भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
कार्तिक १३, २०७२- चीनले उपलब्ध गराउने पेट्रोलियम पदार्थ लिन शुक्रबार नेपाल आयल निगमबाट १२ वटा ट्यांकर तिब्बत हिँडेका छन्। आज बिहान निगमको थानकोटस्थित भण्डारण केन्द्रबाट १२ हजार लिटर पेट्रोल बोक्न सक्ने गाडी तिब्बततर्फ गुडेका हुन्। ट्यांकर आजै चीन र रसुवा सीमानामा रहको केरुङ नाका पुग्नेछन् । शनिबार ट्यांकरमा पेट्रोलियम पदार्थ भरेर काठमाडौंको लागि गुड्ने बताइएको छ । त्यसो त पेट्रोल भर्न भने नेपाली ट्यांकर चीनको केरुङ बजार पुग्नुपर्छ । नेपाली नाकाबाट केरुङ बजार २८ किलोमिटर टाढा छ । यहीबाट चिनियाँ ट्यांकरले ल्याएको तेल पम्पिङ गरेर नेपाली ट्यांकरमा खन्याइन्छ । निगमका पदाधिकारीहरुले इन्धन बोक्ने ट्यांकरलाई पुजाआजा गर्दै चालकहरुलाई फूलमालासहित विदाई गरेका छन् । बाग्मती अञ्चलमा चल्ने पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरहरु मात्रै तिब्बत पठाइएको छ । निगमका वितरण विभागमा प्रमुख तथा प्रवक्ता निमित्त निर्देशक दीपक बराल नेतृत्वमा निगमका तीनजना, पेट्रोलियम डिलर्स एसोशिएसनका अध्यक्ष तथा पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी सहित चिनियाँ टोली पनि तिब्बत हिँडेका छन्। भारतीय आयल निगमसँगमात्रै इन्धन लिँदै आएको नेपाल आयल निगमले पहिलोपटक उत्तरी छिमेकी मुलुक चीनबाट सडकमार्ग हुँदै तेल भित्र्याउन लागेको हो । नाकाबन्दीका कारण भारतले निगमलाई उपलब्ध गराउँदै आएको इन्धनमा कटौती गरेपछि नेपालले पहिलोपटक इन्धन आपूर्तिका चीनबाट गर्नका लागि पहल गरेको हो। नेपालले चीनबाट इन्धन ल्याउने व्यावसायिक समझदारी बुधबार गरेको हो । बेइजिङमा रहेको नेपाली टोलीले त्यहाँको सरकारी टोलीसँग दुई पक्षीय समझदारीपत्र (एमओयू) मा बुधबार अपराह्न हस्ताक्षर गरेका थिए । समझदारीअनुसार चीनबाट तत्कालका लागि नेपालमा खपत भइरहेको परिमाणमा बढीमा एक तिहाइ ल्याइने छ । बाँकी दुई तिहाइ भारतीय कम्पनीबाटै ल्याउने निगमको योजना छ । चीनबाट ल्याउने इन्धन रसुवागढी र तातोपानी दुवै नाकाबाट उपलब्ध गराउने र सीमासम्म चीनले नै ढुवानी गरिदिने छ । इन्धन खरिदमा भारतसँगको एकाधिकार तोड्दै दैनिक १२ सय किलोलिटर इन्धन चीनबाट ल्याउने तयारीसहित कुराकानी भएको स्रोतले बताएको छ । निगमले आईओसीबाट युरो–३ मापदण्डको इन्धन आयात गरिरहेको अवस्थामा चीनले थप गुणस्तर अर्थात् युरो–४ मापदण्डको पेट्रोल दिन लागेको हो । निगमका अनुसार उपत्यकामा दैनिक ३ सय ५० किलोलिटर पेट्रोल र साढे ४ सय किलोलिटर डिजेलको माग छ । सरकारले अहिले केरुङबाट इन्धन आयात गर्न १२ किलोलिटर बोक्ने ट्यांकर पठाउने तयारी गरेको छ । भारतबाट १२ देखि २० किलोलिटरसम्म बोक्ने ट्यांकरले ल्याउने गरेको भए पनि सडकको समस्याले गर्दा त्यसो गर्न लागिएको हो । श्रोत इकान्तिपुर बाट
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement