भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
मिडिया एनपी, रसुवा, १४ कात्तिक । नेपाललाई चीन सरकारले उपलब्ध गराउने पेट्रोलियम पदार्थ लिन शनिबार चार नेपाली ट्याङ्कर केरुङ प्रवेश गरेका छन् । नेपाल आयल निगमका प्रवक्ता दीपक बरालका अनुसार केरुङभन्दा २५ किमीमाथि हिमपातका कारण सडक अवरुद्ध हुँदा केरुङ ल्याइसकिएको तेल भर्नका लागि चार ट्याङ्कर मात्र केरुङ पठाइएको छ । आजै साँझ ती ट्यांकरले ३६ हजार लिटर तेल भरी नेपाल प्रवेश गर्ने बताइएको छ ।
तेल भर्न गएका अन्य आठ ट्यांकर आइतबार केरुङ पुग्ने बताउँदै प्रवक्ता बरालले हिमपात पन्छाई सडक खुलाउने कार्य सुरु भइसकेको जानकारी दिएका छन् । आइतबारसम्म एक लाख आठ हजार लिटर तेल नेपाल भित्रने र चीनले उपलब्ध गराउने सबै पेट्रोलियम पदार्थ एक साताभित्र निगमको केन्द्रीय भण्डारमा पुगिसक्ने बताइएको छ । सीमा क्षेत्रमा लाइन लागेर बसेका अन्य आठ ट्यांकर अहिले टिमुरेमा राखिएको छ ।
सिगात्से–केरुङ मार्गमा हिमपात भएका कारण औपचारिक तेल हस्तान्तरण गर्ने कार्यमा सहभागी हुने भनिएका चीनका लागि नेपालका राजदूत महेश मास्के र ल्हासाका लागि नेपाली महावाणिज्यदूत हरि बस्याल हिम पहिरोका कारण बीचबाटामै रोकिएका छन् ।
यसैबीच तातोपानीभन्दा रसुवागढी नाकाबाट दीर्घकालीन इन्धनको व्यावसायिक कारोबार गर्न सडक उपयुक्त भएकाले सडकको स्तरोन्नति गर्न सरकारसमक्ष आग्रह गरिने प्रवक्ता बरालले जानकारी दिए ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1khXEdZ
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
