नेपालगन्ज— नेपाल–भारत सीमा क्षेत्रमा मधेसी मोर्चाले अवरोध गर्नेबित्तिकै भारत, बहराइच जिल्लाको रुपैडिहानिवासी शिवनाथ अचेल त्यहाँ पुगिहाल्छन्। नेपालका मधेसी समुदायले अधिकार पाए आफूलाई पनि फाइदा मिल्ने आशा उनलाई छ। त्यसैले मोर्चा कार्यकर्तासँग मिसिएर नाका अवरोध गर्न र भारतीय भूमिबाट नेपालतर्फ ढुंगा हान्न तल्लिन छन्। शनिबार पनि २६ वर्षीय नाथ रुमालले मुख छोपेर आन्दोलनमा सहभागी थिए। सीमा ओहोर–दोहोर गर्ने सवारीसाधनलाई प्रहरीले गन्तव्य पठाउँदा शिवनाथको समूहले कयौं पटक ढुंगा हान्ने प्रयास गरेको थियो। ‘आफ्नो समय मिलाएर आन्दोलनमा सहभागी हुन आउँछु,’ उनले भने, ‘नेपालका मधेसीले अधिकार नपाउँदा हामीलाई दुःख लाग्छ।’ मधेसी मोर्चाले नाकामा पुगेर आन्दोलन गर्न थालेयता रुपैडिहाका अरू व्यक्ति पनि नियमित रूपमा सहभागी हुने गरेको उनले खुलाए। यतिन्जेल उनले नागरिक संवाददातासँग कुराकानी गरेको भेउ पाएनन्। तस्बिर खिचेपछि मात्र उनी आन्दोलनबाट बाहिरिएका थिए। भारतीय भूमिमा बसेर सवारीसाधन रोकिरहँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) मौन थियो।
आन्दोलनकारीको भिडमा रहेका रुपैडिहाका अर्का युवक राम दयालले पनि आफू प्रायः नाकामा हुने सहभागी भइरहने बताए। आवश्यक परे आन्दोलनकारीसँग मिलेर नेपालतर्फ ढुंगा हान्छन् । ‘म पनि कहिलेकाहीँ यहाँ आउँछु, नेपाली पुलिसले मधेसीलाई दमन गर्न खोजे प्रतिवाद गर्छौं,’ उनले सुनाए । मधेसी मोर्चाले शनिबार भारतीय भूमिबाट नाका अवरोध गर्दा रामदयाल पनि हातमा ढुंगा समातेर तम्तयार अवस्थामा थिए । रुपैडिहा नाकामा शनिबार मात्र रुमालले मुख छोपेका करिब एक दर्जन भारतीय सहभागी थिए ।
मधेसी मोर्चाको आन्दोलनमा भारतीय नागरिकको संलग्नता प्रस्ट देखिएको नेपाली सुरक्षाकर्मी बताउँछन् । नाकामा लामो समयदेखि खट्दै आएका एक प्रहरी अधिकृतले दसगजाकेन्द्रित मधेसी मोर्चाको आन्दोलनमा अधिकांश भारतीय नागरिक हुने गरेको बताए । ‘दसगजामा बसेर आन्दोलन गर्ने मधेसी मोर्चालाई भारतको अघोषित साथ त छँदै छ, त्यहाँका नागरिकसमेत खुलेरै ढुंगामुढा गरिरहेका छन्,’ उनले भने ।
मधेसी मोर्चाले नाकाकेन्द्रित धर्ना, आन्दोलन सुरु गरेको एक महिनाभन्दा बढी भइसकेको छ । नेपालगन्ज, जयसपुर क्षेत्रबाट पुग्ने मोर्चा कार्यकर्ताभन्दा भारतीय भूमिमा बसेर आन्दोलन गर्ने आन्दोलनकारीको संख्या दोब्बर हुने गरेको इप्रका, जमुनाहाका इन्चार्ज प्रहरी नायब निरीक्षक विष्णु गिरीले बताए । ‘दसगजामा प्रवेश गर्दा मधेसी मोर्चाका कार्यकर्ता धेरै संख्यामा हुँदैनन्, ढुंगामुढा गर्न थालेपछि मात्रै संख्या एक्कासि बढ्छ,’ उनले भने । आन्दोलनक्रममा मधेसी मोर्चाका कार्यकर्ता र भारतीय युवाको गतिविधि प्रस्ट देखिने नेपाली सुरक्षाकर्मी बताउँछन् ।
मोर्चा भने आफ्नो आन्दोलनमा भारतीय नागरिकको संलग्नता अस्वीकार गर्छ । मोर्चा बाँकेका कार्यवाहक संयोजक एवम् सद्भावना पार्टीका केन्द्रीय सदस्य रामकुमार दीक्षितले आन्दोलनमा भारतीय जनताको संलग्नता नरहेको बताए । ‘आन्दोलनमा हाम्रा कार्यकर्ता मात्रै सहभागी छन्, कोही आएका रहेछन् भने घुसपैठ भएको हुन सक्छ,’ उनले भने । आन्दोलनका बेला भारतीय र नेपाली भनेर छुट्ट्याउन नसकिने बताउँदै नेता दीक्षितले नेपाल प्रहरीले नै मधेसी समुदायका घुमुवा पठाएर घुसपैठ गराउने गरेको आरोप लगाए ।
दसैंपछाडि नियमित रूपमा दसगजा गइरहेको बताउँदै दीक्षितले भने, ‘काठमाडौंको दानापानी बन्द गर्न नाकामा बस्न थालेका हौं, जबसम्म काठमाडौंको कानमा आवाज पुग्दैन, धर्ना बसिरहन्छौं ।’
## News source from Zoomnp
via IFTTT
मिडिया एनपी, रसुवा, १५ कात्तिक । चीनका लागि नेपाली राजदूत महेश मास्केले अबका दिनमा चीनबाट निर्बाध रुपमा पेट्रोलियम पदार्थ नेपाल भित्रने बताएका छन् । चीनको राजधानी बेइजिङबाट शनिबार साँझ रसुवागढी नाका आएका राजदूत मास्केले आईतबार बिहान रसुवागढी नाकाबाट तेल ल्याउन सडक उपयुक्त भएकाले तुरुन्त सडक सुधार र स्तरोन्नति गर्न आफूले काठमाडौँ पुग्नासाथ सरकारसामु सुझाव राख्ने बताएका छन् ।
उनी सँगै रहेका परराष्ट्र मन्त्रालय उत्तरपूर्व महाशाखा हेर्ने सहसचिव झवीन्द्रप्रसाद अर्यालले साँघुरो बाटो फराकिलो पार्न आवश्यक भएकाले सडक कार्यालय सक्रिय रहनुपर्छ भन्दै अबका दिनमा पाइप लाइनद्वारा तेल ल्याउन नुवाकोटको सदरमुकाम विदुरसम्म सजिलो भएकाले दीर्घकालीन नीति तर्जुमा गर्न सुझाव पेस गरिने जानकारी दिए ।
रसुवाका प्रजिअ शिवराम गेलाल, स्थानीय विकास अधिकारी विष्णुप्रसाद कोइरालाका साथै प्रहरी प्रमुख अवदेश विष्टसँग सडकको अवस्था बारेमा राजदूत मास्के र सहसचिव अर्यालले जानकारी लिएका थिए ।
यस्तै रसुवागढी नाकाबाट पेट्रोलियम पदार्थ नेपाल भित्रन थालेपछि जिल्लावासीमाझ उत्साह बढेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।
यसैबीच केरुङमा नेपालका तीन ट्यांकर इन्धन भरी रसुवागढी भन्सार टिमुरेमा आइसकेको र नौ ट्यांकर आज केरुङ प्रस्थान गरेको प्रहरी प्रमुख विष्टले जानकारी दिए ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1Q2NAlI
via IFTTT
काठमाडौं – तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारीसँगै रहस्यमय ‘दासढुंगा जीप दुर्घटना’मा परी मारिएका तत्कालीन एमाले संगठन विभाग प्रमुख जीवराज आश्रितकी श्रीमती माया ज्ञवालीले ‘दासढुंगा दुर्घटना’को अन्तर्राष्ट्रिय तबरमा छानबिन हुनेपर्ने बताएकी छन् । एमाले सरकारको नेतृत्वमा रहेकाले उसले यसलाई गम्भीरतापूर्वक लिएर छानबिनका लागि पहल गर्नुपर्ने माग ज्ञवालीले गरिन् ।
‘दासढुंगा घटनाको छानबिन अब देशबाट सम्भव छैन । यसका लागि अब अन्तर्राष्ट्रिय उच्चस्तरीय छानबिन टोली गठन गर्नुपर्छ,’ आजको एक दैनिक पत्रिकासँग कुराकानी गर्दै आश्रितपत्नी ज्ञवालीले भनेकी छन् । ज्ञवालीले समय लम्बँदै जाँदा प्रमाणहरु नष्ट हुँदै जाने भएकाले छिटोभन्दा छिटो यसको छानबिन हुनुपर्ने बताइन् ।
एउटै घटनामा मारिएकी मदन भण्डारी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति भए पनि गुमनाम जीवन बाँचिरहेकी मायाले लप्पन–छप्पन नजान्दा आफू पछि परेको गुनासो गरिन् । ‘राजधानीतिमा चलाखी चाहिँदो रहेछ, त्यो ममा छैन । पानी त्यस्तो खाएर हो कि ? म अहिंसावादी र गान्धीवादी । इमान्दारिता छ तर चलाखी भएन ।’ ज्ञवालीले एमाले पार्टीले अवसरबाट नदिएर बञ्चित गरेको गुनासो पनि गरिन् । ०५१ सालमा राष्ट्रियसभामा लैजाने आसाले प्रतिनिधिसभा निर्वाचनमा नउठे पनि पछि पार्टीले बेवास्ता गरेको उनको भनाइ छ । उनले आफूमाथि त्यहीबाट पक्षपात सुरु भएको समेत बताइन् । यद्यपि, उनले आफू पछि परे पनि सबैले जीवनमा बाजी नै मानुपर्ने भन्ने नरहेको बताइन् ।
विगतमा आफूलाई माओवादी र राजावादीबाट अफर आए पनि एमालेमै बसेको उनले बताइन् । ‘पैसाको राजनीति गर्ने भए त अर्कै पार्टीमा गए भैहाल्यो । मलाई पसाको प्रलोभन छैन । राजावादी र माओवादीले माथिल्लो तहमा लैजान्छौं भन्दा म गइनँ’, ज्ञवालीले भनिन् ।
ज्ञवालीले आफू क्षमता भएर पनि पछाडि पारिएको समेत दाबी गरिन् । उनले कुनै कार्यालयको जीएम र राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने क्षमता आफूमा भएको बताइन् । ‘म कुनै कार्यालयको जिएम पनि सहजै चलाइदिन सक्छु,’ ज्ञवालीले भनिन्,‘अवसर दिए राष्ट्रिय राजनीतिमै धेरै गरेर देखाइदिन सक्छु ।’
भूमिगत कालमा चिनेको जस्तो एमाले अहिले नरहेको बताउने ज्ञवाली एमालेमा विकृति भित्रिएको बताउँछिन् । ‘पैसा दिएर राज्यलक्ष्मी गोल्छाले सांसद् हुने अवसर पाउनुभयो, तपाईंले पाउनु भएन, कस्तो लाग्छ ?’ भन्ने प्रशनको जवाफमा उनले भनेकी छन्,‘अझै पनि आसा छ, मेरो पतिले निष्ठाको राजनीति गर्नुभएको थियो, पुर्खाले गर्यो भने सन्ततिका लागि हुन्छ । म कडा हुन सक्दिनँ । अहिले पार्टीमा विकृति पसेको छ, यसलाई हटाउनुपर्छ । मियो नहुँदा विकृ िछिर्यो । अब बलियो मियो पार्टीलाई चाहिएको छ ।’
उनी एमाले नेताहरुसँग अहिले कमै मात्र भेटघाट नहुने बताउँछिन् । पार्टीले विगतमा धेरै सम्झने गरे पनि अहिले विर्सदै गएको अनुभव ज्ञवालीसँग छ । केपी ओली तीनपटक भेटन आएको सम्झना उनलाई छ । ‘केपी कमरेड भने तीनपटक मलाई भेट्न आउनुभएको थियो । केपी कमरेडले सिको फाइभ घडी लिएर आउनुभएको थियो । त्यो अझै पनि जतनले राखेको छु,’ ज्ञवालीले भनिन् ।
ज्ञवालीले आफ्नो नियमित केही नभएको र आफ्नो गुजारा भगवान भरोसमा चलेको दुखेसको गरेकी छन् । उनले छोराछोरी पढाउन भने सहयोग पाएको बताइन् ।
## News source from Zoomnp
via IFTTT
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मधेस आन्दोलन व्यापारिकरण भएको विवादास्पद अभिव्यक्ति दिएका छन् । आइतबार एक दैनिक पत्रिकालाई दिइएको अन्तर्वार्तामा उनले मधेस आन्दोलन आन्दोलनकारीका लागि कमाउने माध्यम बनेको समेत आरोप लगाए । यो आन्दोलन व्यापारमा परिणत भइरहेको छ । ठोरी नाकाबाट मात्रै दैनिक ५० हजार तेल भित्रिरहेको सुनिन्छ । यस्ता नाका नै ५० औं छन् । तराईमा एकसय ५० रुपैयाँमै डिजेल खुलेआम पाइन्छ । यसबाट राज्यले न कर पाउँछ, व्यवसायीको लागत बढिरहेको छ र त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा यो नाफा कसले कमाइरहेको छ ?’ अध्यक्ष मुरारकाले भनेका छन्, ‘दिनको एकलाख लिटर मात्रै भित्रियो भने पनि ५० लाख रुपैयाँ नाफा कमाइरहने भएपछि कसले आन्दोलन रोक्छ ? आन्दोलन कमाउने बाटो भइरहेको छ भने उनीहरुले रोक्न दिँदैनन् । ट्रकको स्कर्टिङ गर्नेसमेत आन्दोलनकारी नै छन् भन्ने सुनिएको छ । आन्दोलनकारीले नै स्कर्टिङ गरिदिए भने त्योभन्दा सुरक्षित त अरु केही हुँदैन ।’
अध्यक्ष मुरारका व्यवसायिक जीवनमा यति लामो बन्द कहिल्यै नदेखेको बताए । उनले यति लामो समयसम्म आन्दोलनजारी रहे पनि राज्य भने निदाइरहेको आरोप लगाए । ‘बन्द हुनु एउटा कुरा हो भने राज्य यसरी निदाइरहेको छ । नयाँ संविधान बनेको थियो, नयाँ सरकार बनेको थियो । तर, अहँ, सरकार निजी क्षेत्र र व्यवसायप्रति यति उदासिन होला भन्ने हामी कल्पना नै गर्न सक्दैनौ,’ उनले भनेका छन् ,‘यस्तै भए केही समयपछि बिहारमा जस्तै राज्य र गुन्डालाई कर तिरेर व्यापार गर्नुपर्ने अवस्था आउन सक्छ ।’
अध्यक्ष मुरारकाले भारतले पारवहन सुविधामा अवरोध नगरेको समेत बताएका छन् । उनले चीनसँग व्यापार गर्दा निजी क्षेत्रले सहज महसुस नगर्ने पनि बताए ।‘चीनसँग व्यापार गर्न हामी निजी क्षेत्रले त्यति सहज महसुस गर्दैनौं, चिनियाँहरुले काम गर्ने तरिका र हाम्रोबीच अन्तर छ,’ उनले भनेका छन्, ‘हाम्रै मुलुकको अनुभवले पनि त्यस्तै देखाएको छ ।’
मधेसीको अनुहारको रंग हेरेर मात्रै राष्ट्रियताको विषयमा प्रश्न गर्ने हो भने पहिचानको मुद्दा संकटमा पर्न सक्ने उनको भनाइ छ । उनले नेपालमा अलिकति उग्र राष्ट्रवाद हाबी भएको बताए । ‘राजनीतिक रुपम सही वा गलत जे होला, तर नेपालमा अलिकति उग्र राष्ट्रवाद हाबी भएको छ, नेपालका लागि यो तत्कालका लागि मात्र नभई दीर्घकालका लागि पनि राम्रो होइन ’, उनको भनाइ छ, ‘नेपालमा आम मानिसलाई भारतले नाकाबन्दी गर्यो भन्ने छ, तर भारतमा कति जनालाई यो समस्याबारे थाहा होला र !’ श्रोत रातो पाटि
## News source from Zoomnp
via IFTTT
काठमाडौं । सबैभन्दा ठूलो दल भएर पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख जस्ता महत्वपूर्ण पद हात पार्न नसकेको नेपाली कांग्रेस यतिखेर तनावको अवस्थामा छ । शक्ति केन्द्र र पार्टीका स्वार्थ समूहको उक्साहटमा सभापति सुशील कोइरालाले प्रधानमन्त्रीमा उम्मेदवारी दिएपछि सबैथोक गुमाएको कांग्रेसकै नेतादेखि कार्यकर्ताहरुले टिप्पणी गर्न थालेका छन् ।
सभापति कोइरालाले हारेपछि नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलका कारण आफूले उम्मेदवारी दिएको जिकिर गरे । तर, पनि उनीहरु दुवैजना यो आरोप स्वीकार्न तयार छैनन् । उनीहरु दुवैको निष्कर्ष कोइराला निकट स्वार्थ समूहको कारण पार्टीले सबैथोक हत्याउने उनको सोचले कांग्रेस पछारिएको तर्क छ ।
कोइरालाको यही अव्यवहारिक प्रयासले कांग्रेसले सबैथोक गुमाउनुपरेपछि अब देउवा र पौडेल १३ औं महाधिवेशनबाट आफू जसरी पनि स्थापित हुने दाउमा लागिसकेका छन् । आइतबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकमा कोइरालाले लिएको असफल नीतिकै कारण ठूलो दल भएर पनि कांग्रेसले सबैथोक गुमाउनुपरेको जस्ता तथ्यमा टेक्दै दुवै नेता पक्षधरले महाधिवेशनको लागि अहिलेदेखि नै आधार बनाउने तयारी गरेका छन् ।
‘सबैथोक गुमाउनुपरेको कारण सभापतिजीको घेरा र वहाँको आफ्नै सबै आफैं लिनुपर्छ भन्ने सोचले गर्दा हो’ संस्थापन निकट एक नेता भन्छन्, ‘ठूलो दलले सबै गुमाएपछि यसकै अपजसलाई देखाउँदै देउवा र पौडेलले अब १३ औं महाधिवेशन केन्द्रित तयारी गर्दै सक्रियता देखाउने तयारी गरेका छन् ।’ सोही तयारी अनुसार केन्द्रीय समितिमा उनीहरुले कोइरालाले पार्टी सभापति भएदेखि नै पार्टी हाँक्न नसकेको जस्ता विषय उठाउनेछन् ।
अब कांग्रेसको १३ औं महाविधेशन आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा हुँदैछ । सो महाधिवेशन अब त्रिपपक्षीय भिडन्त हुने बुझाई कांग्रेस केन्द्रीय सदस्यहरुको नै छ ।
‘अबको महाधिवेशनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ’ केन्द्रीय सदस्य मीन विश्वकर्मा भन्छन्, ‘देउवा दाई सधैंझैं यसपटक पनि मुख्य प्रतिस्पर्धी हुनुहुन्छ । रामचन्द्र दाईले यसपटक छोड्न हुदैन । सुशीलदाई दिइए दुई नेता ड्यामेज हुन्छन् । त्यसैले तीन नेताको भिडन्त हुने देखिन्छ ।’
संस्थापनमा रहेर सधैं सहयोग गर्दै आएकोले पौडेल यसपटक नेतृत्वको दौडबाट दायाँबायाँ नगर्ने रणनीतिमा छन् । सभापति नै जित्न सक्ने गरी पकड नभए पनि कोइराला वा देउवालाई बिगार्न सक्ने मत उनको पक्षमा छ । त्यसैले अन्तिम अवसर भन्दै पौडेल थोरै तर, महत्वपूर्ण शक्तिकासाथ बार्गेनिङमा हुनेछन् ।
देउवा पक्ष भने अब कोइरालाले सभापतिमा दाबी नगरी देउवालाई छोडिदिने हो भने पौडेललाई समेत चित्त बुझ्ने बाटो खुल्ने पक्षमा छ । ‘सभापतिजीले अब बिदा लिएर सभापतिमा देउवालाई सहयोग गर्नुभयो भने अर्कोपटकलाई सभापतिमा पौडेलजीलाई बाटो खुल्छ ।’ देउवा पक्षीय एक नेता भन्छन् । कहिले गिरिजा त कहिले सुशीलसँग पराजित हुँदै आएका देउवालाई अर्कोपटकदेखि उमेरले पनि साथ नदिने भएकोले गर या मरको अवस्था छ ।
तर, मुखले भने कोइरालालाई पद प्यारो छ । कोइरालाले टिका लगाएर ल्याएका केन्द्रीय सदस्यहरुको राजनीति सुरक्षित गर्न र कांग्रेसमा कोइराला खानदानको राजनीतिक जोगाउन पनि सुशील अघि बढ्नुपर्ने स्थितिमा छन् । सुशील अघि नबढे कांग्रेस सत्ता सदाको लागि देउवा खेमामा जाने भन्दै प्रधानमन्त्रीको उम्मेदवार बनाएर सहिद बनाउने पनि संस्थापनमै छन् ।
## News source from Zoomnp
via IFTTT
१५ कात्तिक, काठमाडौं । चीनको झण्डा लगाएको आरोपमा प्रहरीले मधेसी मोर्चाका तीन जिल्लास्तरीय नेतालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य संजय यादव, सदभावनाका जिल्ला अध्यक्ष इमदाद गद्दी र नेपाल परिवार दलका ओमप्रकाश सर्राफ छन् । वीरगञ्ज-रक्सौल नाकाको मितेरी पुलमा धर्नामा बसेर घर फर्कने क्रममा उनीहरुलाई प्रहरीले शंकराचार्य प्रवेशद्वारवाट पक्राउ गरेको हो ।पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले तीन जना पक्राउ परेको पुष्टि गरे । उनले उनीहरुमाथि अनुसन्धान भइरहेको बताए ।चीनले नेपालमा इन्धन दिएपछि मधेस विरोधी भएको भन्दै मधेसी मोर्चाका नेताहरुले कात्तिक १२ गते वीरगञ्जको घण्टाघर चोकमा चीनको झण्डा जलाएका थिए ।
## News source from Zoomnp
via IFTTT
मिडिया एनपी, भीमदत्तनगर, १५ कात्तिक । पूर्वपश्चिम महेन्द्र राजमार्गको झलारी–वाणीखण्डको कलुवापुर बजार नजिक मोटरसाइकल बैलगाडामा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आइरहेको ना १२ प १४७१ र से २ प ३७६१ नंको दुइवटा मोटरसाइकल विपरीत दिशाबाट गइरहेको बैलगाडामा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा गम्भिर घाईते भएका ३७ वर्षीय प्रतावबहादुर शाहको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
त्यसैगरी सोही घटनामा सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरका सशस्त्र प्रहरी जवान दीपकबहादुर पुन घाइते भएका छन् । उनको पद्मा अस्पताल अत्तरिया कैलालीमा उपचार भइरहेको छ ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1RGgXs9
via IFTTT
अन्ततः यो दुनियाको सबैभन्दा महंगो बिस्कुट बन्न सफल भएको छ । २३ हजार डलर अर्थात् २३ लाख रुपैयाँ भन्दा बढि मूल्यमा बिक्रि हुँदै उक्त ऐतिहासिक बिस्कुटले अर्को इतिहास रचेको छ । हुनत यो विस्कुट बिक्रि नै नभएको भएपनि ऐतिहासिक महत्वकै बिस्कुट हो । किनकी यो बिस्कुट चर्चित टाइटानिक जहाजबाट निकालिएको हो ।
सन् १९१२ मा डुबेको टाइटानिक जहाजमा भेटिएको एउटा बिस्कुट गत हप्ता शनिबार बेलायतमा २३ हजार डलरमा लिलाम भएको छ ।
चौकुने आकारको यो बिस्कुटको पाना आटाबाट बनेको हो र यसको लम्बाइ १० सेन्टिमिटर रहेको छ । टाइटानिक दुर्घटनाको समयमा लाइफबोटमा रहेका जरुरी सामानहरुमा यो बिस्कुट पनि थियो ।
यो बिस्कुटको लिलामी गर्ने एन्ड्रु एलड्रिजका अनुसार स्पिलर्स एण्ड बेकर्स कम्पनीको यो पाइलट नामको बिस्कुट लाइफ बोटको सर्भाइभल किटभित्र फेला परेको हो । यो बिस्कुटलाई सबैभन्दा पहिले जेम्स फेनविकले देखेका थिए र उनले त्यसलाई एउटा चिनोको रुपमा सुरक्षित गरी वाटरप्रुफ खाममा राखेका थिए ।
फेनविक र उनकी पत्नी मावेल आफ्नो तिन महिने हनिमुनका लागि कारप्याथिया जहाज चढेर न्युयोर्कबाट निस्किएका थिए । कारप्याथिया जहाजलाई टाइटानिक जहाज दुर्घटनाका बेला उद्धारमा खटाइएको थियो र सोही क्रममा फेनविकले उक्त बिस्कुट फेला पारेका हुन् । फेनविक सँग टाइटानिक उद्धारका बेलाका विभिन्न तस्वीर लगायतका अद्भुत संग्रह समेत छन् ।
लिलामकर्ताका अनुसार यो दुनियाकै महंगो बिस्कुटलाई २३ हजार डलर मूल्य तिरेर ग्रिसका एक धनाढ्यले खरीद गरेका छन् । एलड्रिजले पछिल्लो बिस वर्षयता टाइटानिक सँग सम्बद्ध विभिन्न सामानहरुको लिलामी गर्दै आएका छन् । तर टाइटानिक सँग सम्बद्ध कुनैपनि वस्तुहरुलाई अहिलेसम्म बिस्कुटको जति मूल्य नपरेको उनी बताउँछन् ।
## News source from Zoomnp
via IFTTT
स्थानीय विकास मन्त्रालय आफूहरुले नपाए सत्ता समिकरणमा नै धक्का पुग्ने राप्रपा नेपालले चेतावनी दिएको छ ।
‘राप्रपा नेपाललाई स्थानीय विकास मन्त्रालय दिने सहमति एमाले र माओवादीसँग भइसकेको छ ,’ एक शीर्ष नेताले भने ‘त्यो सहमति तोडे सत्ता समिकरणमा नै धक्का पुग्न सक्छ ।’ विगतमा भएको भद्र सहमति लागू नभए अविश्वास र संकट उत्पन्न गर्छ र सरकार पनि धेरै नटिक्ने ती नेताले भने ।
विगतमा भएको सहमति अनुसार चल्न ती नेताले एमालेसँग आग्रह गरे । स्थानीय विकास मन्त्रालयमा एमालेले दाबी गरिरहेको छ । राप्रपा नेपालले स्थानीय मन्त्रालय आफूहरुले पाउने पर्ने बताउँदै अाएको छ ।
## News source from Zoomnp
via IFTTT
१५ महिनासम्मको तलब नपाएपछि एक वर्षदेखि सर्वोच्च अदालतसम्म मुद्दा लड्दै आएका तीन दर्जनभन्दा बढी नेपाली कामदारलाई कतारमा प्रहरीले पक्राउ गरी डिपोर्टटेसन सेन्टर (घरफिर्ती केन्द्र) मा लगेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
ती कामदार मेटल फार्मिङ सेन्टरबिरुद्ध उच्च अदालत हुदै सर्वोच्च अदालतसम्म मुद्दा लडिरहेका थिए । कामदारको बासस्थान (लेबर क्याम्प)मा बसिरहेका बेला मध्यरातमा आएर प्रहरीले पक्राउ गरी लगेको पीडित कामदारले बताए ।
## News source from Zoomnp
via IFTTT
केराउ निकै स्वादिलो तथा चल्तीको गेडागुडी हो । यसको प्रयोग तरकारी तथा अचार लगायतका विभिन्न परिकारमा हुन्छ । केराउमा विभिन्न प्रकारका पोषक तत्व हुने हुनाले यसको नियमित भोजन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर हरियो केराउले मानव स्वास्थ्यमा केही हानिकारक असर समेत पार्ने अध्ययनले देखाएको छ ।
शोधकर्ताहरुका अनुसार धेरै केराउ खानाले महिला र पुरुषको प्रजनन प्रणालीमा असर पर्दछ । केराउमा एम जाइलोहाइड्रोक्यून नामक रसायन पाइन्छ जसले प्रजनन क्षमतालाई झण्डै ६० प्रतिशतले कम गरिदिन्छ । यसले महिलामा गर्भावस्थासँग जोडिएका विभिन्न समस्याहरु निम्त्याउने वैज्ञानिकहरु बताउँछन् ।
त्यस्तै केराउमा घुल्ने फाइबर तथा नपच्ने ओलिगोसेक्राइड्स प्रसस्त पाइन्छ । यो तत्व सजिलै पच्दैन । घुल्ने फाइबर तथा नपच्ने ओलिगोसेक्राइड्स दुबैले पेटमा ग्यास पैदा गर्दछन् । रातको खानामा केराउ समावेश गर्नु राम्रो मानिँदैन । किनकी यसलाई पचाउन निकै गाह्रो पर्छ । अनि पेटमा ग्यास जम्मा हुने र पाचन क्रियामा गडबडी पैदा हुने समस्या समेत उत्पन्न हुन्छ ।
तर यी बेफाइदाका अलावा केराउका अनेक फाइदा छन् । जसमा मोटोपन कम गर्ने, महिनावारीका बेलाको दुखाइ कम गर्ने, पेटको क्यान्सरको जोखिम कम गर्ने, मधुमेह नियन्त्रण गर्ने, हड्डी मजबुत बनाउने, रोगप्रतिरोधी क्षमता बढाउने तथा छालाको रंगमा निखार ल्याउने आदि रहेका छन् ।
## News source from Zoomnp
via IFTTT
१५ कात्तिक, काठमाडौं । तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीच आइतबार वार्ता हुँदैछ ।
सरकार र आन्दोलनरत दुवै तर्फले आजको वार्तालाई निर्णायक र परिणाममुखी बनाउने तयारी गरेका छन् ।आइतबारको वार्ताको तयारी स्वरुप शनिबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक जनकपुरमा बसेको थियो । आज पनि सरकारसँग वार्तामा बस्नुअघि छलफल गर्ने मोर्चाले जनाएको छ ।
आफूहरुले सरकारसँग धेरैपटक छलफल गरेको भन्दै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चा आजको वार्तालाई निर्णायक बनाउने पक्षमा छ यसको निर्भर सरकारमा रहने बताएका छन् । समस्या समाधान गर्नेगरी सरकारी वार्ता टोली प्रस्तुत भए वार्ताले निकास निकाल्ने यादवले बताए ।
सरकारी वार्ता टोलीका सदस्य कानुनमन्त्री खरेलले वार्तालाई परिणाममुखी बनाउन वार्ता र संवादबाटै सहमतिका आधारमा समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।
## News source from Zoomnp
via IFTTT
कार्तिक १५, २०७२- चिनियाँ अनुदानको पेट्रोलियम पदार्थ लिएर नेपाली ट्यांकरहरु गएराति साढे ९ बजे रसुवाको रसुवागढी नाका भित्रिएको छ । नेपाल आयल निगमका निर्देशक तथा प्रवक्ता दिपक बराल सहितको टोली र ३ वटा पेट्रोल बोकेका ट्यांकर रसुवा भित्रिएको हो ।
बाक्लो हिउँ परेका कारण पेट्रोल आउन ढिलाई भएको निगमका प्रवक्ता दिपक बरालले बताए । चीनको केरुङ भन्दा ४ किलोमिटरमाथिबाट नेपाली ट्यांकरले पट्रोलियम पदार्थ भरेका थिए । आजआइतबार २७ हजार लिटर पेट्रोल बोकेर ती ट्यांकर काठमाडौंस्थित थानकोट डिप्पोमा पुग्ने छन् ।
शुक्रबार १२ ट्यांकर रसुवा आएका थिए । त्यसमध्ये चिनियाँ अधिकारीले शनिबार दिउँसो ३ वटा ट्यांकरलाई इन्धन भर्ने अनुमति दिएका थिए । चीनले केरुङमा १ सय मेट्रिकटन पेट्रोल ल्याएको छ ।मधेस आन्दोलनले पेट्रोलियम पदार्थ भित्र्याउन सहज नभएपछि नेपाल आयल निगमले चीनसँग इन्धन खरिद सम्झौता गरेर गरेर पेट्रोलियम पदार्थ ल्याउन थालेको हो । आज ९ वटा ट्यांकर इन्धन भर्न चीनको केरुङ जाने छन् । भरेर आएका पेट्रोलियम पदार्थका ट्यांकर सशस्त्र सीमा सुरक्षाबल र नेपाल प्रहरीले सुरक्षा दिएका छन् । चीनबाट यसरी पेट्रोलियम पदार्थ नेपालले ल्याइएको पहिलोपटक हो ।
## News source from Zoomnp
via IFTTT
कार्तिक १५, २०७२- दशगजा क्षेत्रमा रहेको मितेरी पुलमा मधेसवादी दलको जारी धर्नामा साइकल र मोटरसाइकलबाहेकका सवारी ओहोरदोहोरमा निषेध गरिएको छ। भीडभाड कम भएका बेला एकाध रिक्सा निस्किन्छन्। तर पछिल्लो सातायता भारतीय उच्च प्रहरी अधिकारीको ३ वटा टोली गाडीमा सवार भएर धर्नास्थल हुँदै वीरगन्ज प्रवेश गरेका छन्। शुक्रबार साँझ करिब ६ बजे बीआर ३३ एम ७६१६ नम्बरको खैरो रंगको बोलेरो र बीआर ०९ आर ३९५३ नम्बरको सेतो स्कार्पियो गाडीमा सवार डीएसपीसहितका भारतीय प्रहरी धर्नास्थलकै बाटो प्रयोग गरी नेपाल प्रवेश गरेका थिए। धर्नास्थलबाट करिब ३ सय मिटरको दूरीमा रहेको नेपाल प्रहरीको इनर्वा सीमा चौकीका सुरक्षाकर्मीले चेकजाँचका क्रममा भारतीय प्रहरी गाडी रोकेका थिए। पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बर्दी र हतियारसहित नेपालभित्र जान नमिल्ने भन्दै सीमा चौकीका प्रहरीले रोकेको बताए। ‘बर्दी र हतियारसहित नेपाल प्रवेश गर्न नमिल्ने बताएपछि एउटा गाडी फर्कियो,’ कान्तिपुरसँग उनले भने, ‘अर्को गाडीमा सादा पोसाकमा बसेका व्यक्ति वीरगन्ज पसे।’ स्रोतका अनुसार सीमावर्ती विहार राज्यमा जारी विधानसभा निर्वाचनमा प्रचारप्रसार गर्न आएको भीआईपी टोलीको एस्कर्टिङमा डीएसपीको टोली पछिपछि आएको थियो। नेपाल प्रहरीले भारतीय प्रहरीलाई फिर्ता पठाएपछि भीआईपीको टोली वीरगन्जमा किनमेल र नास्ता गरेर राति करिब ९ बजेतिर रक्सौल फर्केको थियो। यसैगरी शुक्रबार बिहान पनि भारतीय प्रहरी गाडीमै सवार भएर नेपाल प्रवेश गर्ने क्रममा सीमा प्रहरी चौकी इनर्वाले रोकेको थियो। बर्दीसहित २ वटा गाडीमा चढेर आएका उनीहरूलाई झन्डै ४ घण्टा सोधपुछ गरी फिर्ता पठाइएको थियो। सात दिनअघि पनि जारी मधेस आन्दोलनको केन्द्रविन्दु बनेको वीरगन्ज नाका भएर भारतीय प्रहरीका एक एसपी ५ जनाको हतियारधारी टोली अन्तर्राष्ट्रिय नाकाबाट १५ किलोमिटर भित्रसम्म प्रवेश गरेका थिए। मधेसवादी दलले वीरगन्ज र रक्सौल नाकाबीचको मितेरी पुलमा सवारी साधन आवागमन ठप्प पारे पनि ती प्रहरी साइरन बत्ती भएको भारतीय जिपमा पुल पार गरेर नेपाल प्रवेश गरेका थिए। साँझ करिब ७ बजेको समयमा एमपी ओ३ए १९१५ नम्बरको गाडीमा प्रवेश गरेका भारतीय प्रहरी वीरगन्ज भन्सार हुँदै रजतजयन्ती चोक भएर बाइपास सडक समाएर अन्तर्राष्ट्रिय नाकाबाट करिब १५ किलोमिटरभित्र परवानीपुरसम्म पुगेका थिए। त्यहाँ चेकजाँचमा तैनाथ पर्सा प्रहरीले गाडीबाट एक थान एके ४७ र त्यसमा प्रयोग हुने ३० राउन्ड गोली बरामद गरेको थियो। प्रहरी स्रोतका अनुसार गाडीमा मध्य प्रदेश रिवा जिल्ला ‘स्पेसल आर्म फोर्स’ ९ औं बटालियनका एसपी नरबदाप्रसाद बरकडे बसेका थिए। हतियार र बर्दीसहित नेपाली भूमिमा प्रवेश निषेध रहेको ड्युटीमा खटिएका प्रहरीले बताएपछि भारतीय प्रहरीले अञ्जानवश प्रवेश गरेको जवाफ दिएका थिए। ‘काठमाडौंमा रहेको पशुपतिनाथको दर्शनका लागि हिँडेका थियौं,’ भारतीय प्रहरीलाई उद्धृत गर्दै एक प्रहरीले भने, ‘हामीले बर्दी र हतियार यहीं राखेर जान भनेपछि आफ्नै देश फर्किने बताए।’ वीरगन्ज रक्सौलबीचको मितेरी पुलमा विगत एक महिनाभन्दा बढी दिनदेखि जारी मधेसी मोर्चाको धर्नाका कारण हल्का सवारी साधन र साइकलबाहेकका सवारी पुल भएर चलेका छैनन्। भारत तथा तेस्रो मुलुकबाट आउने मालवाहक सवारी र इन्धन आपूर्ति ठप्प गर्ने उद्देश्यले आन्दोलनरत पक्ष मुलुकको प्रमुख नाकामा गत असोज ७ गतेदेखि बाँसमा समेना (पाल) टाँगेर धर्नामा बसेका छन्। पारि रक्सौलका व्यापारी महेशकुमार अग्रवालको गोदाम परिसरमा सञ्चालित मेसमा खाना खाएर रातको समयमा त्यही पालमुनि सुत्दै आएका छन्। एम्बुलेन्स पनि जाने बाटो नरहेको धर्नास्थलबाट भारतीय प्रहरीका गाडी निर्वाध रूपमा आउँदा आन्दोलनकारी दलको छवि नकारात्मक बन्दै गएको छ। स्रोतका अनुसार भारतीय प्रहरीका गाडी आउँदा धर्नामा बसेका नेता समेना टाँगिएका बाँस हटाएर गाडी प्रवेश गराउँछन्। ‘गाडी फर्किने बेला हात हल्लाएर बिदाइसमेत गर्छन्,’ ती स्रोतले भन्यो। सीमावर्ती क्षेत्रका बासिन्दा पैदल मितेरी पुल वारपार गर्छन्। पुलको दुवै छेउसम्म रिक्सा, टाँगा र टेम्पो चल्ने गरेका छन्। नाका सिल, धर्ना भने हटेन सीमावर्ती विहार विधानसभाको चौथो चरणको निर्वाचनका लागि भारतीय प्रशासनले शनिबार बिहानदेखि ४८ घण्टासम्मका लागि प्रमुख नाका सिल गरेको छ। भारतीय सुरक्षाकर्मीले रक्सौल कस्टमको ढाट खसाएका छन्। ढाटभन्दा मात्र ३० मिटरको दूरीमा मधेसवादी दलका नेता तथा कार्यकर्ता धर्नामा बसेका छन्। जानकारका अनुसार यसअघिका लोकसभा र विधानसभाका निर्वाचनका लागि बोर्डर सिल हुँदा भारतीय सीमा सुरक्षा बलले मितेरी पुलमा यात्रुलाई उभिन समेत दिँदैनथे।
## News source from Zoomnp
via IFTTT
काठमाडौँ १५ कार्तिक । झन्डै १५ महिना देखिको तलब नपाएपछि कतारको सर्वोच्च अदालतमा मुद्दा लडिरहेका तीन दर्जनभन्दा बढी नेपाली कामदारलाई गएको मध्यरातमा कतार प्रहरीले पक्राउ गरी घरफिर्ती केन्द्र (डिपोर्टटेसन सेन्टर) मा लगेका छन् ।
पक्राउ परेका नेपाली कामदारले आफूले काम गरेको कम्पनी मेटल फार्मिङ सेन्टरविरुद्द गत वर्षदेखि उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म मुद्दा लगिरहेका थिए । अचानक मध्यरातमा कतार प्रहरीले पक्राउ गरी लगेको पीडित कामदारका संगै बस्ने साथीले बताएका छन् ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1NJecWu
via IFTTT
भनिन्छ प्रेममा परेपछि निद्रा भाग्छ । यस्तै हुन्छ कतिपय केटीलाई पनि । प्रेममा परेका केटीहरु अवेर सम्म जाग्छन् र प्रेमीसँग कुरा गरिरहन्छन् । एसमएस कल देखि च्याटले केटीहरुलाई राति सम्म ब्यस्त राख्छ ।
प्रेममा परेपछि एउटै कुरा पनि आपसमा पटक पटक दोहोर्याएर गर्नु समान्य हो । केटीहरु पनि त्यस्तै गर्छन् । केटीहरुले फोनमा केटासँग लामो लामो कुरा गर्छन् । प्रेममा परेपछि एसमएस र कल जाँच गर्नु नै केटीको काम बन्छ । राति राति सम्म केटीहरु फोनमा झुण्डिरहेका हुन्छन् ।
कसैको प्रेममा परेपछि केटीहरु रोमान्टिक गीत र फिल्म मन पराउँछन् । किन भने कुनै पनि रोमान्टिक गीत आफैलाई गाएको जस्तो लाग्छ भने फिल्मका पात्र आफू नै भएको जस्तो महसुस हुन्छ । र यो कुरा प्रेमीलाई सुनाउन हतारिन्छन् ।
जव प्रेममा पर्छन् केटीहरुले प्रेमीलाई बढी सिरियस्ली लिन्छन् । केटाको बारेमा हरेक कुरामा चासो लिन्छन् फेसबुक स्ट्याटस देखि प्रोफाइलमा आएका लाइक सम्म । आफ्नै प्रेमीको विषयमा कुरा गरेको सुन्न मन पराउँछन् । तर उनीहरु चाहिने भन्दा बढी नियन्त्रण गर्ने सम्म केटीहरुको बानी हुन्छ ।
जव केटीहरु कुनै पुरुषको प्रेममा पर्छन् । उनीहरुलाई असुरक्षित महसुस हुन्छ । केटो अरुसँग नजिक होला आफूसँग टाढा होला कि भन्ने केटीहरुको चिन्ता हुन्छ । अरु केटीसँग प्रेमी बोल्दा त केटीहरुलाई इर्श्या नै हुन्छ ।
यस्ता आँखा हुनेसँग बच्नुस्
खुलमखूल्ला स्तन देखाउने हलिउड सेलेब्रेटीहरु तस्विरमा..
- http://nepaliheadlines.com/celebs-who-exposed-boob-publically/
मोडेलिङमा आफूलाई निकै राम्रो स्थानमा राख्न सफल भएकी जोन्नाको निकै आकर्षक र सुगठित शरिरका कारण पनि उनलाइ धेरैले मन पराउने गर्छन् । यस्तै, उनले गरेका गर्ने गरेका हट फोटोशुटका कारण पनि उनको चर्चा बेला-बेलामा निकै चर्चित हुने गरेको छ ।
उनै नायीका, मोडेल तथा टेलिभिजन स्टार केही समयअघि वार्वाडोव मालफङ्सनको शिकार भएकी छीन् । मियामीमा बिदा मनाईरहेकी उनी कुकुरसँग खेलिरहँदा यसरी वार्वाडोव मालफङ्सनको शिकार बनेकी हुन् । निलो छिर्केमिर्के शर्टमा रहेकी उनी कुकुरसँग खेल्ने क्रममा शर्ट निकै माथी पुगेपछी उनको स्तन समेत देखिन पुगेको थियो ।
- http://nepaliheadlines.com/joanna-krupa-playing-with-her-dog/
काठमाण्डौ। कात्तिक २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र लुटेराको ‘आइ एम जस्ट किडिङ’ बोलको गीत रिलिज भएको छ । गीत माइकल किरणको शब्द, वसन्त सापकोटाको संगीतमा राजेशपायल राई र मिलन अमात्यको स्वरमा तयार भएको हो ।
गीतमा हर्षिका श्रेष्ठ र सविन श्रेष्ठले अभिनय गरेका छन् । गीतमा शिव ढकालले कोरियोग्राफी गरेका छन् । चलचित्रमा निखिल उप्रेती, निशा अधिकारी, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठ, अनुभव रेग्मी, अमित श्रेष्ठ, प्रियंका कार्की लगायतको मुख्य अभिनय रहेको छ । शिव ढकालको छायांकन, मौनता श्रेष्ठको लेखन, बसन्त सापकोटा र अर्जुन पोखरेको सँगीत, राजु शाह, कविराज गहतराज, रामजी लामिछाने नुत्य र हिमाल के.सी.को एक्शन रहेको यस चलचित्रको काठमाडौं र विरगञ्जमा छायांकन गरिएको हो ।
गोपाल कायस्थको प्रस्तुति रहेको चलचित्र लुटेरालाई बसन्त कुमार श्रेष्ठ र छिरिङ दोर्जे लामाले मिलेर निर्माण गरेका हुन् । चलचित्रलाई दयाराम दाहालले निर्देशन गरेका हुन् ।
## News source from Zoomnp
via IFTTT
मिडिया एनपी ,काठमाडौँ १४ कार्तिक । आज शनिबार देसका बिभिन्न नाका हुदै ४१ गाडी पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ । अन्य दिनको तुलनामा थोरै मात्रामा इन्धन नेपाल भित्रिएको छ । साँझसम्ममा भैरहवा–सुनौली नाकाहुदै १७ ट्यांकर डिजल, ४ ट्यांकर पेट्रोल र २ ग्यासका बुलेट नेपाल भित्रिएको छ । यसैगरी पश्चिमी नाका नेपालगन्जबाट ४ ट्यांकर हवाई इन्धन मात्र नेपाल भित्रिएको छ ।
यसैगरी गौरीफन्टा नाका हुँदै शनिबार धनगढीमा १४ टयाङ्कर डिजल भित्रिएका छ । अन्य कुनैपनि नाकाबाट पेट्रोलियम पदार्थका गाडी नेपाल भित्रिएको छैनन ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1GRw9Cz
via IFTTT
नाम: नन्दबहादुर पुन ‘पासाङ’
जन्म: ०२२ कात्तिक ७ गते
जन्म स्थान: राङसी–९, रोल्पा
आमा : स्व. मनसरा पुन
बुवा : रामसुर पुन
छोरा बुहारीहरु : जितेन्द्र पुन÷जुनमाया घर्ती र दिपेश पुन-सविना आले
नाति : न्यूटन पुन
जन्म :
राङसी–९, रोल्पामा २०२२ कात्तिक ७ गते बुवा रामसुर र आमा मनसरा पुनको कोखबाट जन्मेका हुन । उनका तीन दिदि बहिनी छन् ।
पासाङको जेठा दाजु वीरबहादुर पुन ईन्जिनियर, साईलो भाई भीमप्रकाश पुन उच्च माविको प्राचार्य, काईलो भाई दिपक पुन शिक्षण पेशा छाडेर खेती किसानीमा छन् । कान्छो भाई कमल भने अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हुँदा ०५९ मा मारिए । जनयुद्धमा उनकी श्रीमती हस्तामाली पुन स्थानीय पार्टी कमिटिमा रहेर काम गरे । उनका जेठा छोरो जितेन्द्र र कान्छो छोरो दिपेश पनि सानै उमेरमा पढाई छाडेर बन्दुक बोकेर जनयुद्धमा सहभागी भएका थिए ।
शिक्षाः
जाखरबाट तीन कक्षा उत्तिर्ण गरेपछि तत्कालीन निमावि राङसीमा भर्ना भए, त्यहींबाट २०३७ सालमा ७ कक्षा उत्तिर्ण गरे । माध्यामिक तहको अध्ययन पुरा गर्न सदरमुकाम लिबाङस्थित बालकल्याण माविमा भर्ना भए । तर विद्यार्थी संगठनमा आबद्ध भएर सक्रिय राजनीतिक गरेको आरोपमा विद्यालय प्रशासनबाट उनलाई अवरोध भयो । प्रहरीले वारेण्ट जारी ग¥यो । स्कूल प्रशासनको स्कूल वा राजनीति छाड्नुपर्ने चेतावनीपछि २०३९ सालमा ९ कक्षा पढ्न थबाङ पुगे । त्यहींबाट २०४२ मा एसएलसी उत्तिर्ण गरे । २०४५ मा महेन्द्र बहुमुखी क्याम्पस दाङमा भर्ना भएर उच्च शिक्षा हाँसिल गरे । औपचारिक शिक्षाबाहेक उनले सैन्य विज्ञान, राजनीतिक दर्शनको अध्ययन गरे ।
विवाह
उनले कक्षा ९ मा पढ्दै गर्दा ०३९ मा जंकोट–१, माडिचौर निवासी हस्तमाली पुनसँग प्रेम विवाह गरे ।
प्रारम्भिक विद्यार्थी राजनीति
२०३७ सालमा निमावि राङ्सीमा कक्षा ७ मा पढ्दा उनी अनेरास्ववियू छैटौंको ईकाई अध्यक्ष थिए । त्यहींबाट दोस्रो जिल्ला सम्मेलनको प्रतिनिधि भएर गए । लिबाङमा पढ्दा शिक्षक कृष्णबहादुर महराको प्रभावले राजनीतिमा सक्रिय हुन थप प्रेरित ग¥यो । महराको सरल स्वभाव र पढाउने शैलीले उनलाई आकर्षित ग¥यो । संगठन बनाउन र कम्युनिष्ट आन्दोलनबारे अध्ययन गर्न पनि महराले प्रेरित गरे ।
२०३९ सालमा अनेरास्ववियुको प्रथम उपकेन्द्रीय राष्ट्रिय सम्मेलन बुटवलमा भयो । लिबाङमा ८ मा पढ्दै गर्दा रोल्पा जिल्लाबाट प्रतिनिधि भएर गएका थिए । सो सम्मेलनबाट लिलामणी पोखरेल अध्यक्ष भए । खुसीराम पाख्रिनको ‘अर्काको भारी बोकेर हामी उकाली ओराली, कहिले त खोला कहिले त भन्ज्याङ डाँडाको चौतारी’ पासाङ सम्झन्छन् । सम्मेलनबाट फर्केपछि प्रशासनले वारेण्ट ग¥यो । त्यसपछि ८ कक्षा उत्तिर्ण गरी थप अध्ययनका लागि पासाङ सोही वर्ष थबाङ गए । त्यहाँ पनि प्रहरीले पक्रेर तीन रात हिरासतमा राख्यो । २०४५ मा दाङमा क्याम्पस भर्ना भएर उनी मशाल समूहको अध्यक्ष भए ।
शिक्षण र खेलकुद
एसलसी उत्तिर्णपछि पासाङले पार्टी कामको साथसाथै शिक्षण पेशा पनि अंगाले । २०४३ सालदेखि ९ वर्षसम्म पहिले आफूले पढेको निमावि राङसीमा अध्यापन गरे, उनी जाँदा जुन मावि बनिसकेको थियो । अहिले उमावि बनेको छ । पूर्व मन्त्री जयपुरी घर्ती, नेकपा–माओवादीकी नेतृ तारा घर्तीलगायतलाई उनले पढाए । पूर्णकालीन भईसक्दा पनि अध्यापनका काम जारी राखे । उनी स्थायी शिक्षक हुन ।
उनको खेलकुदमा धेरै रुचि छ । विभिन्न खेलमा रुची भए पनि भलिबल उनको प्राथमिकतामा पर्छ ।
वर्गसङ्घर्ष
पासाङमा बाल्यकालदेखि नै लडाकु स्वभाव थियो । जनयुद्धको आधार तयार पार्न तत्कालीन मशालले सुरु गरेको ‘वर्गसंघर्ष’मा उनले नेतृत्वदायी भूमिका खेले । जुन संघर्ष जनयुद्धको आधार बन्यो । दर्जनौं विपक्षीलाई लठ्ठीले एकसाथ प्रहार गर्नसक्ने उनको कलाको रोल्पामा अहिले पनि तारिफ हुन्छ, जुन कला उनको बुवाले सिकाउनु भएको हो । माओवादी पार्टी नबन्दै तत्कालीन एकताकेन्द्र मशालले २०४८ पछि वाईसिएललाई लडाकु दस्ता बनाएर वर्गसंघर्ष चलायो । त्यसबखत पासाङ वाईसिएलको रोल्पा जिल्ला अध्यक्ष थिए । २०४८ को निर्वाचनमा रोल्पाबाट जनमोर्चाका उम्मेदवार कृष्णबहादुर महरालाई जिताउन गाउँगाउँमा साँस्कृतिक कार्यक्रम देखाएर हिंडे ।
टाउकाको मुल्य र पाखुरामा गोली
राज्यविरुद्धमा लागेको आरोपमा प्रशासनले उहाँको टाउकाको मूल्य जनयुद्ध अगाडि नै तोक्यो । मूल्य थियो ३५ हजार । ‘जहाँ भेट्यो त्यहीं मार्न’ भनेर प्रशासनले प्रहरी परिचालन ग¥यो । नेकपा (माओवादी) माओवादी नबन्दैको पार्टीको पहिलो रोल्पा जिल्ला सदस्य भएपछि प्रशासनले बढी टार्गेट ग¥यो । २०५१ को स्थानीय चुनावका बेलामा फक्रेर १५ दिन हिरासतमा राख्यो । लठ्ठी चलाउन माहिर पासाङले प्रहरीलाई लठ्ठीले ढालेर भाग्दै गर्दा गोली चलायो । उनको पाखुरामा गोली लाग्यो । तर बाँच्न सफल भए । त्यसपछि प्रहरीबाट मेलामै लोकबहादुर घर्ती र मनबहादुर पुन मारिए ।
त्यसपछि उनी पूर्ण भूमिगत भए । प्रहरीबाट बच्नका लागि उनले जनयुद्ध अघि नै आफ्नो घरभित्रबाट २५ मिटर लामो सुरुङ खने । जनयुद्ध सुरु भएको एक महिनापछि उनको आमाको निधन भयो । आमाको अन्तिम पुण्यतिथिमा उनी घरपुग्न सक्ने आशंकामा प्रहरीले छापामा मा¥यो । प्रहरीले त्यो सुरुङबारे थाहा पाएपछि सुरुङमा पासाङलाई त भेटेन उनको काइलो भाई दीपक पुनलाई गोली हानी घाइते बनाएर गिरफ्तार ग¥यो । दीपक झण्डै पाँच वसे ।
पार्टी राजनीति
२०४६ सालमा तत्कालीन मशालको पार्टी सदस्य भए । उनलाई बासुदेव भन्ने नेताले पार्टी सदस्यता दिए । पछि शैक्षिक गुरु कृष्णबहादुर महराबाट उनले पार्टी सदस्यता नवीकरण गरे । ०४८ मा भएको एकता महाधिवशेनबाट बनेको एकताकेन्द्र मशालको सदस्य तथा युवक संगठनको सदस्य हुँदै जिम्मेवारी बढ्दै जाँदा २०४८ सालदेखि नै पूर्णकालीन सदस्य भएर काम गरे ।
एकताकेन्द्र बने लगतै भएको रोल्पाको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा चयन भए । कृष्णबहादुर महरा सेक्रेटरी रहनुभएको पाँच सदस्यीय जिल्ला समितिमा पासाङ, सन्तोष बुढा, इन्द्रबहादुर बुढा र जोखबहादुर महरा सदस्य थिए ।
पासाङ ०५४ मा पार्टीको क्षेत्रीय व्यूरो सदस्य थिए । ०५७ मा भएको पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्य र भारतको गोवामा ०६० मा बसेको केन्द्रीय समिति बैठकबाट पोलिटव्यूरो सदस्य बने । ०६९ मा भएको सातौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा चुनिनु भएका उनले ०७० वैशाखमा भएको विराटनगर सम्मेलनबाट पुनः केन्द्रीय सदस्यमा चुनिए । सोही जेठमा भएको पदाधिकारी, स्थायी समिति र पोलिट्व्यूरो सदस्यहरुको निर्वाचनमा स्थायी समिति सदस्यमा निर्वाचित भए ।
सैन्य यात्रा
२०५२ मा जनयुद्धको थालनी भएको घोषणा गर्न गरिएको चारमध्ये होलेरी आक्रमणमा पासाङ सह–कमाण्डर थिए । रोल्पामा तीनवटा लडाकु दल थिए, ती सबैलाई मिलाएर माओवादीले स्वयम्सेवक दल बनायो र त्यहीं दलले होलेरीमा आक्रमण ग¥यो । माओवादीले फौजी संरचनाको विकास गर्दै जाँदा सबै संरचनाको कमाण्डर बन्दै गए ।
माओवादीले विभिन्न ०५३ मा दलहरुलाई स्क्वायडमा रुपान्तरण ग¥यो, तीनवटा स्क्वायड कमाण्ड उनले नै गरे । २०५५ मा टास्कफोर्स बनायो । त्यसको कमाण्डर पनि उनी नै थिए । २०५६ मा प्लाटुनहरुलाई समेटेर कम्पनी बन्यो, त्यसको कमाण्डर उनीनै भए ।
०५९ मा माओवादीले जनमुक्ति सेनाको व्रिगेड संरचना बनायो, कमाण्डर भए । त्यसपछि बनेको दुईवटा डिभिजनमा उनका पश्चिम डिभिजनको कमाण्डर भए । पूर्वी डिभिजन कमाण्डर वर्षमान पुन भए । लगतै माओवादीले तीनवटा डिजिभन बनायो । पासाङ मध्य, अनन्त पूर्व र जनार्दन शर्मा प्रभाकर पश्चिम डिभिजनको कमाण्डर भए । ०६२ मा भएको बहुचर्चित चुनबाङ बैठकपछि माओवादीले सातवटा डिभिजन बनायो । अध्यक्ष प्रचण्ड सुप्रिम कमाण्डर तथा अनन्त, पासाङ, प्रभाकर र चन्द्रप्रकाश खनाल बलदेव डेपुटि कमाण्डर भए ।
प्रमख सैन्य कारबाहीहरु
पासाङ आफ्नो नेतृत्वमा आक्रमण गर्ने हो भने सबै योजना आफै बनाउथे । परिपक्व तयारी गर्ने र हिम्मतका साथ लडाईंको नेतृत्व गर्ने कुशल नेतृत्व शैलीको अझै धेरैले प्रशंशा गर्छन् । उनको नेतृत्वमा भएको कुनै पनि लडाईं माओवादीले हारेन । ०५२ फागुन १ गते होलेरी आक्रमणमा सह–कमाण्डरबाट सुरु भएको लडाईं त्यसपछि भने प्रमुख कमाण्डर भएर लड्े । पश्चिम नेपालमा माओवादीले गरेको ठूलठूला लडाईं सबै उनकै नेतृत्व, रक्की र योजनामा भएका छन्, जुन लडाईं माओवादीले अनिवार्य जितेको छ । प्रहरीमाथि भएको रोल्पाको होलेरी (दोस्रो, जेलबाङ, घर्तिगाउँ, सल्यानको झिम्पे, जाजरकोटको लाहाँ, पाँचकटिया, रुकुमको महत, तकसेरा, रुकुमकोट उनकै नेतृत्वमा भएका हुन् ।
पहिलो सदरमुकाम कब्जा डोल्पाको दुनै, पहिलो क्षेत्रीय सदरमुकाम कब्जा कर्णालीको जुम्ला पासाङकै फौजी नेतृत्वमा भएका हुन् । दाङको घोराही, अछामको मंगलसेन, अर्घखाँचीको सन्धीखर्क, म्याग्दीको बेनी कब्जा उहाँकै नेतृत्वमा भएका हुन् । रोल्पाको गाम, लिस्नेमा तत्कालीन शाहीसेनालाई पराजित गर्दा पासाङ नै कमाण्डर थिए ।
शान्तिप्रक्रियाको नायक
शान्तिप्रक्रिया टुंगिनुमा पनि पासाङको संयमताले धेरै काम ग¥यो । दलहरुले जतिसुकै सहमति वा संझौता गरेको भए पनि पासाङले नचाहेको भए शान्तिप्रक्रिया नटुंगिन सक्थ्यो । शान्तिप्रक्रिया जारी रहँदाभर उनले जनसेनालाई संयमताकासाथ जिम्मेवार बनाएर राखे । सातवटै डिभिजनका कमाण्डरले उनलाई साथ दिए । त्यसमा उनमा भएको सैन्य नेतृत्व कलाले काम ग¥यो ।
शान्तिप्रक्रियामा सघाउन आएको संयुक्त राष्ट्र संघ अन्तर्गतको जिएमसीसीको भाइस कमाण्डर रहेर काम गर्ने क्रममा उहाँले जर्मन, स्वीजरल्याण्ड, नेदरल्याण्ड, नर्वे, बेल्जियम, चीन, भारत, वर्मा, थाइल्याण्डलगायतका मूलुकमा पुगेर नेपालको शान्तिप्रक्रियाको बारेमा क्लास दिए ।
दक्ष प्राविधिज्ञ
पासाङ सैनिक कमाण्डर तथा राजनीतिज्ञ मात्र नभएर दक्ष प्राविधिज्ञ पनि हुन । जनयुद्धको सुरु भएको एकवर्षपछि उनी आफैले बार बोर बन्दुक बनाए । त्यसपछि प्राविधि विभागको प्रमुखको जिम्मा पनि सम्हालेर थ्री–नट–थ्री राईफल, कतुवा पेस्तोल, टु–इन्च मोर्टार, ८१ एमएम मोर्टार सेल बनाए । पछि जनसेनाले जनसैन्य प्रतिस्ठान बनायो, अलग्गै प्राविधिक विभाग बनायो, त्यो विभागले हतियारहरुको आविस्कार पनि गर्दै गयो ।
पुस्तक र साहित्य
जनयुद्धमा माओवादीले बनाएको सैन्य संरचनाका लागि आवश्यक पर्ने सैन्य कोर्श पासाङले नै बनाए । त्यसक्रममा उहाँले माओको बेसिक ट्याक्टिस, क्लसबीथको अन वार, सञ्जुकाmे आर्ट अप वारलगायतका सैन्य विज्ञानका पुस्तकहरुको अध्ययन गरे । आफ्नो अनुभव र ती पुस्तकहरुको अध्ययनको आधारमा उनले ‘आधारभूत सैन्य शिक्षा’ कोर्स तयार पारे । त्यो कोर्स भाग १ देखि भाग ५ सम्मको छ । त्यहीं कोर्शको आधारमा माओवादीले युद्ध लड्यो ।
मृत्यु नजिक
पासाङ जनयुद्ध अगाडि, जनयुद्ध र जनयुद्ध पछाडि गरि दर्जनाँै पटक मृत्युको मुखबाट फर्के । जनयुद्ध सुरु हुनु अघि ०५१ मै प्रशासनले उहाँको टाउकोको मूल्य तोकिएको थियो । ९ मंसिर ०५१ मा उनको घरनजिकै चल्ने स्थानीय मेलामा प्रहरीले प्रहार गरेको गोली उनको छातिमा लाग्यो । त्यहाँबाट भागेर बाँच्न सफल भए । २१ चैत ०५६ मा उहाँकै नेतृत्वमा लडाकु दलले रुकुमको तकसेरामा रहेको इलाका प्रहरी कार्यालयमाथि आक्रमण गर्दा प्रहरीको जवाफी फायरको गोली उनको आँखा छेवबाट गयो । जसले गर्दा उनको आँखाको एउटा आ“खा क्लियर छैन ।
२४ वैशाख ०६९ मा तत्कालीन जनमुक्ति सेनाले रोल्पाको गाममा रहेको तत्कालीन शाही नेपाली सेनाको व्यारेकमाथि हमला ग¥यो । आक्रमणका कमाण्डर पासाङ सहयोगीसहित व्यारेकतर्फ बढ्दै गर्दा प्लाटुन कमाण्डर धर्मेन्द्रले उनलाई रोकेर आफु अगाडि बढ्े । आर्मीको गोली धर्मेन्द्रलाई लाग्यो । र, उनको सहादत भयो । धर्मेन्द्रले पासाङलाई रोकेर अगाडि नबढेको भए त्यो गोली पासाङलाई लाग्नेवाला थियो ।
आफ्नै मृत्युको खबर
जनयुद्धको दौरान पासाङले थुपै्रपटक आफ्नो मृत्युको खबर सुनेका थिए । केही मुत्युको खबरको आफैले खण्डन गरेका थिए । १९ वैशाख ०५९ मा रोल्पाको लिस्नेमा रहेको आर्मी क्याम्पमा तत्कालीन जनमुक्ति सेनाले आक्रमण गर्दा रेडियो नेपालले ‘लिस्ने जंगलमा लुकेर बसेका आतंककारीमाथि सुरक्षा फौजले घेराबन्दी गरी आक्रमण गर्दा सात सय माओवादीहरू मारिएका छन् । हालसम्मको ठूलो क्षति माओवादी आतंककारीहरूले बेहोरेका छन् । सुरक्षा फौजहरू चारैतिरबाट घेरा कस्दै गएका छन् । उक्त घेरामा कृष्णबहादुर महरा र पासाङ पनि परेको हुन सक्ने आशंका गरिएको छ’ भनेको थियो ।
## News source from Zoomnp
via IFTTT
काठमाडौं, १४ कात्तिक । नेपालमा अघोषित नाकाबन्दी गरी मानवीय अधिकारको हनन गर्दै आइरहेको भारतलाई संयुक्त राष्ट्रसंघले कारवाही गर्ने तयारी गरेको छ । नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे चासो राख्दै संयुक्त राष्ट्रसंघले आगामी सुरक्षा परिषद् बैठकमा भारतलाई कारवाही गर्ने विषयमा छलफल हुने जनाएको हो । हाल आफूलाई सुरक्षा परिषदमा स्थायी सदस्य दिनुपर्ने माग गरिरहेको भारतलाई अस्थाई सदस्यबाट समेत हटाउने बारेमा राष्ट्रसंघले तयारी गरेको हो । यद्यपी त्यसका लागि नेपालले आधिकारिक रुपमा भारतले नाकाबन्दी गरेको भनेर सुरक्षा परिषद बैठकमा जानकारी गराउनुपर्नेछ । यस विषयमा राष्ट्रसंघका राजनीतिक मामिला हेर्ने उपमहासचिव जेफ्रे फेल्टमेनले प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान प्रधानमन्त्री सुशील कोइरालासँग शुक्रबार टेलिफोन संवाद गर्नुभएको छ । राष्ट्रसंघद्धारा जारी वक्तव्यमा सुरक्षा परिषद् बैठकमा नेपालको मानवीय संकट र भारतीय नाकाबन्दीका विषयमा छलफल हुनुअघि उपमहासचिव फेल्टमेनले नेपालसँग सम्पर्क गर्नुभएको हो । फोनवार्तामा प्रधानमन्त्री ओली र निवर्तमान प्रधानमन्त्री कोइरालाले स्पष्ट जवाफ दिन नसकेको र पछि नेपालले आधिकारिक धारणा पठाउने कुरा राष्ट्रसंघलाई जानकारी गराउनुभएको थियो । यसपटकको सुरक्षा परिषद बैठकमा अहिलेको विषम परिस्थितीमा नेपाललाई गर्न सकिने सहयोग बारे समेत छलफल हुने जनाइएको छ । सुरक्षा परिषद् बैठकमा यस्ता संकटबारे छलफलहरु हुने गरेपनि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग भारतीय नाकाबन्दीका कारण परेको मानवीय समस्याबारे केही बोल्न सकेको छैन । पारवहान असहज भएको र छिमेकी भारतसँग छलफल भइरहेको मात्र भनिरहेको छ । यसअघि युरोपेली संघले पनि भारतलाई नाकाबन्दी खोल्न र नेपालको असहज परिस्थितीलाई सहज बनाउन निर्देशन दिइसकेको छ ।
[ समाचार दैनिक नेपाल बाट साभार गरिएको ]
## News source from Zoomnp
via IFTTT
चिनियाँ तेल लिनका लागि काठमाडौंबाट आएका १२ मध्ये ४ ट्यांकर आज रसुवागढी नाका हुँदै केरुङ प्रवेश गरेका छन् । आज तेल भर्न नभ्याइने भन्दै अन्य ट्यांकरलाई प्रवेश दिइएको छैन् । हिजो काठमाडौंबाट हिंडेको १२ वटा ट्यांकर राति रसुवाको टिमुरेमा बसेर आज बिहान रसुवागढी आइपुगेका हुन् । मधेस आन्दोलनलाई कारण देखाउँदै भारतीय पक्षले तेल पूरा परिमाणमा तेल नदिएपछि नेपाल आयल कर्पोरेसनले चीनसँग तेल ल्याउने सम्झौता गरिसकेको छ । चीन सरकारले अनुदानस्वरुप दिन लागेको १३ लाख लिटर इन्धनको पहिलो खेप लिन १२ वटा ट्यांकर पठाइएको हो ।
## News source from Zoomnp
via IFTTT
काठमाडौँ, १४ कात्तिक । नन्द किशोर पुन पासाङ उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । पासाङले ३२५ मत पाएर निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्दी कांग्रेस उम्मेदवार अमियकुमार यादवले २१२ मत पाएका छन् । शनिबार भएको मतदानमा ५४६ मत खसेको थियो । जसमा १० मत बदर भएको छ ।
## News source from Zoomnp
via IFTTT
काठमाडौँ, १४ कात्तिक । सरकारसँग पटक–पटक वार्तामा बस्दा आफ्ना माग सम्बोधन नभएका खण्डमा आन्दोलन जारी नै राख्ने बताउदै आएको मधेसी मोर्चाले बोली फेरेको छ । वार्ता टोली सदस्य लालबाबु राउतले सीमांकनमा सरकार उदासिन भए मधेसले जनमत संग्रहमा जाने धारणा सार्वजनिक गरेका छन् ।
राजधानीमा आयोजित साक्षात्कारमा संघीय समाजवादी फोरमका सांसद समेत रहेका राउतले सरकारले अबको बार्तामा सीमांकनको स्पष्ट खाँका नल्याए बार्ताभंग हुने चेतावनी समेत दिए ।
उच्चस्तरीय राज्य पुनसर्चना आयोगको प्रतिवेदन मोर्चाको बटमलाइन भएको भन्दै सरकारले वार्ताको नाटक मात्र गरिरहेको आरोप समेत लगाए । आफुहरु वार्ताको पक्षमा रहे पनि वार्ताका लागि सरकारको कुनै एजेण्डा नभएको उनको संघिन आरोप छ ।
वार्ताको लागि सरकारले आन्दोलनमा मारिएकालाई क्षतिपूर्ति, सहिद घोषणा, घाइतेको निःशुल्क उपचार, सम्पत्ति नष्ट भएकालाई क्षतिपूर्ति र दमनको न्यायिक छानविन आयोग गठन गर्नु पर्ने उनको माग रहेको छ ।
मधेस आन्दोलनलाई नेपाल भारत सीमासम्म पुर्याउने काम राज्यले नै गरेको बताउदै राउतले चीनको झण्डा जलाउनु गलत भएको भन्दै यसमा राज्यकै षडयन्त्र भएको दावी गरे ।
कार्यक्रममा राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले सम्वादबाट समस्याको हल गर्न नसके जनमतसंग्रहबाट समस्याको समधान गर्नु पर्ने बताए ।
## News source from Zoomnp
via IFTTT
काठमाडौँ, १४ कात्तिक । नेपालमा लगाएको अघोषित नाकाबन्दी जारी नै रहेका बेला तराईलाई नेपालबाट अलग गराउने साम दाम दण्डभेद प्रयोग गरेर लागेको पाइएको छ ।
नेपालमा अघोषित नाकाबन्दी जारी नै रहे पनि आफुले नाकाबन्दी नगरेको भन्न नथाक्ने भारत, आफ्नै विदेश मन्त्रालय युट्यूब अकाउन्टबाट तराईलाई विखण्डन गर्न प्रोत्साहित गर्ने भिडियो पोष्ट गरेको छ । यो भिडियो सुनेपछि हेरक नेपालीले सहजै थाहा पाउने छन कि, भारत नेपाललाई कस्तो बनाउन चाहन्छ, र उसको भावी योजना के छ भनेर ।
तराईमा जारी आन्दोलनका विषयमा बनाइएको भिडियोलाई ‘नेपालका मधेसी समुदायको छुट्टै राज्यका आन्दोलन गर्ने चेतावनी’ शिर्षक दिइएको छ । आन्दोलनरत मधेसी आन्दोलनकारीले अहिलेसम्म छुट्टै राज्यको माग गरेका छैनन् ।
भिडियोमा दुई मधेसी समुदाय जस्ता देखिने व्यक्तिहरुको भनाई समावेश गरिएको छ । तीमध्ये एक जनाले भन्छन् ‘हामी आफ्नो अधिकारका लागि ७१ दिनदेखि मधेस बन्द गरिरहेका छौं । माग पूरा भएन भने ७१ महिनासम्म बन्द गर्न सक्छौं । त्यति गर्दा पनि सरकारले सुनेन भने अलग देशको माग गर्नेछौं ।’
विदेश मन्त्रालयले हालेको भिडियोलाई साभार गरेर भारतीय न्यूज एजेन्सी एएनआईले रिपोर्ट बनाएको छ । उक्त रिपोर्टको न्यारेसनमा मधेसी जनता अलग राज्यको पक्षमा रहेको दावी गरिएको छ ।
## News source from Zoomnp
via IFTTT
वीरगन्ज, १४ कात्तिक । मधेशी दलका नेता कार्यकर्ताले वीरगन्ज रक्सौल नाकाबाट आन्दोलन हतियार र बर्दी सहितका भारतीय प्रहरी नेपाल प्रवेश गरेका छन् ।
बी आर ३३ एम ७६१६ नम्बरको बोलेरो र बि आर ०९ आर ३९५३ नम्बरको स्कार्पियो गाडीमा सवार डिएसपी सहितका भारतीय प्रहरीहरु नेपाल छिरेको बताइएको छ ।
वीरगन्ज र रक्सौल नाका बीचको मितेरी पुलमा दिनरात २४ सै घण्टा धर्ना दिएका आन्दोलनकारीहरुले सवारी सधानको आवागमन ठप्प पारे पनि शुक्रबार बेलुकी हतियार र बर्दि सहितका भारतीय प्रहरी सवार दुवै गाडी धर्ना जारी रहेकै मितेरी पुल पार गरेर वीरगन्ज प्रवेश गरेको बताइएको छ ।
धर्नामा बसेकै दिन देखि आन्दोलनकारीले मितेरी पुलबाट साइकल, मोटरसाइकल र रिक्सा बाहेक अन्य कुनै पनि सवारी साधन आउजाउ गर्न दिएका छैनन् । शुक्रबार बेलुकी धर्नामा बसेका आन्दोलनकारीहरुले भारतीय प्रहरी सवार दुवै गाडीलाइ कुनै अवरोध र रोकटोक नगरि नेपाल छिर्न दिएका थिए ।
मितेरी पुल पार गरेर इनर्वा स्थित शंकराचार्यद्धारमा पुगेका भारतीय प्रहरीका दुवै गाडीलाइ नाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकजाँच गरेका थिए । चेकजाँचका क्रममा नेपाली प्रहरीले भारतीय प्रहरीको बर्दि खोल्न लगाएका थिए ।
नेपाली प्रहरीले गाडी भित्र भने चेकजाँच नगरेका कारण भारतीय प्रहरीहरु हतियार सहित नै वीरगन्जको आदर्शनगर तर्फ लागेको स्रोतको भनाइ छ । भारतीय प्रहरीको गाडी भित्र एसएमजी सहितका हतियार राखिएको थियो ।
## News source from Zoomnp
via IFTTT
अध्ययनको लागि जापानमा रहेका नेपाली विद्यार्थीको बिषयमा एक लघु चलचित्र बनेको छ । ‘स्टुडेन्ट लाईफ ईन जापान’नामक यस चलचित्रलाई राजेन्द्र श्रेष्ठले निर्देशन गरेका छन् ।जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुले कस्ता उल्झनहरु झेल्छन, कति काम गर्छन अनि कसरी दिन विताउछन् लगायतका कुराहरु यस चलचित्रमा देखाईएको छ । साढे १७ मिनेटको भिडियोमा नेपाली विद्यार्थीहरुले विद्यार्थी जिवनमा गर्ने संघर्ष पढाईको अवस्थालाई कक्षा भित्रकै दृश्यमा समेटिएको छ ।
यस लघु चलचित्रमा जापानमा अध्ययनरत नेपाली विद्यार्थीले अभिनय गरेका छन् ।
भिडियो:
## News source from Zoomnp
via IFTTT
१४ कात्तिक, रौतहट । तराई मधेसमा जारी आन्दोलनप्रति गौरका पहाडी समुदायले शनिबार ऐक्यबद्धता र्याली निकालेका छन् । मधेसी मोर्चाले सुरु गरेको अनशन स्थलसम्म जुलुसका साथ पुगेका पहाडी समुदायले माग सम्बोधन हुनु पर्नेमा जोड दिएका थिए ।सदरमुकाम गौरमा रहेका पहाडी समुदायका नागरिकहरुले निकालेको र्याली गौरका मधेश क्रान्ती चोकबाट सुरु भएको थियो । सरकार विरोधी नाराबाजी गर्दै गौर नगरको परिक्रमा पश्चात गौर बैरगनिया सीमा क्षेत्रको मितेरी पुलमा गएर धर्नामा परिणत भएको थियो ।
मधेशमा बस्ने सबै मधेसी भएको भन्दै पहाडी समुदायले सदभावपूर्ण ऐक्यबद्धता र आन्दोलनप्रति आˆनो समर्थन रहेको बताएए । र्यालीको संयोजन गरेका उमेश घिमिरेले सबै समुदायप्रति सदभाव र सहकार्य कायम राख्न र मधेसका मुद्दाहरु सम्बोधन गर्न माग गरेका छन् ।
यसैगरी गौरमा रहेका केशरी समुदायले पनि मधेस आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जुलुस प्रदर्शन गरेका छन् । मधेसको जायज माग सम्बोधनका लागि सरकारको ध्यानकर्षण गराउन जुलुस निकालेको केशरी समाजका अगुवा तथा नागरिक समाज गौरका अध्यक्ष जगरनाथ केशरीले बताए ।
## News source from Zoomnp
via IFTTT
काभ्रे,१४ कात्तिक । तिहार आउन नौ दिन बाँकी रहेपनि काभ्रेमा भने तिहार अगावै देउसी भैलो खेलिएको छ । विगत एक महिना अघिदेखि जारी इन्धन सङकटको विरुद्धमा देउसी भैलो गित मार्फत व्यङग्य कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको आयोजनामा विशेष अतिथी डिजेलको एक बोतल ,प्रेटोल सभापती, प्रमुख अतिथी एलपी ग्याँसको रित्तो सिलीन्डर र अतिथीमा मट्टितेललाई राखीएर व्यङग्यात्मक शैली प्रर्दर्शन गरीएको छ । श्रीकष्ण म्युजीक प्राली प्रोपाईटर समेत रहेका गायक रामहरी न्यौपाने को आयोजना रहेको सो कार्यक्रम काभ्रेको बनेपामा सम्पन्न भएको हो ।
छिमेकी मुलुकको अघोषित नाकाबन्दी र तराई आन्दोलनले यतिबेला देशमा चरम इन्धन सङकट रहेको भन्दै सो कार्यक्रमको आयोजना गरीएको न्यौपानेले बताए । सोही अवसरमा काभ्रेका प्रथम लोक गायक मच्छेस्वर सापकोटा र उनकी धर्मपत्नीले समेत सो कार्यक्रममा गित गाएर र देउसी भैलो मार्फत सरकारलाई इन्धन मागेका थिए । सरकारलाई दिएको सो दवाव मुलक कार्यक्रममा सयौँ काभ्रेलीहरुले सहभागी जनाएका थिए । सो कार्यक्रममा सहभागी जनाउँदै सापकोटाले सरकारले छिटै इन्धन सङकटको विकल्प खोज्नुपर्ने र राजनीतीक निकासको लागी बार्ता गर्नुपर्नै पनि बताएका थिए । नेपालमा तिहारको बेला देउसी भैलो खेलेर रमाईलो गर्ने प्रचलन रही आएको छ ।
## News source from Zoomnp
via IFTTT
मिडिया एनपी, रसुवा, १४ कात्तिक । नेपाललाई चीन सरकारले उपलब्ध गराउने पेट्रोलियम पदार्थ लिन शनिबार चार नेपाली ट्याङ्कर केरुङ प्रवेश गरेका छन् । नेपाल आयल निगमका प्रवक्ता दीपक बरालका अनुसार केरुङभन्दा २५ किमीमाथि हिमपातका कारण सडक अवरुद्ध हुँदा केरुङ ल्याइसकिएको तेल भर्नका लागि चार ट्याङ्कर मात्र केरुङ पठाइएको छ । आजै साँझ ती ट्यांकरले ३६ हजार लिटर तेल भरी नेपाल प्रवेश गर्ने बताइएको छ ।
तेल भर्न गएका अन्य आठ ट्यांकर आइतबार केरुङ पुग्ने बताउँदै प्रवक्ता बरालले हिमपात पन्छाई सडक खुलाउने कार्य सुरु भइसकेको जानकारी दिएका छन् । आइतबारसम्म एक लाख आठ हजार लिटर तेल नेपाल भित्रने र चीनले उपलब्ध गराउने सबै पेट्रोलियम पदार्थ एक साताभित्र निगमको केन्द्रीय भण्डारमा पुगिसक्ने बताइएको छ । सीमा क्षेत्रमा लाइन लागेर बसेका अन्य आठ ट्यांकर अहिले टिमुरेमा राखिएको छ ।
सिगात्से–केरुङ मार्गमा हिमपात भएका कारण औपचारिक तेल हस्तान्तरण गर्ने कार्यमा सहभागी हुने भनिएका चीनका लागि नेपालका राजदूत महेश मास्के र ल्हासाका लागि नेपाली महावाणिज्यदूत हरि बस्याल हिम पहिरोका कारण बीचबाटामै रोकिएका छन् ।
यसैबीच तातोपानीभन्दा रसुवागढी नाकाबाट दीर्घकालीन इन्धनको व्यावसायिक कारोबार गर्न सडक उपयुक्त भएकाले सडकको स्तरोन्नति गर्न सरकारसमक्ष आग्रह गरिने प्रवक्ता बरालले जानकारी दिए ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1khXEdZ
via IFTTT
उपराष्ट्रपति चयनका लागि भएको निर्वाचनमा ५ सय ४७ मत खसेको छ। संविधानसभा भवनमा शनिबार बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म भएको मतदानमा ५ सय ४७ मत खसेको हो। संसद्मा ५ सय ९६ जना सांसद् रहेकामा मतदानमा ४७ जना सांसद् अनुपस्थित भएका छन्। सभामुख ओनसरी घर्ती र उपसभामुख गंगाप्रसाद यादवले तटस्थ रहन भन्दै मतदानमा भाग लिएनन्।
राष्ट्रपतिको निर्वाचनमा भोट हालेकी सद्भावनाकी सांसद् माधवी रानी साह शनिबारको मतदानमा सहभागी भइनन्। यस्तै राष्ट्रपतिको निर्वाचनमा भाग नलिएका एकीकृत नेकपा माओवादीका सुरेन्द्रप्रसाद जयसवालले उपराष्ट्रपतिको निर्वाचनमा भने भाग लिएका थिए। नेपाली काँग्रेसका शिला खड्का र मधु शाह ठकुरी, एकीकृत नेकपा माओवादीका भक्तिप्रसाद पाण्डे तथा नेकपा एमालेकी प्रभादेवी बज्राचार्य मतदानमा अनुपस्थित भए।
खड्का, ठकुरी र पाण्डे राष्ट्रपतिको निर्वाचनमा पनि अनुपस्थित थिए। मधेशमा आन्दोलनरत संघीय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेश सद्भावना पार्टीका लगायतका केही दलका सांसद्ले निर्वाचन वहिष्कार गरेका छन्।
सरकार समर्थित दलहरूबाट एनेकपा माओवादीका नन्दकिशोर पुन र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तर्फबाट अमियकुमार यादव उपराष्ट्रपति उम्मेदवार बनाएका छन्। सरकार समर्थित दलहरूको मतसंख्या बढी भएकोले पुन उपराष्ट्रपतिमा निर्वाचित हुने संभावना बढी छ। अाजै अपराह्न ५ बजे बस्ने व्यवस्थापिका संसद्को बैठकमा सभामुखले मत परिणामसहित नयाँ उपराष्ट्रपति निर्वाचित भएको घोषणा गर्ने कार्यतालिका छ।
## News source from Zoomnp
via IFTTT
मिडिया एनपी, गोरखा, १४ कात्तिक । भूकम्प गएको सात महिनापछि गोरखाको लाप्राक गाउँमा बिजुली बलेको छ । पन्ध्र किलोवाटको लिस्याङ्पुक खोला लघुजलविद्युत् आयोजना मर्मत सम्भार पछि गाउँका हरेक टहरामा बिजुलीवत्ती बलेसँगै स्थानिय हर्सित भएका छन् । उक्त आयोजना भूकम्पले गर्दा बिग्रेको थियो । तत्कालका लागि प्लेनपातालाई बेरेर पानीको पाइप बनाएर काम चलाइएको छ । यसरी मर्मत गर्दा पनि पाँच लाख रुपियाँ ऋण लागेको खबर छ ।
अहिले उत्पादन गरेको विजुली लाप्राकको पुरानो गाउँका घरमा जडान गरिएको छ । भग्नावशेष जीर्णोद्वार गरेर ठड्याइएको घरमा राखिएको अन्न मुसाबाट जोगाउन घरमा बत्ति बाल्नु अनिवार्य भएको गाउँलेको भनाइ छ । भूकम्पपछि लाप्राकीहरु गुप्सीपाखामा टहरो बनाएर बस्दै आएका छन् । गुप्सीपाखामा भने बिजुली सुविधा छैन । सौर्य ऊर्जाबाट बत्ती बालिएको स्थानियको भनाई छ ।
गुप्सीपाखामा बिजुली पु¥याउन २६ किलोवाटको नाङ्कोहोङ लघु जलविद्युत् आयोजना मर्मत गर्न लागिएको स्थानीयले बताएका छन् । उक्त आयोजना पनि हालैको भूकम्पले बिग्रेको छ । आयोजना मर्मतका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग आर्थिक सहयोग माग गरिएको छ । लाप्राकमा ४९५ टहरो रहेका छन् ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1GQMYgT
via IFTTT
बलीउड अभिनेत्री करिना कपुरले लगाएको लेहंगाको चर्चा यति बेला बलीउडमा व्यापक छ । त्यति मात्र होइन उनले लगाएको लेहंगावाट पनि रेकर्ड ब्रेक हुने सम्भावना बढेको छ ।
प्रदर्शोन्मुख चलचित्र ‘कि एण्ड का’ मा मनिष मल्होत्राको डिजाइनमा करिनाले ३२ किलो वजनको लेहंगा लगाएकी छिन् । चलचित्रसँग सम्बन्धित प्राविधिकका अनुसार उनी पुरै वेस्टर्न रंगमा रंगिएकी छिन् । तर, दर्शकलाई निराश पारेकी छैनन् । उक्त लेहंगा लगाएको गीतमा भारतीय शैलिमै नृत्य गरेकी छिन् ।
सुटिङ गर्दा निकै गर्मि थियो तर उनले सहजै सुटिङ गरेको चलचित्र यूनिटले बताएको छ । चलचित्र ‘कि एण्ड का’ मा करिनाले ब्यबसायी महिलाको भुमिका निर्वाह गरेकी छिन् । यसमा अर्जुन कपुर उनको श्रीमान बनेका छन् । यस चलचित्रमा अमिताभ बच्चन र जया बच्चनको पनि महत्वपुर्ण भुमिका रहेको छ ।
## News source from Zoomnp
via IFTTT
१४ कात्तिक, काठमाडौं।
लगातारको तराइ बन्दले जनताले सास्ती खेप्नुपरेको छ। माग जसको जेजस्तो भएपनि बन्द गरेर जनतामाइ मर्कामा पार्नु उचित कुरो होइन। महिनौ दिन देखीको मधेश बन्दले छिमेकीले समेत नाकाबन्दी गर्ने कारण भेटेको छ। बन्दले देशलाइ कुनै फाइदा नपुग्ने जनताले पनि बुझेका छन।
यस्तैमा दिपकराज गिरीले फेसबुकमा स्टाटस लेखेका छन्, उपेन्द्र यादवलाइ खुल्ला चिठ्ठी।
उपेद्र यादबज्यूलाइ मेरो चिठ्ठि………….
आदरणिय उपेन्द्र यादवजी तपाइले भन्नु भएछ हामिलाइ ८ जिल्लाको लगौटी होइन २२ जिल्लाको घोती चाहियो……..
हुनत तपाइ म भन्दा धेरै बौद्धिक मान्छे म सामान्य कलाकार मात्रै हूँ , तर तपाइको भनाइमा तपाइ कॉहा चुक्नु भो भने २२ जिल्लाको धोति मात्रै होइन ७५ जिल्लाको सिरक नै तपाइकै होइन र?
केहि अबुझ हरूलाइ छोडने हो भने अहिले पहाडमा मधेसीलाइ सम्मानै गरिन्छ, तपाइ पर राष्ट्मंत्री हूदा हाम्ले मधेसको परिराष्ट मन्त्रि को हिसाबले बुझेनौ,
रामबरणजी, परमान्नद जी लाइ राष्टपतिकै हिसाबमा झुकेर सलाम गर्यौ,मेरो र मेरो छोरीको कति साथिहरू मधेसी छन् घरमा आउदा कहिले मधेसी आको होइन आफन्तनै आको ब्यबहार प्रस्तुत गर्ने गर्छौ… तपाइका कतिपय आन्दोलन हॉक्नेहरू ले पहाड़िया केटी बिहे गर्नु भएको छ , सोध्नुस उहॉहरूलाइ काठमान्डौले उहॉहरूलाइ ज्वॉइको आतिथ्यता दिन कहिले कन्जुसी गरेको छ?
अहिले राज्य बॉडफाडमा पनि लगभग सबैका भागमा ७,८ जिल्ला नै परेको अबस्थामा तपाइलाइ यो ८ जिल्ला कछाड लाग्यो?
हामि पहाडका लागि पनि सुरूवाल होइन , कट्टुनै भागमा परेको छ… सबै मधेसीलाइ एउटै मधेस, सबै पहाडिया लाइ एउटै पहाड चाहिएको थियो भने संधियतामा जाने निर्णय किन गर्नु भो एउटै नेपाल ( सिरक र डस्ना) नै थियो नि…. आफ्नो पबित्र भूमि जहॉ जानकि मन्दिर पनि पर्छ त्यस्लाइ कछाड र लगौटी जस्ता तुच्छ बस्त्र संग तुलना नगर्नुस
राज्यको गहना भनिने तर कुनै पनि सरकारी ठॉउमा हैसियत नराख्ने कलाकारीता गरेर हिडेको सानो मान्छेको दिमागमा जे आयो त्यो लेखे,
दाउरामा पकाको अधकल्चो भात खाएर हिडेका बसको छतमा झुन्डिदा झुन्डिदा थकित जनतालाइ देख्दा जे महसूस भो त्यो बिचारलाइ यॉहा पोखे यस्तो अबस्थालाइ देख्दा थाम्न सकिएनर लेख्न बाध्य भए ,
के संबिधान यी दुख पाउने जनताले लेखेका हुन्? तपाइहरूले नै लेख्नु भाको हो, असफल हुनु भाको भए पनि तपाइ नेताहरूनै भाको हो , असफल हुने तपाइहरू सजाए पाउने जनता? यो कस्तो बिडम्बना हो? त्यलैले एक चोटी बिचार गरिदिनुहोला गल्ति भए माफि चाहन्छू……..जय मधेस, पहाड, हिमाल…. जय नेपाल
यो पनि पढ्नुस्।
जमीनको माथी यस्तो भेटियो रुख
१०० वर्ष अघि अमेरिकामा यसरी बनाइन्थ्यो रेलमार्ग
The post दिपकराज गिरीको उपेन्द्र यादवलाई चिठ्ठी appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1LI7bnV
via IFTTT
काठमाडौं ।
जल शाहले पहिलो फिल्म ‘निर्मोही’मा मसँगै काम गरेकी हुन् । त्योबाहेक अर्को फिल्ममा हामीले सँगै काम गरेनौँ । ‘निर्मोही’मा काम गर्दाताका जल मलाई एकदमै बच्चाजस्तो लागेकी थिइन् ।
उनको ‘बिहेभ’ ‘चाइल्ड्स’ खालको थियो । फिल्मका लागि किस सिन दिनुपर्ने हुन्छ । ‘निर्मोही’मा पनि उनले मलाई किस गर्नुपर्ने सिन थियो । तर, उनी किस गर्न मान्दै नमान्ने, ‘नाइँ हुँदैन’ भन्दै जिद्दी गर्ने ‘कि त तिमी यो फिल्डमा आउनुहुँदैनथ्यो, आइसकेपछि यस्ता स–साना कुरामा जिद्दी गर्न हुँदैन ।
मलाई नछोईकन किस गरेजस्तो गरे पनि उतापट्टिबाट क्यामेराले खिच्दा दर्शकले तिमीले मलाई गालामा चुमेको देख्छन् । तिमीले मलाई छोए पनि नछोए पनि किस गरेको देखिन्छ । त्यही भएर किस किन गर्दिनौ रु गर, केही हुँदैन । यो कुनै ठूलो कुरा नै होइन,’ मैले सम्झाएको थिएँ । एकदमै लाज मान्थिन्, उनी ।
– सरोज खनाल, अभिनेता
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1PbiRSx
via IFTTT
नेपाली युवा निर्वाण विष्टले संसारै अहिलेसम्म सबैभन्दा छिटो गितार बजाएर विश्वरेकर्ड कायम गरेका छन् । उनलाई विश्वकीर्तिमानसम्बन्धी बेलायती संस्था रेकर्ड होल्डर्स रिपब्लिकले सार्वधिक गतिमा गितार बजाएर रेकर्ड कायम गरेको प्रमाणपत्र प्रदान गरेको छ ।
यसअघि अमेरिकाका डानियल हेम्बुचले १३ सय बिट्स प्रतिमिनेट बजाएर कायम गरेको विश्व रेकर्ड १६ वर्षीय निर्वाणले तोडेका हुन् । भारतको मसुरीस्थित सेन्ट जर्जेज कलेजमा कक्षा १० मा अध्ययनरत उनले विद्यालय प्रांगणमा नै गत मे महिनामा फाइट अफ बुम्बलेबी गीतमा यति छिटो गितार बजाएका थिए ।
कक्षा ६ सम्म काठमाडौंको चाँदबाग स्कुलमा अध्ययन गरेका निर्वाण सानैदेखि गितार बजाउन रुचि राख्थे। काठमाडौं हात्तीगौंडाका निर्वाण अध्ययनका क्रममा मसुरीमा पुगेपछि संगीत शिक्षक नवीन जोनसँग नजिकिएपछि संगीतप्रति अझ आकर्षित भएका हुन् ।
भिडियो हेर्नुहोस्:
## News source from Zoomnp
via IFTTT
भारतका साहित्यकार र चलचित्रकर्मीहरुले धमाधम सरकारी पुरस्कार फिर्ता गरिरहेको बेला बलिउड अभिनेत्री विद्या बालनले भने आफुले पाएको कुनैपनि अवार्ड र पुरस्कार फिर्ता नगर्ने भएकी छिन् ।
चलचित्र एण्ड टेलिभिजन इन्स्टिच्युटमा आन्दोलन गरिरहेका विद्यार्थीहरुको समर्थनमा चलचित्रकर्मीहरुले पुरस्कार फिर्ता गरेका हुन् । विद्याले पुरस्कार फिर्ता नगर्नुको कारण खुलाउदै भनेकी छिन्, ‘यो पुरस्कार मलाई राष्ट्रले दिएको हो, सरकारले होइन । त्यसैले म कुनै हालतमा फिर्ता गर्दिन ।’
उनले अगाडी भनेकी छिन्, ‘मलाई राजनीतिमा कुनै रुची छैन । यसमा चाहिँदो काम हुँदैन ।’ विद्याले सन् २०१२ को फिल्म ‘डर्टी पिक्चर’ बाट सरकारी अवार्ड पाएकी थिइन्।
## News source from Zoomnp
via IFTTT
मिडिया एनपी, डोटी, १४ कात्तिक । दसैँ बिदामा घर गएका डोटीका आठ वटा सरकारी कार्यालयका कार्यालय प्रमुख अझै कार्यक्षेत्रमा नफर्किएपछि ति सबै कार्यलय प्रमुख विहिन भएका छन् । डोटीका सरकारी कार्यालयमा शुक्रबार गरिएको निरीक्षणका क्रममा आठ वटा कार्यालयका कार्यालय प्रमुख गरी २५ जना कर्मचारी अनुपस्थित रहेको भेटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुखविहीन हुने कार्यालयमा जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय, जिल्ला स्वास्थ कार्यालय, डिभिजन सहकारी, जिल्ला वन, महिला तथा बालबालिका कार्यालयलगायत छन् । निरीक्षणका क्रममा विभिन्न कार्यालयमा अधिकृत, नायब सुब्बा, खरिदार र कार्यालय सहयोगी गरी २५ जना कर्मचारी अनुपस्थित रहेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराको भनाई छ ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1WmLIZX
via IFTTT
कार्तिक १४, २०७२- नेपाल–चीन पेट्रोलियम सम्झौताले सीमावर्ती मधेस क्षेत्रमा जारी आन्दोलन र गतिरोध सुल्झाउन कुनै सहयोग नपुग्ने बताएको छ। जवाहरलाल नेहरू भवनमा शुक्रबार आयोजित प्रेस ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले सम्झौताबारे भारत सरकारको ध्यानाकर्षण भएको भन्दै उक्त धारणा राखेका हुन्। ‘नेपालमा चाहिने पेट्रोलियम पदार्थमध्ये झन्डै ७० प्रतिशतको अनुपात रक्सौल (वीरगन्ज) नाकाबाट निर्यात हुँदै आएको अवस्थामा उक्त नाकामा जारी अवरोधका कारण सहज ढुवानी हुन सक्ने अवस्था अझै देखिन्न,’ प्रवक्ता स्वरूपले भने, ‘अहिले भारतीय आयल निगमले अरू नाकाबाट मुस्किलले ३० प्रतिशतको अनुपातमा पेट्रोलियम नेपालतर्फ निर्यात गर्न सकेको छ।’ रक्सौल (वीरगन्ज) नाका नखोली अन्यत्र जहाँबाट जसरी पेट्रोलियम पदार्थ ल्याए पनि स्थिति सहज नहुने संकेत गर्दै प्रवक्ताले नेपालमा बढ्दो चिनियाँ प्रभाव र भारतविरोधी गतिविधिबारे भारत जानकार रहेको बताए। उनले मधेसी मोर्चाले नेपालमा जनाएको संविधानबारेको असहमति र नसुल्झेका राजनीतिक मुद्दालाई सम्बोधन गर्नै बाँकी रहेको बताउँदै हालै दिल्ली भ्रमणमा आएका नेपालका परराष्ट्रमन्त्री कमल थापाले ‘मधेस क्षेत्रमा देखिएको समस्या राजनीतिक भएको र यसलाई राजनीतिक प्रकृतिबाटै सुल्झाइने प्रतिबद्धता जनाएको’ बताएका थिए। प्रवक्ता स्वरूपले अर्को एक जिज्ञासामा भारतमा सेवारत रहेर अवकाशप्राप्त पूर्वगोर्खा सैनिकको पेन्सन वितरण रोक्का भएकोबारे विदेश मन्त्रालयलाई जानकारी नरहेको स्पष्ट पारेका थिए। ‘नेपाल–भारत सम्बन्ध आफैंमा सांस्कृतिक, सभ्यतागत र ऐतिहासिक पहिचानमा जोडिएको छ,’ उनले भने, ‘दुई देशबीच रोटीबेटीको सम्बन्ध छ, नेपालको मधेस क्षेत्रमा देखिएको समस्या समाधानमा राजनीतिक तहमा वार्ता सुरु भइसकेको स्थिति छ। आशा छ, दुई देशबीचको सम्बन्ध पुन: पुरानै स्थानमा आउनेछ।’ उनले भारतले पछिल्ला दुई वर्षमा २ अर्ब डलरको सहयोग अनुदान उपलब्ध गराएको सन्दर्भ उल्लेख गर्दै ‘तर, यो आर्थिक सहयोगका आधारमा मात्रै द्विदेशीय सम्बन्ध निर्धारित हुन नसक्ने’ स्पष्ट पारेका थिए। श्रोत इकान्तिपुर
## News source from Zoomnp
via IFTTT
मिडिया एनपी, काठमाडौं, १४ कार्तिक । सर्वोच्च अदालतले नेपाल सरकारसँग भारतीय नाकाबन्दीलाई अन्तराष्ट्रियकरण नगर्नाको लिखित जवाफ दिन आदेश जारी गरेको छ । नाकाबन्दीका कारण पुरै देश संकटमा पर्दा पनि सरकार मौन रहनुको कुनै औचित्य नरहेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले गत असोज २१ गते दायर गरेको रिटमाथिको सुनुवाईमा सर्वोच्चले सरकारसँग लिखित कारण मागेको हो । प्रधानन्यायाधीश कल्याण श्रेष्ठको इजलासले सरकारलाई आदेश जारी गरेको हो ।
युद्धका बेलासमेत रोक लगाउन नपाइने मानवीय आवश्यकताका सामाग्री किनेर ल्याउँदासमेत भारतले लगाएको रोकले सम्मानपूर्वक बाँच्न पाउने मानवअधिकारको अन्तराष्ट्रिय सिद्धान्तमा गम्भीर उल्लंघन भएको रिट निवेदनमा उल्लेख गरिएको छ ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1N0WMBK
via IFTTT
लहान-आईतबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीच हुने वार्ताले मधेस आन्दोलनको भविष्य निर्धारण गर्ने मोर्चाका नेताहरुको भनाई छ। बार्ताबाट माग सम्बोधन भए मधेसको अान्दोलन मत्थर हुने बार्ता बिथोलीए थप भिडन्तको अबस्था निम्तिने मधेसी नेताहरूको ठहर छ। आज (शनिबार) जनकपुरमा मधेसी मोर्चाको बैठक हुँदैछ। यो बैठकले शानिबार सरकारसंग हुने वार्ताको मिलनबिन्दु निर्धारण गर्ने बुझिएको छ।अर्कोतर्फ वार्तामा कुरा नमिलेर बिथोलिएको खण्डमा आन्दोलनलाई कसरी अगाडी लैजाने विषयमा पनि छलफल हुनेछ।
शुक्रबार लहानमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं मोर्चा संयोजक उपेन्द्र यादव र महोत्तरीमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष एवं मोर्चाको तर्फबाट वार्ता टोली संयोजक रहेका महन्थ ठाकुरले वार्ता बिथोलिए आन्दोलनको स्वरुप झन कडा हुने संकेत गरिसकेका छन्। दुबै नेताको अभिव्यक्तिबाट भोलिको वर्तालाइ उनीहरूले निकै महत्वसाथ हेरेको बुझ्न सकिन्छ। ठाकुरले १५ गते सरकारी वार्ता टोली आफूहरुले भने अनसारको रोडम्याप सहित नआए वर्ता विथोलिने बताएका छन्। यादवले १५ गतेको वार्ताबाट आफू आशावादी नरहेको अभिव्यक्ति दिएर थप जटि परिस्थितिको संकते दिए।
यादवको भनाइ छ- ‘अब मधेसी जनता राज्यको गोली छातीमा थापेर चुपचाप बस्दैन, प्रतिकार गर्छन्’ सरकार वार्ताकालागि गम्भीर नभएको गुनासो गर्दै उनले भने ‘१५ गतेको वर्ताबाट माग सम्बोधन हुन्छ भन्नेमा म आशावदी छैन्।’ उनको थप भनाइ छ ‘अब हुने आन्दोलनको स्वरुप राजमार्ग र नाका कब्जा गर्ने र राज्यबाट दमन भए इँटको जवाफ पत्थरले दिनेगरी तयारी हुँदै छ।’ यादवले भने,’एकतिर राज्यले मधेसी माथी गोली वर्साईरहने, आन्दोलनकारी थापिरह्ने दिन अब गए।’
७५ दिन लामो आन्दोलनलाई सरकारले अवमुल्यन गरेको टिप्पणी गर्दै उनले भने, ‘सरकार अझै गम्भीर नबने लडाईको बिकल्प छैन्।’ मधेसले ‘स्वसाशन’को अधिकार नपाएसम्म लडाई जारी रहन्छ, पूर्णविराम लिदैन।’
अबको आन्दोलनको स्वरुप राज्लाई कर बहिस्कार, बैंक वितीय संस्था बन्द, सरकारी कार्यालय बन्द, राजमार्ग बन्द, सिमा नाका बन्द, काठमाण्डौंको सिंहदरवारमा बस्नेलाई असहयोग हुने खालका रहेका उनले बताए। उनले भनेका छन् ‘हामीलाई ८ जिल्लाको लँगौटी प्रदेश चाहिदैन २२ जिल्लाको धोती प्रदेश चाहिन्छ’ यादव भन्छन् ‘सुनसरी मोरङ, झापा, चितवन, नवलपरासी मधेसबाट काटेर मधेसलाई सामर्थयहिन बनाएको छ, यो मान्दैनौ।’
जल, जंगल काटेर बलौटे र मरुभूमी जमिनले मधेसको गरिबी र बेरोजगारी नहट्ने भन्दै उनले भने,’बिभेदकारी प्रादेशिक सिमांकन परिवर्तण हुनुपर्छ।’ मधेसकै धर्तीमा मधेसीको अस्तित्व निमिट्यान पार्ने सिमांकन स्वीकार्य छैन।’
मधेस आन्दोलनसंग पहाड र हिमालको आन्दोलन जोड्ने भन्दै फोरमका वरिष्ठ नेता अशोक राईले भने, ‘अब पहाड र हिमालको सीमा नाकासमेत ठप्प पार्छौ।’ हामी सरकारलाई विनम्रतापूर्वक आग्रह गर्छौ मधेसको मांग सम्बोधन गर्नुस् उनले भने,’छिटो माग सम्बोधन नभए आन्दोलनको स्वरुप फेरिन्छ, जसले न देशको हित गर्छ न सरकारको।’
## News source from Zoomnp
via IFTTT
काठमाडौं: एमाओवादीले एमालेका केही नेताले चाहे जसरी उपराष्ट्रपतिमा नन्दबहादुर पुन ‘पासाङ’ को सट्टा अर्को उम्मेदवार दिन नसक्ने बरु पुन पराजित भएमा सरकार नै छाड्ने निष्कर्ष निकालेको छ। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले उपराष्ट्रपतिमा पुनको सट्टा साना दलका तर्फबाट मधेसी वा थारूको प्रतिनिधित्व हुनेगरी उम्मेदवारी दिनुपर्ने धारणा राखेपछि एमाओवादी स्थायी समितिले यस्तो अडान राखेको हो।शुक्रबार बिहान बसेको स्थायी समिति बैठकले यस्तो निष्कर्ष निकालेपछि बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले उपराष्ट्रपतिमा पुनको विकल्प दिन नसक्ने जानकारी गराएका थिए। शनिबार बिहान ११ बजेदेखि २ बजेसम्म हुने उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट पुन र प्रतिपक्षी दल कांग्रेसका तर्फबाट अमियकुमार यादव प्रतिस्पर्धी छन्।एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बिहीबार र शुक्रबार बिहान बसेको उच्चस्तरीय संयन्त्रको बैठकमा समेत पुनको सट्टा अर्को उम्मेदवार दिनुपर्ने धारणा राखेको स्रोतले बतायो।
एमाले नेतृत्व उपराष्ट्रपति मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, नेकपा संयुक्तलगायतका साना पार्टीलाई दिनुपर्ने पक्षमा छ।एमाओवादी स्थायी समितिका सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले उपराष्ट्रपति थारू वा मधेसी हुनु राम्रो भएको तर त्यसको प्रारम्भ राष्ट्रपतिको उम्मेदवारी चयनबाटै हुनुपर्ने बताए।
उनले अन्नपूर्णसँग भने, ‘उपराष्ट्रपति पदमा पासाङ निर्वाचित नभएमा पार्टीका तर्फबाट मन्त्री भएका आठैजनाबाट एकसाथ सत्ता परित्याग हुनेछ।’ उनले पुन जनमुक्तिसेनाको कमान्डर मात्र नभई शान्तिप्रक्रियाको पनि कमान्डर हो भन्ने इतिहासलाई सम्मान गर्न सक्नुपर्ने बताए। अन्यथा परिणाम गम्भीर हुने उनको भनाइ थियो।
एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले भने, ‘स्थायी समितिले पासाङ आफ्नो उम्मेदवार रहेको जानकारी बिहान बसेको उच्चस्तरीय राजनीतिक समितिमा समेत गराइसकेको छ। सोहीअनुसार सत्ता गठबन्धनबाट उपराष्ट्रपति पदमा उहाँको उम्मेदवारी परिसकेको छ। पुनको विकल्प नभएकाले उनका पक्षमा मतदान गर्न सबै दललाई एमाओवादीले आग्रह गरेको पनि उनले बताए।
एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बसेको बैठकमा दाहालले नै पासाङलाई हराएमा वा उनको विकल्प खोज्न एमालेले अडान लिएमा सरकारबाट फिर्ता हुने बताएका थिए। एमाओवादीले एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई प्रस्तावक राखेर पुनको उम्मेदवारी दर्ता गराएको छ।
## News source from Zoomnp
via IFTTT
आकर्षक देखिनको लागि बलिउड नायिकाहरु जे पनि गर्न तयार हुन्छन् भन्दा फरक नपर्ला। बलिउड नायिका दिपिका पादुकोनलाई कसैले प्लास्टिक सर्जरी गर्ने सुझाव दिएका थिए, दिपिकाले फिल्म खेल्नु अगावै। सुन्दरता अझै बढ्ने भन्दै उनलाइ आएको यस्तो सुझाव वकवास भन्दै उनले मानिनन्। तर बलिउडमा यस्ता धेरै नायिका छन् जो आफ्नो सुन्दरताको लागि विभिन्न सर्जरी गराएका छन्।
आफ्नो अनुहार अनि शरिरलाइ आकर्षक राख्न बलिउड नायिकाहरु हदसम्म जान तयार हुन्छन्। बलिउडमा प्रतिस्पर्धा अनि चर्चामा रहिरहन कुनै कसर छोड्न तयार हुदैनन। यस्तैमा आकर्षक बन्नकै लागि प्रयोग गरिने एक हतियार हो, कस्मेटिक सर्जरी। कंगना रनोट, अनुष्का शर्मा, सोनम कपुर, ऐश्वर्या राय बच्चन, प्रियंका चोपड़ा, श्रुति हासन, शिल्पा शेट्टी जस्ता चर्चित नायिकाहरुले कस्मेटिक सर्जरी गराइसकेका छन्। कस्ता परिवर्तन आयो कस्मेटिक सर्जरीले यी नायिकाहरुमा, आउनुहोस् हेरौं,
कंगना रनोट
शारिरीक सुन्दरता बढाउनको लागि कंगनाले ‘ब्रेस्ट ट्रान्सप्लान्ट’ गरिसेकेकी छिन। साथै ओठलाई सहि आकार दिन उनले ‘फुलर लिप’ गराइन। सन् २००६ मा रिलिज भएको उनको पहिलो बलिउड फिल्म ‘ग्याङस्टार’ र अहिलेका फिल्ममा उनको सुन्दरतामा आएको परिवर्तनले यो कुरा थाहा पाउन सकिन्छ।
ऐश्वर्या राय बच्चन
अन्तरराष्ट्रिय जगतमा ऐश्वर्या जस्तो चर्चित बलिउडमा अरु नायिका छैनन। विश्व सुन्दरी भएकै नाताले पनि उनको निकै चर्चा हुन्छ। सन् १९९४ मा उनले विश्व सुन्दरीको ताज पहिरिएकि थिइन। त्यस पश्चात उनले ओठको सुन्दरता बढाउन लिप सर्जरी गराइन। उनले गाला राम्रो देखाउन गालाको पनि सर्जरि गराएको हुनसक्ने चर्चा चल्ने गर्छ।
करिश्मा कपूर
जति जति करिश्मा कपुर बलिउडमा अघि बढ्दै गइन, त्यसरी नै उनको ‘लुक्स’मा पनि परिवर्तन हुदै गयो। फिल्म ‘राजा हिन्दुस्तानी’ खेल्नुपुर्व नै उनले फेस लिफ्ट र नोज सर्जरी (Rhinoplasty) गराएकी थिइन। उनी आफैले आफ्नै नाक मिलाएको यो सर्जरीको बारेमा स्वीकार भने गरेकी छैनन। उनको सुन्दरता बढ्नुमा विज्ञानको सहारा लिइएको भने उनका तस्बिरहरुबाटै थाहा पाइन्छ।
अनुष्का शर्मा
‘कफि विथ करन’ टिभी शोको एक भागमा जब अनुष्का देखा परिन तब उनको ओठलाइ लिएर सामाजिक सञ्जालमा निकै चर्चा शुरु भयो। निकै हैरान भएर उनले ट्वीटरमा लेखिन, ‘मैले कुनै सर्जरी गरेकी छैन अनि मेरो ओठमा आएको बदलाव केवल मेकअपले गर्दा हो।’ तर अहिलेसम्म पनि उनको ओठमा एकास्सी आएको परिवर्तन सर्जरी गरेर हो भन्ने चर्चा चल्ने गर्छ।
प्रियंका चोपडा
नायिकाबाट गायिका बनेकी प्रियंका चोपडा जब बलिउडमा पाइला टेकिन उनलाइ लाग्यो किन उनको सुन्दरतामा कहिँ न कहिँ खोट छ। प्रियंकाले कस्मेटिक सर्जरी गरेर आफ्नो नाक मिलाइन। अहिले उनी बलिउडकी ‘मस्ट वान्टेड’ नायिकामा पर्छिन।
काजोल
पछिल्लो समय काजोल आफ्नो गोरो लुक्सलाइ लिएर चर्चामा छिन। उनले अनुहारको गोरोपन बढाउन ‘स्किन लाइटनिङ’ गराएको बताइन्छ।। उनको बलिउडमा पाएको चर्चा अनि सफलताको पछाडी भने उनको पुरानै अनुहारको भुमिका रहेको छ।
रेखा
भानुरखा गणेशन (रेखा) सुरुवाती दिनहरुमा अलिक मोटी थिइन। उनका पुराना तस्बिरहरुमा उनी अलिक काली भएको पनि देख्न सकिन्छ। साउथ इन्डियन फिल्म इन्डस्ट्रीबाट बलिउडमा आएपछि रेखाको अनुहारमा ठुलो परिवर्तन आएको थियो। उनले गोरोपन बढाउन ‘स्किन लाइटनिङ’ गराएकी थिइन। आज पनि रेखा उनको समयका नायिका भन्दा ग्ल्यामरस अनि सुन्दर देखिन्छिन।
श्रुति हसन
तामिल स्टार कमल हसनकी छोरी पनि कस्मेटिक सर्जरीको प्रक्रियाबाट पार भइसकेकी छिन। उनले स्वीकार गर्छिन कि बलिउडमा आउनुपुर्व उनले आफ्नो नाकको सर्जरी गरेकी थिइन। उनको अनुसार, उनलाई स्वास लिन गाह्रो हुन्थ्यो त्यसैले अमेरिका गएर नाकको सर्जरी गरेकी थिइन।
हेमा मालिनी
बलिउडकी ड्रिम गर्ल भनेर चिनिने हेमा मालिनी पनि अलिक काली हुने गर्थिन। त्यसैले पनि उनलाइ फिल्माका अवसर कम आउने गरेका थिए। बलिउड इन्डस्ट्रीकै केही व्यक्तिहरुले हेमालाइ नायिका कहिल्यै बन्न नसक्ने अभिव्यक्ति दिन्थे।तर सबैलाइ झुठ सावित गर्दै उनले आफ्नो अभिनय कलाबाट सबैको मन जित्न सफल भइन। पछि उनले ‘फेस लिफ्ट सर्जरी’ पनि गराइन। त्यसैले पनि उनी पहिले भन्दा बढी गोरी अनि सुन्दरी देखिन्छिन्।
श्रीदेवी
बलिउड की नायिका श्रीदेवी पनि पहिले साउथकी नायिका थिइन। बलिउडमा आउनुपूर्व उनले आफ्नो अनुहारमा केही परिवर्तन भने नगरेकी होइनन। उनले पनि नाकको सर्जरी गरेको बताइन्छ, जुन उनले स्वीरकार भने गर्दिनन्। तर तस्बिर झुठ बोल्दैन।
यो पनि पढ्नुहोस्।
सामान चोर्ने बानी भएका ५ हलिउड नायिका
हलिउडका महंगा पहिरन
बसको कन्डक्टर, वेटर देखि चर्चित स्टारसम्म बनेका कलाकार
दुनियाँका सबैभन्दा महंगा १० सुन्दरी (फोटो फिचर)
The post सुन्दरी बन्न यी १० नायिकाले गराए सर्जरी appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1isEl0l
via IFTTT