरिनेछ। जसलाई कृत्रिम रुपमा बनाइएको दिमाग सहितको मानिसको शरिरमा राखिनेछ।
यो प्रक्रियाको खर्च र मानिसको दिमाग कसरी भेट्ने भन्ने चुनौती भने छ। तर क्राइओनक्स (Cryonics) प्रविधिको मद्दतले मानिस मरिसकेपछि दिमाग जमाएर राख्न सकिने वैज्ञानिक बताउँछन्।
जब यो प्रविधि पुरा विकास हुन्छ तब दिमागलाई कृत्रिम शरिरमा प्रत्यारोपण गर्न सकिनेमा वैज्ञानिकहरु विश्वस्त छन्।
यस्तै एक अर्को प्रविधि ‘सिङ्गुलारिटी (Singularity)’ को नामले चिनिन्छ। जसमा मानिसको दिमागलाई कम्प्युटरमा अपलोड गरिन्छ र शरिर मेसिनको बनाइन्छ। यसले मानिसलाई चतुर र शारिरीक रुपमा पनि शक्तिशाली बनाउने विश्वास गरिएको छ। यो प्रविधि पनि अहिलेसम्म सिद्धान्तमा मात्र सिमित छ।
गुगलका इन्जिनियरिङ निर्देशक रे क्रुजविल भविष्यवाणी गर्दै भन्छन्, ‘सन् २०४५ सम्म सिङ्गुलारिटी सम्भव भइसक्नेछ।’
कम्प्युटरको विकास मानिसकै दिमागको आधारमा हुदैँ आएको छ। मानिसको झै कम्प्युटरको सम्झने, निर्देशन दिने र काम भएनभएको थाहा पाउने प्रणाली हुन्छ। तर बिनाकुनै निर्देशन कम्प्युटर आफैले कुनै काम सुरु भने गर्न सक्दैन। मानिसको दिमागको काम र संरचनाको अझैसम्म रहस्य खुल्नसकेको छैन। मानिसको दिमागको बारेमा राम्रोसंग जानकारी नभइ मरेका मानिसको दिमागबाट उसको व्यवहार, बोल्ने र सोच्ने शैली कम्प्युटरमा अपलोड गर्न असम्भव नहोला तर अहिलै सम्भव भने देखिदैन। तर प्रविधिको द्रुत विकाससंगै मानिस अमर हुनसक्ने अवस्था चाडै आउनेमा भने आशावादी हुनसकिन्छ। नेपाल सन्देश बाट ।
## News source from Zoomnp
via IFTTT
काठमाडौं, १३ मंसिर । बंगलादेशकी प्रधामन्त्री सेख हसिनाले आफ्नो देशको विमानस्थल र बन्दरगाह प्रयोग गरी सामान लैजान नेपाल सरकारसँग आग्रह गरेकी छन्। उनले आफ्नो देशको सयदपुर विमानस्थल तथा चटगाउँ र मोङ्ला बन्दरगाहमार्फत व्यापारीक सामान लैजान अनुरोध गरेकी हुन् । बंगलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठ मार्फत हसिनाले यस्तो अनुरोध गरेकी हुन्।
भारतीय नाकाबन्दीका कारण नेपाली जनताले भोग्नुपरेको दुखमा साथ दिन बंगलादेशको सरकार तयार रहेको उनले बताइन् । भारतले लगाएको नाकाबन्दीका कारण देशमा उत्पन्न भएको संकटबाट नेपाल छिटो बाहिर निस्कनेमा उनले आशा व्यक्त गरिन् ।
## News source from Zoomnp
via IFTTT
नेपाली सेनाले मुलुकको समसामयिक परिस्थितिबारे सङ्गठनका अग्रजसँग आवश्यक जानकारी लिएको छ ।सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित अन्तरक्रियामा सहभागी पूर्व प्रधान सेनापति र अवकाश प्राप्त रथीबृन्दले देशमा उत्पन्न वर्तमान असहज परिस्थितिमाथि गम्भीर चिन्ता र चासो व्यक्त गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
तराई मधेसमा उत्पन्न समस्या ‘राजनीतिक’ भएको जनाउँदै उहाँहरुले राजनीतिक तवरबाटै यो समस्याको शीघ्र समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाली सेना संविधानसम्मत विधि र प्रक्रिया पुर्याई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षार्थ एवम् आमजनताको जीउधन सुरक्षाका लागि अवस्था, परिस्थिति र आवश्यकतानुरुप तैनाथीका लागि तयारीमा रहनुपर्ने धारणा र सुझाव अन्तरक्रियामा आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सो अवसरमा नेपाली सेनाको वर्तमान अवस्था, भावी कार्यदिशा एवम् नेपाली सेनासँग सम्बन्धित विषयवस्तुमा जानकारीमूलक ढङ्गबाट अन्तरक्रिया भएकोे जनाइएको छ ।
नेपाली सेनाका विभिन्न निर्देशनालयद्वारा वस्तुस्थिति, प्रधान सेनापतिको नेतृत्व र मार्ग निर्देशन, नेपाली सेनाको नीति तथा भावी योजना र कल्याणकारी योजनालगायत अन्य समसामयिक विषयवस्तुमा पनि गहन छलफल गरिएको थियो ।
सङ्गठनमा रहेर लामो अनुभव, ज्ञान र सीप आर्जन गर्नुभएका पूर्वप्रधानसेनापति र रथीबृन्दबाट आएका रचनात्मक टिप्पणी, सल्लाह र सुझावले सेनालाई अझ बढी सक्षम एवम् सबल बनाउन आधार प्रदान गर्ने नेपाली सेनाले विश्वास लिएको छ । रासस
## News source from Zoomnp
via IFTTT
मिडिया एनपी, काठमाडौं, १३ मंसिर । हेल्पराईज फोरम (सहयोग उत्थान मंन्च ) युएईका संयोजक बाबुराम विश्वकर्मा सहित ५५ जनाले संस्था परित्यागको घोषणा गरेका छन । समाजमा पछाडी परेका दलित समुदायको उत्थान गर्ने उद्धेस्यका साथ १७ मे २०१३ मा स्थापना भएको संस्था उनीहरुले पछिल्लो समय संस्थामा, संस्थाको उद्देश्य विपरीत काम र राजनितिक हस्तक्षेप बढ्दै गए पछि बिहीबार साँझ असन्तुष्ट पक्षले पत्रकारसम्लेन गरी संस्था छोडेको बताएका हुन ।
नेपालमा बिभिन्न जिल्लाका अपाङ्ग, दृष्टि बिहिन, एकल महिला, गरिब बालबालिकाहरुलाई सहयोग गर्दै आएको यस सस्थाले अहिले सम्म ७,३७,७८६ रुपैया सहयोग गरि सकेको छ । संस्थालाई अगाडी बढाउने र नेपालमा एउटा समाता मुलक समाज निर्माण गर्ने चाहाना हुदा हुदै पनि संस्थाका केही नेतृत्वपंति कारण संस्थाको हित विपरीत काम भईरहेको हुदा संस्थाबाट बिश्राम लिन चाहेको संयोजक बिश्वकर्माको भनाई छ ।
बिगतका दिनहरुमा जस्तै निरन्तर समाज सेवामा लागी पर्ने र दलित समुदायको मुक्तिको लागी आगमी दिनमा सबै दलित समुदायलाई समेटेर दलित महासंघ निर्माण गर्ने पत्रकार सम्लेलनमा जानकारी दिइएको छ ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1Q6mrhn
via IFTTT
सिन्धुली : सिँचाइ मन्त्री उमेशकुमार यादवले ‘धाइ’ आमाको सम्मान गर्नेहरुका कारण मधेस आन्दोलन चर्किएको बताएका छन् ।
आइतबार सिन्धुलीमाढीमा पार्टी कार्यकर्तासँगको भेटघाटमा मन्त्री यादवले जन्म दिने आमालाई दुःख दिएर धाइआमाको सम्मान गर्न खिचडी पकाउनेहरुका कारण मधेस आन्दोलन चर्कीएको बताएका हुन् ।
अति मधेसबादको कुरा गर्ने र शासकहरुसँग मिलेर अकुत सम्पती कमाउनेहरुबाट मधेसका नाममा राष्ट्रहित विपरित आन्दोलन भइरहेको छ’, उनले भने, ‘यो धाइआमालाई खुसी पार्न खिचडी बनाउने काम मात्र हो ।’
जनताको अधिकार कुण्ठित गरी राष्ट्र नै कमजोर पार्ने गरी गरिएको आन्दोलन कुनैपनि हातलमा अधिकारको लागि नहुने उनले ठोकुवासमेत गरे । भारतको अघोषित नाकाबन्दीप्रति लक्षित गर्दै उनले ब्यापार गर्दा हिसावकिता बराबरी गर्नुपर्ने भन्दै त्यसको जवाफ पनि कडारुपमा दिनुपर्ने संकेत गरे ।
जनताको बलिदानको जगमा निर्माण गरिएको संविधान आवश्यकता अनुसार संशोधन गरेर सबै वर्ग र समुदायको भावनालाई समेटी अघि बढ्न सकिने उनको भनाइ थियो ।
‘यो संविधान कुनै राजामहाराजबाट बनेको हैन’, उनले भने, ‘झुपडीका समुदायबाट आएको सुझावका आधामा बनेकाले सबै समुदायको भावनालाई समेटेर संसोधन र परिष्कृत गर्दै लैजान सकिन्छ ।’
मधेस आन्दोलन र भारतिय नाकाबन्दी राष्ट्रहित विपरित भएको चर्चागर्दै मन्त्री यादवले भारतको मात्र विश्वास गर्दा यस्तो अवस्था आएको बताए ।
आफ्नै हातले संविधानमा कमादेखि पूर्णविरामसम्म लागाउने डा. बाबुराम भट्टराईको पार्टी परित्याग र संविधानप्रतिको असन्तुष्टी सामान्य कुरा नभएको यादवको विश्लेषण थियो ।
‘मालेमाबाद र प्रचण्डपथ सबभन्दा नयाँ शक्ति हो तर, भट्टराईले नयाँ शक्तिकारुपमा कम्युनिष्ट पार्टीको साधरण सदस्यता समेत त्याग गर्नु समान्य कुरा छैन्,’ यादवले भने ।
उनको पार्टी परित्यागअघि शाहवंशीय र ब्रामणबादको हिमायतीहरुसँगको गोप्य वार्त र छलफल भएको खुलसा गर्दै यादवले पुरानासँगको गोप्य छलफलले नयाँ शक्ति बन्नै नसक्ने बताए ।
उग्रराष्ट्रबादको पगरी गुथ्ने जलपण्डीतहरुका कारण जलस्रोतमाथि धेरै राजनीति भएको उनको भनाइ छ । उनले अब कुनै हालतमा त्यसो हुन नदिने उनले बताए ।
‘अब जलस्रोत र सिँचाइ क्षेत्रमा बहुआयामीक र दिर्घकालीन योजना निर्माण गरिने छ’, उनले भने, ‘यसका लागि विशेषज्ञहरुको टोलीबाट अध्ययन थालि सकिएको छ ।’
## News source from Zoomnp
via IFTTT
मुगुमा ५ दिनअघि देखि हराइरहेका एकै घरका ४ जना बालबालिका एउटै खाल्डोमा मृत अवस्थामा भेटिएका छन् । मुगुको ह्याँग्लु गाविसस्थित एक घरबाट हराईरहेका उनीहरुको शव गाडिएको अवस्थामा गाँउदेखि १ सय मिटर तल बारीमा भेटिएको हो । लामो समयसम्म पनि खोजी गर्दा उनीहरु भेटिन सकेका थिएनन् । स्थानीय बासिन्दाले खोजी गर्दै जाने क्रममा आज बिहान खाल्डो खनेर पुरिएको अवस्थामा बालबालिकाको शव भेटिएको हो । स्थानीय नन्दबहादुर रोकायाकी ९ वर्षीया छोरी सुन्तली रोकाया, छ वर्षका छोरा युवराज रोकाया, ४ वर्षकी छोरी विपना रोकाया र २ वर्षका छोरा दीप रोकाया यही मंसिर ९ गते देखि हराइरहेका थिए । एकैपटक चारजना बालबालिका एउटै खाल्डोमा पुरिएको पाईएपछि प्रहरीले बिशेष अनुसन्धान थालेको छ । यो रहस्यमय घटनाको अनुसन्धान गर्नका लागि प्रहरीले मृतक बालबालिकाका बाबु, आमा र हजुरआमालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । चारै बालबालिकाको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।
## News source from Zoomnp
via IFTTT
बिराटनगर : नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले दानापानी बन्द गर्दा पनि सरकारले आफ्नो कुरा नसुनेको गुनासो गरेका छन् ।
मधेसी मोर्चाले आइतबार बिराटनगरमा गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष महतोले नाकामा बसेर दानापानी थुन्दा पनि सरकार गम्भीर नभएको आरोप लगाए ।‘४२ दिनसम्म आन्दोलन गर्दा पनि मधेसको समस्या समाधान गर्न सरकारले चासो दिएन’, महतोले भने, ‘आफूहरुले नाकामा बसेर ‘दानापानी नै बन्द’ गर्दा पनि हाम्रा माग सुनुवाई गर्न सरकारले चासो दिएको छैन ।’उनले मधेसका माग सम्बोधन गर्न प्रमुख तीन दलका तीन नेता गम्भीर नभएको उनको आरोप लगाए ।
सभालाई सम्बोध गर्दै संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले वार्ताबाटै सीमाङ्कन, निर्वाचन क्षेत्र निर्धारण र समानुपाति, समावेशी प्रतिनिधित्व हुनुपर्ने बताए ।
‘वार्ताले केही नगर्ने जस्तो भइसक्यो । सरकार टसको मस भएको छैन’, यादवले भने, ‘आन्दोलनबाट हामी पनि थाक्नेवाला छैनौं ।’
यादवले आफूहरुको आन्दोलन मधेसी, पिछडिएको समुदाय र जनजातिको अधिकारका लागि भएको बताए । नेपालको राष्ट्रियता खासगरी प्रमुख तीन समुदाय मधेशी, आर्यखस र जनजातिले टिकाएको यादवले बताए ।
मधेश प्रदेशमा आउनु पर्ने केही जिल्लाको विषयमा विवाद भएपनि त्यसलाई जनमत बुझेर टुंगो लगाउनु पर्ने उनले बताए ।
तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले झापा, मोरङ र सुनसरीको सवाल पनि जनताको धारण बुझेर टुंगो लगाउनुपर्ने बताए ।
‘सीमाङ्कनको विवाद टुंगोमा नपुञ्जेल वार्ता पनि सफल हुनेवाला छैन’, उनले भने, ‘हाम्रो आन्दोलन पनि रोकिनेवाला छैन ।’
## News source from Zoomnp
via IFTTT
इजरायल, १३ मंसिर । रोजगारीका लागि इजरायल आएकी नेपाली महिलामाथी आतंकबादीहरुले आक्रमण गरेका छन् । इजरायलको राजधानी जेरुशलेममा केयर गिभरको रुपमा कार्यरत इश्वरी थपलियामाथि आक्रमण भएको हो ।
काठमाडौँ कोटेश्वरकी थपलिया विगत ८ बर्षदेखि इजरायलको जेरुशलेमस्थित किराँत मोशेमा कार्यरत छिन् । थपलियालाई बसपार्कमा बस कुरिरहेको समयमा ढाडमा चक्कु प्रहार गरिएको छ । हाल उनको सरिक सेदेक अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा संलग्न रहेको भन्दै वेस्टब्याङ्क निवासी १७ बर्षिय प्येल्सेटेनीलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार इजरायलको जेरुशलेममा रहेको वर्ल्ड सिटीस्थित दमस्कस गेटमा इजरायली सीमा प्रहरीमाथि पनि आक्रमण भएको छ । उनीमाथि चक्कु प्रहार भएको थियो । आक्रमणकारी प्रहरीको जवाफी कारबाहीमा मारिएका छन् ।
## News source from Zoomnp
via IFTTT
काठमाडौँ, १३ मंसिर । भारतले गरेको अघोषित नाकाबन्दीले देशमा सृजित समस्या समाधानमा वंगलादेशले सहयोग गर्ने भएको छ । बंगलादेशकी प्रधामन्त्री सेख हसिनाले नेपाललाई आफ्नो देशको सयदपुर विमानस्थल तथा चटगाउँ र मोङ्ला बन्दरगाहमार्फत व्यापार गर्न प्रस्ताव गरेकी छिन् ।
प्रधानमन्त्री हसिनाकी प्रेस सेक्रेटरी इन्सानुल करिमका अनुसार बंगलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठको विदाइ भेटमा उनले सो प्रस्ताव गरेकी हुन् ।
राजधानी ढाकास्थित प्रधानमन्त्री निवासमा भएको भेटमा हसिनाले नेपाली जनताले भोग्नुपरेको समस्यामा सहयोग गर्न बंगलादेशको सरकार तयार रहेको बताइन् ।
आफ्नो प्रस्ताव नेपालले मानेको खण्डमा नेपालमा देखिएको संकट चाँडैनै समाधान हुने विश्वास व्यक्त गरिन् । उनको यो प्रस्ताव नेपालले मान्ने हो भने नेपालमा देखिएको वर्तमान समस्या समाधान हुने विज्ञहरुको भनाई छ । जानकार स्रोत भन्छ, ‘काम सुरु गरे पनि यसका लागि नेपाल आयल निगमका कर्मचारीले फाईल अघि बढाउदैनन् ।’
## News source from Zoomnp
via IFTTT
एजेन्सी ।
जब ‘दबंग’ बाट बलिउडमा एक सुन्दरीको प्रवेश भयो तीनले भारतीय मान्यतामा संस्कारी नारीको उपमासमेत पाइन् । त्यसपछिका फिल्ममा समेत उनले खुलेर अंगप्रदर्शन र अन्तरंग दृश्यहरु दिएकी छैनन् । उनी हुन् सोनाक्षी सिन्हा ।
एक भारतीय सञ्चारमाध्यमसँग लामो कुराकानि गर्ने क्रममा सोनाक्षीले आफू कहिल्यै पनि खुलेर अंगप्रदर्शन पनि नगर्ने र अन्तरंग दृश्य पनि नदिने बताएकी छिन् । उनले भनिन्,‘मलाई लाग्छ म साहै् भाग्यमानी छु । मेरो विचारमा मेरो बाबाआमाको ख्यातिले मलाई पनि काम गरेको छ । यसैको कारणले म यहाँसम्म आइपुगेको हूँ । यो क्षेत्रमा जसले अंगप्रदर्शन गर्छ, त्यसको विरोधमा म छैन । कति मजबुरीका लागि गर्छन् त कति रहरमा या कति बुझेरै गर्छन् । तर, म अंगप्रदर्शनमा सिमा नाघ्न सक्दिन । म बिकिनी कहिल्यै लगाउँदिन र किस सिन पनि दिन्न ।’
सोनाक्षी प्रेमका बारेमा पनि खुलेकी छिन् । उनले आफू अहिलेसम्म सिंगल रहेको दाबी गर्दै विवाह भने प्रेमविवाह नै गर्ने बताइन् । ‘म प्रेम कहिले होला भनेर पर्खिरहेको पनि छैन र इन्कार पनि गरिरहेको छैन ।’ उनले थपिन्,‘त्यसो त विवाह, प्रेम भन्ने कुरा भाग्यका कुरा पनि हुन् । जहिले हुन्छ हुन्छ । तर, मेरो विवाह प्रेमबाटै हुन्छ । म चाहन्छु, मेरो दुलाहा अग्लो होस् । बारम्बार मलाई हँसाइराखोस् ।’
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1Reymup
via IFTTT
काठमाडौँ, १३ मंसिर । भारतले गरेको अघोषित नाकाबन्दीको असर सर्वसाधारण जनतामा त परेकै छ । जनताले ग्यासको अभावसँगै पाएसम्म मट्टीतेल, डिजेल, नपाएको खण्डमा दाउरा बालेर खाना खाने गरेका छन् । पछिल्लो समयमा भारतले गरेको अमानवीय र निकृष्ठ व्यवहारबाट आम नेपाली जनताको मन दुःखेको छ । धेरैले धेरै माध्यमबाट दुखेसो पोखेका छन् ।
आम नेपालीले भनेका छन्, बरु दाउरामा पकाएर खाँऔला तर राष्ट्रियता बेच्नु हुँदैन । यसलाई नेपाली सर्वसाधारणले मात्र होईन पुर्व युवराज पारसले पनि साथ दिएका छन् । उनले आइतबार समाजिक सञ्जाल फेसबु्कमा यस्तै आसयको स्टाटस पोष्ट गरेका छन् ।
उनको यो स्टाटस निकै राष्ट्रवादी छ, जसको धेरैले प्रशंसा गरेका छन् । उनले स्ट्याटसमा तीन महिनासम्म ग्याँस र इन्धनको अभावमा पनि नेपालीहरु सन्तुष्ट भएर बसेको कुरालाई उठाएका छन् । ‘नेपाली समाज किन यति पिछडिरहेको छ ।
हामी अरुले हाम्रो धर्म खोसेर लैजादा पनि ठिक भनेर बसेका छौँँ’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘हामीसँग तीन महिनासम्म ग्याँस नहुदा आगोमा पकाएर खादा पनि हामी सन्तुष्ट छौँ ।’ उनले आफुले आगोमा ध्यू थम्ने काम गरेको होइन भन्दै नेपाली समाजलाई बुझाउने कोशिस मात्र गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत राष्ट्रियता बेच्नु नहुने बताएका छन् ।
## News source from Zoomnp
via IFTTT
काठमाडौँ, १३ मंसिर । गायिका पुष्पा सुब्बाको नयाँ गीत ‘तिमी लोग्ने मान्छे’ ले बजारमा निकै चर्चा बटुल्दै गएको छ । पुरुष प्रधान नेपाली समाजमा यस गितको भाव नारी सशक्तिकरण सम्बन्धि भएकाले बजारमा आएको छोटो समयमानै चर्चाको शखिरमा पुगेको हो ।
फ्युजन एल्वमको ‘अलिकति डर लाग्यो’ बोलको गीतमार्फत चर्चा कमाएकी पुष्पाको यो गितले पनि चर्चा बटुल्ने भएको छ । ‘सम्बन्ध’ नामक दोस्रो एल्बममा समाबेश ‘तिमी लोग्ने मान्छे’ बोलको गीत समावेश छ ।
संगितकार दिपक शर्माको शब्द , संगित रहेको र देनेन्द« नेवाको एरेञ्जमा बनेको उक्त गित प्राविधिक रुपले पनि निकै नै स्तरिय बनेको बताईन्छ ।
यो गीतमा स्वर शब्द अनि संगितको बेजोड संयोजन भएकोे कारणले पनि छिटो समयमा गीतले निकै चर्चा कमाउँन सफल भएको गायीका पुष्पा बताउछिन् । प्राय प्रेमका गीत गाउँने पुष्पाले आफनो दोस्रो एल्बममा नारी सशक्तिकरणको लागि गीत गाएकी हुन् ।
भिडियोमा भने मोडल एवं नायिका बेनिसा हमाल , भिमसेन , सुरेश र रञ्जनको अभिनय रहेको छ भने भिडियोमा हरि हुमागाईको छायांकन रहेको छ ।
गीतले समाजमा महिलाहरुलाई भन्दा पुरुषहरुलाई बढि स्वतन्त्रता दिएको बास्तविकतालाई उजागार गरेको छ । निर्देशक बिसाल भण्डारीले निकै सरल तरिकाले सन्देशमुलक भिडियो बनाउँन सफल भएका छन् । यसअघि गायिका पुष्पाले पहिलो एल्बम ‘फ्युजन’ बजारमा ल्याएकी थिईन । एल्बमको सफलताले हौसिएकी उनले दोस्रो एल्बम ‘सम्बन्ध’ बजारमा ल्याएको बताएकीछिन् । अहिले देश तथा बिदेश बाट कार्यक्रम को अफर आइरहेको अनि धेरै नेपाली चलचित्र मा आफ्नो स्वर दिइसकेको बताउछिन ।आफनो नयाँ गीतले दर्शक र श्रोताको माया पाउँने बिश्वास गायिका सुब्बाको रहेको छ ।
## News source from Zoomnp
via IFTTT
इलाम, १२ मंसिर ।
इलाममा यस वर्ष ५३ वटा नयाँ नागरिक सचेतना केन्द्र थप भएका छन् । जिल्लाका ४३ गाविसमा प्रत्येकमा एक÷एक, इलाम नगरपालिकामा पाँच, सुर्योदय नगरपालिकामा तीन र देउमाई नगरपालिकामा दुई वटा नयाँ नागरिक सचेतना केन्द्र थपिएका हुन् ।
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) मार्फत सञ्चालित सामाजिक परिचालन कार्यक्रम अन्तर्गत गाविस र नपाको अतिविपन्न एक टोलमा नागरिक सचेतना केन्द्र स्थापना गरिन्छ । यसअघि जिल्लाका ४३ गाविस र तीन नगरपालिकामा ५२ वटा नागरिक सचेतना केन्द्र सञ्चालित थिए । चार वर्षअघि स्थापित ती केन्द्रहरु निर्धारीत मापदण्डका आधारमा परिपक्क भएपछि नयाँ ठाउँमा अर्को केन्द्र स्थापना गरिएको जिल्ला शासन विज्ञ राजु शिवाकोटीले जानकारी दिए । नयाँ नागरिक सचेतना केन्द्रहरु सामाजिक परिचालकको माध्यमबाट धमाधम गठन भईरहेको उनले बताए ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट जारी गरिएको ‘सामाजिक परिचालन कार्यविधि–२०७१’ अनुसार नयाँ नागरिक सचेतना केन्द्र स्थापना भईरहेको उनले बताए । कार्यविधिअनुसार गरिबीका अन्तरनिहीत कारणबाट पहिचान गरिएका सामाजिक र आर्थिक रुपमा अतिविपन्न टोलमा २५ देखि ३० जनालाई संगठित गरी नासके गठन गरिन्छ ।
कार्यक्रम अन्तर्गत पछाडी परेको वर्ग तथा समुदायलाई संगठित गरी सशक्तिकरणका माध्यमबाट आफ्नो जीवन र जिविकालाई प्रभाव पार्ने कुरा पत्ता लगाउन, विश्लेषण गर्न र सुधारका लागि प्रयास गर्ने उपयुक्त वातावरण सिर्जना गर्न सहजिकरण गर्ने उद्देश्यले नागरिक सचेतना केन्द्र स्थापना गरिएका हुन् ।
सो केन्द्रमा सामाजिक परिचालकद्वारा साप्तहिक रुपमा २ घण्टा रिफ्लेक्ट कक्षा सञ्चालन गरिन्छ । कक्षामा सहभागीबाट आएका मूख्य सवालहरुमा आधारित भई विभिन्न दैनिक जीवनोपयोगी विषयहरुमा छलफल हुने गर्दछ । सार्वजनिक सेवाप्रवाह, विकास र सहभागिता, सामाजिक विषयवस्तु तथा प्रथा र आर्थिक क्रियाकलाप तथा आयआर्जनसम्बन्धी विषयमा सामूहिक छलफल गरी कार्ययोजना समेत निर्माण गरी कार्यान्वयन गरिन्छ । साथै सहभागिहरुलाई आर्थिक, सामाजिक तथा साँस्कृतिक सशक्तिकरणका माध्यमबाट उनीहरुको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गरिन्छ ।
केन्द्रलाई सञ्चालन खर्चवापत एलजीसीडीपीबाट वार्षिक ३० हजार रुपैयाँ प्राप्त हुने गर्दछ । सहभागीलाई खाजा खर्च, स्टेशनरी, सशजकर्ता शुल्क तथा सञ्चार र विविध शिर्षकमा सो रकम सो रकम प्राप्त हुने गर्दछ ।
यसैबीच पहिलेको नागरिक सचेतना केन्द्र सहकारीमा परिणत गर्दै जिविकोपार्जन सुधार कार्यक्रम मार्फत विभिन्न आय आर्जनका क्रियाकलापहरु सञ्चालन गरी नागरिकको सामाजिक आर्थिक पुँजीको विकास गर्न क्रियाशील रहनेछन् । परिपक्वता भईसकेका पुराना नागरिक सचेतना केन्द्रमा समेत साप्ताहिक रिफ्लेक्ट कक्षा सञ्चालनका लागि एक जना सामाजिक परिचालन स्वयंसेवक नियुक्त गरी विस्तारै सहकारीमा परिणत गरिनेछ । केन्द्रलाई एलजीसीडीपीबाट वार्षिक १० हजार रुपैयाँ प्राप्त हुनेछ । कार्यविधिले प्रत्येक वडाको विपन्न टोलमा नासके गठन गर्ने परिकल्पना गरेको छ ।
सामाजिक परिचान कार्यक्रम सुरु भएदेखि पहिलोपटक देशभर एकैसाथ यसवर्ष नयाँ नागरिक सचेतना केन्द्र थप गरिएको हो । कार्यक्रमको पहिलो चरण समाप्त भई दोश्रो चरणको सुरुवातमा देशका ३२७६ गाविस र १९१ नगरपालिकामा पाँच हजार वटा नागरिक सचेतना केन्द्र थप गरिएका हुन् ।
## News source from Zoomnp
via IFTTT
विकाश पराजुली
रुपन्देही, १३ मंसिर । नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री सोमप्रसाद पाण्डेले आईतबार पाल्पाको दोभानमा रहेको सिद्धबाबा क्षेत्रको निरीक्षण गरेका छन् ।
विप्लव माओवादीको बन्दको प्रभाव रहेपनि प्रहरी स्कटिङमा मन्त्री तथा स्थानिय राजनितीक दलका कार्यकर्ता सहित निरीक्षण गर्न पुगेका मन्त्री द्वय पौडेल र पाण्डेले सिद्धबाबा मन्दिरमा टिका गृहण पछि निरीक्षण गरेका थिए । करिव ५ मिनेट निरीक्षण गरी हुईकिएका मन्त्री दोभान ५ झुम्सामा रहेको तिलोत्तमा उच्च माध्यमिक विद्यालयको मैदानमा पुगि सडकको अवस्था र बुटवलमा ल्याउन लागेको झुम्सा खानेपानी योजनाको कामको बारेमा जानकारी लिए ।
सो क्रममा पश्चिमाञ्चल डिभिजन सडक कार्यालय पोखराका निर्देशक उत्तमलाल प्रधानले सिद्धबाबा क्षेत्रको सडकमा बैकल्पीक मार्गका रुपमा सुरुङ मार्ग हुन सक्ने भन्दै त्यसको सम्भावयताका लागि ३ महिनाको समय लाग्ने बताए । करिव २ किलोमिटरको सुरुङ मार्ग बनाउनुपर्ने भन्दै उनले प्राविधिक र विशेषज्ञको टोलिले कामको प्रकृति, बन्ने समय, लागत स्टमेट गरी ३ महिनामा प्रतिबेदन दिन आफुहरु तयार रहेको बताए ।
सोही क्रममा बुटवलमा निकै अपेक्षा गरिएको झुम्सा खानेपानीको बारेमा मन्त्रीहरुलाई जानकारी दिदै खानेपानी संस्थान बुटवलका प्रमुख मोहनदत्त भट्टले झुम्सा खानेपानी योजनाको काम ७० प्रतिशत सकिएको जानकारी दिए ।
उनले अहिलेको परिस्थिती सुल्टिएमा ३ महिनामा बुटवलबासीले झुम्साको खोपानी पिउन सक्ने बताए ।
पाल्पा जिल्लाका स्थानिय विकास अधिकारी कृष्णप्रसाद पाण्डेले दोभानले राखेका मागहरु पाल्पाकै भएकाले दोभानका मागहरु यथोचित रुपमा सम्बोधन हुनुपर्नेमा जोड दिए । उनले सिद्धबाबाको बाटोको समस्या समाधान भएमा पर्यटकिय र विकासको सम्भावना थप बढ्ने बताए ।
दोभान गाविसका पुर्व अध्यक्ष लक्ष्मण थापाले झुम्सा खानेपानी बुटवलमा लगेवापत रोयल्टी बार्षिक रुपमा दोभानलाई १० लाख दिनुपर्ने माग राखे । उनले झुम्सा, गोरविन्दे वेरुवा ज्यामिरे बाटो स्तर उन्नती गर्नुपर्ने बताए ।
सो अवसरमा नेपाली कांग्रेसका लाल बहादुर थापा, नेकपा एमालेका लक्ष्मण थापा,, नेकपा माओवादीका नारायण थापा राप्रपाका लक्ष्मीप्रसाद बस्यालले संयुक्त हस्ताक्षर सहित दोभानका मागहरु लिखित रुपमा ज्ञापन पत्र अर्थमन्त्री विष्णु पौडेललाई दिएका थिए ।
सिद्धबाबा क्षेत्रको अवलोकन पछि तिलोत्तमा उच्च माविको मैदानमा पुगेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सिद्धबाबाको जोखिम न्यूनिकरणका लागि आफुहरु कटिबद्ध रहेको बताए ।
उनले यस अघि देखिनै सिद्धबाबा क्षेत्रमा बैकल्पिक मार्गको खोजि भईरहेकाले अब छिट्टै नै यसको समधान हुने विश्वास दिलाए । उनले बैकल्पिक मार्गको रुपमा सिद्धबाबालाई लैजान सके सिद्धबाबा बाट हुने जनधनको क्षतिबाट बचिने समेत बताए । उनले ५० साल देखि यता ९ सय भन्दा बढिको क्षति भएकाले त्यसको नियन्त्रणका लागि छलफल निकै गरेको बताए । उनले भने,‘हामीले यस बारेमा सदनमा कुरा उठाएका छौ, भौतिक योजना मन्त्रालयमा कुरा उठाएको छौ, समस्या समधानको खोजि गरेका छौ ।’
उनले रकिङ नेटको विकल्प अस्थायी रुपमा भएपनि गर्न सकिने भन्दै अहिले त्यसको प्रक्रिया अगाडि बढेको बताए । उनले स्थायी समधानको रुपमा उत्तम विकल्प भनेको सुरुङ मार्गनै हुने बताए । ‘हामीले अनेत्र देखेको र सुनेको भनेको स्थायी विकल्प सुरुङ मार्ग नै हो’ उनले भने ।
उनले सुरुङ मार्गको बजेटका विषयमा कुनै चिन्ता नलिन भन्दै यसको सम्भावत्या अध्ययान गर्न उनले आग्रह गरे । उनले अब सिद्धबाबा सडक खण्डलाई ४ लेनमा निर्माण गर्ने योजना रहेको समेत बताए । उनले भने–‘यो बाटोको विस्तार गर्न जरुरी छ, हामीले योजना बनाउने क्रममा छौ, यो सडक अब ४ लेन बन्नेछ ।’
सिद्धबाबा क्षेत्रको निरीक्षण र झुम्सा खानेपानी योजनाको जानकारी लिएपछि अर्थमन्त्री विष्णु पौडेलले यी दुवै योजनामा बजेट अभाव हुन नदिने बताएका छन् । उनले सिद्धबाबाको बैकल्पिक मार्गको खोजि गरेर जोखिम न्यूनिकरण गर्न आफुहरुले केन्द्रीय तवरबाटै पहल कदमी चालेको बताए ।
उनले सिद्धबाबाको स्थायी समधान के हुन सक्छ भन्ने विषयमा छलफल भईनै रहेको र मोटामोटी छलफलबाट सुरुङ मार्ग नै विकल्प रहेको बताए । उनले भने,‘अघिल्लो बजेटमा सिद्धबाबाको पहिरो रोक्न सम्भाव्यता अध्ययानको लागि बजेट छुटाइएको छ, अब यसको बैकल्पिक स्थायी समधान आउनेछ ।’
उनले अविलम्ब र तुरुन्त सम्भाव्यता अध्यायनका लागि कन्सल्टेन्सलाई जिम्मेवारी दिनुपर्ने बताए । उनले सम्भाव्यता अध्ययान पछि मात्र यस बारेमा थप अगाडि बढ्ने बताए ।
उनले दोभान क्षेत्रको समग्र विकासको जिम्मा आफुले लिने बताए । उनले खानेपानी योजनाका मागका सम्बन्धका बारेमा सवै मागहरु सकारात्मक रहेकाले यी मागहरु सम्बोधन हुने समेत बताए ।
उनले भने, ‘यो खानेपानी आयोजनाको सिघ्र कार्यान्वयन हुन जनताहरु आतुर छन्, हामीले के गर्नुपर्छि हामीलाई भन्नुहोस, तर आयोजना सिघ्र सम्पन्न गर्नुहोस ।”उनले झुम्साका बासीले बुटवललाई लगाएको गुन कसैले भल्न नहुने समेत बताए ।
## News source from Zoomnp
via IFTTT
रौतहट, १३ मंसिर । रौतहटको चन्द्रनिगाहपुर नजिकै पूर्व पश्चिम राजमार्गमा आइतावार अज्ञात समुहले मालवाहक ट्रकमा आगजनी गरेका छन ।
सुनसरीको चतराबाट वाँस बोकेर काठमाण्डौ जाँदै गरेको ना २ ख ९७६४ नम्वरको ट्र«कमा पेट्रोल छर्केर आगो लगाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।
चन्द्रनिगाहपुर स्थित चाँदी पुल पूर्व जङ्गलमा ट्र«क रोकेर पिसाव फेर्न गएको अवस्थामा चार जनाको समुहमा आएका व्यक्तिहरुले हातमा ल्याएको वोतलबाट पेट्रोल छर्केर आगो लगाई भागेको ट्र«कका चालक बलराम गौतमले बताए । आगलागिबाट ट्रकको अगाडिको भाग जलेर ध्वस्त भएको छ । विप्लव माओवादीको बन्दको समयमा आगलागी गरेकाले सोहि समुहका कार्यकर्ताले आगो लगाएको आशंका प्रहरीले गरेकोछ ।
आगलागीपछि पुगेको प्रहरीको टोलि तथा स्थानीय वासिन्दाले आगो निभाउने प्रयास गर्दा पनि सफल हुन नसकेपछि चन्द्रपुर नगरपालिकाको दमकल बोलाइएको थियो । दमकलमा प्राविधिक कर्मचारी नभएका कारण दमकल प्रयोगमा आउन सकेन ।
## News source from Zoomnp
via IFTTT
काठमाडौँ, १३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बजरमा मौलाएको कालोबजारी तत्काल रोक्न उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई निर्देशन दिएको छ ।
पछिल्लो समयमा बजारमा कालोबजारी मोलाएको भन्दै कालोबजारी तत्काल रोकेर आम नागरिकले पुर्ववत रुपमा जिवन यापन गर्ने बाताबरण बनाउनेगरि कामगर्न निर्देशन दिएको छ ।
बजारमा तेल, ग्यासलगायतका अत्याश्यक सामाग्रीमा कालोबजारीमा मौलाएको भन्दै यसलाई हसज रुपमा वितरण गर्न नसक्ने हो भने अख्तियारको कारबाही भोग्न तयार हुन पनि कडा चेतावनी दिएको ।
आयोगले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु र सम्बिन्धत मन्त्रालयका सरकारी अधिकारीलाई बोलाएर सो निर्देशन र चेतावनी दिएको हो ।
वाणिज्य तथा आपुर्ती मन्त्रालय, वाणिज्य विभाग, नेपाल आयल निगमले गरेको अनुगमन प्रभावकारी भएन, यो अनुगमनले बदमासी गर्नेलाई प्रोत्साहन गरेको छ र ठुलाबडालाई छुट दिइएको छ, आयोगका प्रवक्ता कृष्णहरी पुष्करले भने,‘जनताले १० दिनसम्म लाइनमा बस्दा पनि तेल, ग्यास पाउन सकेका छैनन्, ठुलाबडाकहाँ यो समस्या छैन, यो पनि कँहीको अनुगमन हो ।’ उनजले थपे, ‘आगामी दिनमा सम्बन्धीत कार्यालयले यो काम गरि भनेर झारा टार्ने प्रगति विवरण देखाउने हैन बजारमा देखिएको समस्या समाधान गर्न लाग्नुहोस यदि आयोगले दिएको जिम्मेवारी पुरा गर्न सक्नु हुन्न भने तत्काल कारबाही भोग्न तयार हुनुहोस ।’
यस अघि जस्तो अन्तरमन्त्रालय समन्वय भएन भनेर काम नगर्ने हो भने पद ओगटेर बस्नु भन्दा सो पद छाडन समेन पुस्करले आग्रह गरेका छन् ।
आयोगमा बोलाएर दिएको निर्देशनमा ललितपुरका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले ग्याँस डीपोका मान्छेले २२÷२५ वटासम्म सिलिण्डरहरु लाईनमा राख्ने गरेकाले सर्वसाधारण जनताले ग्यास पाउन नसकेको जानकारी गराए । उनले बजारमा मौलाएको कालोबजारी रोक्न ठुला व्यवसायी घरानामा नै छापा मार्नुपर्ने बताए । यस अघि सिडिओले यस्ता घटनामा संलग्न भएका व्यक्तिलाई कारबाही गर्ने आएकोमा संविधानले त्यो अधिकार अदालतलाई दिएका कारण समस्या बढदै गएको बताए ।
यस्तै काठमाडौँका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले कालोबजारी नियन्त्रण हुन नसकेको स्वीकार गर्दै सरकारी निकायहरुवीच तालमेल हुन नसक्दा कालोबजारी नियन्त्रणमा कठिनाइ भइहरहेको जानकारी गराए । उपत्यकामा कालोबजारी गर्ने गिरोह नै सकृय रहे पनि सही सूचनाको अभावमा कारबाही गर्न समस्या भएको निरीहता प्रकट गरे ।
काठमाडौँका प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले निजी प्रयोजनका लागि थानकोट र फर्पिङबाट ५० लिटरसम्म मात्रै तेल ल्याउने अनुमति दिइएको स्पष्ट पारे । उनले थानकोट र फर्पिङमा सरकारको उपस्थिती प्रभावकारी पार्नु पर्ने धारणा राखे ।
## News source from Zoomnp
via IFTTT
मिडिया एनपी, मोरङ, १३ मंसिर । भूकम्प पीडितहरुलाई खाद्यान्न अभाव भइरहेको खबरहरु आइरहेका बेला मोरङमा भने कुहिँदै गएको छ ।
मोरङका स्थानीवासीहरुले संकलन गरेको खाद्यान्न जिल्ला प्रशासन कार्यालयमा कुहिन थालेको हो । कार्यालय पसिरमा त्रिपालले छोपेर राखिएको खाद्यान्नमध्ये गहुँको पिठोमा चिलेसा र घुन लागेको छ भने अन्य केही खाद्य सामाग्री पनि डल्लै डल्ला परेको छ ।
भूकम्प पीडितहरुका लागि स्थानीवासीले संकलन गरेको खाद्य सामागगी निकै अव्यवस्थित गरी राखिएको छ भने हाल सम्म पीडितहरुलाई वितरण नगर्दा सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।
जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत सहयोग जानुपर्ने केन्द्रीय नीतिअनुसार खाद्यान्नसहितका सामग्री जिल्ला प्रशासनमा जम्मा भएपनि हाल सम्म वितरण हुन नसक्दा प्रशासनको समीक्षालयमै थन्किरहेको छ ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1lnM6GH
via IFTTT
ऋतिक रोशन अहिले बलीउडका चर्चित अभिनेता हुन् । एकपछि अर्को गर्दै बलीउड बक्सअफिसमा धमकेदार चलचित्र दिइरहेका ऋतिकको अभिनयलाई धेरैले अद्भुत पनि ठान्ने गर्छन । चलचित्रमा उनले दिने स्टन्ट र कलात्मक नाचको तारिफ नगर्ने कमै हुन्छन् । तर, आफ्नो बचपन सम्झिँदा ऋतिकलाई उनी अझै पनि बच्चा नै रहेको अनुभत हुने गर्छ ।
‘मेरो जीवनको एउटा कुरा सुनाउँछु,’ ऋतिकले आफ्नो बालापन स्मरण गर्दै सुनाए, ‘सानो छँदा मलाई लाग्थ्यो कि यो जिन्दगीमा कहिल्यै साइकल सिक्न सक्दिनँ होला ।’ साइकलमा चढेर पाइडल घुमाउन थाल्नेबित्तिकै पटक–पटक लड्ने गरेको उनले बताए । उनले एक दिन बुबासँग साइकल सिक्न गएको पनि सम्झिए । ‘म बुबासँग साइकल सिक्न गएको थिएँ,’ त्यो दिन सम्झिँदै भने, ‘बुबाले एक हप्तामा साइकल चलाउन सक्ने गरी सिकाइदिने विश्वास दिनुभएको थियो ।’
उनी दोस्रो–तेस्रो दिन पनि बुबासँग साइकल सिक्न गए । ‘दोस्रो दिन ममा थोरै आत्मविश्वास बढ्यो, बुबाले साइकल ‘ब्यालेन्स’ गर्न सिकाइदिनुभएको थियो,’ उनले भने, ‘तेस्रो दिन बुबाले साइकल समातेर मलाई ब्यालेन्स गर्न लगाउँदै अगाडि बढ्न भन्नुभयो । तर, बुबाले हात छोडिदिए मेरो हालत के होला भन्ने डरले निकै आत्तिएको थिएँ ।’
ऋतिकमा आत्मविश्वास बढ्दै गयो । बुबाले भनेअनुसार उनी केही दिनमै एक्लै साइकल चलाउन सक्ने भए । ‘बुबाले भनेअनुसार म एक्लै पनि साइकल हाँक्न सक्ने भएँ, बुबाले साइकल सिकाएको त्यो घटना कहिल्यै भुल्न सक्दिनँ,’ ऋतिकले स्मरण गरे । आशा र आप के दीवाने चलचित्रमा बाल कलाकारको अभिनय गरेसँग ऋतिक रोशन बलीउड चलचित्रमा छाउन थालेका हुन् । उनका कभी ख़ुशी कभी ग़म, मैं प्रेम की दीवानी हूँ, कोई… मिल गया लगायतका सफल चलचित्रहरु रहेका छन् ।
## News source from Zoomnp
via IFTTT
प्रधानमन्त्री ओलीको विशेष दुतकोरुपमा भारत गएका एमाले सचिव प्रदीप ज्ञवालीले भारतको ‘ठूल्दाइ’ प्रवृत्ति अस्वीकार्य रहेको बताएका छन् । भारतको सरकारी समाचार समिति प्रेस ट्रष्ट अफ इण्डियासँग कुरा गर्दै सचिव ज्ञवालीले नेपालले भारतसँग सम्मान जनक र वरावरीको सम्बन्ध चाहेको तर ‘ठूल्दाइ’ प्रवृत्ति अस्वीकार्य रहेको बताएका हुन् ।उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विश्व राजनीतिमा भूमिका खेल्न चाहेको भए छिमेकीसँगका सम्बन्ध सुधार गर्न सुझाव समेत दिएका छन् ।
नेपालले भारतसँग समानताको आधारमा सम्बन्ध बढाउन चाहेको र चीनसँग पनि सोही कुरा लागु हुने भन्दै उनले एउटाको हस्तक्षेपकारी भूमिका कम गर्न अर्को देशको सहारा नलिने स्पष्ट पारेका छन् ।भारत उदाउँदो शक्ति भएको र उदाउँदो शक्तिले विश्व शक्ति बन्नका लागि छिमेकी दलहरुसँग राम्रो सम्बन्ध बनाउनु पर्ने तर्क समेत ज्ञवालीले पिटिआइसगको अन्तर्वार्तामा गरेका छन् ।
चीनले गरेको सहयोगमा कुनै राजनीतिक स्वार्थ नजोडिएको दावी गर्दै ज्ञवालीले यो विसुद्ध असल छिमेकीकोरुपमा गरिएको सहयोग भएको पनि स्पष्ट पारेका छन् ।
नेपालले चीनलाई उर्जा बेच्न नसक्ने बताउँदै उनले भारतीय ब्यवहारलाई आफूहरुले नबुझेको बताएका छन् ।
## News source from Zoomnp
via IFTTT
पूर्वपश्चिम राजमार्ग अन्तर्गत भारदहमा सुरक्षामा रहेका करिब ५० भन्दा बढी सवारी साधनमा आन्दोलनकारीले आज बिहान ढुङ्गामुढा गरी तोडफोड गरेका छन् ।
सप्तरी प्रहरीले दिनहुँजसो राजमार्गमा सुरक्षा गरी लग्दै गरेको अवस्थामा आन्दोलकारीले मौका छोपी ढुङ्गामुढा गर्दा ती सवारी साधनको सिसा फुटेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । रासस
## News source from Zoomnp
via IFTTT
१३ मंसिर, काठमाडौं ।
बलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सन्नी लियोनले आफूलाई मायाँ र सत्कार दिएको भन्दै नेपालीहरुलाई धन्यवाद दिएकी छिन् ।
काठमाडौंका तस्विर सहित फेसबुकमा उनले नेपालीहरुलाई धन्यवाद दिएर स्टेटस लेखेकी हुन् ।
उनले नेपालीको मायाँ पाएको र यहाँको शहरमा घुम्न तथा नयाँ कुरा सिक्न पाएको भन्दै खुसी ब्यक्त गरेकी छिन् ।
सन्नी लियोनले शनिबार काठमाडौंस्थित एक क्यासिनोमा हट डान्स प्रस्तुत गरेकी थिइन् । उनले काठमाडौंका विभिन्न तस्विर राखेर परिवार सहित काठमाडौं घुम्न पाएकोमा खुसी ब्यक्त गरेकी छिन् ।
सन्नी आजै मुम्बइ प्रस्थान गरेकी छिन् ।
सन्नी लियोनको काठमाडौंमा हट डान्स (तस्विर सहित)
The post जाँदा जाँदै सन्नीले भनिन्- मायाँ र सत्कारका लागि नेपालीलाई धन्यवाद appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1TkML7r
via IFTTT
नेपाल प्रवेश गरेका भारतीय सीमा सुरक्षा बल (एसएसबी)लाई पाँच घण्टा नियन्त्रणमा लिएर छोडिएको छ। हतियरसहित नेपाल प्रवेश गरेका १३ एसएसबी जवानलाई एसएसबीका बटालियन इन्चार्जलाई बुझाइएको झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिए। उनीहरुले ‘भूलवश नेपाली सिमानामा प्रवेश गरेको’ स्पष्टिकरण दिएका थिए। केचना नाकाबाट नेपाली सीमाक्षेत्रमा प्रवेश गरेका उनीहरुलाई आज बिहान सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो
## News source from Zoomnp
via IFTTT
काठमाडौ : नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखि भारतले लगाएको नाकाबन्दी अविलम्ब हटाउन आग्रह गरेका छन् ।काठमाडौस्थित भारतीय दूतावासमार्फत् भारतीय प्रधानमन्त्री मोदीलाई लेखेको स्मरण पत्रमा बैद्यले भारतले जारी राखेको नाकाबन्दीका कारण विनाशकारी भूकम्पका कारण भन्दा बढी क्षति नेपालको अर्थतन्त्रमा परेको उल्लेख गरिएको छ ।
‘अहिले नेपाली जनताले अत्यन्तै घातक कालखण्ड बेहोरिरहेका छन् । नाकाबन्दीका कारण औषधि, खाना पकाउने ग्याँस र पेट्रोलियम पदार्थको चरम संकट बेहोरिरहेका छन्’ पत्रमा भनिएको छ ।
नेपालभित्र र बिदेशमा भारतीय नाकाबन्दीबिरुद्द नेपालीहरुले प्रदर्शन गरिरहेको भएपनि नेपाललाई लगाएको नाकाबन्दी हटाउनेतर्फ मोदीले ध्यान नदिएको पत्रमा उल्लेख छ ।
‘नाकाबन्दीका कारण अस्पताल, बिद्यालय, क्याम्पस र होटलहरु बन्द भएका छन् । त्यस्तै सडकहरु खाली हुन पुगेका छन् । अब यी सब घटनाहरुबाट भारत कसरी नेपालको असल छिमेकी हुनसक्छ ? ’ बैद्यले पत्रमा लेखेका छन् ।
भारतको नेपाल प्रतिको ब्यवहारप्रति विश्वभर नै प्रश्न उठिरहेको बैद्यको भनाई छ । बैद्यले नेपाल र भारतबीचको मैत्रीपूर्ण संबन्ध, संयुक्त राष्ट्रसंघको साधारण मानवीय सिद्दान्त र ब्यवहार र नेपालको सार्वभौमसत्ता बिरुद्द भारतले नाकाबन्दी लादेको पत्रमा उल्लेख गरेका छन् ।
‘अहिले तपाईंको मुलुकले लादेको नाकाबन्दीको हामी घोर निन्दा र भत्सर्ना गर्छौँ । साथै तत्काल नाकाबन्दी हटाउन पनि आग्रह गर्छौँ’ पत्रमा छ । भूपरिबेष्ठित मुलुक हुनुका नाताले अन्र्तराष्ट्रिय नियम तथा अभ्यास अनुशार भारतले निर्वाध नेपाललाई पारवहन अधिकार उपलब्ध गराउनुपर्ने पत्रमा छ ।
पत्रमा नेपाल—भारतबीचको शान्ति तथा मैत्री सन्धि (सन् १९५०) खारेज हुनुपर्ने र समयानुकुल नयाँ सन्धि हुनुपर्ने उल्लेख छ । नेपाल भारत अन्य असमान सन्धिहरु पनि खारेज हुनुपर्ने पत्रमा उल्लेख गरिएको छ ।
जलस्रोतसंग संबन्धित द्विपक्षिय सम्झौताहरु जस्तै नेपाल भारत कोसि परियोजना सम्झौता (सन् १९५४), बृहत् महाकाली परियोजना सम्झौता (सन् १९९६), अरुण ते श्रो परियोजना समझदारी (सन् २००८), कर्णाली जलबिद्युत् परियोजना सम्झौता (सन् २००८) खारेज हुनुपर्ने पत्रमा उल्लेख गरिएको छ ।
भारतले नेपालको आन्तरिक मामिलामा सबै खालका हस्तक्षेप बन्द गर्नुपर्ने पत्रमा लेखिएको छ । भारतको नेपालप्रतिको हेपाहा दृष्टि अन्त्य हुनुपर्ने पनि पत्रमा बैद्यले लेखेका छन् ।
## News source from Zoomnp
via IFTTT
बोर्डर सेक्योरिटी फोर्स (BSF) मा जागिरको लागि आवेदन खुल्ला भएको छ । इच्छुक उम्मेदवारले १४ देखी १७ डिसेम्बरमा हुने अन्तरवार्तामा सहभागिता जनाउन सक्नेछन् ।
पद: पोस्ट ग्रेजुएट टीचर संख्या: पाँच तलब स्केल: भारु. १८,५०० उमेर: चालिस बर्ष ननाघेको योग्यता: मान्यता प्राप्त संस्थाबाट पोस्ट ग्रेजुएट अन्तरवार्तामा हुने स्थान: FHQ BSF, CGO Complex, Irdhi Road, New Delhi – 03 (Near Jawaharlal Nehru Stadium)
## News source from Zoomnp
via IFTTT