मिडिया एनपी, काठमाडौं, १४ असोज । आज विश्व जेष्ठ नागरिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जेष्ठ नागरिकले समाजलाई दिएको योगदानको कदर गर्न र उनीहरुलाई सम्मानित जीवन दिनका लागि राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि विश्वभर अक्टुबर एकका दिन जेष्ठ नागरिक दिवस मनाउन लागिएको हो ।
यसवर्षको नारा शहरी परिवेशमा जेष्ठ नागरिकको समावेशिता र दिगोपन भन्ने तय गरिएको छ । गास, बास, कपास र स्वास्थ्य सुविधामा धेरैको पहुँच नहुँदा ज्येष्ठ नागरिक कष्टकर जीवन भोग्न बाध्य छन् ।
जेष्ठ नागरिकले आधारभूत सुविधा पाउनुपर्ने साथै जीविकोपार्जनका लागि पुग्ने गरी वृद्धाभत्ता बढाउनुपर्ने र गाडीमा आरक्षणको व्यवस्था माग गरेपनि यसको प्रभावकारी सुनुवाई हुन सकेको छैन ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1KT3Pfg
via IFTTT
अमेरिका, १४ असोज – संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र भारतीय विदेश मन्त्री सुषमा स्वराजबीच भेटवार्ता भएको छ।
भेटवार्तामा सीमा नाकामा भैरहेको कडाई र दुई देशबीचको सम्बन्धका विषयमा कुराकानी भएको थियो। भेटमा भारतीय विदेश मन्त्री स्वराजले सामान ढुवानीमा भारतले कुनै अवरोध नगरेको दाबी गरिन्। नेपाल भूपरिवेष्टित देश भएकाले सामान ढुवानीमा कुनै कठिनाई हुन नहुने विषयमा आफुहरुले जोड दिएको मन्त्री पाण्डले जानकारी दिए।
नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकाले कस्तो संविधान हुनुपर्छ र कुनै पनि समस्यालाई कसरी समाधान गर्नुपर्छ भन्नेबारे निर्णय लिनमा नेपाल र नेपाली स्वतन्त्र रहेको पनि भारतले स्पष्ट गरेको मन्त्री पाण्डेले बताए। नेपाल सार्वभौमसत्ता सम्पन्न देश भएकाले देखेको कुरामा सुझावसम्म दिने हो तर कुनै पनि विषयमा के निर्णय लिने भन्ने नेपालको आफ्नो कुरा हो, त्यसमा भारतले कुनै हस्तक्षेप गर्नु हुँदैन भारतीय विदेश मन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री पाण्डेले भने।
संविधान निर्माणपछि नेपालमा अहिले भइरहेको आन्दोलनप्रति भने भारतले वार्ताद्धारा नै समस्याको समाधान खोज्नुपर्ने धारणा राखेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर दिनेश भट्टराईले जानकारी दिए। आन्दोलनरत पक्ष पनि नेपाली जनता नै भएकाले वार्ताद्धारा नै समस्या समाधान गर्नु राम्रो हुन्छ, भारत अस्थिर होइन शान्त, दिगो र विकसित नेपाल देख्न चाहन्छ भारतीय विदेश मन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने। रासस
## News source from Zoomnp
via IFTTT
न्युयोर्क -उपप्रधानमन्त्री प्रकाशमान सिंह र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाबीच आज भेटवार्ता भएको छ । सो अवसरमा दक्षिण एसियाली सहयोग सङ्गठन सार्क, कुनै किसिमको समस्या नरहेको दुई देशबीचको सम्बन्ध तथा सहयोगका विविध पक्षका बारेमा छलफल भएको थियो । श्रीलङ्काली राष्ट्रपतिले विश्व सम्पदा सूचीमा रहेको स्वयम्भूमा हिन्दू मन्दिर निर्माणमा सहयोग गर्ने तथा उपयुक्त समयमा नेपाल भ्रमण गर्ने इच्छा राखेको परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले बताए ।
शान्तिका प्रतीक बुद्ध नेपालमा जन्मिएको र श्रीलङ्कामा बौद्ध धर्मावलम्बीहरु रहेको हुँदा दुवै देशको संस्कार र संस्कृतिमा पनि समानता रहेको बारेमा पनि सो अवसरमा छलफल भएको थियो ।
नेपालमा संविधानसभाबाट संविधान जारी भएकामा श्रीलङ्काली राष्ट्रपतिले नेपाल र नेपालीलाई बधाई एवम् शुभकामना दिएको परराष्ट्र मन्त्री पाण्डेले बताए ।
सो अवसरमा उपप्रधानमन्त्री सिंहले नेपालमा भर्खरै संविधानसभाबाट समावेशी लोकतान्त्रिक संविधान जारी भएको तथा अब नेपाल यसको सफल कार्यान्वयन गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए ।
सो भेटवार्तामा प्रधानमन्त्रीका विदेशी मामिला सल्लाहकार डा भट्टराई, परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास बैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि दुर्गा भट्टराई, अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीलगायत नेपालका उच्च सरकारी पदाधिकारीको सहभागिता थियो । रासस
## News source from Zoomnp
via IFTTT
काठमाडौं – भारतले नेपालविरुद्द नाकाबन्दी गरेकामा सीमावर्ती क्षेत्रका भारतीय व्यापारी आक्रोसित भएका छन् । हरेक वर्ष दसैं, तिहार, छठ र बकर इदजस्ता चाडपर्वमा हजारौंको संख्यामा नेपालीहरु भारतीय सीमावर्ती बजारमा किनमेल गर्न जाने गरेकामा यस वर्ष बन्द र नाकाबन्दीले ग्राहक नआएपछि व्यापारीहरु आक्रोसित भएका हुन् । सीमावर्ती क्षेत्रका भारतीय व्यापारीले भारत सरकारविरुद्द नै प्रदर्शन गर्ने तयारी थालेका छन् ।सीमावर्ती भारतीय बजारमा नेपाली ग्राहकका भरमा दैनिक करोडौंको व्यापार हुने गर्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
## News source from Zoomnp
via IFTTT
काठमाण्डौ। नेपालमा संविधान जारी भएपछि भारतले अघोषित रुपमा गरिरहेको नाकाबन्दी विरुद्ध नेपाली कलाकारहरुले शुक्रवार शान्तिवाटिकामा राष्ट्रिय गीत गाउने भएका छन् ।
भोलिको कार्यक्रममा मुलुकमा भएका सबै कलाकर्मीलाई अनिवार्य उपस्थित हुन कलाकार संघले आग्रह गरेको छ । संघका अध्यक्ष नवल खड्काले भने -‘राष्ट्रियतामाथिको प्रहार भएको हामी कदापी सहन सक्दैनौ त्यसैले हाम्रो भोली विशेष कार्यक्रम हुने छ ।’
अध्यक्ष खड्काका अनुसार भोली शुक्रबार भारतले गरेको नाकाबन्दीको विरोधमा सहभागी कलाकारहरुले राष्ट्रिय गीत गाउँदै हातमा प्ले कार्ड बोकेर शान्तिवाटिकावाट निस्कने छन् र शान्तिवाटिकामै गएर कार्यक्रम समापन हुने छ ।
झण्डै एकहप्तादेखी भारतले गरेको नाकाबन्दीले यति बेला देशभरको जनजीवन प्रभावित भएको छ भने नेपालीहरुले पनि नाकाबन्दीको विरोध गर्दै भारतीय चलचित्र र च्यानलहरु समेत बन्द गरिसकेका छन् ।
## News source from Zoomnp
via IFTTT
मिडिया एनपी, काठमाडौं, १४ असोज । भूकम्पपछिको पहिरोका कारण अवरुद्ध कोदारी राजमार्गको तातोपानीखण्ड खुलाउने काममा श्रमदान गर्न अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा पूर्व सञ्चारमन्त्री शङ्कर पोखरेलले प्रदर्शनीमार्गबाट अनेरास्ववियुका उपाध्यक्ष दीपक गौतमलाई श्रमदानमा प्रयोग हुने औजार (सामग्री) हस्तान्तरण गरी टोलीलाई बिदाइ गरेका छन् ।
नेता पोखरेलले तराई क्षेत्रमा आन्दोलन र भारतीय सीमामा अघोषित नाकाबन्दी भएका बेला उत्तरतर्फको नाका खुलाउन सहयोगी बन्नुले सङ्कटका बेला युवाहरू राष्ट्र निर्माण र स्वाभिमानको अभियानमा सामेल हुन्छन् भन्ने सन्देश दिएको बताए । उनले आन्दोलन नभएका भैरहवा, काँकडभिट्टाजस्ता भारतीय सीमाबाट पनि पेट्रोलियम पदार्थलगायतका सामग्रीका सवारी साधन आउन नसक्नुले भारतीय पक्षको नियतमा प्रश्न उठेकाले यस्तो व्यवहार सच्चाएर भूपरिवेष्टित मुलुक नेपालको पारवहन अधिकार प्राप्तिमा अवरोधक नबन्न आग्रह समेत गरेका छन् ।
यदि भूकम्पपछिको अवस्थामा भारतले नेपाललाई साँच्चै सहयोग गरेको हो भने अहिलेको व्यवहारले भूकम्पको घाउमा नुन छर्किएसरह भएको छ, यो व्यवहारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तराष्ट्रिय सम्बन्ध र छविमा समेत प्रतिकूल असर पर्ने र भारतीय अर्थतन्त्रमा पनि प्रभाव पर्ने कुरालाई हेक्का राख्न पोखरेलले आग्रह गरेका छन् । संविधान जारी भएपछि सञ्चालन गरिएको राष्ट्रिय जागरण अभियानअन्तर्गत करिब एक सयजनाको सो टोली त्यसतर्फ लागेको सङ्गठनका महासचिव नविना लामाले जानकारी दिनुभयो । टोलीले तीन दिन पूर्ण श्रमदान (स्वयम्सेवा) गर्नेछ ।
भूकम्पलगत्तै नेपाल सरकारको आग्रहमा चिनियाँ सशस्त्र बलले केही समय लगाएर एकतर्फी सवारी साधन चल्न सक्ने गरी खुलाएको सो राजमार्ग खुलेको केही दिनपछि लिपिङ र तातोपानी बजार क्षेत्रमा सुक्खा पहिरोका कारण पुनः अवरुद्ध भएको थियो । बाटो खुलाउन सडक डिभिजन कार्यालय चरीकोट, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि क्रियाशील छन् ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1KNuRa8
via IFTTT
आर्थिक नाकाबन्दी, आवत–जावतमा रोक लगाउन नपाउनेजस्ता थुपै्र नैसर्गिक अधिकार नेपालजस्ता भूपरिवेष्ठित देशका लागि निर्धारण गरिएको छ । अहिले भारतले संयुक्त राष्ट्रसंघ तथा विश्व समुदायले ग्यारेन्टी गरेका अधिकार छिनेर नेपालमाथि आर्थिक नाकाबन्दी लगाएको अन्तर्राष्ट्रिय कानुनका विज्ञहरूले बताएका छन् ।
१२औँ शताब्दीभन्दा पहिलादेखि नै भूपरिवेष्ठित देशका लागि अधिकार निर्धारण गरिएको थियो । तर, अहिले भारतले ती सबै कानुन र सिद्धान्तलाई तिलाञ्जली दिएर अमानवीय रूपमा नाकाबन्दी लगाएको भूपरिवेष्ठित देशको अधिकारसम्बन्धी विषयमा विद्यावारिधि गरेका डा. लक्ष्मणप्रसाद उपाध्यायले बताए । ‘अनादिकालदेखि नै भूपरिवेष्ठित देशका लागि नैसर्गिक अधिकारहरू तय भएका छन्, ती सबै अधिकारहरू भारतले अहिलेको नाकाबन्दीमा छिनेको छ,’ उपाध्यायले भने ।
विश्वमञ्चमा नेपालले कूटनीतिक प्रयास र कुशलता देखाउन नसक्दा पनि भारतले वेलावेला नाकाबन्दी गर्ने गरेको पनि उनको भनाइ छ । डा. उपाध्यायका अनुसार विश्वले सामान्यत: पाँचवटा सैद्धान्तिक आधारमा भूपरिवेष्ठित देशलाई अधिकार दिएको छ । संयुक्त राष्ट्रसंघले सन् १९८२ मा पारित गरेको सामुद्रिक स्वतन्त्रतासम्बन्धी महासन्धिलाई पछिल्लो महासन्धिका रूपमा लिइन्छ । त्योभन्दा पनि सन् १९६७ मा मानवजातिको साझा सम्पदासम्बन्धी महासन्धि भएको थियो । उक्त महासन्धिले सार्वजनिक सम्पदालाई कुनै पनि देशले कब्जा गर्न नपाउने व्यवस्था गरिएको थियो । र, समुद्रको उपयोगमा पारवहन अधिकार नैसर्गिक अधिकारका रूपमा संयुक्त राष्ट्रसंघले पारित गरेको थियो ।
यता, १६औँ शताब्दीमा स्विट्जरल्यान्ड, पोर्चुगललगायतका देशले भूपरिवेष्ठित देशको अधिकारको सन्दर्भ उठाएका थिए र त्यही वेलामा परभूमि भोग–अधिकारसम्बन्धी व्यवस्था भएको थियो । डा. उपाध्यायका अनुसार भूपरिवेष्ठित देशले तटीय देशको बाटो निर्वाध रूपमा उपयोग गर्न पाउने अधिकारको व्यवस्था गरिएको थियो । हुन पनि त्यही सैद्धान्तिक अधिकारका आधारमा अहिले तटीय देशले भूपरिवेष्ठित देशलाई समुद्रसम्म आवत–जावत गर्न पारवहन अधिकार दिइएको छ ।
सन् १९८२ को सामुद्रिक स्वतन्त्रतासम्बन्धी महासन्धिले त तटीय देशले भूपरिवेष्ठित देशले प्रयोग गर्ने उसको देशको बाटोसमेत निर्माण गरिदिनुपर्छ । पूर्वमहान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौलाका अनुसार तटीय देशले भूपरिवेष्ठित देशले प्रयोग गर्न बाटो निर्धारण गरिदिनुका साथै बाटो निर्माणसमेत गरिदिनुपर्छ, त्यसबापत कुनै पनि कर लगाउन पाइँदैन । त्यसैगरी, १२औँ शताब्दीदेखि नै जलयात्रा अर्थात् पानीजहाज निर्वाध रूपमा आवत–जावत गर्न पाउने अधिकार भूपरिवेष्ठित देशलाई उपलब्ध गराइएको थियो ।
डा. उपाध्यायका अनुसार तेस्रो देशबाट भूपरिवेष्ठित देशले खाद्यलगायतका सामग्री र यात्रु बोकेर आएका पानीजहाजलाई निर्वाध रूपमा आवत–जावत गर्न पाउने अधिकार तय भएको हो । ‘तेस्रो देशबाट ल्याएको वा आएका सेना र हातहतियारसहितको पानीजहाजलाई चेकजाँच गर्ने अधिकार तटीय देशलाई भए पनि बन्दरगाह उपयोगको अधिकार भूपरिवेष्ठित देशसँग रहेको छ,’ डा. उपाध्यायले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
## News source from Zoomnp
via IFTTT
भूकम्पपछिको पहिरोका कारण अवरुद्ध कोदारी राजमार्गको तातोपानीखण्ड खुलाउने काममा श्रमदान गर्न अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले प्रदर्शनीमार्गबाट अनेरास्ववियुका उपाध्यक्ष दीपक गौतमलाई श्रमदानमा प्रयोग हुने औजार (सामग्री) हस्तान्तरण गरी टोलीलाई बिदाइ गरे।
नेता पोखरेलले तराई क्षेत्रमा आन्दोलन र भारतीय सीमामा अघोषित नाकाबन्दी भएका बेला उत्तरतर्फको नाका खुलाउन सहयोगी बन्नुले सङ्कटका बेला युवाहरू राष्ट्र निर्माण र स्वाभिमानको अभियानमा सामेल हुन्छन् भन्ने सन्देश दिएको बताए।उनले आन्दोलन नभएका भैरहवा, काँकडभिट्टाजस्ता भारतीय सीमाबाट पनि पेट्रोलियम पदार्थलगायतका सामग्रीका सवारी साधन आउन नसक्नुले भारतीय पक्षको नियतमा प्रश्न उठेकाले यस्तो व्यवहार सच्चाएर भूपरिवेष्टित मुलुक नेपालको पारवहन अधिकार प्राप्तिमा अवरोधक नबन्न आग्रह गरे।
पोखरेलले भने – “यदि भूकम्पपछिको अवस्थामा भारतले नेपाललाई साँच्चै सहयोग गरेको हो भने अहिलेको व्यवहारले भूकम्पको घाउमा नुन छर्किएसरह भएको छ, यो व्यवहारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तर्राष्ट्रिय सम्बन्ध र छविमा समेत प्रतिकूल असर पर्ने र भारतीय अर्थतन्त्रमा पनि प्रभाव पर्ने कुरालाई हेक्का राख्न म आग्रह गर्छु।”
संविधान जारी भएपछि सञ्चालन गरिएको राष्ट्रिय जागरण अभियानअन्तर्गत करिब एक सयजनाको सो टोली त्यसतर्फ लागेको सङ्गठनका महासचिव नविना लामाले जानकारी दिए। टोलीले तीन दिन पूर्ण श्रमदान (स्वयम्सेवा) गर्नेछ।
भूकम्पलगत्तै नेपाल सरकारको आग्रहमा चिनियाँ सशस्त्र बलले केही समय लगाएर एकतर्फी सवारी साधन चल्न सक्ने गरी खुलाएको सो राजमार्ग खुलेको केही दिनपछि लिपिङ र तातोपानी बजार क्षेत्रमा सुक्खा पहिरोका कारण पुनः अवरुद्ध भएको थियो । बाटो खुलाउन सडक डिभिजन कार्यालय चरीकोट, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि क्रियाशील छन् । रासस
## News source from Zoomnp
via IFTTT
आन्तरिक उडानलाई प्रभावित हुन नदिन सरकारले बंगलादेशबाट रसीयन विमान क्यानडीड, चिनियाँ र अमेरिकी सैनिक विमानबाट तेल आपूर्ति गर्ने तयारी गरेको छ।भारतले गरेको नाकाबन्दीका कारण हवाई इन्धन आपूर्ति रोकिएपछि सरकारी अधिकारीहरुले बंगलादेशबाट एयरलिफ्ट मार्फत् इन्धन खरिद गरेर ल्याउन सकिनेलगायतका तीन वटा उपाय सरकारलाई सुझाएका छन्। आजको कान्तिपुरमा खबर छापिएको छ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठन भएको प्राविधिक समितिले चारवटा इन्जिन भएको रसियन विमान इलुसीन आइएल- ७६ विमान भाडामा लिई हवाई इन्धन आपूर्ति गर्न सकिने सिफारिस गरेको छ। वाणिज्य, गृह, पर्यटन र अर्थ मन्त्रालयको सचिवस्तरीय बैठकले मंगलबार गठन गरेको ७ सदस्यीय प्राविधिक समितिले यसलाई तत्काल गर्न सकिने पहिलो सुझाव भनेको छ। व्यापारिक प्रयोजनका लागि बनाईएको यो विमानले दुर्गम स्थानमा सैनिक कार्गो गर्छ। हाल यो विमान भारत, रसीया, युक्रेन लगायतका सेनाहरुले उडाइरहेका छन्।
प्राविधिक समितिले पहिलो उपाय सम्भव नभए चीन र अमेरिकी सैनिक विमानबाट तेल आपुर्ती गर्न सकिने दोस्रो उपाय निकालेको छ। ‘बैठकले दोस्रो विकल्पमा चीन र अमेरिकी सैनिक विमानबाट इन्धन बोक्न सकिने भनेको छ, बिहीबार सरकारलाई उपयुक्त उपाय सुझाउने छ,’ पर्यटन सहसचिव आचार्यले भने। उनका अनुसार भुकम्पका बेला नेपालमा सहायता लिएर आएका सैनिक विमान सी-१७ ग्लोबमास्टर विमानले तेल आपुर्ती गर्न सक्छन्। लडाईमा बन्दोबस्ती लगायत कार्गो बोक्ने यो विमानले ७० हजार किलोग्रामसम्म कार्गो बोक्न सक्छ।
बैठकमा सरकारी अधिकारीहरुले युद्ध सामाग्री बोक्ने सैनिक विमानले ढाकादेखि हवाई इन्धन ल्याउनु परे ४० देखि ५० हजार लिटरसम्म तेल बोक्न सक्ने निष्कर्ष निकालेका छन्। ‘हामीले अहिले सोचेको दोस्रो विकल्पका लागि चीन र अमेरिकी दूतावासलाई कुटनैतिक तहबाट अनुरोध गरे तत्काल आइलाग्ने समस्याका लागि उपाय हुन सक्छ,’ सहसचिव आचार्यले भने
## News source from Zoomnp
via IFTTT
Sometimes people just don’t know how to hold their booze. There are those friends who come in drink all of the beer and liquor and then can’t keep it together. They usually end up doing something amazingly awkward, like vomiting all over the place. If that was bad enough, they usually end up too “sick” to help clean up.It’s not a pretty thing but what’s a person to do? (Probably stop the friends from drinking at the house would be a good place to start.Now, that’s how bad it can be in an enclosed setting but what about how bad it can be out in public? Some girls tend to think it’s okay to just urinate wherever they would like to—that’s not sanitary people!
भिडियो हेर्नको लागि यहाँ तलको लिंकमा क्लिक गर्नुहोस ==>
## News source from Zoomnp
via IFTTT
काठमाडौँ, १४ असोज – राजनीतिक अभिष्ट पूरा गर्न नेपाली जनतामाथि नाकाबन्दी लगाएपछि विश्वभरबाट आलोचित बनेको भारतले प्रमुख तीन दल र मधेशवादी दलहरुका बीचमा सम्झौता भएको बहानामा यही असोज १६ गतेदेखि नाकाबन्दी खोल्ने तयारी सुरु गरेको छ।
नेपाली जनताले निर्माण गरेको नयाँ संविधान नभएको भन्दै एक सातादेखि नेपाली नाकाबन्दी लगाएको भारत अप्ठेरोमा पर्दै गएपछि आगामी असोज १६ गतदेखि नाकाबन्दी खोल्ने तयारी गरेको हो। यसका लागि मधेशवादी दल र प्रमुख तीन दलका बीचमा असोज १५ गतेभित्रै सहमति गराउन जोडदारका साथ लागि परेको छ।
नाकाबन्दी लगाएर मानवताविरोधी अपराध गरेको भारतले चर्को अन्तराष्ट्रिय दबाब, सुरक्षा परिषदको सदस्य राष्ट्र समेत बन्नबाट बञ्चित हुने खतरा बढेपछि वातावरण मिलाउन नाकाबन्दी खोल्ने सुरक्षित मार्गको खोजिमा जुटेको छ। अन्तराष्ट्रिय परिस्थिति बिग्रदै गएपछि नाकाबन्दी खुल्ला गर्दा भारत परस्त भएको सन्देश जाने हुँदा कुनै कुने निहुँ बनाएर खोल्ने तयारीमा नयाँ दिल्ली सक्रिय भएको छ।
त्यसका लागि गोप्य दूत नै काठमाडौँमा परिचालित गरेको र अन्यभन्दा विश्वाससिला महन्त ठाकुरलाई मधेशवादीको तर्फबाट नेता बनाएर वार्ताको लागि पठाउने निर्णय गराइसकेको छ।
## News source from Zoomnp
via IFTTT
काठमाडौं । कुनै पनि वस्तुसँग लामो समय जोडिएर रहनुलाई ‘एडिक्सन’ भन्न सकिन्छ । यसमा सिर्फ नशालु पदार्थ मात्र पर्दैनन्, कतिपय सन्दर्भमा हामी विचारमा ‘एडिक्ट’ पनि हुन सक्छौँ । त्यस्ता केही विचार हुन्छन्, जुन विचारमा लामो समय सोच्दा हामीलाई उल्टो हानि नै हुन्छ । हामीले सोच्नै नहुने केही विचार जसका कारण हामीलाई चुनौतीसँग लड्न पनि सहज हुन्छस्
१। गरिरहेको काममा कुनै पनि अड्चन आउँदैन, सरासर काम सम्पन्न गर्न सकिन्छ भनेर सोच्नुहुँदैन । काम गर्ने सन्दर्भमा आउन सक्ने समस्याबारे पहिले नै तयारी हुनुपर्छ । हामीले सहजै काम सकिहालिन्छ भनेर सोच्नु अत्यन्त गलत हुन सक्छ ।
२। दिनहुँ नयाँ काम केही गर्छु भन्ने सोच्नुपर्छ । बिहान उठेपछि सकारात्मक सोच्नाले दिनभर शरीरमा सकारात्मक भावना पैदा हुन्छ । जीवनमा केही गर्न सकिएन, मैले गरेको काम कुनै सफल पनि हुँदैन भन्ने भावना मनबाट हटाउनुपर्छ ।
३। आफ्नो तुलना अर्को मान्छेसँग गर्नु पनि राम्रो हुँदैन । सबैका फरक क्षमता हुन्छन्, फरक–फरक रुचि हुन्छन् । अरूसँग आफूलाई दाँज्ने र ऊसँग भिड्न जानु सबैभन्दा खतरनाक ‘एडिक्सन’ हो । यसबाट बाहिर निस्कन जरुरी छ ।
४। अरूलाई आफ्नो जिन्दगीको फैसला आफैँ गर्छु भन्ने अनि सबै काममा अरूको अनुमति खोज्ने बानी पनि गलत हो । केही विषयमा अरूसँग सल्लाह लिनु ठीक भए पनि सधैँ अरूको अनुमति लिएपछि काम सुरु गर्छु भन्नु गलत हो ।
५। अरूले भनेका कुरालाई लामो समय मनमा लिने, कसैले भनेको कुरामा तत्काल प्रतिवाद गर्ने पनि अत्यन्त नराम्रो बानी हो । मनमा लागेको कुरा भन्ने एउटा समय आउँछ । त्यसलाई पर्खनुपर्छ । तर, आफूले भन्न नपाउँदासम्म गलत विचार बोकेर बस्नुहुँदैन ।
६। आफ्नो विचारको इज्जत गर्न सक्नुपर्छ । इज्जत गर्न लायक कुरा मात्र सोच्दा जीवनमा नयाँ–नयाँ खुड्किलामा सफलता मिल्न सक्छ । यसका लागि आफ्नो मात्र होइन, अरूको पनि सम्मान गर्न सक्नुपर्छ । अरूलाई सम्मान गर्नेले नै जीवनमा सम्मान पाउँछ ।
७। सबै कुरालाई पैसासँग तुलना नगर्नुहोस् । केही यस्ता विषय हुन्छन्, जुन पैसासँग तुलना गर्न पनि सकिँदैन । अरू मानिसलाई पैसा मात्र चाहिएको हो भन्ने सोच हटाउनुहोस्, कहिलेकाहीँ थोरै समय र माया, सम्मान र आदरले सबै समस्या हल हुन सक्छ ।
८। कुनै पनि विषयमा सोच्नु अत्यन्त राम्रो हो । तर, बारम्बार त्यही विषयमा र अत्यन्त लामो समय एउटै कुरामा अल्झनु राम्रो होइन । सकारात्मक सोच्दा–सोच्दा पनि लामो समय सोच्दा नकारात्मक धारणाको विकास हुन्छ ।
९। आफ्नो भविष्यबारे समयमै सोच्नुपर्छ । तर, सोचेरै मात्र हुन्न । आफ्नो योजनाबारे धेरै सोच्नुभन्दा काम सुरु गर्नु बुद्धिमतापूर्ण निर्णय मान्न सकिन्छ । अगाडि बढेको खण्डमा मात्र लक्ष्यमा पुग्न सकिन्छ ।नयाँ पत्रिकाले छापेको छ ।
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1WzmtQH
via IFTTT
श्रोत धनकुटा खबर – रबिन कटेल, धनकुटा १३ असोज / धनकुटाको डाँडाबजारमा बुधवार राति देवरले भाला प्रहार गरी भाउजुको हत्या गरेका छन । डाँडाबजार २ का ३२ बर्षिय काली बहादुर याखाले आफ्नै भाउजु ३४ बर्षिया मोतिमाया याखालाई भाला प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कन्ट्रोलवाट प्रहरी सहायक निरीक्षक शिव शर्माले दिएको जानकारी अनुसार भाला प्रहारवाट मृतकको शरिरका बिभिन्न भागमा चोट लागेको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । राति करिव ८ बजे भएको घटनालगत्तै अस्थायी प्रहरी पोष्ट डाँडाबजारबाट प्रहरी सहायक निरीक्षक मोहित कुमार यादव नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको भाला सहित देवर काली बहादुरलाई नियन्त्रणमा लिएको छ । मृतकका श्रीमान तारा बहादुर याखा वैदेशिक रोगजारीका क्रममा मलेसियामा छन । घरमा ५ बर्षिया छोरी छन । श्रीमान बिदेश गएपछि घरमा देवर भाउजु र छोरी बस्दै आएका थिए । देवरले आफ्नै भाउजुको हत्या गर्नुको कारण भने खुल्न सकेको छैन । घटनापस्चात थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी निरीक्षक लक्ष्मण बहादुर थापा नेतृत्वको प्रहरी टोली घटनास्थलमा गएको छ ।
मृतकको सव घटनास्थलमै छ । जिल्ला प्रहरी कार्यालयवाट बिहिवार बिहान जाँन लागेको प्रहरी नायव निरिक्षक दिनेश अधिकारी नेतृत्वको टोलीले घटनास्थल मुचुल्का गरेपछि सवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईने बताईएको छ । घटनामा संलग्न देवर काली बहादुरलाई भेडेटार प्रहरी चौकीमा ल्याईएको छ । उनलाई पनि बिहिवार बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याईने प्रहरीले जनाएको छ ।
## News source from Zoomnp
via IFTTT
काठमाडौं । नेपालमा भारतीय सरकारले अघोषित रुपमा नाकाबन्दी कायम राखे भारतीय सेनाका गोर्खा बटालियनहरुले चुपचाप सहेर नवस्ने चेतावनी दिएका छन् ।भारतीय सीमा रक्षाका लागि भारतीय सेनाले लड्न नसकेको विकट र कठीन ठाउँहरुमा नेपाली गोर्खा सेनाले लडेको इतिहास बिर्सिएर भारतीय नेताहरुले नेपालमा नाकाबन्दी गरेकोमा गोर्खा सैनिकहरुले विरोध जनाएको उच्च स्रोतले जनाएको छ ।
नेपाली जनताको महान चाडको वेलामा र भरखरै भूकम्पले थिलथिलो वनाएको वेलामा नेपाललाई अघोषित नाकाबन्दी गरेर थप पीडा दिइरहेमा भारतीय सेनाको गोर्खा बटालियनले चुप लागेर नबस्ने चेतावनी दिएको श्रोतको भनाई छ ।
उक्त श्रोतका अनुसार अहिले भारतले मधेशीहरुलाई मात्र च्यापेर जसरी अनैतिक नाकावन्दी गरिरहेको छ, भारतीय गोखौ वटालियनको पनि अब देखि विघटन गरेर मधेशी वटालिएन वनाओस र पाकिस्तान वा चीनसंग लड्न पठाओस भन्ने आवाज उठ्न थालेको छ ।
श्रोतको भनाइ छ, गोर्खा सिपाहीहरुले भारतलाई वलियो वनाएर नेपालमा नाकावन्दी गर्नका लागि आफ्नो रगत वगाएका होइनन् भन्ने आवाज भारतीय गोर्खा सेनामा उठ्न थालेको छ । श्रोत च्यानल एन पी
## News source from Zoomnp
via IFTTT
दीपकअनुरागी आचार्य, कपिलवस्तु । कपिलवस्तुको पिपरा गाबिस– २ स्थित बुलाडिहवामा श्रीमानले नै आफनी श्रीमतीको हत्या गरेको खुलेको छ । सोमवार मध्य रातमा महताब आलमले यौन सम्पर्क गर्न नदिएको झोकमा आफ्नी श्रीमती मेराजुन निशालाई हत्या गरेको प्रहरीले जनाएको छ ।
घटना पछि मृतकका बुवा मोहोम्मद रफिकलले दिएको किटानी जाहेरी पछि प्रहरीले महताब, उनका भाई अफताब आलम र बुवा हबिबुर बिरुद्ध दिएको किटानी जाहेरी पछि उनीहरुलाई पक्रेको थियो । घटनाको प्रारम्भिक अनुसन्धान र सोधपुछ पछि यौनसम्र्पक गर्न अस्विकार गरेको आक्रोसमा महताबले गरेको खुलेको प्रहरी उपरिक्षक बिक्रम गुरुङले बताउनुभयो ।
‘ मेहेतावले श्रीमतीको हत्या गरेको प्रहरी समक्ष स्विकार गरेका छन्, ’ मेहताबसंग प्रहरीले गरेको सोधपुछ र प्रारम्भिक अनुसन्धान बारे श्रीमतीको आफुले हत्या गरेको उनले बताएका हुन् । मेहतावले राति २ बजेतिर सुतीरहेकी आफनी श्रीमितीको हातले घाटी च्यापेर हत्या गरेका थिए ।
बिवाह भएको ढेड महिना देखि नै मेहताव र मेराजुन निशा बिच यौन सम्पर्कका बिषयमा झैझगडा हुँदै आएको थियो । अर्काे तर्फ घरमा कामको बाँडफाँडलाई लिएर समेत दुबै बिच बिवाद रहदै आएको थियो । सो हत्यामा आफ्नो मात्र हात रहेको महताबले प्रहरीलाई बताएका छन् ।
घटना आक्रोसबस भएको उनले प्रहरी समक्ष बयान दिएका छन् । दाहिजोको रुपमा ससुराली पक्षले २ लाख रुपैया दिएको महतबतले बताए । दाहिजोको निँहुमा ३ जना मिलेर छोरीको हत्या गरेकोे मृतकका बुवा मोहोम्मद रफिकलले आरोप लगाउनु भएको छ ।
बिवाह अघि दाईजोकोरुपमा दिने तय गरिएको ५ लाख मध्ये एक लाख रुपैया दिन ढिलो गरेकोले ३ जना मिलेर छोरीको घाटी थिचेर हत्या गरेको उहाले भनाई छ ।
## News source from Zoomnp
via IFTTT
मलेसिया : मलेसियाको जोहरस्थित क्यवेज सेक्युरिटी कम्पनीमा कार्यरत भोजपुरको नागी गाविसका उदय हाङ राई केही महिना अघिदेखि मानसिक रोगीजस्तै भएका छन् । उनी अहिले खाना खाने र ड्युटी जाने समय पनि भुल्न थालेका छन् । पैसा कमाएर घरबार सुन्दर बनाउने सपना साँचेर मलेसिया आएका राईकी पत्नी पोइल हिँडेपछि उनी विक्षिप्त भएका हुन् । केही वर्षअघिमात्रै बैबाहिक जीवन शुरु गरेर पैसा कमाउन मलेसिया पसेका थिए । उनी मलेसिया आएर कमाएको सबै सम्पत्ती लिएर पत्नीले अर्कैसँग बाटोे तताएपछि भाइ मानसिक रोगी बनेको उनका दाजु भीम राईले बताए ।
नाबालक छोरो बेवारिसे छाडेर पत्नी मैया महिना दिनअघि उनकै छिमेकी अधिराज काङमाङसँग पोइल हिँडेकी हुन् । ‘सबै सम्पत्ती लिएर पत्नी छिमेकीसँग पोइल हिँडेपछि भाइ मानसिक रोगी बनेको छ’, दाजु भीमले भने, ‘भाइले कमाएको पैसा घर पठाएको केही दिनमै बुहारी पोइल हिँडिछ ।’ तीन वर्षको नाबालक छोरो घरैमा छाडेकी मैयाले करिब ६ लाख रुपैयाँ र सुनचाँदी सबै कुम्ल्याएर हिँडेकी छन् । ‘मलेसियामा कमाएर भाइले पठाएको सबै सम्पत्ती बुहारीले कुम्ल्याएर पोइल गएपछि घरमा नाबालक भतिजको बिजोग भएको छ’, भीमले भने, ‘सबै अचल सम्पत्ती पनि मैयाकै नाममा भएकाले झन समस्या थपिएको हो ।’ पोइल हिँडेपछि मैयाविरुद्द उदयका परिवारले दिएको उजुरी प्रहरीले लिन मानेको छैन । संघीय समाजवादी फोरमका एक केन्द्रीय नेताको दबाबमा प्रहरीले उजुरी लिन नमानेको आरोप भीमले लगाए । प्रहरीमा उजुरी गर्न गए मार्ने धम्की मैयालाई लाने अधिराजका परिवारले दिइरहेको उनले बताए । यता मलेसियामा रहेका उदयको अवस्था दिनदिनै बिग्रँदै गएकाले झनै समस्या भएको छ । मलेसियाको सेलेङ्गर राज्यमा काम गर्दै आएका उनले मानसिक समस्याकै कारण काम नगरेको भन्दै जोहरमा सारिएको छ । मानसिक रोगी बनेका उनको उपचारमा समस्या भएको दाजु भीमले गुनासो पोखे । ‘भएको सबै पैसा नेपाल पठाइयो, यता भाइले काम गर्न सकेको छैन’, उनले भने, ‘मलेसियामा उपचार महंगो हुँदा थप समस्या परेको छ ।
## News source from Zoomnp
via IFTTT
वैदेशिक रोजगारमा जाने महिला कामदारलाई विभिन्न सीपमूलक तालिमको व्यवस्था गरी उनीहरुको गन्तव्यलाई सुरक्षित बनाउनुपर्ने खाँचो औँल्याइएको छ । वैदेशिक रोजगार बोर्ड र दिगो विकासका लागि सञ्चार माध्यमको परिचालनले संयुक्तरुपमा आयोजित कार्यक्रममा विदेश जाने अधिकांश महिला घरेलु काम तथा मनोरञ्जनका क्षेत्रमा रहेकाले उनीहरुमाथि हिंसा हुने गरेको सरोकारवालाले बताएका छन् । वैदेशिक रोजगार
बोर्डका निर्देशक शिवराम पोखरेलले भूकम्पपछि विदेश जाने महिलाको सङ्ख्या बढ्न सक्ने हुँदा भूकम्प प्रभावित क्षेत्रमा उनीहरुलाई लक्षित गरी वैदेशिक रोजगारीमा आवश्यक पर्ने विभिन्न सीपमूलक परियोजना सञ्चालन गर्न लागिएको जानकारी दिए ।महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका प्रतिनिधि शोभा खरेलले महिलालाई ललाइफकाइ विदेशमा लगी बेच्ने गिरोह सक्रिय रहेकाले उनीहरुलाई राहदानी लिन अगाडिदेखि नै विभिन्न तहमा परामर्श उपलब्ध गराउनुपर्नेमा जोड दिइन । वैदेशिक रोजगार बोर्डकासदस्य एवम् व्यवसायी सीता देवकोटा, महिलाकी निम्ति अधिकार मञ्चका अध्यक्ष सिर्जना पुनले विभिन्न ऐजेन्टले प्रतिबन्धित मुलुकमा महिलालाई विभिन्न प्रलोभनमा पारी अन्य मुलुकबाट विदेश लैजाने गरेकाले त्यसलाई रोक्न अधिकारकर्मी लाग्नुपर्नेमा जोड दिए ।दिगो विकासका लागि सञ्चारमाध्यमको परिचालनका अध्यक्ष नेहा शर्माले वैदेशिक रोजगारमा गई ४१५ महिला फर्केका त्यसमा ८६ गर्भवती भएका तथा अफ्रिकी, दुबई, खाडीलगायत मुलुकमा सय भन्दा बढी जेलमा परेका र ४१ जनाले आत्महत्या गरेको बताइन। एजेन्सी
## News source from Zoomnp
via IFTTT
आश्विन १३,- अमेरिकाको स्थायी नागरिक भएर जाने सबभन्दा सहज प्रक्रिया अमेरिकी डिभी चिठ्ठा २०१७ को बिहीबारदेखि खुला भएको छ ।डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि आवेदन दर्ता अवधि बिहीबारदेखि कात्तिक १७ सम्म रहने अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी सरकारले आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दै खुला भएको विज्ञप्तीमा उल्लेख छ ।
आवेदन नि:शुल्क रुपमा गर्न सक्ने र त्यसको लागी वेबसाइटमा गए हुने समेत उल्लेख गरेको छ । कुनै कन्सलटेन्सी वा कतै गएर भर्नुभन्दा आफैंले भर्न प्रोत्साहन गर्दै उक्त चिठ्ठामा अरुको सहयोग लिएर भरेपनि सबै जिम्मवार डिभी जसको नाममा भरिन्छ उसैको हुनेसमेत उल्लेख छ ।
अमेरिकी सरकारी वेवसाइट डिभी भर्ने लिंक मा गएर भर्न सकिने समेत उल्लेख गरेको छ । डीभी भर्दा आफ्ना २१ बर्ष भन्दा मुनीका सबै सन्तानको विबरण उल्लेख गर्नपर्ने समेत जनाएको छ । डीभी चिठ्ठामा छानिदैमा भिसा पाउने निश्चित नहुने पनि दूतावासले स्पष्ट पारेको छ ।
चिठ्ठा परेपछि भिसाका लागि अन्तर्वार्ता दिने मौका पाएमा कन्सुलर अफिसरले योग्यता पूर्ण छ वा छैन परीक्षण गर्नेछ । त्यसपछि अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि योग्य रहे नरहेको हेरेरमात्र निर्णय लिनेछन् ।
आश्विन १३, २०७२
## News source from Zoomnp
via IFTTT
काठमाण्डौ। यसपटक काठमाण्डौमा हुन लागेको नेपाली सिनेमा अवार्ड (इनास) को उत्कृष्ट तीन मनोनयन सार्वजनिक गरिएको छ । वुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि आयोजक संस्था अन्तराष्ट्रिय नेपाली कलाकार समाजले मनोनयन सार्वजनिक गर्द प्रमाणपत्र वितरण गरेको हो ।
इनास अवार्ड यसअघि यूरोपमा हुँदै आएको थियो । अवार्ड २५ र २६ असोजमा काठमाण्डौ दिईनेछ । अवार्डमा टलकजंग भर्सेज टुल्के, कबड्डी र नोभेम्वर रेन उत्कृष्ट चलचित्रको मनोनयमा परेका छन् भने अनमोल के.सी. (जेरी), आर्यन सिग्देल (नोभेम्वर रेन) र दयाहाङ् राई (कबड्डी) बाट उत्कृष्ट अभिनेताको मनोनयमा परेका छन् ।
त्यस्तै उत्कृष्ट बाल कलाकारको मनोनयनमा संगम बिष्ट (लभ यू बाबा) अनुभव रेग्मी (नाई नभन्नु ल २) अमर लामा (श्री ५ अम्बरे) बाट परेका छन् । केकी अधिकारी (वितेका पल) नम्रता श्रेष्ठ (नोभेम्वर रेन) शिल्पा पोखरेल (लज्जा) उत्कृष्ट अभिनेत्रीको मनोनयमा पर्न सफल भएका छन् भने उत्कृष्ट निर्देशकको मनोनयमा निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के), राम बाबु गुरुङ्ग (कबड्डी) र दिनेश राउत (नोभेम्वर रेन)बाट पर्न सफल भएका छन् ।
यस्तो छ उत्कृष्ट तीन को मनोनयन सूची:
१. उत्कृष्ट बाल कलाकार:
संगम बिष्ट (लभ यू बाबा)
अनुभव रेग्मी (नाई नभन्नु ल-२)
अमर लामा (श्री ५ अम्बरे)
२. उत्कृष्ट द्वन्द्व :
चन्द्र पन्त (लज्जा)
अष्ट महर्जन (स्टुपिड मन)
एन.वि. महर्जन (छ एकान छ)
३. उत्कृष्ट नृत्यु निर्देशक :
वसन्त श्रेष्ठ (कोहिनूर)
गम्भिर बिष्ट (टलकजंग भर्सेज टुल्के)
शंकर वि.सी. (वितेका पल)
४. उत्कृष्ट गायिका :
अञ्जु पन्त (स्टुपिट मन)
प्रकृती गिरी (वितेका पल)
प्रविशा अधिकारी (नोभेम्वर रेन)
५. उत्कृष्ट गायक :
प्रेम परियार (नाई नभन्नु ल २)
बाबु बोगटी (वितेका पल)
स्वरुपराज आचार्य (स्टुपिड मन)
६. उत्कृष्ट गीतकार :
कृष्णहरी बराल (मर्ने कसैलाई रहर हुँदैन)
दिनेश राउत (तिमीलाई के भनु)
अर्जुन पोखरेल (यी आँखामा)
७. उत्कृष्ट संगीतकार :
शम्भुजीत वास्कोटा (कोहिनुर)
अर्जुन पोखरेल (स्टुपिड मन)
वसन्त सापकोटा (नाई न भन्नु ल-२)
८. उत्कृष्ट आलेख :
रामबाबु गुरुङ, उपेन्द्र सुब्बा (कबड्डी)
विकास आचार्य (नाई न भन्नु ल-२)
गजित, गम्भिर विष्ट (लव यू बाबा)
९. उत्कृष्ट सम्पादन :
निमेश श्रेष्ठ (कबड्डी)
विपिन मल्ल (वितेका पल)
लोकेश बज्राचार्य (टलकजंग भर्सेज टुल्के)
१०. उत्कृष्ट छायाँकार :
शैलेन्द्र डि.कार्की (जेरी)
सञ्जय लामा (स्टुपिड मन)
पुरुषोत्तम प्रधान (कबड्डी)
११. उत्कृष्ट अभिनेत्री :
केकी अधिकारी (वितेका पल)
नम्रता श्रेष्ठ (नोभेम्वर रेन)
शिल्पा पोखरेल (लज्जा)
१२. उत्कृष्ट अभिनेता :
अनमोल के.सी. (जेरी)
आर्यन सिग्देल (नोभेम्वर रेन)
दयाहाङ्ग राई (कबड्डी)
१३. उत्कृष्ट निर्देशक :
निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के)
राम बाबु गुरुङ्ग (कबड्डी)
दिनेश राउत (नोभेम्वर रेन)
१४. उत्कृष्ट चलचित्र :
टलकजंग भर्सेज टुल्के
कबड्डी
नोभेम्वर रेन
## News source from Zoomnp
via IFTTT
धनकुटा, १३ असोज । भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीको बिरोधमा बिद्यार्थी संगठनहरुले बुधबार धनकुटामा बिरोध प्रदर्शन गरी भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन ।
अनेरास्वबियु, अनेरास्वबियु क्रान्तिकारी र नेवीसंघले धनकुटा बजारमा बिरोध प्रदर्शन गरेर मदनचौकमा भारतिय प्रधानमन्त्री मोदीको पुत्ला जलाएका हुन । धनकुटा बहुमुखी क्याम्पस गेटबाट भारत बिरुद्ध नारा लगाउँदै सरस्वती चौक, भीमनारायण चौक, बिचबजार, परिचयमोड, हुलाकटोल लगायत स्थानको परिक्रमा गरी मदनचौकमा आएर बिरोध सभा गरिएको थियो । भारतको बिरुद्धमा लेखिएको ब्यानर, प्लेकार्ड र नेपाली झण्डा सहित सयौँको संख्यामा निश्किएका बिद्यार्थीहरुले ‘भारतिय हस्तक्षेत्र बन्द गर, नाकाबन्दी फिर्ता गर, भारतिय प्रधानमन्त्री मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए । बिरोध प्रदर्शनका क्रममा भारतिय प्रधानमन्त्री मोदीको पुत्लालाई संख बजाउँदै बजार परिक्रमा गराई मदनचौकमा ल्याएर जलाईएको थियो ।
मदनचौकमा भएको बिरोध सभामा अनेरास्वबियुका जिल्ला अध्यक्ष राज्यमान छारा, उपाध्यक्ष गोबिन्द दाहाल, अनेरास्वबियु क्रान्तिकारीका जिल्ला अध्यक्ष ईन्द्र बिष्ट र नेवीसंघका धनकुटा बहुमुखी क्याम्पस कमिटि अध्यक्ष प्रकाश मगरले भारतको चर्को बिरोध गर्दै तत्काल नाकाबन्दी फिर्ता गर्न चेतावनी दिएका छन ।
## News source from Zoomnp
via IFTTT
ताप्लेजुङ, असोज १३ गते । बर्सेनि लाखौँ भक्तजनले दर्शन गर्ने ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको भेटीघाटी सङ्कलनमा सरकारले बल्ल चासो देखाएको छ । वार्षिक रु एक करोडभन्दा बढी भेटी सङ्कलन हुने यस मन्दिर क्षेत्रको विकासका लागि गठन गरिएको पाथीभरा क्षेत्र विकास समितिलाई भेटी सङ्कलनका लागि कार्यविधि बनाई कार्यान्वयन गराउन सरकारले निर्देशन दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको गत साउन १४ गतेको सचिवस्तरीय बैठकको निर्णयअनुसार सो समितिलाई कार्यविधि तयार गरेर भेटी सङ्कलन गर्न समिति स्थापना भएको १९ वर्षपछि बल्ल निर्देशन आएको समितिका अध्यक्ष सजन पौडेलले जानकारी दिनुभयो ।
यो समिति २०५३ सालमा सरकारले राजपत्रमा प्रकाशित गर्दै स्थापना गरेको थियो । हाल स्थानीय स्तरमा गठन गरिएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिले भेटी सङ्कलन गर्दै आएको छ । यस मन्दिरमा बर्सेनि स्वदेशी तथा विदेशी गरी झन्डै एक लाखभन्दा धेरै दर्शनार्थी पुग्ने गरेका छन् भने वार्षिक करोडौँ भेटी सङ्कलन हुने गरेको छ । पाथीभरा क्षेत्रको विकासमा सरकार मातहतको र स्थानीयस्तरकै गरी दुई–दुईवटा निकाय संलग्न भए पनि सो क्षेत्रको विकास अपेक्षाकृत नहुनुका साथै भेटीपातीको पारदर्शिता हुन नसकेको कतिपयको आरोप छ । रासस
## News source from Zoomnp
via IFTTT
मिडिया एनपी, बर्दिया, १३ असोज । बर्दियाको मैनापोखरमा आन्दोलनरत थरुहट कार्यकर्ता र प्रहरीबीच आज दिउँसो भएको झडपमा तीन प्रहरी र पाँच जना प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीले सडक अवरुद्ध गरेपछि सडक खुलाउन सदरमुकामबाट प्रहरी उपरीक्षकको नेतृत्वमा गएको टोलीमाथि ढुङ्गामुढा भएपछि झडप भएको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरको भनाई छ ।
प्रदर्शनकारीले प्रहरीको भ्यानलाई रोकेर एक्कासि ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले लाठी चार्ज गर्नुका साथै आठ सेल अश्रुग्यास प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी कुँवरले बताए । प्रर्दशनकारीको ढुङ्गा लागेर सशस्त्र प्रहरीका हवल्दार नरजंग रोका, नेपाल प्रहरीका हवल्दार तीर्थराज गिरी र प्रहरी जवान गीता चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीतर्फ कति घाइते भए भन्ने प्रहरीले यकिन नगरे पनि थरुहटका जिल्ला नेताले भने दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएको दाबी गरेका छन् । प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका पाँच जना कार्यकर्तालाई उपचारका लागि नेपालगन्ज पठाइएको थरुहटका युवा नेता बिरु चौधरीले जानकारी दिए ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1j0EVDN
via IFTTT
हलिउड चलचित्र ‘अवतार’ को सिक्वेल ‘अवतार २’ को फष्टलुक फोटो इनटरनेटमा भाइरल बनेको छ । चलचित्रका सह–निर्माता जोन लेण्ड्युको फेक ट्विटर एकाउण्टमा यो फोटो सार्वजनिक भएको थियो ।
यो काम कसले गर्यो भन्ने हालसम्म बाहिर भने आएको छैन । सोमबार पोष्ट भएको उक्त ट्विटर एकाउण्टलाई डिलेट गर्ने प्रक्रियामा रहेको सह–निर्माता जोनले जनाएका छन्। जेम्स क्यामरुनको निर्देशनमा अवतार ४ श्रृंखलासम्म बन्दैछ । चारवटै श्रृंखलाको सुटिङ् एकपछि अर्को गर्दै गरिने जनाइएको अवतारको दोस्रो सिक्वेल सन् २०१७ को डिसम्बरमा, तेस्रो २०१८ र चौंथो २०१९ मा रिलिज हुने बताइएको छ ।
करिब एक दशक लगाएर निर्माण गरिएको हलिउड चलचित्र ‘अवतार’ले विश्वभरबाट २ हजार ७ सय ८८ मिलियन डलर कमाएको थियो ।
## News source from Zoomnp
via IFTTT
रुपन्देही, १३ असोज । नेपाल–भारत देशका सुरक्षाकर्मी बीच बुधबार भएको सहमति पछि बेलहिया नाकाबाट एक सय चार मालबाहक ट्रकहरु नेपाल भित्रिएका छन् ।
बुधबार मध्यान्न पछि दुई देशका सुरक्षाकर्मीहरुको कडा सुरक्षा व्यवस्थासँगै ती गाडिहरु नेपाल भित्राईएको हो । हाल सम्म भारतबाट ४ बटा पेट्रोलियम पदार्थ, २ बटा अक्सीजन र १ बटा एलपी ग्याँस सहित एक सय ४ बटा गाडीहरु नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयका अधिकृत रविन्द्र कुमार प्याकुरेलले बताए ।
दुई देशबीचको सहमतिमा भारतको तर्फबाट कुनैपनि नाकाबन्दी गर्नेकाम नगरिएको नेपालमा सुरक्षा व्यवस्थाको कमी भएको महसुसका कारणले सवारी साधन पठाउन केहीमात्रामा कमी गरिएको सिमा सुरक्षा बल महाराजगंजका कमाण्डेट के. एस. बनकोटीले बताए ।
उनले भने,‘हामीले नेपालमा सुरक्षाको कमी देखेर मात्र गाडीहरु रोकेका हौं होईन भने निर्बाध रुपमा गाडीहरु चल्न पाउनु पर्छ, दुई देशबीचको सम्बन्धलाई बिगार्नु हुँदैन् ।’
मंगलबार आन्दोलनकारीहरुबाट ढुङ्गा गरेपनि बुधबार सुरक्षाकर्मीहरुको घेराबाट गाडिहरु नेपाल प्रवेश गरेका ह्ुन ।
## News source from Zoomnp
via IFTTT
संगीतकार चेतन सापकोटा कार्यकारी निर्माता भएको चलचित्र ‘भाग् सानी भाग्’ को एक गीतको छायांकन सम्पन्न भएको छ ।
‘आइ लभ यू’ बोलको गीतमा चलचित्रकी नायिका केकी अधिकारी ४ अभिनेतालाई ‘आइ लभ यू’ भन्दै गरेको देख्न सकिन्छ । गीतमा केकी नयाँ तथा पुरानो स्टाइलमा देखिएकी छिन्, जुन निकै आर्कषक तवरले प्रस्तुत गरिएको छ । गीतमा अभिनेताहरु सरोज खनाल, रमेश उप्रेती, जीवन लुइटेल, सविन श्रेष्ठ देखिएका छन् ।
चेतन सापकोटाको संगीतमा तयार भएको उक्त गीतमा रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर रहेको छ । गीतको छायांकन पश्चात चेतनले भने (‘चलचित्रकी मुख्य पात्र केकी अधिकारीको चलचित्रमा नायिका बन्ने सपना रहेको हुन्छ र नायिका बन्नका लागि उनी गाउँबाट शहर भागेकी हुन्छिन् । उनलाई नेपालका चर्चित नायकसँग काम गर्ने रहर हुन्छ । यही समयमा उनले यो गीत सम्झिएकी हुन्छिन् ।’
चलचित्रमा केकी अधिकारी, सविन श्रेष्ठ, निर शाह, लय संग्रौला, रमेश वुढाथोकी, गिता अधिकारी, रविन्द्र खड्का, विष्णु सापकोटाको मुख्य भूमिका रहेको छ । चलचित्रमा सहदेव गौतम र विलोल पोख्रेल निर्माताको रुपमा छन् ।
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1PNaoUd
via IFTTT
काठमाडौँ, असोज १३ । संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा अमेरिकी राष्ट्रपति बाराक ओबामाका साथ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका नेता एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंह र धर्मपत्नी साथमा । महासभामा भाग लिने क्रममा मन्त्री सिंह सहित परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डे पनि अमेरीकामा नै छन् । तस्बिर रासस
## News source from Zoomnp
via IFTTT
काठमाडौँ, असोज १३ । सुनको भाउ बुधबार मात्रै तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्इबसायी महासंघका अनुसार बुधबार ५० हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
यसअघि मंगलबार तोलाको ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि बुधबार तोलामा ५ रुपैयाँ घटेको छ ।
मंगलबार ६ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ६ सय ८० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
## News source from Zoomnp
via IFTTT
विश्वभर रेसलिङका जवरजस्त दर्शक छन्। रिङ भित्र पिटाइ खाने अनि धुलाइ गर्न जान्ने हस्तीहरुलाई रेसलिङमा भिडेको हेरर मनोरञ्जन लिनेको सङ्ख्या बच्चा देखि जवानसम्म टन्नै छन्। रिङ भित्र भिड्न जाने रेसलरहरुमा पुरुषमात्र छैनन्, महिला रेसलरहरु पनि एकआपसमा भिडेको देख्न पाइन्छ।
रेसलिङका ५ रहस्य
भलै रेसलिङमा कसले पिटाइ गर्ने अनि कसले पिटाइ खाने पहिल्यै तय भएको हुन्छ, तापनि रेसलिङ मनोरञ्जनको निकै राम्रो माध्यम बन्दै आएको छ। यीनै रेसलरहरु मध्ये रिगंमा धुलाई पनि गर्ने अनि सुन्दरी भनि कहलाएका यी हुन विश्वका १० रेसलर महिलाः
कैटलिन
कैटलिन अमेरिकन बडि बिल्डर, मोडल तथा व्यावसायिक रेसलर हुन। सन् २०१३ जनवरीमा उनले डब्लुडब्लुइ च्याम्पियनशीप जितेकी थिइन।
इभ टोरेस
इभ अमेरिकन डान्सर, मोडल तथा व्यावसायिक रेसलर हुन। उनले सन् २००७ मा डब्लुडब्लुइ डिभा सर्च कन्टेस्ट जितेकी थिइन।
भेलभेट स्काइ
रेसलर भएपनि भेलभेटको सुन्दरताको बढी चर्चा हुने गर्छ। देख्दा लाग्दैन भेलभेट रेसलर हुन तर उनले दुईपटक टिएनए नकआउट च्याम्पियनशीप जितेकी छिन्।
सारह ब्याकम्यान
स्वीडेनमा जन्मेकी सारहले आठ पटक वर्ल्ड रेसलिङ च्याम्पियनशीप जितेकी छिन्। सन् २०१३ पछि उनी डब्लुडब्लुइ अन्तर्गत रेसलिङ गर्छिन्।
थिया ट्रिनिडाड
रिङमा उनलाई रोसिटा नामले बढी चिनिन्छ। छिटो सफलता पाउने रेसलरमा उनको नाम जोडिने गर्छ।
ब्रुक एडम्स
ब्रुकले टिएनए वुमन नकआउट च्याम्पियन र टिएनए नकआउट च्याम्पियन ट्याग टिम च्याम्पियन जितिसकेकी छिन्।
म्याडिसन राइन
टिएनएकी सुन्दरी रेसलर मध्येकी एक हुन म्याडिसन।
ब्रिटानी नाइट
रिङमा पेज नामले चिनिने ब्रिटानीको परिवारमा आमाबुबा, अनि दाजुभाइ पनि रेसलर छन्।
मारिया कनेलिस
मारिया अमेरिकन गायिका, गितकार, नायिका, मोडल अनि व्यावसायिक रेसलर हुन। सन् २००५ बाट उनले रेसलिङ सुरु गरेकी थिइन।
केली केली
केली अमरिकन मोडल अनि व्यावसायिक रेसलर हुन। सबैभन्दा सुन्दरी रेसलरको नाममा उनी सबैभन्दा अगाडी छिन्।
- डब्लुडब्लुई झै टिएनए (टोटल ननस्टप एक्सन) पनि रेसलिङ खेलाउने एक निजी कम्पनी हो। विश्व रेसलिङमा डब्लुडब्लुई पछि टिएनएनको नाम आउछ।
यो पनि पढ्नुहोस्।
पुरुष जस्तो शरीर हुने महिला खेलाडी – फोटो फिचर
इतिहासकै सबैभन्दा धनी १० व्यक्ति
विश्वका सर्वाधिक धनी ६ मुस्लिम राजसुन्दरी (तस्विर सहित)
संसारकै सबैभन्दा धनी खेलाडी
The post विश्वका १० सुन्दरी महिला रेसलर appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1OFQFbp
via IFTTT
मिडिया एनपी, काठमाडौं, १३ असोज । नेपाल भारत मैत्री संघले नेपाल–भारत बीचको सदियौं देखि कायम रहेको सद्भाव र मित्रतामा आँच आउन आह्वान गरेको छ ।
काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा संघले वितरण गरेको प्रेस विज्ञप्तिमा हाल नेपाल र भारतबीच राजनैतिक र कूटनैतिक सम्बन्धमा देखा परेको अन्यौलता चिर्दै जनस्तरको सद्भाव र मित्रतामा कुनै आँच आउन नदिने वातावरण बनाउन दुवै देशका प्रधानमन्त्री सहित कूटनीतिक नियोगका अधिकारीहरुलाई आग्रह गरिएको छ ।
‘नेपाल भारतबीच राजनैतिक कूटनीतिक सम्बन्धमा देखा परेको अन्यौलताले सिर्जना गरेको असहज र असाधारण परिस्थितिले हामी नेपाल भारत मैत्री संघका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई मर्माहत तुल्याएको छ’, संघका अध्यक्ष ओम प्रकाश सरावगी र महासचिव शेखर गिरीद्वारा हस्ताक्षरित जरी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1O7meeo
via IFTTT
नेपाल भारतको सुनौली नाका बन्द नगर्ने सहमति भएपछि इन्धन बोकेका तथा मालबाहक ट्रकहरु नेपाल भित्रन थालेका छन्।
आज मध्यान्ह नेपाल र भारतीय ब्यापारीहरूले सहमती गर्दै नाका खुलाउने सहमती गरेर आन्दोलनकारीलाई धपाउने निर्णय गरेका हुन्।
भारतीय भन्सार प्रमुख, सुनौली इलाकाका एसएसबी प्रमुख, भारतीय प्रहरी प्रमुखलाई राखेर दुबैतर्फका ब्यापारीहरूले सहमति गरेका हन्।
सहमति गरेपश्चात भारतीय भूमीमा लामबद्ध ट्रकहरू क्रमशः नेपाल भित्रिरहेका छन्। हिजो कुनै पनि ट्रक नेपाल नभित्रिएपनि आज तीन ट्यांकर पेट्रोल, १ अक्सिजन र एक ग्यास बोकेका ट्रक र खाद्यान्नसहितका १५ वटा ट्रकहरू नेपाल भित्रिएका हुन्।
सुनौलीमा वारी र पारीका व्यवसायी सहमति भएपछि सीमा नाकामा धर्नामा बसेका आन्दोलनकारी पछाडि हटेका हुन्।
अहिले सीमामा निर्वाध रूपमा सवारी पास भइहरेका छन्।
## News source from Zoomnp
via IFTTT
हलिउडका सुपरस्टार तथा कमेडिएन जिम क्यारीकी गर्लफ्रेन्डको मृत्यु भएको छ। मंगलबार जिम क्यारीकी गर्लफ्रेन्ड ३० वर्षिया क्याथरियोना ह्वाइट लस एन्जल्स स्थित उनकै घरमा मृत फेलापरेकी थिइन।
घरमै भेटिएको लासको साथमा केही औषधीहरु पनि भेटिएका छन्। यसैकारण उनको मृत्यु ड्रग्स ओभरडोजले कारणले भएको शंका गरिएको छ। सोमबार राति नै उनले आत्महत्या गरेको अनुमान लगाइएको छ। प्रहरीले भने यसबारेमा स्पष्ट पारिसकेको छैन। उनले आत्महत्या गर्नु पुर्व एउटा चिठी लेखेको बताइएको छ। चिठीमा २४ सेप्टम्बरमा जिम क्यारीसंग ब्रेकअप भएको प्रसंग उठाइएको बताइन्छ।
क्याथरियोना पेशाले मेकअप आर्टिस्ट थिइन। क्याथरियोना र ५३ वर्षिय जिम क्यारीको भेट तीन वर्ष पहिले भएको थियो। यी दुई बीच ठिक ठाक चलिरहेको सम्बन्ध हप्ता दिन अघि टुङ्गिएको थियो। २४ सेप्टेम्बरमा ट्वीटरमा क्याथरियोनाले ट्वीटरबाट हट्ने भनी ट्वीट गरेकी थिइन।
Signing off Twitter, I hope I have been a light to my nearest and dearest. ✌🏼️❤️ to yo all
— Cathriona white (@littleirishcat) September 24, 2015
गर्लफ्रेन्डको मृत्यु पश्चात जिम क्यारीले स्टाटस लेख्दै उनको मृत्युमा दुख लागेको र उनी राम्रो मन भएकी नाजुक फुल जस्ती थिइन भन्ने बताएका छन्।
जिम क्यारी हलिउडका सबैभन्दा चर्चित कमेडिएन हुन। उनको ‘डम्ब एण्ड डमर’, ‘ब्रुस अलमाइटी’, ‘मास्क’ जस्ता फिल्म विश्वभरका दर्शकहरुले मनपराएका थिए।
The post ब्रेकअप भएको ५ दिन पछि हलिउड स्टार जिम क्यारीकी गर्लफ्रेन्डको मृत्यु appeared first on Nepali Headlines.
from Nepali Headlines » मनोरञ्जन http://bit.ly/1VmrNKi
via IFTTT
इलाम, १३ असोज ।
गाउ“को पुच्छारमा आफ्नै सुरमा बगिरहने पुवामाई । किनारी भित्तामा अडिएकी सेती देवी । शीरमाथि भिरालो परेको सुन्दर गाउ“ । गाउ“को बीचमा गाडी पुग्ने कच्ची सडक । बाटो तल माथि कुनै कच्ची कुनै त कतै अर्ध पक्की चिटिक्क परेका छरिएका घरहरु । घर वरिपरी फूलबारी । उत्तिकै सफा अनि सुग्घर बसौबसौं लाग्ने एकान्त गाउ“ ।
आजकल बजारको होहल्ला, शारीरिक थकान र तनाव बिर्सने थलो बनेको छ यो गाउ“ । इलाम नगरपालिका—९ मा पर्ने यो गाउ“मा जो कोही पुगेपनि हुन्छ । सदरमुकाम नजिकैको बालनगाउ“ । उद्योग वाणिज्य संघ र नेपाल सरकारको सहयोगमा निर्माण थालिएको बालनगाउ“ सामुदायिक घरवास कार्यक्रमले गाउ“को मुहार फेरिन थालेको छ ।
बजारको मुख्य भाग हस्पिटल चोक उत्तर ग्रिन भ्यू गेष्ट हाउस हु“दै चियाबारीको दृष्यावलोकन गर्दै झण्डै पौने घण्टा तेर्सिएको बाटोमा पैदल हि“डेपछि पुगिने बालन गाउ“मा जस्तोसुकै साना सवारी साधनमा पनि पुग्न सकिन्छ । गाउ“को करिब एक सय घर मध्ये १० घरमा सुरु गरिएको घरबास कार्यक्रमका लागि पहिलो चरणमा २० जनाले एकै पटकमा सेवा लिन सक्नेछन् । यसले आयआर्जमा सुधार, कृषि पर्यटनको विकास, स्थानीय कला संस्कृतिको विकास र प्रचार–प्रसारमा सहयोग पुगेको छ ।
यसअघि यस्तो थिएन । कार्यक्रमका अध्यक्ष बसन्त लिम्बुले भन्छिन्, ‘घरवास कार्यक्रमले गाउ“ सफा देखिन थालेको छ । नराम्रो होहल्ला नियन्त्रणमा आएको छ । सदरमुकामकै गाउ“ भएपनि पछाडि परेको यो वस्तीलाई व्यवसायी बनाउ“दै लगेको छ । जीवन शैलीमा सुधार हु“दै आएको छ ।’
उनका अनुसार सामुदायिक घरवास कार्यक्रमले सरसफाइ गर्ने बानीको विकास भएको छ । गाउ“ले जीवनशैलीमा सुधार आएको छ । रहन—सहन फेरिएको छ । बोली वचनमा मिठास आउन थालेको छ । सामाजिक एकता र भावनाको विकास भएको छ । विकृति विसंगतिमा सुधार हु“दै आएको छ । ‘नया“ मान्छेस“ग बोल्न हिचकीचाउने आमा दिदीलाई घरमै पाहुना सत्कार गर्ने ज्ञान सिकाउ“दै जीवनस्तर उकास्न सिपालु बनाउ“दै लागेको छ’ घरबास कार्यक्रमका सदस्य सपना लिम्बुले बताइन् । घरवासस“गै उनीहरुले अर्गानिक तरकारी खेती र पुष्प व्यवसाय समेत सुरु गरेका छन् । कार्यक्रमको सहयोगमा टनेलमा तरकारी खेती र पुष्प व्यवसाय थालेका हुन् । भकारो सुधार गरी अर्गानिक कृषिका लागि मल उत्पादन सरु गरेका छन् ।
सामुदायिक घरवास कार्यक्रममा स्थानीय १० घर सहभागी छन् । उनीहरुले वाणिज्य संघको ३५ लाख खर्च गरेर घरबास कार्यक्रम सुरु गरेका हुन् । यसमा ४० प्रतिशत समुदायको श्रम लगानी रहेको सदस्य सपनाले जानकारी गराइन् । उनीहरुले घरबासका लागि पाहुना घर, कोठा व्यवस्थापन, बाटो निर्माण लगायतको पूर्वाधार तयार गरेका छन् ।
घरबासका लागि आउने पाहुनालाई मनोरञ्जन दिलाउन स्थानीय लिम्बू जातिको च्याब्रुङ नाच (केलाङ), धान नाच (याःलाङ), येवा÷साम्बा नाचस“गै स्थानीय विभिन्न जातीय सांस्कृतिक मनोरञ्जन समेत दिने व्यवस्था गरिएको सामुदायिक घरवास कार्यक्रमका सदस्य लिम्बुले जानकारी दिइन् । पाहुनाले दुई छाक खाना र एक रात वासका लागि पा“च सय मूल्यमा घरमै बनेको अर्गानिक परिकार खान पाउ“ने छन् ।
घरवासका लागि संघकै सहयोगमा घरमै बनाउन सकिने ११ प्रकारका अचार बनाउन सिकेका छन् । घरवासका लागि स्वागत व्यवहार शैलीको तालिम र भ्रमणले व्यवसायी बन्न आत्म विश्वास बढेको बताउ“छिन् । यहा“का फूर्सदिला युवा जीवनका लागि वैकल्पिक पेशा थपिएकोले भविष्यमा जीवनस्तर सुधार हु“दै जानेमा विस्वस्त हुन थालेका छन् ।
## News source from Zoomnp
via IFTTT
भरतपुर, १३ असोज । रातभरी लाईनमा बसेर पेट्रोल नपाएपछि चितवनबासी आक्रोशित बनेका छन् । लाइनमा बसेका सर्वसाधारण विहान १० बजे पेट्रोल सकिएको भन्दै पम्पको सटर बन्द गरिएपछि प्रहरी र मोटरसाईकल धनिबिच झडप भएको छ ।
स्थानिय प्रशासनको ब्यबस्थापनमा चितबनका बिभिन्न ४ स्थानमा रहेका पेट्रोलपम्प बाट पेट्रोलियम पदार्थ कोटा प्रणाली अन्तर्गत बितरण गरिने भनिएको भएपनि रातभर लाईनमा बसेका सबारीधनीहरुले पेट्रोल नपाएको गुनासो गरेका छन् ।
भरतपुरमा रहेको दिबा ईन्टरप्राईजेजमा रातभरी लाईनमा बसेर पनि पेट्रोल नपाएको भरतपुरका लोकमणी बरालले बताए । रातभरी लाईनमा बसियो तर अहिले १० बजे बिहान पेट्रोल नभएको भन्दै पेट्रोलपम्प संचालकको आग्रहमा प्रहरीले पम्प बन्द गरेर लाईनमा बसेका मोटरसाईकल धनिहरुलाई दुब्यबार गर्दे लखेटेको उनको गुनासो छ । पेट्रोल पम्प बाट १ किलोमिटर दिपेन्द्रचोक सम्म लामो लाईन भएका कारण रातको समयमा बिचमा घुसेका कारण आफूले पेट्रोल नपाएको उनको भनाई छ । तर सिमीत पेट्रोल आएको र सबारी साधन अत्यधिक भएका कारण सबैलाई पेट्रोल पु¥याउन नसकिएको प्रहरीले जनाएको छ ।
## News source from Zoomnp
via IFTTT
बिगत ५ बर्ष देखि नेपाली संगीत क्षेत्रमा सक्रिय गायक फिरोज तिमल्सिनाको नयाँ पप गीतको भिडियो सार्बजनिक भएको छ । स्वयम् फिरोजको स्वर र शब्दमा प्रकाश नेपालीले संगीत रहेको गीतको भिडियोलाई प्रविनले निर्देशन गरेका हुन् ।
ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई अनुप गिरीले सम्पादन गरेका छन् । भिडियोमा श्रृती राना र निशान्त शाहले अभिनय गरेका छन् ।
भिडियो हेर्नुहोस् :
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1OFAICc
via IFTTT
मिडिया एनपी, सप्तरी, १३ असोज । सप्तरीको कंचनपुर–फत्तेपुर भित्री सडक खण्डमा लुकीछिपी बसेका बन्दकर्ताहरुले एउटा खाली ट्याङकर र पर्यटन बसमा तोडफोड गरेका छन् । बन्दकर्ताले ना.१ ख ९११२ नम्वरको खाली ट्यांकर र बा.१ प ६८२ नम्वरको पर्यटक बसमा ढुंगा प्रहार गरी सिसा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
बन्दकर्ताहरुले प्रहार गरेको ढुंगा लागेर बसमा सवार उदयपुर तपेश्वरीकी २७ बर्षीया रेनुका परियार र सप्तरी सप्तकोशीकी २३ बर्षीया रमा कोईराला सामान्य घाइते भएका छन् ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1QKwHKh
via IFTTT
काठमाडौं: उग्र भीडको आक्रमणमा परी एकजना एसएसपीसहित नौजनाको ज्यान जाने गरी भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामाथि छानबिनका लागि गठित समितिले सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तलाई ‘मुख्य दोषी’ ठहर गरेको छ।
राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको नेतृत्वमा गठित पाँच सदस्यीय समितिले आईजीपी वन्तको निषेधात्मक आदेशका कारण भीडद्वारा बल प्रयोग भई प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेलगायतको ज्यान खतरामा परेपछि पनि फिल्डमा भएका सशस्त्र प्रहरीले प्रतिकारात्मक कारबाही नगरेको र नौजनाको ज्यान गएको ठहर गरेको छ।
भीडको हमलामा एसएसपी न्यौपाने, अन्य सात प्रहरीसँगै एउटा दूधेबालकको ज्यान गएको थियो र दर्जनौं सर्वसाधारण तथा प्रहरी घाइते भएका थिए।छानबिन समितिले सोमबार अपराह्न उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई प्रतिवेदन बुझाएको थियो।
बालुवाटार स्रोतका अनुसार गौतमले त्यसै साँझ प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर प्रतिवेदनबारे जानकारी दिएका थिए।आफ्नो गलत आदेशलाई ढाकछोप गर्न आईजीपी वन्तद्वारा केही प्रयासहरूसमेत गरिएका थिए।
यस क्रममा केही प्रहरी अधिकृतलाई २४ घन्टे लगाएर सरुवा गरेको गृह स्रोतले बतायो। गृह मन्त्रायका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार समितिले प्रतिवेदन बुझाइसकेको र कार्यान्वयनमा आएपछिमात्र यो सार्वजानिक गर्ने नीति मन्त्रालयले बनाएको छ।
अन्नपूर्णसँग कुरा गर्दै ढकालले भने, ‘प्रतिवेदन आएको छ, सरकारले कार्यान्वयनमा लगेपछिमात्रै प्रतिवेदनमा उल्लेख भएकोबारे भन्न सकिन्छ।’ प्रतिवेदनले नेपाल प्रहरी र सशस्त्र प्रहरीका बीचमा सौहार्दता र सहकार्य हुन नसक्दा सुरक्षा फौजतर्फ ठूलो क्षति भएको उल्लेख गरेको छ।
स्रोतका अनुसार सशस्त्र प्रहरीका टीकापुर गणका एसपी लक्ष्मण सिंहको आन्दोलनरत पक्षका मुख्य व्यक्ति नेपाल सद्भावना पार्टीका स्थानीय नेता रेशमलाल चौधरीसँग ‘मित’ को साइनो रहेको र दुईजनाबीच नियमित सम्पर्क हुने गरेको उल्लेख पनि छ। गृह स्रोतले भन्यो, ‘एसपी सिंह उल्टै आन्दोलनकारीका पक्षमा उपयोग भएको ठहर पनि प्रतिवेदनले गरेको छ।’
प्रतिवेदनले सशस्त्र प्रहरी महानिरीक्षक वन्तले भदौ ३ गते दिएको ‘इन्टरनेट ब्रिफिङ’ मा गोली चलाउन प्रतिबन्ध लगाएको उल्लेख गरेको छ। ब्रिफिङमा सिपाहीसम्मलाई राखेर ‘नेपाल प्रहरी पहिलो लाइनमा रहने र ऊ असफल हुँदा र उसले सकिन भन्यो भने तथा गोलीगठ्ठा सकियो भनेमात्रै अघि सर्नू, तर कसैले त्यसअघि गोली चलायो भने म सख्त कारबाही गर्छु’ भन्ने आदेश दिएकाले विषम परिस्थिति भई ज्यान जाँदा पनि सशस्त्रले फायर नखोलेको इंगित गरेको छ।
त्यसैगरी छानबिन समितिलाई प्रभावित पार्ने गरी स्वतन्त्र रूपमा घटनाको वास्तविकता आउन नदिन सशस्त्रको मुख्यालयबाटै बयानको लिखित विवरण स्थानीय तहमा पठाएको र त्यसबाहिर कसैले बयान नदिन आदेश दिइएको निष्कर्षमा पनि समिति पुगेको छ। सशस्त्रले थुप्रै गोली फायर गरेको भनेर सरकारलाई मिसलिड र मिस इन्फर्म गरे पनि घटनाका बेला आवश्यक पर्दा पनि फायर नगरेको समितिको ठहर छ।
समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसँग छुट्टाछुट्टै लिखित बयान लिएको थियो। नेपाल प्रहरीको लिखित पत्रमा सशस्त्रबाट असहयोग भएको संकेत गरिएको छ। नेपाल प्रहरीको त्यहाँ उपलब्ध सबै रबरका गोलीहरू सकिइसकेपछि घटनामा घाइते भएर बाँचेका प्रहरीहरूले सशस्त्र प्रहरीलाई ‘आफूले फायर नखोल्ने भए हामीलाई हतियार देऊ हामी हान्छौं’ भन्ने बयान पनि समितिसमक्ष दिइएको थियो।
त्यसैगरी आफ्नो र सहयोगीहरूको ज्यान समस्यामा परेपछि एसएसपी न्यौपाने स्वयंले डबल व्यारल ग्यास गनबाट केही राउन्ड अ श्रुग्यास प्रहार गरेर भीड नियन्त्रणमा लिन खोजेको अनुसन्धानका क्रममा खुलेको छ। तर उनका अंगरक्षकले पनि आफैं घाइते भएको भन्दै आफूसँग भएको हतियार प्रयोग नगरी भागेकाले उनलाई कारबाहीका लागि सिफारिस गरिएको छ।
प्रतिवेदनमा थारू समुदाय र अखण्ड सुदूरपश्चिमको मागकर्ता समुदायबीचको झडपका क्रममा दुवै पक्षमा क्षति पुगेकाले सरकारले दुवै पक्षका पीडितलाई क्षतिपूर्ति दिन सरकारसमक्ष सिफारिस पनि गरेको छ।
दुःख बुझ्न भनी घटनाको एक महिनापछि गत साता टीकापुर पुगेका प्रधानमन्त्री सुशील कोइरालाले पीडितलाई उचित क्षतिपूर्ति र कांग्रेसका एक सभासद्सहित घटनाका दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए। गृहसचिव सूर्य सिलवालले आन्तरिक छानबिन भएको बताउँदै अन्नपूर्णसँग भने, ‘अध्ययनपछि आवश्यक कार्यान्वयन गरिनेछ।’
## News source from Zoomnp
via IFTTT
थरुहट/थारुवान संयुक्त संघर्ष समितिले बुधवारदेखि दाङसहित तराईका २२ जिल्लामा अनिश्चितकालिन राजमार्ग केन्द्रीत आन्दोलन सुरू गरेका छन्।
जसका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको देउखुरी क्षेत्रको राजमार्गमा सवारी आवागमन ठप्प छ। आन्दोलनकारीले दाङको सीमा अमेलियादेखि भालुवाङसम्म विभिन्न स्थानमा सडक अवरोध गरेका छन्।
बिहान ७ बजे सम्म राजमार्गमा सवारी साधन सञ्चालन गर्न दिइएको थियो। जानकारी नभएका रात्रि बसका यात्रुलाई गन्तब्यसम्म जान दिनका लागि बिहानको आन्दोलन केहि खुकुलो पारिएको वन्दकर्ताहरुले जानकारी दिए।
आजदेखि राजमार्ग केन्द्रीत आन्दोलन गरी नाका ठप्प पार्ने रणनीति अन्तर्गत राजमार्ग ठप्प पारिएको जिल्लाका थारु नेताहरुले बताए।
थरुहट/थारुवान संयुक्त संघर्ष समिति दाङ देउखुरी क्षेत्रका संयोजक हिरालाल चौधरीले बजार र स्कुल भने संचालन गर्न दिने बताएका छन्। तर, बस, ट्रक, मोटरसाईकल, उद्योगधन्दा बन्द रहने उनले जानकारी दिए। उनले केन्द्रीय कार्यक्रम अन्तर्गत राजमार्ग केन्द्रीत नाकाबन्दी गरिएको जनाए।
साउन २७ गतेदेखि सीमांकनको विरोधमा आन्दोलन शुरु गरेको थारू समुदायले पछिल्लो समय असोज ३ मा नयाँ संविधान जारी भएपछि त्यसको पनि विरोध गर्दै आएको छ। उनीहरुले थारु वाहुल क्षेत्रको छुट्टै प्रेदश बनाउनु पर्ने, जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरीनुपर्ने,थारुहरुको पहिचान र सामर्थ्यका आधारमा प्रदेशहरु निर्माणगर्नुपर्ने लगायतका माग गर्दै आएका छन्।
अवस्था सामान्य प्रहरी
दाङ प्रहरी प्रमुख कुवेर कडायतले यो खबर तयार पार्दासम्म पूर्वपश्चिम राजमार्गको अवस्था सामान्य रहेको जानकारी दिए।
बिहान आन्दोलनकारी कतै नदिएको र रात्रि बसहरुमा आवात जावात गर्ने सबै यात्रुहरु जिल्लावाट विना अवरोध गनतब्य तर्फ प्रस्थान गरेको उनले बताए।
अन्य दिवा सेवाका सवारी,जिप,कार,ट्रक,ट्याङकर र मोटरसाईकल जस्ता साधन आएको खण्डमा प्रहरी समय / समयमा स्कर्टिङका लागि तयारी हालतमा बसेको जिल्ला प्रहरी प्रमुख कडायतले सेतोपाटीलाई बताए।
## News source from Zoomnp
via IFTTT
काठमाडौँ । नेपाली चलचित्र उद्योगको रुपमा विकसित भइसकेको छैन । तर पनि नेपाली चलचित्रले पछिल्लो समयमा दर्शकको निकै साथ पाउने गरेका छन् । गत असोज ३ गते पारित नेपालको संविधान २०७२ मा समेत चलचित्रसम्बन्धि व्यवस्था गरिएको छ । यसले नेपाली चलचित्र विस्तारै विकसित हुने क्रममा रहेको संकेत गर्छ । चलचित्रको कमाइ र चर्चाअनुसार कलाकारको पनि पारिश्रमिक घटबढ हुने गर्दछ । कुनै कलाकार लामो समयसम्म चर्चाको शिखरमा टिकिरहन सक्छन् भने कुनै कलाकार एक पटक मात्रै उदाउँछन् । लामो समयसम्म चर्चामा रहन सकेका कलाकारको पारिश्रमिक पनि बढी नै हुने गर्दछ । नेपालमा केही चर्चित नायिकाहरुले लिने पारिश्रमिकको बारेमा यहाँ चर्चा गरिएको छ ।
रेखा थापा
नेपालकी सर्वाधिक चर्चित तथा लामो समयसम्म चर्चामै रहन सफल नायिका रेखा थापा २ लाख ५० हजारदेखि ४ लाख ५० हजारसम्म पारिश्रमिक लिने गर्दछिन् ।
नायिका निशा अधिकारीले पद्यमिनी फिल्मका लागि ३ लाख ५० हजार लिएकी थिइन् भने फिल्म पल १ लाख पारिश्रमिकमा गरेकी थिइन् ।
नायिका नम्रता श्रेष्ठ पारिश्रमिकस्वरुप ३ लाख लिने गर्छिन् ।
नायिका झरना थापा एउटा फिल्म गरेवापत १ लाखदेखि २ लाख ५० हजारसम्म पारिश्रमिक लिने गर्छिन् ।
नायिका सुमिना घिमिरे १ लाखदेखि २ लाख ५० हजारसम्म लिने गर्छिन् । उनले मिस्टेक फिल्म १ लाख ५० हजारमा साइन गरेकी थिइन् ।
कथा मन पर्यो भने पारिश्रमिक नै नलिइ पनि काम गर्न रुचाउने बताउने नायिका विनिता बरालले आजसम्म एउटा फिल्म गरेवापत २ लाख लिएको रेकर्ड छ ।
नायिका केकी अधिकारीले एउटा फिल्म गरेवापत १ लाख ५० हजार लिने गरेकी छिन् ।
नायिका प्रियंका कार्की एउटा फिल्म गरेवापत १ लाख ५० हजार लिन्छिन् ।
आइटम डान्सको क्षेत्रमा बढी चर्चा कमाएकी नायिका सुष्मा ५० हजारदेखि १ लाखसम्म पारिश्रमिक लिने गर्छिन् ।
साभार – businesssansar.com
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1L3sdOW
via IFTTT
काठमाण्डौ। लिटिल एन्जल्स कलेजमा स्नातककी विद्यार्थी १८ वर्षिया कुसुम थापा मगर ‘मिस टिन कलेज सिजन–३’ बनेकी छन् ।
सोमबार राति राजधानीको नाचघर जमलमा सम्पन्न सो प्रतियोगितामा आफ्ना १६ जना प्रतियोगीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन्। उपाधिसँगै उनले महेन्द्राको स्कुटर र क्याम्पियन एकेडेमीका तर्फबाट १ लाख बराबरको छात्रवृति पनि पाएकी छन् । प्रतियोगिताको ‘फस्ट रनर अप’को आसीयाना अधिकारी भइन् भने रिजा महर्जन ‘सेकेन्ड रनरअप’ बनिन् ।
‘ब्युटिफुल आइज’को उपाधि ममता खत्रिले हासिल गरिन् भने ‘अर्गनाइजर च्वाइस अवार्ड’ रुना श्रेष्ठले, ‘बेस्ट ड्रेसको अवार्ड अन्जना बस्नेत र बेस्ट स्किनकोे उपाधि अलिशा कार्कीले हात पारे ।
यसैगरी, सो कार्यक्रममा ‘मिस डिसिप्लेन’को उपाधि सविना बुढाथोकीले, ‘मिस फ्रेन्डसिप’ को निष्ना श्रेष्ठले, ‘बेस्ट वाक’को उपाधि निष्ना महर्जनले, ‘मिस स्माइल’को उपाधि सृष्टि महतले हासिल गरिन् । ‘मिस फोटोजेनिक’ को उपाधि ऋतिका घिमिरेले, ‘मिस ब्युटिफुल फिगर’को उपाधि निष्मा सिजापतीले र ‘मिस एकाडमिक’ अवार्ड सरिष्मा खड्काले प्राप्त गरे ।
यस्तै, ‘मिस पपुलर’ अवार्ड श्रेया श्रेष्ठलाई ‘मिस पंचुवालिटी’को उपाधि सुवेक्षा श्रेष्ठलाई दिइयो। यो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।
## News source from Zoomnp
via IFTTT
काठमाण्डौ। युवायुवतीको फेसनप्रति रुचि जगाउँदै फेसन मोडलिङमा युवायुवतीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘इन्ड अफ समर–२०१५’ भव्य फेसन नाइट आयोजना हुने भएको छ ।
गर्मी महिनाभरी बजारमा चलेका फेसनेवल ड्रेस र नेपाली जगतमा भित्रिएको ग्ल्यामरलाई फेसन सो मार्फत प्रस्तुत गर्ने उदेश्यनले नेक्स्ट मोडल्स नेपालले यो कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रम युवायुवतीमा फेसन प्रतिको चासो जगाउदै फेसनको महत्व बुझाउन सहायक सिद्ध हुने आयोजक संस्थाका प्रमुख रवि धमलाले जानकारी बताए ।
काठमाडौको ठमेलको व्रिजल गार्डेन रेष्ट्रोमा यही असोज १५ (अक्टोवर २, २०१५) हुने कार्यक्रममा सौदर्य प्रतियोगीता ‘मोडल हण्ट नेपाल’का उत्कृष्ट १० मोडल र नेक्स्ट मोडल्स नेपालले अहिलेसम्म उत्पादन गरेको मध्यबाट उत्कृष्ट १० गरी २० जना मोडलहरुले नेपाली डिजाइनर सन्तोषि श्रेष्ठले तयार पारेका विभिन्न पहिरनका डिजाइन प्रस्तुत गर्नेछन् ।
नेक्स्ट मोडल्स नेपालले एक विज्ञप्ति जारी गर्दै नेपालको मनोरञ्जन पत्रकारहरुलाई कार्यक्रममा निशुल्क प्रवेशको ब्याबस्था गरिएको जनाइएको छ । सानमिगल बियर मुख्य प्रयोजक रहेको कार्यक्रम ‘इन्ड अफ समर २०१५’ बिभिन्न सांङ्गेतिक धमाकाकामे साथ आयोजना हुनेछ । कार्यक्रमले मोडलिङ करियर बनाएका युवायुवतिहरुको सम्वोधन हुने र यस्ता कार्यक्रमले मोडलहरुलाई आत्मनिर्भर बनाउन सहयोग मिल्ने आयोजक संस्थाकी निर्देशक यतना पाण्डेले जानकारी दिएकी छन् ।
यसको अलवा आयोजक नेक्स्ट मोडल्स नेपालले आगामी दिनमा मोडलिङ र फेसन सम्बन्धि विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिने विज्ञप्तीमा भनिएको छ ।
## News source from Zoomnp
via IFTTT
पप गायिका रिहाना चर्चा र विवादमा नतानिएको सायद दिननै छैन होला । बेला बखतमा आफ्ना विभिन्न हर्कतहरुले उनी विवादमा तानिरहेकै हुन्छिन् ।
विशेषत उनी पारदर्शी ड्रेस लगाएका कारण मिडियामा निकै चर्चा पाएकी हुन्छिन् । उनले हालै ब्राजिलको राजधानी रियो त जेनेरियोमा आयोजित एक कार्यक्रममा लगाएको पहिरनमा भित्री बस्त्र स्पष्ट देखिएको खबरले फेरी एकपटक चर्चामा तानिएकी छिन् । हरियो पारदर्शी लुगामा देखिएकी रिहानाका भित्री बस्त्रहरु स्पष्ट तरिकाले देखिएका छन् ।
यसअघि टपलेस फोटोशूट गरिसकेकी रिहानाले लगाएको पहिरनमा सबैको आँखा परेको थियो । उनले सार्वजनिक कार्यक्रममा लगाएको कपडाको विषयमा चर्चा र विवाद हुने गर्छ ।
## News source from Zoomnp
via IFTTT
नेपालगञ्जको रुपैडिया नाकाबाट मंगलबार राती ३३ वटा ट्यांकर नेपाल प्रवेश गरेको छ । २ ट्यांकर हवाई इन्धन सहित नेपाल प्रवेश गरेका अन्य अधिकांश ट्यांकरमा कुहिन लागेका वा कुहिएका तरकारी रहेका छन् । हिजो राती नेपाल प्रवेश गरेका ट्यांकरमा फलाम र फलामजन्य पदार्थ, चामल र पिठो पनि रहेको सिमा प्रहरी चौकी जमुनाहका प्रहरी नायव निरिक्षक विष्णु गिरीले बताए । यसैबीच नेपालले भारतबाट आउने तरकारी फलफूल जस्ता सड्ने वस्तुमाथि रोक लगाएको छ । भारतले अत्यावश्यक एलपी ग्यास र पेट्रोलियम पदार्थ रोकेर तत्काल सड्ने र कुहिने तरकारी, फलफूललगायत सामान मात्र नेपालतर्फ पठाउन थालेपछि त्यो योजनालाइ विफल पार्न नेपाली भन्सारले कठोर नीति अपनाएका हुन् । आजको नागरिक दैनिकमा समाचार छ । सरकारको निर्देशनमा मंगलबारबाट भारतले पठाएका तरकारी, फलफूलजस्ता तत्काल सड्ने वस्तु भन्सारमै रोकिएका छन्। नयाँ संविधानको विरोधमा मधेसकेन्द्रित दलले जारी राखेको हडताल र विरोधलाई बहाना बनाएर भारतले ६ दिनदेखि खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थ नेपाल निकासीमा रोक लगाउँदै आएको छ । औद्यागिक कच्चा पदार्थ र तयारी वस्तु भने रोकिएको छैन। उसले भारतीय व्यापारीलाई फाइदा पुग्ने गरी तरकारी, फलफूलजस्ता तत्काल कुहिने वस्तु बोकेका कन्टेनर मात्र नेपाल पठाउँदै आएको छ। ुभारतले अति आवश्यकीय वस्तु पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास आयतमा विभिन्न बहानाले बन्देज लगाएकाले अन्य सामान ९कुहिने० को पनि भन्सार क्लियरेन्स नगर्न भन्सार नाकाका अधिकारीलाई निर्देशन दिइएको छ,ु अर्थ मन्त्रालयका एक उच्च अधिकारीले मंगलबार नागरिकसँग भने, ुभारतले नाकाबन्दी नगरेको देखाउन तत्काल आवश्यक नभएका कुहिने र सड्ने वस्तु मात्र पठाउने नियत राखेकाले यस्तो निर्देशन दिइएको हो ।ु ती अधिकारीले पेट्रोलियम पदार्थ बोकेका ट्यांकरसँगै अन्य वस्तु बोकेका कन्टेनर आए मात्र भन्सार क्लियरेन्स गरिने जानकारी दिए । पेट्रोलियम पदार्थ र ग्यास रोकेर अन्य वस्तु मात्र छाड्ने काम गरिए नेपाली भन्सारले पनि विभिन्न बहाना लगाएर क्लियरेन्स दिनेछैनन् । यस्तो निर्देशन भारतसँग जोडिएका प्रमुख र छोटी सबै भन्सार नाकाका अधिकारीलाई दिइएको ती अधिकारीले जानकारी दिए। –
## News source from Zoomnp
via IFTTT